\id MAT - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h मत्ती \toc1 मत्तीद्वारा लेखिएको सुसमाचार \toc2 मत्ती \toc3 मत्ती \mt1 मत्तीद्वारा लेखिएको सुसमाचार \c 1 \s1 येशूको वंशावली \lh \v 1 अब्राहामका पुत्र, दावीदका पुत्र येशू\f + \fr 1:1 \fr*\fq येशू \fq*\ft अर्थ \ft*\fqa उद्धारकर्ता\fqa*\f* ख्रीष्‍टको\f + \fr 1:1 \fr*\fq ख्रीष्‍टको \fq*\ft अथवा \ft*\fqa मसीहको \fqa*\fqa मसीह \fqa*\ft जसको अर्थ \ft*\fqa अभिषिक्त जन\fqa*\f* वंशावली: \b \li1 \v 2 अब्राहाम इसहाकका पिता, \li1 इसहाक याकोबका पिता, \li1 याकोब यहूदा र तिनका दाजुभाइहरूका पिता, \li1 \v 3 यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। \li1 फारेस हेस्रोनका पिता, \li1 हेस्रोन आरामका पिता, \li1 \v 4 आराम अम्मीनादाबका पिता, \li1 अम्मीनादाब नहशोनका पिता, \li1 नहशोन सल्मोनका पिता थिए। \li1 \v 5 सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, \li1 बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। \li1 ओबेद यिशैका पिता, \li1 \v 6 अनि यिशै राजा दावीदका पिता थिए। \b \li1 दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्, \li1 \v 7 सोलोमन रहबामका पिता, \li1 रहबाम अबीयाहका पिता, \li1 अबीयाह आसाका पिता, \li1 \v 8 आसा यहोशापातका पिता, \li1 यहोशापात यहोरामका पिता, \li1 यहोराम उज्जियाहका पिता, \li1 \v 9 उज्जियाह योतामका पिता, \li1 योताम आहाजका पिता, \li1 आहाज हिजकियाका पिता, \li1 \v 10 हिजकिया मनश्शेका पिता, \li1 मनश्शे अमोनका पिता, \li1 अमोन योशियाहका पिता, \li1 \v 11 अनि योशियाह येकोनिया\f + \fr 1:11 \fr*\ft अथवा \ft*\fqa यहोयाकीन \fqa*\ft \+xt 12|link-href="MAT 1:12"\+xt* पदमा पनि\ft*\f* र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए। \b \lh \v 12 बेबिलोनमा लगिएपछि: \li1 येकोनिया शालतिएलका पिता, \li1 शालतिएल यरुबाबेलका पिता, \li1 \v 13 यरुबाबेल अबिहूदका पिता, \li1 अबिहूद एल्याकीमका पिता, \li1 एल्याकीम आजोरका पिता, \li1 \v 14 आजोर सादोकका पिता, \li1 सादोक आखिमका पिता, \li1 आखिम एलिहूदका पिता, \li1 \v 15 एलिहूद एलाजारका पिता, \li1 एलाजार मत्तानका पिता, \li1 मत्तान याकोबका पिता, \li1 \v 16 अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्म दिइन्। \b \lf \v 17 यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्‍टसम्म चौध पुस्ता छन्। \s1 येशू ख्रीष्‍टको जन्म \p \v 18 येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। \v 19 तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे। \p \v 20 तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। \v 21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” \p \v 22 यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको थियो: \v 23 “कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्‍नेछन्,” जसको अर्थ हो, “परमेश्‍वर हामीसित।”\f + \fr 1:23 \fr*\ft \+xt यशै 7:14\+xt*\ft*\f* \p \v 24 योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे। \v 25 तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे। \c 2 \s1 ज्योतिषीहरूको आगमन \p \v 1 राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए। \v 2 अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।” \p \v 3 त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए। \v 4 अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे। \v 5 तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्: \q1 \v 6 “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, \q2 तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; \q1 किनकि तँबाट एक जना शासक आउनुहुनेछ, \q2 जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’\f + \fr 2:6 \fr*\ft \+xt मीका 5:2, 4\+xt*\ft*\f*” \p \v 7 तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए। \v 8 अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।” \p \v 9 राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो। \v 10 जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। \v 11 घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए। \v 12 त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। \s1 बालक येशू इजिप्टतिर प्रस्थान \p \v 13 अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।” \p \v 14 यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राति नै इजिप्टतिर प्रस्थान गरे, \v 15 जहाँ तिनीहरू हेरोदको मृत्यु नहोउन्जेलसम्म रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।”\f + \fr 2:15 \fr*\ft \+xt होशे 1:1\+xt*\ft*\f* \p \v 16 जब हेरोदले आफू ज्योतिषीहरूद्वारा ठगिएको थाहा पाए, तब तिनी धेरै रिसाए। अनि ज्योतिषीहरूद्वारा ठिक पत्ता लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सबै बालकहरूलाई मार्ने आदेश दिए। \v 17 तब यर्मिया अगमवक्ताद्वारा भनिएको यो वचन पूरा भयो: \q1 \v 18 “रामामा एउटा आवाज सुनियो, \q2 रुवाइ र ठूलो विलाप, \q1 राहेल आफ्ना बालकहरूका निम्ति रोएकी, \q2 र तिनी शान्त हुन नमानेकी; \q2 किनकि तिनीहरू अब रहेनन्।”\f + \fr 2:18 \fr*\ft \+xt यर्मिया 31:15\+xt*\ft*\f* \s1 नासरतमा फर्केका \p \v 19 हेरोदको मृत्युपछि प्रभुका एउटा दूत इजिप्टमा सपनामा योसेफकहाँ देखा परे, \v 20 अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको देशमा जाऊ। किनकि बालकको प्राण लिन चाहनेहरू मरिसकेका छन्।” \p \v 21 यसैले तिनी उठे; बालक र तिनकी आमालाई साथमा लिएर इस्राएलको देशमा गए। \v 22 तर जब तिनले हेरोदको ठाउँमा तिनका छोरा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको इलाकामा गए। \v 23 तिनी नासरत भन्‍ने सहरमा गएर बसे। यसरी अगमवक्ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।” \c 3 \s1 बप्‍तिस्मा दिने यूहन्‍नाले बाटो तयार पारेका \p \v 1 ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्‍तिस्मा दिने यूहन्‍ना प्रचार गर्दै यसो भन्दै आए, \v 2 “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” \v 3 यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: \q1 “उजाडस्थानमा एक जना कराउनेको आवाज, \q1 ‘प्रभुका निम्ति बाटो तयार पार, \q2 उहाँका निम्ति मार्ग सीधा बनाओ।’\f + \fr 3:3 \fr*\ft \+xt यशै 40:3\+xt*\ft*\f*” \p \v 4 यूहन्‍नाको लुगा ऊँटको रौँले बनेको थियो। अनि तिनले कम्मरमा छालाको पटुका बाँधेका थिए। तिनको भोजन सलह र वन-मह थियो। \v 5 यरूशलेम, सबै यहूदिया अनि यर्दनका सम्पूर्ण इलाकाबाट मानिसहरू तिनीकहाँ गए। \v 6 आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। \p \v 7 तर जब तिनले आफूले बप्‍तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? \v 8 पश्‍चात्ताप लायकका फल फलाओ। \v 9 अनि आफैँ ‘हामी अब्राहामका सन्तान हौँ’ भनेर नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। \v 10 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ। \p \v 11 “म त तिमीहरूलाई पश्‍चात्तापको लागि पानीको बप्‍तिस्मा दिन्छु। तर उहाँ, जो मपछि आउनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। \v 12 उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ। अनि उहाँले आफ्नो खला सफा गर्नुहुनेछ, र गहुँ धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” \s1 येशूको बप्‍तिस्मा \p \v 13 त्यसपछि येशू गालीलबाट यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन यर्दन नदीमा आउनुभयो। \v 14 तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्‍तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?” \p \v 15 येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए। \p \v 16 येशूले जब बप्‍तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्‍न आउँदै गर्नुभएको देख्नुभयो। \v 17 अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।” \c 4 \s1 येशूको परीक्षा \p \v 1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। \v 2 अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। \v 3 परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” \p \v 4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’\f + \fr 4:4 \fr*\ft \+xt व्यव 8:3\+xt*\ft*\f*” \p \v 5 तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। \v 6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: \q1 “ ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, \q2 अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्; \q2 ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’\f + \fr 4:6 \fr*\ft \+xt भजन 91:11, 12\+xt*\ft*\f*” \p \v 7 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’\f + \fr 4:7 \fr*\ft \+xt व्यव 6:16\+xt*\ft*\f*” \p \v 8 फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो, \v 9 अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” \p \v 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”\f + \fr 4:10 \fr*\ft \+xt व्यव 6:13\+xt*\ft*\f* \p \v 11 तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे। \s1 येशूले प्रचार गर्न थाल्नुभएको \p \v 12 जब येशूले यूहन्‍ना झ्यालखानामा परेका छन् भनी सुन्‍नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो। \v 13 नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्‍तालीको इलाकामा समुद्रको किनारमा थियो। \v 14 यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो: \q1 \v 15 “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको \q2 जबूलून र नप्‍तालीको मुलुक, \q2 गैरयहूदीहरूको गालील, \q1 \v 16 अन्धकारमा बस्‍ने मानिसहरूले \q2 एउटा ठूलो ज्योति देखेका छन्। \q1 मृत्युको छायामा बस्‍नेहरूमाथि \q2 एउटा ज्योति उदाएको छ।”\f + \fr 4:16 \fr*\ft \+xt यशै 9:1, 2\+xt*\ft*\f* \p \v 17 त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” \s1 येशूले प्रथम चेलाहरूलाई बोलाउनुभएको \p \v 18 येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए। \v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” \v 20 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। \p \v 21 अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो, \v 22 अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे। \s1 येशूले बिरामीलाई निको पार्नुभएको \p \v 23 येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो। \v 24 उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। \v 25 गालील प्रदेश, डेकापोलिस,\f + \fr 4:25 \fr*\ft भन्‍नाले दश सहरहरू जनाउँदछ\ft*\f* यरूशलेम, यहूदिया प्रदेश र यर्दन पारिका हुलका हुल मानिसहरू उहाँको पछि लागे। \c 5 \s1 डाँडाको उपदेश \p \v 1 उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्‍नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए। \v 2 अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: \s1 धन्यका वचनहरू \m उहाँले भन्‍नुभयो: \q1 \v 3 “आत्मामा दीन हुनेहरू धन्य हुन्, \q2 किनभने स्वर्गको राज्य तिनीहरूकै हो। \q1 \v 4 शोक गर्नेहरू धन्य हुन्, \q2 किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। \q1 \v 5 नम्र हुनेहरू धन्य हुन्, \q2 किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। \q1 \v 6 धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, \q2 किनभने तिनीहरू तृप्‍त हुनेछन्। \q1 \v 7 दया गर्नेहरू धन्य हुन्, \q2 किनभने तिनीहरूले दया पाउनेछन्। \q1 \v 8 शुद्ध हृदय हुनेहरू धन्य हुन्, \q2 किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्। \q1 \v 9 मेलमिलाप गराउनेहरू धन्य हुन्, \q2 किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्। \q1 \v 10 धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, \q2 किनभने स्वर्गको राज्य तिनीहरूकै हो। \p \v 11 “तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् र तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्‍ट कुराहरू गर्छन्। \v 12 तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए। \s1 नुन र ज्योतिको विषयमा शिक्षा \p \v 13 “तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो त बाहिर फालिन र मानिसहरूद्वारा कुल्चनबाहेक अरू कुनै काम लाग्दैन। \p \v 14 “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको सहर लुक्न सक्दैन। \v 15 मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्दैनन्; तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्। अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। \v 16 यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। \s1 व्यवस्था पूरा हुने बारेमा शिक्षा \p \v 17 “म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइनँ, तर ती पूरा गर्न आएको हुँ। \v 18 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन। \v 19 कसैले यी आज्ञाहरूमध्ये सबैभन्दा सानो आज्ञालाई उल्‍लङ्घन गर्छ र अरूलाई पनि उल्‍लङ्घन गर्न सिकाउँछ भने उही नै स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ। तर जसले यी आज्ञाहरू पालन गर्छ र अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। \v 20 किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्‍न पाउनेछैनौ। \s1 हत्याको विषयमा शिक्षा \p \v 21 “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू,\f + \fr 5:21 \fr*\ft \+xt प्रस 20:13\+xt*\ft*\f* अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’ \v 22 तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ\f + \fr 5:22 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa दाजुभाइ वा दिदीबहिनीसित विनाकारण रिसाउँछ।\fqa*\f* त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। \p \v 23 “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्‍ने सम्झना आयो भने, \v 24 तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्‍ल आफ्नो भेटी चढाऊ। \p \v 25 “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला। \v 26 म तिमीलाई साँच्‍चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ। \s1 व्यभिचारको विषयमा शिक्षा \p \v 27 “तिमीहरूले ‘व्यभिचार नगर्नू’\f + \fr 5:27 \fr*\ft \+xt प्रस 20:14\+xt*\ft*\f* भनेको सुनेका छौ। \v 28 तर म तिमीहरूलाई भन्दछु, जसले कुनै स्त्रीलाई कुदृष्‍टि लगाउँछ, उसले आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। \v 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्याँकिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा फालिनुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। \v 30 अनि यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनकि तिम्रो सम्पूर्ण शरीर नरकको आगोमा जानुभन्दा त तिम्रो शरीरको एउटा अङ्ग गुमाउनु तिम्रो लागि असल हुन्छ। \s1 विवाह विच्छेदको विषयमा शिक्षा \p \v 31 “यसो भनिएको छ, ‘यदि कसैले आफ्नी पत्नीलाई त्याग्छ भने त्यसले उसलाई एउटा त्यागपत्र देओस्।’