\id RUT - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h रूथ \toc1 रूथको पुस्तक \toc2 रूथ \toc3 रूथ \mt1 रूथको पुस्तक \c 1 \s1 नाओमीका पति र छोराहरूको मृत्यु \p \v 1 न्यायकर्ताहरूका शासनकालमा देशमा अनिकाल पर्‍यो। यसकारण यहूदाको बेथलेहेमबाट एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर केही समयको निम्ति मोआब देशमा बसाइँ सरे। \v 2 यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले। \p \v 3 केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए। \v 4 पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरूलाई विवाह गरे। एउटीको नाम ओर्पा र अर्कीको नाम रूथ थियो। तिनीहरू त्यहाँ लगभग दश वर्ष बसे। \v 5 त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्। \s1 नाओमी र रूथ बेथलेहेम फर्किएका \p \v 6 जब नाओमी मोआबमा छँदै याहवेहले यहूदामा आफ्ना मानिसहरूलाई भोजन जुटाएर सहायता गरिराख्नुभएको छ भनी तिनले सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार भए। \v 7 तिनी जहाँ बसिरहेकी थिइन्, त्यस ठाउँलाई छोडिन्, र आफ्ना बुहारीसहित यहूदाको देशमा फर्कन बाटो लागिन्। \p \v 8 अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्। \v 9 याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।” \p अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए। \v 10 अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।” \p \v 11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र? \v 12 मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि \v 13 तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।” \p \v 14 यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्। \p \v 15 “हेर,” नाओमीले भनिन्, “तिम्री बहिनी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।” \p \v 16 तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। \v 17 तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।” \v 18 रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्। \p \v 19 यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्‍चियो, तब त्यहाँका स्त्रीहरूले आश्‍चर्य मानेर भन्‍न लागे, “के यिनी नाओमी होइन र?” \p \v 20 “मलाई नाओमी\f + \fr 1:20 \fr*\fq नाओमी \fq*\ft जसको अर्थ \ft*\fqa हर्ष\fqa*\f* नभन,” तिनले उनीहरूलाई भनिन्। “बरु मलाई मारा\f + \fr 1:20 \fr*\fqa मारा \fqa*\ft जसको अर्थ \ft*\fqa तितो\fqa*\f* भन, किनकि सर्वशक्तिमान्‌ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ। \v 21 म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्‌ले ममाथि कष्‍ट ल्याउनुभएको छ।” \p \v 22 यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसित मोआब देशबाट फर्किन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी सुरु हुँदैथियो। \c 2 \s1 रूथले बोअजलाई भेटेकी \p \v 1 अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो। \p \v 2 मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” \p नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।” \v 3 यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए। \p \v 4 त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” \p तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!” \p \v 5 कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?” \p \v 6 त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो। \v 7 उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।” \p \v 8 यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस। \v 9 मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।” \p \v 10 तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्‍टि गर्नुभयो?” \p \v 11 बोअजले जवाफ दिए, “तिम्रा पतिको मृत्यु भएपछि तिमीले आफ्नी सासूका निम्ति जे गरेकी छौ, सो सबै कुरा मलाई बताइएको छ। कसरी तिमीले आफ्ना आमाबुबा र आफ्नो जन्मभूमि छोडेर आफूले पहिले कहिल्यै नचिनेका मानिसहरूसँग बस्‍नलाई आएकी छौ। \v 12 तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्‍वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।” \p \v 13 तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्‍टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।” \p \v 14 खाना खाने समयमा बोअजले तिनलाई भने, “तिमी यहाँ आऊ, र सिर्कामा केही रोटी चोपेर खाऊ।” \p जब तिनी कटनी गर्नेहरूसँग बसिन्, तब उनले तिनलाई केही भुटेका अन्‍न दिए। तिनले चाहेजति खाइन्, र तिनीसित केही उब्रियो पनि। \v 15 जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक। \v 16 बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।” \p \v 17 यसैले रूथले बेलुकीसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेका जौका बाला माँड्दा प्राय: एक एपा\f + \fr 2:17 \fr*\ft लगभग 13 किलो\ft*\f* भयो। \v 18 त्यसपछि तिनले त्यो बोकेर सहर फर्किन्; अनि तिनले कति धेरै बटुलेको तिनकी सासूले देखिन्। आफूले प्रशस्त खाएर उब्रेको अन्‍न पनि निकालेर रूथले तिनलाई दिइन्। \p \v 19 तिनकी सासूले सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? अनि कहाँ काम गर्‍यौ? ती मानिस धन्यका हुन्, जसले तिमीलाई वास्ता गरे!” \p यसकारण आफूले जसको खेतमा काम गरेकी थिइन्, तिनको विषयमा रूथले आफ्नी सासूलाई बताइन्, र भनिन्, “मैले आज काम गरेको मानिसको नाम बोअज हो।” \p \v 20 नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्।\f + \fr 2:20 \fr*\fq मोल तिरेर छुटाउनेहरू मध्येका \fq*\ft मूल भाषाअनुसार, \ft*\fqa अप्ठ्यारोमा परेको आफन्तलाई छुटाउने दायित्व भएको व्यक्तिको लागि कानुनी शब्द हो।\fqa*\f*” \p \v 21 तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ ” \p \v 22 नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।” \p \v 23 यसकारण गहुँ र जौको कटनी नसकुन्जेल रूथ बोअजका काम गर्ने केटीहरू सँगसँगै काम गरिन्, र तिनी आफ्नी सासूसँग नै बस्थिन्। \c 3 \s1 खलामा रूथ र बोअज \p \v 1 एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, मैले तिम्रो निम्ति एउटा घर खोज्नुपर्छ, जहाँ तिम्रो निम्ति सबै कुराको प्रबन्ध भएको होस्। \v 2 बोअज जसका सेविकाहरूसित तिमी छौ, ती हाम्रा नातेदार हुन्। आज राति तिनी खलामा जौ बत्ताउन जानेछन्। \v 3 यसैले नुहाएर अत्तर लगाऊ, र तिम्रो सबैभन्दा