\id SNG - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h श्रेष्‍ठगीत \toc1 श्रेष्‍ठगीतको पुस्तक \toc2 श्रेष्‍ठगीत \toc3 श्रेष्‍ठ \mt1 श्रेष्‍ठगीतको पुस्तक \c 1 \p \v 1 सोलोमनको श्रेष्‍ठगीत। \b \sp प्रेमिका \q1 \v 2 उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्— \q2 किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ। \q1 \v 3 तपाईंका अत्तरहरूका सुबास्‍ना सुगन्धित छ; \q2 अत्तर खन्याइएको बास्‍नाजस्तै तपाईंको नाम सुगन्धित छ। \q2 यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्‍नुपर्दैन! \q1 \v 4 मलाई तपाईंसित लैजानुहोस्—हामी हतार गरौँ! \q2 राजाले मलाई आफ्ना भित्री कोठामा ल्याऊन्। \sp मित्रहरू \q1 तिमीमा\f + \fr 1:4 \fr*\ft मूल भाषामा पुरुषको एक वचन भन्‍ने हुन्छ।\ft*\f* हामी रमाउनेछौँ, र आनन्द गर्नेछौँ; \q2 दाखमद्यभन्दा बढी तिम्रो प्रेमको प्रशंसा हामी गर्नेछौँ। \sp प्रेमिका \q1 तपाईंको प्रशंसा गरेर तिनीहरूले कति उचित गर्छन्! \b \q1 \v 5 हे यरूशलेमका छोरीहरू हो, \q2 म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; \q1 केदारका पालहरूजस्तै, \q2 सोलोमनको\f + \fr 1:5 \fr*\ft अथवा \ft*\fqa सल्मा\fqa*\f* पालका पर्दाजस्तै। \q1 \v 6 म काली भएकीले छक्‍क परेर मलाई नहेर; \q2 किनकि चर्को घामले डढेर म यस्ती भएकी हुँ। \q1 मेरी आमाका छोराहरू मसित रिसाएकाले \q2 मलाई तिनीहरूले दाखबारीको हेरचाह गर्ने जिम्मा दिए; \q2 तर मैले आफ्नै दाखबारीचाहिँ बेवास्ता गर्नुपर्‍यो। \q1 \v 7 हे मेरा प्रियतम, जसलाई म प्रेम गर्दछु, मलाई बताइदिनुहोस्; \q2 तपाईंले आफ्ना भेडाबाख्राहरू कहाँ चराउनुहुन्छ, \q2 मध्यदिनमा तिनीहरूलाई कहाँ विश्राम गराउनुहुन्छ, \q1 तपाईंका साथीहरूका बगालहरूका छेउमा \q2 म किन अनुहार छोपेकी स्त्रीझैँ बनूँ? \sp मित्रहरू \q1 \v 8 हे स्त्रीहरूमा सबैभन्दा सुन्दरी, तिमी त्यो जान्दिनौ भने, \q2 भेडाबाख्राका पाइलाहरू पहिल्‍याउँदै जाऊ, \q1 र गोठालाहरूका पालहरूको छेउमै \q2 आफ्ना बाख्राका पाठाहरूलाई चराऊ। \sp प्रेमी \q1 \v 9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथमा नारिएकी \q2 घोडीसित तुलना गर्दछु। \q1 \v 10 तिम्रा गाला कानका झुम्काले, \q2 र तिम्रो गला रत्न जडेको हारले सुन्दर देखिन्छन्। \q1 \v 11 हामी तिम्रा लागि चाँदीका दाना जडिएका \q2 सुनका लुर्कनहरू बनाउनेछौँ। \sp प्रेमिका \q1 \v 12 महाराजा आफ्नो भोजका टेबुलमा बस्‍नुहुँदा, \q2 मेरो अत्तरको सुबास्‍ना फैलिन्छ। \q1 \v 13 मेरा प्रियतम, मेरा निम्ति मूर्रको थैलीजस्तै हुनुहुन्छ, \q2 जो मेरा छातीको बीचमा ढल्कनुहुन्छ। \q1 \v 14 मेरा प्रेमी, मेरा निम्ति एन-गदीका दाखबारीहरूमा फुल्ने \q2 मेहदी फूलको गुच्छाझैँ हुनुहुन्छ। \sp प्रेमी \q1 \v 15 