\f + \fr 5:31 \fr*\ft \+xt व्यव 24:1\+xt*\ft*\f* \v 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह विच्छेद गर्छ, त्यसले उसलाई व्यभिचारिणी बनाउँछ। अनि जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ। \s1 शपथको विषयमा शिक्षा \p \v 33 “फेरि मानिसहरूलाई धेरै अगि यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘तिमीहरूले शपथ भङ्ग नगर, तर तिमीहरूले प्रभुसित गरेको शपथ पूरा गर।’ \v 34 तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ; न त स्वर्गको नाममा, किनकि त्यो त परमेश्‍वरको सिंहासन हो; \v 35 न त पृथ्वीको नाममा, किनकि त्यो उहाँको पाउदान हो: न त यरूशलेमको नाममा, किनकि त्यो महान् राजाको सहर हो। \v 36 अनि तिम्रो शिरको शपथ नखाऊ, किनकि तिमीले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। \v 37 तर तिमीहरूको वचन ‘हो’ चाहिँ ‘हो’ भन, र ‘होइन’ चाहिँ ‘होइन’ नै भन; यसभन्दा बढ्ताचाहिँ सबै दुष्‍टबाट आउँछ। \s1 बदला लिने विषयमा शिक्षा \p \v 38 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘आँखाको सट्टा आँखा र दाँतको सट्टा दाँत।’\f + \fr 5:38 \fr*\ft \+xt प्रस 21:24; लेवी 24:20; व्यव 19:21\+xt*\ft*\f* \v 39 तर म तिमीहरूलाई भन्दछु, दुष्‍ट मानिसको प्रतिरोध नगर। यदि कसैले तिम्रो दाहिने गालामा हिर्कायो भने उसलाई तिमीले अर्को गाला पनि थापिदेऊ। \v 40 अनि यदि कसैले मुद्दा चलाएर तिम्रो दौरा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। \v 41 यदि कसैले तिमीलाई कर लगाएर एक किलोमिटर गइदेऊ भन्छ भने ऊसँग दुई किलोमिटर गइदेऊ। \v 42 तिमीसँग माग्नेलाई देऊ; र तिमीसित ऋण माग्नेलाई इन्कार नगर। \s1 शत्रुप्रति प्रेमको विषयमा शिक्षा \p \v 43 “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर।’ \v 44 तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर। अनि तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। \v 45 अनि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान बन्‍नेछौ। उहाँले दुष्‍ट र असल दुवैका निम्ति सूर्य उदाइदिनुहुन्छ। अनि धर्मी र अधर्मी दुवैका निम्ति पानी बर्साइदिनुहुन्छ। \v 46 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूले के प्रतिफल पाउनेछौ? त्यो त कर उठाउनेहरूले पनि गरिरहेका छैनन् र? \v 47 अनि यदि तिमीहरू आफ्ना मानिसहरूलाई मात्र अभिवादन गर्छौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दैछौ र? त्यो त गैरयहूदीहरूले पनि गर्दैनन् र? \v 48 यसैले तिमीहरूका स्वर्गीय पिता जसरी सर्वगुणी हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सर्वगुणी हुनुपर्दछ! \c 6 \s1 खाँचोमा परेकाहरूलाई दिने काम \p \v 1 “होसियार रहो, मानिसहरूलाई देखाउनका लागि तिनीहरूका सामु तिमीहरूका धर्मकार्यहरू नगर। त्यसो गर्‍यौ भने तिमीहरूले आफ्ना स्वर्गीय पिताबाट कुनै इनाम पाउनेछैनौ। \p \v 2 “यसकारण तिमीहरू जब खाँचोमा परेकाहरूलाई दिन्छौ, तब फरिसीहरूले सभाघर र सडकहरूमा मानिसहरूद्वारा सम्मान पाउनलाई गरेझैँ तुरही फुकेर घोषणा नगर। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्नो इनाम पूरा पाइसकेका छन्। \v 3 जब तिमीले खाँचोमा परेकाहरूलाई दिन्छौ, तब तिम्रो दाहिने हातले जे गर्दैछ, त्यो तिम्रो देब्रे हातले थाहा नपाओस्। \v 4 अनि तिम्रो दान गुप्‍तमा होस्; ताकि गुप्‍तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। \s1 प्रार्थनाको विषयमा शिक्षा \p \v 5 “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्। \v 6 तर जब तिमीहरू प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका बन्द गरेर तिमीहरूका गुप्‍तमा हुनुहुने पितालाई प्रार्थना गर; तब गुप्‍त रूपमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई खुल्‍लमखुल्‍ला प्रतिफल दिनुहुनेछ। \v 7 अनि तिमीहरूले प्रार्थना गर्दा गैरयहूदीहरूझैँ नबरबराओ। किनकि तिनीहरूका धेरै शब्दहरूको कारण तिनीहरूका सुनुवाइ हुन्छ भनी सम्झन्छन्। \v 8 तिनीहरूजस्ता नहोओ; किनकि तिमीहरूले माग्नुभन्दा पहिले नै तिमीहरूलाई के चाहिन्छ भन्‍ने कुरा तिमीहरूका पिताले जान्‍नुहुन्छ। \p \v 9 “तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्नू: \q1 “ ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, \q1 तपाईंको नाम पवित्र गरियोस्। \q1 \v 10 तपाईंको राज्य आओस्, \q1 तपाईंको इच्छा स्वर्गमा झैँ \q2 यस पृथ्वीमा पूरा होस्। \q1 \v 11 आज हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्। \q1 \v 12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्, \q2 जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। \q1 \v 13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, \q2 तर दुष्‍टदेखि छुटाउनुहोस्। किनभने राज्य, \q2 पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्।’ \m \v 14 किनकि तिमीहरूको विरुद्धमा पाप गर्नेहरूलाई तिमीहरूले क्षमा दियौ भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। \v 15 तर तिमीहरूले मानिसहरूका पाप क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन। \s1 उपवासको विषयमा शिक्षा \p \v 16 “जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस। किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। \v 17 तर जब तिमीहरू उपवास बस्दछौ, तब शिरमा तेल लगाओ र आफ्नो मुख धोओ। \v 18 अनि तिमीहरू उपवास बसेका छौ भन्‍ने कुरा कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्‍तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ। \s1 स्वर्गको धनसम्पत्तिको विषयमा शिक्षा \p \v 19 “आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्‍ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ। \v 20 तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्‍ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन। \v 21 किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ। \p \v 22 “शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ। \v 23 तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला! \p \v 24 “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ। \s1 चिन्ता-फिक्री नगर्ने विषयमा शिक्षा \p \v 25 “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? \v 26 आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र? \v 27 के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छौ र? \p \v 28 “अनि लुगाहरूका विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन्, र धागो पनि कात्दैनन्, \v 29 तर पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। \v 30 यसकारण आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र? \v 31 यसकारण ‘हामी के खाऔँला?’ अथवा ‘हामी के पिऔँला?’ अथवा ‘हामी के लगाऔँला?’ भनी चिन्ता नगर। \v 32 किनकि गैरयहूदीहरू यी कुराहरूका पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। \v 33 तर पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। \v 34 यसकारण भोलिको निम्ति चिन्ता नगर; किनकि भोलिको चिन्ता भोलिले नै गर्छ। आजको कष्‍ट आजको निम्ति पर्याप्‍त छ।” \c 7 \s1 अरूको न्याय नगर \p \v 1 “न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। \v 2 किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ। \p \v 3 “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ? \v 4 जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ? \v 5 ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। \p \v 6 “जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेओ। तिमीहरूका मोती सुँगुरहरूको अगि नफाल। यदि तिमीहरूले यसो गर्‍यौ भने तिनीहरूले आफ्ना खुट्टाले ती कुल्चलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्। \s1 प्रार्थनाको लागि प्रोत्साहन \p \v 7 “माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। \v 8 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। \p \v 9 “तिमीहरूमध्ये त्यो को होला, जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? \v 10 अथवा माछा माग्यो भने उसलाई सर्प देला? \v 11 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति असल उपहारहरू दिनुहुनेछ। \v 12 यसकारण हरेक कुरामा, अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। किनकि व्यवस्था र अगमवक्ताहरूको शिक्षाको सारांश यही हो। \s1 साँघुरो र फराकिलो ढोका \p \v 13 “साँघुरो ढोकाबाट भित्र पस; किनकि विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ; अनि धेरैले त्यसबाट प्रवेश गर्छन्। \v 14 तर जीवनमा पुर्‍याउने ढोका सानो र बाटो साँघुरो छ, र थोरैले मात्र त्यो भेट्टाउँछन्। \s1 रूख र त्यसका फलहरू \p \v 15 “झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। \v 16 तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्‌गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्? \v 17 यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। \v 18 असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन। \v 19 असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ। \v 20 यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। \s1 साँचो र झूटो चेलाहरू \p \v 21 “मलाई ‘प्रभु, प्रभु,’ भन्‍नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ। \v 22 त्यस दिन धेरैले मलाई भन्‍नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’ \v 23 तब म तिनीहरूलाई स्पष्‍ट रूपले भन्‍नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’ \s1 बुद्धिमान् र निर्बुद्धि निर्माता \p \v 24 “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। \v 25 अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो। \v 26 तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। \v 27 अनि पानी पर्‍यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।” \p \v 28 येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्‍क परे। \v 29 किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो। \c 8 \s1 येशूले कुष्‍ठरोगीलाई निको पार्नुभएको \p \v 1 जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। \v 2 कुष्‍ठरोग\f + \fr 8:2 \fr*\ft परम्परागत रूपमा अनुवाद गरिएको ग्रीक शब्द \ft*\fq कुष्‍ठरोग \fq*\ft लाई छालालाई असर पार्ने विभिन्‍न रोगहरूका लागि प्रयोग गरिन्थ्यो।\ft*\f* लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” \p \v 3 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो। \v 4 तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।” \s1 सेनापतिको विश्‍वास \p \v 5 जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे। \v 6 तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।” \p \v 7 येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।” \p \v 8 तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। \v 9 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।” \p \v 10 यो सुनेर येशू आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्‍वास पाएको छैनँ। \v 11 म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्। \v 12 तर परमेश्‍वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” \p \v 13 तब येशूले त्यस सेनापतिलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो। \s1 येशूले धेरैलाई निको पार्नुभएको \p \v 14 जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो। \v 15 उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्। \p \v 16 जब साँझ पर्‍यो, दुष्‍ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो। \v 17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: \q1 “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, \q2 अनि हाम्रा रोगहरू उठाइलानुभयो।”\f + \fr 8:17 \fr*\ft \+xt यशै 53:4\+xt*\ft*\f* \s1 येशूलाई पछ्याउँदा चुकाउनुपर्ने मूल्य \p \v 18 आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो। \v 19 तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” \p \v 20 येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” \p \v 21 अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” \p \v 22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।” \s1 येशूले आँधी शान्त पार्नुभएको \p \v 23 तब उहाँ डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरूले उहाँलाई पछ्याए। \v 24 अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो। \v 25 चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!” \p \v 26 अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्‍वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो। \p \v 27 ती मानिसहरू छक्‍क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।” \s1 येशूद्वारा भूत लागेका दुई मानिसहरू निको भएका \p \v 28 जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो। \v 29 तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?” \p \v 30 त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेका थिए। \v 31 ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।” \p \v 32 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे। \v 33 अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए। \v 34 तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे। \c 9 \s1 येशूले पक्षघातीलाई निको पार्नुभएको \p \v 1 येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो। \v 2 केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।” \p \v 3 यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।” \p \v 4 तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ? \v 5 के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु? \v 6 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” \v 7 अनि त्यो मानिस उठ्यो र घर गयो। \v 8 जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे। \s1 येशूद्वारा मत्तीको बोलावट \p \v 9 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे। \p \v 10 येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए। \v 11 जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?” \p \v 12 यो सुनेर येशूले भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। \v 13 अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’\f + \fr 9:13 \fr*\ft \+xt होशे 6:6\+xt*\ft*\f* किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।” \s1 येशूलाई उपवासबारे प्रश्न गरिएको \p \v 14 तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?” \p \v 15 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्। \p \v 16 “कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ। \v 17 न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।” \s1 एउटी मरेकी केटी र रोगी स्त्री \p \v 18 येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।” \v 19 येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए। \p \v 20 ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। \v 21 त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।” \p \v 22 येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्‍नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई। \p \v 23 जब येशू