\id LUK - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h लूका \toc1 लूकाद्वारा लेखिएको सुसमाचार \toc2 लूका \toc3 लूका \mt1 लूकाद्वारा लेखिएको सुसमाचार \c 1 \s1 परिचय \p \v 1 हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण तयार गर्ने काम धेरैले आफ्नो हातमा लिएका छन्, \v 2 जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए। \v 3 यसकारण हे माननीय थियोफिलस, मैले सुरुदेखि नै सबै कुराको सावधानीपूर्वक खोजी गरेको हुनाले तपाईंका निम्ति ती सबै कुराहरूको एक क्रमवद्ध विवरण लेख्न मलाई पनि उचित लाग्यो, \v 4 जसबाट तपाईंलाई सिकाइएका कुराहरूको सत्यता तपाईंलाई थाहा होस्। \s1 बप्‍तिस्मा दिने यूहन्‍नाको जन्मबारे भविष्यवाणी \p \v 5 यहूदिया प्रदेशका राजा हेरोदको पालामा, अबीयाहका पुजारी समूहका जकरिया नाम भएका एक जना पुजारी थिए। उनकी पत्नी एलीशिबा पनि हारून वंशकी थिइन्। \v 6 तिनीहरू दुवै जना परमेश्‍वरको दृष्‍टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे। \v 7 तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए। \p \v 8 एक पल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए, \v 9 तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो। \v 10 अनि सुगन्धित धूप बाल्ने बेलामा भेला भएका सबै उपासकहरूले बाहिर प्रार्थना गरिरहेका थिए। \p \v 11 त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। \v 12 दूतलाई देखेर जकरिया आत्तिए र डराए। \v 13 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ, जकरिया तिम्रो प्रार्थनाको सुनुवाइ भएको छ। तिम्री पत्नी एलीशिबाले तिम्रा निम्ति एउटा पुत्र जन्माउनेछिन्, र तिमीले तिनको नाम यूहन्‍ना राख्नू। \v 14 तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्। \v 15 किनकि प्रभुको अगि तिनी महान् हुनेछन्। तिनले कहिल्यै पनि कुनै मद्यपान गर्नेछैनन्, र तिनी आमाको गर्भदेखि नै पवित्र आत्माले भरपूर हुनेछन्। \v 16 तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्। \v 17 बुबाहरूका मन तिनीहरूका छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूका बुद्धितिर फर्काउन र प्रभुका एउटा जाति तयार पार्न एलियाको\f + \fr 1:17 \fr*\ft एलिया पुरानो करारका अगमवक्ता हुन्, जो अति साहसी थिए। उनको पोशाक र सेवकाइ यूहन्‍नासँग मिल्दोजुल्दो थियो। (\+xt 1 राजा 17; 2 राजा 1:8; जक 13:4\+xt*)\ft*\f* आत्मा र शक्तिमा तिनी प्रभुका अगि-अगि जानेछन्।” \p \v 18 जकरियाले स्वर्गदूतलाई सोधे, “मैले यो पक्‍का हुन्छ भनेर कसरी जानूँ? म बुढो मानिस हुँ, र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” \p \v 19 स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्‍वरको सामु उभिन्छु, र म तिमीसँग बोल्न र यो सुसमाचार तिमीलाई सुनाउन पठाइएको हुँ। \v 20 अब यो घटना पूरा नभएसम्म तिमी बोलीविहीन हुनेछौ, र बोल्न सक्नेछैनौ; किनकि आफ्नो ठिक समयमा पूरा हुन आउने मेरा वचनमा तिमीले विश्‍वास गरेनौ।” \p \v 21 यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए। \v 22 जब तिनी बाहिर आए, तब तिनी उनीहरूसँग बोल्न सकेनन्। तिनले मन्दिरमा दर्शन पाएछन् भनी मानिसहरूले महसुस गरे; किनकि तिनले उनीहरूलाई इशारा गरिरहे, तर बोल्न सकेनन्। \p \v 23 अनि सेवा गर्ने आफ्नो समय पूरा भएपछि तिनी घर फर्के। \v 24 यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म गुप्‍तमा बसिन्। \v 25 तिनले भनिन्, “प्रभुले मेरा निम्ति यो काम गर्नुभएको छ। यी दिनहरूमा उहाँले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूका बीचमा मेरो कलङ्क हटाइदिनुभएको छ।” \s1 येशूको जन्मबारे भविष्यवाणी \p \v 26 एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। \v 27 तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। \v 28 स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” \p \v 29 तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। \v 30 तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ। \v 31 सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू। \v 32 उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ। \v 33 अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” \p \v 34 मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।” \p \v 35 स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। \v 36 यसै गरी तिम्री नातेदार एलीशिबाले पनि आफ्नो वृद्ध उमेरमा एउटा पुत्र जन्माउनेछिन्; र बाँझी भनिएकी तिनी अहिले गर्भधारणको छैटौँ महिनामा छिन्। \v 37 किनकि परमेश्‍वरका निम्ति कुनै पनि कुरा असम्भव छैन।” \p \v 38 मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए। \s1 मरियम र एलीशिबाको भेट \p \v 39 त्यस समयमा मरियम तयार भइन् र हतार-हतार यहूदिया प्रदेशको पहाडतर्फको एउटा गाउँमा गइन्; जहाँ एलीशिबा र जकरिया बस्दथे। \v 40 तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्। \v 41 एलीशिबाले मरियमको अभिवादन सुन्‍नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्। \v 42 अनि तिनले चर्को सोरमा भनिन्: “स्त्रीहरूमा तिमी धन्य हौ, र तिमीले जन्माउने बालक पनि धन्यका हुनुहुन्छ। \v 43 तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? \v 44 तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भको बालक आनन्दले उफ्रियो। \v 45 धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्।” \s1 मरियमको स्तुतिगान \p \v 46 अनि मरियमले भनिन्: \q1 “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ, \q2 \v 47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्‍वरमा रमाहट गर्दछ। \q1 \v 48 किनकि उहाँले आफ्नी सेविकाको दुःखद् \q2 अवस्थालाई विचार गर्नुभएको छ; \q1 अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्‍नेछन्, \q2 \v 49 किनकि सर्वशक्तिमान्‌ले मेरा निम्ति महान् काम गर्नुभएको छ: \q2 उहाँको नाम पवित्र होस्। \q1 \v 50 उहाँको करुणा उहाँको भय मान्‍नेहरूका निम्ति \q2 पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। \q1 \v 51 उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। \q2 आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। \q1 \v 52 उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, \q2 तर नम्रहरूलाई उच्‍च पार्नुभएको छ। \q1 \v 53 उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, \q2 तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ। \q1 \v 54 उहाँले कृपालु बन्‍न स्मरण गर्दै, \q2 आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ; \q1 \v 55 उहाँले हाम्रा पुर्खाहरूलाई भन्‍नुभएझैँ \q2 उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्‍नुभएको थियो।” \p \v 56 मरियम एलीशिबासँग लगभग तीन महिना बसेर घर फर्किन्। \s1 बप्‍तिस्मा दिने यूहन्‍नाको जन्म \p \v 57 जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्। \v 58 तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, र तिनको आनन्दमा सँगै रमाए। \p \v 59 आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र तिनीहरूले बालकको नाम उसको बुबाझैँ जकरिया राख्न लागेका थिए। \v 60 तर बालककी आमाले भनिन्, “होइन! तर त्यसको नाम यूहन्‍ना राखिनेछ।” \p \v 61 तिनीहरूले तिनलाई भने, “यस्तो नाम भएको व्यक्ति तिम्रा नातेदारमा कोही पनि छैन।” \p \v 62 त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे। \v 63 उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्‍ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्‍क परे \v 64 तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले। \v 65 यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे। \v 66 यी कुरा सुन्‍नेहरू सबैले “यो बालक अब कस्तो होला?” भन्दै विचार गर्न लागे। किनकि प्रभुको बाहुली तिनीमाथि थियो। \s1 जकरियाको स्तुतिगान \p \v 67 बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे: \q1 \v 68 “इस्राएलका परमेश्‍वर, प्रभुलाई प्रशंसा होस्; \q2 किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ। \q1 \v 69 उहाँले आफ्ना सेवक दावीदको वंशमा हाम्रा निम्ति \q2 एउटा शक्तिशाली\f + \fr 1:69 \fr*\ft मूल भाषामा यसलाई \ft*\fqa मुक्तिको सिङ \fqa*\ft भनिन्छ।\ft*\f* राजा, हाम्रा उद्धारको निम्ति पठाउनुभएको छ। \q1 \v 70 जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा \q2 उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो; \q1 \v 71 हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट \q2 हामीलाई उद्धार गर्नलाई, \q1 \v 72 हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई \q2 र उहाँको पवित्र करार स्मरण गर्नलाई, \q2 \v 73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो, \q1 \v 74 हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई \q2 र निर्भयतासाथ पवित्रता र धार्मिकतामा, \q2 \v 75 हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई। \b \b \q1 \v 76 “अनि तिमी मेरो बालक, सर्वोच्‍चका अगमवक्ता भनिनेछौ। \q2 किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अगि-अगि जानेछौ। \q1 \v 77 उहाँका मानिसहरूलाई तिनीहरूका पाप क्षमाद्वारा \q2 मुक्तिको ज्ञान दिनलाई, \q1 \v 78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारणले, \q2 जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ। \q1 \v 79 अन्धकार र मृत्युको छायामा \q2 बस्‍नेहरूमाथि ज्योति चम्कनलाई, \q1 हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्‍याउनलाई।” \p \v 80 बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे। \c 2 \s1 प्रभु येशूको जन्म \p \v 1 ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्‍ने हुकुम जारी गरे। \v 2 (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।) \v 3 नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए। \p \v 4 यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको\f + \fr 2:4 \fr*\ft एक शक्तिशाली राजा, जसले येशूभन्दा 1000 वर्षअगि राज्य गरेका थिए।\ft*\f* सहर बेथलेहेम\f + \fr 2:4 \fr*\ft नासरतदेखि बेथलेहेमको दूरी करिब 100 कि.मि. छ।\ft*\f* गए; किनकि उनी दावीदकै घराना र वंशका थिए। \v 5 उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। \v 6 तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, \v 7 र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन। \p \v 8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए। \v 9 त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। \v 10 तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ। \v 11 आज दावीदको सहर बेथलेहेममा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्‍ट\f + \fr 2:11 \fr*\fq ख्रीष्‍ट \fq*\ft को अर्थ \ft*\fqa अभिषिक्त जन \fqa*\ft हो\ft*\f* प्रभु हुनुहुन्छ। \v 12 अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” \p \v 13 तब एक्‍कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्‍वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्‍यो: \q1 \v 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, \q2 र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।” \p \v 15 जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।” \p \v 16 त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। \v 17 जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। \v 18 जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए। \v 19 तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। \v 20 सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के। \p \v 21 आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए। \s1 मन्दिरमा येशूको अर्पण \p \v 22 जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए, \v 23 (जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”\f + \fr 2:23 \fr*\ft \+xt प्रस 13:2, 12\+xt*\ft*\f*), \v 24 अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा”\f + \fr 2:24 \fr*\ft \+xt लेवी 12:8\+xt*\ft*\f* भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए। \p \v 25 त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। \v 26 प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो। \v 27 त्यस दिन आत्माद्वारा डोर्‍याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँका निम्ति व्यवस्थाले मागे अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, \v 28 तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने: \q1 \v 29 “हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, \q2 अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्, \q1 \v 30 किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्, \q2 \v 31 जो तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार पार्नुभएको छ; \q1 \v 32 सबै जातिहरूलाई प्रकाशका निम्ति \q2 र तपाईंको जाति इस्राएललाई महिमाका निम्ति ज्योति हुनुहुन्छ।” \p \v 33 बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्‍क परे। \v 34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्‍वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्। \v 35 जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।” \p \v 36 त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्। \v 37 तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्; तिनले कहिल्यै मन्दिर छोड्दैनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा समय बिताउँथिन्। \v 38 त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्‍वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्‍नेहरू सबैलाई बालकको बारेमा बताइन्। \p \v 39 प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिद्ध्याएपछि योसेफ र मरियम गालील प्रदेशको आफ्नै सहर नासरतमा फर्के। \v 40 बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो। \s1 मन्दिरमा बालक येशू \p \v 41 येशूका आमाबुबा निस्तार चाडको\f + \fr 2:41 \fr*\ft यो इस्राएलीहरूले इजिप्टको 430 वर्षको बन्धनबाट छुटकारा पाएको सम्झनामा मनाइने एउटा विशेष चाड हो।\ft*\f* निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। \v 42 जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो। \v 43 चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। \v 44 उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। \v 45 उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। \v 46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै रहनुभएको भेट्टाए। \v 47 उहाँका कुरा सुन्‍नेहरू सबै जना उहाँको समझ र उत्तरहरूमा छक्‍क परेका थिए। \v 48 जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्‍यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।” \p \v 49 उहाँले भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्‍ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” \v 50 तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्। \p \v 51 त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्। \v 52 अनि येशू बुद्धिमा, कदमा अनि परमेश्‍वर र मानिसहरूको कृपादृष्‍टिमा बढ्दै जानुभयो। \c 3 \s1 बप्‍तिस्मा दिने यूहन्‍नाको कार्य \p \v 1 रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए, \v 2 तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो। \v 3 तिनी पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। \v 4 जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: \q1 “उजाडस्थानमा एक जना कराउनेको आवाज, \q1 ‘प्रभुका निम्ति बाटो तयार पार, \q2 उहाँका निम्ति मार्ग सीधा बनाओ। \q1 \v 5 प्रत्येक उपत्यका पुरिनेछ, \q2 प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; \q1 बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। \q2 अप्ठेरा बाटाहरू समतल हुनेछन्। \q1 \v 6 अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’ ”\f + \fr 3:6 \fr*\ft \+xt यशै 40:3‑5\+xt*\ft*\f* \p \v 7 यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? \v 8 पश्‍चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्‍ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्‍न गर्न सक्नुहुन्छ। \v 9 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।” \p \v 10 त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?” \p \v 11 यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।” \p \v 12 कर उठाउनेहरू\f + \fr 3:12 \fr*\ft जसले यहूदीहरूसँग रोमीहरूका निम्ति धेरै नै कर उठाउँदथे। त्यसैले यहूदीहरूले उनीहरूलाई घृणा गर्थे र मानिसहरूले कर उठाउनेलाई पापीको रूपमा मान्दथे।