\id PRO - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h हितोपदेश \toc1 हितोपदेशको पुस्तक \toc2 हितोपदेश \toc3 हितो \mt1 हितोपदेशको पुस्तक \c 1 \ms1 उद्देश्य र विषय \p \v 1 इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू: \q1 \v 2 बुद्धि र अनुशासन प्राप्‍त गर्नका निम्ति, \q2 अन्‍तर्दृष्‍टिका वचनको समझ प्राप्‍त गर्नका निम्ति, \q1 \v 3 विवेकी आचरणको अनुशासन प्राप्‍त गर्नको निम्ति \q2 जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति, \q1 \v 4 सोझाहरूलाई\f + \fr 1:4 \fr*\ft मूल भाषामा प्रयोग गरिएको शब्द \ft*\fq सोझा \fq*\ft ले हितोपदेशमा सहजै बहकाउन सकिने, नैतिक दिशामा नभएको र दुष्‍टतातिर झुकेको व्यक्तिलाई जनाउँदछ।\ft*\f* समझदार, \q2 जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति— \q1 \v 5 बुद्धिमान्‌ले सुनोस् र तिनीहरूका ज्ञान बढाऊन्; \q2 र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्— \q1 \v 6 हितोपदेश र दृष्‍टान्तहरू, \q2 बुद्धिमान्‌का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति। \b \q1 \v 7 याहवेहको भय ज्ञानको सुरुवात हो, \q2 तर मूर्खले\f + \fr 1:7 \fr*\ft हितोपदेश र पुरानो करारका धेरै स्थानहरूमा अनुवाद गरिएको मूल शब्द \ft*\fq मूर्ख \fq*\ft ले नैतिकताको कमी भएको व्यक्तिलाई जनाउँदछ।\ft*\f* चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ। \ms1 प्रस्तावना: बुद्धिलाई अँगाल्ने सल्‍लाह \s1 पापी मानिसका निमन्त्रणा विरुद्ध चेतावनी \q1 \v 8 हे मेरा छोराछोरी,\f + \fr 1:8 \fr*\ft मूल भाषामा \ft*\fqa छोरा\fqa*\f* आफ्ना बुबाको शिक्षा सुन \q2 र आफ्नी आमाको शिक्षालाई नत्याग। \q1 \v 9 ती तिम्रा शिरका निम्ति शोभायमान मुकुट \q2 र तिम्रा गलामा सम्मानको हार हुन्। \b \q1 \v 10 हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, \q2 तिनीहरूसँग नलाग! \q1 \v 11 तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ, \q2 हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,” \q2 हामी कुनै निर्दोषलाई आक्रमण गरौँ; \q1 \v 12 हामी तिनीहरूलाई चिहानले जस्तै जिउँदै निलौँ; \q2 र सबै पातालमा जानेहरूलाई जस्तै पूरै निलौँ, \q1 \v 13 हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; \q2 र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ; \q1 \v 14 तिमी हाम्रो साझेदार बन, \q2 यो धन हामी सबैको हुनेछ। \q1 \v 15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; \q2 तिनीहरूका मार्गमा खुट्टै नटेक! \q1 \v 16 किनकि तिनीहरूका खुट्टा दुष्‍ट काम गर्न हतारिन्छन्, \q2 तिनीहरू रक्तपात गर्न अग्रसर हुन्छन्। \q1 \v 17 चराहरूले देख्ने गरी \q2 जाल बिछ्यानु कति निरर्थक हुन्छ! \q1 \v 18 यी मानिसहरू आफ्नै रगतको निम्ति ढुक्दछन्, \q2 तिनीहरूले आफैँलाई पासो थाप्दछन्! \q1 \v 19 बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, \q2 जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ। \s1 बुद्धिको हप्काइ \q1 \v 20 बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे; \q2 त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे; \q1 \v 21 व्यस्त सडकका अग्ला स्थानमा त्यसले पुकार्दछे; \q2 सहरका मूलढोकाहरूमा त्यसले आफ्नो भाषण गर्छे। \b \q1 \v 22 तिमी सोझाहरूले कहिलेसम्म आफ्ना मूर्खतालाई प्रेम गरिरहन्छौ? \q2 कहिलेसम्म गिल्‍ला गर्नेहरू गिल्‍ला गर्नमै रमाउँछौ? \q2 र मूर्खहरूले ज्ञानलाई घृणा गरिरहन्छौ? \q1 \v 23 मेरो हप्काइ सुनेर पश्‍चात्ताप गर, \q2 म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; \q2 मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु। \q1 \v 24 तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्‍न नचाहेकाले, \q2 र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले, \q1 \v 25 तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठानेका हुनाले \q2 र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले, \q1 \v 26 यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु; \q2 विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु; \q1 \v 27 विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, \q2 जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; \q2 जब सङ्कष्‍ट र दुःखले तिमीहरूलाई डुबाउँछन्। \b \q1 \v 28 “तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; \q2 तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।” \q1 \v 29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, \q2 र याहवेहप्रति भय मान्‍न नचाहेका हुनाले; \q1 \v 30 तिनीहरूले मेरो सल्‍लाह ग्रहण नगरेका, \q2 र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले, \q1 \v 31 तिनीहरूले आफ्ना कामको फलबाट खानेछन् \q2 र आफ्ना कपटकै योजनाहरूका फलले तिनीहरू भरिनेछन्। \q1 \v 32 आफ्नै पथभ्रष्‍टताले गर्दा सोझाहरू मर्नेछन्, \q2 र मूर्खहरूको आफ्नै लापर्बाहीले तिनीहरूलाई नाश गर्नेछ। \q1 \v 33 तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, ऊ सुरक्षित रहनेछन्, \q2 र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्। \c 2 \s1 बुद्धिबाट प्राप्‍त हुने नैतिक लाभहरू \q1 \v 1 हे मेरो छोरा, “यदि तिमीले मेरो वचन मान्यौ \q2 र मेरा आज्ञाहरू आफूभित्र सावधानीसाथ राख्यौ भने, \q1 \v 2 आफ्नो कान बुद्धिका कुरामा फर्कायौ \q2 र तिम्रो हृदयलाई समझशक्तितिर लगायौ भने, \q1 \v 3 साँच्‍चै, तिमीले अन्तर्दृष्‍टिको निम्ति आह्वान गर्‍यौ भने, \q2 र समझशक्तिको निम्ति जोडसित पुकार्‍यौ भने, \q1 \v 4 र तिमीले त्यसलाई चाँदीझैँ चाहना गर्‍यौ भने, \q2 अनि लुकाइएको गाडधनजस्तै त्यसलाई खोज्यौ भने, \q1 \v 5 तब तिमीले याहवेहप्रति भय मान्‍नुको अर्थ बुझ्नेछौ, \q2 र परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछौ।” \q1 \v 6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ, \q2 अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। \q1 \v 7 उहाँले धर्मीहरूका निम्ति सफलता साँचेर राख्नुहुन्छ; \q2 निर्दोष जीवन जिउनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ, \q1 \v 8 किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, \q2 र उहाँले आफ्ना विश्‍वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ। \b \q1 \v 9 तब तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, \q2 हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ। \q1 \v 10 किनकि बुद्धि तिम्रो हृदयमा पस्‍नेछ, \q2 र ज्ञानचाहिँ तिम्रो प्राणको निम्ति आनन्ददायक हुनेछ। \q1 \v 11 विवेकले तिमीलाई हेरचाह गर्नेछ, \q2 र समझशक्तिले तिम्रो रक्षा गर्नेछ। \b \q1 \v 12 बुद्धिले तिमीलाई दुष्‍ट मानिसको मार्ग, \q2 र भ्रष्‍ट कुरा गर्ने मानिसबाट जोगाउनेछ, \q1 \v 13 जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि \q2 सीधा मार्गहरू त्यागेका छन्, \q1 \v 14 जो खराबी गर्नमा रमाउँछन्, \q2 र दुष्‍टहरूका भ्रष्‍टतामा आनन्दित हुन्छन्, \q1 \v 15 जसका चालहरू टेढा, \q2 र आफ्ना मार्गहरूमा कुटिल छन्। \b \q1 \v 16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट \q2 र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, \q1 \v 17 जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, \q2 र त्यसले परमेश्‍वरसित बाँधेको करारलाई इन्कार गरेकी छे। \q1 \v 18 निश्‍चय नै त्यसको घरले मृत्युतिर \q2 र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्‍याउँछन्। \q1 \v 19 त्यससित जाने पुरुष फर्किआउँदैन, \q2 न त जीवनको मार्ग नै प्राप्‍त गर्छ। \b \q1 \v 20 यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, \q2 र धर्मी मानिसको बाटोमा लागिरहनेछौ। \q1 \v 21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्, \q2 र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, \q1 \v 22 तर दुष्‍टहरूचाहिँ देशबाट हटाइनेछन्, \q2 र विश्‍वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्। \c 3 \s1 बुद्धिबाट प्राप्‍त हुने लाभहरू \q1 \v 1 हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; \q2 तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख; \q1 \v 2 किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, \q2 र तिम्रा लागि शान्ति र उन्‍नति ल्याउनेछ। \b \q1 \v 3 प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, \q2 ती तिमीले आफ्नो गलामा बाँधिराख, \q2 ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख। \q1 \v 4 तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा \q2 निगाह र असल नाम कमाउनेछौ। \b \q1 \v 5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख \q2 र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर! \q1 \v 6 आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, \q2 र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ। \b \q1 \v 7 आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; \q2 याहवेहको डर मान, र दुष्कर्मलाई त्याग! \q1 \v 8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ \q2 र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ। \b \q1 \v 9 आफ्ना धनसम्पत्ति \q2 र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर। \q1 \v 10 तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, \q2 र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्। \b \q1 \v 11 हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, \q2 र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; \q1 \v 12 किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, \q2 जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्। \b \q1 \v 13 त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, \q2 र जसले समझशक्ति प्राप्‍त गर्छ, \q1 \v 14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, \q2 र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। \q1 \v 15 बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, \q2 तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन। \q1 \v 16 यसको दाहिने हातमा दीर्घायु छ, \q2 र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्। \q1 \v 17 यसका मार्गहरू आनन्ददायक हुन्छन्, \q2 र यसका सबै बाटाहरू शान्तिका हुन्छन्। \q1 \v 18 यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, \q2 यसलाई अपनाउनेहरूका लागि आशिष् हो। \b \q1 \v 19 बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, \q2 समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो, \q1 \v 20 उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, \q2 र बादलहरूले शीत वृष्‍टि गरे। \b \q1 \v 21 हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, \q2 उचित न्याय र विवेकलाई जोगाइराख, \q1 \v 22 ती तिम्रा निम्ति जीवन, \q2 र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्। \q1 \v 23 तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, \q2 तब तिम्रा खुट्टाले ठेस खानेछैन। \q1 \v 24 जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, \q2 जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ। \q1 \v 25 तिमीलाई अचानक आउने विपत्तिको \q2 अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन। \q1 \v 26 किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, \q2 र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ। \b \q1 \v 27 जसलाई भलाइ गर्नुपर्ने हो, \q2 तिम्रो बल होउन्जेल त्यसलाई नरोक। \q1 \v 28 तिमीसित दिनलाई केही कुरा छ भने, \q2 आफ्नो छिमेकीलाई “पछि आऊ, \q2 म तिमीलाई भोलि दिनेछु” भनी नभन! \q1 \v 29 आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा \q2 षड्यन्त्र नरच। \q1 \v 30 कारणविना कुनै मानिसलाई दोष नलगाऊ, \q2 जसले तिम्रो कुनै हानि गरेको छैन। \b \q1 \v 31 हिंसात्मक मानिसप्रति डाही नबन, \q2 अथवा त्यसको कुनै पनि बाटो नरोज। \b \q1 \v 32 किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, \q2 तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ। \q1 \v 33 दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; \q2 तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ। \q1 \v 34 गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, \q2 तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ। \q1 \v 35 बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; \q2 तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ। \c 4 \s1 कुनै पनि मूल्यमा बुद्धि प्राप्‍त गर्नु \q1 \v 1 हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, \q2 यसमा ध्यान दिएर समझशक्ति प्राप्‍त गर। \q1 \v 2 म तिमीहरूलाई उचित कुरा सिकाउँछु, \q2 यसकारण मेरो शिक्षालाई नत्याग! \q1 \v 3 किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, \q2 मेरी आमाको कोमल र प्यारो छोरो थिएँ। \q1 \v 4 मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, \q2 “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, \q2 मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ। \q1 \v 5 बुद्धि प्राप्‍त गर, समझशक्ति प्राप्‍त गर; \q2 मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ। \q1 \v 6 बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; \q2 यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ। \q1 \v 7 बुद्धि सर्वोच्‍च हो, यसकारण बुद्धि प्राप्‍त गर। \q2 समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्‍त गर। \q1 \v 8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्‍च पार्नेछ, \q2 यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ। \q1 \v 9 यसले तिम्रो शिरमा शोभायमान माला पहिर्‍याइदिनेछ, \q2 र महिमामय मुकुट प्रदान गर्नेछ।” \b \q1 \v 10 हे मेरो छोराछोरी, सुन; \q2 मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ। \q1 \v 11 म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, \q2 र तिमीलाई सीधा बाटोमा डोर्‍याउँछु। \q1 \v 12 तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, \q2 अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन। \q1 \v 13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; \q2 यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो। \q1 \v 14 दुष्‍टको मार्गमा पाइला नटेक \q2 अथवा खराब मानिसहरूको चालमा नहिँड। \q1 \v 15 त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, \q2 त्यसबाट फर्क र आफ्नै बाटो लाग। \q1 \v 16 किनकि दुष्‍टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; \q2 कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन। \q1 \v 17 तिनीहरूले दुष्‍टताको रोटी खान्छन् \q2 र हिंसाको मद्य पिउँछन्। \b \q1 \v 18 धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, \q2 त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ। \q1 \v 19 तर दुष्‍टको चाल घोर अन्धकारजस्तै हो; \q2 तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्। \b \q1 \v 20 हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; \q2 मेरा