\id LEV - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h लेवी \toc1 लेवीको पुस्तक \toc2 लेवी \toc3 लेवी \mt1 लेवीको पुस्तक \c 1 \s1 होमबलि \p \v 1 याहवेहले मोशालाई बोलाउनुभयो, र समागम पालबाट तिनीसित कुरा गर्नुभयो। उहाँले भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू। \p \v 3 “ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ। \v 4 त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्‍चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ। \v 5 त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्। \v 6 त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्। \v 7 पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्। \v 8 त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्। \v 9 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो। \p \v 10 “ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्। \v 11 त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्। \v 12 त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्। \v 13 त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो। \p \v 14 “ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्। \v 15 पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्। \v 16 त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्। \v 17 त्यसले त्यसलाई नटुक्राइकन पखेटाको बीचमा चिरोस्। अनि पुजारीले त्यसलाई वेदीमाथि बलिरहेको दाउरामाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो। \c 2 \s1 अन्‍नबलि \p \v 1 “ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्। \v 2 अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्‍ना। \v 3 अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। \p \v 4 “ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्। \v 5 यदि तिमीहरूका अन्‍नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्। \v 6 त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्‍नबलि हो। \v 7 तिमीहरूका अन्‍नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्। \v 8 यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ। \v 9 त्यस पुजारीले अन्‍नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्‍नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्। \v 10 अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। \p \v 11 “ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्‍नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू। \v 12 तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्‍नाको रूपमा नचढाउनू। \v 13 तिमीहरूका सबै अन्‍नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्‍वरको करारको नुनलाई तिमीहरूका अन्‍नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू। \p \v 14 “ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्‍नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्‍नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्‍नका बालाहरू चढाउनू। \v 15 त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्‍नबलि हो। \v 16 पिँधेको अन्‍न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्। \c 3 \s1 मेलबलि \p \v 1 “ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्। \v 2 त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्। \v 3 त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्, \v 4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नु। \v 5 त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो। \p \v 6 “ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्। \v 7 त्यसले बलिको लागि थुमा चढाउँछ भने याहवेहको सामु यस प्रकारले चढाओस्ः \v 8 त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्। \v 9 मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो, \v 10 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्। \v 11 पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्। \p \v 12 “ ‘यदि त्यसको बलिचाहिँ बाख्रा हो भने त्यसले यो याहवेहको सामु चढाओस्। \v 13 त्यसले आफ्नो हात त्यसको टाउकोमाथि राखेर त्यसलाई समागम पालको सामु मारोस्। त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको चारैतिर छर्कून्। \v 14 त्यसले जे थोक चढाउँछ, त्यो भेटी याहवेहलाई अग्निबलिको रूपमा चढाओस्: भित्री अङ्गहरू र त्यससित गाँसिएका भागहरूलाई छोप्ने सबै बोसो, \v 15 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्। \v 16 पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्‍नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्। \p \v 17 “ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ” \c 4 \s1 पाप शुद्धीकरण बलि \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूलाई यसो भन्: ‘जब कसैले अनजानमा पाप गर्छ र याहवेहका आज्ञाअनुसार निषेध गरिएको काम गर्छ भने— \p \v 3 “ ‘यदि प्रधान पुजारीले\f + \fr 4:3 \fr*\ft अथवा \ft*\fqa अभिषिक्त पुजारीले; \+xt 4:5, 16\+xt*पदमा पनि।\fqa*\f* पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्। \v 4 त्यसले त्यस बाछालाई समागम पालको प्रवेशद्वारमा याहवेहको सामु प्रस्तुत गरोस्। त्यसले आफ्नो हात त्यसको शिरमाथि राखेर त्यसलाई याहवेहको सामु मारोस्। \v 5 त्यसपछि प्रधान पुजारीले बाछाको रगतबाट केही लिएर त्यसलाई समागम पालभित्र ल्याओस्। \v 6 त्यसले आफ्नो औँला रगतमा चोपेर त्यसबाट केही समागम पालको पर्दाको सामु याहवेहको अगिल्तिर सात चोटि छर्कोस्। \v 7 त्यसपछि पुजारीले केही रगत समागम पालमा याहवेहको सामु भएको सुगन्धित धूपको वेदीका सिङहरूमाथि लगाओस्। उब्रेको रगतलाई चाहिँ त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। \v 8 त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो, \v 9 कम्मरनिर भएको बोसो, र दुवै मिर्गौलासमेत कलेजोलाई छोप्ने भागहरू त्यसले मिर्गौलाहरूसितै, \v 10 मेलबलिका निम्ति बलिदान गरिएको गोरुबाट\f + \fr 4:10 \fr*\ft हिब्रू शब्दले नर वा मादा दुवैलाई जनाउन सक्छ।\ft*\f* बोसो निकालेझैँ निकालोस्। त्यसपछि पुजारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्। \v 11 तर त्यस बाछाको छाला, त्यसका सबै मासु, टाउको, खुट्टाहरू, भित्री भागहरू र गोबर— \v 12 अर्थात् बाछाको सबै उब्रेका भागहरू त्यसले छाउनीको बाहिर शुद्ध गरिएको ठाउँमा खरानी फ्याँक्ने ठाउँमा लैजाओस्। अनि त्यसलाई खरानीको थुप्रोमाथि दाउराको आगोमा जलाओस्। \p \v 13 “ ‘यदि इस्राएलीहरूका सारा समुदायले अनजानमा पाप गर्छन्, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरिएका कुनै काम गर्छन् भने त्यो समुदाय अज्ञानी भए तापनि तिनीहरू दोषी हुन्। \v 14 जब आफूले गरेका पाप तिनीहरूलाई थाहा हुन्छ, तब समुदायले पाप शुद्धीकरण बलिस्वरूप एउटा बाछा ल्याएर समागम पालको सामु लिएर आऊन्। \v 15 समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्। \v 16 त्यसपछि प्रधान पुजारीले त्यस बाछाको केही रगत लिएर समागम पालभित्र ल्याओस्। \v 17 त्यसले आफ्नो औँला रगतमा चोपेर याहवेहको अगि पर्दाको सामु सात चोटि छर्कोस्। \v 18 त्यसले केही रगत समागम पालमा याहवेहको सामु भएको वेदीका सिङहरूमा लगाओस्। बाँकी रहेको रगत त्यसले समागम पालको प्रवेशद्वारमा भएको होमबलिको वेदीको फेदमा खन्याओस्। \v 19 त्यसले सबै बोसो त्यसबाट निकालोस् र त्यसलाई वेदीमाथि जलाओस्। \v 20 अनि त्यस बाछालाई पाप शुद्धीकरण बलिको बाछालाई गरेझैँ गरोस्। यसरी पुजारीले तिनीहरूका निम्ति प्रायश्‍चित गरून्; अनि तिनीहरूलाई क्षमा गरिनेछ। \v 21 त्यसपछि त्यसले बाछालाई छाउनीको बाहिर लैजाओस्, र त्यसलाई पहिलो बाछालाई जस्तै जलाओस्। यो समुदायका निम्ति पाप शुद्धीकरण बलि हो। \p \v 22 “ ‘जब कुनै अगुवाले अनजानमा पाप गर्छ, र याहवेह आफ्नो परमेश्‍वरका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ, त्यो दोषी हुन्छ। \v 23 जब त्यसले गरेको पाप त्यसलाई प्रकट गराइन्छ, तब त्यसले बलिको रूपमा एउटा निष्खोट बोका ल्याउनुपर्छ। \v 24 त्यसले बोकाको शिरमाथि आफ्नो हात राखोस्, र त्यसलाई याहवेहको सामु होमबलि मारिने ठाउँमा मार्नुपर्छ। यो पाप शुद्धीकरण बलि हो। \v 25 त्यसपछि पुजारीले पाप शुद्धीकरण बलिको रगतबाट आफ्नो औँलाले केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। \v 26 त्यसले सबै बोसो आफूले मेलबलिलाई गरेझैँ वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यस मानिसको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। \p \v 27 “ ‘समुदायको कसैले अनजानमा पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ भने त्यो दोषी हुन्छ। \v 28 जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्। \v 29 त्यसले त्यस पाप शुद्धीकरण बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई होमबलि चढाउने ठाउँमा मारोस्। \v 30 त्यसपछि पुजारीले आफ्नो औँलाले त्यसबाट केही रगत लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्, र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। \v 31 मेलबलिबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्। यसरी पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। \p \v 32 “ ‘यदि त्यसले आफ्नो पाप शुद्धीकरण बलिको रूपमा एउटा भेडाको पाठी ल्याउँछ भने त्यसले निष्खोट पाठी ल्याओस्। \v 33 त्यसको शिरमाथि त्यसले आफ्नो हात राखोस् र त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा होमबलि मारिने ठाउँमा मारोस्। \v 34 त्यसपछि पुजारीले आफ्नो औँलाले पाप शुद्धीकरण बलिको रगतबाट केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस्। अनि बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। \v 35 मेलबलिको भेडाको पाठोबाट बोसो निकालेझैँ त्यसले सबै बोसो झिकोस्। अनि पुजारीले त्यसलाई याहवेहलाई होमबलिको रूपमा चढाइने बलिको रूपमा वेदीमाथिको टुप्पोमा जलाओस्। यस किसिमले पुजारीले त्यसको लागि त्यसले गरेको पापको प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। \c 5 \p \v 1 “ ‘यदि कुनै व्यक्तिले यस्तो किसिमको पाप गर्‍यो, कि साक्षी भईकन पनि आफूले देखेको र जानेको विषयमा जनसाधारण अगि बोल्नुपर्दा पनि त्यस मानिसले केही बोलेन भने त्यो त्यसको लागि जिम्मेवार ठहराइनेछ। \p \v 2 “ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्‍डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ। \v 3 अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ। \v 4 अथवा कसैले असल वा खराब केही गर्छु भनेर सोचविचारै नगरी शपथ खायो वा असावधानी भएर कुनै कुरामा शपथ खायो भने, र त्यसलाई त्यसको बारेमा ज्ञानै भएन, तर पनि जब त्यसले त्यो कुरालाई महसुस गर्छ, तब त्यो दोषी ठहरिनेछ। \v 5 यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ। \v 6 अनि त्यसले गरेको पापका दण्डस्वरूप याहवेहकहाँ बगालबाट पाप शुद्धीकरण बलिका लागि भेडाको पाठी वा बाख्राको पाठी ल्याओस्। अनि पुजारीले त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। \p \v 7 “ ‘यदि त्यो थुमा ल्याउन आर्थिक रूपमा असक्षम छ भने कलिला दुई वटा ढुकुर वा परेवाहरू याहवेहको सामु ल्याओस्—एउटा पाप शुद्धीकरण बलिका निम्ति र अर्को होमबलिका निम्ति। \v 8 त्यसले ती पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पाप शुद्धीकरण बलिका निम्ति चढाउनेछ। त्यसले त्यसको शिरलाई नचुँडाइकन घाँटी निमोठोस्, \v 9 अनि त्यसको केही रगत पाप शुद्धीकरण बलिको रूपमा वेदीको छेउमा छर्कोस्। बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। यो पाप शुद्धीकरण बलि हो। \v 10 त्यसपछि पुजारीले अर्कोलाई चाहिँ होमबलिस्वरूप तोकिएको विधिअनुसार चढाओस्। अनि त्यसले गरेको पापको लागि त्यसका निम्ति प्रायश्‍चित गरोस्, र त्यसले क्षमा पाउनेछ। \p \v 11 “ ‘तर त्यो दुई वटा कलिला ढुकुर वा परेवा ल्याउन पनि आर्थिक रूपमा असक्षम छ भने त्यसले आफ्नो पापका लागि पाप शुद्धीकरण बलिस्वरूप एपाको दशौँ भाग\f + \fr 5:11 \fr*\ft लगभग 1.6 किलो\ft*\f* मसिनो पिठो ल्याओस्। त्यो पाप शुद्धीकरण बलि भएको हुनाले त्यसले त्यसमा जैतुनको तेल र धूप नराखोस्। \v 12 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले त्यसबाट सम्झनाको भागका निम्ति एक मुठी लिएर याहवेहका निम्ति अग्निबलिको वेदीमाथि जलाओस्। यो पाप शुद्धीकरण बलि हो। \v 13 यस किसिमले पुजारीले त्यसका निम्ति यी पापहरूमध्ये कुनै पनि पापको लागि प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यसको बाँकी भाग अन्‍नबलिको समान पुजारीको हुनेछ।’ ” \s1 दोषबलि \p \v 14 फेरि याहवेहले मोशालाई भन्‍नुभयो: \v 15 “जब कसैले आज्ञा उल्‍लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार\f + \fr 5:15 \fr*\ft लगभग 12 ग्राम\ft*\f* चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो। \v 16 त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। \p \v 17 “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ। \v 18 त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। \v 19 यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।” \c 6 \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो: \v 2 “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्‍वासघाती बन्छ भने, \v 3 अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने; \v 4 जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ, \v 5 अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ। \v 6 अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्। \v 7 यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।” \s1 होमबलि \p \v 8 याहवेहले मोशालाई भन्‍नुभयो: \v 9 “हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्। \v 10 त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्। \v 11 तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्। \v 12 वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्। \v 13 वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्। \s1 अन्‍नबलि \p \v 14 “ ‘अन्‍नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्। \v 15 पुजारीले एक मुठी मसिनो पिठो र केही जैतुनको तेल, र सबै धूपहरू त्यस अन्‍नबलिमाथि लिएर सम्झनाको भाग याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्। \v 16 बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ। \v 17 त्यसलाई खमिरसित पकाइनुहुँदैन। त्यो म याहवेहलाई अग्निबलिको रूपमा चढाइएका भेटीहरूबाट तिनीहरूको भागस्वरूप मैले तिनीहरूलाई दिएको छु। पाप शुद्धीकरण बलि र दोषबलिझैँ त्यो अति पवित्र छ। \v 18 हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्।\f + \fr 6:18 \fr*\ft अथवा \ft*\fqa जो कोहीले यी बलिहरूलाई छुन्छन्, ती पवित्र हुनुपर्छ\fqa*\ft ; \+xt 27|link-href="LEV 6:27"\+xt* पदमा पनि।\ft*\f*’ ” \p \v 19 याहवेहले मोशालाई भन्‍नुभयो, \v 20 “हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग\f + \fr 6:20 \fr*\ft लगभग 1.6 किलो\ft*\f* नियमित अन्‍नबलिको रूपमा बिहान आधा र बेलुका आधा। \v 21 त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्‍नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा प्रस्तुत गर्नू। \v 22 जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्। \v 23 पुजारीको हरेक अन्‍नबलि सबै जलाइओस्, यो खानुहुँदैन।” \s1 पाप शुद्धीकरण बलि \p \v 24 याहवेहले मोशालाई भन्‍नुभयो, \v 25 “हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो। \v 26 जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्। \v 27 जुन कुरोले यो मासुलाई छुन्छ, त्यो पवित्र हुनेछ। अनि रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्यसलाई कुनै पवित्र ठाउँमा धुनुपर्छ। \v 28 मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ। \v 29 पुजारीका परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ, त्यो अति पवित्र हो। \v 30 तर कुनै पाप शुद्धीकरण बलिको रगत पवित्र ठाउँमा प्रायश्‍चितका लागि समागम पालभित्र ल्याइयो भने त्यसलाई खानुहुँदैन। यसलाई आगोमा जलाइनुपर्छ। \c 7 \s1 दोषबलि \p \v 1 “ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ: \v 2 दोषबलिलाई होमबलि मारिएको ठाउँमा मारियोस्। अनि त्यसको रगत वेदीको चारैतिर छर्कियोस्। \v 3 त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो, \v 4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ। \v 5 पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो। \v 6 पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ। \p \v 7 “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो। \v 8 कसैका निम्ति होमबलि चढाउने पुजारीले त्यसको छाला आफ्नै निम्ति राख्न सक्छ। \v 9 चुलोमा पकाइएका अथवा ताप्के वा तावामा पकाइएका हरेक अन्‍नबलि त्यसलाई चढाउने पुजारीको हो। \v 10 जैतुन तेलसँग मिसाइएको अथवा सुक्खा हरेक अन्‍नबलि हारूनका सबै छोराहरूका निम्ति बराबर भाग हो। \s1 मेलबलि \p \v 11 “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्: \p \v 12 “ ‘यदि यसलाई धन्यवाद दिनलाई चढाएको हो भने त्यसले आफ्नो धन्यवाद बलिको साथमा अखमिरी, जैतुन तेल मिसाएर पकाइएको बाक्लो रोटी, अखमिरी, तेल दलेर बनाइएको पातलो रोटी र मसिनो पिठो राम्रो गरी मुछेर तेल मिसाएको फुरौला चढाओस्। \v 13 त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्। \v 14 त्यसले हरेक किसिमका रोटी एक-एक गरी भेटीको रूपमा याहवेहका निम्ति स्वेच्छा भेटीस्वरूप ल्याओस्। यो मेलबलिको रगत छर्कने पुजारीको हो। \v 15 धन्यवादको मेलबलिको मासु त्यसलाई चढाइएको दिनमै खाइयोस्। त्यसले यसको केही भाग पनि बिहानसम्म नराखोस्। \p \v 16 “ ‘तर यदि त्यसको भेटी भाकलको अथवा स्वेच्छा-भेटी हो भने त्यो बलिदान यसलाई चढाइएकै दिन खाइयोस्। तर केही उब्रियो भने भोलिपल्ट खान सकिन्छ। \v 17 तेस्रो दिनसम्म उब्रेका बलिदानको मासु जलाइयोस्। \v 18 यदि कसैले मेलबलिको मासु उब्रेको तेस्रो दिनमा खायो भने त्यो ग्रहणयोग्य हुनेछैन। त्यो अशुद्ध भएकोले त्यसलाई चढाउनेले त्यो चढाएको मान्यता पाउनेछैन। यसलाई खाने व्यक्ति दोषी ठहरिनेछ। \p \v 19 “ ‘विधिपूर्वक अशुद्ध कुरालाई छोएको मासु खान हुँदैन, त्यो जलाइयोस्। अरू मासुचाहिँ विधिपूर्वक शुद्ध भएकाहरूले खान सक्छन्। \v 20 तर कुनै अशुद्ध व्यक्तिले मेलबलिबाट याहवेहको भाग खायो भने त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्। \v 21 यदि कसैले कुनै अशुद्ध कुरा छोयो भने चाहे त्यो मानिसको अशुद्धता अथवा अशुद्ध पशु वा कुनै घृणित कुरो होस्, त्यसले याहवेहका मेलबलिको भाग खायो भने त्यस व्यक्तिलाई समाजबाट बहिष्कार गरियोस्।’ ” \s1 बोसो र रगत खान निषेध \p \v 22 याहवेहले मोशालाई भन्‍नुभयो, \v 23 “इस्राएलीहरूलाई यसो भन्: ‘कुनै गाईबस्तु, भेडा अथवा बोकाको बोसो नखानू। \v 24 प्राकृतिक रूपमा मरेको अथवा वन पशुहरूद्वारा मारिएको पशु भेट्टाइयो भने त्यसको बोसोलाई अरू काममा लगाउन सकिन्छ। तर तिमीहरूले चाहिँ त्यो खाँदै नखानू। \v 25 जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। \v 26 तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू। \v 27 जुन व्यक्तिले रगत खान्छ, त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गरियोस्।’ ” \s1 पुजारीहरूका भाग \p \v 28 याहवेहले मोशालाई भन्‍नुभयो, \v 29 “इस्राएलीहरूलाई यसो भन्: ‘जसले याहवेहका निम्ति मेलबलि ल्याउँछ, त्यसले यसको केही भाग याहवेहका निम्ति आफ्नो बलिदानस्वरूप ल्याओस्। \v 30 त्यसले याहवेहका निम्ति अग्निबलिको भेटी आफ्नै हातले ल्याओस्। त्यसले बोसो ह्‍याकुलोसितै ल्याओस्; अनि त्यस ह्‍याकुलोलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालिओस्। \v 31 पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्‍याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ। \v 32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू। \v 33 हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ। \v 34 मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ” \p \v 35 याहवेहकहाँ अग्निबलिको भेटीको भाग यही हो, जुन पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई प्रस्तुत गरिएको दिन तिनीहरूका निम्ति भाग लगाइएको थियो। \v 36 तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो। \p \v 37 यसकारण होमबलि, अन्‍नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्, \v 38 जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो। \c 8 \s1 हारून र तिनका छोराहरूको अभिषेक \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज। \v 3 अनि सारा समुदायलाई समागम पालको प्रवेशद्वारमा भेला गर्।” \v 4 तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो। \p \v 5 मोशाले समुदायलाई भने, “याहवेहले यसो गर्नू भन्‍ने आज्ञा दिनुभएको छ।” \v 6 तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए। \v 7 तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्‍याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो। \v 8 तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए। \v 9 त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए। \p \v 10 त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे। \v 11 तिनले वेदी र त्यसका सबै भाँडाकुँडा, बाटा र त्यसको खम्बालाई अर्पण गर्नलाई अभिषेक गर्दै केही तेल वेदीमाथि सात चोटि छर्के। \v 12 तिनले अभिषेक गर्ने तेलबाट केही लिएर हारूनलाई पवित्र गरे, र अभिषेक गर्नका लागि तिनको शिरमाथि खन्याए। \v 13 त्यसपछि तिनले हारूनका छोराहरूलाई अगाडि ल्याएर लबेदा लगाइदिए। पटुका बाँधिदिए, र याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ तिनीहरूको शिरमा फेटा बाँधिदिए। \p \v 14 त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे। \v 15 मोशाले त्यस बाछालाई मारे। अनि केही रगत लिएर वेदीलाई शुद्ध पार्नलाई आफ्ना औँलाले वेदीका सबै सिङहरूमाथि छर्के। तिनले उब्रेको रगत वेदीको फेदमा खन्याइदिए। यसरी तिनले प्रायश्‍चित गर्नलाई वेदीलाई अर्पण गरे। \v 16 मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए। \v 17 तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए। \p \v 18 त्यसपछि तिनले होमबलिको निम्ति भेडा प्रस्तुत गरे। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। \v 19 तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के। \v 20 मोशाले भेडालाई टुक्रा-टुक्रा पारी काटे; अनि टाउको, टुक्राहरू र बोसो जलाए। \v 21 मोशाले भित्री भागहरू र खुट्टाहरू पानीले पखाले; अनि त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको मिठो बास्‍नाको होमबलिस्वरूप तिनले सिङ्गै भेडा वेदीमा जलाए; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। \p \v 22 त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। \v 23 मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए। \v 24 मोशाले हारूनका छोराहरूलाई पनि अगाडि ल्याए। केही रगत लिएर तिनीहरूका दाहिने कानका लोतीहरूमा, तिनीहरूका दाहिने हातका बूढी औँलाहरूमा र तिनीहरूका दाहिने खुट्टाका बूढी औँलाहरूमा लगाइदिए। त्यसपछि तिनले वेदीका चारैतिर रगत छर्किदिए। \v 25 त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए। \v 26 त्यसपछि तिनले याहवेहको सामु राखिएको खमिर नमिसाइएको रोटीको टोकरीबाट एउटा बाक्लो रोटी र जैतुन तेल मिसाएर बनाएको एउटा बाक्लो रोटी र एउटा पातलो रोटी लिएर तिनले ती बोसोको भाग र दाहिने फिलामा हाले। \v 27 तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। \v 28 त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्‍नाझैँ उहाँलाई चढाए। \v 29 मोशाले ह्‍याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। \p \v 30 त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे। \p \v 31 त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू। \v 32 त्यसपछि उब्रेका मासु र रोटी त्यसलाई जलाइदिनू। \v 33 तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्‍त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू। \v 34 आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्‍चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो। \v 35 तिमीहरू समागम पालको प्रवेशद्वारमा सात दिनसम्म दिउँसो र राति बस्‍नू। याहवेहले चाहेझैँ गर्नू; अनि तिमीहरू मर्नेछैनौ। किनकि मलाई यही आज्ञा भएको छ।” \p \v 36 यसकारण हारून र तिनका छोराहरूले याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ सबै कार्य गरे। \c 9 \s1 पुजारीहरूले आफ्नो सेवा सुरु गरेका \p \v 1 आठौँ दिनमा मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका प्रधानहरूलाई बोलाए। \v 2 तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू। \v 3 त्यसपछि इस्राएलीहरूलाई भन्‍नू: ‘पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका, होमबलिका निम्ति एउटा बाछा र एउटा थुमा ल्याउनू—दुवै एक वर्ष र निष्खोट भएको। \v 4 अनि मेलबलिका निम्ति एउटा गोरु र एउटा भेडा जैतुन तेलसँग मिसाएको अन्‍नबलिको साथमा याहवेहको सामु बलिदान गर्न ल्याउनू; किनकि आज याहवेह तिमीहरूकहाँ देखा पर्नुहुनेछ।’ ” \p \v 5 तिनीहरूले मोशाले आज्ञा गरेका चीजहरू समागम पालको सामु लगे। अनि सारा समुदाय नजिक आएर याहवेहको सामु उभिए। \v 6 तब मोशाले भने, “याहवेहको महिमा तिमीहरूकहाँ देखा परोस् भनेर तिमीहरूले के गर्नुपर्छ भनी याहवेहले आज्ञा दिनुभएको यही हो।” \p \v 7 मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्‍चित गर्नुहोस्।” \p \v 8 यसकारण हारून वेदीको छेउमा आए, र आफ्नै निम्ति पाप शुद्धीकरण बलिस्वरूप बाछालाई मारे। \v 9 हारूनका छोराहरूले उनीकहाँ रगत ल्याए। तिनले आफ्नो औँला रगतमा चोपेर त्यसलाई वेदीका सिङहरूमा लगाए। उब्रेको रगत तिनले वेदीको फेदमा खन्याइदिए। \v 10 वेदीमाथि तिनले पाप शुद्धीकरण बलिबाट बोसो, मिर्गौलाहरू र कलेजोको आवरण, याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ जलाए। \v 11 मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए। \p \v 12 तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के। \v 13 हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए। \v 14 तिनले भित्री भागहरू र खुट्टाहरू धोएर वेदीमाथि भएको होमबलिको टुप्पोमा राखेर जलाइदिए। \p \v 15 त्यसपछि हारूनले मानिसहरूका निम्ति बलि ल्याएर तिनीहरूका पाप शुद्धीकरण बलिको बोका मारे; अनि पहिलेको जस्तै पाप शुद्धीकरण बलिका लागि त्यो चढाए। \p \v 16 तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए। \v 17 त्यसपछि तिनले अन्‍नबलि पनि ल्याए। त्यसबाट एक मुठी लिएर बिहानको होमबलिसँगै त्यसलाई पनि वेदीमाथि चढाए। \p \v 18 तिनले मानिसहरूका निम्ति मेलबलिस्वरूप गोरु र भेडालाई मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए। अनि तिनले त्यसलाई वेदीका चारैतिर भित्ताहरूमा छर्के। \v 19 तर गोरु र भेडाका बोसोका भागहरू, बोसे पुच्छर, बोसोको पत्र, मिर्गौलाहरू र कलेजोको आवरण; \v 20 तिनीहरूले ह्‍याकुलाहरूमाथि राखे। अनि त्यसपछि हारूनले बोसोलाई वेदीमाथि जलाइदिए। \v 21 हारूनले ह्‍याकुलाहरू र दाहिने फिला मोशाले आज्ञा दिएझैँ विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे। \p \v 22 तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले। \p \v 23 त्यसपछि मोशा र हारून समागम पालभित्र गए। जब तिनीहरू बाहिर निस्के, तब तिनीहरूले मानिसहरूलाई आशिष् दिए। तब याहवेहको महिमा सबै मानिसहरूकहाँ देखा पर्‍यो। \v 24 याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे। \c 10 \s1 नादाब र अबीहूको मृत्यु \p \v 1 हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए। \v 2 यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे। \v 3 तब मोशाले हारूनलाई भने, “याहवेहले भन्‍नुभएको कुरा यही हो: \q1 “ ‘मेरो नजिक आउनेहरूमा \q2 म आफूलाई पवित्र देखाउनेछु; \q1 अनि सबै मानिसहरूका सामु \q2 म सम्मानित हुनेछु।’ ” \m हारून चुपचाप बसे। \p \v 4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।” \v 5 यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे। \p \v 6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्‍ला नछोड्नू\f + \fr 10:6 \fr*\ft अथवा \ft*\fqa आफ्ना शिर ढाक\fqa*\f* र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्‍ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्। \v 7 समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे। \p \v 8 त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो, \v 9 “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो। \v 10 तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्‍नता राख्न सक। \v 11 अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।” \p \v 12 मोशाले हारून र तिनका बाँकी रहेका छोराहरू, एलाजार र ईतामारलाई भने, “याहवेहका निम्ति आगोद्वारा चढाइएको अन्‍नबलिबाट उब्रेको भाग, जो खमिरविनाको छ, यसलाई लिएर वेदीको छेउमा खानू; किनकि यो अति पवित्र छ। \v 13 यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ। \v 14 तर तिमीहरू र तिमीहरूका छोराछोरीहरूले विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला र चढाइएको फिला खान सक्छौ। यिनलाई विधिपूर्वक शुद्ध पारिएको ठाउँमा खानू। तिमीहरू र तिमीहरूका सन्तानलाई इस्राएलीहरूका मेलबलिहरूबाट तिमीहरूका भागको रूपमा दिइएको हो। \v 15 चढाइएको फिला र विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला भेटीस्वरूप याहवेहको सामु आगोद्वारा चढाइएको बोसोको भागसित ल्याउनुपर्छ। याहवेहले आज्ञा गर्नुभएझैँ यी कुराहरू तिमीहरू र तिमीहरूका सन्तानको नियमित भाग हुनेछ।” \p \v 16 जब मोशाले पाप शुद्धीकरण बलिको बोकाको विषयमा सोधखोज गरे, र त्यसलाई जलाइसकेको थाहा पाए, तब हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसित तिनी रिसाएर सोधे, \v 17 “तिमीहरूले पाप शुद्धीकरण बलिलाई पवित्रस्थानमा किन खाएनौ? यो अति पवित्र हो। यो तिमीहरूलाई याहवेहको सामु समुदायका निम्ति प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउनका निम्ति दिइएको थियो। \v 18 त्यसको रगत पवित्रस्थानभित्र नलगिएको कारण मैले तिमीहरूलाई आज्ञा दिएझैँ तिमीहरूले त्यस बोकालाई पवित्रस्थानमा खानुपर्थ्यो।” \p \v 19 हारूनले मोशालाई जवाफ दिए, “आज तिनीहरूले आफ्ना पाप शुद्धीकरण बलि र होमबलि याहवेहको सामु चढाए। तर यस्ता कुराहरू ममाथि आइपरे। मैले आज त्यो पाप शुद्धीकरण बलि खाएको भए के याहवेह मसित प्रसन्‍न हुनुहुनेथियो?” \v 20 तब मोशाले यो कुरा सुनेपछि सन्तुष्‍ट भए। \c 11 \s1 शुद्ध र अशुद्ध भोजन \p \v 1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूलाई भन्: ‘जमिनमाथि रहने सबै पशुहरूमध्ये तिमीहरूले खान हुने यिनीहरू हुन्: \v 3 खुर अलग भएका, चिरिएका र उग्राउने जुनसुकै पशु पनि तिमीहरूले खान सक्छौ। \p \v 4 “ ‘कतिपय पशुहरू, जसले उग्राउँछन् अथवा खुर मात्र चिरिएका हुन्छन्, तर ती नखानू। ऊँट, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका लागि अशुद्ध छ। \v 5 भिर खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। \v 6 खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। \v 7 अनि सुँगुर, त्यसको खुर पूरा चिरिएको भए तापनि त्यसले उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध छ। \v 8 तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्। \p \v 9 “ ‘समुद्र र खोलाहरूमा बस्‍ने जन्तुहरूमध्ये पखेटा र कत्ला भएका जुनसुकै जन्तु तिमीहरूले खान सक्छौ। \v 10 तर समुद्र र खोलाहरूमा बस्‍ने सबै जन्तुहरू, जसका पखेटा र कत्ला छैनन्—चाहे समूहमा बस्‍नेहरू होऊन्, वा पानीका अरू जन्तु होऊन्—तिमीहरूका निम्ति घृणित कुरा हुन्। \v 11 ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्‍नू। \v 12 पानीमा बस्‍ने जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूका लागि घृणित हो। \p \v 13 “ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड,\f + \fr 11:13 \fr*\ft यस अध्यायमा भएका केही चराचुरुङ्गी, किराफट्याङ्ग्रा र जनावरहरूको स्पष्‍ट पहिचान अनिश्‍चित छ।\ft*\f* गिद्ध, कालो गिद्ध; \v 14 रातो चील, सबै थरीका कालो चील, \v 15 सबै किसिमका काग; \v 16 ठूलो उल्‍लु, छोटो काने उल्‍लु, समुद्री चरो, सबै किसिमका बाज; \v 17 सानो उल्‍लु, समुद्री बाज, विशाल उल्‍लु; \v 18 सेतो उल्‍लु, मरुभूमिको उल्‍लु, माछा खाने चील; \v 19 सारस, सबै किसिमका बकुल्‍ला, फाप्रेचरो र चमेरो। \p \v 20 “ ‘चारै खुट्टाले हिँड्ने र उड्ने सबै किराहरू तिमीहरूका निम्ति घृणित हुनुपर्छ। \v 21 तरै पनि केही पखेटा भएका जीवहरू, जो चार खुट्टाले हिँड्छन्, ती तिमीहरूले खान सक्छौ—जोर्नीहरूसहित भुइँमा उफ्रि हिँड्नका लागि खुट्टा भएका। \v 22 यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ। \v 23 तर पखेटा भएका अरू सबै जीवहरू, जसका चार खुट्टाहरू छन्, ती तिमीहरूले घृणित ठान्‍नू। \p \v 24 “ ‘यिनीहरूको कारणले गर्दा तिमीहरूले आफूलाई अशुद्ध पार्छौ; जसले यिनीहरूको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। \v 25 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ। \p \v 26 “ ‘प्रत्येक जीवजन्तु, जसको खुर चिरिएको छ, तर पूर्ण रूपमा फारिएको छैन, अथवा जसले उग्राउँदैन, त्यो तिमीहरूका लागि अशुद्ध हो। यिनीहरूमध्येका कुनैको सिनो जसले छुन्छ, त्यो अशुद्ध हुनेछ। \v 27 चार खुट्टाले हिँड्ने सबै जीवजन्तुहरूमध्ये, जसले आफ्ना पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका लागि अशुद्ध छन्। जसले तिनको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। \v 28 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। यी जनावरहरू तिमीहरूका निम्ति अशुद्ध छन्। \p \v 29 “ ‘जमिनमा हिँड्‍डुल गर्ने जीवहरूमा यी तिमीहरूका निम्ति अशुद्ध छन्—न्याउरीमुसो, मुसा, सबै किसिमका ठूलो छेपारो; \v 30 छेपारो, गोहोरो, माउसुली, भालेमुङ्ग्रो, र रङ्ग बदल्ने छेपारो। \v 31 जमिनमा हिँड्‍डुल गर्ने यी सबै जीवजन्तु तिमीहरूका लागि अशुद्ध छन्। यी मरेकालाई जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। \v 32 जब तीमध्ये कुनै एउटा मर्छ, र कुनै चीजमाथि खस्छ भने त्यो चीज जुनसुकै काममा प्रयोग हुने भए तापनि चाहे त्यो काठबाट बनिएको होस्, अथवा लुगा, छाला अथवा भाङ्ग्रा होस्, त्यो अशुद्ध हुनेछ। त्यसलाई पानीमा हाल्नू। त्यो साँझसम्म अशुद्ध रहनेछ; त्यसपछि त्यो शुद्ध हुनेछ। \v 33 तीमध्ये एउटा माटोको भाँडाभित्र खस्यो भने त्यसमा भएका प्रत्येक चीज अशुद्ध हुनेछ। अनि तिमीहरूले त्यो भाँडा फोरिदिनू। \v 34 कुनै खाने कुरामा त्यस भाँडाको पानी परेको छ भने त्यो अशुद्ध हुनेछ। अनि त्यसबाट पिउने कुनै पनि तरल पदार्थ अशुद्ध हुनेछ। \v 35 जुनसुकै कुरोमाथि तिनीहरूमध्ये एउटाको सिनो खस्यो भने त्यो अशुद्ध हुन्छ। चुल्हो अथवा पकाउने भाँडालाई फुटाउनुपर्छ। ती अशुद्ध हुन्छ, र तिमीहरूले तिनीहरूलाई अशुद्ध ठहराउनुपर्छ। \v 36 तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ। \v 37 कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्। \v 38 तर त्यस बिउमा पानी हालिएको छ, र त्यसमाथि सिनो खस्यो भने त्यो, तिमीहरूका लागि अशुद्ध हो। \p \v 39 “ ‘तिमीहरूले खान हुने कुनै पशु मर्‍यो र कसैले त्यसको सिनो छुन्छ भने त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 40 कसैले सिनोबाट केही खान्छ भने त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। कसैले सिनो उठाउँछ भने त्यसले आफ्नो लुगा धुनुपर्छ; र त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 41 “ ‘जमिनमा घस्रने प्रत्येक जन्तु घृणित हो; त्यसलाई नखानू। \v 42 जमिनमा घस्रने जुनसुकै प्राणी, चाहे त्यो पेटको भरले घस्रने होस्, अथवा चार खुट्टाले अथवा धेरै खुट्टाहरूले घस्रने होस्, तिमीहरूले नखानू: तिनीहरू घृणित हुन्। \v 43 तिमीहरूले यस्ता कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार्नू। तिमीहरूले आफूलाई तिनीहरूको कारण अथवा तिनीहरूद्वारा अशुद्ध नपार्नू। \v 44 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार। \v 45 तिमीहरूका परमेश्‍वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु। \p \v 46 “ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्‍ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्। \v 47 तिमीहरूले अशुद्ध र शुद्धको बीचमा, खान हुने र खान नहुने जीवित प्राणीको बीचमा भिन्‍नता राख्नुपर्छ।’ ” \c 12 \s1 सुत्केरीको शुद्धीकरण \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे। \v 3 आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ। \v 4 त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्। \v 5 त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ। \p \v 6 “ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्। \v 7 त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्‍चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे। \p “ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्। \v 8 यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ” \c 13 \s1 छालाका रोगसम्बन्धी विधि \p \v 1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 2 “जब कुनै मानिसको छाला सुनियो, अथवा त्यसमा फुस्रो दाद देखियो; अथवा चहकिलो दाग देखा पर्‍यो, र छालामा कुष्‍ठरोगको\f + \fr 13:2 \fr*\ft हिब्रू शब्द \ft*\fq कुष्‍ठरोग \fq*\ft छालालाई असर गर्ने विभिन्‍न रोगको लागि प्रयोग गरिन्थ्यो।\ft*\f* संक्रमण भयो भने त्यसलाई पुजारी हारून अथवा उसका पुजारी छोराहरूमध्ये एक जनाकहाँ ल्याइयोस्। \v 3 त्यस पुजारीले त्यसको छालाको घाउ हेरोस्। यदि त्यस घाउको रौँ सेतो भएको छ, र त्यो घाउ छालाभन्दा गहिरो देखिन्छ भने त्यो कुष्‍ठरोगको संक्रमण हो। पुजारीले त्यसलाई जाँचेपछि त्यसले उसलाई विधिपूर्वक अशुद्ध भनी घोषणा गरोस्! \v 4 त्यसको छालाको दाग सेतो छ, तर छालाभन्दा गहिरो देखिँदैन र त्यसमा भएको रौँ सेतो भएको छैन भने पुजारीले त्यस्ता रोग लागेको व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। \v 5 सातौँ दिनमा पुजारीले त्यसलाई जाँच गर्दा, त्यो घाउ बदली नभएको अथवा छालामा फैलिएको देखिएन भने त्यसले उसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्। \v 6 सातौँ दिनमा पुजारीले त्यसलाई फेरि जाँच गर्दा त्यो घाउ मत्थर भएको छ, तर छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्! त्यो एउटा दाग मात्र हो। त्यस मानिसले आफ्ना लुगाहरू धोओस्, तब त्यो शुद्ध हुनेछ। \v 7 तर शुद्ध ठहरिनलाई त्यसले आफूलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो खस्रोपन छालामा फैलिएको छ भने त्यो फेरि पुजारीको सामु देखा पर्नुपर्छ। \v 8 पुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्‍ठरोग हो। \p \v 9 “जब कुनै मानिसलाई कुष्‍ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्। \v 10 पुजारीले त्यसलाई जाँच गर्दा, यदि छाला सुनिएर सेतो भएको छ, र त्यस ठाउँको रौँ पनि सेतो भएको छ, र यसमा आलो घाउ छ भने, \v 11 त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ। \p \v 12 “यदि त्यो कुष्‍ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने \v 13 पुजारीले त्यसलाई जाँच गर्दा, कुष्‍ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ। \v 14 तर त्यसमा आलो घाउ देखा पर्‍यो भने त्यो अशुद्ध हुनेछ। \v 15 पुजारीले आलो घाउ देखेपछि त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो आलो मासु अशुद्ध हो; त्यो कुष्‍ठरोग हो। \v 16 त्यो आलो घाउ बदलिएर सेतो भयो भने त्यो मानिस पुजारीकहाँ जाओस्। \v 17 पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ। \p \v 18 “कसैको छालामा पिलो निस्केर निको भयो, \v 19 र पिलो भएको ठाउँमा सेतो सुनिएको अथवा रातो-सेतो किसिमको दाग देखा पर्‍यो भने त्यो मानिस पुजारीकहाँ जाओस्। \v 20 पुजारीले त्यो जाँच गरोस्। अनि त्यो छालाभन्दा गहिरो देखा पर्‍यो र त्यसका रौँहरू सेता भएका छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो, जुन त्यो पिलो भएको ठाउँमा उब्जिएको हो। \v 21 तर पुजारीले त्यसलाई जाँच गर्दा, यदि त्यसमा सेता रौँ छैनन्, र छालाभन्दा गहिरो छैन, तर मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। \v 22 छालामा