\id ISA - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h यशैया \toc1 यशैयाको भविष्यवाणी \toc2 यशैया \toc3 यशै \mt1 यशैयाको भविष्यवाणी \c 1 \p \v 1 यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो। \b \s1 बागी जाति \q1 \v 2 हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! \q2 किनकि याहवेह भन्‍नुहुन्छ: \q1 “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, \q2 तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्। \q1 \v 3 गोरुले आफ्नो मालिकलाई चिन्छ, \q2 र गधाले आफ्नो मालिकको डुँड चिन्छ। \q1 तर इस्राएलले चिन्दैन, \q2 मेरा मानिसहरूले बुझ्दैनन्।” \b \q1 \v 4 धिक्‍कार, त्यस पापी जाति, \q2 अपराधले लादिएको जाति, \q1 दुष्‍ट काम गर्नेहरूका सन्तान, \q2 भ्रष्‍ट भएका सन्तान! \q1 तिनीहरूले याहवेहलाई त्यागेका छन्; \q2 तिनीहरूले इस्राएलका पवित्र परमेश्‍वरलाई लत्याएका छन्, \q2 र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्। \b \q1 \v 5 तिमीहरू किन अझै पिटाइ खान्छौ? \q2 तिमीहरू किन बागी भइरहन्छौ? \q1 तिमीहरूका शिरभरि चोट-चोटै छ; \q2 तिमीहरूका मुटुभरि पीडा छ। \q1 \v 6 खुट्टाको पैतालादेखि \q2 शिरसम्म स्वस्थता छैन। \q1 चोटहरू र निलो डामहरू, \q2 र उदाङ्गो घाउहरू छन्; \q1 ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका \q2 अथवा तेलले सेकिएका छैनन्। \b \q1 \v 7 तिमीहरूको देश उजाड छ, \q2 तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; \q1 तिमीहरूका खेतहरू तिमीहरूकै सामु \q2 परदेशीहरूले उजाड पारिदिएका छन्; \q2 अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ। \q1 \v 8 सियोनकी छोरी \q2 दाखबारीको छाप्रोजस्तै, \q1 काँक्राबारीमा भएको छाप्रोजस्तै, \q2 घेरा हालिएको सहरजस्तै त्यागिएकी छ। \q1 \v 9 यदि सेनाहरूका याहवेहले \q2 हामी कसैलाई बचाएर नराख्नुभएको भए \q1 हामी सदोमझैँ हुनेथियौँ, \q2 हामी गमोराजस्ता बन्‍नेथियौँ। \b \q1 \v 10 हे सदोमका शासकहरू हो, \q2 याहवेहको वचन सुन; \q1 हे गमोराका मानिसहरू हो, \q2 हाम्रा परमेश्‍वरको व्यवस्था ध्यानसित सुन! \q1 \v 11 याहवेह भन्‍नुहुन्छ, \q2 “तिमीहरूका बलिदानहरूको थुप्रो \q2 मेरा निम्ति के कामको छ र? \q1 मसित चाहिने भन्दा बढी \q2 साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। \q1 साँढेहरू, थुमाहरू \q2 र बाख्राहरूको रगतले म प्रसन्‍न हुँदिनँ। \q1 \v 12 जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, \q2 के तिमीहरूलाई कसैले \q2 मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र? \q1 \v 13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर! \q2 तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। \q1 औँसी, शब्बाथ र सभाहरूका साथसाथै \q2 तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ। \q1 \v 14 तिमीहरूका औँसीका चाडहरू, \q2 र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। \q1 ती मेरा निम्ति बोझ भएका छन्; \q2 ती बोक्दा-बोक्दै म थकित भइसकेको छु। \q1 \v 15 तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, \q2 म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; \q1 तिमीहरूले धेरै प्रार्थना गरे तापनि \q2 म त्यो सुन्‍नेछैनँ। \b \q1 तिमीहरूका हातहरू रगतले भरिएका छन्! \b \q1 \v 16 आफूलाई धोएर शुद्ध पार। \q2 तिमीहरूका दुष्‍ट कर्महरू मेरो दृष्‍टिबाट टाढा लैजाओ; \q2 खराबी गर्न छोड। \q1 \v 17 भलाइ गर्न सिक; न्याय खोज। \q2 थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। \q1 अनाथहरूका पक्षमा बोल; \q2 विधवाहरूको मुद्दा लडिदेओ।” \b \q1 \v 18 याहवेह भन्‍नुहुन्छ, \q2 “अब आओ, हामी एकसाथ विचार गरौँ। \q1 तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि \q2 ती हिउँजस्तै सेता हुनेछन्; \q1 ती गाढा राता रङ्गका भए तापनि \q2 ती ऊनजस्तै सेता हुनेछन्। \q1 \v 19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, \q2 तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ; \q1 \v 20 तर यदि तिमीहरूले विरोध गर्‍यौ र बागी भयौ भने, \q2 तिमीहरू तरवारले काटिनेछौ।” \q1 किनकि याहवेहले बोल्नुभएको छ। \b \q1 \v 21 हेर, एउटा विश्‍वासयोग्य सहर \q2 कसरी वेश्याजस्तै भयो! \q1 कुनै समय त्यो न्यायपूर्ण थियो; \q2 धार्मिकताले त्यसमा वास गर्थ्यो, \q2 तर अहिले हत्याराहरूले वास गर्छन्! \q1 \v 22 तेरो चाँदी फोहोर भएको छ, \q2 तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ। \q1 \v 23 तेरा शासकहरू बागी, \q2 र चोरहरूका साथीहरू बनेका छन्; \q1 तिनीहरू सबैले घूस मन पराउँछन्, \q2 र उपहारहरूको पछि लाग्छन्। \q1 तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; \q2 विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन। \b \q1 \v 24 यसकारण प्रभु, सेनाहरूका याहवेह \q2 इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर घोषणा गर्नुहुन्छ: \q1 “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। \q2 आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु। \q1 \v 25 म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु;\f + \fr 1:25 \fr*\ft योचाहिँ यरूशलेमको विरुद्धमा थियो।\ft*\f* \q2 म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, \q2 र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु। \q1 \v 26 म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, \q2 तेरा सल्‍लाहकारहरूलाई \q1 सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। \q2 त्यसपछि तँ धार्मिकताको सहर; \q2 एउटा विश्‍वासयोग्य सहर भनिनेछस्।” \b \q1 \v 27 सियोन न्यायसित छुटाइनेछ। \q2 त्यहाँका पश्‍चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्। \q1 \v 28 तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्; \q2 याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्। \b \q1 \v 29 “तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण \q2 तिमीहरू लज्जित हुनेछौ; \q1 तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै \q2 तिमीहरू अपमानित हुनेछौ। \q1 \v 30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, \q2 पानी नभएका बगैँचाजस्तै हुनेछौ। \q1 \v 31 शक्तिशाली मानिस सुकेको दाउरा \q2 र त्यसको काम झिल्काजस्तै हुनेछ; \q1 ती दुवै एकैसाथ जल्नेछन्, \q2 त्यो आगोलाई निभाउने कोही हुनेछैन।” \c 2 \s1 याहवेहको पर्वत \p \v 1 यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन यही हो: \b \p \v 2 अन्तिम दिनहरूमा \q1 याहवेहको मन्दिरको पर्वत \q2 अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, \q1 र पहाडहरूभन्दा माथि उठाइनेछ; \q2 अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्। \p \v 3 धेरै जातिहरू आएर भन्‍नेछन्, \q1 “आओ, हामीहरू याहवेहको पर्वतमा, \q2 याकोबका परमेश्‍वरको मन्दिरमा जाऔँ। \q1 उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, \q2 ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” \q1 व्यवस्था सियोनबाट \q2 र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। \q1 \v 4 उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ; \q2 अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। \q1 तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, \q2 र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। \q1 एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, \q2 न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्। \b \q1 \v 5 हे याकोबका घराना, आओ, \q2 र हामी याहवेहको ज्योतिमा हिँडौँ। \s1 याहवेहको दिन \q1 \v 6 हे याहवेह, तपाईंले आफ्नो प्रजा \q2 याकोबका घरानालाई त्याग्नुभएको छ। \q1 तिनीहरू पूर्वका अन्धविश्‍वासले भरिएका छन्; \q2 तिनीहरू पलिश्तीहरूले झैँ जोखना हेर्छन् \q2 र तिनीहरूका रीतिरिवाज अपनाउँछन्। \q1 \v 7 तिनीहरूको देश चाँदी र सुनले भरिएको छ, \q2 तिनीहरूको धनसम्पत्ति अपार छ। \q1 तिनीहरूको देशमा घोडाहरू प्रशस्त छन्; \q2 तिनीहरूका रथहरूको गन्ती छैन। \q1 \v 8 तिनीहरूको देशभरि मूर्तिहरू छन्; \q2 तिनीहरू आफ्ना हातका कामहरू, \q2 र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्। \q1 \v 9 यसकारण मानिस होच्याइनेछ, \q2 र हरेकलाई नम्र तुल्याइनेछ— \q2 यसकारण तिनीहरूलाई क्षमा नगर्नुहोस्! \b \q1 \v 10 याहवेहको डरबाट \q2 र उहाँको सर्वश्रेष्‍ठताको प्रतापबाट \q2 चट्टानभित्र पस्, माटोमुनि लुक्! \q1 \v 11 घमण्डीका आँखालाई नम्र तुल्याइनेछ; \q2 अनि मानिसहरूको अहङ्कार तल झारिनेछ। \q1 त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ। \b \q1 \v 12 सबै अभिमानी र वैभवशालीहरूका निम्ति, \q2 र उच्‍च पारिएकाहरू सबैका निम्ति, \q1 सेनाहरूका याहवेहले एउटा दिन साँचेर राख्नुभएको छ। \q2 त्यस दिन तिनीहरू विनम्र तुल्याइनेछन्। \q1 \v 13 लेबनानका सबै अग्ला र ठूला देवदारु, \q2 र बाशानका सबै फलाँटका रूखहरूका निम्ति, \q1 \v 14 धरहराझैँ उठेका सबै पर्वत, \q2 र सबै अग्ला डाँडाहरूका निम्ति, \q1 \v 15 प्रत्येक ठूला धरहरा, \q2 र प्रत्येक सुरक्षित पर्खालका निम्ति, \q1 \v 16 तर्शीशको प्रत्येक व्यापारी जहाज, \q2 र प्रत्येक राजकीय जहाजको निम्ति। \q1 \v 17 मानिसको अभिमान चूर्ण पारिनेछ, \q2 र मानिसहरूको घमण्ड नम्र बनाइनेछ; \q1 त्यस दिन याहवेह मात्र उच्‍च पारिनुहुनेछ; \q2 \v 18 अनि मूर्तिहरू सम्पूर्ण रूपले लोप हुनेछन्। \b \q1 \v 19 जब पृथ्वी हल्‍लाउनलाई \q2 याहवेह उठ्नुहुन्छ, \q1 तब उहाँको डर र उहाँको वैभवको प्रतापबाट \q2 मानिसहरू चट्टानका गुफाहरूतिर \q2 र पृथ्वीका प्वालहरूभित्र पस्‍नेछन्। \q1 \v 20 त्यस दिन मानिसहरूले \q2 आफ्ना लागि पुज्न भनी बनाएका \q1 चाँदीका मूर्तिहरू र सुनका मूर्तिहरू \q2 छुचुन्द्रा र चमेराहरूको अगि फालिदिनेछन्। \q1 \v 21 याहवेहले पृथ्वीलाई हल्‍लाउनलाई उठ्नुहुँदा \q2 उहाँको डर र उहाँको वैभवको प्रतापबाट \q1 तिनीहरू चट्टानका कन्दराहरूतिर \q2 र चट्टानका धाँदाहरूभित्र भागेर जानेछन्। \b \q1 \v 22 नाकको प्वालमा सास भएको मानिसमा \q2 भरोसा राख्न छोडिदेओ, \q2 त्यसको के मूल्य छ र? \c 3 \s1 यरूशलेम र यहूदामाथि न्याय \q1 \v 1 अब हेर, प्रभु \q2 सेनाहरूका याहवेहले \q1 यरूशलेम र यहूदाबाट \q2 सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: \q1 सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू, \q2 \v 2 वीर र योद्धा, \q1 न्यायकर्ता र अगमवक्ता, \q2 जोखना हेर्ने र वृद्ध मानिसहरू, \q1 \v 3 पचास माथिका सेनापति र उच्‍च पदाधिकारी, \q2 सल्‍लाहकार, सिपालु कारिगर र चतुर जादुगर। \b \q1 \v 4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; \q2 बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।” \b \q1 \v 5 मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; \q2 मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। \q1 वृद्धको विरुद्धमा जवान, \q2 र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ। \b \q1 \v 6 एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये \q2 एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्‍नेछ, \q1 “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, \q2 र यस भग्नावशेषको जिम्मा लेऊ!” \q1 \v 7 तर त्यस दिन त्यसले कराएर भन्‍नेछ, \q2 “म उपचार गर्ने मानिस होइन। \q1 मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; \q2 मलाई मनिसहरूका अगुवा नबनाओ।” \b \q1 \v 8 यरूशलेम धरमरिँदैछ, \q2 यहूदा लड्दैछ; \q1 तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; \q2 तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्। \q1 \v 9 तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; \q2 तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; \q2 तिनीहरूले ती लुकाउँदैनन्। \q1 तिनीहरूलाई धिक्‍कार! \q2 तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्। \b \q1 \v 10 धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; \q2 किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्। \q1 \v 11 दुष्‍टहरूलाई धिक्‍कार! \q2 तिनीहरूमाथि विपत्ति आउनेछ। \q1 तिनीहरूले आफ्ना हातहरूले \q2 गरेअनुसार नै भोग्नेछन्। \b \q1 \v 12 जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; \q2 स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। \q1 हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; \q2 तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्। \b \q1 \v 13 याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; \q2 उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ। \q1 \v 14 याहवेहले आफ्ना मानिसहरूका \q2 प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: \q1 “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ; \q2 गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ। \q1 \v 15 मेरा मानिसहरूलाई धुलोपिठो बनाएको \q2 अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” \q2 प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 16 याहवेह भन्‍नुहुन्छ, \q2 “सियोनका स्त्रीहरू अभिमानी छन्, \q1 तिनीहरू गर्दन ठड्याउँदै \q2 र विलासी आँखाहरू तर्काउँदै, \q1 नक्‍कल पार्दै कल्‍ली लगाएर \q2 छमछम गर्दै हिँड्छन्। \q1 \v 17 यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, \q2 र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।” \p \v 18 त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू, \v 19 झुम्काहरू र बालाहरू र घुम्टाहरू, \v 20 शिरका सिङ्गारहरू, कल्‍ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू, \v 21 छाप-औँठीहरू र नत्थहरू, \v 22 मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू, \v 23 अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्‍लाहरू खोसेर लैजानुहुनेछ। \q1 \v 24 सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; \q2 पटुकाको साटो डोरी; \q1 राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; \q2 मसिनो वस्त्रको साटो भाङ्ग्रा; \q2 सुन्दरताको साटो डामै-डाम हुनेछ। \q1 \v 25 तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; \q2 तेरा योद्धाहरू लडाइँमा मारिनेछन्। \q1 \v 26 सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; \q2 आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्। \c 4 \q1 \v 1 त्यस दिन सात जना स्त्रीहरूले \q2 एक जना मानिसलाई समात्नेछन्, \q1 र यसो भन्‍नेछन्, “हामी आफ्नै भोजन खानेछौँ; \q2 अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ; \q1 तपाईं हाम्रो पति हुनुहोस्। \q2 हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!” \s1 याहवेहको हाँगा \p \v 2 त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ। \v 3 सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्। \v 4 प्रभुले सियोनका स्त्रीहरूको मैला धोइदिनुहुनेछ; उहाँले न्यायको आत्मा र आगोको आत्माले यरूशलेमबाट रगतका दागहरू सफा गरिदिनुहुनेछ। \v 5 त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्‍टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ। \v 6 त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ। \c 5 \s1 दाखबारीको गीत \q1 \v 1 अब म मेरो प्रियको निम्ति \q2 र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु: \q1 एउटा मलिलो डाँडामा \q2 मेरा प्रियको एउटा दाखबारी थियो। \q1 \v 2 उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो; \q2 अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो। \q1 उहाँले त्यसमा एउटा मचान बनाउनुभयो; \q2 अनि एउटा कोल पनि खोप्नुभयो। \q1 तब उहाँले असल दाखको आशा राख्नुभयो, \q2 तर त्यसले खराब फल फलायो। \b \q1 \v 3 “अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो, \q2 म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ। \q1 \v 4 मेरो दाखबारीका निम्ति मैले जति गरेँ, \q2 त्योभन्दा बढी के गरिनुपर्नेथियो र? \q1 मैले असल दाखको आशा गर्दा \q2 किन त्यसले खराब फल फलायो? \q1 \v 5 अब म तिमीहरूलाई भन्‍नेछु, \q2 कि आफ्नो दाखबारीलाई म के गर्नेछु। \q1 म त्यसको बार निकालिदिनेछु, \q2 र त्यो नाश हुनेछ; \q1 म त्यसको पर्खाल भत्काइदिनेछु, \q2 र त्यो कुल्चीमिल्ची पारिनेछ। \q1 \v 6 म त्यसलाई नछिमलेको र नगोडिएको \q2 उजाडभूमि बनाइदिनेछु; \q2 अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्। \q1 त्यसमा पानी नपरोस् भनेर, \q2 म बादललाई आज्ञा गर्नेछु।” \b \q1 \v 7 सेनाहरूका याहवेहको दाखबारी \q2 इस्राएलको घराना हो, \q1 र यहूदाका मानिसहरू \q2 उहाँलाई मनपर्ने बगैँचा हो। \q1 उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो; \q2 धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाइ पो सुन्‍नुभयो। \s1 धिक्‍कार र न्याय \q1 \v 8 धिक्‍कार तिमीहरूलाई, \q2 जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ; \q1 अनि खेतमा खेत जोड्छौ, \q2 र देशमा आफू मात्र बस्छौ। \p \v 9 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी घोषणा गर्नुभएको छ: \q1 “निश्‍चय नै ठूला घरहरू उजाड हुनेछन्, \q2 सुन्दर भवनहरू निर्जन हुनेछन्। \q1 \v 10 पाँच बिघा दाखबारीले एक बाथ\f + \fr 5:10 \fr*\ft लगभग 22 लिटर\ft*\f* दाखरस मात्र दिनेछ; \q2 एक होमेर\f + \fr 5:10 \fr*\ft लगभग 160 किलो\ft*\f* बिउले एक एपा\f + \fr 5:10 \fr*\ft लगभग 16 किलो\ft*\f* अन्‍न मात्र दिनेछ।” \b \q1 \v 11 धिक्‍कार तिनीहरूलाई, \q2 जो मद्यको निम्ति एकाबिहानै उठ्छन्, \q1 जो मद्यले नमातुन्जेल \q2 आधा रातसम्म बस्छन्। \q1 \v 12 तिनीहरूसित भोजमा वीणा र सारङ्गी, \q2 खैँजडी, बाँसुरी र मद्य हुन्छन्, \q1 तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन; \q2 उहाँका हातका कामप्रति कुनै आदर हुँदैन। \q1 \v 13 यसकारण समझशक्तिको अभावले गर्दा \q2 मेरा प्रजा देशबाट निकालिनेछन्; \q1 तिनीहरूका प्रतिष्‍ठित मानिसहरू भोकले मर्नेछन्; \q2 अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्। \q1 \v 14 यसकारण चिहानले आफ्नो मुख खोल्छ, \q2 र आफ्नो मुख ठूलो उघार्छ; \q1 त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह \q2 तिनीहरूका झगडालु र विलासीहरूसितै पस्‍नेछन्। \q1 \v 15 यसरी मानिस होच्याइनेछ; \q2 अनि हरेक जन नम्र बनाइनेछ, \q2 अभिमानीका आँखा नम्र पारिनेछन्। \q1 \v 16 तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्‍च पारिनुहुनेछ, \q2 पवित्र परमेश्‍वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ। \q1 \v 17 तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्; \q2 तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्। \b \q1 \v 18 धिक्‍कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्; \q2 अनि गाडाका डोरीहरूले झैँ दुष्‍टता निकाल्छन्, \q1 \v 19 जसले यसो भन्छन्, “परमेश्‍वरले हतार गरून्; \q2 उहाँले आफ्नो काम चाँडो गरून्, \q2 ताकि हामीले त्यो देख्न सकौँ। \q1 इस्राएलका पवित्र परमेश्‍वरको योजना आओस्, \q2 त्यो नजिक आओस्, \q2 ताकि हामीले जान्‍न सकौँ।” \b \q1 \v 20 धिक्‍कार तिनीहरूलाई, जसले दुष्‍टलाई असल \q2 र असललाई दुष्‍ट भन्छन्, \q1 जसले उज्यालोको सट्टा अँध्यारोलाई \q2 र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्; \q1 जसले मिठोको सट्टामा तितो, \q2 र तितोको सट्टा मिठो राख्छन्। \b \q1 \v 21 धिक्‍कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्; \q2 अनि आफ्नै दृष्‍टिमा चतुर छन्। \b \q1 \v 22 धिक्‍कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्; \q2 अनि मद्य मिसाउन सिपालु छन्, \q1 \v 23 जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्, \q2 तर निर्दोषलाई न्याय दिँदैनन्। \q1 \v 24 यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ \q2 र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ \q1 तिनीहरूका जरा सडिजाने छन्, \q2 र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्; \q1 किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्; \q2 अनि इस्राएलका पवित्र परमेश्‍वरको वचनलाई लत्याएका छन्। \q1 \v 25 यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ; \q2 उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ। \q1 पर्वतहरू काँप्छन्, \q2 र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्। \b \q1 यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, \q2 तर उहाँको हात अझै पनि उठिराखेकै छ। \b \q1 \v 26 उहाँले टाढाका जातिहरूको निम्ति \q2 एउटा झण्डा खडा गर्नुहुनेछ; \q1 उहाँले पृथ्वीको पल्‍लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ। \q2 तिनीहरू द्रूत गतिले आउँछन्! \q1 \v 27 तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्, \q2 कोही पनि झुल्दैनन्, न त निदाउँछन्। \q1 एउटै पेटी पनि खुकुलो हुँदैन, \q2 जुत्ताका एउटै फित्ता पनि चुँडिदैन। \q1 \v 28 तिनीहरूका काँडहरू तीखा छन्, \q2 सबै धनुहरूमा ताँदो चढाइएका छन्; \q1 तिनीहरूका घोडाका टाप बज्रझैँ छन्, \q2 तिनीहरूका रथका चक्‍काहरूको आवाज आँधीबेहरीझैँ छ। \q1 \v 29 तिनीहरूका गर्जन सिंहको झैँ छ, \q2 तिनीहरू जवान सिंहझैँ गर्जन्छन्; \q1 आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्; \q2 अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्। \q1 \v 30 त्यस दिन तिनीहरू \q2 त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्। \q1 अनि यदि कसैले देशलाई हेर्‍यो भने, \q2 त्यसले अन्धकार र सङ्कष्‍ट देख्नेछ; \q2 यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ। \c 6 \s1 यशैयाको नियुक्ति \p \v 1 उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्‍च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो। \v 2 उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे। \v 3 तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: \q1 “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; \q2 सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” \m \v 4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए; अनि मन्दिर धुवाँले भरियो। \p \v 5 म कराएँ, “धिक्‍कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।” \p \v 6 तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए। \v 7 तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।” \p \v 8 तब मैले यसो भन्‍ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” \p तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!” \p \v 9 उहाँले भन्‍नुभयो, “जा, र मानिसहरूलाई भन्: \q1 “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; \q2 तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’ \q1 \v 10 यी मानिसहरूका हृदय कठोर तुल्याइदे; \q2 तिनीहरूका कानहरू मन्द गरिदे; \q2 अनि तिनीहरूका आँखा बन्द गरिदे। \q1 नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, \q2 र आफ्ना कानहरूले सुन्लान्; \q2 तिनीहरूका हृदयहरूले बुझ्लान्; \q1 अनि फर्कलान् र फेरि निको होलान्।” \p \v 11 तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?” \p तब उहाँले जवाफ दिनुभयो: \q1 “सहरहरू विनाश भएर निर्जन नभएसम्म, \q2 र घरहरू नत्यागिएसम्म; \q1 अनि खेतहरू पूर्ण रूपले नष्‍ट नभएसम्म, \q1 \v 12 जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्‍न, \q2 र देश पूर्ण रूपले त्यागिँदैन। \q1 \v 13 अनि देशमा दसौँ भाग छोडिए तापनि \q2 त्यो फेरि उजाड पारिनेछ। \q1 तर जसरी फलाँटको रूख काटिए तापनि \q2 तिनीहरूले ठुटा छोडिराख्छन्, \q2 त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।” \c 7 \s1 इम्मानुएलको चिन्ह \p \v 1 उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्। \p \v 2 अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्‍लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो। \p \v 3 तब याहवेहले यशैयालाई भन्‍नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्‍लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा। \v 4 त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो। \v 5 अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्, \v 6 “हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।” \v 7 तर प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘यो कहिल्यै हुनेछैन, \q2 यो टिक्नेछैन; \q1 \v 8 किनकि अरामको शिर दमस्कस हो; \q2 अनि दमस्कसको शिर रसीन मात्र हो। \q1 पैँसट्ठी वर्षभित्र एफ्राइम \q2 एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ। \q1 \v 9 एफ्राइमको शिर सामरिया हो; \q2 अनि सामरियाको शिर रमल्याहको छोरा मात्र हो। \q1 यदि तँ आफ्नो विश्‍वासमा दृढतासाथ स्थिर रहिनस् भने, \q2 तँ स्थापित हुनेछैनस्।’ ” \p \v 10 फेरि याहवेहले आहाजलाई भन्‍नुभयो, \v 11 “याहवेह तेरा परमेश्‍वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।” \p \v 12 तर आहाजले भने, “म माग्नेछैनँ; म याहवेहको परीक्षा गर्नेछैनँ।” \p \v 13 तब यशैयाले भने, “हे दावीदको घराना, अब यो सुन्! के मानिसहरूको धैर्यतालाई जाँच गर्नु पर्याप्‍त थिएन? के तँ मेरा परमेश्‍वरको धैर्य पनि जाँच गर्छस्? \v 14 यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल\f + \fr 7:14 \fr*\fq इम्मानुएल \fq*\ft यसको अर्थ \ft*\fqa परमेश्‍वर हामीहरूसँग \fqa*\ft हुन्छ\ft*\f* भन्‍नेछिन्। \v 15 खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाएपछि उसले दही र मह खानेछ। \v 16 तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्‍न पर्याप्‍त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ। \v 17 याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।” \s1 अश्शूर याहवेहको साधन \p \v 18 त्यस दिन याहवेहले इजिप्टका नदीहरूको पल्‍लो छेउमा रहेका झिँगाहरू र अश्शूरको देशबाटका मौरीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ। \v 19 तिनीहरू सबै आएर भिरालो कन्दराहरूमा, चट्टानका दुलाहरूमा, सबै काँडे-पोथ्राहरूमा र पानीको खाडलका सबै भ्वाङ्गहरूमाथि बस्‍नेछन्। \v 20 त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ। \v 21 त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ। \v 22 तिनीहरूले प्रशस्त दूध दिएको कारण उसले दही खानेछ। त्यस देशमा छोडिएका सबैले दही र मह खानेछन्। \v 23 त्यस दिन एक हजार शेकेलको\f + \fr 7:23 \fr*\ft लगभग 12 किलो\ft*\f* चाँदीको मूल्य बराबरको एक हजार दाखको बोट भएको प्रत्येक ठाउँमा खाली सिउँडी र काँडा मात्र हुनेछन्। \v 24 मानिसहरू त्यहाँ धनु र काँड लिएर जानेछन्; किनकि देश सिउँडी र काँडाहरूले ढाकिएको हुनेछ। \v 25 एक पल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्। \c 8 \s1 याहवेहको हतियार, अश्शूर देश \p \v 1 याहवेहले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको\f + \fr 8:1 \fr*\ft जसको अर्थ \ft*\fqa लुट्नलाई चाँडो, ठग्नलाई छिटो भन्‍ने \fqa*\ft हुँदछ।\ft*\f* बारेमा लेख्। \v 2 म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्‍वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।” \v 3 तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्‍नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्। \v 4 यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।” \p \v 5 याहवेहले मलाई फेरि भन्‍नुभयो: \q1 \v 6 “यस जातिले शीलोको \q2 शान्तसित बग्ने पानीलाई इन्कार गर्छ; \q1 अनि रसीन र रमल्याहको छोरामा रमाउँछ। \q1 \v 7 यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा \q2 यूफ्रेटिस नदीको शक्तिशाली पानीको भेल, \q2 अर्थात् अश्शूरका राजालाई आफ्नो पूरा रवाफसित ल्याउन लाग्नुभएको छ। \q1 त्यो यहूदाको सबै नालाहरूमा पोखिएर बग्नेछ; \q2 यसका सबै किनारहरूलाई त्यसले डुबाइदिनेछ; \q1 \v 8 अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ, \q2 र त्यो त्यसको घाँटीसम्म नै पुग्नेछ। \q1 त्यसका फिँजाइएका पखेटाहरूले तेरो देशको चौडाइलाई वारपार ढाकिदिनेछ; \q2 हे इम्मानुएल!” \b \q1 \v 9 हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ! \q2 अनि हे टाढाका देशहरू हो, सुन। \q1 युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ! \q2 युद्धका निम्ति तयार होओ, तर तिमीहरू चकनाचुर हुनेछौ! \q1 \v 10 आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्; \q2 आफ्नो योजना प्रस्ताव गर, तर त्यो खडा रहनेछैन; \q2 किनकि परमेश्‍वर हामीसित हुनुहुन्छ। \p \v 11 याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्‍नुभयो: \q1 \v 12 “जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ, \q2 त्यसलाई तिमीहरूले षड्यन्त्र नभन्‍नू; \q1 तिनीहरू जेसित डराउँछन्, तिमीहरू त्यससित नडराउनू; \q2 र त्यससित भयभीत नहुनू। \q1 \v 13 तिमीहरूले पवित्र मान्‍नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ; \q2 तिमीहरू डराउनुपर्ने उहाँसितै हो; \q2 तिमीहरूचाहिँ उहाँसितै भयभीत हुनू। \q1 \v 14 उहाँ पवित्रस्थान बन्‍नुहुनेछ; \q2 तर इस्राएलका दुवै घरानाका निम्ति \q1 उहाँ यस्तो ढुङ्गो बन्‍नुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; \q2 अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ, \q2 अनि तिनीहरूलाई फसाउने एउटा पासोजस्तो बन्‍नुहुनेछ। \q1 यरूशलेमका मानिसहरूका निम्ति \q2 उहाँ धराप र पासो हुनुहुनेछ। \q1 \v 15 तिनीहरूमध्ये धेरैले ठेस खानेछन्; \q2 तिनीहरू लडेर चकनाचुर हुनेछन्, \q2 तिनीहरू पासोमा पर्नेछन्।” \b \q1 \v 16 यस साक्षीलाई बाँधेर राख्; \q2 अनि मेरा चेलाहरूबीच व्यवस्थालाई मोहोरछाप लगाइदे। \q1 \v 17 म याहवेहलाई पर्खनेछु, \q2 जसले याकोबका घरानाबाट आफ्नो अनुहार लुकाउनुभएको छ। \q1 उहाँमाथि म आफ्नो भरोसा राख्नेछु। \p \v 18 याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ। \s1 अन्धकार उज्यालोमा परिणत \p \v 19 मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्‍वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्‍लाह लिने? \v 20 परमेश्‍वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन। \v 21 तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्‍वरलाई सराप्नेछन्। \v 22 त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्। \c 9 \p \v 1 तरै पनि त्यो सङ्कष्‍टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्‍तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ— \q1 \v 2 अन्धकारमा जिउनेहरूले \q2 एउटा ठूलो ज्योति देखेका छन्; \q1 घोर अन्धकारमा बस्‍नेहरूमाथि \q2 ज्योति उदाएको छ। \q1 \v 3 तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ; \q2 अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ; \q1 मानिसहरूले कटनीमा रमाएझैँ \q2 लुटको माल बाँड्दा रमाएझैँ, \q1 तिनीहरू तपाईंको सामु \q2 रमाउनेछन्। \q1 \v 4 किनकि मिद्यानको पराजयको दिनमा झैँ \q2 तपाईंले तिनीहरूलाई भार भएको जुवा, \q1 र तिनीहरूका काँधमा परेको बोझ, \q2 साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई \q2 भाँचिदिनुभएको छ। \q1 \v 5 प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, \q2 र रगतमा लतपतिएको \q1 हरेक वस्त्र आगोमा भस्म हुनेछ। \q2 त्यो आगोको निम्ति इन्धन हुनेछ। \q1 \v 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; \q2 हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। \q2 शासन उहाँको काँधमा हुनेछ। \q1 उहाँलाई उदेकको सल्‍लाहकार, \q2 शक्तिशाली परमेश्‍वर, \q2 सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ। \q1 \v 7 उहाँको शासन वृद्धि र शान्तिको \q2 अन्त्य हुनेछैन। \q1 उहाँले दावीदको सिंहासनमाथि \q2 र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। \q1 उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म \q2 न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। \q2 सेनाहरूका याहवेहको जोशले \q1 यसलाई सम्पन्‍न गर्नेछ। \s1 इस्राएलमाथि याहवेहको क्रोध \q1 \v 8 प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; \q2 जुन इस्राएलमाथि पर्नेछ। \q1 \v 9 सबै मानिसहरूले त्यसलाई जान्‍नेछन्; \q2 एफ्राइम र सामरियाका बासिन्दाहरू, \q1 जो घमण्ड र अभिमानको \q2 हृदयले यसो भन्छन्, \q1 \v 10 “इँटाहरू लडेका छन्, \q2 तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ; \q1 नेभाराका रूखहरू ढालिएका छन्, \q2 तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।” \q1 \v 11 तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ; \q2 अनि तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ। \q1 \v 12 पूर्वबाट अरामीहरू र पश्‍चिमबाट पलिश्तीहरूले \q2 मुख खोलेर इस्राएललाई खाएका छन्। \b \q1 यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, \q2 तर उहाँको हात अझै पनि उठिराखेकै छ। \b \q1 \v 13 तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्, \q2 न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्। \q1 \v 14 यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर, \q2 खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ। \q1 \v 15 प्रधानहरू र विशिष्‍ट व्यक्तिहरू शिर हुन्; \q2 अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्। \q1 \v 16 यस जातिलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन्, \q2 र डोर्‍याइएकाहरू बरालिएका छन्। \q1 \v 17 यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्‍न हुनुहुनेछैन। \q2 न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ। \q1 किनकि हरेक मानिस ईश्‍वरहीन र दुष्‍ट छ; \q2 प्रत्येक मुखले नीच कुरा बोल्छ। \b \q1 यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन; \q2 उहाँको हात उठिराखेकै छ। \b \q1 \v 18 किनकि निश्‍चय नै दुष्‍टता आगोझैँ बल्छ; \q2 यसले सिउँडी र काँडालाई भस्म पार्नेछ; \q1 यसले वनका झाडीहरू आगो लगाइदिनेछ, \q2 र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ। \q1 \v 19 सेनाहरूका याहवेहको क्रोधद्वारा \q2 सबै देश भस्म हुनेछ; \q1 अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्; \q2 कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन। \q1 \v 20 तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ, \q2 र पनि अझ भोकै रहनेछ; \q1 देब्रेतिर तिनीहरूले खानेछन्, \q2 तर तृप्‍त हुनेछैनन्। \q1 प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ: \q2 \v 21 मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ; \q2 ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्। \b \q1 यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, \q2 तर उहाँको हात अझै उठिराखेकै छ। \b \b \c 10 \q1 \v 1 धिक्‍कार तिनीहरूलाई, जसले अन्यायी नियम-कानुनहरू बनाउँछन्, \q2 जसले अत्याचारपूर्ण आदेशहरू निकाल्छन्; \q1 \v 2 गरिबहरूबाट अधिकार खोस्‍न \q2 र सताइएका मेरा मानिसहरूबाट न्याय रोक्न, \q1 विधवाहरूलाई आफ्ना शिकार बनाउन, \q2 र अनाथहरूलाई लुट्नका निम्ति तिनीहरू यसो गर्छन्। \q1 \v 3 लेखा दिनुपर्ने दिनमा विपत्ति टाढाबाट आउँदा \q2 तिमीहरू के गर्छौ? \q1 तिमीहरू सहायताका लागि कसकहाँ दौडेर जान्छौ? \q2 तिमीहरू आफ्ना सम्पत्ति कहाँ छोड्छौ? \q1 \v 4 कैदीहरूको बीचमा झुक्नुबाहेक \q2 र मारिएकाहरूका बीचमा लोट्नुबाहेक केही पनि छोडिनेछैन। \b \q1 यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, \q2 तर उहाँको हात अझै उठिराखेकै छ। \s1 अश्शूरमाथि परमेश्‍वरको न्याय \q1 \v 5 “धिक्‍कार अश्शूरलाई, मेरो रिसको लहुरो, \q2 जसको हातमा भएको लहुरोचाहिँ मेरो क्रोध हो! \q1 \v 6 लुटको माल खोस्‍न र लुटपाट गरी ध्वस्त गर्न; \q2 अनि गल्‍लीको हिलोझैँ कुल्चीमिल्ची गर्न, \q1 ईश्‍वरहीन जाति तथा मलाई रिस उठाउने मानिसहरूको विरुद्धमा, \q2 मैले त्यसलाई पठाएको छु। \q1 \v 7 तर त्यसको यस्तो विचार छैन, \q2 र त्यसले आफ्नो मनमा यस्तो सोचेको छैन; \q1 त्यसको उद्देश्य नाश गर्नु हो, \q2 धेरै जातिहरूलाई नाश गर्नु हो। \q1 \v 8 त्यसले भन्छ, ‘के मेरा सेनापतिहरू सबै राजाहरू होइनन् र? \q2 \v 9 के कल्नोको दशा कर्कमीशको जस्तै भएन र? \q1 के हमात अर्पादझैँ \q2 र सामरिया दमस्कसझैँ छैन र? \q1 \v 10 जसरी मेरो हातले मूर्तिहरूका राज्यहरूलाई कब्जा गर्‍यो, \q2 जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्दा धेरै थिए— \q1 \v 11 मैले सामरिया र त्यसका मूर्तिहरूसित व्यवहार गरेझैँ \q2 के म यरूशलेम र त्यसका मूर्तिहरूसित पनि त्यस्तै नगरूँ?’ ” \p \v 12 प्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्ना सबै कामहरू सिद्ध्याउनुभएपछि उहाँले भन्‍नुहुनेछ, “म अश्शूरको राजालाई त्यसको हृदयको इच्छाअनुसारको घमण्ड र त्यसको आँखामा चढेको अभिमानी हेराइका निम्ति दण्ड दिनेछु। \v 13 किनकि त्यसले भन्छ: \q1 “ ‘मेरो हातको बलले \q2 र मेरो बुद्धिले मैले यो गरेको हुँ; किनकि मसित समझशक्ति छ। \q1 मैले राष्ट्रहरूका सिमानाहरू हटाइदिएको छु, \q2 मैले तिनीहरूका खजाना लुटेको छु; \q2 एक शूरवीरले झैँ मैले तिनीहरूका राजाहरूलाई वशमा पारेको छु। \q1 \v 14 कसैले चराका गुँड फेला पारेझैँ, \q2 मेरो हात जातिहरूको धनसम्पत्तिमा पुग्यो; \q1 मानिसहरूले छोडेका अण्डाहरू बटुलेझैँ, \q2 मैले सबै देशहरूलाई भेला गरेको छु; \q1 एउटैले पनि पखेटा फ्याट-फ्याट गरेन, \q2 अथवा चूँ-चूँ गर्नलाई मुख खोलेन।’ ” \b \q1 \v 15 के बन्चरो आफैँ त्यसलाई चलाउनेभन्दा माथि उठ्न सक्छ, \q2 अथवा आराले त्यसलाई प्रयोग गर्नेभन्दा बढी घमण्ड गर्न सक्छ? \q1 मानौँ, लहुरो उठाउनेलाई लहुरोले नै चलाएजस्तो, \q2 अथवा जो काठ होइन, त्यसलाई मुङ्ग्रोले चलाएजस्तो! \q1 \v 16 यसकारण प्रभु, सेनाहरूका याहवेहले \q2 त्यसका प्रबल योद्धाहरूमाथि कमजोर हुने रोग पठाउनुहुनेछ; \q1 त्यसको गौरवमुनि बल्दो ज्वालाजस्तै \q2 आगो सल्काउनुहुनेछ। \q1 \v 17 इस्राएलको ज्योति आगो हुनेछ, \q2 र तिनीहरूका पवित्र परमेश्‍वर ज्वाला बन्‍नुहुनेछ; \q1 एकै दिनमा काँडाहरू \q2 र त्यसका सिउँडीहरूलाई जलाएर भस्म पारिदिनुहुनेछ। \q1 \v 18 वनहरू र मलिलो खेतहरू \q2 सम्पूर्ण रूपले नष्‍ट हुनेछ, \q2 त्यो बिरामी मानिस दुब्लाएर गएझैँ हुनेछ। \q1 \v 19 अनि त्यसका वनका रूखहरू यति थोरै हुनेछन्, \q2 कि एउटा बालकले पनि ती गन्ती गरेर लेख्न सक्छ। \s1 इस्राएलको बाँकी भाग \q1 \v 20 त्यस दिन इस्राएलको अवशेष, \q2 याकोबका घरानाका बचेका भागले \q1 तिनीहरूलाई प्रहार गर्नेमाथि \q2 फेरि भरोसा गर्नेछैनन्, \q1 तर साँचो रूपले याहवेह, \q2 इस्राएलका पवित्र परमेश्‍वरमाथि भरोसा गर्नेछन्। \q1 \v 21 बाँकी मानिसहरू फर्कनेछन्, \q2 याकोबका बचेका मानिसहरू सर्वशक्तिमान् परमेश्‍वरतिर फर्कनेछन्। \q1 \v 22 हे इस्राएल, तेरा मानिसहरू समुद्रको किनारको बालुवासरी भए तापनि \q2 केवल एउटा अवशेष मात्र फर्कनेछ। \q1 सर्वनाश प्रचुरता र धार्मिकतासित ठहराइएको छ। \q1 \v 23 प्रभु, सेनाहरूका याहवेहले \q2 सम्पूर्ण देशमाथि ठहराएअनुसारको सर्वनाश ल्याउनुहुनेछ। \p \v 24 यसकारण प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: \q1 “हे सियोनमा बस्‍ने मेरो प्रजा हो, \q2 अश्शूरसित तिमीहरू नडराओ, \q1 जसले तिमीहरूलाई लाठोले हिर्काउनेछ; \q2 अनि तिमीहरूको विरुद्ध इजिप्टले गरेझैँ मुङ्ग्रो उठाउनेछ। \q1 \v 25 अनि चाँडै तिमीहरूका विरुद्ध मेरो रिस शान्त हुनेछ, \q2 र मेरो क्रोध तिनीहरूको सर्वनाशतिर लाग्नेछ।” \b \q1 \v 26 उहाँले मिद्यानलाई ओरेबको चट्टानमा प्रहार गर्नुभएझैँ, \q2 सेनाहरूका याहवेहले तिनीहरूलाई कोर्रा लाउनुहुनेछ; \q1 अनि उहाँले इजिप्टमा गर्नुभएझैँ, \q2 आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ। \q1 \v 27 त्यस दिन तिमीहरूका काँधबाट तिनीहरूका भार उठाइनेछ; \q2 तिमीहरूका घिच्रोबाट तिनीहरूका जुवाको बोझ उठाइनेछ; \q1 अनि तिमीहरू मोटाएको कारणले \q2 जुवा भाँचिनेछ। \b \q1 \v 28 तिनीहरू अय्यातभित्र पस्छन्; \q2 तिनीहरू मिग्रोनबाट भएर जान्छन्; \q2 तिनीहरूले आफ्नो खाद्य-सामग्री मिकमाशमा जम्मा गर्छन्। \q1 \v 29 तिनीहरू घाटीबाट गएर भन्‍नेछन्, \q2 “हामी रातभरि गेबामा छाउनी लगाएर बस्‍नेछौँ।” \q1 रामा डराएको छ; \q2 शाऊलको गेबा भागेको छ। \q1 \v 30 हे गल्‍लीमकी छोरी सोर उचालेर चिच्‍या! \q2 हे लैशा, ध्यान दिएर सुन्! \q2 बिचरा अनातोत! \q1 \v 31 मदमेना भाग्दैछ; \q2 गेबीमका मानिसहरू लुक्दैछन्। \q1 \v 32 त्यस दिन तिनीहरू नोबमा अडिनेछन्; \q2 तिनीहरूले आफ्ना मुक्‍का \q1 सियोनकी छोरीको पर्वततिर, \q2 यरूशलेमको डाँडातिर देखाउनेछन्। \b \q1 \v 33 हेर, प्रभु, सेनाहरूका याहवेहले \q2 डरलाग्दो आवाज निस्कने गरी हाँगाहरू लाछ्नुहुनेछ। \q1 अग्ला-अग्ला रूखहरू ढालिनेछन्, \q2 र उच्‍च पारिएकाहरूलाई होच्याइनेछ। \q1 \v 34 उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ; \q2 परमेश्‍वरको सामु लेबनान ढल्नेछ। \c 11 \s1 यिशैबाटको हाँगा \q1 \v 1 यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ; \q2 त्यसका जराहरूबाट एउटा हाँगाले फल फलाउनेछ। \q1 \v 2 याहवेहका आत्मा उहाँमा रहनुहुनेछ; \q2 बुद्धि र समझका आत्मा, \q2 सल्‍लाह र शक्तिका आत्मा, \q2 ज्ञान र याहवेहको भयको आत्मा, \q1 \v 3 र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ। \b \q1 उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, \q2 अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन; \q1 \v 4 तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ; \q2 पृथ्वीका गरिबहरूका निम्ति न्यायसित उहाँले निर्णय दिनुहुनेछ। \q1 उहाँले पृथ्वीलाई आफ्नो मुखको वचनले प्रहार गर्नुहुनेछ; \q2 आफ्ना ओठको सासले उहाँले दुष्‍टलाई मार्नुहुनेछ। \q1 \v 5 धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; \q2 अनि विश्‍वासयोग्यता उहाँको पटुका हुनेछ। \b \q1 \v 6 ब्वाँसो थुमासँग बस्‍नेछ, \q2 र चितुवा बाख्रासित ढल्कनेछ; \q1 बाछा र सिंह एकसाथ रहनेछन्; \q2 र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ। \q1 \v 7 गाई र भालु एकैसाथ चर्नेछन्; \q2 तिनीहरूका बच्‍चाहरू एकैसाथ ढल्किनेछन्; \q2 सिंहले गोरुले झैँ पराल खानेछ। \q1 \v 8 दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; \q2 र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। \q1 \v 9 मेरा सम्पूर्ण पवित्र पर्वतमा \q2 तिनीहरूले न हानि गर्नेछन्, न त नष्‍ट गर्नेछन्; \q1 किनकि समुद्र पानीले भरिएझैँ, \q2 याहवेहको ज्ञानले पृथ्वी भरिनेछ। \p \v 10 त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ। \v 11 त्यस दिन अश्शूर, इजिप्टको तल्‍लो भाग, माथिल्‍लो इजिप्ट, पत्रोस, कूश,\f + \fr 11:11 \fr*\ft यो देशचाहिँ इजिप्टको दक्षिणपट्टि पर्थ्यो।\ft*\f* एलाम, बेबिलोन,\f + \fr 11:11 \fr*\ft बेबिलोनलाई \ft*\fqa शिनार \fqa*\ft पनि भनिन्छ।\ft*\f* हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रो पल्ट आफ्नो हात पसार्नुहुनेछ। \q1 \v 12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, \q2 र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ; \q1 उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएका \q2 यहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ। \q1 \v 13 एफ्राइमको डाह लोप हुनेछ; \q2 अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; \q1 एफ्राइमले यहूदासित डाह गर्नेछैन, \q2 र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन। \q1 \v 14 तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्; \q2 तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्। \q1 तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्; \q2 अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्। \q1 \v 15 याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; \q2 उहाँले प्रचण्ड बतासले \q1 यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। \q2 मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर \q1 उहाँले त्यसलाई सात वटा \q2 खोलामा विभाजित गराइदिनुहुनेछ। \q1 \v 16 इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै \q2 अश्शूरबाट आउने उहाँको बचेको भागका \q1 मानिसहरूका निम्ति \q2 एउटा राजमार्ग हुनेछ। \c 12 \s1 प्रशंसाका गीतहरू \p \v 1 त्यस दिन तिमीहरू भन्‍नेछौ: \q1 “हे याहवेह, म तपाईंको प्रशंसा गर्नेछु। \q2 तपाईं मसित रिसाउनुभए तापनि \q1 तपाईंको रिस अब मरेको छ; \q2 अनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ। \q1 \v 2 निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्छ; \q2 म भरोसा गर्नेछु र डराउनेछैनँ। \q1 याहवेह, याहवेह नै मेरा सामर्थ्य र मेरा रक्षक\f + \fr 12:2 \fr*\ft अथवा \ft*\fqa गीत\fqa*\f* हुनुहुन्छ; \q2 निश्‍चय नै उहाँ मेरा उद्धार हुनुहुन्छ।” \q1 \v 3 आनन्दसित तिमीहरूले \q2 उद्धारको इनारबाट पानी भर्नेछौ। \p \v 4 त्यस दिन तिमीहरू भन्‍नेछौ: \q1 “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; \q2 उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; \q2 अनि उहाँको नाम उच्‍च पारिएको छ भनी घोषणा गर। \q1 \v 5 याहवेहका निम्ति भजन गाओ; किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ; \q2 यो कुरा सारा संसारले जानोस्। \q1 \v 6 हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ र आनन्दले गाओ; \q2 किनकि तिमीहरूका बीचमा इस्राएलका पवित्र परमेश्‍वर महान् हुनुहुन्छ।” \c 13 \s1 बेबिलोनको विरुद्ध भविष्यवाणी \p \v 1 आमोजको छोरा यशैयाले बेबिलोनको विषयमा देखेका भविष्यवाणी: \q1 \v 2 नाङ्गो डाँडाको टुप्पामाथि एउटा झण्डा खडा गर; \q2 तिनीहरूतर्फ उच्‍च सोरले कराओ; \q1 तिनीहरू कुलीन मानिसहरूका \q2 मूलढोकाभित्र प्रवेश गरून्। \q1 \v 3 मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु: \q2 युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु, \q2 जो मेरो विजयमा रमाउँछन्। \b \q1 \v 4 पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो \q2 होहल्‍ला सुन्! \q1 जातिहरू एकसाथ भेला भएझैँ, \q2 राज्यहरूको बीचमा होहल्‍ला सुन्! \q1 सेनाहरूका याहवेहले युद्धका निम्ति \q2 सेना बटुल्दै हुनुहुन्छ। \q1 \v 5 याहवेह र उहाँका रिसका हतियारहरू \q2 टाढा देश, आकाशको पल्‍लो छेउदेखि \q1 सारा देशलाई नाश गर्न आउँछन्। \b \q1 \v 6 विलाप गर्! किनकि याहवेहको दिन नजिकै छ; \q2 सर्वशक्तिमान्‌को तर्फबाट सर्वनाशजस्तै त्यो आउनेछ। \q1 \v 7 यसैले सबै हातहरू लुला हुनेछन्। \q2 हरेक मानिसको हृदय पग्लनेछ। \q1 \v 8 तिनीहरू त्रसित हुनेछन्; \q2 तिनीहरूलाई कष्‍ट र वेदनाले पक्रनेछन्; \q2 तिनीहरू प्रसव-वेदनामा परेकी स्त्रीझैँ छटपटाउनेछन्। \q1 तिनीहरू हैरान भएर एक-अर्कातिर हेर्नेछन्; \q2 तिनीहरूका अनुहारहरू डरले गर्दा फिका हुनेछन्। \b \q1 \v 9 हेर, याहवेहको दिन देशलाई उजाड पार्न \q2 र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, \q1 रिस र भयानक क्रोधको साथ \q2 निष्‍ठुर दिन आइरहेछ। \q1 \v 10 आकाशका ताराहरू र तिनीहरूका नक्षत्रहरूले \q2 आफ्ना प्रकाश देखाउनेछैनन्। \q1 उदाउँदै गरेको सूर्य अँध्यारो हुनेछ; \q2 अनि चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन। \q1 \v 11 म संसारलाई त्यसको दुष्‍टताको लागि, \q2 र दुष्‍टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु। \q1 म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु, \q2 र निष्‍ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु। \q1 \v 12 म मानिसहरूलाई निखुर सुनभन्दा दुर्लभ बनाउनेछु, \q2 ओपीरको सुनभन्दा दुर्लभ। \q1 \v 13 यसकारण म आकाशहरूलाई थरथर काम्ने तुल्याउनेछु; \q2 सेनाहरूका याहवेहको क्रोधको दिनमा, \q1 उहाँको बल्दो रिसको दिनमा \q2 पृथ्वी आफ्नो ठाउँमा हल्‍लिनेछ। \b \q1 \v 14 खेदिएको हरिणझैँ, \q2 गोठाला नभएको भेडाहरूझैँ, \q1 सबै आफ्नै मानिसकहाँ फर्कनेछन्; \q2 आफ्नै जन्मभूमिमा भागेर जानेछन्। \q1 \v 15 पक्राउ परेका जोसुकै पनि रोपिनेछन्; \q2 समातिएका जति सबै तरवारद्वारा मारिनेछन्। \q1 \v 16 तिनीहरूका शिशुहरू तिनीहरूकै आँखाहरूका सामु पछारेर टुक्रा-टुक्रा पारिनेछन्; \q2 तिनीहरूका घरहरू लुटिनेछन् र तिनीहरूका पत्नीहरू बलात्कृत हुनेछन्। \b \q1 \v 17 हेर, म तिनीहरूको विरुद्ध मादीहरूलाई सुर्‍याउनेछु, \q2 जसले चाँदीको वास्तै गर्दैनन्, \q2 र सुनमा प्रसन्‍न हुँदैनन्। \q1 \v 18 तिनीहरूका धनुले जवान मानिसहरूलाई लडाउनेछन्; \q2 शिशुहरूमाथि तिनीहरूले दया देखाउनेछैनन्, \q2 न त तिनीहरूले बालबालिकाहरूप्रति कृपा देखाउनेछन्। \q1 \v 19 राज्यहरूको रत्न बेबिलोन, \q2 बेबिलोनीहरूका\f + \fr 13:19 \fr*\ft अथवा \ft*\fqa कल्दीहरू\fqa*\f* घमण्डको गौरवलाई \q1 परमेश्‍वरले सदोम र गमोराझैँ \q2 पल्टाइदिनुहुनेछ। \q1 \v 20 त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन, \q2 अथवा पुस्तौँसम्म कोही बस्‍नेछैनन्; \q1 कुनै घुमन्तेलेधरि\f + \fr 13:20 \fr*\ft मूल भाषामा \ft*\fqa अरबीहरू\fqa*\f* त्यहाँ आफ्नो पाल टाँग्नेछैन; \q2 कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन। \q1 \v 21 तर जङ्गली जनावरहरूले त्यहाँ विश्राम गर्नेछन्; \q2 तिनका घरहरू स्यालहरूले भरिनेछन्; \q1 उल्‍लुहरू त्यहाँ बस्‍नेछन्, \q2 र जङ्गली बाख्राहरू त्यहाँ उफ्रँदै खेल्नेछन्। \q1 \v 22 हुँडारहरू तिनका किल्‍लाहरूमा \q2 तिनका आनन्दको महलहरूमा स्यालहरू कराउनेछन्। \q1 बेबिलोनको समय नजिक आएको छ, \q2 चाँडै यी सबै पूरा हुनेछन्। \b \b \c 14 \q1 \v 1 याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; \q2 फेरि एक पल्ट उहाँले इस्राएललाई चुन्‍नुहुनेछ; \q2 अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। \q1 परदेशीहरू तिनीहरूसित मिल्नेछन् \q2 र याकोबका घरानासित तिनीहरू मिलेर बस्‍नेछन्। \q1 \v 2 राष्ट्रहरूले तिनीहरूलाई लगेर \q2 तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। \q1 अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा \q2 आफ्ना दास-दासीहरू बनाउनेछ। \q1 तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; \q2 अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्। \p \v 3 याहवेहले तिमीहरूलाई कष्‍ट, चिन्ता र कठिन परिश्रमबाट मुक्त गर्नुभएको दिन, \v 4 तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: \q1 अत्याचारी कसरी नाश भयो! \q2 त्यसको अत्याचार कसरी समाप्‍त भयो! \q1 \v 5 याहवेहले दुष्‍टको लहुरो, \q2 शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। \q1 \v 6 जसले रिसमा मानिसहरूलाई \q2 लगातार मुक्‍का लगाइरहन्थ्यो; \q1 अनि रिसमा राष्ट्रहरूलाई \q2 लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो। \q1 \v 7 सारा देश विश्राम र शान्तिमा छ; \q2 तिनीहरू गीत गाइउठ्छन्। \q1 \v 8 सल्‍लाका रूखहरू र लेबनानका देवदारुसमेत \q2 तिमीहरूको अवस्था देखेर रमाउँछन् र भन्छन्, \q1 “अब तँ ढलिगएको कारणले काठको काम गर्ने \q2 कोही पनि आएर हामीलाई ढाल्दैनन्।” \b \q1 \v 9 तेरो आगमनको प्रतीक्षामा \q2 पाताल पनि उत्प्रेरित भएको छ; \q1 त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— \q2 संसारका अगुवा भएर रहेका थिए; \q1 यसले एक पल्ट जातिहरूमाथि राजा भएकाहरूलाई \q2 तिनीहरूका सिंहासनबाट उठाउँछ। \q1 \v 10 तिनीहरू सबैले जवाफ दिएर \q2 तँलाई यसो भन्‍नेछन्, \q1 “तँ अब हामीजस्तै कमजोर भएको छस्; \q2 तँ हामीजस्तै भइस्।” \q1 \v 11 तेरा सबै रवाफ, \q2 र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; \q1 तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; \q2 अनि किराहरूले तँलाई ढाकेका छन्। \b \q1 \v 12 हे बिहानको तारा, प्रभातको पुत्र, \q2 तँ कसरी स्वर्गबाट खसेको छस्! \q1 जातिहरूलाई होच्याउने, \q2 तँ पृथ्वीमा फ्याँकिएको छस्! \q1 \v 13 तैँले आफ्नो हृदयमा भनिस्, \q2 “म स्वर्गमा उक्लनेछु; \q1 म आफ्नो सिंहासनलाई \q2 परमेश्‍वरका ताराहरूभन्दा माथि उचाल्नेछु; \q1 म सभाको पर्वतमाथि सिंहासनमा, \q2 शाफोन पर्वतको सर्वोच्‍च स्थानमा विराजमान हुनेछु।