\ft*\f* पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?” \p \v 13 तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।” \p \v 14 त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?” \p तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्‍ट रहो।” \p \v 15 मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए। \v 16 तब यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ। \v 17 उहाँको खला सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” \v 18 अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे। \p \v 19 तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्‍नाले उनलाई हप्काए, \v 20 तब यूहन्‍नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे। \s1 येशूको बप्‍तिस्मा \p \v 21 जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। \v 22 अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।” \p \v 23 अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। \b \li1 योसेफ हेलीका छोरा थिए, \v 24 हेली मत्तातका छोरा, \li1 मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा, \li1 मल्की यन्‍नाईका छोरा, यन्‍नाई योसेफका छोरा, \li1 \v 25 योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, \li1 आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, \li1 इसली नग्गैका छोरा, \v 26 नग्गै माथका छोरा, \li1 माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा, \li1 सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, \li1 \v 27 योदा योआननका छोरा, योआनन रेसाका छोरा, \li1 रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, \li1 शालतिएल नेरीका छोरा, \v 28 नेरी मल्कीका छोरा, \li1 मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, \li1 कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा, \li1 \v 29 एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, \li1 एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, \li1 मत्तात लेवीका छोरा, \v 30 लेवी शिमियोनका छोरा, \li1 शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, \li1 योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा, \li1 \v 31 एल्याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, \li1 मिन्‍ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, \li1 नातान दावीदका छोरा, \v 32 दावीद यिशैका छोरा, \li1 यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, \li1 बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा, \li1 \v 33 नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, \li1 आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, \li1 फारेस यहूदाका छोरा, \v 34 यहूदा याकोबका छोरा, \li1 याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, \li1 अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, \li1 \v 35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, \li1 रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, \li1 एबेर शेलहका छोरा, \v 36 शेलह केनानका छोरा, \li1 केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, \li1 शेम नोआका छोरा, नोआ लेमेखका छोरा, \v 37 लेमेख मतूशेलहका छोरा, \li1 मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, \li1 येरेद महलालेलका छोरा, \li1 महलालेल केनानका छोरा, \v 38 केनान एनोशका छोरा, \li1 एनोश शेतका छोरा, शेत आदमका छोरा, \li1 अनि आदम परमेश्‍वरका छोरा\f + \fr 3:38 \fr*\ft शारीरिक नभई सिर्जना गरिएको कारणले\ft*\f* थिए। \c 4 \s1 येशूको परीक्षा \p \v 1 येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो, \v 2 अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो। \p \v 3 तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।” \p \v 4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’\f + \fr 4:4 \fr*\ft \+xt व्यव 8:3\+xt*\ft*\f*” \p \v 5 शैतानले उहाँलाई एउटा उच्‍च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। \v 6 अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु; किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु, त्यसलाई यो दिन सक्छु। \v 7 यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।” \p \v 8 येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’\f + \fr 4:8 \fr*\ft \+xt व्यव 6:13\+xt*\ft*\f*” \p \v 9 तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। \v 10 किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: \q1 “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न \q2 आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, \q1 \v 11 अनि तिनीहरूले तिमीलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्, \q2 ताकि तिम्रो खुट्टा ढुङ्गामाथि नबजारियोस्।’\f + \fr 4:11 \fr*\ft \+xt भजन 91:11, 12\+xt*\ft*\f*” \p \v 12 येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’\f + \fr 4:12 \fr*\ft \+xt व्यव 6:16\+xt*\ft*\f*” \p \v 13 शैतानले उहाँको परीक्षा गर्न यी सबै काम सकेपछि अनुकूल समय नहोउन्जेलसम्म उहाँलाई छोडेर गयो। \s1 नासरतमा येशूलाई इन्कार \p \v 14 येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। \v 15 उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे। \p \v 16 उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा\f + \fr 4:16 \fr*\ft यो हप्‍ताको सातौँ दिन यहूदीहरूले परमेश्‍वरको आराधना गर्न अलग गरिएको दिन थियो। यस दिन यहूदीहरू कुनै पनि शारीरिक काम गर्दैनन्।\ft*\f* उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो। \v 17 यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो: \q1 \v 18 “प्रभुको आत्मा ममाथि छ, \q2 किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति \q2 उहाँले मलाई अभिषेक गर्नुभएको छ। \q1 उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, \q2 र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिलाउन, \q1 उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन, \q2 \v 19 र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”\f + \fr 4:19 \fr*\ft \+xt यशै 58:6; 61:1, 2\+xt*\ft*\f* \p \v 20 त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्‍नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए। \v 21 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।” \p \v 22 सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्‍क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?” \p \v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “पक्‍कै तिमीहरूले मलाई यो दृष्‍टान्त भन्‍नेछौ: ‘ए वैद्य, आफैँलाई निको पार! कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौँ, ती सबै यहाँ आफ्नै सहरमा पनि गर।’ ” \p \v 24 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै सहरमा स्वीकार गरिँदैन। \v 25 म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साँढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्‍यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। \v 26 तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी\f + \fr 4:26 \fr*\ft \+xt 1 राजा 17:8\+xt*\ft*\f* एउटी विधवाकहाँ मात्र पठाइए। \v 27 अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन्, केवल सिरियाली नामान\f + \fr 4:27 \fr*\ft \+xt 2 राजा 5\+xt*\ft*\f* मात्र निको पारिए।” \p \v 28 यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए। \v 29 तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे। \v 30 तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो। \s1 येशूले अशुद्ध आत्मा निकाल्नुभएको \p \v 31 त्यसपछि येशू गालील प्रदेशको एउटा सहर कफर्नहुममा जानुभयो। अनि शब्बाथमा मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो। \v 32 उहाँका शिक्षामा तिनीहरू छक्‍क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो। \p \v 33 सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो, \v 34 “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!” \p \v 35 येशूले भूतआत्मालाई हकारेर भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूतआत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्‍यो, र त्यसलाई केही पनि हानि नगरी निस्केर गयो। \p \v 36 सबै मानिसहरू छक्‍क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!” \v 37 उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो। \s1 येशूले धेरैलाई निको पार्नुभएको \p \v 38 त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्‍च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे। \v 39 उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्। \p \v 40 घाम अस्ताउनै लाग्दा, मानिसहरूले विभिन्‍न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि हात राख्नुभयो र सबैलाई निको पार्नुभयो। \v 41 अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन; किनकि उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। \p \v 42 बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए। तिनीहरू उहाँ हुनुभएको ठाउँमा आए, र उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। \v 43 तर उहाँले भन्‍नुभयो, “मैले परमेश्‍वरको राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनुपर्छ; किनकि म यसैका निम्ति पठाइएको हुँ।” \v 44 अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो। \c 5 \s1 येशूका प्रथम चेलाहरू \p \v 1 एक दिन येशू गनेसरेत\f + \fr 5:1 \fr*\ft गालील र गनेसरेत एउटै ताल हो।\ft*\f* तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए। \v 2 त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। \v 3 उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्‍नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो। \p \v 4 बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।” \p \v 5 सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।” \p \v 6 जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। \v 7 त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो। \p \v 8 जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!” \v 9 किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्‍कै परेका थिए; \v 10 त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए। \p त्यसपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।” \v 11 यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे। \s1 कुष्‍ठरोग लागेको मानिस \p \v 12 येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्‍ठरोगले\f + \fr 5:12 \fr*\ft त्यस बेला यहूदी समाजमा कुष्‍ठरोगलाई अशुद्ध मानिन्थ्यो, तर येशूले उसलाई छुनुभएर यहूदीहरूको पवित्रताप्रतिको गलत विचारलाई भङ्ग गरिदिनुभयो।\ft*\f* ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” \p \v 13 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो। \p \v 14 त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।” \p \v 15 तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे। \v 16 तर येशू प्रायः तिनीहरूबाट अलग भई एकान्त स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो। \s1 पक्षघाती निको पारिएको \p \v 17 एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू\f + \fr 5:17 \fr*\ft आफूलाई अरूभन्दा श्रेष्‍ठ ठान्‍ने यहूदीहरूको एउटा कट्टर समूह\ft*\f* र व्यवस्थाका शिक्षकहरू\f + \fr 5:17 \fr*\ft व्यवस्थाका पुस्तकबाट शिक्षा दिने यहूदी गुरुहरू\ft*\f* त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो। \v 18 केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे। \v 19 तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्‍काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए। \p \v 20 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।” \p \v 21 फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्‍वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” \p \v 22 तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? \v 23 के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु? \v 24 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।” \v 25 त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्‍वरको प्रशंसा गर्दै घर फर्कियो। \v 26 सबै जनाले अचम्म माने र परमेश्‍वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्‍चर्यका कामहरू देखेका छौँ।” \s1 लेवीलाई बोलावट \p \v 27 त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” \v 28 तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे। \p \v 29 त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए। \v 30 तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?” \p \v 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ। \v 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ।” \s1 उपवास सम्बन्धी सोधपुछ \p \v 33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।” \p \v 34 येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्‍न लगाउन सक्छौ? \v 35 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।” \p \v 36 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। \v 37 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ। \v 38 त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ। \v 39 अनि पुरानो दाखमद्य पिएपछि कसैले पनि नयाँको चाहना गर्दैन; किनकि त्यसले भन्छ, ‘पुरानै असल छ।’ ” \c 6 \s1 शब्बाथका प्रभु \p \v 1 एक शब्बाथमा येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्‍नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे। \v 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू शब्बाथमा उचित नहुने काम गरिरहेका छौ?” \p \v 3 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए? \v 4 तिनी परमेश्‍वरको भवनभित्र पसेर परमेश्‍वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।” \v 5 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र शब्बाथको प्रभु हो।” \p \v 6 अर्को शब्बाथमा उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो। \v 7 फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए। \v 8 तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो, “उठ र सबैको सामु खडा होऊ।” अनि त्यो उठ्यो र खडा भयो। \p \v 9 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, शब्बाथमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्‍ट पार्नु?” \p \v 10 उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो। \v 11 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरू भने रिसले चुर भए। अनि येशूलाई के गर्न सकिन्छ भनी आपसमा छलफल गर्न लागे। \s1 बाह्र प्रेरितहरू \p \v 12 एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्‍वरलाई प्रार्थना चढाउँदै पूरै रात त्यहीँ बिताउनुभयो। \v 13 बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्‍नुभयो। अनि तिनीहरूलाई प्रेरित नाम दिनुभयो। तिनीहरू यिनै हुन्: \b \li1 \v 14 सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो), तिनका भाइ अन्द्रियास, \li1 याकोब, \li1 यूहन्‍ना, \li1 फिलिप, \li1 बारथोलोमाइ, \li1 \v 15 मत्ती, \li1 थोमा, \li1 अल्फयसका छोरा याकोब, \li1 सिमोन कनानी, जो उग्रपन्थी\f + \fr 6:15 \fr*\ft जो इस्राएलको लागि रोमी शासनको विरुद्ध लडेका थिए।