\id JHN - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h यूहन्‍ना \toc1 यूहन्‍नाद्वारा लेखिएको सुसमाचार \toc2 यूहन्‍ना \toc3 यूह \mt1 यूहन्‍नाद्वारा लेखिएको सुसमाचार \c 1 \s1 वचन देहधारी हुनुभयो \p \v 1 आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो। \v 2 आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो। \v 3 सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन। \v 4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। \v 5 ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।\f + \fr 1:5 \fr*\ft अन्धकारले त्यसलाई चिनेको छैन\ft*\fqa अन्धकार त्यसमाथि विजय भएको छैन\fqa*\f* \p \v 6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो। \v 7 तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए। \v 8 तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए। \p \v 9 हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। \v 10 उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। \v 11 उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। \v 12 तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो। \v 13 ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्। \p \v 14 वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ। \p \v 15 यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्‍च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।” \v 16 उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ। \v 17 किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए। \v 18 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय\f + \fr 1:18 \fr*\ft अर्थात् \ft*\fqa एक मात्र\fqa*\f* पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ। \s1 बप्‍तिस्मा दिने यूहन्‍नाको गवाही \p \v 19 जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्‍नाले दिएको गवाही यही थियो। \v 20 तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्‍ट होइनँ” भनी स्पष्‍ट रूपमा स्वीकार गरे। \p \v 21 तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” \p तिनले भने, “म होइनँ।” \p “के तिमी त्यो अगमवक्ता हौ?” \p तिनले जवाफ दिए, “म होइनँ।” \p \v 22 अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?” \p \v 23 यूहन्‍नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”\f + \fr 1:23 \fr*\ft \+xt यशै 40:3\+xt*\ft*\f* \p \v 24 तब पठाइएका केही फरिसीहरूले\f + \fr 1:24 \fr*\ft यिनीहरू यहूदी समूहका ती मानिसहरू हुन्, जसले पुरानो करारका आज्ञाहरूमा जोड दिन्थे।\ft*\f* \v 25 तिनलाई सोधे, “यदि तिमी ख्रीष्‍ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्‍तिस्मा दिन्छौ त?” \p \v 26 यूहन्‍नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्‍तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। \v 27 मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।” \p \v 28 यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो। \s1 येशू परमेश्‍वरका थुमा \p \v 29 भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा! \v 30 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’ \v 31 म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्‍तिस्मा दिँदै आएँ।” \p \v 32 त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ। \v 33 मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’ \v 34 अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ।”\f + \fr 1:34 \fr*\ft \+xt यशै 42:1\+xt*\ft*\f* \s1 येशूका प्रथम चेलाहरू \p \v 35 भोलिपल्ट फेरि यूहन्‍ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए। \v 36 जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!” \p \v 37 जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे। \v 38 जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” \p तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?” \p \v 39 उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।” \p तिनीहरू गए, र उहाँ बस्‍नुभएको ठाउँ देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे। त्यस बेला करिब चार बजेको थियो। \p \v 40 यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए। \v 41 तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई\f + \fr 1:41 \fr*\ft यहूदीहरूले उत्सुकताका साथ परमेश्‍वरका अभिषिक्त जनलाई पर्खिरहेका थिए, जसले बन्धनबाट छुटकारा दिनुहुन्छ।\ft*\f* भेट्टाएका छौँ।” \v 42 अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए। \p येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।” \s1 येशूले फिलिप र नथानेललाई बोलाउनुभएको \p \v 43 भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।” \p \v 44 फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए। \v 45 फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।” \p \v 46 “नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?” \p “आएर हेर!” फिलिपले भने। \p \v 47 येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्‍नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।” \p \v 48 “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” नथानेलले सोधे। \p “फिलिपले तिमीलाई बोलाउनुभन्दा अगि नै मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ।” येशूले जवाफ दिनुभयो। \p \v 49 तब नथानेलले “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे। \p \v 50 येशूले भन्‍नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ भनी तिमीलाई भनेकोले नै तिमी विश्‍वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।” \v 51 उहाँले अझै भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”\f + \fr 1:51 \fr*\ft \+xt उत्प 28:10‑17\+xt*\ft*\f* \c 2 \s1 येशूले पानीलाई दाखमद्यमा बदल्नुभएको \p \v 1 तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। \v 2 येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए। \v 3 दाखमद्य सकिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसँग अरू दाखमद्य छैन।” \p \v 4 येशूले जवाफ दिनुभयो, “हे नारी,\f + \fr 2:4 \fr*\ft येशूले प्रयोग गर्नुभएको यो शब्द पूर्ण आदरणीय शब्द हो।\ft*\f* मलाई किन समावेश गराउनुहुन्छ? मेरो समय अझै आएको छैन।” \p \v 5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे अह्राउनुहुन्छ, त्यही गर।” \p \v 6 यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए। \p \v 7 येशूले सेवकहरूलाई भन्‍नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। \p \v 8 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “अब त्यसबाट अलिकति उघाएर भोजका नाइकेकहाँ लैजाओ।” \p तिनीहरूले त्यसै गरे। \v 9 जब भोजका नाइकेले त्यस पानीलाई चाखे, जुन दाखमद्य बनिसकेको थियो, त्यो दाखमद्य कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाए, \v 10 र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, र सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ। तर तिमीले त सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।” \p \v 11 येशूले गालीलको कानामा गर्नुभएको यो उहाँको सबैभन्दा पहिलो अचम्मको चिन्ह थियो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्‍वास गरे। \p \v 12 यसपछि येशू आफ्नी आमा, उहाँका भाइहरू र उहाँका चेलाहरूसँग कफर्नहुममा जानुभयो। उहाँहरू केही दिन त्यहाँ बस्‍नुभयो। \s1 येशूले मन्दिर शुद्ध गर्नुभएको \p \v 13 यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो। \v 14 उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो। \v 15 तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्‍काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। \v 16 उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!” \v 17 उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।”\f + \fr 2:17 \fr*\ft \+xt भजन 69:9\+xt*\ft*\f* \p \v 18 त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?” \p \v 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।” \p \v 20 तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?” \v 21 तर उहाँले भन्‍नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो। \v 22 उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्‍नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्‍वास गरे। \p \v 23 अब निस्तार चाडको\f + \fr 2:23 \fr*\fq निस्तार चाड \fq*\ft यो इस्राएलीहरूले इजिप्टको दासत्वबाट छुटकारा पाएको सम्झनामा मनाइने अति महत्त्वपूर्ण चाड हो।\ft*\f* भोजको बेलामा उहाँ यरूशलेममा हुनुहुँदा, धेरै मानिसहरूले उहाँले गरिरहनुभएका अलौकिक चिन्हहरू देखे। अनि उहाँको नाममा विश्‍वास गरे। \v 24 तर येशूले आफूलाई तिनीहरूमाथि भरोसा गरेर छोड्नुभएन। किनकि उहाँले सबै मानिसहरूलाई चिन्‍नुहुन्थ्यो। \v 25 उहाँलाई मानिसको विषयमा कसैको गवाहीको आवश्यकता थिएन; किनकि मानिसको मनभित्र के छ, त्यो उहाँले जान्‍नुहुन्थ्यो। \c 3 \s1 निकोदेमसलाई येशूको शिक्षा \p \v 1 फरिसी दलका निकोदेमस नाम भएका एक जना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए। \v 2 तिनी एक राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौँ; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।” \p \v 3 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।” \p \v 4 निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!” \p \v 5 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। \v 6 शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। \v 7 ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान। \v 8 बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा\f + \fr 3:8 \fr*\fq आत्मा \fq*\ft ग्रीक भाषामा हावा र आत्मालाई एउटै शब्द प्रयोग गरिएको छ।\ft*\f* जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।” \p \v 9 निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?” \p \v 10 येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? \v 11 म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ। \v 12 मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु। तर पनि तिमीहरू विश्‍वास गर्दैनौ। तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला? \v 13 स्वर्गबाट ओर्लिआएको मानिसको पुत्र\f + \fr 3:13 \fr*\fq मानिसको पुत्र \fq*\ft येशूले आफूलाई यो वाक्यांशले सम्बोधन गर्नुहुन्थ्यो।\ft*\f* बाहेक कोही पनि स्वर्गमा गएको छैन। \v 14 जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले,\f + \fr 3:14 \fr*\fq उचाले \fq*\ft शब्दले ग्रीकमा \ft*\fqa उच्‍च पारे \fqa*\ft भन्‍ने अर्थ पनि लाग्छ।\ft*\f* त्यसरी नै मानिसको पुत्र पनि उचालिनैपर्छ, \v 15 तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” \p \v 16 किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना अद्वितीय\f + \fr 3:16 \fr*\ft अर्थात् \ft*\fqa एक मात्र\fqa*\f* पुत्रलाई बलिदानका लागि दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। \v 17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। \v 18 जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाममा विश्‍वास गरेको छैन। \v 19 फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए। \v 20 हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन। \v 21 तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ। \s1 येशूको बारेमा बप्‍तिस्मा दिने यूहन्‍नाको गवाही \p \v 22 यसपछि येशू र उहाँका चेलाहरू यहूदियाका गाउँहरूतिर जानुभयो। उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो; र बप्‍तिस्मा दिनुभयो। \v 23 यसै समयमा यूहन्‍नाले पनि सालीमको नजिकै एनोनमा बप्‍तिस्मा दिइरहेका थिए। किनकि त्यहाँ प्रशस्त पानी थियो। अनि बप्‍तिस्मा लिनलाई मानिसहरू निरन्तर आइरहेका थिए। \v 24 (यो यूहन्‍ना झ्यालखानामा पर्नुभन्दा अगिको कुरा थियो।) \v 25 यूहन्‍नाका केही चेलाहरू र एउटा यहूदीका बीचमा शुद्धीकरणको विषयमा वाद-विवाद चल्यो। \v 26 तिनीहरू यूहन्‍नाकहाँ आएर तिनलाई भने, “गुरुज्यू, यर्दन नदीपारि तपाईंसँग हुनुभएको व्यक्ति, जसको बारेमा तपाईंले गवाही दिनुभएको थियो, उहाँले पनि बप्‍तिस्मा दिँदैहुनुहुन्छ। अनि सबै मानिसहरू उहाँकहाँ जाँदैछन्।” \p \v 27 यसै कुरालाई यूहन्‍नाले यसरी जवाफ दिए, “कुनै पनि मानिसले स्वर्गबाट जे दिइन्छ, त्यो मात्र पाउन सक्छ। \v 28 ‘म ख्रीष्‍ट होइनँ; तर उहाँको अगाडि पठाइएको हुँ’ भन्‍ने बारेमा तिमीहरू आफैँले गवाही दिन सक्छौ। \v 29 दुलही दुलहाको निम्ति हुन्छे। दुलहासँग रहने मित्रले उसको प्रतीक्षा गर्छ र उसका कुरा सुन्छ। अनि उसको सोर सुनेर ऊ आनन्दले पूर्ण हुन्छ। त्यही नै मेरो आनन्द हो; र त्यो अब पूर्ण भएको छ। \v 30 उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ। \p \v 31 “जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्‍च हुनुहुन्छ। पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैँ बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्‍च हुनुहुन्छ। \v 32 उहाँले जे देख्नु र सुन्‍नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ। तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। \v 33 जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्‍वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ। \v 34 किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्यसले परमेश्‍वरकै वचन बोल्दछ। किनकि परमेश्‍वरले पवित्र आत्मा विनानाप दिनुहुन्छ। \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ। \v 36 जसले पुत्रमाथि विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन; किनकि परमेश्‍वरको क्रोध