\id ZEC - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h जकरिया \toc1 जकरियाको भविष्यवाणी \toc2 जकरिया \toc3 जक \mt1 जकरियाको भविष्यवाणी \c 1 \s1 याहवेहमा फर्कनलाई आह्वान \p \v 1 दारा राजाको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा, अगमवक्ता जकरियाकहाँ आयो: \p \v 2 “याहवेह तेरा पितापुर्खाहरूसँग अति क्रोधित हुनुभएको थियो। \v 3 त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 4 तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका दुष्‍ट चालहरूबाट र तिमीहरूका दुष्‍ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ। \v 5 तिमीहरूका पितापुर्खाहरू अहिले कहाँ छन्? अनि ती अगमवक्ताहरू, के तिनीहरू सदा जीवित छन्? \v 6 तर हेर मैले आफ्ना सेवक, अगमवक्ताहरूलाई आज्ञा दिएका मेरा वचनहरू र आदेशहरू के तिमीहरूका पितापुर्खाहरू माथि आइलागेनन् र? \p “त्यसपछि तिनीहरूले पश्‍चात्ताप गरे र भने, ‘आफूले निश्‍चय गर्नुभएझैँ, सेनाहरूका याहवेहले हाम्रा चालहरू र कामहरूअनुसार हामीलाई सुहाउने व्यवहार गर्नुभएको छ।’ ” \s1 मेहदीका रूखहरूको बीचमा भएको मानिस \p \v 7 दारा राजाको शासनकालको दोस्रो वर्षको एघारौँ महिना, अर्थात् शबात महिनाको चौबीसौँ दिनमा, याहवेहको वचन इद्दोका नाति, बेरेक्याहका छोरा अगमवक्ता जकरियाकहाँ आयो। \p \v 8 रातको समयमा मैले दर्शन देखेँ, र त्यहाँ मेरो सामु रातो घोडामाथि सवार भएका एक जना मानिस थिए। तिनी खोल्साका मेहदीका रूखहरूका बीचमा उभिरहेका थिए। तिनको पछिल्तिर राता, खैरा र सेता घोडाहरू थिए। \p \v 9 मैले सोधेँ, “मेरो प्रभु, यी के हुन्?” \p मसँग कुरा गरिरहने स्वर्गदूतले जवाफ दिए, “म तिमीलाई देखाउनेछु कि तिनीहरू के हुन्।” \p \v 10 तब मेहदीका रूखहरूका बीचमा उभिरहेका मानिसले जवाफ दिए, “यिनीहरू तिनै हुन्, जसलाई याहवेहले पृथ्वीका चारैतिर जाऊन् भनी पठाउनुभएको हो।” \p \v 11 अनि तिनीहरूले मेहदीका रूखहरूका बीचमा उभिरहेका याहवेहका स्वर्गदूतलाई बताए, “हामी पृथ्वीभरि गयौँ, र सारा संसार विश्राम र शान्तिमा रहेको भेट्टायौँ।” \p \v 12 त्यसपछि याहवेहका स्वर्गदूतले भने, “हे सेनाहरूका याहवेह, तपाईंले कहिलेसम्म यरूशलेम र यहूदाका सहरहरूबाट आफ्नो कृपा रोकिराख्नुहुन्छ, जससित तपाईं यी सत्तरी वर्षदेखि रिसाउनुभएको छ?” \v 13 यसकारण मसँग कुरा गर्ने ती स्वर्गदूतसित याहवेहले दयालु र सान्त्वनाका वचनहरू बोल्नुभयो। \p \v 14 तब मसँग कुरा गरिरहने स्वर्गदूतले भने, “यो वचन घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘म यरूशलेम र सियोनको निम्ति अति डाही भएको छु, \v 15 तर ती राष्ट्रहरू, जसले सुरक्षित छौँ भनेर सोचिरहेका छन्, तिनीहरूप्रति म अति क्रोधित छु। म मेरा मानिसहरूसँग धेरै रिसाएको थिइनँ, तर अरू राष्ट्रहरूले तिनीहरूको सङ्कष्‍टलाई झन् बढाइदिए।’ \p \v 16 “यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्‍ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \p \v 17 “यसो भन्दै अझै घोषणा गर्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मेरा सहरहरू फेरि समृद्धिले भरिनेछन्, र याहवेहले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र यरूशलेमलाई चुन्‍नुहुनेछ।’ ” \s1 चार वटा सिङ र चार जना कारिगरहरू \p \v 18 त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो सामु चार वटा सिङहरू थिए! \v 19 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?” \p “तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।” \p \v 20 तब याहवेहले मलाई चार जना कारिगरहरू देखाउनुभयो। \v 21 मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?” \p उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।” \c 2 \s1 नाप्‍ने फित्ता लिएको मानिस \p \v 1 त्यसपछि मैले माथि हेरेँ, र त्यहाँ मेरो अगाडि आफ्नो हातमा एउटा नाप्‍ने डोरी लिएका एक जना मानिस थिए! \v 2 मैले सोधेँ, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” \p तिनले जवाफ दिए, “यरूशलेमलाई नाप्‍न, त्यसको लम्बाइ र चौडाइ कति रहेछ, सो हेर्न जाँदैछु।” \p \v 3 जब मसँग कुरा गरिरहेका स्वर्गदूत जाँदैथिए, र अर्को स्वर्गदूत तिनलाई भेट्न आए, \v 4 अनि तिनलाई भने: “कुदेर जा, र त्यस जवान मानिसलाई भन्, ‘धेरैको संख्यामा मानिसहरू र गाईबस्तुहरू भएको कारण यरूशलेम पर्खाल नभएको सहर हुनेछ। \v 5 अनि म आफैँ नै त्यस सहरको चारैतिर आगोको पर्खाल हुनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म त्यस भित्रको महिमा हुनेछु।’ \p \v 6 “आओ! आओ! उत्तरको देशबाट भागिहाल,” याहवेह घोषणा गर्नुहुन्छ, “किनकि मैले तिमीहरूलाई आकाशका चारै बतासतिर तितरबितर पारिदिएको छु,” याहवेह घोषणा गर्नुहुन्छ। \p \v 7 “हे सियोन, आइज! तँ जो बेबिलोनकी छोरीकहाँ बस्छेस्, भाग्!” \v 8 किनकि सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ— \v 9 म निश्‍चय नै आफ्नो हात तिनीहरूको विरुद्धमा उठाउनेछु, ताकि तिनीहरूका दासहरूले तिनीहरूलाई लुटपाट गरून्। त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई पठाउनुभएको हो। \p \v 10 “हे सियोनकी छोरी, चर्कोगरी करा र आनन्दित हो; किनकि म आउँदैछु, र म तिमीहरूको बीचमा बसोबास गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। \v 11 “त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। \v 12 याहवेहले यहूदालाई पवित्र देशमा आफ्नो भागझैँ उत्तराधिकार बनाउनुहुनेछ, र यरूशलेमलाई फेरि चुन्‍नुहुनेछ। \v 13 हे सबै मानव-जाति हो, याहवेहको सामु चुपचाप रहो; किनकि उहाँ आफ्नो पवित्र वासस्थानबाट आउँदैहुनुहुन्छ।” \c 3 \s1 प्रधान पुजारीको निम्ति सफा लुगाहरू \p \v 1 तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो। \v 2 याहवेहले शैतानलाई भन्‍नुभयो, “हे शैतान, याहवेहले तँलाई हकारून्! यरूशलेमलाई चुन्‍नुहुने याहवेहले तँलाई हकारून्! के यो मानिस आगोबाट थुतेर निकालिएको जलिरहेको अगुल्टो होइन र?” \p \v 3 अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए। \v 4 स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।” \p तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।” \p \v 5 तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए। \p \v 6 तब याहवेहका दूतले यहोशूलाई यो आज्ञा दिए: \v 7 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु। \p \v 8 “ ‘सुन, हे प्रधान पुजारी यहोशू, अब तँ र तेरो अगाडि बसेका तेरा सहयोगीहरू, तिमीहरू जो आउने कुराहरूका चिन्ह हौ: हेर, म मेरो सेवकलाई ल्याउनेछु, जसलाई हाँगा भनिनेछ। \v 9 मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू\f + \fr 3:9 \fr*\ft अथवा \ft*\fqa पक्षहरू\fqa*\f* छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु। \p \v 10 “ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्‍नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।” \c 4 \s1 सुनको सामदान र दुई वटा जैतुनका रूखहरू \p \v 1 त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए। \v 2 तिनले मलाई सोधे, “तिमी के देख्छौ?” \p मैले जवाफ दिएँ, “म ठोस सुनको एउटा सामदान देख्छु, जसको टुप्पोमा एउटा कचौरा र त्यसमा सात वटा बत्तीहरू छन्; अनि ती बत्तीहरूमा सात वटा नलीहरू गाँसिएका छन्। \v 3 अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।” \p \v 4 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?” \p \v 5 तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” \p मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।” \p \v 6 यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p \v 7 “ए शक्तिशाली पर्वत, तँ के होस्? यरुबाबेलको सामु तँ समतल भूमि हुनेछस्! तब त्यसले अन्तिम शिर ढुङ्गालाई निकालेर ल्याउँदा मानिसहरूले चिच्याउनेछन्, ‘परमेश्‍वरले यसलाई आशिष् देऊन्! परमेश्‍वरले यसलाई आशिष् देऊन्!’ ” \p \v 8 त्यसपछि याहवेहको यो वचन मकहाँ आयो: \v 9 “यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्‍नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो। \p \v 10 “सानो सुरुवातका दिनहरूलाई कसले तुच्छ ठान्‍न सक्छ? जबकि यी सात वटा याहवेहका आँखाहरू हुन्, जसले पृथ्वीभरि चारैतिर हेरिरहन्छन्; अनि यरुबाबेलका हातमा नाप्‍ने फित्ता देखेर मानिसहरू रमाउनेछन्।” \p \v 11 त्यसपछि मैले स्वर्गदूतलाई सोधेँ, “सामदानका दायाँपट्टि र बायाँपट्टिका यी दुई जैतुनका रूखहरू के हुन्?” \p \v 12 मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?” \p \v 13 तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” \p मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।” \p \v 14 यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।” \c 5 \s1 उड्दै गरेको चर्मपत्र \p \v 1 मैले फेरि हेरेँ, र त्यहाँ मेरो अगाडि उड्दै गरेको एउटा चर्मपत्र थियो! \p \v 2 स्वर्गदूतले मलाई सोधे, “तिमी के देख्दैछौ?” \p मैले जवाफ दिएँ, “म बीस क्यूबिट लामो र दश क्यूबिट चौडा\f + \fr 5:2 \fr*\ft 30 फिट लामो र 15 फिट चौडा\ft*\f* भएको एउटा उडिरहेको चर्मपत्र देख्दैछु।” \p \v 3 अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्। \v 4 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म यस श्रापलाई बाहिर पठाउनेछु र यो चोरको घरमा र मेरो नाममा झूटो शपथ खानेको घरमा पस्‍नेछ। यो श्राप त्यस घरमा रहनेछ; अनि यसले त्यस घरलाई त्यसका काठ र ढुङ्गाहरू दुवैलाई नष्‍ट गर्नेछ।’ ” \s1 डालोमा एउटी स्त्री \p \v 5 तब मसित कुरा गर्ने स्वर्गदूत अगि आएर तिनले मलाई भने, “माथितिर हेर, र आइरहेको कुरो के हो, सो हेर।” \p \v 6 मैले सोधेँ, “यो के हो?” \p तिनले जवाफ दिए, “यो एउटा डालो हो। अनि तिनले अझै भने, यो यहूदा देशभरिका मानिसहरूको अधर्म हो।” \p \v 7 तब डालोको ढकनी उठाइयो, र त्यहाँ डालोभित्र एउटी स्त्री बसेकी थिई! \v 8 तिनले भने, “यो दुष्‍टता हो,” अनि तिनले स्त्रीलाई डालोभित्रै घचेटिदिए, र त्यस डालोको ढकनी लगाइदिए। \p \v 9 तब मैले मास्तिर हेरेँ—अनि त्यहाँ मेरो अगाडि तिनीहरूका पखेटाहरूमा बतास भएका दुईवटी स्त्रीहरू थिए! तिनीहरूसित सारसका जस्तै पखेटा थिए; अनि तिनीहरूले त्यस डालोलाई आकाश र पृथ्वीको बीचमा माथि उठाए। \p \v 10 मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “तिनीहरूले डालो कहाँ लगिरहेछन्?” \p \v 11 तिनले जवाफ दिए, “बेबिलोनिया\f + \fr 5:11 \fr*\ft मूल भाषामा \ft*\fqa शिनार\fqa*\f* देशमा त्यसका निम्ति घर बनाउनलाई लगिरहेका छन्। जब त्यसको घर तयार हुन्छ, तब त्यो डालो त्यसको आफ्नै ठाउँमा राखिनेछ।” \c 6 \s1 चार वटा रथहरू \p \v 1 मैले फेरि मास्तिर हेरेँ, र त्यहाँ मेरो अगि काँसाका दुई वटा पर्वतहरूका बीचबाट चार वटा रथहरू आइरहेका थिए। \v 2 पहिलो रथका घोडाहरू राता, दोस्रो रथका घोडाहरू काला थिए; \v 3 तेस्रो रथका सेता र चौथो रथका घोडाहरू टाटे-पाङ्ग्रे थिए। ती सबै शक्तिशाली थिए। \v 4 मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?” \p \v 5 तब स्वर्गदूतले मलाई जवाफ दिए, “यी स्वर्गका चार आत्माहरू\f + \fr 6:5 \fr*\ft अथवा \ft*\fqa हावाहरू\fqa*\f* हुन्, जो सारा संसारका प्रभुको उपस्थितिमा उभिरहेका ठाउँबाट बाहिर निस्केर गइरहेका छन्। \v 6 काला घोडाहरू भएको रथ उत्तर देशतिर गइरहेको छ, सेता घोडाहरू भएको रथ पश्‍चिमतिर, र टाटे-पाङ्ग्रे घोडाहरू भएको रथचाहिँ दक्षिणतिर गइरहेको छ।” \p \v 7 ती शक्तिशाली घोडाहरू बाहिर गइसकेपछि तिनीहरू पृथ्वीभरि चारैतिर जानलाई आतुर थिए। अनि तिनले भने, “पृथ्वीभरि चारैतिर जाओ!” यसकारण तिनीहरू पृथ्वीभरि चारैतिर गए। \p \v 8 तब स्वर्गदूतले मलाई कराएर भने, “हेर, ती उत्तरी देशतिर जानेहरूले उत्तरको देशमा मेरो क्रोधलाई विश्राम दिएका छन्।” \s1 यहोशूको निम्ति एउटा मुकुट \p \v 9 याहवेहको वचन मकहाँ आयो: \v 10 “बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा। \v 11 त्यो सुनचाँदी लगेर एउटा मुकुट बना, र यहोसादाकका छोरा प्रधान पुजारी यहोशूको टाउकोमा त्यो लगाइदे। \v 12 अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ। \v 13 यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’ \v 14 मुकुटचाहिँ याहवेहको मन्दिरमा सम्झनाको रूपमा हेल्दै,\f + \fr 6:14 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa हेलेम\fqa*\f* तोबिया, यदायाह र सपन्याहको छोरा हेनलाई दिइनेछ। \v 15 टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।” \c 7 \s1 उपवास होइन, तर न्याय र कृपा \p \v 1 दारा राजाको शासनकालको चौथो वर्षको नवौँ महिना, अर्थात् किसलेव महिनाको चौथो दिन याहवेहको वचन जकरियाकहाँ आयो। \v 2 जब बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलेकलाई आफ्ना मानिसहरूसँग याहवेहलाई बिन्ती गर्न, \v 3 र सेनाहरूका याहवेहको भवनका पुजारीहरू र अगमवक्ताहरूलाई यसो भन्‍न पठाए, “मैले धेरै वर्षदेखि गर्दै आएजस्तै, के मैले पाँचौँ महिनामा पनि विलाप गर्नु र उपवास बस्‍नुपर्छ?” \p \v 4 तब सेनाहरूका याहवेहको वचन मकहाँ आयो: \v 5 “देशका सबै मानिसहरू र पुजारीहरूलाई सोध्, ‘बितेका सत्तरी वर्षहरूमा तिमीहरूले पाँचौँ र सातौँ महिनामा उपवास बस्दा र शोक गर्दा के तिमीहरूले साँच्‍चै मेरै निम्ति उपवास बसेका थियौ त? \v 6 अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र? \v 7 जब यरूशलेम र त्यसका छेउछाउका सहरहरू विश्राममा र समृद्धिमा थिए; अनि दक्षिणी भाग\f + \fr 7:7 \fr*\ft अथवा \ft*\fqa नेगेव\fqa*\f* र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्थे, तब के यिनै वचनहरू होइनन्, जुन याहवेहले पहिलेका आफ्ना अगमवक्ताहरूद्वारा घोषणा गर्नुभएको थियो?’ ” \p \v 8 अनि याहवेहको यो वचन फेरि जकरियाकहाँ आयो: \v 9 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘साँचो न्याय गर; एक-आपसमा कृपा र दया देखाओ। \v 10 विधवा, अनाथ, परदेशी र गरिबमाथि अत्याचार नगर। एक-अर्काप्रति दुष्‍ट युक्ति नरच।’ \p \v 11 “तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे। \v 12 तिनीहरूले आफ्ना हृदय चकमके ढुङ्गाझैँ कठोर बनाए; अनि तिनीहरूले नियमहरू सुन्‍न चाहेनन्, जुन सेनाहरूका याहवेहले आफ्नो आत्माद्वारा पहिलेका अगमवक्ताहरू मार्फत् पठाउनुभएको थियो। यसैकारण सेनाहरूका याहवेह अति क्रोधित हुनुभयो। \p \v 13 “ ‘जब मैले तिनीहरूलाई बोलाएँ, तिनीहरूले सुनेनन्; यसकारण जब तिनीहरूले बोलाए, मैले पनि सुनिनँ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 14 ‘मैले आँधीबेहरीले तिनीहरूलाई सबै राष्ट्रहरूका बीचमा तितरबितर पारिदिएँ, जहाँ तिनीहरू परदेशीहरू थिए। तिनीहरूले छोडेपछि देश धेरै उजाड भयो, कि त्यहाँबाट भएर कोही पनि यात्रा गर्दैनथिए। यसरी तिनीहरूले सुन्दर देशलाई उजाड पारिदिए।’ ” \c 8 \s1 यरूशलेमलाई आशिष् दिने याहवेहको प्रतिज्ञा \p \v 1 सेनाहरूका याहवेहको वचन फेरि मकहाँ आयो। \p \v 2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।” \p \v 3 याहवेह यसो भन्‍नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्‍वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।” \p \v 4 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यरूशलेमका सडकहरूमा फेरि पनि बृद्ध पुरुष र स्त्रीहरू आफ्नो धेरै उमेर भएको कारणले गर्दा प्रत्येकले आ-आफ्नो हातमा लहुरो लिएर बस्‍नेछन्। \v 5 सहरका सडकहरू खेलिरहेका केटाकेटीहरूले भरिएका हुनेछन्।” \p \v 6 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यस बेला बाँकी मानिसहरूका निम्ति यो कुरा असम्भव देखिएला, तर के यो मेरा निम्ति असम्भव होला र?” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \p \v 7 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म मेरा मानिसहरूलाई पूर्व र पश्‍चिमका देशहरूबाट बचाउनेछु। \v 8 म तिनीहरूलाई यरूशलेममा बसोबास गर्नलाई फर्काएर ल्याउनेछु; तिनीहरू मेरा मानिसहरू हुनेछन्; अनि विश्‍वासयोग्यता र धार्मिकतामा म तिनीहरूका परमेश्‍वर हुनेछु।” \p \v 9 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “आज तिमीहरूले यी वचनहरू सुन, ‘तिमीहरूका हातहरू बलिया बनाओ, ताकि मन्दिर निर्माण होस्।’ सेनाहरूका याहवेहको भवनको निम्ति जग बसालिँदा, त्यहाँ उपस्थित भएका अगमवक्ताहरूले पनि यही वचनहरू भनेका थिए। \v 10 त्यो समयभन्दा अगि कुनै पनि मानिसको निम्ति ज्याला दिइँदैनथ्यो र पशुहरूलाई भाडामा लिइँदैनथ्यो। किनकि तिनीहरूका शत्रुहरूको कारण कोही पनि आफ्नो व्यवसायमा सुरक्षापूर्वक जान सक्दैनथिए; किनभने मैले हरेक मानिसलाई तिनीहरूको छिमेकीको विरुद्धमा खडा गरेको थिएँ। \v 11 तर अब म यी बाँकी रहेका मानिसहरूलाई बितेको समयमा झैँ व्यवहार गर्नेछैनँ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \p \v 12 “बिउ राम्रोसँग उम्रिनेछ, दाखले राम्ररी फल फलाउनेछ, भूमिले अन्‍नबाली फलाउनेछ र आकाशले शीत झार्नेछ। बाँकी रहेका यी जातिहरूलाई पैतृक सम्पत्तिको रूपमा यी सबै कुरा म दिनेछु। \v 13 हे यहूदा र इस्राएल, तिमीहरू राष्ट्रहरूका बीचमा श्रापको पात्र भएका थियौ, तर अब म तिमीहरूलाई बचाउनेछु, र तिमीहरू आशिष्‌को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हातहरू बलिया होऊन्।” \p \v 14 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, \v 15 “त्यसरी नै अब मैले यरूशलेम र यहूदामाथि फेरि असल गर्ने अठोट गरेको छु; तिमीहरू भयभीत नहोओ। \v 16 तर तिमीहरूले गर्नुपर्ने कामहरू भने यी हुन्: एक-अर्कासँग सत्य बोल, र तिमीहरूको अदालतमा साँचो र ठिक न्याय गर! \v 17 एक-अर्काको विरुद्धमा दुष्‍ट षड्यन्त्र नरच, र झूटा शपथ खान नरुचाओ। म यी सबै कुराहरूलाई घृणा गर्छु,” याहवेह घोषणा गर्नुहुन्छ। \p \v 18 अनि फेरि सेनाहरूका याहवेहको वचन मकहाँ आयो। \p \v 19 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यहूदाको निम्ति चौथो, पाँचौँ, सातौँ र दसौँ महिनाका उपवासहरू आनन्दमय, हर्षमय र सुखमय चाडहरू हुनेछन्। यसैकारण सत्यता र शान्तिलाई प्रेम गर।” \p \v 20 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “धेरै सहरहरूबाट धेरै मानिसहरू र बासिन्दाहरू अझै आउनेछन्; \v 21 अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ गएर भन्‍नेछन्, ‘हामी याहवेहकहाँ बिन्ती गर्न र सेनाहरूका याहवेहलाई खोज्न जाऔँ, र म पनि जानेछु।’ \v 22 अनि धेरै मानिसहरू र शक्तिशाली राष्ट्रहरू सेनाहरूका याहवेहलाई खोज्न र उहाँसँग बिन्ती गर्नलाई यरूशलेममा आउनेछन्।” \p \v 23 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “ती दिनहरूमा सबै भाषा बोल्नेहरू र सबै राष्ट्रहरूबाट, दश जना मानिसहरूले एक जना यहूदीको लबेदाको किनार समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्; किनकि हामीले सुनेका छौँ, कि तपाईंसँग परमेश्‍वर हुनुहुन्छ।’ ” \c 9 \s1 इस्राएलका शत्रुहरूमाथि दण्ड \p \v 1 एक अगमवाणी: \q1 याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ, \q2 र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ; \q1 किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका \q2 आँखा याहवेहमाथि नै छन्; \q1 \v 2 अनि उहाँको दृष्‍टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ; \q2 अनि टायर र सीदोनमाथि छ, तथापि तिनीहरू अति धेरै दक्ष छन्। \q1 \v 3 टायरले आफ्नो लागि एउटा बलियो किल्‍ला बनाएको छ; \q2 त्यसले चाँदी धुलोझैँ, \q2 र सुन सडकको फोहोरझैँ थुपारेको छ। \q1 \v 4 तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ, \q2 र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ; \q2 अनि त्यो आगोद्वारा भस्म हुनेछ। \q1 \v 5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ; \q2 गाजा सहर कष्‍टले छटपटाउनेछ; \q2 अनि एक्रोन सहर पनि त्यसको आशा हराउनेछ, \q1 र गाजा सहरले आफ्नो राजा गुमाउनेछ; \q2 अनि अश्कलोन उजाड हुनेछ। \q1 \v 6 विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्; \q2 अनि म पलिश्तीहरूको घमण्डलाई नष्‍ट गरिदिनेछु। \q1 \v 7 म तिनीहरूका मुखबाट रगत \q2 र तिनीहरूका दाँतका बीचबाट घृणित कुरा खोस्‍नेछु। \q1 तिनीहरूबाट बचेका जतिचाहिँ हाम्रा परमेश्‍वरका हुनेछन्, \q2 र तिनीहरू यहूदाको वंशजस्तै हुनेछन्; \q2 एक्रोनचाहिँ यबूसीहरूजस्ता हुनेछन्। \q1 \v 8 तर म मेरो भवनलाई आक्रमणकारीबाट \q2 रक्षा गर्न चारैतिर छाउनी बनाउनेछु। \q1 कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन; \q2 किनकि अहिले मैले निगरानी गरिरहेको छु। \s1 सियोनका राजाको आगमन \q1 \v 9 हे सियोनकी छोरी, खूब आनन्द गर्! \q2 यरूशलेमकी छोरी, चर्को सोरमा करा! \q1 हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ; \q2 उहाँ धार्मिक र विजयी हुनुहुन्छ; \q1 नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ; \q2 गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ। \q1 \v 10 म एफ्राइमबाट लडाइँका रथहरू \q2 र यरूशलेमबाट युद्धका घोडाहरू नष्‍ट गर्नेछु; \q2 अनि युद्धको धनु भाँचिनेछ। \q1 उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ। \q2 उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्म \q2 र यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ। \q1 \v 11 तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण, \q2 म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु। \q1 \v 12 हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्‍लातिर फर्क; \q2 अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु। \q1 \v 13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु, \q2 र त्यसलाई एफ्राइमले भरिदिनेछु। \q1 हे सियोन, म तेरा छोराहरूलाई, \q2 ग्रीसका छोराहरूको विरुद्धमा सुर्‍याउनेछु; \q2 अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु। \s1 याहवेह देखा पर्नुहुनेछ \q1 \v 14 त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ; \q2 उहाँको वाण बिजुलीझैँ चम्कनेछ। \q1 सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ; \q2 उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ; \q2 \v 15 अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ। \q1 तिनीहरूले नाश गर्नेछन्, \q2 र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्। \q1 तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्; \q2 तिनीहरू वेदीका कुनाहरूमा राखिएका \q2 ठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्। \q1 \v 16 त्यस दिन याहवेह तिनीहरूका परमेश्‍वरले \q2 गोठालोले आफ्ना बगाललाई बचाएझैँ बचाउनुहुनेछ। \q1 उहाँको देशमा तिनीहरू \q2 मुकुटका चम्किला रत्नझैँ चम्कनेछन्। \q1 \v 17 तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्! \q2 जवान मानिसहरू अन्‍नले हृष्‍टपुष्‍ट हुनेछन्, \q2 र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्। \c 10 \s1 याहवेहले यहूदाको वास्ता गर्नुहुनेछ \q1 \v 1 वसन्त ऋतुको समयमा याहवेहसित झरी माग; \q2 याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ। \q1 उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ; \q2 अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ। \q1 \v 2 मूर्तिहरूले छलका कुरा गर्छन्, \q2 जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्; \q1 तिनीहरूले झूटो सपना भन्छन्, \q2 तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्। \q1 यसैकारण गोठालाको कमीले गर्दा \q2 मानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्। \b \q1 \v 3 “गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ; \q2 अनि म अगुवाहरूलाई दण्ड दिनेछु; \q1 किनकि सेनाहरूका याहवेहले \q2 आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ; \q2 अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ। \q1 \v 4 यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ; \q2 