असल लुगा लगाऊ। त्यसपछि तल खलामा जाऊ; तर उनले खानपिन गरी नसकुन्जेल तिमी त्यहाँ छौ भनी उनलाई थाहा नहोस्। \v 4 जब उनी सुत्छन्, उनी सुतेको ठाउँ याद गर। त्यसपछि जाऊ र उनको खुट्टाको ओढ्ने उठाऊ, र ढल्क। त्यसपछि के गर्नुपर्छ उनले नै तिमीलाई बताउनेछन्।” \p \v 5 रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्छ, म गर्नेछु।” \v 6 यसकारण तिनी तल खलामा गइन्, र तिनले आफ्नी सासूले बताएअनुसार सबै कुरा गरिन्। \p \v 7 जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्‍न थुपारेको पल्‍लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्। \v 8 मध्यरातमा बोअजलाई केही कुराले झस्कायो, तब तिनी फनक्‍क फर्किए, र त्यहाँ आफ्नो खुट्टामा एउटी स्त्री ढल्किरहेकी थिइन्! \p \v 9 तब उनले “तिमी को हौ?” भनी सोधे। \p तिनले भनिन्, “म तपाईंकी सेविका रूथ हुँ। तपाईंको लुगाको एक कुना मलाई पनि ओढाइदिनोस्; किनकि तपाईं हाम्रो परिवारको नजिकका मोल तिरेर छुटाउने नातेदार हुनुहुन्छ।” \p \v 10 उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब। \v 11 अब मेरी छोरी, नडराऊ। तिमीले इच्छा गरेका सबै कुरा म गर्नेछु। तिमी एउटी चरित्रवान् स्त्री हौ भन्‍ने कुरा सहरका मेरा सबै मित्रहरूले जान्दछन्। \v 12 यद्यपि यो सत्य हो कि म छुटाउनेवाला नातेदार हुँ, तर मभन्दा पनि अझ नजिकको एक जना नातेदार छन्। \v 13 आज राति यहीँ बस, र बिहान यदि तिनले तिमीलाई छुटाउने इच्छा गर्छन् भने असलै हुन्छ, तिनले नै छुटाऊन्। तर यदि तिनी तयार छैनन् भने म प्रतिज्ञा गर्छु, जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म यो गर्नेछु। बिहानसम्म यहीँ ढल्किबस।” \p \v 14 यसकारण तिनी बिहानसम्म उनको खुट्टानेर ढल्किरहिन्। तर कसैलाई ठम्याउन सक्ने उज्यालो हुन अगि नै उठिन्। अनि बोअजले भने, “यहाँ खलामा एउटी स्त्री आएकी थिइन् भनी कसैले थाहा नपाओस्।” \p \v 15 उनले यो पनि भने, “तिमीले ओढेको खास्टो यहाँ ल्याऊ, र समात।” तिनले त्यसै गरिन्, र बोअजले छ पाथी जौ हालेर तिनलाई बोकाइदिए। अनि तिनी सहरतिर फर्के। \p \v 16 जब रूथ सासूकहाँ आइन्, तब नाओमीले सोधिन्, “मेरी छोरी, के भयो?” \p तब तिनले बोअजले जे गरेका थिए, ती सबै कुरा बताइन्। \v 17 अनि तिनले अझै भनिन्, “उहाँले मलाई यो छ पाथी जौ दिएर भन्‍नुभयो, ‘तिम्री सासूकहाँ खाली हात नजाऊ।’ ” \p \v 18 अनि नाओमीले भनिन्, “मेरी छोरी, अझै अरू के हुन्छ, सो तिमीले थाहा नपाउन्जेल धैर्य गर। किनकि आज नै सबै विषयको फैसला नगरुन्जेल त्यो मानिस चुप लागेर बस्‍नेछैन।” \c 4 \s1 बोअजले रूथलाई विवाह गरेका \p \v 1 यसैबीच बोअज सहरको मूलढोकामा गएर त्यहाँ बसे। तिनले भनेका मोल तिरेर छुटाउनेवाला नातेदार त्यहाँ आएपछि बोअजले भने, “मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस्।” यसकारण तिनी त्यहाँ आएर बसे। \p \v 2 बोअजले सहरका दश जना प्रधानहरूलाई लगेर भने, “यहाँ बस्‍नुहोस्,” अनि तिनीहरू त्यहाँ बसे। \v 3 तब तिनले छुटाउनेवाला नातेदारलाई भने, “नाओमी, जो मोआबबाट फर्केर आएकी छिन्, र तिनले हाम्रा नातेदार एलीमेलेकको एक टुक्रा जमिन बेच्दैछिन्। \v 4 यहाँ बसेकाहरू र हाम्रा मानिसका प्रधानहरूका उपस्थितिमा यो विषयलाई तपाईंहरूको ध्यानमा ल्याई त्यो जमिन किन्‍ने सल्‍लाह दिनुपर्छ भन्‍ने मैले विचार गरेको छु। यदि तपाईं त्यो किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्। तर यदि किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्; ताकि म जान्‍न पाऊँ। किनकि यो अधिकार तपाईंबाहेक अरू कसैको छैन। अनि मचाहिँ तपाईंपछिको दोस्रो नातेदार हुँ।” \p “तिनले भने, म किन्‍नेछु।” \p \v 5 तब बोअजले भने, “यो कुरा मनमा राख्नुहोस्; नाओमीबाट त्यो जमिन किनेको दिन मृतककी विधवा मोआबी रूथलाई पनि स्वीकार गर्नैपर्छ; ताकि त्यो सम्पत्ति ती मरिसकेका मानिसको सन्तानको नाममा रहोस्।” \p \v 6 यो सुनेर ती छुटाउनेवाला नातेदारले भने, “त्यसो हो भने म किन्‍न सक्दिनँ। किनकि मैले मेरो आफ्नै सम्पत्तिलाई गुमाउन सक्छु। तपाईं किन्‍नुहोस्; म किन्‍न सक्दिनँ।” \p \v 7 (अब पहिलेका समयहरूमा इस्राएलमा सम्पत्तिलाई छुटाउँदा र हस्तान्तरण गर्दा, एक पक्षले अर्को पक्षलाई आफ्नो जुत्ता खोलेर दिइन्थ्यो। इस्राएलमा लेनदेनको कार्यलाई कानुनी बनाउने प्रथा यस्तै थियो।) \p \v 8 यसकारण छुटाउनेवाला नातेदारले बोअजलाई भने, “तपाईं आफैँ किन्‍नुहोस्।” अनि तिनले आफ्नो जुत्ता खोले। \p \v 9 त्यसपछि बोअजले प्रधानहरू र सबै मानिसहरूलाई घोषणा गरे, “आज तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ। मैले किल्योन, महलोन र एलीमेलेकका सबै सम्पत्ति नाओमीबाट किनेको छु। \v 10 मैले महलोनकी विधवा मोआबी रूथलाई पनि मृतकको नाम र सम्पत्ति अटल राख्न र तिनको नाम परिवारबाट नहराओस् अथवा सहरबाट नहटोस् भनेर आफ्नी पत्नीको रूपमा प्राप्‍त गरेको छु। तपाईंहरू आज साक्षीको रूपमा हुनुहुन्छ।” \p \v 11 अनि प्रधानहरू र मूलढोकामा हुनेहरूले भने, “हामीहरू साक्षी छौँ। राहेल र लेआ जसले मिलेर इस्राएलका घरानालाई निर्माण गरे, तपाईंको घरमा आउने स्त्रीलाई पनि याहवेहले त्यस्तै तुल्याऊन्। एप्रातामा तपाईंको महत्व बढोस् र बेथलेहेममा तपाईंको नाम चलोस्। \v 12 यहूदाबाट तामारले जन्माएकी पेरेसको घरानाजस्तै याहवेहले तपाईंलाई दिनुभएको यी जवान स्त्रीद्वारा तपाईंका सन्तान होऊन्।” \s1 नाओमीको छोरा भएको \p \v 13 यसकारण बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। त्यसपछि तिनीहरूको सहवास भयो। याहवेहले तिनलाई गर्भधारण गर्ने शक्ति दिनुभयो, र तिनले एउटा छोरालाई जन्माइन्। \v 14 स्त्रीहरूले नाओमीलाई भने, “याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्। \v 15 ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।” \p \v 16 त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्। \v 17 त्यहाँ बस्‍ने स्त्रीहरूले भने, “नाओमीको एउटा छोरा छ।” अनि तिनीहरूले त्यसको नाम ओबेद राखे। तिनी नै यिशैका पिता थिए। यिशैचाहिँ दावीदका पिता थिए। \s1 दावीदको वंशावली \lh \v 18 पेरेसको वंशावली यही नै हो: \b \li1 पेरेस हेस्रोनका पिता थिए, \li1 \v 19 हेस्रोन आरामका पिता थिए; \li1 आराम अम्मीनादाबका पिता थिए; \li1 \v 20 अम्मीनादाब नहशोनका पिता थिए, \li1 नहशोन सल्मोनका\f + \fr 4:20 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa सल्मा \fqa*\ft पनि भनिएको छ।\ft*\f* पिता थिए, \li1 \v 21 सल्मोन बोअजका पिता थिए, \li1 बोअज ओबेदका पिता थिए; \li1 \v 22 ओबेद यिशैका पिता थिए, \li1 अनि यिशै दावीदका पिता थिए।