त्यसमा रहन्छ।” \c 4 \s1 सामरी स्त्रीसँग येशूको कुराकानी \p \v 1 यूहन्‍नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्‍तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने। \v 2 हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्‍तिस्मा दिन्थे। \v 3 प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एक पल्ट गालील प्रदेश फर्कनुभयो। \p \v 4 उहाँलाई सामरियाबाट भएर जानुपर्‍यो। \v 5 त्यसकारण उहाँ सामरियाको सुखार भन्‍ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो। \v 6 त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्‍नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो। \p \v 7 जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?” \v 8 (उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरमा गएका थिए।) \p \v 9 त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) \p \v 10 येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।” \p \v 11 त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ? \v 12 के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?” \p \v 13 येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ। \v 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।” \p \v 15 त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।” \p \v 16 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।” \p \v 17 त्यसले जवाफ दिई, “मेरो पति छैन।” \p येशूले त्यसलाई भन्‍नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ। \v 18 वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।” \p \v 19 त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ। \v 20 हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।” \p \v 21 येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ। \v 22 तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ। \v 23 तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। \v 24 परमेश्‍वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।” \p \v 25 त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्‍ट गरिदिनुहुनेछ।” \p \v 26 तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।” \s1 चेलाहरू फेरि येशूसित \p \v 27 त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्। \p \v 28 त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी, \v 29 “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?” \v 30 तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए। \p \v 31 यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे। \p \v 32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।” \p \v 33 त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?” \p \v 34 येशूले भन्‍नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो। \v 35 के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ। \v 36 अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्। \v 37 त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ। \v 38 मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।” \s1 धेरै सामरीहरूको विश्‍वास \p \v 39 “मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्‍ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्‍वास गरे। \v 40 यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍नुभयो। \v 41 अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्‍वास गरे। \p \v 42 तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्‍वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्‍चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।” \s1 येशूले हाकिमको छोरालाई निको पार्नुभएको \p \v 43 दुई दिनपछि उहाँ गालील जानुभयो। \v 44 (येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।) \v 45 उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए। \p \v 46 उहाँ फेरि एक पल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो। \v 47 जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो। \p \v 48 येशूले तिनलाई भन्‍नुभयो, “अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्‍वास गर्दैनौ।” \p \v 49 “हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने। \p \v 50 “तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। \p तिनले येशूको वचनमा विश्‍वास गरे, र फर्के। \v 51 तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए। \v 52 छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।” \p \v 53 तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे। \p \v 54 यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो। \c 5 \s1 पोखरीमा पक्षघाती निको पारिएको \p \v 1 केही समयपछि येशू यहूदीहरूको एउटा चाडको निम्ति यरूशलेम जानुभयो। \v 2 यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा\f + \fr 5:2 \fr*\ft केही प्राचीन पा.लि.हरूले \ft*\fqa बेथसेदा \fqa*\ft पनि लेखेका छन्। \ft*\fq बेथस्दा \fq*\ft अर्थ \ft*\fqa करुणाको घर \fqa*\ft हुन्छ।\ft*\f* भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो। \v 3 त्यसको छेउमा दृष्‍टिविहीन, लङ्गडो, पक्षघाती तथा थुप्रै रोगीहरू पस्रिरहेका हुन्थे। तिनीहरू पानी छचल्किएको पर्खिरहन्थे। \v 4 किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे। अनि हरेक पल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।\f + \fr 5:4 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \v 5 त्यहाँ एक जना मानिस थियो, जो अठतीस वर्षदेखिको पक्षघातको रोगी थियो। \v 6 जब येशूले त्यसलाई त्यहाँ पस्रिएको देख्नुभयो र त्यो लामो समयदेखि त्यस अवस्थामा रहेछ भनी थाहा पाउनुभयो, तब उहाँले त्यसलाई सोध्नुभयो, “के तिमी निको हुन चाहन्छौ?” \p \v 7 त्यस रोगीले भन्यो, “हजुर, पानी छचल्काइँदा मलाई पोखरीमा हालिदिन सहायता गर्ने कोही पनि छैन। म पस्‍ने कोसिस गर्दागर्दै अर्को मान्छे मभन्दा अगाडि पसिहाल्छ।” \p \v 8 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।” \v 9 तुरुन्तै त्यो मानिस निको भयो, र आफ्नो ओछ्यान उठाएर हिँड्यो। \p यो घटना भएको दिन शब्बाथ\f + \fr 5:9 \fr*\ft यो हप्‍ताको सातौँ दिन यहूदीहरूले परमेश्‍वरको आराधना गर्न अलग गरिएको दिन थियो, जुन दिन उनीहरू कुनै शारीरिक काम गर्दैनथे।\ft*\f* थियो। \v 10 त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथ हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।” \p \v 11 तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ” \p \v 12 तिनीहरूले त्यसलाई सोधे, “तिमीलाई यो उठाएर हिँड भन्‍ने त्यो मानिस को हो?” \p \v 13 निको भएको मानिसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने बारेमा केही थाहा थिएन। किनकि येशू त्यहाँ भएको भीडभित्र पसिसक्नुभएको थियो। \p \v 14 त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।” \v 15 त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो। \s1 पुत्रद्वारा जीवन \p \v 16 त्यसकारण येशूले यी कामहरू शब्बाथमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे। \v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।” \v 18 यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे। किनकि उहाँले केवल शब्बाथलाई मात्र भङ्ग गर्नुभएको थिएन। तर आफूलाई परमेश्‍वरको बराबरी तुल्याएर उहाँले परमेश्‍वरलाई पनि आफ्नै पिता भन्‍नुभएको थियो। \p \v 19 येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ। \v 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्‍चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ। \v 21 किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ। \v 22 यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ, \v 23 ताकि पितालाई आदर गरेझैँ तिनीहरू सबैले पुत्रलाई पनि आदर गरून्। जसले पुत्रलाई आदर गर्दैन, त्यसले पुत्रलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन। \p \v 24 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्‍वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। \v 25 म तिमीहरूलाई साँच्‍चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्। \v 26 किनकि जसरी पिता आफैँमा जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि आफैँमा जीवन हुने अधिकार दिनुभएको छ। \v 27 अनि उहाँले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ; किनकि ऊ मानिसको पुत्र हो। \p \v 28 “यस कुरामा आश्‍चर्य नमान। किनकि समय आइरहेको छ। जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्, \v 29 तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्। \v 30 म आफैँ त केही गर्न सक्दिनँ,” मैले जस्तो सुन्दछु, त्यसैअनुसार न्याय गर्दछु। अनि मेरो न्याय उचित छ; किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु। \s1 येशूको बारेमा गवाहीहरू \p \v 31 “यदि मैले आफ्नै विषयमा गवाही दिएँ भने मेरो साक्षी साँचो हुँदैन। \v 32 मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ। \p \v 33 “तिमीहरूले यूहन्‍नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्। \v 34 मैले मानिसको गवाही ग्रहण गर्छु भनेर त होइन, तर तिमीहरूले उद्धार पाउन सक भनेर मैले यो कुरा भनेको हुँ। \v 35 यूहन्‍ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ। \p \v 36 “मसँग यूहन्‍नाको भन्दा ठूलो गवाही छ; किनकि पिताले मलाई पूरा गर्न भनी दिनुभएको काम, जो मैले गरिरहेको छु, त्यही कामले नै पिताले मलाई पठाउनुभएको हो भनी गवाही दिन्छन्। \v 37 अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ। \v 38 न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ। \v 39 तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्, \v 40 तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ। \p \v 41 “म मानिसहरूबाट प्रशंसा ग्रहण गर्दिनँ,” \v 42 तर म तिमीहरूलाई चिन्दछु। तिमीहरूको हृदयमा परमेश्‍वरको प्रेम छैन भनी म जान्दछु। \v 43 म मेरा पिताको नाममा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ। तर अर्को कोही उसको आफ्नै नाममा आयो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ। \v 44 यदि तिमीहरूले एका-अर्काबाट प्रशंसा ग्रहण गर्छौ, तर एक मात्र परमेश्‍वरबाट आउने प्रशंसा प्राप्‍त गर्न केही वास्ता नै गर्दैनौ भने तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ र? \p \v 45 “तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ। \v 46 यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए। \v 47 तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?” \c 6 \s1 येशूले पाँच हजारलाई खुवाउनुभएको \p \v 1 यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो। \v 2 अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए। \v 3 त्यसपछि येशू एउटा डाँडामा जानुभयो, र चेलाहरूसँग त्यहाँ बस्‍नुभयो। \v 4 यहूदीहरूको निस्तार चाड नजिकै थियो। \p \v 5 येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्‍नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?” \v 6 उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। \p \v 7 फिलिपले उहाँलाई भने, “दुई सय दिनारले\f + \fr 6:7 \fr*\fq दिनार \fq*\fqa एक दिनार बराबर एक दिनको ज्याला\fqa*\f* प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्‍न पनि पर्याप्‍त हुँदैन!” \p \v 8 उहाँका चेलाहरूमध्येका अर्का एक जना, सिमोन पत्रुसका भाइ, अन्द्रियासले भने, \v 9 “यहाँ एउटा ठिटोसँग जौका पाँच वटा रोटी र दुई वटा स-साना माछा छन्, तर यति धेरैका निम्ति ती कति पो पुग्ला र?” \p \v 10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। \v 11 त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो। \p \v 12 तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।” \v 13 तिनीहरूले त्यो बटुले, र पाँच वटा जौका रोटीबाट मानिसहरूले खाएर उबारेका टुक्राहरूले बाह्र डालाहरू भरे। \p \v 14 येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्‍न लागे, “निश्‍चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।” \v 15 तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्‍ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो। \s1 येशू पानीमाथि हिँड्नुभएको \p \v 16 साँझ परेपछि उहाँका चेलाहरू तालतिर झरे, \v 17 र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन। \v 18 त्यस बेला एउटा ठूलो बतास चलिरहेको थियो; र तालमा छाल उर्लिन थाल्यो। \v 19 तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए। \v 20 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!” \v 21 तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो। \p \v 22 भोलिपल्ट तालको अर्को किनारमा रहेका भीडले त्यहाँ एउटा मात्र डुङ्गा रहेको र येशू चेलाहरूसँग त्यो डुङ्गामा नचढ्नुभएको, तर चेलाहरूमात्रै त्यहाँबाट गएका थिए भनी थाहा गरे। \v 23 त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए। \v 24 त्यहाँ न येशू हुनुहुन्छ, न त उहाँका चेलाहरू नै छन् भन्‍ने थाहा पाएपछि तिनीहरू डुङ्गामा चढे, र येशूको खोजी गर्दै कफर्नहुममा गए। \s1 येशू जीवनको रोटी \p \v 25 तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?” \p \v 26 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ। \v 27 नष्‍ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्‍वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।” \p \v 28 तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्‍वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?” \p \v 29 येशूले जवाफ दिनुभयो, “परमेश्‍वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्‍वास गर।” \p \v 30 यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्‍वास गरौँ? तपाईं के गर्नुहुन्छ? \v 31 हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’\f + \fr 6:31 \fr*\ft \+xt प्रस 16:4; नहे 9:15; भजन 78:24, 25\+xt*\ft*\f*” \p \v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। \v 33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।” \p \v 34 तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।” \p \v 35 तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। \v 36 तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्‍वास गर्दैनौ। \v 37 पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। \v 38 किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। \v 39 मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। \v 40 किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्‍वास गर्छ, त्यसले अनन्त जीवन प्राप्‍त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।” \p \v 41 यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्‍नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” \v 42 तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्‍न सक्छ?” \p \v 43 येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर। \v 44 मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। \v 45 अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्‍वरद्वारा सिकाइनेछन्।’