वचनहरू ध्यानसित सुन। \q1 \v 21 ती तिम्रो दृष्‍टिदेखि अलग हुन नदेऊ; \q2 ती तिम्रो हृदयभित्र राख, \q1 \v 22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, \q2 र सारा शरीरको निम्ति स्वास्थ्य हो। \q1 \v 23 यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; \q2 किनकि यो नै सारा जीवनको मूल हो। \q1 \v 24 तिम्रो मुखबाट भ्रष्‍टता टाढै रहोस्, \q2 भ्रष्‍ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्। \q1 \v 25 तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, \q2 तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। \q1 \v 26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, \q2 र आफ्ना सबै मार्गहरूमा दृढ होऊ! \q1 \v 27 दाहिने अथवा देब्रेतिर नलाग; \q2 सबै दुष्‍ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख! \c 5 \s1 व्यभिचार विरुद्ध चेतावनी \q1 \v 1 हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान देऊ, \q2 अन्‍तर्दृष्‍टिका मेरा वचनहरू ध्यानपूर्वक सुन, \q1 \v 2 ताकि तिमीले विवेकलाई कायम राख्न सक, \q2 र तिम्रो ओठले ज्ञानको रक्षा गरोस्। \q1 \v 3 किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहिन्छ, \q2 र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ, \q1 \v 4 तापनि आखिरमा त्यो पित्तजस्तै तितो, \q2 र दुईधारे तरवारजस्तै धारिलो हुन्छ। \q1 \v 5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, \q2 त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्। \q1 \v 6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; \q2 त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन। \b \q1 \v 7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, \q2 म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! \q1 \v 8 त्यस्ती स्त्रीको मार्गदेखि टाढै बस, \q2 त्यसको घरको ढोका नजिक जाँदै नजाओ! \q1 \v 9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, \q2 र तिमीहरूको प्रतिष्‍ठा\f + \fr 5:9 \fr*\ft अथवा \ft*\fqa वर्षहरू\fqa*\f* निर्दयीको हातमा पर्नेछ, \q1 \v 10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, \q2 र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ। \q1 \v 11 जीवनको अन्तिम समयमा तिमीहरूले विलाप गर्नेछौ, \q2 जब तिमीहरू गलेर हाड र छाला हुनेछौ। \q1 \v 12 तब तिमीहरूले भन्‍नेछौ, “हाय मैले कसरी अनुशासनलाई घृणा गरेँ, \q2 र कसरी मेरो हृदयले सुधारलाई लत्यायो! \q1 \v 13 मैले मेरा शिक्षकहरूको आज्ञापालन गरिनँ, \q2 र मलाई सिकाउनेहरूको कुरामा ध्यानै दिइनँ। \q1 \v 14 परमेश्‍वरका मानिसहरूको सभामा, \q2 म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु।” \b \q1 \v 15 आफ्नै भाँडाको पानी पिऊ, \q2 र आफ्नै कुवाबाट बगेको पानी पिऊ! \q1 \v 16 के तिम्रा मुहानहरू सडकतिर, \q2 र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्? \q1 \v 17 त्यो तिम्रै निम्ति मात्र होस्, \q2 त्यसको साझेदार पराईहरू हुन नपाऊन्। \q1 \v 18 तिम्रो मुहान धन्यको होस्; \q2 र आफ्नो युवाअवस्थाकी पत्नीसित तिमी आनन्दित होऊ! \q1 \v 19 मायालु मृग, राम्री हरिणीजस्तै, \q2 त्यसकै स्तनहरूले तिमीलाई सधैँ सन्तुष्‍ट राखून्, \q2 तिमी सधैँ त्यसकै प्रेममा मोहित भइबस। \q1 \v 20 हे मेरो छोरा, तिमी किन अर्काकी पत्नीको मोहमा फस्छौ? \q2 तिमी किन स्वेच्छाचारी स्त्रीलाई अँगालो हाल्छौ? \b \q1 \v 21 किनकि मानिसका चालहरू याहवेहमा छर्लङ्ग छन्; \q2 र उहाँले त्यसका सबै मार्गहरूको जाँच गर्नुहुन्छ। \q1 \v 22 दुष्‍ट मानिसका अधर्मले त्यसलाई पासोमा फसाउँछ, \q2 र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। \q1 \v 23 अनुशासनको अभावमा तिनीहरू मर्नेछन्; \q2 आफ्नै घोर मूर्खताले बहकिनेछन्। \c 6 \s1 मूर्खताको विरुद्धमा चेतावनी \q1 \v 1 हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, \q2 वा पराईसँग वाचा बाँधेका छौ भने, \q1 \v 2 यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, \q2 र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने, \q1 \v 3 हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; \q2 आफूलाई मुक्त पार्न यसो गर: \q1 जाऊ र आफूलाई नम्र पार, \q2 र छिमेकीसँग खुरन्धार बिन्ती गर। \q1 \v 4 तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, \q2 र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ। \q1 \v 5 शिकारीको हातबाट हरिण उम्केजस्तै, \q2 व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर। \b \q1 \v 6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, \q2 र बुद्धिमानी बन्! \q1 \v 7 त्यसको कोही सेनापति हुँदैन, \q2 न त रेखदेख गर्ने शासक नै हुन्छ, \q1 \v 8 तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, \q2 र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ। \b \q1 \v 9 ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? \q2 तँ आफ्नो निद्राबाट कहिले जाग्छस्? \q1 \v 10 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, \q2 हात बाँधेर एकैछिन मारिएको थकाइले, \q1 \v 11 तिमीमाथि गरिबी डाँकुजस्तै \q2 र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ। \b \q1 \v 12 दुष्‍ट र उपद्रवी मानिस, \q2 जो भ्रष्‍ट मुख लिएर यताउति गर्दै हिँड्छ, \q2 \v 13 जसले आँखा झिम्काउँछ, \q2 आफ्ना खुट्टाले इसारा गर्छ; \q2 र औँलाले चलाउँछ, \q2 \v 14 आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ। \q2 त्यसले सधैँ विवाद उत्पन्‍न गराउँछ। \q1 \v 15 यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; \q2 त्यो अचानक उपायविना नै नष्‍ट हुनेछ। \b \li1 \v 16 यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, \li2 सात वटा कुराहरू उहाँमा तुच्छ छन्: \li3 \v 17 अहङ्कारी आँखा, \li3 झूटो बोल्ने जिब्रो, \li3 निर्दोषको रगत बगाउने हात, \li3 \v 18 दुष्‍ट युक्ति रच्ने हृदय, \li3 खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू, \li3 \v 19 असत्य थुपार्ने झूटो साक्षी \li3 र समुदायको बीचमा कलह उठाउने मानिस। \s1 व्यभिचारको विरुद्धमा चेतावनी \q1 \v 20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; \q2 र आफ्नी आमाको शिक्षालाई नत्याग। \q1 \v 21 त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, \q2 त्यसलाई तिम्रो गलामा बाँधिराख। \q1 \v 22 जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; \q2 जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; \q2 जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्‍लाह दिनेछ। \q1 \v 23 किनकि यो आज्ञा एउटा बत्ती हो, \q2 र शिक्षाचाहिँ ज्योति हो; \q1 अनि अनुशासनको सुधार \q2 जीवनका मार्ग हुन्, \q1 \v 24 जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, \q2 स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ। \b \q1 \v 25 तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; \q2 त्यसका आँखाले तिमीलाई वशमा नपारोस्। \b \q1 \v 26 किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, \q2 तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे। \q1 \v 27 के मानिसले आफ्नो काखमा आगो राख्यो भने \q2 उसको लुगा डढ्दैन र? \q1 \v 28 के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने \q2 त्यसका पाउहरू जल्दैन र? \q1 \v 29 त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, \q2 त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन। \b \q1 \v 30 भोकले मर्न लागेको चोरले आफ्नो भोक मेटाउनलाई \q2 चोरी गरेकोमा कसैले त्यसलाई तुच्छ ठान्दैन। \q1 \v 31 तर यदि त्यो पक्राउ पर्‍यो भने त्यसले सात गुणा बढी तिर्नुपर्छ; \q2 चाहे त्यो उसको घरको सम्पूर्ण धन नै किन नहोस्। \q1 \v 32 तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन; \q2 यसो गर्ने सबैले आफूलाई नष्‍ट गर्छन्। \q1 \v 33 मुक्‍का र अपमान त्यसको भाग हुनेछ; \q2 र त्यसको अपमान कहिल्यै मेटिनेछैन। \b \q1 \v 34 किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ, \q2 र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ। \q1 \v 35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; \q2 त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ। \c 7 \s1 व्यभिचारिणी स्त्रीको विरुद्ध चेतावनी \q1 \v 1 हे मेरो छोरा, मेरा वचनहरू पालन गर, \q2 र मेरा आज्ञाहरूलाई आफूभित्र साँचिराख। \q1 \v 2 मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ, \q2 मेरा अर्तीहरूलाई आफ्नो आँखाको नानीजस्तै जोगाइराख। \q1 \v 3 तिनलाई तिम्रा औँलाहरूमा बाँधिराख, \q2 तिनलाई आफ्नो हृदयको पाटीमा लेखिराख। \q1 \v 4 बुद्धिलाई भन, “तिमी मेरी बहिनी हौ,” \q2 र समझशक्तिलाई चाहिँ “तिमी मेरो आफन्त हौ।” \q1 \v 5 तिनले तिमीलाई व्यभिचारिणी स्त्रीबाट \q2 र स्वेच्छाचारी स्त्रीको चिप्ले कुराबाट बचाउनेछन्। \b \q1 \v 6 आफ्नो घरको झ्यालमा \q2 त्यसको आँखीझ्यालबाट मैले बाहिर हेरेँ। \q1 \v 7 मैले सोझाहरूको बीचमा, \q2 मैले जवान मानिसहरूमध्ये \q2 विवेक नभएको एउटा जवानलाई देखेँ। \q1 \v 8 त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो; \q2 त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो। \q1 \v 9 दिन ढल्दै गरेको साँझको समय थियो, \q2 रातको अन्धकार बढ्दै थियो। \b \q1 \v 10 तब एउटी स्त्री त्यसलाई भेट्न आई, \q2 चरित्रहीन स्त्रीको जस्तै वस्त्र पहिरेकी र धूर्त नियत भएकी, \q1 \v 11 (त्यो चञ्चल र अभिमानी छे; \q2 त्यसका पाउहरू कहिल्यै घरमा बास बस्दैनन्, \q1 \v 12 त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; \q2 त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।) \q1 \v 13 तब त्यसले त्यसलाई समाती र चुम्बन गरी, \q2 अनि लाजै नमानी त्यसले भनी: \b \q1 \v 14 “मैले घरमा मेलबलि चढाउनु परेको छ; \q2 आज मैले आफ्नो भाकल पूरा गरेकी छु। \q1 \v 15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, \q2 मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु! \q1 \v 16 मैले मेरो ओछ्यानमा \q2 इजिप्टबाट ल्याएको मलमलको रङ्गीन तन्‍ना बिछ्याएकी छु। \q1 \v 17 मैले मेरो ओछ्यानमा \q2 मूर्र, एलवा र दालचिनीको सुघन्धित अत्तर छर्केकी छु। \q1 \v 18 आउनुहोस्, हामी बिहानसम्मै प्रेमले तृप्‍त बनौँ, \q2 हामी प्रेममा मस्त होऔँ! \q1 \v 19 मेरा पति घरमा हुनुहुन्‍न, \q2 उहाँ लामो यात्रामा जानुभएको छ। \q1 \v 20 उहाँले आफ्नो थैलीभरि रकम लानुभएको छ, \q2 र उहाँ पूर्णिमाको अगि घर फर्कनुहुन्‍न।” \b \q1 \v 21 लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; \q2 उसले त्यसलाई मोहित कुराले फसाई। \q1 \v 22 मारिनका निम्ति लगिएको गोरुझैँ, \q2 पासोमा फस्‍न लागेको मृगझैँ, \q1 त्यो तुरुन्तै त्यस स्त्रीको पछि लाग्यो, \q2 \v 23 काँडले त्यसको कलेजो नरोपिएसम्म, \q1 एउटा चरा पासोमा पर्नलाई वेगसित उडिआए जस्तै, \q2 त्यसलाई आफ्नो प्राण गुमाउनुपर्छ भन्‍ने थाहा हुँदैन। \b \q1 \v 24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, \q2 म जे भन्छु, त्यसमा ध्यान देओ। \q1 \v 25 त्यस्ता स्त्रीतर्फ आफ्ना हृदय नफर्काओ, \q2 न त त्यसका मार्गहरूतिर हिँड। \q1 \v 26 त्यसले धेरैलाई शिकार बनाएकी छे; \q2 त्यसद्वारा नष्‍ट पारिएकाहरू असंख्य छन्। \q1 \v 27 त्यसको घर चिहानको राजमार्ग हो, \q2 जसले मृत्युका कोठाहरूतिर पुर्‍याउँछ। \c 8 \s1 बुद्धिको आह्वान \q1 \v 1 के बुद्धिले आह्वान गर्दैन? \q2 के समझशक्तिले त्यसको आवाज उच्‍च पार्दैन? \q1 \v 2 गल्‍लीका उचाइहरूमा, \q2 जहाँ बाटाहरूका मिलन हुन्छ, त्यसले त्यहाँ आफ्नो अडान लिन्छ, \q1 \v 3 सहरमा पुर्‍याउने मूलढोकाहरूको छेउमा, \q2 प्रवेश द्वारहरूमा त्यो चर्को सोरले यसरी कराउँछ: \q1 \v 4 “हे मानिसहरू हो, म तिमीहरूलाई कराएर भन्छु; \q2 म सारा मानव-जातिलाई आफ्नो आवाज सुनाउँछु। \q1 \v 5 तिमीहरू जो सोझा छौ, सक्षम होऊ। \q2 तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ। \q1 \v 6 सुन, किनकि मसँग भन्‍नलाई काम लाग्ने कुराहरू छन्, \q2 जे ठिक छ, त्यो भन्‍न म मेरो ओठ खोल्छु। \q1 \v 7 मेरो मुखले साँचो कुरा बोल्दछ; \q2 किनकि मेरो ओठले दुष्‍टतालाई घृणा गर्छ। \q1 \v 8 मेरो मुखका सबै वचन न्यायसङ्गत छन्; \q2 तीमध्ये एउटै पनि बाङ्गा-टिङ्गा अथवा भ्रष्‍ट छैन। \q1 \v 9 विवेकशील व्यक्तिका लागि मेरा वचन ठिक छन्, \q2 ज्ञान हुने मानिसको निम्ति ती धार्मिक छन्। \q1 \v 10 मेरो अर्तीलाई चाँदीको सट्टामा, \q2 र ज्ञानलाई उत्तम सुनको सट्टामा चुन; \q1 \v 11 किनकि बुद्धि माणिकहरूभन्दा मूल्यवान् हुन्छ, \q2 र तिमीले इच्छा गरेको कुनै पनि कुरा त्यसको दाँजोमा आउँदैन। \b \q1 \v 12 “म, बुद्धि, विवेकसँग बसोबास गर्दछु, \q2 मसँग ज्ञान र विवेक छन्।” \q1 \v 13 याहवेहप्रतिको भय दुष्‍टतालाई घृणा गर्नु हो, \q2 अभिमान, अहङ्कार, \q2 खराब चालचलन र भड्काउने कुराहरूलाई म घृणा गर्दछु। \q1 \v 14 परामर्श र उचित फैसला मद्वारा नै हुन्छन्; \q2 मसित समझशक्ति छ, र मसित सामर्थ्य छ। \q1 \v 15 मद्वारा नै राजाहरूले शासन गर्छन्, \q2 र शासकहरूले न्यायसङ्गत उर्दी जारी गर्छन्। \q1 \v 16 मद्वारा नै शासकहरूले राज्यव्यवस्था चलाउँछन्— \q2 र पृथ्वीमा शासन गर्ने सबै शासकहरू।