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छ्यौ, \q2 ओह, कत्ति सुन्दरी! \q2 तिम्रा आँखाहरू ढुकुरजस्तै छन्। \sp प्रेमिका \q1 \v 16 हे मेरा प्रियतम, तपाईं कत्ति सुन्दर हुनुहुन्छ! \q2 कत्ति सुन्दर हुनुहुन्छ! \q2 हाम्रो ओछ्यान लहलहाउँदो छ। \sp प्रेमी \q1 \v 17 हाम्रा घरका दलिनहरू देवदारुका छन्; \q2 अनि सल्‍ला रूखका छाना छन्। \c 2 \sp प्रेमिका \q1 \v 1 म त शारोनको गुलाफ,\f + \fr 2:1 \fr*\ft सायद क्रोकस जातिको फूल हुन सक्छ।\ft*\f* \q2 बेँसीहरूको लिली फूल हुँ। \sp प्रेमी \q1 \v 2 युवतीहरूका बीचमा \q2 मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्। \sp प्रेमिका \q1 \v 3 युवकहरूका बीचमा मेरा प्रिय, \q2 जङ्गलका रूखहरूका बीचमा स्याउको\f + \fr 2:3 \fr*\fq स्याउ \fq*\ft यहाँ र श्रेष्‍ठ गीतका अन्य भागमा \ft*\fqa एप्रिकोट \fqa*\ft नामको फल हुन सक्छ।\ft*\f* बोटजस्तै हुनुहुन्छ। \q1 उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ; \q2 अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ। \q1 \v 4 उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो; \q2 र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो। \q1 \v 5 प्रेम रोगले गर्दा म शिथिल भएकी छु, \q2 यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्; \q2 स्याउ दिएर ताजा पार्नुहोस्! \q1 \v 6 उहाँको देब्रे हात मेरो शिरमुनि छ, \q2 र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ। \q1 \v 7 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई \q2 मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु; \q1 उचित समय नभएसम्म \q2 प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ! \b \q1 \v 8 सुन, मेरा प्रियतम! \q2 हेर, उहाँ आउँदैहुनुहुन्छ; \q1 पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै, \q2 उहाँ आउँदैहुनुहुन्छ! \q1 \v 9 मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ। \q2 हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ; \q1 झ्यालहरूबाट हेर्दै हुनुहुन्छ; \q2 अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ। \q1 \v 10 मेरा प्रियले बोल्नुभयो र मलाई भन्‍नुभयो, \q2 “हे मेरी प्रियसी उठ, \q2 हे मेरी सुन्दरी, मसित आऊ! \q1 \v 11 हेर, हिउँद बित्यो, \q2 वर्षा पनि सकियो। \q1 \v 12 पृथ्वीमा फूलहरू देखा परेका छन्; \q2 गीत गाउने समय आएको छ। \q1 हाम्रो भूमिमा ढुकुरहरू \q2 कुर्लेको सोर सुनिन्छ। \q1 \v 13 अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो; \q2 दाखले त फुलेर बास्‍ना फैलाउन थाल्यो। \q1 उठ, आऊ, मेरी प्रिय, \q2 हे मेरी सुन्दरी, मसित आऊ!” \sp प्रेमी \q1 \v 14 चट्टानका चिराहरूमा, \q2 भिरपहराका