\id JAS - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h याकोब \toc1 याकोबको पत्र \toc2 याकोब \toc3 याको \mt1 याकोबको पत्र \c 1 \po \v 1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, \po संसारैभरि छरिएका बाह्रै कुललाई: \po अभिवादन! \s1 कष्‍ट र परीक्षाहरू \p \v 2 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; \v 3 किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। \v 4 तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। \v 5 यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। \v 6 तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ र शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। \v 7 त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। \v 8 दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ। \p \v 9 दीन अवस्थाका विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च अवस्थामा गर्व गरून्, \v 10 तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्। \v 11 किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ। \p \v 12 त्यो मानिस धन्यको हो, जो आपत्-विपत्‌हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ। \p \v 13 परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। \v 14 तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ। \v 15 त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ। \p \v 16 त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर! \v 17 हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्‍न। \v 18 सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो। \s1 सुन्‍नेहरू मात्र होइन तर गर्नेहरूजस्ता होओ \p \v 19 मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्‍नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्; \v 20 किनकि मानिसको रिसले परमेश्‍वरले चाहनुभएको धार्मिकताको काम गर्दैन। \v 21 यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्‍टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ। \p \v 22 वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर। \v 23 जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ; \v 24 अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ। \v 25 तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष् पाउँछ। \p \v 26 यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ। \v 27 हाम्रा पिता परमेश्‍वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो, अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्‍टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु हो। \c 2 \s1 पक्षपात निषेध \p \v 1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा महिमित प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरू भएकाले पक्षपात नगर। \v 2 मानौँ, तिमीहरूका सभामा एक जना मानिस सुनको औँठी र सुन्दर लुगा लगाएर आयो, र झुत्रे लुगा लगाएको गरिब मानिस पनि आयो; \v 3 यदि तिमीले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने, \v 4 के तिमीहरू आपसमा पक्षपात गरेर दुष्‍ट विचारले न्याय गर्नेहरू भएनौ र? \p \v 5 मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्‍वरले विश्‍वासमा धनी बनाउन र उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनलाई चुन्‍नुभएको होइन र? \v 6 तर तिमीहरूले त गरिबहरूलाई अपमान गरेका छौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने धनीहरू नै होइनन्? \v 7 के तिनीहरूले त्यही आदरणीय नामको निन्दा गर्दैनन्, जुन नामले तिमीहरू बोलाइएका छौ? \p \v 8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर”\f + \fr 2:8 \fr*\ft \+xt लेवी 19:18\+xt*\ft*\f* भन्‍ने पवित्र धर्मशास्त्रमा पाइने व्यवस्थाको नियमलाई तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठिक गर्दैछौ। \v 9 तर तिमीहरूले पक्षपात गर्‍यौ भने तिमीहरूले पाप गर्दछौ र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उल्‍लङ्घन गरेको दोष लगाउँछ। \v 10 किनकि कसैले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि त्यो चुक्छ भने त्यो सम्पूर्ण व्यवस्था उल्‍लङ्घन गर्नेजस्तै दोषी हुनेछ। \v 11 किनकि जसले “व्यभिचार नगर्नू”\f + \fr 2:11 \fr*\ft \+xt प्रस 20:14; व्यव 5:18\+xt*\ft*\f* भन्‍नुभयो, उहाँले “हत्या नगर्नू”\f + \fr 2:11 \fr*\ft \+xt प्रस 20:13; व्यव 5:17\+xt*\ft*\f* पनि भन्‍नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उल्‍लङ्घन गर्नेहरू भयौ। \p \v 12 स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; \v 13 किनकि दया नगर्ने हरेकलाई दयाविना नै न्याय गरिनेछ। दया