\id NUM - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h गन्ती \toc1 गन्तीको पुस्तक \toc2 गन्ती \toc3 गन्ती \mt1 गन्तीको पुस्तक \c 1 \s1 जनगणना \p \v 1 14 इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा,\f + \fr 1:1 \fr*\ft यो मिति चन्द्र पात्रोअनुसारको हो। आजको समयमा यो चैत्र-वैशाखतिर पर्दछ।\ft*\f* सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्‍नुभयो, \v 2 “सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्। \v 3 तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ। \v 4 हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।” \b \lh \v 5 तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: \b \li1 “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर; \li1 \v 6 शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल; \li1 \v 7 यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन; \li1 \v 8 इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल; \li1 \v 9 जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब; \li1 \v 10 योसेफका छोराहरूबाट: \li2 अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; \li2 मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल; \li1 \v 11 बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान; \li1 \v 12 दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर; \li1 \v 13 आशेरको कुलबाट ओक्रानको छोरा पगीएल; \li1 \v 14 गादको कुलबाट देउएलको छोरो एल्यासाप; \li1 \v 15 नप्‍तालीको कुलबाट एनानको छोरा अहीरा।” \b \lf \v 16 यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए। \b \p \v 17 माथि नाम उल्‍लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए; \v 18 र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए। \v 19 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे: \b \li1 \v 20 इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो। \v 21 रूबेनको कुलको संख्या 46,500 थियो। \b \li1 \v 22 शिमियोनको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 23 शिमियोन कुलको संख्या 59,300 थियो। \b \li1 \v 24 गादको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 25 गाद कुलको संख्या 45,650 थियो। \b \li1 \v 26 यहूदाको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 27 यहूदा कुलको संख्या 74,600 थियो। \b \li1 \v 28 इस्साखारको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 29 इस्साखारको कुलको संख्या 74,600 थियो। \b \li1 \v 30 जबूलूनको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 31 जबूलून कुलको संख्या 57,400 थियो। \b \lh \v 32 योसेफका छोराहरूबाट: \li1 एफ्राइमका कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 33 एफ्राइम कुलको 40,500 थियो। \li1 \v 34 मनश्शेको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 35 मनश्शे कुलको संख्या 32,200 थियो। \b \li1 \v 36 बेन्यामीनको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 37 बेन्यामीन कुलको संख्या 35,400 थियो। \b \li1 \v 38 दानको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 39 दान कुलको संख्या 62,700 थियो। \b \li1 \v 40 आशेरको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 41 आशेर कुलको संख्या 41,500 थियो। \b \li1 \v 42 नप्‍तालीको कुलबाट: \li2 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। \v 43 नप्‍ताली कुलको संख्या 53,400 थियो। \b \lf \v 44 मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए। \v 45 बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो। \v 46 तिनीहरूका जम्मा संख्या 6,03,550 थियो। \b \p \v 47 लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन। \v 48 याहवेहले मोशालाई भन्‍नुभएको थियो: \v 49 “तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू। \v 50 त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्। \v 51 जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ। \v 52 इस्राएलीहरूले आफ्नो दलअनुसार पाल टाँगून्। हरेकले आ-आफ्ना झण्डामुनि छाउनीहरू खडा गरून्। \v 53 तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।” \p \v 54 इस्राएलीहरूले यी सबै कुराहरू याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै गरे। \c 2 \s1 कुल-कुलअनुसार छाउनीको व्यवस्था \p \v 1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: \v 2 “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।” \b \lh \v 3 पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: \li1 यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्। \v 4 उसको दलको संख्या 74,600 हुन्छ। \li1 \v 5 इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्। \v 6 उसको दलको संख्या 54,400 हुन्छ। \li1 \v 7 जबूलूनका कुल इस्साखारको छेउमा बस्‍नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्। \v 8 उसको दलको संख्या 57,400 हुन्छ। \lf \v 9 यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्। \b \lh \v 10 दक्षिण दिशामा: \li1 रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्। \v 11 उसको दलको संख्या 46,500 हुन्छ। \li1 \v 12 तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्। \v 13 उसको दलको संख्या 59,300 हुन्छ। \li1 \v 14 त्यसपछि गादको कुल हुनेछ। देउएलका\f + \fr 2:14 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa रेउएल \fqa*\ft भनिएको छ।\ft*\f* छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्। \v 15 तिनको दलको संख्या 45,650 हुन्छ। \lf \v 16 रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्। \b \li1 \v 17 त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्‌क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्। \b \lh \v 18 पश्‍चिम दिशातिर: \li1 एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्। \v 19 उसको दलको संख्या 40,500 हुन्छ। \li1 \v 20 त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्। \v 21 उसको दलको संख्या 32,200 हुन्छ। \li1 \v 22 त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्। \v 23 उसको दलको संख्या 35,400 हुन्छ। \lf \v 24 एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्। \b \lh \v 25 उत्तर दिशातिर: \li1 दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्। \v 26 उसको दलको संख्या 62,700 हुन्छ। \li1 \v 27 त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्। \v 28 उसको दलको संख्या 41,500 हुन्छ। \li1 \v 29 त्यसपछि नाप्‍ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्‍तालीका मानिसहरूका अगुवा होस्। \v 30 उसको दलको संख्या 53,400 हुन्छ। \lf \v 31 दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्। \b \lf \v 32 यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो। \v 33 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्। \b \p \v 34 यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे। \c 3 \s1 लेवीहरू \p \v 1 याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो। \b \p \v 2 हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए। \v 3 पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्। \v 4 सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे। \p \v 5 याहवेहले मोशालाई भन्‍नुभयो, \v 6 “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्। \v 7 तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्। \v 8 तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्। \v 9 लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ। \v 10 हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।” \p \v 11 याहवेहले मोशालाई यो कुरा पनि भन्‍नुभयो, \v 12 “मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्; \v 13 किनकि सबै पहिले जन्मनेहरू मेरा हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूलाई प्रहार गरेँ, तब मैले इस्राएलका चाहे मानिसको होस् या पशुको होस्, पहिले जन्मेकाहरूलाई मेरा निम्ति अलग गरेँ। अनि तिनीहरू मेरा हुन्; म नै याहवेह हुँ।” \p \v 14 याहवेहले सीनैको उजाडस्थानमा मोशालाई भन्‍नुभयो, \v 15 “लेवीहरूलाई तिनीहरूका परिवार र वंशअनुसार गन्ती गर्। एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूलाई गन्ती गर्।” \v 16 याहवेहले वचनद्वारा आज्ञा गर्नुभएअनुसार मोशाले तिनीहरूलाई गन्ती गरे। \b \li1 \v 17 लेवीका छोराहरूका नामहरू यिनै थिए: \li2 गेर्शोन, कहात र मरारी। \li1 \v 18 गेर्शोनको वंशका नामहरू यिनै थिए: \li2 लिब्नी र शिमी। \li1 \v 19 कहातको वंशकाहरू: \li2 अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। \li1 \v 20 मरारीको वंशकाहरू: \li2 महली र मूशी। \b \lf लेवी वंशबाट तिनीहरूका परिवारअनुसार नामहरू यिनै थिए। \b \lh \v 21 गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए। \li1 \v 22 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 7,500 थियो। \li1 \v 23 गेर्शोनी वंशकाहरूले पश्‍चिमपट्टि समागम पालको पछिल्तिर छाउनी लगाउनुपर्ने थियो। \li1 \v 24 लाएलको छोरो एल्यासाप गेर्शोनीका परिवारहरूका अगुवा थिए। \li1 \v 25 गेर्शोनीहरूको जिम्मेवारी, भेट हुने पालमा समागम पाल र पालका आवरणहरू, भेट हुने पालको प्रवेशद्वारमा भएका पर्दाहरूको रेखदेख गर्नेथियो; \v 26 चोकका पर्दाहरू, समागम पाल, वेदी र चोकको चारैतिरका प्रवेशद्वारमा भएका पर्दाहरू र डोरीहरू, अर्थात् तिनीहरूमा प्रयोग हुने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवारी थियो। \b \lh \v 27 कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए। \li1 \v 28 एक महिना र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूको संख्या 8,600\f + \fr 3:28 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa 8,300 \fqa*\ft भनिएको छ।\ft*\f* थियो। \li1 कहातीहरू पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। \li1 \v 29 कहाती वंशकाहरूले समागम पालको दक्षिणपट्टि छाउनी लगाउनुपर्ने थियो। \li1 \v 30 उज्जीएलको छोरो एलीशापान, कहातीका परिवारहरूका अगुवा थिए। \li1 \v 31 तिनीहरू पवित्रस्थानमा सेवा गर्दा चलाउने सामानहरू; सन्दुक, टेबुल, पानस, वेदीहरू, पर्दा र अरू प्रयोग गरिने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। \li1 \v 32 लेवीहरूका प्रमुख अगुवा पुजारी हारूनका छोरा एलाजार थिए। तिनी पवित्रस्थानको हेरचाह गर्नेहरूमाथि अगुवा नियुक्त भएका थिए। \b \lh \v 33 मरारीबाट महली र मूशीका वंशहरू थिए; यिनीहरू मरारी वंशका थिए। \li1 \v 34 एक महिना र त्यसभन्दा बढी उमेरका गन्ती गरिएका सबै पुरुषहरूको संख्या 6,200 थियो। \li1 \v 35 अबीहेलका छोरा सूरीएल मरारीका परिवारहरूका अगुवा थिए। \li1 तिनीहरूले समागम पालको उत्तरपट्टि छाउनी लगाउनुपर्ने थियो। \li1 \v 36 यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू, \v 37 साथसाथै चोकका चारैतिरका खम्बाहरू, तिनीहरूका आधारहरूसँग पालका किलाहरू र डोरीहरूको हेरचाह गर्न नियुक्त भएका थिए। \b \li1 \v 38 मोशा, हारून र तिनका छोराहरूले चाहिँ समागम पालको पूर्वपट्टि सूर्योदयतिर भेट हुने पालको सामु छाउनी लगाउनुपर्ने थियो। \li1 तिनीहरू इस्राएलीहरूको तर्फबाट पवित्रस्थानको हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए। \li1 पवित्र वासस्थानको नजिक, जो कोही जान्थ्यो, त्यो व्यक्ति मारिनुपर्थ्यो। \b \lf \v 39 याहवेहको आज्ञाअनुसार मोशा र हारूनले गन्ती गरेका लेवीहरू, तिनीहरूका वंशअनुसार एक महिना र त्यसभन्दा बढी उमेरका हरेक पुरुषहरूको संख्या 22,000 थियो। \b \p \v 40 याहवेहले मोशालाई भन्‍नुभयो, “एक महिना र त्यसभन्दा बढी उमेरका इस्राएलीहरूका सबै पहिले जन्मेका पुरुषहरूलाई गनेर तिनीहरूका नामको सूची बनाऊनू। \v 41 इस्राएलीहरूका पहिले जन्मेकाहरूको सट्टा लेवीहरूलाई र इस्राएलीहरूका पहिले जन्मेका गाईबस्तुको सट्टा लेवीहरूका गाईबस्तुलाई मेरा निम्ति लिनू; म नै याहवेह हुँ।” \p \v 42 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूका सबै जेठा छोराहरूको गन्ती गरे। \v 43 एक महिना र त्यसभन्दा बढी उमेरका जेठा पुरुषहरूको नामअनुसार दर्ता गरिएकाहरूको संख्या 22,273 थियो। \p \v 44 याहवेहले मोशालाई यो पनि भन्‍नुभयो, \v 45 “इस्राएलीहरूका सबै जेठाहरूको सट्टामा लेवीहरूलाई र तिनीहरूका गाईबस्तुको सट्टामा लेवीहरूका गाईबस्तुहरूलाई ल्याऊनू। लेवीहरू मेरा होऊन्; म नै याहवेह हुँ। \v 46 लेवीहरूको संख्याभन्दा बढी भएका 273 जना इस्राएलीहरूका जेठा छोराहरूका छुटकाराका निम्ति, \v 47 प्रत्येक जेठो छोराका निम्ति पाँच शेकेल मूल्य लिनू, अर्थात् पवित्रस्थानको शेकेलबमोजिम बीस गेरा अथवा एक शेकेल बराबर बीस गेरा हुन्छ। \v 48 अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको मोलचाहिँ तैँले हारून र त्यसका छोराहरूलाई दिनू।” \p \v 49 यसकारण मोशाले लेवीहरूद्वारा छुटकारा पाएका इस्राएलीहरूको संख्याभन्दा धेरै भएका जेठाहरूको छुटकाराको मूल्य जम्मा गरे। \v 50 इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल\f + \fr 3:50 \fr*\ft लगभग 16 किलो\ft*\f* ओजनको चाँदी बटुले। \v 51 मोशाले याहवेहको वचनअनुसार त्यो छुटकाराको मूल्य तिनलाई आज्ञा गर्नुभएझैँ गरी हारून र तिनका छोराहरूलाई दिए। \c 4 \s1 कहातीहरू \p \v 1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: \v 2 “लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू। \v 3 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।” \p \v 4 भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ। \v 5 जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्। \v 6 त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले\f + \fr 4:6 \fr*\ft अथवा सीलको छाला हुन सक्छ।\ft*\f* ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्। \p \v 7 उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ। \v 8 टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्। \p \v 9 तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्। \v 10 त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्। \p \v 11 सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्। \p \v 12 तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्। \p \v 13 तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्। \v 14 त्यसपछि तिनीहरूले बैजनी कपडामाथि वेदीमा सेवा गर्दा प्रयोग गरिने सबै भाँडाहरूका साथमा तावाहरू, मासु तान्‍ने काँटाहरू, बेल्चाहरू र पानी छर्कने बाटाहरू राखिदेऊन्। त्यसमाथि तिनीहरूले नरम छालाले ढाकेर छोपून् र बोक्ने डण्डाहरू ठिक ठाउँमा राखून्। \p \v 15 हारून र त्यसका छोराहरूले पवित्र सरसामानहरू र सबै पवित्र चीजहरूलाई छोपिसकेपछि, जब छाउनी अगि सार्न तयार हुन्छ, तब ती बोक्नलाई कहातीहरू मात्र आऊन् र बोकून्। तर तिनीहरूले पवित्र कुराहरूलाई नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। कहातीहरूले मात्र भेट हुने पालमा भएका सबै कुराहरू बोकून्। \p \v 16 “पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।” \p \v 17 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 18 “कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ। \v 19 तिनीहरू महा-पवित्र कुराहरूको नजिक आउँदा नमरून्, तर जीवित रहून्; त्यसैले तिनीहरूका निम्ति यो कुरा गर्नुपर्छ: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र जाऊन्, र प्रत्येक मानिसलाई त्यसको काम र त्यसले के बोक्नुपर्छ, त्यो जिम्मेवारी सुम्पिदेऊन्। \v 20 तर कहातीहरू पवित्र कुराहरू हेर्नका लागि एकैछिनको निम्ति भए तापनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।” \s1 गेर्शोनीहरू \p \v 21 याहवेहले मोशालाई भन्‍नुभयो, \v 22 “गेर्शोनीहरूको पनि तिनीहरूका परिवार र वंशअनुसार जनगणना गर्नू। \v 23 भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।” \p \v 24 गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो: \v 25 “तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू, \v 26 समागम पाल र वेदीका चारैतिरका चोकका पर्दाहरू, चोकको ढोकाको पर्दा, डोरीहरू र पालको सेवामा प्रयोग गरिने सबै सरसामानहरू बोकून्। यी सबै कुराहरूबाट हुनुपर्ने सबै सेवाका कामहरू गेर्शोनीहरूले गरून्। \v 27 तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू। \v 28 भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्। \s1 मरारीहरू \p \v 29 “मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू। \v 30 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरूको गन्ती गर्नू। \v 31 भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्; \v 32 अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू। \v 33 मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।” \s1 लेवी वंशहरूको गन्ती \li1 \v 34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे। \li2 \v 35 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरू, \v 36 तिनीहरूका वंशअनुसार गनिएकाहरू 2,750 थिए। \v 37 भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए। \b \li1 \v 38 गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए। \li2 \v 39 भेट हुने पालको कामका निम्ति सेवा गर्न आएकाहरू, जो तीस वर्षदेखि पचास वर्ष उमेर भएका सबै मानिसहरू, \v 40 तिनका वंश र परिवारअनुसार गनिएकाहरू 2,630 थिए। \v 41 भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए। \b \li1 \v 42 मरारीहरू तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए। \li2 \v 43 भेट हुने पालको काममा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्ष उमेरका सबै मानिसहरू, \v 44 तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए। \v 45 मरारी वंशकाहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूको गन्ती गरेका थिए। \b \lf \v 46 यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए। \v 47 भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका \v 48 संख्या 8,580 थियो। \v 49 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेकलाई तिनीहरूको काम र के बोक्नुपर्ने हो, त्यो जिम्मेवारी सुम्पिदिएका थिए। \b \p यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार गन्ती गरेका थिए। \c 5 \s1 छाउनीको शुद्धता \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “यदि कसैको छालाको सरुवा रोग अर्थात् कुनै किसिमको धातुको रोग छ, अर्थात् मृत शरीर छोएको कारणले विधिगत