गुप्‍त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर; \q1 मलाई तिम्रो अनुहार देखाऊ! \q2 तिम्रो सोर सुन्‍न पाऊँ; \q1 किनकि तिम्रो सोर मिठो छ; \q2 र तिम्रो मुहार सुन्दर छ। \q1 \v 15 हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ; \q2 साना फ्याउराहरू, \q1 जसले दाखबारीमा फूलहरू फुलेका बेला \q2 हाम्रा दाखबारीहरू नाश पार्दछन्। \sp प्रेमिका \q1 \v 16 मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ; \q2 उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ। \q1 \v 17 जबसम्म बिहान हुँदैन, \q2 र छायाहरू हराउँदैनन्, \q1 हे मेरा प्रियतम, फर्कनुहोस्; \q2 र मृगझैँ, \q1 अथवा भिरालो डाँडाहरूमाथि हुने \q2 घोर्ले जरायोझैँ हुनुहोस्\f + \fr 2:17 \fr*\ft अथवा \ft*\fqa बेथेरका डाँडाहरू\fqa*\f*! \b \c 3 \q1 \v 1 रातभरि मैले मेरो ओछ्यानमा \q2 मेरा हृदयको प्रेमीलाई खोजेँ; \q2 मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ। \q1 \v 2 अब म उठेर सहरतिर जानेछु, \q2 गल्‍ली र चोकहरूहुँदो; \q1 मेरा हृदयको प्रेमीलाई खोज्नेछु। \q2 मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ। \q1 \v 3 सहरमा घुम्‍दै गरेका पहरेदारहरूले \q2 मलाई भेट्टाए; \q2 मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?” \q1 \v 4 म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; \q2 मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। \q1 मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, \q2 मेरी आमाको घरमा, \q2 मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ। \q1 \v 5 हे यरूशलेमका छोरीहरू हो, \q2 म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु: \q1 उचित समय नभएसम्म \q2 प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ। \b \q1 \v 6 व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका \q2 धूप र मूर्रको सुगन्धले \q1 धुवाँको मुस्लोजस्तै, \q2 उजाडस्थानबाट माथि आइरहेका को हुन्? \q1 \v 7 हेर, सोलोमनको सवारी पालकी; \q2 इस्राएलका सुयोग्य, \q2 साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्। \q1 \v 8 तिनीहरू सबैले तरवार भिरेका छन्, \q2 सबै जना युद्धकलामा पोख्त छन्; \q1 रातको हरेक खतरादेखि बचाउन, \q2 हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्। \q1 \v 9 सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्; \q2 त्यो लेबनानको काठले बनिएको छ। \q1 \v 10 त्यसका डण्डाहरू चाँदीले, \q2 र आधार सुनले बनिएका छन्। \q1 त्यसको आसन बैजनी लुगाले सजाइएको छ। \q2 अनि भित्री भागमा चाहिँ \q1 प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्। \q1 \v 11 हे सियोनका छोरीहरू हो, बाहिर आओ, \q2 सोलोमन राजाले मुकुट