\ft*\f* भनिन्थे, \li1 \v 16 याकोबका छोरा यहूदा, \li1 र यहूदा इस्करियोत, जो विश्‍वासघाती बन्यो। \s1 आशिष् र श्राप \p \v 17 येशू तिनीहरूसँगै तल ओर्लनुभयो र समतल ठाउँमा उभिनुभयो। उहाँका चेलाहरूको एउटा ठूलो भीडका साथै समस्त यहूदिया प्रदेश, यरूशलेम, सीदोन र टायरका समुद्र तटवर्ती इलाकाबाट आएका धेरै मानिसहरू त्यहाँ थिए। \v 18 तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए। \v 19 सबै मानिसहरूले उहाँलाई छुने प्रयास गर्न लागे; किनकि उहाँबाट शक्ति निस्किरहेको र तिनीहरू सबैलाई निको पार्दैथियो। \p \v 20 आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: \q1 “धन्य तिमी दीन हुनेहरू, \q2 किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो। \q1 \v 21 धन्य तिमी अहिले भोकाउनेहरू, \q2 किनकि तिमीहरू तृप्‍त हुनेछौ। \q1 धन्य तिमी अहिले रुनेहरू, \q2 किनकि तिमीहरू हाँस्‍नेछौ। \q1 \v 22 धन्य तिमीहरू, \q2 जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रलाई पछ्याएको कारण घृणा गर्छन्, \q2 बहिष्कार र अपमान गर्छन्; \q3 अनि दुष्‍ट ठानी तिमीहरूका नामलाई इन्कार गर्छन्। \p \v 23 “तब त्यस दिनमा रमाओ र आनन्दले उफ्र; किनकि स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई पनि यस्तै नै व्यवहार गरेका थिए। \q1 \v 24 “तर धनीहरू हो, तिमीहरूलाई धिक्‍कार! \q2 किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ। \q1 \v 25 अहिले राम्रोसँग अघाएकाहरू हो, तिमीहरूलाई धिक्‍कार! \q2 किनकि तिमीहरू भोकमा पर्नेछौ। \q1 अहिले हाँस्‍नेहरू हो, तिमीहरूलाई धिक्‍कार! \q2 किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ। \q1 \v 26 तिमीहरूलाई धिक्‍कार! जब सबै मानिसहरूले तिमीहरूलाई प्रशंसा गर्नेछन्; \q2 किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई यस्तै नै व्यवहार गरेका थिए। \s1 शत्रुहरूप्रति प्रेम \p \v 27 “तर मेरा कुरा सुन्‍नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर; तिमीहरूलाई घृणा गर्नेहरूलाई भलाइ गर। \v 28 तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। \v 29 यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ। \v 30 तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग। \v 31 अरूहरूप्रति त्यही व्यवहार गर, जुन तिमीहरूले पनि अरूहरूबाट चाहन्छौ। \p \v 32 “यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्। \v 33 यदि तिमीहरूलाई भलो गर्नेहरूलाई मात्र भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त त्यस्तै गर्दछन्। \v 34 यदि फिर्ता गर्न सक्ने मानिसहरूलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भयो र? पूरा फिर्ता पाउने आशाले पापीहरूले पनि त पापीहरूलाई ऋण दिँदछन्। \v 35 तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ। अनि तिमीहरू सर्वोच्‍चका सन्तान ठहरिनेछौ; किनकि परमेश्‍वर बैगुनी र दुष्‍टहरूप्रति पनि दयालु हुनुहुन्छ। \v 36 तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ। \s1 अरूलाई दोष नलगाउने शिक्षा \p \v 37 “न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीहरूलाई पनि क्षमा गरिनेछ। \v 38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। प्रशस्त मात्रामा खाँदी-खाँदी, हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।” \p \v 39 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो: “के कुनै दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र? \v 40 चेला गुरुभन्दा श्रेष्‍ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ गुरुजस्तै हुनेछ। \p \v 41 “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढालाई चाहिँ ध्यानै दिँदैनौ? \v 42 तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्‍न सक्छौ, जब तिम्रो आफ्नै आँखामा भएको मुढोचाहिँ देख्दैनौ? ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल, र पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ। \s1 रूख र त्यसको फल \p \v 43 “कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ। \v 44 हरेक रूख त्यसको आफ्नो फलबाटै चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न त ऐँसेलुको झाँगबाट अङ्‌गुर बटुल्छन्। \v 45 असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ। \s1 बुद्धिमान् र मूर्ख \p \v 46 “मैले भनेका कुरा गर्दैनौ भने मलाई किन ‘प्रभु, प्रभु’ भन्दछौ? \v 47 जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तिनलाई पालन गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई भन्छु। \v 48 त्यो एउटा घर बनाउने मानिसजस्तै हो, जसले गहिरो खनेर चट्टानमाथि घरको जग बसाल्यो। जब बाढी आयो, र पानीको भल त्यस घरमा ठोक्‍कियो, त्यसले त्यो घरलाई हल्‍लाउन सकेन; किनकि त्यो राम्रोसँग बनाइएको थियो। \v 49 तर मेरो वचन सुनेर त्यसअनुसार काम नगर्नेचाहिँ जग नहाली जमिनमाथि मात्र घर बनाउने मानिसजस्तै हुन्छ। भल आएर त्यस घरमा ठोक्‍किने बित्तिकै त्यो भत्कियो र पूर्ण रूपले नाश भयो।” \c 7 \s1 सेनापतिको विश्‍वास \p \v 1 येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो। \v 2 त्यहाँ एक जना सेनापतिको सेवक, जो तिनको प्यारो थियो; त्यो बिरामी भएर मर्नै लागेको थियो। \v 3 ती सेनापतिले जब येशूको बारेमा सुने, तब तिनले यहूदीहरूका केही प्रधानहरूलाई येशूसमक्ष उहाँ आएर तिनको सेवकलाई निको पारिदिनुहुन बिन्ती गर्न पठाए। \v 4 तिनीहरूले येशूकहाँ आएर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, “यी मानिस तपाईंले यो काम गरिदिन योग्यका छन्, \v 5 किनकि तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले हाम्रा सभाघर पनि बनाइदिएका हुन्।” \v 6 अनि येशू तिनीहरूसँग जानुभयो। \p उहाँ घर नजिकै आइपुग्नुभएपछि सेनापतिले आफ्ना मित्रहरूलाई उहाँकहाँ यसो भन्‍न पठाए: “प्रभु, दुःख नउठाउनुहोस्; किनकि तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको पनि म छैनँ। \v 7 त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। \v 8 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु, र त्यो जान्छ। अनि अर्कोलाई ‘आइज,’ भन्छु; र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, र त्यसले त्यो गर्छ।” \p \v 9 यो सुनेपछि येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यस्तो ठूलो विश्‍वास इस्राएलीहरूमा पनि देखेको छैनँ।” \v 10 त्यसपछि पठाइएका ती मानिसहरू घरतिर फर्के। अनि सेवकलाई निको भइसकेको भेट्टाए। \s1 येशूद्वारा विधवाको छोरा जीवित पारिएको \p \v 11 त्यसपछि चाँडै येशू नाइन भनिने एउटा सहरमा जानुभयो। उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँको साथमा गए। \v 12 उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो। \v 13 प्रभुले तिनलाई देखेपछि उहाँ तिनीप्रति दयालु हुनुभयो र भन्‍नुभयो, “नरोऊ।” \p \v 14 त्यसपछि उहाँले गएर अरथीलाई छुनुभयो; र ती बोक्नेहरू टक्‍क अडिए। अनि उहाँले भन्‍नुभयो, “ए जवान, म तिमीलाई भन्दछु, उठ!” \v 15 तब त्यो मृत व्यक्ति उठेर बस्यो; त्यो बोल्न थाल्यो। येशूले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउनुभयो। \p \v 16 तिनीहरू सबै भयभीत भएर परमेश्‍वरलाई प्रशंसा गर्दै भने, “हाम्रा बीचमा एक जना महान् अगमवक्ता प्रकट भएका छन्। परमेश्‍वर आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ।” \v 17 येशूको विषयमा यो खबर सारा यहूदिया प्रदेश र वरिपरिका सम्पूर्ण इलाकाभरि फैलियो। \s1 येशू र बप्‍तिस्मा दिने यूहन्‍ना \p \v 18 यूहन्‍नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर, \v 19 तिनले प्रभुकहाँ यसो भनी सोध्न पठाए, “जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अझै कसैको प्रतीक्षा गरौँ?” \p \v 20 ती मानिसहरू येशूकहाँ आएर भने, “बप्‍तिस्मा दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ” \p \v 21 ठिक त्यही समयमा येशूले रोगीहरू, बिरामीहरू र दुष्‍ट आत्मा लागेकाहरूलाई निको पार्नुभयो; र धेरै दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिनुभयो। \v 22 त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्‍नालाई बताओ: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।\f + \fr 7:22 \fr*\ft \+xt यशै 35:5‑6; 61:1\+xt*\ft*\f* \v 23 त्यो धन्यको हो, जसको विश्‍वास मबाट हट्दैन।” \p \v 24 यूहन्‍नाका मानिसहरू गएपछि येशूले भीडलाई यूहन्‍नाको विषयमा भन्‍न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्‍लाएको निगालोलाई? \v 25 यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू र विलासितामा रहनेहरू त दरबारमा हुन्छन्। \v 26 तर तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्‌लाई। \v 27 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: \q1 “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, \q2 जसले तिम्रो बाटो तयार पार्नेछन्।’\f + \fr 7:27 \fr*\ft \+xt मला 3:1\+xt*\ft*\f* \m \v 28 म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा कोही पनि बप्‍तिस्मा दिने यूहन्‍नाभन्दा महान् छैन; तापनि परमेश्‍वरको राज्यमा सानोभन्दा सानो पनि तिनीभन्दा महान् हुन्छ।” \p \v 29 (सबै मानिसहरू, कर उठाउनेहरूसमेत, सबै जनाले येशूको यो वचन सुनेर परमेश्‍वरको मार्ग ठिक छ भनी स्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिए। \v 30 तर फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूले परमेश्‍वरको अभिप्रायलाई अस्वीकार गरे; किनकि तिनीहरूले यूहन्‍नाद्वारा बप्‍तिस्मा पाएका थिएनन्।) \p \v 31 येशूले भन्‍नुभयो, “अब यस पुस्ताका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू केजस्ता छन्? \v 32 तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्‍ने बालकहरूजस्ता छन्: \q1 “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, \q2 तर तिमीहरू नाचेनौ, \q1 हामीले शोकको गीत गायौँ, \q2 तर तिमीहरू रोएनौ।’ \m \v 33 जब बप्‍तिस्मा दिने यूहन्‍ना आए, न तिनले रोटी खान्थे, न त दाखमद्य नै पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भनी भन्दछौ। \v 34 मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिमीहरू भन्छौ, ‘हेर, यो घिचुवा र पियक्‍कड, र कर उठाउनेहरू र पापीहरूको मित्र!’ \v 35 तर बुद्धि ठिक हो भन्‍ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।”\f + \fr 7:35 \fr*\ft यसको अर्थ हो: परमेश्‍वरको बुद्धि परमेश्‍वरको आज्ञा मान्‍नेहरूमा प्रकट हुन्छ।\ft*\f* \s1 पापी स्त्रीलाई क्षमा \p \v 36 एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्‍नुभयो। \v 37 जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्‍नुभएको छ भन्‍ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई। \v 38 अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी। \p \v 39 उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।” \p \v 40 येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नु छ।” \p तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्।” \p \v 41 “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार।\f + \fr 7:41 \fr*\ft एक दिनार बराबर एक दिनको ज्याला\ft*\f* \v 42 तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?” \p \v 43 सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” \p येशूले भन्‍नुभयो, “तिमीले ठिक विचार गर्‍यौ।” \p \v 44 तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ। \v 45 तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन। \v 46 तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे। \v 47 त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।” \p \v 48 त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन्।” \p \v 49 तब अरू पाहुनाहरूले आपसमा भन्‍न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?” \p \v 50 येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!” \c 8 \s1 बिउ छर्नेको दृष्‍टान्त \p \v 1 त्यसपछि येशू परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए। \v 2 दुष्‍ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्‍ने मरियम, जसबाट सात वटा दुष्‍ट आत्माहरू निस्केका थिए; \v 3 हेरोदका कामदार कुजाकी पत्नी योअन्‍ना थिइन्। साथै सुसन्‍ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे। \p \v 4 जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: \v 5 “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, तब केही बिउ बाटोमा परे; ती कुल्चिइए र आकाशका चराहरूले आएर खाइदिए। \v 6 केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन। \v 7 केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए। \v 8 कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।” \p यति भनिसकेपछि उहाँले उच्‍च सोरमा भन्‍नुभयो, “जसका सुन्‍ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।” \p \v 9 उहाँका चेलाहरूले यो दृष्‍टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। \v 10 उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ; तर अरूहरूसँग म दृष्‍टान्तद्वारा बोल्छु, यसरी धर्मशास्त्र पूरा होस्: \q1 “ ‘तिनीहरूले हेरेर पनि नदेखून्, \q2 र सुनेर पनि नबुझून्।’\f + \fr 8:10 \fr*\ft \+xt यशै 6:9\+xt*\ft*\f* \p \v 11 “दृष्‍टान्तको अर्थ यही हो, बिउचाहिँ परमेश्‍वरको वचन हो। \v 12 बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्‍वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ। \v 13 ढुङ्गेनी ठाउँमा परेका तिनीहरू हुन्, जसले सुन्दैगर्दा वचन बडो आनन्दसाथ ग्रहण गर्छन्, तर तिनको कुनै जरा हुँदैन। तिनीहरू केही बेरका निम्ति विश्‍वास त गर्छन्, तर परीक्षाको समयमा तिनीहरू पछि हट्छन्। \v 14 काँडाहरूका बीचमा परेका तिनीहरूलाई दर्शाउँछ, जसले वचन सुन्छन्, तर आफ्नो बाटोमा अगि बढ्दै जाँदा जीवनको चिन्ता, धनसम्पत्ति र सुख-चैनका कारण निसासिन्छन्, र परिपक्व हुन पाउँदैनन्। \v 15 तर असल जमिनमा परेको बिउले तिनीहरूलाई दर्शाउँछ, जसको हृदय निष्कपट र भलो छ, तिनीहरूले वचन सुन्छन्, त्यसलाई हृदयमा जोगाइराख्छन् र मेहनत गरी फल फलाउँछन्। \s1 सामदानमा रहने बत्ती \p \v 16 “कसैले पनि बत्ती बालेर भाँडाले छोप्दैन, अथवा खाटमुनि राख्दैन। तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यसलाई सामदानमाथि राख्दछ। \v 17 किनकि लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन। अनि गुप्‍तमा लुकेको कुनै कुरा छैन, जो थाहा लाग्दैन अथवा प्रकाशमा आउँदैन। \v 18 त्यसकारण तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार रहो। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससँग छैन, त्यसले आफूसँग जे छ भनी ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।” \s1 येशूका आमा र भाइहरू \p \v 19 येशूका आमा र भाइहरू उहाँलाई भेट्न आए, तर भीडले गर्दा तिनीहरू उहाँकहाँ नजिक पुग्न सकेनन्। \v 20 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन् र तपाईंलाई भेट्न चाहन्छन्।” \p \v 21 उहाँले जवाफ दिनुभयो, “मेरी आमा र मेरा भाइहरू तिनीहरू नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र त्यो पालन गर्छन्।” \s1 येशूले आँधी शान्त पार्नुभएको \p \v 22 एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो। \v 23 तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे। \p \v 24 तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!” \p तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो। \v 25 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास खोइ?” \p डर र आश्‍चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।” \s1 दुष्‍ट आत्मा लागेको मानिस निको भएको \p \v 26 उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो। \v 27 येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्‍नेगर्थ्यो। \v 28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्‍यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!” \v 29 किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरै पल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो। \p \v 30 येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” \p त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए। \v 31 तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे। \p \v 32 त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो। \v 33 तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे। \p \v 34 जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए। \v 35 मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए। \v 36 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए। \v 37 तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो। \p \v 38 जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्‍यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो, \v 39 “तिमी आफ्नै घरमा फर्क। परमेश्‍वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो। \s1 मरेकी केटी र बिरामी स्त्री \p \v 40 जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए। \v 