त्यो फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोग संक्रमण हो। \v 23 तर दाग बदली भएको छ, र फैलिएको छैन भने त्यो पिलोबाट भएको एउटा दाग मात्र हो। पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। \p \v 24 “कसैको छाला जलेको छ, र रातो-सेतो किसिमको अथवा सेतो दाग जलेको ठाउँको आलो मासुमा देखियो भने, \v 25 पुजारीले त्यस ठाउँलाई जाँच गरोस्। अनि त्यसका रौँहरू सेता भएका छन्, र त्यो छालाभन्दा गहिरो देखिन्छ भने त्यो जलेको ठाउँबाट निस्केको कुष्‍ठरोग संक्रमण हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो कुष्‍ठरोगको संक्रमण हो। \v 26 तर पुजारीले त्यसलाई जाँच गर्दा, त्यस ठाउँमा सेता रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो छैन, तर त्यो मत्थर भएको छ भने पुजारीले त्यसलाई सात दिनसम्म अलग्गै राखोस्। \v 27 सातौँ दिनमा जाँच गर्दा, त्यो रोग छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। यो कुष्‍ठरोगको संक्रमण हो। \v 28 तरै पनि यदि त्यो दाग बदलिएको छैन, र छालामा फैलिएको छैन; तर मत्थर भएको छ भने त्यो जलेको कारणले सुनिएको हो। अनि पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यो केवल जलेको घाउबाट भएको दाग हो। \p \v 29 “कुनै पुरुष अथवा स्त्रीको शिरमा अथवा च्यापुमा घाउ छ भने, \v 30 पुजारीले त्यस घाउलाई जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिन्छ, र त्यसमा भएका रौँहरू पहेँला र पातला छन् भने पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। त्यो टाउको तथा चिउँडोको लुतो हो। \v 31 तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। \v 32 सातौँ दिनमा पुजारीले त्यस घाउलाई जाँच गर्दा, यदि त्यो लुतो फैलिएको छैन, र त्यसमा कुनै पहेँला रौँहरू छैनन्, र त्यो छालाभन्दा गहिरो देखिँदैन भने, \v 33 त्यो घाउ भएको ठाउँलाई छोडेर त्यसले आफ्नो शिर खौरोस्, चिउँडो होइन। अनि पुजारीले त्यसलाई अर्को सात दिनसम्म अलग्गै राखोस्। \v 34 सातौँ दिनमा पुजारीले त्यस लुतोलाई जाँच गर्दा, यदि त्यो छालामा फैलिएको छैन, र त्यो छालाभन्दा गहिरो छैन भने पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। त्यसले आफ्नो लुगा धोओस्, र त्यो विधिपूर्वक शुद्ध हुनेछ। \v 35 तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो लुतो छालामा फैलियो भने, \v 36 पुजारीले त्यसलाई जाँच गर्दा, यदि लुतो छालामा फैलिएको छ भने पुजारीलाई पहेँला रौँ हेर्न आवश्यक छैन; त्यो व्यक्ति अशुद्ध हो। \v 37 तरै पनि उसको जाँचअनुसार त्यो बदलिएको छैन, र त्यसमा काला रौँ उम्रेका छन् भने त्यो लुतो निको भएको छ; त्यो शुद्ध हो, र पुजारीले त्यसलाई शुद्ध भनी घोषणा गरोस्। \p \v 38 “कुनै पुरुष अथवा स्त्रीको छालामा सेतो दाग हुँदा, \v 39 पुजारीले तिनीहरूलाई जाँच गर्दा, यदि ती दागहरू हल्का सेता छन् भने त्यो हानि नगर्ने छालारोग हो, जुन छालामा उब्जिएको छ; त्यो मानिस शुद्ध हो। \p \v 40 “कुनै मानिसको कपाल पूरै झरेर शिर खुइलेको छ भने त्यो शुद्ध नै हो। \v 41 त्यसको कपाल त्यसको टाउकाको अगिल्तिर खुइलिएकोले, त्यसको निधार खुइलिएको छ भने त्यो शुद्ध हो। \v 42 तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्‍ठरोग संक्रमण हो। \v 43 पुजारीले त्यसलाई जाँचोस्, र त्यसका शिर अथवा निधारमा भएको त्यसको सुनिएको घाउ कुष्‍ठरोगझैँ रातो-सेतो किसिमको छ भने, \v 44 त्यो मानिस कुष्‍ठरोगी र अशुद्ध हो। त्यसको शिरमा भएको घाउको कारण पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्। \p \v 45 “यस्तो रोगको संक्रमित व्यक्तिले च्यातिएको लुगा लगाउनुपर्छ। त्यसको कपाल नकोरिएको हुनुपर्छ।\f + \fr 13:45 \fr*\ft अथवा \ft*\fqa शिर नढाकेको हुनुपर्छ।\fqa*\f* त्यसले आफ्नो अनुहारको तल्‍लो भाग छोपेर ‘अशुद्ध! अशुद्ध!’ भनी कराओस्। \v 46 त्यो संक्रमण त्यसमा रहेसम्म, त्यो अशुद्ध रहनेछ। त्यो एकलै बस्‍नुपर्छ; त्यो छाउनीदेखि बाहिर बसोस्। \s1 ढुसीबारे नियमहरू \p \v 47 “कुनै लुगा ढुसी परेको छ—चाहे त्यो ऊनी होस्, अथवा सुती, \v 48 ऊनका अथवा कपासका तुनेर वा बुनेर बनाइएका सामग्री, छालाका वा छालाले बनिएका कुनै चीज— \v 49 यदि लुगा, छाला अथवा तुनेका वा बुनेका सामग्री अथवा छालाका कुनै सामग्रीमा भएका दूषित कुरा हरियो किसिमको अथवा रातो किसिमको छ भने त्यो फैलँदै गरेको ढुसी हो। अनि त्यसलाई पुजारीकहाँ देखाइयोस्। \v 50 पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्। \v 51 सातौँ दिनमा उसले त्यो जाँच गर्दा, यदि त्यो ढुसी लुगामा अथवा तुनेका वा बुनेका कुरोमा वा कुनै काममा प्रयोग गरिने छालामा फैलिएको छ भने त्यो खतरनाक ढुसी हो; अनि त्यो चीज अशुद्ध छ। \v 52 त्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ। \p \v 53 “तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने, \v 54 उसले त्यो ढुसी परेको चीजलाई धुने आज्ञा देओस्। त्यसपछि त्यसलाई अर्को सात दिनसम्म त्यसले अलग्गै राखोस्। \v 55 त्यो संक्रमित लुगालाई धोइएपछि पुजारीले त्यसलाई पुनः जाँचोस्। अनि ढुसी फैलिएको छैन र त्यसको रूप बदलिएको छैन भने त्यो अशुद्ध हो। ढुसीले भित्री वा बाहिरी भाग असर पारेको भए तापनि त्यसलाई आगोले जलाइदिनू। \v 56 यदि पुजारीले त्यसलाई जाँच गर्दा त्यो लुगा धोइएपछि ढुसी हराउँदैगएको छ भने त्यसले त्यो फोहोर लागेको भागलाई त्यस लुगा वा छाला अथवा बुनेका चीजबाट च्यातिदेओस्। \v 57 तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्‍यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ। \v 58 धोएर ढुसीरहित बनाइएका लुगा, तुनेका वा बुनेका चीज वा छालाका कुनै चीजलाई फेरि धोइयोस्, र त्यो शुद्ध हुनेछ।” \p \v 59 ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्। \c 14 \s1 कुष्‍ठरोगबाट शुद्धीकरण \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “कुष्‍ठरोग लागेका मानिसलाई विधिपूर्वक शुद्ध गर्ने नियमहरू यिनै हुन्; जब तिनीहरूलाई पुजारीकहाँ ल्याइन्छः \v 3 तिनीहरूलाई जाँच गर्न पुजारी छाउनीबाहिर जाओस्। यदि ती मानिसहरू आफ्ना कुष्‍ठरोगबाट निको भएका छन् भने, \v 4 पुजारीले दुई वटा शुद्ध जिउँदा पक्षीहरू, केही देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसप, शुद्ध हुन चाहनेका निम्ति ल्याउने आदेश देऊन्। \v 5 त्यसपछि पुजारीले ती दुई पक्षीहरूमध्ये एउटालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आदेश देऊन्। \v 6 त्यसपछि त्यसले जीवित पक्षीलाई लिएर त्यसलाई देवदारुका दाउरा, सिन्दूरे रङ्गको धागो र हिसपसित ताजा पानीमाथि मारिएको पक्षीको रगतमा चोपोस्। \v 7 त्यसले त्यस कुष्‍ठरोगबाट शुद्ध हुनुपर्ने व्यक्तिलाई सात चोटि छर्केर त्यसलाई शुद्ध भनी घोषित गरोस्। त्यसपछि त्यसले जीवित पक्षीलाई खुला मैदानमा छोडिदेओस्। \p \v 8 “शुद्ध हुनुपर्ने त्यस मानिसले आफ्ना लुगा धोओस्। आफ्ना सबै कपाल खौरोस् र पानीले नुहाओस्। त्यसपछि त्यो शुद्ध हुनेछ। त्यसपछि त्यो छाउनीभित्र पस्‍न सक्छ। तर त्यो सात दिनसम्म आफ्नो पालको बाहिर बस्‍नुपर्छ। \v 9 सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ। \p \v 10 “आठौँ दिनमा त्यसले भेडाका दुई वटा पाठाहरू र एउटी पाठी, सबै एकवर्षे र निष्खोट अनि अन्‍नबलिका निम्ति मसिनो पिठो जैतुन तेलसँग मिसाएको एपाको दश भागको तीन भाग\f + \fr 14:10 \fr*\ft अथवा 5 किलो\ft*\f* र एक लोग\f + \fr 14:10 \fr*\ft लगभग 0.3 लिटर; \+xt 12|link-href="LEV 14:12"\+xt*, \+xt 15|link-href="LEV 14:15"\+xt*, \+xt 21|link-href="LEV 14:21"\+xt* र \+xt 24|link-href="LEV 14:24"\+xt* पदमा पनि\ft*\f* तेल ल्याओस्। \v 11 त्यसलाई शुद्ध घोषणा गर्ने पुजारीले शुद्ध हुनुपर्ने व्यक्ति र भेटी दुवैलाई याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। \p \v 12 “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्। \v 13 त्यसले त्यस भेडालाई पवित्रस्थानमा पाप शुद्धीकरण बलि र होमबलि मारिने ठाउँमा मारोस्। पाप शुद्धीकरण बलिझैँ दोषबलि पुजारीको हो; त्यो अति पवित्र छ। \v 14 पुजारीले दोषबलिको रगतबाट केही लिएर शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। \v 15 त्यसपछि पुजारीले केही तेल लिएर आफ्नै देब्रे हातको हत्केलामा खन्याओस्। \v 16 पुजारीले उसको हत्केलामा भएको तेलमा आफ्नो दाहिने हातको औँला चोपोस्। अनि आफ्नो औँलाले त्यसबाट केही याहवेहको सामु सात चोटि छर्कोस्। \v 17 पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्‍लोपट्टि छर्किदेओस्। \v 18 पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्। \p \v 19 “त्यसपछि पुजारीले पाप शुद्धीकरण बलि चढाएर आफ्नो अशुद्धिबाट शुद्ध हुनुपर्नेका निम्ति प्रायश्‍चित गरोस्। त्यसपछि पुजारीले होमबलि चढाइने पशु मारोस्। \v 20 अनि त्यसलाई पुजारीले अन्‍नबलिसँग वेदीमा चढाओस्, र त्यसका लागि प्रायश्‍चित गरोस्, तब त्यो शुद्ध हुनेछ। \p \v 21 “तर यदि त्यो गरिब छ, र यी चीजहरू ल्याउन सक्दैन भने त्यसले आफ्ना निम्ति प्रायश्‍चित गर्न विशेष भेटीको रूपमा दोषबलिस्वरूप एउटा भेडाको पाठा, र साथमा अन्‍नबलिका लागि जैतुन तेल मिसाइएको एपाको दश भागको एक भाग मसिनो पिठो र एक लोग तेल ल्याओस्। \v 22 त्यसले ल्याउन सक्छ भने दुई वटा ढुकुर अथवा दुई वटा कलिला परेवा एउटा पाप शुद्धीकरण बलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्। \p \v 23 “आठौँ दिनमा त्यसले ती कुराहरू आफ्नो शुद्धीकरणका निम्ति पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा याहवेहको सामु ल्याओस्। \v 24 पुजारीले दोषबलिको निम्ति ल्याइएको भेडा एक लोग तेलसँग लिएर विशेष भेटीको रूपमा उचालिनको लागि याहवेहको सामु अर्पण गरोस्। \v 25 त्यसले भेडालाई दोषबलिको निम्ति मारोस्। अनि त्यसको केही रगत लिएर शुद्ध हुनुपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। \v 26 पुजारीले तेलबाट केही आफ्नो देब्रे हातको हत्केलामा खन्याओस्। \v 27 अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्। \v 28 त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। \v 29 पुजारीले आफ्नो हत्केलामा बाँकी रहेको तेल शुद्ध हुनपर्ने व्यक्तिको शिरमा याहवेहको सामु त्यसको प्रायश्‍चित गर्नका निम्ति लगाओस्। \v 30 त्यसपछि त्यसले आफ्नो आर्थिक क्षमताअनुसार ढुकुरहरू अथवा कलिला परेवाहरू बलि चढाओस्। \v 31 एउटा पाप शुद्धीकरण बलिस्वरूप र अर्को होमबलिस्वरूप अन्‍नबलिसँग चढाओस्। यस किसिमले पुजारीले त्यस शुद्ध हुनुपर्ने व्यक्तिको पक्षमा याहवेहको सामु प्रायश्‍चित गर्नेछ।” \p \v 32 कुष्‍ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्। \s1 ढुसीबाट शुद्धीकरण \p \v 33 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 34 “जब मैले तिमीहरूलाई अधिकारको रूपमा दिन लागेको कनान देशमा तिमीहरू प्रवेश गरौला, र त्यस देशको एउटा घरमा मैले फैलिने ढुसी लाग्न दिएँ भने, \v 35 त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्। \v 36 त्यस घरमा ढुसी जाँच गर्न जानुअगि पुजारीले त्यस घरलाई खाली गर्ने आदेश देओस्; ताकि त्यस घरभित्र भएका कुनै चीज पनि अशुद्ध भनी घोषित नहोस्। त्यसपछि पुजारी त्यो घर जाँच गर्न भित्र जाओस्। \v 37 त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने, \v 38 पुजारी त्यस घरको ढोका छेउबाट बाहिर गएर त्यसलाई सात दिनसम्म बन्द गरिदेओस्। \v 39 सातौँ दिनमा पुजारी त्यस घरलाई जाँच्नलाई फर्कोस्। यदि ढुसी भित्तामा फैलिएको छ भने, \v 40 त्यसले दूषित भएका ढुङ्गाहरू भित्ताबाट उक्‍काएर नगर बाहिरको अशुद्ध ठाउँमा फ्याँकिदिन आदेश गरोस्। \v 41 त्यसले घरका सबै भित्ताहरू खुर्किन र खुर्किएका सामग्रीहरू नगरबाहिर कुनै अशुद्ध ठाउँमा थुपार्न लगाओस्। \v 42 त्यसपछि तिनीहरूले ती खाली ठाउँहरू भर्नलाई अरू ढुङ्गाहरू लिऊन्, र नयाँ माटो ल्याएर घर लिपून्। \p \v 43 “यदि ढुङ्गाहरू उक्‍काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्‍यो भने, \v 44 पुजारीले गएर त्यसलाई जाँचोस्; अनि त्यस घरमा ढुसी फैलिएको छ भने त्यो एउटा गम्भीर ढुसी हो, र त्यो घर अशुद्ध छ। \v 45 त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्। \p \v 46 “त्यो घर बन्द भएको बेला जो त्यसभित्र पस्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 47 त्यस घरभित्र सुत्ने अथवा खाना खानेले आफ्नो लुगा धोओस्। \p \v 48 “तर यदि पुजारीले त्यसलाई जाँच्न आउँदा त्यस घरलाई लिपेपछि ढुसी फैलिएको छैन भने त्यसले घरलाई शुद्ध भनी घोषणा गरोस्; किनकि त्यो ढुसी गइसकेको छ। \v 49 त्यस घरलाई शुद्ध पार्नलाई त्यसले दुई वटा पक्षीहरू, देवदारुका केही काठ, सिन्दूरे रङ्गको धागो र हिसप ल्याओस्। \v 50 त्यसले दुईमध्ये एउटा पक्षीलाई माटोको भाँडामा भएको ताजा पानीमाथि मारोस्। \v 51 त्यसपछि त्यसले देवदारुको काठ, हिसप, सिन्दूरे रङ्गको धागो, जिउँदो पक्षीलाई लिएर तिनीहरूलाई त्यस पक्षीको रगत र ताजा पानीमा चोपलोस्। अनि घरलाई सात चोटि छर्कोस्। \v 52 त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्। \v 53 त्यसपछि त्यसले त्यस जीवित पक्षीलाई नगरबाहिर खुला मैदानमा छोडिदेओस्। यस किसिमले पुजारी त्यस घरका निम्ति प्रायश्‍चित गर्नेछ, र त्यो शुद्ध हुनेछ।” \p \v 54 कुनै पनि प्रकारको कुष्‍ठरोगका लागि, लुतोको लागि, \v 55 लुगामा अथवा घरमा भएको ढुसीका लागि, \v 56 अनि सुनिएको, खस्रो र चहकिलो दागका लागि, \v 57 कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउनका लागि नियमहरू यिनै हुन्। \p कुष्‍ठरोग संक्रमण र ढुसीका निम्ति नियमहरू यिनै हुन्। \c 15 \s1 धातुस्रावद्वारा हुने अशुद्धि \p \v 1 याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘यदि कुनै मानिसको शरीरबाट धातु बग्छ भने त्यो धातु अशुद्ध हो। \v 3 चाहे त्यो त्यसको शरीरबाट बहिरह्‍यो अथवा थामिए तापनि त्यसले उसलाई अशुद्ध बनाउँछ। त्यसको धातुस्रावले त्यसलाई यसरी अशुद्ध बनाउँछ: \p \v 4 “ ‘धातुस्राव बगेको मानिस सुतेको ओछ्यान अशुद्ध हुनेछ। अनि त्यो मानिस बस्‍ने हरेक थोक अशुद्ध हुनेछ। \v 5 जसले त्यसको ओछ्यान छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 6 धातुस्राव भएको मानिस बसेको कुनै पनि ठाउँमा जो बस्छ, त्यसले आफ्ना लुगाहरू धोओस्। पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 7 “ ‘धातुस्राव बग्ने मानिसलाई जसले छुन्छ, त्यसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 8 “ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 9 “ ‘त्यो मानिस सवार हुँदा बसेको प्रत्येक चीज अशुद्ध हुनेछ। \v 10 अनि जसले त्यसको मुन्तिर भएको जुनसुकै कुरालाई पनि छुन्छ, त्यो साँझसम्म अशुद्ध रहनेछ। जसले ती कुराहरू उठाउँछ, त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 11 “ ‘धातुस्राव बग्ने मानिसले आफ्नो हात पानीले नधोई कुनै मानिसलाई छोयो भने त्यसले आफ्ना लुगाहरू धोओस्। अनि पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 12 “ ‘त्यस मानिसले माटोको कुनै भाँडा छोयो भने त्यो फुटाइयोस्। अनि काठको भाँडा हो भने त्यसलाई पानीले पखालियोस्। \p \v 13 “ ‘कुनै मानिस धातुस्रावबाट शुद्ध पारियो भने त्यसले आफ्नो शुद्धीकरणका लागि सात दिन गनोस्। त्यसले आफ्ना लुगा धोओस् र ताजा पानीले नुहाओस्, तब त्यो शुद्ध हुनेछ। \v 14 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्। \v 15 पुजारीले तिनीहरूलाई चढाओस्। एउटालाई पाप शुद्धीकरण बलिका लागि र अर्को होमबलिका लागि। यस प्रकार पुजारीले त्यस मानिसको धातुस्रावको कारण याहवेहको सामु प्रायश्‍चित गर्नेछ। \p \v 16 “ ‘कुनै मानिसको वीर्य आफैँ निस्क्यो भने त्यसले आफ्नो सम्पूर्ण शरीर पानीले नुहाओस्; र त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 17 कुनै लुगा अथवा छालामा वीर्य लागेको छ भने त्यसलाई पानीले धोइयोस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 18 कुनै पुरुषले स्त्रीसित सम्भोग गरेपछि दुवैले पानीले नुहाऊन्। अनि तिनीहरू साँझसम्म अशुद्ध रहनेछन्। \p \v 19 “ ‘कुनै स्त्रीको नियमित रजस्वला भएको छ भने त्यसको रजस्वलाको अशुद्धता सात दिनसम्म रहनेछ। अनि त्यसलाई छुने जो कोही पनि साँझसम्म अशुद्ध रहनेछ। \p \v 20 “ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ। \v 21 जसले त्यसको ओछ्यान छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्। अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 22 जसले त्यो बसेको चीज छुन्छ, त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ। \v 23 त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 24 “ ‘यदि कुनै पुरुषले साँच्‍चै त्यससित सम्भोग गर्‍यो, र त्यसको रजस्वलाको रगतले त्यसलाई छोयो भने त्यो सात दिनसम्म अशुद्ध रहनेछ। त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। \p \v 25 “ ‘यदि कुनै स्त्रीको आफ्नो रजस्वलाको समयबाहेक अर्को समयमा धेरै दिनसम्म रगत बगिरह्‍यो अथवा आफ्नो रजस्वला नथामिएर रगत बगिरह्‍यो भने त्यसको रजस्वलाको समयमा झैँ रगत बगिरहुन्जेल त्यो अशुद्ध हुनेछे। \v 26 त्यसको रक्तस्राव भएको समयमा त्यसको रजस्वलाको समयमा झैँ त्यो सुतेको जुनसुकै ओछ्यान पनि अशुद्ध हुनेछ। अनि त्यसको रजस्वलाको समयमा झैँ त्यो जे-जेमाथि बस्छे, त्यो पनि अशुद्ध हुनेछ। \v 27 जसले ती चीजहरूलाई छुन्छ, त्यो अशुद्ध हुनेछ। त्यसले आफ्ना लुगा धोओस्। अनि पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध रहनेछ। \p \v 28 “ ‘आफ्नो रक्तस्राव बन्द भएपछि त्यसले सात दिन गनोस्। अनि त्यसपछि त्यो शुद्ध हुनेछे। \v 29 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर ती भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्। \v 30 पुजारीले तीमध्ये एउटालाई पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा बलिदान गरोस्। यसरी पुजारीले त्यसका निम्ति त्यसको स्रावका अशुद्धिको लागि याहवेहको सामु प्रायश्‍चित गर्नेछ। \p \v 31 “ ‘तिमीहरूले इस्राएलीहरूलाई अशुद्ध तुल्याउने कुराहरूदेखि अलग्गै राख्नू; ताकि तिनीहरूबीच भएको मेरो वासस्थानलाई अपवित्र तुल्याइएको कारण तिनीहरू आफ्ना अशुद्धतामा मर्नेछैनन्।’ ” \p \v 32 कुनै मानिसको धातुस्रावको निम्ति वीर्य स्खलन भएको कारण कोही अशुद्ध भएको निम्ति, \v 33 मासिक रजस्वलामा भएकी स्त्रीका निम्ति, र कुनै पुरुषको वीर्य स्खलन अथवा स्त्रीका रक्तस्रावको निम्ति र विधिपूर्वक अशुद्ध रहेकी स्त्रीसित सम्भोग गर्ने पुरुषका निम्ति नियमहरू यिनै हुन्। \c 16 \s1 प्रायश्‍चितको दिन \p \v 1 हारूनका दुई छोराहरू याहवेहको नजिक जाँदा मृत्यु भएपछि याहवेह मोशासित बोल्नुभयो, \v 2 याहवेहले मोशालाई भन्‍नुभयो: “तेरो दाजु हारूनलाई भन्, त्यसलाई मन लागेको जुनसुकै बेला सन्दुकमाथि भएको पाप समाधान-स्थानको सामु पर्दाको पछाडिको महा-पवित्रस्थानमा नआओस्, नत्रता त्यो मर्नेछ। किनकि पाप समाधान-स्थानमाथि म बादलमा देखा पर्नेछु। \p \v 3 “हारूनले महा-पवित्रस्थानमा यसरी प्रवेश गर्नुपर्छ: त्यसले पाप शुद्धीकरण बलिका लागि एउटा बाछा र होमबलिका निम्ति एउटा भेडा लिएर आओस्। \v 4 त्यसले पवित्र सुती लबेदा र भित्री पोशाकहरू लगाओस्। त्यसले आफ्नो चारैतिर सुती पटुका बाँधोस्, र सुती फेटा लगाओस्। यी पोशाकहरू पवित्र हुन्। यसैकारण त्यसले आफूलाई पानीले नुहाएर मात्र ती लगाओस्। \v 5 त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्। \p \v 6 “त्यसपछि हारूनले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति साँढे चढाओस्। अनि त्यसले आफ्नो र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्। \v 7 त्यसपछि त्यसले ती दुई बोकाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा प्रस्तुत गरोस्। \v 8 अनि हारूनले ती दुई बोकाहरूका लागि चिट्ठा हालोस्—एउटा चिट्ठा याहवेहका निम्ति र अर्को छाडा\f + \fr 16:8 \fr*\ft मूल भाषामा यस शब्दको अर्थ अनिश्‍चित छ; \+xt 10|link-href="LEV 16:10"\+xt* र \+xt 26|link-href="LEV 16:26"\+xt* पदमा पनि।\ft*\f* छोडिने बोकाको निम्ति। \v 9 हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्। \v 10 तर छाडा छोडिने बोकाको निम्ति चिट्ठा परेको बोकालाई छाडा बनिनको निम्ति मरुभूमिमा पठाएर प्रायश्‍चित गर्नलाई जिउँदै याहवेहको सामु प्रस्तुत गरोस्। \p \v 11 “हारूनले आफ्नो पाप शुद्धीकरण बलिको साँढे ल्याओस्। अनि आफू र आफ्ना घरानाका निम्ति प्रायश्‍चित गरोस्। अनि त्यसले आफ्नो पाप शुद्धीकरण बलिका निम्ति त्यस साँढेलाई मारोस्। \v 12 त्यसले वेदीबाट बल्दैगरेको कोइलाले भरिएको धुपौरो र दुई मुठी मसिनो गरी पिँधेको सुगन्धित धूप याहवेहको सामु ल्याएर ती पर्दाको पछाडिपट्टि लैजाओस्। \v 13 त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन। \v 14 त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्। \p \v 15 “त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्। \v 16 यसरी त्यसले इस्राएलीहरूका जस्तोसुकै पाप भए तापनि तिनीहरूका अशुद्धता र विद्रोहको लागि महा-पवित्रस्थानका निम्ति प्रायश्‍चित गर्नेछ। त्यसले भेट हुने पालको निम्ति पनि त्यस्तै गर्नुपर्छ, जुन तिनीहरूको माझ छाउनीमा भएको अशुद्धताको बीचमा छ। \v 17 हारून महा-पवित्रस्थानभित्र प्रायश्‍चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्‍चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन। \p \v 18 “त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्‍चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्। \v 19 त्यसले केही रगत आफ्नो औँलाले त्यसमाथि सात चोटि छर्कोस्, र त्यसलाई शुद्ध पारोस्। अनि त्यसलाई इस्राएलीहरूको अशुद्धताबाट पवित्र गरोस्। \p \v 20 “हारूनले महा-पवित्रस्थान, भेट हुने पाल र वेदीका निम्ति प्रायश्‍चित गरिसकेपछि त्यसले जिउँदो बोका ल्याओस्। \v 21 त्यसले दुवै हात त्यस जिउँदो बोकाको शिरमाथि राखेर त्यसमाथि इस्राएलका सबै दुष्‍टता र विद्रोह—तिनीहरूका सबै पाप स्वीकार गरोस्। अनि ती त्यस बोकाको टाउकोमाथि राखिदेओस्। त्यसले त्यस बोकालाई त्यस कामको लागि खटाइएको मानिसको जिम्मामा टाढा मरुभूमिमा पठाइदेओस्। \v 22 त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्। \p \v 23 “त्यसपछि हारून भेट हुने पालभित्र जाओस्, र त्यसले महा-पवित्रस्थानभित्र जानुअगि लगाएका सुती पोशाकहरू फुकाएर तिनलाई त्यहीँ छोडिदेओस्। \v 24 त्यसले आफूलाई एउटा पवित्र ठाउँमा पानीले नुहाओस्। अनि आफ्नो नियमित पोशाक लगाओस्। त्यसपछि बाहिर निस्केर त्यसले आफू र मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई, आफ्नै निम्ति होमबलि र मानिसहरूका निम्ति होमबलि चढाओस्। \v 25 त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्। \p \v 26 “त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्। \v 27 प्रायश्‍चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्। \v 28 तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्। \p \v 29 “तिमीहरूका लागि यो एउटा रहिरहने विधि ठहरियोस्ः सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफैँलाई इन्कार गर्नू। अनि तिमीहरूले चाहे घरमा जन्मेको होस् अथवा तिमीहरूका बीचमा बस्‍ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू। \v 30 किनकि यही दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्‍चित गरिनेछ। त्यसपछि तिमीहरू याहवेहको सामु तिमीहरूका सबै पापहरूबाट शुद्ध हुनेछौ। \v 31 यो शब्बाथ विश्रामदिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो। \v 32 प्रधान पुजारीको रूपमा आफ्नो बुबाको सट्टामा अभिषेक भई नियुक्त भएका पुजारीले प्रायश्‍चित गर्नुपर्छ। उसले पवित्र सुती कपडा लगाउनुपर्छ। \v 33 अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्‍चित गरोस्। \p \v 34 “यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एक पल्ट प्रायश्‍चित गरियोस्।” \p अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे। \c 17 \s1 रगत खान निषेध गरिएको \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘याहवेहले यस्तो आज्ञा दिनुभएको छ: \v 3 कुनै इस्राएलीले गोरु,\f + \fr 17:3 \fr*\ft हिब्रू शब्दले नर वा मादा दुवैलाई जनाउन सक्छ।\ft*\f* थुमा अथवा बाख्रालाई छाउनीभित्र वा बाहिर बलिदान गर्छ र याहवेहको समागम पाल सामु उहाँलाई दानस्वरूप प्रस्तुत गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा तिनीहरूलाई ल्याउँदैन, \v 4 अनि याहवेहको भेट हुने पाल सामु उहाँलाई बलिस्वरूप चढाउनलाई समागम पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिस रक्तपातको दोषी ठहरिनेछ। त्यसले रगत बगाएकोले त्यो आफ्ना मानिसहरूदेखि अलग गरिनुपर्छ। \v 5 यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्‍ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ। \v 6 पुजारीले त्यो रगत भेट हुने पालको प्रवेशद्वारमा याहवेहको वेदीमाथि छर्कोस्। अनि बोसोलाई याहवेहलाई मनपर्ने बास्‍नास्वरूप जलाओस्। \v 7 तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई\f + \fr 17:7 \fr*\ft अथवा \ft*\fqa भूतहरूलाई\fqa*\f* बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्;\f + \fr 17:7 \fr*\ft यसले याहवेहप्रति इमानदारीता कायम नगरिएको जनाउँदछ।\ft*\f* तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’ \p \v 8 “तिनीहरूलाई भन्: ‘कुनै इस्राएली अथवा तिनीहरूसित बस्‍ने कुनै परदेशी, जसले होमबलि अथवा बलिदान चढाउँछ, \v 9 अनि त्यसलाई याहवेहका निम्ति बलिदान गर्नलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने त्यो मानिसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।’ \p \v 10 “ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्‍ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु। \v 11 किनकि शरीरको प्राण त्यसको रगतमा हुन्छ। अनि मैले त्यो वेदीमा तिमीहरू आफ्नै प्रायश्‍चित गर्नु भनेर तिमीहरूलाई दिएको छु। रगतद्वारा नै कसैको प्राणको निम्ति प्रायश्‍चित गरिन्छ। \v 12 यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।” \p \v 13 “ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्‍यो भने त्यसले रगत निथारेर माटोले पुरोस्। \v 14 किनकि हरेक शरीरको प्राण त्यसको रगत हो। यसकारण मैले इस्राएलीहरूलाई भनेको छु, “तिमीहरूले कुनै प्राणीको पनि रगत नखानू; किनकि शरीरको प्राण त्यसको रगत हो। त्यो खाने सबैलाई बहिष्कार गरिनेछ।” \p \v 15 “ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ। \v 16 तर यदि त्यसले आफ्ना लुगाहरू धोएन र नुहाएन भने त्यसलाई यसको परिणामको जिम्मेवार ठहराइनेछ।’ ” \c 18 \s1 अनैतिक यौन सम्बन्ध \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \v 3 तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ। \v 4 तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। अनि मेरा उर्दीहरू होशियारीसाथ पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \v 5 मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ। \p \v 6 “ ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ। \p \v 7 “ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू। \p \v 8 “ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्। \p \v 9 “ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू। \p \v 10 “ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ। \p \v 11 “ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो। \p \v 12 “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो। \p \v 13 “ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो। \p \v 14 “ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो। \p \v 15 “ ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू। \p \v 16 “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ। \p \v 17 “ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्‍टता हो। \p \v 18 “ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू। \p \v 19 “ ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू। \p \v 20 “ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू। \p \v 21 “ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ। \p \v 22 “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो। \p \v 23 “ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्‍टता हो। \p \v 24 “ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए। \v 25 त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो। \v 26 तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्‍ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू। \v 27 किनकि यी घिनलाग्दा काम तिमीहरूभन्दा अगि त्यस ठाउँमा बस्‍ने मानिसहरूले गरेका थिए, र देश अपवित्र भयो। \v 28 अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ। \p \v 29 “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्‍यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। \v 30 मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” \c 19 \s1 विभिन्‍न व्यवस्थाहरू \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलका सारा समुदायसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरू पवित्र होओ; किनकि म याहवेह तिमीहरूका परमेश्‍वर पवित्र छु। \p \v 3 “ ‘तिमीहरू प्रत्येकले आफ्ना आमाबुबालाई आदर गर्नू, र तिमीहरूले मेरा शब्बाथहरूलाई पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 4 “ ‘मूर्तिहरूतिर नफर्कनू वा धातुका आफ्ना निम्ति देवताहरू नबनाउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 5 “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्। \v 6 त्यसलाई तिमीहरूद्वारा चढाएकै दिन अथवा भोलिपल्ट खाइयोस्। तेस्रो दिनसम्म केही थोक बाँकी रह्‍यो भने त्यो जलाइयोस्। \v 7 यदि त्यसबाट केही तेस्रो दिनमा खाइयो भने त्यो अशुद्ध हो; त्यो ग्रहण हुनेछैन। \v 8 त्यसलाई जसले खान्छ, त्यो जिम्मेवार हुनेछ। किनकि त्यसले जुन कुरा याहवेहको निम्ति पवित्र छ, त्यसलाई अपवित्र तुल्याएको छ। त्यो मानिस आफ्नो समुदायबाट बहिष्कार गरियोस्। \p \v 9 “ ‘तिमीहरूले आफ्नो जमिनबाट कटनी गर्दा त्यसको किनारसम्मै नकाट्नू, अथवा तिमीहरूका कटनीको सिलाबाला नबटुल्नू। \v 10 तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 11 “ ‘तिमीहरूले चोरी नगर्नू। \p “ ‘तिमीहरूले झूट नबोल्नू। \p “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू। \p \v 12 “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्‍वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ। \p \v 13 “ ‘तिमीहरूले आफ्ना छिमेकीलाई शोषण नगर्नू, अथवा नलुट्नू। \p “ ‘तिमीहरूका ज्यालादारी मानिसको ज्याला रातभरि रोकेर नराख्नू। \p \v 14 “ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ। \p \v 15 “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू। \p \v 16 “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। \p “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ। \p \v 17 “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्। \p \v 18 “ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ। \p \v 19 “ ‘मेरा उर्दीहरू पालन गर्नू। \p “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। \p “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। \p “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू। \p \v 20 “ ‘मगनी भएकी, तर छुटकारा नपाएकी तथा स्वतन्त्र नभएकी कमारीसित कसैले सहवास गर्‍यो भने तिनीहरूलाई सजाय दिइयोस्। तिनीहरूलाई मार्नुचाहिँ हुँदैन। किनभने त्यो फुक्‍का भएकी थिइन। \v 21 तर त्यस मानिसले याहवेहका निम्ति दोषबलिस्वरूप भेट हुने पालको प्रवेशद्वारमा एउटा भेडा ल्याओस्। \v 22 त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्‍चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ। \p \v 23 “ ‘जब तिमीहरू त्यस देशमा प्रवेश गर्छौ, तब त्यहाँ कुनै किसिमका फलको रूख रोपेपछि त्यसको फललाई खान नहुने ठान्‍नू। तीन वर्षसम्म तिमीहरूले त्यसलाई खान नहुने ठान्‍नू; त्यो खानुहुँदैन। \v 24 चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ। \v 25 तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 26 “ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। \p “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू। \p \v 27 “ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू। \p \v 28 “ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ। \p \v 29 “ ‘तिमीहरूले आफ्ना छोरीहरूलाई वेश्या बनाएर तिनीहरूको स्तर नघटाइदिनू; नत्रता देश नै वेश्यावृत्तिमा लागेर दुष्‍टताले भरिनेछ। \p \v 30 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ। \p \v 31 “ ‘तन्त्रमन्त्र गर्नेहरूतिर ध्यान नदिनू, न त तिनीहरूलाई खोज्नू। किनकि तिनीहरूद्वारा तिमीहरू अपवित्र तुल्याइनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 32 “ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। म नै याहवेह हुँ। \p \v 33 “ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू। \v 34 तिमीहरूसित बस्‍ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 35 “ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू। \v 36 ठिक तराजु, ठिक ढक, ठिक एपा\f + \fr 19:36 \fr*\ft एपा सुक्खा नाप थियो, जसको तौल क्षमता लगभग 22 किलो हुन्थ्यो।\ft*\f* र ठिक हिन\f + \fr 19:36 \fr*\ft हिन तरल नाप थियो, जसको तौल क्षमता करिब 3.8 लिटर हुन्थ्यो।\ft*\f* चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 37 “ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्‍नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ” \c 20 \s1 पापको निम्ति दण्ड \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूलाई भन्: ‘आफ्ना छोराछोरीहरू मोलेखलाई चढाउने कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि परदेशी मारिनुपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्। \v 3 म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ। \v 4 यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने, \v 5 म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु। \p \v 6 “ ‘जो व्यक्ति जोखना हेर्नेहरू र तन्त्रमन्त्र गर्नेहरूका पछि लागेर आफैँलाई वेश्यावृत्तिमा लगाउँछ, त्यसदेखि म आफ्नो अनुहार लुकाउनेछु। अनि म त्यसलाई त्यसका मानिसहरूको बीचबाट बहिष्कार गर्नेछु। \p \v 7 “ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \v 8 मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ। \p \v 9 “ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्। \p \v 10 “ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्। \p \v 11 “ ‘यदि कुनै मानिसले आफ्नो बुबाको पत्नीसित सहवास गर्‍यो भने त्यसले आफ्नो बुबाको अपमान गरेको छ। त्यो मानिस र स्त्री दुवै मारियोस्। तिनीहरूका रगत तिनीहरूकै आफ्नै शिरमाथि परोस्। \p \v 12 “ ‘यदि कुनै मानिसले आफ्नी बुहारीसित सहवास गर्‍यो भने ती दुवै मारिऊन्। तिनीहरूले जे गरेका छन्, त्यो अभद्र व्यवहार हो। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्। \p \v 13 “ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्‍यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। \p \v 14 “ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्‍टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्‍टता नरहोस्। \p \v 15 “ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ। \p \v 16 “ ‘यदि कुनै स्त्री सहवासको निम्ति कुनै पशुकहाँ जान्छे भने त्यो स्त्री र पशु दुवै मारिनैपर्छ। निश्‍चय नै तिनीहरू मारिनैपर्छ। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्। \p \v 17 “ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्‍टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ। \p \v 18 “ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्‍यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ। \p \v 19 “ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ। \p \v 20 “ ‘यदि कुनै मानिसले आफ्नी काकी अथवा ठूली आमासित सहवास गर्‍यो भने त्यसले काका अथवा ठूलो बुबाको अपमान गर्छ। तिनीहरू त्यस पापको जिम्मेवार हुनेछन्; र तिनीहरू निःसन्तान भई मर्नेछन्। \p \v 21 “ ‘यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीलाई विवाह गर्‍यो भने त्यो अशुद्ध काम हो। त्यसले आफ्ना दाजुभाइको अपमान गरेको छ। तिनीहरू निःसन्तान हुनेछन्। \p \v 22 “ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्\f + \fr 20:22 \fr*\ft मूल भाषामा \ft*\fqa नओकलोस्\fqa*\f*। \v 23 मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ। \v 24 तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु। \p \v 25 “ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्‍नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू। \v 26 तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु। \p \v 27 “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्‍यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ” \c 21 \s1 पुजारीहरूका निम्ति नियमहरू \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्। \v 2 तर आफ्नो साक्खै अर्थात् आफ्ना आमाबुबा, आफ्ना छोराछोरी, दाजुभाइ, \v 3 अथवा आफ्नी साक्खै कन्या दिदीबहिनीका निम्ति त्यसले आफूलाई अशुद्ध तुल्याउन सक्छ। \v 4 वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्। \p \v 5 “ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्। \v 6 आफ्ना परमेश्‍वरका निम्ति तिनीहरू पवित्र रहून्, र आफ्ना परमेश्‍वरको नाम अपवित्र नपारून्। किनकि तिनीहरूले याहवेहका निम्ति आगोद्वारा चढाइएको बलि, आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्। \p \v 7 “ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुन्। \v 8 तिमीहरूले पुजारीहरूलाई पवित्र मान्‍नू। किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको भोजन चढाउने गर्दछन्। तिनीहरू तिमीहरूका निम्ति पवित्र रहून्। किनकि तिमीहरूलाई पवित्र पार्ने म याहवेह पवित्र छु। \p \v 9 “ ‘यदि कुनै पुजारीकी छोरीले वेश्या भएर आफूलाई अपवित्र तुल्याउँछे भने त्यसले आफ्ना बुबालाई कलङ्कित पार्छे; त्यसलाई आगोमा जलाइयोस्। \p \v 10 “ ‘आफ्ना दाजुभाइहरूमध्ये आफ्नो शिरमाथि अभिषेकको तेल खन्याइएको छ, र पुजारीका पोशाकहरू लगाउन नियुक्त भएको प्रधान पुजारीले आफ्नो केश खुला नछोडोस्,\f + \fr 21:10 \fr*\ft अथवा \ft*\fqa शिर नढाकेको हुनुपर्छ,\fqa*\f* र आफ्ना लुगा नच्यातोस्। \v 11 कुनै मुर्दा भएको ठाउँमा त्यो नपसोस्। त्यसले आफ्ना बुबाआमाकै निम्ति पनि आफूलाई अशुद्ध नपारोस्; \v 12 न त त्यसले पवित्रस्थानलाई छोडोस्, अथवा त्यसलाई दूषित पारोस्। किनकि परमेश्‍वरको अभिषेकको तेलले त्यसलाई अर्पण गरिएको छ। म नै याहवेह हुँ। \p \v 13 “ ‘त्यसले विवाह गर्ने स्त्री कन्या हुनुपर्छ। \v 14 त्यसले विधवा, त्यागिएकी स्त्री अथवा वेश्यावृत्तिद्वारा कलङ्कित स्त्रीलाई विवाह गर्नुहुँदैन। तर केवल आफ्नै जातिबाटको कन्यालाई मात्र विवाह गर्नुपर्छ। \v 15 त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ” \p \v 16 याहवेहले मोशालाई भन्‍नुभयो, \v 17 “हारूनलाई भन्: ‘भावी पुस्ताका निम्ति तेरो सन्तानबाट खोट भएको कुनै व्यक्ति पनि आफ्नो परमेश्‍वरको भोजन चढाउनलाई नजिक नआओस्। \v 18 यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्‍टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप; \v 19 अपाङ्ग खुट्टा वा हात भएको मानिस, \v 20 कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको। \v 21 पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्‍वरको भोजन चढाउन नजिक नआओस्। \v 22 तर त्यसले आफ्नो परमेश्‍वरको महा-पवित्र र पवित्र दुवै भोजन खान सक्छ। \v 23 त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ” \p \v 24 यसकारण मोशाले हारून र उनका छोराहरूलाई अनि सारा इस्राएलीहरूलाई यी कुरा सुनाए। \c 22 \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्‍नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ। \p \v 3 “तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ। \p \v 4 “ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग\f + \fr 22:4 \fr*\ft हिब्रू शब्दको \ft*\fq सरुवा छालारोग \fq*\ft परम्परागत कुष्‍ठरोग थियो, जुनचाहिँ विभिन्‍न छाला सम्बन्धी रोगहरू जनाउन प्रयोग हुन्थ्यो।