\f + \fr 6:45 \fr*\ft \+xt यशै 54:13\+xt*\ft*\f* हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ। \v 46 परमेश्‍वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ। \v 47 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले विश्‍वास गर्दछ, त्यससित अनन्त जीवन छ। \v 48 जीवनको रोटी म नै हुँ। \v 49 तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्‍न खाए, तापनि तिनीहरू मरेर गए। \v 50 तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्। \v 51 जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।” \p \v 52 त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?” \p \v 53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन। \v 54 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। \v 55 किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो। \v 56 जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु। \v 57 जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। \v 58 स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।” \v 59 उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो। \s1 धेरै चेलाहरूले येशूलाई त्यागेका \p \v 60 यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?” \p \v 61 यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो? \v 62 यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला! \v 63 आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्। \v 64 तर अझै पनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दैनौ।” किनकि तिनीहरूमध्ये कसले विश्‍वास गर्दैन र कसले उहाँलाई धोका दिनेछ भनी येशूले सुरुदेखि नै जान्‍नुभएको थियो। \v 65 उहाँले फेरि भन्‍नुभयो, “यसैकारण ‘पिताले आउन नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी मैले तिमीहरूलाई भनेको हुँ।” \p \v 66 त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र त्यसपछि उहाँलाई पछ्याएनन्। \p \v 67 तब येशूले बाह्र जनालाई सोध्नुभयो, “के तिमीहरू पनि छोडेर जान चाहन्छौ?” \p \v 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईंसँग छन्। \v 69 हामी विश्‍वास गर्दछौँ र जान्दछौँ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।” \p \v 70 तब येशूले भन्‍नुभयो, “के मैले तिमीहरू बाह्रै जनालाई चुनेको होइन र? तर पनि तिमीहरूमध्ये एक जना शैतान हो!” \v 71 (यो उहाँले सिमोन इस्करियोतको छोरा यहूदाको विषयमा भन्‍नुभएको थियो, जसले बाह्रमध्ये एक हुँदा-हुँदै पनि पछि उहाँलाई धोका दियो।) \c 7 \s1 येशू छाप्रोबासको चाडमा जानुभएको \p \v 1 यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए। \v 2 तर यहूदीहरूको छाप्रोबासको चाड नजिकै थियो। \v 3 येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्। \v 4 समाजमा ख्याति प्राप्‍त गर्न चाहने कसैले पनि गुप्‍तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।” \v 5 किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्‍वास गर्दैनथिए। \p \v 6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ। \v 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ। किनकि यसले जे गर्दैछ, त्यो दुष्‍ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु। \v 8 तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्‍नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।” \v 9 यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै रहनुभयो। \p \v 10 तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्‍लमखुल्‍ला होइन, तर गुप्‍त रूपमा त्यहाँ जानुभयो। \v 11 चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए। \p \v 12 भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।” \p अरूले भन्थे, “होइन, त्यसले मानिसहरूलाई भ्रममा पारिरहेको छ।” \v 13 तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्‍लमखुल्‍ला केही भन्दैनथिए। \s1 चाडमा येशूले शिक्षा दिनुभएको \p \v 14 अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो। \v 15 यहूदीहरूले छक्‍क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्‍त गरे?” \p \v 16 येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो। \v 17 यदि कसैले परमेश्‍वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्‍वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ। \v 18 जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन। \v 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?” \p \v 20 भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?” \p \v 21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्‍क पर्दछौ। \v 22 तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथमा बालकको खतना गर्दछौ। \v 23 अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ? \v 24 केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।” \s1 के येशू नै ख्रीष्‍ट हुन्? \p \v 25 तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्‍न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र? \v 26 अनि यिनी त त्यहीँ छन्, र खुल्‍लमखुल्‍ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्‍त मानिसहरूले पनि यिनी नै ख्रीष्‍ट हुन् भनी साँच्‍चै ठहर गरे कि कसो? \v 27 तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्‍ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।” \p \v 28 तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्‍च सोरले भन्‍नुभयो, “तिमीहरू मलाई पक्‍कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ। \v 29 तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।” \p \v 30 यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन। \v 31 तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे। तिनीहरूले भने, “जब ख्रीष्‍ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?” \p \v 32 भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए। \p \v 33 येशूले भन्‍नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु। \v 34 तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” \p \v 35 यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्? \v 36 यिनले यसो भन्‍नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ” \p \v 37 चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्‍च सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्। \v 38 जसले ममाथि विश्‍वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।” \v 39 यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्‍नुभएको थियो, जसलाई उहाँमाथि विश्‍वास गर्नेहरूले प्राप्‍त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन। \p \v 40 उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्‍चय नै यी मानिस अगमवक्ता हुन्।” \p \v 41 अरूहरूले भने, “उहाँ ख्रीष्‍ट हुनुहुन्छ।” \p तर अझै अरूहरूले प्रश्न गरे, “ख्रीष्‍ट कसरी गालीलबाट आउन सक्छन् र? \v 42 के धर्मशास्त्रमा ख्रीष्‍ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?” \v 43 यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो। \v 44 कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन। \s1 यहूदी अगुवाहरूको अविश्‍वास \p \v 45 अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” \p \v 46 पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।” \p \v 47 फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त? \v 48 के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्‍वास गरेको छ र? \v 49 तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।” \p \v 50 निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने, \v 51 “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्‍नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?” \p \v 52 तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।” \p \v 53 त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए। \c 8 \nb \v 1 तर येशू जैतुन डाँडामा जानुभयो। \p \v 2 भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए। अनि उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो। \v 3 व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अगि उभ्याए, \v 4 र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दागर्दै पक्राउ परेकी हो। \v 5 व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?” \v 6 तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। \p येशू निहुरनुभयो र औँलाले भुइँमा लेख्न थाल्नुभयो। \v 7 जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।” \v 8 अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो। \p \v 9 त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सानासम्म एक-एक गर्दै त्यहाँबाट गए। अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। \v 10 तब येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” \p \v 11 त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन, प्रभु।” \p येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। जाऊ, अब उसो फेरि पाप नगर।”\f + \fr 8:11 \fr*\ft \+xt यूह 7:53–8:11\+xt* केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \s1 संसारको ज्योति \p \v 12 फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।” \p \v 13 तब फरिसीहरूले उहाँलाई भने, “तिमीले त आफ्नै विषयमा गवाही दिइरहेका छौ। यसकारण तिम्रो गवाही सत्य ठहरिँदैन।” \p \v 14 येशूले जवाफ दिनुभयो, “मैले आफ्नै विषयमा गवाही दिए तापनि मेरो गवाही सत्य ठहर्छ। किनकि म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु, सो म जान्दछु। तर म कहाँबाट आएको हुँ, र कहाँ जाँदैछु भन्‍ने बारेमा तिमीहरू जान्दैनौ। \v 15 तिमीहरू मानिसको दृष्‍टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ। \v 16 तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु। \v 17 तिमीहरूको आफ्नै व्यवस्थामा पनि दुई जनाको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। \v 18 मेरो आफ्नै विषयमा गवाही दिने एक जना म नै हुँ। अनि मेरो अर्को गवाहीचाहिँ मलाई पठाउनुहुने पिता हुनुहुन्छ।” \p \v 19 तब तिनीहरूले उहाँलाई सोधे, “तिम्रा पिता कहाँ छन्?” \p येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्छौ, न त मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।” \v 20 येशूले यी कुराहरू मन्दिरमा शिक्षा दिँदैगर्नुहुँदा भेटी चढाउने ढुकुटीनिर नै भनिसक्नुभएको थियो। तापनि कसैले उहाँलाई पक्रेन। किनकि उहाँको समय अझै आएको थिएन। \s1 येशू को हुनुहुन्छ भन्‍ने बारेमा मतभेद \p \v 21 येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु, र तिमीहरूले मलाई खोज्नेछौ। अनि तिमीहरू आफ्ना पापमा मर्नेछौ। म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” \p \v 22 ती यहूदी अगुवाहरूले आपसमा सोधे, “यिनले आत्महत्या त गर्ने होइनन्? के त्यसैकारण नै यिनले ‘म जहाँ जाँदैछु, तिमीहरू त्यहाँ आउन सक्दैनौ’ भनी भनेका हुन्?” \p \v 23 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ। \v 24 मैले तिमीहरूलाई आफ्ना पापमा मर्नेछौ भनी भनेँ। यदि तिमीहरूले मैले आफैँलाई जे हुँ भनी दाबी गर्छु, म उही नै हुँ भनी विश्‍वास गरेनौ भने तिमीहरू अवश्य नै आफ्ना पापहरूमा मर्नेछौ।” \p \v 25 तिनीहरूले सोधे, “तिमी को हौ त?” \p येशूले जवाफ दिनुभयो, “म जो हुँ, मैले सुरुदेखि नै दाबी गर्दैआएको छु, म उही हुँ। \v 26 तिमीहरूको न्याय गर्नका निम्ति मैले भन्‍नुपर्ने कुरा धेरै नै छन्; तर जसले मलाई पठाउनुभयो। उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। अनि उहाँबाट मैले जे सुनेको छु, त्यही कुरा म संसारलाई भन्दछु।” \p \v 27 तर उहाँले पिताको विषयमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्। \v 28 त्यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई उचाल्नेछौ, तब मैले दाबी गरेको व्यक्ति म उही हुँ; अनि मैले आफ्नै तर्फबाट केही पनि गर्दिनँ रहेछु, तर पिताले सिकाउनुभएका कुराहरू मात्र बोल्दछु भनी तिमीहरूले थाहा पाउनेछौ। \v 29 जसले मलाई पठाउनुभयो, उहाँ मसँग हुनुहुन्छ। उहाँले मलाई एकलो छोड्नुभएको छैन। किनकि म सधैँ उहाँलाई प्रसन्‍न तुल्याउने काम गर्दछु।” \v 30 उहाँले यी कुरा बोल्दाबोल्दै