\id JON - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h योना \toc1 योनाको भविष्यवाणी \toc2 योना \toc3 योना \mt1 योनाको भविष्यवाणी \c 1 \s1 योना याहवेहबाट भागेका \p \v 1 याहवेहको यो वचन अमित्तैका छोरो योनाकहाँ आयो: \v 2 “त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्‍टता मेरो सामु आइपुगेको छ।” \p \v 3 तर योना याहवेहदेखि भाग्न विपरीत दिशा तर्शीशतिर लागे। तिनी तल जोप्पा सहरमा गए, जहाँ तिनले तर्शीशतिर जाने एउटा जहाज भेट्टाए। जहाजको भाडा तिरे, र याहवेहदेखि भाग्न तिनी जहाजमा चढेर तर्शीशतिर लागे। \p \v 4 तब याहवेहले समुद्रमा एउटा ठूलो बतास चलाइदिनुभयो; अनि यति भयानक आँधी चल्यो, कि त्यस प्रचण्ड आँधीको कारण जहाज नष्‍ट होलाझैँ भयो। \v 5 तब सबै नाविकहरू डराए, र हरेकले आ-आफ्ना देवतालाई पुकार्न थाले। अनि तिनीहरूले जहाजलाई हलुङ्गो पार्न व्यापारका सरसामानहरू समुद्रमा फालिदिए। \p तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, जहाँ तिनी ढल्के, र तिनी मस्त निद्रामा परे। \v 6 जहाजको कप्‍तान तिनीकहाँ गएर भने, “तिमी कसरी सुत्न सकिरहेका छौ? उठ, आफ्ना ईश्‍वरलाई पुकार! सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ, र हामी नष्‍ट हुनेछैनौँ।” \p \v 7 तब नाविकहरूले एक-अर्कालाई भने, “आउनुहोस्, हामी चिट्ठा हालौँ र यस विपत्तिको जिम्मेवार कोचाहिँ रहेछ भनेर पत्ता लगाऔँ।” तब तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाममा पर्‍यो। \v 8 त्यसपछि तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि आएका यी सबै विपत्तिको जिम्मेवार को हो? तिमी के काम गर्छौ? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” \p \v 9 तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” \p \v 10 यस कुराले तिनीहरू धेरै भयभीत भए, र तिनीहरूले तिनलाई सोधे, “तिमीले किन यसो गर्‍यौ?” (तिनले अगि नै यो कुरा भनिसकेको हुनाले तिनी याहवेहदेखि भागिरहेका छन् भन्‍ने कुरा तिनीहरूले थाहा पाए।) \p \v 11 समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?” \p \v 12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।” \p \v 13 तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्‍याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो। \v 14 त्यसपछि तिनीहरूले याहवेहलाई पुकारे, “हे याहवेह, यो मानिसको प्राणको कारण दया गरी हामीलाई नष्‍ट हुन नदिनुहोस्। एक निर्दोष मानिसको हत्याको निम्ति हामीलाई जिम्मेवार नठहराउनुहोस्; किनकि हे याहवेह, तपाईंलाई जस्तो उचित लाग्यो, त्यही गर्नुभएको छ।” \v 15 त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो। \v 16 यो कुरा देखेर मानिसहरू याहवेहसित साह्रै डराए, र तिनीहरूले याहवेहलाई बलिदान चढाए र उहाँलाई भाकल गरे। \s1 योनाको प्रार्थना \p \v 17 तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे। \c 2 \nb \v 1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे। \v 2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: \q1 “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, \q2 र उहाँले मलाई जवाफ दिनुभयो। \q1 मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; \q2 अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो। \q1 \v 3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, \q2 समुद्रको मुटुभित्र म डुबेँ; \q2 अनि पानीका छालहरूले मलाई घेरे; \q1 अनि तपाईंका पानीका छालहरू र लहरहरू \q2 ममाथि उर्लेर आए। \q1 \v 4 मैले भनेँ, ‘म तपाईंको \q2 दृष्‍टिबाट निकालिएको छु; \q1 तापनि म फेरि पनि तपाईंको \q2 पवित्र मन्दिरतिर हेर्नेछु।’ \q1 \v 5 डुबाउने पानीले मलाई भयभीत तुल्याए, \q2 र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; \q2 समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए। \q1 \v 6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; \q2 पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। \q1 तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्‍वर, \q2 मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो। \b \q1 \v 7 “जब मेरो प्राण जानै लागेको थियो, \q2 हे याहवेह, मैले तपाईंलाई सम्झेँ; \q1 अनि मेरो प्रार्थना तपाईंकहाँ, \q2 तपाईंको पवित्र मन्दिरसम्म पुग्यो। \b \q1 \v 8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, \q2 तिनीहरू परमेश्‍वरको अचुक प्रेमबाट टाढा हुन्छन्। \q1 \v 9 तर म धन्यवादको स्तुतिसहित \q2 तपाईंलाई बलिदान चढाउनेछु। \q1 मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। \q2 म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ” \p \v 10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो। \c 3 \s1 योना निनवेमा गएका \p \v 1 त्यसपछि याहवेहको वचन दोस्रो पटक योनाकहाँ आयो: \v 2 “त्यो ठूलो सहर निनवेमा जा, र मैले तँलाई दिएको सन्देश जे छ, त्यसलाई घोषणा गर्।” \p \v 3 योनाले याहवेहको वचन पालन गरेर निनवेमा गए। निनवे एक ठूलो सहर\f + \fr 3:3 \fr*\ft मूल भाषामा \ft*\fqa परमेश्‍वरको निम्ति महान्\fqa*\f* थियो; यस सहरलाई पार गर्नलाई तीन दिन लाग्थ्यो। \v 4 योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्‍वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्‍ट पारिनेछ।” \v 5 निनवेका मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए। \p \v 6 जब यो खबर निनवेका राजाकहाँ पुग्यो, तब तिनी आफ्नो सिंहासनबाट उठे; आफ्नो राजकीय पोशाक फुकाले र भाङ्ग्रा ओढेर खरानीमा बसे। \v 7 त्यसपछि राजाले निनवेमा यस्तो घोषणा जारी गरे: \pmo राजा र तिनका अधिकारीहरूका उर्दीअनुसार: \pm “मानिस वा पशुप्राणी, गाईबस्तु वा भेडाबाख्रा, कसैले पनि केही खानेकुरा नचाखोस्; तिनीहरूलाई खान वा पिउन नदिइयोस्। \v 8 तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्‍वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्‍ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्। \v 9 कसले जान्दछ? हामी नाश नहोऔँ भनी परमेश्‍वरले अझै पनि आफ्नो मन बदल्नुहुन्छ, वा दयाले भरिएर आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोला कि।” \p \v 10 जब परमेश्‍वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्‍ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन। \c 4 \s1 याहवेहको दयामा योनाको रिस \p \v 1 तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए। \v 2 तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्‍न। \v 3 अब, हे याहवेह, मेरो प्राण लिनुहोस्; किनकि मेरा निम्ति बाँच्नुभन्दा त बरु मर्नु नै असल हुनेछ।” \p \v 4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?” \p \v 5 योना बाहिर निस्के, र सहरको पूर्वको एउटा ठाउँमा गएर बसे। त्यहाँ तिनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे; अनि सहरलाई के हुँदोरहेछ भनी हेर्नलाई पर्खिबसे। \v 6 त्यसपछि याहवेह परमेश्‍वरले एउटा पातैपातको बोटलाई उमार्नुभयो, ताकि योनाको शिरमाथि छाया होस् र आराम मिलोस्, र योना त्यो बोट देखेर अत्यन्तै खुशी भए। \v 7 तर अर्को दिन बिहानै परमेश्‍वरले एउटा किरा पठाउनुभयो, जसले त्यो बोटलाई खाइदियो र त्यो बोट ओइलाइहाल्यो। \v 8 जब घाम उदायो, तब परमेश्‍वरले पूर्वबाट तातो हावाको बेग चलाइदिनुभयो; अनि घामको चर्को ताप योनाको थाप्लोमा पर्‍यो र तिनी मूर्च्छा परे। तिनी मर्न चाहन्थे र तिनले भने, “मेरा निम्ति बाँच्नुभन्दा बरु मर्नु नै असल हुनेछ।” \p \v 9 तर परमेश्‍वरले योनालाई भन्‍नुभयो, “के तँलाई त्यो बोटको बारेमा रिसाउने अधिकार छ?” \p तिनले भने, “मलाई अधिकार छ। मलाई यतिसम्म रिस उठेको छ, कि म मरेको भए पनि हुन्थ्यो।” \p \v 10 तर याहवेहले भन्‍नुभयो, “तैँले यस बोटको बारेमा चिन्ता गरिराखेको छस्, जसलाई न तैँले बढाउन हेरचाह गरिस्, न त तैँले यसलाई उमारेको होस्। यो बोट एकै रातमा उम्रेर बढ्यो र एकै रातमा नष्‍ट पनि भयो। \v 11 अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”