रूपमा अशुद्ध छ भने त्यो मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा दिनू। \v 3 तिनीहरू पुरुष अथवा स्त्री जोसुकै भए तापनि तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिनू; ताकि तिनीहरूले आफ्ना छाउनीलाई अशुद्ध नपारून्, जहाँ म बास गर्दछु।” \v 4 इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे। \s1 प्रायश्‍चित \p \v 5 याहवेहले मोशालाई भन्‍नुभयो, \v 6 “इस्राएलका मानिसहरूलाई भन्: याहवेहप्रतिको विश्‍वासलाई तोडेर यदि कुनै पुरुष अर्थात् स्त्रीले कसैसँग कुनै प्रकारको गलत व्यवहार गर्छ र त्यो व्यक्ति दोषी छ भने, \v 7 तिनीहरूले आफूले गरेको पाप मानिलिनुपर्छ। तिनीहरूले गरेका आफ्ना अपराधको लागि पूर्ण हर्जाना तिर्नुपर्छ। त्यसमा पाँचौँ भाग थपेर त्यसले दुर्व्यवहार गरेको व्यक्तिलाई दिनुपर्छ। \v 8 तर यदि त्यसले गरेको अपराधको लागि हर्जाना दिनलाई त्यस मानिसको नजिकको कुनै नातेदार छैन भने त्यो हर्जाना याहवेहको हुनेछ। अनि त्यो हर्जानाचाहिँ त्यस दोषीको प्रायश्‍चितको निम्ति बलि चढाइने भेडासँग पुजारीलाई दिनुपर्छ। \v 9 इस्राएलीहरूले पुजारीकहाँ ल्याएका सबै पवित्र भेटीहरू पुजारीकै हुनेछन्। \v 10 हरेक मानिसका पवित्र थोकहरू तिनीहरूका आफ्नै हुन्। तर तिनीहरूले पुजारीलाई जे दिन्छन्, त्यो पुजारीकै हुनेछ।” \s1 अविश्‍वासयोग्य पत्नीको जाँच \p \v 11 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, \v 12 इस्राएलका मानिसहरूलाई भन्: “यदि कुनै मानिसकी पत्नी बरालिएर त्यसले आफ्नो पतिलाई विश्‍वासघात गरी, \v 13 र यसरी त्यसले अर्को मानिससँग शारीरिक सम्बन्ध राखेर पतिसँग अविश्‍वासयोग्य भई, तर त्यसको पतिले थाहा पाएन। अनि त्यसको अशुद्धता गुप्‍तमै रहेको छ भने (त्यस स्त्रीको विरुद्धमा कुनै साक्षी छैन, र कुकर्म गर्दागर्दै रङ्गेहात पक्राऊ पनि परेको छैन भने), \v 14 तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्‍ने शङ्का गर्‍यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्‍यो भने, \v 15 त्यसले आफ्नी पत्नीलाई पुजारीकहाँ लैजाओस्। त्यसले पत्नीका निम्ति एपाको\f + \fr 5:15 \fr*\ft लगभग 1.6 किलो\ft*\f* दशौँ भाग जौको मसिनो पिठोको भेटी पनि ल्याओस्। त्यसले पिठोमा जैतुनको तेल नखन्याओस् र सुगन्ध पनि नहालोस्। किनभने त्यो डाहको निम्ति अन्‍नबलि अर्थात् अधर्म सम्झना गराउने बलि हो। \p \v 16 “ ‘पुजारीले त्यस स्त्रीलाई ल्याओस् र याहवेहको सामु खडा हुन लगाओस्। \v 17 त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्। \v 18 पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराएपछि पुजारीले स्त्रीको केश खोलिदेओस्। अनि स्त्रीको हातमा सम्झनाको भेटी अर्थात् डाहको अन्‍नबलि राखिदेओस्। पुजारीले चाहिँ श्राप ल्याउने तितो पानी आफैँले हातमा लेओस्। \v 19 त्यसपछि पुजारीले त्यस स्त्रीलाई शपथ खान लगाओस् र स्त्रीलाई भनोस्, “यदि अरू कुनै मानिस तँसित सुतेको छैन; र तेरो विवाह तेरो पतिसित भएपछि तँ बरालिएर अशुद्ध भएकी छैनस् भने श्राप ल्याउने यस तितो पानीले तँलाई हानि नगरोस्। \v 20 तर यदि तैँले आफ्नो पतिसित विवाह भएपछि तँ बरालिएर आफ्नो पतिबाहेक अर्को मानिससँग यौन सम्बन्ध राखेर तैँले आफूलाई अशुद्ध पारेकी छस् भने”, \v 21 पुजारीले त्यस स्त्रीलाई यसरी श्रापको शपथ खुवाओस्, “याहवेहले तेरो कोख बाँझो गराएर र तेरो पेट फुल्न दिएर उहाँले तँलाई तेरा मानिसहरूका बीचमा सरापको कारण तुल्याऊन्। \v 22 श्राप ल्याउने यो पानी तेरो शरीरभित्र पसोस् र तेरो पेट सुनियोस्; अनि तेरो कोख बाँझो होस्।” \p “ ‘त्यसपछि त्यस स्त्रीले, “आमेन, यस्तै होस्” भनोस्। \p \v 23 “ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्। \v 24 पुजारीले श्राप ल्याउने त्यो पानी त्यस स्त्रीलाई पिउन देओस्। यदि त्यो दोषी भएमा त्यस पानी त्यसभित्र पसेर कठोर पीडा दिनेछ। \v 25 पुजारीले स्त्रीको हातबाट डाहको अन्‍नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्। \v 26 त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट एक मुठी अन्‍न सम्झनाको भेटीको रूपमा लिएर त्यसलाई वेदीमा जलाओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई त्यो पानी पिउन लगाओस्। \v 27 यदि त्यस स्त्रीले आफ्नो पतिप्रति विश्‍वासयोग्य नभई आफूलाई अशुद्ध पारेकी छे भने यस्तो परिणाम ल्याउनेछ: जब त्यस स्त्रीलाई श्राप ल्याउने त्यो पानी पिउन दिइन्छ, तब पानी त्यसभित्र पसेर तितो भई कठोर पीडा ल्याउनेछ। त्यसको पेट सुनिनेछ र त्यसको कोख बाँझो हुनेछ। अनि त्यो आफ्ना मानिसहरूका बीचमा श्राप लागेको हुनेछे। \v 28 तर यदि त्यसले आफूलाई अशुद्ध पारेकी छैन र शुद्ध छे भने त्यो आफ्नो दोषबाट मुक्त भएर छोराछोरीहरू जन्माउन सक्ने हुनेछे। \p \v 29 “ ‘यसकारण जब कुनै स्त्रीले आफ्नो पतिसित विवाह भइसकेपछि बरालिएर आफूलाई अशुद्ध पार्छे भने डाहको नियम यही हो, \v 30 अर्थात् जब कुनै मानिसमा आफ्नी पत्नीप्रति शङ्का गरेर डाहको भावना आउँछ भने डाहको नियम यही हो। पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराउनुपर्छ। अनि त्यस स्त्रीमाथि यो सम्पूर्ण नियम लागू गरिनुपर्छ। \v 31 तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ” \c 6 \s1 नाजिरी \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने, \v 3 तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्‌गुर र किसमिस पनि खानुहुँदैन। \v 4 जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्‌गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन। \p \v 5 “ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्‍न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्‍त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ। \p \v 6 “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्। \v 7 तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्‍वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ। \v 8 तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्। \p \v 9 “ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्‍यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ। \v 10 त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ। \v 11 नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्। \v 12 तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो। \p \v 13 “ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू; \v 14 र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्। \v 15 यसकासाथै तिनीहरूका अन्‍नबलिहरू, अर्घबलिहरू, मसिनो पिठो र खमिर नमिसाई बनाइएको एक डालो रोटीहरू, साथै जैतुन तेलमा मिसाएर बनाएका मसिनो पिठोको बाक्ला रोटीहरू र जैतुन तेल दलेका पातला रोटीहरू ल्याऊन्। \p \v 16 “ ‘तब पुजारीले याहवेहको सामु ती सबै थोकहरू प्रस्तुत गरोस्; अनि पाप शुद्धीकरण बलि र होमबलि चढाओस्। \v 17 पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्‍नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्। \p \v 18 “ ‘त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा नाजिरीले आफूले समर्पण गरेको आफ्नो केश खौरिनुपर्छ। तिनीहरूले केश लिएर त्यसलाई मेलबलिको मुन्तिर भएको आगोमा हालिदिनुपर्छ। \p \v 19 “ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्। \v 20 त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्‍याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ। \p \v 21 “ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ” \s1 पुजारीले दिने आशीर्वाद \p \v 22 याहवेहले मोशालाई भन्‍नुभयो, \v 23 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्‍नू: \q1 \v 24 “ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्, \q2 र तिमीहरूलाई रक्षा गरून्; \q1 \v 25 याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्, \q2 र तिमीहरूप्रति अनुग्रही होऊन्; \q1 \v 26 याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्, \q2 र तिमीहरूलाई शान्ति देऊन्।” ’ \p \v 27 “यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।” \c 7 \s1 समागम पालको समर्पणका भेटीहरू \p \v 1 जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए। \v 2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए। \v 3 तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे। \p \v 4 याहवेहले मोशालाई भन्‍नुभयो, \v 5 “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।” \p \v 6 यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए। \v 7 गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए। \v 8 अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए। \v 9 तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो। \p \v 10 जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे। \v 11 किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।” \b \lh \v 12 पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए। \li1 \v 13 नहशोनको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल\f + \fr 7:13 \fr*\ft लगभग 1.5 किलो\ft*\f* तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल\f + \fr 7:13 \fr*\ft लगभग 800 ग्राम\ft*\f* तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 14 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा; \li2 \v 15 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए; \li2 \v 16 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 17 र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो। \b \lh \v 18 दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए। \li1 \v 19 नथनिएलको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 20 धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा; \li2 \v 21 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए; \li2 \v 22 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए; \li2 \v 23 र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। \lf सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्। \b \lh \v 24 तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए। \li1 \v 25 एलिआबको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 26 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा; \li2 \v 27 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 28 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 29 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। \lf हेलोनका छोरा एलिआबको भेटी यही थियो। \b \lh \v 30 चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए। \li1 \v 31 एलिसूरको भेटी यही थियो: \li2 अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 32 धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा; \li2 \v 33 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए; \li2 \v 34 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 35 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। \lf शदेऊरका छोरा एलिसूरको भेटी यही थियो। \b \lh \v 36 पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए। \li1 \v 37 शलूमीएलको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 38 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 39 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 40 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 41 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो। \b \lh \v 42 छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए। \li1 \v 43 एल्यासापको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 44 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 45 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 46 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 47 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf देउएलका छोरा एल्यासापले ल्याएको भेटी यही थियो। \b \lh \v 48 सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए। \li1 \v 49 एलिशामाको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 50 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 51 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए; \li2 \v 52 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 53 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो। \b \lh \v 54 आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए। \li1 \v 55 तिनको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 56 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 57 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 58 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 59 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf पदासूरका छोरा गमलिएलको भेटी यही थियो। \b \lh \v 60 नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए। \li1 \v 61 अबीदानको भेटी यही थियो: \li2 अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 62 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 63 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 64 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 65 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf गिदोनीको छोरा अबीदानको भेटी यही थियो। \b \lh \v 66 दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए। \li1 \v 67 अहीएजेरको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 68 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 69 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 70 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 71 अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो। \b \lh \v 72 एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए। \li1 \v 73 पगीएलको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए; \li2 \v 74 धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 75 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 76 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 77 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf ओक्रानका छोरा पगीएलको भेटी यही थियो। \b \lh \v 78 बाह्रौँ दिनमा नप्‍तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए। \li1 \v 79 अहीराको भेटी यही थियो: \li2 पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्‍नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएकाको थिए; \li2 \v 80 धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा; \li2 \v 81 होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा; \li2 \v 82 पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका; \li2 \v 83 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। \lf एनानका छोरा अहीराको भेटी यही थियो। \b \li1 \v 84 वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: \li2 चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए। \v 85 पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल\f + \fr 7:85 \fr*\ft लगभग 28 किलो\ft*\f* थियो। \v 86 धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल\f + \fr 7:86 \fr*\ft लगभग 1.4 किलो\ft*\f* थियो। \li2 \v 87 होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्‍नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए। \li2 \v 88 मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। \b \lf वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्। \b \p \v 89 जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो। \c 8 \s1 बत्तीको व्यवस्थापन \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ” \p \v 3 अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे। \v 4 सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो। \s1 लेवीहरूलाई अलग गरिएको \p \v 5 याहवेहले मोशालाई भन्‍नुभयो: \v 6 “लेवीहरूलाई अरू सबै इस्राएलीहरूबाट अलग गर्, र तिनीहरूलाई विधिपूर्वक शुद्ध पार्। \v 7 तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी\f + \fr 8:7 \fr*\ft मूल भाषामा \ft*\fqa पाप शुद्धीकरण बलिको पानी\fqa*\f* छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्। \v 8 तिनीहरूलाई जैतुनको तेल मिसाएको मसिनो पिठोको अन्‍नबलिसँग एउटा बहर ल्याउन लगाउनू। अनि तैँले पाप शुद्धीकरण बलिका निम्ति अर्को दोस्रो बहर लिनू। \v 9 लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू। \v 10 तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्। \v 11 हारूनले लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु प्रस्तुत गरोस्; ताकि तिनीहरू याहवेहको काम गर्नका लागि तयार होऊन्। \p \v 12 “लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्‍चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू। \v 13 लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्। \v 14 यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्। \p \v 15 “तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्। \v 16 इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु। \v 17 इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ। \v 18 अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।” \v 19 इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्‍चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु। \p \v 20 यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। \v 21 लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्‍चित गरे। \v 22 त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे। \p \v 23 याहवेहले मोशालाई भन्‍नुभयो, \v 24 “लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्‍चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्। \v 25 तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्‍त गरून्; र बाँकी समय काम नगरून्। \v 26 तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।” \c 9 \s1 निस्तार चाड \p \v 1 इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो, \v 2 “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू। \v 3 निस्तार चाडलाई तोकिएको समयमा अर्थात् यसै महिनाको चौधौँ दिनको साँझमा त्यसका सबै नियम र विधिअनुसार मान्‍नू।” \p \v 4 यसकारण मोशाले इस्राएलीहरूलाई निस्तार चाड मनाउन लगाए। \v 5 अनि तिनीहरूले सीनैको