41 तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे। \v 42 किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई। \p येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए। \v 43 बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन। \v 44 त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो। \p \v 45 येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। \p सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।” \p \v 46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” \p \v 47 तब त्यस स्त्रीले आफू उम्केर जान नसक्ने देखेर काम्दै आई, र येशूको पाउमा घोप्टो परी। उसले उहाँलाई किन छोएकी थिई र ऊ कसरी तुरुन्तै निको भई, त्यो कुरा सबै मानिसहरूका सामु बताइदिई। \v 48 तब उहाँले उसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!” \p \v 49 येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्‍ट नदिनुहोस्।” \p \v 50 यो सुनेर येशूले याइरसलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र ऊ निको हुनेछे।” \p \v 51 याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्‍ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। \v 52 त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्‍नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।” \p \v 53 त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए। \v 54 तर उहाँले त्यसको हात समातेर भन्‍नुभयो, “मेरी छोरी, उठ!” \v 55 अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो। \v 56 त्यसका आमाबुबा आश्‍चर्यचकित भए, तर उहाँले तिनीहरूलाई जे भएको थियो, त्यसबारे कसैलाई नभन्‍नू भन्‍ने आज्ञा दिनुभयो। \c 9 \s1 येशूले बाह्र जनालाई पठाउनुभएको \p \v 1 एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो। \v 2 अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। \v 3 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यात्राका लागि केही पनि नलेओ; न लहुरो, न झोला, न रोटी, न पैसा, न त दुईसरो लुगा। \v 4 जुन घरमा तिमीहरू पस्छौ, त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस। \v 5 यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।” \v 6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए। \p \v 7 अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्‍ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे। \v 8 कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्‍ने गर्थे। \v 9 तर हेरोदले भने, “मैले नै यूहन्‍नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे। \s1 येशूले पाँच हजारलाई खुवाउनुभएको \p \v 10 जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लिई बेथसेदा भन्‍ने एउटा सहरमा सुटुक्‍कै जानुभयो। \v 11 तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो। \p \v 12 दिन ढल्कन थालेपछि बाह्रै जना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र बास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौँ।” \p \v 13 उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” \p तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।” \v 14 (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) \p तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।” \v 15 अनि चेलाहरूले त्यसै गरे र सबै जना बसे। \v 16 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो; अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो। \v 17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। \s1 ख्रीष्‍टबारे पत्रुसको स्वीकार \p \v 18 एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?” \p \v 19 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।” \p \v 20 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” \p पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!” \s1 आफ्नो मृत्युबारे येशूको भविष्यवाणी \p \v 21 येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो। \v 22 अनि उहाँले भन्‍नुभयो, “मानिसको पुत्रले धेरै कष्‍टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।” \p \v 23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। \v 24 किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ। \v 25 यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? \v 26 यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ। \p \v 27 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।” \s1 प्रभु येशूको रूप परिवर्तन \p \v 28 येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो। \v 29 उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो। \v 30 दुई व्यक्ति, मोशा र एलिया,\f + \fr 9:30 \fr*\ft धेरै वर्ष पहिले मोशाले इस्राएलीहरूलाई इजिप्टदेखि अगुवाइ गरेका थिए। एलिया पनि धेरै पहिलेका एक महान् अगमवक्ता हुन्।\ft*\f* येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे। \v 31 तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो। \v 32 पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे। \v 33 मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन। \p \v 34 तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्‍यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए। \v 35 बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!” \v 36 यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्। \s1 दुष्‍ट आत्मा लागेको केटो निको भएको \p \v 37 भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो। \v 38 भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्‍टि गरिदिनुहोस् भनी म बिन्ती गर्दछु; किनकि ऊ मेरो एउटै मात्र सन्तान हो। \v 39 एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ। \v 40 त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।” \p \v 41 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्‍नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।” \p \v 42 त्यो केटो आउँदा-आउँदै दुष्‍ट आत्माले उसलाई भुइँमा पछार्‍यो र माडारमुडुर पार्‍यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, र केटालाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो। \v 43 तिनीहरू सबै परमेश्‍वरको महान् शक्ति देखेर आश्‍चर्यचकित भए। \s1 येशूले दोस्रो पटक आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको \p सबै मानिसहरू येशूले गर्नुभएका कुरामा छक्‍क परेका देखेर येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, \v 44 “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।” \v 45 तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्‍त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए। \p \v 46 चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्‍ने विषयमा विवाद सुरु भयो। \v 47 येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो। \v 48 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस बालकलाई मेरो नाममा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।” \p \v 49 यूहन्‍नाले भने, “गुरुज्यू, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू निकालिरहेको देख्यौँ। अनि हामीले त्यसलाई रोक्यौँ, किनकि ऊ हाम्रो समूहको होइन।” \p \v 50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।” \s1 सामरीहरूको विरोध \p \v 51 जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्‍चय गर्नुभयो। \v 52 उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए। \v 53 तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। \v 54 उहाँका चेलाहरू याकोब र यूहन्‍नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैँ हामीले पनि स्वर्गबाट आगो बर्सने आज्ञा गरौँ भन्‍ने तपाईं चाहनुहुन्छ?” \v 55 तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो, \v 56 र उहाँहरू अर्कै गाउँतिर जानुभयो। \s1 येशूलाई पछ्याउँदा चुकाउनुपर्ने मूल्य \p \v 57 उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।” \p \v 58 येशूले भन्‍नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” \p \v 59 उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।” \p तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।” \p \v 60 येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।” \p \v 61 अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।” \p \v 62 येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्‍वरको राज्यको सेवामा योग्य हुँदैन।” \c 10 \s1 येशूले बहत्तर चेलाहरूलाई पठाउनुभएको \p \v 1 त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो। \v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर। \v 3 जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु। \v 4 न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर। \p \v 5 “जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’ \v 6 यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। \v 7 तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर। \p \v 8 “कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ। \v 9 त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्‍वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन। \v 10 तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्‍लीहरूमा जाओ, र यसो भन, \v 11 ‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्‍चय जान: परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ।’ \v 12 म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ। \p \v 13 “धिक्‍कार, तँलाई, हे खोराजिन! धिक्‍कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए। \v 14 तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ। \v 15 अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्। \p \v 16 “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।” \p \v 17 ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।” \p \v 18 उहाँले भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ। \v 19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन। \v 20 तापनि दुष्‍ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्‍ने कुरामा आनन्द गर।” \p \v 21 त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्‍नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्‍त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। \p \v 22 “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।” \p \v 23 त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्‍नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्। \v 24 किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्‍न इच्छा गरेका थिए, तर सुनेनन्।” \s1 असल सामरीको दृष्‍टान्त \p \v 25 एक समयमा एक जना व्यवस्थाका विशेषज्ञले येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” \p \v 26 उहाँले भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?” \p \v 27 तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’\f + \fr 10:27 \fr*\ft \+xt व्यव 6:5\+xt*\ft*\f* र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’\f + \fr 10:27 \fr*\ft \+xt लेवी 19:18\+xt*\ft*\f*” \p \v 28 येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।” \p \v 29 तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?” \p \v 30 जवाफमा येशूले भन्‍नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्‍यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए। \v 31 संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। \v 32 त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। \v 33 तर एक जना सामरी\f + \fr 10:33 \fr*\ft जसलाई यहूदीहरूले अछुत झैँ मान्दथे।\ft*\f* यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो। \v 34 अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्‍यो। \v 35 भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्‍का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ \p \v 36 “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?” \p \v 37 व्यवस्थाका ती विद्वान्‌ले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।” \p येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, र तिमी पनि त्यस्तै गर।” \s1 मार्था र मरियमको घरमा प्रभु येशू \p \v 38 येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्। \v 39 तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्। \v 40 तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्‍न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!” \p \v 41 येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ। \v 42 तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।” \c 11 \s1 प्रार्थना सम्बन्धी येशूको शिक्षा \p \v 1 एक दिन येशू कुनै ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैँ हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।” \p \v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: \q1 “ ‘हे पिता, \q1 तपाईंको नाम पवित्र गरियोस्। \q1 तपाईंको राज्य आओस्। \q1 \v 3 हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्। \q1 \v 4 हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; \q2 किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। \q1 अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ” \p \v 5 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न; \v 6 किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’ \v 7 तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ \v 8 म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्। \p \v 9 “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। \v 10 किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। \p \v 11 “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? \v 12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? \v 13 यसरी तिमीहरू यति दुष्‍ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!” \s1 येशू र बालजिबुल \p \v 14 एक दिन येशूले एउटा लाटो व्यक्तिबाट भूतआत्मा निकालिरहनुभएको थियो। भूतआत्मा निस्केपछि त्यो मानिस बोल्न थाल्यो। यो देखेर भीड छक्‍क पर्‍यो। \v 15 तर तिनीहरूमध्ये कतिले भने, “यिनले त भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।” \v 16 अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे। \p \v 17 येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा विभाजित भएको हरेक राज्य नष्‍ट भएर जान्छ। अनि आपसमा विभाजित भएको जुनसुकै घर पनि पतन भएर जान्छ। \v 18 यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु। \v 19 तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। \v 20 तर यदि म परमेश्‍वरको शक्तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ। \p \v 21 “किनकि जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ। \v 22 तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र त्यसका मालसामानहरू लुटेर बाँड्छ। \p \v 23 “जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ। जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्दछ। \p \v 24 “जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ र त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ \v 25 जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ। \v 26 त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई लिएर आउँछ। अनि ती सबै भित्र गएर त्यहीँ बस्छन्; र त्यो मानिसको पछिल्‍लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।” \p \v 27 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।” \p \v 28 तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालन गर्छन्।” \s1 योनाको चिन्ह \p \v 29 भीडहरू बढ्दै गएपछि येशूले भन्‍नुभयो, “यो एक दुष्‍ट पुस्ता हो; यिनीहरूले अद्‌भुत चिन्ह खोज्दछन्, तर योनाको चिन्ह\f + \fr 11:29 \fr*\ft अगमवक्ता योना एउटा ठूलो माछाको पेटमा तीन दिनसम्म रहेका थिए, र जीवितै बाहिर निस्केका थिए। त्यसरी नै येशूले पनि तीन दिनपछि चिहानबाट जीवितै बाहिर