त्यस शासकको घरमा पस्‍नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो। \v 24 अनि भन्‍नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए। \v 25 भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी। \v 26 यो कुराको खबर त्यस मुलुकभरि फैलियो। \s1 येशूले दृष्‍टिविहीन र लाटो मानिस निको पार्नुभएको \p \v 27 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” \p \v 28 जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” \p तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।” \p \v 29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्।” \v 30 अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।” \v 31 तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए। \p \v 32 उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो। \v 33 अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।” \p \v 34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।” \s1 खेतालाको अभाव \p \v 35 येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो। \v 36 भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए। \v 37 अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। \v 38 त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।” \c 10 \s1 येशूले बाह्र चेलाहरूलाई पठाउनुभएको \p \v 1 येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो। \b \lh \v 2 ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: \b \li1 पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; \li1 जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍ना; \li1 \v 3 फिलिप अनि बारथोलोमाइ; \li1 थोमा अनि कर उठाउने मत्ती; \li1 अल्फयसका छोरा याकोब र थेदियस; \li1 \v 4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो। \b \p \v 5 यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस। \v 6 बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। \v 7 तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’ \v 8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ। \p \v 9 “आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्‍का नलैजाओ। \v 10 यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। \v 11 तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। \v 12 तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर। \v 13 यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। \v 14 यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ। \v 15 म तिमीहरूलाई साँच्‍चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ। \p \v 16 “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ। \v 17 मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्। \v 18 मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ। \v 19 तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो, सो दिइनेछ। \v 20 किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ। \p \v 21 “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। \v 22 मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ। \v 23 जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ। \p \v 24 “चेला आफ्ना गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्‍ठ हुन सक्छ। \v 25 चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्‍त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल\f + \fr 10:25 \fr*\fq बालजिबुल \fq*\fqa दुष्‍ट आत्माहरूको प्रधान\fqa*\f* भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्! \p \v 26 “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्‍तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन। \v 27 जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ। \v 28 शरीरलाई मार्ने तर प्राणलाई नष्‍ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्‍ट गर्न सक्नुहुने परमेश्‍वरसित डराओ। \v 29 के एक पैसामा\f + \fr 10:29 \fr*\ft एक दिनको ज्यालाको सोह्र भागको एक भाग\ft*\f* दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। \v 30 तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। \v 31 यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ। \p \v 32 “जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु। \v 33 तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु। \p \v 34 “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ। \v 35 किनकि म, \q1 “ ‘मानिसलाई उसको बुबाको विरुद्धमा, \q2 छोरीलाई उसकी आमाको विरुद्धमा, \q1 बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ। \q2 \v 36 मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’\f + \fr 10:36 \fr*\ft \+xt मीका 7:6\+xt*\ft*\f* \p \v 37 “जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन। \v 38 अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन। \v 39 जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ। \p \v 40 “जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। \v 41 जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ। \v 42 यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्‍चै भन्दछु, निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।” \c 11 \s1 येशू र बप्‍तिस्मा दिने यूहन्‍ना \p \v 1 येशूले आफ्ना बाह्रै जना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका सहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो। \p \v 2 जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए, \v 3 “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?” \p \v 4 येशूले जवाफ दिनुभयो, “जाओ, र तिमीहरूले जे सुन्छौ र देख्छौ, त्यही कुरा यूहन्‍नालाई भनिदेओ: \v 5 दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। \v 6 त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।” \p \v 7 जब यूहन्‍नाका चेलाहरू जान लागे, तब येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई? \v 8 यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू त राजाका दरबारमा हुन्छन्। \v 9 त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई। \v 10 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: \q1 “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, \q2 जसले तिम्रो बाटो तयार पार्नेछन्।’\f + \fr 11:10 \fr*\ft \+xt मला 3:1\+xt*\ft*\f* \m \v 11 म तिमीहरूलाई साँच्‍चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ। \v 12 बप्‍तिस्मा दिने यूहन्‍नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्। \v 13 किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे। \v 14 यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्। \v 15 जसको कान छ, उसले सुनोस् र बुझोस्। \p \v 16 “यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्: \q1 \v 17 “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, \q2 अनि तिमीहरू नाचेनौ। \q1 हामीले शोकको गीत गायौँ, \q2 अनि तिमीहरूले विलाप गरेनौ!’ \m \v 18 किनकि यूहन्‍ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ \v 19 मानिसको पुत्र खाँदै र पिउँदै आयो; अनि तिनीहरू भन्छन्, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र।’ तर बुद्धि ठिक छ भन्‍ने त्यसका कामहरूद्वारा नै प्रमाणित हुन्छ।” \s1 पश्‍चात्ताप नगर्ने सहरहरूलाई धिक्‍कार \p \v 20 त्यसपछि येशूले ती सहरहरूलाई धिक्‍कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्‍चात्ताप गरेनन्। \v 21 “धिक्‍कार तँलाई हे खोराजिन! धिक्‍कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्‍चात्ताप गर्नेथिए। \v 22 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। \v 23 अनि हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ पातालमा खसालिनेछस्। यदि तँकहाँ गरिएका अचम्मका कामहरू सदोममा गरिएका भए, त्यो आजसम्म रहिरहनेथियो। \v 24 तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।” \s1 पुत्रमा परमेश्‍वर पिता प्रकट \p \v 25 त्यस बेला येशूले भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। \v 26 किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। \p \v 27 “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन। \p \v 28 “हे सबै थाकेका र बोझले दबिएकाहरू हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु। \v 29 मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ। \v 30 किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” \c 12 \s1 येशू शब्बाथका प्रभु \p \v 1 त्यस बेला येशू शब्बाथमा अन्‍नका खेतबारीहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए। अनि तिनीहरूले अन्‍नका केही बालाहरू टिपेर खान थाले। \v 2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्।” \p \v 3 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए? \v 4 तिनी परमेश्‍वरको भवनभित्र पसे, र तिनी र तिनका साथीहरूले परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जुन रोटी केवल पुजारीहरूले मात्र खान उचित थियो; तर अरूको लागि उचित थिएन। \v 5 अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ? शब्बाथमा मन्दिरभित्र भएका पुजारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन्, तैपनि निर्दोष नै रहन्छन्? \v 6 म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ कोही एक जना हुनुहुन्छ। \v 7 यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’\f + \fr 12:7 \fr*\ft \+xt होशे 6:6\+xt*\ft*\f* भन्‍ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ। \v 8 किनकि मानिसको पुत्र शब्बाथको प्रभु हो।” \p \v 9 त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो। \v 10 त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?” \p \v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र? \v 12 मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथमा असल गर्नु उचित हुन्छ।” \p \v 13 तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्‍यो, र त्यसको हात अर्कोजस्तै निको भयो। \v 14 तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले। \s1 परमेश्‍वरद्वारा चुनिएका सेवक \p \v 15 त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो। \v 16 अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो। \v 17 यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो: \q1 \v 18 “यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, \q2 जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्‍न छु; \q1 म मेरो आत्मा तिनीमाथि राख्नेछु, \q2 अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्। \q1 \v 19 तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; \q2 तिनको सोर सडकतिर कसैले पनि सुन्‍नेछैन। \q1 \v 20 चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, \q2 अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, \q1 जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्‍याउँदैनन्। \q2 \v 21 तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”\f + \fr 12:21 \fr*\ft \+xt यशै 42:1‑4\+xt*\ft*\f* \s1 येशू र बालजिबुल \p \v 22 तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्‍टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो। \v 23 ती सबै मानिसहरू छक्‍क पर्दै भने, “के यिनी नै दावीदका पुत्र होइनन् र?” \p \v 24 तर जब फरिसीहरूले यो सुने, तब तिनीहरूले भने, “यसले त केवल भूतहरूको शासक बालजिबुलद्वारा मात्रै भूतहरू धपाउँछ।” \p \v 25 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “आपसमा फाटो भएको प्रत्येक राज्य नष्‍ट भएर जान्छ, र प्रत्येक सहर र परिवार आपसमा विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन। \v 26 यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ? \v 27 यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका मानिसहरूले चाहिँ कसको शक्तिद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। \v 28 तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ। \p \v 29 “अथवा फेरि, कसैले घरको बलियो मानिसलाई पहिला नबाँधि कसरी उसको घरमा पसेर उसका सबै थोकहरू लैजान सक्ला र? तर उसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। \p \v 30 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। \v 31 यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन। \v 32 कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ। \p \v 33 “रूखलाई असल बनाओ, र त्यसको फल असल हुनेछ, अथवा रूखलाई खराब बनाओ, र त्यसको फल खराब हुनेछ; किनकि फलबाटै रूख चिनिन्छ। \v 34 हे सर्पका सन्तान हो, तिमीहरू दुष्‍ट भईकन कसरी केही कुरालाई असल भन्‍न सक्छौ? किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। \v 35 असल मानिसले आफ्नो असल भण्डारबाट असल कुराहरू निकाल्छ, र दुष्‍ट मानिसले आफ्नो दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। \v 36 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले असावधानीपूर्वक बोलेको प्रत्येक शब्दको लेखा दिनुपर्नेछ। \v 37 किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।” \s1 योनाको चिन्ह \p \v 38 एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।” \p \v 39 उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन। \v 40 किनकि जसरी योना एउटा विशाल माछाको पेटमा तीन दिन र तीन रात रहेका थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीभित्र तीन दिन र तीन रात रहनेछ। \v 41 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्। \v 42 न्यायको समयमा दक्षिणकी रानी यस पुस्तासित खडा भएर यस पुस्तालाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्, तर हेर सोलोमनभन्दा महान् एक जना यहाँ छन्। \p \v 43 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ; र त्यसले भेट्टाउँदैन। \v 44 तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ। \v 45 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई आफूसित लिएर आउँछ, र ती सबै भित्र गएर त्यहीँ बस्छन्। अनि त्यो मानिसको पछिल्‍लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। यस दुष्‍ट पुस्तालाई पनि यस्तै हुनेछ।” \s1 येशूकी आमा र भाइहरू \p \v 46 येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए। \v 47 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।” \p \v 48 उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” \v 49 तब चेलाहरूतिर देखाएर उहाँले भन्‍नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्। \v 50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।” \c 13 \s1 बिउ छर्नेको दृष्‍टान्त \p \v 1 येशू त्यही दिन त्यस घरबाट निस्केर तालको छेउमा बस्‍नुभयो। \v 2 उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए। \v 3 तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्‍टान्तबाट धेरै कुराहरू भन्‍नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो। \v 4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। \v 5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले, ती चाँडै उम्रे। \v 6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। \v 7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए। \v 8 अरू बिउहरूचाहिँ असल जमिनमा परे; जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्‍न फलाए। \v 9 जसको कान छ, त्यसले सुनोस् र बुझोस्।” \p \v 10 चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?” \p \v 11 उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन। \v 12 जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ।\f + \fr 13:12 \fr*\ft यो ज्ञान र समझको बारेमा भनिएको हो।\ft*\f* \v 13 यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: \q1 “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: \q2 तिनीहरूले सुने तापनि सुन्‍ने वा बुझ्नेछैनन्।” \m \v 14 तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: \q1 “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; \q2 तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ। \q1 \v 15 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। \q2 तिनीहरूका कानले प्रायः सुन्दैनन्, \q2 अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। \q1 नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, \q2 आफ्ना कानले सुन्‍नेथिए, \q2 आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, \q1 र म तिनीहरूलाई निको पार्नेथिएँ।’\f + \fr 13:15 \fr*\ft \+xt यशै 6:9, 10\+xt*\ft*\f*” \m \v 16 “तर तिमीहरूका आँखा धन्यका हुन्; किनकि तिनले देख्छन्; अनि तिमीहरूका कान धन्यका हुन्; किनकि तिनले सुन्छन्। \v 17 किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्। \p \v 18 “त्यसैले बिउ छर्नेको दृष्‍टान्तको अर्थ के हो, ध्यानसित सुन: \v 19 कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो। \v 20 ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। \v 21 तर तिनीहरूका जरा नभएको हुनाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तब तिनीहरू झट्टै पछि हटिहाल्छन्। \v 22 काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। \v 23 तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।” \s1 सामाको दृष्‍टान्त \p \v 24 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बिउ छर्‍यो। \v 25 तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो। \v 26 जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्‍यो। \p \v 27 “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’ \p \v 28 “ ‘कुनै शत्रुले यसो गर्‍यो,’ उसले जवाफ दियो। \p “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्‍ने तपाईं चाहनुहुन्छ?’ \p \v 29 “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ। \v 30 कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ” \s1 रायोको बिउ र खमिरको दृष्‍टान्त \p \v 31 उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बिउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। \v 32 बिउहरूमा सबैभन्दा सानो भए तापनि जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो भएर झाँगिन्छ, र चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।” \p \v 33 उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहुन्जेल राखी।” \p \v 34 येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो; उहाँले दृष्‍टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्‍नुभएन। \v 35 यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: \q1 “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु; \q2 म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।”\f + \fr 13:35 \fr*\ft \+xt भजन 78:2\+xt*\ft*\f* \s1 सामाको दृष्‍टान्तको अर्थ \p \v 36 तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।” \p \v 37 उहाँले जवाफ दिनुभयो, “जसले असल बिउ छर्‍यो, त्योचाहिँ मानिसको पुत्र हो। \v 38 खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्; \v 39 अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। \p \v 40 “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। \v 41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्। \v 42 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। \v 43 तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। \s1 गुप्‍त गाडधन र मोतीको दृष्‍टान्त \p \v 44 “स्वर्गको राज्य खेतमा लुकाइराखिएको गाडधनजस्तो हो। जब एक जना मानिसले त्यसलाई भेट्टायो, र फेरि लुकायो, र ऊ आनन्दसाथ गयो, अनि आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। \p \v 45 “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एक जना व्यापारीजस्तो हो, \v 46 जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो। \s1 जालको दृष्‍टान्त \p \v 47 “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। \v 48 जब जाल भरियो, तब मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबजतिलाई बाहिर फ्याँकिदिए। \v 49 युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, \v 50 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” \p \v 51 येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। \p तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।” \p \v 52 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एक जना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।” \s1 आदरविनाको अगमवक्ता \p \v 53 जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अगि बढ्नुभयो। \v 54 आफ्नो घर भएको सहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो; अनि तिनीहरूले छक्‍क परेर सोधे, “यी मानिसले यस्तो बुद्धि र शक्तिशाली कामहरू गर्ने शक्ति कहाँबाट प्राप्‍त गरे? \v 55 के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाम मरियम होइन? अनि यिनका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन् र? \v 56 के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्‍त भयो?” \v 57 अनि तिनीहरू उहाँसित चिढिए। \p तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।” \p \v 58 उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्तिशाली कामहरू गर्नुभएन। \c 14 \s1 बप्‍तिस्मा दिने यूहन्‍नाको हत्या \p \v 1 त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने। \v 2 तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” \p \v 3 हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्‍नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए। \v 4 किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।” \v 5 हेरोदले यूहन्‍नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे। किनकि तिनीहरूले यूहन्‍नालाई एक अगमवक्ता भनी मान्दथे। \p \v 6 हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी। \v 7 त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए। \v 8 आमाले सिकाएअनुसार त्यसले भनी, “यहाँ मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।” \v 9 यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए। \v 10 झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए। \v 11 तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो; अनि त्यसले त्यो आफ्नी आमाकहाँ लगी। \v 12 यूहन्‍नाका चेलाहरू आएर तिनको मृत शरीर लगे, र गाडिदिए अनि गएर तिनीहरूले येशूलाई भनिदिए। \s1 येशूले पाँच हजारलाई खुवाउनुभएको \p \v 13 जब येशूले यो घटना सुन्‍नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्‍कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे। \v 14 जब येशू ओर्लनुभयो, तब उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो। तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो, र तिनीहरूका रोगहरूलाई निको पार्नुभयो। \p \v 15 साँझ पर्नलाग्दा चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र अबेला हुँदैछ। भीडहरूलाई बिदा गर्नुहोस्, र तिनीहरूले गाउँतिर गएर आफ्ना लागि केही खानेकुरा किनून्।” \p \v 16 येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” \p \v 17 तिनीहरूले जवाफ दिए, “यहाँ हामीसित त पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” \p \v 18 उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्याओ।” \v 19 अनि उहाँले मानिसहरूलाई हरियो चउरमा बस्‍ने आदेश दिनुभयो। ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरेर उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब ती चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। \v 20 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। \v 21 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक पुरुषहरू मात्र लगभग पाँच हजार थिए। \s1 येशू पानीमाथि हिँड्नुभएको \p \v 22 येशूले भीडलाई बिदा गर्न लाग्दा चेलाहरूलाई चाहिँ डुङ्गामा चढेर झट्टै आफूभन्दा अगि पारिपट्टि जान लाउनुभयो। \v 23 उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो, \v 24 तर डुङ्गा जमिनदेखि धेरै टाढा पुगिसकेको थियो, बतास उल्टो बहेकाले छालहरूले त्यसलाई हुत्याउँदैथियो। \p \v 25 बिहान तीन बजेतिर येशू समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। \v 26 जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए। \p \v 27 तर येशूले तुरुन्तै तिनीहरूलाई भन्‍नुभयो: “साहस गर! म नै हुँ; नडराओ।” \p \v 28 पत्रुसले जवाफ दिए, “प्रभु यदि तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानीमा आउने आज्ञा दिनुहोस्।” \p \v 29 उहाँले भन्‍नुभयो, “आऊ।” \p तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए। \v 30 तर जब तिनले बतास देखे, तब तिनी डराए, र डुब्न लाग्दा, “प्रभु, मलाई बचाउनुहोस्!” भनेर चिच्याए। \p \v 31 येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई पक्रनुभयो र भन्‍नुभयो, “हे अल्पविश्‍वासी, तिमीले किन शङ्का गर्‍यौ?” \p \v 32 अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो। \v 33 तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे। \p \v 34 उहाँहरू पारि पुगेपछि गनेसरेतमा ओर्लनुभयो। \v 35 अनि जब त्यहाँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले छेउछाउका सबै इलाकाहरूमा खबर पठाए। मानिसहरूले आफ्ना सबै रोगीहरू उहाँकहाँ ल्याए। \v 36 रोगीहरूलाई उहाँको वस्त्रको किनार मात्र भए पनि छुन दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए। \c 15 \s1 आन्तरिक शुद्धताको बारेमा येशूको शिक्षा \p \v 1 तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे, \v 2 “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।” \p \v 3 येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञा भङ्ग गर्छौ? \v 4 किनकि परमेश्‍वरले भन्‍नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’,\f + \fr 15:4 \fr*\ft \+xt प्रस 20:12; व्यव 5:16\+xt*\ft*\f* अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’\f + \fr 15:4 \fr*\ft \+xt प्रस 21:17; लेवी 20:9\+xt*\ft*\f* \v 5 तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्‍वरलाई चढाइसकिएको छ’ भन्यो भने, \v 6 त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्‍वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ। \v 7 ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए: \q1 \v 8 “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, \q2 तर तिनीहरूको हृदय मदेखि टाढा छ। \q1 \v 9 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्; \q2 तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’\f + \fr 15:9 \fr*\ft \+xt यशै 29:13\+xt*\ft*\f*” \p \v 10 अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “सुन र बुझ। \v 11 जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।” \p \v 12 तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?” \p \v 13 उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोपेको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ। \v 14 तिनीहरूलाई छोडिदेओ; ती दृष्‍टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउँछ भने दुवै खाडलमा पर्नेछन्।” \p \v 15 पत्रुसले भने, “यस दृष्‍टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।” \p \v 16 येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझै अबुझ छौ? \v 17 जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ? \v 18 तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ। \v 19 किनकि हृदयबाट दुष्‍ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्। \v 20 यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।” \s1 कनानी स्त्रीको विश्‍वास \p \v 21 त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो। \v 22 त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।” \p \v 23 येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।” \p \v 24 उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।” \p \v 25 त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!” \p \v 26 उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।” \p \v 27 त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।” \p \v 28 तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई। \s1 येशूले चार हजारलाई खुवाउनुभएको \p \v 29 येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्‍नुभयो। \v 30 त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्‍टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो। \v 31 जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्‍टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्‍क परे; अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। \p \v 32 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।” \p \v 33 उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?” \p \v 34 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?” \p तिनीहरूले जवाफ दिए “सात वटा र स-साना केही माछाहरू।” \p \v 35 उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो। \v 36 तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए। \v 37 तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। \v 38 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए। \v 39 भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो। \c 16 \s1 चिन्ह देखाउन माग \p \v 1 एक दिन फरिसीहरू र सदुकीहरूले येशूकहाँ आएर उहाँलाई जाँच गर्न, तिनीहरूका लागि स्वर्गबाट एउटा चिन्ह देखाउन मागे। \p \v 2 उहाँले भन्‍नुभयो, “साँझ हुँदा तिमीहरू ‘मौसम राम्रो हुनेछ; किनकि आकाश रातो छ,’ \v 3 अनि बिहान ‘आज आँधी आउनेछ; किनकि आकाश रातो छ र बादलले ढाकेको छ,’ भन्छौ। तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर तिमीहरूले समयको चिन्हहरूबाट बुझ्न सक्दैनौ। \v 4 दुष्‍ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो। \s1 फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार \p \v 5 जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। \v 6 “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।” \p \v 7 तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।” \p \v 8 तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्‍वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? \v 9 तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? \v 10 अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? \v 11 मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।” \v 12 तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे। \s1 पत्रुसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी स्वीकार गरेका \p \v 13 जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई “मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?” भनी सोध्नुभयो। \p \v 14 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” \p \v 15 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?” \p \v 16 सिमोन पत्रुसले उत्तर दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ, जीवित परमेश्‍वरका पुत्र।” \p \v 17 येशूले जवाफ दिनुभयो, “योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। \v 18 म तिमीलाई भन्दछु, तिमी पत्रुस\f + \fr 16:18 \fr*\ft ग्रीक भाषामा \ft*\fq पत्रुस \fq*\ft जसको अर्थ \ft*\fq चट्टान \fq*\ft हुन्छ।