उजाडस्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार चाड मनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै गरे। \p \v 6 तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए। \v 7 अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?” \p \v 8 मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।” \p \v 9 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, \v 10 “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्। \v 11 तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्। \v 12 तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्। \v 13 तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ। \p \v 14 “ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ” \s1 समागम पालमाथि बादल \p \v 15 समागम पाल, साक्षी पाटीको पाल स्थापना गरेको दिन बादलले त्यसलाई ढाक्यो। साँझदेखि बिहानसम्म समागम पालमाथिको बादल आगोजस्तै देखिन्थ्यो। \v 16 यस्तै निरन्तर भइरह्‍यो। \v 17 जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब इस्राएलीहरू प्रस्थान गर्थे। जब बादल अडिन्थ्यो, तब इस्राएलीहरूले पाल टाँग्ने गर्थे। \v 18 यसरी याहवेहको आज्ञाअनुसार इस्राएलीहरू प्रस्थान गर्थे; र उहाँकै आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे। जबसम्म बादल समागम पालमाथि रहन्थ्यो, तबसम्म तिनीहरू छाउनीमै रहन्थे। \v 19 जब समागम पालमाथि बादल लामो समयसम्म रहन्थ्यो, तब इस्राएलीहरूले याहवेहको आज्ञा मान्दथे, र प्रस्थान गर्दैनथे। \v 20 कहिलेकाहीँ बादल समागम पालमाथि केही दिनका लागि मात्र रहन्थ्यो। याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे, र त्यसपछि उहाँकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। \v 21 कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। अनि बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। चाहे दिन होस् अथवा रात, जब बादल हट्थ्यो, तब तिनीहरू प्रस्थान गर्थे। \v 22 चाहे बादल दुई दिन अथवा एक महिना वा एक वर्षसम्म समागम पालमाथि रहिरहोस्, तापनि इस्राएलीहरू प्रस्थान नगरी पालमै बस्दथे। तर जब बादल हट्थ्यो, तब तिनीहरू फेरि प्रस्थान गर्थे। \v 23 याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे। \c 10 \s1 चाँदीका तुरहीहरू \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो: \v 2 “पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्। \v 3 जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्। \v 4 यदि एउटै मात्र तुरही फुकियो भने अगुवाहरू, अर्थात् इस्राएली कुलका अगुवाहरू तँकहाँ भेला होऊन्। \v 5 जब तुरहीको पहिलो आवाज फुकिन्छ, तब पूर्वपट्टिका छाउनीका कुलहरू प्रस्थान गरून्। \v 6 जब तुरही दोस्रो पल्ट फुकिन्छ, दक्षिणपट्टिका छाउनीहरूमा भएकाहरू प्रस्थान गरून्। त्यो आवाजचाहिँ प्रस्थान गर्ने सङ्केत हुनेछ। \v 7 समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्। \p \v 8 “पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ। \v 9 जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ। \v 10 त्यसरी नै तिमीहरूले आनन्द मनाउने समयहरूमा अर्थात् तिमीहरूका तोकिएका चाडहरूमा र औँसीका चाडहरूमा तिमीहरूका होमबलिहरू र मेलबलिहरूको समयमा पनि तिमीहरूले तुरहीहरू फुक्नू। अनि ती याहवेहको सामु तिमीहरूका सम्झनाको निम्ति हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।” \s1 सीनै पर्वतबाट इस्राएलीहरूको प्रस्थान \p \v 11 इजिप्टबाट प्रस्थान गरेको दोस्रो वर्षको दोस्रो महिनाको बीसौँ दिनमा, जब साक्षी पाटीको समागम पालबाट बादल हट्यो, \v 12 तब इस्राएलीहरू सीनैको मरुभूमिबाट प्रस्थान गरे। अनि पारानको मरुभूमिमा बादल नअडिएसम्म एक ठाउँदेखि अर्को ठाउँमा यात्रा गरिरहे। \v 13 याहवेहले मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूले यो पहिलो पल्ट यात्रा सुरु गरे। \p \v 14 यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए। \v 15 इस्साखारको कुलको दल सूआरका छोरा नथनिएलको जिम्मामा थियो। \v 16 अनि जबूलूनको कुलको दल हेलोनका छोरा एलिआबको जिम्मामा थियो। \v 17 त्यसपछि समागम पाल उठाइयो; अनि गेर्शोनी र मरारीहरूले त्यसलाई बोकेर अगि हिँडे। \p \v 18 त्यसपछि रूबेनको छाउनीको दल आफ्नो झण्डामुनि हिँडे। शदेऊरका छोरा एलिसूरचाहिँ यस दलका अगुवा थिए। \v 19 शिमियोन कुलको दलको अगुवा सूरीशद्दैका छोरा शलूमीएल थिए। \v 20 अनि गाद कुलको दलको अगुवा, देउएलका छोरा एल्यासाप थिए। \v 21 त्यसपछि कहातीहरूले पवित्र चीजहरू बोकेर हिँडे। तिनीहरू आइपुग्नुभन्दा अगि समागम पाल खडा गरिसक्नुपर्ने थियो। \p \v 22 त्यसपछि एफ्राइमको छाउनीको दल आफ्नो झण्डा लिएर अगि बढे। अम्मीहूदका छोरा एलिशामा दलका अगुवा थिए। \v 23 मनश्शे कुलको दलको अगुवा, पदासूरका छोरा गमलिएल थिए। \v 24 अनि बेन्यामीन कुलको दलमाथिको अगुवा गिदोनीका छोरा अबीदान थिए। \p \v 25 अन्त्यमा सबै दलहरूका पछाडि दानको कुलको दल रक्षादलको रूपमा आफ्नो झण्डा लिएर अगाडि बढे। अम्मीशद्दैका छोरा अहीएजेर यसका अगुवा थिए। \v 26 आशेरको कुलको दलका अगुवा ओक्रानका छोरा पगीएल थिए। \v 27 अनि नप्‍ताली कुलको दलको अगुवा एनानका छोरा अहीएर थिए। \v 28 इस्राएलीहरू प्रस्थान गर्दा हिँड्नुपर्ने पङ्‌क्ति यही थियो। \p \v 29 मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्‍नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।” \p \v 30 तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।” \p \v 31 तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्‍नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्‍न सक्नुहुन्छ। \v 32 यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्‌नेछौँ।” \p \v 33 यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए। \v 34 जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो। \p \v 35 जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, \q1 “हे याहवेह, उठ्नुहोस्! \q2 तपाईंका शत्रुहरू छरपस्ट होऊन्; \q2 तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!” \p \v 36 जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, \q1 “हे याहवेह, \q2 इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!” \c 11 \s1 याहवेहबाटको आगो \p \v 1 फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्‍टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्‍नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो। \v 2 तब मानिसहरूले मोशासित गोहार मागे। तिनले याहवेहसँग बिन्ती गरे। अनि आगो निभ्यो। \v 3 यसकारण त्यस ठाउँलाई तबेरा\f + \fr 11:3 \fr*\fq तबेरा \fq*\ft जसको अर्थ \ft*\fqa जल्नु हो।\fqa*\f* भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो। \s1 याहवेहले जुटाउनुभएको बट्टाई चराहरू \p \v 4 इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्‍न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो! \v 5 हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ। \v 6 तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्‍नबाहेक अरू केही देख्न पाएका छैनौँ!” \p \v 7 मन्‍नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो। \v 8 मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो। \v 9 जब राति छाउनीमा शीत झर्थ्यो, तब मन्‍न पनि खस्थ्यो। \p \v 10 मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए। \v 11 मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्‍न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?” \v 12 “के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्‍याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्‍नुहुन्छ? \v 13 मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्। \v 14 यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ। \v 15 यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।” \p \v 16 यो सुनेपछि याहवेहले मोशालाई भन्‍नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्। \v 17 अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन। \p \v 18 “मानिसहरूलाई भन्, ‘भोलि तिमीहरूले मासु खाने तयारीका निम्ति आफूलाई शुद्ध बनाउनू। तिमीहरूको यस्तो गुनासो याहवेहले सुन्‍नुभएको छ, “यदि हामीसित खानलाई मासु मात्र भइदिए त! हामीलाई इजिप्टमा अझ राम्रो थियो!” अब याहवेहले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले त्यो खानेछौ। \v 19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच, दश अथवा बीस दिनसम्मलाई मात्र खानेछैनौ। \v 20 तर पूरा एक महिनासम्म नाक लागेर वाक्‍क भइन्जेलसम्म खान पाउनेछौ। किनकि तिमीहरूले आफ्ना बीचमा हुनुभएका याहवेहलाई इन्कार गरेका छौ, र उहाँको सामु “हामीले किन इजिप्ट छोडेर आयौँ होला?” भनी रोएका छौँ।’ ” \p \v 21 तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्‍नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’ \v 22 के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्‍त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्‍त पुग्ला र?” \p \v 23 याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।” \p \v 24 यसकारण मोशा बाहिर गएर याहवेहले भन्‍नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए। \v 25 त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्‍नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्। \p \v 26 तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्‍नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे। \v 27 तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।” \p \v 28 नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!” \p \v 29 तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!” \v 30 त्यसपछि मोशा र इस्राएलका प्रधानहरू पालमा फर्के। \p \v 31 याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट\f + \fr 11:31 \fr*\ft लगभग 3 फिट\ft*\f* माथिसम्म थुप्रिए। \v 32 त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर\f + \fr 11:32 \fr*\ft लगभग 1.6 मेट्रिक टन\ft*\f* भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए। \v 33 तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो। \v 34 यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा\f + \fr 11:34 \fr*\fq किब्रोत-हत्तावा \fq*\ft अथवा \ft*\fqa लालचका चिहानहरू।\fqa*\f* राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो। \p \v 35 किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे। \c 12 \s1 मिरियम र हारूनले मोशाको विरोध गरेका \p \v 1 मोशाले एउटी कूशी स्त्रीसित विवाह गरेको कारण त्यस कूशी स्त्रीको बारेमा मिरियम र हारूनले मोशाको विरुद्धमा बोल्न थाले। \v 2 तिनीहरूले भने, “के याहवेह मोशाद्वारा मात्र बोल्नुभएको छ र? के उहाँ हामीद्वारा पनि बोल्नुभएको छैन र?” अनि याहवेहले यो कुरा सुन्‍नुभयो। \p \v 3 (मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।) \p \v 4 याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए। \v 5 त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए, \v 6 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो वचन सुन: \q1 “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, \q2 म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; \q2 अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ। \q1 \v 7 तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; \q2 त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ। \q1 \v 8 त्यससँग म आमने-सामने कुरा गर्छु, \q2 उखान-टुक्‍कामा होइन। तर स्पष्‍ट गरी बोल्दछु। \q2 त्यसले याहवेहको आकृतिलाई देख्दछ। \q1 त्यसो भए किन तिमीहरू मेरो सेवक \q2 मोशाको विरुद्धमा बोल्न डराएनौ?” \p \v 9 याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो। \p \v 10 जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्‍ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे। \v 11 अनि हारूनले मोशासँग पुकार गरे, “मेरा प्रभु, बिन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पापको सजाय हामीलाई नदिनुहोस्। \v 12 यिनलाई आमाको गर्भमा नै आधा मासु कुहिएर जन्मिएको शिशुजस्तो हुन नदिनुहोस्।” \p \v 13 यसकारण मोशाले पुकार गरे, “हे याहवेह परमेश्‍वर, बिन्ती छ, यिनलाई निको पारिदिनुहोस्!” \p \v 14 याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।” \v 15 यसकारण मिरियमलाई सात दिनसम्म पालदेखि बाहिर एकान्तमा एकलै राखियो। अनि तिनलाई फर्काएर नल्याएसम्म मानिसहरू अगि बढेनन्। \p \v 16 त्यसपछि मानिसहरूले हसेरोतलाई छोडे। अनि पारानको मरुभूमिमा छाउनी हालेर बसे। \c 13 \s1 कनानमा जासुसहरू पठाइएको \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।” \p \v 3 यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए। \b \lh \v 4 तिनीहरूका नाम यिनै हुन्: \b \li1 रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ; \li1 \v 5 शिमियोनको कुलबाट होरीका छोरा शापात; \li1 \v 6 यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब; \li1 \v 7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल; \li1 \v 8 एफ्राइमको कुलबाट नूनका छोरा होशे; \li1 \v 9 बेन्यामीनको कुलबाट रफूका छोरा पल्ती; \li1 \v 10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल; \li1 \v 11 योसेफको एउटा कुल अर्थात् मनश्शेको कुलबाट सूसीका छोरा गद्दी; \li1 \v 12 दानको कुलबाट गमल्‍लीका छोरा अम्मीएलओ; \li1 \v 13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर; \li1 \v 14 नप्‍तालीको कुलबाट वोप्सीका छोरा नहबी; \li1 \v 15 गादको कुलबाट माकीकका छोरा गूएल। \b \lf \v 16 मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।) \b \p \v 17 मोशाले तिनीहरूलाई कनान देशको बारेमा जासुस गर्न पठाउँदा तिनीहरूलाई भने, “दक्षिणतिर हुँदै अगि बढेर पहाडी मुलुकमा जानू। \v 18 त्यो देश कस्तो रहेछ, र त्यहाँ बस्‍ने मानिसहरू बलिया छन् कि कमजोर; थोरै छन् कि धेरै छन्, हेर। \v 19 तिनीहरू बस्‍ने देश कस्तो प्रकारको छ? त्यो असल छ कि खराब छ? तिनीहरू बसेका सहरहरू कस्ता प्रकारका छन्? ती पर्खालविनाका छन् कि बलियो किल्‍ला भएका छन्, हेर। \v 20 त्यो देशको माटो कस्तो छ? त्यहाँको माटो मलिलो छ कि रुखो छ? त्यहाँ रूखपातहरू छन् कि छैनन्? तिमीहरूले त्यस देशका केही फलफूलहरू ल्याउनलाई सक्दो कोसिस गर।” (त्यो समयचाहिँ अङ्‌गुरको पहिलो फसलको समय थियो।) \p \v 21 यसकारण तिनीहरू उक्लेर गए। अनि जीनको मरुभूमिबाट लेबो हमाततिरको रहोबसम्म त्यस देशको बारेमा जाजुसी गरे। \v 22 तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्‍ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।) \v 23 जब तिनीहरू एश्कोलको\f + \fr 13:23 \fr*\ft जसको अर्थ \ft*\fqa अङ्‌गुरको झुप्पा हुन्छ।\fqa*\f* बेँसीमा आइपुगे। अनि तिनीहरूले अङ्‌गुरको एउटा मात्र झुप्पा भएको एउटा हाँगा काटे। तिनीहरूमध्ये दुई जनाले त्यसलाई एउटा घोचामा झुन्ड्याएर बोके। साथै, तिनीहरूले केही अनार र नेभाराका फलहरू पनि ल्याए। \v 24 इस्राएलीहरूले अङ्‌गुरको झुप्पा काटेको कारण त्यस ठाउँलाई एश्कोलको बेँसी भनिन्थ्यो। \v 25 चालीस दिनको अन्त्यमा तिनीहरू त्यस कनान देशको बारेमा जाजुसी गरेर फर्के। \s1 जासुसहरूको बयान \p \v 26 कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए। \v 27 तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्‍चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो। \v 28 तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ। \v 29 अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।” \p \v 30 त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्‍चय नै विजय हासिल गर्न सक्छौँ।” \p \v 31 तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।” \v 32 तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्। \v 33 हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्‍टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्‍कै हामीलाई त्यस्तै ठान्छन्।” \c 14 \s1 मानिसहरूको विद्रोह \p \v 1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। \v 2 सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!” \v 3 याहवेहले हामीलाई किन यस देशमा तरवारद्वारा मारिनका निम्ति ल्याउँदै हुनुहुन्छ? हाम्रा पत्नीहरू र बालबच्‍चाहरू लुटको मालजस्तै लगिनेछन्। के हामीलाई इजिप्टमै फर्किजानु असल हुँदैन र? \v 4 अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।” \p \v 5 तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे। \v 6 ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। \v 7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ। \v 8 यदि याहवेह हामीसँग प्रसन्‍न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्‍याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ। \v 9 तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।” \p \v 10 तर सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्ने सल्‍लाह गरे। तब याहवेहको महिमा भेट हुने पालमा सबै इस्राएलीहरूकहाँ देखा पर्‍यो। \v 11 याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्‍वास गर्न इन्कार गर्छन्? \v 12 म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।” \p \v 13 मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो। \v 14 अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्। \v 15 यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्‍ने जातिहरूले भन्‍नेछन्, \v 16 ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’ \p \v 17 “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्: \v 18 याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। \v 19 तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!” \p \v 20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु। \v 21 तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ, \v 22 मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि \v 23 अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन। \v 24 तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्‍याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्। \v 25 बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।” \p \v 26 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: \v 27 “यस दुष्‍ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।” \v 28 यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु। \v 29 तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ। \v 30 यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ। \v 31 तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु। \v 32 तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्। \v 33 तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्‍वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्। \v 34 तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’ \v 35 म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्‍ट समुदायलाई म निश्‍चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।” \p \v 36 यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए। \v 37 ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो। \v 38 कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेब मात्र जीवित रहे। \p \v 39 जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे। \v 40 भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!” \p \v 41 तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन! \v 42 तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्‍न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। \v 43 त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।” \p \v 44 तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्। \v 45 तब त्यस पहाडी मुलुकमा बस्‍ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे। \c 15 \s1 विभिन्‍न भेटीहरूका नियमहरू \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिएको देशमा बसोबास गर्न पुग्छौ, \v 3 तब याहवेहलाई मनपर्दो मिठो बास्‍नाका निम्ति भनेर आफ्नो गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट एउटा पशु लिएर त्यसलाई याहवेहका निम्ति तिमीहरूले अग्निबलि चढाउनू—चाहे त्यो होमबलि, विशेष भाकलको बलि, स्वेच्छिक भेटीहरू अथवा चाडमा चढाइने बलिदानहरू हुन्। \v 4 तब जसले आफ्नो भेटी ल्याउँछ, त्यसले एक चौथाइ हिन\f + \fr 15:4 \fr*\ft लगभग 1 लिटर\ft*\f* जैतुनको तेल मिसाएको एक एपाको दशौँ भाग\f + \fr 15:4 \fr*\ft लगभग 1.6 किलो\ft*\f* मसिनो पिठो मिसाएको अन्‍नबलि याहवेहलाई चढाओस्। \v 5 होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्। \p \v 6 “ ‘एउटा भेडासँग एक हिनको तीस भाग जैतुनको तेलमा एक एपाको बीसौँ भाग\f + \fr 15:6 \fr*\ft लगभग 3.2 किलो\ft*\f* मसिनो पिठो मिसाएको अन्‍नबलि, \v 7 अनि अर्घबलिको रूपमा एक हिनको तीन भाग\f + \fr 15:7 \fr*\ft लगभग 1.3 लिटर\ft*\f* दाखमद्य तयार पार्नू। त्यो याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा भेटीको रूपमा चढाउनू। \p \v 8 “ ‘जब तैँले विशेष भाकलको निम्ति अथवा याहवेहका निम्ति मेलबलिको रूपमा एउटा बहर तयार पार्नेछस्, \v 9 तब त्यस बहरसँग आधा हिन जैतुनको तेल मिसाएको एपाको दश भागको तीन भाग\f + \fr 15:9 \fr*\ft लगभग 5 किलो\ft*\f* मसिनो पिठोको अन्‍नबलि ल्याउनू। \v 10 अनि आधा हिन दाखमद्य पनि अर्घबलिको रूपमा ल्याउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइएको भेटी हुनेछ। \v 11 प्रत्येक बहर अथवा भेडा, थुमा अथवा कलिलो पाठोलाई यसरी नै तयार पार्नू। \v 12 जतिका निम्ति पशुबलि तयार गर्छौ, हरेक बलिका निम्ति यसरी नै तयार गर्नू। \p \v 13 “ ‘स्वदेशमा जन्मने हरेकले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलि चढाउँदा यसरी नै गरोस्। \v 14 किनकि आउने पुस्ताहरूमा पनि तिमीहरूसँग बसोबास गर्ने परदेशी होस्, अथवा जोसुकैले पनि याहवेहलाई मनपर्दो मिठो बास्‍नाको रूपमा आगोद्वारा भेटी चढाउँदा तिनीहरूले पनि ठिक तिमीहरूले गरेजस्तै गरून्। \v 15 समुदायमा तिमीहरूका निम्ति र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूका निम्ति एउटै नियम लागू हुनेछ। योचाहिँ आउनेवाला पुस्ताका लागि सधैँभरिको विधि हो। याहवेहको सामु तिमीहरू र परदेशीहरू एउटै हौ। \v 16 तिमीहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरू दुवैका निम्ति एउटै नियम र विधिहरू लागू हुनेछन्।’ ” \p \v 17 याहवेहले मोशालाई भन्‍नुभयो, \v 18 “इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ, \v 19 तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू। \v 20 तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्‍नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू। \v 21 आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू। \s1 अनजानमा गरिएका पापहरूका निम्ति भेटीहरू \p \v 22 “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने \v 23 अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने— \v 24 र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्‍यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्‍नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। \v 25 पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्‍चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्‍नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्। \v 26 सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए। \p \v 27 “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्‍यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्। \v 28 पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्; र त्यसका निम्ति प्रायश्‍चित भएपछि त्यसलाई क्षमा हुनेछ। \v 29 अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ। \p \v 30 “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्‍यो र याहवेहको नामको निन्दा गर्‍यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ। \v 31 किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्‍चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ” \s1 शब्बाथ भङ्ग गर्नेहरूलाई दण्ड \p \v 32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो। \v 33 अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए। \v 34 अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे। \v 35 तब याहवेहले मोशालाई भन्‍नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” \v 36 यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे। \s1 वस्त्रहरूमा झुम्काहरू \p \v 37 याहवेहले मोशालाई भन्‍नुभयो, \v 38 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू। \v 39 यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ। \v 40 तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुनेछौ। \v 41 म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” \c 16 \s1 कोरह, दातान र अबीराम \p \v 1 एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए। \v 2 अनि मोशाको विरुद्धमा तिनीहरू उठे। तिनीहरूसँग इस्राएली मानिसहरूका समुदायको सभामा नियुक्त गरिएका मान्य 250 जना अगुवाहरू पनि सामेल थिए। \v 3 तिनीहरू मोशा र हारूनको विरोध गर्नलाई एक दल भएर आए, र तिनीहरूलाई भने, “तपाईंहरूले अति नै गर्नुभएको छ! सारा समुदाय र यहाँका हरेक व्यक्ति पवित्र छन्। अनि याहवेह तिनीहरूसँग हुनुहुन्छ। त्यसो भए तपाईंहरूले आफूलाई याहवेहको समुदायभन्दा किन उच्‍च तुल्याउनुहुन्छ?” \p \v 4 जब मोशाले यो कुरा सुने, तब तिनी भुइँमा घोप्टो परे। \v 5 त्यसपछि मोशाले कोरह र उसका सबै दललाई यसो भने: “भोलि बिहान याहवेहले, जो उहाँको हो, र जो पवित्र छ, उहाँले त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। उहाँले छान्‍नुभएको मानिसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ। \v 6 हे कोरह, तिमी र तिम्रा समर्थकहरू सबैले यसो गर्नु: धुपौराहरू लिनू, \v 7 अनि भोलि याहवेहको सामु बलेको कोइला लिनू र त्यसमा धूप हाल्नू। याहवेहले छान्‍नुहुने मानिसचाहिँ पवित्र व्यक्ति हुनेछ। तिमी लेवीहरूले अति नै गरेका छौ!” \p \v 8 मोशाले कोरहलाई यो पनि भने, “हे लेवीहरू हो, अब सुन! \v 9 इस्राएलका परमेश्‍वरले तिमीहरूलाई समागम पालमा याहवेहको काम गर्न र समुदायको सेवा गर्न सारा समुदायहरूको सामु खडा हुनको लागि इस्राएलका अरू समुदायबाट तिमीहरूलाई अलग गरी उहाँकै नजिक ल्याउनुभएको छ। के यो कुरा तिमीहरूलाई पर्याप्‍त भएन र? \v 10 उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ। \v 11 तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?” \p \v 12 त्यसपछि मोशाले एलिआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर तिनीहरूले भने, “अहँ, हामी आउनेछैनौँ! \v 13 के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्‍न चाहनुहुन्छ? \v 14 अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!” \p \v 15 तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।” \p \v 16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्। \v 17 हरेक मानिसले अर्थात् 250 जना सबैले आ-आफ्नो धुपौरो लिनू र त्यसमा धूप बालेर याहवेहको सामु ल्याउनू। तिमीले र हारूनले पनि आफ्ना धुपौराहरू ल्याउनू।” \v 18 यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए। \v 19 जब कोरहले तिनीहरूको विरुद्धमा आफ्नो पछि लाग्नेहरूलाई भेट हुने पालको प्रवेशद्वारमा भेला गराए, तब याहवेहको महिमा सारा समुदायको सामु देखा पर्‍यो। \v 20 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 21 “यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्‍त पार्न सकूँ।” \p \v 22 तर मोशा र हारून भुइँमा घोप्टो परेर पुकार गरे, “हे परमेश्‍वर, सारा जीवित प्राणीहरूलाई प्राण दिनुहुने परमेश्‍वर, के एउटा मानिसको पापले गर्दा तपाईं सारा समुदायमसँग रिसाउनुहुन्छ?” \p \v 23 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, \v 24 “सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ” \p \v 25 मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे। \v 26 तिनले समुदायलाई चेतावनी दिए, “यी दुष्‍ट मानिसहरूका पालहरूबाट टाढा गइहाल! तिनीहरूका कुनै पनि कुरा नछुनू; नत्रता तिनीहरूका पापको कारण तिमीहरू पनि सखाप पारिनेछौ।” \v 27 यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालहरूबाट टाढा हटिगए। कोरह, दातान र अबीरामचाहिँ बाहिर आएर आफ्ना पालका प्रवेशद्वारमा आफ्ना पत्नीहरू र छोराछोरीहरू र नातिनातिनाहरूसँग उभिरहेका थिए। \p \v 28 तब मोशाले भने, “याहवेहले यी सबै कुराहरू गर्नु भनी पठाउनुभएको हो; र यो मेरो आफ्नै इच्छाअनुसार गरेको होइन भनी तिमीहरूले यसरी जान्‍नेछौ: \v 29 यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन। \v 30 तर यदि याहवेहले पूर्णतया अनौठो कुरा ल्याउनुभयो, र धर्ती फाटेर त्यसले तिनीहरूलाई र तिनीहरूसँग भएका सबैलाई निलिहाल्यो भने, र तिनीहरू जिउँदै पातालभित्रै गए भने यी मानिसहरूले याहवेहलाई तिरस्कार गरेका रहेछन् भनी तिमीहरूले जान्‍नेछौ।” \p \v 31 मोशाले यी कुराहरू भनिसक्नसाथ तिनीहरू उभिएको जमिन फाट्यो। \v 32 अनि धर्तीले आफ्नो मुख खोल्यो, र तिनीहरूलाई, तिनीहरूका घरानाहरू र कोरहलाई साथ दिने सबैलाई अनि तिनीहरूका सबै धनसम्पत्ति समेत निलिहाल्यो। \v 33 तिनीहरू आफूले हासिल गरेका सबै थोकसँगै जीवितै पातालभित्र खसे। तिनीहरूमाथि पृथ्वी बन्द भइहाल्यो। तिनीहरू नष्‍ट भए; अनि आफ्ना समुदायबाट लोप भए। \v 34 तिनीहरूको चीत्कार सुनेर त्यहाँ तिनीहरूका वरिपरि भएका सबै इस्राएलीहरू “हामीलाई पनि पृथ्वीले निलिहाल्‍ला कि!” भन्दै बेस्सरी चिच्याउँदै भागे। \p \v 35 अनि याहवेहबाट आगो निस्केर आयो र धूपभेटी चढाइरहेका ती 250 जना मानिसहरूलाई पनि भस्म पार्‍यो। \p \v 36 याहवेहले मोशालाई भन्‍नुभयो, \v 37 “पुजारी हारूनको छोरो एलाजारलाई जलिरहेको अवशेषबाट धुपौराहरूलाई निकालेर त्यसमा भएको खरानीलाई केही पर लगेर छर्कनू भन्। किनकि ती धुपौराहरू पवित्र छन्। \v 38 आफ्ना प्राणको साटोमा पाप गर्ने ती मानिसहरूका धुपौराहरू हुन्। ती धुपौराहरूलाई घनले पिटेर वेदीलाई मोहोर्ने पाताहरू बनाउनू। किनकि तिनीहरू याहवेहको सामु ल्याइएका हुनाले ती पवित्र भएका छन्। ती इस्राएलीहरूका निम्ति एउटा चिन्ह होऊन्।” \p \v 39 यसकारण पुजारी एलाजारले ती आगोले भस्म हुनेहरूले ल्याएका काँसोका धुपौराहरू बटुले। अनि वेदीलाई मोहोर्नलाई पिटेर पातलो पाताहरू बनाए। \v 40 याहवेहले मोशाद्वारा एलाजारलाई आज्ञा गर्नुभएअनुसार गरे। योचाहिँ इस्राएलीहरूलाई याद गराउनका निम्ति थियो। हारूनका सन्तानहरूबाहेक अरू कोही पनि याहवेहको सामु धूप बाल्न नआओस्; नत्रता त्यो कोरह र त्यसलाई पछ्याउनेहरूजस्तै हुनेछ। \p \v 41 भोलिपल्ट इस्राएलका सारा समुदाय मोशा र हारूनको विरुद्धमा गनगन गर्दै तिनीहरूले भने, “तिमीहरूले याहवेहका मानिसहरूलाई मार्‍यौ।” \p \v 42 तर जब समुदाय मोशा र हारूनको विरुद्धमा भेला भए; अनि भेट हुने पालतिर फर्के, तब अचानक त्यसलाई बादलले ढाक्यो। अनि याहवेहको महिमा देखा पर्‍यो। \v 43 तब मोशा र हारून भेट हुने पालको सामु गए। \v 44 अनि याहवेहले मोशालाई भन्‍नुभयो, \v 45 “तिमीहरू यस समुदायबाट अलग भइहाल, ताकि म एकैचोटिमा यिनीहरूको अन्त्य गर्न सकूँ।” अनि तिनीहरू भुइँमा घोप्टो परे। \p \v 46 त्यसपछि मोशाले हारूनलाई भने, “आफ्नो धुपौरो लिएर त्यसमा धूप बाल्नुहोस्। साथै वेदीबाट बलिरहेको कोइला लिएर समुदायका निम्ति प्रायश्‍चित गर्नलाई झट्टै तिनीहरूकहाँ जानुहोस्। याहवेहको क्रोध खनिएको छ; विपत्ति सुरु भइसकेको छ।” \v 47 यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्‍चित गरे। \v 48 हारून जीवित र मरिसकेकाहरूका बीचमा खडा भए; तब विपत्ति थामियो। \v 49 तर त्यहाँ कोरहको कारण मारिएकाहरूबाहेक 14,700 व्यक्तिहरू पनि यस विपत्तिमा मरेका थिए। \v 50 त्यसपछि हारून भेट हुने पालको प्रवेशद्वारमा मोशाकहाँ फर्केर गए; किनकि विपत्ति थामिसकेको थियो। \c 17 \s1 हारूनको लहुरोमा कोपिला लागेको \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीसँग कुरा गर्, र तिनीहरूका पुर्ख्यौली कुलका प्रत्येक अगुवाबाट एक-एक गरी तिनीहरूबाट बाह्र वटा लहुराहरू लिनू। प्रत्येक मानिसको नाम त्यसको लहुरोमा लेख्नू। \v 3 लेवीको लहुरोमा चाहिँ हारूनको नाम लेख्नू। किनकि प्रत्येक पुर्ख्यौली कुलको अगुवाको निम्ति एक-एक वटा लहुरो हुनुपर्छ। \v 4 लहुराहरूलाई भेट हुने पालमा साक्षी पाटीको सन्दुकको सामु राखिदिनू, जहाँ म तँसँग भेट गर्छु। \v 5 म जुन मानिसको लहुरोलाई रोज्नेछु, त्यसमा कोपिला लाग्नेछ। अनि तेरो विरुद्धमा इस्राएलीहरूले गर्ने सधैँको गनगनबाट म तँलाई मुक्त गर्नेछु।” \p \v 6 यसकारण मोशाले इस्राएलीहरूसँग कुरा गरे। अनि तिनीहरूका अगुवाहरूले तिनीहरूका प्रत्येक पुर्ख्यौली कुलबाट एक-एक गरी बाह्र वटा लहुराहरू तिनलाई दिए। तीमध्ये हारूनको पनि एउटा लहुरो थियो। \v 7 मोशाले ती लहुराहरू साक्षी पाटीको सन्दुकको पालमा याहवेहको सामु राखिदिए। \p \v 8 भोलिपल्ट मोशा पालभित्र पसे। लेवीको घरानालाई प्रतिनिधित्व गर्ने हारूनको लहुरोमा टुसा पलाएको मात्र थिएन, तर त्यसमा कोपिला लागेर फूल पनि फुलेर हाडे-बदामसमेत फलेको देखे। \v 9 त्यसपछि मोशाले ती लहुराहरू याहवेहको उपस्थितिबाट सबै इस्राएलीहरूकहाँ ल्याए। तिनीहरूले ती लहुराहरू हेरे। अनि हरेक अगुवाहरूले आ-आफ्नो लहुरो लिए। \p \v 10 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनको लहुरो विद्रोहीहरूको चिन्हको रूपमा रहोस् भनी पालमा साक्षी पाटीको सन्दुकको सामु लगेर राखिदे। यसले मेरो विरुद्धमा तिनीहरूको गनगन समाप्‍त गरिदिनेछ। यसकारण तिनीहरू मर्नेछैनन्।” \v 11 याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार तिनले गरे। \p \v 12 इस्राएली मानिसहरूले मोशालाई भने, “हामी मर्नेछौँ! हामी नष्‍ट भयौँ; हामी नष्‍ट भयौँ! \v 13 याहवेहको समागम पालको नजिक आउने जो कोही पनि मर्नेछ। के हामी सबै जना नष्‍ट होऔँ त?” \c 18 \s1 पुजारीहरू र लेवीहरूका काम-कर्तव्य \p \v 1 याहवेहले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा परिवारले पवित्रस्थान सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी उठाउनुपर्छ। अनि पुजारीगिरी सम्बन्धित गरिएका अपराधहरूको जिम्मेवारी तँ र तेरा छोराहरूले मात्र उठाउनुपर्छ। \v 2 तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज। \v 3 तिनीहरूले तँप्रति जिम्मेवार हुनुपर्छ। अनि तिनीहरूले पालका सबै कर्तव्यहरू पूरा गर्नुपर्छ। तर तिनीहरू पवित्रस्थानका सरसामानहरू नजिक अथवा वेदीको नजिक नजाऊन्, नत्रता तिनीहरू र तिमीहरू दुवै मर्नेछौ। \v 4 तिनीहरू तिमीहरूसँग मिलून् र भेट हुने पाल अर्थात् पालका सबै कामहरूका रेख-देखको जिम्मेवारी उठाऊन्। तिमीहरूको नजिक अरू कोही पनि नआऊन्। \p \v 5 “पवित्रस्थान र वेदीको रेख-देखको जिम्मेवारी तिमीहरूको हो; ताकि मेरो क्रोध इस्राएलीहरूमाथि फेरि नपरोस्। \v 6 म आफैँले तेरा नातेदार लेवीहरूलाई इस्राएलीहरूका बीचबाट तेरो उपहारको रूपमा छानेको छु। भेट हुने पालको काम गरून् भनेर याहवेहलाई अर्पण गरेको छु। \v 7 तर वेदी र पर्दाभित्रका सबै कुराको सम्बन्धमा तँ र तेरा छोराहरूले मात्र पुजारीको रूपमा सेवा गर्नुपर्छ। मैले तँलाई पुजारी पदको सेवा उपहारको रूपमा दिएको छु। तर लेवीहरूबाहेक कोही पवित्रस्थानको नजिक आएमा ऊ मारिनेछ।” \s1 पुजारीहरू र लेवीहरूका निम्ति भेटीहरू \p \v 8 त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो, “मलाई चढाइएका भेटीहरूको जिम्मा म आफैँले तँलाई सुम्पेको छु। इस्राएलीहरूले मलाई दिएका सबै पवित्र भेटीहरू मैले तिमीहरूको भाग र नियमित अंशको रूपमा तँ र तेरा छोराहरूलाई दिएको छु।” \v 9 आगोबाट छुट्याइएका महा-पवित्र भेटीहरूको भाग तिमीहरूले राख्नू। तिनीहरूले मेरा निम्ति ल्याएका महा-पवित्र भेटीहरू चाहे अन्‍नबलि होस्, अथवा पापबलि अथवा दोषबलि त्यसको भाग होस्; त्यो तँ र तेरा छोराहरूका निम्ति हुनेछ। \v 10 ती थोकहरू महा-पवित्र ठानेर खानू। प्रत्येक पुरुषले त्यो खानू। तिमीहरूले त्यसलाई पवित्र ठान्‍नू। \p \v 11 “तीबाहेक यो पनि तेरै हो: इस्राएलीहरूले विशेष भेटीहरूको रूपमा उचालिनका लागि अलग गरिएका सबै थोक। म यसलाई तिमीहरूका नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यो खान सक्नेछ। \p \v 12 “मैले तिनीहरूका कटनीको अगौटेबाट याहवेहलाई चढाएका सबै असल जैतुनको तेल, अति उत्तम नयाँ दाखमद्य र अन्‍न तँलाई दिएको छु। \v 13 तिनीहरूले याहवेहकहाँ ल्याएका खेतका सबै अगौटे फलहरू तिमीहरूकै हुनेछन्। तेरा घरानाका विधिपूर्वक शुद्ध रहेका हरेकले त्यसलाई खान सक्नेछ। \p \v 14 “इस्राएलमा याहवेहलाई समर्पित\f + \fr 18:14 \fr*\ft हिब्रू शब्दअनुसार याहवेहलाई चढाइएको जुनसुकै थोक वा व्यक्ति होस्, त्यो फेरि फिर्ता हुन सक्दैन भन्‍ने जनाउँदछ।\ft*\f* गरिएको हरेक चीज तेरै हो। \v 15 मानिसको होस् वा पशुको, हरेक गर्भको पहिलो फल, जो याहवेहलाई चढाइन्छ, त्यो तेरै हो। तर तैँले प्रत्येक पहिले जन्मेको छोरा र अशुद्ध पशुहरूका पहिले जन्मेको प्रत्येक सन्तानलाई मूल्य चुकाएर छुटाउनुपर्छ। \v 16 जब तिनीहरू एक महिनाका हुन्छन्, तब तैँले तिनीहरूलाई पवित्रस्थानको शेकेलअनुसार तोकिएको पाँच चाँदीका शेकेल\f + \fr 18:16 \fr*\ft लगभग 58 ग्राम हुन्छ।