\f + \fr 14:13 \fr*\fqa शाफोन \fqa*\ft कनानीहरूको अति पवित्र पर्वत मानिन्थ्यो\ft*\f* \q1 \v 14 म बादलहरूभन्दा माथि उक्लनेछु; \q2 म आफैँलाई सर्वोच्‍च परमेश्‍वर बराबर बनाउनेछु।” \q1 \v 15 तर तँलाई चिहानसम्म, \q2 खाडलको गहिराइसम्मै होच्याइयो। \b \q1 \v 16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, \q2 तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: \q1 “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्‍लायो; \q2 अनि राज्यहरूलाई थर्कमान बनायो। \q1 \v 17 त्यो मानिस, जसले संसारलाई मरुभूमि बनायो, \q2 जसले सहरहरूलाई हरायो; \q2 र आफ्ना कैदीहरूलाई घरमा जान दिएन?” \b \q1 \v 18 सबै राष्ट्रहरूका राजाहरू आ-आफ्नो \q2 चिहानमा पस्रिरहन्छन्। \q1 \v 19 तर तँ एउटा त्यागिएको हाँगाझैँ \q2 आफ्नो चिहानमा फालिएको छस्; \q1 तँ तरवारले रोपिएकाहरूसँग, \q2 खाडलका ढुङ्गाहरूमा खसेकाहरूसँग \q2 मारिएकाहरूले ढाकिएको छस्। \q1 तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लासझैँ भएको छस्। \q2 \v 20 तँ तिनीहरूसित गाडिनेछैनस्; \q1 किनकि तैँले आफ्नो देशलाई नाश गरेको छस्; \q2 अनि तेरा मानिसहरूलाई मारेको छस्। \b \b \q1 दुष्‍टका सन्तानहरूको उल्‍लेख \q2 अब कहिल्यै गरिनेछैन। \q1 \v 21 तिनीहरूका पुर्खाहरूका पापको कारण \q2 त्यसका छोराहरूलाई मार्ने ठाउँ तयार गर्; \q1 देशमाथि अधिकार गर्न र पृथ्वीका सहरहरू ढाक्न \q2 तिनीहरू उठ्न पाउनेछैनन्। \b \q1 \v 22 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ: \q2 “म तिनीहरूको विरुद्ध उठ्नेछु। \q1 म बेबिलोनबाट बाँचेकाहरू, \q2 त्यसका सन्तान र त्यसको नाम मेटिदिनेछु,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 23 “म त्यसलाई उल्‍लुको स्थानमा, \q2 र सिमसार धापमा परिणत गर्नेछु; \q1 म त्यसलाई विनाशको कुचोले बढार्नेछु,” \q2 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \p \v 24 सेनाहरूका याहवेहले शपथ खानुभएको छ, \q1 “मैले जे योजना बनाएको छु, त्यो निश्‍चय पूरा हुनेछ; \q2 अनि मैले जे इच्छा गरेको छु, त्यो अटल रहनेछ। \q1 \v 25 म आफ्नो देशमा अश्शूरलाई धुलोपिठो पार्नेछु; \q2 म आफ्ना पर्वतहरूमा त्यसलाई कुल्चनेछु। \q1 मेरा मानिसहरूबाट त्यसको जुवा निकालिनेछ; \q2 अनि तिनीहरूका काँधबाट त्यसको भारी हटाइनेछ।” \b \q1 \v 26 सारा संसारका निम्ति तोकिएको योजना यही हो; \q2 सारा जातिहरूमाथि फैलाइएको हात यही हो। \q1 \v 27 सेनाहरूका याहवेहले नै यो विचार गर्नुभएको हो, कसले उहाँलाई विफल बनाउन सक्ला र? \q2 उहाँले हात फैलाउनुभएको छ, कसले त्यसलाई फर्काउन सक्ला र? \s1 पलिश्तीहरूको विरुद्ध भविष्यवाणी \p \v 28 आहाज राजा मरेको वर्षमा यो भविष्यवाणी आयो: \q1 \v 29 हे सबै पलिश्ती हो, \q2 तिमीहरूलाई प्रहार गर्ने लहुरो भाँचियो भनेर नरमाओ; \q1 त्यस सर्पको वंशबाट अति विषालु सर्प निस्कनेछ, \q2 र प्रहार गर्ने विषालु सर्प त्यसको फल हुनेछ। \q1 \v 30 गरिबहरूभन्दा गरिबले खर्क पाउनेछ, \q2 र खाँचोमा परेकाहरू सुरक्षामा रहनेछन्। \q1 तर तेरो वंशलाई म अनिकालले नाश पार्नेछु, \q2 त्यसले तेरा बाँचेकाहरूलाई मार्नेछ। \b \q1 \v 31 हे मूलढोका, विलाप गर्! हे सहर, चीत्कार गर्! \q2 हे सबै पलिश्ती हो, पग्लेर जाओ! \q1 उत्तर दिशाबाट धुवाँको बादल आउँछ; \q2 अनि त्यसको सेनामा बरालिने कोही छैन। \q1 \v 32 त्यस जातिका राजदूतहरूलाई \q2 कस्तो जवाफ दिइनेछ? \q1 “याहवेहले सियोनलाई स्थापित गर्नुभएको छ; \q2 अनि कष्‍ट पाएका जातिले त्यसमा आश्रय पाउनेछन्।” \c 15 \s1 मोआबको विरुद्ध भविष्यवाणी \p \v 1 मोआबको बारेमा भविष्यवाणी: \q1 मोआबको आर सहर नष्‍ट पारिएको छ, \q2 त्यो एकै रातमा नाश भएको छ! \q1 मोआबको कीर सहर नष्‍ट भएको छ; \q2 त्यो एकै रातमा नाश भएको छ। \q1 \v 2 दीबोन त्यसको मन्दिरमा हुन्छ, \q2 त्यसका देवस्थानहरूमा रुनलाई उक्लिएको छ; \q2 मोआब नेबो र मेदेबाको निम्ति बिलौना गर्छ। \q1 प्रत्येक शिर खौरिएको छ; \q2 अनि प्रत्येक दाह्री काटिएको छ। \q1 \v 3 सडकहरूमा तिनीहरूले भाङ्ग्रा लगाएर बस्छन्; \q2 घरका कौसीहरू र सार्वजनिक चोकहरूमा \q1 तिनीहरू सबै लम्पसार परेर, \q2 रुँदै विलाप गर्छन्। \q1 \v 4 हेश्बोन र एलालेह चीत्कार गर्छन्; \q2 तिनीहरूका सोर यहसासम्म नै सुनिन्छ। \q1 यसकारण मोआबका हतियारधारी मानिसहरू चीत्कार गर्छन्; \q2 र तिनीहरूका हृदय व्याकुल भएका छन्। \b \q1 \v 5 मेरो हृदय मोआबको दुर्दशा देखेर रुन्छ; \q2 त्यसका भगुवाहरू सोअरसम्म नै, \q2 एग्लत-शलीशियाहसम्म नै भागेर जान्छन्। \q1 तिनीहरू लूहीत जाने उकालो, \q2 रुँदै-रुँदै चढ्छन्; \q1 होरोनैम जाने बाटोमा तिनीहरू \q2 आफ्ना सर्वनाशको लागि विलाप गर्छन्। \q1 \v 6 निम्रीमका पानी सुकिगएका छन्, \q2 र घाँस ओइलाएको छ; \q1 घाँसपात छँदैछैन, \q2 र कुनै हरियो थोक छँदैछैन। \q1 \v 7 यसरी तिनीहरूले प्राप्‍त गरेर थुपारेका धन \q2 तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्। \q1 \v 8 तिनीहरूका चीत्कार मोआबको सिमानाभरि सुनिन्छ; \q2 तिनीहरूका रुवाइ एग्लैमसम्म सुनिन्छ; \q2 तिनीहरूका विलाप बेअर-एलीमसम्मै सुनिन्छ। \q1 \v 9 दिमोनका पानी रक्ताम्मे छन्, \q2 तर म दिमोनमाथि अझ बढी ल्याउनेछु— \q1 मोआबका भगुवाहरूमाथि \q2 र देशमा रहेकाहरूमाथि म एउटा सिंह ल्याउनेछु। \b \b \c 16 \q1 \v 1 सेलाबाट सियोनका छोरीहरूको पर्वतमा \q2 देशका शासककहाँ \q1 सौगातको रूपमा \q2 थुमाहरू पठाओ। \q1 \v 2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, \q2 गुँडबाट धपाइएर \q1 यताउता उडिरहने \q2 चराहरूझैँ भएका छन्। \b \q1 \v 3 मोआबले भन्छ, “हामीलाई सल्‍लाह देओ, \q2 एउटा निर्णय लेओ। \q1 मध्यदिनमा तिम्रो छाया \q2 रातझैँ बनाओ! \q1 भगुवाहरूलाई लुकाओ, \q2 शरणार्थीहरूलाई धोका नदेओ! \q1 \v 4 मोआबी भगुवाहरूलाई तिमीहरूसित बस्‍न देओ; \q2 नाश गर्नेहरूको सामु तिनीहरूका निम्ति आश्रय बनिदेओ।” \b \q1 थिचोमिचो गर्नेहरूको अन्त्य हुनेछ, \q2 र सर्वनाश समाप्‍त हुनेछ; \q2 आक्रमणकारी देशबाट लोप हुनेछ। \q1 \v 5 प्रेममा एउटा सिंहासन स्थापित हुनेछ; \q2 त्यसमा दावीदको घरानाबाट \q2 विश्‍वासयोग्य एक मानिस विराजमान हुनुहुनेछ; \q1 उहाँले न्याय गर्दा निष्पक्षतासाथ गर्नुहुनेछ; \q2 र धार्मिकतामा काम गर्न ढिलो गर्नुहुनेछ। \b \q1 \v 6 हामीले मोआबको अहङ्कारको कुरा सुनेका छौँ, \q2 त्यसका प्रचण्ड अहङ्कार र आत्मभिमान, \q1 त्यसको अभिमान, घमण्ड र त्यसको धाक; \q2 तर त्यसका घमण्डहरू खोक्रा छन्। \q1 \v 7 यसकारण मोआबीहरू विलाप गर्नेछन्; \q2 तिनीहरू एकसाथ मोआबकै निम्ति विलाप गर्नेछन्। \q1 कीर-हरेशेतका किसमिसका निम्ति \q2 विलौना र शोक गर। \q1 \v 8 हेश्बोनका खेतहरू \q2 र सिब्माका दाखहरू पनि ओइलाउँछन्। \q1 जातिहरूका शासकहरूले \q2 अति सुन्दर दाखहरू कुल्चेका छन्, \q1 जो एक समय याजेरसम्म नै पुगेका थिए; \q2 अनि मरुभूमिभरि फैलिएका थिए। \q1 तिनीहरूका टुसाहरू फैलिएर \q2 समुद्रसम्म पुगेका थिए। \q1 \v 9 यसकारण सिब्माका दाखहरूका निम्ति \q2 याजेर रोएझैँ म रुन्छु। \q1 हे हेश्बोन, हे एलाले, \q2 म तँलाई आँसुले भिजाउँछु! \q1 तेरा पाकेको फलहरूका निम्ति \q2 निकालिएका आनन्दका चीत्कारहरू चकमन्‍न पारिएका छन्। \q1 \v 10 फलका बगैँचाहरूबाट हर्ष र आनन्द लगिएका छन्; \q2 दाखबारीहरूमा कसैले पनि गाउँदैन, न त कराउँछ; \q1 कसैले पनि कोमल दाखमद्य कोलमा पेल्दैन; \q2 किनकि मैले हर्षको आवाज समाप्‍त गरिदिएको छु। \q1 \v 11 मेरो हृदयले मोआबका निम्ति, \q2 र मेरो अन्तस्करणले कीर-हरेशेतका निम्ति वीणाले झैँ विलाप गर्दछ। \q1 \v 12 मोआब आफ्नो पूजाको अग्ला ठाउँहरूमा देखा पर्दा, \q2 ऊ आफूभित्र खिन्‍न मात्र हुन्छ; \q1 आफ्नो पवित्रस्थानमा प्रार्थना गर्न जाँदा, \q2 त्यसलाई केही फाइदा हुँदैन। \p \v 13 मोआबको विषयमा पहिल्यै भन्‍नुभएको याहवेहको वचन यही हो। \v 14 तर अब याहवेह भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले आफ्ना दिनहरू गनेझैँ, तीन वर्षभित्रमा मोआबको गौरव र त्यसका सबै मानिसहरू तुच्छ ठहरिनेछन्; अनि त्यसका बाँचेकाहरू अति थोरै र कमजोर हुनेछन्।” \c 17 \s1 दमस्कसको विरुद्धमा भविष्यवाणी \p \v 1 दमस्कसको विषयमा भविष्यवाणी: \q1 “हेर, अब उसो दमस्कस एउटा सहर रहनेछैन, \q2 तर त्यो भग्नावशेष थुप्रोको रास हुनेछ। \q1 \v 2 अरोएरका सहरहरू उजाड पारिनेछन्, \q2 त्यहाँ बगाल चर्नेछन् र आराम गर्नेछन्; \q2 अनि कसैले तिनीहरूलाई तर्साउनेछैन। \q1 \v 3 सुरक्षित सहर एफ्राइमबाट हराउनेछ, \q2 र दमस्कसबाट राजकीय शक्ति हटाइनेछ; \q1 अरामका बाँचेको भाग \q2 इस्राएलीहरूको गौरवझैँ हुनेछ,” \q2 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 4 “त्यस दिन याकोबको गौरव लोप हुनेछ; \q2 त्यसको शरीरको बोसो बिलाएर जानेछ। \q1 \v 5 कटनी गर्नेले खडा रहेको बाली जम्मा गरेजस्तो त्यो हुनेछ; \q2 त्यसको हातले अन्‍न टिपेझैँ \q1 रपाईहरूको बेँसीमा \q2 कुनै मानिसले शिला-बाला टिपेझैँ त्यो हुनेछ। \q1 \v 6 तापनि जैतुनको रूखबाट फल झारेपछि \q2 दुई-तीन वटा फल हाँगाको टुप्पाका रहेझैँ, \q1 चार-पाँच वटा फलदायक हाँगाहरूमा रहेझैँ, \q2 केही शिला-बालाचाहिँ रहनेछन्,” \q2 याहवेह, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ। \b \q1 \v 7 त्यस दिन मानिसहरूले आफ्ना सृष्‍टिकर्तालाई हेर्नेछन्; \q2 अनि तिनीहरूका आँखा इस्राएलका पवित्र परमेश्‍वरतिर फर्काउनेछन्। \q1 \v 8 तिनीहरूले वेदीहरूतिर हेर्नेछैनन् \q2 जो तिनीहरूका आफ्ना हातका कामहरू हुन्; \q1 अनि अशेरा देवीका खम्बाहरू र आफ्ना औँलाले बनाएको धूप-वेदीहरूप्रति \q2 तिनीहरूको श्रद्धा हुनेछैन। \p \v 9 त्यस दिन तिनीहरूले इस्राएलीहरूका कारण छोडेका आफ्ना बलिया सहरहरू जङ्गलका निम्ति त्यागिएका ठाउँहरूझैँ हुनेछन्। अनि सबै उजाडस्थान भइजानेछ। \q1 \v 10 तिमीहरूले परमेश्‍वर आफ्ना उद्धारकर्तालाई बिर्सेका छौ; \q2 तिमीहरूले आफ्ना चट्टान र किल्‍लालाई सम्झेका छैनौ। \q1 यसकारण तिमीहरूले उत्तम बोटहरू \q2 र परदेशी कलमीहरू रोप्छौ, \q1 \v 11 तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि; \q2 अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि \q1 रोग र निको नहुने कष्‍टको दिनमा \q2 कटनी शून्य हुनेछ। \b \q1 \v 12 हाय! धेरै राष्ट्रहरूका खैलाबैला, \q2 तिनीहरू जो समुद्रझैँ हल्‍ला मच्‍चाउँछन्! \q1 सुन! जातिहरूका खैलाबैला— \q2 तिनीहरू जो समुद्रको गर्जनझैँ गर्जन्छन्! \q1 \v 13 पानीको बेग गर्जेझैँ मानिसहरू गर्जिए तापनि \q2 परमेश्‍वरले तिनीहरूलाई हप्काउनुहुँदा तिनीहरू टाढा-टाढा भाग्नेछन्; \q1 अनि डाँडाहरूमा हावाले उडाएका भुसझैँ, \q2 र आँधीको सामु सानो झारझैँ हुर्‍याइनेछन्। \q1 \v 14 साँझमा अचानक आतङ्क हुन्छ! \q2 बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्! \q1 हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ; \q2 हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ। \c 18 \s1 कूश देशको विरुद्धमा भविष्यवाणी \q1 \v 1 धिक्‍कार, कूशका नदीहरूका किनारमा भएको \q2 हुरुरु आवाज\f + \fr 18:1 \fr*\ft अथवा \ft*\fqa सलह\fqa*\f* निकाल्नेहरूको देश, \q1 \v 2 जसले पानीमाथि निगालोका डुङ्गाहरूमा \q2 समुद्री बाटोद्वारा दूतहरू पठाउँछ। \b \q1 फूर्तिला दूतहरू, \q1 अग्ला र चिल्‍ला छाला भएका मानिसहरूकहाँ जाओ; \q2 चारैतिर डर मानिएका जातिकहाँ, \q1 अनौठो बोली भएका आक्रमणकारी जातिकहाँ, \q2 जसको देशलाई नदीहरूले भाग-भाग गरेको छ। \b \q1 \v 3 हे संसारका सबै मानिसहरू हो, \q2 जो यस पृथ्वीमा बस्दछौ, \q1 जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ, \q2 तिमीहरूले त्यसलाई देख्नेछौ; \q1 अनि तुरही बज्दा \q2 तिमीहरूले त्यो सुन्‍नेछौ। \q1 \v 4 याहवेहले मलाई यसो भन्‍नुहुन्छ: \q2 “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, \q1 र कटनीको समय गर्मीमा शीतको बादलझैँ \q2 आफ्नो वासस्थानबाट हेर्नेछु।” \q1 \v 5 किनकि जब कटनीको अगि कोपिला फक्रिसकेको हुन्छ, \q2 र फूलबाट बढेर अङ्‌गुर पाकेको हुन्छ, \q1 तब उहाँले टुसालाई हँसियाले छिँवल्नुहुनेछ; \q2 अनि फैलिएका ती हाँगाहरूलाई काटेर लैजानुहुनेछ। \q1 \v 6 तिनीहरू पर्वतका शिकारी पक्षीहरूकहाँ \q2 र वन-पशुहरूकहाँ छोडिनेछन्; \q1 तब पक्षीहरूले ग्रीष्मकालभरि \q2 र वन-पशुहरूले चाहिँ हिउँदभरि खानेछन्। \p \v 7 त्यस समय सेनाहरूका याहवेहको अगि उपहार ल्याइनेछ। \q1 अग्ला र चिल्‍ला छाला भएका मानिसहरूबाट \q2 चारैतिर डर मानिएका जातिबाट, \q1 अनौठो बोली भएका आक्रमणकारी जातिबाट, \q2 जसको देशलाई नदीहरूले भाग गरेको छ। \m सेनाहरूका याहवेहको नाम भएको ठाउँमा सियोन पर्वतमा नै याहवेहकहाँ उपहार ल्याइनेछ। \c 19 \s1 इजिप्टको विरुद्धमा भविष्यवाणी \p \v 1 इजिप्टको विरुद्धमा भविष्यवाणी: \q1 हेर, याहवेह तेजिलो बादलमा सवार भएर \q2 इजिप्टमा आउँदैहुनुहुन्छ। \q1 इजिप्टका मूर्तिहरू उहाँको सामु थरथर काँप्छन्; \q2 अनि इजिप्टियनहरूका हृदय भित्रभित्रै पग्लन्छन्। \b \q1 \v 2 “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्‍याउनेछु— \q2 दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— \q2 छिमेकीको विरुद्ध छिमेकी, \q2 सहरको विरुद्ध सहर, \q2 राज्यको विरुद्ध राज्य। \q1 \v 3 इजिप्टियनहरू निराश हुनेछन्, \q2 र म तिनीहरूको योजना विफल गराउनेछु; \q1 तिनीहरूले मूर्तिहरू र मरेकाहरूका आत्मासित, \q2 तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिनेछन्। \q1 \v 4 म इजिप्टियनहरूलाई \q2 निर्दयी मालिकको अधीनमा सुम्पिदिनेछु, \q1 र एउटा निर्दयी राजाले तिनीहरूमाथि शासन गर्नेछ,” \q2 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 5 नदीका पानी सुकेर जानेछन्, \q2 र त्यो नदीको सतह घटेर सुक्खा हुनेछ। \q1 \v 6 नहरहरू गन्हाउनेछन्; \q2 इजिप्टका खोलाहरू घटेर सुकिजानेछन्। \q1 निगालो र काँस ओइलाउनेछन्। \q2 \v 7 नील नदीका किनारका \q2 र नदीका नजिकै भएका बिरुवाहरू पनि ओइलाउनेछन्। \q1 नील नदीका किनारमा लगाएका प्रत्येक बाली \q2 सुकेर जानेछ, र ती बतासले उडाएर लैजानेछ। \q1 \v 8 सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, \q2 जो नील नदीमा जाल हान्छन्; \q1 पानीमा जाल हान्‍नेहरू \q2 दुःखित हुनेछन्। \q1 \v 9 कपडा बनाउनेहरू निराश हुनेछन्, \q2 मसिनो सनपाट बुन्‍नेहरूले आशा मार्नेछन्। \q1 \v 10 कपडा बुन्‍नेहरू उदास हुनेछन्, \q2 र ज्यालामा काम गर्नेहरू सबैको हृदय दुःखित हुनेछ। \b \q1 \v 11 सोअनका अधिकृतहरू सबै मूर्ख छन्; \q2 फारोका बुद्धिमानी सल्‍लाहकारहरूले अर्थहीन सल्‍लाह दिन्छन्। \q1 तिमीहरूले फारोलाई, “म बुद्धिमानी मानिसहरूमध्ये एक हुँ, \q2 प्राचीन राजाहरूको एक चेला हुँ” \q2 भनेर कसरी भन्‍न सक्छौ? \b \q1 \v 12 तेरा बुद्धिमान् मानिसहरू अहिले कहाँ छन्? \q2 इजिप्टको विरुद्ध सेनाहरूका याहवेहले \q1 कस्तो योजना गर्नुभएको छ भनी \q2 तिनीहरूले तँलाई देखाऊन्। \q1 \v 13 सोअनका अधिकृतहरू मूर्ख भएका छन्; \q2 मेम्फिसका\f + \fr 19:13 \fr*\ft मूल भाषामा \ft*\fqa नोप\fqa*\f* अगुवाहरू धोकामा परेका छन्; \q1 त्यसका मानिसहरूका कुने-ढुङ्गाहरूले \q2 इजिप्टलाई बहकाएका छन्। \q1 \v 14 याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ; \q2 मतवाला आफ्नो बान्ताको वरिपरि धरमरिएझैँ; \q1 तिनीहरूले इजिप्टलाई आफूले गरेका \q2 सबै काममा ढलपल गर्ने तुल्याएका छन्। \q1 \v 15 इजिप्टले गर्न सक्ने केही छैन— \q2 चाहे शिर होस् वा पुच्छर, खजूरको हाँगा होस् वा निगालो। \p \v 16 त्यस दिन इजिप्टियनहरू कमजोर स्त्रीहरूझैँ हुनेछन्। तिनीहरू सेनाहरूका याहवेहले तिनीहरूको विरुद्ध उठाउनुभएको हात देखेर डरले काँप्नेछन्। \v 17 तिनीहरूको विरुद्ध सेनाहरूका याहवेहले जुन योजना बनाउनुहुँदैछ, त्यसको कारण यहूदाको देशले इजिप्टियनहरूमा आतङ्क ल्याउनेछ, यहूदाको नाम सुनेर हरेक आतङ्कित हुनेछन्। \p \v 18 त्यस दिन इजिप्टका पाँच वटा सहरहरूले कनानको भाषा बोल्नेछन्, र सेनाहरूका याहवेहप्रति आफ्नो भक्तिको शपथ खानेछन्। तीमध्ये एउटालाई सर्वनाशको\f + \fr 19:18 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa सूर्यको सहर\fqa*\f* सहर भनिनेछ। \p \v 19 त्यस दिन इजिप्टको बीचमा याहवेहको निम्ति एउटा वेदी हुनेछ, र त्यसको सिमानामा याहवेहको निम्ति एउटा स्मारक खडा गरिनेछ। \v 20 त्यो इजिप्टमा सेनाहरूका याहवेहको निम्ति एउटा चिन्ह र साक्षी हुनेछ। आफ्ना अत्याचारीहरूको कारण तिनीहरूले याहवेहलाई पुकार्दा, उहाँले तिनीहरूलाई एक जना उद्धारकर्ता र रक्षक पठाउनुहुनेछ; अनि उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। \v 21 यसरी याहवेहले आफूलाई इजिप्टियनहरूकहाँ चिनाउनुहुनेछ; अनि त्यस दिन तिनीहरूले याहवेहलाई स्वीकार गर्नेछन्। तिनीहरूले बलिदान र अन्‍नबलिले पुज्नेछन्; तिनीहरूले याहवेहमा भाकल गर्नेछन् र ती पूरा गर्नेछन्। \v 22 याहवेहले इजिप्टमाथि विपत्तिले प्रहार गर्नुहुनेछ; उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ र निको पार्नुहुनेछ। तिनीहरू याहवेहतिर फर्कनेछन्, र उहाँले तिनीहरूका बिन्ती सुनेर तिनीहरूलाई निको पार्नुहुनेछ। \p \v 23 त्यस दिन इजिप्टदेखि अश्शूरसम्म एउटा राजमार्ग हुनेछ। अश्शूरीहरू इजिप्टमा आउनेछन्, र इजिप्टियनहरू अश्शूरमा जानेछन्; अनि इजिप्टियनहरू र अश्शूरीहरूले एकैसाथ आराधना गर्नेछन्। \v 24 त्यस दिन इजिप्ट र अश्शूरको साथमा इस्राएल पृथ्वीमा एउटा आशिष्‌को तेस्रो देश बन्‍नेछ। \v 25 सेनाहरूका याहवेहले यसो भनेर तिनीहरूलाई आशिष् दिनुहुनेछ, “इजिप्ट मेरो प्रजा, अश्शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्यका होऊन्।” \c 20 \s1 इजिप्ट र कूश देशको विरुद्धमा भविष्यवाणी \p \v 1 अश्शूरका राजा सर्गोनले पठाएका सेनापतिले अश्दोदमा आएर त्यसलाई कब्जा गरे। \v 2 त्यस बेला याहवेह आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “आफ्नो शरीरबाट भाङ्ग्रा र आफ्ना खुट्टाबाट जुत्ता फुकाल्।” अनि तिनले त्यसै गरे; तिनी नाङ्गो र खाली खुट्टा यताउता हिँड्न थाले। \p \v 3 तब याहवेहले भन्‍नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो; \v 4 त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ। \v 5 कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्। \v 6 त्यस दिन समुद्रका किनारमा बस्‍नेहरूले यसो भन्‍नेछन्; ‘हेर, हामीले जसमाथि भरोसा राखेका थियौँ, अश्शूरका राजाबाट उम्कनलाई सहायता माग्न हामी जसकहाँ भागेका थियौँ, तिनीहरूकै अवस्था यस्तो भएको छ! तब हामी कसरी उम्कौँला?’ ” \c 21 \s1 बेबिलोनको विरुद्धमा भविष्यवाणी \p \v 1 समुद्रको किनारमा भएको उजाडस्थानको विषयमा भविष्यवाणी: \q1 भुमरीले दक्षिण देशलाई स्वात्तै लगेझैँ, \q2 उजाडस्थानबाट, आतङ्कको देशबाट \q2 एउटा आक्रमणकारी आउँछ। \b \q1 \v 2 मलाई एउटा डरलाग्दो दर्शन देखाइएको छ: \q2 देशद्रोहीले विश्‍वासघात गर्छ, लुटेराले लुटेर लैजान्छ। \q1 एलाम, आक्रमण गर्! मादी घेरा हाल्! \q2 म त्यसका सबै क्रन्दनहरू समाप्‍त गरिदिनेछु। \b \q1 \v 3 यस दर्शनले मेरो शरीर कष्‍टले भरिएको छ, \q2 मलाई प्रसव-वेदनामा परेकी स्त्रीलाई झैँ व्यथा लागेको छ; \q1 म जे सुन्छु, त्यसको कारण म धरमराएको छु, \q2 म जे देख्छु, त्यसको कारण म हडबडाएको छु। \q1 \v 4 मेरो हृदय काम्छ, \q2 डरले मलाई ढुक-ढुक बनाउँछ; \q1 मैले इच्छा गरेको साँझ \q2 मेरा निम्ति त्रास भएको छ। \b \q1 \v 5 तिनीहरू टेबुल सजाउँछन्, \q2 तिनीहरू गलैँचा ओछ्याउँछन्, \q2 तिनीहरू खान्छन्, तिनीहरू पिउँछन्! \q1 अधिकृतहरू उठ, \q2 ढालमा तेल लगाओ! \p \v 6 प्रभु मलाई यसो भन्‍नुहुन्छ: \q1 “जा, पहरेदार खटा, \q2 र त्यसले के देख्छ, त्यो बताओस्। \q1 \v 7 जब त्यसले घोडाको टोलीसित रथहरू, \q2 गधामाथि सवार भएकाहरू \q1 अथवा ऊँटमाथि सवार भएकाहरूलाई देख्छ, \q2 तब त्यो सावधान, \q1 खूबै सावधान रहोस्।” \p \v 8 तब पहरेदार\f + \fr 21:8 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa सिंह\fqa*\f* चिच्यायो, \q1 “मेरा प्रभु, म दिनहुँ धरहरामा खडा रहन्छु; \q2 प्रत्येक रात म आफ्नो चौकीमा बस्छु। \q1 \v 9 हेर्नुहोस्, एउटा मानिस घोडाहरूको टोलीसित \q2 रथमा सवार भएर आइरहेछ। \q1 अनि त्यसले प्रत्युत्तर दिन्छ: \q2 ‘बेबिलोन ढलेको छ, ढलेको छ! \q1 त्यसका देवताहरूका सबै मूर्तिहरू \q2 चकनाचुर पारिएर भुइँमा छरिएका छन्।’ ” \b \q1 \v 10 हे खलामा दाइँ गरिएका मेरा मानिस हो, \q2 मैले सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वरबाट \q1 जे सुनेको छु, \q2 त्यो म तिमीहरूलाई भन्छु। \s1 एदोमको विरुद्धमा भविष्यवाणी \p \v 11 दुमाको\f + \fr 21:11 \fr*\fq दुमाको \fq*\ft एदोमको अर्को नाम हो, \ft*\ft अर्थ \ft*\fqa शान्त\fqa*\f* विरुद्धमा भविष्यवाणी: \q1 सेइरबाट मलाई कसैले बोलाउँछ, \q2 “पहरेदार, रात कति बाँकी छ? \q2 पहरेदार, रात कति बाँकी छ?” \q1 \v 12 पहरेदारले जवाफ दिन्छ, \q2 “बिहान हुन लाग्यो, तर पनि रात आउँदैछ। \q1 यदि तिमीलाई केही सोधखोज गर्ने हो भने सोध; \q2 र फेरि फर्केर सोध्न आऊ।” \s1 अरबको विरुद्धमा भविष्यवाणी \p \v 13 अरब देशको विषयमा भविष्यवाणी: \q1 ददानीहरूका यात्री दलहरू, \q2 जो अरबका झाडीहरूमा छाउनी हालेर बस्छौ, \q2 \v 14 तिर्खाएकाहरूको निम्ति पानी ल्याओ; \q1 तेमामा बस्‍नेहरू, \q2 शरणार्थीहरूका निम्ति भोजन ल्यायो। \q1 \v 15 तिनीहरू तरवारबाट, \q2 नाङ्गो तरवारबाट, \q1 नुहेका धनुबाट, \q2 र घोर लडाइँबाट भाग्छन्। \p \v 16 प्रभु मलाई यसो भन्‍नुहुन्छ: “वाचा-बन्धनमा परेको सेवकले दिन गनेझैँ एक वर्षभित्रमा केदारका सबै रवाफ समाप्‍त हुनेछ। \v 17 धनुर्धारीहरू र केदारका योद्धाहरू थोरै मात्र बाँच्नेछन्।” याहवेह, इस्राएलका परमेश्‍वर बोल्नुभएको छ। \c 22 \s1 यरूशलेमको विषयमा भविष्यवाणी \p \v 1 दर्शनको बेँसीको विरुद्धमा भविष्यवाणी: \q1 अहिले तिमीहरूलाई के भयो, \q2 कि तिमीहरू सबै जना घरका कौसीहरूमा चढेर गयौ? \q1 \v 2 हे होहल्‍ला र खैलाबैला भरिएको सहर, \q2 हे हलचल र उत्तेजनाले भरिएको नगर; \q1 मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, \q2 न त तिनीहरू लडाइँमा मारिएका हुन्। \q1 \v 3 तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; \q2 तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। \q1 तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, \q2 र तिमीहरू एकसाथ कैदमा लगियौ। \q1 \v 4 यसकारण मैले भनेँ, “मबाट गइहाल; \q2 मलाई धुरुधुरु रुन देओ। \q1 मेरा जातिको संहारमा \q2 मलाई सान्त्वना दिने प्रयास नगर।” \b \q1 \v 5 सेनाहरूका याहवेह, प्रभुकहाँ \q2 दर्शनको बेँसीमा खैलाबैला, कुल्चीमिल्ची \q2 र आतङ्कको एउटा दिन छ; \q1 पर्खाल भत्काउने \q2 र पहाडहरूसित कराउने एउटा दिन छ। \q1 \v 6 एलामले आफ्ना सारथीहरू र घोडाहरूसित \q2 आफ्नो धनु राख्ने ठोक्रो भिर्छ; \q2 कीरले ढालको खोल निकाल्छ। \q1 \v 7 तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, \q2 र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्। \b \q1 \v 8 यहूदाको सुरक्षा हटाइएको छ; \q2 अनि त्यस दिन तैँले वनमा भएको \q2 राजमहलका हतियारहरूतिर हेरिस्; \q1 \v 9 तैँले दावीदको सहरका \q2 धेरै पर्खालहरूमा धाँदाहरू देखिस्; \q1 तैँले तल्‍लो पोखरीमा \q2 पानी जम्मा गरिस्। \q1 \v 10 तैँले यरूशलेममा भवनहरू गनिस्, \q2 र पर्खाल बलियो पार्न घरहरू भत्काइस्। \q1 \v 11 तैँले पुरानो कुवाको पानीको निम्ति \q2 दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्, \q1 तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्; \q2 अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्। \b \q1 \v 12 त्यस दिन प्रभु, सेनाहरूका याहवेहले \q2 तँलाई त्यससित रुन र विलाप गर्न, \q1 आफ्नो केश लुछ्न \q2 र भाङ्ग्रा लगाउन बोलाउनुभयो। \q1 \v 13 तर हेर, आनन्द र रमाहट, \q2 पशुहरू संहार गर्ने र भेडाहरू मार्ने, \q2 मासु खाने र मद्य पिउने काम भइरहेछ! \q1 तिमीहरू भन्छौ, “लौ, खाऔँ र पियौँ; \q2 किनकि भोलि त हामी मर्नेछौँ!” \p \v 14 सेनाहरूका याहवेहले मैले सुन्‍ने गरी यो प्रकट गर्नुभएको छ: “यो पाप तेरो मृत्युको दिनसम्म प्रायश्‍चित हुनेछैन” प्रभु, सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \b \p \v 15 प्रभु, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: \q1 “जा, त्यस भण्डारेलाई, \q2 राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्: \q1 \v 16 तँ यहाँ के गर्दैछस्, र तँलाई \q2 यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो? \q1 यस उचाइमा आफ्नो चिहान खोप्ने, \q2 र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्? \b \q1 \v 17 “होशियार, याहवेहले तँलाई बलियो गरी पक्रनुहुन्छ; \q2 अनि तँ शक्तिशाली मानिस सुन्, तँलाई उहाँले टिपेर टाढा फ्याँकिदिनुहुनेछ। \q1 \v 18 उहाँले तँलाई कसेर पोको पार्नुहुनेछ; \q2 अनि एउटा भकुण्डोजस्तै ठूलो देशमा हुर्‍र्याइदिनुहुनेछ। \q1 त्यहीँ नै तँ मर्नेछस्, \q2 र त्यहाँ तेरा तेजस्वी रथहरू जाकिनेछन्, \q2 र ती तेरा मालिकको घरानाका निम्ति शर्मको कुरा हुनेछ! \q1 \v 19 म तँलाई तेरो जिम्मेवारीको कामबाट हटाउनेछु, \q2 र तँ आफ्नो पदबाट निकालिनेछस्। \p \v 20 “त्यस दिन म हिल्कियाहको छोरा, मेरो सेवक एल्याकीमलाई बोलाउनेछु। \v 21 म त्यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र त्यसलाई तेरो पटुका बाँधिदिनेछु; अनि तेरा सबै अधिकार त्यसलाई सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्‍नेहरूका निम्ति र यहूदाको घरानाका निम्ति पिता हुनेछ। \v 22 म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्‍न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन। \v 23 म त्यसलाई एउटा स्थिर ठाउँमा गाडिएको किलाझैँ गाड्नेछु। त्यो आफ्ना पिताको घरानाका निम्ति एउटा सम्मानको आसन हुनेछ। \v 24 आफ्नो परिवारको सम्पूर्ण महिमा—त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक स-साना पात्रहरू—कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमा नै निर्भर गर्नेछ।” \p \v 25 सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन दृढ स्थानमा गाडिएको त्यो किला उखेलिनेछ; त्यो काटिएर ढल्नेछ, र त्यसमा झुण्डिएको भारी छिनेर जानेछ।” याहवेह बोल्नुभएको छ। \c 23 \s1 टायरको विरुद्धमा भविष्यवाणी \p \v 1 टायरको विषयमा भविष्यवाणी: \q1 हे तर्शीशका जहाज हो, विलाप गर! \q2 किनकि टायर नाश भएको छ, \q2 र घर वा बन्दरगाहरहित भएको छ। \q1 कित्तीम\f + \fr 23:1 \fr*\ft अथवा \ft*\fqa साइप्रस\fqa*\f* देशबाट, \q2 तिनीहरूकहाँ यो वचन आएको छ। \b \q1 \v 2 हे टापुका मानिसहरू \q2 र सीदोनका व्यापारीहरू हो, चुप लाग! \q2 तिमीहरूलाई समुद्री व्यवसायीहरूले धनी तुल्याएका छन्। \q1 \v 3 विशाल समुद्रमा \q2 शीहोरका अन्‍न आयो; \q1 नील नदीको कटनी टायरको कर थियो; \q2 अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो। \b \q1 \v 4 हे सीदोन र सामुद्रिक किल्‍ला, लज्जित होओ; \q2 किनकि समुद्रले यसो भनेको छ: \q1 “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; \q2 न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।” \q1 \v 5 जब इजिप्टमा वचन आउँछ, \q2 तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्। \b \q1 \v 6 तिमीहरू तर्शीशतिर जाओ; \q2 हे टापुका मानिसहरू हो, विलाप गर। \q1 \v 7 के तिमीहरूका मनोरञ्जनको सहर यही हो? \q2 त्यो पुरानो, अति पुरानो सहर, \q1 जसका खुट्टाले त्यसलाई \q2 टाढा देशहरूमा गएर बसोबास गर्न लगायो! \q1 \v 8 मुकुटहरू प्रदान गर्ने \q2 टायरको विरुद्धमा कसले यो योजना बनायो? \q1 जसका व्यापारीहरू राजकुमारहरू हुन्, \q2 जसका व्यापारीहरू संसारमा प्रख्यात छन्! \q1 \v 9 त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, \q2 र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन \q2 सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो। \b \q1 \v 10 हे तर्शीशकी छोरी, \q2 नील नदीको किनारमा जस्तै आफ्नो जमिन जोत्, \q2 किनकि अब तँसित कुनै बन्दरगाह रहेन। \q1 \v 11 याहवेहले आफ्नो हात समुद्रमाथि पसार्नुभएको छ, \q2 र त्यसका राज्यहरूलाई हल्‍लाउनुभएको छ। \q1 उहाँले त्यसको किल्‍ला नष्‍ट होस् भनेर \q2 फोनिकेको विषयमा आज्ञा दिनुभएको छ। \q1 \v 12 उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी, \q2 अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! \b \q1 “उठ्, कित्तीम र पश्‍चिमी किनारमा जा; \q2 त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।” \q1 \v 13 बेबिलोनीहरूको\f + \fr 23:13 \fr*\ft अथवा \ft*\fqa कल्दीहरूको\fqa*\f* देशलाई हेर्, \q2 यो जाति, जसको अब कुनै मूल्य छैन! \q1 अश्शूरहरूले त्यसलाई \q2 मरुभूमिका जन्तुहरूको ठाउँ बनाएका छन्; \q1 तिनीहरूले आफ्ना घेराबन्दीका धरहराहरू अग्ला बनाए; \q2 तिनीहरूले त्यसका किल्‍लाहरू नाङ्गो पारिदिए, \q2 र त्यसलाई नष्‍ट गरिदिए। \b \q1 \v 14 हे तर्शीशका जहाजहरू हो, विलाप गर; \q2 तिमीहरूको किल्‍ला नष्‍ट पारिएको छ! \p \v 15 त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ। \q1 \v 16 “हे बिर्सिएकी वेश्या, \q2 वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; \q1 सुमधुर वीणा बजा, \q2 धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!” \p \v 17 सत्तरी वर्ष बितेपछि यस्तो हुनेछ: याहवेहले टायरसित व्यवहार गर्नुहुनेछ। त्यो आफ्नो वेश्यावृत्तिको पेशातिर फर्किनेछे, र त्यसले पृथ्वीभरिका राज्यहरूसित आफ्नो व्यापार गर्नेछे। \v 18 र पनि त्यसको लाभ र त्यसको कमाइ याहवेहको निम्ति छुट्याइनेछ; ती भण्डारमा राखिनेछैनन् अथवा थुपारिनेछैनन्। त्यसका लाभहरू याहवेहको सामु रहनेहरूका निम्ति प्रशस्त भोजन र मसिनो वस्त्रको लागि जानेछन्। \c 24 \s1 समस्त पृथ्वीमा विनाश \q1 \v 1 हेर, याहवेहले पृथ्वीलाई उजाड पार्न \q2 र त्यसलाई विनाश गर्न लाग्नुभएको छ; \q1 उहाँले त्यसको सतह नष्‍ट पारिदिनुहुनेछ; \q2 अनि त्यसका बासिन्दाहरूलाई छरपस्ट पारिदिनुहुनेछ। \q1 \v 2 यस्तो हालतचाहिँ सबैका निम्ति \q2 एकैनास हुनेछ: \q2 जस्तो सर्वसाधारणको हालत, पुजारीहरूको पनि त्यस्तै हालत, \q2 जस्तो कमाराको हालत, मालिकको पनि त्यस्तै हालत, \q2 जस्तो कमारीको हालत, मालिक्नीको पनि त्यस्तै हालत, \q2 जस्तो किन्‍नेको हालत, बेच्नेको पनि त्यस्तै हालत, \q2 जस्तो ऋण दिनेको हालत, ऋण लिनेको पनि त्यस्तै हालत हुनेछ। \q1 \v 3 पृथ्वी पूर्ण रूपले उजाड रहनेछ; \q2 अनि पूर्ण रूपले लुटपाट गरिनेछ। \q1 याहवेहले यो वचन बोल्नुभएको हो। \b \q1 \v 4 पृथ्वी सुक्नेछ र ओइलाउनेछ; \q2 संसारले विलाप गर्नेछ र ओइलाउनेछ; \q2 पृथ्वीका उच्‍च मानिसहरू दुर्बल हुनेछन्। \q1 \v 5 पृथ्वी त्यसमा भएका मानिसहरूद्वारा अशुद्ध भएको छ; \q2 तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, \q1 आज्ञाहरू उल्‍लङ्घन गरेका छन्; \q2 अनि अनन्तको करार तोडेका छन्। \q1 \v 6 यसकारण श्रापले पृथ्वीलाई निलिहाल्छ; \q2 यसका मानिसहरूले आफ्ना दोषको दण्ड भोग्नुपर्छ। \q1 यसकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्; \q2 अनि थोरै मात्र बाँकी रहेका छन्। \q1 \v 7 नयाँ दाखमद्य सुकेर जान्छ र दाख ओइलाउँछ; \q2 आनन्द मनाउनेहरू सबै सुस्केरा हाल्छन्। \q1 \v 8 खैँजडीको हर्ष बन्द भएको छ, \q2 हर्ष मनाउनेहरूको हल्‍ला रोकिएको छ, \q2 हर्षपूर्ण वीणाको आवाज बन्द छ। \q1 \v 9 तिनीहरूले गीतसित मद्य पिउन छोडे; \q2 मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ। \q1 \v 10 ध्वंस भएको सहर उजाड भएको छ; \q2 हरेक घरको प्रवेशद्वार बन्द भएको छ। \q1 \v 11 सडकहरूमा तिनीहरू मद्यको निम्ति कराउँछन्; \q2 सबै आनन्द शोकमा परिणत हुन्छन्, \q2 सबै उल्‍लास पृथ्वीबाट हराइसक्यो। \q1 \v 12 सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, \q2 त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्। \q1 \v 13 जैतुनको रूख हल्‍लाउँदा \q2 फलहरू झरे जस्तो, \q1 अथवा अङ्‌गुर टिपिसकेपछि शिला छोडिएको जस्तो, \q2 त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ। \b \q1 \v 14 तिनीहरूले आफ्ना सोर उचाल्छन्, तिनीहरू आनन्दसाथ कराउँछन्; \q2 पश्‍चिमबाट तिनीहरूले याहवेहको महानताको जयजयकार गर्छन्। \q1 \v 15 यसकारण पूर्वमा याहवेहलाई महिमा देओ; \q2 याहवेह, इस्राएलका परमेश्‍वरको नाम \q2 समुद्रका टापुहरूमा पनि उच्‍च पार। \q1 \v 16 पृथ्वीको अन्तिम छेउबाट हामी गाएका सुन्छौँ: \q2 “धर्मीलाई महिमा होस्।” \b \q1 तर मैले भनेँ, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु! \q2 मलाई धिक्‍कार छ! \q1 धोकाबाजीहरूले विश्‍वासघात गर्छन्! \q2 बेइमानीसाथ धोकाबाजीहरूले विश्‍वासघात गर्छन्!” \q1 \v 17 हे पृथ्वीका मानिस हो, \q2 तिमीहरूलाई आतङ्क, खाडल र पासोले पर्खिरहेका छन्। \q1 \v 18 आतङ्कको सोरमा भाग्नेहरू \q2 खाडलमा पर्नेछन्; \q1 खाडलबाट माथि चढ्नेहरू \q2 पासोमा पर्नेछन्। \b \q1 स्वर्गका भलका मूलढोकाहरू उघारिनेछन्, \q2 पृथ्वीका जगहरू हल्‍लिन्छन्। \q1 \v 19 पृथ्वी टुक्रिएको छ, \q2 पृथ्वी भाग-भाग भएको छ, \q2 पृथ्वी जोडसित हल्‍लिएको छ। \q1 \v 20 पृथ्वी मतवालाझैँ धरमराउँछ, \q2 झुप्रोलाई हावाले हल्‍लाएझैँ त्यो हल्‍लिन्छ; \q1 त्यसको विद्रोहको दोष यति गह्रौँ छ कि \q2 त्यो ढल्नेछ—कहिल्यै उठ्नेछैन। \b \q1 \v 21 त्यस दिन याहवेहले \q2 माथि आकाशका शक्तिहरूलाई \q2 र तल पृथ्वीमा भएका राजाहरूलाई दण्ड दिनुहुनेछ। \q1 \v 22 तिनीहरू खाडलभित्र बाँधेर राखिएका कैदीहरूझैँ \q2 एकसाथ थुपारिनेछन्; \q1 तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, \q2 र धेरै दिनपछि दण्ड भोग्नेछन्। \q1 \v 23 चन्द्रमाले शर्म मान्‍नेछ, \q2 र सूर्य लज्जित हुनेछ; \q1 किनकि सेनाहरूका याहवेहले \q2 सियोन पर्वतमा, यरूशलेममा, \q2 र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ। \c 25 \s1 याहवेहलाई प्रशंसा \q1 \v 1 हे याहवेह, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; \q2 म तपाईंलाई उच्‍च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु; \q1 किनकि पूर्ण विश्‍वासयोग्यतामा \q2 तपाईंले अद्‌भुत कार्यहरू गर्नुभएको छ; \q2 ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए। \q1 \v 2 तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो। \q2 अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ। \q1 परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन; \q2 त्यो फेरि कहिल्यै बनाइनेछैन। \q1 \v 3 यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्; \q2 निष्‍ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्। \q1 \v 4 तपाईं गरिबहरूका निम्ति, \q2 कष्‍टमा परेकाहरूका निम्ति, \q1 आँधीबतासमा शरण \q2 र गर्मीबाट जोगाउने छाया हुनुभएको छ। \q1 किनकि निष्‍ठुरहरूको सास \q2 पर्खालमा ठोक्‍किने आँधी, \q2 \v 5 र मरुभूमिको गर्मीझैँ हो। \q1 तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ; \q2 गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ, \q2 निष्‍ठुरहरूको गीत बन्द गराइन्छ। \b \q1 \v 6 यस पर्वतमा सेनाहरूका याहवेहले \q2 सबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू, \q1 छिप्पिएको मद्यको ठूलो भोज, \q2 सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ। \q1 \v 7 यस पर्वतमा उहाँले \q2 सबै मानिसहरूलाई ढाक्ने वस्त्र, \q1 र सबै जातिहरूलाई छोप्ने तन्‍ना नष्‍ट गर्नुहुनेछ; \q2 \v 8 उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ। \q1 प्रभु याहवेहले सबै अनुहारहरूबाट \q2 आँसु पुछिदिनुहुनेछ; \q1 उहाँले समस्त पृथ्वीबाट \q2 आफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ। \q1 याहवेह बोल्नुभएको छ। \p \v 9 त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्, \q1 “निश्‍चय उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ; \q2 हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो। \q1 उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ; \q2 हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।” \b \q1 \v 10 किनकि यस पर्वतमा याहवेहको हात रहनेछ; \q2 तर मोआबचाहिँ मलमा पराल \q2 कुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ। \q1 \v 11 पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ, \q2 तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्। \q1 तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनि \q2 परमेश्‍वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ। \q1 \v 12 उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ, \q2 र ती होच्याइनेछन्; \q1 उहाँले ती भुइँमा खसाइदिनुहुनेछ, \q2 र ती धुलोमै मिलाउनुहुनेछ। \c 26 \s1 प्रशंसाको गीत \p \v 1 त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: \q1 हाम्रो एउटा बलियो सहर छ; \q2 परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री \q2 र बाहिरी पर्खालहरू बनाउनुभएको छ। \q1 \v 2 मूलढोकाहरू खोल, \q2 र धार्मिक जाति, \q2 विश्‍वास राख्ने जाति भित्र पसोस्। \q1 \v 3 जसको मन तपाईंमा अडिएको छ, \q2 त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; \q2 किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ। \q1 \v 4 सदासर्वदा याहवेहमा भरोसा राख; \q2 किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ। \q1 \v 5 उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ, \q2 उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; \q1 उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, \q2 र धुलोमा फालिदिनुहुन्छ। \q1 \v 6 खुट्टाले त्यसलाई कुल्चिन्छ, \q2 थिचोमिचोमा परेकाहरूका खुट्टाले \q2 र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्। \b \q1 \v 7 धर्मी जनको मार्ग समतल हुन्छ; \q2 हे धर्मी प्रभु, तपाईंले नै धर्मी जनको मार्ग समतल तुल्याउनुहुन्छ। \q1 \v 8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै, \q2 हामी तपाईंको प्रतीक्षा गर्छौँ; \q1 तपाईंको नाम र ख्याति नै \q2 हाम्रा हृदयका इच्छा हुन्। \q1 \v 9 राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; \q2 बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। \q1 तपाईंका न्याय पृथ्वीमा आउँदा, \q2 संसारका मानिसहरूले धार्मिकता सिक्छन्। \q1 \v 10 दुष्‍टहरूलाई अनुग्रह देखाइए तापनि \q2 तिनीहरूले धार्मिकता सिक्दैनन्। \q1 सोझाहरूको देशमा पनि तिनीहरू दुष्‍टता गरिनै रहन्छन्, \q2 र याहवेहको महानताको कदर गर्दैनन्। \q1 \v 11 हे याहवेह, तपाईंको हात माथि उचालिएको छ, \q2 तर तिनीहरूले त्यो देख्दैनन्। \q1 तिनीहरूले तपाईंका मानिसहरूप्रति तपाईंको जोश देखून्, र शर्ममा परून्; \q2 तपाईंका शत्रुहरूका निम्ति साँचिएको आगोले तिनीहरूलाई भस्म पारोस्। \b \q1 \v 12 याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; \q2 हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो। \q1 \v 13 हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे, \q2 तर तपाईंको नामलाई मात्र हामी आदर गर्छौँ। \q1 \v 14 तिनीहरू अब मरेर गएका छन्, तिनीहरू फेरि बाँच्नेछैनन्; \q2 ती गइसकेका आत्माहरू उठ्दैनन्। \q1 तपाईंले तिनीहरूलाई दण्ड दिनुभयो र तिनीहरूलाई सर्वनाश पार्नुभयो; \q2 तपाईंले तिनीहरूको सबै सम्झना मेटिदिनुभयो। \q1 \v 15 हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ; \q2 तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ। \q1 तपाईंले आफ्नै महिमा लिनुभएको छ; \q2 तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ। \b \q1 \v 16 हे याहवेह, सङ्कष्‍टमा तिनीहरू तपाईंकहाँ आए; \q2 तपाईंले तिनीहरूलाई ताडना दिनुहुँदा \q2 तिनीहरूले मुस्किलले प्रार्थना\f + \fr 26:16 \fr*\ft मूल भाषामा यस शब्दको अर्थ अनिश्‍चित छ।\ft*\f* गर्न सके। \q1 \v 17 बालक जन्माउन आँटेकी स्त्री \q2 छटपटाउँदै कष्‍टमा कराएझैँ, \q2 हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ। \q1 \v 18 हामीले गर्भधारण गर्‍यौँ, हामी कष्‍टमा छटपटायौँ, \q2 तर हामीले त बतास मात्र जन्मायौँ। \q1 हामीले पृथ्वीमा मुक्ति ल्याएका छैनौँ, \q2 न त हामीले संसारका मानिसहरूलाई नै जन्मायौँ। \b \q1 \v 19 तर तपाईंका मरेकाहरू जिउनेछन्; \q2 तिनीहरूका शरीरहरू उठ्नेछन्। \q1 तिमीहरू धुलोमा बस्‍नेहरू, जाग \q2 र आनन्दले कराऊ; \q1 तपाईंका शीत बिहानका शीतझैँ छन्; \q2 पृथ्वीले आफ्नो मृतकहरूलाई जन्म दिनेछ। \b \q1 \v 20 हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस, \q2 र पछिल्तिरबाट ढोका बन्द गर; \q1 उहाँको क्रोध शान्त नहोउन्जेल \q2 केही समयका निम्ति लुकिबस। \q1 \v 21 हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई, \q2 याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ। \q1 पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ; \q2 त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन। \c 27 \s1 इस्राएलको छुटकारा \p \v 1 त्यस दिन \q1 याहवेहले आफ्नो कठोर, \q2 उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारले \q1 त्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाई \q2 दण्ड दिनुहुनेछ; \q1 त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ। \p \v 2 त्यस दिन, \q1 “फलवन्त दाखबारीको विषयमा गीत गाओ: \q2 \v 3 म, याहवेहले त्यसको हेरचाह गर्छु; \q2 म त्यसमा निरन्तर पानी हाल्छु। \q1 त्यसलाई कसैले हानि नगरोस् भनेर \q2 म त्यसलाई दिनरात पहरा दिन्छु। \q2 \v 4 म रिसाएको छैनँ। \q1 यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त! \q2 म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ; \q2 म तिनीहरूलाई जलाउनेथिएँ। \q1 \v 5 त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्; \q2 तिनीहरूले मसित मिलाप गरून्, \q2 हो, तिनीहरूले मसित मिलाप गरून्।” \b \q1 \v 6 आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ, \q2 इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ; \q2 अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्। \b \q1 \v 7 के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ, \q2 उहाँले त्यसलाई हिर्काउनुभएको छ? \q1 के त्यसलाई मार्नेहरू मारिएझैँ, \q2 त्यो मारिएको छ? \q1 \v 8 युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ, \q2 पूर्वीय बतास चलेको दिनझैँ, \q2 आफ्नो प्रचण्ड सासद्वारा उहाँले तिनीहरूलाई हटाइदिनुहुन्छ। \q1 \v 9 तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ; \q2 अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ: \q1 जब उहाँले वेदीका ढुङ्गाहरूलाई \q2 खरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ; \q1 त्यहाँ कुनै अशेरा देवीको खम्बा \q2 अथवा धूपको वेदी खडा हुनेछैन। \q1 \v 10 सुरक्षित सहर निर्जन भयो, \q2 निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो; \q1 त्यहाँ बाछाहरू चर्छन्, \q2 त्यहाँ तिनीहरू विश्राम गर्छन्; \q2 तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्। \q1 \v 11 त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्; \q2 अनि स्त्रीहरूले आएर ती आगो सल्काउने काममा प्रयोग गर्छन्। \q1 किनकि यो एउटा निर्बुद्धि जाति हो; \q2 यसकारण तिनीहरूलाई बनाउनुहुनेको केही दया तिनीहरूप्रति छैन; \q2 तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह राख्नुहुन्‍न। \p \v 12 त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ। \v 13 त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्‍ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्। \c 28 \s1 एफ्राइमलाई धिक्‍कार \q1 \v 1 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुटलाई, \q2 र त्यसको महिमित शोभाको ओइलाउने फूललाई धिक्‍कार, \q1 जो मलिलो उपत्यकाको सिरानमा राखिएको छ; \q2 त्यो सहर, जसको घमण्डलाई दाखमद्यले होच्याइएको छ! \q1 \v 2 हेर, प्रभुको एक जना शक्तिशाली र बलवान् जन छन्। \q2 तिनले असिना र नाश गर्ने हुरीजस्तै, \q1 मुसलधार वर्षाको उर्लंदो पानीको बाढीजस्तै, \q2 त्यसलाई जबरजस्ती भुइँमा फाल्नेछन्। \q1 \v 3 एफ्राइमका मतवालाहरूको घमण्डका शिरको मुकुट, \q2 खुट्टामुनि कुल्चीमिल्ची पारिनेछ। \q1 \v 4 त्यो ओइलाउँदै गरेको फूल, \q2 मलिलो बेँसीको शिरमाथि लगाएको त्यसको महिमा, \q1 कटनीको अगि नै पाकेको नेभाराझैँ हुनेछ; \q2 मानिसहरूले यसलाई देख्नेबित्तिकै हातमा लिन्छन्, \q2 र तिनीहरूले यसलाई निलिहाल्छन्। \b \q1 \v 5 त्यस दिन सेनाहरूका याहवेह \q2 एउटा महिमित मुकुट, \q1 र आफ्ना बाँकी रहेका मानिसहरूका निम्ति \q2 एउटा सुन्दर माला बन्‍नुहुनेछ। \q1 \v 6 न्याय गर्न बस्‍नेका निम्ति \q2 उहाँ न्यायको आत्मा, \q1 र लडाइँ मूलढोकातिर नै फर्काइदिनेहरूका निम्ति \q2 उहाँ सामर्थका स्रोत हुनुहुनेछ। \b \q1 \v 7 तिनीहरू पनि मद्यले लरबरिन्छन्, \q2 र मदिरा पिएर भड्किएका छन्: \q1 पुजारी र अगमवक्ताहरू मताउने पेय पदार्थ पिएर धरमरिन्छन्, \q2 र मद्यले उन्मत्त हुन्छन्; \q1 तिनीहरू मद्यले धरमराएका छन्, \q2 दर्शन देख्दा तिनीहरू धरमरिएका छन्; \q2 तिनीहरू निर्णय दिँदा भड्किन्छन्। \q1 \v 8 सबै टेबुलहरू बान्ताले भरिएका छन्; \q2 अनि फोहोर नभएको ठाउँ एउटै पनि छैन। \b \q1 \v 9 “त्यसले कसलाई सिकाउन चाहेको छ? \q2 आफ्नो सन्देश कसलाई बयान गरिरहेको छ? \q1 भर्खर दूध छोडेका बच्‍चाहरू, \q2 भर्खर स्तनबाट अलग गरिएकाहरूलाई? \q1 \v 10 किनकि त्यो यस्तो हो: \q2 यो गर, त्यो गर; \q2 यसमाथि नियम, त्यसमाथि नियम, \q2 अलिकति यहाँ, अलिकति त्यहाँ।” \b \q1 \v 11 त्यसो हो भने परमेश्‍वरले यस जातिसित \q2 परदेशीका ओठ र अनौठो भाषाद्वारा बोल्नुहुनेछ; \q1 \v 12 जसलाई उहाँले भन्‍नुभयो, \q2 “विश्रामस्थल यही हो; थाकेकाहरूले यहीँ नै विश्राम गरून्;” \q1 अनि “थकाइ मार्ने स्थान यही हो,” \q2 तर तिनीहरूले सुन्‍न इन्कार गरे। \q1 \v 13 यसकारण याहवेहको वचन तिनीहरूलाई यस्तो हुनेछ: \q2 यो गर, त्यो गर, \q2 यसमाथि नियम, त्यसमाथि नियम, \q2 अलिकति यहाँ, अलिकति त्यहाँ, \q1 यसरी तिनीहरू अगि बढ्दा पछिल्तिर लोटून्; \q2 घाइते होऊन् र पासोमा परेर पक्राउ परून्। \b \q1 \v 14 यसकारण हे गिल्‍ला गर्नेहरू हो, याहवेहको वचन सुन, \q2 जसले यी मानिसहरूमाथि यरूशलेममा शासन गर्छौ। \q1 \v 15 तिमीहरू घमण्ड गर्छौ, “हामीले मृत्युसित करार बाँधेका छौँ; \q2 चिहानसित हामीले सम्झौता गरेका छौँ। \q1 कुनै भयानक विपत्ति छेउमा आइपर्दा, \q2 त्यसले हामीलाई छुन सक्दैन; \q1 किनकि हामीले झूटलाई आफ्नो शरणस्थान \q2 र असत्यलाई\f + \fr 28:15 \fr*\ft अथवा \ft*\fqa झूटो ईश्‍वर\fqa*\f* आफ्नो लुक्ने स्थान बनाएका छौँ।” \p \v 16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “हेर, मैले सियोनमा एउटा ढुङ्गा बसालेको छु, एउटा जाँचिएको ढुङ्गा, \q2 एउटा दृढ जगको बहुमूल्य कुनेढुङ्गा, \q1 त्यसमा भरोसा गर्ने \q2 कहिल्यै निराश हुनेछैन। \q1 \v 17 म न्यायलाई नाप्‍ने डोरी, \q2 र धार्मिकतालाई साहुल बनाउनेछु; \q1 तिमीहरूको झूटको शरणस्थान असिनाले सोहोरेर लानेछ; \q2 अनि पानीले तिमीहरूको लुक्ने ठाउँलाई बगाइदिनेछ। \q1 \v 18 मृत्युसितको तिमीहरूको करार नष्‍ट पारिनेछ; \q2 चिहानसितको तिमीहरूको सम्झौता स्थिर रहनेछैन। \q1 जब विपत्तिको बाढी यताबाट जानेछ, \q2 त्यसले तिमीहरूलाई डुबाउनेछ। \q1 \v 19 जति पल्ट त्यो आउँछ, त्यसले तिमीहरूलाई बगाएर लैजानेछ; \q2 बिहानैपिच्छे, दिनमा र रातमा \q2 त्यो बगिरहनेछ।” \b \q1 यस सन्देशको बुझाइले \q2 आतङ्क मात्र ल्याउनेछ। \q1 \v 20 लम्पसार पर्नलाई पलङ साह्रै छोटो छ, \q2 र तिमीहरूलाई ढाक्न कम्बल साह्रै सानो छ। \q1 \v 21 पराजीम पर्वतमा उठ्नुभएझैँ याहवेह उठ्नुहुनेछ, \q2 गिबोनको बेँसीमा उहाँ जाग्नुभएझैँ जाग्नुहुनेछ— \q1 आफ्नो काम, आफ्नो अनौठो काम गर्न र आफ्नो कार्य, \q2 आफ्नो अद्‌भुत कार्य पूरा गर्न। \q1 \v 22 अब तिमीहरूको ठट्टा रोक, \q2 नत्रता तिमीहरूका साङ्लाहरू अझ गह्रौँ हुनेछन्; \q1 प्रभु, सेनाहरूका याहवेहले \q2 मलाई सारा देशको विरुद्ध उर्दी जारी गर्नुभएको छ। \b \q1 \v 23 ध्यान दिएर सुन, र मेरो सोर सुन; \q2 ध्यान देऊ, र म के भन्छु, सो सुन। \q1 \v 24 जब किसानले केही रोप्न जमिन जोत्छ, के उसले निरन्तर जोतिरहन्छ? \q2 के त्यसले निरन्तर माटो खनेर डल्‍लाहरू फुटाउँदै रहन्छ? \q1 \v 25 उसले माटो सम्म पारेपछि \q2 के उसले सुँप र जीरा छर्दैन र? \q1 के उसले त्यसकै ठाउँमा गहुँ, \q2 जौ त्यसकै ठाउँमा \q2 र कठियालाई त्यसकै ठाउँमा छर्दैन र? \q1 \v 26 उसका परमेश्‍वरले उसलाई अह्राउनुहुन्छ; \q2 अनि उसलाई ठिक तरिका सिकाउनुहुन्छ। \b \q1 \v 27 किनकि कुनै तीखो हतियारले सुँप झाँटिदैन, \q2 न त जीरालाई गाडाको चक्‍काले दाइँ गरिन्छ; \q1 तर लहुरोले सुँप चुटिन्छ, \q2 र जीराचाहिँ लठ्ठीले चुटिन्छ। \q1 \v 28 रोटी बनाउने अन्‍न पिसिनुपर्छ; \q2 यसकारण कसैले त्यसलाई सधैँ झाँटिरहँदैन। \q1 न त उसले त्यसमाथि गाडाको चक्‍का गुडाएर \q2 उसका घोडाहरूले त्यसलाई पिँध्छ। \q1 \v 29 यी सबै सेनाहरूका याहवेहबाट नै आउँदछ, \q2 जसको योजना अचम्मका \q2 र बुद्धि महान् छ। \c 29 \s1 दावीदको सहरलाई धिक्‍कार \q1 \v 1 हाय अरीएल, अरीएल तँलाई धिक्‍कार! \q2 त्यो सहर, जहाँ दावीदले बसोबास गर्थे। \q1 वर्षमाथि वर्ष थप्दै जा। \q2 र तेरा चाडहरूको चक्र चलिरहोस्। \q1 \v 2 तापनि म अरीएललाई घेर्नेछु; \q2 उसले