\id JDG - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h न्यायकर्ता \toc1 न्यायकर्ताहरूको पुस्तक \toc2 न्यायकर्ता \toc3 न्याय \mt1 न्यायकर्ताहरूको पुस्तक \c 1 \s1 बाँकी रहेका कनानीहरूको विरुद्ध इस्राएलको युद्ध \p \v 1 यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?” \p \v 2 अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।” \p \v 3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “कनानीहरूको विरुद्ध लडाइँ गर्नलाई हाम्रो भागमा परेको प्रान्तमा आउनुहोस्। यसको सट्टा हामी पनि तपाईंहरूसित तपाईंको भागमा परेको प्रान्तमा जानेछौँ।” यसकारण शिमियोनीहरू तिनीहरूसित गए। \p \v 4 यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे। \v 5 तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो। \v 6 अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए। \p \v 7 तब अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरूले मेरो टेबुलमुनि जुठोका टुक्राटाक्री टिप्थे। अब परमेश्‍वरले मलाई तिनीहरूलाई मैले गरेझैँ बदला लिनुभएको छ।” तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, र तिनी त्यहीँ मरे। \p \v 8 यहूदाका मानिसहरूले यरूशलेममाथि पनि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनीहरूले त्यहाँका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए। \p \v 9 त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्‍चिमी फेदीमा बस्‍ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए। \v 10 तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्‍ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे। \v 11 त्यहाँबाट तिनीहरू दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा अगि बढे। \p \v 12 अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।” \v 13 कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए। \p \v 14 एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले\f + \fr 1:14 \fr*\ft अथवा \ft*\fqa ओत्नियलले\fqa*\f* आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?” \p \v 15 तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए। \p \v 16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट\f + \fr 1:16 \fr*\ft योचाहिँ यरीहो थियो।\ft*\f* आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे। \p \v 17 तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्‍ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्‍ट पारे। यसकारण त्यसलाई होर्मा\f + \fr 1:17 \fr*\fq होर्मा \fq*\ft अर्थ \ft*\fqa विनाश\fqa*\f* भनियो। \v 18 यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए। \p \v 19 याहवेह यहूदाका मानिसहरूसित हुनुहुन्थ्यो। तिनीहरूले पहाडी मुलुकमाथि अधिकार गरे, तर तिनीहरू मैदानबाट मानिसहरूलाई धपाउन असमर्थ भए। किनकि तिनीहरूसित फलामका रथहरू थिए। \v 20 मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए। \v 21 तर बेन्यामीनीहरूले चाहिँ यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाएनन्। अनि आजको दिनसम्मै यबूसीहरू त्यहाँ बेन्यामीनीहरूसित बस्छन्। \p \v 22 अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो। \v 23 जब तिनीहरूले बेथेलमा (पहिले लूज भनिन्थ्यो) भेद लिने मानिसहरू पठाए, \v 24 तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्‍ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।” \v 25 यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्‍ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए। \v 26 त्यसपछि त्यो हित्तीहरूको देशमा गयो, र त्यहाँ एउटा सहर बनायो; अनि त्यसको नाम लूज राख्यो। त्यस सहरको नाम आजको दिनसम्म त्यही नै छ। \p \v 27 तर मनश्शेले बेथ-शान,\f + \fr 1:27 \fr*\fqa बेथ-श्यान \fqa*\ft पनि भनिन्छ\ft*\f* तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्‍ने निश्‍चय गरेका थिए। \v 28 इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले उनीहरूलाई सम्पूर्ण रूपले चाहिँ निकालेनन्। \v 29 न त एफ्राइमले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाए, तर कनानीहरू त्यहाँ तिनीहरूसित बसिरहे। \v 30 न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्‍ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। \v 31 न त आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक वा रहोबमा बस्‍नेहरूलाई धपाए। \v 32 यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। \v 33 न त नप्‍तालीले बेथ-शेमेश अथवा बेथ-अनातमा बस्‍नेहरूलाई नै धपाए; तर नप्‍तालीहरू पनि त्यस देशका कनानी बासिन्दाहरूसित बसे। अनि बेथ-शेमेस र बेथ-अनातमा बस्‍नेहरू तिनीहरूका निम्ति ज्यालाविना काम गर्ने मजदुरहरू भए। \v 34 एमोरीहरूले दानवंशीहरूलाई पहाडी मुलुकभित्रै सीमित राखे, र तिनीहरूलाई मैदानमा आउनै दिएनन्। \v 35 अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्‍ने निश्‍चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए। \v 36 एमोरीहरूको सिमाना अक्रब्बीम घाटीदेखि सेला र अझ माथिसम्म थियो। \c 2 \s1 बोकीममा याहवेहका दूत \p \v 1 याहवेहका दूत गिलगालबाट माथि बोकीममा गएर भने, “मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा ल्याइपुर्‍याएँ। मैले भनेँ, ‘तिमीहरूसित म आफ्नो करार कहिल्यै भङ्ग गर्नेछैनँ। \v 2 अनि तिमीहरूले यस देशका मानिसहरूसित करार नबाँध्नू, तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू।’ तापनि तिमीहरूले मेरो आज्ञा भङ्ग गर्‍यौ। तिमीहरूले किन यसो गर्‍यौ? \v 3 यसकारण, ‘अब म तिमीहरूलाई भन्दछु, म तिनीहरूलाई धपाउनेछैनँ; ती तिमीहरूका निम्ति जाल र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्।’ ” \p \v 4 याहवेहका दूतले सारा इस्राएलीहरूलाई यो भनिसकेपछि मानिसहरू ठूलो सोरले रोए। \v 5 अनि तिनीहरूले त्यस ठाउँलाई बोकीम\f + \fr 2:5 \fr*\fq बोकीम \fq*\ft जसको अर्थ \ft*\fqa रुनेहरू\fqa*\f* भने। त्यहाँ तिनीहरूले याहवेहका निम्ति बलिदान चढाए। \s1 अनाज्ञाकारिता र हार \p \v 6 यहोशूले इस्राएलीहरूलाई बिदा गरेपछि हरेक आफ्नो उत्तराधिकार प्राप्‍त गर्नको निम्ति तिनीहरू देशलाई अधिकार गर्न गए। \v 7 यहोशू र तिनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै सबै मानिसहरूले याहवेहको सेवा गर्दैरहे। तिनीहरूले याहवेहले इस्राएलका निम्ति गर्नुभएको महान् कामहरू देखेका थिए। \p \v 8 याहवेहका सेवक नूनका छोरा यहोशू एक सय दश वर्षको उमेरमा मरे। \v 9 तिनीहरूले यहोशूलाई तिनको उत्तराधिकारको देश गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-हेरेसमा गाडे। \p \v 10 त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो। \v 11 तब इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे, र बालको सेवा गरे। \v 12 तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए; \v 13 किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे। \v 14 इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्। \v 15 जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे। \p \v 16 तब याहवेहले न्यायकर्ताहरू\f + \fr 2:16 \fr*\ft अथवा \ft*\fqa अगुवाहरू\fqa*\ft ; \+xt 17‑19|link-href="JDG 2:17‑19"\+xt* पदमा पनि\ft*\f* खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए। \v 17 तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए। \v 18 जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो। \v 19 तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्‍ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्‍ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे। \p \v 20 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले, \v 21 यहोशूको मृत्युपछि उसले छोडिराखेका कुनै पनि जातिलाई म तिनीहरूको सामु अब धपाउनेछैनँ। \v 22 इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।” \v 23 याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन। \c 3 \p \v 1 कनानमा कुनै पनि युद्धको अनुभव नगरेका ती सबै इस्राएलीहरूलाई जाँच्न भनी याहवेहले छोडिदिनुभएका जातिहरू यिनै हुन्: \v 2 (पहिले युद्धको अनुभव नगरेका इस्राएलीहरूका सन्तानहरूलाई युद्ध गर्न सिकाउनको निम्ति मात्र उहाँले यसो गर्नुभएको थियो)। \v 3 ती जातिहरू यिनै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सीदोनीहरू र बाल-हर्मोन डाँडादेखि लेबो-हमातसम्मका लेबनान पर्वतहरूमा बस्‍ने हिव्वीहरू। \v 4 यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए। \p \v 5 यसरी कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका बीचमा इस्राएलीहरू बस्थे। \v 6 तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरे, र आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए। अनि तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्न थाले। \s1 ओत्निएल \p \v 7 इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे। \v 8 तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका\f + \fr 3:8 \fr*\ft योचाहिँ उत्तर-पश्‍चिम मेसोपोटामिया थियो।\ft*\f* राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे। \v 9 तर जब तिनीहरूले याहवेहलाई सहायताको लागि पुकारे, तब उहाँले तिनीहरूका निम्ति एक जना छुटाउने व्यक्ति, ओत्निएललाई खडा गर्नुभयो, जो कालेबका भाइ कनजका छोरा थिए। यिनले तिनीहरूलाई बचाए। \v 10 याहवेहको आत्मा तिनीमाथि आउनुभयो, र तिनी इस्राएलका न्यायकर्ता भई युद्धमा गए। याहवेहले अरामका राजा कूशन-रिशातैमलाई ओत्निएलको हातमा सुम्पिदिनुभयो, जसले तिनलाई परास्त गरे। \v 11 यसरी कनजका छोरा ओत्निएल बाँचुन्जेल देशमा चालीस वर्षसम्म शान्ति रहिरह्‍यो। \s1 एहूद \p \v 12 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्‍टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो। \v 13 अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि\f + \fr 3:13 \fr*\ft योचाहिँ यरीयो थियो।\ft*\f* अधिकार गरे। \v 14 इस्राएलीहरू मोआबका राजा एग्लोनको अधीनमा अठार वर्षसम्म रहे। \p \v 15 इस्राएलीहरूले फेरि याहवेहलाई सहायताका लागि पुकारे, तब उहाँले तिनीहरूलाई एक जना छुटाउने व्यक्ति, बेन्यामीनी गेराका छोरा एहूद दिनुभयो, जो देब्रे-हाते थिए। इस्राएलीहरूले तिनलाई मोआबको राजा एग्लोनकहाँ सलामी टक्र्याउन पठाए। \v 16 एहूदले डेढ क्यूबिट\f + \fr 3:16 \fr*\ft लगभग 18 इन्च\ft*\f* जति लामो दुईधारे तरवार बनाए, र आफ्नो दाहिने तिघ्रामा आफ्नो लुगाभित्र बाँधिराखे। \v 17 त्यसपछि तिनी मोआबका राजा एग्लोनकहाँ सलामी लिएर गए। एग्लोन साह्रै मोटा मानिस थिए। \v 18 एहूदले त्यो सलामी टक्र्याइसकेपछि तिनले सलामी बोकेर ल्याउनेहरूलाई पठाइदिए। \v 19 तर तिनीचाहिँ गिलगालको छेउमा मूर्तिहरू भएका ठाउँमा पुगे। अनि त्यहाँबाट फर्केर एग्लोनकहाँ आएर भने, “महाराज, तपाईंका निम्ति मसित एउटा गुप्‍त समाचार छ।” \p राजाले भने, “शान्त होऊ!” अनि तिनका सबै चाकरहरू त्यहाँबाट गए। \p \v 20 तिनी आफ्नो महलको\f + \fr 3:20 \fr*\ft मूल भाषामा यस शब्दको अर्थ अनिश्‍चित छ; \+xt 24|link-href="JDG 3:24"\+xt* पदमा पनि।