\ft*\f* छुटकाराको मोल तिरेर छुटाउनुपर्छ। जसको तौल बीस गेरा हुन्छ। \p \v 17 “तर तैँले गाई, भेडा अथवा बाख्राका पहिले जन्मेकाहरूलाई मोल तिरेर छुट्ट्याउनुहुँदैन। तिनीहरू पवित्र हुन्। तिनीहरूको रगत वेदीमाथि छर्कनू। तिनीहरूको बोसोचाहिँ आगोद्वारा चढाइने बलिको रूपमा याहवेहलाई मनपर्दो मिठो बास्‍नाको भेटी हुने गरी जलाउनू। \v 18 विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र दाहिने फिला तेरा निम्ति भएजस्तै, तिनीहरूका मासु पनि तेरै हुनेछ। \v 19 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरूबाट अलग गरिएका भागहरू म तिमीहरूको नियमित अंशको रूपमा तँ, तेरा छोराहरू र छोरीहरूलाई दिन्छु। यो याहवेहको सामु तँ र तेरा सन्तानहरू दुवैका निम्ति अनन्तको नुनको करार\f + \fr 18:19 \fr*\ft हरेक खाने कुरामा खाद्यान्‍न अपरिहार्य भएझैँ यो सधैँ रहिरहने र कहिल्यै परिवर्तन नहुने करार हो।\ft*\f* हो।” \p \v 20 याहवेहले हारूनलाई भन्‍नुभयो, “तिनीहरूको देशमा तेरो कुनै पैतृक सम्पत्ति हुनेछैन, न त तिनीहरूबीच तिमीहरूको कुनै भाग नै हुनेछ। इस्राएलीहरूबीच म नै तिमीहरूको भाग र तिमीहरूको पैतृक सम्पत्ति हुँ। \p \v 21 “लेवीहरूले भेट हुने पालमा सेवाको काम गरेको साटोमा म तिनीहरूलाई इस्राएलमा तिनीहरूको पैतृक सम्पत्तिको रूपमा सबै दशांश दिन्छु। \v 22 अब उसो इस्राएलीहरू भेट हुने पालको नजिक नजाऊन्; नत्रता तिनीहरूले आफ्ना पापको फल भोग्नेछन्, र मर्नेछन्। \v 23 लेवीहरूले नै भेट हुने पालमा काम गरून्। अनि तिनीहरूको विरुद्धमा भएका अपराधहरूको जिम्मा तिनीहरूले नै लिऊन्। आउने पुस्ताका निम्ति यो अनन्तको विधि ठहरियोस्। इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्। \v 24 यसको सट्टामा इस्राएलीहरूले याहवेहकहाँ चढाएका दशांशहरू म लेवीहरूलाई तिनीहरूका पैतृक सम्पत्तिको रूपमा दिन्छु। यसकारण मैले तिनीहरूको विषयमा यसो भनेँ: ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्।’ ” \p \v 25 याहवेहले मोशालाई भन्‍नुभयो, \v 26 “लेवीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘तिमीहरूले इस्राएलीहरूबाट आफ्ना पैतृक सम्पत्तिको रूपमा पाएका दशांशबाट तिमीहरूले दशांशको दशांश याहवेहको भेटीको रूपमा चढाउनू। \v 27 तिमीहरूको बलि खलाबाटको अन्‍न अर्थात् कोलबाटको दाखरसजस्तै गनिनेछ। \v 28 यस प्रकारले तिमीहरूले इस्राएलीहरूबाट पाएका सबै दशांशबाट तिमीहरूले पनि याहवेहलाई भेटी चढाउनेछौ। यी दशांशहरूबाट तिमीहरूले याहवेहको भाग हारून पुजारीलाई दिनुपर्छ। \v 29 तिमीहरूलाई दिइएका सबै असल र पवित्र कुराहरूबाट याहवेहको भाग चढाउनुपर्छ।’ \p \v 30 “लेवीहरूलाई तैँले भन्: ‘जब तिमीहरूले उत्तम भाग चढाउँछौ, तब तिमीहरूको भेटीलाई खलाको अर्थात् दाखको कोलको फसलको रूपमा गनिनेछ। \v 31 तँ र तेरा घरानाले भेटीबाट रहेका भाग जहाँ भए तापनि खान सक्छौ। किनकि त्यो तिमीहरूले भेट हुने पालमा गरेको कामको ज्याला हो। \v 32 त्यसको सर्वोत्तम भाग चढायौ भने दशांश भेटीमा तिमीहरू दोषी हुनेछैनौ। अनि तिमीहरूले इस्राएलीहरूका पवित्र भेटीहरू अशुद्ध पार्नेछैनौ र तिमीहरू मर्नेछैनौ।’ ” \c 19 \s1 शुद्धीकरणको पानी \p \v 1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: \v 2 “याहवेहले आज्ञा दिनुभएको व्यवस्थाको नियम यही हो: जुवामा कहिल्यै ननारिएको निष्खोट अथवा दागरहित रातो कोरली तँकहाँ ल्याऊन् भनी इस्राएलीहरूलाई भन्। \v 3 त्यो कोरली पुजारी एलाजारलाई दिनू। त्यसलाई छाउनीबाहिर लगियोस्, र एलाजारको उपस्थितिमा मारियोस्। \v 4 त्यसपछि पुजारी एलाजारले त्यसबाट केही रगत आफ्नो औँलामा लिएर भेट हुने पालको अगाडि सात चोटि छर्कोस्। \v 5 एलाजारको सामु त्यो कोरली बाछी अर्थात् त्यसको छाला, मासु, रगत र आन्द्राभुँडी जलाइयोस्। \v 6 पुजारीले देवदारुका केही काठ, हिसप र रातो ऊन लिएर जलिरहेको कोरलीमाथि फ्याकिदेओस्। \v 7 त्यसपछि पुजारीले आफ्ना लुगाहरू धोओस्, र आफ्नो शरीर पानीले नुहाओस्। त्यसपछि पुजारी छाउनीभित्र आओस्। तर साँझसम्म भने विधिपूर्वक ऊ अशुद्ध रहनेछ। \v 8 त्यस कोरलीलाई जलाउने मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ, र नुहाउनुपर्नेछ; अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। \p \v 9 “तब एक जना शुद्ध मानिसले चाहिँ त्यस कोरलीको खरानी बटुलोस्। त्यसलाई चाहिँ छाउनीबाहिर विधिपूर्वक शुद्ध भएको ठाउँमा राखोस्। त्यो इस्राएली समुदायले शुद्ध पार्ने पानी तयार गर्दा प्रयोग गर्नका निम्ति राखोस्। त्यो पापबाट शुद्धीकरणको निम्ति हो। \v 10 कोरलीको खरानी बटुल्ने त्यो मानिसले पनि आफ्नो लुगा धुनुपर्नेछ। अनि त्यो पनि साँझसम्म अशुद्ध रहनेछ। इस्राएलीहरू र तिनीहरूसँग बसोबास गर्ने विदेशीहरू दुवैका निम्ति यो सधैँभरिको लागि एउटा नियम हुनेछ। \p \v 11 “कसैले मानिसको लास छोएको छ भने त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ। \v 12 तिनीहरूले तेस्रो दिन र सातौँ दिनमा आफूलाई पानीले चोख्याऊन्। त्यसपछि तिनीहरू शुद्ध हुनेछन्। तर यदि तिनीहरूले आफूलाई तेस्रो र सातौँ दिनमा पानीले चोख्याएनन् भने तिनीहरू शुद्ध हुनेछैनन्। \v 13 यदि मरेको मानिसको लास छोएपछि तिनीहरूले आफूलाई चोख्याएनन् भने तिनीहरूले याहवेहको समागम पाललाई अशुद्ध तुल्याउँछन्। तिनीहरूलाई इस्राएली समुदायबाट बहिष्कार गरिनुपर्छ। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध छन्। तिनीहरूको अशुद्धता तिनीहरूमा नै रहनेछ। \p \v 14 “कुनै पनि मानिस पालभित्र मर्‍यो भने यो नियम लागू हुन्छ: त्यस पालभित्र पस्‍ने, र त्यसभित्र हुने जो कोही पनि सात दिनसम्म अशुद्ध हुनेछन्। \v 15 अनि पालभित्रका ढकनीविनाको हरेक खुल्‍ला भाँडो अशुद्ध हुनेछ। \p \v 16 “खुल्‍ला ठाउँमा तरवारद्वारा मारिएको मानिस वा स्वभाविक रूपले मरेको मानिसलाई जसले छुन्छ, अथवा जसले मानिसको हड्डी अथवा चिहानलाई छुन्छ, त्यो मानिस सात दिनसम्म अशुद्ध रहनेछ। \p \v 17 “त्यस अशुद्ध व्यक्तिका निम्ति पापबलि जलाइएको शुद्धीकरणको भेटीबाट केही खरानी एउटा कलशमा हाल्नू। अनि त्यस खरानीमा ताजा पानी खन्याउनू। \v 18 त्यसपछि विधिपूर्वक शुद्ध भएको मानिसले हिसप लिएर त्यसलाई पानीमा चोपेर पाल र त्यसमा भएका सबै सरसामानहरू, र त्यहाँ भएका सबै मानिसहरूमाथि छर्कनू। मानिसको हड्डी वा चिहान अर्थात् मारिएको मानिसलाई वा स्वभाविक रूपले मरेको मानिसलाई छुने व्यक्तिलाई पनि त्यसले छर्कनू। \v 19 त्यस शुद्ध मानिसले अशुद्ध व्यक्तिहरूलाई तेस्रो र सातौँ दिनमा शुद्ध पानी छर्कोस्। अनि सातौँ दिनमा त्यसले तिनीहरूलाई चोख्याओस्। शुद्ध भइसकेको व्यक्तिले आफ्नो लुगा धुनुपर्छ र पानीले नुहाउनुपर्छ। अनि साँझसम्ममा तिनीहरू शुद्ध हुनेछन्। \v 20 तर यदि ती अशुद्ध व्यक्तिहरूले आफूलाई चोख्याउँदैनन् भने तिनीहरूलाई समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको पवित्रस्थानलाई अशुद्ध तुल्याएका छन्। तिनीहरूमाथि शुद्धीकरणको पानी नछर्किएको कारण तिनीहरू अशुद्ध रहन्छन्। \v 21 यो तिनीहरूका निम्ति एउटा सधैँभरिको विधि हो। \p “शुद्धीकरणको पानी छर्कने मानिसले पनि आफ्ना लुगाहरू धुनुपर्छ। शुद्धीकरणको पानी छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ। \v 22 अशुद्ध व्यक्तिले छोएको जुनसुकै कुरा पनि अशुद्ध हुनेछ। त्यसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध हुनेछ।” \c 20 \s1 चट्टानबाट पानी \p \v 1 पहिलो महिनामा सारा इस्राएली समुदाय जीनको उजाडस्थानमा आइपुगे; र तिनीहरू कादेशमा बसे। त्यहाँ मिरियमको मृत्यु भयो, र तिनलाई त्यहीँ गाडियो। \p \v 2 तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। अनि तिनीहरू मोशा र हारूनको विरोधमा भेला भए। \v 3 यसकारण तिनीहरूले मोशासित झगडा गरेर भने, “हाम्रा दाजुभाइहरू याहवेहको सामु मर्दा बरु हामी पनि मरिहालेका भए असल हुनेथियो! \v 4 याहवेहको समुदायलाई तपाईंहरूले उजाडस्थानमा किन ल्याउनुभयो? हामी र हाम्रा गाईबस्तुहरू मरून् भनेर ल्याउनुभएको हो? \v 5 तपाईंले हामीलाई इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो? यहाँ न अन्‍न, न नेभारा, न अङ्‌गुर अथवा न त अनार नै छ। अनि पिउनलाई पानी पनि छैन!” \p \v 6 मोशा र हारून त्यस समुदायलाई छोडेर भेट हुने पालको प्रवेशद्वारमा गए, र भुइँसम्मै घोप्टो परे। अनि याहवेहको महिमा तिनीहरूकहाँ देखा पर्‍यो। \v 7 याहवेहले मोशालाई भन्‍नुभयो, \v 8 “तेरो लहुरो लिएर तँ र तेरा दाजु हारूनले समुदायलाई एकसाथ भेला गराउनू। तिनीहरूको आँखाकै सामु त्यस चट्टानलाई आज्ञा दिनू। तब त्यस चट्टानबाट पानी निस्कनेछ। तैँले समुदायका लागि चट्टानबाट पानी निकाल्नेछस्। अनि तिनीहरू र तिनीहरूका गाईबस्तुहरूले पानी पिउनेछन्।” \p \v 9 यसकारण मोशाले याहवेहको आज्ञाअनुसार उहाँकै सामु लहुरो लिए। \v 10 मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?” \v 11 तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए। \p \v 12 तर याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरूका दृष्‍टिमा मेरो पवित्रता दर्शाउनलाई तिमीहरूले मलाई पूरा विश्‍वास गरेनौँ। यसकारण यस समुदायलाई मद्वारा दिइएको देशमा तिमीहरूले पुर्‍याउन पाउनेछैनौ।” \p \v 13 यो मेरीबाको\f + \fr 20:13 \fr*\fq मेरीबाको \fq*\ft जसको अर्थ \ft*\fqa झगडा\fqa*\f* चट्टानबाट निकालिएको पानी थियो, जहाँ इस्राएलीहरूले याहवेहसँग झगडा गरेका थिए। अनि त्यहाँ उहाँले तिनीहरूबीच आफूलाई पवित्र प्रमाणित गर्नुभएको थियो। \s1 एदोमले इस्राएलीहरूलाई जान नदिएका \p \v 14 मोशाले कादेशबाट एदोमका राजाकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए: \pm “तपाईंका इस्राएली भाइले यसो भन्छन्: हामीमाथि परिआएको सङ्कष्‍ट तपाईं जान्‍नुहुन्छ। \v 15 हाम्रा पितापुर्खाहरू इजिप्टमा गएका थिए। हामी त्यहाँ धेरै वर्षसम्म बस्यौँ। इजिप्टियनहरूले हामी र हाम्रा पितापुर्खाहरूलाई दुर्व्यवहार गरे। \v 16 तर जब हामीले याहवेहलाई पुकार गर्‍यौँ, तब उहाँले हाम्रो पुकार सुन्‍नुभयो र एउटा स्वर्गदूत पठाउनुभयो, जसले हामीलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनुभयो। \pm “अहिले हामी तपाईंको प्रान्तको सिमानामा पर्ने सहर कादेशमा छौँ। \v 17 दया गरी हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीबाट भएर जानेछैनौँ, वा कुनै पनि कुवाबाट पानी पिउनेछैनौँ। हामी राजाको मूलबाटो भएर जानेछौँ। तपाईंको प्रान्तबाट पार नभएसम्म हामी दाहिने अथवा देब्रे फर्कनेछैनौँ।” \p \v 18 तर एदोमले जवाफ दिए: \pm “तिमीहरू यहाँबाट भएर जान पाउँदैनौँ। यदि तिमीहरूले त्यसो गर्‍यौ भने हामी तिमीहरूको विरुद्धमा मोर्चा बाँधेर तिमीहरूमाथि तरवारले आक्रमण गर्नेछौँ।” \p \v 19 इस्राएलीहरूले जवाफ दिए: \pm “हामी मूलबाटो भएर जानेछौँ। यदि हामी अथवा हाम्रा गाईबस्तुहरूले तपाईंको पानीबाट केही पियौँ भने हामी त्यसको मोल तिर्नेछौँ। हामी केवल पैदल भएर जान चाहन्छौँ—अरू केही पनि होइन।” \p \v 20 एदोमीहरूले फेरि जवाफ दिए: \pm “तिमीहरू हाम्रो देश भएर जान पाउँदैनौँ।” \p तब एदोम तिनीहरूको विरुद्धमा एउटा ठूलो र शक्तिशाली सेना लिएर निस्क्यो। \v 21 एदोमले तिनीहरूलाई आफ्नो प्रान्तबाट भएर जान नदिएकोले इस्राएलीहरू तिनीहरूबाट फर्केर अर्को बाटो गए। \s1 हारूनको मृत्यु \p \v 22 सारा इस्राएली समुदाय कादेशबाट हिँडेर होर पर्वतमा आइपुगे। \v 23 होर पर्वतमा एदोमको सिमानाको छेउमा याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 24 हारून आफ्ना मानिसहरूकहाँ मिल्नेछ। मैले इस्राएलीहरूलाई दिने देशमा ऊ पस्‍नेछैन। किनकि तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो आज्ञाको विरुद्धमा काम गरेका थियौ। \v 25 हारून र त्यसको छोरो एलाजारलाई होर पर्वतसम्म लैजा। \v 26 हारूनको पुजारी पोसाकहरू फुकाल् र ती त्यसको छोरो एलाजारलाई लगाइदे। किनकि हारून आफ्ना मानिसहरूसँग मिल्नेछ। त्यहाँ त्यसको मृत्यु हुनेछ। \p \v 27 याहवेहले आज्ञा दिनुभएझैँ मोशाले गरे। सारा समुदायको आँखाको सामु तिनीहरू होर पर्वतमा उक्लेर गए। \v 28 मोशाले हारूनका पुजारी पोसाकहरू फुकाले। अनि ती तिनको छोरो एलाजारलाई लगाइदिए। तब त्यहीँ पर्वतको टाकुरामा हारूनको मृत्यु भयो। त्यसपछि मोशा र एलाजार पर्वतबाट तल ओर्लेर आए। \v 29 अनि जब सारा समुदायले हारूनको मृत्युबारे थाहा पाए, तब सम्पूर्ण इस्राएलीहरूले तिनका निम्ति तीस दिनसम्म शोक गरे। \c 21 \s1 अराद नष्‍ट पारिएको \p \v 1 जब दक्षिणमा बस्‍ने आरादका कनानी राजाले इस्राएलीहरू अतारीम जाने बाटो भएर आउँदैछन् भन्‍ने सुने, तब तिनले इस्राएलीहरूमाथि आक्रमण गरेर केही मानिसहरूलाई पक्रेर बन्दी बनाए। \v 2 तब इस्राएलीहरूले याहवेहसँग यस्तो भाकल गरे: “यदि तपाईंले यी मानिसहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो भने हामी तिनीहरूका सहरहरू पूर्ण रूपले नष्‍ट पारिदिनेछौँ।” \v 3 याहवेहले इस्राएलीहरूको बिन्ती सुन्‍नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्‍ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा\f + \fr 21:3 \fr*\fq होर्मा \fq*\ft जसको अर्थ \ft*\fqa नष्‍ट भन्‍ने हुन्छ।\fqa*\f* राखियो। \s1 काँसोको सर्प \p \v 4 तिनीहरूले होर पर्वतबाट लाल समुद्रतिरको बाटो भएर एदोमको प्रान्तलाई फेरो मार्दै यात्रा सुरु गरे। तर बाटोमा इस्राएली मानिसहरू अधैर्य भए। \v 5 तिनीहरूले परमेश्‍वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्‍क भइसक्यौँ!” \p \v 6 तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे। \v 7 ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए। \p \v 8 याहवेहले मोशालाई भन्‍नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।” \v 9 यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो। \s1 मोआबको यात्रा \p \v 10 इस्राएलीहरू अगि बढ्दै गए, र ओबोतमा छाउनी हाले। \v 11 त्यसपछि तिनीहरू ओबोतबाट हिँडे। अनि मोआबको सामु पूर्वतिरको सूर्य उदय हुने ठाउँतिर उजाडस्थानमा भएको इये-अबारीममा छाउनी हाले। \v 12 त्यहाँबाट तिनीहरू अगि बढ्दै गए। अनि जेरेदको बेँसीमा छाउनी हाले। \v 13 तिनीहरू त्यहाँबाट पनि हिँडे। अनि एमोरीहरूको प्रान्तसम्म फैलिएको उजाडस्थानस्थित अर्नोनको किनारमा छाउनी हाले। अर्नोनचाहिँ मोआब र एमोरीहरूको बीचमा मोआबको सिमानामा पर्दछ। \v 14 त्यसैकारण याहवेहका युद्धहरूको पुस्तकमा यसो लेखिएको छ: \q1 “सूपामा भएको याहेब\f + \fr 21:14 \fr*\ft मूल भाषामा \ft*\fqa वाहेब \fqa*\ft भन्‍ने हुन्छ।\ft*\f* सहर, \q2 अर्नोनका बेँसीहरू \v 15 र बेँसीका भिरालाहरू, \q1 जो आरको सहरतिर लाग्दछन् \q2 र मोआबको सिमानासम्म पुगेका छन्।” \m \v 16 त्यहाँबाट तिनीहरू बेअरको त्यस इनारसम्म अगि बढे, जहाँ याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई एकसाथ भेला गर्, र म तिनीहरूलाई पानी दिनेछु।” \p \v 17 तब इस्राएलीहरूले यो गीत गाए: \q1 “ए इनार, फुटेर निस्की! \q2 यसको विषयमा गीत गा, \q1 \v 18 जसलाई राजकुमारहरूले खनेका थिए, \q2 जसलाई कुलिन व्यक्तिहरूले खनेका थिए, \q2 जसलाई ती कुलिन व्यक्तिहरूका राजदण्ड र लहुरोले खनेका थिए।” \m त्यसपछि तिनीहरू उजाडस्थानबाट मत्तानातर्फ अगि बढे, \v 19 अनि मत्तानाबाट नहलीएलमा, नहलीएलबाट बामोतमा आइपुगे। \v 20 अनि बामोतबाट मोआबको बेँसी पिसगाको टाकुरामा आइपुगे, जहाँबाट उजाडभूमि देख्न सकिन्छ। \s1 सीहोन र ओग परास्त भएका \p \v 21 इस्राएलले एमोरीहरूका राजा सीहोनकहाँ यसो भन्‍नलाई सन्देश वाहकहरू पठाए: \pm \v 22 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीतिर फर्कनेछैनौँ अर्थात् कुनै इनारबाट पानी पिउनेछैनौँ। हामी तपाईंको सिमानाबाट भएर पार नभएसम्म राजाको मूलबाटो भएर यात्रा गर्नेछौँ।” \p \v 23 तर सीहोनले आफ्नो सिमानाबाट भएर इस्राएलीहरूलाई छिरेर जान दिएनन्। तिनले आफ्नो सारा सेनालाई जम्मा गरे। अनि उजाडस्थानमा इस्राएलीहरूका विरुद्धमा मोर्चा बाँधे। जब तिनी यहस सहरमा आइपुगे, तब तिनीहरूले इस्राएलीहरूसँग युद्ध गरे। \v 24 तर इस्राएलीहरूले राजालाई तरवारले मारे। अनि अर्नोनदेखि यब्बोकसम्म तिनको देश कब्जा गरे। तैपनि अम्मोनीहरूको सिमानासम्म मात्र कब्जा गरे; किनभने अम्मोनीहरूको सिमाना बलियो किल्‍ला भएको थियो। \v 25 इस्राएलले एमोरीहरूका सबै सहरहरू कब्जा गरे, र ती सहरहरूमा बसोबास गरे। हेश्बोन र त्यसका छेउछाउका सबै बस्तीहरूमा समेत बसोबास गर्न थाले। \v 26 हेश्बोनचाहिँ एमोरीहरूका राजा सीहोनको सहर थियो, जसले मोआबका अगिल्‍ला राजाको विरुद्धमा युद्ध गरेर तिनको सम्पूर्ण देश अर्नोनसम्मै लिएका थिए। \p \v 27 त्यसैकारण कविहरूले यसो भन्छन्: \q1 “हेश्बोनमा आओ, र यो सहर पुनर्निर्माण होस्; \q2 सीहोनको सहर पुनर्स्थापित होस्। \b \q1 \v 28 “हेश्बोनबाट आगो निस्केर गयो; \q2 सीहोनको सहरबाट एउटा ज्वाला निस्क्यो। \q1 यसले मोआबको आर सहरलाई भस्म पार्‍यो। \q2 अर्नोनका शिखरमा बस्‍नेहरूलाई भस्म पार्‍यो। \q1 \v 29 ए मोआब, धिक्‍कार छ तँलाई! \q2 ए कमोशका मानिसहरू नष्‍ट पारिएका छौ! \q1 कमोशले आफ्ना छोराहरूलाई भगुवाझैँ, \q2 र आफ्नी छोरीहरूलाई कैदीझैँ गरेर \q2 एमोरीहरूको राजा सीहोनलाई दिएको छ। \b \q1 \v 30 “तर हामीले हेश्बोनीहरूलाई जितेका छौँ; \q2 हेश्बोनचाहिँ दीबोन सहरसम्मै नष्‍ट पारिएको छ। \q1 हामीले तिनीहरूलाई नोपाहसम्मै ध्वंस पारिदिएका छौँ, \q2 जुनचाहिँ मेदेबासम्म फैलिएको छ।” \p \v 31 यसरी इस्राएलीहरू एमोरीहरूको देशमा बसोबास गरे। \p \v 32 मोशाले याजेरमा जासुस गर्न मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका चारैतिरका बस्तीहरू कब्जा गरे। अनि त्यहाँ भएका एमोरीहरूलाई पनि धपाइदिए। \v 33 त्यसपछि तिनीहरू फर्केर बाशानतिरको बाटो भएर उक्ले। अनि बाशानका राजा ओग इस्राएलीहरूसँग युद्ध गर्न आफ्ना सारा सेना लिएर एद्रई सहरमा मोर्चा बाँधेर निस्के। \p \v 34 याहवेहले मोशालाई भन्‍नुभयो, “त्यससँग नडरा; किनकि मैले त्यसलाई, त्यसका सबै सेनालाई र त्यसको देशसमेत तेरो हातमा सुम्पिदिएको छु। तैँले त्यसलाई हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै गर्नू।” \p \v 35 यसकारण इस्राएलीहरूले राजालाई, तिनका छोराहरू र सारा सेनाहरूलाई एउटै पनि मानिस जीवित नरहुन्जेल एकैसाथ मारे। अनि तिनीहरूको देशलाई कब्जा गरे। \c 22 \s1 बालाकले बालामलाई बोलाउन पठाएका \p \v 1 त्यसपछि इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा पुगे। अनि यरीहोको पारिपट्टि यर्दनको किनारमा छाउनी हालेर बसे। \p \v 2 सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए। \v 3 अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्‍चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो। \p \v 4 मोआबीहरूले मिद्यानका प्रधानहरूलाई भने, “यस समुदायले गोरुले चरनको घाँस स्वाहा पारेझैँ, हाम्रा चारैतिर भएका हरेक कुराहरूलाई स्वाहा पार्नेछ।” \p त्यस समयमा सिप्पोरका छोरा बालाक मोआबका राजा थिए। \v 5 तिनले बओरका छोरा बालाम, जो आफ्नो जन्मस्थल यूफ्रेटिस नदीको छेउ पतोरमा बसेका थिए, उनलाई बोलाउन भनी राजदूतहरू पठाए। बालाकले भने: \pm “इजिप्टबाट एउटा जाति निस्केर आएको छ; तिनीहरू