\ft*\f* हौ, र म यस चट्टानमाथि मेरो मण्डली स्थापित गर्नेछु; अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्। \v 19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु: तिमीहरूले पृथ्वीमा जे बाँध्नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र तिमीहरूले पृथ्वीमा जे फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ।” \v 20 तब उहाँले आफ्ना चेलाहरूलाई, उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो। \s1 आफ्नो मृत्युबारे येशूको पहिलो भविष्यवाणी \p \v 21 त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो। \p \v 22 पत्रुसले उहाँलाई एकातिर लगेर “यसो कहिल्यै नहोस्, प्रभु! तपाईंलाई यस्तो कहिल्यै नहोस्” भनी हप्काउन थाले। \p \v 23 येशूले फर्केर पत्रुसलाई भन्‍नुभयो, “ए शैतान, मबाट टाढा होइजा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्। तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।” \p \v 24 तब येशूले चेलाहरूलाई भन्‍नुभयो, “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। \v 25 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ। \v 26 कुनै मानिसले सारा संसार हात पारेर आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा होला? अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्ला र? \v 27 किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसित आउनेछ, र त्यस बेला उसले हरेक व्यक्तिलाई त्यसले जे गरेको छ, त्यसको कामहरूअनुसार प्रतिफल दिनेछ। \p \v 28 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखेसम्म मृत्युको स्वाद चाख्नेछैनन्।” \c 17 \s1 येशूको रूप परिवर्तन \p \v 1 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पहाडमा लानुभयो। \v 2 त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए। \v 3 त्यसै बेला तिनीहरूका सामु मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे। \p \v 4 पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीन वटा वासस्थान बनाउनेछु। तपाईंका लागि एउटा, मोशाका लागि एउटा र एलियाका लागि एउटा।” \p \v 5 तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो। अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!” \p \v 6 चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे। \v 7 तर येशूले आएर तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ, नडराओ।” \v 8 जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्। \p \v 9 उहाँहरू जब पहाडबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।” \p \v 10 चेलाहरूले उहाँलाई सोधे, “त्यसो भए किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” \p \v 11 येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्। \v 12 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र तिनीहरूले उनलाई चिन्‍न सकेनन्। तर उनलाई तिनीहरूले मनपरी व्यवहार गरे। सोही किसिमले मानिसको पुत्रले तिनीहरूका हातबाट कष्‍ट भोग्नेछ।” \v 13 तब उहाँले बप्‍तिस्मा दिने यूहन्‍नाको विषयमा तिनीहरूलाई भन्‍नुभएको भनी चेलाहरूले बुझे। \s1 येशूद्वारा भूत लागेकोलाई निको पारिएको \p \v 14 जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो, \v 15 “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। \v 16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।” \p \v 17 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” \v 18 येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो। \p \v 19 तब चेलाहरूले गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” \p \v 20 उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन। \v 21 तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।\f + \fr 17:21 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f*” \s1 आफ्नो मृत्युबारे येशूको दोस्रो भविष्यवाणी \p \v 22 उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ। \v 23 तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए। \s1 मन्दिरको कर \p \v 24 येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर\f + \fr 17:24 \fr*\ft मूल भाषामा \ft*\fqa ड्राक्मा भनेको हालको एक दिन बराबरको ज्याला बुझिन्छ।\fqa*\f* तिर्दैनन्?” \p \v 25 तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” \p जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?” \p \v 26 पत्रुसले जवाफ दिए, “अरूबाट।” \p येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्। \v 27 तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्‍का\f + \fr 17:27 \fr*\fq चाँदीको सिक्‍का \fq*\ft एक चाँदीको सिक्‍का बराबर चार ड्राक्मा अर्थात् चार दिन बराबरको ज्याला।\ft*\f* पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।” \c 18 \s1 स्वर्गको राज्यमा सबैभन्दा ठूलो \p \v 1 त्यस समयमा चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?” \p \v 2 उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, \v 3 र भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। \v 4 यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; \v 5 अनि जसले यसरी एउटा बालकलाई मेरो नाममा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ। \s1 ठक्‍करको कारण \p \v 6 “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो। \v 7 पाप गर्न लगाउने कुराहरूको लागि यस संसारलाई धिक्‍कार! किनभने यस्ता कुराहरू अवश्य आउँछन्; तर धिक्‍कार त्यस मानिसलाई, जसद्वारा ती आउँछन्! \v 8 तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। \v 9 अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। \s1 हराएको भेडाको दृष्‍टान्त \p \v 10 “होसियार रहो, तिमीहरूबाट यी सानाहरूमध्ये एउटा पनि हेला नहोऊन्। किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले सधैँ स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्। \v 11 किनकि मानिसको पुत्र हराएकालाई बचाउन आएको हो।\f + \fr 18:11 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \p \v 12 “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, र तीमध्ये एउटा बाटो बिराएर गयो भने उसले उनान्सयलाई पहाडमा छोडेर त्यस बाटो बिराएर जाने एउटालाई खोज्न जाँदैन र? \v 13 म तिमीहरूलाई साँच्‍चै भन्दछु, उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ। \v 14 यसकारण यी सानाहरूमध्ये एउटै पनि नहराओस् भन्‍ने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले इच्छा गर्नुहुन्छ। \s1 मण्डलीमा पापको विषयमा निर्देशन \p \v 15 “यदि तिम्रो सहविश्‍वासीले तिम्रो विरुद्धमा पाप गर्‍यो भने सीधै तिमीले उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ। \v 16 तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुई जनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्‍का भएको होस्।’\f + \fr 18:16 \fr*\ft \+xt व्यव 19:15\+xt*\ft*\f* \v 17 यदि उसले तिनीहरूका कुरा पनि मानेन भने मण्डलीलाई यो भनिदेऊ। तर उसले मण्डलीको कुरा पनि मानेन भने तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैँ व्यवहार गर। \p \v 18 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ। \p \v 19 “साँच्‍चै, म तिमीहरूलाई फेरि भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुई जनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूका निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा दिइनेछ। \v 20 किनकि जहाँ दुई वा तीन जना मेरो नाममा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।” \s1 निर्दयी सेवकको दृष्‍टान्त \p \v 21 तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पल्ट क्षमा गरूँ? के सात पल्ट?” \p \v 22 येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सात गुणा सत्तरी पल्ट। \p \v 23 “यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे। \v 24 तिनले जब त्यसो गर्न थाले, तब दश हजार झोला सुनका सिक्‍का\f + \fr 18:24 \fr*\fq दश हजार झोला सुनका सिक्‍का \fq*\ft मूल भाषामा दश हजार टालेन्ट। एक टालेन्ट बराबर बीस वर्षको ज्याला\ft*\f* ऋण लिएको मानिसलाई तिनीकहाँ ल्याइयो। \v 25 उसले तिर्न नसकेको कारण त्यस मालिकले त्यो ऋण तिर्नका लागि त्यो मानिस, उसकी पत्नी, उसका बालबच्‍चाहरू र ऊसँग भएका सबै थोक बेचियोस् भन्‍ने हुकुम दिए। \p \v 26 “त्यस सेवकले तिनको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’ \v 27 त्यस सेवकको मालिकले त्यसमाथि दया गरेर त्यो ऋण माफी गरिदिए, र त्यसलाई जान दिए। \p \v 28 “तर त्यो सेवक गयो, र ऊसँग काम गर्ने एउटा सेवकलाई भेट्टायो, जससित उसको एक सय चाँदीका सिक्‍का\f + \fr 18:28 \fr*\ft मूल भाषामा \ft*\fqa दिनार \fqa*\ft एक दिनार बराबर एक दिनको ज्याला हुन्छ।\ft*\f* ऋण थियो। उसले त्यसलाई पक्रेर त्यसको घोक्रो अँठ्यायो अनि ‘मेरो ऋण तिरिहाल्’ भनेर माग गर्‍यो। \p \v 29 “ऊसँग काम गर्ने त्यस सेवकले उसको अगि घुँडा टेकेर बिन्ती गर्‍यो, ‘ममाथि धैर्य गर्नुहोस्, र म सबै तिरिदिनेछु।’ \p \v 30 “तर उसले अस्वीकार गर्‍यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो। \v 31 तर जे घटना भएको थियो, त्यो अरू सेवकहरूले देखेपछि तिनीहरू अति दुःखित भए, र गएर जे भएको थियो, त्यो कुरा आफ्ना मालिकलाई भनिदिए। \p \v 32 “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्‍ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ। \v 33 मैले तँमाथि दया देखाएझैँ, के तैँले पनि आफ्नो सङ्गी-सेवकप्रति दया देखाउनुपर्ने थिएन र?’ \v 34 रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्‍ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए। \p \v 35 “तिमीहरूले पनि आफ्ना सहविश्‍वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।” \c 19 \s1 सम्बन्ध-विच्छेद \p \v 1 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो। \v 2 ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो। \p \v 3 केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” \p \v 4 उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’\f + \fr 19:4 \fr*\ft \+xt उत्प 1:27\+xt*\ft*\f* \v 5 अनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’?\f + \fr 19:5 \fr*\ft \+xt उत्प 2:24\+xt*\ft*\f* \v 6 यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” \p \v 7 तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?” \p \v 8 येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण, तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन। \v 9 म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।” \p \v 10 चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।” \p \v 11 येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ। \v 12 किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए। अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।” \s1 येशू र साना बालबालिकाहरू \p \v 13 तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। \p \v 14 येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।” \v 15 येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो। \s1 धनी जवान मानिस र परमेश्‍वरको राज्य \p \v 16 एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?” \p \v 17 येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।” \p \v 18 त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” \p येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू, \v 19 आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’\f + \fr 19:19 \fr*\ft \+xt प्रस 20:12‑16; व्यव 5:16‑20; लेवी 19:18\+xt*\ft*\f*” \p \v 20 त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?” \p \v 21 येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।” \p \v 22 यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो। \p \v 23 तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ। \v 24 म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” \p \v 25 जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” \p \v 26 येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्‍वरका लागि सबै कुरा सम्भव छन्।” \p \v 27 पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ; त्यसो भए हामीले के पाउनेछौँ त?” \p \v 28 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्‍नेछौ। \v 29 अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्‍चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ। \v 30 तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, र जो पछिल्‍ला छन्; ती पहिला हुनेछन्। \c 20 \s1 दाखबारीका खेतालाहरूको दृष्‍टान्त \p \v 1 “स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो। \v 2 तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो। \p \v 3 “करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो। \v 4 उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ \v 5 अनि तिनीहरू गए। \p “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्‍यो। \v 6 अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’ \p \v 7 “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ \p “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’ \p \v 8 “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भन्यो, ‘खेतालाहरूलाई बोलाऊ, र काममा सबैभन्दा पछि आउनेहरूदेखि सुरु गरेर पहिले आएकाहरूसम्म सबैलाई तिनीहरूको ज्याला देऊ।’ \p \v 9 “बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू पनि आए, र हरेकले एक-एक दिनार पाए। \v 10 तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए, तब तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक-एक दिनार नै ज्याला पाए। \v 11 जब तिनीहरूले आ-आफ्ना ज्याला पाए, तब तिनीहरू जमिनको मालिकसित गुनासो गर्न थाले। \v 12 तिनीहरू गएर यसो भने, ‘यी पछि आएका काममा लगाइएका मानिसहरूले त एक घण्टाजति मात्र काम गरेका छन्, तर हामीले दिनभरि काम गरेका छौँ, र दिनको चर्को घाम सहेका छौँ। तर तपाईंले हामीसित तिनीहरूलाई बराबर तुल्याउनुभएको छ।’ \p \v 13 “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र? \v 14 तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु। \v 15 मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’ \p \v 16 “यसकारण पछिल्‍ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।” \s1 आफ्नो मृत्युबारे येशूको तेस्रो भविष्यवाणी \p \v 17 जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्‍नुभयो, \v 18 “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्; \v 19 अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्‍ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!” \s1 एउटी आमाको बिन्ती \p \v 20 तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, र घुँडा टेकेर उहाँसँग बिन्ती गर्न लागिन्। \p \v 21 उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?” \p उनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा मेरा यी दुई छोराहरूमध्ये एउटा तपाईंको दाहिनेतिर, र अर्कोचाहिँ देब्रेतिर बस्‍न पाउने मन्जुरी दिनुहोस्।” \p \v 22 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ?” \p अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए। \p \v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले अवश्य मेरो कचौराबाट पिउनेछौ, तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू तिनीहरूका लागि हुन्, जसका निम्ति मेरा पिताले तयार गरिसक्नुभएको छ।” \p \v 24 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। \v 25 येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, र तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ। \v 26 तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ। \v 27 अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। \v 28 यसरी नै मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।” \s1 दुई दृष्‍टिविहीनहरूले दृष्‍टि पाएका \p \v 29 येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। \v 30 दुई जना दृष्‍टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्‍ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” \p \v 31 भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” \p \v 32 येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?” \p \v 33 तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्‍टि पाऔँ।” \p \v 34 येशू तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्‍टि पाइहाले, र उहाँलाई पछ्याए। \c 21 \s1 यरूशलेममा येशूको विजय प्रवेश \p \v 1 उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, \v 2 “तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। \v 3 यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्‍नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।” \p \v 4 अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो: \q1 \v 5 “यरूशलेमका मानिसहरूलाई\f + \fr 21:5 \fr*\fq यरूशलेमका मानिसहरूलाई \fq*\ft मूल भाषामा \ft*\fqa सियोनकी छोरी\fqa*\f* भन, \q2 ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, \q1 नम्र र गधामाथि सवार हुनुभएर, \q2 बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ”\f + \fr 21:5 \fr*\ft \+xt जक 9:9\+xt*\ft*\f* \p \v 6 ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। \v 7 तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्‍नुभयो। \v 8 एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। \v 9 उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, \q1 “दावीदका पुत्रलाई होसन्‍ना!”\f + \fr 21:9 \fr*\ft बचाउनुहोस्\ft*\f* \b \q1 “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” \b \q1 “परमधाममा होसन्‍ना।” \p \v 10 जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्‍चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?” \p \v 11 त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।” \s1 येशू मन्दिरमा \p \v 12 येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो। \v 13 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार बनाइरहेका छौ।’\f + \fr 21:13 \fr*\ft \+xt यर्मिया 7:11\+xt*\ft*\f*” \p \v 14 दृष्‍टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। \v 15 तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले “दावीदका पुत्रलाई होसन्‍ना” भनेका सुने, तब तिनीहरू रिसाए। \p \v 16 तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” \p येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: \q1 “ ‘केटाकेटीहरू र शिशुहरूका ओठबाट \q2 प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ?’\f + \fr 21:16 \fr*\ft \+xt भजन 8:2\+xt*\ft*\f*” \p \v 17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्‍नुभयो। \s1 अञ्जीरको रूख सुकेको \p \v 18 एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो। \v 19 बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्‍नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो। \p \v 20 जब चेलाहरूले यो देखे, तिनीहरू छक्‍क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?” \p \v 21 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ, र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘तँ जा, गएर आफूलाई समुद्रमा फ्याँक्’ भन्यौ भने त्यो भइहाल्नेछ। \v 22 तिमीहरूले विश्‍वास गरेर प्रार्थनामा जे माग्छौ, त्यो तिमीहरूले पाउनेछौ।” \s1 येशूको अधिकारको बारेमा प्रश्न \p \v 23 येशू मन्दिरका चोकहरूमा आउनुभयो; अनि उहाँले शिक्षा दिँदैगर्दा मुख्य पुजारीहरू र जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?” \p \v 24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनेर तिमीहरूलाई म भन्‍नेछु। \v 25 यूहन्‍नाको बप्‍तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” \p तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्‍वास गरेनौ’ भनी भन्‍नेछन्। \v 26 यदि हामीले ‘मानिसबाट’ हो भन्यौँ भने हामीलाई मानिसहरूको डर छ; किनकि तिनीहरू सबैले यूहन्‍नालाई अगमवक्ता भनी मान्छन्।” \p \v 27 त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।” \p तब उहाँले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ। \s1 दुई छोराहरूको दृष्‍टान्त \p \v 28 “तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’ \p \v 29 “त्यसले जवाफ दियो, ‘अहँ, म जान्‍नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्‍यो र गयो। \p \v 30 “तब ती बुबा अर्को छोराकहाँ गएर त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हवस्, म जान्छु,’ तर त्यो गएन। \p \v 31 “ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्‍यो?” \p तिनीहरूले भने, “पहिलोले।” \p येशूले तिनीहरूलाई भन्‍नुभयो, “म साँच्‍चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। \v 32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ। \s1 मोहीहरूको दृष्‍टान्त \p \v 33 “अर्को दृष्‍टान्त सुन: एक जना जमिनका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने; र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिए, र आफू यात्रामा गए। \v 34 जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए। \p \v 35 “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने। \v 36 मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे। \v 37 अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’ \p \v 38 “तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’ \v 39 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। \p \v 40 “यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?” \p \v 41 तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्‍टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।” \p \v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: \q1 “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए, \q2 त्यही जगको मुख्य ढुङ्गा बन्यो; \q1 प्रभुले नै यो गर्नुभएको हो, \q2 अनि यो हाम्रा दृष्‍टिमा अचम्मको छ’\f + \fr 21:42 \fr*\ft \+xt भजन 118:22, 23\+xt*\ft*\f*? \p \v 43 “यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ र यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ। \v 44 जो यस ढुङ्गामाथि खस्ला, त्यो टुक्रा-टुक्रा हुनेछ; तर जसमाथि यो खस्छ, त्यो धुलोपिठो हुनेछ।” \p \v 45 जब मुख्य पुजारीहरू र फरिसीहरूले येशूको यो दृष्‍टान्त सुने, तिनीहरूले उहाँले तिनीहरूकै विषयमा भन्दै हुनुहुन्छ भनी जाने। \v 46 तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे। \c 22 \s1 विवाहको भोजको दृष्‍टान्त \p \v 1 येशूले फेरि तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्दै यसो भन्‍नुभयो: \v 2 “स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे। \v 3 तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे। \p \v 4 “तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’ \p \v 5 “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले। \v 6 अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे। \v 7 राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए। \p \v 8 “तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्। \v 9 यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’ \v 10 यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो। \p \v 11 “तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे। \v 12 तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो। \p \v 13 “तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’ \p \v 14 “किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” \s1 सिजरलाई कर तिर्नुपर्ने कुरा \p \v 15 त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए। \v 16 तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न। \v 17 तब हामीलाई तपाईंको विचार भन्‍नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?” \p \v 18 येशूले तिनीहरूका दुष्‍ट अभिप्राय जानेर भन्‍नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? \v 19 कर तिर्दा प्रयोग गरिने सिक्‍का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। \v 20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?” \p \v 21 “सिजरको,” तिनीहरूले जवाफ दिए। \p तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” \p \v 22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे, र उहाँलाई छोडेर गइहाले। \s1 पुनरुत्थान र विवाह \p \v 23 त्यही दिन पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए। \v 24 तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्‍चा जन्माउनुपर्छ। \v 25 अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्‍यो, तर ऊ मर्‍यो; अनि उसका बालबच्‍चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्‍यो। \v 26 त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो। \v 27 अन्त्यमा त्यो स्त्री पनि मरी। \v 28 अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।” \p \v 29 येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ। \v 30 पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। \v 31 तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ? \v 32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ।’\f + \fr 22:32 \fr*\ft \+xt प्रस 3:6\+xt*\ft*\f* उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।” \p \v 33 जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्‍क परे। \s1 सबैभन्दा महान् आज्ञा \p \v 34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए। \v 35 तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे: \v 36 “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?” \p \v 37 येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’\f + \fr 22:37 \fr*\ft \+xt व्यव 6:5\+xt*\ft*\f* \v 38 यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो। \v 39 अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’\f + \fr 22:39 \fr*\ft \+xt लेवी 19:18\+xt*\ft*\f* \v 40 सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।” \s1 ख्रीष्‍ट कसका पुत्र हुन्? \p \v 41 फरिसीहरू एकसाथ भेला भएका बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो, \v 42 “तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” \p तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।” \p \v 43 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्, \q1 \v 44 “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: \q2 “जबसम्म म तिम्रा शत्रुहरूलाई \q1 तिम्रा पाउमुनि राख्दिनँ, \q2 तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’\f + \fr 22:44 \fr*\ft \+xt भजन 110:1\+xt*\ft*\f* \m \v 45 यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?” \v 46 यसको जवाफमा कसैले एक शब्द पनि भन्‍न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन। \c 23 \s1 कपटीपन विरुद्धमा चेतावनी \p \v 1 तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्‍नुभयो: \v 2 “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। \v 3 यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्। \v 4 तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्। \p \v 5 “तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्। \v 6 तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्। \v 7 तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्। \p \v 8 “तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ। \v 9 अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ। \v 10 न त तिमीहरूलाई ‘शिक्षक’ भनियोस्, किनकि तिमीहरूका एउटै मात्र शिक्षक हुनुहुन्छ जो ख्रीष्‍ट हुनुहुन्छ। \v 11 तिमीहरूमा जो सबैभन्दा उच्‍च छ, त्यो नै तिमीहरूका सेवक हुनेछ। \v 12 किनकि जसले आफूलाई उच्‍च पार्छ, त्यो नम्र बनाइनेछ; र जसले आफूलाई नम्र बनाउँछ, त्योचाहिँ उच्‍च पारिनेछ। \s1 व्यवस्थाका शिक्षक र फरिसीहरूलाई सात पल्ट धिक्‍कार \p \v 13 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ। \v 14 ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ, र देखाउनका लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ।\f + \fr 23:14 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \p \v 15 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू एक जनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चाहार्छौ। अनि त्यो तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुईगुणा नरकको छोरा बनाउँछौ। \p \v 16 “ए दृष्‍टिविहीन अगुवाहरू हो, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यस शपथले त्यो बाँधिनेछ।’ \v 17 तिमी दृष्‍टिविहीन मूर्खहरू! कुन महत्त्वपूर्ण हो: सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? \v 18 तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’ \v 19 हे मूर्ख र दृष्‍टिविहीन मानिसहरू हो! कुन महत्त्वपूर्ण हो: भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? \v 20 यसकारण जसले वेदीको शपथ खान्छ, त्यसले वेदी र त्यसमाथि राखिएका प्रत्येक कुराको शपथ खान्छ। \v 21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले मन्दिर र मन्दिरभित्र बास गर्नुहुनेको शपथ खान्छ। \v 22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासन र त्यसमाथि बस्‍नुहुनेको शपथ खान्छ। \p \v 23 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्‍वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो। \v 24 तिमी दृष्‍टिविहीन अगुवाहरू! तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई निलिहाल्दछौ। \p \v 25 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू कचौरा र थालको बाहिर सफा गर्दछौ, तर भित्र त लोभ र असंयमले भरिएका हुन्छौ। \v 26 ए दृष्‍टिविहीन फरिसीहरू! पहिला कचौरा र थालको भित्रपट्टि सफा गर, तब बाहिरपट्टि पनि सफा हुनेछ। \p \v 27 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्। \v 28 यही प्रकारले तिमीहरू मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपटीपन र दुष्‍टताले भरिएका छौ। \p \v 29 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ र धर्मीहरूका स्मारकहरू सिँगार्छौ। \v 30 र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’ \v 31 यसरी तिमीहरू अगमवक्ताहरूको हत्या गर्नेहरूका सन्तान हौ भनी आफ्नै विरुद्धमा साक्षी दिन्छौ। \v 32 त्यसकारण तिमीहरूका पुर्खाहरूले सुरु गरेका पापको नाप पूरा गर! \p \v 33 “हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ? \v 34 यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ। \v 35 यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ। \v 36 म तिमीहरूलाई साँच्‍चै भन्दछु, यी सबै कुरा यस पुस्तामाथि नै आइपर्नेछन्। \p \v 37 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्। \v 38 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। \v 39 म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”\f + \fr 23:39 \fr*\ft \+xt भजन 118:26\+xt*\ft*\f* \c 24 \s1 मन्दिरको विनाश र जगत्‌को अन्त्यका चिन्हहरू \p \v 1 येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए। \v 2 उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।” \p \v 3 येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्त्यको चिन्ह के हुनेछ?” \p \v 4 येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। \v 5 किनकि धेरै जना ‘म ख्रीष्‍ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। \v 6 तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ। \v 7 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। \v 8 यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्। \p \v 9 “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ। \v 10 त्यस बेला धेरै जना विश्‍वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्‍वासघात र घृणा गर्नेछन्। \v 11 अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। \v 12 दुष्‍टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, \v 13 तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ। \v 14 अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्‍वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ। \p \v 15 “यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’\f + \fr 24:15 \fr*\ft \+xt दानि 9:27; 11:31; 12:11\+xt*\ft*\f* पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्, \v 16 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। \v 17 घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्। \v 18 खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्। \v 19 ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! \v 20 शब्बाथ अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर। \v 21 किनकि त्यस बेला यस्तो महासङ्कष्‍ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ। \p \v 22 “यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। \v 23 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्‍वास नगर। \v 24 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नेछन्। \v 25 हेर, मैले तिमीहरूलाई पहिलेबाट नै भनिदिएको छु। \p \v 26 “यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्‍वास नगर। \v 27 किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ। \v 28 जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्। \p \v 29 “ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै, \q1 “ ‘सूर्य अँध्यारो हुनेछ, \q2 र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; \q1 आकाशबाट ताराहरू खस्‍नेछन्, \q2 अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’\f + \fr 24:29 \fr*\ft \+xt यशै 13:10; 34:4\+xt*\ft*\f* \p \v 30 “त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।\f + \fr 24:30 \fr*\ft हेर्नुहोस् \+xt दानि 7:13‑14\+xt*\ft*\f* \v 31 अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्। \p \v 32 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ। \v 33 त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान। \v 34 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। \v 35 आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्। \s1 त्यस दिन र त्यस समयको विषयमा कसैलाई ज्ञान छैन \p \v 36 “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्‍नुहुन्छ। \v 37 जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ। \v 38 किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्‍ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। \v 39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्‍ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। \v 40 दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ। \v 41 दुई जना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछ र अर्की छोडिनेछ। \p \v 42 “यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। \v 43 तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन। \v 44 यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। \p \v 45 “त्यसो भए त्यो विश्‍वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्? \v 46 उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ। \v 47 म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। \v 48 तर यदि त्यो सेवक दुष्‍ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो, \v 49 अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने, \v 50 त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। \v 51 तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र कपटीहरूका साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछन्। \c 25 \s1 दश कन्याहरूको दृष्‍टान्त \p \v 1 “त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। \v 2 तीमध्ये पाँच जना निर्बुद्धिहरू र पाँच जना बुद्धिमतीहरू थिए। \v 3 ती निर्बुद्धिहरूले बत्तीहरू त लगे, तर तेल लगेनन्। \v 4 तर ती बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्तीहरूसित भाँडोमा तेल पनि लगे। \v 5 दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्‍क निदाए। \p \v 6 “मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’ \p \v 7 “तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे। \v 8 ती निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका तेलबाट केही देओ; किनकि हाम्रा बत्तीहरू निभ्दैछन्।’ \p \v 9 “तिनीहरूले जवाफ दिए, ‘हुँदैन, सायद हामी र तिमीहरू दुवैका लागि यो प्रशस्त नहोला। बरु तेल बेच्नेहरूकहाँ जाओ, र आफ्ना लागि केही किन।’ \p \v 10 “तर जब तिनीहरू तेल किन्‍न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो। \p \v 11 “पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’ \p \v 12 “तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ \p \v 13 “यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ। \s1 तीन सेवकहरूको दृष्‍टान्त \p \v 14 “फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए। \v 15 तिनीहरूका योग्यताअनुसार तिनले एउटालाई पाँच झोला सुनका सिक्‍का,\f + \fr 25:15 \fr*\fq पाँच झोला सुनका सिक्‍का \fq*\ft मूल भाषामा \ft*\fqa टालेन्ट \fqa*\ft भनिन्छ; एक टालेन्ट बराबर बीस वर्षको ज्याला\ft*\f* अर्कोलाई दुई झोला सुनका सिक्‍का र अर्कोलाई एक झोला सुनका सिक्‍का दिए। त्यसपछि तिनी आफ्ना यात्रामा लागे। \v 16 पाँच झोला सुनका सिक्‍का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो। \v 17 दुई झोला सुनका सिक्‍का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो। \v 18 तर एक झोला सुनका सिक्‍का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो। \p \v 19 “धेरै समय बितेपछि ती सेवकहरूका मालिक फर्किआए, र तिनीहरूसित हिसाब मागे। \v 20 पाँच झोला सुनका सिक्‍का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’ \p \v 21 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’ \p \v 22 “दुई झोला सुनका सिक्‍का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्‍का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’ \p \v 23 “त्यसका मालिकले जवाफ दिए, ‘स्याबास, असल र विश्‍वासी सेवक! तँ थोरै कुरामा विश्‍वासयोग्य भइस्। म तँलाई धेरै कुराको जिम्मा दिनेछु। आइज र आफ्ना मालिकको खुशीमा सहभागी बन्!’ \p \v 24 “त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ। \v 25 तसर्थ म डराएँ, र गएर तपाईंको सुन भुइँमा लुकाएर राखेँ। हेर्नुहोस्, तपाईंको त्यो सुन यहाँ छ।’ \p \v 26 “त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो? \v 27 त्यसो भए, तैँले मेरो धनसम्पत्ति साहुकहाँ राख्नु पर्नेथियो, र म फर्केर आउँदा मैले त्यो ब्याजसमेत पाउनेथिएँ। \p \v 28 “ ‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ। \v 29 किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ। \v 30 अनि त्यस बेकामे सेवकलाई बाहिरको अन्धकारमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’ \s1 भेडा र बाख्राहरू \p \v 31 “जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्‍नेछ। \v 32 सारा राष्ट्रहरू उसको अगि भेला गराइनेछन्; अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैँ, उसले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्ने। \v 33 उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ। \p \v 34 “तब आफ्ना दाहिनेतिरका मानिसहरूलाई राजाले भन्‍नेछन्, ‘आओ, मेरा पिताका धन्य जनहरू हो, संसारको उत्पत्तिदेखि तिमीहरूका लागि तयार पारिएको राज्यको, तिमीहरू उत्तराधिकारी होओ। \v 35 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खानेकुरा दियौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउने कुरा दियौ। म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गर्‍यौ, \v 36 मलाई वस्त्रको खाँचो थियो, र तिमीहरूले मलाई पहिर्‍यायौ। म बिरामी थिएँ, र तिमीहरू मलाई हेर्न आयौ। म झ्यालखानामा थिएँ, र तिमीहरू मलाई भेट्न आयौ।’ \p \v 37 “तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ? \v 38 हामीले तपाईंलाई कहिले परदेशी देख्यौँ, र भित्र स्वागत गर्‍यौँ अथवा वस्त्रको अभावमा पहिर्‍यायौँ? \v 39 हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’ \p \v 40 “राजाले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरा यी मानिसहरूमध्ये सानोभन्दा सानोलाई जे गर्‍यौ, त्यो तिमीहरूले मलाई नै गर्‍यौ।’ \p \v 41 “तब तिनले आफ्ना देब्रेतिरकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू हो, मबाट टाढा भएर शैतान र त्यसका दूतहरूका लागि तयार पारिएको अनन्तको आगोमा जाओ। \v 42 किनकि म भोकाएको थिएँ, र तिमीहरूले मलाई केही खान दिएनौ। म तिर्खाएको थिएँ, र तिमीहरूले मलाई केही पिउन दिएनौ। \v 43 म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्‍याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’ \p \v 44 “तिनीहरूले पनि जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका अथवा तिर्खाएका, अथवा परदेशी, अथवा वस्त्रको खाँचोमा पर्नुभएको, अथवा बिरामी अथवा झ्यालखानामा देख्यौँ, र तपाईंलाई सहायता दिएनौँ?’ \p \v 45 “उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ \p \v 46 “तब तिनीहरू अनन्तको दण्डमा, तर धर्मी जनहरू अनन्तको जीवनमा प्रवेश गर्नेछन्।” \c 26 \s1 येशूको विरुद्धमा षड्यन्त्र \p \v 1 जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, \v 2 “तिमीहरूलाई थाहा भएझैँ निस्तार चाड आउन अब दुई दिन मात्र छ, र मानिसको पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछ।” \p \v 3 तब मुख्य पुजारीहरू र जनताका प्रधानहरू, कैयाफा नाम भएका प्रधान पुजारीको महलमा भेला भए। \v 4 तिनीहरूले येशूलाई छल गरेर पक्रने र मार्ने षड्यन्त्र गरे। \v 5 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूमा दङ्गा मच्‍चिन्छ।” \s1 बेथानीमा येशूको अभिषेक \p \v 6 येशू बेथानीमा सिमोन नाम भएका कुष्‍ठरोगीको घरमा हुनुहुँदा, \v 7 एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्‍नुभएको बेला उहाँको शिरमाथि खन्याइन्। \p \v 8 जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यसलाई किन खेर फालेको? \v 9 यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” \p \v 10 त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? त्यसले मेरो लागि एउटा असल काम गरेकी छिन्। \v 11 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ। \v 12 जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्। \v 13 म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।” \s1 यहूदा येशूलाई विश्‍वासघात गर्न राजी भएको \p \v 14 त्यसपछि बाह्र जनामध्येको एक जना, जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, ऊ मुख्य पुजारीहरूकहाँ गयो, \v 15 र सोध्यो, “यदि मैले येशूलाई तपाईंहरूका हातमा सुम्पिदिएँ भने तपाईंहरूले मलाई के दिनुहुन्छ?” तब तिनीहरूले उसको लागि तीस वटा चाँदीका सिक्‍काहरू दिए। \v 16 त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो। \s1 प्रभु भोजको स्थापना \p \v 17 अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?” \p \v 18 उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्‍नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ” \v 19 चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे। \p \v 20 53 जब साँझ पर्‍यो, येशू बाह्रै जनासित टेबुलमा खाइरहनुभएको थियो। \v 21 उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” \p \v 22 तिनीहरू अति दुःखी भए, र एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, कतै त्यो म त होइनँ?” \p \v 23 येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ। \v 24 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।” \p \v 25 तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, कतै त्यो म त होइनँ?” \p येशूले जवाफ दिनुभयो, “तिमी आफैँले भन्यौ।” \p \v 26 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो; अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।” \p \v 27 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। \v 28 यो करारको मेरो रगत हो, जो धेरैको पापहरूको क्षमाका लागि बहाइन्छ। \v 29 म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म यस दाखको रसबाट पिउनेछैनँ।” \p \v 30 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो। \s1 येशूद्वारा पत्रुसको इन्कारबारे पूर्व सूचना \p \v 31 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: \q1 “ ‘म गोठालोलाई प्रहार गर्नेछु, \q2 र बगालका भेडाहरू तितरबितर हुनेछन्।’