आउने अगमवाणी गर्नुभयो। \+xt योना 1\+xt*\ft*\f* बाहेक अरू कुनै चिन्ह दिइनेछैन। \v 30 किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसको पुत्र पनि यस पुस्ताको निम्ति चिन्ह हुनेछ। \v 31 न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्। तर हेर, सोलोमनभन्दा महान् एक जना यहाँ छन्। \v 32 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए। तर हेर, योनाभन्दा महान् एक जना यहाँ छन्। \s1 शरीरको बत्ती \p \v 33 “कसैले पनि बत्ती बालेर त्यसलाई गुप्‍त ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ। \v 34 तिम्रो आँखा तिम्रो शरीरको बत्ती हो। यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुन्छ; तर यदि आँखा अस्वस्थ छन् भने तिम्रो शरीर पनि अँध्यारो हुन्छ। \v 35 त्यसकारण होसियार होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। \v 36 त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, र त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुन्छ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।” \s1 छ किसिमका धिक्‍कार! \p \v 37 येशूले बोलिसक्नुभएपछि एक जना फरिसीले उहाँलाई भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान बस्‍नुभयो। \v 38 तर येशूले भोजन गर्नुअगि हात नधुनुभएको देखेर ती फरिसी छक्‍कै परे। \p \v 39 त्यसपछि प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्‍टताले भरिएको हुन्छ। \v 40 मूर्ख मानिसहरू हो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र? \v 41 तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै कुराहरू शुद्ध हुन्छन्। \p \v 42 “धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीका दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो कार्य नछोडी, यो दोस्रो पनि गर्नुपर्नेथियो। \p \v 43 “तिमी फरिसीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन लिन रुचाउँछौ। \p \v 44 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू सङ्केत नभएका चिहानहरूजस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।” \p \v 45 व्यवस्थाका विद्वान्‌हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।” \p \v 46 येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई पनि धिक्‍कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैँले भने तिनीहरूलाई सहायता गर्न एउटा औँलाले पनि छुँदैनौ। \p \v 47 “तिमीहरूलाई धिक्‍कार! किनकि तिमीहरू अगमवक्ताहरूका निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए। \v 48 यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्‍ने साक्षी दिन्छौ। किनकि तिनीहरूले अगमवक्ताहरूलाई मारे, अनि तिमीहरू भने उनीहरूका चिहान बनाउँछौ। \v 49 यसैकारण परमेश्‍वरले आफ्नो बुद्धिमा यसो भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्ताहरू र प्रेरितहरू पठाउनेछु। उनीहरूमध्ये कतिलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’ \v 50 त्यसकारण संसारको सुरुदेखि अहिलेसम्म भएका सबै अगमवक्ताका रक्तपातको लेखा दिन यही पुस्ता जिम्मेवार रहनेछ। \v 51 हाबिलको रगतदेखि जकरियाको\f + \fr 11:51 \fr*\ft पुरानो करारको समयमा पहिलो र अन्तिम अगमवक्तालाई मारिएको थियो; \+xt उत्प 4:2‑15; 2 इति 24:20‑22\+xt*\ft*\f* रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ। \p \v 52 “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई धिक्‍कार! किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तर तिमीहरू आफैँ पनि भित्र पसेनौ र अरू पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ।” \p \v 53 येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले। \v 54 अनि उहाँले बोल्नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले। \c 12 \s1 चेतावनी र प्रोत्साहन \p \v 1 यसैक्रममा जब त्यहाँ हजारौँको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एकले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूका खमिरदेखि होसियार रहो, जुन तिनीहरूको कपटीपन हो। \v 2 अब लुकेको कुनै कुरा छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरा छैन, जो थाहा हुनेछैन। \v 3 तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ। \p \v 4 “मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। \v 5 तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। \v 6 के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएको हुँदैन। \v 7 वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ। \p \v 8 “म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामु स्वीकार गर्नेछ। \v 9 तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्‍वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ। \v 10 मानिसको पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा गरिनेछैन। \p \v 11 “जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अगि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउको लागि के गर्ने अथवा तिमीहरूले के बोल्ने भन्‍ने विषयमा फिक्री नगर; \v 12 किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यही बेला नै सिकाउनुहुनेछ।” \s1 मूर्ख धनी मानिसको दृष्‍टान्त \p \v 13 भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई तिनले मसँग अंशबण्डा गरिदेऊन् भनिदिनुहोस् न।” \p \v 14 येशूले जवाफ दिनुभयो, “ए मानिस! कसले मलाई तिमीहरूका लागि न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?” \v 15 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।” \p \v 16 त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। \v 17 त्यसले आफ्नो मनमा गुन्‍न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्‍न राख्ने मसँग ठाउँ नै छैन।’ \p \v 18 “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्‍न र मालसामान त्यहाँ राख्नेछु; \v 19 अनि म आफैँलाई भन्‍नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’ \p \v 20 “तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्‍त गर्ला?’ \p \v 21 “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्‍वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।” \s1 चिन्ताबाट छुटकारा \p \v 22 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। \v 23 भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। \v 24 कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! \v 25 तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? \v 26 त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? \p \v 27 “लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। \v 28 आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्‍वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! \v 29 के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। \v 30 किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। \v 31 तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। \p \v 32 “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुभएको छ। \v 33 तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। \v 34 किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ। \s1 जागा भएर बस्‍नु \p \v 35 “सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख। \v 36 अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्किआएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। \v 37 यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्। तिनीहरूलाई भोजनका निम्ति बस्‍न लगाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्। \v 38 मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। \v 39 तर यो बुझिराख: घरका मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए त्यसले आफ्नो घर फोरिन दिनेथिएन। \v 40 तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।” \p \v 41 पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्‍टान्त हाम्रा लागि भन्‍नुभएको हो कि सबैका लागि?” \p \v 42 तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठिक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिन्छन्? \v 43 उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ। \v 44 म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। \v 45 तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने, \v 46 त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्‍वासीहरूको स्थान दिनेछन्। \p \v 47 “त्यो सेवक, जसले आफ्ना मालिकको इच्छा जानेर पनि तयार रहँदैन, अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले ठूलो सजाय पाउनेछ। \v 48 तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै सजाय पाउनेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ। \s1 शान्ति होइन, तर विभाजन \p \v 49 “म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो! \v 50 तर मैले लिनुपर्ने एउटा बप्‍तिस्मा\f + \fr 12:50 \fr*\ft येशूले पछि भोग्नुपर्ने दुःखको बारेमा भनिएको हो।\ft*\f* छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु! \v 51 के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्‍ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ। \v 52 अबदेखि पाँच जनाको परिवारमा एउटाको विरुद्ध अर्को गरी विभाजन हुनेछ; तीन जनाका विरुद्ध दुई, र दुई जनाका विरुद्ध तीन। \v 53 तिनीहरू विभाजित हुनेछन्; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, बुहारीको विरुद्धमा सासू र सासूको विरुद्धमा बुहारी हुनेछ।” \s1 समयको चिन्ह \p \v 54 उहाँले भीडलाई भन्‍नुभयो: “तिमीहरूले पश्‍चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ। \v 55 अनि दक्षिणबाट बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ। \v 56 ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ? \p \v 57 “कुन कुरा ठिक हो भनी तिमीहरूले आफ्नै बारेमा किन निर्णय गर्दैनौ? \v 58 तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर; नत्रता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ जिम्मामा लगाउनेछ; अनि अधिकारीले तिमीलाई झ्यालखानामा हाल्नेछ। \v 59 म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।” \c 13 \s1 पश्‍चात्ताप वा विनाश \p \v 1 त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत बलि पशुका रगतसँग नै मिसाइदिएका थिए। \v 2 येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ? \v 3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ। \v 4 अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ? \v 5 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।” \p \v 6 त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एक जना मानिसको, आफ्नै दाखबारीमा रोपिएको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो। तर त्यसमा एउटै फल पनि भेट्टाएन। \v 7 यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि फल पाएको छैन। यसलाई काटेर ढालिदेऊ! किन यसले जमिन मात्रै ओगट्ने?’ \p \v 8 “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु। \v 9 यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ” \s1 शब्बाथमा एउटी कुप्री स्त्री निको भएकी \p \v 10 एक शब्बाथमा येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो। \v 11 त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्। \v 12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।” \v 13 त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्। \p \v 14 येशूले शब्बाथमा निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।” \p \v 15 तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र? \v 16 त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी\f + \fr 13:16 \fr*\ft इस्राएलीहरूलाई अब्राहामका सन्तान मानिन्छ, जो 2000 वर्ष अगिका हुन्।\ft*\f* यो छोरी शब्बाथमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?” \p \v 17 उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए। \s1 रायोको बिउ र खमिरको दृष्‍टान्त \p \v 18 त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? \v 19 यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।” \p \v 20 उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ? \v 21 यो त त्यो खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहोउन्जेल लुकाइराखी।” \s1 साँघुरो ढोका \p \v 22 त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो। \v 23 त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?” \p तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, \v 24 “साँघुरो ढोकाबाट भित्र पस्‍ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्। \v 25 जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ। \p “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’ \p \v 26 “तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’ \p \v 27 “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’ \p \v 28 “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। \v 29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्। \v 30 अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।” \s1 यरूशलेमको निम्ति येशूको विलौना \p \v 31 त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” \p \v 32 उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’ \v 33 जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अगि बढ्नै पर्छ; किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन! \p \v 34 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्। \v 35 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”\f + \fr 13:35 \fr*\ft \+xt भजन 118:26\+xt*\ft*\f* \c 14 \s1 येशू एक जना फरिसीको घरमा \p \v 1 एक शब्बाथमा येशू एक जना प्रतिष्‍ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो। \v 2 त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो। \v 3 येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूलाई सोध्नुभयो, “शब्बाथमा निको पार्नु उचित छ कि छैन?” \v 4 तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो। \p \v 5 त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा\f + \fr 14:5 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa गधा \fqa*\ft भनिएको छ।\ft*\f* वा गोरु छ र त्यो शब्बाथमा इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?” \v 6 तिनीहरूले केही पनि जवाफ दिन सकेनन्। \p \v 7 भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्‍टान्त भन्‍नुभयो: \v 8 “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्‍ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ। \v 9 यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्‍नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्‍लो स्थानमा बस्‍नुपर्नेछ। \v 10 तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ। \v 11 किनकि आफूलाई उच्‍च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछ।” \p \v 12 त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्‍नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्‍यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। \v 13 तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्‍टिविहीनहरूलाई निम्तो देऊ, \v 14 अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।” \s1 ठूलो भोजको दृष्‍टान्त \p \v 15 टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्‍वरको राज्यमा भोज खानेछ।” \p \v 16 येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए। \v 17 भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्‍न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’ \p \v 18 “तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’ \p \v 19 “अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’ \p \v 20 “अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’ \p \v 21 “सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्‍लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्‍टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’ \p \v 22 “त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’ \p \v 23 “त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्‍लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्। \v 24 म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ” \s1 चेलाले चुकाउनुपर्ने मूल्य \p \v 25 येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्‍नुभयो: \v 26 “यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन। \v 27 अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। \p \v 28 “मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्‍यो भने त्यो सिद्ध्याउन पर्याप्‍त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र? \v 29 यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्‍ला गर्नेछन्; \v 30 अनि भन्‍नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्‍यो, तर पूरा गर्न सकेन।’ \p \v 31 “अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र? \v 32 ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ। \v 33 त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन। \p \v 34 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? \v 35 त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। \p “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!” \c 15 \s1 हराएको भेडाको दृष्‍टान्त \p \v 1 येशूको वचन सुन्‍नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए। \v 2 तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।” \p \v 3 तब येशूले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: \v 4 “मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र? \v 5 अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ, र घर जान्छ। \v 6 त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’ \v 7 म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्‍चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ। \s1 हराएको सिक्‍काको दृष्‍टान्त \p \v 8 “अथवा कुनचाहिँ स्त्री होली, जससँग दश वटा चाँदीका सिक्‍का छन्, र उसले एउटा सिक्‍का हराई; तब के त्यो सिक्‍का नभेट्टाउन्जेल उसले बत्ती बालेर घर बढारी-बढारीकन होसियारीसाथ खोज्दिन र? \v 9 अनि जब उसले त्यो सिक्‍का भेट्टाउँछे, तब आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘आओ, मसँग रमाओ; किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु।’ \v 10 म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीका लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।” \s1 हराएको छोराको दृष्‍टान्त \p \v 11 येशूले बोल्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। \v 12 कान्छोले आफ्ना बुबालाई भन्यो, ‘बुबा, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। \p \v 13 “धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो। \v 14 त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पर्‍यो, र त्यसलाई अभाव हुन थाल्यो। \v 15 यसकारण त्यो गएर त्यस देशका एक जना नागरिककहाँ काम माग्यो। त्यस मानिसले उसलाई सुँगुरहरू चराउन आफ्नो खेतमा पठायो। \v 16 त्यसले सुँगुरहरूले खाने चारोहरूले आफ्नो पेट भर्न चाहन्थ्यो, तर कसैले पनि त्यसलाई केही दिँदैनथ्यो। \p \v 17 “त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु! \v 18 अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्‍नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। \v 19 म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’ \v 20 अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। \p “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे। \p \v 21 “तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’ \p \v 22 “तर बुबाले आफ्ना सेवकहरूलाई भने, ‘छिटो गर! सबैभन्दा असल लुगा ल्याएर यसलाई पहिराइदेओ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ। \v 23 पोसिराखेको मोटो पशु ल्याएर मार। हामी भोज गरौँ, र आनन्द मनाऔँ। \v 24 किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले। \p \v 25 “त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो। \v 26 त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो। \v 27 त्यसले जवाफ दियो, ‘तपाईंको भाइ आउनुभएको छ। अनि तपाईंका बुबाले पालिराखेको मोटो पशु मार्नुभएको छ। किनकि उहाँले तिनलाई सुरक्षित र सकुशल नै पाउनुभएको छ।’ \p \v 28 “तब जेठो दाजु रिसाएर भित्र जान मानेन। त्यसकारण त्यसको बुबा बाहिर गएर त्यसलाई फकाउन थाले। \v 29 तर त्यसले आफ्नो बुबालाई जवाफ दियो, ‘हेर्नुहोस्! यतिका वर्षसम्म मैले तपाईंको सेवा गरिरहेको छु। अनि तपाईंका आज्ञा कहिल्यै उल्‍लङ्घन गरिनँ; तापनि मैले मेरा साथीहरूसँग आनन्द मनाउन तपाईंले मलाई एउटा पाठोधरि कहिल्यै दिनुभएन। \v 30 तर जब तपाईंको सम्पत्ति वेश्याहरूसँग उडाउने तपाईंको यो छोरा घर आयो, तब तपाईंले त्यसका निम्ति पोसाइराखेको मोटो पशु नै मार्नुभयो।’ \p \v 31 “बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो। \v 32 तर हामीले आनन्द मनाएर खुशी हुनुपर्छ; किनकि तेरो यो भाइ मरेको थियो, र फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ ” \c 16 \s1 चतुर प्रबन्धक \p \v 1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना प्रबन्धक थियो। उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्‍ने दोष लागेको थियो। \v 2 त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’ \p \v 3 “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्‍न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ; अनि भीख माग्न मलाई लाज लाग्छ। \v 4 अब म के गर्नेछु, त्यो मलाई थाहा छ। ताकि त्यसो गर्दा म यहाँको कामबाट हटाइए तापनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’ \p \v 5 “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’ \p \v 6 “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ \p “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’ \p \v 7 “त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीसँग कति ऋण छ?’ \p “उसले भन्यो, ‘तीस टन गहुँ।’ \p “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चौबीस टन लेख।’ \p \v 8 “त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्। \v 9 म तिमीहरूलाई भन्दछु, संसारको धनसम्पत्ति प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धनसम्पत्ति सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ। \p \v 10 “जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ। अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ। \v 11 त्यसैले यदि तिमीहरू संसारको धनसम्पत्ति चलाउने काममा इमानदार भएनौ भने साँचो धनसम्पत्तिको निम्ति कसले तिमीहरूलाई भरोसा गर्ला? \v 12 अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र? \p \v 13 “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।” \p \v 14 फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए। \v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामु आफैँलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्‍वरले जान्‍नुहुन्छ। मानिसहरूका बीचमा जे उच्‍च ठानिएको हुन्छ, त्यो परमेश्‍वरको दृष्‍टिमा घृणित हुन्छ। \s1 अन्य शिक्षाहरू \p \v 16 “व्यवस्था र अगमवक्ताका वचन यूहन्‍नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ। हरेक व्यक्तिले आफू त्यसभित्र पस्‍न जबरजस्ती गर्दैछ। \v 17 तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलेर जान सजिलो छ। \p \v 18 “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; अनि त्यो मानिस जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ भने उसले पनि व्यभिचार गर्छ। \s1 धनी मानिस र लाजरस \p \v 19 “येशूले भन्‍नुभयो, एउटा धनी मानिस थियो। ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो। \v 20 लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो। \v 21 अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्राटाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे। \p \v 22 “केही समयपछि त्यो माग्ने मर्‍यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्‍याए। त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो। \v 23 नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्‍यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। \v 24 तब उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औँलामा पानी चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्; किनकि म यस आगोको कठोर वेदनामा छु।’ \p \v 25 “तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा कैयौँ असल कुराहरू प्राप्‍त गर्‍यौ, तर लाजरसले दुःख मात्र पायो। तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ। \v 26 यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’ \p \v 27 “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई बिन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्; \v 28 मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’ \p \v 29 “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्; तिनीहरूले ती सुनून्।’ \p \v 30 “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एक जना फर्केर तिनीहरूकहाँ गयो भने त तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।’ \p \v 31 “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्‍वास गर्नेछैनन्।’ ” \c 17 \s1 पाप, विश्‍वास र कर्तव्य \p \v 1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्‍करहरू अवश्य नै आउँछन्, तर धिक्‍कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। \v 2 यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो। \v 3 त्यसकारण आफ्नो विषयमा होसियार बस! \p “यदि तिम्रो भाइले पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर। \v 4 त्यसले तिम्रो विरुद्धमा दिनमा सात पल्ट पाप गर्‍यो र सातै पल्ट फर्केर आएर तिमीलाई ‘म पश्‍चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।” \p \v 5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस्!” \p \v 6 उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्‍न सक्छौ, र यसले तिम्रो आज्ञा मान्‍नेछ। \p \v 7 “मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र? \v 8 बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र? \v 9 सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र? \v 10 त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्‍नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ” \s1 दश कुष्‍ठरोगीहरू निको भएका \p \v 11 यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो। \v 12 उहाँ कुनै गाउँमा पस्‍न लाग्नुहुँदा कुष्‍ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए; \v 13 अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!” \p \v 14 तिनीहरूलाई देखेर उहाँले भन्‍नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ\f + \fr 17:14 \fr*\ft \+xt लेवी 14:2‑32\+xt* \ft*\ft हेर्नुहोस्\ft*\f* देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए। \p \v 15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो। \v 16 येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो। \p \v 17 येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्? \v 18 के फर्किआएर परमेश्‍वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?” \v 19 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।” \s1 परमेश्‍वरको राज्यको आगमन \p \v 20 फरिसीहरूद्वारा परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन, \v 21 न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्‍नेछन्। किनकि परमेश्‍वरको राज्य त तिमीहरूभित्र नै छ।” \p \v 22 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ। \v 23 मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ। \v 24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ। \v 25 तर पहिले उसले धेरै कष्‍टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ। \p \v 26 “नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ। \v 27 नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो। \p \v 28 “लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए। \v 29 तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्‍ट पार्‍यो। \p \v 30 “मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ। \v 31 त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्। \v 32 लोतकी पत्नीलाई सम्झ! \v 33 जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ। \v 34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ। \v 35 दुई स्त्रीहरू सँगसँगै अन्‍न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ। \v 36 दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।\f + \fr 17:36 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन\ft*\f*” \p \v 37 तिनीहरूले सोधे, “कहाँ, प्रभु?” \p उहाँले जवाफ दिनुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू थुप्रिनेछन्।” \c 18 \s1 अटल मन भएकी विधवाको दृष्‍टान्त \p \v 1 तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्‍ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो। \v 2 उहाँले भन्‍नुभयो: “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए। तिनले परमेश्‍वरको भय मान्दैनथे, र मानिसको वास्ता पनि गर्दैनथे। \v 3 त्यसै सहरमा एउटी विधवा थिई; जो तिनीकहाँ यस्तो बिन्ती लिएर आइरहन्थी, ‘मेरो विरोधीको विरुद्ध मलाई न्याय दिनुहोस्।’ \p \v 4 “केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्‍न लागे, ‘म परमेश्‍वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ; \v 5 तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ” \p \v 6 अनि प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्दैछन्, सुन! \v 7 तब के परमेश्‍वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र? \v 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ र?” \s1 फरिसी र कर उठाउनेको दृष्‍टान्त \p \v 9 आफ्नै धार्मिकतामा ढुक्‍क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्‍टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्‍टान्त भन्‍नुभयो: \v 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। \v 11 फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्‍यो: ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्‍ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ। \v 12 म हप्‍तामा दुई पल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’ \p \v 13 “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’ \p \v 14 “म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्‍वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्‍च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछन्।” \s1 साना बालकहरू र येशू \p \v 15 मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए। \v 16 तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो। \v 17 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” \s1 धनी शासक \p \v 18 कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” \p \v 19 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन। \v 20 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”\f + \fr 18:20 \fr*\ft \+xt प्रस 20:12‑16; व्यव 5:16‑20\+xt*\ft*\f* \p \v 21 तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।” \p \v 22 यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।” \p \v 23 यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए। \v 24 येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ! \v 25 वास्तवमा कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” \p \v 26 यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” \p \v 27 येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्‍वरको लागि सम्भव छ।” \p \v 28 पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!” \p \v 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ, \v 30 त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।” \s1 येशूले फेरि आफ्नो मृत्युबारे अगमवाणी गर्नुभएको \p \v 31 येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्‍नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ। \v 