\id JOB - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h इयोब \toc1 इयोबको पुस्तक \toc2 इयोब \toc3 इयोब \mt1 इयोबको पुस्तक \c 1 \s1 परिचय \p \v 1 ऊज देशमा एक जना मानिस थिए, जसको नाम इयोब थियो। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्‍वरको डर मान्थे र दुष्‍टताबाट टाढै बस्थे। \v 2 तिनका सात छोरा र तीन छोरी थिए। \v 3 तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए। \p \v 4 तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे। \v 5 जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्‍वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे। \p \v 6 एक दिन परमेश्‍वरका दूतहरूले\f + \fr 1:6 \fr*\ft मूल भाषामा \ft*\fqa परमेश्‍वरका पुत्रहरू\fqa*\f* आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान\f + \fr 1:6 \fr*\ft मूल भाषामा \ft*\fqa विरोधी\fqa*\f* पनि तिनीहरूसँगसँगै आयो। \v 7 याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आइस्?” \p शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।” \p \v 8 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।” \p \v 9 शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्‍वरको डर राखेको हो र? \v 10 के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्। \v 11 तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।” \p \v 12 याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ, औँलाले समेत छुन पाउँदैनस्।” \p तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो। \p \v 13 एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब \v 14 एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए, \v 15 तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!” \p \v 16 त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्‍यो, र म मात्र उम्केँ, तब तपाईंलाई यो खबर बताउन आएको हुँ!” \p \v 17 त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!” \p \v 18 त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए; \v 19 तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे; अनि म मात्र उम्केँ र तपाईंलाई यो खबर बताउन आएको हुँ!” \p \v 20 तब, इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे, \v 21 अनि तिनले भने: \q1 “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ, \q2 र नाङ्गै फर्केर जानेछु। \q1 याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो; \q2 याहवेहको नामको प्रशंसा होस्।” \p \v 22 यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्‍वरलाई गलत कार्यको दोष नै लगाए। \b \c 2 \p \v 1 फेरि अर्को दिन स्वर्गदूतहरूले\f + \fr 2:1 \fr*\ft मूल भाषामा \ft*\fqa परमेश्‍वरका पुत्रहरू\fqa*\f* आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो। \v 2 याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आएको होस्?” \p शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।” \p \v 3 तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्‍ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।” \p \v 4 अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ। \v 5 तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्‍चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।” \p \v 6 याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।” \p \v 7 तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्‍यो। \v 8 त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे। \p \v 9 यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्‍ठामा अडिरहनुहुन्छ? बरु परमेश्‍वरलाई सराप्नुहोस् र मर्नुहोस्!” \p \v 10 तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै\f + \fr 2:10 \fr*\ft मूल भाषामा \ft*\fqa परमेश्‍वरमा भरोसा नगर्ने स्त्री\fqa*\f* कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?” \p यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्। \b \p \v 11 जब इयोबका तीन मित्र एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आएका सबै विपत्तिको बारेमा सुने; तब तिनीहरू एकसाथ भेला भई तिनलाई सहानुभूति देखाउन र सान्त्वना दिन आ-आफ्ना घरबाट निस्के। \v 12 जब तिनीहरूले इयोबलाई टाढैबाट देखे, तिनीहरूले तिनलाई चिन्‍नै सकेनन्; तब तिनीहरू चर्को सोरमा रुन थाले, र आ-आफ्ना लबेदा च्याते, र तिनीहरूले आफ्नो शिरमाथि खरानीको धुलो छर्के। \v 13 तब तिनीहरू सात दिन र सात रातसम्म इयोबसँगै भुइँमा बसे। तिनीहरूमध्ये कसैले तिनीसित एक शब्द पनि बोलेनन्; किनकि तिनले साह्रै ठूलो पीडा भोगिरहेको तिनीहरूले देखे। \c 3 \s1 इयोबको संवाद \p \v 1 त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले। \v 2 तिनले भने: \q1 \v 3 “म जन्मेको त्यस दिनलाई धिक्‍कार होस्! \q2 र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यस रात पनि मेटिओस्! \q1 \v 4 त्यो दिन—अन्धकारमा परिणत होस्; \q2 उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्; \q2 न त त्यस दिनमाथि कुनै ज्योति चम्कियोस्। \q1 \v 5 त्यस दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्; \q2 त्यस दिनमाथि बादल छाओस्; \q2 र घोर अन्धकारले भयभीत पारोस्। \q1 \v 6 त्यो रात—निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्; \q2 त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्; \q2 न त त्यो दिन कुनै महिनामा आओस्। \q1 \v 7 त्यो रात बाँझो होस्; \q2 त्यस रातमा कुनै आनन्दको सोर नसुनियोस्। \q1 \v 8 दिनलाई सराप्नेहरूले, लिव्यातनलाई\f + \fr 3:8 \fr*\ft यो कस्तो प्रकारको प्राणी हो भन्‍ने विषयमा विवाद छ। यो एक जलचर प्राणी हो भनी मानिन्छ, र प्राचीन साहित्यमा एक काल्पनिक सामुन्द्रिक अजिङ्गर हो।\ft*\f* उठाउनेहरूले समेत \q2 त्यस दिनलाई धिक्‍कारून्। \q1 \v 9 त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्; \q2 त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्। \q2 र मिरमिरेको पहिलो किरण देख्न नपाओस्; \q1 \v 10 किनभने त्यस रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन, \q2 न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो। \b \q1 \v 11 “किन म जन्मँदै मरिनँ, \q2 अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ? \q1 \v 12 किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू, \q2 र मलाई दूधपान गराउने स्तनहरू थिए? \q1 \v 13 नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ; \q2 म सुतेको अवस्थामा विश्राम पाउँथेँ। \q1 \v 14 पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग, \q2 जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्; \q1 \v 15 सुन भएका भारदारहरूसँग, \q2 जसले आफ्ना घरहरू चाँदीले भरेका छन्। \q1 \v 16 अर्थात् नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ, \q2 अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ? \q1 \v 17 दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्; \q2 र त्यहाँ थकितहरूले विश्राम पाउँछन्। \q1 \v 18 त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्; \q2 न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्। \q1 \v 19 साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्; \q2 अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्। \b \q1 \v 20 “किन कष्‍टमा भएकाहरूलाई ज्योति, \q2 र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ? \q1 \v 21 जसले मृत्यु चाहन्छन्, तिनीहरूले पाउँदैनन्; \q2 अनि जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्, \q1 \v 22 जो आनन्दले भरिएका छन्; \q2 अनि तिनीहरू चिहानमा पुग्दा खूबै रमाउँछन्। \q1 \v 23 मानिसलाई जीवन किन दिइन्छ? \q2 जसको मार्ग लुकिएको छ, \q2 जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ। \q1 \v 24 किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ; \q2 मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्। \q1 \v 25 म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ; \q2 अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ। \q1 \v 26 न मलाई शान्ति छ, न त सुख नै छ; \q2 मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।” \c 4 \s1 एलीपजको संवाद \p \v 1 तब एलीपज तेमानीले इयोबलाई जवाफ दिए: \q1 \v 2 “यदि कसैले तपाईंसँग कुरा गर्न खोज्दा के तपाईं झर्को मान्‍नुहुनेछ? \q2 तर कोचाहिँ केही नबोली बस्‍न सक्ला र? \q1 \v 3 हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ; \q2 अनि तपाईंले लुला हातहरूलाई बलियो पार्नुभएको छ। \q1 \v 4 ठक्‍कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ; \q2 निर्बल घुँडाहरूलाई तपाईंले बलियो पार्नुभएको। \q1 \v 5 तर अहिले तपाईंलाई सङ्कष्‍ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ; \q2 यसले तपाईंलाई प्रहार गरेको छ, त्यसैले तपाईं भयभीत हुनुभएको छ। \q1 \v 6 के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्‍वास \q2 र तपाईंको निर्दोष जीवन नै तपाईंको निम्ति आशा हुनुपर्ने होइन र? \b \q1 \v 7 “अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ? \q2 धर्मी मानिसलाई कहाँ नष्‍ट पारिएको छ र? \q1 \v 8 दुष्‍टता जोत्ने र सङ्कट छर्नेहरूले \q2 त्यही अनुसारको कटनी गरेको मैले देखेको छु। \q1 \v 9 परमेश्‍वरको सासद्वारा तिनीहरूलाई फुक्नुहुन्छ, र तिनीहरू नष्‍ट हुन्छन्; \q2 उहाँको क्रोधको रापमा तिनीहरू भस्म हुन्छन्। \q1 \v 10 सिंहहरू जति नै गर्जून् वा ङ्वार्र-ङुर्र गरून्, \q2 तर पनि ठूला सिंहहरूका दाँतहरू भाँचिन्छन्। \q1 \v 11 शिकारको अभावले गर्दा सिंहहरू मर्छन्, \q2 र सिंहनीका डमरुहरू तितरबितर हुन्छन्। \b \q1 \v 12 “गोप्य रूपमा एउटा खबर मकहाँ ल्याइयो, \q2 मेरो कानले त्यसको कानेखुसी सुन्यो। \q1 \v 13 रातका तर्साउने सपनाहरू बीच \q2 जब मानिसहरू गहिरो निद्रामा परेका बेला, \q1 \v 14 मलाई डर र कम्पले छोप्यो, \q2 जसले गर्दा मेरा सबै हड्डी समेत काँपे। \q1 \v 15 एउटा आत्माले मेरो अनुहार छोएर गयो; \q2 अनि मेरो शरीरभरि रौँ ठाडो भयो। \q1 \v 16 त्यो टक्‍क अडियो; \q2 तर त्यो के हो भनी मैले ठम्याउनै सकिनँ। \q1 एउटा आकृति मेरो आँखाको सामु उभियो। \q2 एकछिन चकमन्‍न भयो र मैले एउटा मधुर सोर सुनेँ, \q1 \v 17 ‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ? \q2 के कुनै बलियो मानिस पनि उसको सृष्‍टिकर्ताभन्दा पवित्र हुन सक्छ? \q1 \v 18 यदि परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, \q2 र आफ्नै दूतहरूलाई गल्ती गर्दा दोष लगाउनुभयो भने, \q1 \v 19 झन् ती माटोका घरमा बस्‍नेहरूलाई कति बढ्ता गर्नुहोला, \q2 जसको जग नै धुलोमा हुन्छ, \q2 जसलाई पुतलीलाई भन्दा सजिलैसँग कुल्चीमिल्ची पार्न सकिन्छ! \q1 \v 20 तिनीहरू बिहान र बेलुकीको समयमा टुक्रा-टुक्रा पारिन्छन्; \q2 कसैले थाहा नपाई तिनीहरू सदाको लागि नाश हुन्छन्। \q1 \v 21 तिनीहरूका पालका डोरीहरू तानियो भने, \q2 तिनीहरू बुद्धि नपाई मर्दैनन् र?’ \b \c 5 \q1 \v 1 “यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र? \q2 तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ? \q1 \v 2 रिसले मूर्खलाई मार्छ, \q2 र डाहले सोझा मानिसलाई मार्छ। \q1 \v 3 म आफैँले मूर्खले जरा गाडेको देखेको छु, \q2 तर अचानक त्यसको घर श्रापित भयो। \q1 \v 4 त्यसका छोराछोरीहरू असुरक्षित छन्; \q2 अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्। \q1 \v 5 त्यसको अन्‍नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्, \q2 काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्; \q2 र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ। \q1 \v 6 किनकि कठिनाइ माटोबाट उम्रँदैन, \q2 न त विपत्ति भुइँबाट पलाउँछ। \q1 \v 7 तरै पनि आगोको झिल्का माथि उडेझैँ \q2 मानिस विपत्तिकै निम्ति जन्मन्छ। \b \q1 \v 8 “तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्‍वरलाई बिन्ती चढाउनेथिएँ; \q2 मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ। \q1 \v 9 परमेश्‍वरले हामीले बुझ्नै नसकिने अद्‌भुत कार्यहरू, \q2 र गन्‍नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ, \q1 \v 10 उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ; \q2 उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ। \q1 \v 11 उहाँले नम्रहरूलाई उच्‍च पार्नुहुन्छ, \q2 र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ। \q1 \v 12 उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ, \q2 ताकि तिनीहरूका हातले सफलता नपाऊन्। \q1 \v 13 उहाँले बुद्धिमान्‌लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ; \q2 र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ। \q1 \v 14 तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछन्; \q2 मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्। \q1 \v 15 उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ; \q2 उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ। \q1 \v 16 त्यसकारण गरिबको निम्ति आशा छ; \q2 र अन्यायले आफ्नो मुख बन्द गर्छ। \b \q1 \v 17 “धन्यको हो त्यो मानिस, जसलाई परमेश्‍वरले सुधार गर्नुहुन्छ; \q2 यसकारण सर्वशक्तिमान् परमेश्‍वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्। \q1 \v 18 किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ; \q2 उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ। \q1 \v 19 उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ; \q2 सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन। \q1 \v 20 उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट, \q2 र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ। \q1 \v 21 तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ, \q2 र विनाश आउँदा पनि डराउनुपर्नेछैन। \q1 \v 22 तपाईं विनाश र अनिकालमा हास्‍नुहुनेछैन; \q2 र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन। \q1 \v 23 किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ; \q2 र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्। \q1 \v 24 तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ; \q2 तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैनौ, \q2 र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैनौ। \q1 \v 25 तपाईंका छोराछोरी धेरै हुनेछन्, \q2 र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ। \q1 \v 26 ठिक ऋतुमा बाली बटुलेझैँ, \q2 तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ। \b \q1 \v 27 “हामीले यी कुरा जाँचेका छौ, र यो सत्य हो। \q2 यसैले यो कुरा सुन्‍नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।” \c 6 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिएर भने: \q1 \v 2 “यदि मैले मेरो वेदना तौलिन मात्र सकेको भए, \q2 र मेरा सबै कष्‍ट तराजुमा राख्न सकेको भए! \q1 \v 3 निश्‍चय नै यो समुद्रको बालुवाभन्दा पनि बढी गह्रौँ हुनेथियो— \q2 त्यसैले मेरो रुखो बोलीमा कुनै आश्‍चर्य मान्‍नुपर्दैन। \q1 \v 4 सर्वशक्तिमान्‌का काँडहरू मभित्र छेडिएका छन्, \q2 जसको विष मेरो आत्माले पिउँदछ; \q2 परमेश्‍वरको त्रास मेरो विरुद्धमा लस्करै खडा भएका छन्। \q1 \v 5 के जङ्गली गधाले घाँस पाउँदा हिनहिनाउँछ र? \q2 अथवा दानापानी पाउँदा गोरु डुक्रन्छ र? \q1 \v 6 स्वाद नभएको भोजन नुनविना खान सकिन्छ र? \q2 अथवा अण्डाको सेतो भागमा स्वाद हुन्छ र?\f + \fr 6:6 \fr*\ft मूल भाषामा यस वाक्यांशको अर्थ अनिश्‍चित छ।\ft*\f* \q1 \v 7 म त्यस्तो भोजनलाई छुन पनि इन्कार गर्छु; \q2 किनकि यसले मलाई वाक्‍कै बनाउँछ। \b \q1 \v 8 “हाय, परमेश्‍वरले मेरो बिन्ती सुनिदिनुभएको भए, \q2 कि त मैले आशा गरेको कुरा दिनुभएको भए, \q1 \v 9 यदि परमेश्‍वरले मलाई धुलोपिठो पार्न राजी हुनुभएको भए, \q2 अनि आफ्नो हात पसारेर मेरो जीवन मार्नुभएको भए त हुनेथियो! \q1 \v 10 तब मैले मेरो मृत्युमा चैन पाउनेथिएँ, \q2 यस्तो असह्‍य कष्‍टमा आनन्दित हुनेथिएँ, \q2 किनकि मैले पवित्र परमेश्‍वरको वचनलाई अस्वीकार गरेको छैनँ। \b \q1 \v 11 “अब मसँग सहन सक्ने बल नै छैन, तब मैले अझै के आशा राखूँ? \q2 अरू के नै सम्भावना छ, जसको लागि म धीरजी भइरहूँ? \q1 \v 12 के म ढुङ्गाजस्तै बलियो छु र? \q2 के मेरो शरीर काँसोको हो र? \q1 \v 13 के आफैँलाई बचाउने कुनै शक्ति मसँग छ र; \q2 अहिले ती प्रत्येक स्रोतहरू मबाट खोसिएको छ, होइन र? \b \q1 \v 14 “कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने, \q2 त्यसले सर्वशक्तिमान्‌को भयलाई त्याग्दछ। \q1 \v 15 तर मेरा दाजुभाइहरू खहरे खोलाहरू जस्तै भर पर्न नसकिने खालका छन्, \q2 तिनीहरू बगिजाने खोलाजस्तै मात्र छन्, \q1 \v 16 तिनीहरू बरफ पग्लेर अन्धकार भएजस्तै \q2 र हिउँ पग्लेर उर्लिएका भलजस्तै छन्, \q1 \v 17 तर त्यो सुक्खा ऋतुमा बग्नै छोड्छ, \q2 र गर्मीमा ती बगेका ठाउँहरूबाट हराइहाल्छन्। \q1 \v 18 यात्री दलहरू पानीको खोजीमा आफ्नो बाटोबाट तर्किजान्छन्; \q2 तिनीहरू मरुभूमिको ठाउँमा पुग्छन् र नष्‍ट हुन्छन्। \q1 \v 19 तेमाका यात्री दलहरूले पानी खोज्छन्, \q2 शेबाका व्यापारी यात्रीहरूले पनि आशाको साथ त्यसलाई खोज्दछन्। \q1 \v 20 यात्रीहरू ढुक्‍क भएको कारण तिनीहरू दुःखी भएका छन्; \q2 तिनीहरू लाजमा पर्नलाई मात्र पुग्छन्। \q1 \v 21 अहिले तपाईंहरू पनि मेरो लागि काम नलाग्ने साबित हुनुभयो; \q2 तपाईंहरू मेरो डरलाग्दो अवस्था देखेर डराउनु भएको छ। \q1 \v 22 के मैले कहिल्यै यसो भनेको छु, ‘मलाई केही दिनुहोस्, \q2 अथवा तपाईंहरूको सम्पत्तिबाट मेरा लागि मोल तिर्नुहोस्, \q1 \v 23 अथवा मलाई शत्रुको हातबाट छुटाउनुहोस्, \q2 वा निर्दयी मानिसहरूको पञ्जाबाट मलाई छुटाउनुहोस् भनेर कहिल्यै भनेको छु’? \b \q1 \v 24 “मलाई सिकाउनुहोस्, र म चुप लाग्नेछु; \q2 मैले कहाँ गल्ती गरेको छु, देखाउनुहोस्! \q1 \v 25 इमानदार वचनहरू कत्ति कष्‍टदायक छन्, \q2 तर तपाईंहरूका तर्कहरूले के प्रमाणित गर्दछ? \q1 \v 26 के तपाईंहरूले मैले भनेका कुराहरूलाई सुधार्न खोज्नुभएको हो, \q2 र मेरा निराशजनक शब्दहरूलाई हावाझैँ सम्झनुहुन्छ? \q1 \v 27 तपाईंहरूले त टुहुराहरूलाई पनि चिट्ठा हाल्नुहुन्छ, \q2 र आफ्ना मित्रलाई समेत साटफेर गर्नुहुन्छ। \b \q1 \v 28 “तर अहिले मलाई हेरेर दया गर्नुहोस्। \q2 के म तपाईंहरूको सामु झूटो बोल्छु र? \q1 \v 29 सोच्नुहोस्, अन्याय नगर्नुहोस्; \q2 फेरि विचार गर्नुहोस्; किनकि मेरो सत्यनिष्‍ठा अझै प्रश्नमा छ। \q1 \v 30 के मेरो जिब्रोमा केही दुष्‍टता छ? \q2 के मेरो मुखले खराबी छुट्याउन सक्दैन र? \b \c 7 \q1 \v 1 “के मानिस जातिले पृथ्वीमा कठोर परिश्रम गर्नुपर्दैन र? \q2 के तिनीहरूका दिनहरू ज्यालादार मजदुरका जस्ता छैनन् र? \q1 \v 2 जसरी एउटा सेवकले बेलुकीको शीतल छायाको चाह गर्छ, \q2 अथवा एउटा मजदुरले आफ्नो ज्याला पर्खिरहन्छ, \q1 \v 3 त्यसरी नै मेरा निम्ति व्यर्थका महिनाहरू छुट्याइएका छन्, \q2 र कष्‍टका रातहरू मेरा निम्ति दिइएका छन्। \q1 \v 4 जब म ढल्कन्छु, तब मनमनै आफैँलाई सोध्छु, ‘म कहिले उठूँ?’ \q2 रात लामो हुँदैजान्छ, र म बिहानसम्मै कोल्टे फेर्दै छटपटाइरहन्छु। \q1 \v 5 मेरो शरीर किरा र पाप्राहरूले ढाकिएको छ, \q2 मेरो छाला चिरैचिरा परेको छ र पीप निस्किरहन्छ। \b \q1 \v 6 “मेरा दिनहरू कपडा बुन्‍ने तानको थुरी चलेकोभन्दा छिटो बितिरहेका छन्, \q2 र ती आशाविना नै अन्त्य हुन्छन्। \q1 \v 7 हे परमेश्‍वर, स्मरण गर्नुहोस्, मेरो जीवन सास मात्र हो; \q2 मेरा आँखाहरूले अब कहिल्यै सुखका दिन देख्नेछैनन्। \q1 \v 8 अहिले मलाई देख्ने आँखाले, अब उसो फेरि कहिल्यै मलाई देख्नेछैन; \q2 तपाईंले मलाई खोज्नुहुनेछ, तर अब उसो फेरि म रहनेछैनँ। \q1 \v 9 जसरी बादल लोप भएर जान्छ, \q2 त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउँदैन। \q1 \v 10 त्यो आफ्नो घरमा फेरि कहिल्यै फर्केर आउँदैन; \q2 त्यसको ठाउँले त्यसलाई फेरि कहिल्यै चिन्‍नेछैन। \b \q1 \v 11 “त्यसैकारण म चुपचाप रहनेछैनँ; \q2 म आफ्नो मनको वेदनामा बोल्नेछु, \q2 मेरो आत्माको तितोपनामा म गुनासो पोखाउनेछु। \q1 \v 12 के म समुद्र हुँ र, अथवा गहिराइको विशाल जन्तु हुँ र \q2 तपाईं मलाई निगरानीमा राख्नुहुन्छ? \q1 \v 13 जब मलाई मेरो ओछ्यानले आराम दिनेछ; \q2 र मेरो पलङले मेरो गुनासो हल्का पार्नेछ भनी सोच्छु, \q1 \v 14 तर तपाईंले त झन् मलाई सपनाहरूले भयभीत पार्नुहुन्छ; \q2 र दर्शनहरूले मलाई तर्साउनुहुन्छ, \q1 \v 15 त्यसैले यस्तो कष्‍ट शरीरमा लिएर बाँच्नुभन्दा, \q2 बरु घाँटी अँठ्याएर मर्न चाहन्छु। \q1 \v 16 मेरो यस जीवनलाई घृणा गर्दछु; म अनन्तसम्म बाँच्नेछैनँ। \q2 मलाई एकलै छोडिदिनुहोस्; किनकि मेरा दिनहरू अर्थहीन छन्। \b \q1 \v 17 “मानिस जाति के हो र तपाईं त्यसको निम्ति यति धेरै महत्त्व राख्नुहुन्छ, \q2 र तपाईं त्यसलाई यति धेरै चासो गर्नुहुन्छ; \q1 \v 18 किन तपाईं हरेक बिहान तिनीहरूलाई जाँच गर्नुहुन्छ, \q2 र हरपल तिनीहरूको परीक्षा गर्नुहुन्छ? \q1 \v 19 तपाईंले मलाई हेर्न कहिल्यै छोड्नुहुन्‍न, \q2 अथवा एक पल पनि मलाई एकलै रहन दिनुहुन्‍न? \q1 \v 20 मानिसले गरेका सबै कुरा हेर्नुहुने तपाईं नै हुनुहुन्छ भने, \q2 यदि मैले पाप गरेको भए तापनि मैले तपाईंलाई के हानि गरेको छु र? \q1 तपाईंले किन मलाई आफ्नो निशाना बनाउनुहुन्छ? \q2 के म तपाईंको निम्ति बोझ भएको छु? \q1 \v 21 तपाईंले किन मेरा अपराधहरू माफ गर्नुहुन्‍न \q2 र मेरा पापहरू क्षमा गर्नुहुन्‍न? \q1 किनकि अब म चाँडै धुलोमा सुतिजानेछु; \q2 तपाईंले मलाई खोज्नुहुनेछ, तर भेट्टाउनुहुनेछैन।” \c 8 \s1 बिल्ददको संवाद \p \v 1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए: \q1 \v 2 “कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? \q2 तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्। \q1 \v 3 के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? \q2 अथवा के सर्वशक्तिमान्‌ले ठिक कुरालाई बिगार्नुहुन्छ र? \q1 \v 4 जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, \q2 तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो। \q1 \v 5 तर यदि तपाईंले परमेश्‍वरलाई इमानदारीसाथ खोज्नुभयो भने, \q2 र सर्वशक्तिमान्‌सँग बिन्ती गर्नुभयो भने \q1 \v 6 यदि तपाईं शुद्ध र धर्मी हुनुहुन्छ भने, \q2 अहिले पनि उहाँ आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, \q2 र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ। \q1 \v 7 तपाईंको सुरुवात सामान्य देखिएला, \q2 तर तपाईंको भविष्य अति समृद्ध हुनेछ। \b \q1 \v 8 “पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, \q2 र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्, \q1 \v 9 किनकि हामी त हिजो मात्र जन्मेका हौ, र हामी केही जान्दैनौँ; \q2 अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्। \q1 \v 10 के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? \q2 के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र? \q1 \v 11 के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? \q2 के निगालाहरू पानीविना सप्रन्छन् र? \q1 \v 12 तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै \q2 ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्। \q1 \v 13 परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; \q2 र यसरी नै ईश्‍वरहीन मानिसहरूको आशा नष्‍ट हुन्छ। \q1 \v 14 तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; \q2 तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ। \q1 \v 15 तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; \q2 तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन। \q1 \v 16 तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, \q2 जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्; \q1 \v 17 त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, \q2 र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ। \q1 \v 18 तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, \q2 तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’ \q1 \v 19 निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, \q2 र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्। \b \q1 \v 20 “निश्‍चय नै परमेश्‍वरले निर्दोष मानिसलाई त्याग्नुहुन्‍न \q2 अथवा दुष्‍ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्‍न। \q1 \v 21 उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले \q2 र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ। \q1 \v 22 तपाईंका शत्रुहरू लाजले ढाकिनेछ; \q2 र दुष्‍टका पालहरू रहनेछैन।” \c 9 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले यस्तो जवाफ दिए: \q1 \v 2 “वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु। \q2 तर परमेश्‍वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र? \q1 \v 3 उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनि \q2 मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्। \q1 \v 4 उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ। \q2 उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ? \q1 \v 5 उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ, \q2 अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ। \q1 \v 6 परमेश्‍वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्‍लाइदिनुहुन्छ, \q2 र त्यसका खम्बाहरू थरथर काँप्छन्। \q1 \v 7 उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन; \q2 उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ। \q1 \v 8 उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, \q2 र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ। \q1 \v 9 उहाँ सप्‍तर्षि, मृगशिरा, \q2 किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्‍टिकर्ता हुनुहुन्छ। \q1 \v 10 उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरू \q2 र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ। \q1 \v 11 जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; \q2 उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ। \q1 \v 12 यदि उहाँले कसैबाट केही खोसेर लैजानुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र? \q2 कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र? \q1 \v 13 परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न; \q2 राहाबका\f + \fr 9:13 \fr*\fq राहाब \fq*\ft यो प्राचीन साहित्यको काल्पनिक सामुद्रिक जन्तु हो।\ft*\f* सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्। \b \q1 \v 14 “त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? \q2 उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र? \q1 \v 15 यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; \q2 म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु। \q1 \v 16 यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि \q2 उहाँले मेरो कुरा सुन्‍नुहुन्छ भनी म विश्‍वास गर्दिनँ। \q1 \v 17 उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ, \q2 र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ। \q1 \v 18 उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न, \q2 तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ। \q1 \v 19 यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! \q2 र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ? \q1 \v 20 म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; \q2 म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ। \b \q1 \v 21 “यद्यपि म दोषरहित छु, \q2 मलाई मेरो आफ्नो कुनै वास्ता छैन; \q2 म आफ्नै जीवनलाई तुच्छ ठान्छु। \q1 \v 22 सबै कुरा एउटै हो; त्यसैले म भन्दछु, \q2 ‘उहाँले निर्दोष र दुष्‍ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’ \q1 \v 23 ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि \q2 निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्‍नुहुन्छ। \q1 \v 24 जब दुष्‍ट मानिसको हातमा देश पर्छ; \q2 यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। \q2 यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त? \b \q1 \v 25 “मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्; \q2 आनन्दको झलकविना नै ती उडेर जान्छन्। \q1 \v 26 निगालाको डुङ्गा पानीमा सलल बगेझैँ, \q2 र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्। \q1 \v 27 ‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु, \q2 म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि \q1 \v 28 आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु; \q2 किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन। \q1 \v 29 म पहिले नै दोषी ठहराइएको छु भने \q2 मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ? \q1 \v 30 यदि मैले आफूलाई हिउँले\f + \fr 9:30 \fr*\ft अथवा \ft*\fqa साबुन\fqa*\f* नुहाएँ भने पनि, \q2 र मेरा हात खरानी पानीले धोएँ तापनि \q1 \v 31 तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ, \q2 जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्‍नेछ। \b \q1 \v 32 “किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न, \q2 म कसरी उहाँलाई जवाफ दिन सक्छु, \q2 अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ। \q1 \v 33 यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, \q2 यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए, \q1 \v 34 परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्, \q2 ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्। \q1 \v 35 तब म उहाँको डरविना नै बोल्नेथिएँ, \q2 तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ। \b \c 10 \q1 \v 1 “म यो जीवनदेखि विरक्तिएको छु; \q2 यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु; \q2 र म मेरो मनको तितोपना व्यक्त गर्नेछु। \q1 \v 2 म परमेश्‍वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस् \q2 तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्‍नुहोस्। \q1 \v 3 मलाई सताएर, \q2 आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र? \q2 जबकि तपाईं दुष्‍टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ? \q1 \v 4 के तपाईंका आँखाहरू मानिसका जस्ता छन्? \q2 के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र? \q1 \v 5 के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र? \q2 अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र? \q1 \v 6 तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ, \q2 र मेरा पापहरू खोतल्नुहुन्छ? \q1 \v 7 यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ, \q2 र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन। \b \q1 \v 8 “तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो। \q2 के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त? \q1 \v 9 सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो; \q2 के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ? \q1 \v 10 के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको, \q2 अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र? \q1 \v 11 तपाईंले मलाई छाला र मासु पहिराउनुभई, \q2 अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको होइन र? \q1 \v 12 तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ; \q2 र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ। \b \q1 \v 13 “तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो; \q2 र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु: \q1 \v 14 यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो; \q2 र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन। \q1 \v 15 यदि म दोषी छु भने मलाई धिक्‍कार होस्! \q2 म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ; \q1 किनकि म शर्ममा परेको छु, \q2 अनि आफ्नो दुःखमा डुबेको छु। \q1 \v 16 यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ; \q2 र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ। \q1 \v 17 तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ, \q2 र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ; \q2 तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्। \b \q1 \v 18 “मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो \q2 भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो? \q2 कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो। \q1 \v 19 यदि म अस्तित्वमै नआएको भए हुनेथियो, \q2 अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो! \q1 \v 20 के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र? \q2 मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ। \q1 \v 21 मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि; \q2 जहाँ अन्धकार र घोर अन्धकार छ। \q1 \v 22 घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्, \q2 जहाँ अन्धकार र अस्तव्यस्त छ, \q2 जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।” \c 11 \s1 सोपरको संवाद \p \v 1 त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए: \q1 \v 2 “के यी सबै कुराहरूका जवाफ छैन र? \q2 के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र? \q1 \v 3 के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र? \q2 के तपाईंले गिल्‍ला गर्दा कसैले तपाईंलाई नहप्काउनु र? \q1 \v 4 तपाईंले परमेश्‍वरलाई भन्‍नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ, \q2 र तपाईंको दृष्‍टिमा म शुद्ध छु।’ \q1 \v 5 अहो, यदि परमेश्‍वर बोल्नुहुने भए, \q2 उहाँले आफ्ना ओठ तपाईंको विरुद्धमा खोल्नुहुन्थ्यो, \q1 \v 6 अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो; \q2 किनकि साँचो बुद्धिका दुई पक्ष हुन्छन्। \q2 यो कुरा बुझिराख्नुहोस्; परमेश्‍वरले तपाईंका केही पापहरू बिर्सिसक्नुभएको छ। \b \q1 \v 7 “के तपाईंले परमेश्‍वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ? \q2 के तपाईंले सर्वशक्तिमान्‌को सीमाको जाँच गर्न सक्नुहुन्छ? \q1 \v 8 ती स्वर्गभन्दा अति उच्‍च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र? \q2 ती पातालभन्दा धेरै गहिरा छन्; तपाईंले के पो जान्‍न सक्नुहुन्छ र? \q1 \v 9 तिनीहरूका नाप पृथ्वीभन्दा लामा \q2 र समुद्रभन्दा फराकिला छन्। \b \q1 \v 10 “यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने, \q2 र अदालतमा मुद्दाको लागि बोलाउनुभयो भने कसले उहाँको विरोध गर्न सक्छ र? \q1 \v 11 निश्‍चय नै उहाँले छली मानिसहरूलाई चिन्‍नुहुन्छ; \q2 र उहाँले दुष्‍टलाई देख्नुहुँदा, के उहाँले ख्यालै गर्नुहुन्‍न र? \q1 \v 12 जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन, \q2 त्यसरी नै मूर्ख मानिस कहिल्यै बुद्धिमान् हुन सक्दैन। \b \q1 \v 13 “तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने, \q2 र तपाईंका हातहरू उहाँतिर पसार्नुभयो भने, \q1 \v 14 यदि तपाईंका हातका अधर्मलाई त्यागिदिनुभयो, \q2 र तपाईंको पालमा दुष्‍टतालाई कुनै ठाउँ दिनुभएन भने, \q1 \v 15 तब तपाईंले निःसंकोच आफ्नो अनुहार उठाउनुहुनेछ; \q2 तपाईं दह्रिलो भई खडा हुनुहुनेछ, र डराउनुहुने छैन। \q1 \v 16 निश्‍चय नै तपाईंले आफ्नो दुःखलाई \q2 बगेर गएको पानीजस्तो ठानी बिसर्नुहुनेछ। \q1 \v 17 तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ; \q2 र अन्धकारचाहिँ बिहानजस्तै हुनेछ। \q1 \v 18 अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ; \q2 हो, तपाईं ढुक्‍क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ। \q1 \v 19 तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन; \q2 र धेरैले तपाईंको निगाह चाहनेछन्। \q1 \v 20 तर दुष्‍टहरूका आँखा कमजोर हुनेछन्; \q2 र तिनीहरूले उम्कने बाटो पाउनेछैनन्; \q2 अन्तिम सास लिनु नै तिनीहरूको आशा हुनेछ।” \c 12 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिएर भने: \q1 \v 2 “निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ, \q2 र बुद्धि तपाईंहरूसँगै मर्नेछ! \q1 \v 3 तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ; \q2 म पनि तपाईंहरूभन्दा कमको छैनँ। \q2 यी सबै कुरा कसले जान्दैन र? \b \q1 \v 4 “यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो— \q2 तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु, \q2 धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ! \q1 \v 5 सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्; \q2 र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्। \q1 \v 6 परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ, \q2 चोरहरू घरमा शान्तिसँग बस्दछन्, \q2 र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्। \b \q1 \v 7 “तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्; \q2 अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्, \q2 तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्; \q1 \v 8 अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ; \q2 अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्। \q1 \v 9 यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी \q2 यीमध्ये कसलाई थाहा छैन र? \q1 \v 10 हरेक प्राणीको जीवन र \q2 सबै मानव-जातिको सास पनि उहाँकै हातमा छ। \q1 \v 11 जिब्रोले भोजनको स्वाद चाखेजस्तै \q2 के कानले शब्दहरूको जाँच गर्दैन र? \q1 \v 12 के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र? \q2 के जीवनको दीर्घायुले समझ ल्याउँदैन र? \b \q1 \v 13 “बुद्धि र शक्ति परमेश्‍वरका हुन्; \q2 परामर्श र समझशक्ति उहाँकै छ। \q1 \v 14 उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन; \q2 उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन। \q1 \v 15 यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ; \q2 यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ। \q1 \v 16 शक्ति र बुद्धि परमेश्‍वरका हुन्; \q2 धोका दिने र धोका खाने दुवै उहाँकै हुन्। \q1 \v 17 उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ। \q2 र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ। \q1 \v 18 उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ \q2 र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ। \q1 \v 19 उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ \q2 र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ। \q1 \v 20 उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ, \q2 र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ। \q1 \v 21 उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ \q2 र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ। \q1 \v 22 उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ, \q2 र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ। \q1 \v 23 उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; \q2 उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ। \q1 \v 24 उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ; \q2 र तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ। \q1 \v 25 तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्; \q2 र उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ। \b \c 13 \q1 \v 1 “मेरा आँखाले यी सबै कुरा देखेका छन्, \q2 मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु। \q1 \v 2 तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; \q2 म पनि तपाईंहरूभन्दा कमको छैनँ। \q1 \v 3 तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु, \q2 र मेरो मुद्दाको विषयमा परमेश्‍वरसँग बहस गर्न चाहन्छु। \q1 \v 4 तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; \q2 तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ! \q1 \v 5 यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! \q2 यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो। \q1 \v 6 अब मेरो बहस सुन्‍नुहोस्; \q2 मेरा ओठका बिन्ती ध्यानसँग सुन्‍नुहोस्। \q1 \v 7 के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ? \q2 के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ? \q1 \v 8 के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? \q2 के तपाईंहरूले परमेश्‍वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ? \q1 \v 9 यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? \q2 मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र? \q1 \v 10 यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने \q2 उहाँले तपाईंहरूलाई निश्‍चय नै हप्काउनुहुनेछ। \q1 \v 11 के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? \q2 अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र? \q1 \v 12 तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; \q2 तपाईंहरूका सुरक्षाहरू माटाजस्तै कमजोर छन्। \b \q1 \v 13 “चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्; \q2 अनि ममाथि जे आइपर्ला, सो भोग्न तयार छु। \q1 \v 14 मैले आफूलाई किन जोखिममा पारूँ, \q2 र मेरो जीवन आफ्नै हातमा लिएर हिँडूँ? \q1 \v 15 उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु; \q2 निश्‍चय नै म उहाँसामु आफ्नो निम्ति बहस गर्नेछु। \q1 \v 16 सम्भवतः, यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, \q2 किनकि दुष्‍ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्! \q1 \v 17 मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; \q2 मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्! \q1 \v 18 अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु, \q2 म जान्दछु कि म निर्दोष ठहरिनेछु। \q1 \v 19 कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? \q2 यदि सक्छ भने म चुपचाप बस्‍नेछु र मर्नेछु। \b \q1 \v 20 “हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, \q2 त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ: \q1 \v 21 तपाईंको हात मबाट टाढा हटाउनुहोस्; \q2 र तपाईंका डरले मलाई भयभीत नपारोस्। \q1 \v 22 तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, \q2 अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्। \q1 \v 23 मैले कति गल्ती र पापहरू गरेँ? \q2 मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्। \q1 \v 24 किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, \q2 र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ? \q1 \v 25 के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ? \q2 के तपाईं सुकेको भुसलाई लखेट्नुहुन्छ? \q1 \v 26 किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ, \q2 र मैले जवानीमा गरेका पापहरूको कटनी गराउनुहुन्छ। \q1 \v 27 तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ; \q2 मेरा खुट्टाका पैतालाहरूमा छाप लगाउनुभएर, \q2 मेरा सबै कदमहरूलाई नजिकबाट नियाल्नुहुन्छ। \b \q1 \v 28 “त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ, \q2 किराले खाएको लुगाझैँ नष्‍ट भएर जान्छ। \b \c 14 \q1 \v 1 “स्त्रीको कोखबाट जन्मेका मरणशील मानिसको \q2 आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ। \q1 \v 2 तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; \q2 हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्। \q1 \v 3 के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्‍टि राख्नुहुन्छ? \q2 के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ? \q1 \v 4 अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? \q2 कसैले पनि सक्दैन! \q1 \v 5 हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; \q2 तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ \q2 र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ। \q1 \v 6 यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, \q2 त्यसबाट आफ्नो दृष्‍टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्। \b \q1 \v 7 “किनकि रूखको समेत पनि आशा हुन्छ: \q2 त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, \q2 र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन। \q1 \v 8 त्यसका जराहरू जमिनमै छिप्पिए पनि \q2 र त्यसको ठुटो माटोमा सुके तापनि \q1 \v 9 पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, \q2 र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ। \q1 \v 10 तर मानिस मरेपछि मेटिएर जान्छ; \q2 जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ? \q1 \v 11 तालको पानी सुकेजस्तै, \q2 अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ, \q1 \v 12 त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; \q2 जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, \q2 अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्। \b \q1 \v 13 “यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, \q2 अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! \q1 यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, \q2 अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो! \q1 \v 14 कोही मरेपछि फेरि जीवित हुन्छ र? \q2 मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि \q2 मेरो नवीकरणको\f + \fr 14:14 \fr*\ft अथवा \ft*\fqa स्वतन्त्रता\fqa*\f* निम्ति म प्रतीक्षा गर्नेछु। \q1 \v 15 तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; \q2 तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ। \q1 \v 16 तब निश्‍चय नै तपाईंले मेरा पाइलाहरू गन्‍नु हुनेछ, \q2 तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन। \q1 \v 17 मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; \q2 तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ। \b \q1 \v 18 “तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ \q2 र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ, \q1 \v 19 पानीले ढुङ्गाहरू खियाएर लगेझैँ, \q2 र भलबाढीले माटो बगाएर लगेझैँ, \q2 त्यसरी नै तपाईंले मानिसको आशा नष्‍ट पारिदिनुहुन्छ। \q1 \v 20 तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, \q2 र तिनीहरू समाप्‍त भएर जान्छन्; \q1 तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ \q2 र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ। \q1 \v 21 तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्; \q2 यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्। \q1 \v 22 तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, \q2 र आफ्नै लागि मात्र विलाप गर्छन्।” \c 15 \s1 एलीपजको संवाद \p \v 1 तब एलीपज तेमानीले जवाफ दिए: \q1 \v 2 “के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ, \q2 अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र? \q1 \v 3 के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र \q2 मूल्यहीन कुराहरूसँग बहस गर्छन् र? \q1 \v 4 तर तपाईंले त परमेश्‍वरको सम्मानलाई नै त्याग्नुहुन्छ, \q2 र उहाँको भक्तिलाई बाधा पुर्‍याउनुहुन्छ। \q1 \v 5 तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ; \q2 तपाईंले धूर्त जिब्रो रुचाउनुहुन्छ। \q1 \v 6 तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन; \q2 तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ। \b \q1 \v 7 “के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ? \q2 के तपाईं पहाडहरूभन्दा पहिले सृष्‍टि गरिनुभएको थियो? \q1 \v 8 के तपाईंले परमेश्‍वरको सभामा बसेर सुन्‍नुभएको छ? \q2 के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ? \q1 \v 9 हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्‍नुहुन्छ? \q2 हामीसँग नभएको कस्तो अन्तर्ज्ञान तपाईंसँग छ? \q1 \v 10 तपाईंका पिताभन्दा वृद्ध मानिस, \q2 केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्। \q1 \v 11 परमेश्‍वरको सान्त्वना, \q2 तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्‍त छैनन् र? \q1 \v 12 तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ? \q2 अनि तपाईंका आँखाहरूमा किन क्रोधको ज्वाला छन्? \q1 \v 13 त्यसैले तपाईं आफ्नो रिस परमेश्‍वरको विरुद्ध भड्काउनुहुन्छ \q2 र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ? \b \q1 \v 14 “मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्, \q2 अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्? \q1 \v 15 यदि परमेश्‍वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, \q2 यदि उहाँको दृष्‍टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने, \q1 \v 16 झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्, \q2 जसले दुष्‍टतालाई पानीझैँ पिउँछन्! \b \q1 \v 17 “मेरो कुरा सुन्‍नुहोस् र म तपाईंलाई बयान गर्नेछु; \q2 मैले जे देखेको छु, तपाईंलाई भन्‍न दिनुहोस्, \q1 \v 18 बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्, \q2 तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्, \q1 \v 19 (जसलाई मात्रै देश दिइएको थियो, \q2 जबकि कुनै परदेशीहरूले तिनीहरूका बीचमा बसोबास गरेनन्।) \q1 \v 20 दुष्‍ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ, \q2 निर्दयी मानिसका निम्ति वर्षौँसम्म दुःख साँचिएको हुन्छ। \q1 \v 21 त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्; \q2 जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्। \q1 \v 22 त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन; \q2 किनकि त्यो तरवारको निशानामा हुन्छ। \q1 \v 23 त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ; \q2 त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ। \q1 \v 24 कष्‍ट र वेदनाले त्यसलाई तर्साउँछ; \q2 आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ; \q1 \v 25 किनकि त्यसले आफ्नो मुड्की परमेश्‍वरको विरुद्धमा बढाउँछ, \q2 र त्यसले सर्वशक्तिमान्‌को विरुद्ध जोरी खोज्छ, \q1 \v 26 आफ्नो मोटा र बलिया ढाल लिएर \q2 परमेश्‍वरको विरुद्धमा जाइलाग्छ। \b \q1 \v 27 “त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि \q2 र त्यसको कम्मर मासुले भरिएको भए तापनि \q1 \v 28 त्यो भत्किएका सहरहरूमा बास बस्‍नेछ, \q2 ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्, \q2 जहाँ कोही पनि बास गर्दैनन्। \q1 \v 29 त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन, \q2 न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ। \q1 \v 30 त्यो अन्धकारबाट उम्कन सक्दैन; \q2 त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ, \q2 र परमेश्‍वरको मुखको सासले त्यसलाई उडाउनेछ। \q1 \v 31 त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्; \q2 किनकि त्यसको साटोमा त्यसले केही पनि नपाओस्। \q1 \v 32 त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ, \q2 र त्यसका हाँगाहरू फस्टाउने छैनन्। \q1 \v 33 त्यो त नपाकिकनै झरेको अङ्‌गुरजस्तै हुनेछ, \q2 र फूल झरेको जैतुनको रूखजस्तै हुनेछ। \q1 \v 34 किनकि परमेश्‍वर नमान्‍नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्, \q2 र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्। \q1 \v 35 तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्‍टता जन्माउँछन्; \q2 तिनीहरूका गर्भले छल रच्तछन्।” \c 16 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिए: \q1 \v 2 “मैले यस्ता धेरै कुराहरू सुनेको छु; \q2 तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ! \q1 \v 3 तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? \q2 के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ? \q1 \v 4 यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, \q2 म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, \q1 म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; \q2 र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ। \q1 \v 5 तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; \q2 मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो। \b \q1 \v 6 “मैले बोले तापनि मेरो दुःख कम हुँदैन; \q2 र म नबोल्दा पनि मेरो पीडा घट्दैन। \q1 \v 7 साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; \q2 तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ। \q1 \v 8 तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, \q2 र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; \q2 म दुब्लो र पातलो भएको कारणले, र यसले मेरो विरुद्ध साक्षी दिन्छ। \q1 \v 9 परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; \q2 र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; \q2 मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ। \q1 \v 10 मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; \q2 तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, \q2 र मेरो विरुद्धमा एकमत हुन्छन्। \q1 \v 11 परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, \q2 र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ। \q1 \v 12 सबै कुरा मसँग ठिकठाक थियो, \q2 तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; \q2 उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। \q1 उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ; \q2 \v 13 उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। \q1 उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, \q2 र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ। \q1 \v 14 उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; \q2 उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ। \b \q1 \v 15 “मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, \q2 र मैले मेरो सम्मान\f + \fr 16:15 \fr*\ft मूल भाषामा \ft*\fqa सिङ\fqa*\f* धुलोमा गाडेको छु। \q1 \v 16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, \q2 मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ; \q1 \v 17 तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, \q2 र मेरो प्रार्थना शुद्ध छ। \b \q1 \v 18 “हे पृथ्वी, मेरो रगतलाई नछोप्; \q2 मेरो रोदनले कहिल्यै विश्राम नपाओस्! \q1 \v 19 अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; \q2 मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ। \q1 \v 20 मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा \q2 मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;\f + \fr 16:20 \fr*\ft अथवा \ft*\fqa मित्रहरूले मेरो खिसी गर्छन्।