\id LAM - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h विलाप \toc1 विलापको पुस्तक \toc2 विलाप \toc3 विलाप \mt1 विलापको पुस्तक \c 1 \q1 \f + \fr 1 \fr*\ft यस पुस्तकको प्रत्येक पद र अध्याय तीनको तीन-तीन पद, हिब्रू वर्णमालाको क्रमिक अक्षरहरूबाट सुरु हुन्छ।\ft*\f* \v 1 एक समय मानिसले भरिएको त्यो सहर, \q2 अहिले कस्तो सुनसान भएको छ! \q1 त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, \q2 अहिले त्यो विधवाजस्ती भएकी छे! \q1 प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, \q2 अहिले दासत्वमा परेकी छे। \b \q1 \v 2 रातभरि त्यो धुरुधुरु रुन्छे; \q2 त्यसका गालामा आँसु बगिरहन्छ। \q1 त्यसका सबै प्रेमीहरूमध्ये \q2 त्यसलाई सान्त्वना दिने कोही पनि छैन। \q1 त्यसका सबै साथीहरूले त्यसलाई विश्‍वासघात गरेका छन्; \q2 तिनीहरू सबै त्यसका शत्रु भएका छन्। \b \q1 \v 3 कष्‍ट र कठोर परिश्रमपछि \q2 यहूदालाई निर्वासनमा लगिएको छ। \q1 अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे; \q2 त्यसले आराम गर्ने ठाउँ पाउँदिन। \q1 त्यसलाई खेद्नेहरू सबैले \q2 त्यसलाई आपत् परेकै बेला पक्रेका छन्। \b \q1 \v 4 सियोनमा जाने बाटोहरूले शोक गर्छन्; \q2 किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्। \q1 त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्; \q2 त्यसका पुजारीहरू सुस्केरा हाल्छन्, \q1 त्यसका जवान केटीहरू शोक गर्छन्; \q2 अनि त्यो कठोर वेदनामा छे। \b \q1 \v 5 त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्; \q2 त्यसका शत्रुहरू विजयी भएका छन्; \q1 त्यसका धेरै पापहरूको कारण \q2 याहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ। \q1 त्यसका छोराछोरीहरू शत्रुहरूकै सामु \q2 निर्वासनमा लगिएका छन्। \b \q1 \v 6 सियोनकी छोरीबाट \q2 सबै गौरव हटिसकेको छ। \q1 त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका \q2 कमजोर मृगहरूजस्तै भएका छन्; \q1 तिनीहरू दुर्बल भएर \q2 तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्। \b \q1 \v 7 यरूशलेमले सङ्कष्‍ट र भौँतारिएको बेलामा \q2 आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, \q2 जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। \q1 जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, \q2 तब त्यसलाई मदत दिने कोही पनि थिएन। \q1 त्यसका शत्रुहरूले त्यसलाई देखे, \q2 र त्यसको विनाशमा ठट्टा गरे। \b \q1 \v 8 यरूशलेमले घोर अपराध गरेकी छे; \q2 यसैकारण त्यो अशुद्ध भएकी छे। \q1 त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्; \q2 किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्; \q1 त्यसले सुस्केरा मार्छे, \q2 र लाजले आफ्नो मुख लुकाउँछे। \b \q1 \v 9 त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो; \q2 त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन। \q1 त्यसको पतन भयङ्कर थियो; \q2 त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। \q1 “हे याहवेह, मेरो सङ्कष्‍टमा मलाई सहायता गर्नुहोस्; \q2 किनकि शत्रुहरू विजयी भएका छन्।” \b \q1 \v 10 त्यसका सबै धनसम्पत्तिहरू \q2 शत्रुले हात पारेका छन्; \q1 त्यसले यरूशलेमको पवित्रस्थानमा \q2 गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, \q1 जसलाई आफ्नो सभामा पस्‍न \q2 तपाईंले निषेध गर्नुभएको थियो। \b \q1 \v 11 त्यसका सबै मानिसहरू सुस्केरा मार्दै \q2 रोटीको खोजी गर्दछन्; \q1 तिनीहरू जीवित रहनका निम्ति \q2 आफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्। \q1 “हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्; \q2 किनकि म त तुच्छ भएको छु।” \b \q1 \v 12 “यहाँबाट भएर जाने तिमीहरू सबै, \q2 के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? \q1 चारैतिर आँखा लगाएर हेर। \q2 उहाँको भयङ्कर क्रोधको दिनमा \q1 उहाँले मलाई दिनुभएको \q2 मेरो कष्‍टजस्तो अर्को कुनै कष्‍ट छ? \b \q1 \v 13 “उहाँले माथिबाट आगो पठाउनुभएको छ; \q2 त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। \q1 उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, \q2 र उहाँले मलाई फर्काउनुभएको छ। \q1 उहाँले मलाई उजाड पार्नुभएको छ, \q2 र अटुट पीडामा छोड्नुभएको छ।” \b \q1 \v 14 “मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्; \q2 उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्। \q1 त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ; \q2 अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ। \q1 उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, \q2 जसको म सामना नै गर्न सक्दिनँ।” \b \q1 \v 15 प्रभुले मेरो बीचमा रहेका सबै वीर \q2 योद्धाहरूलाई इन्कार गर्नुभएको छ; \q1 मेरा जवानहरूलाई धुलोपिठो पार्नलाई \q2 उहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ। \q1 उहाँले यहूदाका कुमारीहरूलाई आफ्नो \q2 दाखको कोलमा पेल्नुभएको छ। \b \q1 \v 16 “यी सबै कारणले म रुन्छु, \q2 र मेरा आँखाबाट आँसुका धारा बग्छन्। \q1 मलाई सान्त्वना दिने कोही पनि नजिक छैन, \q2 र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन। \q1 मेरो शत्रु विजयी भएको कारण \q2 मेरा छोराछोरीहरू बेसहारा भएका छन्।” \b \q1 \v 17 सियोनले आफ्नो हात फैलाउँछे, \q2 तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन। \q1 याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ; \q2 त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्; \q1 यरूशलेम तिनीहरूका बीचमा \q2 एक अशुद्ध कुरा भएकी छे। \b \q1 \v 18 “याहवेह न्यायी हुनुहुन्छ, \q2 तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। \q1 हे सारा जातिहरू हो, सुन; \q2 मेरो पीडालाई हेर। \q1 मेरा जवान मानिस र कुमारीहरू \q2 निर्वासनमा लगिएका छन्। \b \q1 \v 19 “मैले मेरा मित्रहरूलाई बोलाएँ, \q2 तर तिनीहरूले मलाई धोका दिए। \q1 मेरा पुजारीहरू र मेरा अगुवाहरू \q2 आफू जीवित रहनका निम्ति \q1 खानेकुरा खोज्दा-खोज्दै \q2 सहरमा नै नष्‍ट भए। \b \q1 \v 20 “हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्‍टमा छु! \q2 मेरो प्राण मभित्र पीडामा मडारिन्छ, \q1 र मेरो हृदय व्याकुल छ; \q2 किनकि म अति विद्रोही भएको छु। \q1 घरबाहिर तरवार नष्‍ट गर्नमा सक्रिय छ भने, \q2 घरभित्र पनि मृत्यु मात्र छ। \b \q1 \v 21 “मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, \q2 तर मलाई सान्त्वना दिने कोही पनि छैन। \q1 मेरा सबै शत्रुहरूले मेरो कष्‍टको बारेमा सुनेका छन्; \q2 तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्। \q1 तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्, \q2 र मेरा शत्रुहरू पनि मजस्तै कष्‍टमा परून्। \b \q1 \v 22 “शत्रुहरूका सबै दुष्‍ट कामहरू तपाईंको सामु आऊन्; \q2 मेरा पापहरूको कारण \q1 मसँग जस्तो व्यवहार गर्नुभयो, \q2 तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्। \q1 मेरा सुस्केरा धेरै छन् \q2 र मेरो हृदय दुर्बल छ।” \b \b \c 2 \q1 \v 1 प्रभुले आफ्नो रिसको बादलले \q2 कसरी सियोनकी छोरीलाई ढाकिदिनुभएको छ! \q1 उहाँले इस्राएलको स्वर्गीय गौरवलाई \q2 तल पृथ्वीमा खसालिदिनुभएको छ; \q1 उहाँले आफ्नो रिसको