32 उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्। \v 33 उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” \p \v 34 चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्। \s1 दृष्‍टिविहीन माग्ने मानिसले दृष्‍टि पाएको \p \v 35 येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। \v 36 नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्‍यो। \v 37 तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।” \p \v 38 त्यसले उच्‍च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” \p \v 39 बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” \p \v 40 येशू टक्‍क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, \v 41 “म तिम्रो निम्ति के गरिदिऊँ भन्‍ने तिमी चाहन्छौ?” \p त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।” \p \v 42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” \v 43 तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र परमेश्‍वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्‍वरको प्रशंसा गरे। \c 19 \s1 कर उठाउने जक्‍कै \p \v 1 येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। \v 2 त्यहाँ जक्‍कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। \v 3 अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। \v 4 त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो। \p \v 5 जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जक्‍कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्‍नु छ।” \v 6 तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे। \p \v 7 तर यो देखेर सबै जनाले गनगनाउँदै भन्‍न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्‍न गए।” \p \v 8 तर जक्‍कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” \p \v 9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्। \v 10 किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।” \s1 दश सिक्‍काको दृष्‍टान्त \p \v 11 तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्‍वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्‍ने विचार गरेका थिए। \v 12 उहाँले भन्‍नुभयो: “असल खानदानका एक जना मानिस राजा नियुक्त भएर फेरि फर्किआउनका लागि एउटा टाढा मुलुकमा गए। \v 13 तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्‍का\f + \fr 19:13 \fr*\fq सिक्‍का \fq*\ft मूल भाषामा \ft*\fqa मीना \fqa*\ft भनिन्छ र एक मीना बराबर तीन महिनाको ज्याला हुन्छ।\ft*\f* दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’ \p \v 14 “तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्‍ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौँ।’ \p \v 15 “तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा कमाए भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए। \p \v 16 “पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्‍का कमाएको छु।’ \p \v 17 “अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्‍वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’ \p \v 18 “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्‍का कमाएको छु।’ \p \v 19 “अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच सहरहरूमाथि अधिकार गर।’ \p \v 20 “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्‍का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु। \v 21 म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’ \p \v 22 “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्‍ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो, होइन र? \v 23 त्यसो भए मेरो सिक्‍का तैँले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यसलाई ब्याजसमेत पाउनेथिएँ।’ \p \v 24 “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्‍का लेओ, र जससित दश सिक्‍का छ, त्यसलाई देओ।’ \p \v 25 “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्‍का छँदैछन् नि!’ \p \v 26 “राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ, त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ। \v 27 तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ” \s1 यरूशलेममा येशूको विजयी प्रवेश \p \v 28 येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो। \v 29 जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, \v 30 “तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। \v 31 यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्‍नू।” \p \v 32 ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्‍नुभएको थियो, त्यस्तै भेट्टाए। \v 33 तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?” \p \v 34 तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।” \p \v 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले। \v 36 उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए। \p \v 37 उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्‍वरको प्रशंसा गर्न लागे: \q1 \v 38 “प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!”\f + \fr 19:38 \fr*\ft \+xt भजन 118:26\+xt*\ft*\f* \b \q1 “स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा होस्।” \p \v 39 भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” \p \v 40 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।” \p \v 41 जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो, \v 42 र भन्‍नुभयो, “यदि तैँले, हो तैँले, शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो। तर अब त्यो तेरो नजरबाट लुकेको छ। \v 43 तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्; घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्। \v 44 तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्‍वरको आगमनको समयलाई चिनिनस्।” \s1 प्रभु येशू मन्दिरमा \p \v 45 त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो। \v 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’\f + \fr 19:46 \fr*\ft \+xt यशै 56:7\+xt*\ft*\f* तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।”\f + \fr 19:46 \fr*\ft \+xt यर्मिया 7:11\+xt*\ft*\f* \p \v 47 त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए। \v 48 तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए। \c 20 \s1 प्रभु येशूको अधिकारमाथि प्रश्न \p \v 1 एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए। \v 2 तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?” \p \v 3 उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न गर्छु। मलाई भन, \v 4 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?” \p \v 5 तिनीहरूले यस विषयमा आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्‍वास गरेनौ त?’ भनी सोध्नेछन्। \v 6 तर हामीले ‘मानिसहरूबाट’ भन्यौँ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्; किनकि तिनीहरूले यूहन्‍नालाई अगमवक्ता भनी विश्‍वास गर्दछन्।” \p \v 7 त्यसकारण तिनीहरूले जवाफ दिए, “त्यो कहाँबाट थियो, हामी जान्दैनौँ।” \p \v 8 येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।” \s1 दाखबारी लगाउने मालिकको दृष्‍टान्त \p \v 9 उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए। \v 10 कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए। \v 11 तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए। \v 12 तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए। \p \v 13 “त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नै प्यारो छोरालाई पठाउनेछु; सायद तिनीहरूले यिनलाई त आदर गर्लान्।’ \p \v 14 “तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’ \v 15 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। \p “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? \v 16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।” \p मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!” \p \v 17 येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: \q1 “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, \q2 त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो’?\f + \fr 20:17 \fr*\ft \+xt भजन 118:22\+xt*\ft*\f* \m \v 18 हरेक, जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धुलोपिठो हुनेछ।” \p \v 19 त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पुजारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले; किनकि उहाँले यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। \s1 सिजरलाई तिर्ने कर \p \v 20 उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्‍नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे। \v 21 ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्‍न। तर सत्यता बमोजिम परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। \v 22 के सिजरलाई\f + \fr 20:22 \fr*\ft सिजर रोमी सम्राट थिए, र सम्पूर्ण प्यालेसटाइन रोमी सम्राटको अधीनमा थियो।\ft*\f* हामीले कर तिर्नु उचित छ कि छैन?” \p \v 23 तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्‍नुभयो, \v 24 “मलाई दिनारको एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र छाप छ?” \p “सिजरको,” तिनीहरूले जवाफ दिए। \p \v 25 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” \p \v 26 उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्‍नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्‍चर्यचकित भएर तिनीहरू चुप लागिरहे। \s1 पुनरुत्थान र विवाह \p \v 27 मरेकाहरू पुनरुत्थान हुँदैनन् भनी विश्‍वास गर्ने समूहका सदुकीहरूमध्ये कोही-कोही यसो भन्‍ने प्रश्न लिएर येशूकहाँ आए। \v 28 तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ। \v 29 अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्‍यो। \v 30 अनि दोस्रोले त्यसलाई विवाह गर्‍यो, र ऊ पनि सन्तान नभई मर्‍यो, \v 31 त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्‍यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे। \v 32 अन्त्यमा त्यो स्त्री पनि मरी। \v 33 अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।” \p \v 34 येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्। \v 35 तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्, \v 36 तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका सन्तान हुन्। \v 37 पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्‍ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर’\f + \fr 20:37 \fr*\ft \+xt प्रस 3:6\+xt*\ft*\f* भनी पुकार गरेका छन्। \v 38 उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।” \p \v 39 व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्‍नुभयो!” \v 40 त्यसपछि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्। \s1 येशू ख्रीष्‍ट कसका पुत्र? \p \v 41 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्? \v 42-43 किनकि दावीद आफैँले भजनको पुस्तकमा यसो भनेका छन्: \q1 “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: \q2 “जबसम्म म तिम्रा शत्रुहरूलाई \q1 तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, \q2 तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’\f + \fr 20:42‑43 \fr*\ft \+xt भजन 110:1\+xt*\ft*\f* \m \v 44 दावीदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” \s1 व्यवस्थाका शिक्षकहरू विरुद्ध चेतावनी \p \v 45 सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो: \v 46 “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। \v 47 तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।” \c 21 \s1 विधवाको भेटी \p \v 1 येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो। \v 2 उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्‍का चढाएकी पनि देख्नुभयो। \v 3 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे। \v 4 अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।” \s1 मन्दिरको विनाश र जगत्‌को अन्त्यका चिन्हहरू \p \v 5 जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्‍वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्‍ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्‍नुभयो, \v 6 “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” \p \v 7 तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्‍ने चिन्ह के हुनेछ?” \p \v 8 उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्‍ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग। \v 9 जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।” \p \v 10 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। \v 11 धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्। \p \v 12 “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्‍याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ। \v 13 यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ। \v 14 तर आफ्नो बचाउका लागि के भन्‍ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्‍चय गर। \v 15 किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन। \v 16 तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्। \v 17 अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्। \v 18 तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन। \v 19 स्थिर भई खडा रह्‍यौ भने तिमीहरूले जीवन प्राप्‍त गर्नेछौ। \p \v 20 “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्‍नेछौ। \v 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्। \v 22 किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ। \v 23 हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्‍ट र यस जातिमाथि क्रोध आइपर्नेछ। \v 24 तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ। \p \v 25 “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र व्याकुलमा पर्नेछन्। \v 26 संसारमा के आइपर्नेछ भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। \v 27 त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्। \v 28 जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।” \p \v 29 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर। \v 30 जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ। \v 31 त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनी जान। \p \v 32 “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। \v 33 आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्। \p \v 34 “होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्‍कासि आइपर्ला। \v 35 किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ। \v 36 तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।” \p \v 37 येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो, \v 38 सबै मानिसहरू उहाँको वचन सुन्‍नलाई बिहानै मन्दिरमा आउँथे। \c 22 \s1 येशूलाई पक्राउन यहूदाको सहमति \p \v 1 अब अखमिरी रोटीको निस्तार भनिने चाड\f + \fr 22:1 \fr*\ft यो चाडमा तिनीहरू सात दिनसम्म खमिर खाँदैनथे।