\id ZEP - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h सपन्याह \toc1 सपन्याहको भविष्यवाणी \toc2 सपन्याह \toc3 सप \mt1 सपन्याहको भविष्यवाणी \c 1 \p \v 1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो: \b \s1 याहवेहको दिनमा सारा पृथ्वीको न्याय \q1 \v 2 “म पृथ्वीको सतहबाट \q2 सबै थोक नाश गर्नेछु,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 3 “म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु; \q2 म आकाशका पक्षीहरू \q2 र समुद्रका माछाहरूलाई नाश गर्नेछु। \q2 दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।”\f + \fr 1:3 \fr*\ft मूल भाषामा यो पङ्‌क्तिको अर्थ निश्‍चित छैन।\ft*\f* \b \q1 “अनि म सबै मानव-जातिलाई \q2 पृथ्वीको सतहबाट मेटिदिनेछु,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 4 “म यहूदाको विरुद्धमा \q2 र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु। \q1 यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई, \q2 र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु; \q1 \v 5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि \q2 आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू, \q1 दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू \q2 र मोलेख\f + \fr 1:5 \fr*\fq मोलेख \fq*\ft जसको अर्को नाम हो \ft*\fqa मल्काम\fqa*\f* देवताको नाममा पनि शपथ खानेहरू, \q1 \v 6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू; \q2 अनि याहवेहको खोजी नगर्नेहरू, \q2 र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।” \b \q1 \v 7 प्रभु याहवेहको सामु चुपचाप बस; \q2 किनकि याहवेहको दिन नजिकै छ। \q1 याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ; \q2 अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ। \b \q1 \v 8 “याहवेहको बलिदानको दिन, \q2 म अगुवाहरू \q2 र राजाका छोराहरू; \q1 अनि विदेशी कपडा लगाउनेहरू \q2 सबैलाई दण्ड दिनेछु। \q1 \v 9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, \q2 आफ्ना देवताहरूका मन्दिरलाई हिंसा \q1 र छलले भर्नेहरू सबैलाई \q2 म दण्ड दिनेछु। \b \q1 \v 10 “त्यस दिन” \q2 याहवेह भन्‍नुहुन्छ, \q1 “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; \q2 सहरका नयाँ टोलबाट विलाप \q2 र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ। \q1 \v 11 तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर; \q2 तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, \q2 चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्। \q1 \v 12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, \q2 र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू, \q2 जो मद्यका थिग्राजस्तै छन्, \q1 जसले, ‘याहवेहले न असल, न त खराब नै \q2 गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु। \q1 \v 13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, \q2 तिनीहरूका घरहरू भत्काइनेछन्। \q1 तिनीहरूले घर बनाउनेछन्, \q2 तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्; \q1 तिनीहरूले दाखबारी लगाउनेछन्, \q2 तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।” \b \q1 \v 14 याहवेहको महान् दिन नजिकै छ— \q2 त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। \q1 याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; \q2 त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्। \q1 \v 15 त्यो दिन क्रोधको दिन हुनेछ— \q2 सङ्कष्‍ट र वेदनाको दिन, \q3 कष्‍ट र सर्वनाशको दिन, \q2 अन्धकार र निराशाको दिन, \q3 बादल र घोर अन्धकारको दिन। \q2 \v 16 सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा \q1 र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा \q2 तुरही र लडाइँको आवाज सुनिने दिन। \b \q1 \v 17 “म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु, \q2 कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्; \q2 किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्। \q1 तिनीहरूको रगत धुलोझैँ \q2 र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्। \q1 \v 18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा, \q2 न त तिनीहरूका सुनले, \q2 न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।” \b \q1 उहाँको डाहको आगोमा \q2 सारा संसार भस्म पारिनेछ; \q1 किनकि यस पृथ्वीमा बसोबास गर्ने \q2 सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ। \c 2 \s1 यहूदा र