धेरैले उहाँमाथि विश्‍वास गरे। \s1 अब्राहामका सन्तान \p \v 31 येशूले उहाँमाथि विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरा शिक्षामा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै नै मेरा चेलाहरू हौ। \v 32 तब तिमीहरूले सत्यतालाई जान्‍नेछौ, र सत्यताले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” \p \v 33 तिनीहरूले उहाँलाई भने, “तर हामी त अब्राहामका सन्तान हौँ। अनि कहिल्यै कसैको दास बनेका छैनौँ। त्यसकारण हामी स्वतन्त्र तुल्याइनेछौँ भन्‍ने कुरा तपाईं कसरी भन्‍न सक्नुहुन्छ?” \p \v 34 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पाप गर्ने हरेक मानिस पापको दास हो। \v 35 घरमा कुनै पनि दासको स्थायी स्थान हुँदैन। तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्छ। \v 36 त्यसकारण पुत्रले स्वतन्त्र तुल्याए भने तिमीहरू साँच्‍चै स्वतन्त्र हुनेछौ। \v 37 तिमीहरू अब्राहामका सन्तान हौ भनी म जान्दछु, तापनि तिमीहरू मलाई मार्न तयार छौ। किनकि मेरा शिक्षाको लागि तिमीहरूको हृदयमा ठाउँ छैन। \v 38 मैले मेरा पिताको उपस्थितिमा जे-जे देखेँ, सो तिमीहरूलाई भन्दैछु। तर तिमीहरूचाहिँ तिमीहरूका आफ्नै पिताबाट सुनेका कुरा मात्र गर्दछौ।” \p \v 39 तिनीहरूले जवाफ दिए, “हाम्रा पिता त अब्राहाम हुनुहुन्छ।” \p येशूले भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तान हुँदा हौ त, तिमीहरूले पनि अब्राहामले गरेका काम गर्नेथियौ। \v 40 तर यसको सट्टामा तिमीहरूले मलाई मार्ने निश्‍चय गरेका छौ। जसले तिमीहरूलाई सत्य कुरा बताएको छ, जुन सत्यता मैले परमेश्‍वरबाट सुनेको हुँ। अब्राहामले यस्तो काम गरेनन्। \v 41 तिमीहरूका आफ्ना पिताले जे काम गरे, तिमीहरूले पनि त्यही गर्दैछौ।” \p तिनीहरूले विरोध गर्दै भने, “हामी व्यभिचारबाट जन्मेका सन्तान होइनौँ। हाम्रा एउटै मात्र पिता हुनुहुन्छ जो स्वयम् परमेश्‍वर हुनुहुन्छ।” \p \v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूका पिता परमेश्‍वर हुनुभएको भए त तिमीहरूले मलाई प्रेम गर्नेथियौ। किनकि म परमेश्‍वरबाट आएको हुँ, र अहिले यहाँ छु। म आफैँ आएको होइनँ, तर मलाई परमेश्‍वरले पठाउनुभयो। \v 43 मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरूले मैले भनेका कुराहरू सुन्‍न सक्दैनौ। \v 44 तिमीहरू त तिमीहरूका पिता शैतानबाटका हौ। अनि तिमीहरूले आफ्नो पिताको इच्छा मात्र पूरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो, र सत्यतामा रहँदैन। किनकि त्यसमा सत्य छँदैछैन। झूटो बोल्नु त्यसको स्वभाव अनुसारको बोली हो। किनकि त्यो झूट हो, र झूटको पिता हो। \v 45 किनभने म साँचो कुरा भन्दछु, र पनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ! \v 46 के तिमीहरूमध्ये कसैले मलाई पापको दोषी ठहराउन सक्छौ? यदि म साँचो बोल्दछु भने किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ? \v 47 जो परमेश्‍वरबाटको हो, त्यसले परमेश्‍वरले बोल्नुभएको वचन सुन्छ। तिमीहरूले नसुन्‍नुको कारण यही हो, तिमीहरू परमेश्‍वरका होइनौ।” \s1 आफ्नै विषयमा येशूको दाबी \p \v 48 यहूदीहरूले येशूलाई जवाफ दिए, “तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठिकै भनेका होइनौँ र?” \p \v 49 येशूले भन्‍नुभयो, “मलाई कुनै भूत लागेको छैन। तर म मेरा पिताको आदर गर्दछु। अनि तिमीहरूचाहिँ मेरो अनादर गर्दछौ। \v 50 म आफ्नै महिमा खोज्दिनँ। तर महिमा खोज्नेचाहिँ एक जना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ। \v 51 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” \p \v 52 अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे। तर तिमीले चाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। \v 53 के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, र त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?” \p \v 54 येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरेँ भने मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भनी दाबी गर्दछौ; मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ। \v 55 तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूसरह झूटो बन्‍ने थिएँ। तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। \v 56 तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।” \p \v 57 यहूदीहरूले उहाँलाई भने, “तिमी आफैँ पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?” \p \v 58 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अगिदेखि नै म छँदैछु!” \v 59 यतिबेला तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे। तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्‍क बाहिर निस्केर जानुभयो। \c 9 \s1 येशूले जन्मैदेखिको दृष्‍टिविहीनलाई दृष्‍टि दिनुभएको \p \v 1 त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्‍टिविहीनलाई देख्नुभयो। \v 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्‍यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्‍टिविहीन जन्म्यो?” \p \v 3 येशूले भन्‍नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्‍वरको काम प्रकट होस् भन्‍ने हेतुले यसो भएको हो। \v 4 दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन। \v 5 म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।” \p \v 6 यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो। \v 7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो। \p \v 8 त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?” \v 9 कतिले ऊ त्यही मानिस हो भन्‍ने दाबी गरे। \p अरूहरूले भने, “होइन, तर यो त्योजस्तै देखिन्छ।” \p तर ऊ आफैँले भन्यो, “म त्यही मानिस हुँ।” \p \v 10 तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?” \p \v 11 त्यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।” \p \v 12 तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?” \p त्यसले भन्यो, “मलाई थाहा छैन।” \s1 घटनाबारे फरिसीहरूको सोधखोज \p \v 13 पहिले दृष्‍टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए। \v 14 येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको दिन शब्बाथ थियो। \v 15 त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।” \p \v 16 फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन; किनकि यसले शब्बाथ पालन गर्दैन।” \p तर अरूले भने, “पापी मानिसले कसरी यस्ता अलौकिक चिन्हहरू गर्न सक्छ र?” यसरी तिनीहरूका बीचमा मतभेद भयो। \p \v 17 अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्‍टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।” \p त्यस मानिसले जवाफ दियो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ।” \p \v 18 यहूदी अगुवाहरूले त्यस दृष्‍टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्‍टिविहीन थियो र त्यसले दृष्‍टि पायो भन्‍ने अझै पनि विश्‍वास गरेनन्। \v 19 तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्‍टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?” \p \v 20 त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरा हो, र यो दृष्‍टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौँ। \v 21 तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्‍न सक्छ।” \v 22 यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्‍ट हुनुहुन्छ भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए। \v 23 त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।” \p \v 24 तिनीहरूले त्यस दृष्‍टिविहीन मानिसलाई दोस्रो पल्ट फेरि बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।” \p \v 25 त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्‍न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्‍टिविहीन थिएँ, तर अब देख्ने भएको छु!” \p \v 26 तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्‍यो? उसले कसरी तेरा आँखा खोलिदियो?” \p \v 27 त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्‍न चाहनुहुन्छ?” \p \v 28 तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ! \v 29 परमेश्‍वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्‍ने कुरासमेत हामी जान्दैनौँ।” \p \v 30 त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्‍नुहुन्‍न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो। \v 31 हामी जान्दछौँ, परमेश्‍वरले पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर उहाँले परमेश्‍वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्‍नुहुन्छ। \v 32 आजसम्म कसैले जन्मैको दृष्‍टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। \v 33 यदि उहाँ परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।” \p \v 34 यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। \s1 आत्मिक अन्धोपन \p \v 35 तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्‍नुभयो, र त्यसलाई भेट्टाएपछि भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?” \p \v 36 त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्‍वास गर्नेछु।” \p \v 37 येशूले भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।” \p \v 38 तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्‍यो। \p \v 39 येशूले भन्‍नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्‍टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्‍टिविहीन होऊन्।” \p \v 40 उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्‍नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्‍टिविहीन हौँ?” \p \v 41 येशूले भन्‍नुभयो, “यदि तिमीहरू दृष्‍टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ। \c 10 \s1 गोठालो र बगाल \p \v 1 “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जुन मानिस भेडागोठको ढोकाबाट भित्र पस्दैन, तर कुनै अर्कै ठाउँबाट चढेर पस्छ, त्यही नै चोर र डाँकु हो। \v 2 तर ढोकाबाट भित्र पस्‍ने मानिसचाहिँ आफ्नो भेडाको गोठालो हो। \v 3 गोठ कुर्नेले उसका निम्ति ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन्। उसले आफ्ना भेडाहरूलाई नाम काढि-काढि बोलाउँछ र तिनीहरूलाई बाहिर लैजान्छ। \v 4 उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसकेपछि, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्। किनकि तिनीहरूले उसको सोर चिन्छन्। \v 5 तर तिनीहरूले नचिनेको व्यक्तिलाई कहिल्यै पछ्याउँदैनन्; बरु त्यसदेखि भाग्छन्। किनकि तिनीहरूले नचिनेको व्यक्तिको सोर चिन्दैनन्।” \v 6 येशूले यो दृष्‍टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा के थियो, सो तिनीहरूले बुझेनन्। \p \v 7 त्यसकारण येशूले फेरि भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, भेडाहरूको ढोका म नै हुँ। \v 8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकुहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। \v 9 ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, उसले मुक्ति पाउनेछ; भित्र र बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। \v 10 चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ। \p \v 11 “असल गोठालो म नै हुँ। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्दछ। \v 12 भाडाको मान्छे भेडाहरूको आफ्नै होइनन्। त्यसकारण जब त्यसले ब्वाँसो आउँदैगरेको देख्छ, तब त्यसले भेडाहरूलाई छोड्छ, र भाग्छ। त्यसपछि ब्वाँसोले बगाललाई आक्रमण गर्छ र तितरबितर पारिदिन्छ। \v 13 त्यो मानिसचाहिँ भाग्छ; किनकि त्यो त भाडाको मानिस हो, त्यसले भेडाहरूका लागि केही वास्ता गर्दैन। \p \v 14 “असल गोठालो म नै हुँ; म आफ्ना भेडाहरूलाई चिन्छु र मेरा भेडाहरूले मलाई चिन्छन्। \v 15 जसरी पिताले मलाई चिन्‍नुहुन्छ, र म पितालाई चिन्छु, र म मेरो प्राण आफ्ना भेडाहरूका लागि अर्पण गर्छु। \v 16 मेरा अरू पनि भेडाहरू छन्, जो यस गोठका होइनन्। मैले तिनीहरूलाई पनि ल्याउनु परेको छ। तिनीहरूले पनि मेरो सोर सुन्‍नेछन्; र एउटै बगाल र एउटै गोठालो हुनेछ। \v 17 मेरा पिताले मलाई प्रेम गर्नुहुने कारण यही हो, म आफ्नो प्राण, यसलाई फेरि फिर्ता लिनका लागि अर्पण गर्दछु। \v 18 मेरो प्राण मबाट कसैले लिन सक्दैन, तर म स्वेच्छाले यो अर्पण गर्दछु। मसँग अर्पण गर्ने यो अधिकार पनि छ; यसलाई फेरि लिने अधिकार पनि छ। किनकि यो आज्ञा मैले मेरा पिताबाट प्राप्‍त गरेको हुँ।” \p \v 19 यी वचनहरूका कारण यहूदी समूहहरूको बीचमा फेरि फाटो आयो। \v 20 तिनीहरूमध्ये धेरैले यसो भने, “यसलाई भूत लागेको छ, र यो बहुलाएको छ; यसका कुरा किन सुन्छौ?” \p \v 21 तर अरूहरूले भने, “यी वचनहरू भूत लागेको मानिसका होइनन्। के कुनै भूतले दृष्‍टिविहीनका आँखा खोलिदिन सक्छ र?” \s1 यहूदी अगुवाहरूद्वारा सोधपुछ \p \v 22 यरूशलेममा मन्दिर समर्पणको चाड आयो। यो हिउँदको समय थियो। \v 23 अनि येशू मन्दिरको क्षेत्रभित्र हुनुहुन्थ्यो, र सोलोमनको दलानमा हिँड्दैहुनुहुन्थ्यो। \v 24 केही यहूदीहरू उहाँका वरिपरि भेला भएर सोधे, “हामीलाई तपाईंले कहिलेसम्म दोधारमा राख्नुहुन्छ? यदि तपाईं नै ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई स्पष्‍ट भनिदिनुहोस्।” \p \v 25 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्‍वास गर्दैनौ। मैले मेरा पिताको नाममा गरेका अचम्मका कामहरूले मेरो विषयमा नै गवाही दिन्छन्। \v 26 तर तिमीहरूले विश्‍वास गर्दैनौ; किनकि तिमीहरू मेरा बगालका भेडाहरू होइनौ। \v 27 मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु; र तिनीहरूले मलाई पछ्याउँछन्। \v 28 म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नाश हुनेछैनन्। \v 29 मेरा पिता जसले ती सबै मलाई दिनुभयो; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। मेरा पिताको हातबाट तिनीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन। \v 30 म र मेरा पिता एक हौँ।” \p \v 31 यहूदीहरूले फेरि उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे। \v 