\ft*\f* नजिकै थियो। \v 2 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे। \v 3 तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो। \v 4 अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्‍यो। \v 5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए। \v 6 त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो। \s1 अन्तिम भोज \p \v 7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो। \v 8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।” \p \v 9 तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?” \p \v 10 उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्‍नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ, \v 11 त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’ \v 12 तिनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।” \p \v 13 तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे। \p \v 14 जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्‍नुभयो। \v 15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ। \v 16 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” \p \v 17 कचौरा लिनुभएपछि उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभयो र भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड। \v 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।” \p \v 19 त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्‍वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।” \p \v 20 त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ। \v 21 तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ। \v 22 मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” \v 23 तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले। \p \v 24 तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो। \v 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्। \v 26 तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्। \v 27 किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु। \v 28 मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ। \v 29 अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ; \v 30 ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्‍नेछौ। \p \v 31 “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्‍ने अनुमति मागेको छ। \v 32 तर सिमोन तिम्रो विश्‍वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।” \p \v 33 तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।” \p \v 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्‍नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीन पल्ट अस्वीकार गर्नेछौ।” \p \v 35 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” \p तिनीहरूले जवाफ दिए, “भएन।” \p \v 36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन। \v 37 यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’\f + \fr 22:37 \fr*\ft \+xt यशै 53:12\+xt*\ft*\f* अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।” \p \v 38 चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” \p उहाँले भन्‍नुभयो, “भयो, त्यति भए पुग्छ।” \s1 येशूले जैतुन डाँडामा प्रार्थना गर्नुभएको \p \v 39 येशू बाहिर निस्केर सधैँझैँ जैतुन डाँडामा जानुभयो। अनि उहाँका चेलाहरू उहाँको पछि लागे। \v 40 त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।” \v 41 अनि उहाँ तिनीहरूबाट करिब एउटा ढुङ्गा हाने जतिको दूरी\f + \fr 22:41 \fr*\ft लगभग \ft*\fqa तीस मिटर\fqa*\f* पर जानुभयो, र घुँडा टेकेर प्रार्थना गर्नुभयो, \v 42 “हे पिता, तपाईंको इच्छा भएमा यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!” \v 43 स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए। \v 44 अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए। \p \v 45 जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो। \v 46 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।” \s1 येशूको पक्राउ \p \v 47 उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो। \v 48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्‍वासघात गर्दछौ?” \p \v 49 येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?” \v 50 अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए। \p \v 51 तर येशूले भन्‍नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो। \p \v 52 त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्‍नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो? \v 53 म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।” \s1 पत्रुसले येशूलाई तीन पल्ट इन्कार गरेका \p \v 54 त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए। \v 55 तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे। \v 56 तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।” \p \v 57 तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।” \p \v 58 केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” \p पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।” \p \v 59 लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्‍चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।” \p \v 60 पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो। \v 61 अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्‍नुभएको यो वचन सम्झे: “आज भाले बास्‍नुभन्दा पहिले तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” \v 62 तिनी बाहिर गए, र धुरुधुरु रोए। \s1 सिपाहीहरूले येशूको गिल्‍ला गरेका \p \v 63 येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गर्न र पिट्न थाले। \v 64 तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?” \v 65 अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने। \s1 पिलातस र हेरोदको सामु येशू \p \v 66 उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो। \v 67 तिनीहरूले सोधे, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन्।” \p येशूले जवाफ दिनुभयो, “मैले भनेँ भने पनि तपाईंहरूले मलाई विश्‍वास गर्नुहुन्‍न। \v 68 अनि यदि मैले प्रश्न गरेँ भने पनि तपाईंहरूले जवाफ दिनुहुन्‍न। \v 69 तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नेछ।” \p \v 70 तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्?” \p अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठिक भन्‍नुभयो।” \p \v 71 त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्‍यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।” \c 23 \p \v 1 त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे। \v 2 तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्‍ट, राजा हुँ’ भनी भन्छ।” \p \v 3 तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” \p “हो, तपाईंले भन्‍नुभएझैँ हो,” येशूले भन्‍नुभयो। \p \v 4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।” \p \v 5 तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।” \p \v 6 यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे। \v 7 जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए। \p \v 8 येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए। \v 9 तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन। \v 10 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए। \v 11 हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्‍ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए। \v 12 त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो। \p \v 13 पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए, \v 14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ। \v 15 हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्। \v 16 त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।” \v 17 चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एक जनालाई छोडिदिनुपर्थ्यो।\f + \fr 23:17 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \p \v 18 त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!” \v 19 (बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।) \p \v 20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे। \v 21 तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!” \p \v 22 तिनले तेस्रो पल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।” \p \v 23 तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे। तब तिनीहरूका आवाजको नै जित भयो। \v 24 यसरी पिलातसले तिनीहरूकै माग पूरा गरिदिने निर्णय गरे। \v 25 तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए। अनि येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए। \s1 येशू क्रूसमा टाँगिनुभएको \p \v 26 सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए। \v 27 धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए। \v 28 येशूले फर्केर तिनीहरूलाई भन्‍नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। \v 29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्‍नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’ \v 30 त्यसपछि, \q1 “ ‘तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!” \q2 र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!” भन्‍नेछन्।’\f + \fr 23:30 \fr*\ft \+xt होशे 10:8\+xt*\ft*\f* \m \v 31 किनकि रूख हरियो छँदै मानिसहरूले यसो भन्छन् भने त्यो सुकेपछि झन् के गर्लान्?” \p \v 32 अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। \v 33 तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। \v 34 येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे। \p \v 35 भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्‍वरको ख्रीष्‍ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।” \p \v 36 सिपाहीहरू पनि आए, र उहाँको गिल्‍ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, \v 37 र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।” \p \v 38 उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: \pc “यो यहूदीहरूको राजा हो।” \p \v 39 त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!” \p \v 40 तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्? \v 41 हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।” \p \v 42 त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!” \p \v 43 येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” \s1 येशूको मृत्यु \p \v 44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। \v 45 किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो। \v 46 येशूले चर्को सोरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।”\f + \fr 23:46 \fr*\ft \+xt भजन 31:5\+xt*\ft*\f* यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। \p \v 47 यी सबै भएको घटना देखेर सेनापतिले परमेश्‍वरको प्रशंसा गर्दै भने, “निश्‍चय नै यिनी धर्मी मानिस थिए।” \v 48 जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के। \v 49 तर उहाँलाई चिन्‍नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए। \s1 येशूको दफन \p \v 50 त्यहाँ योसेफ नाम भएका महासभाका एक सदस्य, एक असल र धर्मी मानिस थिए, \v 51 जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। \v 52 पिलातसकहाँ गएर तिनले येशूको लास मागे। \v 53 त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन। \v 54 यो तयारीको दिन थियो, र शब्बाथ सुरु हुनै लागेको थियो। \p \v 55 गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे। \v 56 त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे। \c 24 \s1 येशू फेरि जीवित हुनुभएको \p \v 1 हप्‍ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए। \v 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। \v 3 तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। \v 4 यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्‍कासि तिनीहरूका अगि उभिए। \v 5 ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ? \v 6 उहाँ यहाँ हुनुहुन्‍न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ: \v 7 ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ” \v 8 तब तिनीहरूले उहाँका वचन सम्झे। \p \v 9 चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने। \v 10 प्रेरितहरूलाई यी कुराहरू भन्‍नेहरूमा मरियम मग्दलिनी, योअन्‍ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए। \v 11 तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्‍वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो। \v 12 तर पत्रुस उठे, र चिहानतिर दगुरे। निहुरेर हेर्दा तिनले त्यहाँ मलमलका कपडाका पट्टीहरू मात्र देखे; अनि के भएको हो भन्‍ने कुरामा उनी अचम्म मान्दै फर्के। \s1 इम्माउसको बाटोमा येशू \p \v 13 अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए। \v 14 तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए। \v 15 तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो। \v 16 तर तिनीहरूले उहाँलाई चिन्‍न नसक्ने तुल्याइएका थिए। \p \v 17 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” \p तिनीहरू मलिन अनुहार पार्दै टक्‍क अडिए। \v 18 तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?” \p \v 19 उहाँले सोध्नुभयो, “के कुरा?” \p तिनीहरूले जवाफ दिए, “नासरतको येशूको विषयमा, उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो। अनि परमेश्‍वर र सबै मानिसहरूका सामु वचन र कर्ममा शक्तिमान् हुनुहुन्थ्यो। \v 20 मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, \v 21 तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्‍ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो। \v 22 त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्‍कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए, \v 23 तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्‍ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए। \v 24 त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।” \p \v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्‍वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ! \v 26 के ख्रीष्‍टले यी सबै कष्‍टहरू भोग्न र त्यसपछि आफ्नो महिमामा प्रवेश गर्नुपर्ने आवश्यक थिएन र?” \v 27 अनि मोशा र अगमवक्ताहरूबाट सुरु गरेर उहाँले सम्पूर्ण धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका सबै कुराहरूको अर्थ तिनीहरूलाई व्याख्या गरिदिनुभयो। \p \v 28 तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो। \v 29 तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्‍नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्‍न उहाँ भित्र पस्‍नुभयो। \p \v 30 जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो। \v 31 त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्‍टिबाट ओझेल हुनुभयो। \v 32 तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?” \p \v 33 तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे। \v 34 अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।” \v 35 त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए। \s1 येशू चेलाहरूकहाँ देखा पर्नुभएको \p \v 36 तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” \p \v 37 तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए। \v 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ? \v 39 मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।” \p \v 40 यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो। \v 41 अनि जब आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्‍वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?” \v 42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए। \v 43 अनि उहाँले त्यो लिनुभयो र तिनीहरूकै सामु खानुभयो। \p \v 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूसँगै हुँदा मैले तिमीहरूलाई भनेको कुरा यही हो: मोशाको व्यवस्था, अगमवक्ताहरू र भजनहरूका पुस्तकमा मेरा विषयमा लेखिएका हरेक कुरा पूरा हुनैपर्छ।” \p \v 45 त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो। \v 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ: ख्रीष्‍टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ। \v 47 अनि यरूशलेमदेखि सुरु गरेर सबै राष्ट्रहरूमा उहाँको नाममा पाप क्षमाको पश्‍चात्तापको प्रचार हुनेछ। \v 48 तिमीहरू यिनै कुराहरूका साक्षी छौ। \v 49 मेरा पिताले प्रतिज्ञा गर्नुभएको कुरा म तिमीहरूकहाँ पठाउनेछु, तर माथिबाट आउने शक्तिले सुसज्जित नभएसम्म यही सहरमा बसिरहो।” \s1 येशू स्वर्गमा उठाइलगिनुभएको \p \v 50 येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। \v 51 तिनीहरूलाई आशीर्वाद दिइरहनुहुँदा उहाँ तिनीहरूबाट अलग हुनुभयो र माथि स्वर्गमा उठाइलगिनुभयो। \v 52 अनि तिनीहरूले उहाँलाई दण्डवत् गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के। \v 53 अनि परमेश्‍वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।