पहिरेका हेर; \q1 त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले \q2 तिनको विवाहको दिनमा, \q1 तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा, \q2 तिनको शिरमा लगाइदिएकी थिइन्। \c 4 \sp प्रेमी \q1 \v 1 हे मेरी प्रियसी, तिमी कत्ति सुन्दरी छौ, \q2 ओह, कत्ति सुन्दरी! \q2 घुम्टोभित्र तिम्रा आँखाहरू ढुकुरजस्तै छन्। \q1 तिम्रा केश गिलाद डाँडाबाट \q2 ओरालो झरेको बाख्राको बगालजस्तै छ। \q1 \v 2 तिम्रा दाँतहरू भर्खर ऊन कत्रेर नुहाएर \q2 उकालो लागेका भेडाहरूको बगालजस्तै छन्। \q1 हरेकका जुम्ल्याहा छन्; \q2 कुनै पनि एकलो छैन। \q1 \v 3 तिम्रा ओठ राता रिबनझैँ छन्; \q2 तिम्रो मुख कत्ति सुन्दर छ। \q1 घुम्टोभित्र लुकेको तिम्रो गाला \q2 दुई फ्याक पारेको अनारझैँ छ। \q1 \v 4 तिम्रो गला दावीदको धरहराजस्तै छ, \q2 जो ढुङ्गैढुङ्गाले\f + \fr 4:4 \fr*\ft मूल भाषामा यो वाक्यांशको अर्थ अनिश्‍चित छ।\ft*\f* मिलाएर बनाइएको थियो; \q1 त्यसमा हजार वटा ढालहरू झुण्ड्याइएका छन्। \q2 ती सबै वीर योद्धाहरूका ढाल हुन्। \q1 \v 5 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, \q2 मृगीका दुई पाठाजस्तै, \q2 जो लिली फूलहरूको बीचमा चर्दछन्। \q1 \v 6 जबसम्म बिहान हुँदैन, \q2 र अन्धकार हराउँदैन; \q1 म मूर्र भएको पहाड \q2 र धूपको डाँडामा जानेछु। \q1 \v 7 हे मेरी मायालु, तिमी असाध्यै सुन्दरी छ्यौ; \q2 तिमीमा कुनै खोट छैन। \b \q1 \v 8 हे मेरी दुलही, मसित लेबनानबाट आऊ, \q2 लेबनानबाट मसित आऊ! \q1 अमानाको शिखरबाट, \q2 सेनीर र हेर्मोनका टाकुराबाट, \q1 सिंहका गुफाबाट \q2 र चितुवाका पहाडी ओडारबाट तल आऊ। \q1 \v 9 हे मेरी प्रिय,\f + \fr 4:9 \fr*\ft मूल भाषामा \ft*\fqa बहिनी\fqa*\f* मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ; \q2 तिम्रा आँखाको एक नजरले, \q1 तिम्रो हारको एउटा रत्नले \q2 तिमीले मेरो हृदय चोरेकी छ्यौ। \q1 \v 10 तिम्रो प्रेम कति आनन्दमय छ, \q2 मेरी प्रिय, मेरी दुलही! \q1 तिम्रो प्रेम दाखमद्यभन्दा धेरै उत्तम छ! \q2 अनि तिम्रो अत्तरको बास्‍नाचाहिँ \q1 अरू मसलाभन्दा धेरै सुगन्धित छ! \q1 \v 11 मेरी दुलही, तिम्रा ओठबाट मौरीका चाकाको मिठास चुहुन्छ; \q2 तिम्रो जिब्रोमुनि दूध र मह छन्। \q1 अनि तिम्रा वस्त्रहरूको बास्‍नाचाहिँ \q2 लेबनानको बास्‍नाझैँ छ। \q1 \v 12 मेरी प्रिय, मेरी दुलही, तिमी बन्द गरी राखिएको बगैँचाझैँ छ्यौ; \q2 तिमी छोपिएको पानीको मूल, मोहर लगाएर बन्द राखेको पानीको मुहानझैँ छ्यौ। \q1 \v 13 तिम्रा बोटहरू अनारको बगैँचाजस्तै छन्; \q2 जसमा उत्तम फलहरू, \q2 मेहदी र जटामसीको बगैँचा; \q2 \v 14 जटामसी र केशर, \q2 बोझो र दालचिनी, \q2 सबै प्रकारका सुगन्धित धूपका रूखहरू, \q2 मूर्र र चन्दन \q2 अनि सर्वोत्तम मसालाहरूले भरिभराउ बगैँचा