\id REV - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h प्रकाश \toc1 यूहन्‍नालाई भएको प्रकाश \toc2 प्रकाश \toc3 प्रका \mt1 यूहन्‍नालाई भएको प्रकाश \c 1 \s1 प्रस्तावना \p \v 1 येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले येशू ख्रीष्‍टलाई दिनुभयो, ताकि येशू ख्रीष्‍टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्‍नालाई प्रकट गर्नुभयो; \v 2 तिनैले परमेश्‍वरको वचनको लागि र येशू ख्रीष्‍टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए। \v 3 जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्‍नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ। \b \s1 अभिवादन र स्तुति-प्रशंसा \po \v 4 यूहन्‍नाबाट, \po एशिया\f + \fr 1:4 \fr*\ft एशियाको \ft*\fqa प्रान्त \fqa*\ft वा \ft*\fqa राज्य \fqa*\ft प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन हाल आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो।\ft*\f* प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: \po उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट; \v 5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका\f + \fr 1:5 \fr*\fq जीवित हुनुभएका \fq*\ft मूल भाषामा \ft*\fqa जन्मनु\fqa*\f* र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। \b \p उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; \v 6 अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन। \q1 \v 7 “हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”;\f + \fr 1:7 \fr*\ft \+xt दानि 7:13\+xt*\ft*\f* \q2 अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, \q1 तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” \q2 अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।”\f + \fr 1:7 \fr*\ft \+xt जक 12:10\+xt*\ft*\f* \qc यस्तै होस्! आमेन। \p \v 8 सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “म नै अल्फा र ओमेगा\f + \fr 1:8 \fr*\ft यी ग्रीक भाषाका पहिलो र अन्तिम अक्षर हुन्, जसको अर्थ \ft*\fqa सुरु र अन्त्य \fqa*\ft हुन्छ।\ft*\f* हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ। \b \s1 ख्रीष्‍टको बारेमा यूहन्‍नाको दर्शन \p \v 9 म यूहन्‍ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्‍टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्‍वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ। \v 10 प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ, \v 11 जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।” \p \v 12 अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; \v 13 अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,”\f + \cat dup\cat*\fr 1:13 \fr*\ft \+xt दानि 7:13\+xt*\ft*\f* एक जनालाई देखेँ। \v 14 उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए। \v 15 उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो। \v 16 अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो। \p \v 17 जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। \v 18 जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्। \p \v 19 “यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख। \v 20 तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू\f + \fr 1:20 \fr*\ft अथवा \ft*\fqa सन्देश वाहकहरू\fqa*\f* हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।” \c 2 \s1 एफिससको मण्डलीलाई सन्देश \p \v 1 “एफिससमा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी उहाँका वचनहरू हुन्, जसले आफ्नो दाहिने हातमा सात वटा ताराहरू पक्रेर राख्नुभएको छ; अनि जो सात वटा सुनका सामदानहरूका बीचमा हिँड्नुहुन्छ। \b \pi1 \v 2 मलाई तिम्रा कामहरू, तिम्रो कठोर परिश्रम र लगनशीलता थाहा छ। मलाई यो पनि थाहा छ, तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ; अनि जो प्रेरित होइनन्, तर प्रेरित हौँ भन्‍नेहरूलाई तिमीले जाँच्यौ, र तिनीहरू झूटा हुन् भनी पत्ता लगायौ। \v 3 तिमीले लगनशील भएर मेरो नामको निम्ति दुःख सहेका छौ, तैपनि त्यागेका छैनौ। \pi1 \v 4 तर तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले तिम्रो पहिलो प्रेम त्यागेका छौ। \v 5 तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्‍चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्‍चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु। \v 6 तर तिमीसँग एउटा राम्रो पक्ष छ: तिमीले निकोलाइटसहरूका कामहरूलाई घृणा गर्दछौ, जसलाई म पनि घृणा गर्दछु। \pi1 \v 7 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्‍वरको स्वर्गलोकमा छ। \s1 स्मुर्नामा भएको मण्डलीलाई सन्देश \p \v 8 “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी उहाँका वचनहरू हुन्, जो आदि र अन्त्य हुनुहुन्छ, जो मर्नुभएको थियो, र अहिले जीवित हुनुभएको छ। \b \pi1 \v 9 मलाई तिमीहरूको पीडा र दरिद्रता थाहा छ; तरै पनि तिमीहरू त धनी छौ! मलाई तिनीहरूले गरेको निन्दा थाहा छ, जो आफैँलाई यहूदीहरू हौँ भनी भन्छन्, तर होइनन्, तिनीहरू त शैतानका सभा हुन्। \v 10 तिमीहरूले भोग्न लागेका कष्‍टहरूसित नडराओ। म तिमीहरूलाई भन्दछु, शैतानले तिमीहरूमध्ये कतिलाई जाँच्नलाई कैदमा लैजानेछ; अनि तिमीहरूले दश दिनसम्म सतावट भोग्नेछौ। मृत्युसम्मै विश्‍वासी होओ, र म तिमीहरूलाई जीवनको मुकुट दिनेछु। \pi1 \v 11 जसको कान छ, त्यसले सुनोस्; पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई दोस्रो मृत्युले कुनै किसिमले हानि गर्नेछैन। \s1 पर्गामममा भएको मण्डलीलाई सन्देश \p \v 12 “पर्गामममा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी उहाँका वचनहरू हुन्, जससित धारिलो दुईधारे तरवार छ। \b \pi1 \v 13 म जान्दछु तिमी कहाँ बस्छौ, त्यहीँ नै जहाँ शैतानको आफ्नो सिंहासन छ। तरै पनि तिमी मेरो नामको निम्ति विश्‍वासयोग्य भइरह्‍यौ। तिमीले म प्रतिको तिम्रो विश्‍वासलाई, मेरो विश्‍वासयोग्य साक्षी, एन्टिपासको समयमा पनि त्यागेनौ, जुन शैतान बस्‍ने तिमीहरूको सहरमा मारिएका थिए। \pi1 \v 14 तैपनि तिम्रो विरुद्धमा मसित केही कुराहरू छन्: तिमीहरूसँग कोही यस्ता छन्, जसले बालामका शिक्षा मान्दछन्, जसले बालाकद्वारा इस्राएलीहरूलाई पाप गर्न उक्साए, जसले गर्दा तिनीहरूले मूर्तिहरूलाई चढाएको भोजन खाए, र व्यभिचार गरे। \v 15 यसरी नै तिमीसँग निकोलाइटसको शिक्षा पालन गर्नेहरू पनि छन्। \v 16 यसकारण पश्‍चात्ताप गर! नत्रता म चाँडै तिमीकहाँ आएर मेरो मुखको तरवारले तिनीहरूको विरुद्धमा लडाइँ गर्नेछु। \pi1 \v 17 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म लुकाइराखेको मन्‍न दिनेछु। म त्यसलाई नयाँ नाम लेखिएको एउटा सेतो पत्थर पनि दिनेछु, जसलाई पाउनेले मात्र जान्‍नेछ। \s1 थिआटीरामा भएको मण्डलीलाई सन्देश \p \v 18 “थिआटीरामा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी परमेश्‍वरका पुत्रका वचनहरू हुन्, जसका आँखा आगोका ज्वालाझैँ, र जसका पाउहरू टल्काइराखेको काँसझैँ छन्। \b \pi1 \v 19 तिम्रा कामहरू, तिम्रो प्रेम र विश्‍वास, तिम्रो सेवा र लगनशीलता; अनि मलाई यो पनि थाहा छ, कि तिमीले पहिलेभन्दा अहिले बढी काम गर्दैछौ। \pi1 \v 20 तैपनि तिम्रो विरुद्धमा मेरो यो गुनासो छ: तिमीले त्यस स्त्री ईजेबेललाई सहन्छौ, जसले आफूलाई अगमवादिनी हुँ भनी भन्दछे। आफ्ना शिक्षाहरूद्वारा त्यसले मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका भोजनहरू खान भनी गलत मार्गतिर डोर्‍याउँछे। \v 21 मैले त्यसलाई आफ्नो यौन अनैतिकताबाट पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले पश्‍चात्ताप गर्नै चाहिन। \v 22 यसकारण म त्यसलाई कष्‍टको ओछ्यानमा थला पारिदिनेछु, र त्यससित व्यभिचार गर्नेहरूले त्यसको मार्गदेखि पश्‍चात्ताप गरेनन् भने तिनीहरूलाई महा कष्‍ट दिनेछु। \v 23 म त्यसका छोराछोरीहरूलाई मृत्युद्वारा नाश पारिदिनेछु। तब सबै मण्डलीहरूले जान्‍नेछन्, कि हृदय र मनको खोजी गर्ने म नै हुँ; अनि मैले नै तिमीहरू हरेकलाई आफ्ना कामअनुसारको प्रतिफल दिनेछु। \pi1 \v 24 अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ, \v 25 तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्‍नँ।’ \pi1 \v 26 त्यसकारण जसले विजय हासिल गर्दछ, र अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु। \v 27 अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’\f + \fr 2:27 \fr*\ft \+xt भजन 2:9\+xt*\ft*\f* \v 28 जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु। \v 29 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। \c 3 \s1 सार्डिसमा भएको मण्डलीलाई सन्देश \p \v 1 “सार्डिसमा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी उहाँका वचनहरू हुन्, जसले परमेश्‍वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ। \b \pi1 मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ। \v 2 जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु। \v 3 यसकारण तिमीले जे पाएका र सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर र पश्‍चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैँ आउनेछु, र म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। \pi1 \v 4 तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्; किनकि तिनीहरू योग्यका छन्। \v 5 जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु। \v 6 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। \s1 फिलाडेल्फियामा भएको मण्डलीलाई सन्देश \p \v 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दावीदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन। \b \pi1 \v 8 मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नामलाई इन्कार गरेका छैनौ। \v 9 म ती शैतानका सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। \v 10 तिमीले धैर्यसाथ सहेर मेरा आज्ञापालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ। \pi1 \v 11 हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। \v 12 जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु। \v 13 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। \s1 लाउडिकियामा भएको मण्डलीलाई सन्देश \p \v 14 “लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख: \b \pi1 यी वचनहरू आमेनका हुन्, जो विश्‍वासयोग्य अनि सत्य साक्षी, र परमेश्‍वरको सृष्‍टिका शासक हुनुहुन्छ। \b \pi1 \v 15 मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न त ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो। \v 16 यसकारण तिमी न तातो, न त चिसो, मनतातो भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु। \v 17 तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धनसम्पत्ति कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ। \v 18 म तिमीलाई सल्‍लाह दिन्छु, मबाट आगोमा खारेको सुन किन; अनि धनी बन, र आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लगाउने गाजल किन, ताकि तिमीले देख्न सक। \pi1 \v 19 जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्‍चात्ताप गर। \v 20 म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ। \pi1 \v 21 जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्‍ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ, र मेरो पिताको सिंहासनमा बसेको छु। \v 22 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।” \c 4 \s1 स्वर्गमा भएको सिंहासन \p \v 1 त्यसपछि मैले देखेँ, स्वर्गमा एउटा खुला ढोका थियो। मैले पहिले सुनेको सोर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनुपर्छ, सो म तिमीलाई देखाउनेछु।” \v 2 म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो। \v 3 अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्‍लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्‍नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो। \v 4 त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए। \v 5 सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्‍वरका सात आत्माहरू हुन्। \v 6 सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। \p सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए। \v 7 पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो। \v 8 प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे: \qc “पवित्र, पवित्र, पवित्र, \qc सर्वशक्तिमान् प्रभु परमेश्‍वर, \qc जो हुनुहुन्थ्यो, हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।”\f + \fr 4:8 \fr*\ft \+xt यशै 6:3\+xt*\ft*\f* \m \v 9 सिंहासनमा बस्‍नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्, \v 10 तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्: \q1 \v 11 “हाम्रा प्रभु र परमेश्‍वर, \q2 तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ; \q1 किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो; \q2 अनि तपाईंको इच्छाद्वारा नै ती सृष्‍टि गरिए; \q2 अनि ती अस्तित्वमा आए।” \c 5 \s1 चर्मपत्र र थुमा \p \v 1 त्यसपछि मैले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातमा एउटा चर्मपत्र देखेँ, जसको दुवैतिर लेखिएको थियो; र सात वटा मोहरहरूले बन्द गरिएको थियो। \v 2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?” \v 3 तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्। \v 4 म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन। \v 5 तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाको कुलको सिंह, दावीदको सिंहासनको उत्तराधिकारी\f + \fr 5:5 \fr*\ft मूल भाषामा \ft*\fqa दावीदको मूल\fqa*\f* यो चर्मपत्र र यी सात वटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।” \p \v 6 तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्। \v 7 थुमाले सिंहासनमा बस्‍नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो। \v 8 अनि जब त्यो लिनुभयो, तब ती चार वटा जीवित प्राणीहरू र चौबीसजना प्रधानहरू त्यस थुमाको सामु घोप्टो परे। प्रत्येकसित एउटा वीणा थियो, र तिनीहरूले धूपले भरिएका सुनका धुपौराहरू पक्रेका थिए, जुन सन्तहरूका प्रार्थना हुन्। \v 9 अनि तिनीहरूले एउटा नयाँ गीत गाए: \q1 “तपाईं यो चर्मपत्र लिने \q2 र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ; \q1 किनकि तपाईं मारिनुभएको थियो; \q2 अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई \q2 प्रत्येक कुल र भाषाबाट जातिहरूलाई \q2 र राष्ट्रहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो। \q1 \v 10 तपाईंले तिनीहरूलाई हाम्रा परमेश्‍वरको सेवा गर्नलाई \q2 राज्य र पुजारीहरू बनाउनुभयो; \q2 अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” \p \v 11 तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो। \v 12 चर्को सोरमा तिनीहरूले यो गीत गाए: \q1 “मारिनुभएको थुमा, \q2 शक्ति, वैभव, बुद्धि, बल, आदर, \q2 महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!” \p \v 13 तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि र समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनेँ: \q1 “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई \q2 प्रशंसा, आदर, महिमा र शक्ति \qc सदासर्वदा भइरहोस्!” \m \v 14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे। \c 6 \s1 छापहरू \p \v 1 थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, “आऊ!” \v 2 अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो। \p \v 3 जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” \v 4 अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्‍ने अख्तियार दिइयो। \p \v 5 जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। \v 6 तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला\f + \fr 6:6 \fr*\ft मूल भाषामा \ft*\fqa एक दिनार\fqa*\f* एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!” \p \v 7 जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनेँ, “आऊ!” \v 8 मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्‍ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो। \p \v 9 जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्‍वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए। \v 10 तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य प्रभु, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्‍न र?” \v 11 तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो। \p \v 12 थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो; \v 13 अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्‍लाइँदा झरेझैँ पृथ्वीमा झरे। \v 14 आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए। \p \v 15 तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके। \v 16 तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्‍नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!\f + \fr 6:16 \fr*\ft \+xt होशे 10:8\+xt*\ft*\f* \v 17 किनकि उहाँहरूको\f + \fr 6:17 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa उहाँको\fqa*\f* क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?” \c 7 \s1 1,44,000 लाई छाप लगाइएको \p \v 1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए। \v 2 तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने, \v 3 “जबसम्म हामीले परमेश्‍वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।” \v 4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए। \b \li1 \v 5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। \li1 रूबेनको कुलबाट 12,000 लाई, \li1 गादको कुलबाट 12,000 लाई, \li1 \v 6 आशेरको कुलबाट 12,000 लाई, \li1 नप्‍तालीको कुलबाट 12,000 लाई, \li1 मनश्शेको कुलबाट 12,000 लाई, \li1 \v 7 शिमियोनको कुलबाट 12,000 लाई, \li1 लेवीको कुलबाट 12,000 लाई, \li1 इस्साखारको कुलबाट 12,000 लाई, \li1 \v 8 जबूलूनको कुलबाट 12,000 लाई, \li1 योसेफको कुलबाट 12,000 लाई, \li1 बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो। \s1 सेतो वस्त्र लगाएका ठूलो भीड \p \v 9 त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्‍न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए। \v 10 तिनीहरू चर्को सोरमा कराए: \q1 “सिंहासनमा विराजमान हुनुहुने, \q1 हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।” \m \v 11 सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्‍वरलाई आराधना गरे, \q1 \v 12 “आमेन! \q1 हाम्रा परमेश्‍वरलाई प्रशंसा, \q1 महिमा, बुद्धि, धन्यवाद, \q1 आदर, शक्ति र बल \q1 सदासर्वदा भइरहोस्! \q1 आमेन!” \p \v 13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?” \p \v 14 तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्‍नुहुन्छ।” \p अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्‍टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। \v 15 यसकारण \q1 “तिनीहरू परमेश्‍वरको सिंहासनको सामु छन्; \q2 अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; \q1 अनि सिंहासनमा बस्‍नुहुनेले \q2 आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। \q1 \v 16 ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; \q2 तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। \q1 तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’\f + \fr 7:16 \fr*\ft \+xt यशै 49:10\+xt*\ft*\f* \q1 \v 17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा \q2 तिनीहरूका गोठाला हुनुहुनेछ; \q1 ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्‍याउनुहुनेछ।’\f + \cat dup\cat*\fr 7:17 \fr*\ft \+xt यशै 49:10\+xt*\ft*\f* \q2 ‘अनि परमेश्‍वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’\f + \fr 7:17 \fr*\ft \+xt यशै 25:8\+xt*\ft*\f*” \c 8 \s1 सातौँ मोहर र सुनको धुपौरो \p \v 1 जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्‍नाटा छायो। \p \v 2 अनि मैले परमेश्‍वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो। \p \v 3 अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो। \v 4 स्वर्गदूतको हातबाट धूपको धुवाँ सन्तहरूका प्रार्थनासँगसँगै उँभो उठ्दै परमेश्‍वरको उपस्थितिमा गयो। \v 5 तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्‍न भयो, र भुइँचालो गयो। \s1 तुरहीहरू \p \v 6 तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए। \p \v 7 जब पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, तब त्यहाँ रगतमा मिसिएका असिना र आगो उत्पन्‍न भए, र पृथ्वीमाथि वर्षिए। पृथ्वीको एक तिहाइ भाग, रूखहरूको एक तिहाइ भाग र सबै हरिया घाँसहरू जलेर भस्म भयो। \p \v 8 जब दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब बल्दैगरेको एउटा ठूलो पहाडजस्तै कुनै वस्तु समुद्रमा फालियो; अनि समुद्रको एक तिहाइ भाग रगतमा परिणत भयो। \v 9 समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो। \p \v 10 जब तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, तब राँकोझैँ जलिरहेको एउटा ठूलो तारा आकाशबाट नदीहरूको एक तिहाइ भागमाथि र पानीका मुहानहरूमाथि खस्यो; \v 11 त्यस ताराको नाम तितो\f + \fr 8:11 \fr*\fq तितो \fq*\ft मूल भाषामा \ft*\fqa अप्सिन्थोस\fqa*\f* हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे। \p \v 12 जब चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, तब सूर्यको एक तिहाइ भागमाथि र चन्द्रमाको एक तिहाइ भागमाथि अनि ताराहरूको एक तिहाइ भागमाथि प्रहार भयो; जसद्वारा तिनीहरूको एक तिहाइ भाग अँध्यारो भयो। दिनको एक तिहाइ भाग र रातको एक तिहाइ भाग पनि ज्योतिविहीन भयो। \p \v 13 जसरी मैले ध्यानसित हेरिरहेको थिएँ, आकाशको बीचमा उडिरहेको एउटा गरुडले चर्को सोरमा यसो भनिरहेको सुनेँ: “अरू तीन स्वर्गदूतहरूले फुक्न लागेका तुरहीका आवाजहरूको कारण पृथ्वीवासीहरूलाई आतङ्क! आतङ्क! आतङ्क!” \c 9 \p \v 1 जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो। \v 2 तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए। \v 3 अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो। \v 4 ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्‍वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो। \v 5 तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो। \v 6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ। \p \v 7 ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए। \v 8 तिनीहरूका केश स्त्रीहरूका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँतजस्ता थिए। \v 9 तिनीहरूका छातीका कवचहरू फलामकाझैँ थिए; अनि तिनीहरूका पखेटाहरूका आवाज लडाइँ गर्न दगुरिरहेका धेरै घोडाहरू र रथहरूको गडगडाहटझैँ थियो। \v 10 तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो। \v 11 तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा, अपोल्‍लियोन\f + \fr 9:11 \fr*\ft यो शब्दको अर्थ \ft*\fqa विनाशकर्ता \fqa*\ft हुन्छ।\ft*\f* हो। \p \v 12 पहिलो आतङ्क बितेर गयो; तर हेर, यसपछि अरू दुई आतङ्कहरू आउन बाँकी नै छन्! \p \v 13 जब छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्‍वरको सामु भएको सुनको वेदीका चार वटा सिङहरूबाट आएको आवाज सुनेँ। \v 14 त्यो आवाजले तुरही बोकेका छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “त्यस ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतहरूलाई फुकाइदेऊ।” \v 15 अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो। \v 16 मैले ती घोडसवार फौजको संख्या बीस करोड थियो भनेर सुनेँ। \p \v 17 मैले मेरो दर्शनमा देखेका घोडाहरू र सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैँ राता, गाढा, निला र गन्धकझैँ पहेँला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैँ थिए; तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो। \v 18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए। \v 19 ती घोडाहरूको शक्ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए; किनकि तिनीहरूका पुच्छरहरू सर्पजस्ता थिए, जसमा टाउको पनि भएकाले चोट पुर्‍याउँथे। \p \v 20 ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्‍ट कामहरूबाट अझ पनि पश्‍चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्‍न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्। \v 21 तिनीहरू आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, र चोरीको लागि पश्‍चात्ताप गरेनन्। \c 10 \s1 स्वर्गदूत र सानो चर्मपत्र \p \v 1 तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए। \v 2 तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्‍लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए। \v 3 अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले। \v 4 अनि जब सात वटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनेँ, “सात वटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।” \p \v 5 तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। \v 6 अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्‍नुभयो, “अब ढिलो हुनेछैन! \v 7 तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्‍नुभएजस्तै गरी परमेश्‍वरको रहस्य पूरा हुनेछ।” \p \v 8 तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्‍ला चर्मपत्र लेऊ।” \p \v 9 यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”\f + \fr 10:9 \fr*\ft \+xt इज 3:3\+xt*\ft*\f* \v 10 मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएर त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैँ गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो। \v 11 तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।” \c 11 \s1 दुई साक्षीहरू \p \v 1 मलाई एउटा नाप्‍ने लहुरोजस्तो निगालो दिइयो; र भनियो, “जाऊ, र परमेश्‍वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर। \v 2 तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र सहरलाई बयालीस महिनासम्म कुल्चनेछन्। \v 3 अनि म मेरा दुई जना साक्षीहरूलाई शक्ति दिनेछु, र तिनीहरूले भाङ्ग्राको वस्त्र लगाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।” \v 4 यिनीहरू “ती दुई जैतुनका रूखहरू” र दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”\f + \fr 11:4 \fr*\ft हेर्नुहोस् \+xt जक 4:3, 11, 14\+xt*\ft*\f* \v 5 यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्‍टा गर्नेहरू मर्नुपर्नेछ। \v 6 यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्‍ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ। \p \v 7 अब तिनीहरूले अगमवाणी\f + \fr 11:7 \fr*\ft मूल भाषामा \ft*\fqa गवाही\fqa*\f* गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ। \v 8 तिनीहरूका लासहरू त्यस महान् सहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्‍टान्तको रूपमा सदोम र इजिप्ट भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। \v 9 साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, र गाड्न दिनेछैनन्। \v 10 पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, र एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए। \p \v 11 तर साढे तीन दिनपछि परमेश्‍वरबाट जीवनको सास\f + \fr 11:11 \fr*\ft हेर्नुहोस् \+xt इज 37:5, 14\+xt*\ft*\f* तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए; अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए। \v 12 तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को सोर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए। \p \v 13 ठिक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, र त्यस सहरको दशौँ भाग ढल्यो। सात हजार मानिसहरू भुइँचालोमा मारिए, र बाँचेकाहरू भयभीत भए; अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए। \p \v 14 दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ। \s1 सातौँ तुरही \p \v 15 जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने: \q1 “संसारको राज्य \q2 हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्य भएको छ, \q2 र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ।” \m \v 16 अनि परमेश्‍वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्‍ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्‍वरलाई आराधना गर्दै \v 17 यसो भने: \q1 “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, \q2 जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो; \q1 किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ, \q2 र राज्य गर्न थाल्नुभएको छ। \q1 \v 18 राष्ट्रहरू क्रोधित भएका थिए, \q2 र तपाईंको क्रोध आइपुगेको छ। \q1 मरेकाहरूको न्याय हुने बेला आएको छ; \q2 अनि तपाईंका सेवक अगमवक्ताहरू, \q1 तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्; \q2 ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ; \q1 अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्‍ट गर्ने समय आएको छ।” \p \v 19 तब स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो; अनि त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, र भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे। \c 12 \s1 स्त्री र विशाल अजिङ्गर \p \v 1 एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्। \v 2 उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्। \v 3 तब स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर\f + \fr 12:3 \fr*\ft त्यो \ft*\fqa पखेटा भएको विशाल सर्प थियो र मुखबाट आगो निकाल्थ्यो।\fqa*\f*। \v 4 त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्‍चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो। \v 5 ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।”