\id JOL - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h योएल \toc1 योएलको भविष्यवाणी \toc2 योएल \toc3 योएल \mt1 योएलको भविष्यवाणी \c 1 \p \v 1 पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन। \b \s1 सलहको आक्रमण \q1 \v 2 हे प्रधानहरू हो, यो कुरा सुन; \q2 यस देशमा बस्‍ने सबैले सुन। \q1 के तिमीहरूका समयमा \q2 अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो? \q1 \v 3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन, \q2 र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्; \q2 अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्। \q1 \v 4 जे सलहको झुण्डले छोडेको थियो, \q2 ती ठूला सलहहरूले खाइदिए; \q1 जे ठूला सलहहरूले छोडेका थिए, \q2 ती साना सलहहरूले खाइदिए; \q1 जे साना सलहहरूले छोडेका थिए, \q2 ती अरू सलहहरूले\f + \fr 1:4 \fr*\ft यहाँ सलहका निम्ति प्रयोग गरिएका चार हिब्रू शब्दहरूको सही अर्थ के हो भन्‍ने निश्‍चित छैन।\ft*\f* खाइदिए। \b \q1 \v 5 जाग, हे मतवालाहरू हो, र रोओ! \q2 हे सबै मद्य पिउनेहरू हो, विलाप गर; \q1 नयाँ मद्यको कारण विलौना गर; \q2 किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ। \q1 \v 6 एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, \q2 जसका अनगन्ती शक्तिशाली सेना छन्; \q1 तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; \q2 तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्। \q1 \v 7 त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, \q2 र मेरा नेभाराका रूखहरू नष्‍ट गरेको छ। \q1 त्यसले हाँगाहरूलाई लाछेको छ, \q2 र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; \q2 हाँगाहरूलाई सेतै पारिदिएको छ। \b \q1 \v 8 आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, \q2 शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर। \q1 \v 9 याहवेहको भवनबाट \q2 अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। \q1 याहवेहको सामु सेवा गर्ने \q2 पुजारीहरू शोक गरिरहेका छन्। \q1 \v 10 खेतहरू ध्वस्त पारिएका छन्, \q2 र जमिन सुक्खा भएको छ; \q1 अन्‍न नष्‍ट भएको छ, \q2 नयाँ दाखमद्य सुकेको छ; \q2 अनि जैतुनको तेल समाप्‍त भएको छ। \b \q1 \v 11 हे किसानहरू हो, निराश होओ। \q2 दाखबारीका किसानहरू, विलौना गर; \q1 गहुँ र जौको निम्ति शोक गर; \q2 किनकि खेतबारीको फसल नष्‍ट भएको छ। \q1 \v 12 दाखको बोट सुकेको छ, \q2 र नेभाराको रूख ओइलाएको छ; \q1 अनार, खजूर र स्याउका रूखहरू, \q2 खेतबारीका सबै रूखहरू सुकेका छन्। \q1 निश्‍चय नै मानिसको \q2 आनन्दको अन्त्य भएको छ। \s1 पश्‍चात्तापको निम्ति आह्वान \q1 \v 13 हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; \q2 हे वेदीका सेवकहरू हो, विलौना गर। \q1 तिमीहरू जसले मेरा परमेश्‍वरको अगि सेवा गर्छौ, \q2 आओ, भाङ्ग्रा लगाएर रात कटाओ; \q1 किनकि याहवेहको भवनबाट \q2 अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। \q1 \v 14 पवित्र उपवासको घोषणा गर; \q2 पवित्र सभाको घोषणा गर। \q1 अगुवाहरूलाई बोलाओ \q2 र यस देशमा बस्‍नेहरू सबैलाई \q1 तिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ, \q2 र याहवेहलाई पुकार। \b \q1 \v 15 हाय! त्यो दिन, \q2 किनकि याहवेहको दिन नजिक छ; \q2 त्यो दिन सर्वशक्तिमान् परमेश्‍वरबाट विनाशझैँ आउनेछ। \b \q1 \v 16 के हाम्रा आँखाकै सामु \q2 खानाहरू नष्‍ट गरिएको छैन र? \q1 आनन्द र हर्ष \q2 परमेश्‍वरको भवनमा बन्द गरिएको छैन र? \q1 \v 17 माटोका डल्‍लामुनि नै \q2 बिउहरू चाउरिएका छन्। \q1 भण्डारहरू उजाड भएका छन्, \q2 र अन्‍नका ढुकुटीहरू तोडिएका छन्; \q2 किनकि अन्‍न सुकेको छ। \q1 \v 18 कष्‍टले पशुप्राणीहरू कराउँदैछन्! \q2 गाईबस्तुका बथानहरू विचलित भएका छन्; \q1 किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; \q2 भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्। \b \q1 \v 19 हे याहवेह, म तपाईंलाई पुकार्छु; \q2 किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ, \q2 र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ। \q1 \v 20 जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्; \q2 किनकि पानीका खोलाहरू सुकेका छन्, \q2 र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ। \c 2 \s1 सलहहरूको एक सेना \q1 \v 1 सियोनमा तुरही फुक; \q2 मेरो पवित्र पर्वतमा खतराको घण्टी बजाओ। \b \q1 यहूदामा रहने सबै मानिसहरू थरथर कामून्, \q2 किनकि याहवेहको दिन आउँदैछ। \q1 त्यो दिन अति नजिकै छ— \q2 \v 2 अन्धकारमय र उदासी दिन, \q2 कालो बादल र अँध्यारोले ढाकेको दिन। \q1 झिसमिसे बिहानी पर्वतहरूतिर फैलिँदै गएजस्तो \q2 एउटा शक्तिशाली र विशाल सेना आउँछ; \q1 यस्तो त पहिले कहिल्यै भएको थिएन, \q2 न त आउने युगहरूमा नै यस्तो हुनेछ। \b \q1 \v 3 तिनीहरूका अगि आगोले भस्म पार्छ; \q2 तिनीहरूका पछि आगोको ज्वाला दन्कन्छ। \q1 तिनीहरूका अगि भूमि अदनको बगैँचाजस्तै छ; \q2 तिनीहरूका पछि एउटा उजाड मरुभूमिजस्तै छ, \q2 अर्थात् तिनीहरूबाट कोही उम्कन सक्नेछैनन्। \q1 \v 4 तिनीहरू घोडाहरूजस्ता देखिन्छन्; \q2 तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्। \q1 \v 5 रथहरूका आवाजसँगै \q2 पराल भस्म गर्नलाई दन्केको आगोजस्तै, \q1 युद्धको निम्ति तयार शक्तिशाली सेनाहरूजस्तै, \q2 तिनीहरू पहाडका टाकुराहरूमाथि उफ्रन्छन्। \b \q1 \v 6 यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्; \q2 प्रत्येक अनुहार पहेँलो हुन्छ। \q1 \v 7 तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; \q2 तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। \q1 तिनीहरू सबै मोर्चा बाँधेर पङ्‌क्तिमा अगाडि बढ्छन्; \q2 तिनीहरू आफ्नो पङ्‌क्तिबाट हट्दैनन्, \q1 \v 8 तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी, \q2 सीधा अगाडि बढ्छन्। \q1 तिनीहरू आफ्नो पङ्‌क्ति नबिगारी \q2 प्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्। \q1 \v 9 तिनीहरू सहरभित्र जाइलाग्छन्; \q2 तिनीहरू पर्खालमाथि दौडन्छन्। \q1 तिनीहरू घरहरूमाथि चढ्छन्; \q2 तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्। \b \q1 \v 10 तिनीहरूका सामु पृथ्वी थर्किन्छ; \q2 आकाश थरथर काम्छ, \q1 सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; \q2 अनि ताराहरू पनि चम्कँदैनन्। \q1 \v 11 याहवेह आफ्नो सेनाको \q2 सामु चर्को सोरमा गर्जनुहुन्छ; \q1 उहाँका सेनाहरू अनगन्ती छन्, \q2 र