न्यायमाथि विजयी हुन्छ। \s1 विश्‍वास र काम \p \v 14 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र? \v 15 मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; \v 16 अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? \v 17 यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ। \p \v 18 तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।” \p कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु। \v 19 परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरा हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्। \p \v 20 ए मूर्ख हो, के कामविनाको विश्‍वास व्यर्थ\f + \fr 2:20 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa मृत\fqa*\f* हो भनेर तिमी बुझ्दैनौ? \v 21 आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र? \v 22 तिमी देख्दछौ, तिनको विश्‍वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्‍वास पूरा भयो। \v 23 “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो”\f + \fr 2:23 \fr*\ft \+xt उत्प 15:6\+xt*\ft*\f* भन्‍ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्‍वरका मित्र कहलिए। \v 24 तिमीहरू देख्छौ, विश्‍वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ। \p \v 25 यस्तै किसिमले राहाब वेश्या पनि, जब तिनले ती जासुसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिइन्,\f + \fr 2:25 \fr*\ft \+xt यहो 2:21\+xt*\ft*\f* तब के तिनी कामबाट धर्मी ठहरिएकी थिइनन् र? \v 26 जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्‍वास पनि कामविना मरेतुल्य हुन्छ। \c 3 \s1 जिब्रोलाई वशमा राख्नु \p \v 1 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ। \v 2 हामी धेरै प्रकारले ठक्‍कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ। \p \v 3 जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ। \v 4 अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ। \v 5 त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर। \v 6 जिब्रो पनि एउटा आगोजस्तै नै हो; शरीरका अङ्गहरूमध्ये दुष्‍टताको संसार नै हो। यसले सम्पूर्ण व्यक्तिलाई दूषित पार्छ; त्यसको जीवनको सम्पूर्ण प्रवाहमा आगो लगाइदिन्छ, र यो आफू पनि नरकको आगोमा जल्छ। \p \v 7 सबै किसिमका जन्तुहरू, चराहरू, घस्रने प्राणीहरू र समुद्रका जन्तुहरूलाई तह लगाइन्छ, र मानिसद्वारा तह लगाइएका हुन्छन्; \v 8 तर जिब्रोलाई कुनै मानिसले तह लगाउन सक्दैन। यो घातक विषले भरिएको एउटा चञ्चल दुष्‍ट हो। \p \v 9 जिब्रोले हामी हाम्रा प्रभु र पितालाई प्रशंसा दिन्छौँ, र यही जिब्रोले हामी परमेश्‍वरको स्वरूपमा बनिएका मानिसहरूलाई सराप्छौँ। \v 10 अनि यसरी एउटै मुखबाट प्रशंसा र श्राप निस्कन्छन्! हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यस्तो हुनुहुँदैन। \v 11 के एउटै मुहानबाट ताजा पानी र नुनिलो पानी निस्कन्छ र? \v 12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, के अञ्जीरको रूखले जैतुन अथवा अङ्‌गुरको बोटले नेभारा फलाउन सक्छ र? न त नुनिलो पानीको मुहानले ताजा पानी निकाल्न सक्छ। \s1 दुई किसिमका बुद्धि \p \v 13 तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्। \v 14 तर यदि तिमीहरू आफ्ना हृदयमा तितो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर। \v 15 यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो त सांसारिक, अनात्मिक र शैतानबाटको हो। \v 16 किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू हुन्छन्। \p \v 17 तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ; अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दयालु, असल फलले भरिएको पक्षपातरहित र निश्छल हुन्छ। \v 18 शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्। \c 4 \s1 परमेश्‍वरमा समर्पण \p \v 1 तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र सङ्घर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र? \v 2 तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ। \v 3 तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ। \p \v 4 तिमी व्यभिचारी मानिसहरू,\f + \fr 4:4 \fr*\ft \+xt होशे 3:1\+xt*\ft*\f* के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ। \v 5 अथवा उहाँले हामीभित्र राखिदिनुभएका आत्माले धेरै डाह गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ? \v 6 तर उहाँले हामीलाई अझ बढी अनुग्रह गर्नुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: \q1 “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, \q2 तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।”