32 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला अचम्मका कामहरू देखाएँ। तीमध्ये कुन कामको कारणले मलाई ढुङ्गाले हान्छौ?” \p \v 33 ती यहूदीहरूले जवाफ दिए, “तीमध्ये कुनै पनि कामको कारणले हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर परमेश्‍वरको निन्दा गरेको कारणले, किनकि तिमी एउटा मानिस भएर पनि आफैँलाई परमेश्‍वर हुँ भनी दाबी गर्छौ।” \p \v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरूका व्यवस्थामा ‘तिमीहरू देवहरू\f + \fr 10:34 \fr*\ft \+xt भजन 82:6\+xt*\ft*\f* हौ भनी मैले भनेको छु’ भनी लेखिएको छैन? \v 35 त्यसकारण यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई त ‘देवहरू’ भनिन्छ, र धर्मशास्त्र भङ्ग हुन सक्दैन भने, \v 36 पिताले उहाँको आफ्नैलाई झैँ पवित्र र अलग गरी संसारमा पठाउनुभएको व्यक्तिका विषयमा चाहिँ के भन्‍ने त? त्यसो हो भने मैले ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोमा मलाई किन परमेश्‍वरको निन्दाको दोष दिन्छौ? \v 37 मेरा पिताले जे गर्नहुन्छ, मैले पनि त्यही नगरेसम्म मलाई विश्‍वास नगर। \v 38 यदि मैले ती कामहरू गर्दछु भने तिमीहरूले ममाथि विश्‍वास नगरे तापनि ती अचम्मका कामलाई विश्‍वास गर। अनि तिमीहरूले यो जान्‍न र बुझ्न सक्नेछौ, पिता ममा हुनुहुन्छ र म उहाँमा छु।” \v 39 फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो। \p \v 40 त्यसपछि येशू फर्केर यर्दन नदीपारि यूहन्‍नाले पहिले बप्‍तिस्मा दिने गरेको ठाउँमा जानुभयो। उहाँ त्यहीँ बस्‍नुभयो, \v 41 र धेरै मानिसहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यूहन्‍नाले कहिल्यै कुनै अलौकिक चिन्ह गरेनन्; तापनि यूहन्‍नाले यी मानिसको विषयमा बताएका सबै कुरा सत्य रहेछन्।” \v 42 अनि त्यस ठाउँमा धेरैले येशूमाथि विश्‍वास गरे। \c 11 \s1 लाजरसको मृत्यु \p \v 1 लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। \v 2 यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए। \v 3 यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्‍ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।” \p \v 4 यो खबर सुनेर येशूले भन्‍नुभयो, “यो बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर परमेश्‍वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्‍वरको पुत्रले पनि महिमा पाउनेछ।” \v 5 येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। \v 6 लाजरस बिरामी छन् भनेर सुन्‍नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्‍नुभयो। \v 7 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।” \p \v 8 तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?” \p \v 9 येशूले भन्‍नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्‍डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ। \v 10 तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।” \p \v 11 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।” \p \v 12 उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।” \v 13 येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्‍नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए। \p \v 14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्। \v 15 अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्‍वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।” \p \v 16 तब थोमा, जसलाई दिदुमस भनेर पनि चिनिन्थ्यो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔँ, र उहाँसँगै मरौँ।” \s1 दुई बहिनीहरूलाई येशूको सान्त्वना \p \v 17 येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो। \v 18 यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो। \v 19 धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए। \v 20 येशू आउँदैहुनुहुन्छ भन्‍ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्। \p \v 21 मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन। \v 22 हुन त अहिले पनि तपाईंले परमेश्‍वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।” \p \v 23 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।” \p \v 24 मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।” \p \v 25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्‍वास गर्ने मर्‍यो भने पनि ऊ जीवित हुनेछ। \v 26 जो ममाथि विश्‍वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्‍वास गर्छ्यौ?” \p \v 27 “निश्‍चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्‍वरको पुत्र, ख्रीष्‍ट तपाईं नै हुनुहुन्छ भनी म विश्‍वास गर्छु।” \p \v 28 अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्‍क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।” \v 29 यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्। \v 30 येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। \v 31 मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे। \p \v 32 जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।” \p \v 33 मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। \v 34 “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। \p तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” \p \v 35 येशू रुनुभयो। \p \v 36 यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!” \p \v 37 तर कतिले भने, “दृष्‍टिविहीनलाई दृष्‍टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?” \s1 लाजरस फेरि जीवित भएका \p \v 38 येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। \v 39 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ढुङ्गा हटाओ।” \p मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” \p \v 40 येशूले भन्‍नुभयो, “विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” \p \v 41 त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद। \v 42 तपाईंले मेरो कुरा सधैँ सुन्‍नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्‍वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” \p \v 43 यो कुरा भन्‍नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!” \v 44 अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो। \p येशूले तिनीहरूलाई भन्‍नुभयो, “कात्रो फुकालिदेओ, र उनलाई जान देओ।” \s1 येशूलाई मार्ने षड्यन्त्र \p \v 45 जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्‍वास गरे। \v 46 कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए। \v 47 त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा\f + \fr 11:47 \fr*\ft मूल भाषामा \ft*\fqa सनहेड्रिन \fqa*\ft भनिन्छ, जुन यहूदीहरूको धार्मिक संसद हो, जहाँ 71 जना सदस्यहरू हुन्छन् र प्रधान पुजारी अध्यक्ष रहन्छन्।\ft*\f* बोलाए। \p “अब हामी के गरौँ?” तिनीहरूले आपसमा प्रश्न गरे, “यस मानिसले त साँच्‍चै अलौकिक चिन्हहरू गरेर देखाउँदैछ। \v 48 अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्‍वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।” \p \v 49 तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन! \v 50 मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?” \p \v 51 कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्‍ने अगमवाणी तिनको मुखबाट निस्केको थियो। \v 52 अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्‍वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्‍ने यो भविष्यवाणी भएको थियो। \v 53 यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले। \p \v 54 त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो। \p \v 55 यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए। \v 56 तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्‍न होला र?” \v 57 तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए। \c 12 \s1 बेथानीमा येशूको अभिषेक \p \v 1 निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्‍ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। \v 2 येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्‍नेहरूमध्ये एक थिए। \v 3 मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्‍नाले घर भरियो। \p \v 4 उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्‍वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, \v 5 “बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला\f + \fr 12:5 \fr*\ft मूल भाषामा \ft*\fqa 300 दिनारी\fqa*\f* बराबर थियो। \v 6 तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो। \p \v 7 तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। \v 8 गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्,\f + \fr 12:8 \fr*\ft \+xt व्यव 15:11\+xt*\ft*\f* तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।” \p \v 9 यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्‍ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए। \v 10 त्यसकारण मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे। \v 11 किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्‍वास गर्न थालेका थिए। \s1 यरूशलेममा येशूको विजयी प्रवेश \p \v 12 भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्‍ने खबर सुने। \v 13 तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। \q1 “होसन्‍ना!”\f + \fr 12:13 \fr*\ft हिब्रू अभिव्यक्ति “बचाउनुहोस्” प्रशंसाको नारा बन्यो।\ft*\f* \b \q1 “उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!”\f + \fr 12:13 \fr*\ft \+xt भजन 118:25, 26\+xt*\ft*\f* \b \q1 “इस्राएलका राजा धन्यका हुन्!” \m \v 14 त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्‍नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो: \q1 \v 15 “ए यरूशलेमका मानिसहरू हो, नडराओ,\f + \fr 12:15 \fr*\ft मूल भाषामा \ft*\fqa सियोनकी छोरी\fqa*\f* \q2 हेर, तिम्रा राजा, \q2 गधाको बछेडामाथि सवार हुनुभएर आउँदैहुनुहुन्छ।”\f + \fr 12:15 \fr*\ft \+xt जक 9:9\+xt*\ft*\f* \p \v 16 त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे। \p \v 17 अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे। \v 18 यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। \v 19 त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!” \s1 आफ्नो मृत्युबारे येशूको भविष्यवाणी \p \v 20 चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए। \v 21 तिनीहरू गालीलको बेथसेदामा बस्‍ने फिलिपकहाँ आए, र यसो भनेर बिन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौँ।” \v 22 फिलिपले गएर अन्द्रियासलाई भने; अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भनिदिए। \p \v 23 येशूले भन्‍नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। \v 24 म तिमीहरूलाई साँच्‍चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ। \v 25 आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। \v 26 मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ। \p \v 27 “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ। \v 28 हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!” \p त्यसपछि स्वर्गबाट यस्तो एउटा सोर आयो, “मैले मेरो नामको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।” \v 29 त्यो भीडमा यो सोर सुन्‍नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने। \p \v 30 येशूले भन्‍नुभयो, “यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन। \v 31 अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ। \v 32 यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।” \v 33 उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यसो भन्‍नुभएको थियो। \p \v 34 भीडले प्रश्न गर्‍यो, “ख्रीष्‍ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?” \p \v 35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्‍डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्‍ने थाहा पाउँदैन। \v 36 तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्‍नेछौ।” यति भनिसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो, र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन। \s1 यहूदीहरूको अविश्‍वास \p \v 37 येशूले तिनीहरूका अगि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्‍वास गरेनन्। \v 38 यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनलाई भएको थियो: \q1 “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? \q2 र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?”\f + \fr 12:38 \fr*\ft \+xt यशै 53:1\+xt*\ft*\f* \p \v 39 यसैकारणले गर्दा तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्: \q1 \v 40 “तिनीहरूका आँखाले नदेखून्, \q2 र हृदयले नबुझून्, \q1 न त निको हुनलाई मकहाँ आऊन् भनेर, \q2 परमेश्‍वरले नै तिनीहरूका आँखाहरू नेदेख्ने \q2 र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।”