\fqa*\f* \q1 \v 21 एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, \q2 उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ। \b \q1 \v 22 “थोरै वर्ष बितेर गइसकेपछि, \q2 म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ। \c 17 \q1 \v 1 मलाई सास फेर्न गाह्रो परेको छ; \q2 मेरा दिनहरू घटाइएका छन्, \q2 चिहान मेरो पर्खाइमा छ। \q1 \v 2 साँच्‍चै, ठट्टा गर्नेहरूले मलाई घेरेका छन्; \q2 मेरा आँखाहरूले तिनीहरूका ठट्टामाथि टुलुटुलु हेर्नुपरेको छ। \b \q1 \v 3 “हे परमेश्‍वर, तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्। \q2 मेरो निम्ति कसले जमानी बसिदेला र? \q1 \v 4 तपाईंले तिनीहरूको बुझ्ने दिमागलाई बन्द गरिदिनुभएको छ; \q2 यसकारण तपाईंले तिनीहरूलाई विजयी हुन दिनुहुनेछैन। \q1 \v 5 यदि कसैले आफ्नो फाइदाको निम्ति आफ्नो मित्रहरूलाई धोका दिन्छ भने, \q2 तिनीहरूका छोराछोरीका आँखाहरू कमजोर हुन्छन्। \b \q1 \v 6 “परमेश्‍वरले मलाई हरेकको निम्ति एउटा उखान बनाउनुभएको छ, \q2 त्यो मानिस जसको अनुहारमा मानिसहरूले थुक्छन्। \q1 \v 7 मेरा आँखा शोकले गर्दा धमिला भएका छन्; \q2 मेरो सम्पूर्ण शरीर केवल एउटा छायाजस्तै मात्र छ। \q1 \v 8 धर्मी मानिसहरू मेरो यस्तो हालत देखेर तीन छक्‍क परेका छन्; \q2 निर्दोष मानिसहरू ईश्‍वरहीनहरूको विरुद्धमा उठेका छन्। \q1 \v 9 तापनि धर्मी मानिसहरू आफ्नै मार्गमा अटल रहनेछन्; \q2 र निर्दोष हात हुनेहरू अझ बलियो हुँदै जानेछन्। \b \q1 \v 10 “तर तपाईंहरू सबै आएर फेरि कोसिस गर्नुहोस्! \q2 म तपाईंहरूको माझमा एउटै बुद्धिमान् मानिस भेट्टाउँदिनँ। \q1 \v 11 मेरा दिनहरू बितेर गए, मेरा योजनाहरू चकनाचुर भए; \q2 अझ मेरो हृदयका इच्छाहरू पनि हराएर गए। \q1 \v 12 तिनीहरूले रातलाई दिन भन्छन्; \q2 अन्धकार हुन लाग्दा ज्योति नजिकै हुन्छ भन्दछन्। \q1 \v 13 यदि मैले आशा गरेको घर भनेकै चिहान हो भने \q2 यदि मैले अन्धकारमा आफ्नो ओछ्यान लगाएँ भने, \q1 \v 14 यदि मैले चिहानलाई, ‘तपाईं मेरो पिता हुनुहुन्छ,’ \q2 र मलाई खाने किरालाई, ‘मेरी आमा’ अथवा ‘मेरी दिदीबहिनी,’ भनेर भन्छु भनेँ, \q1 \v 15 त्यसो भए मेरो आशा खोइ कहाँ छ त? \q2 मेरो निम्ति केही आशा छ भनेर कसले देख्न सक्छ त? \q1 \v 16 के मेरो त्यो आशा तल मृत्युको ढोकासम्म जानेछ र? \q2 के हामी एकसाथ धुलोमा जानेछौँ र?” \c 18 \s1 बिल्ददको संवाद \p \v 1 तब बिल्दद शुहीले यस्तो जवाफ दिए: \q1 \v 2 “तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ? \q2 संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौ। \q1 \v 3 हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, \q2 र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ? \q1 \v 4 तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ; \q2 के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिनुहुन्छ? \q2 अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिनुहुन्छ? \b \q1 \v 5 “दुष्‍ट मानिसको बत्ती निभाइन्छ; \q2 त्यसको आगोको ज्वाला बल्न छोड्छ। \q1 \v 6 त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ; \q2 त्यसको छेउमा भएको बत्ती निभेर जान्छ। \q1 \v 7 त्यसको बलियो पाइला कमजोर हुन्छ; \q2 त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्। \q1 \v 8 त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ; \q2 त्यो त्यसको फन्दामा भौँतारिन्छ। \q1 \v 9 धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ; \q2 पासोले त्यसलाई जोडसित समातेर राख्छ। \q1 \v 10 त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ; \q2 त्यसका बाटोमा एउटा धराप थापिएको छ। \q1 \v 11 त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, \q2 र त्यसको हरेक पाइलालाई खेद्‌दछ। \q1 \v 12 विपत्ति त्यसको निम्ति भोकाएको छ; \q2 जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ। \q1 \v 13 रोगले त्यसका छालाको भागहरू खाइदिन्छ; \q2 मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ। \q1 \v 14 त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; \q2 र आतङ्कहरूको राजाकहाँ लगिन्छ। \q1 \v 15 त्यसको पालमा आगोले बास गर्छ,\f + \fr 18:15 \fr*\ft अथवा \ft*\fqa उसँग केही पनि बाँकी रहनेछैन।\fqa*\f* \q2 त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ। \q1 \v 16 तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्, \q2 र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्। \q1 \v 17 त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ; \q2 देशमा त्यसको नामनिशानै रहनेछैन। \q1 \v 18 त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ \q2 र त्यसलाई संसारबाटै निकालिनेछ। \q1 \v 19 त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्; \q2 एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्। \q1 \v 20 त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्; \q2 र पूर्वका मानिसहरू त्रसित हुनेछन्। \q1 \v 21 साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ; \q2 परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।” \c 19 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिए: \q1 \v 2 “तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ \q2 र तपाईंहरूको वचनले मलाई आघात पुर्‍याउनुहुन्छ? \q1 \v 3 तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ; \q2 तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ। \q1 \v 4 यदि म बरालिएको साँचो हो भने \q2 मेरो गल्तीको सरोकार मसँगै मात्र रहन्छ। \q1 \v 5 यदि तपाईंहरूले आफूलाई मभन्दा उच्‍च ठान्‍नुहुन्छ, \q2 र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने, \q1 \v 6 तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्‍वरले ममाथि अन्याय गर्नुभएको छ, \q2 र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ। \b \q1 \v 7 “मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ; \q2 मैले सहायताको निम्ति गुहार मागे तापनि म कुनै न्याय पाउँदिनँ। \q1 \v 8 उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ; \q2 उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ। \q1 \v 9 उहाँले मेरो सम्मान मबाट खोस्‍नुभएको छ, \q2 र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ। \q1 \v 10 उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्‍नभिन्‍न पार्नुहुन्छ; \q2 उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ। \q1 \v 11 उहाँको क्रोध मेरो विरुद्धमा जल्छ; \q2 उहाँले मलाई आफ्ना शत्रुहरू मध्येको एक ठान्‍नुहुन्छ। \q1 \v 12 उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्; \q2 तिनीहरूले मेरो विरुद्ध घेरा लगाएर बस्छन्, \q2 र मेरो पालका चारैतिर छाउनी बनाएर बस्छन्। \b \q1 \v 13 “उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ; \q2 मेरा इष्‍टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्। \q1 \v 14 मेरा आफन्तहरू टाढा भएका छन्; \q2 मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्। \q1 \v 15 मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्; \q2 तिनीहरूले मलाई पराईझैँ ठान्छन्। \q1 \v 16 म मेरो सेवकलाई बोलाउँछु, \q2 मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन; \q1 \v 17 मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ; \q2 मेरो आफ्नै दाजुभाइको बीचमा म घृणित भएको छु। \q1 \v 18 साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्; \q2 जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्। \q1 \v 19 मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्; \q2 मैले अति प्रेम गरेकाहरू सबै मेरो विरुद्धमा उठेका छन्। \q1 \v 20 अब त म मात्र हाड र छाला भएको छु; \q2 म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।\f + \fr 19:20 \fr*\ft मरेर बाँचेको छु।\ft*\f* \b \q1 \v 21 “मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्; \q2 किनकि परमेश्‍वरको हातले मलाई प्रहार गर्नुभएको छ। \q1 \v 22 परमेश्‍वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ? \q2 मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन? \b \q1 \v 23 “अहो, मेरा शब्दहरू लेखिएको भए, \q2 ती एउटा चर्मपत्रमा लेखिएको भए, \q1 \v 24 यदि ती सिसामा फलामको औजारले खोपिएका भए, \q2 अथवा सदाको निम्ति चट्टानमा खोपिएको भए हुनेथियो! \q1 \v 25 म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, \q2 र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा\f + \fr 19:25 \fr*\ft अथवा \ft*\fqa मेरो चिहानमा\fqa*\f* खडा हुनुहुनेछ। \q1 \v 26 अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि, \q2 अझै म मेरो शरीरमा परमेश्‍वरलाई देख्नेछु; \q1 \v 27 म आफैँले उहाँलाई देख्नेछु, \q2 मेरो आफ्नै आँखाले—अरू कसैले होइन। \q2 मेरो हृदय मभित्र कति इच्छुक हुन्छ! \b \q1 \v 28 “यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; \q2 किनकि समस्याको जड त त्यो आफैँ हो,’ \q1 \v 29 तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्; \q2 किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, \q2 र त्यसपछि तपाईंहरूले न्याय\f + \fr 19:29 \fr*\ft अथवा \ft*\fqa परमेश्‍वर जो न्यायकर्ता हुनुहुन्छ।\fqa*\f* छ भनेर जान्‍नुहुनेछ।” \c 20 \s1 सोपरको संवाद \p \v 1 तब सोपर नमातीले जवाफ दिए: \q1 \v 2 “मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ; \q2 किनकि म धेरै विचलित भएको छु। \q1 \v 3 जब म मेरो अपमान हुने गालीहरू सुन्छु, \q2 मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ। \b \q1 \v 4 “निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, \q2 मानव-जातिलाई\f + \fr 20:4 \fr*\ft अथवा \ft*\fqa आदम\fqa*\f* यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ, \q1 \v 5 कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि, \q2 र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ। \q1 \v 6 यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्ला \q2 र त्यसको टाउकोले बादलहरूलाई नै छुइएला, \q1 \v 7 तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ; \q2 त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’ \q1 \v 8 कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ, \q2 रातको दर्शनजस्तै लोप भएर जान्छ। \q1 \v 9 त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्; \q2 त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन। \q1 \v 10 त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ; \q2 त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ। \q1 \v 11 त्यसका हड्डीहरूमा भरिएका यौवन \q2 त्यसको मृत्युसँग धुलोमा सुतिजानेछ। \b \q1 \v 12 “दुष्‍टता त्यसको मुखमा मिठो भए तापनि \q2 र यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ, \q1 \v 13 तथापि त्यसले त्यो छोड्न सक्दैन, \q2 त्यसको मुखमै रहिरहे तापनि \q1 \v 14 त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ; \q2 र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ। \q1 \v 15 त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ; \q2 परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ। \q1 \v 16 त्यसले सर्पको विष चुस्‍नेछ; \q2 विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ। \q1 \v 17 त्यसले खोलाहरू अर्थात् मह र नौनी बहने \q2 नदीहरूमा आनन्द लिन पाउनेछैन। \q1 \v 18 त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ; \q2 त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन। \q1 \v 19 किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ; \q2 र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ। \b \q1 \v 20 “निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन; \q2 त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन। \q1 \v 21 त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन; \q2 त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन। \q1 \v 22 त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ; \q2 जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ। \q1 \v 23 त्यसले आफ्नो पेट भरेको बेला, \q2 परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ, \q2 र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ। \q1 \v 24 त्यो फलामको हतियारबाट बाँचे तापनि \q2 काँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ। \q1 \v 25 त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ, \q2 र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ। \q1 अनि त्रास त्यसमाथि आइपर्नेछ। \q2 \v 26 त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ; \q1 नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ; \q2 र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ। \q1 \v 27 आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ; \q2 पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ। \q1 \v 28 त्यसको घरलाई बाढीले, \q2 र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ। \q1 \v 29 परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ, \q2 परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।” \c 21 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिए: \q1 \v 2 “मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्; \q2 र यही नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्। \q1 \v 3 म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्, \q2 र मैले बोलिसकेपछि मेरो गिल्‍ला गर्दैरहनुहोस्। \b \q1 \v 4 “के मेरो गुनासो मानिसहरूसँगको हो र? \q2 म किन अधैर्य नहुनु? \q1 \v 5 मलाई हेर्नुहोस् र अचम्म मान्‍नुहोस्; \q2 छक्‍क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्। \q1 \v 6 जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; \q2 मेरो शरीर डरले काँप्छ। \q1 \v 7 दुष्‍ट मानिसहरू किन दीर्घायु हुन्छन्, \q2 तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्? \q1 \v 8 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका \q2 र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्। \q1 \v 9 तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; \q2 परमेश्‍वरको छडी तिनीहरूमाथि पर्दैन। \q1 \v 10 तिनीहरूका साँढेहरू प्रजनन्‌मा कहिल्यै असफल हुँदैनन्; \q2 तिनीहरूका गाईहरू बियाउँछन्, र तुहिँदैनन्। \q1 \v 11 तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्; \q2 तिनीहरूका स-साना केटाकेटीहरू नाच्दै उफ्रन्छन्। \q1 \v 12 तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; \q2 तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्। \q1 \v 13 तिनीहरूले आफ्ना वर्षहरू सम्पन्‍नतामा बिताउँछन्, \q2 र शान्तिसँग चिहानमा जान्छन्। \q1 \v 14 तापनि तिनीहरूले परमेश्‍वरलाई यसो भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! \q2 हामीलाई तपाईंका मार्गहरू जान्‍ने इच्छा छैन। \q1 \v 15 सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ? \q2 उहाँलाई प्रार्थना गरेर हामीलाई के नै लाभ हुन्छ र?” \q1 \v 16 तर तिनीहरूको उन्‍नति तिनीहरूको आफ्नो हातमा छैन, \q2 यसकारण म दुष्‍ट मानिसहरूको सल्‍लाहबाट धेरै टाढा रहन्छु। \b \q1 \v 17 “तरै पनि दुष्‍ट मानिसको बत्ती कति पल्ट निभ्छ र? \q2 तिनीहरूमाथि कति पल्ट विपत्ति आउँछ र, \q2 परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र? \q1 \v 18 तिनीहरू कति पल्ट बतासको अगाडिको परालजस्तै, \q2 र आँधीले उडाएको भुसजस्तै भएका छन् र? \q1 \v 19 यसो भनिएको छ, ‘परमेश्‍वरले दुष्‍ट मानिसहरूको दण्ड त्यसका छोराछोरीहरूका \q2 निम्ति साँचेर राख्नुहुन्छ।’ \q2 उहाँले त्यस दुष्‍टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्! \q1 \v 20 तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; \q2 तिनीहरूले सर्वशक्तिमान्‌को क्रोधको कचौरा पिऊन्। \q1 \v 21 जब तिनीहरूका तोकिएका महिनाहरू समाप्‍त हुन्छन्, \q2 तिनीहरूले आफूले छोडेर जाने परिवारको निम्ति के वास्ता गर्छन् र? \b \q1 \v 22 “यदि परमेश्‍वरले सर्वोच्‍चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, \q2 के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ? \q1 \v 23 कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, \q2 पूर्ण रूपले सुरक्षित र सुखमा, \q1 \v 24 हृष्‍टपुष्‍ट शरीरमा, \q2 हड्डी मासीले भरिएको अवस्थामा मर्छ। \q1 \v 25 तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, \q2 आफ्नो प्राणको तितोपनामा मर्छ; \q1 \v 26 ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्, \q2 र ती दुवैलाई किराहरूले ढाक्दछन्। \b \q1 \v 27 “तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, \q2 मलाई हानि पुर्‍याउने तपाईंहरूको दुष्‍ट योजना मलाई थाहा छ। \q1 \v 28 तपाईंहरूले भन्‍नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ, \q2 त्यो पाल जहाँ दुष्‍ट मानिस बस्दछ?’ \q1 \v 29 के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? \q2 के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन— \q1 \v 30 कि दुष्‍ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, \q2 तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?\f + \fr 21:30 \fr*\ft अथवा \ft*\fqa दुष्‍टहरू अन्त्यको दिनको लागि साँचिएका हुन्छन्।\fqa*\f* \q1 \v 31 कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? \q2 तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र? \q1 \v 32 तिनीहरूलाई चिहानमा लगिन्छ, \q2 र तिनीहरूको चिहानमाथि पहरा लगाइन्छ। \q1 \v 33 बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; \q2 प्रत्येक मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, \q2 र असंख्य भीड तिनीहरूको अगि लाग्छन्\f + \fr 21:33 \fr*\ft अथवा \ft*\fqa मलामीहरू अन्त्येष्‍टिको लागि भेला हुन्छन्।\fqa*\f*। \b \q1 \v 34 “यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका \q2 कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? \q2 तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!” \c 22 \s1 एलीपजको संवाद \p \v 1 तब एलीपज तेमानीले जवाफ दिए: \q1 \v 2 “के कुनै मानिस परमेश्‍वरको निम्ति लाभदायक हुन सक्छ र? \q2 के कुनै बुद्धिमानी मानिसले पनि उहाँलाई लाभ दिन सक्छ र? \q1 \v 3 यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि \q2 सर्वशक्तिमान्‌लाई यसले के आनन्द दिन्छ र? \q2 तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र? \b \q1 \v 4 “के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ, \q2 र तपाईंको विरुद्धमा आरोप लगाउनुहुन्छ? \q1 \v 5 के तपाईंको दुष्‍टता ठूलो छैन र? \q2 के तपाईंका पापहरू नटुङ्गिने छैनन् र? \q1 \v 6 तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; \q2 तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ। \q1 \v 7 तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, \q2 र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो; \q1 \v 8 यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली \q2 र त्यसैमा बस्‍ने एक सम्मानित मानिस हुनुहुन्थ्यो। \q1 \v 9 तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, \q2 र अनाथहरूका बललाई तोड्नुभयो। \q1 \v 10 त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्, \q2 र अचानक खतराले तपाईंलाई तर्साउँछ, \q1 \v 11 त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्‍न; \q2 र बाढीको पानीले तपाईंलाई डुबाएको छ। \b \q1 \v 12 “के परमेश्‍वर स्वर्गका सर्वोच्‍चमा हुनुहुन्‍न र? \q2 हेर्नुहोस् ताराहरू कति उचाइमा छन्! \q1 \v 13 तापनि तपाईं भन्‍नुहुन्छ, ‘परमेश्‍वरले के जान्‍नुहुन्छ र? \q2 के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र? \q1 \v 14 जब उहाँ आकाश मण्डलहरूमा यताउति हिँड्‍डुल गर्नुहुन्छ, \q2 उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्‍न।’ \q1 \v 15 के तपाईं दुष्‍ट मानिसहरू हिँडेको \q2 त्यस पुरानो मार्गमा हिँडिरहनुहुन्छ? \q1 \v 16 तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए; \q2 तिनीहरूका जगहरू बाढीद्वारा बगाइए। \q1 \v 17 तिनीहरूले परमेश्‍वरलाई, ‘हामीलाई एकलै छाडिदिनुहोस् भने! \q2 हामीलाई सर्वशक्तिमान्‌ले के गर्न सक्नुहुन्छ र?’ \q1 \v 18 तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो; \q2 यसकारण म दुष्‍ट मानिसहरूका योजनाहरूबाट अलग रहन्छु। \q1 \v 19 धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; \q2 निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्‍ला गर्दछन्, \q1 \v 20 ‘निश्‍चय हाम्रा बैरीहरू नष्‍ट भएका छन्, \q2 र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’ \b \q1 \v 21 “परमेश्‍वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; \q2 यसरी सम्पन्‍नता तपाईंकहाँ फर्केर आउनेछ। \q1 \v 22 उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, \q2 र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्। \q1 \v 23 यदि तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुभयो भने, \q2 उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। \q2 यदि तपाईंले पालबाट दुष्‍टता टाढा हटाउनुभयो भने, \q1 \v 24 र तपाईंको सुनहरू धुलोमा, \q2 तपाईंका ओपीरका सुन चट्टानहरूका खोल्साहरूमा फालिदिनुभयो भने, \q1 \v 25 तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन \q2 र अति उत्कृष्‍ट चाँदी हुनुहुनेछ। \q1 \v 26 तब निश्‍चय नै तपाईंले सर्वशक्तिमान्‌मा खुशी पाउनुहुनेछ, \q2 र तपाईंको मुहार परमेश्‍वरतिर उठाउनुहुनेछ। \q1 \v 27 तपाईंले परमेश्‍वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्‍नुहुनेछ, \q2 अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ। \q1 \v 28 तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, \q2 र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्। \q1 \v 29 जब मानिसहरूलाई होच्याइनेछ, \q2 र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्‍नुहुनेछ, \q2 तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ। \q1 \v 30 उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ, \q2 तपाईंका निर्दोष हातद्वारा तिनीहरूलाई छुटाइनेछ।” \c 23 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिए: \q1 \v 2 “आज पनि मेरो गुनासो तितो छ; \q2 म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ। \q1 \v 3 यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए; \q2 यदि म उहाँको वासस्थानमा जान सक्ने भए, \q1 \v 4 म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, \q2 र मेरो मुख तर्कहरूले भर्नेथिएँ। \q1 \v 5 उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, \q2 र उहाँले मलाई के भन्‍नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ। \q1 \v 6 के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो? \q2 होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन। \q1 \v 7 त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, \q2 र त्यहाँ मेरो न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ। \b \q1 \v 8 “यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न; \q2 यदि म पश्‍चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ। \q1 \v 9 जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; \q2 जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ। \q1 \v 10 तर उहाँले मैले लिएको मार्ग जान्‍नुहुन्छ; \q2 जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु। \q1 \v 11 मेरा खुट्टाहरूले उहाँका हरेक पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्; \q2 मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु। \q1 \v 12 म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; \q2 मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु। \b \q1 \v 13 “तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? \q2 उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ। \q1 \v 14 उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ, \q2 र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ। \q1 \v 15 यसैकारण म उहाँको सामु त्रसित हुन्छु; \q2 जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु। \q1 \v 16 परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; \q2 सर्वशक्तिमान्‌ले मलाई त्रसित बनाउनुभएको छ। \q1 \v 17 बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ, \q2 तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन। \b \c 24 \q1 \v 1 “किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? \q2 किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ? \q1 \v 2 जमिनका सिमानाका ढुङ्गाहरू हटाउने मानिसहरू पनि त्यहाँ छन्; \q2 तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्। \q1 \v 3 तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, \q2 र विधवाको गोरु बन्धकमा लैजान्छन्, \q1 \v 4 तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्; \q2 र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्। \q1 \v 5 मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै, \q2 गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्; \q2 तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ। \q1 \v 6 तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, \q2 र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्। \q1 \v 7 लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्; \q2 जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन। \q1 \v 8 तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, \q2 र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्। \q1 \v 9 अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; \q2 गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ। \q1 \v 10 लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; \q2 तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्। \q1 \v 11 तिनीहरूले खेतका गराहरूमा\f + \fr 24:11 \fr*\ft मूल भाषामा यसको अर्थ अनिश्‍चित छ।\ft*\f* जैतुनको तेल पेल्छन्; \q2 तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्। \q1 \v 12 मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, \q2 र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; \q2 तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ। \b \q1 \v 13 “ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, \q2 जसले ज्योतिका मार्गहरू जान्दैनन्, \q2 अथवा ज्योतिको मार्गमा रहँदैनन्। \q1 \v 14 जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; \q2 तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, \q2 र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्। \q1 \v 15 व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; \q2 त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ \q2 र त्यसले आफ्नो अनुहार लुकाउँछ। \q1 \v 16 रातमा चोरहरूले घरहरू फोर्छन्, \q2 तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्; \q2 तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्। \q1 \v 17 तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो; \q2 तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्। \b \q1 \v 18 “तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; \q2 तिनीहरूको जमिनको भाग श्रापित छ; \q2 त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्। \q1 \v 19 गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, \q2 चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ। \q1 \v 20 गर्भले तिनीहरूलाई भूलिहाल्छ; \q2 किराले तिनीहरूमाथि भोज गर्छन्; \q1 दुष्‍ट मानिसहरूको सम्झना रहँदैन, \q2 र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्। \q1 \v 21 तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्, \q2 र विधवालाई कुनै दया देखाउँदैनन्। \q1 \v 22 तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; \q2 तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन। \q1 \v 23 उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला, \q2 तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्। \q1 \v 24 केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्; \q2 तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ; \q2 तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्। \b \q1 \v 25 “यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, \q2 र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?” \c 25 \s1 बिल्ददको संवाद \p \v 1 तब बिल्दद शुहीले जवाफ दिए: \q1 \v 2 “प्रभुत्व र श्रद्धा परमेश्‍वरकै हुन्; \q2 उहाँले आकाशको उचाइमा शान्ति स्थापना गर्नुहुन्छ। \q1 \v 3 के उहाँका सेनाहरूलाई गन्‍न सकिन्छ? \q2 उहाँको ज्योति कसमाथि पर्दैन र? \q1 \v 4 त्यसो भए कसरी मरणशील मानिस परमेश्‍वरको अगि धर्मी हुन सक्छ? \q2 स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र? \q1 \v 5 उहाँको दृष्‍टिमा त चन्द्रमा पनि चहकिलो छैन, \q2 र ताराहरू पनि शुद्ध छैनन् भने, \q1 \v 6 मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— \q2 परमेश्‍वरको दृष्‍टिमा मानिस जाति किरा मात्रै हो!” \c 26 \s1 इयोबको संवाद \p \v 1 तब इयोबले जवाफ दिए: \q1 \v 2 “तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो! \q2 तपाईंले कमजोर पाखुरालाई कसरी बचाउनुभयो! \q1 \v 3 बुद्धिहीन मानिसलाई तपाईंले कस्तो सल्‍लाह दिनुभयो! \q2 अनि तपाईंले कस्तो महान् अन्तर्ज्ञान देखाउनुभयो! \q1 \v 4 तपाईंलाई कसले यी शब्दहरू उच्‍चारण गर्न सघाए? \q2 अनि तपाईंको मुखबाट कसको आत्मा बोल्यो? \b \q1 \v 5 “मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू \q2 सबै गहिरो वेदनामा छन्। \q1 \v 6 मृत-लोक परमेश्‍वरको सामु नाङ्गो छ; \q2 र विनाश\f + \fr 26:6 \fr*\ft मूल भाषामा \ft*\fqa नरक\fqa*\f* छर्लङ्गै भएको छ। \q1 \v 7 परमेश्‍वरले उत्तरको आकाशलाई रित्तो अन्तरिक्षमा फैलाउनुहुन्छ; \q2 उहाँले पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ। \q1 \v 8 उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ; \q2 तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन। \q1 \v 9 उहाँले आफ्नो बादल फिँजाएर \q2 पूर्णिमाको चन्द्रमाको मुहारलाई ढाक्नुहुन्छ। \q1 \v 10 उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न \q2 उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ। \q1 \v 11 उहाँको हप्कीमा आकाशका \q2 खम्बाहरू त्रासले काँप्छन्। \q1 \v 12 उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो; \q2 उहाँले आफ्नो बुद्धिद्वारा राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो। \q1 \v 13 उहाँको सासद्वारा आकाश स्वच्छ भयो; \q2 बेगले भाग्दै गरेको सर्पलाई उहाँको हातले छेड्नुभयो। \q1 \v 14 यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्; \q2 हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ! \q2 त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?” \c 27 \s1 आफ्ना साथीहरूलाई इयोबको अन्तिम भाषण \p \v 1 तब इयोबले आफ्नो बहस जारी राखे: \q1 \v 2 “सर्वशक्तिमान् परमेश्‍वर जीवित हुनुभएझैँ, \q2 जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ, \q2 र मेरो जीवन तितो बनाइदिनुभएको छ, \q1 \v 3 जबसम्म मभित्र जीवन रहन्छ, \q2 र परमेश्‍वरको सास मेरा नाकमा रहन्छ, \q1 \v 4 मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, \q2 मेरो जिब्रोले झूटो कुरा उच्‍चारण गर्नेछैन। \q1 \v 5 तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ; \q2 म नमरुन्जेल मेरो निष्‍ठालाई म इन्कार गर्नेछैनँ। \q1 \v 6 म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; \q2 म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्‍कार्नेछैनँ। \b \q1 \v 7 “मेरो शत्रु दुष्‍टजस्तै, \q2 र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्! \q1 \v 8 किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र? \q2 जब परमेश्‍वरले त्यसको जीवनलाई लिनुहुन्छ, \q1 \v 9 तब त्यसमाथि कष्‍ट आइलाग्दा, \q2 के परमेश्‍वरले त्यसको विलाप सुन्‍नुहुनेछ र? \q1 \v 10 के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र? \q2 के त्यसले सधैँ परमेश्‍वरको नाम पुकार्नेछ र? \b \q1 \v 11 “म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु; \q2 सर्वशक्तिमान्‌का मार्गहरू म लुकाउनेछैनँ। \q1 \v 12 तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ भने। \q2 तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ। \b \q1 \v 13 “परमेश्‍वरले दुष्‍ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ, \q2 निर्दयी मानिसले सर्वशक्तिमान्‌बाट प्राप्‍त गर्ने उत्तराधिकार यही हो: \q1 \v 14 त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ; \q2 त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन। \q1 \v 15 अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ, \q2 र त्यसका विधवाहरूले त्यसका निम्ति शोक गर्नेछैनन्। \q1 \v 16 त्यसले धुलोसरी चाँदी थुपारे तापनि \q2 माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि \q1 \v 17 त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्, \q2 र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्। \q1 \v 18 त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ, \q2 पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ। \q1 \v 19 दुष्‍ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन; \q2 त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्। \q1 \v 20 भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ; \q2 आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ। \q1 \v 21 पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन; \q2 बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ। \q1 \v 22 बतासको शक्तिबाट ऊ टाढा भागे तापनि \q2 बतास त्यसको विरुद्धमा दया नदेखाई जाइलाग्नेछ। \q1 \v 23 बतासले त्यसलाई उपहासको थपडी मार्नेछ, \q2 र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।” \c 28 \s1 बुद्धिको खोज \q1 \v 1 पक्‍कै पनि चाँदीको निम्ति खानी हुन्छ, \q2 र त्यो ठाउँ, जहाँ सुनलाई खारिन्छ। \q1 \v 2 फलाम पृथ्वीबाट निकालिन्छ, \q2 र धातु गालेर तामा निकालिन्छ। \q1 \v 3 मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ; \q2 तिनीहरूले पृथ्वीको अति गहिराइमा \q2 र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्। \q1 \v 4 मानव वासस्थानदेखि टाढा, \q2 मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्; \q2 अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्‍लिँदै धातु खनेर निकाल्छन्। \q1 \v 5 पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ, \q2 त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ; \q1 \v 6 त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्, \q2 र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्। \q1 \v 7 आकाशका शिकारी पक्षीहरूले त्यस गुप्‍त बाटोलाई जान्दैनन्, \q2 कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन। \q1 \v 8 जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्, \q2 र कुनै सिंहले त्यसमा शिकार गरेको छैन। \q1 \v 9 मानिसहरूले चकमके चट्टानलाई तिनीहरूका हातले फोर्छन्; \q2 र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्। \q1 \v 10 तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्; \q2 तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्। \q1 \v 11 तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्, \q2 र गुप्‍तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्। \b \q1 \v 12 तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ? \q2 समझशक्तिको बास कहाँ छ? \q1 \v 13 मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन; \q2 यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन। \q1 \v 14 महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”; \q2 समुद्रले भन्छ, “त्यो मसित छैन।” \q1 \v 15 त्यसलाई अति निखुर सुनले पनि किन्‍न सकिँदैन; \q2 न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ। \q1 \v 16 त्यसलाई ओपीरको सुनले समेत किन्‍न सकिँदैन, \q2 बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्‍त हुन्‍न। \q1 \v 17 त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ; \q2 न त त्यसलाई सुनको गहनाले किन्‍न सकिन्छ। \q1 \v 18 मुगा र बिल्‍लौरको त नाम नै नलिए पनि हुन्छ; \q2 बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ। \q1 \v 19 कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना हुन सकिँदैन; \q2 बुद्धिलाई निखुर सुनले पनि किन्‍न सकिँदैन। \b \q1 \v 20 त्यसो भए बुद्धि कहाँबाट आउँछ, \q2 र समझशक्तिको बास कहाँ छ? \q1 \v 21 त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्‍तमा राखिएको छ, \q2 अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ। \q1 \v 22 विनाश\f + \fr 28:22 \fr*\ft मूल भाषामा \ft*\fqa विनाशकर्ता\fqa*\f* र मृत्युले भन्छन्, \q2 “हाम्रो आफ्नै कानमा केवल यसको हल्‍ला मात्र पुगेको छ।” \q1 \v 23 परमेश्‍वरले मात्र यसको बाटो बुझ्नुहुन्छ; \q2 र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ, \q1 \v 24 किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ; \q2 र उहाँले आकाश