उहाँका आज्ञापालन गर्ने सेनाहरू शक्तिशाली छन्। \q1 याहवेहको दिन महान् छ; \q2 यो अति डरलाग्दो छ। \q2 त्यो दिन कसले सहन सक्छ र? \s1 पश्‍चात्तापको निम्ति बोलावट \q1 \v 12 “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, \q2 “तिमीहरूको सारा हृदयले, \q2 उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।” \b \q1 \v 13 तिमीहरूको कपडा होइन, \q2 तर आफ्नो हृदय फटाओ। \q1 अनि याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्क; \q2 किनकि उहाँ अनुग्रही र कृपालु हुनुहुन्छ, \q1 रिसाउनमा ढिला र प्रेममा भरिपूर्ण हुनुहुन्छ; \q2 अनि विपत्ति ल्याउने कुरामा पुनर्विचार गर्नुहुन्छ। \q1 \v 14 कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला; \q2 र प्रशस्त आशिष् दिनुहोला, \q1 अनि तिमीहरूले आफ्ना परमेश्‍वर याहवेहको निम्ति \q2 फेरि अन्‍नबलि र अर्घबलिहरू चढाउन सकौला। \b \q1 \v 15 सियोन पर्वतमा तुरही फुक, \q2 र पवित्र उपवासको घोषणा गर; \q2 पवित्र महासभा बोलाओ। \q1 \v 16 मानिसहरू भेला गर, \q2 महासभालाई शुद्ध गर; \q1 बुढापाकाहरूलाई एकसाथ जम्मा गर, \q2 र केटाकेटीहरूलाई भेला गर; \q2 अनि दुधे बालकहरूलाई पनि जम्मा गर। \q1 दुलहाले आफ्नो कोठा छोडोस् \q2 र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्। \q1 \v 17 याहवेहको सामु सेवा गर्ने पुजारीहरू, \q2 मन्दिरको दलान र वेदीको बीचमा बसेर विलाप गरून्। \q1 तिनीहरूले भनून्, “हे याहवेह, तपाईंका मानिसहरूलाई बचाउनुहोस्। \q2 तपाईंको आफ्नो उत्तराधिकारलाई गिल्‍लाको पात्र बन्‍न नदिनुहोस्, \q2 राष्ट्रहरूका बीचमा उपहासको उखान नबनोस्। \q1 मानिसहरूले किन यसो भन्‍ने मौका पाउन्, \q2 ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्?’ ” \s1 याहवेहको जवाफ \q1 \v 18 त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, \q2 र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो। \p \v 19 याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: \q1 “म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, \q2 तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्‍त हुनेछौ; \q1 म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु \q2 फेरि कहिल्यै पनि गिल्‍लाको पात्र हुन दिनेछैन। \b \q1 \v 20 “म उत्तरको सेनालाई तिमीहरूदेखि टाढा लखेट्नेछु, \q2 त्यसलाई रुखो, उजाड र बाँझो देशमा धपाउनेछु, \q1 यसको पूर्वीय सेनालाई पूर्वको मृत सागरमा \q2 र पश्‍चिमी सेनालाई पश्‍चिमको महासागरमा डुबाइदिनेछु। \q1 अनि त्यसको गन्धमाथि उठ्नेछ; \q2 त्यसको दुर्गन्ध सबैतिर फैलिनेछ।” \b \q1 निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ! \q2 \v 21 हे यहूदाको देश, भयभीत नहो; \q2 हर्षित र आनन्दित हो। \q1 निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ! \q2 \v 22 हे जङ्गली जनावरहरू हो, नडराओ; \q2 किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्। \q1 रूखहरूमा फलहरू फल्दैछन्; \q2 नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्। \q1 \v 23 हे सियोनका मानिसहरू हो, हर्षित होओ, \q2 तिमीहरूका परमेश्‍वर याहवेहमा रमाओ; \q1 किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ; \q2 किनभने उहाँ विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ। \q1 उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ, \q2 शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ। \q1 \v 24 तिमीहरूका खलाहरू अन्‍नले भरिनेछन्; \q2 कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्। \b \q1 \v 25 “म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु— \q2 जुन ठूला सलहहरू र जवान सलहहरूले, \q2 अथवा अरू सलहहरूका हुलहरूले, \q1 अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए। \q1 \v 26 तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; \q2 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको नामको प्रशंसा गर्नेछौ, \q2 जसले तिमीहरूका निम्ति अद्‌भुत कार्यहरू गर्नुभएको छ; \q1 अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्। \q1 \v 27 त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि म इस्राएलमा छु, \q2 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; \q2 अनि मबाहेक कोही पनि परमेश्‍वर छैन; \q1 मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्। \s1 याहवेहको दिन \q1 \v 28 “अनि यसपछि, \q2 म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। \q1 तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्; \q2 तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्; \q2 तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्। \q1 \v 29 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, \q2 स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। \q1 \v 30 म आकाशमा र पृथ्वीमा \q2 अद्‌भुत कार्यहरू देखाउनेछु; \q2 रगत, आगो र धुवाँका मुस्लाहरू। \q1 \v 31 याहवेहको महान् र डरलाग्दो दिन आउनअगि \q2 सूर्य अन्धकारमा परिवर्तन हुनेछ, \q2 र चन्द्रमा रगतजस्तै रातो हुनेछ। \q1 \v 32 अनि याहवेहको नाम पुकार्ने \q2 हरेक मानिसले उद्धार पाउनेछ; \q1 किनकि सियोन पर्वतमा \q2 र यरूशलेममा छुटकारा हुनेछ, \q2 जसरी याहवेहले भन्‍नुभएको छ, \q1 बाँचेकाहरूका बीचमा ती व्यक्तिहरू हुनेछन्; \q2 जसलाई याहवेहले बोलाउनुहुन्छ। \c 3 \s1 राष्ट्रहरूको न्याय \q1 \v 1 “ती दिनहरूमा र त्यस समयमा, \q2 जब म यहूदा र यरूशलेमका समृद्धिहरू फर्काउँछु, \q1 \v 2 तब म सबै राष्ट्रहरूलाई एकसाथ भेला गर्नेछु, \q2 र तिनीहरूलाई यहोशापातको\f + \fr 3:2 \fr*\ft जसको अर्थ \ft*\fqa याहवेहले न्याय गर्नुहुन्छ।\fqa*\f* बेँसीमा तल ल्याउनेछु। \q1 त्यहाँ म तिनीहरूलाई परीक्षा गर्नेछु; \q2 किनकि तिनीहरूले मेरो उत्तराधिकार र मेरो जाति इस्राएललाई जेजस्तो गरे, \q1 तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूका बीचमा तितरबितर पारे; \q2 अनि तिनीहरूले मेरो देशलाई विभाजन गरे। \q1 \v 3 तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले, \q2 वेश्यावृत्तिको निम्ति केटाहरूको व्यापार गरे; \q2 तिनीहरूले दाखमद्यको निम्ति केटीहरूलाई बेचे। \p \v 4 “अब हे टायर र सीदोन, र पलिश्तीका सारा मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के तिमीहरूले मैले जे गरेको छु, त्यसको बदला लिँदैछौ? यदि तिमीहरूले बदला लिइरहेका छौ भने तिमीहरूले जे गरेका छौ, त्यो तिमीहरूकै