\f + \fr 12:40 \fr*\ft \+xt यशै 6:10\+xt*\ft*\f* \m \v 41 यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए; किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए। \p \v 42 तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्‍वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्‍ने डरले तिनीहरूले आफ्नो विश्‍वासलाई खुल्‍लमखुल्‍ला स्वीकार गरेनन्। \v 43 किनकि परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए। \p \v 44 येशूले उच्‍च सोरमा भन्‍नुभयो, “मलाई विश्‍वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्‍वास गर्दछ। \v 45 जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ। \v 46 म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्‍वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन। \p \v 47 “मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ। \v 48 तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ। \v 49 किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो। \v 50 अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्‍याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्‍न लगाउनुभएका कुराहरू नै हुन्।” \c 13 \s1 येशूले चेलाहरूका खुट्टा धुनुभएको \p \v 1 यो निस्तार चाडको अगिल्‍लो दिन थियो। यस संसारलाई छोडेर पिताकहाँ जाने आफ्नो समय आइपुगेको छ भनी येशूलाई थाहा थियो। संसारमा भएका आफ्नाहरूलाई उहाँले अन्त्यसम्म नै प्रेम गर्नुभयो। \p \v 2 बेलुकीको भोजनको समय भएको थियो र शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको मनमा येशूलाई धोका दिने विचार हालिदिइसकेको थियो। \v 3 पिताले सबै कुरा उहाँको अधिकारमुनि राखिदिनुभएको छ, र उहाँ परमेश्‍वरबाट आउनुभएको हो र परमेश्‍वरकहाँ नै फर्कंदैहुनुहुन्छ भन्‍ने येशूलाई थाहा थियो। \v 4 त्यसकारण उहाँ भोजनबाट उठ्नुभयो, र आफ्ना बाहिरी लुगा फुकाल्नुभयो, र कम्मरमा एउटा तौलिया बाँध्नुभयो। \v 5 त्यसपछि उहाँले बाटामा पानी खन्याएर चेलाहरूका खुट्टा धुन थाल्नुभयो। अनि कम्मरमा बाँध्नुभएको तौलियाले खुट्टा पुछ्न थाल्नुभयो। \p \v 6 जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?” \p \v 7 येशूले भन्‍नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।” \p \v 8 पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” \p येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” \p \v 9 सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, तर मेरो हात र शिर पनि धोइदिनुहोस्।” \p \v 10 येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेका मानिसहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ; किनकि तिनीहरूको पूरै शरीर शुद्ध भएको छ। अब तिमीहरू शुद्ध भइसकेका छौ, तर यहाँ भएका सबै त होइनन्।” \v 11 किनकि येशूले उहाँलाई कसले धोका दिन लागेको छ भनेर चिन्‍नुहुन्थ्यो। त्यसैकारण उहाँले सबै त शुद्ध छैनन् भनी भन्‍नुभयो। \p \v 12 चेलाहरूको खुट्टा धोइसक्नुभएपछि उहाँले आफ्नो लुगा फेरि पहिरिनुभयो र आफ्नो ठाउँमा बसेर सोध्नुभयो, “मैले तिमीहरूको निम्ति के गर्दैथिएँ, त्यसको अर्थ तिमीहरूले बुझ्दछौ? \v 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ, र त्यो ठिकै हो; किनकि म त्यही नै हुँ। \v 14 प्रभु र गुरु भएर पनि मैले तिमीहरूको खुट्टा धोएको छु भने तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छ। \v 15 मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु। तिमीहरूसँग मैले जसो गरेको छु, सो तिमीहरूले पनि त्यसै गर्ने गर। \v 16 म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन। अनि खबर लैजाने पनि खबर पठाउनेभन्दा ठूलो हुँदैन। \v 17 अब तिमीहरूलाई यी कुराहरू थाहा छ र यसलाई पालन गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ। \s1 विश्‍वासघात गरिनेबारे भविष्यवाणी \p \v 18 “तिमीहरू सबैका निम्ति मैले यी कुराहरू भनेको होइनँ। मैले चुनेका प्रत्येकलाई म राम्ररी चिन्दछु। तर धर्मशास्त्रको यो कुरा पूरा होस् भनेर यसो भएको हो: ‘मसँग भोज खानेले नै मेरो विरुद्धमा लात उठाएको छ।’\f + \fr 13:18 \fr*\ft \+xt भजन 41:9\+xt*\ft*\f* \p \v 19 “यस कुरालाई त्यो हुनुभन्दा पहिले नै तिमीहरूलाई भनिदिएको छु, ताकि यो पूरा भएपछि तिमीहरूले म उही नै हुँ भनी विश्‍वास गर्नेछौ। \v 20 म तिमीहरूलाई साँच्‍चै भन्दछु, मैले पठाएकाहरूलाई जसले ग्रहण गर्दछ, त्यसले मलाई नै ग्रहण गर्दछ। अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।” \p \v 21 यति भनिसक्नुभएपछि येशू आत्मामा धेरै व्याकुल हुनुभयो, र उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।” \p \v 22 उहाँले कसलाई भन्‍नुभएको हो भनेर अलमलमा परी चेलाहरूले एक-अर्कालाई हेराहेर गरे। \v 23 येशूले प्रेम गर्नुहुने चेला उहाँकै छेउमा अडेस लागेर बसिरहेका थिए। \v 24 सिमोन पत्रुसले यिनै चेलालाई इशारा गरेर भने, “उहाँले कसलाई भन्‍नुभएको हो? उहाँलाई सोध।” \p \v 25 येशूको शरीरमा अडेस लागेर तिनले सोधे, “प्रभु त्यो को हो?” \p \v 26 येशूले जवाफ दिनुभयो, “मैले यो रोटीको टुक्रा भाँडामा चोपेर जसलाई दिन्छु, त्यो त्यही हो।” अनि उहाँले रोटी चोपेपछि सिमोनको छोरा यहूदा इस्करियोतलाई दिनुभयो। \v 27 यहूदाले त्यो रोटी लियो, र त्यसपछि शैतान त्यसभित्र पसिहाल्यो। \p तब येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गर्नु छ, चाँडो गरिहाल।” \v 28 येशूले त्यसलाई यो किन भन्‍नुभयो त्यसको अर्थ त्यहाँ खान बस्‍नेहरूमध्ये कसैले पनि बुझेनन्। \v 29 यहूदाले पैसाको हिसाब राख्ने भएको हुँदा सायद चाडको निम्ति आवश्यक कुनै कुरा किन्‍न अथवा केही पैसा गरिबहरूलाई दिन भनी येशूले अह्राउनुभएको होला भनी कतिले ठाने। \v 30 रोटी लिएपछि यहूदा तुरुन्तै बाहिर निस्क्यो। त्यस बेला रात परेको थियो। \s1 एउटा नयाँ आज्ञा \p \v 31 यहूदा कोठाबाट बाहिर गएपछि येशूले भन्‍नुभयो, “अब मानिसको पुत्रको महिमा भएको छ, र उसमा परमेश्‍वरको महिमा भएको छ।” \v 32 यदि परमेश्‍वर उसमा महिमित हुनुभयो भने परमेश्‍वरले उसलाई आफैँमा महिमित पार्नुहुनेछ, र उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ। \p \v 33 “हे मेरा बालकहरू हो, अब म तिमीहरूसँग केही बेर मात्र रहन्छु। तिमीहरूले मलाई खोज्नेछौ; अनि यहूदी अगुवाहरूलाई भनेझैँ म अब तिमीहरूलाई पनि भन्छु: म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ। \p \v 34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ। \v 35 तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्‍नेछन्।” \p \v 36 सिमोन पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ?” \p येशूले उत्तर दिनुभयो, “म जहाँ जाँदैछु, त्यहाँ तिमी अहिले आउन सक्दैनौ, तर पछि तिमीले मलाई पछ्याउनेछौ।” \p \v 37 पत्रुसले सोधे, “प्रभु, म अहिले तपाईंसँग किन आउन सक्दिनँ र? म त तपाईंका निम्ति प्राण दिन पनि तयार छु।” \p \v 38 तब येशूले भन्‍नुभयो, “के तिमीले साँच्‍चै आफ्नो जीवन मेरो लागि दिन्छौ? म तिमीलाई साँच्‍चै भन्दछु, भोलि बिहान भाले बास्‍नुअगि नै तिमीले मलाई ‘चिन्दिनँ’ भनी तीन पल्ट अस्वीकार गर्नेछौ!” \c 14 \s1 येशूले चेलाहरूलाई सान्त्वना दिनुभएको \p \v 1 “तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्‍वरमाथि विश्‍वास राख, र ममाथि पनि विश्‍वास राख। \v 2 मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्‍नेथिइनँ। \v 3 म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु। \v 4 म जहाँ जाँदैछु, त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।” \s1 पिताकहाँ जाने बाटो येशू \p \v 5 थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्‍ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्‍न सक्छौँ?” \p \v 6 येशूले भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। \v 7 यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ, र उहाँलाई देखेका छौ।” \p \v 8 फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, यही नै हामीलाई पर्याप्‍त हुनेछ।” \p \v 9 येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु, र पनि तिमीले मलाई चिनेनौ? जसले मलाई देखेको छ, उसले पितालाई पनि देखेको छ। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ? \v 10 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमीलाई विश्‍वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले भनेको होइनँ; वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ। \v 11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्‍वास गर; नत्रता कमसे कम मैले गरेका अचम्मका कामहरूकै कारणले मलाई विश्‍वास गर। \v 12 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले ममाथि विश्‍वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। \v 13 मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्। \v 14 तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु। \s1 पवित्र आत्माबारे प्रतिज्ञा \p \v 15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू मान्‍नेछौ। \v 16 म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैँ तिमीहरूसँग हुनुहुनेछ। \v 17 उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, र चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ। किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ। \v 18 म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। \v 19 केही बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले तिमीहरू पनि जीवित रहनेछौ। \v 20 त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, र म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ। \v 21 जससँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्दछन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ। अनि म पनि तिनीहरूलाई प्रेम गर्नेछु, र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।” \p \v 22 यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्‍न?” \p \v 23 येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू पालन गर्नेछ। मेरा पिताले त्यसलाई पनि प्रेम गर्नुहुनेछ। अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ। \v 24 मलाई प्रेम नगर्नेले मेरा शिक्षाहरू पालन गर्दैन। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्। \p \v 25 “म अहिले तिमीहरूसँग छँदै यी कुराहरू तिमीहरूलाई भनेको छु। \v 26 पिताले मेरो नाममा पठाइदिनुहुने सल्‍लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ। मैले भनेका प्रत्येक कुरा पनि तिमीहरूलाई सम्झना गराइदिनुहुनेछ। \v 27 शान्ति म तिमीहरूसँग छोड्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिएजस्तो म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। \p \v 28 “मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्‍चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्‍ने कुरामा तिमीहरू आनन्दित हुनेछौ। किनकि पिता मभन्दा महान् हुनुहुन्छ। \v 29 अनि यी कुराहरू हुन आउनुभन्दा अगि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु। किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्‍वास गर्नेछौ। \v 30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन। \v 31 तर म पितालाई प्रेम गर्छु, र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठिकसँग पालन गर्छु भनी संसारले जान्‍नुपर्छ। \p “उठ, हामी यहाँबाट जाऔँ।” \c 15 \s1 दाखको बोट र हाँगाहरू \p \v 1 येशूले भन्‍नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। \v 2 ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ\f + \fr 15:2 \fr*\ft मूल भाषामा \ft*\fq छिँवल्नु \fq*\ft को अर्थ \ft*\fqa सफा गर्नु \fqa*\ft पनि हुन्छ।\ft*\f*। \v 3 मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। \v 4 ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। \p \v 5 “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। \v 6 यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्। \v 7 तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। \v 8 तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ। \p \v 9 “पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। \v 10 जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ। \v 11 मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्! \v 12 मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। \v 13 आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। \v 14 यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने तिमीहरू मेरा मित्रहरू हौ। \v 15 अब उसो म तिमीहरूलाई सेवक भन्दिनँ; किनकि सेवकलाई आफ्ना मालिकको कामकुरा थाहा हुँदैन; तर मैले तिमीहरूलाई मित्रहरू भनेको छु; किनकि पिताबाट मैले सिकेका सबै कुरा मैले तिमीहरूलाई थाहा दिएको छु। \v 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनेँ; र तिमीहरूलाई सधैँ रहिरहने फल फलाउनलाई नियुक्त गरेँ। मेरो नाममा तिमीहरूले जे मागौला, पिताले सो तिमीहरूलाई दिनुहुनेछ। \v 17 मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर। \s1 संसारले चेलाहरूलाई घृणा गर्दछ \p \v 18 “यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। \v 19 तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। \v 20 मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’\f + \fr 15:20 \fr*\ft \+xt यूह 13:16\+xt*\ft*\f* यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्‍नेथिए। \v 21 मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। \v 22 म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन। \v 23 मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ। \v 24 पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। \v 25 तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’\f + \fr 15:25 \fr*\ft \+xt भजन 35:19; 69:4\+xt*\ft*\f* \s1 पवित्र आत्माको काम \p \v 26 “जब मैले पिताको तर्फबाट तिमीहरूकहाँ सल्‍लाहकार पठाउनेछु, अर्थात् पिताबाट आउनुहुने सत्यको आत्मा तिमीहरूकहाँ आउनुहुनेछ, तब उहाँले मेरो विषयमा साक्षी दिनुहुनेछ। \v 27 अनि तिमीहरूले पनि साक्षी दिनैपर्छ; किनकि तिमीहरू सुरुदेखि नै मसँग रहेका छौ।” \c 16 \p \v 1 “तिमीहरूले ठक्‍कर खाएर तर्केर नजाओ भनेर मैले यी सबै कुराहरू तिमीहरूलाई भनेको हुँ। \v 2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकालिदिनेछन्; वास्तवमा यस्तो समय आइरहेको छ, जब तिमीहरूलाई हत्या गर्ने जोसुकैले परमेश्‍वरलाई सेवा गरिरहेको छु भनी ठान्‍नेछ। \v 3 तिनीहरूले यी कामहरू यसैकारण गर्नेछन्, कि तिनीहरूले पितालाई र मलाई चिनेका छैनन्। \v 4 मैले यी कुराहरू तिमीहरूलाई यसैकारण बताएको छु, जब