छन्। \q1 \v 15 तिमी बगैँचाको मुहान, \q2 लेबनानका पहाडी क्षेत्रबाट बगेर आउने \q2 पानीको मुहान हौ। \sp प्रेमिका \q1 \v 16 हे उत्तरको बतास, जाग्! \q2 हे दक्षिणको बतास, आइज! \q1 मेरो बगैँचाबाट भएर बहिदे, \q2 ताकि यसको बास्‍ना चारैतिर फैलियोस्। \q1 मेरा प्रिय आफ्नो बगैँचामा आऊन्, \q2 र त्यहाँका उत्तम फलहरू चाखून्! \c 5 \sp प्रेमी \q1 \v 1 हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु; \q2 मैले आफ्नो मूर्र मसलाहरूसहित बटुलेको छु। \q1 मैले मेरो महको चाका र मेरो मह खाएको छु, \q2 मैले मेरो दाखमद्य र मेरो दूध पिएको छु। \sp मित्रहरू \q1 हे मित्रहरू हो, खाओ र पिओ; \q2 प्रेमीहरू हो, अघाउन्जेल पिओ। \sp प्रेमिका \q1 \v 2 म त सुतेँ, तर मेरो हृदय जागै रह्‍यो; \q2 सुन! मेरा प्रियले ढोका ढकढकाउँदै हुनुहुन्छः \q1 “मेरी प्रेमी, मेरी प्रिय, मेरो निम्ति ढोका खोलिदेऊ; \q2 मेरी ढुकुर, मेरी निष्खोट सुन्दरी, \q1 मेरो शिर शीतले भिजेको छ; \q2 रातको शितले मेरो कपाल भिजेको छ।” \q1 \v 3 मैले मेरो वस्त्र फुकालीसकेकी छु— \q2 के मैले त्यो फेरि लगाउनू? \q1 मैले मेरा खुट्टा धोएकी छु— \q2 के मैले ती फेरि मैला बनाउनू? \q1 \v 4 मेरा प्रियले ढोका खोल्न चेपबाट हात भित्र छिराउँदा, \q2 उहाँको निम्ति मेरो मुटु धड्कन लाग्यो। \q1 \v 5 मेरा प्रियको निम्ति ढोका खोल्न म उठेँ, \q2 मेरो हात र औँलाहरूबाट मूर्र चुहुँदैथियो; \q1 र मेरा औँलाहरूबाट \q2 ढोका समात्ने ठाउँमा मूर्र चुहियो। \q1 \v 6 मैले मेरा प्रियको निम्ति ढोका खोलेँ, \q2 तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ। \q2 उहाँको बिदाइमा मेरो हृदय खिन्‍न भयो। \q1 मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ। \q2 मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन। \q1 \v 7 सहरमा गस्ती गरिरहेका \q2 पहरेदारहरूले मलाई भेट्टाए। \q1 अनि तिनीहरूले मलाई हिर्काए र घाइते पारिदिए; \q2 ती पर्खालहरूका पहरेदारहरूले \q2 मेरो खास्टो खोसेर लगे! \q1 \v 8 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई अनुरोध गर्दछु— \q2 यदि तिमीहरूले मेरा प्रियलाई भेट्टायौ भने, \q1 उहाँलाई के भनौला? \q2 म प्रेमले पागल भइसकेकी छु भनेर भनिदेओ। \sp मित्रहरू \q1 \v 9 हे नारीहरूमध्ये परमसुन्दरी, \q2 तिम्रा प्रिय कसरी अरूहरूभन्दा असल छन्? \q1 तिम्रा प्रियचाहिँ कसरी अरूहरूभन्दा असल छन्, \q2 र तिमी हामीलाई यसरी आग्रह गर्दछ्यौ? \sp प्रेमिका \q1 \v 10 हे यरूशलेमका छोरीहरू हो, \q2 दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्‍ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ। \q1 \v 11 उहाँको शिर निखुर सुनको छ; \q2 उहाँको केश घुम्रिएको \q2 र कागझैँ कालो छ। \q1 \v 12 उहाँका आँखाहरू \q2 पानीका