\f + \fr 8:16 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa सबै धार्मिक शासकहरू\fqa*\f* \q1 \v 17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु; \q2 मेरो खोजी गर्नेहरूले मलाई भेट्टाउँछन्। \q1 \v 18 मसित धन र आदर, \q2 रहिरहने सम्पत्ति र समृद्धि छन्। \q1 \v 19 मेरो फल असल सुनभन्दा राम्रो छ; \q2 म जे पाउँछु, त्यो चुनिएको चाँदीभन्दा असल हुन्छ। \q1 \v 20 म धार्मिकताका बाटो हिँड्छु, \q2 र न्यायको मार्गमा हिँड्छु, \q1 \v 21 मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तिले भरिपूर्ण पार्छु \q2 र म तिनीहरूका भण्डार भरिदिनेछु। \b \q1 \v 22 याहवेहले आफ्नो सृष्‍टिको सुरुमा नै, \q2 उहाँका पुरातनका सबै कामहरूभन्दा पहिले नै मलाई सृजनुभयो, \q1 \v 23 परापूर्वकाल अगि नै, \q2 अर्थात् संसारको सुरु हुनुभन्दा पहिलेदेखि नै मेरो सृष्‍टि भएको थियो। \q1 \v 24 सागरहरू हुनुभन्दा पहिले, \q2 पानीले भरिएका मुहानहरू हुनुभन्दा अगि नै मेरो जन्म भएको थियो, \q1 \v 25 पर्वतहरू आ-आफ्ना स्थानमा स्थापित हुनुभन्दा पहिले नै, \q2 पहाडहरूभन्दा पहिल्यै मेरो जन्म भएको थियो। \q1 \v 26 उहाँले पृथ्वी र त्यसका जमिनहरू, \q2 वा पृथ्वीका धुलो बनाउनुभन्दा अगि नै म सृजिएको थिएँ। \q1 \v 27 जब उहाँले आकाशलाई स्थापित गर्नुभयो, म अस्तित्वमा थिएँ; \q2 उहाँले महासागरमाथि क्षितिजले घेर्नुहुँदा, म त्यहाँ थिएँ। \q1 \v 28 जब उहाँले माथिका बादलहरू स्थापित गर्नुभयो; \q2 जब पानीको मूललाई स्थिर गर्नुभयो; \q1 \v 29 जब पानीलाई उहाँको आज्ञा नाघेर बाहिर नजाओस् भनेर \q2 उहाँले समुद्रको सिमाना तोकिदिनुभयो; \q1 जब उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो; \q2 \v 30 त्यस समय म एक कारिगरजस्तै उहाँको छेउमा थिएँ। \q1 म दिनहुँ हर्षले विभोर हुन्थेँ; \q2 उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थेँ। \q1 \v 31 उहाँको सम्पूर्ण संसारमा म आनन्द मनाउँथे, \q2 र मानव जातिमा प्रसन्‍न रहन्थेँ। \b \q1 \v 32 अब हे मेरा छोराछोरीहरू हो, मेरा कुरा सुन; \q2 तिनीहरू धन्य हुन्, जसले मेरा मार्गहरू पछ्याउँछन्। \q1 \v 33 मेरा अर्तीहरू सुन र बुद्धिमान् होओ, \q2 त्यसलाई बेवास्ता नगर, \q1 \v 34 त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, \q2 जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, \q2 मेरो ढोकाको छेउमा पर्खिरहन्छ। \q1 \v 35 किनकि जसले मलाई भेट्टाउँछ, त्यसले जीवन पाउँछ, \q2 र याहवेहबाट निगाह प्राप्‍त गर्छ। \q1 \v 36 “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, \q2 मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।” \c 9 \s1 बुद्धि र मूर्खताको निम्तो \q1 \v 1 बुद्धिले आफ्नो घर बनाएको छ; \q2 त्यसले सात वटा खाँबो काटेर गाडेको छ। \q1 \v 2 त्यसले मासु पकाएको छ, र दाखमद्य तयार पारेको छ, \q2 त्यसले आफ्नो टेबुल पनि ठिक पारेको छ। \q1 \v 3 त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, \q2 र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ। \q2 \v 4 “सोझाहरू सबै मेरो घरभित्र आओ!” \q1 ती समझ नभएकाहरूलाई त्यसले भन्छ: \q2 \v 5 “आओ, मसँग खाओ, \q2 र मैले मिसाएको दाखमद्य पिओ। \q1 \v 6 आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” \q2 समझशक्तिको मार्गमा हिँड। \b \q1 \v 7 गिल्‍ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, \q2 जसले दुष्‍टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। \q1 \v 8 गिल्‍ला गर्नेलाई नहप्काऊ, नत्रता त्यसले तिमीलाई घृणा गर्नेछ; \q2 बुद्धिमान् मानिसलाई हप्काऊ, र त्यसले तिमीलाई प्रेम गर्नेछ। \q1 \v 9 बुद्धिमान्‌लाई अर्ती देऊ, र ऊ अझ बुद्धिमान् हुनेछ; \q2 धर्मी मानिसलाई शिक्षा देऊ, र उसले आफ्नो ज्ञान अझ बढाउँछ। \b \q1 \v 10 याहवेहको भय नै बुद्धिको सुरुवात हो, \q2 र पवित्र परमेश्‍वरको ज्ञान नै समझशक्ति हो। \q1 \v 11 किनकि बुद्धिद्वारा नै तिमी दीर्घायु हुनेछौ, \q2 र तिम्रो जीवनका वर्षहरू थपिनेछन्। \q1 \v 12 यदि तिमी बुद्धिमान् हौ भने तिमीलाई बुद्धिले इनाम दिनेछ; \q2 यदि तिमी गिल्‍ला गर्ने हौ भने तिमीले दुःख मात्र पाउनेछौ। \b \q1 \v 13 अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; \q2 त्यो सोझी र अज्ञानी हुन्छे। \q1 \v 14 त्यो आफ्नो घरको ढोकामा बस्छे, \q2 सहरका सबैभन्दा अग्लो ठाउँमा बस्छे, \q1 \v 15 आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई \q2 त्यसले नजिकबाट बोलाउँछे। \q2 \v 16 “सोझाहरू सबै मेरो घरभित्र आओ!” \q1 ती समझ नभएकाहरूलाई त्यसले भन्छे: \q2 \v 17 “चोरीको पानी मिठो हुन्छ, \q2 गुप्‍तमा खाएको भोजन स्वादिष्‍ठ हुन्छ!” \q1 \v 18 तर तिनीहरूले त्यहाँ मृतकहरू छन्, \q2 र त्यसका पाहुनाहरू गहिरा चिहानभित्र छन् भन्‍ने कुरा जान्दैनन्। \c 10 \ms1 सोलोमनका हितोपदेश \p \v 1 सोलोमनका हितोपदेश: \q1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, \q2 तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्। \b \q1 \v 2 अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, \q2 तर धार्मिकताले मृत्युबाट छुटाउँछ। \b \q1 \v 3 याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; \q2 तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ। \b \q1 \v 4 अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, \q2 तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्। \b \q1 \v 5 ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; \q2 तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्। \b \q1 \v 6 धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, \q2 तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ। \b \q1 \v 7 धर्मीको नाम आशिष्‌मा\f + \fr 10:7 \fr*\ft हेर्नुहोस् \+xt उत्प 48:20\+xt*\ft*\f* प्रयोग गरिन्छ, \q2 तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ। \b \q1 \v 8 हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, \q2 तर बकबके मूर्खको विनाश हुन्छ। \b \q1 \v 9 इमानदार मानिस निर्धक्‍क भई जिउँछ; \q2 तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ। \b \q1 \v 10 कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; \q2 अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ। \b \q1 \v 11 धर्मीको मुख जीवनको फोहोरा हो, \q2 तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ। \b \q1 \v 12 घृणाले फाटो उब्जाउँछ; \q2 तर प्रेमले सबै अपराधहरू ढाक्दछ। \b \q1 \v 13 समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; \q2 तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ। \b \q1 \v 14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; \q2 तर मूर्खको मुखले विनाश निम्त्याउँछ। \b \q1 \v 15 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, \q2 तर दरिद्रता गरिबहरूको विनाश हो। \b \q1 \v 16 धर्मीको ज्याला तिनीहरूको जीवन हो, \q2 तर दुष्‍टको कमाइ पाप र मृत्यु हो। \b \q1 \v 17 अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, \q2 तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ। \b \q1 \v 18 जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ \q2 र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो। \b \q1 \v 19 जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; \q2 तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ। \b \q1 \v 20 धर्मीको जिब्रो निखुर चाँदी हो; \q2 तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन। \b \q1 \v 21 धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, \q2 तर मूर्खहरू विवेकको अभावले मर्छन्। \b \q1 \v 22 याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; \q2 अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न। \b \q1 \v 23 मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, \q2 तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ। \b \q1 \v 24 तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; \q2 धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ। \b \q1 \v 25 आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; \q2 तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्। \b \q1 \v 26 दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, \q2 अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्। \b \q1 \v 27 याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; \q2 तर दुष्‍टका आयुचाहिँ घटाइन्छ, \q1 \v 28 धर्मीका आशा आनन्दमय हुन्छ; \q2 तर दुष्‍टहरूको आशा पूरा हुनेछैन। \b \q1 \v 29 याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; \q2 तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो। \b \q1 \v 30 धर्मी कहिल्यै उखेलिनेछैन; \q2 तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन। \b \q1 \v 31 धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, \q2 तर भड्काउने जिब्रो काटिनेछ। \b \q1 \v 32 धर्मीका ओठले उचित कुरा जान्दछन्; \q2 तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ। \b \c 11 \q1 \v 1 छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, \q2 तर ठिक ढकदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ। \b \q1 \v 2 जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; \q2 तर नम्रतासँग बुद्धि आउँछ। \b \q1 \v 3 धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; \q2 तर विश्‍वासघातीहरू आफ्नै कपटले नष्‍ट हुन्छन्। \b \q1 \v 4 क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; \q2 तर धार्मिकताले मृत्युबाट छुटाउँछ। \b \q1 \v 5 निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, \q2 तर दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्‍टताले तल खसालिन्छन्। \b \q1 \v 6 सत्यनिष्‍ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, \q2 तर विश्‍वासघातीहरू दुष्‍ट इच्छाहरूद्वारा पासोमा पर्छन्। \b \q1 \v 7 जब दुष्‍ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्‍ट हुन्छ; \q2 त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ। \b \q1 \v 8 धार्मिक व्यक्ति सङ्कष्‍टबाट बचाइन्छ, \q2 र त्यो दुष्‍टमाथि आइपर्छ। \b \q1 \v 9 ईश्‍वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्‍ट पार्छ, \q2 तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ। \b \q1 \v 10 धर्मीहरूको उन्‍नति हुँदा सहर रमाउँदछ; \q2 तर दुष्‍टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ। \b \q1 \v 11 धर्मीका आशिष्‌द्वारा सहर उच्‍च हुन्छ; \q2 तर दुष्‍टको मुखबाट त्यो नष्‍ट हुन्छ। \b \q1 \v 12 विवेकहीनले आफ्नो छिमेकीको खिसी गर्छ; \q2 तर विवेकीले आफ्नो जिब्रोलाई लगाम लगाउँछ। \b \q1 \v 13 कुराउटेले गोप्य भरोसामा आघात पुर्‍याउँछ; \q2 तर विश्‍वासयोग्य मानिसले कुरा गोप्य राख्छ। \b \q1 \v 14 मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; \q2 तर धेरै सल्‍लाहकारको कारण विजय हुन्छ। \b \q1 \v 15 अरूको जमानी बस्‍नेले निश्‍चय नै दुःख भोग्नुपर्नेछ, \q2 तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। \b \q1 \v 16 दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, \q2 तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्। \b \q1 \v 17 दयालु मानिसले आफैँलाई लाभ पुर्‍याउँछ, \q2 तर निर्दयी मानिसले आफूमाथि सङ्कष्‍ट निम्त्याउँछ। \b \q1 \v 18 दुष्‍ट मानिसले छलको ज्याला कमाउँछ, \q2 तर जसले धार्मिकता छर्छ, त्यसले निश्‍चय नै प्रतिफलको कटनी गर्छ। \b \q1 \v 19 धर्मी मानिसले निश्‍चय नै जीवन प्राप्‍त गर्छ, \q2 तर दुष्‍टताको पछि लाग्ने मानिस आफ्नै मृत्युमा पुग्छ। \b \q1 \v 20 याहवेहले भ्रष्‍ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; \q2 तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्‍न हुनुहुन्छ। \b \q1 \v 21 यो निश्‍चय जान: दुष्‍टले आवश्य दण्ड पाउनेछ, \q2 तर धर्मीका सन्ततिले छुटकारा पाउनेछन्। \b \q1 \v 22 विवेकहीन सुन्दरीचाहिँ \q2 सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो। \b \q1 \v 23 धर्मीहरूका इच्छाहरूको अन्त्य असल नै हुन्छ; \q2 तर दुष्‍टहरूका आशाको अन्त्य केवल क्रोधमा हुन्छ। \b \q1 \v 24 कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; \q2 तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ। \b \q1 \v 25 उदार मानिसको उन्‍नति हुनेछ; \q2 जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ। \b \q1 \v 26 अन्‍न लुकाएर थुपारी राख्नेलाई मानिसहरूले सराप्छन्, \q2 तर ती खुशीसाथ बेच्नेलाई आशिष् दिन्छन्। \b \q1 \v 27 जसले असल खोज्छ, त्यसले निगाह पाउँछ, \q2 तर दुष्‍टताको खोजी गर्नेहरूमा दुष्‍टता नै आउँछ। \b \q1 \v 28 जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; \q2 तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्। \b \q1 \v 29 जसले आफ्नो परिवारमा विपत्ति ल्याउँछ, \q2 त्यसले पैतृक सम्पत्तिको रूपमा बतास मात्र प्राप्‍त गर्नेछ; \q2 र मूर्खचाहिँ बुद्धिमान्‌को सेवक हुनेछ। \b \q1 \v 30 धर्मी जनको फल जीवनको रूख हो; \q2 अनि बुद्धिमान्‌ले साथी पाउँदछ।\f + \fr 11:30 \fr*\ft अथवा \ft*\fqa आत्मा जित्छ\fqa*\f* \b \q1 \v 31 यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, \q2 झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्! \b \c 12 \q1 \v 1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, \q2 तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो। \b \q1 \v 2 असल मानिसहरूले याहवेहबाट निगाह प्राप्‍त गर्छन्, \q2 तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ। \b \q1 \v 3 दुष्‍टताले कुनै मानिस स्थापित हुन सक्दैन, \q2 तर धर्मी जनलाई उखेल्न सकिनेछैन। \b \q1 \v 4 चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, \q2 तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डीको क्यान्सरजस्तै हो। \b \q1 \v 5 धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; \q2 तर दुष्‍टका सल्‍लाह कपटपूर्ण हुन्छन्। \b \q1 \v 6 दुष्‍टका वचनहरूले रक्तपातको निम्ति ढुकिबस्छन्, \q2 तर धर्मीको बोलीले तिनीहरूलाई उद्धार गर्छ। \b \q1 \v 7 दुष्‍टहरू पराजित हुन्छन् र लोप हुन्छन्; \q2 तर धर्मी जनको घर दृढतासाथ खडा रहन्छ। \b \q1 \v 8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, \q2 तर बाङ्गाटेढा हृदय भएका मानिसहरू अपहेलित हुन्छन्। \b \q1 \v 9 खानको निम्ति भोजन नभए तापनि आफ्नै बढाइचढाइ गर्ने मानिसभन्दा \q2 बरु साधारण मानिस भएर एक जना मालिकको मात्र सेवक हुनु उत्तम हो। \b \q1 \v 10 धर्मी मानिसले आफ्नो पशुहरूको वास्ता गर्छ; \q2 तर दुष्‍ट मानिसको अति दयापूर्ण काम पनि निर्दयी हुन्छ। \b \q1 \v 11 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; \q2 तर दिवासपनाको पछि दौडने मानिसहरू मूर्ख हुन्छन्। \b \q1 \v 12 दुष्‍टले खराब मानिसहरूको लुटको अभिलाषा गर्छ, \q2 तर धर्मी जनको जरा रहिरहन्छ। \b \q1 \v 13 दुष्‍ट मानिस आफ्नै पापपूर्ण बोलीले पासोमा पर्छ; \q2 तर धर्मी मानिस विपत्तिबाट उम्कन्छ। \b \q1 \v 14 आफ्ना ओठका फलबाट नै मानिस असल थोकहरूले भरिन्छ; \q2 र आफ्नो हातका कामको प्रतिफल त्यसले निश्‍चय नै पाउँछ। \b \q1 \v 15 मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, \q2 तर बुद्धिमान् मानिसले अरूको सल्‍लाह सुन्छ। \b \q1 \v 16 मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; \q2 तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन। \b \q1 \v 17 साँचो साक्षीले सत्य बोल्छ, \q2 तर झूटो साक्षीले झूटो कुरा बोल्छ। \b \q1 \v 18 विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, \q2 तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ। \b \q1 \v 19 सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; \q2 तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ। \b \q1 \v 20 खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; \q2 तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ। \b \q1 \v 21 धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, \q2 तर दुष्‍टहरू सङ्कष्‍टले भरिएका हुन्छन्। \b \q1 \v 22 याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; \q2 तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ। \b \q1 \v 23 विवेकशील मानिसले आफ्नो ज्ञान आफूसितै राख्छ; \q2 तर मूर्खहरूको हृदयबाट मूर्खता निस्किरहन्छ। \b \q1 \v 24 परिश्रमी हातले शासन गर्नेछ; \q2 तर अल्छेपनाले दासत्वमा पुर्‍याउँछ। \b \q1 \v 25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, \q2 तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ। \b \q1 \v 26 धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; \q2 तर दुष्‍टको मार्गले तिनीहरूलाई बरालिदिन्छ। \b \q1 \v 27 अल्छे मानिसले आफ्नो शिकार पनि पकाउँदैन, \q2 तर लगनशील मानिस आफ्नो शिकारको प्रशस्तताबाट खान्छ। \b \q1 \v 28 धार्मिकताको मार्गमा जीवन हुन्छ; \q2 त्यही मार्गमा अमरत्व हुन्छ। \b \c 13 \q1 \v 1 बुद्धिमान् छोराछोरीले आफ्ना बुबाको अनुशासनलाई स्वीकार गर्छ; \q2 तर गिल्‍ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ। \b \q1 \v 2 आफ्ना ओठका फलबाट नै मानिसले असल थोकहरू उपभोग गर्दछ; \q2 तर