यरूशलेमको पनि अरू राष्ट्रहरूसँगै न्याय गरिएको \s2 यहूदालाई पश्‍चात्ताप गर्नलाई बोलाइयो \q1 \v 1 ए लाज नभएको राष्ट्र, \q2 एकसाथ जम्मा होओ! आफूलाई एकसाथ भेला गराओ! \q1 \v 2 जारी गरिएको उर्दी जारी हुनुभन्दा अगि, \q2 र त्यो दिन हावाले उडाएको भुसझैँ बितेर जानुभन्दा अगि, \q1 याहवेहको भयङ्कर क्रोध \q2 तिमीहरूमाथि आउनुभन्दा अगि, \q1 र याहवेहको क्रोधको दिन \q2 तिमीहरूमाथि आइपर्नुभन्दा अगि नै। \q1 \v 3 हे देशका सबै नम्रहरू हो, जसले उहाँका आज्ञाहरू पालन गर्दछौ, \q2 तिमीहरूले याहवेहको खोजी गर। \q1 धार्मिकता र नम्रताको खोजी गर; \q2 सायद याहवेहको क्रोधको दिनमा \q2 तिमीहरूले शरण पाउनेछौ। \s2 पलिश्ती \q1 \v 4 गाजालाई त्यागिनेछ, \q2 र अश्कलोनलाई उजाड पारिनेछ। \q1 मध्यदिनमा अश्दोदलाई खाली पारिनेछ \q2 र एक्रोनचाहिँ जरैदेखि उखेलिनेछ। \q1 \v 5 समुद्रका छेउमा बसोबास गर्ने, \q2 हे करेतीहरू हो, तिमीहरूलाई धिक्‍कार छ; \q1 हे पलिश्तीहरूको देश, कनान, \q2 याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ, \q1 उहाँले भन्‍नुहुन्छ, “म तँलाई नाश पार्नेछु, \q2 कोही पनि जीवित छोडिनेछैन।” \q1 \v 6 समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, \q2 जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ \q2 र भेडाहरूका निम्ति गोठ हुनेछ। \q1 \v 7 त्यो समुद्री किनारको भूमि \q2 यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ; \q2 त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्। \q1 राति तिनीहरू अश्कलोनका \q2 घरहरूमा सुत्नेछन्। \q1 याहवेह, तिनीहरूका परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ; \q2 उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ। \s2 मोआब र अम्मोन \q1 \v 8 “मैले मोआबले गरेको अपमान \q2 र अम्मोनीहरूले गरेको निन्दा सुनेको छु, \q1 जसले मेरा मानिसहरूलाई अपमान गरेका छन्, \q2 र तिनीहरूको देशको विरुद्धमा धम्की दिएका छन्। \q1 \v 9 यसकारण म जीवित भएझैँ,” \q2 सेनाहरूका याहवेह, \q2 इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ, \q1 “निश्‍चय नै मोआब सदोमजस्तै र \q2 अम्मोनीहरू गमोराजस्तै हुनेछन्; \q1 सामा र नुनका खाडलैखाडल भएको ठाउँ, \q2 र सधैँका निम्ति रुखो जमिन हुनेछन्। \q1 मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्; \q2 मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।” \b \q1 \v 10 तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका \q2 मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा \q2 तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्। \q1 \v 11 याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, \q2 जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ। \q1 उहाँलाई टाढाका राष्ट्रहरूले \q2 आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्। \s2 कूश \q1 \v 12 “हे कूशका मानिसहरू हो, \q2 तिमीहरू पनि मेरो तरवारले काटिनेछौ।” \s2 अश्शूर \q1 \v 13 उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, \q2 र अश्शूरलाई नाश गर्नुहुनेछ; \q1 अनि निनवेलाई पूरै उजाड \q2 र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ। \q1 \v 14 त्यहाँ सबै किसिमका जीवजन्तुका \q2 बथान र बगालले आराम गर्नेछन्; \q1 मरुभूमिको उल्‍लु र कराउने उल्‍लुहरूले \q2 त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्। \q1 झ्यालहरूबाट ती उल्‍लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्; \q2 ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्, \q2 र देवदारुका चौकसहरू उदाङ्गिनेछन्। \q1 \v 15 यो त्यही घमण्डी सहर हो, \q2 जुन सुरक्षितसाथ निर्धक्‍क बस्दथ्यो। \q1 त्यसले आफूलाई भनेकी थिई, \q2 “म नै हुँ, र मबाहेक अरू कोही छैन!” \q1 अहिले त्यसको कस्तो विनाश भएको छ! \q2 त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ! \q1 त्यहाँबाट भएर जानेहरू सबैले \q2 त्यसलाई आफ्नो मुक्‍का देखाएर खिसी गर्नेछन्। \c 3 \s2 यरूशलेम \q1 \v 1 धिक्‍कार छ, त्यस अत्याचारी सहरलाई, \q2 जो विद्रोही र अशुद्ध छे! \q1 \v 2 त्यसले कसैको कुरा पनि मानिन; \q2 त्यसले अनुशासनलाई स्वीकार गर्दिन। \q1 त्यसले याहवेहमाथि भरोसा राख्दिन; \q2 अनि त्यो आफ्नो परमेश्‍वरको नजिकमा आउँदिन। \q1 \v 3 त्यसका अधिकारीहरू \q2 भोकाएका गर्जने सिंहहरूजस्ता छन्; \q1 अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्, \q2 जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्। \q1 \v 4 त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्; \q2 तिनीहरू विश्‍वासघाती