जलकुण्डको छेउमा बसेका ढुकुरहरूजस्ता, \q1 दूधले पखालिएको, \q2 बहुमूल्य पत्थर जडिएका जस्ता छन्। \q1 \v 13 उहाँका गाला सुगन्ध फैलाउने \q2 मसलाहरूका ड्याङझैँ छन्। \q1 उहाँका ओठ मूर्र चुहाउने \q2 लिली फूलसमान छन्। \q1 \v 14 उहाँका पाखुरा पीतमणि जडेका \q2 सुनका डण्डाजस्तै छन्। \q1 शरीर नीलमणि जडेको चिल्‍लो, \q2 टल्कने हस्तीदन्तझैँ छ। \q1 \v 15 उहाँका गोडा निखुर सुनको जगमा बसालिएका \q2 सिङ्गमरमरका खम्बा हुन्। \q1 उहाँको रूप लेबनानका \q2 उत्तम देवदारुजस्तै देखिन्छ। \q1 \v 16 उहाँको मुख मिठासपूर्ण छ; \q2 उहाँ सम्पूर्ण रूपले सुन्दर हुनुहुन्छ। \q1 उहाँ नै मेरा प्रिय, मेरा मित्र हुनुहुन्छ, \q2 हे यरूशलेमका छोरीहरू हो। \c 6 \sp मित्रहरू \q1 \v 1 हे नारीहरूमा परमसुन्दरी, \q2 तिम्रा प्रिय कहाँ गएका छन्? \q1 तिनी कुन बाटोतिर गएका छन्, \q2 हामीलाई भन, ताकि हामी पनि तिमीसँगै तिनलाई खोज्जौँ? \sp प्रेमिका \q1 \v 2 मेरा प्रिय आफ्नो बगैँचामा, \q2 मसलाहरूको ड्याङहरूमा, \q1 त्यहाँ टहल्न \q2 र लिली फूल टिप्नलाई जानुभएको छ। \q1 \v 3 म मेरा प्रियकी हुँ, र मेरा प्रिय मेरै हुनुहुन्छ; \q2 उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ। \sp प्रेमी \q1 \v 4 मेरी प्रिय, तिमी तिर्सा सहरजस्तै सुन्दरी, \q2 र यरूशलेमजस्तै राम्री छ्यौ; \q2 आफ्ना झण्डा लिएर हिँड्ने सेनाझैँ गौरवशाली छ्यौ। \q1 \v 5 तिम्रा आँखाहरू मबाट हटाऊ; \q2 तिनले मलाई व्याकुल पार्दछन्, \q1 तिम्रा कपाल गिलाद डाँडाबाट ओरालो लागेका \q2 बाख्राहरूको बगालसरह छन्। \q1 \v 6 तिम्रा दाँतहरू नुहाएर उकालो लागेका \q2 भेडाहरूको बगालजस्तै छन्। \q1 हरेकका जुम्ल्याहा छन्, \q2 कुनै पनि एकलो छैन। \q1 \v 7 घुम्टोभित्र लुकेका तिम्रा दुई गाला \q2 दुई फ्याक पारेका अनारझैँ छन्। \q1 \v 8 चाहे साठी वटा रानीहरू होऊन्, \q2 चाहे असीवटा उपपत्नीहरू, \q2 चाहे अनगन्ती कन्ये केटीहरू होऊन्; \q1 \v 9 तर मेरी ढुकुर, मेरी सर्वश्रेष्‍ठ, तिनी विशेष छिन्; \q2 तिनकी आमाकी एउटी मात्र, \q2 मनपर्दो सन्तान हुन्। \q1 कन्याहरूले तिनलाई देखे, र तिनलाई आशिषित भने; \q2 रानीहरू र उपपत्नीहरूले तिनको प्रशंसा गरे। \sp मित्रहरू \q1 \v 10 चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, \q2 झण्डा फहराउने प्रतापी सेनाझैँ, \q2 प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्? \sp प्रेमी \q1 \v 11 बदामका बोटहरू भएका बेँसीतिर \q2 नयाँ पालुवा लागे कि, \q1 दाखको बोटमा कोपिला लागेको छ कि छैन, \q2 वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ। \q1 \v 12 मैले थाहा पाउनुअगि \q2 मेरा प्रजाका\f + \fr 6:12 \fr*\ft अथवा \ft*\fqa अम्मीनादाबका रथहरू\fqa*\ft ; अथवा \ft*\fqa राजकुमारका मानिसहरूका रथहरू\fqa*\f* राजकीय रथमा