\id NAM - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h नहूम \toc1 नहूमको भविष्यवाणी \toc2 नहूम \toc3 नहूम \mt1 नहूमको भविष्यवाणी \c 1 \p \v 1 निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक। \b \s1 निनवेको विरुद्धमा याहवेहको क्रोध \q1 \v 2 याहवेह डाही र बदला लिने परमेश्‍वर हुनुहुन्छ; \q2 याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ। \q1 याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ, \q2 र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ। \q1 \v 3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ। \q2 याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। \q1 उहाँको मार्ग भुमरी र आँधीमा छ; \q2 अनि बादलहरू उहाँका पाउको धुलो हुन्। \q1 \v 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ; \q2 उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ। \q1 बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्, \q2 र लेबनानका फूलहरू ओइलिन्छन्। \q1 \v 5 उहाँको सामु पर्वतहरू काँप्छन् \q2 र पहाडहरू पग्लिएर जान्छन्। \q1 उहाँको उपस्थितिमा पृथ्वी, \q2 संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्। \q1 \v 6 उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र? \q2 उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ? \q1 उहाँको क्रोध आगोझैँ खन्याइन्छ; \q2 उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्। \b \q1 \v 7 याहवेह भलो हुनुहुन्छ, \q2 दुःखको समयमा एक शरणस्थान। \q1 उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ, \q2 \v 8 तर उहाँले उर्लंदो बाढीले \q1 निनवे सहरको अन्त्य गरिदिनुहुनेछ; \q2 उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ। \b \q1 \v 9 तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि \q2 उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; \q2 सङ्कष्‍ट दोस्रो पल्ट फेरि आउनेछैन। \q1 \v 10 तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, \q2 र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; \q2 तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्। \q1 \v 11 हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्‍ट युक्ति रच्ने, \q2 र खराब सल्‍लाह दिने \q2 एक जना निस्केर आएको छ। \p \v 12 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि \q2 तिनीहरू नष्‍ट हुनेछन् र मरेर जानेछन्। \q1 हे यहूदा, मैले तँलाई कष्‍ट दिए तापनि \q2 अब उसो म तँलाई फेरि कष्‍ट दिनेछैनँ। \q1 \v 13 अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु, \q2 र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।” \b \q1 \v 14 हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ; \q2 “तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन। \q1 म तेरा देवताहरूका मन्दिरमा भएका \q2 तेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु। \q1 म तेरो चिहान तयार पार्नेछु, \q2 किनकि तँ दुष्‍ट छस्।” \b \q1 \v 15 हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने \q2 एउटा मानिसका पाउहरू, \q2 जसले शान्तिको प्रचार गर्दछ! \q1 हे यहूदा, तेरा चाडहरू मना, \q2 र आफ्ना भाकलहरू पूरा गर्। \q1 दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्; \q2 तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्। \c 2 \s1 निनवेको पतन \q1 \v 1 हे निनवे, तेरो विरुद्धमा एक जना आक्रमणकारी आउँदैछ। \q2 किल्‍लाको रक्षा गर्, \q2 बाटोमा पहरा दे, \q2 आफ्नो कम्मर कस्, \q2 र आफ्नो पूरा शक्ति लगाएर लडाइँको तयारी गर्! \b \q1 \v 2 याहवेहले याकोबको वैभवलाई \q2 इस्राएलको वैभवलाई झैँ पुनर्स्थापित गर्नुहुनेछ। \q1 यद्यपि विनाशकारीहरूले तिनीहरूलाई उजाड पारेका छन्, \q2 र दाखका हाँगाहरूलाई नष्‍ट गरिदिएका छन्। \b \q1 \v 3 त्यसका सेनाहरूका ढालहरू राता-राता छन्; \q2 त्यसका वीर योद्धाहरूले रातो रङ्गका पोशाकहरू पहिरेका छन्। \q1 लडाइँको तयारीको दिनमा \q2 रथका धातुहरू चम्कन्छन्; \q2 देवदारुको काठका भालाहरू नचाउँछन्। \q1 \v 4 त्यसका रथहरू सडकहरूमा वेगसँग दौडिन्छन्; \q2 ती चोकको बीचबाट यता र उता दौडिरहन्छन्। \q1 तिनीहरू बलिरहेको राँकोजस्तै देखिन्छन्; \q2 तिनीहरू बिजुली चम्केझैँ वेगले दौडन्छन्। \b \q1 \v 5 निनवेले आफ्ना चुनिएका सेनाहरूलाई बोलाउँछ, \q2 तर पनि तिनीहरू आफ्नो बाटोमा ठक्‍कर खाएर लड्छन्। \q1 तिनीहरू सहरका पर्खालतिर ठोकिन्छन्; \q2 रक्षा गर्ने ढाल ठिक ठाउँमा राखिन्छ। \q1 \v 6 नदीका मूलढोकाहरू खोलिन्छन्, \q2 र राजदरबार ढल्छ। \q1 \v 7 यस्तो फैसला भएको छ, \q2 त्यो निनवेलाई कैद गरी लगिनेछ। \q1 त्यसका सेविकाहरू ढुकुरहरूझैँ विलाप गर्छन्, \q2 र आ-आफ्ना छाती पिट्छन्। \q1 \v 8 निनवे एउटा पोखरीजस्तै छ, \q2 जसको पानी सुकेर गइरहेको छ। \q1 “पर्ख! पर्ख!” भन्दै तिनीहरू कराउँछन्, \q2 तर कोही पनि पछि फर्केर हेर्दैनन्। \q1 \v 9 चाँदी लुट! \q2 सुन लुट! \q1 त्यसका सबै प्रकारका बहुमूल्य खजानाहरूले, \q2 त्यसको भण्डार असीमित छ! \q1 \v 10 त्यो उजाड भएकी छे, लुटिएकी छे, निर्वस्त्र पारिएकी छे! \q2 अनि हृदयहरू पग्लन्छन्, घुँडाहरू काँप्दछन्, \q2 शरीरहरू काँप्छन् र प्रत्येक अनुहार डरले पहेँलो हुन्छन्। \b \q1 \v 11 अहिले सिंहको गुफा कहाँ छ, \q2 जहाँ सिंह र सिंहनीले आफ्ना डमरुहरूलाई खुवाउँथे, \q1 जहाँ सिंह, सिंहनी, \q2 र डमरुहरू समेत नडराई हिँड्दथे। \q1 \v 12 जहाँ सिंहले आफ्ना डमरुहरूका निम्ति प्रशस्त शिकार गर्थ्यो, \q2 र सिंहनीको निम्ति शिकारको घाँटी निमोठ्थ्यो; \q1 त्यसले आफ्ना गुफाहरू शिकार गरेका पशुहरूले \q2 र आफ्ना ओडारहरू शिकारहरूको मासुले भरिराख्थ्यो। \b \q1 \v 13 “हेर्, म तेरो विरुद्धमा छु,” \q2 सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \q1 “म तेरा रथहरू जलाएर धुवाँमा उडाइदिनेछु, \q2 अनि तरवारले तेरा जवान सिंहहरूलाई खाइदिनेछ। \q2 मैले तेरो निम्ति पृथ्वीमा केही पनि शिकार छोड्नेछैन। \q1 तेरा राजदूतहरूको सोर \q2 अब उसो सुनिनेछैन।” \c 3 \s1 निनवेलाई धिक्‍कार \q1 \v 1 रक्तपातले भरिएको सहरलाई धिक्‍कार! \q2 जो झूटले भरिएको छ, \q1 र लुटपाटका धनले भरिएको छ। \q2 जो पीडितबाट कहिल्यै मुक्त छैन! \q1 \v 2 कोर्राहरूको आवाज, \q2 चक्‍काहरूको गडगडाहट, \q1 घोडाहरूको दौड \q2 र रथहरू थर्केका आवाज! \q1 \v 3 युद्धका घोडचढीहरूको हमला, \q2 चम्किला तरवारहरू \q2 र टल्किने भालाहरू! \q1 मारिएका धेरै-धेरै छन्; \q2 लासहरूका रासमाथि रास, \q1 अनगन्ती मृत शरीरहरू, \q2 मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्— \q1 \v 4 यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; \q2 त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, \q1 जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई \q2 र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी। \b \q1 \v 5 “म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \q2 “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। \q1 म तेरो नाङ्गोपना राष्ट्रहरूलाई \q2 र तेरो लाज राज्यहरूलाई देखाउनेछु। \q1 \v 6 म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु, \q2 म तँलाई घृणित व्यवहार गर्नेछु, \q2 र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु। \q1 \v 7 तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्, \q2 ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ \q2 तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?” \b \q1 \v 8 के तँ नील नदीका किनारामा अवस्थित \q2 चारैपट्टि पानीले घेरिएको \q2 इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? \q1 त्यसको सुरक्षा नील नदी थियो; \q2 अनि पानी सहरको पर्खालजस्तै थियो। \q1 \v 9 कूश र इजिप्ट त्यसको असीम शक्ति थिए; \q2 पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए। \q1 \v 10 तापनि त्यसलाई कैदमा लगियो, \q2 र त्यो निर्वासनमा गयो। \q1 त्यसका स-साना बालबच्‍चाहरू \q2 सडकका कुना-कुनामा पछारी-पछारी मारिए। \q1 त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो, \q2 र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए। \q1 \v 11 तँ निनवे पनि मात्तिनेछेस्; \q2 तँ लुकेर भाग्नेछस्, \q2 र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्। \b \q1 \v 12 तेरा सबै बलिया किल्‍लाहरू नेभाराका रूखहरूजस्तै, \q2 पाकेका पहिलो फलले भरिएका छन्; \q1 जब ती बोटहरूलाई हल्‍लाइन्छ, \q2 तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्। \q1 \v 13 तेरा सेनाका दलहरूलाई हेर्, \q2 ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्! \q1 तेरा देशका मूलढोकाहरू \q2 तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्; \q2 तिनका गजबारहरू आगोले भस्म पारेको छ। \b \q1 \v 14 शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्; \q2 आफ्ना प्रतिरक्षालाई बलियो पार्! \q1 माटो मुछेर तयार गर्; \q2 हिलो माटोलाई कुल्चीमिल्ची पार्, \q2 र इँटाको साँचाहरू मर्मत गर्! \q1 \v 15 त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ; \q2 तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ; \q2 तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्। \q1 फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा; \q2 सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा! \q1 \v 16 तैँले आफ्ना व्यापारीहरूको संख्या \q2 आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्; \q1 तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्, \q2 र त्यसपछि तिनीहरू उडेर जान्छन्। \q1 \v 17 तेरा पहरेदारहरू सलहहरूजस्ता छन्, \q2 तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्, \q2 जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्; \q1 तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्, \q2 र ती कहाँ जान्छन्, सो कसैले जान्दैन। \b \q1 \v 18 हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्; \q2 तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्। \q1 तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्। \q2 तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन। \q1 \v 19 कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; \q2 तेरो चोट प्राणघातक छ। \q1 जसले तेरो बारेमा सुन्छन्, \q2 तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; \q1 किनकि तेरो कहिल्यै अन्त्य नहुने \q2 क्रूरता कसले भोगेको छैन र?