दिनमा \q2 आफ्नो पाउदानलाई सम्झनुभएन। \b \q1 \v 2 प्रभुले याकोबका सबै वासस्थानहरूलाई \q2 दया नदेखाई नष्‍ट पार्नुभयो; \q1 उहाँले आफ्नो रिसमा यहूदाका छोरीका \q2 बलिया किल्‍लाहरू ध्वस्त गर्नुभयो। \q1 उहाँले त्यसको राज्य र त्यसका राजकुमारलाई \q2 भुइँको धुलोसँग मिलाएर अपमानित तुल्याउनुभयो। \b \q1 \v 3 उहाँको डरलाग्दो क्रोधमा इस्राएलको \q2 सबै शक्तिलाई उहाँले नष्‍ट पार्नुभयो। \q1 उहाँले इस्राएलीहरूको शत्रु नजिक आइपुग्दा, \q2 आफ्नो सहयोगी हात पछिल्तिर सार्नुभयो। \q1 उहाँ याकोबमाथि दन्केको आगोझैँ दन्कनुभयो, \q2 जसले वरिपरिका सबै कुरा भस्म पार्‍यो। \b \q1 \v 4 उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ; \q2 निशाना लगाउन उहाँको दाहिने हात तयार छ। \q1 उहाँले आफ्ना नजरमा प्रिय ठानेकाहरूलाई \q2 शत्रुलाई झैँ संहार गर्नुभयो; \q1 उहाँले सियोनकी छोरीको पालमा \q2 आफ्नो रिस आगोजस्तै बर्साउनुभएको छ। \b \q1 \v 5 प्रभु शत्रुजस्तै बन्‍नुभएको छ; \q2 उहाँले इस्राएललाई निल्नुभएको छ। \q1 उहाँले यरूशलेमका सबै महलहरू नष्‍ट गर्नुभएको छ; \q2 अनि त्यसका किल्‍लाहरू भत्काइदिनुभएको छ। \q1 यहूदाका छोरीको निम्ति उहाँले शोक \q2 र विलाप बढाइदिनुभएको छ। \b \q1 \v 6 उहाँले आफ्नो यरूशलेमको बासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ भत्काइदिनुभएको छ; \q2 अनि उहाँले आफ्नो सभाको स्थानलाई नष्‍ट पारिदिनुभएको छ। \q1 याहवेहले सियोनबाट तोकिएका \q2 चाडहरू र शब्बाथहरूको सम्झना मेटिदिनुभएको छ; \q1 उहाँले आफ्नो डरलाग्दो क्रोधमा राजा र पुजारी \q2 दुवैलाई तिरस्कार गर्नुभएको छ। \b \q1 \v 7 प्रभुले आफ्नो वेदीलाई इन्कार गर्नुभएको छ, \q2 र आफ्नो पवित्रस्थानलाई त्याग्नुभएको छ। \q1 उहाँले त्यसका महलका पर्खालहरू \q2 शत्रुका हातमा दिनुभएको छ; \q1 तिनीहरूले तोकिएको चाडको दिनमा झैँ \q2 याहवेहको भवनमा उत्सवको उच्‍च आवाज उठाएका छन्। \b \q1 \v 8 याहवेहले सियोनको छोरीका वरिपरिको \q2 पर्खाल भत्काउने अठोट गर्नुभयो। \q1 उहाँले एउटा नाप्‍ने फित्ताले नाप लिनुभयो \q2 र त्यसलाई नष्‍ट गर्न आफ्नो हातलाई रोक्नुभएन। \q1 उहाँले किल्‍लाहरू र पर्खालहरूलाई विलाप गर्न लगाउनुभयो; \q2 अनि ती पर्खालहरू एकैसाथ ढले। \b \q1 \v 9 त्यसका मूलढोकाहरू जमिनमा भासिए; \q2 त्यसका गजबारहरू भत्काएर नष्‍ट पारिए। \q1 त्यसका राजा र राजकुमारहरू गैरयहूदीहरूका बीचमा निर्वासित भएका छन्। \q2 अब व्यवस्था रहँदैन, \q1 न त तिनीहरूका अगमवक्ताहरूले \q2 याहवेहबाट कुनै दर्शन नै पाउँछन्। \b \q1 \v 10 सियोनका छोरीका धर्मगुरुहरू \q2 चुपचाप भुइँमा बसेका छन्; \q1 तिनीहरूले आफ्ना शिरमा धुलो छरेका छन्, \q2 र भाङ्ग्राका वस्त्र पहिरिएका छन्। \q1 यरूशलेमका कुमारीहरूले \q2 आफ्नो शिर भुइँतिर झुकाएका छन्। \b \q1 \v 11 मेरा आँखा रुँदा-रुँदा टट्टाइसकेका छन्, \q2 मेरो प्राण मभित्र व्याकुल छ; \q1 मेरो हृदय छिया-छिया भएको छ; \q2 किनकि मेरा मानिसहरू नष्‍ट भएका छन्; \q1 अनि बालबालिकाहरू र दुधे बच्‍चाहरू \q2 सहरका गल्‍लीहरूमा बेहोश भएका छन्। \b \q1 \v 12 जब तिनीहरू गल्‍लीहरूमा \q2 घाइते ढलेझैँ ढल्छन्, \q1 जब तिनीहरूको प्राण \q2 आफ्ना आमाका काखमा शिथिल हुन्छन्, \q1 तब आफ्ना आमाहरूलाई यसो भन्छन्, \q2 “खोइ, भोजन र दाखमद्य कहाँ छन्?” \b \q1 \v 13 हे यरूशलेमकी छोरी, \q2 तँलाई म के भनूँ? \q2 म तँलाई केसँग तुलना गरूँ? \q1 हे सियोनकी कुमारी छोरी, \q2 म तँलाई केसँग तुलना गरूँ? \q2 ताकि म तँलाई सान्त्वना दिन सकूँ? \q1 तेरो विनाशको चोट सागरझैँ गहिरो छ। \q2 तँलाई कसले निको पार्न सक्ला? \b \q1 \v 14 तिमीहरूका अगमवक्ताहरूका दर्शनहरू \q2 झूटा र व्यर्थका थिए; \q1 तँलाई