\f + \fr 26:31 \fr*\ft \+xt जक 13:7\+xt*\ft*\f* \m \v 32 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” \p \v 33 पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।” \p \v 34 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राति नै भाले बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” \p \v 35 तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने। \s1 गेतसमनीमा येशूको प्रार्थना \p \v 36 तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीँ बस!” \v 37 उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, र उहाँ दुःखित र व्याकुल हुन थाल्नुभयो। \v 38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!” \p \v 39 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।” \p \v 40 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? \v 41 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।” \p \v 42 उहाँ दोस्रो पल्ट पर जानुभयो र प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिई यो कचौरा मबाट हटाइनु सम्भव छैन भने तपाईंको इच्छा पूरा होस्।” \p \v 43 जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो; किनकि तिनीहरूका आँखा लोलाएका थिए। \v 44 यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो। \p \v 45 तब उहाँ चेलाहरूकहाँ फर्किआएर तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ। \v 46 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!” \s1 येशू पक्राउ पर्नुभएको \p \v 47 उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो। \v 48 त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।” \v 49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो। \p \v 50 येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” \p तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए। \v 51 यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो। \p \v 52 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार फेरि म्यानमै राख; किनकि जसले तरवार चलाउँछ, त्यो तरवारद्वारा नै नष्‍ट हुनेछ। \v 53 तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्‍न र? \v 54 तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्‍ने कुरा कसरी पूरा हुने त?” \p \v 55 त्यस बेला येशूले त्यस भीडलाई भन्‍नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु र? अनि तपाईंहरू मलाई पक्रन तरवार र लाठाहरू लिएर आउनुभयो? म त दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थेँ, र तपाईंहरूले मलाई पक्रनुभएन। \v 56 तर अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनलाई नै यी सबै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। \s1 महासभाको सामु येशू \p \v 57 येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। \v 58 तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे। \p \v 59 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। \v 60 तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। \p आखिरमा दुई जनाले अगि सरेर \v 61 घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ” \p \v 62 तब प्रधान पुजारी उठेर येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” \v 63 तर येशू चुप रहनुभयो। \p प्रधान पुजारीले उहाँलाई भने, “म जीवित परमेश्‍वरको नाममा भन्दछु: तँ परमेश्‍वरको पुत्र ख्रीष्‍ट होस् भने हामीलाई भन्।” \p \v 64 येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्‍नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।” \p \v 65 तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो। \v 66 तपाईंहरू के विचार गर्नुहुन्छ?” \p तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।” \p \v 67 तब तिनीहरूले उहाँको अनुहारमा थुके, मुक्‍का लगाए। अरूले थप्पड लगाएर \v 68 भने, “हे ख्रीष्‍ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?” \s1 पत्रुसले येशूलाई इन्कार गरेका \p \v 69 अब पत्रुस बाहिर चोकमा बसिरहेका थिए। अनि एउटी सेविका तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।” \p \v 70 तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।” \p \v 71 तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविकाले देखी र त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।” \p \v 72 तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।” \p \v 73 केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो बोलीचालीले त्यही भन्छ।” \p \v 74 तब तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” \p तब तत्कालै भाले बास्यो। \v 75 अनि पत्रुसले तिनलाई येशूले यसो भन्‍नुभएको यो वचन सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए। \c 27 \s1 यहूदा इस्करयोतले आफैँलाई झुण्ड्याएका \p \v 1 एकाबिहानै सबै मुख्य पुजारीहरू र जनताका प्रधानहरूले येशूलाई मार्ने निर्णय गरे। \v 2 तिनीहरूले उहाँलाई बाँधेर लगे, र राज्यपाल पिलातसको हातमा सुम्पिदिए। \p \v 3 जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डको आज्ञा दिइएको देख्यो, ऊ पछुतोले भरियो। अनि तीस वटा चाँदीका सिक्‍काहरू मुख्य पुजारीहरू र प्रधानहरूलाई फर्काइदियो, \v 4 अनि भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु।” \p तिनीहरूले जवाफ दिए, “हामीलाई यसको के मतलब? यो त तिम्रो जिम्मेवारी हो।” \p \v 5 यसकारण यहूदाले त्यो पैसा मन्दिरमा फ्याँकिदियो र बाहिर निस्कियो। तब ऊ टाढा गयो, र झुण्डिएर मर्‍यो। \p \v 6 मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।” \v 7 तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्‍ने निर्णय गरे। \v 8 यसैकारण आजको दिनसम्म नै यसलाई रगतको जमिन भनिन्छ। \v 9 तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्‍काहरू लिए, \v 10 अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”\f + \fr 27:10 \fr*\ft \+xt जक 11:12, 13; यर्मिया 19:1‑13; 32:6‑9\+xt*\ft*\f* \s1 येशू पिलातसको सामु \p \v 11 येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” \p येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।” \p \v 12 जब उहाँलाई मुख्य पुजारीहरू र प्रधानहरूले दोष लगाए, उहाँले कुनै जवाफ दिनुभएन। \v 13 तब पिलातसले उहाँलाई सोधे, “तिनीहरूले तिम्रो विरुद्धमा दिएका साक्षीहरू के तिमी सुन्दैनौ?” \v 14 तर येशूले कुनै पनि अभियोगको जवाफ नदिनुभएको देखेर राज्यपाल अति छक्‍क परे। \p \v 15 निस्तार चाडको समयमा भीडले चाहेबमोजिम एक जना कैदीलाई छोडिदिने राज्यपालको चलन थियो। \v 16 त्यस बेला तिनीहरूसित बारब्बा नाम भएको एक जना कुख्यात कैदी थियो। \v 17 जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका लागि मैले कसलाई छोडिदिएको चाहन्छौ? बारब्बालाई कि ख्रीष्‍ट भनिने येशूलाई?” \v 18 किनकि तिनीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भनी तिनलाई थाहा थियो। \p \v 19 पिलातस न्याय आसनमाथि बसिरहेका बेला तिनकी पत्नीले तिनलाई यो समाचार पठाइन्: “यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज राति मैले सपनामा तिनको कारण धेरै कष्‍ट भोगेकी छु।” \p \v 20 तर मुख्य पुजारीहरू र प्रधानहरूले बारब्बालाई छोड्न र येशूलाई मृत्युदण्ड दिन माग गर्न भीडलाई उक्साए। \p \v 21 राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?” \p तिनीहरूले जवाफ दिए, “बारब्बालाई।” \p \v 22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?” \p तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” \p \v 23 पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?” \p तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!” \p \v 24 जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्‍चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।” \p \v 25 सबै जनाले जवाफ दिए, “उसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्।” \p \v 26 तब तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तर तिनले येशूलाई कोर्रा लगाउन लगाए, र उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए। \s1 सिपाहीहरूले येशूलाई अपमान गरेका \p \v 27 तब राज्यपालका सिपाहीहरूले येशूलाई प्रेटोरियममा लगे, र सबै पल्टनलाई उहाँको चारैतिर भेला गराए। \v 28 तिनीहरूले उहाँको वस्त्र फुकालेर सिन्दूरे रङ्गका वस्त्रहरू लगाइदिए। \v 29 अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!” \v 30 तिनीहरूले उहाँलाई थुके, र त्यो निगालो लिएर उहाँको शिरमा घरी-घरी हिर्काए। \v 31 उहाँलाई अपमान गरिसकेपछि तिनीहरूले त्यो वस्त्र फुकालिदिए; र उहाँलाई उहाँकै वस्त्र लगाइदिएपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। \s1 येशूलाई क्रूसमा टाँगिएको \p \v 32 तिनीहरू बाहिर जाँदै गर्दा तिनीहरूले साइरिनीवासी सिमोनलाई भेट्टाए; अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। \v 33 तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे। \v 34 त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो। \v 35 तिनीहरूले उहाँलाई क्रूसमा टाँगिसकेपछि उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे। \v 36 अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले। \v 37 उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: \pc यो यहूदीहरूको राजा येशू हो। \p \v 38 त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। \v 39 त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर \v 40 यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्‍वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!” \v 41 त्यसरी नै मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूले पनि उहाँको अपमान गरे। \v 42 तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्‍वास गर्नेछौँ। \v 43 यसले परमेश्‍वरमाथि भरोसा राखेको छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।” \v 44 यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे। \s1 येशूको मृत्यु \p \v 45 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। \v 46 दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली,\f + \fr 27:46 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa इलोई, इलोई\fqa*\f* लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?” \p \v 47 त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।” \p \v 48 तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो। \v 49 अरूले भने, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ कतै एलिया आएर यिनलाई बचाउँछन् कि।” \p \v 50 येशू चर्को सोरले फेरि कराउनुभयो; त्यसपछि उहाँले आफ्नो प्राण त्याग्नुभयो। \p \v 51 त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्‍लियो अनि चट्टानहरू फुटे। \v 52 चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे। \v 53 तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे। \p \v 54 जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्‍चय उहाँ परमेश्‍वरका पुत्र हुनुहुँदोरहेछ!” \p \v 55 त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए। \v 56 तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्। \s1 येशू गाडिनुभएको \p \v 57 साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए। \v 58 तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे। \v 59 अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे, \v 60 अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए। \v 61 त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए। \s1 चिहानलाई सुरक्षित गरिएको \p \v 62 अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए। \v 63 तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ। \v 64 यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।” \p \v 65 पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।” \v 66 यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए। \c 28 \s1 येशू पुनर्जीवित हुनुभएको \p \v 1 शब्बाथपछि, हप्‍ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए। \p \v 2 अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे। \v 3 तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो। \v 4 ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए। \p \v 5 ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। \v 6 उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर। \v 7 तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।” \p \v 8 त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे। \v 9 अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्‍नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे। \v 10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।” \s1 पहरेदारहरूको खबर \p \v 11 ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए। \v 12 जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए, \v 13 अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू। \v 14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।” \v 15 यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ। \s1 प्रभुको महान् आज्ञा \p \v 16 तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो। \v 17 तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे। \v 18 तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। \v 19 यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्‍तिस्मा देओ, \v 20 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्‍चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”