\id MIC - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h मीका \toc1 मीकाको भविष्यवाणी \toc2 मीका \toc3 मीका \mt1 मीकाको भविष्यवाणी \c 1 \p \v 1 याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्‍ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए। \b \b \q1 \v 2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! \q2 हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! \q1 याहवेह आफ्नो पवित्र मन्दिरबाट, \q2 प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्! \s1 सामरिया र यरूशलेमका विरुद्धमा न्याय \q1 \v 3 हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। \q2 उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्‍च स्थानहरूलाई टेक्नुहुन्छ। \q1 \v 4 उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, \q2 र उपत्यकाहरू टुक्रिन्छन्; \q1 आगोको सामु मैन पग्लिएझैँ, \q2 र भिरबाट पानी बगेजस्तै हुन्छन्। \q1 \v 5 यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो। \q2 इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो। \q1 याकोबको अपराध के हो त? \q2 के यो सामरिया होइन र? \q1 यहूदाको उच्‍च स्थान के हो? \q2 के त्यो यरूशलेम होइन र? \b \q1 \v 6 “यसकारण म सामरियालाई भग्नावशेष, \q2 र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। \q1 म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, \q2 र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु। \q1 \v 7 त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; \q2 त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; \q2 म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। \q1 किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; \q2 अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।” \s1 रुवाबासी र विलाप \q1 \v 8 यसैकारण म रुँदै विलाप गर्नेछु; \q2 म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। \q1 म स्यालले जस्तै कराउनेछु, \q2 र उल्‍लुले जस्तै बिलौना गर्नेछु। \q1 \v 9 किनकि सामरियाको घाउ निको नहुने किसिमको छ; \q2 त्यो यहूदासम्म नै फैलिएको छ। \q1 त्यो मेरा मानिसहरूका ढोकासम्म नै आइपुगेको छ। \q2 त्यो यरूशलेमको सहरसम्म नै आइपुगेको छ। \q1 \v 10 गातलाई यो कुरा नसुनाओ; \q2 तिमीहरू रुँदै नरोओ! \q1 बेथ-ओप्रामा\f + \fr 1:10 \fr*\ft जसको अर्थ हो \ft*\fqa धुलोको घर\fqa*\f* \q2 धुलोमा लडीबुडी गर। \q1 \v 11 हे शाफीरका\f + \fr 1:11 \fr*\ft जसको अर्थ हो \ft*\fqa सुखद\fqa*\f* बासिन्दाहरू हो, \q2 नाङ्गा र लज्जित भएर निस्किजाओ। \q1 सानानका बासिन्दाहरू, \q2 बाहिर आउनेछैनन्। \q1 बेथ-एजेल शोकमा छ; \q2 अब त्यसले तिमीहरूलाई सुरक्षा गर्दैन। \q1 \v 12 मारोतमा बस्‍नेहरू सहायताको पर्खाइमा \q2 पीडाले छटपटाइरहेका छन्; \q1 किनकि याहवेहबाट आएको विपत्ति \q2 यरूशलेमको ढोकासम्म नै आइपुगेको छ। \q1 \v 13 हे लाकीशमा बस्‍नेहरू हो, \q2 वेगले दौडने घोडाहरूलाई रथमा कस। \q1 सियोनकी छोरीका निम्ति लाकीशबाट नै पाप सुरु भएको थियो; \q2 किनकि तिमीहरूमा नै इस्राएलले गरेजस्तै अपराधहरू भेट्टाइएको थियो। \q1 \v 14 यसकारण तिमीहरूले नै \q2 मोरेशेत-गातलाई बिदाइका उपहारहरू दिनेछौ। \q1 इस्राएलका राजाहरूका निम्ति \q2 अक्जीबको सहर धोका दिने सहरको रूपमा प्रमाणित हुनेछ। \q1 \v 15 हे मारेशामा बस्‍नेहरू हो, \q2 म तिमीहरूका विरुद्धमा एक जना विजेतालाई ल्याउनेछु। \q1 इस्राएलका प्रतिष्‍ठित अगुवाहरू \q2 अदुल्‍लाम सहरमा भाग्नेछन्। \q1 \v 16 आफ्ना प्यारा छोराछोरीहरू, जससँग तिमीहरू रमाउँछौ, \q2 तिनीहरूको शोकमा आफ्नो केश खौर; \q1 तिमीहरूले आफूलाई तालु खुइले गिद्धजस्तै बनाओ; \q2 किनकि तिनीहरूलाई तिमीहरूदेखि टाढा निर्वासनमा लगिनेछ। \c 2 \s1 मानिसका योजनाहरू र परमेश्‍वरका योजनाहरू \q1 \v 1 तिनीहरूलाई धिक्‍कार, जसले अधर्मको योजना बनाउँछन्, \q2 र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्‍ट षड्यन्त्र रच्दछन्! \q1 बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; \q2 किनकि तिनीहरूमा त्यो दुष्‍ट काम पूरा गर्ने सामर्थ्य छ। \q1 \v 2 तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; \q2 अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। \q1 तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; \q2 अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्। \p \v 3 यसकारण याहवेह भन्‍नुहुन्छ: \q1 “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, \q2 जसबाट तिमीहरू बच्न सक्नेछैनौ। \q1 अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; \q2 किनकि यो एउटा विपत्तिको समय हुनेछ। \q1 \v 4 त्यस दिन मानिसहरूले तिमीहरूको खिल्‍ली उडाउनेछन्; \q2 तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्‍ला गर्नेछन्: \q1 ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; \q2 मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। \q1 उहाँले यो सम्पत्ति मबाट खोस्‍नुहुन्छ! \q2 उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ ” \b \q1 \v 5 यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति \q2 चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन। \s1 झूटा अगमवक्ताहरू \q1 \v 6 तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। \q2 यी कुराहरूका बारेमा अगमवाणी नगर; \q2 अपमान हामीमाथि आइपर्नेछैन।” \q1 \v 7 हे याकोबको घराना, तिमीहरूले यसो भन्‍नुपर्ने हो? \q2 “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? \q2 के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” \b \q1 “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, \q2 जो सोझो मार्गमा हिँड्छन्? \q1 \v 8 तर अहिले मेरा आफ्नै मानिसहरू \q2 शत्रुझैँ खडा भएका छन्। \q1 तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै \q2 निर्धक्‍क भएर बाटो हिँडिरहेकाहरूबाट \q2 तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ। \q1 \v 9 तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई \q2 तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। \q1 तिमीहरूले मेरो आशिष् तिनीहरूका \q2 छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ। \q1 \v 10 उठ, गइहाल! \q2 किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; \q1 यो अशुद्ध भएको कारण \q2 यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ। \q1 \v 11 यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, \q2 ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ \q2 त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ! \s1 उद्धारको प्रतिज्ञा \q1 \v 12 “हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; \q2 म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। \q1 म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। \q2 चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; \q2 त्यो देश मानिसहरूको भीडले भरिनेछ। \q1 \v 13 जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; \q2 तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। \q1 तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; \q2 अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।” \c 3 \s1 अगुवाहरू र अगमवक्ताहरूलाई हप्की \p \v 1 त्यसपछि मैले भनेँ, \q1 “हे याकोबका अगुवाहरू, \q2 इस्राएलका शासकहरू हो, सुन। \q1 के तिमीहरूले न्यायलाई मान्‍नुपर्ने होइन र? \q2 \v 2 तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्‍टतालाई प्रेम गर्छौ; \q1 जसले मेरा मानिसहरूका छाला काढ्छौ, \q2 र तिनीहरूका हड्डीहरूबाट मासु लुछेर निकाल्छौ; \q1 \v 3 तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ, \q2 तिनीहरूका छाला काढ्छौ, \q2 र तिनीहरूका हड्डीहरूलाई चकनाचुर पार्दछौ; \q1 जसलाई तिमीहरूले भाँडामा हालेर \q2 पकाउने मासुजस्तै टुक्रा-टुक्रा पार्छौ।” \b \q1 \v 4 त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, \q2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। \q1 त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; \q2 किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्। \p \v 5 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ती अगमवक्ताहरू, \q2 जसले मेरा मानिसहरूलाई कुमार्गमा डोर्‍याउँछन्। \q1 यदि तिनीहरूले केही खानेकुरा पाए भने, \q2 तिनीहरूले ‘तिमीहरूलाई शान्ति होस्,’ भनेर घोषणा गर्छन्। \q1 तर यदि कसैले तिनीहरूलाई खानेकुरा दिएनन् भने, \q2 तिनीहरू