\f + \fr 4:6 \fr*\ft \+xt हितो 3:34\+xt*\ft*\f* \p \v 7 यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। \v 8 परमेश्‍वरको नजिक आओ र उहाँ पनि तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरू हो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनका मानिसहरू हो, आफ्ना हृदय शुद्ध पार! \v 9 दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्। \v 10 प्रभुको सामु आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। \p \v 11 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ, र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ। \v 12 व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ; परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ? \s1 भोलिको बारेमा घमण्ड नगर \p \v 13 अब ध्यानसित सुन, तिमीहरू जसले यसो भन्छौ, “हामी आज अथवा भोलि यो सहर अथवा त्यो सहरमा जानेछौँ, त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ।” \v 14 तर भोलि के हुने हो, सो तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन के हो? तिमीहरू त एकैक्षण देखा परेर लोप भइजाने तुवाँलो जस्तै हौ। \v 15 यसको सट्टा तिमीहरूले “यदि प्रभुको इच्छा भएमा हामी बाँचेर यसो गरौँला, त्यसो गरौँला” भन्‍नुपर्नेथियो। \v 16 तिमीहरू त अहङ्कारी योजनाहरूमा घमण्ड गर्छौ, यस्तो सबै घमण्ड दुष्‍टता हो। \v 17 त्यसकारण जसले भलाइ गर्नुपर्छ भन्‍ने जानेर पनि त्यसो गर्दैन भने त्यसले पाप गर्दछ। \c 5 \s1 अत्याचारी धनीहरूलाई चेतावनी \p \v 1 तिमी धनी मानिसहरू अब ध्यानसित सुन! रोओ र विलाप गर; किनकि तिमीहरूमाथि कष्‍ट आइरहेको छ। \v 2 तिमीहरूको धनसम्पत्ति सडेको छ, र तिमीहरूका वस्त्रहरू किराले खाएका छन्। \v 3 तिमीहरूका सुन र चाँदीमा कस लागेको छ। ती कसहरूले तिमीहरूको विरुद्धमा साक्षी दिनेछन्, र तिमीहरूका मासु आगोले झैँ खानेछन्। तिमीहरू यी आखिरी दिनहरूमा पनि धनसम्पत्ति साँच्दैछौ। \v 4 हेर, तिमीहरूका खेतमा कटनी गर्ने खेतालाहरूको ज्याला, जुन तिमीहरूले दिएनौ; ती तिमीहरूको विरुद्धमा कराइरहेका छन्। ती कटनी गर्ने खेतालाहरूको विलाप सर्वशक्तिमान् प्रभुको कानमा पुगेको छ। \v 5 तिमीहरू यस संसारमा सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। तिमीहरूले बलि दिने दिनको लागि आफैँलाई पुष्‍टाइराखेका छौ। \v 6 तिमीहरूको विरोध नगर्ने निर्दोष मानिसहरूलाई तिमीहरूले दोषी ठहराएर हत्या गरेका छौ। \s1 कष्‍टहरूमा धैर्य \p \v 7 त्यसो भए दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुको पुनरागमन नभएसम्म धैर्य धारण गर। हेर, आफ्नो जमिनले बहुमूल्य फसल दिन्छ भनेर किसानले कसरी पर्खन्छ, र ऊ अगिल्‍लो र पछिल्‍लो वर्षाको लागि कसरी धैर्य गरी पर्खिरहन्छ। \v 8 तिमीहरू पनि धैर्य गर र हृदयमा स्थिर भएर बस; किनकि प्रभुको आगमन नजिक छ। \v 9 हे दाजुभाइ-दिदीबहिनीहरू हो, एक-अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू न्यायमा पर्नेछौ। न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ! \p \v 10 हे दाजुभाइ-दिदीबहिनीहरू हो, कष्‍टहरूका माझमा धैर्यको उदाहरणको लागि प्रभुको नाममा बोल्ने ती अगमवक्ताहरूलाई सम्झ। \v 11 तिमीहरूलाई थाहै छ, कि कष्‍ट सहनेहरूलाई हामी धन्यका ठान्छौँ। तिमीहरूले इयोबको सहनशीलताको विषयमा सुनेका छौ, र प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ।\f + \fr 5:11 \fr*\ft हेर्नुहोस् \+xt इयोब 1:21; 2:10; 42:10‑17\+xt*\ft*\f* प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ। \p \v 12 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, सबैभन्दा मुख्य कुरा, स्वर्गको नाममा, अथवा पृथ्वीको नाममा अथवा कुनै कुराको नाममा शपथ नखाओ। तिमीहरूको “हो” चाहिँ हो अनि “होइन” चाहिँ होइन रहोस्, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। \s1 विश्‍वासको प्रार्थना \p \v 13 के तिमीहरूमध्ये कोही सङ्कष्‍टमा छ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाका गीतहरू गाओस्। \v 14 के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका प्रधानहरूलाई त्यसको निम्ति प्रार्थना गरिदिन र प्रभुको नाममा उसलाई तेलले अभिषेक गरिदिन बोलाउनुपर्छ। \v 15 अनि विश्‍वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ। \v 16 यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। \p \v 17 एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। \v 18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्‍नहरू उब्जायो। \p \v 19 हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कोही सत्यताबाट तर्किगएको छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने, \v 20 यो याद होस्: जसले एक जना पापीलाई त्यसको गलत बाटोबाट फर्काउँछ, उसले एउटा प्राणलाई आत्मिक मृत्युबाट बचाउनेछ, र असंख्य पापहरू ढाक्नेछ।