मानिसहरू हुन्। \q1 त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्, \q2 र परमेश्‍वरको नियमलाई तोड्दछन्। \q1 \v 5 त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ; \q2 उहाँले कहिल्यै खराबी गर्नुहुन्‍न। \q1 बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ; \q2 अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्‍न, \q2 तर पनि अधर्मीले लज्जित हुन जान्दैन। \s2 पश्‍चात्ताप नगरी रहने यरूशलेम \q1 \v 6 “मैले राष्ट्रहरूलाई नाश गरेको छु; \q2 तिनीहरूका बलिया किल्‍लाहरू ध्वस्त भएका छन्। \q1 त्यस सहरबाट भएर कोही हिँड्दैन; \q2 मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु; \q1 तिनीहरूका सहरहरू बिरानो भएका छन्; \q2 ती उजाड र खाली भएका छन्। \q1 \v 7 मैले यरूशलेम सहरको बारेमा भनेँ, \q2 ‘निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस्, \q2 र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’ \q1 तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन, \q2 न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्। \q1 तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा \q2 झन् भ्रष्‍टतापूर्वक उत्सुक थिए।” \q1 \v 8 याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु, \q2 यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो। \q1 राष्ट्रहरूलाई एकसाथ भेला गर्न, \q2 र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न; \q1 अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु— \q2 मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु। \q1 समस्त पृथ्वी मेरो डाहको \q2 आगोले भस्म हुनेछ। \s1 इस्राएलको अवशेषको पुनर्स्थापना \q1 \v 9 “त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, \q2 ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, \q2 र एउटै मनले उहाँको सेवा गरून्। \q1 \v 10 कूश देशका नदीहरूभन्दा पारिबाट \q2 मेरा छरपस्ट भएका मेरा आराधकहरूले \q2 मेरा निम्ति भेटी ल्याउनेछन्। \q1 \v 11 त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका \q2 सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन; \q1 किनकि म तिमीहरूको बीचबाट \q2 धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु। \q1 तिमीहरू फेरि कहिल्यै \q2 मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ। \q1 \v 12 तर म तेरो बीचमा \q2 नम्र र दीनहरूलाई छोड्नेछु। \q1 इस्राएलका बाँकी रहेकाहरूले \q2 याहवेहको नाममा भरोसा गर्नेछन्। \q1 \v 13 इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्; \q2 तिनीहरूले कुनै झूटो बोल्नेछैनन्। \q1 तिनीहरूका मुखमा \q2 कुनै पनि छलका कुरा पाइनेछैन। \q1 तिनीहरू खानेछन्, सुत्नेछन् \q2 र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।” \b \q1 \v 14 हे सियोनकी छोरी, गीत गा; \q2 हे इस्राएल, उच्‍च सोरमा करा! \q1 हे यरूशलेमकी छोरी, \q2 आफ्नो सारा हृदयले आनन्दित हो, र रमाहट गर्! \q1 \v 15 याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ; \q2 तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ। \q1 याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ; \q2 अब फेरि तैँले कुनै खराबीको डर मान्‍नुपर्दैन। \q1 \v 16 त्यस दिन \q2 तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, \q1 “हे सियोन, नडरा; \q2 तेरा हातहरू लुला हुन नपाऊन्। \q1 \v 17 याहवेह, तेरा परमेश्‍वर तँसित हुनुहुन्छ; \q2 तँलाई बचाउने सामर्थी योद्धा हुनुहुन्छ। \q1 उहाँ तँसँग धेरै खुशी हुनुहुनेछ; \q2 उहाँले तँलाई आफ्नो प्रेममा कहिल्यै हप्काउनुहुनेछैन, \q2 तर तँप्रति प्रसन्‍न भएर उहाँले गीत गाउनुहुनेछ।” \b \q1 \v 18 “जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्, \q2 जो तेरा निम्ति बोझ र बदनामी भएका छन्, \q2 म तँबाट हटाइदिनेछु। \q1 \v 19 त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित \q2 म बदला लिनेछु। \q1 म लङ्गडाहरूलाई उद्धार गर्नेछु; \q2 अनि निर्वासितहरूलाई जम्मा गर्नेछु। \q1 तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए, \q2 म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु। \q1 \v 20 त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु; \q2 म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु। \q1 जब म तिमीहरूका सुदिन \q2 तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु, \q1 तब म तिमीहरूलाई पृथ्वीका \q2 समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,” \q2 याहवेह भन्‍नुहुन्छ।