विश्‍वासघातीहरू हिंसाकै चाहना गर्छन्। \b \q1 \v 3 आफ्नो ओठ जोगाउनेले आफ्नो जीवन जोगाउँछ, \q2 तर जो उत्ताउलो भई बोल्छ, त्यो नष्‍ट हुन्छ। \b \q1 \v 4 अल्छेले उत्कट इच्छा गर्छ, र त्यसलाई केही पनि मिल्दैन; \q2 तर परिश्रमीका इच्छाहरू पूर्ण रूपमा पूरा हुन्छन्। \b \q1 \v 5 धर्मीले झूटलाई घृणा गर्छ; \q2 तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, \q2 र आफैँमा बदनाम ल्याउँछ। \b \q1 \v 6 धार्मिकताले निर्दोष मानिसलाई रक्षा गर्छ; \q2 तर दुष्‍टताले पापीलाई नष्‍ट पार्छ। \b \q1 \v 7 कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; \q2 अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ। \b \q1 \v 8 कुनै मानिसको धनले त्यसको जीवनलाई छुटाउन सक्ला, \q2 तर गरिब मानिसले जीवनको धम्कीको डर मान्‍नुपर्दैन। \b \q1 \v 9 धर्मी जनको ज्योति उज्यालो भई चम्कन्छ, \q2 तर दुष्‍टको बत्ती निभाइन्छ। \b \q1 \v 10 अहङ्कारले झगडा मात्र उब्जाउँछ; \q2 तर सरसल्‍लाह लिनेहरूले बुद्धि पाइन्छ। \b \q1 \v 11 बेइमानीसित कमाएको पैसा सकिन्छ; \q2 तर परिश्रम गरी कमाएको पैसा बढ्दैजान्छ। \b \q1 \v 12 ढिलो भएको आशाले हृदय दुर्बल पार्छ, \q2 तर पूरा भएको चाहना जीवनको रूख हो। \b \q1 \v 13 अर्तीलाई अपमान गर्नेले त्यसको मूल्य चुकाउनेछ; \q2 तर आज्ञालाई आदर गर्नेले प्रतिफल पाउनेछ। \b \q1 \v 14 बुद्धिमान्‌को शिक्षा जीवनको मूल हो, \q2 जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। \b \q1 \v 15 असल न्यायले निगाह प्राप्‍त गर्छ; \q2 तर विश्‍वासघातीको मार्गले तिनीहरूलाई विनाशमा डोर्‍याउँछ। \b \q1 \v 16 हरेक विवेकशील मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ; \q2 तर मूर्खले आफ्नो मूर्खता प्रकट गर्छ। \b \q1 \v 17 दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ; \q2 तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ। \b \q1 \v 18 अनुशासनको बेवास्ता गर्नेमाथि गरिबी र शर्म आइपर्नेछन्; \q2 तर सुधारमा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। \b \q1 \v 19 पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; \q2 तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ। \b \q1 \v 20 बुद्धिमान्‌हरूसित हिँड्ने बुद्धिमान् नै हुनेछ; \q2 तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्नेछ। \b \q1 \v 21 पापीलाई विपत्तिले पछ्याउँछ; \q2 तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो। \b \q1 \v 22 असल मानिसले आफ्ना नातिनातिनाहरूका निम्ति पैतृक धन छोडिराख्छ; \q2 तर पापीको धन भने धर्मीको निम्ति नै साँचिएको हुन्छ। \b \q1 \v 23 गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; \q2 तर अन्यायले त्यो खोसिदिन्छ। \b \q1 \v 24 आफ्ना छोराछोरीलाई छडी नलाउनेले तिनीहरूलाई घृणा गर्छ, \q2 तर तिनीहरूलाई प्रेम गर्नेले त तिनीहरूलाई अनुशासनमा राख्दछ। \b \q1 \v 25 धर्मीले पेटभरि खान्छ; \q2 तर दुष्‍टको पेट भोकभोकै हुन्छ। \b \c 14 \q1 \v 1 बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे; \q2 तर मूर्ख स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे। \b \q1 \v 2 याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, \q2 तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्। \b \q1 \v 3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; \q2 तर बुद्धिमान्‌को ओठले तिनीहरूलाई बचाउँछ। \b \q1 \v 4 जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; \q2 तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ। \b \q1 \v 5 साँचो साक्षीले धोका दिँदैन; \q2 तर झूटो साक्षीले असत्य कुराहरू पोख्छ। \b \q1 \v 6 गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; \q2 तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ। \b \q1 \v 7 मूर्ख मानिसबाट टाढै बस, \q2 किनकि उसको ओठमा ज्ञानको कुरा पाइँदैन। \b \q1 \v 8 विवेकशील मानिसको बुद्धिले त्यसलाई सही मार्ग दिन्छ, \q2 तर मूर्खहरूको मूर्खताचाहिँ धोका हो। \b \q1 \v 9 दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; \q2 तर धर्मीहरूमा भने सद्भावना पाइन्छ। \b \q1 \v 10 प्रत्येक मनको तितोपनाले नै जान्दछ; \q2 र कोही त्यसको आनन्दको सहभागी हुन सक्दैन। \b \q1 \v 11 दुष्‍टको घर भत्काइनेछ; \q2 तर धर्मीको पालमा फलिफाप हुनेछ। \b \q1 \v 12 कुनै बाटो मानिसलाई ठिक लाग्ला, \q2 तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ। \b \q1 \v 13 मुखमा हाँसो भए तापनि हृदयमा वेदना हुन सक्छ; \q2 र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ। \b \q1 \v 14 विश्‍वासहीनहरूलाई तिनीहरूको चाल अनुसारको प्रतिफल दिइनेछ; \q2 र असल मानिसले आफ्नो कामको प्रतिफल पाउनेछ। \b \q1 \v 15 सोझो मानिसले हरेक कुरामा विश्‍वास गर्छ; \q2 तर विवेकशील मानिसले आफ्ना पाइलाहरूबारे विचार गर्छ। \b \q1 \v 16 बुद्धिमान् मानिसले याहवेहको डर मान्छ, र दुष्‍टतादेखि परै बस्छ; \q2 तर मूर्खचाहिँ अहङ्कारी हुन्छ, विस्वस्त हुन्छ। \b \q1 \v 17 झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; \q2 र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ। \b \q1 \v 18 रिसाहाले मूर्खता कमाउँछन्, \q2 तर विवेकशीलहरूले ज्ञानको मुकुट लगाउँछन्। \b \q1 \v 19 खराब मानिसहरू असल मानिसहरूका सामु, \q2 र दुष्‍टहरू धर्मीहरूका मूलढोकाको सामु झुक्नेछन्। \b \q1 \v 20 गरिबहरू आफ्नै छिमेकीद्वारा त्यागिन्छन्; \q2 तर धनीको धेरै मित्रहरू हुन्छन्। \b \q1 \v 21 आफ्नो छिमेकीलाई तुच्छ ठान्‍नेले पाप गर्छ; \q2 तर त्यो मानिस धन्य हो, जसले अभावमा परेकाहरूमाथि दया देखाउँछ। \b \q1 \v 22 के दुष्‍ट योजना रच्नेहरू बरालिँदैनन् र? \q2 तर असल योजना बनाउनेहरूले प्रेम र विश्‍वासयोग्यता प्राप्‍त गर्छन्। \b \q1 \v 23 सबै कठोर परिश्रमले लाभ ल्याउँछ; \q2 तर कुरा मात्र गर्ने मानिसचाहिँ गरिबीमा पुग्छ। \b \q1 \v 24 बुद्धिमान्‌को धन तिनीहरूको मुकुट हो; \q2 तर मूर्खहरूको मूर्खपनाले मूर्खता मात्र उत्पन्‍न गराउँछ। \b \q1 \v 25 साँचो साक्षीले जीवन बचाउँछ; \q2 तर झूटो साक्षी छलपूर्ण हुन्छ। \b \q1 \v 26 याहवेहको डर मान्‍नेको किल्‍ला सुरक्षित रहन्छ; \q2 र त्यसका छोराछोरीको लागि त्यो एक शरणस्थान हुनेछ। \b \q1 \v 27 याहवेहप्रतिको श्रद्धा जीवनको मूल हो, \q2 जसले मानिसलाई मृत्युको पासोबाट फर्काउँछ। \b \q1 \v 28 ठूलो जनसंख्या राजाको महिमा हो; \q2 तर प्रजाविनाको शासक नष्‍ट हुन्छ। \b \q1 \v 29 धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, \q2 तर झट्टै रिसाउनेले आफ्नो मूर्खतालाई प्रदर्शन गर्छ। \b \q1 \v 30 शान्त हृदयले शरीरलाई जीवन दिन्छ; \q2 तर ईष्‍र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ। \b \q1 \v 31 गरिबलाई थिचोमिचो गर्नेले आफ्ना सृष्‍टिकर्ताप्रति अपमान दर्शाउँछ; \q2 तर खाँचोमा परेकाहरूप्रति दयालु हुनेले परमेश्‍वरलाई सम्मान दिन्छ। \b \q1 \v 32 जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; \q2 तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ। \b \q1 \v 33 बुद्धिमान्‌को हृदयमा बुद्धिले बास गर्छ, \q2 र मूर्खहरूको बीचमा पनि त्यसले आफूलाई प्रकट गराउँछ। \b \q1 \v 34 धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; \q2 तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ। \b \q1 \v 35 बुद्धिमान् सेवकसँग राजा प्रसन्‍न रहन्छन्; \q2 तर शर्मलाग्दो सेवकले तिनको रिस जगाउँछ। \b \c 15 \q1 \v 1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ; \q2 तर कठोर वचनले रिस उठाउँछ। \b \q1 \v 2 बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; \q2 तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ। \b \q1 \v 3 याहवेहको नजर सर्वत्र रहन्छ; \q2 उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ। \b \q1 \v 4 निको पार्ने जिब्रो जीवनको रूख हो; \q2 तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ। \b \q1 \v 5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; \q2 तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। \b \q1 \v 6 धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; \q2 तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ। \b \q1 \v 7 बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; \q2 तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन। \b \q1 \v 8 दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; \q2 तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ। \b \q1 \v 9 याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; \q2 तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। \b \q1 \v 10 आफ्नो अनुशासनको मार्ग त्याग्नेले कठोर ताडना भोग्नुपर्छ; \q2 जसले सुधारलाई घृणा गर्छ, त्यो मर्नेछ। \b \q1 \v 11 मृत्यु र विनाश\f + \fr 15:11 \fr*\ft मूल भाषामा \ft*\fqa सिओल र अबाडोन\fqa*\f* दुवै याहवेहको सामु खुलस्त रहन्छन्; \q2 मानिसको हृदय झन् कति खुलस्त होला! \b \q1 \v 12 गिल्‍ला गर्नेले सुधारलाई मन पराउँदैन; \q2 त्यसैले तिनीहरू बुद्धिमान्‌लाई तिरस्कार गर्छन्। \b \q1 \v 13 हर्षित हृदयले अनुहार प्रसन्‍न पारिदिन्छ; \q2 तर दुःखित हृदयले आत्मालाई चोट पुर्‍याउँछ। \b \q1 \v 14 विवेकशील हृदयले ज्ञानको खोजी गर्छ; \q2 तर मूर्खको भोजन मूर्खता हो। \b \q1 \v 15 थिचोमिचोमा परेकाहरूका सबै दिन अति दुःखमय हुन्छ; \q2 तर प्रसन्‍न हृदय सधैँ सुखी हुन्छ। \b \q1 \v 16 धेरै सम्पत्ति भएर चिन्तित हुनुभन्दा \q2 याहवेहको भयको साथमा थोरै धन हुनु नै असल हो। \b \q1 \v 17 घृणाले भरिएको घरमा पोसाएको बहरको मासु खानुभन्दा \q2 बरु प्रेमसित सागसब्जी खानु नै बेस हो। \b \q1 \v 18 तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; \q2 तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ। \b \q1 \v 19 अल्छेको मार्ग काँडाले छेकेको हुन्छ; \q2 तर धर्मीको मार्गचाहिँ राजमार्ग हो। \b \q1 \v 20 बुद्धिमान् छोराछोरीले आफ्नो बुबालाई हर्षित तुल्याउँछ, \q2 तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ। \b \q1 \v 21 विवेकहीन मानिसलाई मूर्खताले आनन्द दिन्छ; \q2 तर समझशक्ति भएको मानिस सीधा बाटोमा हिँड्छ। \b \q1 \v 22 सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; \q2 तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्। \b \q1 \v 23 उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; \q2 र ठिक समयमा भनिएको वचन कति असल हुन्छ! \b \q1 \v 24 समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्‍याउँछ; \q2 त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ। \b \q1 \v 25 याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, \q2 तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ। \b \q1 \v 26 याहवेह दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्छ; \q2 तर शुद्ध वचन उहाँलाई मन पर्छ। \b \q1 \v 27 लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; \q2 तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ। \b \q1 \v 28 धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; \q2 तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ। \b \q1 \v 29 याहवेह दुष्‍टदेखि टाढै रहनुहुन्छ; \q2 तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्छ। \b \q1 \v 30 हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; \q2 र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ। \b \q1 \v 31 जसले जीवन दिने हप्कीलाई सुन्छ, \q2 त्यो बुद्धिमान्‌हरूका साथमा रहनेछ। \b \q1 \v 32 अनुशासनको वास्ता नगर्नेले आफूलाई घृणा गर्छ; \q2 तर सुधारमा ध्यान दिनेले समझशक्ति प्राप्‍त गर्छ। \b \q1 \v 33 याहवेहप्रतिको श्रद्धाले नै मानिसलाई बुद्धि सिकाउँछ; \q2 अनि सम्मान पाउनुभन्दा अगि नम्रता आउँछ। \b \c 16 \q1 \v 1 हृदयका योजनाहरू मानिसका हुन्; \q2 तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ। \b \q1 \v 2 हरेक मानिसलाई आफ्ना मार्गहरू निर्दोष लाग्छ; \q2 तर अभिप्रायहरू याहवेहबाट नै जाँचिएका हुन्छन्। \b \q1 \v 3 तिमीले गर्ने जुनसुकै कुरा याहवेहलाई सुम्पिदेऊ, \q2 र उहाँले तिम्रा योजनाहरू सफल पार्नुहुनेछ। \b \q1 \v 4 याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; \q2 उहाँले दुष्‍टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ। \b \q1 \v 5 हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; \q2 यो निश्‍चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्। \b \q1 \v 6 प्रेम र सत्यताद्वारा पापको प्रायश्‍चित हुन्छ; \q2 याहवेहप्रतिको श्रद्धाद्वारा मानिस खराबीदेखि अलग रहन्छ। \b \q1 \v 7 जब कुनै मानिसको जीवन याहवेहको दृष्‍टिमा मनपर्दो हुन्छ, \q2 उहाँले त्यसका शत्रुलाई पनि त्यससित मिलापमा ल्याउनुहुन्छ। \b \q1 \v 8 बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, \q2 धार्मिकताको साथमा थोरै भएको असल हुन्छ। \b \q1 \v 9 मानिसले हृदयमा आफ्नो योजना बनाउँछ; \q2 तर त्यसका कदमहरू भने याहवेहले नै निर्धारण गर्नुहुन्छ। \b \q1 \v 10 राजाको ओठले ईश्‍वरवाणी बोल्दछ; \q2 र तिनको मुखले न्यायलाई चोट पुर्‍याउनुहुँदैन। \b \q1 \v 11 ठिक तराजु र तौल याहवेहकै हुन्, \q2 थैलोभित्रका सबै ढकहरू उहाँद्वारा नै बनिएका हुन्। \b \q1 \v 12 राजाहरूले कुकर्मलाई घृणा गर्दछन्, \q2 किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ। \b \q1 \v 13 राजाहरूले इमानदार ओठलाई मन पराउँछन्; \q2 सत्य बोल्ने मानिसलाई तिनीहरूले मन पराउँछन्। \b \q1 \v 14 राजाको क्रोध मृत्युको दूत हो, \q2 तर बुद्धिमान् मानिसले त्यसलाई शान्त गराउँछ। \b \q1 \v 15 जब राजाको अनुहार उज्यालो हुन्छ, तब त्यसको अर्थ जीवन हुन्छ; \q2 अनि तिनको निगाह बसन्त ऋतुका झरीको बादलजस्तै हो। \b \q1 \v 16 सुनभन्दा बुद्धि प्राप्‍त गर्नु, \q2 र चाँदीभन्दा समझदारी रोज्नु कत्ति असल हो! \b \q1 \v 17 धर्मीको राजमार्ग खराबीदेखि अलग रहन्छ; \q2 आफ्नो चालको रक्षा गर्नेहरूले आफ्नो जीवनको रक्षा गर्छन्। \b \q1 \v 18 विनाशको अगि अहङ्कार आउँछ, \q2 र पतनको अगि घमण्डी आत्मा आउँछ। \b \q1 \v 19 अहङ्कारीहरूसित लुटको मालमा सहभागी हुनुभन्दा \q2 आत्मामा नम्र भई थिचोमिचोमा परेकाहरूका बीचमा रहनु असल हो। \b \q1 \v 20 जसले निर्देशनलाई ध्यान दिन्छ, उसको उन्‍नति हुन्छ, \q2 धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ। \b \q1 \v 21 हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छन्, \q2 र मिठा वचनहरूले अर्तीलाई उत्साहित पार्छन्। \b \q1 \v 22 समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, \q2 तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ। \b \q1 \v 23 बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, \q2 र त्यसका ओठले अर्तीलाई बढाउँछ। \b \q1 \v 24 मिठा वचनहरू महको चाकाजस्तै हुन्छन्, \q2 जो प्राणको निम्ति मिठो र हड्डीलाई निको पार्ने हुन्छ। \b \q1 \v 25 कुनै बाटो मानिसलाई ठिक लाग्ला, \q2 तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ। \b \q1 \v 26 परिश्रमीको पेटले त्यसलाई काम गर्न लगाउँछ; \q2 त्यसको भोकले त्यसलाई काम गर्न लगाउँछ। \b \q1 \v 27 बदमासले दुष्‍ट युक्ति रच्दछ; \q2 र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ। \b \q1 \v 28 भ्रष्‍ट मानिसले विवाद उत्पन्‍न गराउँछ, \q2 र कुराउटेले घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ। \b \q1 \v 29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, \q2 र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ। \b \q1 \v 30 आफ्नो आँखा झिम्काउनेले षड्यन्त्र रचेको हुन्छ; \q2 आफ्ना ओठ लेब्र्याउनेले षड्यन्त्र रचेको हुन्छ। \b \q1 \v 31 फूलेको केश शोभाको मुकुट हो, \q2 यो धर्मी जीवनबाट प्राप्‍त हुँदछ। \b \q1 \v 32 धैर्यवान् मानिस हुनु लडाइँका योद्धा हुनुभन्दा उत्तम हो, \q2 आफ्नो आत्मा नियन्त्रण राख्नु सहर कब्जा गर्नुभन्दा बेस हो। \b \q1 \v 33 चिट्ठा त हालिन्छ, \q2 तर त्यसको हरेक निर्णय याहवेहबाट नै हुन्छ। \b \c 17 \q1 \v 1 शान्ति र मौनसित निस्तो गाँस खानु \q2 कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो। \b \q1 \v 2 विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, \q2 र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ। \b \q1 \v 3 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, \q2 तर हृदयलाई जाँच्नुहुने याहवेह हुनुहुन्छ। \b \q1 \v 4 दुष्‍ट मानिसले दुष्‍ट कुरा सुन्छ; \q2 झूटो बोल्नेले विनाशकारी जिब्रोमाथि ध्यान दिन्छ। \b \q1 \v 5 गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; \q2 अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन। \b \q1 \v 6 नातिनातिनाहरू वृद्धहरूका मुकुट हुन्, \q2 र छोराछोरीहरू तिनीहरूका आमाबुबाका गर्व हुन्। \b \q1 \v 7 भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, \q2 शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ! \b \q1 \v 8 घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; \q2 उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्‍ने उसलाई लाग्छ। \b \q1 \v 9 अपराधलाई ढाकिदिनेले प्रेम जगाउँछ; \q2 तर कुरा दोहोर्‍याउने जोसुकैले पनि घनिष्‍ठ मित्रहरूमा फाटो ल्याउँछ। \b \q1 \v 10 मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त \q2 बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ। \b \q1 \v 11 खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; \q2 त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ। \b \q1 \v 12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त \q2 बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो। \b \q1 \v 13 यदि मानिसले भलाइको साटो खराबी गर्छ भने, \q2 त्यसको घर खराबीले कहिल्यै छोड्नेछैन। \b \q1 \v 14 झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो; \q2 यसकारण झगडा बढ्नुभन्दा अगि नै त्यसलाई अन्त्य गरिदेऊ। \b \q1 \v 15 दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— \q2 यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ। \b \q1 \v 16 मूर्खको हातमा रकम के काम लाग्ला र? \q2 किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन। \b \q1 \v 17 मित्रले सबै समय प्रेम गर्छ, \q2 र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्। \b \q1 \v 18 विवेकहीन मानिसले भाकल गर्छ, \q2 र आफ्नो छिमेकीको जमानी बस्छ। \b \q1 \v 19 झगडा रुचाउनेले पाप रुचाउँछ, \q2 र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ। \b \q1 \v 20 भ्रष्‍ट हृदय भएको मानिसको उन्‍नति हुँदैन; \q2 जसको जिब्रो छली छ, त्यो सङ्कष्‍टमा पर्छ। \b \q1 \v 21 मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, \q2 मूर्खको बुबालाई खुशी मिल्दैन। \b \q1 \v 22 प्रसन्‍न हृदय असल औषधी हो, \q2 तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ। \b \q1 \v 23 दुष्‍ट मानिसले गुप्‍तमा घूस लिन्छ \q2 र न्याय प्राणाली बिगारिदिन्छ। \b \q1 \v 24 विवेकी मानिसले आफ्नो दृष्‍टिमा बुद्धि राख्छ, \q2 तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ। \b \q1 \v 25 मूर्ख छोराछोरीले आफ्नो बुबालाई सन्ताप दिन्छन्, \q2 र त्यसलाई जन्माउनेमाथि तितोपन ल्याउँछन्। \b \q1 \v 26 निर्दोष मानिसलाई दण्ड दिनु, \q2 वा आफ्नो इमानदारीको खातिर कर्मचारीहरूलाई कोर्रा लगाउनु ठिक होइन। \b \q1 \v 27 समझदार मानिसले आफ्नो वचन होसियारीसाथ बोल्छ, \q2 र समझशक्ति भएको मानिस ठण्डा मिजासको हुन्छ। \b \q1 \v 28 चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, \q2 र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ। \b \c 18 \q1 \v 1 मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; \q2 त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ। \b \q1 \v 2 मूर्खले समझदारी मन पराउँदैन, \q2 तर आफ्नै विचारमा धाक लगाउन प्रसन्‍न हुन्छ। \b \q1 \v 3 दुष्‍टता आउँदा घृणा पनि आउँछ; \q2 र शर्मको साथमा अपमान आउँछ। \b \q1 \v 4 मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; \q2 तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ। \b \q1 \v 5 दुष्‍टको पक्ष लिनु राम्रो होइन \q2 अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन। \b \q1 \v 6 मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, \q2 र त्यसको मुखले पिटाइ निम्त्याउँछ। \b \q1 \v 7 मूर्खको मुख नै त्यसको विनाश हो, \q2 अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ। \b \q1 \v 8 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, \q2 ती मानिसका भित्री भागहरूमा पुग्छन्। \b \q1 \v 9 आफ्नो काममा अल्छी गरिरहने व्यक्ति \q2 सर्वनाश गर्नेको भाइ हो। \b \q1 \v 10 याहवेहको नाम किल्‍ला भएको सहरमा हो; \q2 धर्मीहरू त्यहाँ दगुर्दै जान्छन्, र सुरक्षित रहन्छन्। \b \q1 \v 11 धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो; \q2 तिनीहरूले त्यसलाई नाप्‍न नसकिने पर्खाल सम्झन्छन्। \b \q1 \v 12 आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ, \q2 तर सम्मानको अगि नम्रता आउँछ। \b \q1 \v 13 जसले सुन्‍न अगि नै जवाफ दिन्छ, \q2 त्यो त्यसका निम्ति मूर्खता र शर्म हो। \b \q1 \v 14 मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ, \q2 तर टुटेको आत्मालाई कसले सहन सक्छ र? \b \q1 \v 15 विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, \q2 बुद्धिमान्‌को कानले त्यो खोजी निकाल्छ। \b \q1 \v 16 उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ, \q2 र त्यसलाई महान् व्यक्तिहरूको उपस्थितिमा लैजान्छ। \b \q1 \v 17 दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल, \q2 मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठिक देखा पर्छ। \b \q1 \v 18 चिट्ठा हालेर झगडा मिलाइन्छ, \q2 र बलिया प्रतिद्वन्दीहरूलाई अलग राखिन्छ। \b \q1 \v 19 चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; \q2 अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्। \b \q1 \v 20 मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; \q2 त्यसको ओठको कटनीद्वारा त्यो तृप्‍त हुन्छ। \b \q1 \v 21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; \q2 त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्। \b \q1 \v 22 पत्नी पाउनेले असल कुरा पाउँछ, \q2 र त्यसले याहवेहबाट निगाह प्राप्‍त गर्छ। \b \q1 \v 23 गरिब मानिसले दयाको बिन्ती चढाउँछ, \q2 तर धनी मानिसले रुखो जवाफ दिन्छ। \b \q1 \v 24 जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्, \q2 तर कुनै मित्रचाहिँ दाजुभाइभन्दा पनि नजिक हुन्छ। \b \c 19 \q1 \v 1 भ्रष्‍ट ओठ भएको मानिसभन्दा त \q2 निर्दोष जीवन भएको गरिब असल हो। \b \q1 \v 2 ज्ञानविनाको उत्साह असल हुँदैन; \q2 हतार गर्नेले बाटो बिराउँछ। \b \q1 \v 3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्‍याउँछ; \q2 तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ। \b \q1 \v 4 धनले धेरै मित्रहरू बनाउँछ; \q2 तर गरिबको सबैभन्दा नजिकको साथीले पनि तिनीहरूलाई त्यागिदिन्छ। \b \q1 \v 5 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, \q2 र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन। \b \q1 \v 6 धेरैले शासकदेखि निगाह प्राप्‍त गर्न चाहन्छन्; \q2 र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्। \b \q1 \v 7 गरिब मानिस आफ्नै नातेदारहरूद्वारा घृणा गरिन्छ, \q2 त्यसका मित्रहरू झन् त्यसबाट कति टाढा रहलान्! \q1 त्यसले बिन्तीभाउ गरी तिनीहरूका पछि लागे तापनि \q2 तिनीहरू केही प्रतिक्रिया दिँदैनन्\f + \fr 19:7 \fr*\ft मूल भाषामा यसको अर्थ अनिश्‍चित छ।\ft*\f*। \b \q1 \v 8 बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; \q2 समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ। \b \q1 \v 9 झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; \q2 र झूटो कुरा गर्ने नष्‍ट हुनेछ। \b \q1 \v 10 मूर्खलाई विलासी भएर बस्‍न सुहाउँदैन; \q2 दासलाई राजकुमारहरूमाथि शासन गर्न झन् पटक्‍कै सुहाउँदैन! \b \q1 \v 11 बुद्धिले मानिसलाई धैर्यता दिन्छ; \q2 अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ। \b \q1 \v 12 राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; \q2 तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ। \b \q1 \v 13 मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; \q2 र कचकचे पत्नीचाहिँ \q2 तपतप चुहिरहने छानाजस्तै हो। \b \q1 \v 14 घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, \q2 तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ। \b \q1 \v 15 अल्छेपनले घोर निद्रा ल्याउँछ, \q2 र काम नगर्ने मानिस भोकै रहन्छ। \b \q1 \v 16 आज्ञापालन गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, \q2 तर तिनलाई तिरस्कार गर्नेहरू मर्नेछन्। \b \q1 \v 17 गरिबहरूप्रति दयालु हुनेले याहवेहलाई सापट दिन्छ, \q2 र उहाँले तिनीहरूको कामको प्रतिफल फिर्ता दिनुहुनेछ। \b \q1 \v 18 आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, \q2 तिनीहरूको मृत्युमा सहभागी नहोऊ। \b \q1 \v 19 रिसाहा मानिसले परिणाम भोग्नैपर्छ; \q2 त्यसलाई उम्कन दियौ भने फेरि पनि तिमीले त्यसै गर्नुपर्नेछ। \b \q1 \v 20 सल्‍लाह सुन, र अनुशासनलाई ग्रहण गर, \q2 र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ। \b \q1 \v 21 मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, \q2 तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ। \b \q1 \v 22 मानिसले अचुक प्रेमको इच्छा राख्छ\f + \fr 19:22 \fr*\ft अथवा \ft*\fqa लोभ मानिसको शर्म हो।\fqa*\f*; \q2 झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो। \b \q1 \v 23 याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्‍याउँछ, \q2 तब मानिस ढुक्‍कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन। \b \q1 \v 24 अल्छेले आफ्नो हात थालमा हाल्छ, \q2 र त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि ल्याउन चाहँदैन! \b \q1 \v 25 गिल्‍ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्‍नेछ; \q2 विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्। \b \q1 \v 26 आफ्ना बुबालाई लुट्ने र आफ्नी आमालाई \q2 बाहिर निकाल्ने छोराछोरीले शर्म र कलङ्क ल्याउँदछन्। \b \q1 \v 27 हे मेरा छोराछोरी, अर्तीलाई सुन्‍न छोड्यौ भने, \q2 तिमीहरू ज्ञानका वचनहरूदेखि बहकिनेछौ। \b \q1 \v 28 भ्रष्‍ट गवाहीले न्यायलाई खिसी गर्छ, \q2 र दुष्‍टको मुखले दुष्‍टतालाई निल्छ। \b \q1 \v 29 खिसी गर्नेहरूका निम्ति दण्डहरू, \q2 र मूर्खहरूका पिठिउँका निम्ति पिटाइहरू तयार पारिएका हुन्छन्। \b \c 20 \q1 \v 1 दाखमद्य उपहास हो, र कडा मद्यपान हल्‍ला हो; \q2 यी कुराहरूका लतमा लागेकाहरू बुद्धिमान् हुँदैनन्। \b \q1 \v 2 राजाको भय सिंहको गर्जनजस्तो हुन्छ; \q2 तिनलाई रिस उठाउनेहरूले आफ्नो प्राण गुमाउँछन्। \b \q1 \v 3 झगडाबाट अलग्गै रहनु मानिसका निम्ति सम्मानको कुरा हो; \q2 तर हरेक मूर्खचाहिँ झगडा मच्‍चाउनमा छिटो हुन्छ। \b \q1 \v 4 अल्छेले समयमै हलो जोत्दैन; \q2 यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन। \b \q1 \v 5 मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; \q2 तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ। \b \q1 \v 6 धेरै मानिसहरू आफूमा अचुक प्रेम भएको दाबी गर्छन्; \q2 तर विश्‍वासयोग्य मानिस कसले पाउन सक्छ र? \b \q1 \v 7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; \q2 त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्। \b \q1 \v 8 जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, \q2 तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्। \b \q1 \v 9 कसले भन्‍न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, \q2 म सफा र पापरहित छु?” \b \q1 \v 10 असमान ढक र असमान नापहरू— \q2 याहवेहले यी दुवैलाई घृणा गर्नुहुन्छ। \b \q1 \v 11 बालकको चरित्र शुद्ध र ठिक छ कि छैन भनी \q2 उसको चालचलनबाट नै थाहा पाइन्छ। \b \q1 \v 12 सुन्‍ने कान र देख्ने आँखा— \q2 यी दुवै याहवेहले नै बनाउनुभएको हो। \b \q1 \v 13 निद्रालाई प्रेम नगर, नत्रता यसले तिमीलाई गरिब बनाउनेछ; \q2 जागा बस, र तिमीसित खानलाई प्रशस्त अन्‍न हुनेछ। \b \q1 \v 14 ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” \q2 तब फर्कँदा आफ्नो किनाइमा त्यसले घमण्ड गर्छ। \b \q1 \v 15 सुन छ, र माणिकहरू प्रशस्त छन्; \q2 तर ज्ञानका कुरा बोल्ने जिब्रो अमूल्य रत्नजस्तै हुन्छ। \b \q1 \v 16 परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; \q2 परदेशीको\f + \fr 20:16 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa यदि त्यसले स्वेच्छाचारी स्त्रीको\fqa*\f* जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख। \b \q1 \v 17 छलसित प्राप्‍त गरेको भोजन मानिसको लागि स्वादिष्‍ठ हुन्छ, \q2 तर अन्त्यमा त्यो मुखमा रोडाजस्तै हुन्छ। \b \q1 \v 18 सरसल्‍लाहद्वारा योजनाहरू सफल हुन्छन्; \q2 सल्‍लाह नलिई युद्ध गर्न नजाओ। \b \q1 \v 19 कुरौटेले गुप्‍त कुरा प्रकट गरिदिन्छ; \q2 त्यसकारण धेरै बोल्ने मानिसदेखि अलग बस। \b \q1 \v 20 यदि कसैले आफ्ना बुबा वा आमालाई सराप्छ भने, \q2 त्यसको बत्ती घोर अन्धकारमा निभाइनेछ। \b \q1 \v 21 सुरुमै हतारमा प्राप्‍त गरेको पैतृक सम्पत्ति \q2 अन्त्यमा आशिषित हुँदैन। \b \q1 \v 22 यसो नभन, “म तिम्रो खराबीको बदला लिनेछु!” \q2 याहवेहको प्रतीक्षा गर, र उहाँले तिम्रो प्रतिशोध लिनुहुनेछ। \b \q1 \v 23 असमान ढकहरू याहवेहले घृणा गर्नुहुन्छ; \q2 र छलको तराजुले उहाँलाई प्रसन्‍न पार्दैन। \b \q1 \v 24 मानिसका पाइलाहरू याहवेहबाट नै निर्देशन गरिएका हुन्छन्; \q2 यसकारण कसले आफ्नै मार्ग जान्‍न सक्छ र? \b \q1 \v 25 असावधानीपूर्वक केही कुरो अर्पण गरिसकेपछि मात्रै \q2 आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। \b \q1 \v 26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्; \q2 तिनले उनीहरूमाथि दाइँ गर्ने चक्‍का चलाउँछन्। \b \q1 \v 27 याहवेहको ज्योतिले मानिसको आत्मा\f + \fr 20:27 \fr*\ft अथवा \ft*\fqa मानिसका वचनहरू\fqa*\f* खोजी गर्दछ, \q2 जसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ। \b \q1 \v 28 प्रेम र विश्‍वासयोग्यताले राजालाई सुरक्षित राख्छन्; \q2 प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ। \b \q1 \v 29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; \q2 वृद्धहरूको शोभा फुलेको केश हो। \b \q1 \v 30 मुक्‍का र चोटहरूले दुष्‍टता पखालिन्छ, \q2 र पिटाइले भित्री मनुष्यत्व खारिन्छ। \b \c 21 \q1 \v 1 राजाको हृदय याहवेहको हातमा हुन्छ; \q2 उहाँले खोलाको पानीलाई आफ्नो मनपर्दो दिशातिर डोर्‍याएजस्तै, त्यसलाई डोर्‍याउनुहुन्छ। \b \q1 \v 2 मानिसलाई आफ्ना सबै चालहरू ठिक लाग्ला, \q2 तर हृदय जाँच्नुहुने याहवेह नै हुनुहुन्छ। \b \q1 \v 3 ठिक र न्यायोचित काम गर्नुचाहिँ \q2 याहवेहको सामु बलिदानभन्दा बढी ग्रहणयोग्य हुन्छ। \b \q1 \v 4 अहङ्कारी आँखा र अभिमानी हृदय— \q2 दुष्‍टका नजोतिएका जमिनले पाप उब्जाउँछ। \b \q1 \v 5 परिश्रमीको योजनाले लाभ दिन्छ; \q2 हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ। \b \q1 \v 6 झूटो जिब्रोद्वारा कमाएको धन \q2 उडिजाने वाफ र घातक पासो हो।\f + \fr 21:6 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa मृत्यु खोज्नेहरूका निम्ति वाफ हो।\fqa*\f* \b \q1 \v 7 दुष्‍टहरूका हिंसाले नै तिनीहरूलाई पखाल्छ; \q2 किनकि जे ठिक हो, त्यो गर्न तिनीहरूले अस्वीकार गर्दछन्। \b \q1 \v 8 दोषीको चाल बाङ्गो हुन्छ; \q2 तर निर्दोषको चालचलन ठिक हुन्छ। \b \q1 \v 9 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा, \q2 घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो। \b \q1 \v 10 दुष्‍ट मानिसले दुष्‍टताको चाहना गर्छ; \q2 त्यसको छिमेकीले त्यसबाट दया पाउँदैन। \b \q1 \v 11 गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ; \q2 बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ। \b \q1 \v 12 धर्मी जनले\f + \fr 21:12 \fr*\ft अथवा \ft*\fqa परमेश्‍वर\fqa*\f* दुष्‍टको घरलाई चिनिराख्छ; \q2 तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ। \b \q1 \v 13 जसले गरिबको चीत्कार सुन्दैन, \q2 त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन। \b \q1 \v 14 गुप्‍तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; \q2 लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ। \b \q1 \v 15 उचित न्यायले धर्मी जनको हृदयमा आनन्द ल्याउँछ; \q2 तर कुकर्मीहरू भने त्रसित हुन्छन्। \b \q1 \v 16 समझशक्तिदेखि कुमार्गतिर लाग्ने मानिस \q2 मृतकहरूको साथमा विश्राम गर्न पुग्छ। \b \q1 \v 17 सुख-विलास मन पराउने गरिब हुनेछ; \q2 दाखमद्य र विलासिता\f + \fr 21:17 \fr*\ft मूल भाषामा \ft*\fqa तेल\fqa*\f* मन पराउने कहिल्यै धनी हुनेछैन। \b \q1 \v 18 दुष्‍टहरू धर्मीहरूको उद्धारको मोल, \q2 र विश्‍वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्। \b \q1 \v 19 झगडालु र गनगने पत्नीसित बस्‍नुभन्दा त \q2 बरु मरुभूमिमा बस्‍नु असल हुन्छ। \b \q1 \v 20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; \q2 तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। \b \q1 \v 21 धार्मिकता र प्रेमको पछि लाग्नेले \q2 जीवन, उन्‍नति\f + \fr 21:21 \fr*\ft अथवा \ft*\fqa धार्मिकता\fqa*\f* र सम्मान पाउँछ। \b \q1 \v 22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, \q2 र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ। \b \q1 \v 23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले \q2 आफूलाई विपत्तिबाट जोगाउँछ। \b \q1 \v 24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो, \q2 त्यसले अभिमानसाथ व्यवहार गर्दछ। \b \q1 \v 25 अल्छेको इच्छा त्यसकै मृत्यु हुनेछ; \q2 किनकि त्यसका हातहरूले काम गर्न इन्कार गर्छन्। \q1 \v 26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, \q2 तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ। \b \q1 \v 27 दुष्‍टको बलिदान घिनलाग्दो हुन्छ; \q2 त्यसले दुष्‍ट विचारले ल्याएको छ भने झन् कति बढी घृणित हुनेछ! \b \q1 \v 28 झूटो गवाही दिने नष्‍ट हुनेछ; \q2 तर साँचो साक्षीलाई सधैँ सुनिनेछ। \b \q1 \v 29 दुष्‍ट मानिसले आफ्नो अनुहारमा साहसीपना देखाउँछ; \q2 तर धर्मी जीवन जिउनेहरूले आफ्ना चालहरूमा विचार पुर्‍याउँछन्। \b \q1 \v 30 कुनै पनि बुद्धि, अन्तर्दृष्‍टि र योजना, \q2 याहवेहको विरुद्ध सफल हुन सक्दैन। \b \q1 \v 31 घोडा युद्धको निम्ति तयार राखिन्छ; \q2 तर विजयचाहिँ याहवेहकै हातमा हुन्छ। \b \c 22 \q1 \v 1 धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; \q2 सम्मान प्राप्‍त गर्नु चाँदी र सुनभन्दा असल हो। \b \q1 \v 2 धनी र गरिबमा एउटा कुरा समान छ: \q2 याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो। \b \q1 \v 3 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; \q2 तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ। \b \q1 \v 4 धन, सम्मान र दीर्घायु; \q2 नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्। \b \q1 \v 5 दुष्‍टको बाटोमा काँडा र पासाहरू हुन्छन्; \q2 तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ। \b \q1 \v 6 बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; \q2 र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन। \b \q1 \v 7 धनीले गरिबमाथि शासन जमाउँछ; \q2 र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। \b \q1 \v 8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ; \q2 र त्यसका रिसको लहुरो भाँचिनेछ। \b \q1 \v 9 दयालु मानिस आफू पनि आशिषित हुनेछ; \q2 किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ। \b \q1 \v 10 गिल्‍ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; \q2 कलह र अपमानको पनि अन्त्य हुनेछ। \b \q1 \v 11 जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, \q2 उसका लागि राजा पनि मित्र हुनेछ। \b \q1 \v 12 याहवेहको दृष्‍टिले ज्ञानको रक्षा गर्छ, \q2 तर विश्‍वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ। \b \q1 \v 13 अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! \q2 सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।” \b \q1 \v 14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; \q2 याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्। \b \q1 \v 15 बालकको हृदयमा मूर्खता हुन्छ, \q2 तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ। \b \q1 \v 16 आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने \q2 र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ। \ms1 बुद्धिमान्‌का भनाइहरू \s2 भनाइ 1 \q1 \v 17 बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; \q2 म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ! \q1 \v 18 किनकि ती तिम्रा हृदयमा राख्यौ भने, \q2 र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ। \q1 \v 19 तिम्रो भरोसा याहवेहमाथि होस् भनेर \q2 यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई। \q1 \v 20 के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा \q2 सल्‍लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र? \q1 \v 21 आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर \q2 मैले तिमीलाई सत्य विश्‍वसनीय वचनहरू \q2 सिकाएको होइनँ र? \s2 भनाइ 2 \q1 \v 22 असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, \q2 न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल; \q1 \v 23 किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, \q2 र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ। \s2 भनाइ 3 \q1 \v 24 रिसाहा मानिसलाई मित्र नबनाऊ; \q2 झट्टै रिसाउनेहरूसित सङ्गत नगर, \q1 \v 25 नत्रता त्यसको बानी तिमीले सिक्छौ \q2 र आफूलाई पासोमा पार्छौ। \s2 भनाइ 4 \q1 \v 26 बन्धकमा आफ्नो हात नहाल, \q2 अथवा अर्काको ऋणको जमानी नबस; \q1 \v 27 यदि तिमीसित तिर्ने साधन छैन भने, \q2 तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ। \s2 भनाइ 5 \q1 \v 28 प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, \q2 जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्। \s2 भनाइ 6 \q1 \v 29 के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? \q2 तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, \q2 तिनीहरूले तल्‍लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्। \c 23 \s2 भनाइ 7 \q1 \v 1 जब तिमी शासकसँग खान बस्छौ, \q2 तिम्रो अगि के छ, त्यो राम्ररी याद गर। \q1 \v 2 यदि तिम्रो धेरै खाने बानी छ भने, \q2 आफ्नो घाँटीमा छुरी राख। \q1 \v 3 तिनका स्वादिष्‍ठ भोजनहरूको लालसा नगर; \q2 किनकि त्यो भोजन छलपूर्ण हुन्छ। \s2 भनाइ 8 \q1 \v 4 धनी बन्‍न आफूलाई धेरै नघोट; \q2 उचित समयमा आफूलाई रोक्न बुद्धिमान् होऊ। \q1 \v 5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; \q2 किनकि यसका पखेटाहरू पलाउँछन्, \q2 आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ। \s2 भनाइ 9 \q1 \v 6 लोभी मानिसको भोजन नखाऊ, \q2 त्यसका स्वादिष्‍ठ भोजनको चाहना नगर; \q1 \v 7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो, \q2 जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; \q1 त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, \q2 तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन। \q1 \v 8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, \q2 र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ। \s2 भनाइ 10 \q1 \v 9 मूर्खसित नबोल; \q2 किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ। \s2 भनाइ 11 \q1 \v 10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, \q2 अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच, \q1 \v 11 किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; \q2 उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ। \s2 भनाइ 12 \q1 \v 12 तिम्रो हृदय अर्तीमा \q2 र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ। \s2 भनाइ 13 \q1 \v 13 बालकलाई अनुशासनमा राख्न नरोक; \q2 तिमीले तिनीहरूलाई छडी लगायौ भने तिनीहरू मर्नेछैनन्। \q1 \v 14 छडी लगाएर त्यसलाई सजाय देऊ, \q2 र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर। \s2 भनाइ 14 \q1 \v 15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, \q2 मेरो हृदय पनि प्रसन्‍न हुनेछ, \q1 \v 16 तिम्रा ओठले ठिक कुरा बोल्दछ भने, \q2 मेरो अन्तस्करण त्यसै समय रमाउनेछ। \s2 भनाइ 15 \q1 \v 17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; \q2 तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ। \q1 \v 18 निश्‍चय नै तिम्रा निम्ति भविष्यको आशा छ, \q2 र तिम्रो आशा खोसिनेछैन। \s2 भनाइ 16 \q1 \v 19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; \q2 अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ। \q1 \v 20 धेरै दाखमद्य पिउनेहरू, \q2 अथवा मुखमा मासु हसुर्नेहरूसित सङ्गत नगर; \q1 \v 21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; \q2 र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ। \s2 भनाइ 17 \q1 \v 22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, \q2 र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर। \q1 \v 23 सत्य किन, र त्यसलाई नबेच; \q2 बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर। \q1 \v 24 धर्मी मानिसको बुबासित आनन्दित हुने कारण हुन्छ; \q2 बुद्धिमान् सन्तान जन्माउनु आनन्दको कुरा हो! \q1 \v 25 तिम्रा बुबा र आमा प्रसन्‍न होऊन्, \q2 तिमीलाई जन्म दिने आमाले रमाहट गरून्। \s2 भनाइ 18 \q1 \v 26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, \q2 र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन; \q1 \v 27 किनकि व्यभिचारिणी स्त्रीचाहिँ एउटा गहिरो खाडल हो, \q2 र भ्रष्‍ट पत्नी साँघुरो कुवा हो। \q1 \v 28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे, \q2 र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे। \s2 भनाइ 19 \q1 \v 29 कष्‍ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ? \q2 को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ? \q2 कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्? \q1 \v 30 तिनीहरू नै, जो मद्यमै भुलिरहन्छन्; \q2 जो मिश्रित मद्यको कचौरा चाख्न जान्छन्। \q1 \v 31 दाखमद्य रातो हुँदा, \q2 जब यो कचौरामा हाल्दा फीँज उठ्छ, \q2 जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर। \q1 \v 32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ, \q2 र विषालु सर्पले जस्तै विषयुक्त पार्छ। \q1 \v 33 तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, \q2 र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ। \q1 \v 34 महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; \q2 मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ। \q1 \v 35 तिमीले भन्‍नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! \q2 तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! \q1 “म कहिले बिउँझूँ, \q2 अनि म फेरि अर्को मद्य पिऊँ?” \c 24 \s2 भनाइ 20 \q1 \v 1 दुष्‍ट मानिसहरूप्रति ईर्ष्या नगर, \q2 तिनीहरूका सङ्गतको चाहना नगर; \q1 \v 2 किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, \q2 र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ। \s2 भनाइ 21 \q1 \v 3 बुद्धिद्वारा घर बनाइन्छ, \q2 र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ; \q1 \v 4 ज्ञानद्वारा त्यसका कोठाहरू \q2 मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्। \s2 भनाइ 22 \q1 \v 5 बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; \q2 र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ। \q1 \v 6 निश्‍चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; \q2 र विजय पाउनलाई धेरै सल्‍लाहकारहरू चाहिन्छ। \s2 भनाइ 23 \q1 \v 7 मूर्खको लागि बुद्धि धेरै उच्‍च हुन्छ; \q2 मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन। \s2 भनाइ 24 \q1 \v 8 जसले खराबी रच्दछ, \q2 त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ। \q1 \v 9 मूर्खताका षड्यन्त्रहरू पाप हुन्; \q2 र मानिसहरूले गिल्‍ला गर्नेलाई घृणा गर्छन्। \s2 भनाइ 25 \q1 \v 10 यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, \q2 तिम्रो बल कति थोरै रहेछ! \q1 \v 11 अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; \q2 मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक। \q1 \v 12 यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, \q2 तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्‍नुहुन्‍न र? \q1 तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्‍नुहुन्‍न र? \q2 के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र? \s2 भनाइ 26 \q1 \v 13 हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; \q2 चाकाबाट निकालिएको मह स्वादिष्‍ठ हुन्छ। \q1 \v 14 यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; \q2 तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, \q2 र तिम्रो आशा खोसिनेछैन। \s2 भनाइ 27 \q1 \v 15 चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; \q2 तिनको वासस्थान नलुट, \q1 \v 16 किनकि धर्मी मानिस