\ft*\f* छतमा बनाइएको शीतल कोठामा बसिरहेका बेला एहूद तिनीकहाँ गएर भने, “मसित तपाईंका निम्ति परमेश्‍वरबाट आएको एउटा समाचार छ।” राजा जब आफ्नो आसनबाट उठे, \v 21 तब एहूदले आफ्नो हात बढाएर आफ्नो दाहिने तिघ्रामा भएको तरवार थुतेर राजाको पेटमा रोपिदिए। \v 22 तरवारको बिँडसमेत पेटभित्र पस्यो, र तिनको ढाडबाट निस्क्यो। एहूदले तरवार बाहिर निकालेनन्, तर त्यसलाई बोसोले छोपिदियो; तब पेटको फोहोर निस्क्यो। \v 23 अनि एहूद बाहिर दलानबाट निस्के; अनि त्यस कौसीको कोठाका ढोकाहरू थुने, र त्यसमा ताला लगाइदिए। \p \v 24 तिनी गइसकेपछि ती नोकरहरू आए; तब तिनीहरूले कौसीको ढोकामा ताला लगाइएको भेट्टाए। तिनीहरूले भने, “सायद राजा महलको भित्री कोठामा दिसा बस्‍न गएका होलान्।” \v 25 धेरै बेरसम्म पर्खँदा-पर्खँदा तिनीहरू लज्जित भए, तर पनि तिनले कोठाका ढोकाहरू खोलेनन्। तब तिनीहरूले साँचो लिएर ढोकाहरू खोले। त्यहाँ तिनीहरूले आफ्ना मालिक मरेर भुइँमा लडिरहेका देखे। \p \v 26 तिनीहरूले पर्खिरहेको बेला एहूदचाहिँ भागिहाले। तिनले मूर्तिहरूलाई पार गरे, र सीरा भन्‍ने ठाउँमा उम्केर पुगे। \v 27 त्यहाँ आइपुगेर एफ्राइमको पहाडी मुलुकमा तिनले तुरही फुके; र इस्राएलीहरू त्यस पहाडबाट तिनीसित तिनको पछि-पछि ओर्लिए। \p \v 28 तिनले हुकुम गरे, “मलाई पछ्याओ, याहवेहले तिमीहरूका शत्रु मोआबलाई तिमीहरूका हातमा दिनुभएको छ।” यसकारण तिनीहरूले तिनलाई ओरालोमा पछ्याए, र मोआबतिर जाने यर्दनका ठाउँहरू लिए; अनि कसैलाई पनि पारि जान दिएनन्। \v 29 त्यस बेला तिनीहरूले प्राय: दश हजार मोआबीहरूलाई मारे, जो सबै हट्टाकट्टा र बलिया थिए। एउटै मानिस पनि उम्कन पाएन। \v 30 त्यस दिन मोआब इस्राएलको अधीनमा आयो, र देशमा असी वर्षसम्म शान्ति रह्‍यो। \s1 शमगर \p \v 31 एहूदपछि अनातको छोरा शमगर आए, र तिनले गोरु धपाउने लहुरोले छ सय पलिश्तीहरूलाई मारे। तिनले पनि इस्राएललाई छुटकारा दिए। \c 4 \s1 दबोरा \p \v 1 एहूद मरेपछि इस्राएलीहरूले फेरि याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 2 यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्‍ने सीसरा थियो। \v 3 तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे। \p \v 4 त्यस बेला इस्राएलको नेतृत्व\f + \fr 4:4 \fr*\ft परम्परागत रूपमा \ft*\fqa न्याय\fqa*\f* लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्। \v 5 दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्‍ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे। \v 6 तब तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन् र भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर तिमीलाई यसो भनी आज्ञा दिनुहुन्छ: ‘तँसित नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई तबोर डाँडामा लैजा। \v 7 म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ” \p \v 8 बाराकले तिनलाई भने, “यदि तपाईं मसित जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।” \p \v 9 दबोराले भनिन्, “निश्‍चय नै म तिमीसँग जानेछु। तर तिम्रो यस्तो व्यवहारले गर्दा तिम्रो सम्मानचाहिँ हुनेछैन। किनकि याहवेहले सीसरालाई एउटी स्त्रीको हातमा दिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशमा गइन्। \v 10 तब बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए। अनि दश हजार मानिसहरू तिनका पछि लागे, र दबोरा पनि तिनीसँगै माथि गइन्। \p \v 11 अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला\f + \fr 4:11 \fr*\ft अथवा \ft*\fqa ससुरा\fqa*\f* होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्‍नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए। \p \v 12 जब तिनले सीसरालाई अबीनोअमका छोरा बाराक तबोर डाँडामा उक्लेर गएको कुरा भनिदिए, \v 13 तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए। \p \v 14 तब दबोराले बाराकलाई भनिन्, “जाऊ! आजको दिन याहवेहले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको छ। के याहवेह तिम्रो अगि जानुभएको छैन र?” यसकारण बाराक तबोरबाट ओर्लिए; र दश हजार मानिसहरू तिनका पछि-पछि लागे। \v 15 बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे। \p \v 16 तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन। \v 17 तरै पनि सीसराचाहिँ पैदलै भागेर केनी हेबेरकी पत्नी याएलको पालमा गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरका परिवारको बीचमा शान्ति थियो। \p \v 18 याएलले सीसरालाई भेट्न गएर तिनलाई भनिन्, “मेरा मालिक, भित्रै आउनुहोस्, नडराउनुहोस्!” यसकारण तिनी उनको पालभित्र पसे। अनि उनले तिनीमाथि एउटा ओढ्ने ओढाइदिइन्। \p \v 19 तिनले भने, “मलाई अलिकति पानी पिउन देऊ। म तिर्खाएको छु।” तिनले उनलाई दूधको भाँडो खोलेर दूध पिउन दिइन्, र ओढ्ने ओढाइदिइन्। \p \v 20 सीसराले तिनलाई भने, “पालको ढोकामा उभिरहनू। यदि कोही आएर तिमीलाई यहाँ कोही छ? भनी सोध्यो भने, तिमीले ‘छैन’ भनिदेऊ।” \p \v 21 तर हेबेरकी पत्नी याएलले पालको कीला र एउटा मुङ्ग्रो लिइन्। अनि सीसरा थाकेर भुसुक्‍क निदाएको बेला तिनीकहाँ बिस्तारै गइन्। तिनले सीसराको कन्चट छिचोलेर भुइँसम्मै पुग्ने गरी त्यो किला ठोकिदिइन् र तिनी मरे। \p \v 22 बाराकले सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए। \p \v 23 त्यो दिन परमेश्‍वरले इस्राएलीहरूका सामु कनानी राजा याबीनलाई हराउनुभयो। \v 24 इस्राएलीहरूले याबीनलाई नष्‍ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए। \c 5 \s1 दबोराको गीत \p \v 1 त्यस दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए: \q1 \v 2 “जब इस्राएलका राजकुमारहरू अगि सरे, \q2 जब मानिसहरूले स्वेच्छापूर्वक आफूलाई दिए— \q2 याहवेहको प्रशंसा गर! \b \q1 \v 3 “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! \q2 याहवेहका निम्ति म गाउनेछु; \q2 याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति म सङ्गीत बजाउनेछु। \b \b \q1 \v 4 “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, \q2 जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, \q1 तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, \q2 बादलले पानी बर्सायो। \q1 \v 5 सीनै पर्वतका अद्वितीय याहवेहको सामु, \q2 याहवेह इस्राएलका परमेश्‍वरको सामु पहाडहरू पनि डरले काँपे। \b \q1 \v 6 “अनातका छोरा शमगरको समयमा, \q2 याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; \q2 मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे। \q1 \v 7 इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, \q2 जबसम्म म दबोरा, खडा भइनँ, \q2 तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ। \q1 \v 8 जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो, \q2 तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, \q1 तर इस्राएलका चालीस हजारसित \q2 न ढाल, न त भाला देखिए। \q1 \v 9 मेरो हृदय इस्राएलका राजकुमारहरूसित, \q2 मानिसहरूबीच भएका इच्छुक स्वयम्‌सेवकहरूसित छ, \q2 याहवेहको प्रशंसा गर! \b \q1 \v 10 “तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, \q2 जो महँगा गलैँचामाथि बस्छौ, \q2 र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, \q1 कुरालाई राम्ररी विचार गर, \v 11 गीत गाउनेहरूको सोर सुनिँदैछ, जहाँ स्त्रीहरू पानी भर्नलाई आउँछन्। \q2 त्यहाँ तिनीहरू याहवेहका विजयहरूका वर्णन गर्छन्, \q2 इस्राएलमा गाँउलेहरूका विजयहरू। \b \q1 “त्यसपछि याहवेहका जनहरू \q2 तल सहरका मूलढोकाहरूमा गए। \q1 \v 12 ‘उठ, दबोरा, उठ! \q2 उठ-उठ, मुख खोलेर गीत गाऊ। \q1 हे अबीनोअमका छोरा बाराक, उठ! \q2 धेरैलाई कैदी बनाऊ।’ \b \q1 \v 13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; \q2 याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए। \q1 \v 14 एफ्राइमबाट अमालेकको बीचमा जरा बसालिएकाहरू आए; \q2 बेन्यामीनचाहिँ ती मानिसहरूसित थिए, जसले तिमीहरूलाई पछ्याए। \q1 माकीरबाट सेनापतिहरू ओर्लेर आए। \q2 जबूलूनबाट चाहिँ सेनापतिका लहुरो बोक्ने मानिसहरू आए। \q1 \v 15 इस्साखारका राजकुमारहरू दबोरासित थिए; \q2 हो, इस्साखार बाराकसित थिए; \q2 बाराकको आज्ञामा बेँसीमा पठाइएको। \q1 रूबेनका जिल्‍लाहरूमा \q2 हृदय जाँच्ने काम धेरै भएको थियो। \q1 \v 16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई \q2 तिमीहरू भेडागोठहरूमा किन बसिरह्‍यौ? \q1 रूबेनका जिल्‍लाहरूमा \q2 हृदय जाँच्ने धेरै काम भयो। \q1 \v 17 गिलाद यर्दनपारि नै बसे। \q2 अनि दान, त्यो किन जहाजहरूमा बसिरह्‍यो? \q1 आशेर समुद्रको किनारमा रह्‍यो \q2 र आफ्नै गुफाहरूमा बस्यो। \q1 \v 18 जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे; \q2 त्यसरी नै नप्‍तालीले पनि रणभूमिको मुखैमा होमिदिए। \b \q1 \v 19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे; \q2 कनानका राजाहरूले मगिद्दोको \q1 पानीहरूको छेउमा भएको तानाकमा युद्ध गरे, \q2 तर तिनीहरूले लुटमा चाँदी लगेनन्। \q1 \v 20 आकाशबाट ताराहरूले युद्ध गरे, \q2 तिनीहरूका मार्गबाट तिनीहरूले सीसराको विरुद्धमा युद्ध गरे। \q1 \v 21 कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो। \q2 त्यो प्राचीन नदी, कीशोन नदी। \q2 हे मेरो प्राण, अगि बढ्; बलियो हो! \q1 \v 22 तब घोडाका टापहरू गर्जिउठे— \q2 उनीहरूका शक्तिशाली घोडाहरू चाँडो गरी दगुरे। \q1 \v 23 याहवेहका दूतले भने, ‘मेरोजलाई श्राप, \q2 त्यसका बासिन्दाहरूमाथि नराम्रोसँग श्राप! \q1 किनभने तिनीहरू याहवेहको सहायताको लागि आएनन्; \q2 याहवेहलाई बलियाहरूका विरुद्ध सहायता दिएनन्।’ \b \b \q1 \v 24 “याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्, \q2 केनी हेबेरकी पत्नी, \q2 पालमा बस्‍ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित। \q1 \v 25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; \q2 कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्। \q1 \v 26 तिनको हातमा पालको किला पर्‍यो; \q2 तिनको दाहिने हातमा काम गर्नेको मुङ्ग्रो पर्‍यो। \q1 तिनले सीसरामाथि प्रहार गरिन्, र त्यसको शिर फोरिदिइन्, \q2 तिनले त्यसको कन्चटलाई छेडेर छताछुल्‍ल पारिदिइन्। \q1 \v 27 तिनका खुट्टामा त्यो घोप्ट्यो, \q2 त्यो लोट्यो, र पल्टियो। \q1 तिनकै खुट्टामा त्यो घोप्टेर पल्टिरह्‍यो; \q2 त्यो पल्टेको ठाउँमा त्यो मर्‍यो, र त्यहीँ पल्टिरह्‍यो। \b \q1 \v 28 “सीसराकी आमाले झ्यालदेखि बाहिर चियाइन्; \q2 आँखीझ्यालको पछिल्तिरबाट तिनी चिच्याएर भनिन्, \q1 ‘तिनका रथ आउनलाई किन ढिलो भयो? \q2 तिनको रथका खटखट आवाज आउन किन ढिलो भयो?’ \q1 \v 29 तब तिनका सबैभन्दा बुद्धिमती स्त्रीले जवाफ दिइन्; \q2 साँच्‍चै उनले आफूसित भन्‍ने गर्छिन्, \q1 \v 30 ‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र? \q2 प्रत्येक मानिसका निम्ति एउटी वा दुईटी स्त्रीहरू, \q1 सीसराका निम्ति लुटेका रङ्गीन कपडाहरू, \q2 बुट्टेदार रङ्गीन कपडाहरू; \q1 मेरो गलाको निम्ति अति बुट्टेदार कपडाहरू— \q2 यो सबै लुटसरह हुँदैनन् र?’ \b \b \q1 \v 31 “हे याहवेह, तपाईंका सबै शत्रुहरू यसरी नै नाश होऊन्! \q2 तर तपाईंलाई प्रेम गर्नेहरूचाहिँ \q2 आफ्नो पराक्रममा उदय भएको सूर्यझैँ होऊन्।” \p त्यसपछि देशमा चालीस वर्षसम्म शान्ति भयो। \c 6 \s1 गिदोन \p \v 1 फेरि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; अनि उहाँले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूका हातमा सुम्पिदिनुभयो। \v 2 मिद्यानीहरू अति निष्‍ठुर भएको कारण इस्राएलीहरूले आफ्ना निम्ति वासस्थानहरू पहाडका कुनाकाप्चा, गुफा र किल्‍लाहरूतिर बनाएका थिए। \v 3 जहिले-जहिले इस्राएलीहरूले आफ्ना बाली लगाउँथे, तब मिद्यानीहरू, अमालेकीहरू र अरू पूर्वीय मानिसहरूले देशमाथि आक्रमण गर्थे। \v 4 तिनीहरूले देशमा छाउनी हालेर गाजासम्मै बाली नष्‍ट पारिदिन्थे। अनि इस्राएलका निम्ति न त भेडा, न गाईबस्तु वा गधा कुनै जीवित प्राणी नै छोडिदिन्थे। \v 5 तिनीहरू आफ्ना वस्तु र पालहरूसितै सलहका हुलझैँ आउँथे। मानिसहरू र तिनीहरूका ऊँटहरूलाई गन्‍न असम्भव थियो। तिनीहरूले देशलाई नाश गर्न आक्रमण गर्थे। \v 6 मिद्यानीहरूले इस्राएलीहरूलाई यतिसम्म दरिद्र तुल्याइदिए कि सहायताका निम्ति तिनीहरूले याहवेहलाई पुकारे। \p \v 7 जब इस्राएलीहरूले मिद्यानीहरूको कारण याहवेहको पुकार गरे, \v 8 तब उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाइदिनुभयो, जसले यसो भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूलाई इजिप्टको दासत्वदेखि निकालेर ल्याएँ। \v 9 मैले तिमीहरूलाई इजिप्टको शक्तिबाट र तिमीहरूमाथि थिचोमिचो गर्नेहरू सबैका हातबाट तिमीहरूलाई खोसेर ल्याएँ। मैले तिनीहरूलाई तिमीहरूका सामुबाट धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ। \v 10 मैले तिमीहरूलाई भनेँ, ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; तिमीहरूले आफू बसेका देशमा एमोरीहरूका देवी-देवताहरूलाई नपुज्नू।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।” \p \v 11 तब याहवेहका दूत आएर अबीएजरी योआशको ओप्रा भन्‍ने ठाउँको फलाँटको रूखमुनि बसे, जहाँ तिनका छोरा गिदोनले मिद्यानीहरूबाट जोगाउनलाई दाखको कोलमा गहुँ झाँट्दैथिए। \v 12 याहवेहका दूत गिदोनकहाँ देखा परेर भने, “हे वीर योद्धा, याहवेह तँसित हुनुहुन्छ।” \p \v 13 गिदोनले जवाफ दिए, “माफ गर्नुहोला मालिक, यदि याहवेह हामीसित हुनुहुन्छ भने हामीमाथि यी सबै किन हुन आए? उहाँका ती सबै अद्‌भुत कार्यहरू के भए, जो हामीले आफ्ना पितापुर्खाहरूबाट सुनेका छौँ, जसले भन्थे, ‘के याहवेहले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभएको होइन र?’ तर अब याहवेहले हामीलाई त्याग्नुभएको छ; मिद्यानीहरूका हातमा सुम्पिदिनुभएको छ।” \p \v 14 तब याहवेह तिनीतिर फर्कनुभयो र भन्‍नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?” \p \v 15 तर गिदोनले सोधे, “तर प्रभु म इस्राएललाई कसरी बचाउन सकूँला? मेरो वंश त मनश्शेमा सबैभन्दा कमजोर छ। अनि मेरो परिवारमा म सबैभन्दा सानो छु।” \p \v 16 याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।” \p \v 17 गिदोनले जवाफ दिए, “अब यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मसित बोल्नुहुने साँच्‍चै तपाईं नै हुनुहुन्छ भनी मलाई एउटा चिन्ह दिनुहोस्। \v 18 बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढाउन्जेल तपाईं यहाँबाट नजानुहोला।” \p अनि याहवेहले भन्‍नुभयो: “तँ नफर्केसम्म म पर्खिरहनेछु।” \p \v 19 तब गिदोन भित्र गए, र एउटा पाठो तयार गरे। एक एपाभरिको\f + \fr 6:19 \fr*\ft लगभग 16 किलो\ft*\f* पिठोबाट अखमिरी रोटी बनाए। त्यो मासु एउटा डालोमा र त्यसको झोलचाहिँ एउटा बटुकोमा हालेर तिनले ती बाहिर ल्याए। अनि फलाँटको रूखमुनि उहाँलाई चढाए। \p \v 20 तब परमेश्‍वरका दूतले तिनलाई भने, “यो मासु र ती अखमिरी रोटी लिएर त्यस चट्टानमाथि राखिदे, र झोलचाहिँ त्यसमाथि खन्याइदे।” अनि गिदोनले त्यसै गरे। \v 21 आफ्नो हातमा भएको लहुरोको टुप्पोले याहवेहका दूतले मासु र अखमिरी रोटीलाई छोए। चट्टानबाट आगो दन्केर निस्क्यो। अनि त्यस मासु र रोटीलाई भस्म पारिदियो। त्यसपछि याहवेहका दूत अल्पिहाले। \v 22 गिदोनले तिनी त याहवेहका दूत रहेछन् भनी थाहा पाए, तब तिनले लामो सास तानेर भने, “अहो, सार्वभौम याहवेह! मैले याहवेहका दूतलाई आमने-सामने देखेको छु!” \p \v 23 तर याहवेहले तिनलाई भन्‍नुभयो: “शान्ति! भयभीत नहो, तँ मर्नेछैनस्।” \p \v 24 यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ। \p \v 25 त्यही रात याहवेहले तिनलाई भन्‍नुभयो: “तेरा पिताको बथानबाट सात वर्षको दोस्रो साँढे लिनू। तेरा पिताको बालको वेदी भत्काइदिनू, र त्यसको छेउमा भएको अशेराको खाँबो\f + \fr 6:25 \fr*\ft अथवा अश्शेरा देवीका आकृतिहरू काठमा बनाइएका। यस पुस्तकमा \ft*\fqa अशेराको खाँबो \fqa*\ft धेरै पटक प्रयोग भएको छ।