सवार हुन मलाई मेरो इच्छाले पुर्‍याइसकेको छ। \sp मित्रहरू \q1 \v 13 हे शूलम्मी, फर्केर आऊ, फर्केर आऊ, \q2 फर्केर आऊ, फर्केर आऊ, र हामी तिमीलाई एक टक लगाएर हेरिरहन सकौँ! \sp प्रेमी \q1 महानोमको नाच हेरेझैँ \q2 किन तिमीहरू शूलम्मीलाई एक टक लगाएर हेर्न रहर गर्छौ? \b \c 7 \q1 \v 1 हे राजकुमारकी छोरी, \q2 चप्पल लगाइएका तिम्रा पाउ कत्ति सुन्दर छन्! \q1 तिम्रा तिघ्राहरूका आकार \q2 शिल्पकारका हातले बनाइएका रत्नजस्तै छन्। \q1 \v 2 तिम्रो नाभी गोलो प्यालाजस्तै छ, \q2 जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। \q1 तिम्रो कम्मर लिली फूलले घेरेको \q2 गहुँको थुप्रोजस्तै छ। \q1 \v 3 तिम्रा दुई स्तन जुम्ल्याहा पाठाजस्तै छन्, \q2 मृगीका दुई पाठाजस्तै। \q1 \v 4 तिम्रो गला हस्तीदन्तको धरहराजस्तै छ। \q1 तिम्रा आँखा बाथ-रब्बीमको छेउको \q2 हेश्बोनका पोखरीजस्तै छन्, \q1 तिम्रो नाक दमस्कसतिर हेरिराखेको \q2 लेबनानको धरहराजस्तै छ। \q1 \v 5 तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ। \q2 तिम्रो कपाल हातले बुनेका राजकीय वस्त्रसमान छ; \q2 त्यसका चुल्ठाले राजालाई मोहित पारेको छ। \q1 \v 6 हे प्रिय, आनन्दले पूर्ण, \q2 र मनलाई खुशी पार्ने तिमी बिछट्टै राम्री छ्यौ! \q1 \v 7 तिम्रो शारीरिक कद खजूरको रूखझैँ छ, \q2 र तिम्रा स्तनहरू फलका झुप्पाहरूजस्ता छन्। \q1 \v 8 मैले भनेँ, “म खजूरको रूखमा चढ्नेछु; \q2 म त्यसका फल समात्नेछु।” \q1 तिम्रा स्तनहरू अङ्‌गुरका झुप्पाहरूजस्तै होऊन्, \q2 तिम्रो सासको बास्‍ना स्याउका बास्‍नाझैँ, \q2 \v 9 र तिम्रो मुख उत्तम दाखमद्यझैँ मगमगाऊन्। \sp प्रेमिका \q1 ओठ र दाँतबाट सलल बग्दै \q2 दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्। \q1 \v 10 म मेरा प्रियकी हुँ, \q2 र उहाँले मेरो तिर्सना गर्नुहुन्छ। \q1 \v 11 हे मेरा प्रिय, आउनुहोस्! हामी खेतबारीतिर जाऔँ; \q2 गाउँहरूमा\f + \fr 7:11 \fr*\ft अथवा \ft*\fqa मेहदीका झ्याङहरू\fqa*\f* हामी रात बिताऔँ। \q1 \v 12 दाखमा कोपिला लाग्यो कि, \q2 तिनमा फूल फुल्यो कि, \q1 अनारहरूमा फूल फुल्यो कि, \q2 भनेर हेर्न हामी बिहानै दाखबारीमा जाऔँ— \q2 त्यहाँ म तपाईंलाई मेरो प्रेम प्रकट गर्नेछु। \q1 \v 13 दूधेफलले बास्‍ना दिँदैछ, \q2 मैले तपाईंको निम्ति जम्मा गरेका हरेक स्वादिष्‍ठ, \q1 नयाँ र पुराना फलहरू, \q2 हाम्रा ढोकामा तयार छन्, हे मेरा प्रिय। \b \c 8 \q1 \v 1 यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको, \q2 मेरा दाजुभाइझैँ हुनुहुँदो हो त! \q1 तपाईंलाई बाहिर भेट्दा \q2 म म्वाइँ खानेथिएँ, \q2 र कसैले मेरो निन्दा गर्ने थिएन। \q1 \v 2 तपाईंलाई डोर्‍याएर \q2 म मेरी आमाको घरमा ल्याउनेथिएँ— \q2 जुन आमाले मलाई शिक्षा दिएकी छन्। \q1 म तपाईंलाई मसाला