कैदमा जानबाट जोगाउनलाई \q2 तिनीहरूले तेरो पाप प्रकट गरिदिएनन्। \q1 बरु तिनीहरूले तेरा लागि \q2 झूटो र भ्रामक ईश्‍वरवाणी गरे। \b \q1 \v 15 तेरो बाटो छेउभएर जाने मानिसहरू \q2 सबैले तँलाई खिसी गर्दै ताली बजाउँछन्; \q1 यरूशलेमकी छोरीको विरुद्ध खिसी गर्दै \q2 टाउको हल्‍लाउँछन्: \q1 “के यो त्यही सहर हो, \q2 जसलाई अति सुन्दर \q2 र सारा पृथ्वीको आनन्द भनेर चिनिन्थ्यो?” \b \q1 \v 16 तेरा सबै शत्रुहरू आफ्ना मुख \q2 खोलेर तेरो विरुद्धमा बोल्छन्; \q1 तिनीहरूले खिसी गर्छन्; आफ्ना दाह्रा किट्छन्, \q2 र भन्छन्, “हामीले त्यसलाई निलिसक्यौँ। \q1 हामीले प्रतीक्षा गरेको दिन यही हो; \q2 हामी यो दिन हेर्नलाई नै बाँचेका थियौँ।” \b \q1 \v 17 याहवेहले जे योजना गर्नुभएको थियो; \q2 उहाँले त्यही आफ्नो वचन पूरा गर्नुभएको छ, \q2 जुन वचन उहाँले धेरै समयअगि घोषणा गर्नुभएको थियो। \q1 उहाँले तँलाई दयाविना ध्वस्त गर्नुभएको छ; \q2 उहाँले तेरा शत्रुहरूलाई तँमाथि रमाउन दिनुभएको छ, \q2 र उहाँले तेरा शत्रुहरूका सिङ\f + \fr 2:17 \fr*\fq सिङ \fq*\ft यहाँ शक्ति भन्‍ने जनाउँछ।\ft*\f* उच्‍च पारिदिनुभएको छ। \b \q1 \v 18 मानिसका हृदयले \q2 प्रभुलाई चर्को सोरले पुकार्दछन्। \q1 हे सियोनकी छोरीको पर्खाल, \q2 तेरो आँसु नदीझैँ \q2 दिनरात बगोस्; \q1 तैँले आफूलाई अलिकति पनि विश्राम नदे! \q2 अनि आफ्ना आँखाहरूलाई पनि आराम नदे। \b \q1 \v 19 जब रातको पहिलो पहर सुरु हुन्छ, \q2 तब रातभरि उठेर करा; \q1 तेरो हृदय पानीझैँ \q2 प्रभुको उपस्थितिमा पोख्। \q1 तेरा बालबालिकाको जीवनको निम्ति \q2 आफ्ना हातहरू उहाँतिर उठा, \q1 ती बालकहरू, जो हरेक गल्‍लीका मोडमा \q2 भोकले मूर्च्छा परेका छन्। \b \q1 \v 20 “हे याहवेह हेर्नुहोस् र विचार गर्नुहोस्: \q2 तपाईंले कोसँग यस्तो व्यवहार गर्नुभएको छ? \q1 के स्त्रीहरूले आफ्ना सन्तानहरूलाई, \q2 आफूले स्याहारेका आफ्नै गर्भका फलहरूलाई खाऊन्? \q1 के प्रभुका पवित्रस्थानका पुजारीहरू \q2 र अगमवक्ताहरू दुवै मारिऊन्? \b \q1 \v 21 “बुढापाका र जवानहरू सडकको धुलोमा \q2 एकसाथ लडिरहेका छन्; \q1 मेरा जवान केटा र केटीहरू \q2 शत्रुका तरवारले मारिएका छन्। \q1 तपाईंको क्रोधको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ; \q2 तपाईंले तिनीहरूलाई नटिठ्याई मार्नुभएको छ। \b \q1 \v 22 “तपाईंले चाडको दिनमा मानिसहरूलाई बोलाएझैँ, \q2 तपाईंले चारैतिरबाट मेरो विरुद्धमा त्रास निम्त्याउनुभयो। \q1 याहवेहको क्रोधको दिनमा \q2 कोही पनि भाग्न वा बाँच्न सकेनन्; \q1 जसलाई मैले हुर्काएँ र स्याहारेँ; \q2 तिनीहरूलाई मेरा शत्रुहरूले सर्वनाश गरेका छन्।” \b \b \c 3 \q1 \v 1 याहवेहको क्रोधको लाठोद्वारा \q2 दुःख भोग्ने मानिस म नै हुँ। \q1 \v 2 उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा \q2 अन्धकारमा हिँड्न लगाउनुभएको छ; \q1 \v 3 वास्तवमा उहाँले आफ्नो हात \q2 दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ। \b \q1 \v 4 उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; \q2 अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ। \q1 \v 5 उहाँले मलाई तितोपना र कष्‍टले \q2 चारैतिर घेरेर कब्जामा पार्नुभएको छ। \q1 \v 6 उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ \q2 अन्धकारमा राख्नुभएको छ। \b \q1 \v 7 म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; \q2 उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ। \q1 \v 8 मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि \q2 उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो। \q1 \v 9 उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; \q2 उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ। \b \q1 \v 10 आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै \q2 र लुकिरहेको सिंहले जस्तै \q1 \v 11 उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, \q2 र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो। \q1 \v 12 उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, \q2 र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो। \b \q1 \v 13 उहाँले आफ्नो ठोक्रोको काँडले \q2 मेरो मुटु छेडिदिनुभयो। \q1 \v 14 म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; \q2 दिनभरि नै म तिनीहरूको गिल्‍लाको गीत भएको छु। \q1 \v 15 उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो \q2 र पित्त पिउन दिनुभयो। \b \q1 \v 16 उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; \q2 उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो। \q1 \v 17 मेरो आत्माबाट शान्ति खोसिएको छ; \q2 सुख के हो, त्यो मैले बिर्सिसकेको छु। \q1 \v 18 यसकारण म भन्दछु, “मेरो गौरव \q2 र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।” \b \q1 \v 19 म मेरो कष्‍ट र मेरो घरविहीनको अवस्था, \q2 तितोपन र पित्तको स्मरण गर्दछु। \q1 \v 20 म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, \q2 र मेरो आत्मा मभित्र हताश हुन्छ। \q1 \v 21 तर पनि जब म यो कुरा स्मरण गर्दछु, \q2 तब यसैले मलाई आशा दिन्छ: \b \q1 \v 22 याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; \q2 किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। \q1 \v 23 हरेक बिहान ती नयाँ भएर आउँछन्; \q2 तपाईंको विश्‍वसनीयता महान् छ। \q1 \v 24 म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; \q2 यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।” \b \q1 \v 25 याहवेहमा आशा राख्नेहरू \q2 र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ; \q1 \v 26 याहवेहको उद्धारका निम्ति \q2 चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो। \q1 \v 27 आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु \q2 मानिसका निम्ति असल हुन्छ। \b \q1 \v 28 त्यो एकलै शान्त भएर बसोस्; \q2 किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ। \q1 \v 29 त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, \q2 अझै पनि त्यसमा आशा होस्। \q1 \v 30 उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; \q2 अनि त्यसले अपमान गिल्‍ला सहँदै रहोस्। \b \q1 \v 31 किनकि प्रभुले \q2 मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन। \q1 \v 32 उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; \q2 किनकि उहाँको अटुट प्रेम अति महान् छ। \q1 \v 33 किनकि उहाँले स्वइच्छाले \q2 कसैमाथि पनि दुःख वा कष्‍ट दिनुहुन्‍न। \b \q1 \v 34 यहूदा देशका सबै कैदीहरूलाई \q2 पैतालामुनि कुल्चँदा, \q1 \v 35 सर्वोच्‍च परमेश्‍वरको सामु \q2 मानिसको अधिकार खोसिँदा, \q1 \v 36 र तिनीहरूले न्याय नपाउँदा \q2 के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्‍न र? \b \q1 \v 37 प्रभुले आज्ञा गर्नुभएन भने \q2 कसले पो बोलेको कुरा पूरा गर्न सक्छ? \q1 \v 38 के सर्वोच्‍चका मुखबाट नै \q2 विपत्ति र असल कुरा दुवै आउँदैनन् र? \q1 \v 39 जीवित मानिसले आफ्ना पापको \q2 दण्ड पाउँदा किन गनगन गर्नु? \b \q1 \v 40 हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, \q2 र हामी याहवेहतिर फर्कौँ। \q1 \v 41 हामी हाम्रा हात र हृदय स्वर्गका \q2 परमेश्‍वरतिर