\ft*\f* काटेर ढालिदिनू। \v 26 त्यसपछि एउटा उच्‍च स्थानमा याहवेह तेरा परमेश्‍वरका निम्ति एउटा उपयुक्त वेदी बनाउनू। तैँले काटेर ढालेको अशेराको खाँबो प्रयोग गरेर त्यो दोस्रो साँढेलाई होमबलिस्वरुप चढाउनू।” \p \v 27 यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्‍नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे। \p \v 28 जब सहरका मानिसहरू बिहानै उठे, तब उनीहरूले बाल-देवताको वेदी भत्काइएको र त्यसको छेउमा भएको अशेरा देवीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको नयाँ वेदीमा त्यो दोस्रोचाहिँ साँढे होमबलि चढाइएको देखे। \p \v 29 तिनीहरूले आपसमा सोधे, “यो कसले गरेको हो?” \p तिनीहरूले होसियारीसाथ खोजी गरेपछि तिनीहरूलाई भनियो, “योआशको छोरा गिदोनले नै यो गरेको हो।” \p \v 30 सहरका मानिसहरूले योआशासित यो माग गरे, “तिम्रो छोरालाई बाहिर ल्याऊ। त्यो मर्नैपर्छ; किनकि त्यसले बालको वेदीलाई भत्काइदिएको छ, र त्यसको छेउको अशेराको खाँबोलाई काटेर ढालिदिएको छ।” \p \v 31 तर योआशले आफ्ना चारैतिरका विरोधी भीडलाई जवाफ दिए, “के तिमीहरू बालको पक्षमा बोल्दछौ? के तिमीहरू त्यसलाई बचाउने कोसिस गर्दैछौ? त्यसको पक्षमा लड्ने जोसुकै पनि बिहानसम्ममा मारिनेछ! यदि बाल साँच्‍चै देवता हो भने कसैले उसको वेदी भत्काउँदा उसले आफ्नो रक्षा गर्न सक्छ?” \v 32 यसकारण त्यस दिन तिनीहरूले गिदोनलाई यसो भनेर यरूब-बाल\f + \fr 6:32 \fr*\fq यरूब-बाल \fq*\ft जसको अर्थ \ft*\fqa बाल आफैँ लडोस्।\fqa*\f* नाम राखिदिए, “यस मानिस विरुद्ध बाल आफैँले लडाइँ गरोस्”, किनकि तिनले बालको वेदी भत्काइदिएका थिए। \p \v 33 अब सारा मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू एकसाथ भेला भएर यर्दन तरे, र यिजरेलको बेँसीमा छाउनी हाले। \v 34 तब याहवेहको आत्मा गिदोनमाथि आउनुभयो। अनि तिनले तुरही फुके, र अबीएजेरीहरूलाई तिनको पछि लाग्नलाई बोलाए। \v 35 तिनले मनश्शेभरि दूतहरू पठाएर तिनीहरूलाई पनि आफ्नो पछि लाग्न भने। तिनले आशेर, जबूलून र नप्‍तालीमा पनि दूतहरू पठाए, र तिनीहरू पनि तिनलाई भेट्न आए। \p \v 36 गिदोनले परमेश्‍वरलाई भने, “यदि तपाईंले प्रतिज्ञा गर्नुभएझैँ तपाईंले इस्राएलीहरूलाई मेरो हातद्वारा बचाउनुहुन्छ भने, \v 37 हेर्नुहोस्, म खलामा ऊन राख्नेछु। त्यस ऊनमा मात्र शीत पर्‍यो र सम्पूर्ण जमिनचाहिँ सुक्खै रह्‍यो भने तपाईंले प्रतिज्ञा गर्नुभएझैँ इस्राएललाई मेरो हातद्वारा बचाउनुहुने रहेछ भनी म जान्‍नेछु।” \v 38 अनि त्यस्तै भयो। जब गिदोन भोलिपल्ट बिहानै उठे, तब तिनले त्यो ऊनलाई निचोरे, र एक बटुको जति शीतको पानी ऊनबाट निकाले। \p \v 39 तब गिदोनले परमेश्‍वरलाई भने, “कृपया मसित नरिसाउनुहोस्। यस ऊनबाट अझ एउटा जाँच गर्न मलाई अनुमति दिनुहोस्। यस पटक ऊन सुक्खा रहोस्, र जमिनचाहिँ शीतले ढाकिएको होस्।” \v 40 त्यस रात परमेश्‍वरले त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा थियो; र सम्पूर्ण जमिनचाहिँ शीतले ढाकिएको थियो। \c 7 \s1 गिदोनले मिद्यानीहरूलाई परास्त गरेका \p \v 1 बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो। \v 2 याहवेहले गिदोनलाई भन्‍नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’ \v 3 अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे। \p \v 4 तर याहवेहले गिदोनलाई भन्‍नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्‍नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।” \p \v 5 यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्‍नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।” \v 6 तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए। \p \v 7 याहवेहले गिदोनलाई भन्‍नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।” \v 8 यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए। \p अनि मिद्यानीहरूका छाउनीचाहिँ तिनको मुनि बेँसीमा थियो। \v 9 त्यस रात याहवेहले गिदोनलाई भन्‍नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु। \v 10 यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा। \v 11 अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए। \v 12 मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए। \p \v 13 जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्‍यो कि पाल नै पल्टेर भत्कियो।” \p \v 14 त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्‍वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।” \p \v 15 त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।” \v 16 अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए। \p \v 17 अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर। \v 18 जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!” \p \v 19 गिदोन र तिनीसँग भएका एक सय मानिसहरू मध्यरात अगि छाउनीको छेउमा पुगे। त्यति बेला पहरेदारको पालो भर्खर फेरिएको थियो। तिनीहरूले आफ्ना तुरही फुके, र आफ्ना हातमा भएका गाग्राहरू फुटाए। \v 20 ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके, र गाग्राहरू फुटाए। तिनीहरूले देब्रे हातमा राँको समाते र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “याहवेहको निम्ति र गिदोनको निम्ति तरवार!” \v 21 प्रत्येक मानिसले छाउनीको चारैतिर आ-आफ्नो मोर्चा सम्हालेको बेला सबै मिद्यानीहरू चिच्याउँदै भागे। \p \v 22 जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो। \v 23 नप्‍ताली, आशेर र सम्पूर्ण मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई लखेटे। \v 24 गिदोनले एफ्राइमको पहाडी मुलुकभरि यसो भन्दै दूतहरू पठाए, “मिद्यानीहरूका विरुद्धमा ओर्लिआओ, र बेथ-बारासम्म तिनीहरूको सामु यर्दनको पानीलाई घेरा लगाओ।” \p यसरी एफ्राइमका सारा मानिसहरूलाई बोलाइए, र तिनीहरूले यर्दनको पानीलाई बेथ-बरासम्मै लिए। \v 25 तिनीहरूले मिद्यानीहरूका दुई जना शासकहरू ओरेब र जीबलाई दाखको कोलमा पक्रे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा र जेबहलाई जीबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेद्‌दै गए, र ओरेब र जेबहका शिरहरू यर्दन वारि गिदोनकहाँ ल्याए। \c 8 \s1 जेबह र सल्मुन्‍ना \p \v 1 तब एफ्राएमीहरूले गिदोनलाई सोधे, “तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभयो? तपाईंहरू मिद्यानसित लडाइँ गर्न जाँदा हामीलाई किन बोलाउनुभएन?” अनि तिनीहरूले उनीसँग अनेक विवाद गरे। \p \v 2 तर उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले जे गरेका छौ, त्यसको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको अङ्‌गुरको शिला-बाला अबीएजेरको सम्पूर्ण दाख कटनीभन्दा असल छैन र? \v 3 परमेश्‍वरले मिद्यानी शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो। तिमीहरूको तुलनामा त्यस्तो मैले के गर्न सकेँ र?” गिदोनले यसो भनेपछि उनको विरुद्ध तिनीहरूको गुनासो शान्त भयो। \p \v 4 गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे। \v 5 उनले सुक्‍कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्‍नालाई खेद्‌दै आइरहेको छु।” \p \v 6 तर सुक्‍कोतका शासकहरूले भने, “के जेबह र सल्मुन्‍ना तिम्रो हातमा आइसकेका छन् र? तिम्रो सैन्यदललाई हामीले किन रोटी दिने?” \p \v 7 तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्‍नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।” \p \v 8 त्यहाँबाट उनी पनीएलमा गए, र तिनीहरूसित त्यही बिन्ती राखे। तर तिनीहरूले सुक्‍कोतकै मानिसहरूले झैँ जवाफ दिए। \v 9 यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्‍लालाई भत्काइदिनेछु।” \p \v 10 जेबह र सल्मुन्‍नाचाहिँ प्राय: पन्ध्र हजार सेनासित कार्कोरमा थिए। पूर्व देशको फौजबाट बाँचेकाहरू त्यति नै थिए। एक लाख बीस हजार तरवारधारी मानिसहरूचाहिँ मरिसकेका थिए। \v 11 नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे। \v 12 तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्‍ना भागे। तर उनी तिनीहरूलाई खेद्‌दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे। \p \v 13 त्यसपछि योआशको छोरा गिदोन लडाइँबाट हेरेसको घाटी\f + \fr 8:13 \fr*\ft दुई पहाडबीच आवतजावत गर्ने मार्ग\ft*\f* भएर फर्के। \v 14 उनले सुक्‍कोतका एक जना जवानलाई पक्रेर केरकार गरे। अनि त्यस जवानले सुक्‍कोतका सतहत्तर जना शासकहरू, सहरका प्रधानहरूका नाम लेखेर दियो। \v 15 त्यसपछि गिदोन आए, र सुक्‍कोतका मानिसहरूलाई भने, “जेबह र सल्मुन्‍ना यहाँ छन्, जसको विषयमा तिमीहरूले ‘के जेबह र सल्मुन्‍ना तिम्रा हातमा आइसकेका छन् र? हामीले तिम्रा गलिसकेका मानिसहरूलाई किन रोटी दिने?’ ” भनेर मेरो उपहास गरेका थियौ। \v 16 तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्‍कोतका मानिसहरूलाई पाठ सिकाए। \v 17 उनले पनीएलको किल्‍ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे। \p \v 18 तब गिदोनले जेबह र सल्मुन्‍नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता किसिमका थिए?” \p त्यसपछि तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए। हरेकको अनुहार राजकुमारको जस्तै देखिन्थे।” \p \v 19 अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।” \v 20 तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो। \p \v 21 तब जेबह र सल्मुन्‍नाले भने, “तपाईं आफैँ आएर यो गर्नुहोस्, ‘मानिसजस्तो छ, त्यसको बल पनि त्यस्तै हुन्छ।’ ” यसकारण गिदोनले अगि सरेर तिनीहरूलाई मारे, र तिनीहरूका ऊँटका घाँटीबाट गहनाहरू निकालेर लगे। \s1 गिदोनको एपोद \p \v 22 इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।” \p \v 23 तर गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि शासन गर्नेछैनँ, न त मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछ। याहवेहले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ।” \v 24 अनि उनले भने, “मेरो एउटा बिन्ती छ, तिमीहरू प्रत्येकले आफ्ना लुटको मालको भागबाट एउटा कुण्डल मलाई देओ।” (इश्माएलीहरूमा सुनको कुण्डल लगाउने रीति थियो।) \p \v 25 तिनीहरूले जवाफ दिए, “हामी खुशीसाथ ती कुराहरू दिनेछौँ।” यसकारण तिनीहरूले एउटा लुगा ओछ्याए, र प्रत्येक मानिसले आफ्नो लुटका मालबाट त्यसमाथि एक-एक वटा गरी औँठी फ्याँकिदिए। \v 26 उनले मागेका सुनका औँठीहरूको ओजन सत्र सय शेकेल\f + \fr 8:26 \fr*\ft लगभग 20 किलो\ft*\f* थियो; जसमा गहनाहरू, मिद्यानका राजाहरूले लगाउने कर्णफूल र बैजनी वस्त्रहरू अथवा ऊँटहरूका घाँटीमा भएका सिक्रीहरूको त हिसाब नै थिएन। \v 27 अनि गिदोनले ती सुनबाट एउटा एपोद बनाए, र त्यसलाई उनले आफ्नो सहर ओप्रामा राखे। सारा इस्राएलले त्यसलाई पुजेर त्यहाँ वेश्यासँग झैँ व्यभिचार गरे। अनि त्योचाहिँ गिदोन र तिनको परिवारका निम्ति एउटा पासो बन्यो। \s1 गिदोनको मृत्यु \p \v 28 यसरी मिद्यान इस्राएलीहरूको अधीनमा आयो, र तिनीहरूले फेरि आफ्नो शिर उठाएनन्। गिदोनको जीवनकालभरि चालीस वर्षभरि देशमा शान्ति छायो। \p \v 29 अनि योआशको छोरा यरूब-बाल आफ्नो घर फर्केर बस्‍न लागे। \v 30 उनका धेरै पत्नीहरू भएको कारण उनका आफ्नै सत्तरी जना छोराहरू थिए। \v 31 शेकेममा बस्‍ने उनकी उपपत्नीले पनि उनका निम्ति एउटा छोरा जन्माई, उनले उसको अबीमेलेक राखे। \v 32 अनि योआशका छोरा गिदोन पूरा बुढेसकालमा मरे, र आफ्ना पिताको चिहानमा अबीएजरीहरूको ओप्रामा गाडिए। \p \v 33 गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे। \v 34 अनि चारैतिरबाट आफ्ना शत्रुहरूका हातबाट तिनीहरूलाई छुटाउनुहुने याहवेह तिनीहरूका परमेश्‍वर, जसलाई तिनीहरूले सम्झेनन्। \v 35 तिनीहरूले यरूब-बाल (अर्थात् गिदोन) का परिवारलाई पनि तिनले इस्राएलका निम्ति गरेका असल कुराहरूको निम्ति पनि दया देखाएनन्। \c 9 \s1 अबीमेलेक \p \v 1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने, \v 2 “शेकेमका सबै नागरिकहरूलाई सोध्नुहोस्, ‘तपाईंहरूका निम्ति तपाईंहरूमाथि यरूब-बालका सत्तरी जना छोराहरूले शासन गर्नु असल हो कि एकै जनाले शासन गर्नु असल?’ म तपाईंहरूकै मासु र रगत हुँ भनी याद गर्नुहोस्।” \p \v 3 जब तिनका दाजुभाइहरूले शेकेमका नागरिकहरूलाई यो सबै दोहोर्‍याइदिए, तब तिनीहरूले अबीमेलेकलाई पछ्याउने इच्छा गरे; किनकि तिनीहरूले भने, “तिनी हाम्रै नातेदार हुन्।” \v 4 तिनीहरूले उनलाई बाल-बरीतको मन्दिरबाट चाँदीका सत्तरी शेकेल\f + \fr 9:4 \fr*\ft लगभग 800 ग्राम\ft*\f* दिए। अनि अबीमेलेकले चाँदीलाई काम नलाग्ने दुष्‍ट मानिसहरूलाई भाडामा लिनका निम्ति प्रयोग गरे, र तिनीहरू उनको पछि लागे। \v 5 उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के। \v 6 तब शेकेम र बेथ-मिल्‍लोका सबै नागरिकहरू शेकेमको खाँबोमा भएको ठूलो रूखको छेउमा अबीमेलेकलाई राजा अभिषेक गर्न भेला भए। \p \v 7 जब योतामलाई यसबारे बताइयो, तब तिनी गीरीज्जीम डाँडाको टाकुरामा चढेर तिनीहरूलाई यसो भनी कराए, “हे शेकेमका नागरिकहरू हो, मेरो कुरा सुन, र परमेश्‍वरले तिमीहरूका कुरा सुनून्। \v 8 एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’ \p \v 9 “तर जैतुनको रूखले जवाफ दियो, ‘के मैले देवी-देवताहरू र मानिसहरूलाई सम्मान दिने आफ्नो तेललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’ \p \v 10 “त्यसपछि ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’ \p \v 11 “तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’ \p \v 12 “तब ती रूखहरूले अङ्‌गुरको बोटलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’ \p \v 13 “तर अङ्‌गुरको बोटले जवाफ दियो, ‘के देवी-देवताहरू र मानिसहरूलाई खुशी तुल्याउने मेरो दाखमद्यलाई त्यागेर रूखमाथि शासन गर्न जाऊँ?’ \p \v 14 “आखिरमा ती रूखहरूले काँडे पोथ्रालाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’ \p \v 15 “त्यस काँडे पोथ्राले रूखहरूलाई भन्यो, ‘यदि तिमीहरूले साँच्‍चै मलाई आफूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने आएर मेरो छत्रछायामा शरण लेओ; तर यदि त्यसो गरेनौ भने काँडे पोथ्राबाट आगो निस्केर लेबनानका देवदारुहरूलाई भस्म पारोस्!’ \p \v 16 “अब यदि तिमीहरूले अबीमेलेकलाई राजा तुल्याउँदा सम्मानपूर्वक र ठिक काम गरेका छौ, र यदि तिमीहरू यरूब-बालको परिवारप्रति न्यायी भइरहेका छौ भने, र तिमीहरूले तिनलाई सुहाउँदो व्यवहार गरेका छौ भने, \v 17 यो विचार गर, कि मेरा पिताले तिमीहरूका निम्ति युद्ध लडेका थिए। मिद्यानको हातबाट तिमीहरूलाई छुटाउन भनी आफ्नै जीवनलाई पनि जोखिममा पारे। \v 18 तर आज तिमीहरू मेरो पिताको परिवारको विरुद्धमा बागी भएका छौ। तिनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्गामाथि काटेर हत्या गरेका छौ। अनि तिनकी कमारीको छोरा अबीमेलेकलाई शेकेमका नागरिकहरूमाथि राजा तुल्याएका छौ; किनकि त्यो तिमीहरूकै आफन्त हो। \v 19 यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो! \v 20 तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्‍लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!” \p \v 21 त्यसपछि योताम उम्केर बेअर भन्‍ने ठाउँमा भागे, र त्यहीँ बसे; किनकि तिनी आफ्ना दाजु अबीमेलेकसित डराएका थिए। \p \v 22 अबीमेलेकले इस्राएलमाथि तीन वर्ष शासन गरे। \v 23 तब परमेश्‍वरले अबीमेलेक र शेकेमका नागरिकहरूका बीचमा एउटा दुष्‍टात्मा पठाउनुभयो, र तिनीहरूले अबीमेलेकलाई विश्‍वासघात गरे। \v 24 योचाहिँ यरूब-बालका सत्तरी जना छोराहरूको विरुद्धको अपराध, अर्थात् तिनीहरूको रगत बगाइएको बदला तिनीहरूका दाजु अबीमेलेक र त्यसलाई तिनीहरूका दाजुभाइहरूको हत्या गर्न सघाउने शेकेमका नागरिकहरूमाथि लिइयोस् भनेर नै परमेश्‍वरले गर्नुभएको थियो। \v 25 तिनको विरुद्धमा शेकेमका ती नागरिकहरूले त्यहाँबाट भएर जाने प्रत्येकलाई ढुकेर लुट्न भनी पहाडमाथि मानिसहरूलाई खटाए, र यो कुरा अबीमेलेकलाई सुनाइयो। \p \v 26 अब एबेदका छोरा गाल आफ्ना दाजुभाइहरूसित शेकेममा गए; अनि ती नागरिकहरूले तिनीमाथि आफ्नो भरोसा राखे। \v 27 तिनीहरू खेतमा गएर अङ्‌गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे। \v 28 तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? अनि शेकेम को हो र हामी त्यसको अधीनमा बस्‍ने? के त्यो यरूब-बालको छोरा होइन? जबूल त्यसको नाइके होइन र? शेकेमको बुबा हामोरका मानिसहरूको सेवा गर! हामीले किन अबीमेलेकको सेवा गर्ने? \v 29 यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!” \p \v 30 जब त्यस सहरका राज्यपाल जबूलले एबेदको छोरा गालले भनेका कुरा सुने, तब तिनी साह्रै रिसाए। \v 31 तिनले यसो भनेर अबीमेलेककहाँ गुप्‍त रूपमा दूतहरू पठाए, “एबेदको छोरा गाल र त्यसका दाजुभाइहरू शेकेममा आएर सहरलाई तपाईंको विरुद्धमा सुर्‍याउँदैछन्। \v 32 यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्‍नुहोस्। \v 33 बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!” \p \v 34 यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे। \v 35 अनि एबेदको छोरा गालचाहिँ बाहिर निस्के, जब तिनी सहरको मूलढोकाको प्रवेशद्वारमा उभिरहेका थिए, तब त्यत्ति नै खेर अबीमेलेक र तिनका सिपाहीहरू लुकेका ठाउँबाट निस्के। \p \v 36 गालले तिनीहरूलाई देखेपछि तिनले जबूललाई भने, “हेर्नुहोस्, मानिसहरू डाँडाहरूका टाकुराबाट आउँदैछन्!” \p जबूलले जवाफ दिए, “तिमीले डाँडाको छायालाई मानिसहरू ठान्दैछौ।” \p \v 37 तर गालले फेरि भने: “हेर्नुहोस्, मानिसहरू देशको बीच भागबाट उँधो झर्दैछन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।” \p \v 38 तब जबूलले तिनलाई भने, “तिम्रा ठूला-ठूला कुरा खै? ‘तिमीले अबीमेलेक को हो, र हामी त्यसको अधीनमा बस्‍ने? भनेर भन्थ्यौ।’ के तिमीले तुच्छ ठानेका मानिसहरू यिनै होइनन्? अब बाहिर गएर तिनीहरूसित लडाइँ गर!” \p \v 39 यसकारण गालले शेकेमका नागरिकहरूलाई लगेर अबीमेलेकसित लडाइँ गरे। \v 40 अबीमेलेकले तिनलाई प्रवेशद्वारसम्म खेदे, र धेरै जना भाग्दैगर्दा मारिए। \v 41 अबीमेलेक अरूमाहमा बसे, र जबूलले गाल र तिनका दाजुभाइहरूलाई शेकेमबाहिर धपाइदिए। \p \v 42 भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्‍याइयो। \v 43 यसकारण तिनले आफ्ना मानिसहरूलाई लिए। अनि तिनीहरूलाई तीन दलमा भाग गरे, र खेतहरूमा ढुकिबसे। तिनले मानिसहरूलाई सहरदेखि बाहिर आइरहेको देखेपछि तिनी उनीहरूलाई आक्रमण गर्नलाई खडा भए। \v 44 अबीमेलेक र तिनीसित भएका दलहरू दौडेर गए, र सहरको मूलढोकाको प्रवेशद्वारमा मोर्चा बाँधे। तब दुई दलहरू खेतमा हुनेहरूमाथि जाइलागे, र तिनीहरूलाई प्रहार गरे। \v 45 अबीमेलेकले दिनभरि त्यस सहरमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनले त्यहाँका मानिसहरूलाई मारे, र त्यस सहर जलाइदिए; अनि त्यस ठाउँमा नुन छरिदिए। \p \v 46 जब शेकेमको किल्‍लामा बस्‍नेहरूले यो कुरा सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्‍लामा गए। \v 47 तिनीहरू त्यहाँ भेला भएका छन् भनी अबीमेलेकलाई सुनाइयो। \v 48 तब अबीमेलेक र तिनका सबै मानिसहरू जल्मोन डाँडामा उक्लेर गए। तिनले एउटा बन्चरो लिए। अनि केही हाँगाहरू काटेर आफ्ना काँधमाथि राखे। तिनले आफूसित भएका मानिसहरूलाई यसो भनी हुकुम दिए, “मैले जे गरेको देखेका छौ, चाँडै गरेर तिमीहरूले पनि त्यस्तै गर्नू!” \v 49 यसकारण सबै मानिसहरूले हाँगाहरू काटे। अनि अबीमेलेकको पछि-पछि लागे। तिनीहरूले ती हाँगाहरू सुरुङ्गको किल्‍लामाथि थुपारे। अनि ती मानिसहरू बलियो किल्‍ला भएको त्यस सुरूङ्गमा आगो लगाइदिए। यसकारण शेकेमको किल्‍लाभित्र रहेका सबै मानिसहरू करिब एक हजार पुरुषहरू र स्त्रीहरू मरे। \p \v 50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे। \v 51 तर सहरभित्र एउटा बलियो किल्‍ला थियो, जसमा त्यस सहरका सबै मानिसहरू, सबै पुरुष र स्त्रीहरू भागे। तिनीहरूले आफूलाई भित्र बन्द गरे, र त्यस किल्‍लाको छतमा गएका थिए। \v 52 अबीमेलेक किल्‍लामा गए, र त्यसमाथि आक्रमण गरे। जब त्यसलाई आगो लगाउन भनी तिनी किल्‍लाको प्रवेशद्वारमा पुगे, \v 53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई। \p \v 54 तिनले तुरुन्तै आफ्नो हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई मारिदे, नत्रता फेरि तिनीहरूले ‘एउटी स्त्रीले त्यसलाई मारिन्’ भनेर भन्लान्।” यसकारण तिनको चाकरले तिनलाई तरवारले वारपार रोपिदियो र तिनी मरे। \v 55 यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे। \p \v 56 यसरी नै अबीमेलेकले आफ्ना सत्तरी जना दाजुभाइहरूको हत्या गरेर आफ्ना पिता विरुद्ध गरेको दुष्‍टताको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो। \v 57 शेकेमका मानिसहरूले गरेका सबै दुष्‍टता परमेश्‍वरले तिनीहरूकै शिरमाथि खन्याइदिनुभयो। यरूब-बालको छोरा योतामको श्राप तिनीहरूमाथि पर्‍यो। \c 10 \s1 तोला \p \v 1 अबीमेलेकको मृत्युपछि इस्साखारका एक जना मानिस, अर्थात् दोदोका नाति, पुवाका छोरा तोला इस्राएललाई बचाउनका निम्ति खडा भए। तिनी एफ्राइमको पहाडी मुलुकको शामीरमा बस्थे। \v 2 तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व\f + \fr 10:2 \fr*\ft परम्परागत रूपमा \ft*\fqa न्याय\fqa*\ft ; पद \+xt 3|link-href="JDG 10:3"\+xt* मा पनि\ft*\f* गरे, तब तिनी मरे, र शामीरमा गाडिए। \s1 याईर \p \v 3 तिनीपछि गिलादी याईर आए, जसले इस्राएलमाथि बाइस वर्षसम्म नेतृत्व गरे। \v 4 तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामाथि सवार हुने गर्थे। तिनीहरूले गिलादमा तीस वटा सहरहरूमाथि अख्तियार चलाउँथे, जसलाई आजको दिनसम्म हव्वोत-याईर\f + \fr 10:4 \fr*\fq हव्वोत-याईर \fq*\ft अथवा \ft*\fqa याईरका सहरहरू\fqa*\f* भनिन्छ। \v 5 याईर मरेपछि तिनी कामोनमा गाडिए। \s1 यिप्‍ता \p \v 6 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनीहरूले बाल तथा अश्तोरेतका आकृतिहरू, अराम, सीदोन, मोआब, अम्मोनी र पलिश्तीहरूका देवी-देवताहरूको सेवा गरे। इस्राएलीहरूले याहवेहलाई त्यागेर उहाँको सेवा गर्न छाडेका कारण, \v 7 उहाँ इस्राएलीहरूसित रिसाउनुभयो। उहाँले तिनीहरूलाई पलिश्ती र अम्मोनीहरूका हातमा बेचिदिनुभयो। \v 8 त्यस वर्ष तिनीहरूले इस्राएलीहरूलाई दमन गरेर सताए। तिनीहरूले अठार वर्षसम्म सारा इस्राएलीहरूलाई यर्दनको पूर्व एमोरीहरूको देश गिलादमा थिचोमिचो गरे। \v 9 अम्मोनीहरू पनि यहूदा, बेन्यामीन र एफ्राइमका घरानासित लडाइँ गर्न यर्दन तरे; अनि इस्राएल ठूलो सङ्कष्‍टमा पर्‍यो। \v 10 तब इस्राएलीहरूले यसो भनेर याहवेहको पुकार गरे, “हामीले हाम्रा परमेश्‍वरलाई त्यागेर बाल-देवताहरूको सेवा गरेर तपाईंको विरुद्धमा पाप गरेका छौँ।” \p \v 11 याहवेहले जवाफ दिनुभयो, “जब इजिप्टियन, एमोरी, अम्मोनी, पलिश्ती, \v 12 सीदोनी, अमालेकी, र माओनीहरूले तिमीहरूलाई सताए, र तिमीहरूले सहायताका निम्ति मलाई पुकार्‍यौ, तब के मैले तिमीहरूलाई तिनीहरूका हातबाट रक्षा गरिनँ र? \v 13 तर तिमीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्‍यौ। यसकारण अब म फेरि तिमीहरूलाई छुटाउनेछैनँ। \v 14 जाऊ र तिमीहरूले रोजेका देवी-देवताहरूलाई पुकार। तिमीहरू विपत्तिमा पर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन्!” \p \v 15 तर इस्राएलीहरूले याहवेहलाई भने, “हामीले पाप गरेका छौँ। तपाईंलाई जे ठिक लाग्छ, हामीसित त्यही गर्नुहोस्! तर दया गरी अहिले हामीलाई छुटाउनुहोस्।” \v 16 तब तिनीहरूले तिनीहरूसित भएका विदेशी देवी-देवताहरू फालिदिए, र याहवेहको सेवा गरे। अनि उहाँले इस्राएलको कष्‍ट अरू सहन सक्नुभएन। \p \v 17 जब अम्मोनीहरूलाई हतियार भिर्ने आह्वान भयो र तिनीहरूले गिलादमा छाउनी हाले, तब इस्राएलीहरूचाहिँ भेला भएर मिस्पामा छाउनी हाले। \v 18 गिलादका मानिसहरूका अगुवाहरूले आपसमा भने, “जसले अम्मोनीहरूमाथि पहिले आक्रमण गर्ला, त्यही नै गिलादमा बस्‍ने सबैको मुखिया हुनेछ।” \c 11 \p \v 1 गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनका पिता गिलाद थिए; आमाचाहिँ एक वेश्या थिइन्। \v 2 गिलादकी पत्नीले पनि तिनका निम्ति छोराहरू जन्माइन्। अनि तिनीहरू ठूला भएपछि तिनीहरूले यिप्‍तालाई धपाइदिए। तिनीहरूले भने, “तैँले हाम्रो परिवारमा कुनै उत्तराधिकार पाउनेछैनस्; किनकि तँ अर्कै स्त्रीको छोरा होस्।” \v 3 यसकारण यिप्‍ता आफ्ना दाजुभाइहरूबाट भागे; अनि तोबमा गएर बस्‍न थाले। त्यहाँ एक बदमास दल तिनीकहाँ आयो, र तिनको पछि लाग्यो। \p \v 4 केही समयपछि जब अम्मोनीहरूले इस्राएलीसँग युद्ध गरे, \v 5 तब गिलादका प्रधानहरू यिप्‍तालाई भेट्न तोब गए। \v 6 तिनीहरूले तिनलाई भने, “आएर हाम्रो सेनापति भइदिनुहोस्। अनि हामी अम्मोनीहरूसित युद्ध गर्न सक्नेछौँ।” \p \v 7 यिप्‍ताले तिनीहरूलाई भने, “के तपाईंहरूले मलाई घृणा गरेर मेरो पिताको घरबाट धपाउनुभएको होइन र? अब तपाईंहरूमाथि सङ्कष्‍ट आउँदा किन तपाईंहरू मकहाँ आउनुहुन्छ?” \p \v 8 गिलादका प्रधानहरूले यिप्‍तालाई भने, “यसैले त, अब हामी तपाईंतर्फ फर्कँदैछौँ; अम्मोनीहरूसित लडाइँ गर्न हामीसित आउनुहोस्, र गिलादमा बस्‍ने हामी सबैका शासक तपाईं हुनुहुनेछ।” \p \v 9 यिप्‍ताले जवाफ दिए, “यदि मलाई तपाईंहरूले अम्मोनीहरूसित लडाइँ गर्न फर्काएर लैजानुभयो र याहवेहले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने के म साँच्‍चै तपाईंहरूका शासक हुनेछु?” \p \v 10 गिलादका प्रधानहरूले जवाफ दिए, “याहवेह नै हाम्रो साक्षी हुनुहुन्छ; हामी अवश्य तपाईंले भन्‍नुभएझैँ गर्नेछौँ।” \v 11 यसकारण यिप्‍ता गिलादका प्रधानहरूसित गए; अनि मानिसहरूले तिनलाई उनीहरूमाथि मुखिया र सेनापति बनाए। तिनले आफ्ना सबै कुराहरू मिस्पामा याहवेहको सामु दोहोर्‍याए। \p \v 12 त्यसपछि यिप्‍ताले अम्मोनीहरूका राजाकहाँ यो प्रश्नका साथ दूतहरू पठाए: “हाम्रो विरुद्धमा तपाईंको के झगडा थियो, र तपाईंले हाम्रो देशमाथि आक्रमण गर्नुभयो?” \p \v 13 अम्मोनीहरूका राजाले यिप्‍ताका दूतहरूलाई जवाफ दिए, “इस्राएल इजिप्टबाट उक्लिआउँदा तिनीहरूले अर्नोनदेखि यब्बोक र यर्दनसम्मै मेरो देश लिए। अब शान्तिसित त्यो मलाई फर्काइदेऊ।” \p \v 14 यिप्‍ताले आफ्ना दूतहरूलाई फेरि अम्मोनी राजाकहाँ यो सन्देशसहित पठाएः \pm \v 15 “यिप्‍ता यसो भन्‍नुहुन्छ: इस्राएलले न मोआब, न त अम्मोनीहरूको देश नै लिए। \v 16 तर जब तिनीहरू इजिप्टबाट निस्किआए, तब इस्राएल उजाडस्थानबाट भएर लाल समुद्रमा गए, र कादेशमा पुगे। \v 17 तब इस्राएलले एदोमका राजाकहाँ यसो भनेर दूतहरू पठाए, ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ तर एदोमका राजाले सुनेनन्। तिनीहरूले मोआबका राजाकहाँ पनि यो बिन्ती पठाए, र तिनले अस्वीकार गरे। यसकारण इस्राएल कादेशमै बस्यो। \pm \v 18 “त्यसपछि तिनीहरू उजाडस्थान भएर गए। अनि एदोम र मोआबको किनार भएर मोआबको पूर्वीय भागबाट छिरेर अर्नोनको पल्‍लोपट्टि छाउनी हाले। तिनीहरू मोआबको प्रान्तमा पसेनन्; किनकि अर्नोन त्यसको सिमाना थियो। \pm \v 19 “त्यसपछि इस्राएलले हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाएर तिनलाई भने, ‘हामीलाई तपाईंको देश भएर हाम्रो आफ्नै ठाउँमा जान दिनुहोस्।’ \v 20 तरै पनि सीहोनले आफ्नो प्रान्तबाट भएर जान दिने कुरामा इस्राएलमाथि भरोसा गरेनन्। तिनले आफ्ना सबै मानिसहरू भेला गरेर यहसामा छाउनी हालेर इस्राएलीहरूसित लडाइँ गरे। \pm \v 21 “तब याहवेह इस्राएलका परमेश्‍वरले सीहोन र तिनका सबै सैनिकहरूलाई इस्राएलको हातमा दिनुभयो। अनि तिनीहरूले उनीहरूलाई परास्त गरे। इस्राएलले त्यस देशमा बस्‍ने एमोरीहरूका सबै देश अधिकारमा लिए। \v 22 यसरी अर्नोनदेखि यब्बोकसम्म र उजाडस्थानदेखि यर्दनसम्म त्यसका सम्पूर्ण भाग कब्जा गरे। \pm \v 23 “अब याहवेह इस्राएलका परमेश्‍वरले उहाँको प्रजा इस्राएलको सामुबाट एमोरीहरूलाई धपाइदिनुभएपछि, त्यसलाई लिने तपाईंको के अधिकार छ? \v 24 के तपाईंले आफ्नो देवता कमोशले दिएको लिनुहुन्‍न र? त्यसै गरी याहवेह हाम्रा परमेश्‍वरले हामीलाई जे दिनुभएको छ, त्यो हामी अधिकार गर्नेछौँ। \v 25 के तपाईं मोआबका राजा सिप्पोरका छोरा बालाकभन्दा असल हुनुहुन्छ? के तिनले कहिल्यै इस्राएलसँग झगडा गरे अथवा तिनीहरूसित युद्ध गरे? \v 26 तीन सय वर्षसम्म इस्राएलले हेश्बोन, अरोएर, चारैतिरका बस्तीहरू र अर्नोनको वरपरका सबै सहरहरू आफ्ना अधीनमा राखे। तपाईंले तिनीहरूलाई त्यस बेला किन फिर्ता लिनुभएन? \v 27 मैले तपाईंमाथि खराबी गरेको छैनँ; तर तपाईंले भने मेरो विरुद्धमा युद्ध गरेर ममाथि अन्याय गर्नुहुँदैछ। न्यायकर्ता याहवेहले नै आज इस्राएलीहरू र अम्मोनीहरूको बीचको यो झगडामा निर्णय गरिदेऊन्।” \m \v 28 तरै पनि यिप्‍ताले पठाएको सन्देशमाथि अम्मोनका राजाले ध्यानै दिएनन्। \p \v 29 तब याहवेहको आत्मा यिप्‍तामाथि आउनुभयो। तिनले गिलाद र मनश्शेलाई पार गरे। तिनी गिलादको मिस्पाबाट भएर गए, र त्यहाँबाट तिनी अम्मोनीहरूको विरुद्धमा अगि बढे। \v 30 अनि यिप्‍ताले याहवेहमा यो भाकल गरे: “यदि तपाईंले अम्मोनीहरूलाई मेरो हातमा दिनुभयो भने, \v 31 म अम्मोनीहरूबाट सुरक्षित फर्कँदा मलाई भेट्न मेरो घरको ढोकाबाट जो निस्किआउँछ, त्यो याहवेहको हुनेछ र म त्यसलाई याहवेहकहाँ होमबलिस्वरूप चढाउनेछु।” \p \v 32 त्यसपछि यिप्‍ता अम्मोनीहरूसित लडाइँ गर्न गए, र याहवेहले तिनीहरूलाई तिनको हातमा दिनुभयो। \v 33 तिनले अरोएरदेखि मिन्‍नीतको वरिपरि अबेल-करामीमसम्मै बीस वटा सहरहरू ध्वंस पारिदिए। यसरी इस्राएलले अम्मोनलाई अधीनमा ल्याए। \p \v 34 जब यिप्‍ता आफ्नो घर मिस्पामा फर्के, तब तिनलाई भेट्न तिनकी छोरी खैँजडीको धुनमा नाच्दै आइन्! तिनी उनकी एउटै सन्तान थिइन्। तिनीबाहेक उनका अरू छोराछोरी थिएनन्। \v 35 जब यिप्‍ताले तिनलाई देखे, तब आफ्नो लुगा च्यातेर कराए, “अहो, मेरी छोरी! तिमीले त मलाई दुःखी बनायौ र बरबाद पार्‍यौ; किनकि याहवेहमा गरेको भाकल म तोड्न सक्दिनँ।” \p \v 36 तिनले जवाफ दिइन्, “मेरा बुबा, तपाईंले याहवेहलाई आफ्नो वचन दिनुभएको छ। अब याहवेहले तपाईंका शत्रुहरू अम्मोनीहरूसित बदला लिनुभएकोले तपाईंले प्रतिज्ञा गर्नुभएझैँ मलाई गर्नुहोस्।” \v 37 तिनले भनिन्, “तर मेरो यो एउटा बिन्तीचाहिँ सुनिदिनुहोस्। मलाई दुई महिनासम्म मेरा साथीहरूसित डाँडाहरूमा रोएर हिँड्न दिनुहोस्; किनकि मेरो विवाह कहिल्यै हुनेछैन।” \p \v 38 उनले भने, “तिमी जान सक्छौ।” अनि उनले तिनलाई दुई महिनाको निम्ति जान दिए। तिनी र अरू केटीहरू डाँडाहरूमा गएर रोए; किनकि तिनले कहिल्यै विवाह नगर्ने भइन्। \v 39 दुई महिना बितेपछि तिनी आफ्ना बुबाकहाँ फर्केर आइन्, र उनले आफूले भाकल गरेझैँ गरे। तिनी कुमारी थिइन्। \p त्यहाँबाट इस्राएलीहरूको यो रीति सुरु भयो, \v 40 कि प्रत्येक वर्ष इस्राएलका जवान छोरीहरू गिलादी यिप्‍ताकी छोरीको स्मृतिमा चार दिनसम्म बाहिर जाने गर्थे। \c 12 \s1 यिप्‍ता र एफ्राइम \p \v 1 एफ्राइमका मानिसहरूले आफ्नो सैन्यदललाई बोलाए र सापोन पार गरे। तिनीहरूले यिप्‍तालाई भने, “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई नबोलाई तपाईं किन जानुभयो? हामी तपाईंलाई तपाईंको घरसहित जलाइदिनेछौँ।” \p \v 2 यिप्‍ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ। \v 3 जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?” \p \v 4 त्यसपछि यिप्‍ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।” \v 5 गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्‍ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने, \v 6 तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्‍चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्‍लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए। \p \v 7 यिप्‍ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व\f + \fr 12:7 \fr*\ft परम्परागत रूपमा \ft*\fqa न्याय\fqa*\ft ; \+xt 8‑14|link-href="JDG 12:8‑14"\+xt* पदहरूमा पनि\ft*\f* गरे। त्यसपछि गिलादी यिप्‍ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए। \s1 इब्सान, एलोन र अब्दोन \p \v 8 तिनीपछि बेथलेहेमका इब्सानले इस्राएलीहरूलाई नेतृत्व गरे। \v 9 तिनका तीस जना छोरा र तीस जना छोरी थिए। तिनले आफ्नी छोरीहरूका विवाह आफ्नो वंशभन्दा बाहिर गरिदिए। अनि आफ्ना छोराहरूका पत्नीहरू आफ्नो वंशभन्दा बाहिरका तीस जना जवान स्त्रीहरू ल्याए। इब्सानले इस्राएललाई सात वर्षसम्म नेतृत्व गरे। \v 10 त्यसपछि इब्सान मरे, र तिनी बेथलेहेममा गाडिए। \p \v 11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमाथि दश वर्षसम्म नेतृत्व गरे। \v 12 त्यसपछि एलोन मरे, र जबूलून देशमा भएको अय्यालोनमा गाडिए। \p \v 13 तिनीपछि पिरातोनी हिल्‍लेलका छोरा अब्दोन इस्राएलको नेतृत्व गरे। \v 14 तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे। \v 15 त्यसपछि हिल्‍लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोनमा गाडिए। \c 13 \s1 शिमशोनको जन्म \p \v 1 फेरि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। यसकारण याहवेहले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूको हातमा सुम्पिदिनुभयो। \p \v 2 सोरामा बस्‍ने दान वंशका मानोह नाम भएका मानिसकी एउटी बाँझी पत्नी थिइन्, जसले कुनै सन्तान जन्माइनन्। \v 3 याहवेहका दूत तिनीकहाँ देखा परेर भने, “तिमी बाँझी र निःसन्तान छौ, तर तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ। \v 4 अब तिमी होशियार होऊ, र कुनै दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू, र तिमीले अशुद्ध कुरा नखानू; \v 5 किनकि तिमी गर्भवती हुनेछौ, र एउटा छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलगाइयोस्। किनकि त्यो बालक गर्भधारणको समयदेखि नै परमेश्‍वरका निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले इस्राएललाई पलिश्तीहरूको हातबाट छुटाउन अगुवाइ गर्नेछ।” \p \v 6 तब ती स्त्री आफ्नो पतिकहाँ गइन्, र तिनलाई यसो भनिन्, “परमेश्‍वरका एक जना मानिस मकहाँ आए। तिनी परमेश्‍वरका दूतझैँ अति भययोग्य देखिन्थे। मैले तिनलाई तिनी कहाँबाट आएका हुन् भनी सोधिनँ। अनि तिनले पनि मलाई आफ्नो नाम बताएनन्। \v 7 तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब तिमीले दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू र कुनै अशुद्ध कुरो नखानू; किनकि त्यो केटो गर्भधारणदेखि उसको मृत्युसम्म नै परमेश्‍वरका निम्ति एक नाजिरी हुनेछ।’ ” \p \v 8 तब मानोहले याहवेहकहाँ प्रार्थना गरे, “हे प्रभु, जन्मन लागेको बालकलाई कसरी हुर्काउने भनी हामीलाई सिकाउनका निम्ति हामीकहाँ पठाइएका परमेश्‍वरका जन फेरि आऊन् भनी म तपाईंसित बिन्ती गर्छु।” \p \v 9 याहवेहले मानोहको प्रार्थना सुन्‍नुभयो, र ती स्त्री खेतमा हुँदा परमेश्‍वरका दूत फेरि आए। तर तिनको पति मानोह तिनीसित थिएनन्। \v 10 “त्यस दिन मकहाँ देखा पर्ने मानिस यहाँ छन्!” भन्‍नलाई तिनी दौडेर आफ्नो पतिकहाँ गइन्। \p \v 11 मानोह उठे, र आफ्नी पत्नीको पछि लागे। तिनी त्यस मानिसकहाँ आइपुगेपछि तिनले भने, “के मेरी पत्नीसित बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” \p तिनले भने, “हो, म नै हुँ।” \p \v 12 यसकारण मानोहले तिनलाई सोधे, “तपाईंका वचनहरू कहिले पूरा हुनेछन् र त्यस केटाको जीवन र कामको विषयमा कस्तो नियम छ?” \p \v 13 याहवेहका दूतले जवाफ दिए, “तिम्री पत्नीले मैले तिनलाई भनेका सबै कुरा गर्नुपर्छ। \v 14 तिनले अङ्‌गुरबाट उत्पादन भएको कुनै पनि कुरा खानुहुँदैन। तिनले कुनै मद्यपान अथवा मत्ताउने पेय नपिऊन्, न त कुनै अशुद्ध कुरा खाऊन्। तिनले मैले आज्ञा दिएको प्रत्येक कुरा पालन गरून्।” \p \v 15 मानोहले याहवेहका दूतलाई भने, “तपाईंका निम्ति एउटा कलिलो पाठा हामीले तयार नपारेसम्म कृपया यहीँ पर्खनुहोस्।” \p \v 16 याहवेहका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोके तापनि म तिमीहरूको भोजनबाट केही खानेछैनँ। तर तिमीहरूले होमबलि तयार गर्छौ भने त्योचाहिँ याहवेहलाई चढाओ।” (तिनी याहवेहका दूत हुन् भनी मानोहलाई थाहा थिएन।) \p \v 17 तब मानोहले याहवेहका दूतलाई सोधे, “तपाईंको नाम के हो? ताकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई सम्मान दिन सकौँ?” \p \v 18 तिनले जवाफ दिए, “तिमीहरू किन मेरो नाम सोध्छौ? यो अचम्मको छ।” \v 19 तब मानोहले एउटा कलिलो पाठा र अन्‍नबलि लिए; अनि याहवेहका निम्ति एउटा चट्टानमा चढाए। मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै याहवेहले एउटा अचम्मको काम गर्नुभयो। \v 20 त्यो ज्वाला वेदीबाट आकाशतिर जलेर जाँदै गर्दा याहवेहका दूत त्यस ज्वालामा उक्लेर गए। त्यो देखेर मानोह र तिनकी पत्नी भुइँमा घोप्टो परे। \v 21 त्यसपछि याहवेहका दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, तब तिनी याहवेहको दूत पो रहेछन् भनी मानोहले थाहा पाए। \p \v 22 तब तिनले आफ्नी पत्नीलाई भने, “अब हामी मर्नेछौँ! हामीले परमेश्‍वरलाई देख्यौँ!” \p \v 23 तर तिनकी पत्नीले भनिन्, “यदि याहवेहले हामीलाई मार्ने विचार गर्नुभएको भए उहाँले हाम्रा हातबाट होमबलि र अन्‍नबलि ग्रहण गर्नुहुनेथिएन, न त यो कुरा हामीलाई देखाउनुहुनेथियो, अथवा बताउनुहुनेथियो।” \p \v 24 ती स्त्रीले एउटा छोरा जन्माइन्, र त्यसको नाम शिमशोन राखिन्। त्यो बालक बढ्यो, र याहवेहले त्यसलाई आशिष् दिनुभयो। \v 25 अनि त्यो सोरा र एश्तोल बीचको महनेह-दानमा हुँदा याहवेहको आत्माले त्यसलाई प्रेरणा दिन थाल्नुभयो। \c 14 \s1 शिमशोनको विवाह \p \v 1 एक दिन जब शिमशोन तिम्नामा झरे, तब एउटी जवान पलिश्ती स्त्रीमा उनको ध्यान गयो। \v 2 उनी फर्केपछि उनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखेको छु। तिनीसित मेरो विवाह गरिदिनुहोस्।” \p \v 3 उनका बुबा र आमाले जवाफ दिए, “के तेरा आफन्तहरूमध्ये अथवा हाम्रा सबै मानिसहरूमध्ये कुनै ग्रहणयोग्य स्त्री छैन? के तैँले खतना नभएका पलिश्तीहरूबाट नै पत्नी ल्याउनुपर्छ र?” \p तर शिमशोनले आफ्ना बुबालाई भने, “मलाई त्यही स्त्री नै ल्याइदिनुहोस्। मेरो लागि तिनी नै उपयुक्त छिन्।” \v 4 (यो याहवेहबाट नै भएको हो, जसले पलिश्तीहरूका विरुद्धमा अवसर खोजिरहनुभएको थियो भन्‍ने कुरा उनका आमा र बुबालाई थाहा थिएन। त्यस बेला तिनीहरूले इस्राएलमाथि शासन गरिरहेका थिए।) \p \v 5 शिमशोन आफ्ना आमा र बुबासित तिम्नामा झरे। जब तिनीहरू तिम्नाका दाखबारीमा पुगे, तब अचानक एउटा जवान सिंह गर्जँदै शिमशोनमाथि झम्टियो। \v 6 तब याहवेहको आत्मा झट्टै उनीमाथि शक्तिसाथ आउनुभयो, र उनले त्यस सिंहलाई खाली हातले पाठोलाई झैँ च्यातिदिए। तर आफूले जे गरेका थिए, त्यो कुरा उनले आफ्ना आमाबुबालाई बताएनन्। \v 7 तब उनी तल झरे र ती स्त्रीसित कुरा गरे र उनले तिनलाई मन पराए। \p \v 8 केही समयपछि उनी तिनलाई विवाह गर्न भनी फर्केर जाँदा उनी त्यही सिंहको सिनो हेर्नलाई त्यतातिर लागे। उनले त्यसमा मौरीका एक हुल र