\f + \fr 12:5 \fr*\ft \+xt भजन 2:9\+xt*\ft*\f* अनि तुरुन्तै तिनको बालक परमेश्‍वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो। \v 6 तब ती स्त्री परमेश्‍वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्। \p \v 7 तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे। \v 8 तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे। \v 9 त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए। \p \v 10 तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: \q1 “अब हाम्रो परमेश्‍वरको मुक्ति, शक्ति, राज्य \q2 र उहाँका ख्रीष्‍टको अख्तियार आएका छन्। \q1 किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, \q2 जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, \q2 त्यो तल फ्याँकिएको छ। \q1 \v 11 तिनीहरूले त्यसलाई थुमाको रगतले \q2 र तिनीहरूका साक्षीको वचनले जितेका छन्; \q1 तिनीहरूले मृत्युसम्मै पनि \q2 आफ्ना जीवनलाई प्रेम गरेनन्। \q1 \v 12 यसकारण हे स्वर्गहरू \q2 र स्वर्गहरूमा बस्‍नेहरू हो, तिमीहरू रमाओ! \q1 तर पृथ्वी र समुद्रलाई धिक्‍कार! \q2 किनकि आफ्नो समय छोटो छ भन्‍ने थाहा पाएर \q1 दियाबलस ठूलो क्रोधसित \q2 तिमीहरूकहाँ तल आएको छ!” \p \v 13 जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो। \v 14 ती स्त्रीलाई गरुडका दुई पखेटाहरू दिइयो, ताकि तिनी उजाडस्थानमा उडेर जान सकून्, जहाँ एक काल, दुई काल र आधा कालसम्मका\f + \fr 12:14 \fr*\ft यहाँ भनिएको \ft*\fqa कालले \fqa*\ft पद 6 मा भनिएको एक हजार दुई सय साठी दिनहरूलाई जनाउँछ, जुन चन्द्र पात्रोका अनुसार साढे तीन वर्ष हुन्छ\ft*\f* लागि त्यस सर्पको पहुँचबाट बाहिर उनको हेरचाह होस् भनेर तयार पारिएको थियो। \v 15 तब ती स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीझैँ पानी निकाल्यो। \v 16 तर ती स्त्रीलाई सहायता गर्न पृथ्वीले आफ्नो मुख खोल्यो र त्यस अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई निलिदियो। \v 17 तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छन्, र येशूको साक्षी दिन्छन्; तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो। \c 13 \s1 समुद्रबाट आएको पशु \p \v 1 तब मैले एउटा पशुलाई समुद्रबाट निस्कँदैगरेको देखेँ। त्यसका दश वटा सिङहरू र सात वटा शिरहरू थिए, र त्यसका सिङहरूमा दश वटा मुकुटहरू थिए; अनि प्रत्येक शिरमाथि एउटा ईश्‍वरनिन्दाको नाम लेखिएको थियो। \v 2 मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो। \v 3 त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्‍क पर्‍यो र त्यस पशुको पछि लाग्यो। \v 4 मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे; किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, र तिनीहरूले त्यस पशुलाई पनि आराधना गरेर यसो भनी सोधे, “यो पशुजस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?” \p \v 5 त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्‍वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्ति चलाउने अख्तियार दिइयो। \v 6 परमेश्‍वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो। \v 7 त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो। \v 8 अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्‍टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्। \p \v 9 जसको कान छ, त्यसले सुनोस्। \q1 \v 10 “यदि कोही कैदका लागि छ भने, \q2 त्यो कैदमा जानेछ। \q1 यदि कसैलाई तरवारले मारिनुछ भने, \q2 त्यो तरवारले नै मारिनेछ।”\f + \fr 13:10 \fr*\ft \+xt यर्मिया 15:2\+xt*\ft*\f* \m परमेश्‍वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्‍वासयोग्यता यसैमा हुनुपर्छ। \s1 पृथ्वीबाट माथि आउने पशु \p \v 11 तब मैले पृथ्वीबाट माथि निस्कँदैगरेको अर्को पशु देखेँ। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले जस्तो बोल्थ्यो। \v 12 त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो; अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो। \v 13 त्यसले अलौकिक चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्‍यो। \v 14 त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउनलाई हुकुम दियो। \v 15 त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्। \v 16 त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो। \v 17 त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्‍न वा बेच्न नपाउने भयो। \p \v 18 बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो। \c 14 \s1 थुमा तथा 1,44,000 हजार \p \v 1 तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो। \v 2 तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए। \v 3 तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। \v 4 यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्‍वर र थुमालाई पहिलो फलझैँ चढाइए। \v 5 तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्। \s1 तीन स्वर्गदूतहरू \p \v 6 तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्‍नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो। \v 7 तिनले चर्को सोरले भने, “परमेश्‍वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।” \p \v 8 दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।”\f + \fr 14:8 \fr*\ft \+xt यशै 21:9\+xt*\ft*\f* \p \v 9 ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने, \v 10 त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्‍वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ। \v 11 अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।” \v 12 परमेश्‍वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्‍वासयोग्य भइरहने परमेश्‍वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ। \p \v 13 तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।” \p आत्मा भन्‍नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।” \s1 पृथ्वीको कटनी \p \v 14 तब मैले हेरेँ, र मेरो सामु एउटा सेतो बादल थियो; त्यस बादलमा एक जना “मानिसको पुत्रजस्तै” बसिरहेको थियो,\f + \fr 14:14 \fr*\ft हेर्नुहोस् \+xt दानि 7:13\+xt*\ft*\f* जसको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो। \v 15 तब मन्दिरबाट अर्का स्वर्गदूत आए, र बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, र पृथ्वीको बाली पाकिसकेको छ।” \v 16 यसरी बादलमा बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो। \p \v 17 स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो। \v 18 आगोको जिम्मेवारी पाएका अर्का स्वर्गदूत वेदीबाट आए, र धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्‌गुरका झुप्पाहरू बटुल; किनकि अङ्‌गुर पाकिसकेको छ।” \v 19 त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्‌गुर बटुले; अनि तिनीहरूलाई परमेश्‍वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए। \v 20 सहर बाहिरको दाखको कोलमा त्यो अङ्‌गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर\f + \fr 14:20 \fr*\ft मूल भाषामा \ft*\fqa 1,600 स्टेडिया \fqa*\ft भनिन्छ।