\id PHP - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h फिलिप्पी \toc1 फिलिप्पीका मण्डलीलाई पावलको पत्र \toc2 फिलिप्पी \toc3 फिलि \mt1 फिलिप्पीका मण्डलीलाई पावलको पत्र \c 1 \po \v 1 ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट, \po ख्रीष्‍ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई: \po \v 2 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति! \s1 धन्यवाद ज्ञापन र प्रार्थना \p \v 3 जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। \v 4 मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु। \v 5 किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। \v 6 यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ। \p \v 7 तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ। \v 8 परमेश्‍वर साक्षी हुनुहुन्छ, कि ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु। \p \v 9 मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्। \v 10 यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक। \v 11 अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक। \s1 पावलको कैदद्वारा सुसमाचारको विस्तार \p \v 12 दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु। \v 13 परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ। \v 14 अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्‍वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्। \p \v 15 यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्‍टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। \v 16 म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। \v 17 डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्‍टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्। \v 18 तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्‍ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। \p हो, म निरन्तर आनन्दित हुनेछु। \v 19 किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। \v 20 म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ। \v 21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो। \v 22 यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! \v 23 म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। \v 24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। \v 25 म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; \v 26 यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। \s1 सुसमाचारको योग्य जीवन \p \v 27 जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। \v 28 तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो। \v 29 किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ। \v 30 किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ। \c 2 \s1 ख्रीष्‍टको नम्रताको अनुकरण \p \v 1 यसकारण यदि ख्रीष्‍टसँगको एकतामा तिमीसँग केही प्रोत्साहन, उहाँको प्रेमबाट केही सान्त्वना, पवित्र आत्मामा केही साझा भाग, केही स्‍नेह र सहानुभूति छ भने, \v 2 एउटै मनका भएर, एउटै प्रेममा रहेर, एउटै आत्मा र लक्ष्य लिएर मेरो आनन्द पूरा गर। \v 3 स्वार्थी आकांक्षा वा व्यर्थको अहङ्कारमा केही नगर, तर नम्रतामा एक-अर्कालाई आफूभन्दा श्रेष्‍ठ ठान। \v 4 तिमीहरू हरेकले केवल आफ्नो मात्र भलाइ नखोज, तर तिमीहरू हरेकले अरूको भलाइलाई पनि विचार गर। \p \v 5 तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्‍ट येशूको जस्तै मन होस्: \q1 \v 6 उहाँ स्वभावमा परमेश्‍वर भएर पनि\f + \fr 2:6 \fr*\ft अथवा \ft*\fqa परमेश्‍वरको स्वरूपमा\fqa*\f* \q2 परमेश्‍वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्‍नुभएन; \q1 \v 7 तर आफैँलाई रित्त्याईकन \q2 एउटा सेवकको रूप लिएर \q2 मानिसको प्रतिरूपमा बनिनुभयो। \q1 \v 8 अनि स्वरूपमा मानिसजस्तै भएर, \q2 उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, \q2 र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै \q3 आज्ञाकारी हुनुभयो। \b \q1 \v 9 त्यसैकारण परमेश्‍वरले उहाँलाई सर्वोच्‍च स्थानसम्म उच्‍च पार्नुभयो, \q2 र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्‍च छ, \q1 \v 10 यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका, \q2 हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ; \q1 \v 11 अनि परमेश्‍वर पिताको महिमाको निम्ति, \q2 हरेक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। \s1 ताराझैँ चम्कनु \p \v 12 यसैले मेरा प्रिय मित्रहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैँ पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु; यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्‍वरमा आज्ञाकारी भई गहिरो भक्ति र भयका साथ आफ्नो मुक्तिका परिणामहरू देखाउन कडा परिश्रम गर। \v 13 किनकि तिमीहरूमा काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। \p \v 14 गनगन र वाद-विवाद नगरी सबै काम गर; \v 15 ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।”\f + \fr 2:15 \fr*\ft \+xt व्यव 32:5\+xt*\ft*\f* तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ। \v 16 यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ। \v 17 तर यदि तिमीहरूको विश्‍वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। \v 18 त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ। \s1 तिमोथी र इपाफ्रोडिटस \p \v 19 म प्रभु येशूमा आशा गर्दछु, यस हेतुले कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्‍न हुन सकूँ। \v 20 मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। \v 21 किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्‍टको इच्छा खोज्दैनन्। \v 22 तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। \v 23 यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्‍ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। \v 24 अनि म प्रभुमा निश्‍चित छु, कि म आफैँ पनि चाँडै आउनेछु। \p \v 25 तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचोहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, तिनलाई तिमीहरूकहाँ फेरि फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। \v 26 किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। \v 27 वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्‍वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। \v 28 यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। \v 29 यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर; \v 30 किनकि तिनी ख्रीष्‍टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले। \c 3 \s1 शरीरमा भरोसा नगर्नू \p \v 1 चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो। \v 2 कुकुरले जस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्‍नेहरूदेखि होसियार रहो। \v 3 किनकि हामी खतना भएकाहरू हौँ, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौँ। हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र हामीले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौँ। \v 4 यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। \p यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्: \v 5 आठौँ दिनमा मेरो खतना भएको हो; इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी; \v 6 जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित। \p \v 7 तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। \v 8 हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु; त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। \v 9 उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। \v 10 म ख्रीष्‍टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍न चाहन्छु—उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; \v 11 अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। \p \v 12 मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। \v 13 दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; \v 14 म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ। \s1 पावलको अनुकरण गर्नु \p \v 15 यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ। \v 16 हामीले जे जति प्राप्‍त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। \p \v 17 दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। \v 18 किनकि मैले तिमीहरूलाई धेरै पल्ट भनेको छु; अनि अहिले फेरि पनि आँसुको साथ भन्दछु, धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जीवन जिउँछन्। \v 19 तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ। \v 20 तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। \v 21 उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्। \c 4 \s1 निष्कर्षमा स्थिर र एकतामा रहन बिन्ती \p \v 1 यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे मेरा प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो। \p \v 2 इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होऊन् भनी विनम्रपूर्वक म बिन्ती गर्दछु। \v 3 अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्। \s1 अन्तिम अर्तीहरू \p \v 4 प्रभुमा सधैँ आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! \v 5 तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। \v 6 कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्बिन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गरिऊन्। \v 7 तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ। \p \v 8 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, जे कुरा सत्य छ, जे कुरा आदरणीय छ, जे कुरा ठिक छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेमको योग्य छ, जे कुरा सह्रानीय छ, यदि केही कुरा सर्वश्रेष्‍ठ र प्रशंसायोग्य छ भने यिनै कुराहरूको विचार गर। \v 9 जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौ अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ। \s1 भेटीको लागि धन्यवाद \p \v 10 प्रभुमा म अत्यन्तै आनन्दित छु; किनकि अन्त्यमा तिमीहरूको वास्ता मप्रति फेरि पलाएको छ, वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ। \v 11 म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन; किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु। \v 12 म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु। \v 13 उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्ति दिनुहुन्छ। \p \v 14 मेरो कष्‍टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। \v 15 यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ, कि तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट बिदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। \v 16 किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एक पटकभन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। \v 17 मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु। \v 18 मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ; किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ। \v 19 र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ। \p \v 20 हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन। \b \s1 अन्तिम अभिवादन \p \v 21 ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। \p मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। \p \v 22 यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। \b \p \v 23 प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।