\id MAL - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h मलाकी \toc1 मलाकीको भविष्यवाणी \toc2 मलाकी \toc3 मला \mt1 मलाकीको भविष्यवाणी \c 1 \p \v 1 एक अगमवाणी: इस्राएललाई मलाकीद्वारा याहवेहको वचन। \s1 इस्राएलले परमेश्‍वरको प्रेमलाई शङ्का गरेको \p \v 2 “मैले तिमीहरूलाई प्रेम गरेको छु,” याहवेह भन्‍नुहुन्छ। \p तर तिमीहरू सोध्दछौ, “कसरी तपाईंले हामीलाई प्रेम गर्नुभयो?” \p “के एसाव याकोबको दाजु थिएन र?” याहवेह भन्‍नुहुन्छ। “तापनि याकोबलाई मैले प्रेम गरेँ, \v 3 तर एसावलाई मैले घृणा गरेँ; अनि मैले त्यसको पहाडी देश उजाड पारिदिएँ, र त्यसको पैतृक सम्पत्ति मरुभूमिका स्यालहरूलाई छोडिदिएँ।” \p \v 4 एदोमले यसो भन्‍न सक्छ, “हामी चकनाचुर पारिए तापनि हामी ती ध्वस्त पारिएका ठाउँहरू पुनर्निर्माण गर्नेछौँ।” \p तर सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले बनाउँदैजाऊन्, तर म भत्काइदिनेछु। तिनीहरूलाई ‘दुष्‍टताको देश भनिनेछ, अर्थात् यस्तो जाति जोसँग याहवेह सधैँभरि क्रोधित हुनुहुन्छ।’ \v 5 त्यो तिमीहरूका आफ्ना आँखाले देख्नेछौ र भन्‍नेछौ, ‘महान् याहवेह—इस्राएलको सिमाना बाहिर पनि महान् हुनुहुन्छ!’ \s1 खोटपूर्ण बलिद्वारा करार भङ्ग गरिएको \p \v 6 “छोराले बुबाको र दासले मालिकको आदर गर्दछन्। म बुबा हुँ भने मेरो आदर खोइ? म मालिक हुँ भने मैले पाउनुपर्ने सम्मान खोइ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p “ए पुजारी हो, तिमीहरू नै हौ, जसले मेरो नामलाई अपमान गर्दछौ।” \p “तर तिमीहरू मलाई सोध्दछौ, कसरी हामीले तपाईंको नामको अपमान गरेका छौँ र?” \p \v 7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी चढाएर मलाई अपवित्र पारेका छौ। \p तर तिमीहरू सोध्दछौ, “कसरी हामीले तपाईंलाई अपवित्र पारेका छौँ र?” \p “याहवेहको टेबुल अपमानजनक छ भन्‍ने सोचेर तिमीहरूले त्यसो गरेका छौ। \v 8 जब तिमीहरूले बलिदानको रूपमा अन्धा पशु चढाउँछौ, त के यो गल्ती होइन र? अनि तिमीहरूले लङ्गडा वा रोगी पशुलाई बलि चढाउँछौ, के यो खराब होइन? यही कुरा आफ्ना राज्यपाललाई चढाएर हेर! के तिनी तिमीहरूसँग प्रसन्‍न होलान्? के तिनले तिमीहरूलाई ग्रहण गर्लान्?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p \v 9 “तिमीहरूका हातबाट त्यस्ता बलि चढाउँछौ, र परमेश्‍वरले हामीमाथि अनुग्रह गरून् भनी प्रार्थना गर्छौ, के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुन्छ होला र?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p \v 10 “ओह, तिमीहरूमध्ये कसैले मन्दिरका ढोकाहरू बन्द गरिदेओस्, ताकि तिमीहरूले मेरो वेदीमाथि व्यर्थको आगो बाल्नेथिएनौ! म तिमीहरूसँग प्रसन्‍न छैनँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि म तिमीहरूका हातबाट कुनै पनि भेटी ग्रहण गर्नेछैनँ। \v 11 सूर्योदयदेखि सूर्यास्तसम्म मेरो नाम राष्ट्रहरूका बीचमा महान् हुनेछ। हरेक ठाउँमा मेरो नाममा धूप र शुद्ध बलिहरू चढाइनेछन्; किनकि राष्ट्रहरूका बीचमा मेरो नाम महान् हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p \v 12 “तर तिमीहरूले, ‘प्रभुको टेबुल अपमानजनक छ’ र ‘त्यसमा भएको भोजन तुच्छ छ,’ भनेर मेरो नाम अपवित्र पार्दछौ। \v 13 अनि तिमीहरू भन्दछौ, ‘यो कस्तो दिक्‍क लाग्दो काम!’ अनि मलाई हेला गरेर तिमीहरूले नाक खुम्च्याउछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p “जब तिमीहरू चोट लागेका, लङ्गडा वा रोगी पशुहरू ल्याएर मलाई बलि चढाउँछौ, तब के मैले तिमीहरूका हातबाट यस्ता बलिहरूलाई ग्रहण गरूँ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 14 “यस्तो छली मानिस श्रापित होस्, जसले मलाई भाकल गरेको बलि चढाउने ग्रहणयोग्य असल पशु आफ्नो बगालमा छँदाछँदै पनि त्यस पशुको साटोमा खोट लागेको पशुको बलि प्रभुलाई चढाउँछ। किनकि म एक महान् राजा हुँ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “अनि सबै राष्ट्रहरूको बीचमा मेरो नाम भययोग्य हुनुपर्छ। \c 2 \s1 पुजारीहरूलाई चेतावनी \p \v 1 “अब, हे पुजारीहरू हो, यो चेतावनी तिमीहरूका निम्ति हो। \v 2 यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्‌हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ। \p \v 3 “तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ। \v 4 अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 5 “मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्‍यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो। \v 6 त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो। \p \v 7 “पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ। \v 8 तर तिमीहरू आफ्नो बाटो छोडेर बरालिएका छौ, र तिमीहरूका शिक्षाले धेरैलाई ठक्‍कर खुवाएका छौ; तिमीहरूले लेवीसित बाँधेको करारलाई उल्‍लङ्घन गरेका छौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 9 “यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।” \s1 सम्बन्ध विच्छेदद्वारा करार भङ्ग गरिएको \p \v 10 के हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? किन हामी एक-आपसमा विश्‍वासघात गरेर हाम्रा पितापुर्खाको करारलाई भङ्ग गर्दछौँ? \p \v 11 यहूदाले विश्‍वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ। \v 12 त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्। \p \v 13 तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्‍न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ। \v 14 तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो। \p \v 15 के परमेश्‍वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्‍वरले के खोज्नुहुन्छ र? ईश्‍वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्‍वासघात नगर। \p \v 16 याहवेह इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,”\f + \fr 2:16 \fr*\ft अथवा \ft*\fqa आफ्नी पत्नीसँग सम्बन्ध-विच्छेद गर्नेले, हिंसाले आफ्नो लुगा ढाक्छ।\fqa*\f* सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p यसकारण आफ्नो आत्मामा सचेत रहो र विश्‍वासघात नगर। \s1 अन्यायद्वारा करारको भङ्ग गरिएको \p \v 17 तिमीहरूले आफ्ना कुराले याहवेहलाई दिक्‍क बनाएका छौ। \p तिमीहरू सोध्छौ, “कसरी हामीले दिक्‍क बनाएका छौँ?” \p यसो भनेर, “दुष्कर्म गर्नेहरू पनि याहवेहका दृष्‍टिमा असल छन् र उहाँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्छ,” अथवा “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?” \c 3 \p \v 1 “हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p \v 2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ। \v 3 उहाँ चाँदी खार्ने र सफा गर्ने व्यक्तिझैँ बस्‍नुहुनेछ; अनि लेवीहरूलाई खारेर सुन र चाँदीझैँ शुद्ध पार्नुहुनेछ। तब धार्मिकतासाथ भेटी चढाउने मानिसहरू याहवेहकहाँ आउनेछन्; \v 4 अनि यहूदा र यरूशलेमका भेटीहरू अगिका दिन र वर्षहरूमा जस्तै याहवेहलाई ग्रहणयोग्य