त्यो समय आउँछ, तब मैले तिमीहरूलाई चेतावनी दिएको थिएँ भनी तिमीहरूले स्मरण गर्नेछौ। यी कुराहरू मैले तिमीहरूलाई पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै थिएँ। \v 5 अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। \v 6 मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ। \v 7 तर म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरूको भलाइका निम्ति नै म जाँदैछु। म नगएसम्म सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। \v 8 अनि जब उहाँ आउनुहुन्छ, तब उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ। \v 9 पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्‍वास गर्दैनन्। \v 10 धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ। \v 11 अनि न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ। \p \v 12 “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्, तिमीहरूले अहिले सहन सक्नेभन्दा पनि बढी छन्; \v 13 तर जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुन्छ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्नै तर्फबाट बोल्नुहुनेछैन, तर उहाँले आफूले जे सुन्‍नुहुन्छ त्यही बोल्नुहुनेछ; र उहाँले तिमीहरूलाई हुन आउने कुराहरू घोषणा गरिदिनुहुनेछ। \v 14 जे मेरा हुन्, त्यसबाट लिएर त्यो तिमीहरूलाई प्रकट गरिदिनुभएर उहाँले मेरो महिमा गर्नुहुनेछ। \v 15 जे जति पिताका हुन्, ती मेरा हुन्। त्यसैकारण जे मेरा हुन्, त्यसबाट लिएर आत्माले त्यो तिमीहरूलाई प्रकट गरिदिनुहुनेछ भनी मैले भनेको हुँ। \s1 चेलाहरूको शोक आनन्दमा परिणत भएको \p \v 16 “केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ; अनि फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ।” \p \v 17 उहाँका केही चेलाहरूले एक-आपसमा भने, “उहाँले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ र ‘किनकि म पिताकहाँ जाँदैछु’ भनी भन्‍नुभएको अर्थ के हो?” \v 18 तिनीहरूले “उहाँले ‘केही बेर’ भन्‍नुभएको अर्थ के हो? उहाँले के भन्दै हुनुहुन्छ, सो हामी बुझ्न सक्दैनौँ,” भनी सोधपुछ गरिरहे। \p \v 19 तिनीहरूले यस विषयमा उहाँलाई सोध्ने इच्छा गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले मैले ‘केही बेरपछि तिमीहरूले फेरि मलाई देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरूले मलाई देख्नेछौ’ भनी भन्‍नुको अर्थ के होला भन्दै आपसमा सोधपुछ गरिरहेका छौ? \v 20 म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसारचाहिँ रमाउनेछ। तिमीहरूले शोक गर्नेछौ, तर तिमीहरूको शोक आनन्दमा परिणत हुनेछ। \v 21 बालक जन्माउने बेलामा स्त्रीलाई पीडा हुन्छ; किनकि तिनको समय आएको हुन्छ, तर बालक जन्मिएपछि संसारमा एउटा बालकको जन्म भएको छ भन्‍ने कुराको हर्षको कारण तिनले त्यस वेदनालाई बिर्सन्छिन्। \v 22 तिमीहरूलाई पनि त्यस्तै नै हुन्छ: अहिले तिमीहरूको शोकको समय हो, तर मैले फेरि तिमीहरूलाई देख्नेछु, र तिमीहरू रमाउनेछौ। अनि कसैले पनि तिमीहरूको आनन्द खोस्‍नेछैन। \v 23 अनि त्यस दिन तिमीहरूले मलाई फेरि केही पनि माग्नेछैनौ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले मेरो नाममा जे माग्छौ, त्यो मेरा पिताले तिमीहरूलाई दिनुहुनेछ। \v 24 अहिलेसम्म तिमीहरूले मेरो नाममा केही पनि मागेका छैनौ; माग अनि तिमीहरूले पाउनेछौ र तिमीहरूको आनन्द पूर्ण हुनेछ। \p \v 25 “म दृष्‍टान्तहरूमा बोलिरहेको छु, तर समय आउँदैछ, जब मैले फेरि यस प्रकारको दृष्‍टान्तको प्रयोग गर्नेछैनँ, तर मेरा पिताको विषयमा मैले तिमीहरूलाई स्पष्‍ट गरी भन्‍नेछु। \v 26 त्यो दिन तिमीहरूले मेरो नाममा माग्नेछौ। मैले पितासँग तिमीहरूका निम्ति बिन्ती गर्नेछु भनी भनेको होइनँ। \v 27 पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ; किनकि तिमीहरूले मलाई प्रेम गरेका छौ र म परमेश्‍वरबाट आएको हुँ भनी विश्‍वास गरेका छौ। \v 28 म पिताबाट आएँ, र संसारमा प्रवेश गरेँ; अब म संसारलाई छोडेर पिताकहाँ नै फर्कंदैछु।” \p \v 29 त्यसपछि येशूका चेलाहरूले भने, “अब तपाईं स्पष्‍टसँग र दृष्‍टान्तविना नै बोल्दैहुनुहुन्छ। \v 30 अब हामीले बुझ्न सक्यौँ, तपाईं सबै कुरा जान्‍नुहुन्छ। अनि तपाईंलाई कसैले केही सोध्नुपर्ने आवश्यकता पनि छैन। यसै कुराले तपाईं परमेश्‍वरबाट आउनुभएको हो भनी हामीलाई विश्‍वास दिलाउँछ।” \p \v 31 येशूले जवाफ दिनुभयो, “बल्‍ल तिमीहरूले विश्‍वास गर्दछौ? \v 32 तर समय आइरहेको छ; वास्तवमा त्यो समय आइसकेको छ, जब तिमीहरू छरपस्ट हुनेछौ, र हरेक आ-आफ्नै ठाउँमा जानेछौ। तिमीहरूले मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ; किनकि मेरा पिता मसँग हुनुहुन्छ। \p \v 33 “ममा तिमीहरूलाई शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको छु। यस संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ; तर ढाडस गर! मैले संसारलाई जितेको छु।” \c 17 \s1 आफ्नो निम्ति येशूको प्रार्थना \p \v 1 यी कुराहरू येशूले भनिसक्नुभएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो: \pm “हे पिता, समय आइपुगेको छ। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्। \v 2 किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ। \v 3 अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्। \v 4 तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु। \v 5 हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्‍टिअगि तपाईंमा मेरो निम्ति थियो। \s1 येशूले आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुभएको \pm \v 6 “संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। \v 7 मसित जे जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्। \v 8 किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सबै ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्‍कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्‍वास पनि गरेका छन्। \v 9 म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंकै हुन्। \v 10 मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ। \v 11 म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्। \v 12 म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्‍ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो। \pm \v 13 “अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु। \v 14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्। \v 15 संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्‍टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु। \v 16 म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्। \v 17 सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ। \v 18 तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। \v 19 तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु। \s1 सबै विश्‍वासीहरूका निम्ति येशूको प्रार्थना \pm \v 20 “तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्‍वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। \v 21 हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस्। \v 22 तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: \v 23 म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्‍ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्। \pm \v 24 “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीँ रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्‍टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो। \pm \v 25 “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्। \v 26 मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।” \c 18 \s1 येशू पक्राउ पर्नुभएको \p \v 1 प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा बगैँचा थियो, र उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो। \p \v 2 उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो। \v 3 मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए। \p \v 4 तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” \p \v 5 “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। \p “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।) \v 6 उहाँले “म उही नै हुँ,” भन्‍नसाथ तिनीहरू सबै पछि हटे, र भुइँमा लोटे। \p \v 7 फेरि एक पल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” \p “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए। \p \v 8 येशूले भन्‍नुभयो, “मैले भनिहालेँ, म उही नै हुँ। यसकारण मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।” \v 9 उहाँले भन्‍नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।”\f + \fr 18:9 \fr*\ft \+xt यूह 6:39; 17:12\+xt*\ft*\f* \p \v 10 तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।) \p \v 11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तिम्रो तरवार म्यानभित्र हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ र?” \p \v 12 त्यसपछि सिपाहीहरू, सेनापतिहरू र यहूदी हाकिमहरूले येशूलाई पक्रे, र उहाँलाई पाता कसे। \v 13 अनि तिनीहरूले उहाँलाई पहिले त्यस वर्षको प्रधान पुजारी, कैयाफाका ससुरा हन्‍नासकहाँ लगे। \v 14 सबैका निम्ति एक जना मर्नु नै असल हुन्छ भनी यहूदीहरूलाई सल्‍लाह दिने व्यक्ति कैयाफा नै थिए। \s1 पत्रुसको पहिलो इन्कार \p \v 15 सिमोन पत्रुस र अर्को चेला येशूको पछि-पछि लागे। प्रधान पुजारीसँग चिनजान भएको हुनाले यी अर्का चेला येशूसँगै प्रधान पुजारीको आँगनभित्र पसे। \v 16 तर पत्रुसचाहिँ ढोकाबाहिर नै उभिएका थिए। प्रधान पुजारीसँग चिनजान भएका ती अर्का चेला फर्केर आए। अनि ढोकामा पाले बसेकी केटीलाई भनसुन गरे, र पत्रुसलाई भित्र ल्याए। \p \v 17 ढोकामा पाले बस्‍ने त्यस केटीले पत्रुसलाई सोधी, “तिमी पनि येशूका चेलाहरूमध्ये एक होइनौ र?” \p “अहँ, म त होइनँ।” तिनले भने। \p \v 18 जाडोले गर्दा ती घरका सेवकहरू र हाकिमहरू न्यानो पार्न आफूले बालेका आगो वरिपरि बसिरहेका थिए। पत्रुस पनि तिनीहरूसँग मिसिएर आगो ताप्न लागे। \s1 प्रधान पुजारीले येशूलाई प्रश्न गरेका \p \v 19 यसै बीचमा प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँले दिनुभएको शिक्षाको विषयमा सोध्न थाले। \p \v 20 येशूले जवाफ दिनुभयो, “संसारसँग म खुल्‍लमखुल्‍ला बोलेको छु। मैले सधैँ सभाघरहरू र मन्दिरमा शिक्षा दिन्थेँ, जहाँ सबै यहूदीहरू भेला हुन्छन्। गुप्‍तमा मैले केही भनेको छैनँ। \v 21 तपाईंहरू मलाई यो प्रश्न किन सोध्नुहुन्छ? तिनीहरूलाई सोध्नुहोस्, जसले मेरा शिक्षा सुनेका छन्। निश्‍चय नै मैले भनेका कुरा तिनीहरूलाई थाहा छ।” \p \v 22 येशूको कुरा सुनेर त्यहाँ उभिरहेको एक जना हाकिमले उहाँलाई थप्पड लायो। “के प्रधान पुजारीलाई उत्तर दिने तरिका यही हो?” भनेर त्यसले सोध्यो। \p \v 23 “मैले गलत बोलेको भए त्यसको प्रमाण देऊ,” येशूले जवाफ दिँदै भन्‍नुभयो, “मैले सत्य बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ?” \v 24 तब हन्‍नासले येशूलाई बाँधिएकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाइदिए। \s1 पत्रुसको दोस्रो र तेस्रो इन्कार \p \v 25 सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब तिनलाई कसैले फेरि सोध्यो, “के तिमी पनि उसैको चेलाहरूमध्येका एक होइनौ र?” \p तिनले इन्कार गर्दै भने, “म त होइनँ।” \p \v 26 प्रधान पुजारीका सेवकहरूमध्ये एक जनाले अर्थात् जसको कान पत्रुसले काटिदिएका थिए, त्यसैको आफन्तले सोध्यो, “के तिमीलाई मैले येशूसँग बगैँचामा देखेको होइन र?” \v 27 पत्रुसले फेरि पनि अस्वीकार गरे; तब त्यसै बेला भाले बास्यो। \s1 पिलातसको सामु येशू \p \v 28 त्यति बेला बिहान भइसकेको थियो। यहूदीहरूले येशूलाई कैयाफाकहाँबाट रोमी राज्यपालको महलमा लगे। तिनीहरू निस्तार चाडको भोज खान चाहन्थे, यसैले यहूदीहरू आफ्नो संस्कारअनुसार अशुद्ध नहोऔँ भनी महलभित्र पसेनन्। \v 29 यसो हुँदा राज्यपाल पिलातस तिनीहरूकहाँ बाहिर आएर सोधे, “यस मान्छेको विरुद्धमा तिमीहरूले के आरोप लगाएका छौ?” \p \v 30 “यो मानिस अपराधी नभएको भए हामी यसलाई पक्रेर तपाईंकहाँ ल्याउने नै थिएनौँ,” तिनीहरूले जवाफ दिए। \p \v 31 पिलातसले तिनीहरूलाई भने, “तब तिमीहरूले यिनलाई लगेर तिमीहरूको व्यवस्थाअनुसार यिनको न्याय गर।” \p यहूदी अगुवाहरूले भने, “तर कसैलाई मृत्युदण्ड दिने अधिकार हामीसँग छैन।” \v 32 उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने बारेमा येशू आफूले भन्‍नुभएको वचन पूरा हुन यी सबै कुरा भइरहेका थिए। \p \v 33 तब पिलातस दरबारभित्र पसे, र येशूलाई आफूकहाँ हाजिर गराउने आज्ञा दिए, र उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” \p \v 34 येशूले सोध्नुभयो, “मेरो बारेमा यो तपाईंको आफ्नै भनाइ हो, कि अरू कसैले मेरो बारेमा तपाईंलाई यो कुरा भने?” \p \v 35 पिलातसले जवाफ दिए, “म यहूदी हुँ र? तिम्रा आफ्नै जातिहरू र मुख्य पुजारीहरूले तिमीलाई मकहाँ सुम्पेका हुन्। तिमीले के गर्‍यौ?” \p \v 36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन। यदि मेरो राज्य यस संसारको हुँदो हो त, यहूदीहरूले मलाई पक्रँदा त्यो रोक्न मेरा सेवकहरूले मेरा निम्ति युद्ध गर्नेथिए; तर मेरो राज्य यस संसारको होइन।” \p \v 37 पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?” \p येशूले भन्‍नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्‍नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।” \p \v 38 पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ। \v 39 तर हरेक वर्ष निस्तार चाडको समय मैले तिमीहरूका निम्ति एक जना कैदीलाई छोडिदिने तिमीहरूको चलन छ। यसकारण तिमीहरू के चाहन्छौ ‘के म यहूदीहरूको राजालाई’ छोडिदिऊँ?” \p \v 40 तर तिनीहरूले चिच्याएर भने, “यस मान्छेलाई होइन! तर बारब्बालाई छोडिदिनुहोस्!” बारब्बाचाहिँ एक विद्रोही थियो। \c 19 \s1 येशूलाई मृत्युदण्डको सजाय सुनाइएको \p \v 1 त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्‍न लगाए। \v 2 अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्‍याइदिए। \v 