\ft*\f* सम्म फैलिएको थियो। \c 15 \s1 सात स्वर्गदूतहरूसँग सात विपत्तिहरू \p \v 1 मैले स्वर्गमा अर्को ठूलो र आश्‍चर्यजनक चिन्ह देखेँ: सात वटा अन्तिम विपत्तिहरू लिएका सात स्वर्गदूतहरू थिए। यी अन्तिम विपत्तिहरू हुन्; किनकि यी विपत्तिहरूसँगै परमेश्‍वरको क्रोध पूरा हुनेछ। \v 2 अनि मैले आगोसित मिसिएको काँचको समुद्रझैँ देखेँ; अनि समुद्रको किनारमा त्यो पशु र त्यसको मूर्ति अनि त्यसको नामको संख्यामाथि विजयी भएकाहरूलाई देखेँ। तिनीहरूले परमेश्‍वरले दिनुभएका वीणाहरू लिएका थिए। \v 3 तिनीहरूले परमेश्‍वरको सेवक मोशाको र थुमाको गीत गाए: \q1 “हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, \q2 तपाईंका कामहरू महान् र अचम्मका छन्। \q1 राष्ट्रहरूका राजा, \q2 तपाईंका मार्गहरू न्यायपूर्ण र सत्य छन्। \q1 \v 4 हे प्रभु, तपाईंको डर कसले मान्दैन? \q2 अनि तपाईंको नामको महिमा कसले गर्दैन र? \q1 किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। \q1 सबै राष्ट्रहरू आएर तपाईंको सामु \q2 दण्डवत् गर्नेछन्; \q1 किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।”\f + \fr 15:4 \fr*\ft \+xt भजन 111:2, 3; व्यव 32:4; यर्मिया 10:7; भजन 86:9; 98:2\+xt*\ft*\f* \p \v 5 त्यसपछि मैले स्वर्गमा मन्दिर उघारिएको देखेँ, जुनचाहिँ गवाहीको पाल हो। \v 6 त्यस मन्दिरबाट सात स्वर्गदूतहरू सात विपत्तिहरू लिएर बाहिर आए। तिनीहरूले सफा र चम्किलो मलमलको वस्त्र पहिरेका थिए, र छातीमा सुनका पेटी बाँधेका थिए। \v 7 तब ती चार जीवित प्राणीहरूमध्ये एक जनाले ती सात स्वर्गदूतहरूलाई सदासर्वदा जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएका सात वटा सुनका कचौराहरू दिए। \v 8 अनि परमेश्‍वरको महिमा र उहाँको शक्तिबाट आएको धुवाँले मन्दिर भरियो; अनि ती सात स्वर्गदूतहरूका सात विपत्तिहरू पूरा नभएसम्म कोही पनि मन्दिरभित्र पस्‍न सकेन। \c 16 \s1 परमेश्‍वरको क्रोधका सात कचौराहरू \p \v 1 तब मैले मन्दिरबाट सात स्वर्गदूतहरूलाई चर्को सोरले यसो भनिरहेको सुनेँ, “जाओ, र परमेश्‍वरको क्रोधका सात कचौराहरू पृथ्वीमाथि खन्याइदेओ।” \p \v 2 तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरा पृथ्वीमाथि खन्याइदिए; अनि त्यस पशुको छाप लागेका र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूमा घिनलाग्दा र कष्‍टदायक घाउखटिरा निस्क्यो। \p \v 3 जब दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए, तब त्यो मरेको मानिसको रगतझैँ भइहाल्यो; अनि समुद्रमा भएका प्रत्येक जीवित प्राणीको मृत्यु भयो। \p \v 4 अनि तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूमा खन्याए; अनि ती रगत भइहाले। \v 5 अनि पानीका अधिकारी स्वर्गदूतले यसो भनिरहेका मैले सुनेँ: \q1 तपाईं जो हुनुहुन्छ, र जो हुनुहुन्थ्यो, पवित्र परमेश्‍वर हुनुहुन्छ, \q2 “तपाईं यी न्यायहरूमा न्यायी हुनुहुन्छ; \q1 \v 6 किनकि तिनीहरूले तपाईंका सन्तहरू र अगमवक्ताहरूको रगत बगाएका छन्; \q2 अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसकै लायक छन्।” \m \v 7 अनि वेदीबाट कसैले यसरी उत्तर दिइरहेको मैले सुनेँ: \q1 “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, \q2 तपाईंका न्यायहरू सत्य र न्यायपूर्ण छन्।” \p \v 8 जब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए; तब सूर्यलाई यसको आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो। \v 9 तिनीहरू प्रचण्ड तापले डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरलाई सरापे; तर तिनीहरूले पश्‍चात्ताप गर्न र उहाँलाई महिमा दिन इन्कार गरे। \p \v 10 जब पाँचौँ स्वर्गदूतले त्यस पशुको सिंहासनमाथि आफ्नो कचौरा खन्याए, तब त्यसको राज्यमा अन्धकार छायो। मानिसहरूले कष्‍टमा आ-आफ्ना जिब्राहरू टोके, \v 11 अनि खटिरा र वेदनाको कारण स्वर्गका परमेश्‍वरलाई सरापे, तर तिनीहरूले गरेका कामहरूको लागि पश्‍चात्ताप गरेनन्। \p \v 12 जब छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमाथि खन्याए; तब पूर्वका राजाहरूको लागि बाटो तयार होस् भनेर त्यसको पानी सुकिहाल्यो। \v 13 तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्‍ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ। \v 14 तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्‍ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्‍वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्। \b \mi \v 15 “हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।” \b \m \v 16 तब ती दुष्‍ट आत्माहरूले राजाहरूलाई हिब्रू भाषामा आरमागेड्डोन भन्‍ने ठाउँमा भेला गराए। \p \v 17 जब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए; तब मन्दिरको सिंहासनबाट यसो भन्‍ने चर्को आवाज आयो, “अब सिद्धियो!” \v 18 अनि त्यहाँ बिजुलीको चमक, गड्याङ-गुडुङ, मेघ गर्जन र ठूलो भुइँचालो गयो। त्यो भुइँचालो यति ठूलो थियो, कि पृथ्वीमा मानव-जाति भएदेखि यता त्यस्तो कहिल्यै गएको थिएन। \v 19 त्यो महान् सहर तीन भागमा टुक्रियो, र सबै राष्ट्रहरूका सहरहरू ध्वंस भए। परमेश्‍वरले महान् बेबिलोनलाई सम्झनुभयो, र त्यसलाई आफ्नो भयानक क्रोधको मद्यले भरिएको कचौरा पिउन दिनुभयो। \v 20 प्रत्येक टापु लोप भएर गए, र पहाडहरू हराएर गए। \v 21 आकाशबाट पैँतालीस किलो तौल भएका ठूला-ठूला असिना मानिसहरूमाथि खसे; अनि विपत्ति निकै डरलाग्दो भएकाले असिनाको कारण मानिसहरूले परमेश्‍वरलाई सरापे। \c 17 \s1 पशुमाथि बसेकी स्त्री \p \v 1 सात वटा कचौराहरू भएका सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई भने, “आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्‍ने महावेश्याको दण्ड देखाइदिनेछु। \v 2 त्यससित पृथ्वीका राजाहरूले व्यभिचार गरे, र त्यसको व्यभिचारको मद्यले पृथ्वीका बासिन्दाहरू मात्तिए।” \p \v 3 तब त्यस स्वर्गदूतले मलाई आत्माद्वारा एउटा उजाडस्थानमा लगे। त्यहाँ मैले एउटी स्त्रीलाई ईश्‍वरनिन्दाहरूको नामले भरिएको, सात शिर र दश सिङहरू भएको एउटा रातो पशुमाथि बसिरहेकी देखेँ। \v 4 त्यस स्त्रीले बैजनी र चहकिलो रातो वस्त्र पहिरेकी थिई; अनि सुन, रत्न र मोतीहरूले सिँगारिएकी थिई। त्यसले हातमा घिनलाग्दा कुरा अर्थात् त्यसका व्यभिचारका अशुद्ध कुराहरूले भरिएको एउटा सुनको प्याला पक्रिएकी थिई। \v 5 त्यसको निधारमा लेखिएको नाम एउटा रहस्य थियो: \pc पृथ्वीका वेश्याहरू \pc र घृणित कुराहरूकी आमा, \pc महान् बेबिलोन। \m \v 6 मैले त्यस स्त्रीलाई सन्तहरूको रगतले अर्थात् येशूको गवाही दिनेहरूका रगतले मात्तिएकी देखेँ। \p त्यसलाई देखेर म साह्रै अचम्मित भएँ। \v 7 तब ती स्वर्गदूतले मलाई भने: “तिमी किन चकित पर्छौ? म तिमीलाई त्यस स्त्री र त्यसलाई बोकेर हिँड्ने त्यो सात शिर र दश सिङ भएको पशुको रहस्य बताइदिनेछु। \v 8 तिमीले देखेको त्यो पशु कुनै समय थियो, तर अहिले छैन, र विनाशमा जानलाई अतल कुण्डबाट माथि निस्केर आउनेछ। संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा नाम नहुने पृथ्वीका बासिन्दाहरूले त्यस पशुलाई देखेर अचम्म मान्‍नेछन्; किनकि त्यो कुनै समय थियो, अब छैन, तर फेरि पछि आउनेछ। \p \v 9 “बुद्धि भएको दिमाग यस्तै बेला चाहिने हो। ती सात शिरहरू सात वटा पर्वतहरू हुन्, जसमाथि त्यो स्त्री बस्छे। \v 10 तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ। \v 11 त्यो रातो पशु, जो एक समय थियो, र अहिले छैन, त्योचाहिँ आठौँ राजा हो। त्यो सातमध्येको एक जना हो, र त्यसको सर्वनाश हुनेछ। \p \v 12 “तिमीले देखेका ती दश सिङहरू दश राजाहरू हुन्, जसले अझसम्म राज्य पाएका छैनन्, तर तिनीहरूले त्यस पशुसित एक घडीको निम्ति राजाको झैँ अख्तियार पाउनेछन्। \v 13 तिनीहरूको लक्ष्य एउटै हुनेछ; अनि तिनीहरूले आफ्ना शक्ति र अख्तियार त्यस पशुलाई दिनेछन्। \v 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन्, तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ; किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ; अनि उहाँसित उहाँद्वारा बोलाइएका र चुनिएका विश्‍वासयोग्य अनुयायीहरू हुनेछन्।” \p \v 15 तब स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जसमाथि त्यो वेश्या बस्छे, त्यो भनेको मानिस जातिहरू, भीडहरू, राष्ट्रहरू