केही मह देखे। \v 9 उनले आफ्नो हातबाट मह झिकेर खाँदै गए। तब आफ्ना आमाबुबालाई भेटेर उनले तिनीहरूलाई केही मह दिए, र तिनीहरूले पनि खाए। तर उनले त्यो मह सिंहको सिनोबाट निकालेको कुरा तिनीहरूलाई बताएनन्। \p \v 10 अनि उनका बुबा ती स्त्रीलाई हेर्न भनी तल झरे; र शिमशोनले त्यहाँ एउटा भोज लगाए; किनकि दुलहाहरूले त्यहाँ त्यस्तै गर्नुपर्ने चलन थियो। \v 11 जब मानिसहरूले शिमशोनलाई देखे, तब उनको साथमा जानलाई तीस जना साथीहरूलाई ल्याए। \p \v 12 शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। मलाई त्यसको जवाफ भोजको सात दिनभित्र तिमीहरूले दिन सक्यौ भने म तिमीहरूलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनेछु। \v 13 यदि तिमीहरूले यसको जवाफ दिन सकेनौ भने तिमीहरूले मलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनुपर्छ।” \p तिनीहरूले भने, “हामीलाई तिम्रो अड्को भन, हामी सुन्‍नेछौँ।” \p \v 14 तब उनले जवाफ दिए, \q1 “खानेबाट खानेकुरा निस्क्यो; \q2 बलियोबाट गुलियो कुरो निस्क्यो।” \m तीन दिनसम्ममा पनि तिनीहरूले त्यसको जवाफ दिन सकेनन्। \p \v 15 चौथो दिन\f + \fr 14:15 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa सातौँ दिन\fqa*\f* तिनीहरूले शिमशोनकी पत्नीलाई भने, “तिम्रा पतिलाई त्यो अड्को हामीलाई बताउनका निम्ति फकाऊ, नत्रता तिमी र तिम्रा बुबाका घरानालाई हामी जलाएर मार्नेछौँ। के तिमीले हामीलाई लुट्नको लागि यहाँ बोलाएकी हौ?” \p \v 16 तब शिमशोनकी पत्नीले उनलाई अँगालो हालेर रुँदै भनिन्, “तपाईंले मलाई घृणा गर्नुहुँदो रहेछ! तपाईंले मलाई साँच्‍चै माया गर्नुहुँदो रहेनछ। तपाईंले मेरा मानिसहरूलाई अड्को थाप्नुभयो, तर मलाईचाहिँ त्यसको जवाफ बताउनुभएको छैन।” \p उनले जवाफ दिए, “हेर, यो त मैले मेरा आमा र बुबालाई पनि बताएको छैनँ; तब के म त्यो तिमीलाई बताऊँ?” \v 17 तब तिनी भोजको सात दिनसम्मै रोइरही। यसकारण आखिरमा उनले तिनलाई सातौँ दिनमा बताइदिए; किनकि तिनले उनलाई कर गरिरहिन्। तिनले उनको अड्को आफ्ना मानिसहरूलाई बताइदिइन्। \p \v 18 सातौँ दिनको सूर्यास्त पहिले नै सहरका ती मानिसहरूले शिमशोनलाई भने, \q1 “महभन्दा गुलियो के हुन्छ र? \q2 सिंहभन्दा बलियो के हुन्छ र?” \p शिमशोनले उनीहरूलाई भने, \q1 “यदि तिमीहरूले मेरी कोरलीलाई नजोतेका भए, \q2 “तिमीहरूले मेरो अड्को समाधान गर्ने थिएनौ।” \p \v 19 तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। तिनी तल अश्कलोनमा झरे, र तिनीहरूका तीस जना मानिसहरूलाई मारे। तिनीहरूका सबै कुरा खोसे, र तिनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तिनी रिसले चुर भएर आफ्ना बुबाको घरतिर गए। \v 20 तर शिमशोनकी पत्नी त्यसै विवाहमा लोकन्त हुने साथीलाई दिइयो। \c 15 \s1 पलिश्तीहरूमाथि शिमशोनको बदला \p \v 1 केही समयपछि गहुँ कटनीको समयमा शिमशोनले एउटा कलिलो पाठो लिएर आफ्नी पत्नीलाई भेट्न गए। उनले भने, “म आफ्नी पत्नीको कोठामा जाँदैछु।” तर तिनका बुबाले उनलाई जान दिएनन्। \p \v 2 उनले भने, “तिमीले तिनलाई घृणा गर्छौ भन्‍ने मलाई पक्‍का थाहा भएकोले मैले त तिनलाई तिम्रो साथीलाई दिएँ। के तिनकी बहिनी तिनीभन्दा राम्री छैन र? बरु तिनलाई लैजाऊ।” \p \v 3 शिमशोनले तिनीहरूलाई भने, “यस पटक पलिश्तीहरूमाथि बदला लिने अधिकार मलाई छ। म साँच्‍चै तिनीहरूको हानि गर्नेछु।” \v 4 यसकारण शिमशोन बाहिर निस्के। अनि तीन सय स्यालहरू पक्रेर जोडी-जोडी गरी तिनीहरूका पुच्छर बाँधे, र गाँठोमा राँको बाँधिदिए। \v 5 तब राँकाहरू सल्काएर ती स्यालहरूलाई पलिश्तीहरूका अन्‍नको खेतमा छोडिदिए। उनले खेतमा रहेको अन्‍न र बाँधेर राखेको बिटा, र दाखबारी र जैतुनका बगैँचा जलाइदिए। \p \v 6 जब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तब तिनीहरूलाई यसो भनियो, “किनकि उनकी पत्नी उनका साथीलाई दिएकोले तिम्नाका जुवाइँ शिमशोनले यो सबै गरेका हुन्।” \p यसकारण पलिश्तीहरू गए; अनि ती स्त्री र तिनका बुबालाई जलाइदिए। \v 7 शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले यो काम गरेको हुनाले म तिमीहरूमाथि बदला नलिई रोकिनेछैनँ।” \v 8 उनले तिनीहरूमाथि निर्दयतापूर्वक आक्रमण गरे; र धेरैलाई मारे। तब तिनी तल झरेर एतामको पहरामा भएको गुफामा बसे। \p \v 9 पलिश्तीहरू उक्लेर गए, र यहूदामा छाउनी हालेर लहीसम्म छरिएर बसे। \v 10 यहूदाका मानिसहरूले सोधे, “तपाईंहरू किन हामीसित लडाइँ गर्न आउनुभयो?” \p तिनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई कैदी बनाउन र उनले हामीलाई जे गरेका छन्, त्यो उनलाई गर्न आएका हौँ।” \p \v 11 तब यहूदाबाट तीन हजार मानिसहरू एतामको पहरामा भएको गुफामा झरेर गए, र शिमशोनलाई भने, “पलिश्तीहरू हामीमाथि शासन गर्नेहरू हुन् भनेर के तिमी जान्दैनौ? तिमीले हामीमाथि यो के गर्‍यौ?” \p उनले जवाफ दिए, “मैले तिनीहरूले ममाथि जे गरे, त्यो मात्र तिनीहरूलाई गरेँ।” \p \v 12 तिनीहरूले उनलाई भने, “हामी यहाँ तिमीलाई बाँधेर पलिश्तीहरूको हातमा दिनलाई आएका छौँ।” \p शिमशोनले भने, “तिमीहरूले चाहिँ मलाई मार्नेछैनौँ भनी शपथ खाओ।” \p \v 13 तिनीहरूले भने, “हामी राजी छौँ। हामी तिमीलाई बाँधेर मात्र तिनीहरूका हातमा सुम्पिदिनेछौँ। हामी तिमीलाई मार्नेछैनौँ।” यसकारण तिनीहरूले उनलाई दुई वटा नयाँ डोरीहरूले बाँधे, र त्यस पहराबाट माथि लिएर गए। \v 14 उनी लहीमा पुग्दा पलिश्तीहरू तिनीकहाँ चिच्याउँदै आए। तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। उनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैँ भए। अनि ती बन्धनहरू उनका हातहरूबाट फुस्के। \v 15 उनले एउटा गधाको आलो बङ्गारा भेट्टाए। अनि उठाए, र त्यसैले एक हजार मानिसलाई मारे। \p \v 16 तब शिमशोनले भने, \q1 “एउटा गधाको बङ्गाराले \q2 मैले तिनीहरूलाई गधाहरूझैँ बनाएँ। \q1 एउटा गधाको बङ्गाराले \q2 मैले एक हजार मानिस मारेँ।” \m \v 17 यति भनिसकेर उनले त्यो बङ्गारा फ्याँकिदिए। यसैले त्यस ठाउँलाई रामत-लही\f + \fr 15:17 \fr*\ft अथवा बङ्गारा डाँडा\ft*\f* भनियो। \p \v 18 उनी खूबै तिर्खाएका हुनाले तिनले याहवेहको पुकार गरे, “तपाईंले आफ्नो सेवकलाई महान् विजय दिनुभएको छ। के अब म तिर्खाले मरूँ? ती खतना नभएकाहरूका हातमा परूँ?” \v 19 तब परमेश्‍वरले लहीमा एउटा खाल्डो बनाउनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले पानी पिएपछि उनको बल फर्कियो, र उनी ताजा भए। यसकारण त्यो मूल फुटेको ठाउँलाई एन-हक्‍कोरे\f + \fr 15:19 \fr*\ft अथवा \ft*\fqa पुकार्नेहरूको पानीको मूल\fqa*\f* भनियो, र त्यो अझसम्म लहीमा छँदैछ। \p \v 20 शिमशोनले इस्राएललाई पलिश्तीहरूका समयमा बीस वर्षसम्म अगुवाइ\f + \fr 15:20 \fr*\ft परम्परागत रूपमा \ft*\fqa न्याय\fqa*\f* गरे। \c 16 \s1 शिमशोन र दलीला \p \v 1 एक दिन शिमशोन गाजामा गए; र त्यहाँ उनले एउटी वेश्यालाई भेटे। उनी त्यससित रात बिताउनलाई त्यसकहाँ गए। \v 2 गाजाका मानिसहरूलाई “शिमशोन यहाँ आएका छन्” भनी सुनाइयो। यसकारण तिनीहरूले त्यस ठाउँलाई घेरे, र रातभरि सहरको मूलढोकामा तिनलाई ढुकिबसे। तिनीहरू रातभरि यताउति नगइकन “बिहानै हामी त्यसलाई मार्नेछौँ” भन्दै बसिरहे। \p \v 3 तर शिमशोन त्यहाँ आधा रातसम्म मात्र ढल्किरहे। तब उनी उठे, र सहरको मूलढोका र त्यसका दुई वटा खम्बाहरू पक्रेर तिनीहरूका आग्लोसमेत ती सबैलाई उखेलिदिए। उनले ती आफ्ना काँधमा हालेर हेब्रोनतिर फर्केको डाँडामा बोकेर लगे। \p \v 4 केही समयपछि उनी सोरेकको बेँसीमा भएकी दलीला नामकी स्त्रीसित प्रेममा परे। \v 5 पलिश्तीहरूका शासकहरू उनीकहाँ गएर भने, “तिमीले उनलाई आफ्नो महान् शक्तिको भेद देखाउन र हामीले कसरी उनलाई जितेर बाँधीकन उनलाई अधीनमा ल्याउन सक्छौँ, सो प्रकट गर्न फकाउनू। हामी प्रत्येकले तिमीलाई चाँदीका एघार सय सेकेल\f + \fr 16:5 \fr*\ft लगभग 13 किलो\ft*\f* सिक्‍का दिनेछौँ।” \p \v 6 यसकारण दलीलाले शिमशोनलाई भनी, “कृपया मलाई भन्‍नुहोस्, तपाईंको महान् शक्तिको रहस्य केमा छ, र तपाईंलाई कसरी बाँधेर वशमा पार्न सकिन्छ?” \p \v 7 शिमशोनले त्यसलाई भने, “यदि कसैले मलाई सात वटा नसुकाएका नयाँ धनुका ताँदाले बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” \p \v 8 तब पलिश्तीका शासकहरूले त्यसलाई नसुकाएका सात वटा ताजा ताँदा ल्याइदिए, र त्यसले उनलाई तिनैले बाँधी। \v 9 त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ताँदालाई ज्वालामा धागो हाल्दा चुँडिएझैँ सजिलैसित चुँडाइदिए। यसरी उनको बलको भेद थाहा पाउन सकिएन। \p \v 10 तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई मूर्ख बनाउनुभयो; तपाईंले मलाई ढाँट्नुभयो। कृपया, यस पटक मलाई भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्न सकिन्छ?” \p \v 11 उनले भने, “यदि कसैले मलाई कहिल्यै प्रयोग नगरिएका नयाँ डोरीहरूले राम्रोसित बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” \p \v 12 यसकारण दलीलाले नयाँ डोरीहरू ल्याई, र ती डोरीहरूले उनलाई बाँधी। त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ती पाखुराका डोरीहरूलाई धागोझैँ चुँडाइदिए। \p \v 13 तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई अहिलेसम्म मूर्ख बनाउँदै र ढाँट्दै हुनुहुन्छ। तपाईंलाई कसरी बाँध्न सकिन्छ? मलाई भन्‍नुहोस्।” \p उनले जवाफ दिए, “यदि तिमीले मेरा कपालका सात वटा लट्टाहरूलाई तानमा बुनेर किलामा बाँधिदियौ भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” यसकारण त्यसले उनी सुतेको बेला उनको कपालका सात वटा लट्टाहरू लिएर बाटी; \v 14 तब त्यसलाई किलामा कसिदिई। \p त्यसले फेरि उनलाई बोलाई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी निद्राबाट बिउँझेँ, र तानलाई किलासमेत उखेलिदिए। \p \v 15 तब त्यसले उनलाई भनी, “तपाईंले ‘म तिमीलाई प्रेम गर्छु’ भनी कसरी भन्‍न सक्नुहुन्छ? जबकि तपाईंले मलाई भेद नै बताउन सक्नुहुन्‍न? तपाईंले मलाई मूर्ख बनाउनुभयो, र आफ्नो महान् शक्तिको भेद नबताउनुभएको यो तेस्रो पटक हो।” \v 16 यस्तो कचकचले दिनदिनै वाक्‍क पार्दा उनलाई दिक्‍क लाग्यो। \p \v 17 यसकारण उनले सबै कुरा भनिदिए। उनले भने, “मेरो शिरमा कहिल्यै छुरा परेको छैन; किनकि म आमाको गर्भदेखि नै परमेश्‍वरको निम्ति अलग गरिएको एउटा नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट गइहाल्नेछ, र म अरू मानिसझैँ कमजोर हुनेछु।” \p \v 18 उनले आफूलाई सबै कुरा बताइदिएका थाहा पाएर दलीलाले पलिश्तीहरूकहाँ यसरी समाचार पठाई, “फेरि एक पल्ट फर्किआउनुहोस्; उनले मलाई सबै कुरा बताएका छन्।” यसकारण पलिश्तीका शासकहरू हातमा चाँदी लिएर आए। \v 19 उनलाई आफ्नो काखमा सुताएर त्यसले कपाल खौरिनको निम्ति एक जना मानिसलाई बोलाई, र तिनलाई वशमा पार्न थाली। यसरी उनको शक्ति उनीबाट गइहाल्यो। \p \v 20 तब त्यसले बोलाई “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” \p उनी आफ्नो निद्राबाट बिउँझेँ, र पहिलेझैँ बाहिर गएर आफूलाई स्वतन्त्र तुल्याउनेछु भनी सम्झे। तर आफूलाई याहवेहले त्यागिसक्नुभएको छ भनी उनलाई थाहै भएन। \p \v 21 तब पलिश्तीहरूले उनलाई पक्रेर उनका आँखाहरू निकालिदिए, र उनलाई तल गाजामा लगे। उनलाई काँसोका साङ्लाहरूले बाँधेर तिनीहरूले झ्यालखानामा जाँतो पिँध्न लगाए। \v 22 तर उनका खौरिसकेका शिरका केश फेरि बढ्न लाग्यो। \s1 शिमशोनको मृत्यु \p \v 23 अब आफ्नो देवता दागोनकहाँ एउटा महान् बलि चढाउन भनी पलिश्तीहरूका शासकहरू यसो भन्दै उत्सव मनाउन भेला भए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ।” \p \v 24 जब मानिसहरूले उनलाई देखे, तब तिनीहरूले यसो भन्दै आफ्ना देवताको प्रशंसा गरे, \q1 “हाम्रा देवताले हाम्रा शत्रुलाई \q2 हाम्रा हातमा सुम्पिदिएका छन्। \q1 हाम्रो देशलाई उजाड पारिदिने \q2 र हाम्रा धेरैलाई मार्नेलाई।” \p \v 25 तिनीहरू साह्रै उत्साहित भएको बेला तिनीहरू यसो भनेर कराए, “हामीलाई खेलतमाशा देखाउन शिमशोनलाई ल्याओ।