सात पल्ट लड्यो भने तापनि फेरि उठ्छ; \q2 तर दुष्‍टहरूचाहिँ विपत्तिले नष्‍ट हुनेछन्। \s2 भनाइ 28 \q1 \v 17 तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, \q2 तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्; \q1 \v 18 नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; \q2 र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ। \s2 भनाइ 29 \q1 \v 19 दुष्‍ट मानिसहरूका कारण चिन्ता नमान, \q2 न त दुष्‍टहरूप्रति डाही बन। \q1 \v 20 किनकि दुष्‍ट मानिसको भविष्यको आशा हुँदैन, \q2 र दुष्‍टको बत्ती निभाइनेछ। \s2 भनाइ 30 \q1 \v 21 हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; \q2 र विद्रोहीहरूसित नमिल; \q1 \v 22 किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; \q2 दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र? \ms1 बुद्धिमान्‌का अन्य भनाइहरू \p \v 23 यी पनि बुद्धिमान्‌का भनाइहरू हुन्: \q1 न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन। \q1 \v 24 जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, \q2 मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्। \q1 \v 25 तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, \q2 र तिनीहरूले प्रशस्त आशिष्‌हरू प्राप्‍त गर्नेछन्। \b \q1 \v 26 इमानदार जवाफचाहिँ \q2 ओठमाथि परेको चुम्बनजस्तै हो। \b \q1 \v 27 तिम्रो बाहिरको काम पूरा गर, \q2 र तिम्रो खेतबारी तयार पार; \q2 त्यसपछि आफ्नो घर बनाऊ। \b \q1 \v 28 तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, \q2 उसको विषयमा झूटो नबोल। \q1 \v 29 “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, \q2 म त्यसलाई बदला लिनेछु”, भनी नभन। \b \q1 \v 30 म एउटा अल्छेको खेतबाट भएर गएँ; \q2 म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ; \q1 \v 31 चारैतिर काँडाहरू उम्रेका थिए; \q2 जमिन झारैझारले ढाकेको थियो, \q2 अनि ढुङ्गाको पर्खाल भत्किएको थियो। \q1 \v 32 मैले देखेका कुरा हृदयमा विचार गरेँ; \q2 र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ: \q1 \v 33 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, \q2 हात बाँधेर एकैछिन मारिएको थकाइले, \q1 \v 34 तिमीमाथि गरिबी डाँकुजस्तै \q2 र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ। \c 25 \ms1 सोलोमनका अरू हितोपदेशहरू \p \v 1 सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्‍कल गरे: \q1 \v 2 कुनै कुरा गोप्य राख्दा परमेश्‍वरको महिमा हुन्छ; \q2 कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ, \q1 \v 3 जसरी आकाशहरू उच्‍च छन् र पृथ्वी गहिरो, \q2 त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन। \b \q1 \v 4 चाँदीबाट अशुद्धता निकालिदेऊ, \q2 ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्। \q1 \v 5 राजाको उपस्थितिबाट दुष्‍ट अधिकारीहरूलाई निकालिदेऊ, \q2 र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ। \b \q1 \v 6 राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार, \q2 र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर। \q1 \v 7 तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, \q2 तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। \b \q1 तिमीले आफ्नो आँखाले देखेका कुरा \q2 \v 8 झट्टै अदालतमा नलैजाऊ; \q1 किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई \q2 शर्ममा पार्‍यो भने तिमी के गर्छौ? \b \q1 \v 9 आफ्नो छिमेकीसित बहस गर्दा, \q2 अर्को मानिसको गोपनीयतामा विश्‍वासघात नगर, \q1 \v 10 नत्रता त्यो सुन्‍नेले तिमीलाई शर्ममा पार्नेछ, \q2 र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन। \b \q1 \v 11 ठिकसित बोलिएको वचन \q2 चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्। \q1 \v 12 सुन्‍ने कानलाई बुद्धिमान् मानिसको हप्की \q2 सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो। \b \q1 \v 13 कटनीको समयमा हिउँको चिसोजस्तै, \q2 विश्‍वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; \q2 उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ। \q1 \v 14 झरीविनाका बादल र बतासजस्तै, \q2 आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ। \b \q1 \v 15 धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; \q2 र मिठो वचनले हड्डी तोडिदिन सक्छ। \b \q1 \v 16 मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; \q2 धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ। \q1 \v 17 तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; \q2 घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ। \b \q1 \v 18 आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस \q2 मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो। \q1 \v 19 विपत्तिको समयमा विश्‍वासघाती मानिसमाथि भरोसा गर्नु, \q2 भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो। \q1 \v 20 दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, \q2 जाडोको दिनमा लुगा खोस्‍ने मानिसजस्तै \q2 अथवा घाउमा चूक हालेजस्तै हो। \b \q1 \v 21 यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; \q2 यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ। \q1 \v 22 यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; \q2 र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ। \b \q1 \v 23 उत्तरी बतासले अचानक पानी ल्याएजस्तै \q2 धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ। \b \q1 \v 24 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा \q2 घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो। \b \q1 \v 25 टाढा देशबाट आएको शुभ समाचार, \q2 थाकेको प्राणको लागि चिसो पानीजस्तै हो। \q1 \v 26 दुष्‍ट मानिसको अगि झुक्ने धर्मी मानिस, \q2 हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो। \b \q1 \v 27 धेरै मह खानु असल होइन, \q2 न त आफ्नै मान खोज्नु सम्मानजनक हो। \b \q1 \v 28 आत्मसंयम नभएका मानिस, \q2 पर्खाल भत्काइएको सहरजस्तै हो। \c 26 \q1 \v 1 ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, \q2 मूर्खलाई सम्मान सुहाउँदैन। \q1 \v 2 भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, \q2 कारणविनाको श्राप पनि लाग्दैन। \q1 \v 3 घोडाको लागि कोर्रा, गधाको लागि लगाम, \q2 र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ! \q1 \v 4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, \q2 नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। \q1 \v 5 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, \q2 नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ। \q1 \v 6 मूर्खको हातमा समाचार पठाउनु भनेको \q2 आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो। \q1 \v 7 मूर्खको मुखमा हितोपदेश \q2 अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो। \q1 \v 8 मूर्खलाई सम्मान दिनु \q2 घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो। \q1 \v 9 मूर्खको मुखमा हितोपदेश \q2 मतवालाको हातमा भएको काँडे झारजस्तै हो। \q1 \v 10 मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु \q2 धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो। \q1 \v 11 कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, \q2 मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ। \q1 \v 12 के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ? \q2 त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ। \b \q1 \v 13 अल्छेले भन्छ, “बाटोमा सिंह छ, \q2 एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।” \q1 \v 14 ढोका कब्जामा यताउता फर्केजस्तै, \q2 अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ। \q1 \v 15 अल्छेले आफ्नो हात थालमा राख्छ, \q2 तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ। \q1 \v 16 सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, \q2 एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ। \b \q1 \v 17 बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, \q2 कुकुरलाई कानमा समात्नुजस्तै हो। \b \q1 \v 18-19 आफ्नो छिमेकीलाई छल गरिसकेपछि, \q2 “मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति \q1 अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो। \b \q1 \v 20 दाउराविना आगो निभ्छ; \q2 कुरौटेविना झगडा शान्त हुन्छ। \q1 \v 21 भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, \q2 झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ। \q1 \v 22 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, \q2 ती मानिसका भित्री भागहरूमा पुग्छन्। \b \q1 \v 23 माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, \q2 दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्। \q1 \v 24 शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, \q2 तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ। \q1 \v 25 त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्‍वास नगर; \q2 किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ। \q1 \v 26 त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ, \q2 तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ। \q1 \v 27 कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; \q2 कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ। \q1 \v 28 झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, \q2 र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ। \b \c 27 \q1 \v 1 भोलिको घमण्ड नगर; \q2 किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ। \b \q1 \v 2 तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; \q2 कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन। \b \q1 \v 3 ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, \q2 तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ। \b \q1 \v 4 रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; \q2 तर डाहको अगि को खडा हुन सक्छ र? \b \q1 \v 5 गुप्‍तको प्रेमभन्दा \q2 खुल्‍लमखुल्‍ला हप्की असल हुन्छ। \b \q1 \v 6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; \q2 तर शत्रुले चुम्बनको वर्षा गर्छ। \b \q1 \v 7 अघाएको पेटले मह रुचाउँदैन, \q2 तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ। \b \q1 \v 8 घरदेखि टाढा बरालिएको मानिस, \q2 आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो। \b \q1 \v 9 अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; \q2 र मित्रको आनन्द त्यसको \q2 आन्तरिक सल्‍लाहबाट आउँछ। \b \q1 \v 10 आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, \q2 तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; \q2 किनकि टाढा बस्‍ने आफन्तभन्दा नजिक बस्‍ने छिमेकी असल हुन्छ। \b \q1 \v 11 हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; \q2 तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु। \b \q1 \v 12 विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; \q2 तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ। \b \q1 \v 13 परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; \q2 परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख। \b \q1 \v 14 कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने, \q2 त्यो त त्यसका निम्ति श्राप दिएजस्तो हुनेछ। \b \q1 \v 15 झगडालु पत्नी मुसलधारे पानी परेको दिन \q2 तपतप चुहिरहने छानोजस्तै हो, \q1 \v 16 त्यसलाई वशमा राख्नु \q2 बतासलाई वशमा राख्नुजस्तो हो, अथवा हातले तेललाई च्याप्प पक्रनुजस्तै हो। \b \q1 \v 17 फलामले फलामलाई धारिलो बनाएजस्तै, \q2 एउटा मानिसले अर्को मानिसलाई तिखार्छ। \b \q1 \v 18 अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; \q2 र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ। \b \q1 \v 19 पानीमा अनुहार प्रतिविम्बित भएजस्तै, \q2 मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ। \b \q1 \v 20 मृत्यु र विनाश\f + \fr 27:20 \fr*\ft मूल भाषामा \ft*\fqa शिओल र अबाडोन\fqa*\f* कहिल्यै सन्तुष्‍ट हुँदैनन्, \q2 न त मानिसका आँखा नै सन्तुष्‍ट हुन्छ। \b \q1 \v 21 चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, \q2 तर मानिसलाई चाहिँ त्यसले पाएको प्रशंसाद्वारा जाँचिएको हुन्छ। \b \q1 \v 22 मूर्खलाई ओखलीमा पिँधे तापनि \q2 वा त्यसलाई जाँतोमा राखेर अन्‍नझैँ पिँधे तापनि \q2 तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ। \b \q1 \v 23 तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर, \q2 आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ; \q1 \v 24 किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; \q2 र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन। \q1 \v 25 जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ, \q2 अनि डाँडा-पाखाहरूबाट घाँस बटुलिन्छ, \q1 \v 26 तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्; \q2 र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्। \q1 \v 27 तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ, \q2 र तिम्रा नोकर्नीहरूलाई पोषण हुनेछ। \b \c 28 \q1 \v 1 कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; \q2 तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ। \b \q1 \v 2 कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; \q2 तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ। \b \q1 \v 3 गरिबमाथि शोषण गर्ने शासक \q2 अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो। \b \q1 \v 4 व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; \q2 तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। \b \q1 \v 5 दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, \q2 तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्। \b \q1 \v 6 धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा \q2 बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो। \b \q1 \v 7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; \q2 तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्। \b \q1 \v 8 ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, \q2 त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ। \b \q1 \v 9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, \q2 त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्। \b \q1 \v 10 जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, \q2 त्यो आफ्नै पासोमा फस्‍नेछ; \q2 तर निर्दोषले प्रशस्त अंश पाउनेछ। \b \q1 \v 11 धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ; \q2 तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ। \b \q1 \v 12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; \q2 तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्। \b \q1 \v 13 आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन; \q2 तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ। \b \q1 \v 14 धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; \q2 तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ। \b \q1 \v 15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक \q2 गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ। \b \q1 \v 16 अत्याचारी शासकको विवेक हुँदैन; \q2 तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ। \b \q1 \v 17 हत्याको दोषले सताएको मानिस \q2 चिहानमा शरण लिनेछ; \q2 कसैले पनि त्यसलाई सहायता नगरोस्। \b \q1 \v 18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; \q2 तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्। \b \q1 \v 19 आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; \q2 तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्। \b \q1 \v 20 विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; \q2 तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन। \b \q1 \v 21 पक्षपात गर्नु उचित होइन; \q2 तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ। \b \q1 \v 22 लोभी मानिस धनी हुने लालसा गर्छ; \q2 र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन। \b \q1 \v 23 कुनै मानिसलाई हप्काउनेले अन्त्यमा \q2 चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ। \b \q1 \v 24 आफ्नो बुबा वा आमालाई लुटेर \q2 “यो त भूल होइन” भन्‍ने व्यक्ति \q2 विनाशकारीको साझेदारजस्तै हो। \b \q1 \v 25 लोभी मानिसले फाटो ल्याउँछ; \q2 तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ। \b \q1 \v 26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; \q2 तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ। \b \q1 \v 27 जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; \q2 तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ। \b \q1 \v 28 दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; \q2 तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्। \b \c 29 \q1 \v 1 बारम्बार हप्की पाएर पनि अटेरी भई बस्‍ने मानिस, \q2 अचानक नाश हुनेछ—उपाय नै नरहने गरी। \b \q1 \v 2 धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; \q2 दुष्‍टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्। \b \q1 \v 3 बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; \q2 तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ। \b \q1 \v 4 राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; \q2 तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ। \b \q1 \v 5 जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, \q2 त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ। \b \q1 \v 6 दुष्‍ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; \q2 तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ। \b \q1 \v 7 धर्मीले गरिबको न्यायको वास्ता गर्छ; \q2 तर दुष्‍टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन। \b \q1 \v 8 गिल्‍ला गर्नेले सहरभरि हल्‍ला मच्‍चाउँछ; \q2 तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ। \b \q1 \v 9 यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, \q2 मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन। \b \q1 \v 10 रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; \q2 र धर्मीलाई मार्न खोज्छन्। \b \q1 \v 11 मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, \q2 तर बुद्धिमान्‌ले यसलाई नियन्त्रणमा राख्छ। \b \q1 \v 12 यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, \q2 त्यसका सबै अधिकारीहरू दुष्‍ट हुनेछन्। \b \q1 \v 13 गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: \q2 याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ। \b \q1 \v 14 यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, \q2 तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ। \b \q1 \v 15 सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, \q2 तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्। \b \q1 \v 16 जब दुष्‍टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; \q2 तर धर्मीले तिनीहरूको पतन देख्नेछ। \b \q1 \v 17 आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; \q2 तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्। \b \q1 \v 18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; \q2 तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ। \b \q1 \v 19 दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; \q2 तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्। \b \q1 \v 20 के हतारसित बोल्ने मानिसलाई देखेका छौ? \q2 त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ। \b \q1 \v 21 मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, \q2 अन्त्यमा त्यो समस्या बन्‍नेछ। \b \q1 \v 22 क्रोधी मानिसले झगडा मच्‍चाउँछ, \q2 अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ। \b \q1 \v 23 मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; \q2 तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ। \b \q1 \v 24 चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; \q2 त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन। \b \q1 \v 25 मानिसको डर पासोमा प्रमाणित हुन्छ; \q2 तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ। \b \q1 \v 26 धेरैले शासकको निगाह प्राप्‍त गर्न चाहन्छन्; \q2 तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ। \b \q1 \v 27 भ्रष्‍ट मानिसले धर्मीलाई घृणा गर्छ; \q2 र दुष्‍टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ। \c 30 \ms1 आगूरका भनाइहरू \p \v 1 याकेका छोरा आगूरका वचन—एक ईश्‍वरवाणी: \q1 यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्: \b \q1 \v 2 निःसंदेह म एक जनावर हुँ, मानिस होइनँ; \q2 मसँग मानवीय समझशक्ति छैन। \q1 \v 3 मैले बुद्धि सिकिनँ, \q2 न त मसित पवित्र परमेश्‍वरको ज्ञान नै छ। \q1 \v 4 स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? \q2 कसका हातले बतासलाई समातेको छ? \q1 कसले पानीलाई वस्त्रमा बाँधेको छ? \q2 कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? \q1 उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? \q2 यदि तिमीलाई थाहा छ भने मलाई भन! \b \b \q1 \v 5 “परमेश्‍वरका प्रत्येक वचन खोटरहित छ; \q2 उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ। \q1 \v 6 उहाँका वचनहरूमा केही नथप; \q2 नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ। \b \q1 \v 7 “हे याहवेह, तपाईंबाट म दुई कुराहरू माग्दछु; \q2 म मर्नुभन्दा अगि ती मबाट इन्कार नगर्नुहोस्: \q1 \v 8 असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; \q2 न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; \q2 तर मलाई केवल दैनिक भोजन दिनुहोस्। \q1 \v 9 नत्रता मसित प्रशस्त भएर मैले तपाईंलाई इन्कार गरुँला, \q2 र भनुँला ‘याहवेह को हुनुहुन्छ र?’ \q1 अथवा म गरिब भएर चोरी गरुँला, \q2 र मेरा परमेश्‍वरको नामको अनादर गरुँला। \b \q1 \v 10 “कर्मचारीलाई त्यसको मालिकको सामु अपमान नगर्नू; \q2 नत्रता त्यसले तिमीलाई सराप्ला र तिमीले नोक्सानी उठाउनुपर्नेछ। \b \q1 \v 11 “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; \q2 र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्। \q1 \v 12 तिनीहरू, जो आफ्नै दृष्‍टिमा शुद्ध छन्, \q2 र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्। \q1 \v 13 तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! \q2 जसका आँखीभौँ घमण्डले उठेका छन्, \q1 \v 14 तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, \q2 र जसका बङ्गाराहरू छुरीजस्तै छन्, \q1 जसले गरिबलाई पृथ्वीबाट \q2 र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्। \b \q1 \v 15 “जुकाका दुई छोरीहरू छन्। \q2 तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। \b \li1 “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्‍त हुँदैनन्; \li2 चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्! \li3 \v 16 चिहान, \li3 बाँझो गर्भ; \li3 जमिन, जो कहिल्यै पानीदेखि तृप्‍त हुँदैन, \li3 र आगो, जसले कहिल्यै ‘पुग्यो!’ भनी भन्दैन। \b \q1 \v 17 “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, \q2 र आमाको आज्ञालाई तुच्छ ठान्छ, \q1 त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, \q2 र गिद्धहरूले खानेछन्। \b \li1 \v 18 “तीन वटा कुराहरू छन्, जो मेरा निम्ति धेरै अचम्मका छन्; \li2 चार वटा, जो म बुझ्दिनँ: \li3 \v 19 आकाशमा गरुडको चाल; \li3 चट्टानमाथि सर्पको चाल, \li3 महासमुद्रमा जहाजको चाल; \li3 र स्त्रीसँग पुरुषको चाल। \b \q1 \v 20 “व्यभिचारिणी स्त्रीको चाल यस्तो हुन्छ: \q2 त्यसले खान्छे र आफ्नो मुख पुछ्छे, \q2 अनि त्यसपछि भन्छे, ‘मैले केही कुकर्म गरेकी छैनँ।’ \b \li1 \v 21 “तीन वटा कुराहरूमा पृथ्वी काम्छ; \li2 चार वटा कुराहरू, जो त्यसले सहन सक्दैन: \li3 \v 22 नोकर, जब राजा बन्छ, \li3 मूर्खले पेटभरि भोजन खाएको, \li3 \v 23 माया नपाएकी स्त्रीले विवाह गरेकी, \li3 र नोकर्नी, जो आफ्नी मालिक्नीलाई पन्छाएर तिनको स्थानमा बस्छे। \b \li1 \v 24 “पृथ्वीमा चार वटा कुराहरू साना छन्, \li2 तापनि तिनीहरू अति बुद्धिमान् छन्: \li2 \v 25 कमिलाहरू, जो थोरै बल भएका प्राणी हुन्, \li3 तापनि तिनीहरूले ग्रीष्म ऋतुमा नै आफ्नो भोजनको सञ्चय गर्छन्, \li2 \v 26 भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, \li3 तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्, \li2 \v 27 सलहहरूका राजा हुँदैनन्, \li3 तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्। \li2 \v 28 माउसुली, जसलाई हातले समात्न सक्छौँ, \li3 तापनि त्यो राजाको महलहरूमा पाइन्छ। \b \li1 \v 29 “तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; \li2 चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्: \li3 \v 30 सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन, \li3 \v 31 रवाफसित हिँड्ने भाले, \li3 बोको; \li3 अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा। \b \q1 \v 32 “तिमी मूर्ख भएर आफूलाई उच्‍च पार्‍यौ भने, \q2 अथवा तिमीले दुष्‍ट युक्ति रच्यौ भने, \q2 तिम्रो मुखमाथि हात राख! \q1 \v 33 किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, \q2 र नाक बटार्दा रगत निस्केजस्तै, \q2 रिसलाई चलाउँदा झगडा उत्पन्‍न हुन्छ।” \c 31 \ms1 राजा लमूएलका भनाइहरू \p \v 1 राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी। \q1 \v 2 हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! \q2 हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्! \q1 \v 3 तेरो आफ्नो सम्पूर्ण बल\f + \fr 31:3 \fr*\ft अथवा \ft*\fqa सम्पत्ति\fqa*\f* स्त्रीहरूलाई दिएर नसक्; \q2 तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्। \b \q1 \v 4 यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— \q2 राजाहरूले मद्यपान गर्नुहुन्‍न, \q2 शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न, \q1 \v 5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, \q2 र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्। \q1 \v 6 तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, \q2 जो वेदनामा परेका छन्। \q1 \v 7 तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, \q2 अनि आफ्ना वेदना कहिल्यै नसम्झून्। \b \q1 \v 8 आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, \q2 र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे। \q1 \v 9 आवाज उठा, र ठिकसित न्याय गर्, \q2 गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्! \ms1 उपसंहार: असल चरित्र भएकी पत्नी \q1 \v 10 \f + \fr 31:10 \fr*\ft \+xt 10‑31|link-href="PRO 31:10‑31"\+xt* पदहरू एकरोस्टिक कविता हुन्, जसका पदहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छ।\ft*\f* असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? \q2 तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्। \q1 \v 11 तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; \q2 र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन। \q1 \v 12 तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, \q2 तर असल कुरा दिन्छिन्। \q1 \v 13 तिनले ऊन र सनपाट चुन्छिन्, \q2 र इच्छुक हातले काम गर्छिन्। \q1 \v 14 व्यापारीका जहाजहरूले जस्तै; \q2 तिनले टाढाबाट भोजन ल्याउँछिन्। \q1 \v 15 मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, \q2 आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, \q2 र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्। \q1 \v 16 तिनले विचार गरेर एउटा जमिन किन्छिन्, \q2 र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्। \q1 \v 17 तिनले आफ्नो काम जोसका साथ गर्छिन्; \q2 आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्। \q1 \v 18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; \q2 र राति तिनको बत्ती निभ्दैन। \q1 \v 19 तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, \q2 र आफ्नो औँलाले पिउरी समाउँछिन्। \q1 \v 20 तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; \q2 र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्। \q1 \v 21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; \q2 किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्। \q1 \v 22 तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; \q2 तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्। \q1 \v 23 उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, \q2 जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्। \q1 \v 24 तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; \q2 र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्। \q1 \v 25 तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; \q2 भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्। \q1 \v 26 तिनी बुद्धिसित बोल्छिन्; \q2 अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ। \q1 \v 27 तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, \q2 र आलस्यपनको रोटी खाँदिनन्। \q1 \v 28 तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, \q2 तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्: \q1 \v 29 “धेरै स्त्रीहरूले असल काम गर्छन्; \q2 तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।” \q1 \v 30 सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; \q2 तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ। \q1 \v 31 तिनले कमाएको इनाम तिनलाई नै देऊ; \q2 र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।