\ft*\f* अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ, \v 5 अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ। \v 6 जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्। \v 7 घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो। \v 8 त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ। \p \v 9 “ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ। \p \v 10 “ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्। \v 11 तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्। \v 12 यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्। \v 13 तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन। \p \v 14 “ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्। \v 15 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्। \v 16 तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ” \s1 अयोग्य बलिदानहरू \p \v 17 याहवेहले मोशालाई भन्‍नुभयो, \v 18 “हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कोही, अर्थात् कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने परदेशीले भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक भेटीस्वरूप याहवेहका निम्ति होमबलिका लागि कुनै भेटी चढाउँछ भने, \v 19 तिमीहरूले गाईबस्तुबाट, भेडा अथवा बाख्राबाट निष्खोट पाठा तिमीहरूको पक्षमा त्यो ग्रहणयोग्य होस् भनेर चढाउनू। \v 20 खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन। \v 21 यदि कसैले आफ्नो विशेष भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक मेलबलिस्वरूप याहवेहकहाँ बथान अथवा बगालबाट ल्याउँछ भने ग्रहणयोग्य हुनलाई त्यो पूर्ण र खोटरहित होस्। \v 22 याहवेहकहाँ आँखा नेदेख्ने, चोट लागेको अथवा अङ्ग-भङ्ग भएको, छालारोगी, कुहिएको, घाउ भएको अथवा आलो घाउ भएकाहरू नचढाउनू। यस्ता कुनैलाई पनि याहवेहकहाँ आगोद्वारा चढाइने बलिदानस्वरूप वेदीमाथि नराख्नू। \v 23 तरै पनि तिमीहरूले स्वेच्छापूर्वक भेटीस्वरूप अङ्ग-भङ्ग भएको र चोट लागेको गोरु अथवा भेडा चढाउन सक्छौ। तर भाकल पूरा गर्ने विषयमा त्यो ग्रहण हुनेछैन। \v 24 तिमीहरूले याहवेहकहाँ अण्डकोषमा चोट लागेको, थेप्चिएको, च्यात्तिएको अथवा काटिएको पशु चढाउनुहुँदैन। तिमीहरूले आफ्नै देशमा यस्तो गर्नुहुँदैन। \v 25 अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्‍वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ” \p \v 26 याहवेहले मोशालाई भन्‍नुभयो, \v 27 “एउटा बाछा, थुमा अथवा बाख्रा जन्मँदा, त्यो त्यसकी आमासित सात दिनसम्म रहनुपर्छ। आठौँ दिनदेखि उसो त्यो याहवेहका निम्ति आगोद्वारा चढाइएको भेटीस्वरूप ग्रहण हुनेछ। \v 28 गाई अथवा भेडा र तिनीहरूका बच्‍चाहरू, दुवैलाई एकै दिन नमार्नू! \p \v 29 “तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ। \v 30 त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ। \p \v 31 “मेरा आज्ञाहरू पालन गर्नू, र त्यसअनुसार चल्नू। म नै याहवेह हुँ। \v 32 मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ। \v 33 अनि तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।” \c 23 \s1 तोकिएका चाडहरू \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू। \s2 शब्बाथ \p \v 3 “ ‘छ दिनसम्म तिमीहरूले काम गर्नू, तर सातौँ दिन शब्बाथ विश्रामदिन, पवित्र दिन हो। तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि यो याहवेहका निम्ति शब्बाथ हो।’ \s2 निस्तार र अखमिरी रोटीको चाड \p \v 4 “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू: \v 5 याहवेहको निस्तार पहिलो महिनाको चौधौँ दिनको साँझमा सुरु हुन्छ। \v 6 त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। \v 7 यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू। \v 8 सात दिनसम्म याहवेहलाई अग्निबलि चढाउनू। अनि सातौँ दिनमा एउटा पवित्र सभा राख्नू। त्यस दिन कुनै दैनिक काम नगर्नू।’ ” \s2 पहिलो फलको चाड \p \v 9 याहवेहले मोशालाई भन्‍नुभयो, \v 10 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले दिन लागेको देशमा प्रवेश गर्छौ र त्यहाँ बाली कटनी गर्छौ; तब तिमीहरूले कटनी गरेका पहिलो अन्‍नको एक बिटा पुजारीकहाँ ल्याउनू। \v 11 उसले त्यो बिटा याहवेहको सामु उचालेर अर्पण गरोस्, ताकि त्यो तिमीहरूको पक्षमा ग्रहण होस्। पुजारीले त्यसलाई शब्बाथको भोलिपल्ट विशेष भेटीको रूपमा अर्पण गरोस्। \v 12 तिमीहरूले बिटा उचालेर अर्पण गरिने दिन याहवेहका निम्ति एउटा निष्खोट एकवर्षे थुमा होमबलिस्वरूप चढाउनू। \v 13 त्यससित एपाको दशौँ भागको दुई भाग\f + \fr 23:13 \fr*\ft लगभग 3.2 किलो; \+xt 17|link-href="LEV 23:17"\+xt* पदमा पनि\ft*\f* मसिनो पिठो जैतुन तेलसँग मिसाएर अग्निबलि याहवेहलाई मनपर्ने बास्‍ना हुने गरी र एक हिन\f + \fr 23:13 \fr*\ft लगभग 1 लिटर\ft*\f* दाखमद्य अर्घबलिस्वरूप चढाउनू। \v 14 यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ। \s2 हप्‍ताहरूको चाड \p \v 15 “ ‘शब्बाथको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्‍ता\f + \fr 23:15 \fr*\ft अथवा \ft*\fqa साताहरूका चाड \fqa*\ft हेर्नुहोस्, \+xt प्रस 34:22\+xt*; \+xt लेवी 23:15‑22\+xt* पछि गएर यो पेन्टिकोस्ट पर्वको नामले चिनिन गयो (\+xt प्रेरित 2:1\+xt*)। वर्तमान समयमा यसलाई शाऊआत वा शाबुओत भनिन्छ।\ft*\f* गन्‍नू। \v 16 सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्‍नू; अनि नयाँ अन्‍नबलि याहवेहकहाँ चढाउनू। \v 17 तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू \v 18 त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्‍नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्‍नाको होमबलि हुनेछन्। \v 19 त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू। \v 20 पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्। \v 21 त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो। \p \v 22 “ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” \s2 तुरहीको चाड \p \v 23 याहवेहले मोशालाई भन्‍नुभयो, \v 24 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ। \v 25 नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ” \s2 प्रायश्‍चितको दिन \p \v 26 याहवेहले मोशालाई भन्‍नुभयो, \v 27 “यस सातौँ महिनाको दशौँ दिन प्रायश्‍चितको दिन हो। एउटा पवित्र सभा बोलाउनू र आफूलाई इन्कार गर्नू;\f + \fr 23:27 \fr*\ft अथवा \ft*\fqa उपवास बस्‍नु\fqa*\f* अनि याहवेहकहाँ अग्निबलि चढाउनू। \v 28 त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूका निम्ति प्रायश्‍चित गरिने प्रायश्‍चितको दिन हो। \v 29 त्यस दिन आफूलाई इन्कार नगर्नेलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। \v 30 त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु। \v 31 तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो। \v 32 यो तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।” \s2 छाप्रोबासको चाड \p \v 33 याहवेहले मोशालाई भन्‍नुभयो, \v 34 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पन्ध्रौँ दिनमा याहवेहको छाप्रोबासको चाड सुरु हुन्छ र यो सात दिनसम्म रहन्छ। \v 35 पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू। \v 36 सात दिनसम्म याहवेहकहाँ अग्निबलि चढाउनू। आठौँ दिनमा एउटा पवित्र सभा राख्नू। अनि याहवेहकहाँ अग्निबलि चढाउनू। यो समाप्‍तिको विशेष सभा हो। यस दिन दैनिक काम नगर्नू। \p \v 37 (“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्‍नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू। \v 38 यी बलिहरू याहवेहका शब्बाथका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।) \p \v 39 “ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामदिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो। \v 40 पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्‍वरका सामु सात दिनसम्म आनन्द मनाउनू। \v 41 यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू। \v 42 तिमीहरू सात दिनसम्म पालहरूमा बस्‍नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्‍नू। \v 43 अनि तिमीहरूका सन्तानले जान्‍नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्‍न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” \p \v 44 यसकारण मोशाले इस्राएलीहरूलाई याहवेहका तोकिएका चाडहरू घोषणा गरिदिए। \c 24 \s1 याहवेहको सामु तेल र रोटी राखिएको \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। \v 3 समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ। \v 4 याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ। \p \v 5 “प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग\f + \fr 24:5 \fr*\ft लगभग 3.2 किलो\ft*\f* प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू। \v 6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू। \v 7 याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू। \v 8 यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथमा नियमित रूपले राख्नू। \v 9 त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।” \s1 ईश्‍वर निन्दकलाई ढुङ्गाले हिर्काइएको \p \v 10 अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो। \v 11 इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्‍यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।) \v 12 याहवेहको इच्छा स्पष्‍ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे। \p \v 13 तब याहवेहले मोशालाई भन्‍नुभयो: \v 14 “यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्‍नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। \v 15 इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्‍वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ। \v 16 यदि कसैले याहवेहको नामको निन्दा गर्छ भने त्यो मारियोस्। सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। चाहे परदेशी होस् वा स्वदेशमा जन्मेको होस्। कसैले याहवेहको नामको निन्दा गर्‍यो भने त्यो मारियोस्। \p \v 17 “ ‘यदि कसैले मानिसको हत्या गर्‍यो भने त्यो मारिनुपर्छ। \v 18 जसले कसैको पशुलाई मार्छ भने त्यसले हर्जाना तिर्नुपर्छ—प्राणको साटो प्राण। \v 19 यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्‍यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्। \v 20 हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ। \v 21 जसले कुनै पशु मार्छ, त्यसले हर्जाना तिर्नुपर्छ; तर जसले मानिस मार्छ, त्यो मारिनैपर्छ। \v 22 परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” \p \v 23 त्यसपछि मोशाले इस्राएलीहरूसित कुरा गरे, र तिनीहरूले त्यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लगे, र ढुङ्गाले हिर्काए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे। \c 25 \s1 शब्बाथ वर्ष \p \v 1 याहवेहले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ पालन गर्नुपर्छ। \v 3 छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्‍नबाली बटुल्नू। \v 4 तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्राम—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू। \v 5 त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्‌गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्। \v 6 शब्बाथ वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू; \v 7 साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ। \s1 पचासौँ वर्ष \p \v 8 “ ‘सात शब्बाथ वर्षहरू गन्‍नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्ष उनन्चास वर्ष होऊन्। \v 9 त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्‍चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू। \v 10 पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ। \v 11 पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्‌गुरको कटनी नगर्नू। \v 12 किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू। \p \v 13 “ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ। \p \v 14 “ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू। \v 15 पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्‍नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्। \v 16 यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो। \v 17 एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 18 “ ‘मेरा उर्दीहरू मान्‍नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ। \v 19 तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्‍त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ। \v 20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्‍नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?” \v 21 छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ। \v 22 तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्‍न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ। \p \v 23 “ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ। \v 24 तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ। \p \v 25 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ। \v 26 तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्‍नति गरेर त्यसलाई छुटाउने पर्याप्‍त साधन जुटायो भने, \v 27 त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ। \v 28 तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्‍ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ। \p \v 29 “ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ। \v 30 यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्‍ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन। \v 31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्‍नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ। \p \v 32 “ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्। \v 33 यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्। \v 34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो। \p \v 35 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्। \v 36 तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्‍वरको डर मान्‍नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्। \v 37 तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू। \v 38 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। \p \v 39 “ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू। \v 40 तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्। \v 41 त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्। \v 42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन। \v 43 तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको डर मान्‍नू। \p \v 44 “ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्‍न सक्छौ। \v 45 तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्‍न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्। \v 46 तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू। \p \v 47 “ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने, \v 48 तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्। \v 49 काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्‍नति गर्‍यो भने आफैँलाई छुटाउन सक्छ। \v 50 त्यसले र त्यसलाई किन्‍नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ। \v 51 यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ। \v 52 यदि पचासौँ वर्षको उत्सव आउन केही वर्ष मात्र रहेको छ भने त्यसले त्यो गनोस्। अनि आफ्नो छुटकाराको मोल त्यस किसिमले नै तिरोस्। \v 53 त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू। \p \v 54 “ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ; \v 55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \c 26 \s1 आज्ञाकारिताको प्रतिफल \p \v 1 “ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। \p \v 2 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ। \p \v 3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्‍यौ भने, \v 4 म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्। \v 5 अङ्‌गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्‌गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ। \p \v 6 “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन। \v 7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। \v 8 तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। \p \v 9 “ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु। \v 10 तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ। \v 11 म आफ्नो वासस्थान\f + \fr 26:11 \fr*\ft अथवा \ft*\fqa मेरो समागम पाल\fqa*\f* तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ। \v 12 म तिमीहरूको बीचमा हिँड्‍डुल गर्नेछु, र तिमीहरूका परमेश्‍वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ। \v 13 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु। \s1 अनाज्ञाकारिताको दण्ड \p \v 14 “ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ, \v 15 अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्‍यौ र मेरा आज्ञाहरूलाई घृणा गर्‍यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्‍यौ भने, \v 16 म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्‍टिलाई नष्‍ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्। \v 17 म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ। \p \v 18 “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु। \v 19 म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु। \v 20 तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्। \p \v 21 “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्‍यौ र मेरो कुरा सुन्‍न इन्कार गर्‍यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्‍टहरू सात गुणा बढी बढाइदिनेछु। \v 22 म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्। \p \v 23 “ ‘यी सबै भइसकेपछि पनि यदि तिमीहरूले मेरो सुधारलाई ग्रहण गरेनौ र मेरो विरोधी भइरह्‍यौ भने, \v 24 म आफैँ तिमीहरूका विरुद्धमा हुनेछु। अनि तिमीहरूलाई आफ्ना पापको निम्ति सात गुणा बढी कष्‍ट दिनेछु। \v 25 म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ। \v 26 जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्‍त हुनेछैनौ। \p \v 27 “ ‘यदि यी सबै भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ, तर मेरो विरोधी भइरह्‍यौ भने, \v 28 म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु। \v 29 तिमीहरूले आफ्नै छोराहरूका मासु खानेछौ र आफ्नै छोरीहरूका मासु खानेछौ। \v 30 म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु। \v 31 म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्‍नाले मलाई प्रसन्‍न पार्नेछैन। \v 32 म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू पनि छक्‍क पर्नेछन्। \v 33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्। \v 34 तब देशले त्यसका शब्बाथ वर्षहरू त्यस उजाड रहेको समयभरि र तिमीहरू आफ्ना शत्रुका देशमा हुँदाखेरि उपभोग गर्नेछ; तब देशले बिसाएर आफ्नो शब्बाथहरूका आनन्द लिनेछ। \v 35 आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ। \p \v 36 “ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्। \v 37 कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्‍कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ। \v 38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ। \v 39 बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्‍ट भएर जानेछन्। \p \v 40 “ ‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पितापुर्खाका पाप, अर्थात् मेरो विरुद्धमा तिनीहरूले गरेका विश्‍वासघात र मप्रति देखाएका शत्रुताको व्यवहार स्वीकार गरे भने, \v 41 जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने, \v 42 याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु। \v 43 किनकि देश तिनीहरूद्वारा त्यागिनेछ। तिनीहरू नभएकाले देश उजाड भएको बेला त्यसले आफ्ना शब्बाथहरू उपभोग गर्नेछ। तिनीहरूले आफ्ना पापहरूका मूल्य चुकाउनुपर्नेछ; किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई तिरस्कार गरे, र मेरा उर्दीहरूलाई घृणा गरे। \v 44 तर यी सबै भएर पनि तिनीहरू आफ्ना शत्रुहरूका देशमा हुँदा तिनीहरूसित मैले गरेको करार भङ्ग गरेर तिनीहरूलाई सम्पूर्ण तवरले नष्‍ट गर्ने हिसाबले म तिनीहरूलाई तिरस्कार गर्नेछैनँ; अनि घृणा गर्नेछैनँ। म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ। \v 45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसित बाँधेको करारलाई सम्झनेछु; जसलाई मैले जातिहरूका दृष्‍टिमा तिनीहरूका परमेश्‍वर हुनलाई इजिप्टबाट निकालेर ल्याएँ। म नै याहवेह हुँ।’ ” \p \v 46 याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्। \c 27 \s1 याहवेहका भाकलहरू छुट्ट्याइएका \p \v 1 याहवेहले मोशालाई भन्‍नुभयो, \v 2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘यदि कसैले विशेष भाकल गरेर याहवेहका निम्ति मानिसलाई अर्पण गर्ने कुरामा त्यसको मोल बराबरको केही दिन्छ भने, \v 3 बीस वर्षदेखि साठी वर्षसम्मका पुरुषको पवित्रस्थानको शेकेल\f + \fr 27:3 \fr*\ft लगभग 12 ग्राम; \+xt 25|link-href="LEV 27:25"\+xt* पदमा पनि\ft*\f* बमोजिम चाँदीका पचास शेकेल\f + \fr 27:3 \fr*\ft लगभग 575 ग्राम; \+xt 16|link-href="LEV 27:16"\+xt* पदमा पनि\ft*\f* तोक्नू। \v 4 यदि त्यो स्त्री हो भने त्यसको मोल तीस शेकेल\f + \fr 27:4 \fr*\ft लगभग 345 ग्राम\ft*\f* तोक्नू। \v 5 यदि पाँचदेखि बीस वर्षसम्मका छन् भने पुरुषका लागि मोल बीस शेकेल\f + \fr 27:5 \fr*\ft लगभग 230 ग्राम\ft*\f* र स्त्रीको दश शेकेल\f + \fr 27:5 \fr*\ft लगभग 115 ग्राम \+xt 7|link-href="LEV 27:7"\+xt* पदमा पनि\ft*\f* तोक्नू। \v 6 त्यो व्यक्ति एक महिनादेखि पाँच वर्षसम्मको हो भने बालकको मोल चाँदीको पाँच शेकेल\f + \fr 27:6 \fr*\ft लगभग 58 ग्राम\ft*\f* र बालिकाको चाँदीको तीन शेकेल\f + \fr 27:6 \fr*\ft लगभग 35 ग्राम\ft*\f* तोक्नू। \v 7 यदि त्यो व्यक्ति साठी वर्षका र त्योभन्दा बढी उमेर पुगेको छ भने पुरुषको मोल पन्ध्र शेकेल\f + \fr 27:7 \fr*\ft लगभग 158 ग्राम\ft*\f* र स्त्रीका लागि दश शेकेल तोक्नू। \v 8 तोकिएको मोल तिर्नका लागि यदि कोही भाकल गर्ने अति गरिब छ भने त्यसले अर्पण गरिएको व्यक्तिलाई पुजारीकहाँ ल्याओस्; जसले त्यसका निम्ति भाकल गर्ने मानिसले तिर्नसक्ने हिसाबले मोल तोकिदिनेछ। \p \v 9 “ ‘यदि तिनीहरूले भाकल गरेको पशु भेटीको रूपमा याहवेहकहाँ ग्रहणयोग्य छ भने याहवेहलाई दिइएको यस्तो पशु पवित्र हुन्छ। \v 10 तिनीहरूले असलको साटो खराब अथवा खराबको साटो असल गरी त्यसलाई नसाटून्। यदि तिनीहरूले एउटा पशुको साटो अर्को दिन चाहन्छन् भने ती दुवै पशु पवित्र हुन्छन्। \v 11 यदि तिनीहरूले भाकल गरेको पशु अशुद्ध हो, र याहवेहका निम्ति बलि दिन ग्रहणयोग्य छैन भने त्यो पशु पुजारीकहाँ ल्याइनुपर्छ। \v 12 पुजारीले त्यो असल छ कि खराब छ भनी जाँच गर्नेछ। त्यसपछि पुजारीले जति मोल तोक्नेछ, त्यसको मोल त्यति नै हुनेछ। \v 13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले तोकेको मोलमा पाँचौँ भाग थपिदेओस्। \p \v 14 “ ‘कसैले याहवेहलाई आफ्नो घर अर्पण गर्छ भने पुजारीले त्यो घर असल छ कि छैन, सो हेरेर त्यसको मोल तोकिदेऊन्। पुजारीले जति तोक्छन्, त्यसको मोल त्यति नै हुनेछ। \v 15 यदि आफ्नो घर अर्पण गर्ने मानिसले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले त्यसमा तोकेको मोलको पाँचौँ भाग थप्नुपर्छ, र त्यो घर फेरि त्यसको हुनेछ। \p \v 16 “ ‘यदि कुनै मानिसले आफ्नो पारिवारिक जमिनको केही भाग याहवेहकहाँ अर्पण गर्छ भने त्यसको मोल त्यसका लागि चाहिने बिउको परिमाणको आधारमा तोकिनुपर्छ—एक होमेर\f + \fr 27:16 \fr*\ft लगभग 135 किलो\ft*\f* जौको पचास शेकेल चाँदी। \v 17 यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ। \v 18 तर यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवपछि अर्पण गर्छ भने अर्को पचासौँ वर्षको उत्सव आइपुग्न जति वर्षहरू बाँकी छन्, त्यो पुजारीले हिसाब गर्नुपर्छ। अनि तोकिएको मोल कम हुनेछ। \v 19 यदि आफ्नो जमिन अर्पण गर्ने मानिसले त्यसलाई छुटाउने इच्छा गर्छ भने त्यसले त्यसको मोलमा पाँचौँ भाग थप्नुपर्छ। अनि त्यो जमिन फेरि उसैको हुनेछ। \v 20 तर यदि त्यसले त्यस जमिनलाई छुटाउँदैन भने अथवा त्यसले त्यो कसैलाई बेचिसकेको छ भने त्यो कहिल्यै पनि छुटाउन सक्नेछैन। \v 21 पचासौँ वर्षको उत्सवमा जमिन छुटाइयो भने त्यो याहवेहकहाँ समर्पित जमिनझैँ पवित्र हुनेछ। अनि त्यो पुजारीहरूकै सम्पत्ति हुनेछ। \p \v 22 “ ‘यदि कुनै मानिसले आफ्नो परिवारको भाग होइन, तर आफूले किनेको जमिन याहवेहकहाँ अर्पण गर्छ भने, \v 23 पुजारीले पचासौँ वर्षको उत्सवको हिसाब गरेर त्यसको जति मोल तोक्छन्, त्यसले याहवेहका निम्ति पवित्र ठानेर त्यही दिन देओस्। \v 24 पचासौँ वर्षको उत्सवमा त्यो जमिन जसबाट त्यसले किनेको थियो, त्यसलाई फर्काइदिनेछ, अर्थात् त्यो जमिन जसको थियो, त्यसैलाई फिर्ता जाओस्। \v 25 प्रत्येक मोल पवित्रस्थानको शेकेलअनुसार, अर्थात् बीस गेराको एक शेकेलको हिसाबले तोकिनुपर्छ। \p \v 26 “ ‘तरै पनि कसैले कुनै पशुको पहिलो सन्तान अर्पण नगरोस्; किनकि पहिलो सन्तान पहिल्यैबाट याहवेहको हो। चाहे त्यो गोरु होस्, अथवा भेडा, त्यो याहवेहकै हो। \v 27 यदि त्यो कुनै अशुद्ध पशु हो भने त्यसले यसलाई तोकिएको मोलमा अझ पाँचौँ भाग थपेर फिर्ता गरेर किनोस्। यदि त्यसले यसलाई छुटाउँदैन भने त्यो त्यसको तोकिएको मोलअनुसार बेचियोस्। \p \v 28 “ ‘तर कसैले पनि आफूसित भएको आफ्नै कुरा, चाहे त्यो मानिस होस्, अथवा पशु अथवा परिवारको जमिन होस्, त्यो याहवेहकहाँ अर्पण गरिएको छ भने त्यसलाई नबेचियोस्, अथवा नछुटाइयोस्। यसरी अर्पण गरिएका प्रत्येक कुरा याहवेहकहाँ अति पवित्र हुन्छ। \p \v 29 “ ‘नाशका निम्ति अर्पण गरिएको कुनै मानिसलाई पनि मोल तिरेर नछुटाउनू; त्यो मारिनैपर्छ। \p \v 30 “ ‘जमिनबाट आएको प्रत्येक कुरा, चाहे त्यो माटोबाट होस्, अथवा रूखको फलको होस्, त्यसको दशांश याहवेहको हो; त्यो याहवेहका निम्ति पवित्र हो। \v 31 यदि कुनै मानिसले आफ्ना दशांश छुटाउन चाहन्छ भने त्यसले त्यसमा त्यसको पाँचौँ भाग थप्नुपर्छ। \v 32 बथान र बगालका सम्पूर्ण दशांश—गोठालोको लहुरोमुनिबाट छिरेर जाने प्रत्येक दशौँ पशु—याहवेहका निम्ति पवित्र हुनेछ। \v 33 कसैले असललाई खराबीबाट नछुटाओस्, अथवा साटासाट नगरोस्। यदि साट्यो भने त्यो पशु र साट्ने पशु दुवै पवित्र हुन्छन्, ती नछुटाइयोस्।’ ” \p \v 34 याहवेहले सीनै पर्वतमा इस्राएलीहरूका निम्ति मोशालाई दिनुभएका आज्ञाहरू यिनै हुन्।