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट झिकाए, र उनले तिनीहरू सबैको सामु खेलतमाशा देखाए। \p तिनीहरूले उनलाई खम्बाहरूको बीचमा उभ्याए, \v 26 अनि शिमशोनले आफ्ना हात समात्ने नोकरलाई भने, “मलाई मन्दिरलाई अडाउने खम्बाहरूमा राखिदे, र म त्यहाँ अडेस लाग्न सकूँ।” \v 27 त्यो मन्दिरचाहिँ पुरुष र स्त्रीहरूले खचाखच भरिएको थियो। अनि पलिश्तीहरूका सबै शासकहरू पनि त्यहाँ थिए। छतमा चाहिँ प्राय: तीन हजार जति पुरुष र स्त्रीहरू शिमशोनको तमाशा हेरिरहेका थिए। \v 28 तब शिमशोनले याहवेहसित प्रार्थना गरे, “हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्‍वर, मलाई एकै पल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।” \v 29 तब शिमशोन मन्दिरलाई थामिराख्ने दुई वटा खम्बाहरूका बीचमा पुगे। तिनीहरूमा बलियोसित अडेसिएर आफ्नो दाहिने हात एउटामाथि र देब्रे हात अर्कोमाथि राखे; \v 30 अनि उनले भने, “मलाई पलिश्तीहरूसितै मर्न दिनुहोस्!” तब शिमशोनले आफ्नो पूरा शक्ति लगाएर ठेले, र मन्दिर ती शासकहरू र त्यसमा भएका मानिसहरूमाथि ढल्यो। यसरी उनले आफू बाँचेको समयको भन्दा झन् धेरै मानिसहरूलाई मारे। \p \v 31 तब उनका दाजुभाइहरू र उनका बुबाका सम्पूर्ण परिवार उनलाई लिन तल झरे। तिनीहरूले उनको लास लगे, र सोरा र एश्तोलको बीचमा उनका बुबा मानोहको चिहानमा गाडे। उनले इस्राएलमाथि बीस वर्षसम्म नेतृत्व गरे। \c 17 \s1 मीकाका मूर्तिहरू \p \v 1 एफ्राइमको पहाडी मुलुकका मीका नामका एक जना मानिस थिए। \v 2 उनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ती एघार सय शेकेल\f + \cat dup\cat*\fr 17:2 \fr*\ft लगभग 13 किलो\ft*\f* चाँदी, जसको विषयमा तपाईंले श्राप दिनुभएको मैले सुनेँ—त्यो चाँदी मसित छ; त्यो मैले नै लिएको थिएँ।” \p तब उनकी आमाले भनिन्, “मेरो छोरा, याहवेहले तिमीलाई आशिष् देऊन्!” \p \v 3 उनले ती एघार सय शेकेल चाँदी आफ्नी आमालाई फर्काएपछि तिनले भनिन्, “मैले यो चाँदी मेरा छोराले खोपेको आकृति र ढालेको मूर्ति बनाओस् भनेर याहवेहकहाँ अर्पण गर्छु। म यो तिमीलाई फर्काइदिनेछु।” \p \v 4 यसरी उनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले चाँदीका दुई सय सेकेल\f + \fr 17:4 \fr*\ft लगभग 2.3 किलो\ft*\f* लिएर एउटा शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखियो। \p \v 5 मीकाको एउटा देवस्थान थियो। उनले एउटा एपोद र केही पारिवारिक मूर्तिहरू बनाएर आफ्ना छोराहरूमध्ये एक जनालाई त्यसको पुजारी बनाएर राखे। \v 6 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो। \p \v 7 यहूदाको बेथलेहेमबाट आएका यहूदाका वंशको बीचमा बस्‍ने एक जवान लेवी थियो। \v 8 उसले त्यस सहरलाई छोडिदियो, र अर्को बस्‍ने ठाउँको खोजीमा हिँड्यो; अनि ऊ एफ्राइमको पहाडी मुलुकमा मीकाको घरमा आइपुग्यो। \p \v 9 मीकाले उसलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” \p उसले भन्यो, “म यहूदाको बेथलेहेमबाट आएको एक लेवी हुँ, र म बस्‍ने ठाउँको खोजीमा छु।” \p \v 10 तब मीकाले उसलाई भने, “मसँगै बस, र मेरा बुबा र पुजारी होऊ। म तिमीलाई प्रतिवर्ष दश शेकेल\f + \fr 17:10 \fr*\ft लगभग 115 ग्राम\ft*\f* चाँदी, तिमीलाई खान-लाउन पनि दिनेछु।” \v 11 यसकारण त्यो लेवी मीकासँग बस्‍न राजी भयो। उनको लागि त्यो जवान मानिस आफ्नै छोराझैँ भयो। \v 12 तब मीकाले त्यो लेवीलाई नियुक्त गरे, र त्यो जवान मानिस उनको पुजारी भएर उनको घरमा बस्‍न थाल्यो। \v 13 तब मीकाले भने, “अब म यो जान्दछु, याहवेह मप्रति असल हुनुहुनेछ; किनकि एक लेवी मेरा पुजारी भएका छन्।” \c 18 \s1 दानवंशीहरू लेशमा बसोबास गर्न थालेका \p \v 1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। \p अनि ती दिनहरूमा दानवंशीहरूले बसोबास गर्नलाई आफ्नै ठाउँ खोजिरहेका थिए। किनकि तिनीहरू इस्राएलका कुलहरूको बीचमा आफ्नै उत्तराधिकारमा आइपुगेका थिएनन्। \v 2 यसकारण दानवंशीहरूले सोरा र एश्तोलबाट त्यो ठाउँ जासुसी गर्न र भेद लिनका लागि पाँच जना योद्धाहरूलाई पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्दथे। तिनीहरूले यिनीहरूलाई यसो भनेका थिए, “जाओ, गएर देशको भेद लेओ।” \p यसकारण ती मानिसहरू एफ्राइमको पहाडी मुलुकमा आइपुगे, र मीकाको घरमा आएर रात बिताए। \v 3 जब तिनीहरू मीकाको घरको छेउनिर पुगे, तब तिनीहरूले त्यस जवान लेवीको सोर चिने। यसकारण तिनीहरू त्यतैतिर पुगेर तिनलाई सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यो ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?” \p \v 4 तिनले आफूलाई मीकाले के गरेका थिए, त्यो तिनीहरूलाई भनिदिए, र भने, “तिनले मलाई ज्यालामा लिएका छन्। म तिनको पुजारी भएको छु।” \p \v 5 तब उनीहरूले तिनलाई भने, “कृपया हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन? परमेश्‍वरसित सोधिदेऊ।” \p \v 6 ती पुजारीले तिनीहरूलाई जवाफ दिए, “शान्तिसित जाओ। तिमीहरूको यात्रालाई याहवेहले समर्थन गर्नुभएको छ।” \p \v 7 यसकारण ती पाँच जना मानिसहरू त्यस ठाउँलाई छोडेर लेशमा आए, र त्यहाँका मानिसहरूलाई सुरक्षामा रहेका सीदोनीहरूझैँ शान्त र सुरक्षित देखे। तिनीहरूको देशमा केही अभाव नभएको कारण तिनीहरूले उन्‍नति गरेका थिए। तिनीहरू सीदोनीहरूभन्दा टाढा पनि थिए, र अरू कसैसित तिनीहरूको केही सम्बन्ध पनि थिएन। \p \v 8 तिनीहरू सोरा र एश्तोलमा फर्किआएपछि तिनीहरूका दाजुभाइहरूले “तिमीहरूले के-के भेट्यौ?” भनी तिनीहरूलाई सोधे। \p \v 9 तिनीहरूले जवाफ दिए, “जाऔँ, हामी तिनीहरूमाथि कब्जा गरौँ! हामीले त्यो देश देख्यौँ। त्यो अति नै राम्रो रहेछ। तपाईंहरू किन चुपचाप बसिरहनुहुन्छ? त्यहाँ गएर त्यसलाई कब्जा गर्न बियाँलो नगर्नुहोस्! \v 10 जब तपाईंहरू त्यहाँ पुग्नुहुनेछ, तब निस्फिक्रीसाथ बसेका मानिसहरू र फराकिलो ठाउँ देख्नुहुनेछ। किनकि परमेश्‍वरले त्यो तपाईंहरूको हातमा दिनुभएको छ, अर्थात् यस्तो देश, जसमा कुनै पनि कुराको अभाव छैन।” \p \v 11 तब दानको वंशबाट छ सय मानिसहरू लडाइँका निम्ति हतियार भिरेर सोरा र एश्तोलबाट निस्के। \v 12 बाटोमा तिनीहरूले यहूदाको किर्यत-यारीममा छाउनी हाले। यसैकारण किर्यत-यारीमको पश्‍चिमतिरको ठाउँलाई आजको दिनसम्म महनेन-दान\f + \fr 18:12 \fr*\fq महनेन-दान \fq*\ft अथवा \ft*\fqa दानको छाउनी\fqa*\f* भनिन्छ। \v 13 त्यहाँबाट तिनीहरू एफ्राइमको पहाडी मुलुकमा गए, र मीकाको घरमा आए। \p \v 14 तब लेश देशको भेद लिने ती पाँच जना मानिसहरूले आफ्ना दाजुभाइहरूलाई भने, “के यी घरहरूमध्ये एउटामा एपोद, अरू घर-देवताहरू, एउटा खोपिएको आकृति र एउटा ढालेर बनाएको मूर्ति छन् भनेर तिमीहरूलाई थाहा छ? अब के गर्नुपर्ने हो, त्यो तिमीहरू जान्दछौ।” \v 15 यसकारण तिनीहरू त्यहाँ गए, र मीकाको ठाउँमा भएको त्यस जवान लेवीको घरमा गएर तिनलाई अभिवादन गरे। \v 16 छ सय दानवंशीहरूचाहिँ युद्धका निम्ति हतियार भिरेर मूलढोकाको प्रवेशद्वारमा उभिए। \v 17 त्यस देशको भेद लिने ती पाँच जना मानिसहरू घरभित्र पसे, र खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू लिए। अनि ती पुजारीहरू र छ सय हतियार भिरेका मानिसहरू मूलढोकाको प्रवेशद्वारमा उभिरहे। \p \v 18 जब ती मानिसहरूले मीकाको घरमा गएर खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू र ढालेर बनाएको मूर्ति लिए, तब ती पुजारीले तिनीहरूलाई भने, “तपाईंहरू के गर्दै हुनुहुन्छ?” \p \v 19 तब तिनीहरूले तिनलाई जवाफ दिए, “चुप लाग्नुहोस्! एक शब्द पनि नबोल्नुहोस्! हामीसित आएर हाम्रा बुबा र पुजारी हुनुहोस्! के एउटा मानिसको घरमा सेवा गर्नुभन्दा इस्राएलमा कुल र वंशकहाँ पुजारीको रूपमा सेवा गर्नु तपाईंलाई असल होइन र?” \v 20 तब ती पुजारी खुशी भए। तिनी एपोद, घर-देवताहरू र खोपिएको आकृति लिएर ती मानिसहरूसित गइहाले। \v 21 तिनीहरूका साना छोराछोरीहरू, तिनीहरूका गाईबस्तु र सरसामानहरू आफ्ना अगि लगाएर तिनीहरू फर्केर गइहाले। \p \v 22 तिनीहरू मीकाको घरदेखि केही टाढा पुगेपछि मीकाका छिमेकीहरू एकसाथ भेला भए; अनि तिनीहरूले उनीहरूलाई खेदेर भेट्टाए। \v 23 तिनीहरूले उनीहरूलाई कराएर बोलाउँदा ती दानवंशीहरूले मीकालाई भने, “तिमीहरूलाई के भयो, र तिमीहरूले आफ्ना मानिसहरूलाई किन लडाइँका लागि बोलायौ?” \p \v 24 तिनले जवाफ दिए, “तपाईंले मैले बनाएका देवी-देवताहरू र मेरा पुजारीलाई लैजानुभयो। अब मसित अरू के रह्‍यो र? तपाईंहरूले ‘तिमीहरूलाई के भयो?’ भनेर कसरी सोध्न सक्नुहुन्छ?” \p \v 25 दानवंशीहरूले जवाफ दिए, “हामीसित तर्क नगर। नत्रता केही रिसाहा मानिसहरूले तिमीमाथि आक्रमण गर्लान्, र तिमी र तिम्रो परिवारले आफ्ना प्राण गुमाउनुपर्ला!” \v 26 यसकारण दानवंशीहरू आफ्नो बाटो लागे, र तिनीहरू आफूभन्दा धेरै बलिया देखेर मीका फर्केर घरतिर लागे। \p \v 27 तब तिनीहरूले मीकाले बनाएका चीजहरू अनि तिनको पुजारीलाई लिएर शान्तिप्रिय र निस्फिक्री मानिसहरूका विरुद्धमा लेशमा गए। तिनीहरूले उनीहरूमाथि तरवारले आक्रमण गरे, र तिनीहरूको त्यो सहर आगोले जलाइदिए। \v 28 तिनीहरूलाई छुटाउने कोही थिएनन्। किनकि तिनीहरू सीदोनदेखि धेरै टाढा बस्थे। अनि अरू कसैसित पनि तिनीहरूको सम्बन्ध थिएन। त्यो सहर बेथ-रेहोबको छेउमा भएको बेँसीमा थियो। \p दानवंशीहरूले त्यस सहरलाई पुनर्निर्माण गरे, र त्यहीँ बसोबास गर्न लागे। \v 29 त्यस सहरलाई लेश भनिए तापनि तिनीहरूका पुर्खा दानको नाममा दान भनी राखे। \v 30 त्यहाँ दानवंशीहरूले ती मूर्तिहरू खडा गरे; अनि मोशाका\f + \fr 18:30 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa मनाश्शे\fqa*\f* छोरा, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरूचाहिँ देश कैदमा नलगिएसम्म दानको कुलका पुजारीहरू भएर बसे। \v 31 परमेश्‍वरको घर शीलोमा भइरहेसम्म तिनीहरूले मीकाले बनाएका मूर्तिहरू प्रयोग गरिरहे। \c 19 \s1 लेवी र उनकी उपपत्नी \p \v 1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। \p अब एफ्राइमको पहाडी मुलुकमा दुर्गम ठाउँमा बस्‍ने एक जना लेवीले यहूदाको बेथलेहेमबाट एउटी उपपत्नी ल्याए। \v 2 तर तिनी आफ्ना पतिप्रति अविश्‍वासी थिइन्। ती स्त्रीले उनलाई छोडेर आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गइन्। तिनी त्यहाँ चार महिनासम्म बसिन्। \v 3 तिनका पतिले तिनलाई फर्काइल्याउनका निम्ति आफ्ना सेवक र दुई वटा गधाहरू लिएर तिनीकहाँ गए। \v 4 तब ती स्त्रीले उनलाई आफ्नो बुबाकहाँ लगिन्, र तिनका बुबाले उनलाई देखेपछि उनलाई बस्‍न आग्रह गरे। यसकारण उनी तिनीसित तीन दिनसम्म खानपिन गर्दै त्यहाँ बसे। \p \v 5 चौथो दिन तिनीहरू बिहानै उठे। तब उनी बिदा हुनको लागि तयार भए, तर ती स्त्रीका बुबाले आफ्ना जुवाइँलाई भने, “केही खानुहोस्, र ताजा भएर जानुहोस्।” \v 6 यसैले तिनीहरू दुवै बसेर एकैसाथ खानपिन गरे। तब ती स्त्रीका बुबाले भने, “कृपया एक रात अझै बसेर रमाइलो गर्नुहोस्!” \v 7 जब उनी जानलाई उठे, तब उनका ससुराले उनलाई अझै बस्‍न आग्रह गरे। यसकारण उनी फेरि पनि एक रात बसे। \v 8 पाँचौँ दिन उनी बिदा हुनलाई बिहानै उठे। तर त्यस स्त्रीका बुबाले भने, “आफूलाई ताजा बनाउनुहोस्। साँझसम्म पर्खनुहोस्!” यसैले तिनीहरू दिउँसो अबेरसम्म नै एकसाथ खानपानमा अल्मलिरहे। \p \v 9 त्यसपछि ती मानिस आफ्नी उपपत्नी र आफ्ना सेवकसित जानलाई फेरि उठे। तब उनका ससुरा अर्थात् त्यस स्त्रीका बुबाले भने, “हेर्नुहोस् त, अब साँझ पर्नै लाग्यो। आजको रात यहीँ बसिदिनुहोस्; किनकि साँझ पर्न लागिसक्यो। बस्‍नुहोस् र आनन्द मनाउनुहोस्! बरु भोलि बिहानै उठेर तपाईं आफ्ना घरतिर लाग्नुहोस्।” \v 10 तर ती मानिसले त्यो रात बस्‍ने इच्छा गरेनन्; तब उठेर हिँडिहाले। अनि आफ्ना भारी लादेका दुई गधाहरू र उपपत्नीसित यबूस, अर्थात् यरूशलेमतिर लागे। \p \v 11 जब तिनीहरू यबूसको छेउमा पुगे, तब दिन ढल्किसकेको थियो। उनको सेवकले आफ्ना मालिकलाई भन्यो, “आउनुहोस्, हामी यबूसीहरूको यस सहरतिर लागौँ र रात यहीँ बिताऔँ।” \p \v 12 तब त्यसका मालिकले जवाफ दिए, “होइन! हामी कुनै परदेशी सहरभित्र जानेछैनौँ, जसका मानिसहरू इस्राएली होइनन्। बरु हामी गेबासम्म जाऔँ।” \v 13 उनले फेरि भने, “आओ, हामी गेबा अथवा रामामा पुग्ने प्रयास गरौँ। अनि त्यहाँ कुनै ठाउँमा बास बसौँ।” \v 14 यसकारण तिनीहरू अगाडि बढे, र बेन्यामीनको गेबाको छेउमा पुग्दा घाम डुबिहाल्यो। \v 15 तिनीहरू त्यहीँ रात बिताउनलाई बसे। तिनीहरू गएर सहरको चोकमा बसे; तर बास दिनका निम्ति कसैले तिनीहरूलाई आफ्नो घरभित्र लगेन। \p \v 16 त्यस साँझ गेबामा बस्‍ने एक बूढो मानिस एफ्राइमको पहाडी मुलुकबाट खेतको कामबाट फर्किरहेका थिए, जहाँका मानिसहरू बेन्यामीनी थिए। \v 17 ती बूढो मानिसले ती यात्रीहरूलाई सहरको चोकमा देखेर सोधे, “तपाईंहरू कहाँ जाने हो? कहाँबाट आउनुभएको हो?” \p \v 18 लेवीले भने, “हामी यहूदाको बेथलेहेमबाट आइरहेका छौँ; र आफ्नै घर एफ्राइमको पहाडी मुलुकको दुर्गम ठाउँमा जाँदैछौँ। म यहूदाको बेथलेहेममा गएको थिएँ, र अब याहवेहको घरमा जाँदैछु। तर कसैले पनि मलाई आफ्नो घरमा लगेन। \v 19 म आफैँ, तपाईंकी सेविका र हामीसँग भएको यो जवान मानिसको निम्ति हामीसित रोटी र दाखमद्य, र हाम्रा गधाहरूको लागि पराल र दाना छन्। हामीलाई केही चाहिँदैन।” \p \v 20 तब ती बूढो मानिसले भने, “तपाईंलाई मेरो घरमा स्वागत छ। तपाईंहरूलाई जे चाहिन्छ, म दिनेछु। तर चोकमा रात नबिताउनुहोस्!” \v 21 यसकारण तिनले उनीहरूलाई आफ्नो घरमा लगे, र उनका गधाहरूलाई दानापानी दिए। तिनीहरूले आ-आफ्ना खुट्टा धोइसकेपछि खानपिन गरे। \p \v 22 तिनीहरूले आनन्द लिइरहेको बेला त्यस सहरका केही दुष्‍ट मानिसहरूले त्यस घरलाई घेरे। तिनीहरूले ढोकामा प्रहार गर्दै त्यस घरका मालिक, त्यस बूढो मानिसलाई कराउँदै यसो भने, “तिम्रो घरमा आएको त्यस मानिसलाई बाहिर निकाल्, हामी त्यससित सहवास गर्न चाहन्छौँ।” \p \v 23 तब त्यस घरका मालिक बाहिर आए, र तिनीहरूलाई भने, “होइन, मेरा मित्रहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरा पाहुना भएकाले यस्तो शर्मलाग्दो काम नगर्नुहोस्। \v 24 हेर्नुहोस्, यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्। बरु म तिनीहरूलाई अहिले तपाईहरूकहाँ बाहिर ल्याउनेछु। अनि तपाईंहरूले तिनीहरूलाई प्रयोग गरेर जे गर्न इच्छा छ, त्यही तिनीहरूसित गर्नुहोस्। तर यी मानिसमाथि यस्तो शर्मलाग्दो काम नगर्नुहोस्!” \p \v 25 तर ती मानिसहरूले तिनको कुरा सुन्‍नै चाहेनन्। यसकारण ती मानिसले उनकी उपपत्नीलाई लिएर तिनीहरूकहाँ बाहिर पठाइदिए। अनि तिनीहरूले तिनलाई रातभरि बलात्कार गरे, र दुर्व्यवहार गरे। अनि बिहानै तिनलाई जान दिए। \v 26 बिहान सबेरै हुँदा त्यो स्त्री आफ्ना पतिको घरमा आई र ढोकामा लडी, र उज्यालो नहोउन्जेल त्यहीँ लडिरही। \p \v 27 