\id TIT - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h तीतस \toc1 तीतसलाई पावलको पत्र \toc2 तीतस \toc3 तीत \mt1 तीतसलाई पावलको पत्र \c 1 \po \v 1 परमेश्‍वरको सेवक र येशू ख्रीष्‍टको प्रेरित पावलबाट—परमेश्‍वरका चुनिएकाहरूका विश्‍वासलाई बढाउन तथा भक्तिमा डोर्‍याउने सत्यको ज्ञानको लागि, \v 2 अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो। \v 3 अनि मलाई हाम्रा मुक्तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो। \po \v 4 एउटै विश्‍वासमा भएको मेरो साँचो छोरा तीतसलाई: \po परमेश्‍वर पिता र हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूमा अनुग्रह र शान्ति! \s1 क्रेटमा तीतसको कार्य \p \v 5 मैले तिमीलाई क्रेटमा छोडेको कारणचाहिँ अधुरो कामहरू पूरा गर्न, र मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक सहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो। \v 6 मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्‍वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्। \v 7 मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ। \v 8 बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ। \v 9 तिनलाई सिकाइएका विश्‍वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि यस शिक्षाले अरूलाई उत्साहित पार्न सकोस् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकोस्। \s1 असल नगर्नेहरूको खण्डन \p \v 10 किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतनाका समर्थकहरू नै यस्तै हुन्छन्। \v 11 तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चुप गराउनैपर्छ। \v 12 तिनीहरूका अगमवक्ताहरूमध्ये एक जनाले यसो पनि भनेका छन्, “क्रेट निवासीहरू सधैँ झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।” \v 13 यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्‍वासमा दह्रो बन्‍न सकून्; \v 14 अनि यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदेऊन्। \v 15 शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्। \v 16 तिनीहरूले परमेश्‍वरलाई जान्दछौँ भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्। \c 2 \s1 खाँटी शिक्षा \p \v 1 तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू। \v 2 वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू। \p \v 3 त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्। \v 4 तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न, \v 5 आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्। \p \v 6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ। \v 7 जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ। \v 8 सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्। \p \v 9 सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्। \v 10 तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्‍वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्‍वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्। \p \v 11 किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ। \v 12 यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ; \v 13 जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ, \v 14 जसले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो। \p \v 15 यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्। \c 3 \s1 जे असल छ, त्यही नै गर्नू \p \v 1 शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। \v 2 तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्। \p \v 3 कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ। \v 4 तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो, \v 5 तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, \v 6 जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। \v 7 उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो। \v 8 यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्। \p \v 9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। \v 10 विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। \v 11 तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ। \b \s1 अन्तिम सल्‍लाह \p \v 12 जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निश्‍चय गरेको छु। \v 13 कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्। \b \p \v 14 जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्। \b \p \v 15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्। \p हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ। \b \p तिमीहरू सबैसँग अनुग्रह रहोस्!