उचालौँ र भनौँ: \q1 \v 42 “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, \q2 अनि तपाईंले क्षमा गर्नुभएको छैन। \b \q1 \v 43 “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; \q2 तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो। \q1 \v 44 तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, \q2 ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्। \q1 \v 45 तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा \q2 फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ। \b \q1 \v 46 “हाम्रा सबै शत्रुहरूले \q2 ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्। \q1 \v 47 हामीले त्रास र खतराको पासो, \q2 नाश र विनाशको कष्‍ट भोगेका छौँ।” \q1 \v 48 मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; \q2 किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्। \b \q1 \v 49 मेरा आँखाबाट आँसु नरोकी, \q2 निरन्तर बगिरहनेछ, \q1 \v 50 जबसम्म याहवेहले स्वर्गबाट \q2 तल हेर्नुहुन्‍न र देख्नुहुन्‍न। \q1 \v 51 मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; \q2 किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु। \b \q1 \v 52 मेरा शत्रुहरूले विनाकारण \q2 मलाई चरालाई झैँ शिकार गरिहिँडे। \q1 \v 53 तिनीहरूले एउटा खाडलमा मेरो जीवनको \q2 अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने; \q1 \v 54 पानी मेरो टाउकोसम्म नै आइपुग्यो; \q2 तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो। \b \q1 \v 55 हे याहवेह, मैले खाडलको गहिराइबाट, \q2 तपाईंको नाममा पुकारेँ। \q1 \v 56 तपाईंले मेरो बिन्ती सुन्‍नुभयो: “छुटकाराको मेरो पुकारप्रति \q2 आफ्नो कान बन्द नगर्नुहोस्!” \q1 \v 57 मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, \q2 र तपाईंले भन्‍नुभयो, “नडरा!” \b \q1 \v 58 हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; \q2 र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो। \q1 \v 59 हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। \q2 मेरो न्याय गरिदिनुहोस्! \q1 \v 60 तिनीहरूले मसित लिएको बदलाको गहिराइ \q2 र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ। \b \q1 \v 61 हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान \q2 र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्‍नुभएको छ; \q1 \v 62 मेरा शत्रुहरूले दिनभरि \q2 मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्‍नुभएको छ। \q1 \v 63 तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! \q2 तिनीहरू गीत गाएर मेरो गिल्‍ला गर्दछन्। \b \q1 \v 64 हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, \q2 तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्। \q1 \v 65 तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; \q2 अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्! \q1 \v 66 हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, \q2 र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्! \b \b \c 4 \q1 \v 1 सुनले कसरी आफ्नो चमक हरायो! \q2 निखुर सुन कसरी फिक्‍का भएको छ! \q1 हरेक पवित्र पत्थरहरू \q2 सडकको कुनामा छरपस्ट भएका छन्। \b \q1 \v 2 सियोनका बहुमूल्य छोराहरू, \q2 जो एक पटक सुन जत्तिकै उत्कृष्‍ट थिए, \q1 तर अहिले तिनीहरू कुमालेका हातले बनेका \q2 माटाका भाँडा समान गनिएका छन्! \b \q1 \v 3 स्यालका माउले पनि तिनीहरूका \q2 बच्‍चालाई आफ्ना स्तनपान गराउँछन्, \q1 तर मेरा प्रजा मरुभूमिका \q2 