तिनीबाट पालको खाँबो, \q1 लडाइँको धनु, \q2 र हरेक शासक आउनेछ। \q1 \v 5 तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ \q2 तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्। \q1 तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ; \q2 अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्। \b \q1 \v 6 “म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु, \q2 र योसेफको घरानालाई बचाउनेछु। \q1 म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु; \q2 किनकि मलाई तिनीहरूप्रति दया भएको कारण \q1 तिनीहरू यस्ता हुनेछन्, मानौ \q2 मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ; \q1 किनकि म याहवेह तिनीहरूका परमेश्‍वर हुँ; \q2 अनि म तिनीहरूलाई जवाफ दिनेछु। \q1 \v 7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्; \q2 अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्। \q1 तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्; \q2 तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्। \q1 \v 8 म तिनीहरूलाई इशारा गर्नेछु, \q2 र तिनीहरूलाई भित्र भेला गर्नेछु। \q1 निश्‍चय नै म तिनीहरूलाई छुटाउनेछु; \q2 तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्। \q1 \v 9 मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि \q2 तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। \q1 तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; \q2 अनि तिनीहरू फर्कनेछन्। \q1 \v 10 म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु, \q2 र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु। \q1 म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु; \q2 अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्। \q1 \v 11 तिनीहरू कष्‍टको सागरबाट पार भएर जाँदा, \q2 छाल उर्लेको सागरलाई शान्त गराइनेछ; \q2 अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्। \q1 अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ, \q2 र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ। \q1 \v 12 म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; \q2 अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \c 11 \q1 \v 1 हे लेबनान, तेरा ढोकाहरू खोलिदे, \q2 ताकि तेरा देवदारुका रूखहरू आगोले भस्म पारोस्! \q1 \v 2 हे धूपी सल्‍ला, विलाप गर्; किनकि देवदारु नष्‍ट भएको छ; \q2 सानदार रूखहरू नष्‍ट भएका छन्! \q1 बाशानका फलाँटका रूखहरू विलाप गर; \q2 घना जङ्गल काटेर ढालिएको छ! \q1 \v 3 गोठालाहरूको विलाप सुन; \q2 तिनीहरूका हरिया खर्कहरू नष्‍ट भएका छन्! \q1 सिंहहरूका गर्जन सुन; \q2 यर्दनको बाक्लो घारी नष्‍ट भएको छ! \s1 दुई गोठालाहरू \p \v 4 याहवेह मेरो परमेश्‍वरले यसो भन्‍नुहुन्छ: “मारिनका निम्ति चिन्ह लगाइएको बगाललाई गोठालो गर। \v 5 तिनीहरूलाई किन्‍नेहरूले तिनीहरूलाई मार्छन्, र तिनीहरूले दण्ड पाउँदैनन्। तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘याहवेहको प्रशंसा होस्, म धनी छु!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि तिनीहरूलाई दया देखाउँदैनन्। \v 6 त्यसरी नै अब उसो म यस देशका मानिसहरूमाथि दया देखाउनेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। “म हरेक मानिसलाई तिनीहरूका छिमेकीहरू र तिनीहरूको राजाको हातमा सुम्पिदिनेछु। तिनीहरूले देशमाथि अत्याचार गर्नेछन्, तर म तिनीहरूलाई उनीहरूका हातबाट छुटाउनेछैनँ।” \p \v 7 यसकारण काटिनका निम्ति चिन्ह लगाइएको बगाललाई, विशेष गरी अत्याचारमा परेको बगाललाई मैले गोठालो गरेँ। तब मैले दुई वटा लहुरो लिएँ; अनि एउटालाई अनुग्रह र अर्कोलाई एकता नाम दिएँ, र मैले बगाललाई चराएँ। \v 8 एक महिनामा मैले तीन जना गोठालाहरूलाई निकालिदिएँ। \p त्यो बगालले मलाई घृणा गर्‍यो, र म पनि तिनीहरूसँग वाक्‍क भएँ, \v 9 अनि मैले भनेँ, “म तिमीहरूका गोठाला हुनेछैनँ। मर्नेहरू मरून् र नाश हुनेहरू नाश होऊन्। जो बाँकी रहेका छन्, तिनीहरूले एक-अर्काका मासु खाऊन्।” \p \v 10 तब मैले अनुग्रह नामको लहुरो लिएँ, र त्यसलाई भाँचिदिएँ र मैले सबै जातिहरूसित गरेको करार रद्द गरिदिएँ। \v 11 त्यस दिन त्यो रद्द गरियो, र बगालका अत्याचारमा परेकाहरू, जसले मलाई हेरिराखेका थिए; तिनीहरूले यो याहवेहको वचन रहेछ भनी थाहा गरे। \p \v 12 मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो उचित लाग्यो भने मेरो ज्याला मलाई देऊ; तर उचित लागेन भने आफैँ राख।” यसकारण तिनीहरूले मलाई तीस टुक्रा चाँदी दिए। \p \v 13 अनि याहवेहले मलाई भन्‍नुभयो, “यस चाँदीलाई कुमालेको अगि फालिदे,” अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ। \p \v 14 त्यसपछि यहूदा र इस्राएल बीचको पारिवारिक सम्बन्धलाई तोडिदिन, मैले एकता नाम भएको अर्को लहुरो पनि भाँचिदिएँ। \p \v 15 तब याहवेहले मलाई भन्‍नुभयो, “एउटा मूर्ख गोठालोका सामानहरू फेरि ली। \v 16 किनकि म देशमाथि एउटा गोठालो खडा गर्न लागेको छु, जसले हराएकालाई वास्ता गर्दैन, न त सानाहरूलाई खोज्छ, न त चोट लागेकाहरूलाई निको पार्छ, न त स्वस्थलाई खुवाउँछ; तर असल भेडाहरूलाई तिनीहरूको खुर च्यात्दै तिनीहरूको मासु खानेछ। \q1 \v 17 “धिक्‍कार त्यो काम नलाग्ने गोठालालाई, \q2 जसले बगाललाई छोडिदिन्छ! \q1 तरवारले त्यसको हात र दाहिने आँखामा प्रहार गरोस्! \q2 त्यसको पाखुरा पूर्ण रूपले सुकेर जाओस्; \q2 अनि त्यसको दाहिने आँखा पूर्ण रूपले अन्धो भइजाओस्!” \c 12 \s1 यरूशलेमका शत्रुहरू नष्‍ट हुनेछन् \p \v 1 एउटा अगमवाणी: इस्राएलको बारेमा याहवेहको वचन। \b \p याहवेह, जसले आकाशलाई फैलाउनुभयो, पृथ्वीको जग बसाल्नुभयो; अनि मानिसभित्र त्यसको आत्मा रच्नुभयो, उहाँ घोषणा गर्नुहुन्छ: \v 2 “म यरूशलेमलाई यस्तो कचौरा बनाइदिनेछु, कि जसबाट पिएर त्यसका चारैतिरका मानिसहरू धरमराउनेछन्। अनि यहूदा र यरूशलेम घेरामा पर्नेछन्। \v 3 त्यस दिन जब पृथ्वीका सारा राष्ट्रहरू त्यसको विरुद्धमा भेला हुन्छन्, म यरूशलेमलाई सबै राष्ट्रहरूका निम्ति एउटा नहल्‍लिने चट्टान बनाइदिनेछु। त्यसलाई हटाउन खोज्नेहरू आफैँ घाइते हुनेछन्। \v 4 त्यस दिन म प्रत्येक घोडालाई त्रसित पार्नेछु र त्यसमाथि सवार हुनेलाई पागलपनाले प्रहार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म यहूदाको घरानामाथि दृष्‍टि लगाइराख्नेछु, तर म राष्ट्रहरूका सबै घोडाहरूलाई अन्धा तुल्याइदिनेछु। \v 5 तब यहूदाका अगुवाहरूले आफ्ना हृदयमा भन्‍नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्; किनकि सेनाहरूका याहवेह तिनीहरूका परमेश्‍वर हुनुहुन्छ।’ \p \v 6 “त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा भएको आगोको मकलझैँ र अन्‍नको बिटाहरूको बीचमा दन्केको आगोको राँकोझैँ बनाउनेछु। तिनीहरूले दायाँपट्टि र बायाँपट्टि चारैतिर भएका सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेमचाहिँ आफ्नो स्थानमा सुरक्षित रहनेछ। \p \v 7 “याहवेहले यहूदाका पालहरूको उद्धार पहिले गर्नुहुनेछ, ताकि दावीदको घरानाको सम्मान र यरूशलेमका मानिसहरूको सम्मान यहूदाका मानिसहरूको सम्मानभन्दा बढी नहोस्। \v 8 त्यस दिन याहवेह यरूशलेममा बस्‍नेहरूको ढाल हुनुहुनेछ, र तिनीहरूमध्ये अति दुर्बल दावीदझैँ र दावीदको घरानाचाहिँ परमेश्‍वरझैँ, अर्थात् तिनीहरूका अगि-अगि जाने याहवेहका स्वर्गदूतझैँ हुनेछ। \v 9 त्यस दिन म यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूलाई नाश गर्नलाई निस्कनेछु। \s1 तिनीहरूले घोचेका व्यक्तिको निम्ति शोक \p \v 10 “अनि म दावीदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र प्रार्थनाको आत्मा खन्याइदिनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका थिए; अनि कसैले आफ्नो एउटै मात्र बालकको निम्ति बिलौना गरेझैँ, तिनको निम्ति बिलौना गर्नेछन्; अनि कसैले आफ्नो पहिले जन्मेको जेठा छोराको निम्ति अति शोक गरेझैँ तिनीहरूले तिनको निम्ति शोक गर्नेछन्। \v 11 त्यस दिन यरूशलेममा हुने रुवाबासी मगिद्दोको मैदानमा हदद-रिम्मोनको जस्तै ठूलो हुनेछ। \v 12 देशभरि प्रत्येक घरानाले शोक गर्नेछ। तिनीहरूका पत्नीहरूसहित परिवारले अलग-अलग शोक गर्नेछन्। दावीदका घरानाहरू र तिनीहरूका पत्नीहरू, नातानका घरानाहरू र तिनीहरूका पत्नीहरू, \v 13 लेवीका घरानाहरू र तिनीहरूका पत्नीहरू, शिमीका घरानाहरू र तिनीहरूका पत्नीहरू, \v 14 अनि बाँकी रहेका सबै घराना र तिनीहरूका पत्नीहरूले अलग-अलग शोक गर्नेछन्। \c 13 \s1 पापबाट शुद्ध \p \v 1 “त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ। \p \v 2 “त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु। \v 3 यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्। \p \v 4 “त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्। \v 5 हरेकले भन्‍नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’ \v 6 यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’ \s1 गोठालालाई हिर्काइएको, भेडाहरू तितरबितर भएका \q1 \v 7 “हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्; \q2 तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!” \q2 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \q1 “गोठालोलाई प्रहार गर्, \q2 र भेडाहरू तितरबितर हुनेछन्; \q2 अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।” \q1 \v 8 याहवेह घोषणा गर्नुहुन्छ, \q2 “सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्‍ट हुनेछन्; \q2 तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्। \q1 \v 9 यस एक तिहाइलाई म आगोमा हालिदिनेछु; \q2 म तिनीहरूलाई चाँदीझैँ खार्नेछु, \q2 र तिनीहरूलाई सुनझैँ जाँच्नेछु। \q1 जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्, \q2 तब म तिनीहरूलाई जवाफ दिनेछु; \q1 म तिनीहरूलाई भन्‍नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’ \q2 र तिनीहरूले भन्‍नेछन्, ‘याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।’ ” \c 14 \s1 याहवेह आउनुहुन्छ र राज्य गर्नुहुन्छ \p \v 1 हे यरूशलेम, याहवेहको दिन आउँदैछ, जब तिमीहरूको धनसम्पत्ति लुटिनेछ र त्यो तिमीहरूकै सामु पर्खालभित्र बाँडिनेछ। \p \v 2 म सबै राष्ट्रहरूलाई यरूशलेमको विरुद्धमा लडाइँ गर्नका निम्ति भेला गराउनेछु। सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू बलत्कृत हुनेछन्। आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट बाहिर लगिनेछैनन्। \v 3 तब याहवेह निस्कनुहुनेछ र उहाँ युद्धको दिनमा झैँ, उहाँले राष्ट्रहरूको विरुद्धमा लडाइँ गर्नुहुनेछ। \v 4 त्यस दिन उहाँका खुट्टाले यरूशलेमको पूर्वपट्टिको जैतुन पर्वतमा टेक्नेछन्, र जैतुन पर्वत पूर्वदेखि पश्‍चिमसम्म दुई भाग हुनेछ; अनि त्यहाँ एउटा ठूलो बेँसी बन्‍नेछ। यसरी पर्वतको आधा भाग उत्तरपट्टि सर्नेछ, र आधाचाहिँ दक्षिणपट्टि सर्नेछ। \v 5 तिमीहरू मेरो पर्वतको बेँसीहुँदै भाग्नेछौ; किनकि त्यो आसेलसम्म फैलिनेछ। जसरी तिमीहरू यहूदाका राजा उज्जियाहको दिनमा भुइँचालोबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नेछौ। तब याहवेह मेरा परमेश्‍वर सबै पवित्र जनहरूसँग आउनुहुनेछ। \p \v 6 त्यस दिन उज्यालो हुनेछैन, न त ठण्डा, न त तुसारोले भरिएको रात नै हुनेछ। \v 7 त्यो अद्वितीय दिन हुनेछ: दिउँसो र राति छुट्टाउन नसकिने दिन—याहवेहलाई मात्र थाहा भएको दिन। जब साँझ पर्छ, तब उज्यालो नै रहनेछ। \p \v 8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बगेर निस्कनेछ; आधा पूर्वीय मृत सागरपट्टि र आधा पश्‍चिमी महासागरपट्टि बगेर निस्कनेछ; त्यो हिउँद र वर्षामा सधैँ बगिरहनेछ। \p \v 9 याहवेह सारा पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन केवल याहवेह हुनुहुनेछ; अनि उहाँको नाम मात्र हुनेछ। \p \v 10 सम्पूर्ण देश गेबादेखि लिएर यरूशलेमको दक्षिणपट्टिको रिम्मोनसम्म नै अराबाजस्तै हुनेछ। तर यरूशलेमचाहिँ बेन्यामीनको मूलढोकादेखि पहिलो मूलढोकाको स्थानसम्म, कुनाको मूलढोकासम्म र हननेलको धरहरादेखि राजकीय दाखको कोलसम्म माथि अग्लोमा उठाइनेछ, र त्यसको आफ्नै ठाउँमा रहनेछ। \v 11 मानिसहरू त्यहाँ बसोबास गर्नेछन्; त्यो फेरि कहिल्यै नाश हुनेछैन। यरूशलेम सुरक्षित रहनेछ। \p \v 12 यरूशलेमको विरुद्धमा लडाइँ गर्ने सबै राष्ट्रहरूलाई याहवेहले यस्तो विपत्तिले प्रहार गर्नुहुनेछ: तिनीहरू उभिरहेकै बेला तिनीहरूका मासु कुहेर झर्नेछन्। तिनीहरूका आँखाहरू खोपिल्टाभित्रै कुहुनेछन्; अनि तिनीहरूका जिब्राहरू तिनीहरूका मुखभित्रै कुहेर जानेछन्। \v 13 अनि त्यस दिन याहवेहबाट ठूलो त्रास मानिसहरूमाथि पर्नेछ। हरेक मानिसले एक-अर्काको हात समात्नेछन् र तिनीहरू एउटाले अर्कोमाथि आक्रमण गर्नेछन्। \v 14 यहूदाले पनि यरूशलेममा लडाइँ गर्नेछ। चारैतिरका राष्ट्रहरूका धनसम्पत्ति—सुन, चाँदी र लुगाफाटाहरूको थुप्रो जम्मा गरिनेछ। \v 15 त्यस्तै किसिमको रूढीले घोडा, खच्‍चर, ऊँट, गधा र शिविरहरूमा भएका सबै जनावरहरूलाई प्रहार गर्नेछ। \p \v 16 त्यसपछि यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूबाट बाँचेका मानिसहरू प्रत्येक वर्ष महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न र छाप्रोबासको चाड मनाउनलाई जानेछन्। \v 17 यदि पृथ्वीको कुनै पनि जाति महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न यरूशलेममा जादैनन् भने तिनीहरूले झरी पाउनेछैनन्। \v 18 यदि इजिप्टियन मानिसहरू माथि यरूशलेममा गएर चाडमा सहभागी भएनन् भने तिनीहरूले झरी पाउनेछैनन्। याहवेहले तिनीहरूमाथि त्यो रूढी ल्याउनुहुनेछ, जुन उहाँले छाप्रोबासको चाड मनाउन उक्लिएर नजाने राष्ट्रहरूमाथि ल्याउनुभएको थियो। \v 19 छाप्रोबासको चाड मनाउन यरूशलेममा उक्लेर नजाने इजिप्ट र सबै राष्ट्रहरूका निम्ति यही दण्ड हुनेछ। \p \v 20 त्यस दिन घोडाहरूका घण्टीहरूमा, “याहवेहको निम्ति पवित्र,” भनी खोपिएका हुनेछन्; अनि याहवेहको भवनमा भएका पकाउने भाँडाहरूचाहिँ, वेदी सामु भएका पवित्र कचौराहरूझैँ हुनेछन्। \v 21 यरूशलेम र यहूदामा भएका प्रत्येक भाँडा सेनाहरूका याहवेहका निम्ति पवित्र ठहरिनेछन्; अनि ती भाँडाहरू लिएर बलिदान चढाउन आउने सबैले त्यसैमा पकाउनेछन्। अनि त्यस दिन सेनाहरूका याहवेहको भवनमा फेरि कहिल्यै कनानी\f + \fr 14:21 \fr*\ft अथवा \ft*\fqa व्यापारी\fqa*\f* हुनेछैन।