र भाषाहरू हुन्। \v 16 तिमीले देखेको त्यो पशु र दश सिङहरूले त्यस वेश्यालाई घृणा गर्नेछन्। तिनीहरूले त्यसलाई नष्‍ट गर्नेछन् र नाङ्गो पार्नेछन्; तिनीहरूले त्यसको मासु खानेछन् र आगोले जलाइदिनेछन्। \v 17 उहाँको वचन पूरा नहोउन्जेल तिनीहरूले त्यस पशुलाई आफ्ना राजकीय अख्तियार देऊन् भनी परमेश्‍वरले तिनीहरूका हृदयमा हालिदिनुभयो। यो नै परमेश्‍वरको उद्देश्य पूरा हुनु हो। \v 18 तिमीले देखेकी स्त्रीचाहिँ पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो।” \c 18 \s1 बेबिलोनको पतन \p \v 1 यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो। \v 2 तिनले ठूलो सोरमा यसो भनेर कराए: \q1 “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’\f + \fr 18:2 \fr*\ft \+xt यशै 21:9\+xt*\ft*\f* \q2 त्यो भूतहरूको घर भएको छ; \q1 अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, \q2 प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। \q2 प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ। \q1 \v 3 किनकि सबै राष्ट्रहरूले \q2 त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। \q1 पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; \q2 अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।” \s1 बेबिलोनको न्यायबाट उम्कन चेतावनी \p \v 4 तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: \q1 “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’\f + \fr 18:4 \fr*\ft \+xt यर्मिया 51:45\+xt*\ft*\f* \q2 ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; \q2 अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्; \q1 \v 5 किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; \q2 अनि परमेश्‍वरले त्यसका अपराधहरू सम्झनुभएको छ। \q1 \v 6 त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; \q2 त्यसले जे गरेकी छ, त्यो दोबर गरी त्यसलाई देओ। \q2 त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ। \q1 \v 7 त्यो आफूले जति महिमा र भोग-विलास लुटी, \q2 त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। \q1 आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, \q2 ‘म रानीझैँ बसेकी छु; \q1 म विधवा होइनँ, \q2 र म कहिल्यै शोक गर्नेछैनँ।’\f + \fr 18:7 \fr*\ft \+xt यशै 47:7, 8\+xt*\ft*\f* \q1 \v 8 यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: \q2 मृत्यु, शोक र अनिकाल। \q1 त्यो आगोद्वारा भस्म पारिनेछ; \q2 किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ। \s1 बेबिलोनको पतनमा विलाप \p \v 9 “जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्। \v 10 त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्: \q1 “ ‘हाय! हाय, हे महानगरी, \q2 हे शक्तिशाली सहर बेबिलोन! \q1 एकै घण्टामा नै तेरो विनाश आयो!’ \p \v 11 “पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्‍नेछैन। \v 12 सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू, \v 13 दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईबस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू। \p \v 14 “तिनीहरूले भन्‍नेछन्, ‘तिमीहरूले चाहेका फलहरू तिमीहरूदेखि गएका छन्। तिम्रा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’ \v 15 यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै, \v 16 र चिच्याउँदै यसो भन्‍नेछन्: \q1 “ ‘हाय! हाय, हे महानगरी, \q2 जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर \q2 सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई! \q1 \v 17 एकै घण्टामा यति धेरै सम्पत्ति नष्‍ट भए!’ \p “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्। \v 18 जब तिनीहरूले त्यो स्त्रीलाई जल्दैगरेको धुवाँ देखे, तब तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् सहरजस्तै अरू सहर कहिल्यै थियो र?’ \v 19 तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: \q1 “ ‘हाय! हाय, हे महानगरी, \q2 जसका समुद्रमा जहाज भएकाहरू \q2 त्यस स्त्रीको धनले धनी भएका छन्! \q1 एकै घण्टामा त्यो भस्म भएकी छे!’ \b \q1 \v 20 “हे स्वर्ग, त्यसमाथि रमाओ! \q2 हे परमेश्‍वरका जनहरू, \q2 प्रेरितहरू र अगमवक्ताहरू हो, रमाओ! \q1 तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, \q2 त्यसरी नै परमेश्‍वरले त्यसको न्याय गर्नुभएको छ।” \s1 बेबिलोनको अन्तिम पतन \p \v 21 तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: \q1 “यसरी नै बेगसित \q2 महान् सहर बेबिलोन तल फालिनेछ, \q2 र त्यो कहिल्यै फेला पर्नेछैन। \q1 \v 22 सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत \q2 तँमा फेरि कहिल्यै सुनिनेछैन। \q1 तँमा फेरि कुनै व्यापारको शिल्पकार \q2 कहिल्यै पाइनेछैन। \q1 तँमा फेरि जाँतोको आवाज \q2 कहिल्यै सुनिनेछैन। \q1 \v 23 बत्तीको उज्यालो \q2 तँमा फेरि कहिल्यै चम्कनेछैन। \q1 दुलहा र दुलहीको सोर \q2 तँमा फेरि कहिल्यै सुनिनेछैन। \q1 तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। \q2 तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए। \q1 \v 24 त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्‍वरका पवित्र जनहरू, \q2 र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।” \c 19 \s1 स्वर्गमा विजयका गीतहरू \p \v 1 यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: \q1 “हल्‍लेलूयाह! \q1 मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्‍वरका हुन्; \q2 \v 2 किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। \q1 आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्‍ट पार्ने \q2 त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। \q1 अनि परमेश्‍वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।” \p \v 3 अनि तिनीहरू फेरि चिच्याए: \q1 “हल्‍लेलूयाह! \q1 त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।” \p \v 4 ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्‍नुहुने परमेश्‍वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: \q1 “आमेन, हल्‍लेलूयाह!” \p \v 5 तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: \q1 “हे उहाँका सबै सेवकहरू हो, \q2 तिमीहरू जो उहाँसित डराउँछौ, \q1 अर्थात् साना र ठूलाहरू दुवै, \q2 हाम्रा परमेश्‍वरलाई प्रशंसा गर।” \p \v 6 तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: \q1 “हल्‍लेलूयाह! \q2 किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले राज्य गर्नुहुन्छ, \q1 \v 7 हामी आनन्द मनाऔँ, खुशी होऔँ, \q2 र उहाँलाई महिमा दिऔँ! \q1 किनकि थुमाको विवाहको बेला आइपुगेको छ; \q2 अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्। \q1 \v 8 तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा \q2 पहिरनलाई दिइएको थियो।” \m मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ। \b \p \v 9 अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्‍वरका सत्य वचनहरू हुन्।” \p \v 10 अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्‍वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।” \s1 सेतो घोडामा सवार हुनुहुने \p \v 11 मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ। \v 12 उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन। \v 13 उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्‍वरको वचन हो। \v 14 सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए। \v 15 राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।”