शुतुरमुर्गजस्तै हृदयविहीन भएका छन्। \b \q1 \v 4 किनकि दुधे बालकको जिब्रो \q2 तिर्खाले त्यसको मुखको तालुमा टाँसिन्छ; \q1 केटाकेटीहरूले खानेकुरा माग्छन्, \q2 तर कसैले पनि तिनीहरूलाई केही दिँदैनन्। \b \q1 \v 5 कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू \q2 अहिले सडकहरूमा बेसहारा भएका छन्। \q1 राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू \q2 अहिले खरानीको घुरानमा बसिरहेका छन्। \b \q1 \v 6 मेरो प्रजाको दण्ड \q2 सदोमको दण्डभन्दा ठूलो छ, \q1 जुन सहर क्षणभरमा विनाश भयो, \q2 जसलाई गुहार गर्ने मान्छे एउटै पनि भएन। \b \q1 \v 7 त्यसका राजकुमारहरू हिउँभन्दा \q2 चम्किला र दूधभन्दा सेता थिए; \q1 तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता \q2 र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो। \b \q1 \v 8 तर अहिले तिनीहरूको रूप मोसोभन्दा कालो भएको छ; \q2 तिनीहरू सडकहरूमा चिनिँदैनन्। \q1 तिनीहरूका छाला हड्डीहरूमा टाँसिएको छ; \q2 त्यो काठझैँ सुक्खा भएको छ। \b \q1 \v 9 अनिकालले मर्नेहरूभन्दा \q2 तरवारले मारिएकाहरू झन् असल हुन्छन्; \q1 तिनीहरू जमिनका फसलको अभाव \q2 र भोकले पीडित भएर सुक्दै गइरहेका छन्। \b \q1 \v 10 जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए, \q2 तब दयालु हृदय भएका स्त्रीहरूले पनि \q1 आफ्नै हातले आफ्ना छोराछोरीहरूलाई पकाए; \q2 आफ्नै सन्तानहरू तिनीहरूका भोजन भए। \b \q1 \v 11 याहवेहले आफ्नो क्रोध पूर्ण रूपमा प्रकट गर्नुभएको छ; \q2 उहाँले आफ्नो भयङ्कर रिस पोख्नुभएको छ। \q1 उहाँले सियोनमा रिसको आगो सल्काउनुभएको छ, \q2 र आगोले त्यसका जगहरू भस्म भएको छ। \b \q1 \v 12 कुनै पनि शत्रु र विरोधीहरू \q2 यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी \q1 न पृथ्वीका राजाहरूले, \q2 न त संसारका कुनै मानिसले नै विश्‍वास गरेका थिए। \b \q1 \v 13 तर त्यस देशका अगमवक्ताहरूका पाप \q2 र पुजारीहरूका अपराधको कारणले गर्दा त्यसो भएको हो। \q1 तिनीहरूले यरूशलेमभित्र \q2 धर्मीहरूका रगत बगाएका थिए। \b \q1 \v 14 अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता \q2 सडकहरूमा छामछुम गरेर हिँड्छन्। \q1 तिनीहरू रगत लागेर यति अशुद्ध भएका छन्, \q2 कि तिनीहरूका वस्त्रहरू कसैले पनि छुन चाहँदैनन्। \b \q1 \v 15 मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्, \q2 “टाढा जाओ! तिमीहरू अशुद्ध छौ!” \q2 “टाढा जाओ! टाढा जाओ! हामीलाई नछोओ!” \q1 जब तिनीहरू भगुवा र फिरन्ते भए, \q2 तब राष्ट्रहरूको बीचमा विदेशी मानिसहरूले यसो भने, \q2 “तिनीहरू अब हामीसित बसोबास गर्न पाउनेछैनन्।” \b \q1 \v 16 याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ; \q2 अब उहाँले तिनीहरूको वास्ता गर्न छोड्नुभएको छ। \q1 न पुजारीहरूलाई सम्मान दिइएको छ, \q2 न त अगुवाहरूलाई नै कृपादृष्‍टि देखाइएको छ। \b \q1 \v 17 गुहारका निम्ति व्यर्थै बाटो हेर्दा-हेर्दा \q2 हाम्रा आँखा टट्टाइसके; \q1 हामीले आफ्नो धरहराबाट यस्तो राष्ट्रको बाटो हेरिबस्यौँ, \q2 जसले हामीलाई बचाउन सकेन। \b \q1 \v 18 मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण \q2 हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। \q1 हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; \q2 किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो। \b \q1 \v 19 हामीलाई खेदो गर्नेहरू आकाशका \q2 चीलहरूभन्दा पनि फूर्तिला थिए; \q1 तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, \q2 र मरुभूमिमा हामीलाई ढुकेर बसे। \b \q1 \v 20 याहवेहको अभिषिक्त राजा, \q2 हाम्रो जीवनको