पूरा देश नै ढाक्ने गरी मेरै सिमानामा आएर बसेका छन्। \v 6 अब तपाईं आउनुहोस्, र यी मानिसहरूलाई श्राप दिनुहोस्; किनकि तिनीहरू मेरा निम्ति अति नै शक्तिशाली छन्। सायद त्यसपछि भने म तिनीहरूलाई जित्न सकुँला र देशबाट धपाउन सकुँला। किनकि म जान्दछु, तपाईंले जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूले आशिष् पाउँछन् र जसलाई श्राप दिनुहुन्छ, तिनीहरूले श्राप पाउँछन्।” \p \v 7 मोआब र मिद्यानका प्रधानहरू जोखना हेर्नका निम्ति दिइएको रकम लिएर गए। जब तिनीहरू बालामकहाँ आइपुगे, तब तिनीहरूले तिनलाई बालाकले भनेका कुरा भने। \p \v 8 बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्‍नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्‍नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे। \p \v 9 परमेश्‍वर बालामकहाँ आउनुभयो र सोध्नुभयो, “तँसँग भएका यी मानिसहरू को हुन्?” \p \v 10 बालामले परमेश्‍वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ: \v 11 ‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ” \p \v 12 तर परमेश्‍वरले बालामलाई भन्‍नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।” \p \v 13 भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।” \p \v 14 यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।” \p \v 15 त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए। \v 16 तिनीहरू बालामकहाँ आएर भने: \pm “सिप्पोरका छोरा बालाक यसो भन्‍नुहुन्छ: तपाईंलाई मकहाँ आउनलाई कुनै पनि कुराले नरोकोस्। \v 17 किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्‍नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।” \p \v 18 तर बालामले तिनीहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिए तापनि याहवेह मेरा परमेश्‍वरको आज्ञाभन्दा बाहिर ठूलो होस् वा सानो, म कुनै काम गर्न सक्दिनँ। \v 19 यसैले आज राति यहीँ बस्‍नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्‍नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।” \p \v 20 त्यस रात परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।” \s1 बालामको गधा \p \v 21 बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसे। अनि मोआबका अधिकारीहरूसँग गए। \v 22 तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए। \v 23 जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे। \p \v 24 तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए। \v 25 जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले। \p \v 26 तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए। \v 27 जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्‍क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले। \v 28 तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीन पल्ट चुट्नुभयो?” \p \v 29 बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।” \p \v 30 तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?” \p बालामले त्यसलाई भने, “अहँ, गरेको थिइनस्।” \p \v 31 तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे। \p \v 32 याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीन पल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ। \v 33 यस गधाले मलाई देखेर यसरी तीन पटक बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्‍चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।” \p \v 34 बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्‍टिमा बेठीक छ भने म फर्केर जानेछु।” \p \v 35 याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्‍नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए। \p \v 36 जब बालाकले बालाम आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के। \v 37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्‍चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?” \p \v 38 बालामले जवाफ दिए, “हेर्नुहोस्, अहिले म तपाईंकहाँ आएको छु। तर मलाई जे मन लाग्यो, त्यो भन्‍न सक्दिनँ। मैले त याहवेहले मेरो मुखमा जे हालिदिनुहुन्छ, त्यही मात्र भन्‍नुपर्छ।” \p \v 39 तब बालाम बालाकसँग किर्यत-हुस्सोतको सहरमा गए। \v 40 बालाकले गाईबस्तु र भेडाको बलि चढाए। अनि केही बालामलाई र तिनीसँग हुने अधिकारीहरूलाई दिए। \v 41 भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे। \c 23 \s1 बालामको पहिलो सन्देश \p \v 1 बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।” \v 2 बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। \p \v 3 तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्‍नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए। \p \v 4 परमेश्‍वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।” \p \v 5 याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।” \p \v 6 यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए: \v 7 तब बालामले आफ्नो सन्देश सुरु गरे: \q1 “बालाकले मलाई अरामबाट यहाँ ल्याए; \q2 मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। \q1 तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: \q2 आउनुहोस् र इस्राएललाई धिक्‍कार्नुहोस्।’ \q1 \v 8 परमेश्‍वरले जसलाई श्राप दिनुभएन, \q2 तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? \q1 याहवेहले जसलाई धिक्‍कार्नुभएन, \q2 मैले कसरी धिक्‍कारूँ? \q1 \v 9 मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; \q2 अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। \q1 मैले एउटा अलग्गै बस्‍ने जातिलाई देखेँ; \q2 तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्। \q1 \v 10 याकोबको धुलोलाई कसले गन्‍न सक्छ, \q2 अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्‍न सक्छ? \q1 मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! \q2 र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!” \p \v 11 बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!” \p \v 12 बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?” \s1 बालामको दोस्रो सन्देश \p \v 13 त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।” \v 14 यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। \p \v 15 बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।” \p \v 16 याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्‍नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।” \p \v 17 यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्‍नुभयो?” \p \v 18 तब बालामले यसरी आफ्नो सन्देश बोले: \q1 “ए बालाक उठ्, र सुन्; \q2 ए सिप्पोरका छोरा मेरा कुरा सुन्। \q1 \v 19 परमेश्‍वर मानिसजस्तो हुनुहुन्‍न, उहाँले झूट बोल्नुहुन्‍न; \q2 उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्‍न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। \q1 के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्‍न र? \q2 के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्‍न र? \q1 \v 20 मैले आशिष् दिनू भन्‍ने आज्ञा पाएको छु; \q2 उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ। \b \q1 \v 21 “याकोबमा कुनै दुष्‍टता देखिँदैन, \q2 इस्राएलमा कुनै विपत्ति देखिँदैन। \q1 याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहन्छ; \q2 राजाको विजय-ध्वनि तिनीहरूको बीचमा छ। \q1 \v 22 परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो; \q2 तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। \q1 \v 23 याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। \q2 इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। \q1 अब याकोबको विषयमा र इस्राएलको विषयमा \q2 यसो भनिनेछ, ‘परमेश्‍वरले के गर्नुभएको छ, त्यो हेर!’ \q1 \v 24 यो जाति सिंहनीझैँ उठ्छन्; \q2 तिनीहरूले आफूलाई सिंहझैँ उत्तेजित पार्दछन्, \q1 जसले आफ्नो शिकार नखाउन्जेल \q2 र आफ्नो शिकारको रगत नपिउन्जेल विश्राम लिदैनन्।” \p \v 25 तब बालाक राजाले बालामलाई भने, “तिनीहरूलाई श्राप नदिनुहोस्, र तिनीहरूलाई आशिष् पनि नदिनुहोस्!” \p \v 26 बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्‍नुहुन्छ, त्यही कुरा भन्‍नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” \s1 बालामको तेस्रो सन्देश \p \v 27 त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्‍वर खुशी हुनुहोला कि।” \v 28 अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो। \p \v 29 तब बालामले बालाकलाई भने, “मेरा लागि यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढेहरू र सात वटा भेडाहरू तयार पार्नुहोस्।” \v 30 बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। \c 24 \p \v 1 जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे। \v 2 जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्‍वरका आत्मा बालाममाथि आउनुभयो। \v 3 अनि तिनले आफ्नो सन्देश भन्‍न थाले: \q1 “बओरका छोरा बालामको अगमवाणी, \q2 उसको अगमवाणी जसको आँखाले स्पष्‍ट गरी देख्छ; \q1 \v 4 उसको अगमवाणी, जसले परमेश्‍वरको वचन सुन्छ, \q2 जसले सर्वशक्तिमान्‌बाट दर्शन देख्छ, \q2 जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्‍ला रहन्छन्: \b \q1 \v 5 “हे याकोब, तेरा पालहरू, \q2 हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्! \b \q1 \v 6 “टाढासम्म फैलिएका बेँसीहरूझैँ, \q2 नदीको छेउमा भएका बगैँचाहरूझैँ, \q1 याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, \q2 पानीको छेउमा भएका देवदारुहरूझैँ। \q1 \v 7 तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; \q2 तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। \b \q1 “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; \q2 तिनीहरूको राज्य उच्‍च पारिनेछ। \b \q1 \v 8 “परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; \q2 तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। \q1 तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, \q2 र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; \q2 तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्। \q1 \v 9 तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, \q2 एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? \b \q1 “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, \q2 र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!” \p \v 10 त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीन पल्ट आशिष् दिनुभयो। \v 11 अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।” \p \v 12 बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ, \v 13 ‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्‍नुभएको कुरा मात्र भन्‍नुपर्छ भनेर भनेको थिइनँ र?’ \v 14 अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्‍नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।” \s1 बालामको चौथो सन्देश \p \v 15 तब बालामले आफ्नो सन्देश भने: \q1 “बओरका छोरा बालामको अगमवाणी, \q2 उसको अगमवाणी, जसको आँखाले स्पष्‍ट गरी देख्छ; \q1 \v 16 उसको अगमवाणी, जसले परमेश्‍वरले भन्‍नुभएको वचन सुन्छ, \q2 जससँग सर्वशक्तिमान् परमेश्‍वरको ज्ञान छ; \q1 जसले सर्वोच्‍चबाट दर्शन देख्छ: \q2 जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्‍ला रहन्छन्: \b \q1 \v 17 “म उहाँलाई देख्छु, तर अहिले होइन; \q2 म उहाँलाई हेर्छु, तर नजिकै त होइन। \q1 याकोबबाट एउटा तारा निस्कनेछ; \q2 इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। \q1 अनि त्यसले मोआबका निधारहरू \q2 र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ। \q1 \v 18 एदोम पराजित हुनेछ; \q2 त्यसको शत्रु सेइर पराजित हुनेछ। \q2 तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ। \q1 \v 19 याकोबबाट एउटा शासक निस्कनेछ। \q2 अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।” \s1 बालामको पाँचौँ सन्देश \p \v 20 तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: \q1 “अमालेक राष्ट्रहरूमा पहिलो थियो, \q2 तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।” \s1 बालामको छैटौँ सन्देश \p \v 21 तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: \q1 “तेरो बस्‍ने स्थान सुरक्षित छ; \q2 तेरो गुँड चट्टानमा बसालिएको छ; \q1 \v 22 तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् \q2 तिमी केनीहरू नष्‍ट हुनेछौ।” \s1 बालामको सातौँ सन्देश \p \v 23 तब बालामले सन्देश गरे: \q1 “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ? \q2 \v 24 जहाजहरू कित्तीम किनारबाट आउनेछन्; \q1 तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। \q2 तर तिनीहरू पनि नष्‍ट हुनेछन्।” \p \v 25 त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे। \c 25 \s1 मोआबले इस्राएललाई प्रलोभनमा पारेका \p \v 1 जब इस्राएलीहरू शित्तीमको बेँसीमा बसे, तब मोआबी स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध राख्न थाले। \v 2 ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे। \v 3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। \p \v 4 याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।” \p \v 5 अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।” \p \v 6 तब इस्राएलीहरू भेट हुने पालको प्रवेशद्वारमा रोइरहेका अवस्थामा एक जना इस्राएली पुरुषले मोशा र सारा इस्राएली समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए। \v 7 जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए। \v 8 अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो। \v 9 तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो। \p \v 10 याहवेहले मोशालाई भन्‍नुभयो, \v 11 “पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ। \v 12 यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु। \v 13 त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्‍वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्‍चित गर्‍यो।” \p \v 14 मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो। \v 15 अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए। \p \v 16 याहवेहले मोशालाई भन्‍नुभयो, \v 17 “मिद्यानीहरूलाई शत्रुलाई झैँ आक्रमण गर्, र तिनीहरूलाई मार्। \v 18 किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।” \c 26 \s1 दोस्रो जनगणना \p \v 1 विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो, \v 2 “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।” \v 3 यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने, \v 4 “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।” \b \lh इजिप्टबाट निस्केर आएका इस्राएलीहरू यिनीहरू नै थिए: \b \li1 \v 5 इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्: \li2 हानोकबाट हानोकीहरूको वंश; \li2 पल्‍लूबाट पल्‍लूईहरूको वंश; \li2 \v 6 हेस्रोनबाट हेस्रोनीहरूको वंश; \li2 कर्मीबाट कर्मीहरूको वंश; \lf \v 7 यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो। \li2 \v 8 पल्‍लूका छोरा एलिआब थिए। \v 9 अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए। \v 10 तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो। \v 11 तरै पनि कोरहको पूरै वंशचाहिँ लोप भएर गएन। \b \li1 \v 12 शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 नमूएलबाट नमूएलीको वंश; \li2 यामीनबाट यामीनीको वंश; \li2 याकीनबाट याकीनीको वंश; \li2 \v 13 जेरहबाट जेरहीको वंश; \li2 शाऊलबाट शाऊलीहरूको वंश। \lf \v 14 शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो। \b \li1 \v 15 गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 सपोनबाट सपोनीहरूको वंश; \li2 हाग्गीबाट हाग्गीहरूको वंश; \li2 शूनीबाट शूनीहरूको वंश; \li2 \v 16 ओज्नीबाट ओज्नीहरूको वंश; \li2 एरीबाट एरीहरूको वंश; \li2 \v 17 अरोदीबाट अरोदीहरूको वंश; \li2 अरेलीबाट अरेलीहरूको वंश। \lf \v 18 गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो। \b \lh \v 19 एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे। \li1 \v 20 यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 शेलहबाट शेलानीहरूको वंश; \li2 पेरेसबाट पेरेसीहरूको वंश; \li2 जेरहबाट जेरहीहरूको वंश। \li2 \v 21 पेरेसका सन्तानहरू यिनै हुन्: \li3 हेस्रोनबाट, हेस्रोनीहरूको वंश; \li3 हामूलबाट, हामूलीहरूको वंश। \lf \v 22 यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो। \b \li1 \v 23 इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 तोलाबाट तोलाहीहरूको वंश; \li2 पुवाहबाट पुवातीहरूको वंश। \li2 \v 24 याशूबबाट याशूबीहरूको वंश; \li2 शिम्रोनबाट शिम्रोनीहरूको वंश। \lf \v 25 इस्साखारका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 64,300 थियो। \b \li1 \v 26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 सेरेदबाट सेरेदीहरूको वंश; \li2 एलोनबाट एलोनीहरूको वंश; \li2 यहलेलबाट यहलेलीहरूको वंश। \lf \v 27 जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो। \b \lh \v 28 योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्: \lh \v 29 मनश्शेका सन्तानहरू: \li2 माकीरबाट माकीरीहरूको वंश; (माकीर गिलादका पिता थिए); \li2 गिलादबाट गिलादीहरूको वंश। \li2 \v 30 गिलादका सन्तानहरू यिनै थिए: \li3 ईएजेरबाट ईएजेरीहरूको वंश; \li3 हेलेकबाट हेलेकीहरूको वंश। \li3 \v 31 अस्रीएलबाट अस्रीएलीहरूको वंश; \li3 शेकेमबाट शेकेमीहरूको वंश। \li3 \v 32 शमीदाबाट शमीदीहरूको वंश; \li3 हेपेरबाट हेपेरीहरूको वंश। \li3 \v 33 (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।) \lf \v 34 मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो। \li1 \v 35 एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 शूतेलहबाट शूतेलहीहरूको वंश; \li2 बेकेरबाट बेकेरीहरूको वंश; \li2 तहनबाट तहनीहरूको वंश। \li2 \v 36 शूतेलहका सन्तानहरू यिनै थिए: \li3 एरानबाट एरेनीहरूको वंश। \lf \v 37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो। \lf योसेफका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए। \b \li1 \v 38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 बेलाबाट बेलाहीहरूको वंश; \li2 अश्बेलबाट अश्बेलीहरूको वंश; \li2 अहीरामबाट अहीरामीहरूको वंश। \li2 \v 39 शूपामबाट शू्पामीहरूको वंश; \li2 हूफामबाट हूफामीहरूको वंश। \li2 \v 40 आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए: \li3 अर्दबाट अर्दीहरूको वंश; \li3 नामानबाट नामानीहरूको वंश। \lf \v 41 बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो। \b \li1 \v 42 दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 शूहामबाट, शूहामीहरूको वंश, \lf दानका वंशहरू यिनै थिए: \v 43 तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो। \b \li1 \v 44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 यिम्नाबाट यिम्नीहरूको वंश; \li2 यिश्‍वीबाट यिश्‍वीहरूको वंश; \li2 बेरियाहबाट बेरियातीहरूको वंश; \li2 \v 45 अनि बेरियाहका सन्तानहरूबाट: \li3 हेबेरबाट हेबेरीहरूको वंश; \li3 मल्कीएलबाट मल्कीएलीहरूको वंश। \lf \v 46 आशेरकी सेरह नाम भएकी एउटी छोरी थिइन्। \lf \v 47 आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो। \b \li1 \v 48 नप्‍तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए: \li2 यहसेलबाट यहसेलीहरूको वंश; \li2 गुनीबाट गुनीहरूको वंश। \li2 \v 49 येसेरबाट येसेरीहरूको वंश; \li2 शिल्‍लेमबाट शिल्‍लेमीहरूको वंश। \lf \v 50 नप्‍तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो। \b \lf \v 51 इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो। \b \p \v 52 याहवेहले मोशालाई भन्‍नुभयो, \v 53 “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू। \v 54 ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्। \v 55 जमिन निश्‍चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ। \v 56 हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।” \b \li1 \v 57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए: \li2 गेर्शोनीबाट गेर्शोनीहरूको वंश; \li2 कहातबाट कहातीहरूको वंश; \li2 मरारीबाट मरारीहरूको वंश। \li1 \v 58 यिनीहरू पनि लेवी वंशका नै थिए: \li2 लिब्नीहरूको वंश, \li2 हेब्रोनीहरूको वंश, \li2 महलीहरूको वंश, \li2 मूशीहरूको वंश, \li2 कोरहीहरूको वंश। \li2 (कहातचाहिँ अम्रामका पुर्खा थिए, \v 59 अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्। \v 60 हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए। \v 61 तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।) \b \lf \v 62 एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्। \b \p \v 63 मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्। \v 64 यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्। \v 65 किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्। \c 27 \s1 सलोफादका छोरीहरू \p \v 1 सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए। \v 2 अनि मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर भने, \v 3 “हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्‍नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्। \v 4 हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।” \p \v 5 यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए। \v 6 अनि याहवेहले मोशालाई भन्‍नुभयो, \v 7 “सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्‍चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।” \p \v 8 इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू। \v 9 यदि त्यसको कुनै छोरी पनि छैन भने त्यसको अंश त्यसको दाजुभाइलाई दिनू। \v 10 यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू। \v 11 यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।” \s1 मोशाको उत्तराधिकार यहोशू \p \v 12 याहवेहले मोशालाई भन्‍नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्। \v 13 तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्। \v 14 किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।) \p \v 15 मोशाले याहवेहलाई भने, \v 16 “हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्‍वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्। \v 17 त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।” \p \v 18 यसकारण याहवेहले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्। \v 19 त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे। \v 20 तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्‍नेछन्। \v 21 त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्‍त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।” \p \v 22 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे। \v 23 त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए। \c 28 \s1 दैनिक भेटीहरू \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्‍नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू। \v 3 तिनीहरूलाई भन्: तिमीहरूले याहवेहका निम्ति चढाउनुपर्ने अग्निबलिको भेटी यही हो: नियमित रूपमा चढाउने होमबलिका निम्ति निष्खोट दुई वटा एकवर्षे थुमाहरू प्रत्येक दिन चढाउनू। \v 4 एउटा थुमा बिहान र अर्को थुमा साँझमा चढाउनू। \v 5 त्यससँग एक एपाको दशौँ भाग\f + \fr 28:5 \fr*\ft लगभग 1.6 किलो\ft*\f* मसिनो पिठोसँग एक चौथाइ हिन\f + \fr 28:5 \fr*\ft लगभग 1 लिटर\ft*\f* पेलिएको जैतुनको तेल पनि मिसाएर चढाउनू। \v 6 याहवेहलाई आगोद्वारा चढाइने मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा सीनै पर्वतमा स्थापित गरिएको नियमित होमबलि यही हो। \v 7 त्यससँग चढाइने अर्घबलिचाहिँ प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। याहवेहका निम्ति त्यो अर्घबलि पवित्रस्थानमा खन्याउनू। \v 8 साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्‍नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्‍नादार अग्निबलि हो। \s1 शब्बाथ दिनका भेटीहरू \p \v 9 “शब्बाथ दिनमा जैतुनको तेलसँग मिसाएको एपाको दश भागको दुई भाग\f + \fr 28:9 \fr*\ft लगभग 3.2 किलो\ft*\f* मसिनो पिठोसँग दुई वटा एकवर्षे निष्खोट थुमाहरूको अर्घबलि र अन्‍नबलि भेटी चढाउनू। \v 10 योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक हरेक शब्बाथ दिनमा चढाइने होमबलि हो। \s1 मासिक भेटीहरू \p \v 11 “प्रत्येक महिनाको पहिलो दिन याहवेहकहाँ होमबलिका लागि दुई वटा साँढे, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। \v 12 प्रत्येक साँढेसँग एपाको दश भागको तीन भाग\f + \fr 28:12 \fr*\ft लगभग 5 किलो\ft*\f* मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि चढाउनुपर्छ। एउटा भेडासँग एपाको दश भागको दुई भाग मसिनो पिठो जैतुनको तेलमा मिसाएको अन्‍नबलि हुनुपर्छ; \v 13 अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्‍नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्‍नादार आगोद्वारा चढाइने अन्‍नबलि हो। \v 14 प्रत्येक साँढेसँग लगभग आधा हिन दाखमद्यको अर्घबलि होस्। भेडासँग एक तिहाइ हिन र प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। योचाहिँ प्रत्येक वर्षको प्रत्येक औँसीमा चढाउने मासिक होमबलि हो। \v 15 अर्घबलिसँग चढाइने नियमित होमबलिबाहेक याहवेहलाई पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाइनुपर्छ। \s1 निस्तार चाड \p \v 16 “पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ। \v 17 त्यस महिनाको पन्ध्रौँ दिनमा चाड मनाउनू; सात दिनसम्म अखमिरी रोटी खानू। \v 18 यस चाडको पहिलो दिन पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्ना दैनिक काम नगर्नू। \v 19 याहवेहलाई अग्निबलि चढाउन दुई वटा बाछाहरू, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू, सबै निष्खोट पशुहरू समावेश गर्दै होमबलिको रूपमा चढाउनू। \v 20 अन्‍नबलिका लागि प्रत्येक साँढेका निम्ति जैतुनको तेलसँग मिसाएको एपाको दश भागको तीन भाग मसिनो पिठो; साँढभेडासँग दश भागको दुई भाग मसिनो पिठो; \v 21 र सातै वटा थुमाहरू हरेकसँग दश भागको एक भाग पिठोको अन्‍नबलि तयार गर्नू। \v 22 त्यसमा पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका तिमीहरूका प्रायश्‍चितका लागि लिनू। \v 23 बिहानको नियमित होमबलिबाहेक यी सबै बलिहरूलाई चढाउनू। \v 24 यस प्रकारले याहवेहलाई मनपर्दो बास्‍नादार भेटीको रूपमा सात दिनसम्म अग्निबलि प्रत्येक दिन चढाउनू। योचाहिँ नियमित चढाइने होमबलि र अर्घबलिबाहेक चढाउनुपर्छ। \v 25 सातौँ दिनमा एउटा पवित्र सभा राख्नू; र त्यस दिन कुनै दैनिक काम नगर्नू।” \s1 साताहरूका चाड \p \v 26 अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्‍नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू। \v 27 दुई वटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूका होमबलि याहवेहलाई मनपर्दो बास्‍नादार अन्‍नबलिको रूपमा चढाउनू। \v 28 प्रत्येक साँढेसँग अन्‍नबलिका लागि एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेलसँग मिसाएको; भेडासँग दश भागको दुई भाग मसिनो पिठो; \v 29 र प्रत्येक सात वटा थुमाहरूसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। \v 30 तिमीहरूका पापको प्रायश्‍चितका निम्ति एउटा बोका पनि लिनू। \v 31 यी कुराहरू तिनीहरूका अर्घबलिसँग नियमित होमबलि र अन्‍नबलिबाहेक चढाउनू। पशुहरूचाहिँ निश्‍चित रूपमा निष्खोट हुनुपर्छ। \c 29 \s1 तुरहीको चाड \p \v 1 “ ‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो। \v 2 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। \v 3 साँढेसँग एपाको दश भागको तीन भाग\f + \cat dup\cat*\fr 29:3 \fr*\ft लगभग 5 किलो\ft*\f* मसिनो पिठोमा जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; भेडासँग साँढे एपाको दश भागको दुई भाग\f + \fr 29:3 \fr*\ft लगभग 3.2 किलो\ft*\f* मसिनो पिठो चढाउनू; \v 4 र सात वटा थुमाहरूमा प्रत्येकसँग दश भागको दुई भाग मसिनो पिठो मिसाउनू। \v 5 तिमीहरूका पापबलि शुद्धीकरणको निम्ति एउटा बोका सामेल गराएर प्रायश्‍चित गर्नू। \v 6 यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्‍नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्‍नादार अग्निबलिहरू हुन्। \s1 प्रायश्‍चितको दिन \p \v 7 “ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू\f + \fr 29:7 \fr*\ft अथवा \ft*\fqa उपवास बस्‍नू\fqa*\f* र कुनै पनि काम नगर्नू। \v 8 याहवेहलाई मनपर्दो बास्‍नादार होमबलिको रूपमा एउटा बहर, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। \v 9 अन्‍नबलिका निम्ति साँढेसँग एपाको दश भागको तीन भाग मसिनो पिठोमा जैतुनको तेल मिसाएर चढाउनू; भेडासँग दश भागको दुई भाग मसिनो पिठो चढाउनू; \v 10 र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्‍नबलि चढाउनू। \v 11 त्यसमा प्रायश्‍चितका निम्ति पाप शुद्धीकरण बलि र नियमित होमबलिसँगै अन्‍नबलि र अर्घबलिबाहेक पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। \s1 छाप्रोबासको चाड \p \v 12 “ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। \v 13 याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। \v 14 तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो, \v 15 र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। \v 16 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 17 “ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्। \v 18 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। \v 19 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 20 “ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। \v 21 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। \v 22 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 23 “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। \v 24 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। \v 25 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 26 “ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। \v 27 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। \v 28 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 29 “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। \v 30 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। \v 31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 32 “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। \v 33 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। \v 34 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। \v 36 याहवेहलाई मनमर्दो बास्‍नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। \v 37 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछा, भेडा र थुमाहरू चढाउनू। \v 38 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। \p \v 39 “ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्‍नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ” \p \v 40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए। \c 30 \s1 भाकलहरू \p \v 1 मोशाले इस्राएलका कुलका मुखियाहरूलाई भने: “याहवेहले यस्तो आज्ञा दिनुभएको छ: \v 2 जब कुनै मानिसले याहवेहसँग भाकल गर्छ, अथवा शपथ खाएर आफैँलाई बन्धनमा पार्छ भने त्यसले आफ्नो वचन तोड्नुहुँदैन। तर त्यसले आफूले बोलेको हरेक वचन जसरी भए तापनि पूरा गर्नैपर्छ। \p \v 3 “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान स्त्रीले याहवेहसँग भाकल गरी, अथवा आफूलाई बन्धनमा बाँधी भने, \v 4 र त्यो भाकल वा बन्धन सुनेर पनि उसका बुबा चुपचाप लाग्यो भने ती भाकल वा बन्धन कायम रहनेछ। \v 5 तर यदि उसका बुबाले त्यो भाकल सुनेर मनाही गर्‍यो भने उसले गरेको कुनै पनि भाकल अथवा आफूले गरेको बन्धन कायम रहनेछैन। उसका बुबाले उसलाई मनाही गरेका कारण याहवेहले उसलाई क्षमा गरिदिनुहुनेछ। \p \v 6 “यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने, \v 7 र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्। \v 8 तर उसका पतिले त्यस विषयमा सुनेर उसलाई मनाही गर्‍यो भने उसले गरेको भाकल अथवा उसले नसोची आफूले गरेको प्रतिज्ञा रद्द हुनेछ। अनि याहवेहले त्यस स्त्रीलाई क्षमा गरिदिनुहुनेछ। \p \v 9 “विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ। \p \v 10 “यदि पतिसँग बसिरहेकी स्त्रीले भाकल गरी वा शपथद्वारा आफूलाई बन्धनमा पारी, \v 11 अनि उसको पतिले त्यस विषयमा सुन्यो; तर पनि उसलाई केही भनेन; र उसलाई मनाही गरेन भने उसले गरेका सबै भाकलहरू अथवा आफूले गरेका प्रतिज्ञाहरू कायम रहनेछ। \v 12 तर यदि उसको पतिले त्यस विषयमा सुनेर त्यस कुरालाई रद्द गर्छ भने त्यस स्त्रीको ओठले गरेको कुनै पनि भाकल वा प्रतिज्ञा पूरा गर्नुपर्दैन। उसको पतिले ती रद्द गरिदिएको छ। अनि याहवेहले पनि उसलाई क्षमा गरिदिनुहुनेछ। \v 13 कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ। \v 14 तर यदि उसको पतिले उसलाई लामो समयसम्म त्यस विषयमा केही भनेन भने त्यस स्त्रीले आफूलाई बाँधेका सबै भाकलहरू अथवा प्रतिज्ञाहरू त्यसले कायम राख्नेछ। त्यसले ती कुराका विषयमा सुनेर पनि उसलाई केही नभनेको कारण भाकल कायम रहनेछ। \v 15 तरै पनि यदि त्यसले केही समयपछि ती कुरा सुनेर कुनै कुरालाई रद्द गर्‍यो भने त्यस स्त्रीको दोषको परिणाम उसको पतिले भोग्नुपर्छ।” \p \v 16 पति-पत्नी बीचको सम्बन्ध र बुबा र बुबाको घरमा बसेकी अविवाहित जवान छोरीबीचको सम्बन्धको बारेमा याहवेहले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्। \c 31 \s1 मिद्यानीहरूसँग बदला \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूका खातिर मिद्यानीहरूसँग बदला लिनू। त्यसपछि तँ आफ्ना मानिसहरूसँग मिल्न जानेछस्।” \p \v 3 यसकारण मोशाले मानिसहरूलाई भने, “मिद्यानीहरूका विरुद्ध याहवेहको बदलाको लडाइँ लड्नका निम्ति तिमीहरूका केही मानिसहरूलाई हातहतियारले सुसज्जित गराओ। \v 4 इस्राएलीहरूका प्रत्येक कुलबाट एक-एक हजार मानिसहरूलाई लडाइँ गर्न पठाओ।” \v 5 यसकारण इस्राएली वंशबाट प्रत्येक बाह्र कुलबाट एक हजारको हिसाबले लडाइँका निम्ति सुसज्जित पारिएका बाह्र हजार मानिसहरू खटाइए। \v 6 मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे। \p \v 7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले मिद्यानीहरूका विरुद्धमा लडाइँ गरे, र सबै पुरुषहरूलाई मारे। \v 8 तिनीहरूका हातबाट मर्नेहरूमध्ये मिद्यानका पाँच राजाहरू अर्थात् एवी, रेकेम, सूर, हूर र रेवा थिए। तिनीहरूले बओरका छोरा बालामलाई पनि तरवारले मारे। \v 9 इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए। \v 10 तिनीहरूले मिद्यानीहरू बसोबास गरेका सबै सहरहरू र छाउनीहरूलाई जलाइदिए। \v 11 तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे। \v 12 अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो। \p \v 13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए। \v 14 लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए। \p \v 15 मोशाले तिनीहरूलाई सोधे, “के तिमीहरूले सबै स्त्रीहरूलाई जीवितै रहन दियौ?” \v 16 यी तिनीहरू नै थिए, जसले पोर पर्वतको घटनामा बालामको सल्‍लाह सुनेर इस्राएलीहरूलाई याहवेहको विरुद्धमा तर्केर जान उक्साएका थिए। यसैकारण याहवेहका मानिसहरूलाई विपत्तिले प्रहार गरेको थियो। \v 17 अब सबै केटाहरूलाई र पुरुषहरूसँग सहवास गरेका हरेक स्त्रीहरूलाई पनि मार। \v 18 तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख। \p \v 19 यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ। \v 20 तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार। \p \v 21 त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ: \v 22 सुन, चाँदी, काँसो, फलाम, टिन, सिसा, \v 23 र आगोले नष्‍ट नहुने सबै कुरालाई आगोभित्र हालेर निकाल्नू र त्यो शुद्ध हुनेछ। तर त्यसलाई शुद्ध पार्ने पानीले पनि शुद्ध पारिनुपर्छ। अनि आगोले नष्‍ट हुने जुनसुकै थोकलाई चाहिँ पानीद्वारा शुद्ध पार्नू। \v 24 सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।” \s1 लुटेका सामानको बाँडफाँड \p \v 25 याहवेहले मोशालाई भन्‍नुभयो, \v 26 “तैँले, पुजारी एलाजार र समुदायका मुखियाहरूले कैद गरेर ल्याइएका सबै मानिसहरू र पशुहरू गन्ती गर्नू। \v 27 लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू। \v 28 लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू। \v 29 तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू। \v 30 इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।” \v 31 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशा र पुजारी एलाजारले गरे। \p \v 32 सेनाहरूले लुटेका सामानहरूमा बाँकी रहेका कुराहरू यही थियो: 6,75,000 भेडाहरू, \v 33 72,000 गाईबस्तु, \v 34 61,000 गधाहरू, \v 35 र कुनै मानिससँग सहवास नगरेका 32,000 स्त्रीहरू। \b \lh \v 36 लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: \b \li1 3,37,500 भेडाहरू, \v 37 जसमा याहवेहका निम्ति सलामीचाहिँ 675 भेडाहरू थिए; \li1 \v 38 36,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए; \li1 \v 39 30,500 गधाहरू थिए, जसमा याहवेहका निम्ति सलामीचाहिँ 61 वटा थिए; \li1 \v 40 16,000 मानिसहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 32 वटा थिए। \b \p \v 41 मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए। \p \v 42 मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा, \v 43 अर्थात् समुदायको आधा भागचाहिँ 3,37,500 भेडा थिए; \v 44 36,000 गाईबस्तु, \v 45 30,500 गधा, \v 46 र 16,000 मानिस थिए। \v 47 इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए। \p \v 48 त्यसपछि सेनाहरूका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरू मोशाकहाँ गए। \v 49 अनि तिनीहरूले मोशालाई भने, “तपाईंका सेवकहरूले हाम्रो जिम्मामा रहेका सेनाहरूलाई गनेका छन्। अनि एक जना पनि हराएको छैन। \v 50 यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्‍चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।” \p \v 51 मोशा र पुजारी एलाजारले तिनीहरूबाट सुन अर्थात् सबै गहनाहरू स्वीकार गरे। \v 52 मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल\f + \fr 31:52 \fr*\ft लगभग 190 किलो\ft*\f* थियो। \v 53 हरेक सेनाले लुटको सर-सामान आफ्नै निम्ति लिएका थिए। \v 54 मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए। \c 32 \s1 यर्दन नदीको पूर्वपट्टिका कुलहरू \p \v 1 रूबेनीहरू र गादीहरू, जसका धेरै बथान, बगाल भएकाले याजेर र गिलादको देश पशुपालनका निम्ति उपयुक्त देखे। \v 2 यसकारण तिनीहरू मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूकहाँ आएर भने, \v 3 अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, शबाम, नेबो र बओन, \v 4 अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्। \v 5 तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्‍टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।” \p \v 6 मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ? \v 7 किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ? \v 8 जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए। \v 9 जब तिनीहरू एश्कोलको बेँसीसम्म पुगे, र त्यस देशलाई हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई याहवेहले दिनुभएको देशमा प्रवेश गर्नलाई हतोत्साहित तुल्याएका थिए। \v 10 त्यस दिन याहवेह रिसाउनुभयो, र उहाँले यो शपथ खानुभयो: \v 11 ‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्। \v 12 कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’ \v 13 इस्राएलको विरुद्धमा याहवेह रिसाउनुभयो। अनि उहाँको दृष्‍टिमा दुष्‍ट काम गर्नेहरूको सम्पूर्ण पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म भौँतारिन दिनुभयो। \p \v 14 “अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ। \v 15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।” \p \v 16 तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ। \v 17 तर हामी आफैँचाहिँ इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा नपुर्‍याएसम्म हातहतियार लिएर तिनीहरूको लागि लडाइँमा जान तयार छौँ। त्यस बेलामा हाम्रा स्त्रीहरू र छोराछोरीहरूचाहिँ यहाँका बासिन्दाहरूबाट जोगिनका लागि बलियो किल्‍ला भएका सहरहरूमा बस्‍नेछन्। \v 18 प्रत्येक इस्राएलीहरूले तिनीहरूका पैतृक सम्पत्ति नपाएसम्म हामी आफ्ना घरमा फर्कनेछैनौँ। \v 19 हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।” \p \v 20 तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने, \v 21 अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने, \v 22 जब याहवेहको सामु देश अधीनमा आउँछ, तब तिमीहरू फर्कन सक्छौ। अनि याहवेह र इस्राएलसँगको तिमीहरूको दायित्वबाट तिमीहरू स्वतन्त्र हुनेछौ। अनि यो देश याहवेहको सामु तिमीहरूको अधिकारमा हुनेछ। \p \v 23 तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्‍चय नै भोग्नेछौ। \v 24 आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर। \p \v 25 गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ। \v 26 हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्। \v 27 तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।” \p \v 28 तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए। \v 29 मोशाले तिनीहरूलाई भने, “यदि गादीहरू र रूबेनीहरूका हरेक मानिस लडाइँका निम्ति हातहतियार भिरेर याहवेहको सामु तिमीहरूसँग लडाइँ गर्न यर्दनपारि जान्छन् भने, र जब त्यो देश तिमीहरूकै अगि तिमीहरूका अधीनमा आयो भने तिमीहरूले गिलादको मुलुक तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनू। \v 30 तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।” \p \v 31 गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्‍नुभएजस्तै हामी गर्नेछौँ। \v 32 हामी याहवेहको सामु हातहतियार भिरेर यर्दनपारि कनानसम्मै जानेछौँ। तर हामीले पाउने अधिकारचाहिँ यर्दनको वारि पूर्वपट्टि नै हुनेछ।” \p \v 33 त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए। \p \v 34 गादीहरूले दीबोन, अतारोत, अरोएर, \v 35 अत्रोत-शोपान, याजेर, योगबहा, \v 36 बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए। \v 37 अनि रूबेनीहरूले हेश्बोन, एलाले र किर्यातैम, \v 38 साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे। \p \v 39 मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए। \v 40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे। \v 41 याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर\f + \fr 32:41 \fr*\fq हव्वोत-याईर \fq*\ft अथवा \ft*\fqa याईरको बस्ती\fqa*\f* नाम राखे। \v 42 अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे। \c 33 \s1 इस्राएलीहरूका यात्राका विवरणहरू \p \v 1 मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्। \v 2 याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो: \b \pi1 \v 3 इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे। \v 4 त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो। \pi1 \v 5 रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले। \pi1 \v 6 सुक्‍कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले। \pi1 \v 7 तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले। \pi1 \v 8 तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले। \pi1 \v 9 तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले। \pi1 \v 10 तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले। \pi1 \v 11 लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले। \pi1 \v 12 सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले। \pi1 \v 13 दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले। \pi1 \v 14 आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। \pi1 \v 15 रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले। \pi1 \v 16 तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले। \pi1 \v 17 तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले। \pi1 \v 18 तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले। \pi1 \v 19 तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले। \pi1 \v 20 तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले। \pi1 \v 21 तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले। \pi1 \v 22 तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले। \pi1 \v 23 तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे। \pi1 \v 24 तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले। \pi1 \v 25 तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले। \pi1 \v 26 तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले। \pi1 \v 27 तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले। \pi1 \v 28 तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले। \pi1 \v 29 तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले। \pi1 \v 30 तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले। \pi1 \v 31 तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले। \pi1 \v 32 तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले। \pi1 \v 33 तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले। \pi1 \v 34 तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले। \pi1 \v 35 तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले। \pi1 \v 36 तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले। \pi1 \v 37 तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले। \v 38 याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो। \v 39 होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए। \pi1 \v 40 कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने। \pi1 \v 41 तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले। \pi1 \v 42 तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले। \pi1 \v 43 तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले। \pi1 \v 44 तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले। \pi1 \v 45 तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले। \pi1 \v 46 तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले। \pi1 \v 47 तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले। \pi1 \v 48 तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले। \v 49 त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले। \b \p \v 50 यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो, \v 51 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ, \v 52 तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू। \v 53 त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु। \v 54 त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू। \p \v 55 “ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्। \v 56 अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ” \c 34 \s1 कनान देशका सिमानाहरू \lh \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ: \b \li1 \v 3 “ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर, \v 4 अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ, \v 5 जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ। \li1 \v 6 तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ। \li1 \v 7 तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ, \v 8 र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ, \v 9 र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ। \li1 \v 10 तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ। \v 11 त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म\f + \fr 34:11 \fr*\ft अथवा \ft*\fqa किन्‍नरेतको समुद्र\fqa*\f* पुग्नेछ। \v 12 त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। \b \lf “ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ” \b \p \v 13 मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ। \v 14 किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्। \v 15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।” \p \v 16 याहवेहले मोशालाई भन्‍नुभयो, \v 17 “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू। \v 18 अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू। \b \lh \v 19 “ती अगुवाहरूका नाम यिनै हुन्: \b \li1 “यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब; \li1 \v 20 शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल; \li1 \v 21 बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद; \li1 \v 22 दानको कुलबाट योग्लीका छोरा बुक्‍की अगुवा थिए; \li1 \v 23 योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्‍नीएल अगुवा थिए; \li1 \v 24 योसेफका छोरा एफ्राइमको कुलबाट शिप्‍तानका छोरा कमूएल अगुवा थिए; \li1 \v 25 जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए; \li1 \v 26 इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए; \li1 \v 27 आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए; \li1 \v 28 नप्‍तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।” \b \lf \v 29 याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्। \c 35 \s1 लेवीहरूका निम्ति सहरहरू \p \v 1 यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्‍नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू। \v 3 तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्। \p \v 4 “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट\f + \fr 35:4 \fr*\ft लगभग 450 मिटर\ft*\f* होस्। \v 5 सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट,\f + \fr 35:5 \fr*\ft लगभग 900 मिटर\ft*\f* दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्‍चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्। \s1 शरणस्थलका नगरहरू \p \v 6 “तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्‍यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू। \v 7 तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ। \v 8 तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।” \p \v 9 त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो: \v 10 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन तरेर कनानमा पुग्नेछौ, \v 11 तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्‍नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर जान सकोस्। \v 12 ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्। \v 13 तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्। \v 14 तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू। \v 15 यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्‍ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यहाँ भागेर जान सकोस्। \p \v 16 “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। \v 17 अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। \v 18 अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। \v 19 रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्। \v 20 यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्‍यो भने, \v 21 अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्‍यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ। \p \v 22 “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्‍यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्‍यो भने, \v 23 अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने, \v 24 समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ। \v 25 समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्। \p \v 26 “ ‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने, \v 27 र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्‍यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन। \v 28 किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्‍नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो। \p \v 29 “ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ। \p \v 30 “ ‘कुनै व्यक्तिले कसैको हत्या गर्‍यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू। \p \v 31 “ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ। \p \v 32 “ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्‍न नपाओस्। \p \v 33 “ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्‍चित गर्न सकिँदैन। \v 34 तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ” \c 36 \s1 सलोफादका छोरीहरूको उत्तराधिकार \p \v 1 योसेफका सन्तानहरूबाट आएका मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद वंशका परिवारका अगुवाहरू आए। अनि मोशा, अरू अगुवाहरू र इस्राएली परिवारहरूका अगुवाहरूका सामु आए। \v 2 अनि तिनीहरूले भने, “जब याहवेहले इस्राएलीहरूलाई पैतृक सम्पत्तिको रूपमा यस देशलाई चिट्ठा हालेर दिनू भनेर मेरा मालिकलाई आज्ञा गर्नुभएको थियो; अनि उहाँले हाम्रा दाजु सलोफादको अधिकार तिनका छोरीहरूलाई दिनू भनेर तपाईंलाई आज्ञा दिनुभयो। \v 3 अब मानिलिनुहोस्, यदि तिनीहरूले इस्राएलका अरू कुलका मानिसहरूसँग विवाह गरे भने तिनीहरूका अधिकारको भाग हाम्रा पुर्ख्यौली अधिकारबाट खोसिएर तिनीहरूले विवाह गरेको कुलमा थपिनेछ। यसरी हामीलाई दिइएको अधिकारको केही अंश गुमाउनुपर्ने हुन्छ। \v 4 जब इस्राएलीहरूका निम्ति पचासौँ उत्सव वर्ष आउँछ, तब तिनीहरूका अधिकारको भाग तिनीहरूले विवाह गरेका कुलमा थपिनेछ। अनि तिनीहरूको पैतृक सम्पत्ति हाम्रा पुर्खाहरूका अधिकारबाट खोसिनेछ।” \p \v 5 तब याहवेहको आज्ञामा मोशाले इस्राएलीहरूलाई यो आदेश दिए: “योसेफका सन्ततिका कुलहरूले भनेका कुरा ठिकै हो। \v 6 याहवेहले सलोफादका छोरीहरूका निम्ति यस्तो आज्ञा दिनुहुन्छ: तिनीहरूले आफ्ना पिताका पुर्ख्यौली कुलबाट जसलाई पनि आफ्ना राजीखुशीअनुसार विवाह गर्न सक्छन्। \v 7 इस्राएलमा कुनै पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा जान पाउँदैन। किनकि प्रत्येक इस्राएलीहरूले तिनीहरूका पुर्खाहरूबाट पाएका पैतृक सम्पत्तिको भाग राख्नुपर्छ। \v 8 इस्राएलीहरूको कुनै पनि कुलमा उत्तराधिकारको भाग पाउने युवतीले त्यसकै बुबापट्टिको कुलमा विवाह गरोस्। यसरी हरेक इस्राएलीले आफ्नै पैतृक सम्पत्तिको भाग पाओस्। \v 9 कुनै पनि पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा नजाओस्। तर हरेक इस्राएली आफ्नै पुर्खाका कुलको पैतृक सम्पत्तिमा रहोस्।” \p \v 10 यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे। \v 11 सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआहले आफ्नै बुबाका दाजुभाइहरूका छोराहरूसँग विवाह गरे। \v 12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्ततिहरूका वंशभित्रै विवाह गरे। अनि तिनीहरूका पैतृक सम्पत्तिको भाग तिनीहरूका बुबाकै वंश र कुलमा रह्‍यो। \b \p \v 13 याहवेहले मोशाद्वारा इस्राएलीहरूलाई, यरीहोदेखि पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा दिनुभएका आज्ञाहरू र नियमहरू यिनै नै हुन्।