टाउकोमा म चाँडै नै खन्याइदिनेछु। \v 5 किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ। \v 6 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई आफ्ना मातृभूमिदेखि टाढा पठाउन ग्रीकहरूका हातमा बेचेका छौ। \p \v 7 “हेर, तिमीहरूले तिनीहरूलाई बेचेको ठाउँदेखि, म तिनीहरूलाई फिर्ता ल्याउनेछु; अनि तिमीहरूले जे गरेका छौ, त्यो म तिमीहरूका टाउकोमा खन्याइदिनेछु। \v 8 म तिमीहरूका छोरा र छोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु; अनि तिनीहरूले यिनीहरूलाई एउटा टाढाको राष्ट्र शबीहरूको हातमा बेचिदिनेछन्।” याहवेहले बोल्नुभएको छ। \q1 \v 9 राष्ट्रहरूका बीचमा यो घोषणा गर: \q2 युद्धको निम्ति तयारी गर! \q1 शूरवीरहरूलाई आह्वान गर! \q2 सारा लडाकु योद्धाहरू नजिक आऊन् र आक्रमण गरून्। \q1 \v 10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार \q2 र हँसियाहरूलाई भाला बनाओ। \q1 कमजोर मानिसहरूले भनून्, \q2 “म बलियो छु!” \q1 \v 11 चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; \q2 अनि त्यहाँ एकसाथ भेला होओ। \b \q1 हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्! \b \q1 \v 12 “राष्ट्रहरू तयार होऊन्; \q2 तिनीहरू यहोशापातको बेँसीतिर अगि बढून्; \q1 किनकि चारैतिरबाट आएका सारा राष्ट्रहरूलाई \q2 न्याय गर्न म त्यहाँ न्यायआसनमा बस्‍नेछु। \q1 \v 13 हँसिया लगाओ, \q2 किनकि फसल पाकेको छ। \q1 आओ, दाखहरूलाई कुल्च; \q2 किनकि दाखले कोल भरिएको छ, \q2 र घैलाहरू भरिएर पोखिन्छन्; \q1 किनकि तिनीहरूको दुष्‍टता ठूलो छ!” \b \q1 \v 14 फैसला गरिने बेँसीमा \q2 भीडका भीड मानिसहरू छन्! \q1 किनकि फैसलाको बेँसीमा \q2 याहवेहको दिन नजिक छ। \q1 \v 15 सूर्य र चन्द्रमा अँध्यारो हुनेछन्, \q2 र ताराहरू अब उसो चम्कने छैनन्। \q1 \v 16 सियोनको पर्वतदेखि याहवेह गर्जनुहुनेछ, \q2 र उहाँ यरूशलेमको सहरबाट पनि गर्जनुहुन्छ; \q2 पृथ्वी र आकाश थरथर काम्नेछन्। \q1 तर याहवेह आफ्ना मानिसहरूका निम्ति शरणस्थान \q2 र इस्राएलका मानिसहरूका निम्ति एउटा बलियो किल्‍ला हुनुहुनेछ। \s1 परमेश्‍वरका जनहरूका निम्ति आशिष् \q1 \v 17 “त्यसपछि तिमीहरूले जान्‍नेछौ, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; \q2 मेरो पवित्र पर्वत, सियोनमा म वास गर्छु। \q1 यरूशलेम पवित्र हुनेछ; \q2 विदेशीहरूले फेरि कहिल्यै त्यसलाई आक्रमण गर्नेछैनन्। \b \q1 \v 18 “ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्; \q2 अनि डाँडाहरूमा दूध बहनेछ; \q2 यहूदाका सबै खोल्साहरूमा पानी बहनेछ। \q1 अनि याहवेहको भवनदेखि पानीको फोहोरा बगेर निस्कनेछ, \q2 र अखैयाको बेँसीलाई\f + \fr 3:18 \fr*\ft अथवा \ft*\fqa शित्तीम बेँसीलाई\fqa*\f* भिजाउनेछ। \q1 \v 19 तर इजिप्ट उजाड हुनेछ, \q2 र एदोम उजाड मरुभूमि हुनेछ; \q1 किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, \q2 जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए। \q1 \v 20 यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्; \q2 अनि यरूशलेममा पुस्तौँ-पुस्तासम्म मानिसहरूको बसोबास हुनेछ। \q1 \v 21 के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ? \q2 अहँ, म छोड्नेछैनँ।” \b \qc किनकि याहवेह सियोन पर्वतमा बास गर्नुहुन्छ!