मिसाएको दाखमद्य, \q2 मेरा अनारका रस पिउन दिनेथिएँ। \q1 \v 3 उहाँको देब्रे हात मेरो शिरमुनि छ, \q2 र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ। \q1 \v 4 हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु: \q2 उचित समय नभएसम्म \q2 प्रेमलाई नजगाओ अथवा नबिउँझाओ। \sp मित्रहरू \q1 \v 5 आफ्ना प्रेमीसित अडेसिएर \q2 उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्? \sp प्रेमिका \q1 स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ; \q2 त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्; \q2 त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्। \q1 \v 6 मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्, \q2 तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्; \q1 किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ; \q2 यसको तिर्सना चिहानझैँ कठोर हुन्छ। \q1 यो दन्कने आगोसमान दन्कन्छ, \q2 यो शक्तिशाली ज्वाला\f + \fr 8:6 \fr*\ft अथवा \ft*\fqa याहवेको ज्वालाजस्तै\fqa*\f* जस्तै हुन्छ। \q1 \v 7 उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन; \q2 नदीले पनि त्यसलाई बगाउन सक्दैन। \q1 यदि मानिसले प्रेमको निम्ति \q2 आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि \q2 यो\f + \fr 8:7 \fr*\ft अथवा \ft*\fqa उसको\fqa*\f* पूर्ण अवहेलना हुनेछ। \sp मित्रहरू \q1 \v 8 हाम्री एउटी जवान बहिनी छिन्, \q2 जसका छाती उठेका छैनन्। \q1 उनको विवाहको लागि कोही माग्न आएको दिनमा, \q2 आफ्नी बहिनीको लागि हामी के गरौँ? \q1 \v 9 यदि ऊ पर्खाल भए त, \q2 हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ। \q1 यदि ऊ ढोका हुँदो हो त, \q2 हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ। \sp प्रेमिका \q1 \v 10 म एक पर्खाल हुँ, \q2 र मेरा स्तनहरू धरहराहरूजस्तै छन्। \q1 यसरी उहाँका नजरमा म \q2 सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु। \q1 \v 11 बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो; \q2 आफ्नो दाखबारी मोहीहरूलाई दिए। \q1 हरेकले दाखबारीका फलको सट्टामा \q2 हजार सेकेल\f + \fr 8:11 \fr*\ft लगभग 12 किलो\ft*\f* चाँदी ल्याउनुपर्थ्यो। \q1 \v 12 तर मेरो दाखबारी, जो मेरै अधिकार हो; \q2 हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्, \q2 र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्। \sp प्रेमी \q1 \v 13 तिमी, जो दाखबारीमा \q2 आफ्ना मित्रहरूका साथमा बास गर्दछौ, \q2 तिम्रो सोरलाई सुन्‍न देऊ! \sp प्रेमिका \q1 \v 14 हे मेरा प्रेमी, बाहिर आउनुहोस्, \q2 र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा \q1 हुने हरिणजस्तै अथवा \q2 जवान मृगजस्तै हुनुहोस्!