3 घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय होस्!” भने। अनि तिनीहरूले येशूलाई मुखमा थप्पड लगाए। \p \v 4 फेरि एक पल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्‍ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।” \v 5 जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! यो मान्छेलाई!” \p \v 6 उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!” \p तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग; किनकि म त यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।” \p \v 7 यहूदीहरूले तिनलाई उत्तर दिए, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्‍वरको पुत्र भनेर दाबी गरेको छ।” \p \v 8 जब पिलातसले यो कुरा सुने, तब तिनी झन् धेरै डराए। \v 9 तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन। \v 10 पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?” \p \v 11 तब येशूले भन्‍नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।” \p \v 12 यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे। तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफूलाई राजा घोषणा गर्ने जो कोही पनि सिजरको विरोधी हुन्छ।” \p \v 13 यो कुरा सुनेर पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अगि ल्याए, र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे। \v 14 यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो। \p अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर, तिमीहरूको राजा!” \p \v 15 तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!” \p पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?” \p मुख्य पुजारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।” \p \v 16 आखिरमा पिलातसले येशूलाई क्रूसमा टँगाइनका लागि तिनीहरूका हातमा सुम्पिदिए। \s1 येशू क्रूसमा चढाइनुभएको \p त्यसपछि सिपाहीहरूले येशूको जिम्मा लिए। \v 17 येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो। \v 18 त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अरू दुई जनालाई पनि उहाँसँगै एक जनालाई दायाँपट्टि र अर्कोलाई बायाँपट्टि र येशूलाई माझमा टाँगे। \p \v 19 अनि यसो भनेर लेखिएको दोषपत्र पिलातसले उहाँको शिरमाथि क्रूसमा टाँसिदिए: \pc “नासरतका येशू, यहूदीहरूका राजा।” \m \v 20 धेरै यहूदीहरूले त्यो दोषपत्र पढे; किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ सहरको नजिक थियो। अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। \v 21 यहूदीहरूका मुख्य पुजारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्!” \p \v 22 तर पिलातसले जवाफ दिए, “मैले जे लेखेँ, सो लेखेँ।” \p \v 23 येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको बाहिरी वस्त्रहरूलाई लिएर हरेक सिपाहीका निम्ति एक-एक भाग हुने गरी चार भाग लगाए, उहाँको भित्री वस्त्र लिए जुन नसिलाएको माथिदेखि तलसम्म एउटै थियो। \p \v 24 तिनीहरूले आपसमा सल्‍लाह गरे, “यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।” \p धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो। \q1 “तिनीहरूले मेरो बाहिरी वस्त्रहरू एक-आपसमा बाँडे, \q2 र मेरो भित्री वस्त्रचाहिँ चिट्ठा हाले।”\f + \fr 19:24 \fr*\ft \+xt भजन 22:18\+xt*\ft*\f* \m यसकारण सिपाहीहरूले त्यसै गरे। \p \v 25 येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। \v 26 जब येशूले त्यहाँ आफ्नी आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी! हेर्नुहोस्, तपाईंको छोरा!” \v 27 अनि चेलालाई उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे। \s1 येशूले प्राण त्याग्नुभएको \p \v 28 अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो।” \v 29 त्यहाँ सिर्काले भरिएको एउटा घैँटो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर उहाँको ओठमा पुर्‍याइदिए। \v 30 सिर्का लिनुभएपछि येशूले यसो भन्‍नुभयो, “अब पूरा भयो।” त्यसपछि उहाँले शिर निहुराएर आफ्नो प्राण त्याग्नुभयो। \p \v 31 त्यो दिनचाहिँ तयारीको दिन थियो। अनि भोलिपल्ट विशेष शब्बाथ थियो। यहूदीहरूले शब्बाथमा लासहरू क्रूसमा रहेको चाहँदैनथिए। त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन बिन्ती गरे। \v 32 सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूका खुट्टा भाँचिदिए। \v 33 तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अगि नै मरिसक्नुभएको भेट्टाए। यसकारण तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। \v 34 तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो। \v 35 यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो। \v 36 “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन”\f + \fr 19:36 \fr*\ft \+xt प्रस 12:46; गन्ती 9:12; भजन 34:20\+xt*\ft*\f* भन्‍ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो। \v 37 अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”\f + \fr 19:37 \fr*\ft \+xt जक 12:10\+xt*\ft*\f* \s1 येशू गाडिनुभएको \p \v 38 त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजान पाऊँ भनी अनुमति मागे। योसेफ येशूका चेला थिए। तर यो कुरा गोप्य थियो; किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे। \v 39 येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए। \v 40 ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो। \v 41 येशू क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो। त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन। \v 42 यहूदीहरूको तयारीको दिन परेकोले अनि त्यो चिहान नजिकै भएकोले गर्दा तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे। \c 20 \s1 रित्तो चिहान \p \v 1 हप्‍ताको पहिलो दिन, अँध्यारैमा मरियम मग्दलिनी चिहानमा गइन्, र त्यस चिहानको मुखको ढुङ्गा एकातिर हटाइएको देखिन्। \v 2 तब तिनी दौडिँदै सिमोन पत्रुस र येशूले औधी माया गर्ने अर्को चेलाकहाँ आइन्, र भनिन्, “तिनीहरूले प्रभुको शरीर चिहानबाट लगेछन्; र उहाँलाई कहाँ राखेका छन्, सो हामीलाई थाहा छैन!” \p \v 3 तब पत्रुस र ती अर्का चेला चिहानतिर दौडे। \v 4 पत्रुसलाई उछिनेर ती अर्का चेला पहिले चिहानमा पुगे। \v 5 तिनले निहुरेर भित्र हेर्दा सुती कपडाका पट्टीहरू मात्र त्यहाँ रहिरहेका देखे, तर उनी भित्र पसेनन्। \v 6 त्यसै बेला सिमोन पत्रुस आइपुगे, र चिहानभित्र पसे। उनले सुतीको कपडाहरू त्यहीँ रहिरहेका देखे। \v 7 शिरमा बाँधिएको लास बाँध्ने कपडाचाहिँ सुती कपडाहरूसित होइन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको देखे। \v 8 आखिरमा चिहानमा पहिले आइपुग्ने अर्का ती चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्‍वास गरे। \v 9 (तिनीहरूले उहाँ मृतकहरूबाट जीवित भएर उठ्नुपर्छ भन्‍ने धर्मशास्त्रको वचन अहिलेसम्म पनि बुझेकै थिएनन्।) \v 10 त्यसपछि चेलाहरू आ-आफ्ना घर फर्के। \s1 येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुभएको \p \v 11 तर मरियम रुँदै चिहानबाहिर उभिरहिन्। तिनले रुँदै चिहानतिर निहुरिएर हेरिन्, \v 12 अनि त्यहाँ सेतो लुगा पहिरेका दुई स्वर्गदूतहरूलाई येशूको मृत शरीर राखिएको ठाउँमा शिर र खुट्टापट्टि एक-एक जनालाई बसिरहेका देखिन्। \p \v 13 ती स्वर्गदूतहरूले सोधे, “हे नारी, तिमी किन रुँदैछ्यौ?” \p तिनले उत्तर दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेका छन्, र तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, मलाई थाहा छैन।” \v 14 तब यसो भनेर तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनेर चाहिँ चिनिनन्। \p \v 15 “हे नारी! तिमी किन रुँदैछ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?” \p तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।” \p \v 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” \p तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू)। \p \v 17 येशूले भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जाँदैछु’ भन्‍ने समाचार भनिदेऊ।” \p \v 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् र भनिन्, “मैले प्रभुलाई देखेँ।” अनि प्रभुले यी कुराहरू तिनलाई भन्‍नुभएको हो भनी तिनले भनिन्। \s1 येशू चेलाहरूकहाँ देखा पर्नुभएको \p \v 19 त्यही दिन, हप्‍ताको पहिलो दिनको साँझमा, चेलाहरू; यहूदी अगुवाहरूको डरले ढोकाहरू बन्द गरी भेला भएकै बेलामा येशू आउनुभयो र तिनीहरूका बीचमा उभिएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” \v 20 यति भनिसक्नुभएपछि येशूले आफ्ना हातहरू र कोखा तिनीहरूलाई देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू अत्यन्तै आनन्दित भए। \p \v 21 येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।” \v 22 त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्‍नुभयो, “पवित्र आत्मा लेओ। \v 23 यदि तिमीहरूले कसैको पाप क्षमा गर्‍यौ भने ती क्षमा हुन्छन्, र तिमीहरूले क्षमा गरेनौ भने ती क्षमा हुनेछैनन्।” \s1 येशू थोमाकहाँ देखा पर्नुभएको \p \v 24 बाह्र चेलाहरूमध्ये एक जना “दिदुमस” भन्‍ने थोमा येशू आउनुहुँदा तिनीहरूसित थिएनन्। \v 25 “हामीले प्रभुलाई देख्यौँ” भनेर अरू चेलाहरूले थोमालाई भने। \p तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका डोब नदेखेसम्म, र काँटीहरूका डोबमा मेरा औँलाहरू नहालेसम्म, र उहाँको कोखामा मेरो हात नराखेसम्म, म यो कुरा विश्‍वास गर्नेछैनँ।” \p \v 26 एक हप्‍तापछि उहाँका चेलाहरू फेरि घरमा भेला हुँदा थोमा पनि तिनीहरूसँग थिए। ढोका बन्द भए तापनि येशू तिनीहरूका बीचमा आउनुभयो, र तिनीहरूका सामु उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!” \v 27 त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औँलाहरू यहाँ राख, र मेरा हातहरू हेर; अनि तिम्रा हात मेरा कोखामा राख। अब उसो अविश्‍वासी नहोऊ, तर विश्‍वासी होऊ।” \p \v 28 थोमाले उहाँलाई भने, “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!” \p \v 29 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।” \s1 यूहन्‍नाले लेखेका सुसमाचारको उद्देश्य \p \v 30 येशूले आफ्ना चेलाहरूका अगि अरू पनि धेरै अलौकिक चिन्हहरू गर्नुभयो, जुन यस पुस्तकमा लेखिएका छैनन्। \v 31 तर यो लेखिएको छ, कि तिमीहरूले येशू नै परमेश्‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनेर विश्‍वास गर। अनि विश्‍वास गरेको कारण तिमीहरूले उहाँको नाममा जीवन प्राप्‍त गर्न सक। \c 21 \s1 येशू र सात जना चेलाहरू \p \v 1 यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो: \v 2 सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए। \v 3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्। \p \v 4 बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्‍न सकेनन्। \p \v 5 उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?” \p “छैन,” तिनीहरूले उत्तर दिए। \p \v 6 उहाँले फेरि भन्‍नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्। \p \v 7 तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। \v 8 अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो। \v 9 किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे। \p \v 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।” \v 11 सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन। \v 12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। \v 13 येशू आएर रोटी लिनुभयो; र तिनीहरूलाई दिनुभयो, र माछा पनि दिनुभयो। \v 14 येशू मृत्युबाट जीवित हुनुभएपछि चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रो पल्ट थियो। \s1 येशूले पत्रुसलाई पुनर्स्थापित गर्नुभएको \p \v 15 तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?” \p पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईं जान्‍नुहुन्छ।” \p येशूले भन्‍नुभयो, “मेरा साना भेडाहरूलाई खुवाऊ।” \p \v 16 येशूले प्रश्न दोहोर्‍याउनुभयो, “ए यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” \p पत्रुसले भने, “हजुर प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्‍ने कुरा तपाईं जान्‍नुहुन्छ।” \p “मेरा भेडाहरूको राम्ररी हेरचाह गर,” येशूले भन्‍नुभयो। \p \v 17 उहाँले तेस्रो पल्ट तिनलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई साँच्‍चै प्रेम गर्छौ?” \p येशूले तेस्रो पल्ट “के तिमी मलाई प्रेम गर्दछौ?” भनी सोध्नुभएकोमा पत्रुस दुःखित भए। उनले भने, “प्रभु! तपाईं सबै कुरा जान्‍नुहुन्छ। तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।” \p येशूले भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ। \v 18 म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफैँ लुगा लगाउँथ्यौ, र आफ्नो इच्छाअनुसार जहाँकहीँ पुग्न सक्थ्यौ। तर जब तिमी बूढा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, र अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।” \v 19 पत्रुसको मृत्युद्वारा कसरी परमेश्‍वरको महिमा हुनेछ भनी त्यसको जानकारी दिन येशूले उनलाई यसो भन्‍नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ!” \p \v 20 पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्‍वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।) \v 21 तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, “प्रभु! यिनको चाहिँ के हुने हो?” \p \v 22 येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!” \v 23 यसकारण विश्‍वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्‍ने हल्‍ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्‍नुभएको थिएन। उहाँले यति मात्र भन्‍नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्‍ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?” \p \v 24 यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ। \p \v 25 येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।