बिहान तिनको पति उठेर घरको ढोका खोले। अनि आफ्नो यात्रा अगि बढाउन जब उनी बाहिर निस्के, तब आफ्नी उपपत्नीलाई सँघारमा आफ्ना हात पसारेर लडिरहेकी देखे। \v 28 उनले तिनलाई यसो भने, “उठ, अब हामी जाऔँ।” तर कुनै जवाफ आएन। तब उनले तिनलाई आफ्नो गधामा चढाएर घरतिर लागे। \p \v 29 घर पुगेपछि उनले एउटा छुरी लिएर आफ्नी उपपत्नीको शरीरलाई बाह्र टुक्रा पारे। अनि ती टुक्राहरूलाई इस्राएलका सारा इलाकाहरूमा पठाइदिए। \v 30 त्यो देख्ने प्रत्येकले भने, “इस्राएल इजिप्टबाट आएको दिनदेखि आजसम्म यस्तो कुरो कहिल्यै भएको थिएन, न त देखियो, न सुनियो नै। यसबारे सोच्नुहोस्, र विचार गर्नुहोस्! अनि के गर्नुपर्छ हामीलाई भन्‍नुहोस्!” \c 20 \s1 इस्राएलीहरूले बेन्यामीनीहरूसित लडाइँ गरेका \p \v 1 तब दानदेखि बेर्शेबासम्म र गिलाद देशबाट सबै इस्राएलीहरू एकजुट भएर मिस्पामा याहवेहको सामु भेला भए। \v 2 इस्राएलका कुलहरूका सबै मानिसहरूका अगुवाहरूले परमेश्‍वरका मानिसहरूका सभामा आफ्नो स्थान लिए, जसमा तरवार भिरेका चार लाख योद्धा थिए। \v 3 बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्‍ने कुरा सुने। तब इस्राएलीहरूले भने, “यस्तो भयानक काण्ड कसरी घट्यो, हामीलाई भन।” \p \v 4 यसकारण ती मारिएकी स्त्रीका पति लेवीले भने, “म र मेरी उपपत्नी बास बस्‍न बेन्यामीनको गेबामा पुग्यौँ। \v 5 रातको समयमा गेबाका मानिसहरू मेरो विरोधमा उठे, र मलाई मार्ने विचारले घरलाई घेरे। तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे, तब त्यो मरी। \v 6 तब मैले आफ्नी उपपत्नीको लासलाई लिएँ र टुक्रा-टुक्रा गरी काटेँ। अनि इस्राएलका उत्तराधिकारको प्रत्येक प्रान्तमा एक-एक टुक्रा पठाएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो अश्लील र शर्मलाग्दो काम गरे। \v 7 अब तपाईं सारा इस्राएलीहरूले बोल्नुहोस्, र यसको फैसला गरिदिनुहोस्!” \p \v 8 तब सबै मानिसहरू एकजुट भएर यसो भन्दै उठे, “हामी कोही पनि घर जानेछैनौँ, न त हामीमध्ये कोही पनि आफ्नो घरमा जानेछौँ। \v 9 तर अब हामी गेबालाई यसो गर्नेछौँः हामी चिट्ठाले निर्देशन दिएअनुसार त्यसको विरुद्धमा जानेछौँ। \v 10 हामी इस्राएलका सबै कुलहरूका प्रत्येक सय मानिसबाट दश जना र हजारबाट एक सय र दश हजारबाट एक हजार गरी फौजका निम्ति चाहिने सामान तयार गर्नको निम्ति लिनेछौँ। तब फौज बेन्यामीनको गेबामा आएपछि, यसले उनीहरूलाई तिनीहरूले इस्राएलमा गरेका सबै घृणित कामका निम्ति दण्ड दिन सक्नेछ।” \v 11 यसरी इस्राएलका सबै मानिसहरू त्यस सहरको विरुद्धमा एकजुट भएर भेला भए। \p \v 12 इस्राएलका कुलहरूले बेन्यामीनको कुलकहाँ यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूको बीचमा भएको यो डरलाग्दो अपराधचाहिँ के हो? \v 13 अब गेबाका ती दुष्‍ट मानिसहरू हामीलाई सुम्पिदेओ, र हामी तिनीहरूलाई मारेर इस्राएलबाट दुष्‍टता हटाउनेछौँ।” \p तर बेन्यामीनीहरूले आफ्ना सङ्गी इस्राएलीहरूका कुरा सुनेनन्। \v 14 बेन्यामीनीहरूका सहरहरूबाट तिनीहरू इस्राएलीहरूसित युद्ध गर्न गेबामा भेला भए। \v 15 त्यस दिन बेन्यामीनीहरूले आफ्ना सहरहरूबाट छब्बीस हजार तरवारधारी मानिस जम्मा गरे। यसबाहेक गेबामा बस्‍नेहरूबाट सात सय जना चुनिएका मानिसहरू पनि भेला पारे। \v 16 ती सबै योद्धाहरूका बीचबाट छानिएका सात सय मानिस देब्रे-हाते थिए; जसमध्ये प्रत्येकले केशलाई समेत घुँयेत्रोले हान्दा नचुकाई निशाना लगाउँथे। \p \v 17 बेन्यामीनीहरू बाहेक इस्राएलीहरूले चार लाख तरवारधारी लडाकु मानिस एकत्रित गरेका थिए। \p \v 18 इस्राएलीहरू बेथेलमा\f + \fr 20:18 \fr*\ft अथवा \ft*\fqa परमेश्‍वरको घर \fqa*\ft \+xt 26|link-href="JDG 20:26"\+xt* पदमा पनि\ft*\f* उक्लेर गए, र परमेश्‍वरलाई यसो भनेर सोधे, “बेन्यामीनीहरूसित युद्ध गर्न हामीमध्ये कसले पहिले आक्रमण गर्ने?” \p याहवेहले जवाफ दिनुभयो, “यहूदाले पहिले आक्रमण गरोस्।” \p \v 19 भोलिपल्ट बिहानै इस्राएलीहरू उठे, र गेबाको छेउमा छाउनी हाले। \v 20 इस्राएलका मानिसहरू बेन्यामीनीहरूसित युद्ध गर्न निस्के। अनि तिनीहरूका विरुद्धमा गेबामा युद्धको मोर्चा बाँधे। \v 21 अनि बेन्यामीनीहरू गेबामा निस्किआए, र त्यस दिन इस्राएलीहरूका बाइस हजार मानिसलाई लडाइँको मैदानमा मारे। \v 22 तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए। अनि पहिलो दिनकै ठाउँमा फेरि आफ्नो मोर्चा बाँधे। \v 23 इस्राएलीहरू उक्लेर गए, र याहवेहको सामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले याहवेहलाई यसो भनेर सोधे, “के हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूको विरुद्धमा युद्ध गर्न जाऔँ?” \p याहवेहले जवाफ दिनुभयो, “तिनीहरूको विरुद्धमा माथि उक्लेर जाओ।” \p \v 24 तब इस्राएलीहरू दोस्रो दिन बेन्यामीनीहरूसित युद्ध गर्न नजिक गए। \v 25 यस पटक जब बेन्यामीनीहरू तिनीहरूको विरोध गर्न गेबाबाट निस्किआए, तब तिनीहरूले तरवार भिरेका अरू अठार हजार इस्राएलीलाई मारे। \p \v 26 तब सबै इस्राएली र फौज बेथेलमा उक्लेर गए, र त्यहाँ तिनीहरू याहवेहको सामु बसेर रोइरहे। अनि त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे, तब याहवेहलाई होमबलि र मेलबलि चढाए। \v 27 अनि इस्राएलीहरूले याहवेहलाई फेरि सोधे। (ती दिनहरूमा याहवेहको करारको सन्दुक बेथेलमै थियो। \v 28 हारूनका छोरा, एलाजारको छोरा, पीनहास यसको सेवाको लागि चुनिएका थिए।) तिनीहरूले सोधे, “हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूसित युद्ध गर्न उक्लेर जाऔँ कि नजाऔँ?” \p याहवेहले जवाफ दिनुभयो, “जाओ, किनकि भोलि म तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।” \p \v 29 तब इस्राएल गेबाको चारैतिर ढुकिबसे। \v 30 तिनीहरू तेस्रो दिन बेन्यामीनीहरूको विरुद्धमा उक्लेर गए। अनि पहिलेझैँ गेबाको विरुद्धमा मोर्चा बाँधे। \v 31 बेन्यामीनीहरू तिनीहरूलाई आक्रमण गर्न निस्के, र सहरदेखि अलि टाढा गए। पहिलेझैँ तिनीहरूले इस्राएलीहरूलाई मार्न थाले। प्राय: तीस जना मानिसहरू खुला मैदान र बेथेलतिर गए; अनि अर्कोचाहिँ गेबातिर जाने बाटाहरूमा मारिए। \v 32 बेन्यामीनीहरूले, “हामीले पहिलेझैँ तिनीहरूलाई जितिरहेका छौँ” भनी सम्झे। तर इस्राएलीहरूले चाहिँ यसो भन्दैथिए, “हामी पछि हटौँ र तिनीहरूलाई सहरदेखि टाढा बाटोहरूमा लैजाऔँ।” \p \v 33 इस्राएलका सबै मानिसहरू आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे। तब इस्राएलका ढुकिबस्‍नेहरूले गेबाको पश्‍चिमको ठाउँबाट आक्रमण गरे। \v 34 तब इस्राएलका सबैभन्दा असल दश हजार मानिसहरूले गेबामाथि आक्रमण गरे। युद्ध भयानक थियो। बेन्यामीनीहरूले विपत्ति यति नजिक थियो भनेर थाहै पाएनन्। \v 35 तब याहवेहले बेन्यामीनीहरूलाई इस्राएलको सामु पराजित गर्नुभयो। त्यस दिन इस्राएलीहरूले पच्‍चीस हजार एक सय जना तरवारधारी बेन्यामीनीहरूलाई मारे। \v 36 तब बेन्यामीनीहरूले आफूचाहिँ हारेको देखे। \p अब इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई छोडिदिएका थिए। किनकि तिनीहरूले गेबाको छेउमा ढुकिबस्‍नेहरूमाथि भर परेका थिए। \v 37 ती ढुकिबस्‍ने मानिसहरूले अचानक गेबामाथि आक्रमण गरे। अनि तिनीहरू फिँजिएर सारा सहरलाई तरवारले मारे। \v 38 इस्राएलका मानिसहरूले ती ढुकुवाहरूसित तिनीहरूले सहरबाट धुवाँको ठूलो बादल पठाउने भनेर मतो गरेका थिए। \v 39 त्यसपछि इस्राएलका मानिसहरू युद्धमा उत्रने भएका थिए। \p बेन्यामीनीहरूले इस्राएलका मानिसहरू (प्राय: तीस जना) लाई मारेका थिए, र तिनीहरूले भने, “हामीले तिनीहरूलाई पहिलो युद्धमा झैँ जितिरहेका छौँ।” \v 40 तर जब सहरबाट धुवाँको मुस्लो उठ्न थाल्यो, तब ती बेन्यामीनीहरूले फर्केर हेरे। अनि सारा सहरको धुवाँ आकाशतिर उठिरहेको देखे। \v 41 तब इस्राएलका मानिसहरू तिनीहरूमाथि जाइलागे। अनि आफूमाथि विपत्ति आइपरेको थाहा पाएर बेन्यामीनका मानिसहरू आतङ्कित भए। \v 42 यसकारण तिनीहरू इस्राएलीहरूको सामुबाट उजाडस्थानतिर भागे। तर तिनीहरू युद्धबाट उम्कन भने सकेनन्। अनि सहरहरूबाट आएका इस्राएलका मानिसहरूले तिनीहरूलाई त्यहीँ मारे। \v 43 तिनीहरूले बेन्यामीनीहरूलाई पूरै घेरे। अनि तिनीहरूलाई सजिलैसित खेदेर पूर्वपट्टि गेबाको छेउछाउमा उछिने। \v 44 अठार हजार वीर बेन्यामीनीहरू मारिए। \v 45 तिनीहरू फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरातिर भाग्दा इस्राएलीहरूले बाटोमा पाँच हजार मानिसहरूलाई मारे। तिनीहरू बेन्यामीनीहरूको पछि-पछि गिदोमसम्मै लागिरहे। अनि अरू दुई हजार मानिसलाई मारे। \p \v 46 त्यस दिन बेन्यामीनका पच्‍चीस हजार वीर तरवारधारी योद्धाहरू युद्धमा मारिए। \v 47 तर छ सय मानिसहरूचाहिँ फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरामा भागे। अनि तिनीहरू त्यहाँ चार महिनासम्म बसे। \v 48 इस्राएलका मानिसहरू बेन्यामीनका सहरहरूमा फर्केर गए। अनि भेट्टाएका जति सबै पशुहरू र तिनीहरूले सम्पूर्ण सहरहरूलाई तरवारले नष्‍ट पारे। तिनीहरूले भेट्टाएका हरेक सहरलाई पनि आगो लगाइदिए। \c 21 \s1 बेन्यामीनीहरूका निम्ति पत्नीहरू \p \v 1 इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।” \p \v 2 अनि मानिसहरू बेथेलमा\f + \fr 21:2 \fr*\ft अथवा \ft*\fqa परमेश्‍वरको घर\fqa*\f* गए, र तिनीहरू बेलुकासम्मै आफ्ना सोर उचालेर अनियन्त्रित रूपमा परमेश्‍वरको सामु रुँदै बसिरहे। \v 3 तिनीहरू यसो भनेर कराए, “हे याहवेह, इस्राएलका परमेश्‍वर, इस्राएलमा यो किन हुन दिनुभयो? किन इस्राएलबाट आज एउटा कुल हराएर गयो?” \p \v 4 भोलिपल्ट बिहानै मानिसहरूले एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए। \p \v 5 तब इस्राएलीहरूले सोधे, “इस्राएलका सारा कुलहरूबाट कुनचाहिँ कुल याहवेहको सामु भेला भएन?” किनकि तिनीहरूले मिस्पामा याहवेहको सामु भेला नहुने जोसुकै पनि मारिनेछ भनी गम्भीर शपथ खाएका थिए। \p \v 6 आफ्ना बेन्यामीनी दाजुभाइहरूका लागि इस्राएलीहरूले शोक मनाए। तिनीहरूले भने, “आजको दिन इस्राएलबाट एउटा कुल नै मासिएर गएको छ। \v 7 ती बाँकी रहेकाहरूका निम्ति हामीले कसरी पत्नीहरू प्रबन्ध गरौँ? हामीले तिनीहरूलाई आफ्ना कुनै पनि छोरी विवाहको लागि दिनेछैनौँ भनी याहवेहको सामु शपथ खाएका थियौँ।” \v 8 तब तिनीहरूले सोधे, “इस्राएलको कुनचाहिँ कुल मिस्पामा याहवेहको सामु भेला भएन?” तिनीहरूले याबेश-गिलादबाट कोही पनि सभाको निम्ति छाउनी हाल्न आएको रहेनछ भनी थाहा पाए। \v 9 किनकि तिनीहरूले मानिसहरूको संख्या लिँदा याबेश-गिलादबाट एक जना पनि त्यहाँ उपस्थित भएको भेट्टाएनन्। \p \v 10 यसकारण त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादमा गएर त्यहाँ भएका स्त्री र बालबालिकाहरूलाई समेत तरवारले मार्न भनी हुकुम दिएर पठाए। \v 11 तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्याहरूलाई चाहिँ छोडिदिनू।” \v 12 तिनीहरूले याबेश-गिलादमा बस्‍ने मानिसहरूमा कुनै पनि पुरुषसँग सहवास नगरेका चार सय जना कन्याहरू भेट्टाए। उनीहरूलाई तिनीहरूले कनानमा शीलोको छाउनीमा ल्याए। \p \v 13 तब सारा समुदायले रिम्मोनको पहरामा भएका बेन्यामीनीहरूकहाँ शान्तिको प्रस्ताव पठाए। \v 14 त्यस बेला बेन्यामीनीहरू फर्केर आए। अनि तिनीहरूलाई याबेश-गिलादमा बचाइएका ती स्त्रीहरू दिइए। तर तिनीहरू सबैका लागि ती स्त्रीहरूको संख्या पर्याप्‍त थिएन। \p \v 15 मानिसहरूले बेन्यामीनको निम्ति शोक गरे; किनकि याहवेहले इस्राएलका कुलहरू बीचमा एउटा फाटो गरिदिनुभएको थियो। \v 16 तब समुदायका प्रधानहरूले भने, “बेन्यामीनका स्त्रीहरू नष्‍ट भएकाले हामीले बाँकी रहेका मानिसहरूका निम्ति कसरी पत्नीहरू खोजी ल्याइदिनु?” \v 17 तब तिनीहरूले भने, “बाँचेका बेन्यामीनीहरूका उत्तराधिकारीहरू हुनुपर्छ। इस्राएलको एउटा कुल मेटिएर नजाओस्। \v 18 हामी तिनीहरूलाई आफ्ना छोरीहरू पत्नीको रूपमा दिन सक्दैनौँ; किनकि हामी इस्राएलीहरूले ‘बेन्यामीनीलाई पत्नी दिने जोसुकै श्रापित होस्’ भनेर शपथ खाएका छौँ। \v 19 तर हेर्नुहोस्, बेथेलको उत्तरतिर र बेथेलबाट शेकेममा जाने बाटोको पूर्वपट्टि अनि लबोनाको दक्षिणतिर शीलोमा याहवेहको वार्षिक चाड छ।” \p \v 20 यसकारण तिनीहरूले बेन्यामीनीहरूलाई यसो भनेर आज्ञा दिए, “गएर दाखबारीहरूमा लुकी बस; \v 21 अनि ध्यानपूर्वक हेरिबस, जब शीलोका केटीहरू नाचमा सामेल हुन निस्कन्छन्, तब तिमीहरू दाखबारीहरूबाट झट्टै निस्केर प्रत्येकले शीलोबाट आएका केटीहरूबाट एउटीलाई पत्नी हुन पक्र, र बेन्यामीनको देशमा जाओ। \v 22 तिनीहरूका बुबाहरू अथवा दाजुभाइहरूले हामीसित उजुरी गरे भने हामी तिनीहरूलाई यसो भनिदिनेछौँ, ‘तिनीहरूलाई सहायता दिएर हामीमाथि दया गर्नुहोस्; किनकि लडाइँको समयमा हामीले तिनीहरू प्रत्येकका निम्ति पत्नीहरू पाएनौँ। तपाईंहरूले तिनीहरूलाई आफ्ना छोरीहरू वास्तवमा विवाहको निम्ति नदिनुभएको कारण तपाईंहरूले शपथ तोड्नुभएको हुनेछैन, र निर्दोष हुनुहुन्छ।’ ” \p \v 23 यसकारण बेन्यामीनीहरूले त्यसै गरे। ती जवान केटीहरू नाचिरहेका बेला उनीहरू हरेकले एउटी-एउटीलाई पक्रे, र उनीहरूलाई आ-आफ्नी पत्नी बनाउन लगे। तब उनीहरूको आफ्ना उत्तराधिकार सम्पत्ति भएको ठाउँमा फर्के, र सहरहरूलाई पुनर्निर्माण गरे, र तिनमा बसोबास गरे। \p \v 24 त्यस बेला इस्राएलीहरूले त्यो ठाउँ छोडेर घरमा आफ्ना कुलहरू र वंशहरूकहाँ गए। प्रत्येक आफ्नै उत्तराधिकारमा गए। \p \v 25 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।