त्यसको विरुद्धमा युद्धको तयारी गर्छन्। \q1 \v 6 यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात, \q2 र जोखनाबिनाको अन्धकार हुनेछ। \q1 अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ; \q2 अनि तिनीहरूका निम्ति दिन अन्धकार हुनेछ। \q1 \v 7 दर्शीहरू लज्जित हुनेछन्, \q2 र जोखना हेर्नेहरू अपमानित हुनेछन्। \q1 तिनीहरू सबैले आफ्ना अनुहारहरू ढाक्नेछन्; \q2 किनकि तिनीहरूले परमेश्‍वरबाट कुनै पनि जवाफ पाउनेछैनन्।” \q1 \v 8 तर मचाहिँ शक्तिले भरिएको छु, \q2 म याकोबलाई त्यसको अपराध \q2 र इस्राएललाई त्यसको पाप बताइदिन \q1 याहवेहको आत्माले \q2 सामर्थ्य र न्यायले भरिएको छु। \b \q1 \v 9 हे याकोबका अगुवाहरू, \q2 र इस्राएलका शासकहरू हो, यो कुरा सुन! \q1 जसले न्यायलाई घृणा गर्दछौ \q2 र ठिक कुरालाई बङ्ग्याउँदछौ; \q1 \v 10 जसले सियोनलाई रक्तपातले \q2 र यरूशलेमलाई दुष्‍टताद्वारा निर्माण गर्दछौ। \q1 \v 11 त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्; \q2 त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्। \q2 अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्। \q1 तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्, \q2 “के याहवेह हाम्रो बीचमा हुनुहुन्‍न र? \q2 हामीमाथि कुनै विपत्ति आउनेछैन।” \q1 \v 12 यसैकारण तिमीहरूले गर्दा \q2 सियोन खेतजस्तै जोतिनेछ; \q1 यरूशलेम भग्नावशेष हुनेछ, \q2 र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ। \c 4 \s1 याहवेहको पर्वत \p \v 1 अन्तिम दिनहरूमा \q1 याहवेहको मन्दिरको पर्वत \q2 अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; \q1 र पहाडहरूभन्दा माथि उठाइनेछ; \q2 अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्। \p \v 2 धेरै राष्ट्रहरू आएर भन्‍नेछन्, \q1 “आओ, हामीहरू याहवेहको पर्वतमा, \q2 याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। \q1 उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, \q2 ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” \q1 व्यवस्था सियोनबाट, \q2 र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। \q1 \v 3 उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, \q2 र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। \q1 तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, \q2 र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। \q1 एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, \q2 न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। \q1 \v 4 हरेक मान्छे आफ्नै दाखको बोटमुनि \q2 र आफ्नै नेभाराको रूखमुनि बस्‍नेछ; \q1 अनि कसैले पनि तिनीहरूलाई भयभीत तुल्याउनेछैन; \q2 किनकि सेनाहरूका याहवेहले बोल्नुभएको छ। \q1 \v 5 सबै राष्ट्रहरू तिनीहरूका \q2 आफ्नै देवताहरूका नाममा हिँडून्; \q1 तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको \q2 नाममा सदासर्वदै हिँड्नेछौँ। \s1 याहवेहको योजना \q1 \v 6 याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन \q2 म लङ्गडाहरूलाई एकसाथ भेला गर्नेछु; \q1 म निर्वासितहरूलाई एक ठाउँमा भेला गर्नेछु, \q2 जसमाथि मैले शोक ल्याएको थिएँ। \q1 \v 7 म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु, \q2 देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु। \q1 त्यसपछि याहवेहले सियोन पर्वतमा, \q2 तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ। \q1 \v 8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, \q2 हे सियोनकी छोरीको सुरक्षाको गढ, \q1 तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; \q2 त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।” \b \q1 \v 9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्, \q2 के तेरा निम्ति कुनै राजा छैनन्? \q1 के तेरो शासक नष्‍ट भएको छ? \q2 के तँ प्रसव-वेदनामा परेकी एउटी स्त्रीजस्तै पीडामा परेकी छेस्? \q1 \v 10 हे सियोनकी छोरी यरूशलेम, \q2 एउटी प्रसव-वेदनामा परेकी स्त्रीजस्तै व्यथामा छटपटा; \q1 किनकि अब तैँले यो सहर छोड्नुपर्छ, \q2 र तैँले खुला मैदानमा छाउनी हाल्नुपर्छ। \q1 तँ बेबिलोनमा जानेछस्; \q2 त्यहाँ तँलाई छुटकारा दिइनेछ। \q1 त्यहाँ याहवेहले तँलाई \q2 तेरा शत्रुहरूका हातबाट उद्धार