मण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ। \q1 \v 25 जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो \q2 र बादलमा पानीको मापन गर्नुभयो; \q1 \v 26 जब उहाँले वर्षालाई आदेश दिनुभयो, \q2 र चट्याङको लागि बाटो तयार पार्नुभयो; \q1 \v 27 तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो; \q2 उहाँले त्यसलाई पक्‍का गर्नुभयो र जाँच्नुभयो। \q1 \v 28 अनि परमेश्‍वरले मानिस जातिलाई भन्‍नुभयो, \q2 “हेर प्रभुको भय नै बुद्धि हो; \q2 र दुष्‍टताबाट अलग रहनु नै समझशक्ति हो।” \c 29 \s1 इयोबको अन्तिम बहस \p \v 1 इयोबले आफ्नो बहस जारी राखेर भने: \q1 \v 2 “अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु, \q2 किनकि ती दिनहरूमा परमेश्‍वरले मेरो हेरचाह गर्नुहुन्थ्यो; \q1 \v 3 जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, \q2 र उहाँको ज्योतिद्वारा म अन्धकारमा हिँड्‍डुल गर्थेँ; \q1 \v 4 अहो, सुखका ती मेरा दिनहरू, \q2 जब परमेश्‍वरसँगको घनिष्‍ठ मित्रताले मेरो घरमा आशिष् ल्याउँथ्यो; \q1 \v 5 जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो, \q2 र मेरा छोराछोरीहरू मेरा चारैतिर हुन्थे; \q1 \v 6 जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे, \q2 र चट्टानले मेरो निम्ति जैतुनको तेलका खोलाहरू बहाउँथ्यो। \b \q1 \v 7 “जब म सहरको मूलढोकामा जान्थेँ, \q2 र सार्वजनिक चोकमा आफ्नो आसन ग्रहण गर्थेँ। \q1 \v 8 जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे, \q2 र वृद्ध मानिसहरू आदरसाथ बसेको ठाउँबाट उठ्थे; \q1 \v 9 सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे, \q2 र तिनीहरूले आफ्ना मुख हातले छोप्थे; \q1 \v 10 शासकहरूका आवाज मन्द हुन्थ्यो, \q2 र तिनीहरूको जिब्रो तिनीहरूको तालुमा टाँसिन्थ्यो। \q1 \v 11 मलाई सुन्‍नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे, \q2 र मलाई देख्नेहरूले मेरो गुणगान गर्थे; \q1 \v 12 किनकि सहायताको लागि गुहार्ने गरिब, \q2 र सहायता गर्ने कोही नभएका अनाथहरूलाई म छुटाउथेँ। \q1 \v 13 मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो; \q2 मैले विधवाको हृदयलाई आनन्दले गाउन सक्ने तुल्याउँथेँ। \q1 \v 14 मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ; \q2 न्याय मेरो लवेदा र मेरो फेटा थियो। \q1 \v 15 म अन्धाका निम्ति आँखा, \q2 र लङ्गडाका निम्ति पाउहरूझैँ थिएँ। \q1 \v 16 खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ; \q2 म परदेशीहरूको पक्षमा मुद्दा लिन्थेँ। \q1 \v 17 मैले दुष्‍ट मनिसहरूका बङ्गारा तोडिदिएँ, \q2 र तिनीहरूका दाँतहरूबाट पीडितहरूलाई खोसेँ। \b \q1 \v 18 “मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु, \q2 मेरा दिनहरू बालुवाका कणहरूझैँ धेरै छन्। \q1 \v 19 मेरा जराहरू पानीसम्म पुग्नेछन्; \q2 र मेरा हाँगाहरूमा रातभरि नै शीत रहनेछ। \q1 \v 20 मेरो गौरव कहिल्यै घट्नेछैन; \q2 मेरो धनु सदाकाल मेरो हातमा नयाँ भइरहनेछ।’ \b \q1 \v 21 “मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे, \q2 चुपचाप लागेर मेरो सल्‍लाह पर्खिरहन्थे। \q1 \v 22 मैले बोलिसकेपछि तिनीहरूले भन्‍ने कुरा रहँदैनथ्यो; \q2 मेरा शब्दहरू तिनीहरूका कानमा बिस्तारै पर्दथ्यो। \q1 \v 23 तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे; \q2 र मेरा वचनहरूलाई बसन्तको झरीझैँ पिउँथे। \q1 \v 24 मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो; \q2 मेरो अनुहारको उज्यालो तिनीहरूका निम्ति विशेष थिए। \q1 \v 25 तिनीहरूको निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ; \q2 राजा आफ्ना सेनाहरूसँग बसेझैँ म बस्थेँ; \q2 शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै म थिएँ। \b \c 30 \q1 \v 1 “तर अहिले त मभन्दा साना उमेरकाहरूले \q2 मेरो हाँसो उडाउँछन्, \q1 जसका बुबाहरूलाई मेरो भेडाहरूको गोठालो \q2 कुकुरहरूको दर्जामा राख्न पनि अयोग्य ठान्थेँ। \q1 \v 2 तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले, \q2 मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र? \q1 \v 3 अभाव र भोकले दुब्लाएर, \q2 तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे, \q2 र उजाड ठाउँतिर डुलिहिँड्थे। \q1 \v 4 तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे, \q2 र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए। \q1 \v 5 तिनीहरू मानव समाजबाट धपाइएका थिए, \q2 तिनीहरूलाई चोरहरूलाई जस्तै लखेटिन्थ्यो। \q1 \v 6 तिनीहरूलाई सुक्खा खोलाका बगरहरूमा, \q2 चट्टान र जमिनका दुलोहरूमा बस्‍न बाध्य गराइन्थ्यो। \q1 \v 7 तिनीहरू झाडीहरूमा कराई हिँड्थे \q2 र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे। \q1 \v 8 तिनीहरू मूर्ख र नामथर विहीन सन्तानहरू थिए; \q2 तिनीहरूलाई देशबाट निकालिएको थियो। \b \q1 \v 9 “तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्‍ला गर्छन्; \q2 म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु। \q1 \v 10 तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्; \q2 तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्। \q1 \v 11 अहिले परमेश्‍वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ; \q2 तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्। \q1 \v 12 मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ; \q2 तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्, \q2 तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्। \q1 \v 13 तिनीहरूले मेरो बाटो भत्काउँछन्; \q2 तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर \q2 मलाई नाश गर्न सफल हुन्छन्। \q1 \v 14 तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्; \q2 तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्। \q1 \v 15 मलाई त्रासले छाएको छ; \q2 मेरो प्रतिष्‍ठा बतासले उडाएजस्तै भएको छ, \q2 मेरो सुरक्षा बादलजस्तै हराएको छ। \b \q1 \v 16 “र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ; \q2 कष्‍टपूर्ण दिनहरूले मलाई पक्रेका छन्। \q1 \v 17 रातले मेरा हड्डीहरूलाई छेड्छ; \q2 मलाई पिरोल्‍ने पीडा कहिल्यै थामिँदैन। \q1 \v 18 परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ\f + \fr 30:18 \fr*\ft मूल भाषामा \ft*\fqa छाला\fqa*\f* हुनुभएको छ; \q2 उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ। \q1 \v 19 उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ, \q2 अनि म धुलो र खरानीजस्तै भएको छु। \b \q1 \v 20 “हे परमेश्‍वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न; \q2 म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्‍न। \q1 \v 21 तपाईं मसँग निर्दयी हुनुभएको छ; \q2 आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ। \q1 \v 22 तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ; \q2 तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ। \q1 \v 23 म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्‍यानुहुन्छ, \q2 त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ। \b \q1 \v 24 “पीडित मानिसले आफ्नो कष्‍टमा सहायताको निम्ति बिन्ती गर्दा \q2 निश्‍चय नै त्यसमाथि कसैले हात उठाउँदैन। \q1 \v 25 के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र? \q2 के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र? \q1 \v 26 तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्‍टता नै आइलाग्यो; \q2 मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो। \q1 \v 27 मभित्रको उथलपुथल कहिल्यै थामिँदैन; \q2 कष्‍टका दिनहरूले मेरो सामना गर्छन्। \q1 \v 28 म कालो भएको छु, तर घामले होइन; \q2 म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु। \q1 \v 29 म त स्यालहरूको भाइ, \q2 उल्‍लुहरूको साथी भएको छु। \q1 \v 30 मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ; \q2 मेरो शरीर ज्वरोले जलेको छ। \q1 \v 31 मेरो वीणा शोकमा परिणत भएको छ, \q2 र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ। \b \c 31 \q1 \v 1 “मैले कुनै कन्यालाई कामुक दृष्‍टिले नहेर्ने भनी \q2 मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु। \q1 \v 2 किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्‍वरले ठहराउनुभएको भाग, \q2 र उच्‍चमा रहनुहुने सर्वशक्तिमान्‌बाटको अंश के हो? \q1 \v 3 के दुष्‍ट मानिसहरूका निम्ति विनाश, \q2 र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र? \q1 \v 4 के उहाँले मेरा मार्गहरू देख्नुहुन्‍न? \q2 र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्‍न र? \b \q1 \v 5 “यदि म झूटो मार्गमा हिँडेको छु भने \q2 अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने, \q1 \v 6 परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्, \q2 अनि उहाँले म निर्दोष छु भनी जानून्। \q1 \v 7 यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, \q2 यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने, \q2 अथवा मेरा हातहरू अशुद्ध पारेको भए, \q1 \v 8 तब मैले छरेका अन्‍नहरू कसैले खाओस्, \q2 र मेरा बालीहरू उखालिओस्। \b \q1 \v 9 “यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए, \q2 अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए, \q1 \v 10 मेरी पत्नीले अर्का मानिसको जाँतो पिँध्न परोस्, \q2 र परपुरुषहरू ऊसँग सुतून्; \q1 \v 11 किनकि त्यो घोर कुकर्म हो; \q2 र न्याय गरिनुपर्ने पाप हो। \q1 \v 12 किनकि यो त जलेर भस्म\f + \fr 31:12 \fr*\ft अथवा \ft*\fqa मृत्युमा पुर्‍याउने पाप हो।\fqa*\f* पार्ने आगो हो; \q2 यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ। \b \q1 \v 13 “मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा, \q2 चाहे स्त्री होस् वा पुरुष, \q2 यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए, \q1 \v 14 परमेश्‍वरसँग मेरो सामना हुँदा म के गरूँ? \q2 उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ? \q1 \v 15 के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? \q2 के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र? \b \q1 \v 16 “यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, \q2 अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए, \q1 \v 17 यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, \q2 यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए— \q1 \v 18 तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, \q2 र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्‍याएँ— \q1 \v 19 यदि मैले कोही लुगा नभएर नष्‍ट भइरहेको देख्दा, \q2 अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा, \q1 \v 20 अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा \q2 तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए, \q1 \v 21 यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर, \q2 मैले अनाथहरूका विरुद्ध हात उठाएको भए, \q1 \v 22 त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्, \q2 त्यो जोर्नीबाट चुँडिओस्। \q1 \v 23 किनकि परमेश्‍वरबाटको विनाशसँग म त्रसित थिएँ, \q2 र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ। \b \q1 \v 24 “यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने \q2 अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’ \q1 \v 25 यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा, \q2 मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने \q1 \v 26 यदि मैले सूर्यको प्रतापलाई \q2 अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए, \q1 \v 27 जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए, \q2 र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए, \q1 \v 28 त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; \q2 किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ। \b \q1 \v 29 “यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, \q2 अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए— \q1 \v 30 मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर \q2 आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ— \q1 \v 31 यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए, \q2 “इयोबको भोजनबाट कोचाहिँ तृप्‍त भएको छैन?” \q1 \v 32 तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; \q2 किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो, \q1 \v 33 मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर \q2 मेरो पाप ढाकेको छु? \q1 \v 34 म भीडसँग धेरै डराएर, \q2 आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी, \q2 म चुपचाप घरमै लुकेर बसेको छु र? \b \q1 \v 35 (“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! \q2 अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्‌ले नै मलाई जवाफ देऊन्; \q2 मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्। \q1 \v 36 निश्‍चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ, \q2 म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ। \q1 \v 37 म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ; \q2 म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।) \b \q1 \v 38 “यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, \q2 र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने, \q1 \v 39 यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने \q2 अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने \q1 \v 40 त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, \q2 र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” \p यति भनिसकेपछि इयोबका वचनहरू समाप्‍त भए। \c 32 \s1 एलिहू \p \v 1 यसरी ती तीन जना मानिसहरूले इयोबलाई जवाफ दिन छोडे; किनकि तिनी आफ्नै दृष्‍टिमा धर्मी थिए। \v 2 तर रामका परिवारका बूजी बारकेलका छोरा एलिहू इयोबसँग धेरै रिसाए; किनकि तिनले परमेश्‍वरलाई भन्दा आफूलाई धर्मी ठहराइरहेका थिए। \v 3 तिनी तिनका तीन जना मित्रहरूसँग पनि रिसाए; किनकि तिनीहरूले इयोबलाई खण्डन गर्ने कुनै कुरा पाएका थिएनन्, र पनि तिनलाई दोषी नै ठहराइरहेका थिए। \v 4 तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए। \v 5 तर ती तीन जना मानिससँग इयोबलाई जवाफ दिन कुनै कुरा नभएको देखेर एलिहूलाई धेरै रिस उठेको थियो। \p \v 6 यसकारण बूजी बारकेलका छोरा एलिहूले भने: \q1 “म उमेरमा तपाईंहरूभन्दा कान्छो छु, \q2 तर तपाईंहरू मभन्दा पाको हुनुहुन्छ; \q1 त्यसैकारण म डराएको थिएँ, \q2 अनि मैले जानेका कुराहरू तपाईंहरूलाई भन्‍न आँट गरेको थिइनँ। \q1 \v 7 ‘पाका उमेरकाहरूले बोल्नुपर्छ, \q2 र उमेरमा पाको हुनेहरूले बुद्धिका कुराहरू सिकाउनुपर्छ।’ भनी मैले सोचेको थिएँ, \q1 \v 8 तर यो त मानिसमा हुनुहुने आत्माले; \q2 सर्वशक्तिमान्‌को सासले पो तिनीहरूलाई समझशक्ति दिँदोरहेछ। \q1 \v 9 ठूला मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, \q2 न त बुढापाका हुँदैमा सबै ठिक छ भनी बुझेका हुन्छन्। \b \q1 \v 10 “यसैकारण म भन्दछु: मेरो कुरा सुन्‍नुहोस्; \q2 म पनि जे जान्दछु, तपाईंहरूलाई त्यही कुराहरू भन्‍नेछु। \q1 \v 11 तपाईंहरू बोल्नुहुँदा मैले पर्खेँ, \q2 तपाईंहरूले के बोलौँ भनेर शब्दहरू खोज्नुभएको बेला, \q1 तपाईंहरूका तर्कहरू मैले ध्यान दिएर सुनिरहेँ। \q2 \v 12 मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ। \q1 तर तपाईंहरूमध्ये कसैले पनि इयोबको गल्ती प्रमाणित गर्नुभएन; \q2 तपाईंहरू कसैले पनि तिनका तर्कहरूको जवाफ दिनुभएन। \q1 \v 13 तपाईंहरूले यसरी नभन्‍नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ; \q2 मानिसले होइन, तर परमेश्‍वरले तिनको खण्डन गरून्।’ \q1 \v 14 तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्; \q2 अनि म तिनलाई तपाईंहरूका तर्कहरूले जवाफ दिनेछैनँ। \b \q1 \v 15 “तिनीहरू हैरान भए; र तिनीहरू अक्‍क न बक्‍क भए; \q2 तिनीहरूसँग बोल्नलाई शब्दहरू नै थिएन। \q1 \v 16 अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्; \q2 अनि तिनीहरू बोलेनन् भनेर के म पर्खिबसूँ त? \q1 \v 17 मसँग पनि मैले भन्‍नुपर्ने कुराहरू छन्; \q2 म पनि आफ्नो बिचार राख्नेछु; \q1 \v 18 किनकि मसँग प्रशस्त शब्दहरू छन्, \q2 र मभित्र भएको आत्माले मलाई बाध्य बनाउँछ। \q1 \v 19 म भित्रभित्रै उकुसमुकुस भएर बिर्को लगाइएको मद्यको बोतलजस्तै भएको छु; \q2 फुट्न लागेको नयाँ मद्यको मशकजस्तै भएको छु। \q1 \v 20 मैले बोल्नैपर्छ; र मन हल्का पार्नैपर्छ; \q2 मैले आफ्नो मुख खोल्नैपर्छ र जवाफ दिनैपर्छ। \q1 \v 21 म पक्षपात गर्नेछैनँ, \q2 न त कुनै मानिससँग चापलुसी नै गर्नेछु; \q1 \v 22 किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए, \q2 मलाई मेरा सृष्‍टिकर्ताले चाँडै नाश गर्नुहुनेथियो। \b \c 33 \q1 \v 1 “तर अब, हे इयोब, मेरो कुरा सुन्‍नुहोस्; \q2 मैले भनेको एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्। \q1 \v 2 मैले मेरो मुख खोल्नै लागेको छु; \q2 मेरा कुराहरू मेरो जिब्रोको टुप्पैमा छन्। \q1 \v 3 मेरा शब्दहरू साँचो हृदयबाट आउँछन्; \q2 मेरा ओठले मैले जानेका कुराहरू इमानदारीतापूर्वक बोल्छन्। \q1 \v 4 परमेश्‍वरको आत्माले मलाई बनाउनुभएको हो; \q2 सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्छ। \q1 \v 5 यदि तपाईंहरूले सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्; \q2 तपाईंहरू उठ्नुहोस् र आफ्ना तर्कहरू मेरो सामु पेस गर्नुहोस्। \q1 \v 6 परमेश्‍वरको दृष्‍टिमा म पनि तपाईंहरूजस्तै छु; \q2 म पनि माटोबाटै बनाइएको हुँ। \q1 \v 7 तपाईंहरू मसँग डराउनुपर्दैन, \q2 न त तपाईंहरूमाथि मेरो हात नै गह्रौँ होस्। \b \q1 \v 8 “तर तपाईंहरूले मैले सुन्‍ने गरी भन्‍नुभएको छ— \q2 मैले ती शब्दहरू सुनेको छु— \q1 \v 9 ‘म पवित्र छु, र मैले पाप गरेको छैनँ; \q2 म शुद्ध छु; र पापरहित छु। \q1 \v 10 तर पनि परमेश्‍वरले मेरो गल्ती भेट्टाउनुभयो; \q2 उहाँले मलाई आफ्नो शत्रुझैँ ठान्‍नुहुन्छ। \q1 \v 11 उहाँले मेरा खुट्टाहरूलाई साङ्लाले बाँध्नुहुन्छ; \q2 उहाँले मेरा सबै मार्गहरू ध्यानसित नियाल्नुहुन्छ।’ \b \q1 \v 12 “तर म तपाईंलाई भन्दछु, यस कुरामा तपाईं ठिक हुनुहुन्‍न; \q2 किनकि परमेश्‍वर मरणशील मानिसभन्दा महान् हुनुहुन्छ। \q1 \v 13 तपाईं किन उहाँलाई गुनासो पोख्नुहुन्छ, \q2 के उहाँले कुनै मानिसको तर्कहरूको जवाफ दिनुहुन्‍न भनेर हो? \q1 \v 14 किनकि परमेश्‍वर मानिसहरूसँग बोल्नुहुन्छ—अहिले एक प्रकारले, \q2 र पछि अर्कै प्रकारले— \q2 यद्यपि त्यो कसैले बुझ्नै सक्दैन। \q1 \v 15 सपनामा, रातको दर्शनमा, \q2 जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, \q2 अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्; \q1 \v 16 तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, \q2 र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ, \q1 \v 17 मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन \q2 र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न, \q1 \v 18 तिनीहरूलाई खाडलबाट जोगाउन, \q2 तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ। \b \q1 \v 19 “अथवा कुनै मानिसलाई तिनीहरूका हड्डीहरूमा लगातार दुःख्ने रोगको साथ \q2 पीडाको ओछ्यानमा ताडना दिनुहुन्छ; \q1 \v 20 त्यसकारण तिनीहरूको शरीरले भोजन रुचाउँदैन \q2 र तिनीहरूको प्राणले जस्तै मिठो भोजनलाई पनि घृणा गर्छ। \q1 \v 21 तिनीहरूको शरीरको मासु सुकेर जान्छ, \q2 अनि तिनीहरूका एक समयमा नदेखिएका हड्डीहरू अब देखिन थाल्छन्। \q1 \v 22 तिनीहरू खाडलको नजिकै पुग्छन्, \q2 र तिनीहरूको जीवन मृत्युको दूतकहाँ\f + \fr 33:22 \fr*\ft अथवा \ft*\fqa मृत-लोकको नजिक\fqa*\f* पुग्छन्। \q1 \v 23 तरै पनि यदि तिनीहरूका पक्षमा एक जना स्वर्गदूत, \q2 हजारौँबाट एक जना दूत छन् भने, \q2 जसलाई तिनीहरूका निम्ति कसरी धर्मी हुने भनेर सिकाउन पठाइए भने, \q1 \v 24 अनि उनले ती व्यक्तिप्रति अनुग्रही भएर परमेश्‍वरलाई भनिदिए, \q2 तिनीहरूलाई खाडलमा जानदेखि बचाइदिनुहोस्; \q2 मैले यिनीहरूका निम्ति छुटकाराको मोल प्राप्‍त गरेको छु— \q1 \v 25 तिनीहरूको मासु बालकको जस्तै फेरि नयाँ भइजाओस्; \q2 तिनीहरू युवा अवस्थाका दिनहरूमा जस्तै फेरि पुनर्निर्माण होऊन्— \q1 \v 26 तब त्यसले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्‍टि पाउन सक्छ; \q2 तिनीहरूले परमेश्‍वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्; \q2 उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ। \q1 \v 27 तब तिनीहरू मानिसहरूकहाँ गएर भन्‍नेछन्, \q2 ‘मैले पाप गरेँ, जे कुरा ठिक थियो, मैले त्यसलाई बिगारेको छु; \q2 तर मैले भोग्नुपर्ने सजाय पाइनँ। \q1 \v 28 परमेश्‍वरले मेरो प्राणलाई तल मृत्युको खाडलमा जानदेखि छुटाउनुभएको छ, \q2 अनि म जीवनको ज्योतिमा रमाउनलाई जीवित रहनेछु।’ \b \q1 \v 29 “परमेश्‍वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— \q2 दुई पटक अथवा तीन पटकसम्म— \q1 \v 30 तिनीहरूलाई मृत्युको खाडलबाट फर्काएर ल्याउनलाई, \q2 ताकि जीवनको ज्योति तिनीहरूमाथि चम्कन सकोस्। \b \q1 \v 31 “त्यसकारण हे इयोब, सुन्‍नुहोस्, र मेरो कुरामा ध्यान दिनुहोस्; \q2 चुप लागेर बस्‍नुहोस्, र म बोल्नेछु। \q1 \v 32 यदि तपाईंलाई केही भन्‍न मन लागेको छ भने मलाई भन्‍नुहोस्; \q2 बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष साबित गर्नेछु। \q1 \v 33 तर यदि छैन भने मेरो कुरा सुन्‍नुहोस्; \q2 चुप लागेर बस्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।” \c 34 \p \v 1 तब एलिहूले भने: \q1 \v 2 “हे बुद्धिमान् मानिसहरू हो, मेरा कुराहरू सुन्‍नुहोस्; \q2 हे विद्वान् मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस्। \q1 \v 3 किनकि जिब्रोले भोजनलाई चाखेजस्तै, \q2 कानले शब्दहरूको जाँच गर्छ। \q1 \v 4 जे ठिक छ, त्यसलाई हामी आफैँले छुट्याऊँ; \q2 जे कुरा असल छ, त्यो कुरा एकसाथ मिलेर सिकौँ। \b \q1 \v 5 “इयोबले भन्छन्, ‘म निर्दोष छु, \q2 तर पनि परमेश्‍वरले मलाई न्याय गर्न इन्कार गर्नुभयो। \q1 \v 6 म ठिक भए तापनि \q2 म झूटो ठहराइएको छु; \q1 म दोषरहित भए तापनि \q2 उहाँको काँडले निको नहुने चोट दिएको छ।’ \q1 \v 7 इयोबजस्तै अर्को कुनै मानिस छ, \q2 जसले अपमानलाई पानी पिएजस्तै पिउँछ? \q1 \v 8 तिनी दुष्‍ट काम गर्नेहरूको सङ्गत गर्छन्; \q2 तिनी दुष्‍ट मानिसहरूसँग मिल्छन्। \q1 \v 9 किनकि तिनले भन्छन्, \q2 ‘परमेश्‍वरलाई खुशी पार्न खोजेर मानिसलाई केही लाभ छैन।’ \b \q1 \v 10 “यसकारण मेरो कुरा सुन्‍नुहोस्! तपाईं समझदार मानिसहरू \q2 दुष्‍ट काम गर्न परमेश्‍वरबाट अलग हुनुहोस्, \q2 गलत काम गर्न सर्वशक्तिमान्‌बाट टाढा रहनुहोस्। \q1 \v 11 उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ; \q2 उहाँले तिनीहरूका व्यवहारअनुसारको फल दिनुहुन्छ। \q1 \v 12 परमेश्‍वरले दुष्‍ट कार्य गर्नुहुन्छ, \q2 र सर्वशक्तिमान्‌ले खराब गर्नुहुन्छ भन्‍ने कुरा सोच्नै नसकिने कुरा हो। \q1 \v 13 कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्‍यो? \q2 कसले उहाँलाई सारा संसारको जिम्मा दियो? \q1 \v 14 यदि उहाँको यस्तो इच्छा भएको भए \q2 र उहाँले आफ्नो आत्मा र सास फर्काउनुभयो भने, \q1 \v 15 सारा मानव-जाति एकसाथ नाश हुनेछन्, \q2 र मानिस जाति सबै माटैमा फर्किजानेछन्। \b \q1 \v 16 “यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्‍नुहोस्; \q2 म के कुरा भन्छु, त्यो सुन्‍नुहोस्। \q1 \v 17 जसले न्यायलाई घृणा गर्छ, के उसैले शासन गर्न सक्छ र? \q2 के तपाईं धर्मी र सर्वशक्तिमान्‌लाई दोषी ठहराउनुहुन्छ र? \q1 \v 18 के उहाँ त्यही परमेश्‍वर हुनुहुन्‍न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’ \q2 र शासकहरूलाई, ‘तिमीहरू दुष्‍ट मानिसहरू हौ,’ भन्‍नुहुन्छ, \q1 \v 19 जसले शासकहरूलाई पक्षपात गर्नुहुन्‍न, \q2 र गरिबलाई भन्दा धनीलाई निगाह देखाउनुहुन्‍न, \q2 किनकि तिनीहरू सबै उहाँकै हातका काम हुन्? \q1 \v 20 तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्; \q2 मानिसहरू हल्‍लाइन्छन् र तिनीहरू मरिहाल्छन्; \q2 शक्तिशाली शासकहरू मानिसको हातै नपरे तापनि लोप भएर जान्छन्। \b \q1 \v 21 “उहाँका नजर मरणशील मानिसहरूका मार्गमा हुन्छ; \q2 उहाँले तिनीहरूका हरेक कदम देख्नुहुन्छ। \q1 \v 22 यस्तो कुनै अँध्यारो, घोर अन्धकार स्थान छैन, \q2 जहाँ दुष्‍ट काम गर्नेहरू उहाँको नजरदेखि लुक्न सक्छन्। \q1 \v 23 परमेश्‍वरको सामु न्यायको निम्ति को आउनुपर्छ भनेर \q2 उहाँले मानिसहरूलाई जाँचिरहनुपर्दैन। \q1 \v 24 उहाँले शक्तिशालीलाई सोधपुछ नै नगरी चकनाचुर पार्नुहुन्छ, \q2 र तिनीहरूका ठाउँमा अरूलाई बसाल्नुहुन्छ। \q1 \v 25 किनकि उहाँले तिनीहरूका कामको ख्याल राख्नुहुन्छ, \q2 उहाँले तिनीहरूलाई रातमा भताभुङ्ग पार्नुहुन्छ, र तिनीहरू धुलोपिठो भएर जान्छन्। \q1 \v 26 उहाँले तिनीहरूलाई तिनीहरूका दुष्‍टताको निम्ति दण्ड दिनुहुन्छ, \q2 जहाँ हरेक मानिसहरूले तिनीहरूलाई देख्न सक्छन्, \q1 \v 27 किनभने तिनीहरूले परमेश्‍वरलाई पछ्याउन छोडेका छन्, \q2 र उहाँका मार्गहरूको कुनै पनि मतलब नै गर्दैनन्। \q1 \v 28 तिनीहरूको कारण गरिबको चीत्कार उहाँको कानमा पर्छ, \q2 त्यसैले उहाँले खाँचोमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ। \q1 \v 29 तर यदि उहाँ चुप रहनुभयो भने कसले उहाँलाई दोष दिन सक्छ र? \q2 यदि उहाँले आफ्नो मुहार लुकाउनुभयो भने उहाँलाई कसले देख्न सक्छ र? \q1 यद्यपि उहाँ त हरेक मानिस र जाति-जातिहरू दुवैमाथि हुनुहुन्छ; \q2 \v 30 ताकि ईश्‍वरहीन मानिस शासक नबनोस्, \q2 र मानिसहरू पासोमा नपरून्। \b \q1 \v 31 “मानौ कुनै मानिसले परमेश्‍वरलाई यसो भन्यो, \q2 ‘म दोषी छु, तर अब कहिल्यै अपराध गर्दिनँ। \q1 \v 32 मैले देख्न नसकेका कुराहरू मलाई सिकाउनुहोस्; \q2 यदि मैले गलत गरेको छु भने अब म फेरि त्यसो गर्नेछैनँ।’ \q1 \v 33 तपाईंले पश्‍चात्ताप गर्न अस्वीकार गर्नुहुँदा, \q2 के परमेश्‍वरले तपाईंको सर्तअनुसार तपाईंलाई प्रतिफल दिनुपर्छ? \q1 मैले होइन, तपाईंले नै निर्णय लिनुपर्छ; \q2 यसकारण तपाईंलाई के थाहा छ, त्यो मलाई भन्‍नुहोस्। \b \q1 \v 34 “समझशक्ति भएका मानिसहरूले घोषणा गर्छन्, \q2 मेरा कुरा सुन्‍ने बुद्धिमान् मानिसहरूले मलाई भन्छन्, \q1 \v 35 ‘इयोबले ज्ञानविनै बोल्छन्; \q2 तिनका कुराहरूमा अन्तर्ज्ञान छैन।’ \q1 \v 36 अहो, दुष्‍ट मानिसले जवाफ दिएजस्तै विवाद गरेकोमा \q2 इयोबलाई सकेसम्म जाँच गरिएको भए त! \q1 \v 37 तिनको पापमा तिनले विद्रोह थप्दछन्; \q2 तिनले हाम्रो बीचमा अपमानको ताली बजाउँछन्, \q2 र परमेश्‍वरको विरुद्ध अझ धेरै कुराहरू बोल्छन्।” \c 35 \p \v 1 तब एलिहूले भने: \q1 \v 2 “के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ? \q2 तपाईं भन्‍नुहुन्छ, ‘म ठिक छु, तर परमेश्‍वर ठिक हुनुहुन्‍न।’ \q1 \v 3 अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र, \q2 अनि मैले पाप नगरेर के लाभ भयो र?’ \b \q1 \v 4 “म तपाईंलाई र \q2 तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु। \q1 \v 5 आकाशतिर दृष्‍टि लगाएर हेर्नुहोस्; \q2 तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्। \q1 \v 6 यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र? \q2 यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र? \q1 \v 7 यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ, \q2 अर्थात् उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र? \q1 \v 8 तपाईंको दुष्‍टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ, \q2 र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ। \b \q1 \v 9 “मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्; \q2 तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्। \q1 \v 10 तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ; \q2 जसले अन्धकारमा गीतहरू दिनुहुन्छ, \q1 \v 11 जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ, \q2 र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’ \q1 \v 12 दुष्‍ट मानिसहरूको घमण्डको कारण \q2 उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्‍न। \q1 \v 13 वास्तवमा परमेश्‍वरले तिनीहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न; \q2 सर्वशक्तिमान्‌ले त्यसलाई ध्यानै दिनुहुन्‍न। \q1 \v 14 त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्‍नुहुन्छ, \q2 उहाँले झन् कति थोरै सुन्‍नुहोला; \q1 जबकि तपाईंको मुद्दा उहाँको सामु छ; \q2 र तपाईंले उहाँलाई पर्खनैपर्छ, \q1 \v 15 अनि अझ बढी, जब तपाईंले भन्‍नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन, \q2 र उहाँले दुष्‍टतामा पटक्‍कै ध्यान दिनुहुन्‍न। \q1 \v 16 यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ; \q2 ज्ञानविना उनले धेरै शब्द बोल्छन्।” \c 36 \p \v 1 एलिहू बोल्दै गए: \q1 \v 2 “मसँग केही बेर धैर्य धारण गर्नुहोस्, र म तपाईंलाई देखाउनेछु, \q2 कि परमेश्‍वरको पक्षबाट भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्। \q1 \v 3 मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु; \q2 र न्यायको श्रेय मेरा सृष्‍टिकर्तालाई दिनेछु। \q1 \v 4 मेरा कुराहरू झूटो होइनन् भनी निश्‍चित रहनुहोस्; \q2 ज्ञानमा अति सिद्ध हुनुहुने उहाँ तपाईंसँग हुनुहुन्छ। \b \q1 \v 5 “परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर उहाँले कसैलाई तुच्छ ठान्‍नुहुन्‍न; \q2 तर उहाँ शक्तिशाली र उहाँको उद्देश्यमा दृढ हुनुहुन्छ। \q1 \v 6 उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न; \q2 तर पीडितहरूलाई तिनीहरूका अधिकार दिनुहुन्छ। \q1 \v 7 उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न; \q2 उहाँले तिनीहरूलाई राजाहरूसँग सिंहासनमा बसाल्नुहुन्छ; \q2 र तिनीहरूलाई सदाकालको निम्ति उच्‍च पार्नुहुन्छ। \q1 \v 8 तर यदि मानिसहरू साङ्लामा बाँधिएका, \q2 र पीडाका डोरीहरूले जकडिएका छन् भने, \q1 \v 9 तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ— \q2 किनकि तिनीहरूले घमण्डसाथ पाप गरेका छन्। \q1 \v 10 उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्‍लाह दिनुहुन्छ, \q2 र तिनीहरूलाई आफ्ना दुष्‍टताबाट पश्‍चात्ताप गर्न आज्ञा दिनुहुन्छ। \q1 \v 11 यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने, \q2 तिनीहरूले आफ्ना बाँकी रहेका दिनहरू समृद्धिमा \q2 र तिनीहरूका वर्षहरू सुखैसुखमा बिताउनेछन्। \q1 \v 12 तर यदि तिनीहरूले सुनेनन् भने, \q2 तिनीहरू तरवारद्वारा नाश हुनेछन्, \q2 र ज्ञानविनै मरेर जानेछन्। \b \q1 \v 13 “ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्; \q2 परमेश्‍वरले तिनीहरूलाई बन्धनमा राख्दाधरि तिनीहरू सहायताका निम्ति पुकार्दैनन्। \q1 \v 14 तिनीहरू मन्दिरका देवदासहरूका बीचमा अनैतिक जीवन बिताएर, \q2 जवान उमेरमै मरेर जान्छन्, \q1 \v 15 तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ; \q2 उहाँ तिनीहरूको कष्‍टमा तिनीहरूसँग बोल्नुहुन्छ। \b \q1 \v 16 “उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर \q2 स्वतन्त्रताको खुल्‍ला ठाउँमा, \q2 मिठो भोजनले भरिएको तपाईंको आरामदायी टेबुलमा ल्याउनुहुनेछ। \q1 \v 17 तर अहिले तपाईं अरू दुष्‍टको दण्डको कारणले लादिनुभएको छ; \q2 अहिले तपाईंलाई न्याय र दण्डले पक्रिराखेको छ। \q1 \v 18 होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्; \q2 तपाईंलाई प्रशस्त घूसले नबहकाओस्। \q1 \v 19 के तपाईंको धन अथवा तपाईंको सारा सामर्थी प्रयासले \q2 तपाईंलाई थाम्न सक्छ र तपाईंले कष्‍ट भोग्नुपर्दैन? \q1 \v 20 मानिसहरूलाई तिनीहरूका घरहरूबाट \q2 घिस्याएर लैजाने रातको चाह नगर्नुहोस्। \q1 \v 21 दुष्‍टताबाट फर्कन होसियार हुनुहोस्; \q2 किनकि तपाईं कष्‍टभन्दा त्यसैलाई रुचाउँदै हुनुहुन्छ। \b \q1 \v 22 “परमेश्‍वर उहाँको शक्तिमा उच्‍च पारिनुभएको छ। \q2 उहाँजस्तो शिक्षक को छ र? \q1 \v 23 कसले उहाँका निम्ति मार्ग निर्धारित गरिदिएको छ, \q2 अथवा कसले उहाँलाई, ‘तपाईंले गल्ती गर्नुभएको छ’ भनी भन्‍न सक्छ र? \q1 \v 24 तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्, \q2 जुन कामलाई मानिसहरूले गीतद्वारा प्रशंसा गरेका छन्। \q1 \v 25 सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्; \q2 मरणशील मानिसहरूले टाढाबाट त्यसलाई हेरिरहन्छन्। \q1 \v 26 परमेश्‍वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर! \q2 उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ। \b \q1 \v 27 “उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ, \q2 जसलाई त्यसको बाफअनुसार झरीको रूपमा बर्साउनुहुन्छ। \q1 \v 28 बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्, \q2 अनि मानिस जातिहरूमा प्रचुर झरी भएर बर्सिन्छ। \q1 \v 29 उहाँले बादललाई कसरी फिँजाउनुभयो, \q2 उहाँको मण्डपबाट मेघ कसरी गर्जन्छ भनी कसले बुझ्न सक्छ? \q1 \v 30 उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ, \q2 तर समुद्रको गहिराइचाहिँ अँध्यारो नै रहन्छ। \q1 \v 31 उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ, \q2 र तिनीहरूलाई प्रशस्त मात्रामा भोजन जुटाउनुहुन्छ। \q1 \v 32 उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ; \q2 अनि बिजुलीलाई निशानामा प्रहार गर्ने आज्ञा दिनुहुन्छ। \q1 \v 33 उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ; \q2 गाईबस्तुले समेत आँधीबेहरी आइरहेको आभास गर्छन्। \b \c 37 \q1 \v 1 “यस्ता कुराले गर्दा मेरो मुटुको ढुकढुकी ज्यादै बढ्छ, \q2 अनि यो आफ्नो ठाउँबाट उफ्रन्छ। \q1 \v 2 सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्, \q2 उहाँको मुखबाट निस्केको गडगडाहट सुन्‍नुहोस्। \q1 \v 3 उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ; \q2 र यसलाई पृथ्वीको अन्तिमसम्म पठाइदिनुहुन्छ। \q1 \v 4 त्यसपछि उहाँको गर्जनको आवाज आउँछ; \q2 उहाँ आफ्नो प्रतापी आवाजमा गर्जनुहुन्छ। \q1 जब उहाँको आवाज गुञ्जन्छ, \q2 तब उहाँले केही पनि रोकेर राख्नुहुन्‍न। \q1 \v 5 परमेश्‍वरको आवाज अद्‌भुत किसिमले गर्जन्छ; \q2 उहाँले हाम्रो समझभन्दा बाहिरका महान् कामहरू गर्नुहुन्छ। \q1 \v 6 उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’ \q2 भारी वर्षालाई भन्‍नुहुन्छ, ‘मुसलधारे झरी पर्।’ \q1 \v 7 यसर्थ उहाँले सृष्‍टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्, \q2 उहाँले सबै मानिसहरूलाई तिनीहरूका परिश्रमबाट रोक्नुहुन्छ। \q1 \v 8 पशुहरू ओडारमा पस्छन्; \q2 तिनीहरू आफ्ना गुफामा बस्छन्। \q1 \v 9 प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ, \q2 र तेज बतासबाट धेरै जाडो आउँछ। \q1 \v 10 परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ, \q2 र फराकिलो समुद्रको पानी जम्छ। \q1 \v 11 उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ; \q2 उहाँले आफ्नो बिजुली बादलद्वारा छर्नुहुन्छ। \q1 \v 12 उहाँको आदेशमा \q2 उहाँले खटाउनुभए अनुसार \q2 तिनीहरू पृथ्वीको सतहभरि मडारिन्छन्। \q1 \v 13 परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन, \q2 अथवा उहाँको पृथ्वीलाई भिजाउन र उहाँको प्रेम देखाउन बादललाई पठाउनुहुन्छ। \b \q1 \v 14 “इयोब, यो कुरा सुन्‍नुहोस्; \q2 रोकिनुहोस्, र परमेश्‍वरका अद्‌भुत कार्यहरूमा विचार गर्नुहोस्। \q1 \v 15 परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ, \q2 अनि कसरी आफ्नो बिजुली चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ? \q1 \v 16 बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ, \q2 ज्ञानमा सिद्ध हुनुहुनेले कसरी ती अद्‌भुत कार्यहरू \q2 गर्नुहुन्छ भन्‍ने कुरा के तपाईं जान्‍नुहुन्छ? \q1 \v 17 देश दक्षिणी बतासको प्रभावमा परेको बेला \q2 तपाईं आफ्ना वस्त्रहरूभित्र न्यानो भएर रहनुहुन्छ, \q1 \v 18 के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई, \q2 फैलाउने काममा उहाँलाई साथ दिन सक्नुहुन्छ? \b \q1 \v 19 “हामीले उहाँलाई के भन्‍नुपर्छ, भन्‍नुहोस्; \q2 हामी अन्धकारमा रहेको कारण आफ्नो तर्क प्रस्तुत गर्न सक्दैनौँ। \q1 \v 20 के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र? \q2 के कुनै मानिसले आफू निलिएको चाहन्छ र? \q1 \v 21 तर अब बतासलाई बढारेर सफा पारेको \q2 आकाशमा भएको चम्किलो सूर्यलाई \q2 कसैले पनि हेर्न सक्दैन। \q1 \v 22 उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ; \q2 परमेश्‍वर अद्‌भुत महिमामा आउनुहुन्छ। \q1 \v 23 सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ; \q2 उहाँको न्याय र महान् धार्मिकतामा उहाँले मानिसहरूलाई थिचोमिचो गर्नुहुन्‍न। \q1 \v 24 यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्; \q2 किनकि उहाँले हृदयमा बुद्धिमान् छु भनेर दाबी गर्नेहरू सबैलाई आदर गर्नुहुन्‍न।” \c 38 \s1 याहवेह बोल्नुहुन्छ \p \v 1 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्‍नुभयो: \q1 \v 2 “ज्ञानविनाका शब्दहरूले मेरो \q2 योजनालाई धमिल्याउने यो को हो? \q1 \v 3 अब मर्दझैँ कम्मर कसेर खडा हो; \q2 म तँलाई प्रश्न गर्नेछु, \q2 अनि तैँले मलाई जवाफ दिनेछस्। \b \q1 \v 4 “मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? \q2 यदि तैँले बुझेको छस् भने मलाई भन्। \q1 \v 5 पृथ्वीको नाप कसले गर्‍यो? निश्‍चय नै तँलाई थाहा होला! \q2 कसले यसको वरिपरि नाप्‍ने रेखा खिच्यो? \q1 \v 6 पृथ्वीका खम्बाहरू केमाथि अड्याइएको छ, \q2 अथवा कसले त्यसको कुनेढुङ्गा बसाल्यो? \q1 \v 7 जब बिहानको ताराहरूले एकसाथ गाउँदा \q2 र सारा स्वर्गदूतहरू\f + \fr 38:7 \fr*\ft अथवा मूल भाषामा \ft*\fqa परमेश्‍वरका पुत्रहरू\fqa*\f* आनन्दले जयजयकार गर्दा तँ कहाँ थिइस्? \b \q1 \v 8 “पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा, \q2 कसले समुद्रको ढोका थुनिदियो? \q1 \v 9 जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ, \q2 र यसलाई बाक्लो अन्धकारले लपेटिदिएँ, \q1 \v 10 जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू \q2 र आग्लाहरू ठिक ठाउँमा राखिदिएँ, \q1 \v 11 तब मैले भनेँ, ‘तँ यतिसम्म मात्र आउन सक्छस् र यहाँभन्दा अगि होइन; \q2 अनि तेरा घमण्डी छालहरू यहाँ अडिऊन्।’ \b \q1 \v 12 “के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्, \q2 अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्, \q1 \v 13 ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्, \q2 र दुष्‍टहरूलाई हल्‍लाएर बाहिर फ्याँकोस्? \q1 \v 14 चिम्टे माटोमा परेको छापजस्तै पृथ्वीले आकृति लिन्छ; \q2 त्यसका विशेषताहरू लुगाझैँ देखिन्छन्। \q1 \v 15 दुष्‍ट मानिसहरूको ज्योति खोसिन्छ, \q2 र तिनीहरूका उठेका पाखुराहरू भाँचिन्छन्। \b \q1 \v 16 “के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्? \q2 अथवा सागरको गहिराइमा हिँडेको छस्? \q1 \v 17 के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्? \q2 के तैँले घोर अन्धकारका ढोकाहरू देखेको छस्? \q1 \v 18 के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्? \q2 यदि तैँले यी सबै कुरा जानेको छस् भने मलाई भन्। \b \q1 \v 19 “ज्योतिको निवासको बाटो कहाँ छ? \q2 र अन्धकारले कहाँ बास बस्छ? \q1 \v 20 के तैँले तिनीहरू हरेकलाई तिनीहरूका ठाउँमा लैजान सक्छस्? \q2 के तँलाई तिनीहरूका वासस्थानहरूको बाटो थाहा छ? \q1 \v 21 निश्‍चय नै तँलाई थाहा छ; किनकि तँ पहिल्यै नै जन्मिसकेको थिइस्! \q2 तँ कति धेरै वर्ष बाँचेको छस्! \b \q1 \v 22 “के तँ हिउँको भण्डारगृहमा प्रवेश गरेको छस्, \q2 अथवा असिनाको भण्डारगृह देखेको छस्; \q1 \v 23 जो मैले विपत्तिको समयको निम्ति, \q2 युद्ध र लडाइँको दिनहरूका निम्ति जम्मा गरेको छु? \q1 \v 24 कुन बाटो भएर बिजुली छरिएर निस्कन्छ, \q2 अथवा कुन ठाउँबाट पूर्वीय बतास पृथ्वीमा चारैतिर फैलिन्छ, के तँ जान्दछस्? \q1 \v 25 मुसलधारे वृष्‍टिको निम्ति कसले नहर खनेको छ? \q2 र चट्याङको निम्ति कसले बाटो तयार गरेको छ? \q1 \v 26 कोही मानिस नबस्‍ने जमिन, \q2 कोही बास नगरिएको मरुभूमिलाई भिजाउन, \q1 \v 27 उजाड मरुभूमिलाई प्रशस्त भिजाउन \q2 र त्यसमा हरियो घाँसहरू उमार्न, \q1 \v 28 के झरीको पिता छ? \q2 अथवा शीतको थोपाहरूलाई कसले जन्माएको हो? \q1 \v 29 कसको गर्भबाट हिउँ निस्कन्छ? \q2 आकाशबाट झर्ने तुसारोलाई कसले जन्माउँछ, \q1 \v 30 पानी कहिले ढुङ्गाजस्तै कडा हुन्छ, \q2 र कहिले गहिरो समुद्रको सतह बरफ बन्छ? \b \q1 \v 31 “के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? \q2 अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्? \q1 \v 32 के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्? \q2 अथवा सप्‍तर्षि तारा र त्यसका उपग्रहहरूलाई डोर्‍याउन सक्छस्? \q1 \v 33 के तैँले आकाशका नियमहरू जान्दछस्? \q2 के तैँले परमेश्‍वरको\f + \fr 38:33 \fr*\ft अथवा \ft*\fqa तिनीहरूको\fqa*\f* शासन पृथ्वीमा स्थापित गर्न सक्छस्? \b \q1 \v 34 “के तैँले आफ्नो सोर बादलसम्मै पुर्‍याउन सक्छस्, \q2 र आफूलाई पानीको भेलले ढाक्न सक्छस्? \q1 \v 35 के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्? \q2 के तँलाई तिनीहरूले, ‘हामी यहाँ हाजिर छौँ’ भनी भन्‍न आउँछन्? \q1 \v 36 कसले हृदयमा अन्तर्ज्ञान \q2 र दिमागलाई समझ दियो? \q1 \v 37 बादलहरूलाई गन्‍ने बुद्धि कोसँग छ? \q2 कसले आकाशका पानीका गाग्राहरूलाई घोप्ट्याउन सक्छ, \q1 \v 38 कहिले धुलो कडा हुन्छ, \q2 र माटोका ढिकाहरू एकसाथ टाँसिएर बस्छन्? \b \q1 \v 39 “के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्, \q2 र सिंहको भोकलाई तृप्‍त पार्न सक्छस्, \q1 \v 40 जब तिनीहरू आफ्नो गुफामा लुकेर बसेका हुन्छन्, \q2 अथवा झाडीमा ढुकेर बसेका हुन्छन्? \q1 \v 41 जब कागका बचेराहरूले \q2 आहाराको अभावको कारण परमेश्‍वरलाई पुकार्दा, \q2 तब कसले कागलाई आहारा जुटाइदिन्छ? \b \c 39 \q1 \v 1 “के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? \q2 के तैँले हरिणीहरूले बच्‍चाहरू बियाएका कहिल्यै देखेको छस्? \q1 \v 2 के तैँले तिनीहरूले बच्‍चा बियाउँने महिनाहरू गन्दछस्? \q2 के तैँले तिनीहरूको बच्‍चा बियाउँने समय जान्दछस्? \q1 \v 3 तिनीहरूले निहुरेर बच्‍चा बियाउँछन्; \q2 तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ। \q1 \v 4 तिनीहरूका बच्‍चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; \q2 तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्। \b \q1 \v 5 “कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो? \q2 कसले त्यसका डोरीहरू खोलिदियो? \q1 \v 6 गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, \q2 र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु। \q1 \v 7 त्यसले सहरको होहल्‍लालाई खिसी गर्छ; \q2 त्यसले धपाउनेको गाली सुन्दैन। \q1 \v 8 त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ, \q2 र त्यसले हरेक हरियो कुराको खोजी गर्दछ। \b \q1 \v 9 “के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र? \q2 के त्यसले तेरो गोठमा रात बिताउला र? \q1 \v 10 के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र? \q2 के त्यसले तेरो पछिल्तिरको बेँसीहरू जोत्ला र? \q1 \v 11 के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? \q2 के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्? \q1 \v 12 के त्यसले तेरो अन्‍न खलामा जम्मा गर्न \q2 र खलाबाट दाउनी गर्ने स्थानमा ल्याउनेछ भनेर तँ ढुक्‍क हुन सक्छस्? \b \q1 \v 13 “शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, \q2 यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू \q2 र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन। \q1 \v 14 त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस् \q2 भनी जमिनमा अण्डाहरू पारेर छोडिराख्छे। \q1 \v 15 अनि खुट्टाले तिनलाई कुल्चेला, \q2 अथवा कुनै जङ्गली पशुले धुलोपिठो पार्ला भनी त्यसले सोच्दिन। \q1 \v 16 आफ्ना चल्‍लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; \q2 त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन, \q1 \v 17 किनकि परमेश्‍वरले त्यसलाई बुद्धि दिनुभएको छैन, \q2 अथवा त्यसलाई असल विवेक दिनुभएको छैन। \q1 \v 18 तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे, \q2 त्यसले घोडा र घोडसवारको खिसी गर्छे। \b \q1 \v 19 “के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? \q2 अथवा त्यसको घिच्रोमा जगर पहिर्‍याएको हो र? \q1 \v 20 के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? \q2 त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र? \q1 \v 21 त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, \q2 र युद्धको निम्ति जाइलाग्छ। \q1 \v 22 त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन; \q2 त्यसले तरवारलाई देखेर पनि पिठिउँ फर्काएर भाग्दैन। \q1 \v 23 त्यसको छेउमा काँडको ठोकर बज्दछन्, \q2 र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्। \q1 \v 24 अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ\f + \fr 39:24 \fr*\ft अथवा मूल भाषामा \ft*\fqa जमिनलाई निल्छ\fqa*\f*; \q2 तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन। \q1 \v 25 तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, \q2 अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, \q2 सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ। \b \q1 \v 26 “के तिरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; \q2 र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र? \q1 \v 27 के चीलले तेरो हुकुम पाएर उँभो उड्छ, \q2 र त्यसले आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ र? \q1 \v 28 त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; \q2 त्यसको गढ चट्टानको धाँदो हो। \q1 \v 29 त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; \q2 त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ। \q1 \v 30 त्यसका बचेराहरूले रगत चुस्छन्; \q2 र जहाँ सिनो हुन्छ, त्यो त्यहीँ नै हुन्छ।” \c 40 \p \v 1 याहवेहले इयोबलाई भन्‍नुभयो: \q1 \v 2 “के सर्वशक्तिमान्‌सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? \q2 परमेश्‍वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!” \p \v 3 तब इयोबले याहवेहलाई जवाफ दिए: \q1 \v 4 “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? \q2 म मेरो हातले आफ्नो मुख छोप्दछु। \q1 \v 5 म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, \q2 दुई पटक म बोलेँ, तर अब म केही भन्‍नेछैनँ।” \p \v 6 तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो: \q1 \v 7 “अब मर्दझैँ कम्मर कसेर खडा हो; \q2 म तँलाई प्रश्न गर्नेछु, \q2 अनि तैँले मलाई जवाफ दिनेछस्। \b \q1 \v 8 “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? \q2 के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?” \q1 \v 9 के तेरो पाखुरा परमेश्‍वरको जस्तो छ? \q2 वा के तेरो सोर उहाँको जस्तै गर्जन सक्छ? \q1 \v 10 त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! \q2 अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्। \q1 \v 11 तेरो रिसको आगो पोखिदे; \q2 घमण्डीहरूलाई हेर्, र तिनीहरूलाई विनम्र पारिदे, \q1 \v 12 हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्‍च्‍याइदे, \q2 दुष्‍टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे। \q1 \v 13 तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे; \q2 चिहानमा तिनीहरूका अनुहार कात्रोले छोपिदे। \q1 \v 14 तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ \q2 भनी म आफैँले तँसँग स्वीकार गर्नेछु। \b \q1 \v 15 “तँसँगै मैले बनाएको \q2 जलगैँडालाई हेर, \q2 जसले गोरुले जस्तै घाँस खान्छ। \q1 \v 16 त्यसको कम्मरमा कति बल छ, \q2 त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ! \q1 \v 17 त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; \q2 त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्। \q1 \v 18 त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; \q2 त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्। \q1 \v 19 त्यो परमेश्‍वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ; \q2 तापनि त्यसलाई बनाउनुहुनेले आफ्नो तरवारले त्यसलाई भेट्न सक्नुहुन्छ। \q1 \v 20 डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, \q2 र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्। \q1 \v 21 कमलको बोटमुनि त्यो ढल्कन्छ, \q2 सिमसारका निगालोहरूका आडमा लुक्छ। \q1 \v 22 कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; \q2 खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्। \q1 \v 23 वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; \q2 यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ। \q1 \v 24 के त्यसको आँखा खुल्‍ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? \q2 वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ? \b \c 41 \q1 \v 1 “के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्‍न सक्छस्, \q2 वा त्यसको जिब्रोलाई डोरीले बाँध्न सक्छस्? \q1 \v 2 के तैँले त्यसको नाकबाट डोरी छिराउन सक्छस्; \q2 वा त्यसको चिउँडोलाई बल्छीले छेड्न सक्छस्? \q1 \v 3 के त्यसले तँसँग दयाको भीख माग्ला? \q2 वा त्यसले तँसँग नम्र भएर बोल्‍ला? \q1 \v 4 के जीवनकालभरि नै तेरो कमारो हुनलाई \q2 त्यसले तँसँग वाचा बाँध्ला र? \q1 \v 5 के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्? \q2 अथवा तेरो घरका युवतीहरूका निम्ति त्यसलाई बाँधेर राख्न सक्छस्? \q1 \v 6 के व्यापारीहरूले त्यसलाई किन्‍ने प्रयास गर्लान् र? \q2 के तिनीहरूले त्यसलाई पसलेहरूको बीचमा भागबण्डा लाउनान् र? \q1 \v 7 के तैँले त्यसको छालामा भालाले रोप्न सक्छस्? \q2 अथवा त्यसको टाउकोलाई माछा मार्ने अङ्कुसेले छेड्न सक्छस्? \q1 \v 8 यदि तैँले त्यसमाथि हात उठाइस् भने \q2 तैँले त्यससँगको लडाइँलाई जिन्दगीभर याद गर्नेछस्, \q2 अनि त्यससित फेरि कहिल्यै जोरी खोज्नेछैनस्! \q1 \v 9 त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ; \q2 त्यसलाई देख्दैखेरि पनि मानिस हताश हुन्छ। \q1 \v 10 त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने, \q2 झन् मेरो विरुद्धमा खडा हुने आँट कसले गर्न सक्ला? \q1 \v 11 मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ? \q2 किनकि आकाशमुनि भएका हरेक थोक मेरै हुन्। \b \q1 \v 12 “म लिव्यातनका अङ्गहरू, \q2 त्यसको बल र त्यसको सुन्दर बनावटको विषयमा बोल्न चुप रहनेछैनँ। \q1 \v 13 त्यसको बाहिरी छाला कसले उतार्न सक्छ? \q2 कसले त्यसको दोबर मोटो हतियारलाई छेड्न सक्छ? \q1 \v 14 डरलाग्दा दाँतहरूले घेरेको त्यसको \q2 मुखलाई कसले खोल्ने आँट गर्न सक्छ? \q1 \v 15 त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्‌क्तिहरू जस्तै \q2 एकसाथ कस्सिएर बसेका छन्; \q1 \v 16 एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले, \q2 त्यसको बीचबाट हावा पनि छिर्न सक्दैन। \q1 \v 17 ती एक-आपसमा कस्सिएर जोडिएका छन्; \q2 तिनीहरू एक-आपसमा टाँसिएका छन्, र त्यसलाई छुट्टाउन सकिँदैन। \q1 \v 18 लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ; \q2 त्यसका आँखाहरू बिहानीको किरणहरूजस्ता छन्। \q1 \v 19 त्यसको मुखबाट आगोका ज्वालाहरू निस्कन्छन्; \q2 आगोका झिल्काहरू बाहिर निस्कन्छन्। \q1 \v 20 बलिरहेको आगोमाथि उम्‍लेको भाँडाबाट निस्केको वाफझैँ \q2 त्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ। \q1 \v 21 त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्, \q2 र त्यसको सासले कोइलाहरूमा आगो सल्काइदिन्छ। \q1 \v 22 त्यसको गर्दनमा बलको बास हुन्छ; \q2 जहाँ-जहाँ त्यो जान्छ, त्रास फैलिन्छ। \q1 \v 23 त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ; \q2 त्यो स्थिर र अटल हुन्छ। \q1 \v 24 त्यसको छाती चट्टानजस्तै कडा, \q2 जाँतोको तल्‍लो भागजस्तै कडा हुन्छ। \q1 \v 25 जब त्यो खडा भएर उठ्छ, तब शक्तिशालीहरू पनि डराउँछन्; \q2 त्यसले आक्रमण गर्नुअगि नै तिनीहरू पछि हट्छन्। \q1 \v 26 त्यसलाई न तरवार, न भाला न तीर, \q2 अथवा न त बर्छाले नै केही असर पार्न सक्छ। \q1 \v 27 त्यसले फलामलाई परालझैँ, \q2 र काँसोलाई कुहेको काठझैँ ठान्छ। \q1 \v 28 काँडले त्यसलाई भगाउन सकिँदैन; \q2 त्यसका निम्ति घुयेँत्रोको ढुङ्गाहरू भुसजस्तै हुन्। \q1 \v 29 त्यसले मुङ्ग्रोलाई परालको टुक्राझैँ ठान्छ; \q2 अनि भाला चलाउँदाको आवाजमा त्यो हाँस्छ। \q1 \v 30 त्यसको पेट मुनिको भाग फुटेका भाँडाका तीखा-तीखा खपटाझैँ हुन्छन्; \q2 दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्छ। \q1 \v 31 त्यसले गहिरो सागरलाई भाँडामा उम्‍लेको पानीझैँ बनाउँछ, \q2 र त्यसले समुद्रलाई भाँडामा मलम घोलेझैँ घोल्छ। \q1 \v 32 टलक्‍क टल्किने धार छोड्दै त्यो हिँड्छ; \q2 कसैले त्यस गहिरो सागरलाई सेतो कपाल फुलेको झैँ ठान्छन्। \q1 \v 33 पृथ्वीमा त्योजस्तो अरू कुनै जीव छैन, \q2 जसलाई निडर प्राणीको रूपमा बनाइएको छ। \q1 \v 34 त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन; \q2 त्यो सबै घमण्डीहरूका राजा हो।” \c 42 \s1 इयोब \p \v 1 तब इयोबले याहवेहलाई जवाफ दिए: \q1 \v 2 “म जान्दछु, तपाईंले सबै कुराहरू गर्न सक्नुहुन्छ; \q2 तपाईंका कुनै पनि उद्देश्य रोक्न सकिँदैन। \q1 \v 3 तपाईंले मलाई सोध्नुभयो, \q2 ‘त्यो को हो, जसले ज्ञानविना मेरो योजनालाई अस्पष्‍ट पार्दछ?’ \q1 साँच्‍चै मैले नबुझेका कुराहरू बोलेँ, \q2 मैले जान्‍नै नसकेका अचम्मका कुराहरू बोलेँ। \b \q1 \v 4 “तपाईंले मलाई भन्‍नुभयो, ‘अब सुन्, र तँसँग म बोल्नेछु; \q2 म तँलाई सोध्नेछु, \q2 र तैँले मलाई जवाफ दिनेछस्।’ \q1 \v 5 तपाईंको बारेमा मेरा कानले सुनेको मात्र थिएँ, \q2 तर अहिले तपाईंलाई मेरा आँखाहरूले देखेका छन्। \q1 \v 6 यसैकारण म आफूलाई तुच्छ ठान्दछु, \q2 अनि म धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्दछु।” \s1 निष्कर्ष \p \v 7 याहवेहले यी सबै कुराहरू इयोबलाई भन्‍नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्‍नुभयो, “मेरा सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु। \v 8 यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरा सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरा सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।” \v 9 यसकारण एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीहरूलाई याहवेहले भन्‍नुभएजस्तै गरे; अनि याहवेहले इयोबको प्रार्थना स्वीकार गर्नुभयो। \p \v 10 इयोबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिसकेपछि याहवेहले तिनको सुदिन फेरि फर्काइदिनुभयो, र तिनलाई तिनीसँग पहिला भएका धनसम्पत्तिभन्दा दोबर दिनुभयो। \v 11 त्यसपछि इयोबका सबै दाजुभाइ तथा दिदीबहिनीहरू र तिनलाई पहिलेका चिनजानहरू तिनको घरमा तिनीसँग भेटघाट गर्न आए, र तिनीसँग तिनको घरमा भोज गरे। याहवेहले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिका निम्ति तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई समवेदना र सान्त्वना दिए; अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी\f + \fr 42:11 \fr*\ft यो रकमको एक एकाइ हो, जसको तौल र मूल्य कत्ति हो निश्‍चित छैन।\ft*\f* र एउटा-एउटा सुनको औँठी दिए। \p \v 12 याहवेहले इयोबको जीवनको पछिल्‍लो समयलाई पहिलेको भन्दा अझ बढी आशिष् दिनुभयो। तिनीसँग चौध हजार भेडाबाख्रा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधाहरू थिए। \v 13 तिनका सात छोरा र तीन छोरी पनि भए। \v 14 तिनले जेठी छोरीको नाम यामीमा, माहिलीको कसीआ र कान्छीको केरेन हप्पूक राखे। \v 15 सम्पूर्ण देशभरि इयोबका छोरीहरूजस्ता सुन्दर स्त्रीहरू अरू कोही पनि थिएनन्; अनि तिनीहरूका पिता इयोबले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूसरह पैतृक सम्पत्ति दिए। \p \v 16 त्यसपछि इयोब एक सय चालीस वर्ष बाँचे; तिनले आफ्ना छोराछोरी र तिनीहरूका छोराछोरीहरू गरी चार पुस्तासम्म देखे। \v 17 यसरी इयोब वृद्ध र पूरा वर्ष खाएर मरे।