हुनेछन्। \p \v 5 “यसरी म तिमीहरूको न्याय गर्नलाई नजिक आउनेछु। म तन्त्रमन्त्र गर्नेहरू, व्यभिचारीहरू र झूटा शपथ खानेहरूको विरुद्धमा; अनि मजदुरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र अनाथमाथि अत्याचार गर्नेहरू र विदेशीहरूलाई न्यायबाट बञ्चित गर्नेहरू; अनि मेरो भय नमान्‍नेहरूका विरुद्धमा गवाही दिनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \s1 दशांश नदिएर करार भङ्ग गरिएको \p \v 6 “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ। \v 7 तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’ \p \v 8 “के कुनै मरणशील मानिसले परमेश्‍वरलाई लुट्छ र? तर तिमीहरूले त मलाई लुटेका छौ। \p “तर तिमीहरू सोध्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ र?’ \p “दशांश र भेटीहरूमा लुटेका छौ। \v 9 तिमीहरूमाथि श्राप परेको छ—तिमीहरूको पूरै राष्ट्रमा श्राप परेको छ; किनकि तिमीहरूले मलाई लुटिरहेका छौ। \v 10 सबै दशांश भण्डारमा ल्याओ, र मेरो भवनमा खानलाई भोजन होस्। यस कुरामा मलाई जाँचेर हेर, तिमीहरूका निम्ति म स्वर्गका ढोकाहरू खोलेर तिमीहरूका ढुकुटीमा अटाउने ठाउँ नै नहुने गरी, आशिष् बर्साउँछु कि बर्साउँदिनँ, सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 11 म तिमीहरूका अन्‍नबाली नष्‍ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 12 “तब सबै राष्ट्रहरूले तिमीहरूलाई धन्यका भन्‍नेछन्; किनकि तिमीहरूको देश बस्‍नलाई अति असल देश हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \s1 इस्राएलले परमेश्‍वरको विरुद्धमा बोलेको \p \v 13 “तिमीहरूले मेरो विरुद्धमा अहङ्कारी कुरा बोलेका छौ,” याहवेह भन्‍नुहुन्छ। \p “तर पनि तिमीहरू सोध्छौ, ‘हामीले तपाईंका विरुद्धमा के भनेका छौँ र?’ \p \v 14 “तिमीहरूले भनेका छौ, ‘परमेश्‍वरको सेवा गर्नु व्यर्थ छ। उहाँका आज्ञाअनुसार जिम्मेवारीहरू पूरा गर्दै, सेनाहरूका याहवेहको सामु विलाप गर्नेहरूजस्ता हिँडेर हामीलाई के लाभ भयो र? \v 15 तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ” \s1 बाँकी रहेका विश्‍वासयोग्यहरू \p \v 16 तब याहवेहको डर मान्‍नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्‍वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्‍नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्‍ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो। \p \v 17 सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “त्यस दिन जब म काम गर्नेछु, तिनीहरू मेरो बहुमूल्य निजी धन हुनेछन्। जसरी एउटा बुबाले आफ्नो सेवा गर्ने छोरालाई जोगाउँछ, त्यसरी नै म तिनीहरूलाई जोगाउनेछु। \v 18 अनि तिमीहरू सबैले धर्मी र अधर्मीको बीचमा, परमेश्‍वरको सेवा गर्ने र नगर्नेको बीचमा के भिन्‍नता रहेछ, त्यो फेरि बुझ्नेछौ। \c 4 \s1 न्याय र करारको नवीकरण \p \v 1 “त्यो दिन निश्‍चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। \v 2 तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ। \v 3 तब तिमीहरूले दुष्‍टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्‍टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \p \v 4 “मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ। \p \v 5 “हेर, याहवेहको त्यो महान् र डरलाग्दो दिन आउनुभन्दा अगि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। \v 6 त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।”