गर्नुहुनेछ। \b \q1 \v 11 तर अहिले धेरै राष्ट्रहरू \q2 तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। \q1 तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्‍ट पारियोस् \q2 र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!” \q1 \v 12 तर तिनीहरूले याहवेहका \q2 विचारहरू जान्दैनन्; \q1 तिनीहरूले उहाँका योजनाहरू बुझ्दैनन्; \q2 किनकि उहाँले तिनीहरूलाई खलामा बिटाहरूजस्तै जम्मा गर्नुभएको छ। \q1 \v 13 “हे सियोनकी छोरी, उठ् र दाइँ गर्; \q2 किनकि म तँलाई फलामका सिङहरू दिनेछु; \q1 म तँलाई पित्तलका खुरहरू दिनेछु, \q2 र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” \q1 तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, \q2 तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्। \c 5 \s1 बेथलेहेमबाट प्रतिज्ञा गरिएको शासक \q1 \v 1 हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; \q2 किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। \q1 तिनीहरूले इस्राएलका शासकको \q2 गालामा डण्डाले हिर्काउनेछन्। \b \q1 \v 2 “तर तँचाहिँ, हे बेथलेहेम एप्राता, \q2 यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, \q1 तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, \q2 जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, \q1 जसको सुरु पुरानो समयदेखि, \q2 प्राचीनकालदेखि नै छ।” \b \q1 \v 3 यसकारण तबसम्म इस्राएल त्यागिनेछ, \q2 जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन, \q1 र त्यसका बाँकी रहेका दाजुभाइहरू \q2 इस्राएलीहरूसँग मिल्न आउँदैनन्। \b \q1 \v 4 याहवेहको शक्तिमा, \q2 याहवेह आफ्ना परमेश्‍वरको महिमित नाममा \q2 उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। \q1 अनि तिनीहरू सुरक्षित रहनेछन्; \q2 त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ। \b \q1 \v 5 अनि उहाँ हाम्रा शान्तिका परमेश्‍वर हुनुहुनेछ, \q2 जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्, \q2 र हाम्रा किल्‍लाहरूबाट भएर यात्रा गर्छन्। \q1 हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू, \q2 र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ। \q1 \v 6 तिनीहरूले अश्शूर देशलाई तरवारले शासन गर्नेछन्; \q2 निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्। \q1 जब अश्शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न, \q2 र हाम्रा सिमानाहरू मिच्न आउनेछन्, \q2 तब उहाँले हामीलाई तिनीहरूका हातबाट छुटाउनुहुनेछ। \b \q1 \v 7 याकोबका बाँकी रहेकाहरू \q2 धेरै जातिहरूका बीचमा हुनेछन्; \q1 याहवेहबाट आएको शीतजस्तै, \q2 घाँसमाथि परेको झरीजस्तै हुनेछन्; \q1 तिनीहरूले न त कसैलाई पर्खन्छन्, \q2 न त कुनै मानिसमाथि भर पर्छन्। \q1 \v 8 याकोबका बाँकी रहेकाहरू राष्ट्रहरूका बीचमा, \q2 धेरै जातिहरूका बीचमा हुनेछन्। \q1 जङ्गली जनावरहरूका बीचमा भएको सिंहजस्तै \q2 भेडाको बथानको बीचमा भएको जवान सिंहजस्तै हुनेछन्; \q1 जसले कुल्चीमिल्ची पार्दै र फहराउँदै हिँड्छन्; \q2 अनि कसैले पनि तिनीहरूबाट बचाउन सक्दैन। \q1 \v 9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, \q2 र तिमीहरूका सबै शत्रुहरू नष्‍ट पारिनेछन्। \p \v 10 याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन, \q1 “म तिमीहरूका घोडाहरूलाई सर्वनाश गर्नेछु, \q2 र तिमीहरूका रथहरूलाई नष्‍ट पार्नेछु। \q1 \v 11 म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु; \q2 अनि तिमीहरूका सबै बलिया किल्‍लाहरू भत्काइदिनेछु। \q1 \v 12 म तिमीहरूका तन्त्रमन्त्र नष्‍ट गर्नेछु, \q2 र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ। \q1 \v 13 म तिमीहरूका खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरूलाई \q2 तिमीहरूका बीचबाट नष्‍ट गर्नेछु; \q1 अब उसो तिमीहरूले आफ्ना हातले बनाएका \q2 कुराहरूका सामु शिर झुकाएर दण्डवत् गर्नेछैनौ। \q1 \v 14 म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु; \q2 यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु। \q1 \v 15 मेरो आज्ञा नमानेका राष्ट्रहरूसँग \q2 म मेरो रिस र क्रोधमा बदला लिनेछु।” \c 6 \s1 इस्राएलको विरुद्धमा याहवेहको मुद्दा \p \v 1 याहवेहले के भन्‍नुहुन्छ, ध्यानसँग सुन: \q1 “खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर; \q2 तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्। \b \q1 \v 2 “हे पर्वतहरू हो, याहवेहको अभियोग सुन, \q2 हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ। \q1 किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ; \q2 उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ। \b \q1 \v 3 “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? \q2 कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ। \q1 \v 4 मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, \q2 र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। \q1 तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा, \q2 हारून र मिरियमलाई पनि पठाएँ। \q1 \v 5 हे मेरा मानिसहरू हो, \q2 मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो, \q2 र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो। \q1 शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर, \q2 ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।” \b \q1 \v 6 म के लिएर याहवेहको सामु आऊँ \q2 र सर्वोच्‍च परमेश्‍वरको सामु दण्डवत् गरूँ? \q1 के एक बर्से बाछाहरू लिएर \q2 होमबलि चढाउनलाई म उहाँको सामु आऊँ? \q1 \v 7 के याहवेह हजारौँ भेडाहरू, \q2 जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र? \q1 के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ? \q2 मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ? \q1 \v 8 हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। \q2 अनि याहवेहले तँबाट के चाहनुहुन्छ? \q1 केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; \q2 अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू। \s1 इस्राएलको दोष र सजाय \q1 \v 9 सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ— \q2 र तपाईंको नामको भय मान्‍नु बुद्धि हो, \q2 अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ। \q1 \v 10 हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धन \q2 र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं? \q1 \v 11 के छलको ढक चलाउने \q2 र झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ? \q1 \v 12 तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्; \q2 तेरा मानिसहरू झूट बोल्छन् \q2 र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्। \q1 \v 13 यसकारण तेरा पापहरूको कारण, \q2 तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु। \q1 \v 14 तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ; \q2 तिमीहरूको पेट अझै भोकै रहनेछ। \q1 तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ; \q2 किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु। \q1 \v 15 तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ; \q2 तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ; \q2 तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ। \q1 \v 16 तिमीहरूले ओम्रीका नियमहरू \q2 र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ; \q2 तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ। \q1 यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु, \q2 र तिमीहरूका मानिसहरूलाई गिल्‍लाको निम्ति दिनेछु; \q2 तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।” \c 7 \s1 इस्राएलको दुर्गति \q1 \v 1 मलाई कस्तो दुर्गति आइलागेको छ! \q1 म दाखबारीमा ग्रीष्म ऋतुको \q2 फल बटुल्ने मानिसजस्तै छु; \q1 खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन; \q2 मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन। \q1 \v 2 धर्मी मानिसहरू देशबाट नष्‍ट भइसकेका छन्; \q2 धर्मी एउटै पनि बाँकी छैन। \q1 हरेक मानिस हत्या गर्न ढुकिबस्छन्; \q2 तिनीहरू एक-अर्कालाई पासो थाप्छन्। \q1 \v 3 दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्; \q2 शासकहरूले उपहारको माग गर्छन्, \q1 न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्; \q2 शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्; \q2 तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्। \q1 \v 4 तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ, \q2 सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ। \q1 परमेश्‍वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ; \q2 तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ। \q2 अहिले तिमीहरूको अन्योलको समय हो। \q1 \v 5 तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर; \q2 न त मित्रमाथि नै विश्‍वास गर। \q1 आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत \q2 होसियार भएर बोल। \q1 \v 6 किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ, \q2 छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे; \q1 बुहारी आफ्नै सासूको विरुद्धमा— \q2 मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्। \b \q1 \v 7 तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; \q2 म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु; \q2 मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ। \s1 इस्राएल फेरि उठ्नेछ \q1 \v 8 हे मेरो शत्रु, मेरो खिसी नगर्! \q2 म लडेको छु, तर पनि म खडा हुनेछु। \q1 म अन्धकारमा छु, \q2 तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ। \q1 \v 9 किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु, \q2 जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न, \q1 र मेरो अधिकार स्थापित गर्नुहुन्‍न, \q2 तबसम्म म याहवेहको क्रोधलाई सहनेछु। \q1 उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ; \q2 म उहाँको धार्मिकतालाई हेर्नेछु। \q1 \v 10 त्यसपछि मेरा शत्रुले यो देख्नेछन्, \q2 र तिनीहरू लज्जित हुनेछन्, \q1 जसले मलाई यसो भनेकी थिई, \q2 “याहवेह तेरो परमेश्‍वर कहाँ छन्?” \q1 मेरो आँखाले त्यसको पतन देख्नेछ; \q2 अहिले पनि त्यो गल्‍लीहरूमा \q2 हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे। \b \q1 \v 11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, \q2 तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ। \q1 \v 12 त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्; \q2 अश्शूर र इजिप्टका सहरहरूबाट \q1 इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका \q2 र टाढा-टाढाका समुद्रदेखि लिएर \q2 टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्। \q1 \v 13 तिमीहरूका बासिन्दाहरूका दुष्‍ट कामहरूका \q2 परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ। \s1 प्रार्थना र प्रशंसा \q1 \v 14 तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्; \q2 तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्, \q1 जो एकलै वनमा, \q2 कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्। \q1 तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै \q2 बाशान र गिलादमा गएर चर्न दिनुहोस्। \b \q1 \v 15 “तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै \q2 म तिनीहरूलाई मेरा अद्‌भुत कार्यहरू देखाउनेछु।” \b \q1 \v 16 राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्। \q2 तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्। \q1 तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्, \q2 र तिनीहरूका कानहरू बहिरा हुनेछन्। \q1 \v 17 तिनीहरूले सर्पले जस्तै \q2 र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्। \q1 तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्; \q2 तिनीहरू याहवेह हाम्रा परमेश्‍वरकहाँ डरसहित फर्कनेछन्, \q2 र तिनीहरू उहाँसँग डराउनेछन्। \q1 \v 18 तपाईंजस्तो परमेश्‍वर को छ र? \q2 जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ, \q2 र अपराधहरू बिर्सिदिनुहुन्छ। \q1 तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न, \q2 तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ। \q1 \v 19 तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; \q2 हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; \q2 अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ। \q1 \v 20 जसरी तपाईंले धेरै अगिका दिनहरूमा \q2 हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो, \q1 त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ, \q2 र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।