\f + \fr 19:15 \fr*\ft \+xt भजन 2:9\+xt*\ft*\f* उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ। \v 16 उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: \pc राजाहरूका राजा र प्रभुहरूका प्रभु। \p \v 17 अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ; \v 18 अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।” \p \v 19 तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ। \v 20 तर त्यो पशु पक्राउ पर्‍यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए। \v 21 अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए। \c 20 \s1 एक हजार वर्ष \p \v 1 त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो \v 2 तिनले त्यस अजिङ्गर अर्थात् त्यो पुरानो सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर राखे। \v 3 तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्‍का गरिनुपर्छ। \p \v 4 तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्‍टसित एक हजार वर्षसम्म राज्य गरे। \v 5 (अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो। \v 6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्‍वरका र ख्रीष्‍टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्। \s1 शैतानको अन्तिम सर्वनाश \p \v 7 एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट छोडिनेछ; \v 8 अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन र भेला गर्न त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्। \v 9 तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्‍वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्‍यो। \v 10 अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्। \s1 मृतकहरूको न्याय \p \v 11 तब मैले एउटा ठूलो उज्ज्वल सिंहासन र त्यसमाथि बस्‍नुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्। \v 12 अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो। \v 13 समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो। \v 14 मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो। \v 15 जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो। \c 21 \s1 नयाँ आकाश र नयाँ पृथ्वी \p \v 1 तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;”\f + \fr 21:1 \fr*\ft \+xt यशै 65:17\+xt*\ft*\f* किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। \v 2 अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्‍वरबाट तल झरिरहेको देखेँ। \v 3 तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्‍वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्‍नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, र परमेश्‍वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। \v 4 उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्‍ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।”\f + \fr 21:4 \fr*\ft \+xt यशै 25:8\+xt*\ft*\f* \p \v 5 सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।” \p \v 6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु। \v 7 जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्। \v 8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।” \s1 नयाँ यरूशलेम, थुमाको दुलही \p \v 9 सात वटा अन्तिम विपत्तिहरूले भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गइरहेकी दुलहीलाई देखाउनेछु।” \v 10 अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए। \v 11 त्यो परमेश्‍वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्‍लौर र स्फटिकजस्तो सफा थियो। \v 12 त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए। \v 13 पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्‍चिममा तीन वटा ढोकाहरू थिए। \v 14 सहरका पर्खालमा बाह्र वटा शिलाहरूका जग थिए, र तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नामहरू थिए। \p \v 15 मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्‍ने सुनको लट्ठी थियो। \v 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो। \v 17 स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो। \v 18 त्यो पर्खाल बिल्‍लौरले बनिएको थियो; अनि सहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचजस्तै निखुर थियो। \v 19 सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्‍लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्‍ना; \v 20 पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो। \v 21 ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटै मोतीले बनिएको थियो। सहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो। \p \v 22 मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ। \v 23 त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्‍वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ। \v 24 त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्‍डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्। \v 25 त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन। \v 26 सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्। \v 27 त्यसमा कुनै अशुद्ध कुरा पस्‍न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्‍न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्। \c 22 \s1 जीवनको पानीको नदी \p \v 1 तब त्यस स्वर्गदूतले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, \v 2 जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्। \v 3 त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। \v 4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। \v 5 अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्। \s1 यूहन्‍ना र स्वर्गदूत \p \v 6 ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्‍वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्नो स्वर्गदूत पठाउनुभएको छ।” \b \p \v 7 “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।” \b \p \v 8 यी कुराहरू सुन्‍ने र देख्ने म, स्वयम् यूहन्‍ना हुँ। अनि जब मैले यी सुनेँ र देखेँ, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परेँ। \v 9 तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्‍वरलाई मात्र दण्डवत् गर!” \p \v 10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ। \v 11 जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।” \b \s1 उपसंहार: निमन्त्रणा र चेतावनी \p \v 12 “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु। \v 13 म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त्य हुँ। \b \p \v 14 “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध\f + \fr 22:14 \fr*\ft मूल भाषामा \ft*\fqa धुनु\fqa*\f* राख्नेहरू धन्यका हुन्। \v 15 बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्। \b \p \v 16 “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।” \b \p \v 17 आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्। \b \p \v 18 म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। \v 19 यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ। \b \p \v 20 यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” \p आमेन! आउनुहोस्, हे प्रभु येशू! \b \p \v 21 प्रभु येशूको अनुग्रह परमेश्‍वरका सबै जनहरूसँग रहोस्! आमेन।