सास, तिनकै पासोमा थियो। \q1 हामीले सोच्यौँ कि राजाकै छायामुनि \q2 हामी राष्ट्रहरूका बीचमा सुरक्षित बसोबास गर्नेछौँ। \b \q1 \v 21 हे ऊज देशमा बसोबास गर्ने एदोमकी छोरी, \q2 रमा र आनन्दित हो। \q1 तर पनि त्यो कचौरा तँलाई पिउनलाई दिइनेछ; \q2 त्यो कचौरा पिएर तँ मात्तिनेछस्, र आफैँलाई नाङ्गो पार्नेछस्। \b \q1 \v 22 हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ; \q2 उहाँले तेरो निर्वासनको अवधि लम्ब्याउनुहुनेछैन। \q1 तर हे एदोमकी छोरी, उहाँले तेरो पापको दण्ड दिनुहुनेछ; \q2 अनि उहाँले तेरो दुष्‍टता प्रकट गरिदिनुहुनेछ। \b \b \c 5 \q1 \v 1 हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्; \q2 हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ। \q1 \v 2 हाम्रो उत्तराधिकार अपरिचितहरूलाई \q2 र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ। \q1 \v 3 हामी बुबाविहीन भएका छौँ; \q2 हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्। \q1 \v 4 आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ; \q2 हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्‍नुपर्छ। \q1 \v 5 हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्; \q2 हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ। \q1 \v 6 हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई \q2 इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ। \q1 \v 7 हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए; \q2 तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ। \q1 \v 8 दासहरूले हामीमाथि शासन गर्दछन्; \q2 अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन। \q1 \v 9 मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले \q2 हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ, \q1 \v 10 हामीलाई भोकले गर्दा ज्वरो आएको छ, \q2 र हाम्रो छाला चुल्होझैँ रन्केको छ। \q1 \v 11 सियोनमा स्त्रीहरू र \q2 यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्। \q1 \v 12 शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ; \q2 अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन। \q1 \v 13 जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्; \q2 अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्। \q1 \v 14 अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्; \q2 जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्। \q1 \v 15 हाम्रा हृदयबाट आनन्द गइसक्यो; \q2 हाम्रो नाच शोकमा बदली भइसक्यो। \q1 \v 16 हाम्रा शिरबाट मुकुट खसेको छ। \q2 हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ! \q1 \v 17 यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्; \q2 यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्; \q1 \v 18 किनकि सियोन पर्वत उजाड भएको छ; \q2 अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्। \b \q1 \v 19 हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ; \q2 तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। \q1 \v 20 तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ? \q2 तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ? \q1 \v 21 यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन \q2 र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने, \q1 \v 22 हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्, \q2 र हामी तपाईंकहाँ फर्कन सकौँ; \q2 हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।