बिलौना र विलाप गर्नेछ, \q2 र ऊ मेरा निम्ति वेदीको चुल्होझैँ हुनेछ। \q1 \v 3 म तेरो विरुद्ध चारैतिर छाउनी हाल्नेछु; \q2 म तँलाई धरहराहरूले चारैतिरबाट घेर्नेछु, \q2 र तेरो विरुद्धको घेरालाई स्थापित गर्नेछु। \q1 \v 4 तँ होच्याइनेछेस्, र भुइँबाट बोल्नेछेस्; \q2 धुलोबाट तेरो बोली अस्पष्‍ट सुनिनेछ। \q1 तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट आउनेछ; \q2 धुलोबाट तेरो कानेखुसी सुनिनेछ। \b \q1 \v 5 तर तेरा धेरै शत्रुहरू धुलोझैँ हुनेछन्, \q2 र निर्दयी दलहरू उडाइएको भुसझैँ हुनेछन्। \q1 अचानक एकै क्षणमा, \q2 \v 6 सेनाहरूका याहवेह मेघ गर्जन, \q1 भुइँचालो र ठूलो आवाजसित, भुमरी, \q2 आँधीबेहरी र भस्म गर्ने आगोको ज्वालासित आउनुहुनेछ। \q1 \v 7 तब अरीएलको विरुद्धमा लडाइँ गर्ने, \q2 र त्यसका किल्‍लामाथि आक्रमण गरेर त्यसलाई घेरा हाल्ने, \q1 सबै राष्ट्रहरूका दलहरू सपनाझैँ, \q2 र रातको दर्शनझैँ हुनेछन्; \q1 \v 8 जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, \q2 तर बिउँझँदा त्यो भोकै हुन्छ; \q1 अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिएको देख्छ, \q2 तर त्यो बिउँझँदा आफू तिर्खाएको र दुर्बल रहेको हुन्छ। \q1 सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने \q2 सबै राष्ट्रहरूका दलहरू पनि त्यस्तै हुनेछन्। \b \q1 \v 9 व्याकुल होओ, चकित होओ, \q2 आफूलाई अन्धा बनाओ र दृष्‍टिविहीन होओ; \q1 मतवाला होओ, तर मद्यले भने होइन, \q2 धरमराओ, तर मताउने पेयले होइन। \q1 \v 10 याहवेहले तिमीहरूमाथि एउटा गहिरो निद्रा ल्याउनुभएको छ: \q2 उहाँले अगमवक्ताहरूका आँखा बन्द गरिदिनुभएको छ; \q2 उहाँले दर्शीहरूका शिरहरू छोपिदिनुभएको छ। \p \v 11 तिमीहरूका निम्ति यो सम्पूर्ण दर्शन अरू केही होइन, तर चर्मपत्रमा छाप लगाएर राखिएका शब्दहरू मात्र हुन्। अनि यदि तिमीहरूले लेखपढ गर्न सक्ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने, त्यसले, “म सक्दिनँ, यसमा छाप लगाइएको छ” भनेर जवाफ दिनेछ। \v 12 अथवा तिमीहरूले लेखपढ गर्न नजान्‍ने कसैलाई यो चर्मपत्र दिएर, “दया गरी यसलाई पढिदिनुहोस्” भन्यौ भने त्यसले “म पढ्नै जान्दिनँ” भनेर जवाफ दिनेछ। \b \p \v 13 प्रभु भन्‍नुहुन्छ: \q1 “यी मानिसहरू मकहाँ आफ्ना मुख देखाउन आउँछन्; \q2 अनि मलाई तिनीहरूका ओठहरूले आदर गर्छन्, \q2 तर तिनीहरूका हृदय मदेखि टाढा छन्। \q1 मप्रति तिनीहरूका आराधना \q2 मानवीय नियम मात्र हुन्। \q1 \v 14 यसकारण म फेरि एक पल्ट यी मानिसहरूलाई \q2 अद्‌भुत कार्यमाथि अद्‌भुत कार्यले छक्‍क पार्नेछु; \q1 बुद्धिमानीहरूका बुद्धि नष्‍ट हुनेछ, \q2 र ज्ञानीहरूका ज्ञान लोप भएर जानेछ।” \q1 \v 15 तिनीहरूलाई धिक्‍कार! जो आफ्ना योजनाहरू \q2 याहवेहदेखि लुकाउनलाई गहिराइको खोज गर्छन्, \q1 जसले आफ्ना काम अन्धकारमा गरेर सोच्छन्, \q2 “हामीलाई कसले देख्छ? कसले थाहा पाउँछ?” \q1 \v 16 कुमालेलाई माटो सरह ठानेर \q2 तिमीहरू कुराहरू उल्टापुल्टा पार्छौ! \q1 के बनिएको चीजले आफूलाई बनाउनेलाई \q2 “उसले मलाई बनाएको होइन” भन्छ? \q1 के भाँडाले कुमालेलाई, \q2 “त्यसले केही जान्दैन” भन्‍न सक्छ? \b \q1 \v 17 केही समयमै के लेबनान एउटा मलिलो खेतमा परिणत हुनेछैन र? \q2 अनि मलिलो खेतचाहिँ एउटा जङ्गलमा बदलिँदैन र? \q1 \v 18 त्यस दिन बहिराहरूले चर्मपत्रका वचनहरू सुन्‍नेछन्; \q2 अनि धमिलोपन र अन्धाकारबाट \q2 अन्धाहरूका आँखाले देख्नेछन्। \q1 \v 19 फेरि एक पल्ट नम्रहरू याहवेहमा रमाउनेछन्; \q2 खाँचोमा परेकाहरू इस्राएलका पवित्र परमेश्‍वरमा आफ्नो आनन्द मनाउनेछन्। \q1 \v 20 निर्दयीहरू लोप हुनेछन्, \q2 ठट्टा गर्नेहरू हराएर जानेछन्; \q2 अनि दुष्‍टतामा ध्यान दिनेहरू सबै काटिएर ढालिनेछन्; \q1 \v 21 तिनीहरू, जसले मानिसलाई बोलीद्वारा दोषी ठहराउँछन्, \q2 जसले अदालतमा प्रतिवादीलाई पासो थाप्छन्; \q2 अनि झूटो गवाहीद्वारा निर्दोषहरूका न्याय खोस्छन्। \p \v 22 यसकारण अब्राहामलाई उद्धार गर्नुहुने याहवेह, याकोबको घरानालाई यसो भन्‍नुहुन्छ: \q1 “अब उसो याकोब शर्ममा पर्नेछैन; \q2 अब उसो तिनीहरूका अनुहार पहेँलो हुनेछैन। \q1 \v 23 तिनीहरूले आफ्ना बीचमा आफ्नै छोराछोरीहरू, \q2 मेरा हातको कामलाई देख्नेछन्; \q1 तिनीहरूले मेरो नामलाई पवित्र राख्नेछन्; \q2 तिनीहरूले याकोबका पवित्र परमेश्‍वरको पवित्रता स्वीकार गर्नेछन्; \q2 अनि इस्राएलका परमेश्‍वरको डर श्रद्धासाथ राख्नेछन्। \q1 \v 24 आत्मामा पथभ्रष्‍ट भएकाहरूले समझ पाउनेछन्; \q2 गनगनेहरूले सल्‍लाह ग्रहण गर्नेछन्।” \c 30 \s1 अटेरी जातिलाई धिक्‍कार \q1 \v 1 “धिक्‍कार! ती हठी सन्तानलाई,” \q2 याहवेह घोषणा गर्नुहुन्छ, \q1 “जसले योजनाहरू चलाउँछन्, जुन मेरा होइनन्; \q2 जसले मित्रता गाँस्छन्, तर मेरो आत्माद्वारा होइन; \q2 पापमाथि पाप थुपार्छन्; \q1 \v 2 मसित सल्‍लाह नलिएर, \q2 जो इजिप्टमा जान्छन्; \q1 जसले फारोदेखि सुरक्षाको आशा गर्छन्; \q2 शरणका निम्ति इजिप्टको छहारी खोज्छन्। \q1 \v 3 तर फारोको सुरक्षा तिमीहरूका निम्ति लज्जास्पद हुनेछ; \q2 इजिप्टको छहारीले तिमीहरूमा अपमान ल्याउनेछ। \q1 \v 4 तिनीहरूसित सोअनमा अधिकृतहरू भए तापनि \q2 र तिनीहरूका दूतहरू हानेसमा आइपुगे तापनि \q1 \v 5 तिनीहरूका निम्ति काम नलाग्ने जातिहरूको कारण, \q2 जसले, न त सहायता ल्याउँछन्, न त लाभ नै दिन्छन्; \q1 तर खाली शर्म र अपमान मात्र ल्याउँछन्; \q2 तिनीहरूको कारण हरेक शर्ममा पर्नेछन्।” \p \v 6 दक्षिणी भागका जन्तुहरूको विरुद्ध भविष्यवाणी: \q1 दुःख र वेदनाको देशबाट भएर, \q2 जहाँबाट सिंह र सिंहनी, विषालु सर्प र उड्ने सर्पहरू निस्कन्छन्; \q2 राजदूतहरूले आफ्ना धनसम्पत्ति \q1 गधाहरूका पिठिउँमा र आफ्ना बहुमूल्य भण्डारहरू \q2 ऊँटहरूका जुरोमा लदाएर त्यस जातिकहाँ लैजान्छन्, \q1 जसले तिनीहरूलाई केही लाभ दिँदैनन्। \q2 \v 7 किनभने इजिप्टमा जसको सहायता एकदमै व्यर्थको छ, \q1 यसकारण मैले त्यसलाई \q2 केही नगर्ने राहाब\f + \fr 30:7 \fr*\fq राहाब \fq*\ft यो प्राचीन साहित्यको काल्पनिक सामुद्रिक जन्तु हो\ft*\f* भनेको छु। \b \q1 \v 8 अब जा, आउँदा दिनहरूका निम्ति \q2 यो सधैँ साक्षी होस् भनेर, \q1 तिनीहरूको सामु यो एउटा पाटीमा लेख; \q2 यसलाई एउटा किताबमा लेखिराख। \q1 \v 9 यिनीहरू बागी मानिसहरू हुन्, छली सन्तान, \q2 याहवेहको आज्ञा नसुन्‍ने सन्तान हुन्। \q1 \v 10 यिनीहरू दर्शीहरूलाई भन्छन्, \q2 “अब उसो दर्शन नदेख!” \q1 अनि अगमवक्ताहरूलाई भन्छन्, \q2 “अबदेखि ठिक कुराहरूको दर्शन हामीलाई नदेओ! \q1 हामीलाई चाखलाग्दा कुराहरू भनिदेओ, \q2 छलका अगमवाणी भनिदेओ। \q1 \v 11 यस मार्गलाई त्यागिदेओ, \q2 यस मार्गबाट हटिदेओ; \q1 अनि हामीलाई इस्राएलका पवित्र परमेश्‍वरसित \q2 आमने-सामने गराउन छोडिदेओ!” \p \v 12 यसकारण इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ: \q1 “तिमीहरूले यस समाचारलाई इन्कार गरेका हुनाले, \q2 र अत्याचारमा भरोसा गरेका हुनाले, \q2 र छलमा भर परेका हुनाले, \q1 \v 13 यो पाप तिमीहरूका निम्ति \q2 अग्लो पर्खाल चर्किएर ढल्न लागेजस्तै हुनेछ, \q2 जुन अचानक एकै क्षणमा भत्किएर जानेछ। \q1 \v 14 यो माटाका भाँडाझैँ टुक्रा-टुक्रा भएर \q2 जताततै छरपस्ट हुनेछ, \q1 जसले गर्दा चुलोबाट कोइला झिक्नलाई, \q2 अथवा इनारबाट पानी उघाउनलाई \q2 एउटा सानो टुक्राधरि पाइनेछैन।” \p \v 15 प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्‍वर यही भन्‍नुहुन्छ: \q1 “पश्‍चात्ताप र विश्राममा तिमीहरूको मुक्ति छ। \q2 मौनता र भरोसामा तिमीहरूको सामर्थ्य छ, \q2 तर तिमीहरूले यी कुनै पनि कुरा चाहँदैनौ। \q1 \v 16 तिमीहरूले भन्यौ, ‘होइन, हामी घोडामा चढेर भाग्नेछौँ।’ \q2 यसकारण तिमीहरू भाग्नेछौ! \q1 तिमीहरूले भन्यौ, ‘हामी चाँडो दगुर्ने घोडामा सवार हुनेछौँ।’ \q2 यसकारण तिमीहरूलाई खेद्नेहरू फूर्तिला हुनेछन्! \q1 \v 17 एक जनाले धम्काउँदा \q2 एक हजार भाग्नेछन्; \q1 पाँच जनाले धम्काउँदा \q2 तिमीहरू सबै भागेर जानेछौ; \q1 जबसम्म तिमीहरू पर्वतको टाकुरामा \q2 रहेको झण्डाको डण्डाजस्तै, \q2 डाँडामा भएको एउटा झण्डाझैँ रहँदैनौ।” \b \q1 \v 18 तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ; \q2 उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ। \q1 किनकि याहवेह न्यायको परमेश्‍वर हुनुहुन्छ। \q2 उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्! \p \v 19 हे यरूशलेममा बस्‍ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्‍नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ। \v 20 प्रभुले तिमीहरूलाई विपत्तिको रोटी र कष्‍टको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू फेरि लुकाइनेछैनन्; तिमीहरूका आफ्नै आँखाले तिनीहरूलाई देख्नेछौ। \v 21 तिमीहरू दाहिने अथवा देब्रेतिर फर्के तापनि तिमीहरूका कानले आफ्ना पछिल्तिरबाट, “बाटो यही हो, यसमा हिँड” भन्‍ने सोर सुन्‍नेछन्। \v 22 तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्‍नेछौ। \b \p \v 23 तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्। \v 24 खेतमा जोत्ने गोरुहरू र गधाहरूले काँटा र बेल्चाले मिसाएको घाँस र दाना खानेछन्। \v 25 त्यस भयानक संहारको दिनमा धरहराहरू ढल्दा प्रत्येक अग्लो पर्वत र हरेक ठूलो डाँडामा पानीका खोलाहरू बग्नेछन्। \v 26 याहवेहले आफ्ना मानिसहरूका घाउहरूमा पट्टी बाँध्नुहुँदा र उहाँले दिनुभएका चोटहरू निको पार्नुहुँदा, त्यस दिन चन्द्रमा सूर्यजस्तै लाग्नेछ; अनि सूर्य सधैँभन्दा सात गुणा बढी चम्किलो, सात दिनको उज्यालो एकै दिनमा चम्केजस्तो हुनेछ। \q1 \v 27 हेर, याहवेहको नाम टाढाबाट \q2 बल्दो रिस र धुवाँको बाक्लो बादलसित आउँछ; \q1 उहाँका ओठहरू क्रोधले पूर्ण छन्; \q2 उहाँको जिब्रो भस्म पार्ने आगोजस्तो छ। \q1 \v 28 उहाँको सास गर्दनसम्म उठ्ने \q2 मुसलधारे पानीजस्तो छ। \q1 उहाँले राष्ट्रहरूलाई नाश गर्ने नाङ्लोले निफन्‍नुहुन्छ; \q2 र उहाँले मानिसहरूका बङ्गारामा फलामको लगाम लगाइदिनुहुनेछ, \q2 जसले तिनीहरूलाई दिशाहीन बनाइदिनेछ। \q1 \v 29 तिमीहरूले पवित्र चाड \q2 मनाएको रातमा झैँ गीत गाउनेछौ; \q1 मानिसहरू बाँसुरी लिएर याहवेहको पर्वतमा, \q2 इस्राएलका चट्टानकहाँ जाँदा, \q1 तिमीहरूका हृदय \q2 आनन्दित हुनेछ। \q1 \v 30 रिसको झोँक, भस्म गर्ने आगोको ज्वाला, \q2 गड्याङ-गुडुङ, आँधीबेहरी र असिनासहित \q1 याहवेहले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्‍न \q2 र आफ्नो बाहुबलको शक्ति हेर्न लगाउनुहुनेछ। \q1 \v 31 याहवेहको सोरले अश्शूरलाई चकनाचुर पार्नेछ; \q2 आफ्नो राजदण्डले उहाँले तिनीहरूलाई प्रहार गर्नुहुनेछ। \q1 \v 32 याहवेहले आफ्नो पाखुराले तिनीहरूको विरुद्धमा युद्धमा लड्नुहुँदा, \q2 उहाँले आफ्नो दण्डको लहुरोले \q1 प्रत्येक चोटि तिनीहरूलाई सजायको रूपमा प्रहार गर्नुहुँदा, \q2 चोट खैँजडी र वीणाको सङ्गीतको तालमा हुनेछ। \q1 \v 33 तोपेत तयार भइसकेको छ; \q2 राजाका निम्ति त्यो तयार पारिएको छ। \q1 त्यसको अग्निकुण्ड प्रशस्त आगो र दाउरासित; \q2 गहिरो र चौडा तयार पारिएको छ; \q1 बल्दैगरेको गन्धकको खोलाझैँ \q2 याहवेहको सासले \q2 त्यसलाई दन्काइदिनेछ। \c 31 \s1 इजिप्टमाथि भरोसा राख्नेलाई धिक्‍कार \q1 \v 1 धिक्‍कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्, \q2 घोडाहरूमाथि भर पर्दछन्, \q1 तिनीहरू आफ्ना असंख्य रथहरू \q2 र घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्, \q1 तर इस्राएलका पवित्र परमेश्‍वरतिर हेर्दैनन्; \q2 न त याहवेहबाट सहायता खोज्छन्। \q1 \v 2 यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ; \q2 उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्‍न। \q1 उहाँ दुष्‍ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ, \q2 तिनीहरूको विरुद्ध, जसले दुष्‍ट काम गर्नेहरूलाई सहायता दिन्छन्। \q1 \v 3 इजिप्टियनहरू मानिस मात्र हुन्, परमेश्‍वर होइनन्; \q2 तिनीहरूका घोडाहरू शरीर हुन्, आत्मा होइनन्। \q1 जब याहवेहले आफ्नो हात पसार्नुहुन्छ, \q2 तब सहायता गर्नेले ठेस खानेछ; \q2 र सहायता पाउने पनि लोट्नेछ; \q2 ती दुवै एकैसाथ नष्‍ट हुनेछन्। \p \v 4 याहवेहले मलाई यो कुरो भन्‍नुहुन्छ: \q1 “जसरी सिंह गर्जन्छ, \q2 अथवा जवान सिंहले आफ्नो शिकारमाथि गर्जन्छ— \q1 अनि गोठालाहरूको सम्पूर्ण दल, \q2 त्यसको विरुद्ध एकजुट भएर, \q1 तिनीहरू कराए तापनि त्यो तर्सिँदैन, \q2 अथवा तिनीहरूका हल्‍लाखल्‍लाले विचलित हुँदैन। \q1 त्यसरी नै सेनाहरूका याहवेह सियोन पर्वतमा, \q2 र त्यसको उचाइमा युद्ध गर्न आउनुहुनेछ। \q1 \v 5 चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँ \q2 सेनाहरूका याहवेहले यरूशलेमको रक्षा गर्नुहुनेछ। \q1 उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। \q2 उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।” \p \v 6 हे इस्राएलीहरू हो, उहाँको विरुद्ध तिमीहरूले यति धेरै विद्रोह गरेका छौ, उहाँकहाँ फर्क। \v 7 किनकि त्यस दिन तिमीहरूले आफ्ना पापी हातले बनाएका चाँदी र सुनका मूर्तिहरू त्याग्नेछौ। \q1 \v 8 “अश्शूरीहरू तरवारद्वारा नाश पारिनेछन्, \q2 तर मानिसबाटको तरवारले होइन। \q1 तिनीहरू तरवारको सामु भाग्नेछन्; \q2 अनि तिनीहरूका जवानहरू बेगारी काममा लगाइनेछन्। \q1 \v 9 तिनीहरूका किल्‍ला आतङ्कको कारणले ढल्नेछ; \q2 लडाइँको झण्डा देखेर तिनीहरूका सेनापतिहरू त्रासित हुनेछन्।” \q1 याहवेह यो घोषणा गर्नुहुन्छ, \q2 जसको आगो सियोनमा छ, \q2 जसको भट्टी यरूशलेममा छ। \c 32 \s1 धार्मिकताको राज्य \q1 \v 1 हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ; \q2 अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्। \q1 \v 2 हरेक मानिस बतासबाट जोगिने आश्रय \q2 र आँधीबाट जोगिने शरणस्थानझैँ, \q1 मरुभूमिमा पानीको खोलाझैँ, \q2 र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ। \b \q1 \v 3 तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन; \q2 अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्। \q1 \v 4 अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ; \q2 अनि भकभकाउने जिब्रोले स्पष्‍ट र सफासँग बोल्नेछ। \q1 \v 5 मूर्खलाई फेरि भद्र भनिनेछैन, \q2 न त बदमासलाई उच्‍च आदर दिइनेछ। \q1 \v 6 किनकि मूर्खले अज्ञानताको कुरा गर्छ, \q2 त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ; \q1 त्यसले भक्तिहीनताका कामहरू गर्छ; \q2 अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ; \q1 भोकोलाई त्यसले भोकै छोड्छ, \q2 र तिर्खाएकोलाई त्यसले पानी दिँदैन। \q1 \v 7 बदमासका काम गर्ने तरिकाहरू दुष्‍ट हुन्छन्, \q2 र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि \q1 गरिबहरूलाई झूटले नाश गर्नलाई \q2 त्यसले दुष्‍ट योजनाहरू बनाउँछ। \q1 \v 8 तर भलादमीले भलो युक्ति रच्दछ; \q2 अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ। \s1 यरूशलेमका स्त्रीहरू \q1 \v 9 हे ढुक्‍कसित बस्‍ने स्त्रीहरू हो, \q2 उठ र मेरो कुरा सुन; \q1 आफूलाई सुरक्षित ठान्‍ने छोरीहरू हो, \q2 मैले भन्‍नुपर्ने कुरा सुन! \q1 \v 10 एक वर्षभन्दा केही बढी समयमा \q2 तिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ; \q1 अङ्‌गुरको फसलै हुनेछैन, \q2 र फलको कटनी हुनेछैन। \q1 \v 11 हे ढुक्‍क बस्‍ने स्त्रीहरू हो, थरथर होओ; \q2 आफूलाई सुरक्षित ठान्‍ने हे छोरीहरू हो, थरथर काम! \q1 आफ्ना राम्रा लुगा फुकाल, \q2 र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ। \q1 \v 12 असल खेतहरूका निम्ति, \q2 फलदायक दाखको निम्ति आफ्ना छाती पिट; \q1 \v 13 अनि मेरो जातिका देशको निम्ति, \q2 काँडा र सिउँडीले ढाकेको देशका निम्ति— \q1 हो, सबै आनन्द मनाउने घरहरूका निम्ति, \q2 र यो आनन्दको सहरको निम्ति बिलौना गर। \q1 \v 14 किल्‍ला त्यागिनेछ, \q2 हल्‍लाको सहर शून्य हुनेछ; \q1 किल्‍ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्; \q2 जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्; \q1 \v 15 जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन, \q2 र मरुभूमि मलिलो खेत हुँदैन, \q2 र मलिलो खेत जङ्गलझैँ देखिँदैन; \q1 \v 16 याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ। \q2 अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ। \q1 \v 17 धार्मिकताको फल शान्ति हुनेछ; \q2 अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ। \q1 \v 18 मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा, \q2 सुरक्षित घरहरूमा र \q2 शान्त विश्राम स्थलहरूमा बस्‍नेछन्। \q1 \v 19 असिनाले जङ्गललाई पूरै ढाके तापनि \q2 सहर पूर्ण रूपले समतल भए तापनि \q1 \v 20 तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै, \q2 अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्‍कै चर्नका निम्ति दिन पाउँदा \q2 तिमीहरू कति धन्यका हुनेछौ। \c 33 \s1 सङ्कष्‍ट र सहायता \q1 \v 1 धिक्‍कार तँ नाशकर्तालाई, \q2 जो नष्‍ट पारिएको छैनस्! \q1 धिक्‍कार तँ विश्‍वासघातीलाई, \q2 जसले धोका पाएको छैनस्! \q1 जब तैँले नष्‍ट गर्न छोड्छस्, \q2 तब तँ नष्‍ट पारिनेछस्; \q1 जब तैँले विश्‍वासघात गर्न छोड्छस्, \q2 तब तिनीहरूले तँसँग विश्‍वासघात गर्नेछन्। \b \q1 \v 2 हे याहवेह, हामीप्रति अनुग्रही हुनुहोस्; \q2 हामी तपाईंको बाटो हेरिरहन्छौँ; \q1 हरेक बिहान हाम्रो सामर्थ्य \q2 र विपत्तिमा हाम्रो मुक्ति बन्‍नुहोस्। \q1 \v 3 तपाईंको सेनाको गर्जनको आवाजमा मानिसहरू भाग्छन्; \q2 तपाईं खडा हुनुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्। \q1 \v 4 हे राष्ट्रहरू हो, तिमीहरूका लुटका सामान सलहहरूले झैँ कटनी गरिएको छ; \q2 मानिसहरू लुटका सामानमा सलहका बथानझैँ झम्टन्छन्। \b \q1 \v 5 याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्‍च स्थानमा विराजमान हुनुहुन्छ; \q2 उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ। \q1 \v 6 उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; \q2 मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; \q2 याहवेहको भय नै यस भण्डारको साँचो हो। \b \q1 \v 7 हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्; \q2 शान्तिका दूतहरू धुरुधुरु रुन्छन्। \q1 \v 8 राजमार्गहरू त्यागिएका छन्; \q2 बाटोमा कुनै यात्री छैन। \q1 सन्धि तोडिएको छ; \q2 त्यसका गवाहीहरूलाई घृणा गरिन्छ; \q2 कसैको आदर छैन। \q1 \v 9 देशले विलाप गर्छ र चिन्तामा छ; \q2 लेबनान लज्जित भएर ओइलाउँछ; \q1 शारोन अराबाझैँ छ, \q2 बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्। \b \q1 \v 10 “अब म उठ्नेछु” याहवेह भन्‍नुहुन्छ। \q2 “अब म उच्‍च पारिनेछु; \q2 अब म उचालिनेछु। \q1 \v 11 तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, \q2 तिमीहरूले पराल जन्माउँछौ; \q2 तिमीहरूका सास तिमीहरूलाई नै भस्म पार्ने आगो हो। \q1 \v 12 मानिसहरू चून जलेझैँ जल्नेछन्; \q2 काटिएका काँडाघारी आगोमा जलाइएझैँ तिनीहरू जलाइनेछन्।” \b \q1 \v 13 हे टाढा-टाढाका मानिसहरू हो, मैले के-के गरेको छु, सो कुरा सुन! \q2 तिमीहरू नजिक हुनेहरू, मेरो सामर्थ्य स्वीकार गर! \q1 \v 14 सियोनमा भएका पापीहरू आतङ्कित छन्; \q2 भक्तिहीनलाई कम्पनले समातेको छ; \q1 “हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्‍न सक्ला? \q2 हामीमध्ये को अनन्तको जलनसित बस्‍न सक्ला?” \q1 \v 15 त्यही मानिस, जो धार्मिकतामा चल्छ, \q2 र जे ठिक छ, त्यही बोल्छ; \q1 जसले लुटको लाभलाई इन्कार गर्छ, \q2 र आफ्नो हातलाई घूस लिनबाट अलग राख्छ, \q1 जसले हत्याको षड्यन्त्रको विरुद्ध आफ्ना कान बन्द गर्छ, \q2 र आफ्ना आँखा दुष्‍टता हेर्नबाट बन्द गर्छ; \q1 \v 16 यस्तो मानिस उच्‍च स्थानहरूमा वास गर्नेछ, \q2 जसको शरणस्थान पहाडको किल्‍ला हुनेछ। \q1 त्यसलाई रोटी जुटाइनेछ, \q2 र त्यसलाई पानीको अभाव हुनेछैन। \b \q1 \v 17 तेरा आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछ, \q2 र टाढासम्म फैलिएको देशलाई देख्नेछ। \q1 \v 18 तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्: \q2 “त्यो प्रमुख अधिकृत कहाँ छ? \q1 कर असुल गर्ने खोइ? \q2 धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?” \q1 \v 19 तैँले ती घमण्डी मानिसहरूलाई अब उसो देख्नेछैनस्; \q2 ती अस्पष्‍ट बोली भएका मानिसहरूलाई, \q2 जसको बोली बुझिँदैन। \b \q1 \v 20 हाम्रा चाडहरूको सहर, सियोनलाई हेर; \q2 तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ; \q2 एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन; \q1 त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्; \q2 न त त्यसका कुनै डोरी चुँडाइनेछ। \q1 \v 21 त्यहाँ याहवेह हाम्रो पराक्रमी परमेश्‍वर हुनुहुनेछ। \q2 त्यो चौडा नदीहरू र खोलाहरू भएको ठाउँजस्तै हुनेछ। \q1 पतवारले चलाइने कुनै युद्ध जहाज त्यहाँ चल्नेछैन; \q2 कुनै शक्तिशाली जहाज त्यहाँबाट भएर चल्नेछैन। \q1 \v 22 किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; \q2 याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; \q1 याहवेह हाम्रा राजा हुनुहुन्छ; \q2 हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ। \b \q1 \v 23 तेरा डोरीहरू खुकुला भएका छन्: \q2 मस्तुल सुरक्षित राखिएको छैन, \q2 पाल फिँजिएको छैन। \q1 तब लुटका प्रशस्त माल बाँडिनेछ, \q2 र लङ्गडाहरू समेतले लुटको माल लैजानेछन्। \q1 \v 24 सियोनमा बस्‍ने कसैले पनि, “म बिरामी छु” भन्‍नेछैन; \q2 अनि त्यहाँ बस्‍नेहरू सबैका पाप क्षमा गरिनेछन्। \c 34 \s1 राष्ट्रहरूका विरुद्धमा न्याय \q1 \v 1 हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन; \q2 हे मानिसहरू हो, ध्यान देओ! \q1 पृथ्वी र यसमा भएका सबैले, \q2 संसार र यसबाट निस्किआउने सबैले सुनून्! \q1 \v 2 याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ; \q2 उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ। \q1 उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ; \q2 उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ। \q1 \v 3 तिनीहरूका मारिएकाहरू फालिनेछन्, \q2 र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्; \q2 पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्। \q1 \v 4 आकाशका सबै ताराहरू विलीन हुनेछन्, \q2 र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ; \q1 सम्पूर्ण तारामण्डल \q2 अङ्‌गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै, \q2 र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्‍नेछन्। \b \q1 \v 5 मेरो तरवार आकाशमण्डलमा पिएर तृप्‍त भएको छ; \q2 हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ; \q2 त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु। \q1 \v 6 याहवेहको तरवार रगतमा चोपिएको छ; \q2 त्यो बोसोले पुष्‍ट भएको छ— \q1 थुमा र बाख्राहरूका रगत, \q2 भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ। \q1 किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ; \q2 अनि एदोममा ठूलो संहार भएको छ। \q1 \v 7 तिनीहरूसित जङ्गली साँढेहरू, \q2 बाछाहरू र ठूला साँढेहरू लड्नेछन्। \q1 तिनीहरूको देश रगतले निथ्रुक्‍क भिज्नेछ; \q2 अनि धुलो बोसोसित मिसिनेछ। \b \q1 \v 8 किनकि याहवेहको बदला लिने एउटा दिन छ, \q2 सियोनको मुद्दा अटल राख्नलाई दण्ड दिने वर्ष छ। \q1 \v 9 एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्; \q2 त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ; \q2 त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ! \q1 \v 10 त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन; \q2 त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ। \q1 पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ; \q2 त्यसबाट भएर फेरि कोही जानेछैन। \q1 \v 11 त्यसलाई मरुभूमिको उल्‍लु र दुम्सीले अधिकार गर्नेछन्; \q2 ठूलो उल्‍लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्। \q1 परमेश्‍वरले एदोममाथि \q2 गोलमालको नापडोरी \q2 र उजाडको साहुल तेर्साइदिनुहुनेछ। \q1 \v 12 त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्‍न लायक त्यहाँ केही पनि हुनेछैन; \q2 त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्। \q1 \v 13 त्यसका किल्‍लाका बुर्जाहरूमा काँडा, \q2 र त्यसका किल्‍लाहरूमा सिस्‍नु र सिउँडीहरू उम्रनेछन्। \q1 त्यो स्यालहरू \q2 र उल्‍लुहरूका वासस्थान हुनेछ। \q1 \v 14 मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्; \q2 अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्; \q1 त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्; \q2 अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्। \q1 \v 15 उल्‍लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे, \q2 त्यसले बचेरा काढेर त्यसलाई \q2 आफ्ना पखेटाको छहारीमा हुर्काउँछे; \q1 त्यहाँ बाजहरू पनि \q2 आ-आफ्ना जोडीसित भेट गर्नेछन्। \p \v 16 याहवेहको चर्मपत्रमा हेर र पढ: \q1 तीमध्ये एउटै पनि हराउनेछैन, \q2 कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन। \q1 किनकि यो हुकुम उहाँको मुखले दिएको हो; \q2 अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ। \q1 \v 17 उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ; \q2 उहाँको हातले नाप्‍ने डोरी तानेर बाँडिदिनुभएको छ। \q1 तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन् \q2 र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्‍नेछन्। \c 35 \s1 उद्धार पाएकाहरूको आनन्द \q1 \v 1 मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्; \q2 उजाडस्थान रमाएर फक्रनेछ। \q1 र अति आनन्दित हुनेछन्; अनि केशरझैँ \v 2 हर्षले फुल्नेछ; \q2 त्यो अति खुशी भएर आनन्दले कराउनेछ। \q1 लेबनानको महिमा; \q2 कर्मेल र शारोनको गौरव त्यसलाई दिइनेछ; \q1 तिनीहरूले याहवेहको महिमा \q2 र हाम्रा परमेश्‍वरको प्रताप देख्नेछन्। \b \q1 \v 3 दुर्बल हातहरू बलियो बनाओ! \q2 कमजोर घुँडाहरू दह्रिला पार; \q1 \v 4 हृदयमा डर बोकेकाहरूलाई भन, \q2 “बलियो होओ, नडराओ; \q1 तिमीहरूका परमेश्‍वर आउनुहुनेछ; \q2 उहाँ बदला लिन आउनुहुनेछ; \q1 उहाँ तिमीहरूलाई बचाउन \q2 ईश्‍वरीय प्रतिशोधसित आउनुहुनेछ।” \b \q1 \v 5 तब अन्धाहरूका आँखा खोलिनेछन्; \q2 अनि बहिराहरूका कान बन्द रहनेछैनन्। \q1 \v 6 तब लङ्गडाहरू मृगझैँ उफ्रनेछन्; \q2 अनि गुँगाहरूको जिब्रोले स्तुति गर्नेछ। \q1 उजाडस्थानमा पानी फुटेर निस्कनेछ; \q2 अनि मरुभूमिमा खोला बग्नेछ। \q1 \v 7 तातो बालुवा ठूलो तलाउ बन्‍नेछ, \q2 तिर्खाएको जमिनमा कलकल गर्ने पानीका मूल फुट्नेछन्। \q1 कुनै समय स्याल बस्‍ने ठाउँमा \q2 घाँस, निगालो र काँस हुर्कनेछन्। \b \q1 \v 8 त्यहाँ एउटा राजमार्ग हुनेछ; \q2 त्यसलाई पवित्रताको मार्ग भनिनेछ; \q2 अशुद्ध त्यसबाट भएर जानेछैन। \q1 तर त्यसबाट भएर हिँड्नेहरूका लागि मात्र त्यो हुनेछ; \q2 दुष्‍ट मूर्खहरू त्यसबाट भएर जानेछैनन्। \q1 \v 9 त्यहाँ कुनै सिंह हुनेछैन, \q2 न त कुनै हिंसक पशु त्यहाँ पुग्न सक्नेछ; \q2 तिनीहरू त्यहाँ भेट्टाइनेछैनन्। \q1 तर छुटकारा पाएकाहरू मात्र त्यहाँ हिँड्नेछन्। \q2 \v 10 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। \q1 तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; \q2 तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। \q1 तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; \q2 अनि दुःख र सुस्केरा हराएर जानेछन्। \c 36 \s1 सनहेरीबद्वारा यहूदामा हमला \p \v 1 राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे। \v 2 तब अश्शूरका राजाले एउटा ठूलो सेनासहित आफ्नो मैदानका सेनापतिलाई\f + \fr 36:2 \fr*\ft मूल भाषामा \ft*\fqa रब शाकेह\fqa*\f* लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए। जब ती सेनापति माथिल्‍लो पोखरीको नहरमा धोबीको खेत जाने बाटोमा रोकिए, \v 3 तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीकहाँ गए। \p \v 4 मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्‍नू: \pm “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्‍नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ? \v 5 तपाईं भन्‍नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ? \v 6 अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ। \v 7 तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्‍वरमाथि भरोसा राख्छौँ” भन्‍नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ” भनेका थिए? \pm \v 8 “ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने! \v 9 तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई कसरी अस्वीकार गर्नुहुन्छ? \v 10 यसबाहेक के म याहवेहविना नै यस देशमाथि आक्रमण गरेर यसलाई नाश गर्न आएको छु र? याहवेह स्वयम्‌ले मलाई यस देशको विरुद्धमा आक्रमण गरेर नाश गर्नू भन्‍नुभएको छ।’ ” \p \v 11 तब एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।” \p \v 12 तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?” \p \v 13 तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन! \v 14 राजा यसो भन्‍नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्। \v 15 हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्‍चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’ \p \v 16 “हिजकियाको कुरा नसुन्‍नू। अश्शूरका राजा भन्‍नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ र आफ्नै इनारबाट पिउनेछौ। \v 17 जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्‍न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्‍नँ। \p \v 18 “हिजकियाले तिमीहरूलाई, ‘याहवेहले हामीलाई बचाउनुहुन्छ’ भनेर भ्रममा नपारून्। के आजसम्म कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट छुटाउन सकेको छ? \v 19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके? \v 20 यी देशहरूका कुन देवताले आफ्नो देशलाई मबाट बचाउन सकेको छ र? त्यसो भए कसरी याहवेहले मेरो हातबाट यरूशलेमलाई छुटाउन सक्नुहुन्छ?” \p \v 21 तर मानिसहरू चुप रहे अनि जवाफमा केही भनेनन्, किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए। \p \v 22 तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए। \c 37 \s1 यरूशलेमको उद्धारको भविष्यवाणी \p \v 1 जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए। \v 2 तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। \v 3 तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमामा बच्‍चा जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ। \v 4 सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।” \p \v 5 जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए, \v 6 तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्। \v 7 सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ” \p \v 8 त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए। \p \v 9 अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। त्यो सुनेपछि तिनले यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए: \v 10 “यहूदाका राजा हिजकियालाई यसो भन्‍नू: तिमीले भर पर्ने परमेश्‍वरले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई छल गर्न नपाऊन्। \v 11 अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्‍चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त? \v 12 के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए? \v 13 हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?” \s1 हिजकियाको प्रार्थना \p \v 14 हिजकियाले ती दूतहरूबाट पत्र पाए र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिरमा गए, र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए। \v 15 तब हिजकियाले याहवेहसित प्रार्थना गरे: \v 16 “हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने, तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। \v 17 हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका सबै कुराहरू सुन्‍नुहोस्। \p \v 18 “हे याहवेह, अश्शूरका राजाहरूले सबै मानिसहरू र तिनका देशहरूलाई उजाड पारेका कुरा साँचो हो। \v 19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्‍ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्‍वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए। \v 20 अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।” \s1 सनहेरीबको पतन \p \v 21 तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तैँले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्, \v 22 यसकारण याहवेहले त्यसको विरुद्ध यो कुरा बोल्नुभएको छ: \q1 “सियोनकी कन्या छोरीले \q2 तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। \q1 तँ भाग्दा यरूशलेमकी छोरीले \q2 आफ्नो शिर हल्‍लाउँछे। \q1 \v 23 तैँले कसको ठट्टा र निन्दा गरेको छस्? \q2 कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस्, \q1 र घमण्डमा आफ्ना आँखा उठाएको छस्? \q2 इस्राएलका पवित्र परमेश्‍वरको विरुद्धमा निन्दा गरेको छस्! \q1 \v 24 आफ्ना दूतहरूद्वारा \q2 तैँले प्रभुको निन्दा गरेको छस्। \q1 अनि तैँले भनेको छस्, \q2 ‘म आफ्ना धेरै रथहरूसित \q1 पहाडहरूका शिखरहरूमा उक्लेको छु; \q2 अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। \q1 मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, \q2 त्यसका अति सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। \q1 म त्यसका दुर्गम उचाइहरूमा, \q2 त्यसका सर्वोत्तम वनहरूमा पुगेको छु। \q1 \v 25 मैले परदेशमा इनारहरू खनेको छु, \q2 र त्यहाँ पानी पिएको छु। \q1 मेरा खुट्टाका पैतालाले \q2 मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।’ \b \q1 \v 26 “के तैँले सुनेको छैनस्? \q2 धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। \q1 प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ। \q2 अब मैले यसलाई हुन दिएँ, \q1 र तैँले सुरक्षित सहरहरूलाई \q2 ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्। \q1 \v 27 त्यसका मानिसहरू शक्तिहीन भई, \q2 निराश भएर शर्ममा परेका छन्। \q1 तिनीहरू बढ्न अगि नै \q2 घामले डढेका खेतका अन्‍नहरूजस्तै, \q1 कलिला टुसाझैँ, \q2 छतमा उम्रिरहेका घाँसझैँ छन्। \b \q1 \v 28 “तर तँ कहाँ बस्छस्, \q2 तँ कहिले आउँछस् र जान्छस्; \q2 अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु। \q1 \v 29 तँ मेरो विरुद्धमा रिसाएकोले \q2 र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, \q1 म आफ्नो अङ्कुसे तेरो नाकमा \q2 र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; \q1 अनि म तँलाई, तँ आएकै बाटो भएर \q2 तँलाई फर्केर जान लाउनेछु। \p \v 30 “हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: \q1 “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्; \q2 र दोस्रो वर्ष तैँले त्यसैबाट उम्रेको कुरा खानेछस्। \q1 तर तेस्रो वर्षमा छर र कटनी गर, \q2 दाखबारी लगा र त्यसको फल खा। \q1 \v 31 एक पल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले जमिनमा जरा हाल्नेछन्, \q2 र जमिनमाथि फल फलाउनेछन्। \q1 \v 32 किनकि यरूशलेमबाट एउटा बाँचेको भाग \q2 र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। \q1 सेनाहरूका याहवेहको जोशले \q2 यो सम्पन्‍न गर्नेछ। \p \v 33 “यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: \q1 “त्यसले यस सहरमा प्रवेश गर्नेछैन, \q2 न त यहाँ एउटा काँड नै हान्‍नेछ। \q1 त्यो यसको सामु ढालसित आउनेछैन, \q2 न त यसलाई घेराबन्दी लगाउनेछ। \q1 \v 34 त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; \q2 त्यसले यस सहरमा प्रवेश गर्नेछैन,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 35 “म यस सहरलाई, \q2 मेरो खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गरेर बचाउनेछु!” \p \v 36 त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे! \v 37 यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे। \p \v 38 एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। अनि तिनका छोरा एसरहदोन तिनीपछि राजा भए। \c 38 \s1 हिजकिया बिरामी परेका \p \v 1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।” \p \v 2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, \v 3 “हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए। \p \v 4 तब याहवेहको वचन यशैयाकहाँ आयो: \v 5 “जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु। \v 6 अनि तँ र यस सहरलाई अश्शूरको राजाको हातबाट म छुटकारा दिनेछु, र यस सहरको रक्षा गर्नेछु। \p \v 7 “ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ: \v 8 म आहाजको सिँढीमा तल गएको घामले बनाएको छायालाई दश कदम पछि सारिदिनेछु।’ ” यसकारण तल गएको घामको छाया दश कदम पछि सर्‍यो। \b \p \v 9 आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे: \q1 \v 10 मैले भनेँ, “मेरो जीवनको बीचमा \q2 के म मृत्युको मूलढोकाबाट भएर जानुपर्छ, \q2 र मेरा बाँकी वर्षहरू मबाट खोसिनेछ?” \q1 \v 11 मैले भनेँ, “म फेरि जीवितहरूको देशमा \q2 याहवेहलाई देख्नेछैनँ, \q1 अब उसो मानव-जातिलाई देख्नेछैनँ, \q2 वा अहिले यस संसारमा रहनेहरूसित हुनेछु। \q1 \v 12 मेरो घर गोठालाको पालझैँ \q2 उखेलिएर मबाट लगिएको छ। \q1 तान बुन्‍नेले झैँ मैले आफ्नो जीवनलाई बेह्रेको छु, \q2 र उहाँले मलाई तानबाट काटिदिनुभएको छ; \q2 दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ। \q1 \v 13 मैले बिहानसम्म धैर्यसाथ पर्खेँ, \q2 तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो; \q2 दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ। \q1 \v 14 म गौँथली वा सारसझैँ चिरबिर कराएँ; \q2 मैले विलाप गर्ने ढुकुरझैँ विलाप गरेँ। \q1 स्वर्गतिर हेर्दा मेरा आँखा कमजोर भए। \q2 म खतरामा छु; हे प्रभु, मेरा सहायताको निम्ति आउनुहोस्!” \b \q1 \v 15 तर म के भन्‍न सक्छु र? \q2 उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो। \q1 मेरो प्राणको चिन्ताको कारण \q2 म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु। \q1 \v 16 हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्; \q2 र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ। \q1 तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो \q2 र मलाई बचाउनुभयो। \q1 \v 17 निश्‍चय मेरै शान्तिको निम्ति \q2 मैले यस्तो वेदना खप्नुपर्‍यो। \q1 तपाईंले आफ्नो प्रेममा \q2 मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो; \q1 किनकि तपाईंले मेरा सबै पापलाई \q2 आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो। \q1 \v 18 किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, \q2 मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; \q1 खाडलमा पर्नेहरूले \q2 तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्। \q1 \v 19 जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्, \q2 जसरी आज म गरिरहेछु; \q1 बुबाहरूले आफ्ना सन्तानलाई \q2 तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्। \b \q1 \v 20 याहवेहले मलाई बचाउनुहुनेछ; \q2 अनि हामी याहवेहको मन्दिरमा \q1 आफ्ना जीवनकालभरि \q2 तार-बाजाहरूसित गाउनेछौँ। \p \v 21 यशैयाले भनेका थिए, “नेभाराको लेप बनाएर पिलोमा लगाउनू र त्यो निको हुनेछ।” \p \v 22 हिजकियाले यसो भनी सोधेका थिए, “म याहवेहको मन्दिरमा जानेछु भन्‍ने के चिन्ह हुनेछ?” \c 39 \s1 बेबिलोनका राजदूतहरू \p \v 1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए; किनकि तिनले उनको बिमार र स्वास्थ्य-लाभको विषयमा सुनेका थिए। \v 2 हिजकियाले दूतहरूलाई हर्षसाथ स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना सारा हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। हिजकियाले आफ्नो महलमा वा सम्पूर्ण राज्यमा तिनीहरूलाई नदेखाएको कुनै चीज थिएन। \p \v 3 तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” \p हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट मकहाँ आएका हुन्।” \p \v 4 तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” \p हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएका सबै थोक मैले तिनीहरूलाई देखाएँ।” \p \v 5 तब यशैयाले हिजकियालाई भने, “सेनाहरूका याहवेहको वचन सुन्‍नुहोस्: \v 6 त्यो समय निश्‍चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्‍नुहुन्छ। \v 7 तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।” \p \v 8 हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा भइरहनेछ।” \c 40 \s1 परमेश्‍वरका प्रजालाई सान्त्वना \q1 \v 1 सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ! \q2 तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ। \q1 \v 2 यरूशलेमसित कोमलतासाथ कुरा गर। \q2 त्यसलाई भन, \q1 त्यसका कठिन सेवा पूरा भइसकेको छ, \q2 त्यसका पापको मूल्य तिरिएको छ; \q1 त्यसले याहवेहको हातबाट \q2 आफ्ना सबै पापका निम्ति दोबर पाएको छ। \b \q1 \v 3 एक जना कराउनेको आवाज सुनिन्छ: \q1 “उजाडस्थानमा याहवेहको निम्ति \q2 बाटो तयार पार; \q1 उजाडस्थानमा हाम्रा परमेश्‍वरका निम्ति \q2 राजमार्ग सीधा बनाओ। \q1 \v 4 प्रत्येक उपत्यका अग्लो पारिनेछ, \q2 प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; \q1 टेढामेढा जमिन मिलाइनेछ, \q2 खाल्टाखुल्टी समतल बनाइनेछ। \q1 \v 5 तब याहवेहको महिमा प्रकट हुनेछ, \q2 र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्। \q1 किनकि याहवेहको मुखले यो भनेको छ।” \b \q1 \v 6 एउटा आवाजले भन्छ, “करा।” \q2 अनि मैले भनेँ, “म के भनेर कराऊँ?” \b \q1 “सारा मानिसहरू घाँसजस्तै हुन्, \q2 र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्। \q1 \v 7 घाँस ओइलाउँछ र फूल झरिहाल्छ; \q2 किनकि याहवेहको सास तीमाथि फुकिन्छ। \q2 निश्‍चय नै मानिसहरू घाँस नै हुन्। \q1 \v 8 घाँस ओइलाउँछ र फूल झरिहाल्छ, \q2 तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ।” \b \q1 \v 9 हे सियोनमा शुभ समाचार ल्याउने, \q2 अग्लो पर्वतमा चढ्! \q1 हे यरूशलेममा शुभ समाचार ल्याउने, \q2 आफ्नो सोर जोडले उचाल्, \q1 सोर उचाल्, नडरा; \q2 यहूदाका नगरहरूलाई भन्, \q2 “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!” \q1 \v 10 हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ, \q2 र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ। \q1 हेर, उहाँको पुरस्कार उहाँसितै छ, \q2 र उहाँको प्रतिफल उहाँको साथमा छ। \q1 \v 11 उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ: \q2 उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ; \q1 तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ; \q2 उहाँले स-साना बच्‍चा भएकाहरूलाई बिस्तारै डोर्‍याउनुहुन्छ। \b \q1 \v 12 कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ, \q2 अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ? \q1 कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ, \q2 अथवा पर्वतहरू \q2 र डाँडाहरूलाई तराजुमा जोखेको छ? \q1 \v 13 कसले याहवेहको मनलाई बुझेको छ, \q2 वा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ? \q1 \v 14 समझको निम्ति याहवेहले कससित सल्‍लाह लिनुभयो, \q2 र कसले उहाँलाई उचित मार्ग देखायो? \q1 उहाँलाई ज्ञान सिकाउने \q2 अथवा समझको मार्ग देखाउने को हो? \b \q1 \v 15 निश्‍चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्; \q2 तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्; \q2 उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ। \q1 \v 16 वेदीका दाउराको निम्ति लेबनान पर्याप्‍त छैन, \q2 न त त्यसका जन्तुहरू होमबलिको निम्ति प्रशस्त छन्। \q1 \v 17 उहाँको सामु सबै जातिहरू केही होइनन्; \q2 तिनीहरूलाई उहाँले व्यर्थको \q2 र शून्यभन्दा पनि थोरै ठान्‍नुभएको छ। \b \q1 \v 18 तब तिमीहरू परमेश्‍वरलाई कोसित तुलना गर्छौ? \q2 तिमीहरूले उहाँलाई कुन आकृतिसित तुलना गर्छौ? \q1 \v 19 मूर्तिलाई कारिगरले खोपेर बनाउँछ, \q2 सुनारले त्यसलाई सुनले मोहर्छ, \q2 र त्यसको निम्ति चाँदीको सिक्रीहरू बनाउँछ। \q1 \v 20 यस्तो भेटी चढाउन नसक्ने \q2 अति गरिबले चाहिँ एउटा नकुहिने काठ छान्छ; \q1 त्यसले नहल्‍लिने किसिमको एउटा मूर्ति बनाउन \q2 एक जना सिपालु कारिगर खोज्छ। \b \q1 \v 21 के तिमीहरूले जानेका छैनौ? \q2 के तिमीहरूले सुनेका छैनौ? \q1 के तिमीहरूलाई यो सुरुदेखि नै भनिएको थिएन? \q2 के तिमीहरूले पृथ्वीको जग बसालिएदेखि नै बुझेका छैनौ? \q1 \v 22 उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ; \q2 पृथ्वीका मानिसहरू फट्याङ्ग्राजस्ता छन्। \q1 उहाँले आकाशलाई मण्डपझैँ तन्काउनुहुन्छ; \q2 अनि त्यसमा बास गर्नलाई त्यो पालझैँ फिँजाउनुहुन्छ। \q1 \v 23 उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ, \q2 र यस संसारका शासकहरूलाई हटाएर बेकम्मा तुल्याउनुहुन्छ। \q1 \v 24 तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ, \q2 तिनीहरूले जमिनमा जरा हाल्नसाथ, \q2 उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ, \q1 र तिनीहरू ओइलिन्छन्; \q2 अनि भुमरीले तिनीहरूलाई भुसझैँ उडाएर लैजान्छ। \b \q1 \v 25 “तिमीहरू मलाई कससित तुलना गर्छौ? \q2 अथवा को म समान छ?” पवित्र परमेश्‍वर भन्‍नुहुन्छ। \q1 \v 26 आफ्ना आँखा उठाएर आकाशतिर हेर: \q2 कसले यी सबै कुराहरू सृष्‍टि गरे? \q1 उहाँ, जसले तारामण्डललाई एक-एक गरी ल्याउनुहुन्छ, \q2 र प्रत्येकलाई नामद्वारा बोलाउनुहुन्छ। \q1 उहाँको महान् पराक्रम र बलवान् शक्तिको कारण \q2 तीमध्ये एउटै पनि हराएको छैन। \b \q1 \v 27 हे याकोब, तँ किन गुनासो पोख्छस्, \q2 हे इस्राएल, तँ किन यस्तो भन्छस्, \q1 “मेरो मार्ग याहवेहबाट लुकेको छ; \q2 मेरो मुद्दा मेरा परमेश्‍वरले बेवास्ता गर्नुभएको छ?” \q1 \v 28 के तँ जान्दैनस्? \q2 के तैँले सुनेको छैनस्? \q1 याहवेह अनन्तका परमेश्‍वर हुनुहुन्छ, \q2 सारा पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। \q1 उहाँ थाक्नुहुन्‍न, न त गल्नु हुन्छ, \q2 उहाँको बुद्धि अपरम्पार छ। \q1 \v 29 उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ, \q2 र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ। \q1 \v 30 जवानहरू पनि थाक्छन् र गल्छन्; \q2 अनि जवान मानिसहरू ठक्‍कर खाएर लड्छन्; \q1 \v 31 तर याहवेहमा आशा राख्नेहरूले \q2 नयाँ सामर्थ्य पाउँछन्। \q1 तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; \q2 तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; \q2 तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्। \c 41 \s1 इस्राएलका सहायक \q1 \v 1 “हे टापुहरू हो, मेरो सामु चुप लागेर बस! \q2 राष्ट्रहरूले नयाँ सामर्थ्य प्राप्‍त गरून्! \q1 तिनीहरू अगि आएर बोलून्; \q2 हामी न्यायको ठाउँमा भेट गरौँ! \b \q1 \v 2 “कसले पूर्वबाट एक जनालाई \q2 उहाँको सेवाको निम्ति धार्मिकतामा बोलाएर सुर्‍याएको छ? \q1 उहाँले त्यसलाई राष्ट्रहरू दिनुहुन्छ, \q2 र राजाहरूलाई त्यसको वशमा पार्नुहुन्छ। \q1 जसले आफ्नो तरवारले तिनीहरूलाई माटोमा परिणत गरिदिनुहुन्छ, \q2 तथा आफ्नो धनुले बतासलाई उडाएको भुसमा परिणत गरिदिनुहुन्छ। \q1 \v 3 त्यसले तिनीहरूलाई खेद्छ र विनारोकटोक अगि बढ्छ; \q2 यस्तो बाटोबाट, जसमा त्यसका खुट्टाले पहिले हिँडेका थिएनन्। \q1 \v 4 पुस्ताहरूलाई सुरुदेखि बोलाएर, \q2 यो काम कसले गर्‍यो र पूरा गर्‍यो? \q1 म याहवेह नै हुँ, जो तिनीहरूका पहिलो \q2 र पछिल्‍लोसित रहन्छु।” \b \q1 \v 5 टापुहरूले त्यो देखे, र डराए; \q2 पृथ्वीको पल्‍लो छेउहरू काँप्छन्। \q1 तिनीहरू नजिक आएर अगाडि आउँछन्; \q2 \v 6 एक-अर्कालाई सघाउँछन्, \q2 र एउटाले अरू दाजुभाइलाई भन्छ, “बलियो होउ!” \q1 \v 7 कारिगरले सुनारलाई ढाडस दिन्छ, \q2 र धातु पिट्न घन प्रहार गर्नेले \q2 लिहिमा धातु पिटेर चिल्‍लो पार्नेलाई प्रोत्साहन दिन्छ। \q1 त्यसले लिहिको विषयमा यसो भन्छ, “यो असलै छ।” \q2 त्यसले मूर्तिलाई किला ठोकेर बलियो पार्छ। \b \q1 \v 8 “तर तँ, हे मेरो सेवक इस्राएल, \q2 याकोब, जसलाई मैले चुनेको छु। \q2 मेरा मित्र, अब्राहामका सन्तान, \q1 \v 9 मैले तँलाई पृथ्वीको पल्‍लो छेउबाट लिएँ, \q2 र त्यसका सुदूर कुनाबाट मैले तँलाई बोलाएँ। \q1 अनि मैले भनेँ, ‘तँ मेरो दास होस्’ \q2 मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैनँ। \q1 \v 10 यसकारण नडरा; किनकि म तँसित छु; \q2 निराश नहो, किनकि म तेरो परमेश्‍वर हुँ। \q1 म तँलाई सामर्थी बनाउनेछु, र सहायता दिनेछु; \q2 म तँलाई आफ्ना धार्मिकताको दाहिने हातले सम्हाल्नेछु। \b \q1 \v 11 “तेरो विरुद्ध रिस गर्ने \q2 सबै लाजमा पर्नेछन्, र अपमानित हुनेछन्; \q1 तेरो विरोध गर्नेहरू \q2 नाश भएर मेटिनेछन्। \q1 \v 12 तैँले तेरा शत्रुहरूलाई खोजे तापनि \q2 तिनीहरूलाई भेट्टाउनेछैनस्। \q1 तेरो विरुद्धमा लडाइँ गर्नेहरू \q2 नाश भएर मेटिनेछन्। \q1 \v 13 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ, \q2 जसले तेरो दाहिने हात समातेर \q1 तँलाई भन्दछु, नडरा; \q2 म तँलाई सहायता गर्नेछु। \q1 \v 14 हे किरासमान याकोब, \q2 हे सानो इस्राएल, नडरा; \q1 किनकि म आफैँ तँलाई सहायता गर्नेछु” \q2 तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्‍वर, याहवेह घोषणा गर्नुहुन्छ, \q1 \v 15 “हेर, म तँलाई दाँदेजस्तै हतियार बनाउनेछु; \q2 नयाँ र तीखा धेरै दाँतहरू भएको धारिलो दाँदेजस्तै बनाउनेछु। \q1 तैँले पर्वतहरूलाई दाइँ गर्नेछस् र तिनीहरूलाई पेल्नेछस्; \q2 अनि पर्वतहरूलाई घटाएर भुस बनाउनेछस्। \q1 \v 16 तैँले तिनीहरूलाई नाङ्लोले निफन्‍नेछस्, \q2 र हावाले तिनीहरूलाई उडाइलैजानेछ, र आँधीले तिनीहरूलाई \q2 छरपस्ट पारिदिनेछ। \q1 तर तँचाहिँ याहवेहमा आनन्दित हुनेछस्, \q2 र तैँले इस्राएलका पवित्र परमेश्‍वरलाई प्रशंसा गर्नेछस्। \b \q1 \v 17 “गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्, \q2 तर पानी कतै छैन; \q2 तिनीहरूका जिब्रा प्यासले सुकेका छन्। \q1 तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु; \q2 म इस्राएलका परमेश्‍वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ। \q1 \v 18 म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; \q2 अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। \q1 म मरुभूमिलाई पानीको पोखरीमा \q2 र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु। \q1 \v 19 म मरुभूमिमा देवदारु र बबुल, \q2 मेहदी र जैतुन लगाउनेछु। \q1 म बाँझो जमिनमा सल्‍ला, \q2 धूपी र सिसौ एकैसाथ उमार्नेछु, \q1 \v 20 ताकि मानिसहरूले देखून् र जानून्, \q2 विचार गरून् र बुभून्, \q1 कि यो याहवेहको हातको काम हो; \q2 इस्राएलका पवित्र परमेश्‍वरले यो सृजनुभएको हो।” \b \q1 \v 21 याहवेह भन्‍नुहुन्छ, \q2 “तिमीहरूका मुद्दा पेश गर।” \q1 याकोबका राजा भन्‍नुहुन्छ, \q2 “तिमीहरूका तर्क पेश गर। \q1 \v 22 तिमीहरूका मूर्तिहरूलाई लिएर आओ \q2 भविष्यका कुरा तिनीहरूले भनून्। \q1 अगिका कुराहरू के थिए, हामीलाई भन, \q2 र हामी तिनीहरूमाथि विचार गरौँ; \q2 अनि तिनीहरूका अन्तिम नतिजा जान्‍न सकौँ। \q1 अथवा भविष्यमा हुने कुराहरू घोषणा गर; \q2 \v 23 भविष्यमा के हुने हो, हामीलाई भन, \q2 र तिमीहरू देवताहरू हौ भनी हामी जान्‍न सकौँ। \q1 असल वा खराब केही गर \q2 ताकि हामी चकित भएर डराउनु परोस्। \q1 \v 24 तर तिमीहरू त केही होइनौ, \q2 र तिमीहरूका कामहरू पूर्ण व्यर्थ छन्; \q2 तिमीहरूलाई छान्‍नेहरू घृणित हुन्। \b \q1 \v 25 “मैले उत्तरबाट एक जनालाई सुर्‍याएको छु; अनि त्यो आउँछ, \q2 घाम उदाउने दिशाबाट, जसले मेरो नामको पुकार गर्छ। \q1 त्यसले शासकहरूलाई यसरी कुल्चनेछ, \q2 जसरी कुमालेले माटो कुल्चन्छ। \q1 \v 26 यस विषयमा सुरुदेखि कसले भन्यो र हामी जान्‍न सकौँ, \q2 अथवा पहिले नै बताएको छ र हामी ‘त्यो ठिक छ’ भन्‍न सकौँ? \q1 यसबारे कसैले भनेनन्, \q2 कसैले कहिल्यै भनेनन्; \q2 तिमीहरूबाट कसैले केही कुरा सुनेनन्। \q1 \v 27 सियोनलाई, ‘हेर, तिनीहरू यहाँ छन्!’ भन्‍ने म नै पहिलो हुँ। \q2 यरूशलेमलाई शुभ समाचार दिने दूत म नै हुँ। \q1 \v 28 म हेर्छु, तर कोही छैन; \q2 तिनीहरूमा सल्‍लाह दिने कोही पनि छैन; \q2 मैले तिनीहरूलाई प्रश्न गर्दा जवाफ दिने कोही पनि छैन। \q1 \v 29 हेर, तिनीहरू सबै झूटा हुन्! \q2 तिनीहरूका काम व्यर्थैका हुन्; \q2 तिनीहरूका मूर्तिहरू हावा र व्यर्थका मात्र हुन्। \c 42 \s1 याहवेहको सेवक \q1 \v 1 “हेर मेरो सेवक, जसलाई म सम्हाल्दछु, \q2 मैले चुनेको जन, जसमा म प्रसन्‍न छु; \q1 म तिनमा मेरो आत्मा हाल्नेछु, \q2 र तिनले जाति-जातिहरूबीच न्याय ल्याउनेछन्। \q1 \v 2 तिनी चिच्याउने वा जोरले कराउने छैनन्, \q2 न त आफ्नो सोर सडकतिर सुनाउनेछन्। \q1 \v 3 फुटेको निगालोलाई तिनले भाँच्नेछैनन्, \q2 र निभ्न लागेको सलेदोलाई तिनले फुकिदिनेछैनन्। \q1 तिनले विश्‍वासयोग्यतामा न्याय गर्नेछन्; \q2 \v 4 जबसम्म तिनले पृथ्वीमा न्याय स्थापित गर्नेछैनन्; \q1 तिनी कमजोर हुने निरुत्साहित हुनेछैनन्। \q2 तिनको व्यवस्थामा टापुहरूले समेत आफ्नो आशा राख्नेछन्।” \b \q1 \v 5 याहवेह परमेश्‍वर यसो भन्‍नुहुन्छ: \q1 जसले आकाशहरू सृष्‍टि गरेर तिनलाई फैलाउनुभयो, \q2 जसले पृथ्वी र त्यसबाट आउने सबैलाई फिँजाउनुभयो, \q2 जसले यसका मानिसहरूलाई सास \q2 र त्यसमा हिँड्नेहरूलाई जीवन दिनुहुन्छ: \q1 \v 6 “म याहवेहले नै तँलाई धार्मिकतामा बोलाएको छु, \q2 म तेरो हात पक्रनेछु। \q1 म तेरो रक्षा गर्नेछु; \q2 अनि तँलाई जाति-जातिहरूका निम्ति करार \q2 र गैरयहूदीहरूका निम्ति ज्योति बनाउनेछु; \q1 \v 7 तब तैँले अन्धाहरूका आँखा खोल्न, \q2 कैदीहरूलाई कैदबाट छुटकारा दिन \q2 र अन्धकारको खाडलमा बस्‍नेहरूलाई निकाल्न सक्नेछस्। \b \q1 \v 8 “म नै याहवेह हुँ; मेरो नाम त्यही हो! \q2 म मेरो महिमा अर्कोलाई दिनेछैनँ, \q2 न त मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछु। \q1 \v 9 हेर, पहिलेका कुराहरू बितिसके, \q2 अब नयाँ कुराहरू म घोषणा गर्छु; \q1 तिनीहरू आउनुभन्दा पहिल्यै \q2 म ती तिमीहरूलाई बताउँछु।” \s1 याहवेहलाई प्रशंसाको गीत \q1 \v 10 याहवेहको लागि एउटा नयाँ गीत गाओ, \q2 र पृथ्वीको छेउबाट उहाँको प्रशंसा गर; \q1 हे समुद्र यात्रा गर्नेहरू, र त्यसमा भएका सबै थोक, \q2 टापुहरू र तिनका सबै बासिन्दा हो। \q1 \v 11 मरुभूमि र त्यसका नगरहरूले आफ्ना सोर उचालून्; \q2 केदारमा बसेका बस्तीहरू आनन्दित होऊन्। \q1 सेलाका मानिसहरू आनन्दले गाऊन्; \q2 तिनीहरू पर्वतका टाकुराहरूबाट चिच्याऊन्। \q1 \v 12 तिनीहरूले याहवेहलाई महिमा देऊन्, \q2 र टापुहरूमा उहाँको प्रशंसा घोषणा गरून्। \q1 \v 13 याहवेह पराक्रमी मानिसझैँ अगि बढ्नुहुनेछ; \q2 योद्धाझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ; \q1 चर्को सोरले उहाँले युद्ध-ध्वनि निकाल्नुहुनेछ; \q2 अनि उहाँले आफ्ना शत्रुहरूमाथि विजय पाउनुहुनेछ। \b \q1 \v 14 “धेरै समयसम्म म चुप रहेँ, \q2 म शान्त भएर आफूलाई रोकिराखेँ। \q1 तर अब, प्रसव वेदना लागेकी स्त्रीझैँ म चिच्याउँछु; \q2 म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु। \q1 \v 15 म पर्वतहरू र डाँडाहरूलाई उजाड पारिदिनेछु, \q2 र तिनका सबै वनस्पतिहरूलाई सुकाइदिनेछु; \q1 म नदीहरूलाई टापुहरूमा परिणत गरिदिनेछु; \q2 अनि पोखरीहरू सुकाइदिनेछु। \q1 \v 16 म अन्धाहरूलाई तिनीहरूले नजानेका बाटोहरूमा डोर्‍याउनेछु; \q2 नचिनेका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु; \q1 म तिनीहरूको सामु अन्धकारलाई उज्यालोमा परिणत गरिदिनेछु; \q2 अनि खाल्टाखुल्टी ठाउँहरूलाई समतल बनाउनेछु। \q1 म यी कुराहरू गर्नेछु; \q2 म तिनीहरूलाई त्याग्नेछैनँ। \q1 \v 17 तर मूर्तिहरूमाथि भरोसा राख्नेहरू, \q2 जसले मूर्तिहरूलाई ‘तपाईंहरू हाम्रा ईश्‍वर हुनुहुन्छ’ भनेर भन्छन्, \q2 तिनीहरू अन्त्यमा शर्ममा पारिनेछन्। \s1 अन्धा र बहिरा इस्राएल \q1 \v 18 “हे बहिराहरू हो, सुन; \q2 हे अन्धाहरू हो, हेर र देख! \q1 \v 19 मेरो सेवकबाहेक अरू को अन्धो छ? \q2 मैले पठाएको दूतझैँ अरू को बहिरो छ? \q1 मसँग करारमा बाँधिएको व्यक्तिझैँ अन्धो को छ? \q2 याहवेहको सेवकझैँ अन्धो को छ? \q1 \v 20 तिमीहरूले धेरै कुरा देखेका छौ, तर त्यसमा ध्यान दिएका छैनौ; \q2 तिमीहरूका कान खुल्‍ला छन्, तर तिमीहरू केही सुन्दैनौ।” \q1 \v 21 आफ्ना धार्मिकताको खातिर \q2 उहाँको व्यवस्था महान् र महिमित बनाउन \q2 याहवेहलाई प्रसन्‍न लाग्यो। \q1 \v 22 तर यो जाति खोसिएको र लुटिएको छ; \q2 ती सबै खाडलमा परेका छन्, \q2 अथवा झ्यालखानामा लुकाइएका छन्। \q1 कसैले छुटाउन नसक्ने गरी \q2 तिनीहरू लुटिएका छन्; \q1 तिनीहरू लुट बनाइएका छन्, \q2 कसैले पनि ती फर्काओ भन्दैनन्। \b \q1 \v 23 तिमीहरूबीच कसले यो सुन्‍नेछौ, \q2 अथवा आउने समयमा ध्यान दिनेछौ? \q1 \v 24 कसले याकोबलाई लुटिन दियो, \q2 र इस्राएललाई कसले खोसिन दियो? \q1 के याहवेहले नै होइन? \q2 जसका विरुद्ध हामीले पाप गरेका छौँ? \q1 किनकि तिनीहरू उहाँका मार्गमा हिँडेनन्; \q2 तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्। \q1 \v 25 यसकारण उहाँले तिनीहरूमाथि आफ्नो बल्दो रिस खन्याइदिनुभयो, \q2 र युद्धको प्रचण्डता पोखाउनुभयो। \q1 त्यसले तिनीहरूलाई ज्वालामा लपेट्यो, \q2 तर पनि तिनीहरूले बुझेनन्; \q1 त्यसले तिनीहरूलाई भस्म पारिदियो, \q2 तर पनि तिनीहरूले त्यो कुरा मतलब राखेनन्। \c 43 \s1 इस्राएलका एक मात्र मुक्तिदाता \q1 \v 1 तर अब, हे याकोब, तँलाई रच्नुहुने, \q2 हे इस्राएल, तँलाई सृष्‍टि गर्नुहुने, \q2 याहवेह यसो भन्‍नुहुन्छः \q1 “नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु; \q2 मैले तँलाई नाम काढेर बोलाएको छु; तँ मेरै होस्। \q1 \v 2 तँ पानीबाट भएर जाँदा \q2 म तँसित हुनेछु; \q1 अनि तँ नदीहरूबाट भएर जाँदा \q2 तिनले तँलाई बगाउनेछैनन्। \q1 तँ आगोबाट हिँडेर जाँदा \q2 तँ जल्नेछैनस्; \q2 त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन। \q1 \v 3 किनकि म याहवेह नै तेरा परमेश्‍वर हुँ; \q2 इस्राएलका पवित्र परमेश्‍वर, तेरा उद्धारकर्ता हुनुहुन्छ। \q1 तेरो छुटकाराको मोलको निम्ति मैले इजिप्ट दिएको छु; \q2 तेरो सट्टामा कूश र सेबा दिएँ। \q1 \v 4 मेरो दृष्‍टिमा तँ बहुमूल्य र आदरणीय छस्; \q2 अनि मैले तँलाई प्रेम गरेको कारणले \q1 म मानिसहरूलाई तेरो सट्टामा र राष्ट्रहरूलाई \q2 तेरो जीवनको सट्टामा दिनेछु। \q1 \v 5 नडरा, किनकि म तँसित छु; \q2 म तेरा सन्तानहरूलाई पूर्वबाट ल्याउनेछु, \q2 र तँलाई पश्‍चिमबाट भेला गराउनेछु। \q1 \v 6 म उत्तरलाई भन्‍नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’ \q2 र दक्षिणलाई भन्‍नेछु, ‘तिनीहरूलाई नरोक्।’ \q1 मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ; \q2 अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ; \q1 \v 7 मेरो नामले बोलाइएको हरेकलाई, \q2 जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्‍टि गरेँ, \q2 जसलाई मैले नै रचेँ।” \b \q1 \v 8 आँखा भएर अन्धा र कान भएर पनि \q2 बहिरा हुनेहरूलाई डोर्‍याएर निकाल। \q1 \v 9 सबै जातिहरू एकसाथ जम्मा होऊन्; \q2 अनि मानिसहरू भेला होऊन्। \q1 तिनीहरूमध्ये कसले यो अगिबाटै बतायो; \q2 अनि अगिका कुराहरूको हामीलाई घोषणा गर्‍यो? \q1 तिनीहरू ठिक हुन् भनेर प्रमाणित गर्न तिनीहरूले साक्षीहरू ल्याऊन्, \q2 ताकि अरूले सुनून् र “यो साँचो हो” भनून्। \q1 \v 10 “तिमीहरू मेरा साक्षी हौ; याहवेह घोषणा गर्नुहुन्छ, \q2 मैले चुनेको मेरा सेवक, \q1 ताकि म उही हुँ भनी तिमीहरूले जान्‍न सक; \q2 अनि मलाई विश्‍वास गर्न र बुझ्न सक। \q1 मभन्दा पहिले कुनै ईश्‍वर रचिएको थिएन, \q2 न त मपछि कोही हुनेछ। \q1 \v 11 म हुँ, म नै याहवेह हुँ। \q2 मबाहेक अरू कुनै उद्धारकर्ता छैन। \q1 \v 12 मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— \q2 तिमीहरूबीच भएको कुनै परदेशी देवताले होइन। \q1 मेरा साक्षी तिमीहरू नै हौ,” भनी याहवेह घोषणा गर्नुहुन्छ, कि, “म नै परमेश्‍वर हुँ, \q2 \v 13 हो, प्राचीनकालदेखि म उही हुँ। \q1 मेरो हातबाट कसैले छुटाउन सक्दैन। \q2 जब म काम गर्छु, कसले त्यसलाई उल्टाउन सक्छ?” \s1 परमेश्‍वरको कृपा र इस्राएलको अविश्‍वास \q1 \v 14 याहवेह, तिमीहरूका उद्धारक, \q2 इस्राएलका पवित्र परमेश्‍वर भन्‍नुहुन्छ— \q1 “तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु; \q2 अनि सबै बेबिलोनीहरूलाई तिनीहरूले गर्व गरेका जहाजहरूमा \q2 शरणार्थीहरूलाई झैँ ल्याउनेछु। \q1 \v 15 म नै याहवेह, तिमीहरूका पवित्र परमेश्‍वर, \q2 इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।” \b \q1 \v 16 याहवेह यसो भन्‍नुहुन्छ, \q2 जो समुद्रबाट बाटो बनाउनुहुने, \q2 शक्तिशाली सागरमा मार्ग बनाउनुहुने, \q1 \v 17 रथ र घोडाहरू, \q2 सेना र थप सेनालाई एकैसाथ निकाल्नुहुने, \q1 तिनीहरू, जो फेरि उठ्न नसक्ने गरी लोटेका थिए; \q2 सलेदो निभाइएझैँ निभाइएका थिए: \q1 \v 18 “पहिलेका कुराहरू नसम्झ, \q2 बितेका कुराहरूमा नअल्झ। \q1 \v 19 हेर, म एउटा नयाँ काम गर्दैछु! \q2 अहिले नै यो प्रष्‍ट हुन्छ; के तिमीहरू यसलाई देख्दैनौ? \q1 म मरुभूमिमा एउटा बाटो \q2 र उजाडभूमिमा खोलाहरू बनाउँदैछु। \q1 \v 20 जङ्गली जनावरहरू, स्यालहरू \q2 र उल्‍लुहरूले मलाई आदर गर्छन्; \q1 किनकि म आफ्नो चुनिएको जातिलाई पिउनका निम्ति \q2 मरुभूमिमा पानी \q1 र उजाडस्थानमा खोलाहरू प्रबन्ध गर्छु। \q2 \v 21 मैले आफ्नै निम्ति रचेको जातिको निम्ति, \q2 ताकि तिनीहरूले मेरो प्रशंसा घोषणा गरून्। \b \q1 \v 22 “तापनि हे याकोब, तैँले मलाई पुकार गरेको छैनस्; \q2 हे इस्राएल, तैँले मेरो निम्ति आफैँलाई थकित पारेको छैनस्। \q1 \v 23 तैँले मेरो निम्ति होमबलिको भेडा ल्याएको छैनस्, \q2 न त आफ्ना बलिदानहरूद्वारा मेरो आदर नै गरेको छस्। \q1 मैले तँलाई अन्‍नबलिको बोझ बोकाएको छैनँ, \q2 न त धूपको माग गरेर तँलाई थकित पारेको छु। \q1 \v 24 तैँले मेरा निम्ति बास्‍ना आउने बोझो ल्याएको छैनस्, \q2 न त बलिदानका बोसोहरूमा धेरै खर्च गरेको छस्। \q1 तर तैँले मलाई आफ्ना पाप बोकाएको छस्; \q2 अनि तेरा अपराधहरूले मलाई थकित पारेको छस्। \b \q1 \v 25 “म उही हुँ, \q2 जसले आफ्नै खातिर तेरा अधर्महरू मेटिदिन्छु, \q2 र तेरा पापहरू कहिल्यै स्मरण गर्नेछैनँ। \q1 \v 26 मेरो निम्ति पहिलेका कुरा विचार गर्, \q2 हामी आपसमा यस विषयमा तर्क गरौँ; \q2 तेरो निर्दोषताको मुद्दा बता। \q1 \v 27 पहिलेका तेरो पुर्खाले पाप गरे; \q2 तेरा प्रवक्ताहरूले मेरो विद्रोह गरे। \q1 \v 28 यसकारण म तेरो मन्दिरका उच्‍च शासकहरूलाई अपमान गर्नेछु; \q2 अनि याकोबलाई नाशको निम्ति \q2 र इस्राएललाई गिल्‍लाहका निम्ति सुम्पिदिनेछु। \c 44 \s1 चुनिएको इस्राएल \q1 \v 1 “तर अब हे मेरो सेवक याकोब, \q2 मैले चुनेको इस्राएल, ध्यानसित सुन्। \q1 \v 2 तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, \q2 तँलाई सहायता गर्नुहुने \q2 याहवेह यसो भन्‍नुहुन्छ— \q1 हे याकोब, मेरो सेवक, \q2 मैले चुनेको यशूरून्,\f + \fr 44:2 \fr*\fq यशूरून् \fq*\ft इस्राएलको अर्को नाम हो, जसको अर्थ \ft*\fqa सोझो\fqa*\f* तँ नडरा! \q1 \v 3 किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, \q2 र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; \q1 म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; \q2 अनि मेरा आशिष्‌हरू तेरा वंशमाथि खन्याउनेछु। \q1 \v 4 तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, \q2 बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्। \q1 \v 5 कसैले भन्‍नेछ, ‘म याहवेहको हुँ।’ \q2 अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; \q1 अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, \q2 र आफ्नो नाम इस्राएल राख्नेछ। \s1 मूर्तिहरू होइनन्, तर याहवेह \q1 \v 6 “इस्राएलका महाराजा र उद्धारक, \q2 सेनाहरूका याहवेह भन्‍नुहुन्छ: \q1 पहिलो र पछिल्‍लो म नै हुँ; \q2 मबाहेक अरू कुनै परमेश्‍वर छैन। \q1 \v 7 मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। \q2 मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि \q1 के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; \q2 अनि अब के हुनेछ— \q2 हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्। \q1 \v 8 थरथर नकाँप र नडराओ। \q2 के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? \q1 तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्‍वर छ र? \q2 होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।” \b \q1 \v 9 मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, \q2 र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। \q1 तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; \q2 आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्। \q1 \v 10 आफूलाई केही फाइदा नहुने देवतालाई, \q2 कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ? \q1 \v 11 त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; \q2 यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। \q1 तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; \q2 तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्। \b \q1 \v 12 लोहारले एउटा हतियार लिन्छ, \q2 र त्यो लिएर उसले कोइलामा काम गर्छ; \q1 घनले मूर्तिको आकार निकाल्छ, \q2 र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। \q1 उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; \q2 पानी नपिएकोले ऊ कमजोर हुन्छ। \q1 \v 13 सिकर्मीले सूत तानेर \q2 सिसाकलमले चिन्ह लगाउँछ। \q1 उसले रामोले चिल्‍लो पारेर \q2 त्यसको आकार निकाल्छ, \q1 र परकालले त्यसमा चिन्ह लगाएर \q2 घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा \q2 त्यसको आकार निकाल्छ। \q1 \v 14 उसले देवदारुहरू काट्छ, \q2 अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; \q1 उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, \q2 अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ। \q1 \v 15 त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; \q2 त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; \q2 उसले आगो सल्काएर रोटी पकाउँछ। \q1 तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; \q2 उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ। \q1 \v 16 आधा काठ उसले आगोमा जलाउँछ; \q2 त्यसमा उसले आफ्नो भोजन पकाउँछ, \q2 त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। \q1 उसले आफूलाई न्यानो पारेर भन्छ, \q2 “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।” \q1 \v 17 बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; \q2 ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। \q1 उसले त्यसलाई प्रार्थनामा भन्छ, \q2 “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्‍वर हुनुहुन्छ।” \q1 \v 18 तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्; \q2 तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्; \q2 अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्। \q1 \v 19 कसैले पनि विचार गर्दैन, \q2 “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; \q1 यसको कोइलामा मैले रोटी पनि पोलेँ, \q2 र मैले मासु पोलेर खाएँ। \q2 त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? \q1 के म काठको टुक्राको सामु घोप्टो परूँ?” \q2 भन्‍ने ज्ञान र समझशक्ति कसैसित छैन। \q1 \v 20 उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्‍ट पार्छ; \q2 उसले आफूलाई बचाउन सक्दैन, अथवा \q2 “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्‍न सक्दैन। \b \q1 \v 21 “हे याकोब, यी कुराहरू सम्झना गर्; \q2 किनकि हे इस्राएल, तँ मेरो सेवक होस्। \q1 मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्; \q2 हे इस्राएल, म तँलाई बिर्सनेछैनँ। \q1 \v 22 मैले तेरा अपराधहरूलाई बादलझैँ, \q2 र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। \q1 मकहाँ फर्की; \q2 किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।” \b \q1 \v 23 हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; \q2 हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। \q1 हे पर्वतहरू हो, उच्‍च सोरले गा! \q2 हे जङ्गल र रूखहरू हो, आनन्दले गा; \q1 किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, \q2 र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ। \s1 यरूशलेम पुनर्स्थापित गरिएको \q1 \v 24 “तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने \q2 याहवेह यसो भन्‍नुहुन्छ: \b \q1 म नै तेरा याहवेह हुँ, \q2 जसले सबै कुराहरू बनाउनुभएको छ; \q2 जसले आकाशलाई फैलाउनुभयो, \q2 र पृथ्वीलाई फिँजाउनुभयो; \q1 \v 25 जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ \q2 र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; \q1 जसले बुद्धिमान्‌हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ \q2 र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ; \q1 \v 26 “जसले उहाँका सेवकहरूका वचनहरू पक्‍का गर्नुहुन्छ, \q2 र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। \b \q1 जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ \q2 र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ \q2 र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्‍नुहुन्छ। \q1 \v 27 जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा! \q2 म तेरा खोलाहरूलाई सुकाउनेछु’, \q1 \v 28 जसले कोरेसलाई भन्‍नुहुन्छ, ‘त्यो मेरो गोठालो हो \q2 र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। \q1 उहाँले यरूशलेमलाई भन्‍नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” \q2 र मन्दिरलाई “यसको जग बसालिओस्।” ’ \b \b \c 45 \q1 \v 1 “याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्‍नुहुन्छ, \q2 मैले त्यसको दाहिने हात थामेको छु, \q1 त्यसको सामु जातिहरूलाई पराजित गर्न; \q2 अनि राजाहरूको हतियार खोस्‍न, \q1 मूलढोकाहरू बन्द नहोस् भनेर \q2 त्यसको सामु ढोकाहरू खोलिदिन: \q1 \v 2 म तेरो अगि-अगि जानेछु, \q2 र पर्वतहरूलाई समतल पारिदिनेछु; \q1 म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; \q2 अनि फलामका बारहरू म काटिदिनेछु। \q1 \v 3 म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ; \q2 मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई \q1 म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार \q2 र गुप्‍त स्थानमा जम्मा गरेका धन दिनेछु। \q1 \v 4 मेरो सेवक याकोब, \q2 र मैले चुनेको इस्राएलको खातिर \q1 तैँले मलाई स्वीकार नगरे तापनि \q2 मैले तँलाई नाम काढेर बोलाएको छु; \q2 र तँलाई सम्मानको उपाधी प्रदान गरेको छु। \q1 \v 5 म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्‍वर छैन; \q2 मबाहेक अरू कोही परमेश्‍वर छैन। \q1 तैँले मलाई स्वीकार नगरेको भए तापनि \q2 म तँलाई बलियो पार्नेछु, \q1 \v 6 ताकि सूर्योदयदेखि सूर्यास्तसम्म \q2 मानिसहरूले जानून् कि \q1 मबाहेक अरू कोही छैन। \q2 म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन। \q1 \v 7 म ज्योति र अन्धकार सृष्‍टि गर्दछु; \q2 म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्‍टि गर्छु; \q2 यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ। \b \q1 \v 8 “हे आकाश हो, माथिबाट धार्मिकताको वृष्‍टि खन्या; \q2 बादलहरूले त्यो बर्साओस्; \q1 पृथ्वी चौडा गरी उघारिओस्, \q2 र उद्धार उम्रेर आओस्; \q1 त्यससित धार्मिकता बढोस्; \q2 म याहवेहले नै यसलाई सृष्‍टि गरेको हुँ। \b \q1 \v 9 “धिक्‍कार त्यसलाई, जसले आफ्नो सृष्‍टिकर्तासित झगडा गर्छ! \q2 त्यो पनि भुइँमा भएका \q2 माटोका खपटाहरूमध्ये एउटा खपटा मात्र हो। \q1 के माटोले कुमालेलाई \q2 ‘तैँले के बनाउँदैछस्’ भनी सोध्छ? \q1 के तेरो कामले \q2 ‘त्यसको हातै छैन’ भनी भन्छ? \q1 \v 10 धिक्‍कार त्यसलाई, जसले आफ्नो बुबालाई \q2 ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, \q1 अथवा आमालाई, \q2 ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ। \b \q1 \v 11 “आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्‍वर, \q2 त्यसलाई बनाउनुहुने याहवेह भन्‍नुहुन्छ— \q1 के मेरो सन्तानको विषयमा \q2 तँ मलाई प्रश्न गर्छस्, \q2 अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्? \q1 \v 12 पृथ्वी बनाउने र \q2 त्यसमा मानिसहरूलाई सृष्‍टि गर्ने म नै हुँ। \q1 मेरा आफ्नै हातहरूले आकाश फिँजाएँ; \q2 त्यसमा भएका तारामण्डललाई मैले ठिकसँग मिलाएर राखेको हुँ। \q1 \v 13 म कोरेसलाई मेरो धार्मिकतामा उचाल्नेछु; \q2 म त्यसका मार्गहरू सोझा बनाइदिनेछु; \q1 त्यसले मेरो सहर पुनर्निर्माण गर्नेछ; \q2 अनि देश निकाला भएका मेरा मानिसहरूलाई मुक्त गर्नेछ, \q1 तर कुनै मूल्य र पुरस्कारको लागि होइन, \q2 सेनाहरूका याहवेह भन्‍नुहुन्छ।” \p \v 14 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “इजिप्टको उब्जनी र कूशको व्यापारको धन \q2 र ठूला कद भएका \q1 सेबाका मानिसहरू तँकहाँ आउनेछन्, \q2 र ती तेरा हुनेछन्; \q1 तिनीहरू साङ्लाले बाँधिएर कष्‍टसाथ तेरो पछि-पछि आउनेछन्। \q2 तिनीहरू तेरो सामु झुक्नेछन् र बिन्ती गर्दै यसो भन्‍नेछन्ः \q1 ‘निश्‍चय परमेश्‍वर तपाईंसित हुनुहुन्छ, र अरू कोही पनि छैन; \q2 अर्को ईश्‍वर छँदैछैन।’ ” \b \q1 \v 15 हे इस्राएलका परमेश्‍वर र उद्धारकर्ता, \q2 साँच्‍चै तपाईं आफूलाई अदृश्य पार्नुहुने परमेश्‍वर हुनुहुन्छ। \q1 \v 16 मूर्ति बनाउने सबै जना शर्ममा पर्नेछन् र अपमानित हुनेछन्; \q2 तिनीहरू एकसाथ अपमानित भएर जानेछन्। \q1 \v 17 तर इस्राएल अनन्तको उद्धारसित \q2 याहवेहद्वारा बचाइनेछ; \q1 तँ कहिल्यै शर्ममा पर्नेछैनस्, \q2 अथवा युग-युगसम्म अपमानित हुनेछैनस्। \b \q1 \v 18 किनकि याहवेह भन्‍नुहुन्छ— \q1 जसले स्वर्ग सृजनुभयो, \q2 उहाँ परमेश्‍वर हुनुहुन्छ; \q1 उहाँ, जसले पृथ्वीलाई आकार दिएर बनाउनुभयो; \q2 उहाँले त्यसलाई स्थापित गर्नुभयो; \q1 त्यसलाई रित्तो हुनलाई सृष्‍टि गर्नुभएको होइन, \q2 तर त्यसलाई बसोबास गराउनको लागि बनाउनुभयो— \q1 उहाँ भन्‍नुहुन्छ: “म नै याहवेह हुँ, \q2 मबाहेक अर्को कोही परमेश्‍वर छैन। \q1 \v 19 मैले गुप्‍तमा वा कुनै अन्धकारको \q2 ठाउँबाट बोलेको छैनँ; \q1 मैले याकोबका सन्तानलाई \q2 ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। \q1 म याहवेह सत्य बोल्छु; \q2 जे ठिक छ, त्यही घोषणा गर्छु। \b \q1 \v 20 “एकसाथ भेला भएर आओ; \q2 हे जाति-जातिका शरणार्थीहरू हो, भेला होओ। \q1 काठका मूर्तिहरू बोकिहिँड्नेहरू सबै अज्ञानी हुन्, \q2 जसले बचाउन नसक्ने देवताहरूसित प्रार्थना गर्दछन्। \q1 \v 21 अब के हुनेछ, घोषणा गर्, त्यसलाई प्रस्तुत गर्— \q2 तिनीहरूले एकसाथ सल्‍लाह लिऊन्। \q1 कसले यो धेरै पहिले बतायो, \q2 कसले यो धेरै पहिले नै घोषणा गर्‍यो? \q1 के म याहवेहले नै होइन? \q2 मबाहेक अरू कोही परमेश्‍वर छैन; \q1 धर्मी र उद्धारकर्ता \q2 परमेश्‍वर म नै हुँ; मबाहेक अरू परमेश्‍वर कोही छैन। \b \q1 \v 22 “मकहाँ फर्क र बाँच, \q2 हे पृथ्वीका पल्‍लो छेउका मानिसहरू हो; \q2 किनकि परमेश्‍वर म नै हुँ, र अरू कोही पनि छैन। \q1 \v 23 मैले आफ्नै शपथ खाएको छु; \q2 मेरो मुखले सम्पूर्ण इमानदारीमा रद्द नहुने \q2 हरेक कुरा उच्‍चारण गरेको छु; \q1 मेरो सामु हरेक घुँडा टेकिनेछ, \q2 र हरेक जिब्रोले शपथ खानेछ। \q1 \v 24 तिनीहरूले मेरो विषयमा यसो भन्‍नेछन्, \q2 ‘याहवेहमा मात्र धार्मिकता र शक्ति छ।’ ” \q1 उहाँको विरुद्धमा रिस गर्नेहरू सबै उहाँकहाँ नै आउनेछन्, \q2 र शर्ममा पर्नेछन्। \q1 \v 25 तर याहवेहमा इस्राएलका \q2 सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, \q2 र उहाँमा गर्व गर्नेछन्। \c 46 \s1 बेबिलोनका देवताहरू \q1 \v 1 बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ; \q2 तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्। \q1 तिनीहरूले लिएर हिँडेका मूर्तिहरू \q2 थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्। \q1 \v 2 त्यस भारबाट मुक्त हुन नसकेर \q2 तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; \q2 तिनीहरू आफैँ कैदमा गइहाल्छन्। \b \q1 \v 3 “हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्, \q2 इस्राएलका घरानाका बाँचेकाहरू सबै, \q1 जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु, \q2 र जन्मेको घडीदेखि नै मैले बोकेको छु। \q1 \v 4 तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ; \q2 म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ। \q1 मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु; \q2 म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु। \b \q1 \v 5 “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? \q2 मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ? \q1 \v 6 कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन् \q2 र तराजुमा चाँदी जोख्छन्; \q1 तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्, \q2 र घोप्टेर त्यसलाई पुज्छन्। \q1 \v 7 त्यसलाई काँधमा उठाएर बोक्छन्; \q2 अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ। \q2 त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन। \q1 कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन; \q2 त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन। \b \q1 \v 8 “हे बागीहरू हो, यो याद राख, \q2 मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख। \q1 \v 9 ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ; \q2 किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन; \q2 म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन। \q1 \v 10 म अन्तिमका कुराहरू पहिल्यैदेखि नै; \q2 र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु। \q1 म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ, \q2 र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’ \q1 \v 11 पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु; \q2 मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु। \q1 मैले जे भनेको छु, त्यो म गर्नेछु; \q2 मैले जे योजना गरेको छु, त्यो म गर्नेछु। \q1 \v 12 हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन; \q2 तिमीहरू, जो धार्मिकताबाट टाढा छौ। \q1 \v 13 म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु; \q2 यो टाढा छैन, \q2 र मेरो उद्धार ढिलो हुनेछैन। \q1 मेरो उद्धार सियोनलाई दिनेछु, \q2 मेरो गौरव इस्राएललाई दिनेछु। \c 47 \s1 बेबिलोनको पतन \q1 \v 1 “हे बेबिलोनकी कन्ये छोरी, \q2 तल गएर धुलोमा बस्; \q1 बेबिलोनीहरूकी छोरी, \q2 सिंहासनविना नै भुइँमा बस्। \q1 अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्। \q1 \v 2 जाँतो लिएर पिठो पिँध्; \q2 आफ्नो घुम्टो निकाल्। \q1 तेरो फरिया माथि सार्, \q2 नाङ्गो जाँघ नछोपी खोलाहरू तर्। \q1 \v 3 तेरो नग्नता उघारिनेछ, \q2 र तेरो लाज प्रकट हुनेछ। \q1 म बदला लिनेछु; \q2 एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।” \b \q1 \v 4 हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो। \q2 उहाँ इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ। \b \q1 \v 5 “बेबिलोनीहरूकी छोरी, \q2 चुपचाप बस्, अन्धकारभित्र जा; \q1 अब उसो तँलाई \q2 राज्यहरूकी रानी भनिनेछैन। \q1 \v 6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ, \q2 र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ; \q1 मैले तिनीहरूलाई तेरो हातमा दिएँ, \q2 तर तैँले तिनीहरूलाई दया देखाइनस्; \q1 वृद्धहरूमाथि पनि तैँले \q2 गह्रौँ जुवा लादिदिइस्। \q1 \v 7 तैँले, ‘म सदाको निम्ति \q2 अनन्तकी रानी भइरहनेछु’ भनिस्; \q1 तर तैँले यी कुराहरू विचार गरिनस्, \q2 अथवा के होला भनी ध्यान दिइनस्। \b \q1 \v 8 “आफ्नो सुरक्षामा आराम गरिरहने \q2 र आफूलाई, ‘म नै हुँ, \q1 मबाहेक अरू कोही पनि छैन। \q2 म कहिल्यै विधवा हुनेछैनँ, \q1 न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍ने \q2 हे विलासी, अब सुन्। \q1 \v 9 यी दुवै कुराहरू, छोराछोरीको वियोग \q2 र विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ। \q2 तेरा धेरै तन्त्रमन्त्रहरू \q1 र सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनि \q2 ती तँमाथि पूर्ण रूपले आइपर्नेछन्। \q1 \v 10 तैँले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छेस्, \q2 र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्। \q1 तैँले आफूलाई, ‘म नै हुँ, \q2 र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्; \q2 तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ। \q1 \v 11 विपत्ति तँमाथि आइपर्नेछ; \q2 त्यसलाई तैँले हटाउन जान्‍नेछैनस्। \q1 प्रकोप तँमाथि आउनेछ, \q2 जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्; \q1 तैँले पहिलेबाटै देख्न नसकेको प्रलय \q2 तँमाथि अचानक आइपर्नेछ। \b \q1 \v 12 “तैँले बाल्यकालदेखि \q2 परिश्रम गर्दैआएको टुनामुना \q2 र तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्। \q1 सायद तँ सफल हुनेछेस्, \q2 सायद तैँले आतङ्कित पार्न सक्छेस् कि! \q1 \v 13 तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ! \q2 तेरा ज्योतिषीहरू अगि आऊन्; \q1 ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्, \q2 तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्। \q1 \v 14 तिनीहरू निश्‍चय नै ठुटाझैँ हुन्; \q2 आगोले तिनीहरूलाई जलाइदिनेछ। \q1 तिनीहरूले आफूलाई \q2 ज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्। \q1 यो कसैलाई न्यानो पार्ने कोइला होइन; \q2 न त नजिक बस्‍ने आगो नै हो। \q1 \v 15 तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो— \q2 तिनीहरू जोसित तैँले परिश्रम गरिस् \q2 र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्। \q1 तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्; \q2 तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन। \c 48 \s1 हठी इस्राएल \q1 \v 1 “हे याकोबको घराना, यो कुरा सुन, \q2 तिमीहरू, जो इस्राएलको नामले बोलाइएका छौ, \q2 र यहूदाको वंशबाट आएका छौ, \q1 तिमीहरू, जसले याहवेहको नाममा शपथ खान्छौ \q2 र इस्राएलका परमेश्‍वरलाई पुकार्छौ; \q2 तर सत्यता र धार्मिकतामा होइन; \q1 \v 2 तिमीहरू, जो आफूलाई पवित्र सहरका नागरिक भन्छौ; \q2 अनि इस्राएलका परमेश्‍वरमा भरोसा राख्छौ; \q2 उहाँको नाम सेनाहरूका याहवेह हो। \q1 \v 3 मैले पहिलेका कुराहरू धेरै अगि नै भनिसकेको छु, \q2 मेरो मुखबाट ती निस्के, र मैले ती भनिदिएँ; \q2 तब झट्टै मैले काम गरेँ, र ती हुन आए। \q1 \v 4 किनकि तँ कति हठी छस् भन्‍ने मलाई थाहा थियो; \q2 तेरो गर्दन फलामको जस्तो, \q2 र तेरो निधार काँसाको जस्तो थियो। \q1 \v 5 यसकारण मैले यी कुराहरू तँलाई धेरै अगि नै भनिदिएँ; \q2 ती हुनुभन्दा पहिले नै मैले तँलाई सूचित गरेँ, \q1 ताकि तैँले ‘मेरा मूर्तिहरूले यी गरेका हुन्, \q2 र मेरा काठका मूर्तिहरूले यी गरेका हुन्’ \q2 भनी भन्‍न नपाओस्। \q1 \v 6 तैँले यी कुराहरू सुनेको छस्; ती सबैलाई हेर्। \q2 के तँ ती कुराहरू स्वीकार गर्दैनस्? \b \q1 “अब उसो म तँलाई नयाँ कुराहरूको विषयमा भन्‍नेछु, \q2 तैँले नजानेका गुप्‍त कुराहरू भन्‍नेछु। \q1 \v 7 ती धेरै अगि होइन, अहिले सृजिएका हुन्; \q2 तैँले यी विषयमा आजभन्दा पहिले सुनेको छैनस्। \q1 यसकारण तैँले, \q2 ‘हो, मैले तिनीहरूको विषयमा जानेको थिएँ’ भन्‍न सक्दैनस्। \q1 \v 8 तैँले न त सुनेको छस्, न त बुझेको छस्; \q2 प्राचीन समयदेखि नै तेरो कान खोलिएको छैन। \q1 तँ कति विश्‍वासघाती छस् भनी म राम्ररी जान्दछु; \q2 तँलाई त जन्मैदेखि विद्रोही भनिन्थ्यो। \q1 \v 9 म आफ्नै नामको खातिर आफ्नो क्रोधलाई ढिलो गराउँछु; \q2 मेरो प्रशंसाको निम्ति मेरो क्रोध तँबाट रोकी राखेको छु, \q2 यसैले कि तँ पूर्ण रूपमा नाश हुन नपरोस्। \q1 \v 10 हेर्, मैले तँलाई खारेको छु, तर चाँदीलाई जस्तै होइन; \q2 मैले तँलाई कष्‍टको भट्टीमा जाँचेको छु। \q1 \v 11 मेरो खातिर, मेरो आफ्नै खातिर म यसो गर्नेछु। \q2 म कसरी आफ्नै बदनामी हुन दिन सक्छु? \q2 म आफ्नो महिमा अरू कसैलाई दिनेछैनँ। \s1 इस्राएलको छुटकारा \q1 \v 12 “हे याकोब सुन्, \q2 इस्राएल, जसलाई मैले बोलाएको छु: \q1 म उही हुँ, \q2 प्रथम र अन्तिम म नै हुँ। \q1 \v 13 मेरो आफ्नै हातले पृथ्वीको जग बसालेको हो, \q2 र मेरो दाहिने हातले आकाशहरू फैलाएको हो; \q1 मैले तिनीहरूलाई बोलाउँदा \q2 तिनीहरू सबै एकसाथ खडा हुन्छन्। \b \q1 \v 14 “तिमीहरू सबै एकसाथ आएर सुन: \q2 कुन मूर्तिले यी कुराहरू पहिलेबाटै भनिदिएको छ? \q1 याहवेहको चुनिएको सहयोगीले \q2 बेबिलोनको विरुद्ध उहाँको उद्देश्य पूरा गर्नेछ; \q2 त्यसको बाहुली बेबिलोनीहरूको विरुद्ध हुनेछ। \q1 \v 15 म आफैँले बोलेको छु; \q2 हो, मैले त्यसलाई बोलाएको छु। \q1 म त्यसलाई ल्याउनेछु, \q2 र त्यो आफ्नो काममा सफल हुनेछ। \p \v 16 “मेरो नजिक आएर यो सुन: \q1 “मेरो पहिलो घोषणादेखि नै म गुप्‍तमा बोलेको छैनँ; \q2 यो हुन आएको समयदेखि नै, म छँदैछु।” \b \q1 अब प्रभु याहवेहले मलाई \q2 उहाँको आत्मासित पठाउनुभएको छ। \b \q1 \v 17 तिमीहरूका उद्धारक, \q2 इस्राएलका पवित्र परमेश्‍वर याहवेह यसो भन्‍नुहुन्छ— \q1 “म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, \q2 जसले तिमीहरूलाई सबैभन्दा असल के हुन्छ, सो सिकाउनुहुन्छ, \q2 जसले तिमीहरूले हिँड्नुपर्ने बाटो बताउनुहुन्छ। \q1 \v 18 यदि तिमीहरूले मेरा आज्ञाहरूमा ध्यान दिएका मात्र भए, \q2 तिमीहरूका शान्ति नदीझैँ हुनेथियो; \q2 तिमीहरूका धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो। \q1 \v 19 तिमीहरूका सन्तान बालुवाझैँ हुनेथिए, \q2 र तिमीहरूका बालबच्‍चाहरू त्यसका असंख्य कणहरूझैँ हुनेथिए; \q1 तिनीहरूका नाम मेरो सामुबाट कहिल्यै हटाइनेथिएन, \q2 न त नाश गरिनेथियो।” \b \q1 \v 20 बेबिलोनलाई छोडिदेओ, \q2 बेबिलोनीहरूबाट भाग! \q1 यसलाई हर्षको चीत्कारले सूचित गर \q2 र यसलाई घोषणा गर। \q1 यसलाई पृथ्वीको छेउसम्म पठाओ; \q2 “याहवेहले आफ्नो सेवक याकोबलाई मोल तिरेर छुटाउनुभएको छ” भनी भन। \q1 \v 21 तिनीहरूलाई उहाँले उजाडस्थान भएर लैजानुहुँदा तिनीहरू तिर्खाएनन्; \q2 तिनीहरूको निम्ति उहाँले चट्टानबाट पानी निकाल्नुभयो; \q1 उहाँले चट्टानलाई फोर्नुभयो \q2 र पानी जोडसित फुटेर निस्क्यो। \b \q1 \v 22 याहवेह भन्‍नुहुन्छ, “दुष्‍टहरूका निम्ति शान्ति छैन।” \c 49 \s1 याहवेहको सेवक \q1 \v 1 हे टापुहरू हो, मेरो कुरा सुन; \q2 हे टाढाका जातिहरू हो, यो सुन; \q1 म जन्मनुभन्दा अगि याहवेहले मलाई बोलाउनुभयो; \q2 म आमाको गर्भमा हुँदादेखि नै \q2 उहाँले मलाई नाम दिनुभयो। \q1 \v 2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो; \q2 उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो; \q1 उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो, \q2 र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो। \q1 \v 3 उहाँले मलाई भन्‍नुभयो, “तँ मेरो सेवक इस्राएल होस्, \q2 जसमा म आफ्नो महिमा प्रकट गर्छु।” \q1 \v 4 तर मैले भनेँ, “मैले व्यर्थैमा परिश्रम गरेछु; \q2 मैले आफ्नो बल सबै व्यर्थमा खर्च गरेछु। \q1 तर पनि मैले पाउनुपर्ने जे छ, त्यो याहवेहकै हातमा छ; \q2 अनि मेरो पुरस्कार मेरा परमेश्‍वरसित छ।” \b \q1 \v 5 यसैले अब याहवेह भन्‍नुहुन्छ— \q2 उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, \q1 र इस्राएललाई आफूकहाँ भेला गराउन, \q2 मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; \q1 किनकि म याहवेहको दृष्‍टिमा सम्मानित भएको छु, \q2 र मेरा परमेश्‍वर नै मेरो बल हुनुभएको छ। \q1 \v 6 उहाँ भन्‍नुहुन्छ: \q1 “याकोबका कुलहरूलाई पुनर्स्थापित गर्न \q2 र मैले जोगाइराखेको इस्राएललाई फर्काएर ल्याउनको निम्ति \q2 तँ मेरो सेवक हुने कुरा तेरो निम्ति अति सानो कुरा हो। \q1 मेरो उद्धार पृथ्वीको छेउसम्म फैलियोस् भनेर \q2 म तँलाई गैरयहूदीहरूका निम्ति एउटा ज्योति पनि बनाउनेछु।” \b \q1 \v 7 जसलाई जाति-जातिहरूले तुच्छ ठाने र घृणा गरे— \q2 उद्धारकर्ता र इस्राएलका पवित्र परमेश्‍वर— \q1 त्यो शासकहरूका सेवकलाई, \q2 याहवेह पवित्र परमेश्‍वर भन्‍नुहुन्छ: \q1 “राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्; \q2 अनि राजकुमारहरूले देख्नेछन् र तेरो अगि घोप्टो पर्नेछन्; \q1 किनभने विश्‍वासयोग्य याहवेह, \q2 इस्राएलका पवित्र परमेश्‍वरले तँलाई चुन्‍नुभएको छ।” \s1 इस्राएलको पुनर्स्थापन \p \v 8 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “मेरो निगाहको समयमा म तँलाई जवाफ दिनेछु, \q2 र उद्धारको दिन म तँलाई सहायता गर्नेछु; \q1 म तँलाई सम्हाल्नेछु र तँलाई बनाउनेछु; \q2 मानिसहरूका निम्ति एउटा करार बनाउन, \q1 देशलाई पुनर्स्थापन गर्न, \q2 र त्यसका उजाड उत्तराधिकारहरू फेरि दिलाउन, \q1 \v 9 कैदीहरूलाई ‘बाहिर आओ’ \q2 र अन्धकारमा भएकाहरूलाई ‘स्वतन्त्र होओ’ भन्‍न। \b \q1 “तिनीहरू बाटोका किनारमा खानेछन् \q2 र प्रत्येक बाँझो डाँडामा खर्क भेट्टाउनेछन्। \q1 \v 10 तिनीहरू न त भोकाउनेछन्, न त तिर्खाउनेछन्, \q2 न त मरुभूमिको गर्मी र घामले तिनीहरूलाई पोल्नेछ। \q1 तिनीहरूमाथि दया गर्नुहुनेले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ, \q2 र तिनीहरूलाई पानीका खोलाहरूका छेउमा डोर्‍याउनुहुनेछ। \q1 \v 11 म आफ्ना पर्वतहरूलाई बाटोमा परिणत गर्नेछु, \q2 र मेरा राजमार्गहरू उच्‍च पारिनेछन्। \q1 \v 12 हेर, तिनीहरू धेरै टाढाबाट आउनेछन्— \q2 कोही उत्तरबाट, कोही पश्‍चिमबाट, \q2 र कोही सीनीम देशबाट आउनेछन्।” \b \q1 \v 13 हे आकाश, आनन्दले करा; \q2 हे पृथ्वी, हर्ष मना; \q2 हे पर्वतहरू हो, चर्को सोरले गा! \q1 किनकि याहवेहले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ; \q2 अनि कष्‍ट पाएका आफ्नाहरूलाई दया देखाउनुहुन्छ। \b \q1 \v 14 तर सियोनले भन्यो, “याहवेहले मलाई त्याग्नुभएको छ, \q2 प्रभुले मलाई भुल्नुभएको छ।” \b \q1 \v 15 “के कुनै आमाले आफ्नो दुधे-बालकलाई बिर्सन सक्छे, \q2 र आफूले जन्माएको बालकमाथि दया नदेखाउली र? \q1 त्यसले भुल्न पनि सक्छे, \q2 तर म तँलाई कहिल्यै पनि भुल्नेछैनँ! \q1 \v 16 हेर्, मैले तँलाई आफ्नो हत्केलामा खोपेको छु; \q2 तेरा पर्खालहरू सधैँ मेरो सामु छन्। \q1 \v 17 तेरा छोराहरू चाँडो गरी फर्कँदैछन्, \q2 र तँलाई उजाड पार्नेहरू तँबाट गइहाल्छन्। \q1 \v 18 तेरा आँखाहरू उचालेर चारैतिर हेर्; \q2 तेरा सबै छोराहरू भेला भएर तँकहाँ आउँछन्। \q1 म जीवित भएझैँ,” याहवेह घोषणा गर्नुहुन्छ, \q2 “तँ गहनाले सिङ्गारिएझैँ यी सबैले सिङ्गारिनेछस्; \q2 अनि दुलहीले झैँ तैँले यी सबै लगाउनेछस्। \b \b \q1 \v 19 “यद्यपि तँ नष्‍ट र उजाड पारिएको थिइस् \q2 र तेरो देश रुखो पारिएको थियो; \q1 अब तँ आफ्ना मानिसहरूका निम्ति अति सानो हुनेछस्, \q2 र तँलाई निलिहाल्नेहरू टाढै हुनेछन्। \q1 \v 20 तेरो शोकको समयमा जन्मेका बालबच्‍चाहरूले \q2 तैँले सुन्‍ने गरी \q1 ‘यो ठाउँ हामीलाई साह्रै सानो भयो; \q2 हामीलाई अझ धेरै बस्‍ने ठाउँ देओ’ भन्‍नेछन्। \q1 \v 21 तब तैँले आफ्ना हृदयमा भन्‍नेछस्, \q2 ‘कसले मेरा निम्ति यिनीहरूलाई जन्माए? \q1 म त शोकित र बाँझी थिएँ; \q2 म देशबाट निकालिएकी र त्यागिएकी थिएँ। \q2 यिनीहरूलाई कसले हुर्काए? \q1 म एकलै छोडिएकी थिएँ, \q2 तर यिनीहरू कहाँबाट आए?’ ” \p \v 22 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “हेर, म गैरयहूदीहरूतिर इशारा गर्छु; \q2 म जातिहरूतिर आफ्नो झण्डा उचाल्नेछु; \q1 तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा ल्याउनेछन्, \q2 र तेरा छोरीहरूलाई आफ्ना काँधमा बोक्नेछन्। \q1 \v 23 राजाहरू तेरा स्याहार गर्ने बुबा \q2 र रानीहरू तेरा स्याहार गर्ने आमा हुनेछन्। \q1 तिनीहरू तेरा सामु आफ्ना अनुहार भुइँतिर निहुर्‍याएर दण्डवत् गर्नेछन्; \q2 तिनीहरूले तेरा खुट्टाको धुलो चाट्नेछन्। \q1 तब तैँले म नै याहवेह हुँ, भनी जान्‍नेछस्; \q2 ममाथि आशा राख्नेहरू निराश हुनेछैनन्।” \b \q1 \v 24 के योद्धाहरूबाट लुटको माल खोसिन सकिन्छ, \q2 अथवा निर्दयीको हातबाट कैदीहरू खोसिन सकिन्छ? \p \v 25 तर याहवेह यसो भन्‍नुहुन्छ: \q1 “हो, योद्धाहरूबाट कैदीहरू खोसिनेछन्, \q2 र लुटको माल निर्दयीहरूबाट फिर्ता लिइनेछ; \q1 तँसित झगडा गर्नेहरूसित म झगडा गर्नेछु; \q2 अनि तेरा बालबच्‍चाहरूलाई म बचाउनेछु। \q1 \v 26 तेरा अत्याचारीहरूलाई म तिनीहरूका आफ्नै मासु खान लाउनेछु; \q2 मद्यले मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्नेछन्। \q1 तब सबै मानव जातिले जान्‍नेछन्, कि \q2 म याहवेह नै तेरा उद्धारकर्ता तँलाई मोल तिरेर छुटाउने, \q2 याकोबको सर्वशक्तिमान् परमेश्‍वर हुँ।” \c 50 \s1 इस्राएलको पाप र सेवकको आज्ञाकारिता \p \v 1 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “मैले तेरी आमासितै पठाइदिएको \q2 त्यसको त्यागपत्र कहाँ छ? \q1 अथवा तँलाई मैले \q2 कुन ऋणदाताकहाँ बेचेँ? \q1 तेरा पापहरूको कारण तँ बेचिएको थिइस्; \q2 तेरा अर्धमहरूको कारण तेरी आमा पठाइएकी थिइन्। \q1 \v 2 म आउँदा किन कोही थिएन? \q2 मैले बोलाउँदा किन जवाफ दिने कोही मानिस थिएन? \q1 के मेरो हात तँलाई छुटाउन नसक्ने गरी साह्रै छोटो थियो? \q2 के तँलाई बचाउने शक्ति मसित छैन र? \q1 मेरो एउटा हप्कीले म समुद्र सुकाउन सक्छु, \q2 म नदीलाई मरुभूमि बनाउन सक्छु; \q1 पानीको कमीले गर्दा माछाहरू कुहिन्छन् \q2 र तिर्खाले मर्छन्। \q1 \v 3 म आकाशलाई अन्धकारले ढाक्छु, \q2 र भाङ्ग्रालाई त्यसको ओढ्ने बनाउँछु।” \b \q1 \v 4 थाकेकाहरूलाई उत्साह दिने शब्द जान्‍नका निम्ति \q2 प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। \q1 उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, \q2 मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ। \q1 \v 5 प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, \q2 म बागी भएको छैनँ; \q2 म पछि हटेको छैनँ। \q1 \v 6 मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ, \q2 मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ; \q1 गिल्‍ला र थुकाइदेखि \q2 मैले आफ्नो अनुहार लुकाइनँ। \q1 \v 7 प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले \q2 म अपमानित हुनेछैनँ। \q1 यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, \q2 र म शर्ममा पर्नेछैनँ भनी जान्दछु। \q1 \v 8 मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ। \q2 यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र? \q2 हामी एक-आपसको सामना गरौँ! \q1 मलाई दोष लगाउने को हो? \q2 त्यसले मेरो सामना गरोस्! \q1 \v 9 मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। \q2 कसले मलाई दोषी ठहराउँछ? \q1 तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; \q2 तिनीहरूलाई किराहरूले खाइदिनेछन्। \b \q1 \v 10 तिमीहरूमा कसले याहवेहको डर मान्छ \q2 र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? \q1 अन्धकारमा हिँड्ने, \q2 जससित ज्योति छैन, \q1 याहवेहको नाममा विश्‍वास राखोस्, \q2 र उसको परमेश्‍वरमाथि भरोसा राखोस्। \q1 \v 11 तर अब तिमीहरू जसले आगो बाल्छौ, \q2 र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ, \q1 जाओ र आफ्नो आगोका उज्यालोमा \q2 तिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड। \q1 तिमीहरूले मेरो हातबाट यही पाउनेछौ; \q2 तिमीहरू यातनामा रहिरहनेछौ। \c 51 \s1 सियोनको निम्ति अनन्तको उद्धार \q1 \v 1 “हे धार्मिकताको पछि लाग्नेहरू \q2 र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन: \q1 तिमीहरू जुन चट्टानबाट निकालिएका \q2 र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर। \q1 \v 2 तिमीहरूका पुर्खा अब्राहाम, \q2 र तिमीहरूलाई जन्माउने सारालाई हेर। \q1 मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; \q2 अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ। \q1 \v 3 निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ, \q2 र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ; \q1 उहाँले त्यसका मरुभूमिहरूलाई \q2 अदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ। \q1 अनि त्यसमा आनन्द, खुशीयाली, \q2 धन्यवाद र गीतको ध्वनि पाइनेछन्। \b \q1 \v 4 “हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; \q2 हे मेरो जाति हो, मेरो कुरा सुन: \q1 मबाट व्यवस्था निस्कनेछ; \q2 मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ। \q1 \v 5 मेरो धार्मिकता नजिक छ, \q2 मेरो उद्धार आउँदैछ; \q2 अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ। \q1 टापुहरूले मतिर हेर्नेछन्, \q2 र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्। \q1 \v 6 तिमीहरूका आँखा आकाशतिर उठाओ, \q2 तल पृथ्वीमा हेर; \q1 आकाश धुवाँझैँ लोप भइजानेछ; \q2 पृथ्वी लुगाझैँ मक्‍किएर जानेछ, \q2 र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्। \q1 तर मेरो उद्धार सदासर्वदा रहनेछ; \q2 मेरो धार्मिकता कहिल्यै चुक्नेछैन। \b \q1 \v 7 “जे असल छ, त्यो जान्‍नेहरू \q2 र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। \q1 मानिसहरूका बदनामदेखि नडराओ, \q2 न त तिनीहरूको अपमानदेखि भयभीत होओ। \q1 \v 8 किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्; \q2 अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्। \q1 तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ; \q2 मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।” \b \q1 \v 9 जाग, जाग! हे याहवेहको बाहुली, \q2 आफैँलाई शक्ति धारण गर; \q1 बितेका समयमा झैँ, \q2 पुराना पुस्ताहरूमा झैँ जाग! \q1 के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्‍न? \q2 जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो। \q1 \v 10 के तपाईं त्यही हुनुहुन्‍न? जसले समुद्र सुकाउनुभयो, \q2 अथाह समुद्रको पानी सुकाउनुभयो; \q1 अनि आफूले उद्धार गर्नुभएकाहरूलाई पार गर्नका निम्ति \q2 समुद्रको गहिराइमा मार्ग बनाइदिनुभयो? \q1 \v 11 याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। \q2 तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; \q2 तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। \q1 तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; \q2 अनि दुःख र सुस्केरा हराएर जानेछन्। \b \q1 \v 12 “म, हो! म नै हुँ, जसले तिमीहरूलाई सान्त्वना दिन्छु। \q2 मरणशील मानिसदेखि घाँसजस्तै ओइलाउने \q2 मानिसका सन्तानदेखि डराउने तिमीहरू को हौ? \q1 \v 13 तिमीहरू आफ्नो सृष्‍टिकर्ता याहवेहलाई भुल्छौ, \q2 जसले आकाश फिँजाउनुभयो \q2 र पृथ्वीका जगहरू बसाल्नुभयो; \q1 तिमीहरूलाई नाश गर्न इच्छुक रहने \q2 अत्याचारीहरूका क्रोधसित \q2 तिमीहरू दिनहुँ डराएर बस्छौ? \q1 ती अत्याचारीहरूका क्रोध कहाँ छ? \q2 \v 14 डरले काँपिरहेका कैदीहरू चाँडै मुक्त भइजानेछन्; \q1 तिनीहरू आफ्ना खाडलहरूमा मर्नेछैनन्, \q2 न त तिनीहरूलाई रोटीको अभाव हुनेछ। \q1 \v 15 किनकि म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, \q2 जसले समुद्रलाई उथलपुथल गर्छ, र त्यसका छालहरू गर्जन्छन्; \q2 जसको नाम सेनाहरूका याहवेह हो। \q1 \v 16 मैले तेरो मुखमा आफ्नो वचन हालिदिएको छु; \q2 अनि तँलाई आफ्नो हातको छायाले ढाकेको छु; \q1 मैले आकाशलाई त्यसको ठाउँमा राखेको छु, \q2 जसले पृथ्वीको जग बसालेको छु, \q2 र सियोनलाई, ‘तँ मेरो प्रजा होस् भनेको छु।’ ” \s1 याहवेहको क्रोधको कचौरा \q1 \v 17 जाग्, जाग्! \q2 हे यरूशलेम उठ्, \q1 तिमीहरू जसले याहवेहको हातबाट, \q2 उहाँको क्रोधको कचौरा पिएका छौ; \q1 तिमीहरू जसले कचौरामा भएको धरमराइदिने मद्य \q2 पूरै पिएर रित्याएका छौ। \q1 \v 18 त्यसले जन्माएका छोराहरूमध्ये \q2 त्यसलाई अगुवाइ गर्ने कोही पनि थिएन; \q1 त्यसले हुर्काएका छोराहरूमध्ये \q2 त्यसको हात समात्ने कोही पनि थिएन। \q1 \v 19 यी दुवै विपत्तिहरू तँमाथि आएका छन्— \q2 तँलाई कसले सान्त्वना दिन सक्छ? \q1 विध्वंश र सर्वनाश, अनिकाल र तरवार— \q2 कसले तँलाई सान्त्वना दिन सक्छ र? \q1 \v 20 तेरा छोराहरू बेहोस छन्; \q2 तिनीहरू पासोमा परेका मृगझैँ \q2 हरेक गल्‍लीका कुनामा पल्टिरहेका छन्। \q1 तिनीहरू याहवेहको क्रोध, \q2 र तेरा परमेश्‍वरको हप्कीले भरिएका छन्। \b \q1 \v 21 यसकारण यो कुरा सुन्, तँ दुःखित \q2 र दाखमद्यविना मात्तिएकी होस्। \q1 \v 22 आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुने, \q2 तेरा सर्वशक्तिमान् परमेश्‍वर, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “हेर्, तँलाई धरमराइदिने कचौरालाई \q2 मैले तेरो हातबाट निकालिदिएको छु; \q1 त्यस कचौराबाट, मेरो क्रोधको कचौराबाट \q2 तैँले फेरि कहिल्यै पिउनेछैनस्। \q1 \v 23 तिमीहरूलाई सताउनेहरूको हातमा म क्रोधको कचौरा राखिदिनेछु, \q2 जसले तँलाई भने, \q2 ‘घोप्टो पर्, र हामी तँमाथि टेकेर हिँडौँ।’ \q1 अनि तैँले आफ्नो पिठिउँलाई जमिनझैँ, \q2 हिँड्नलाई सडकझैँ बनाइस्।” \b \b \c 52 \q1 \v 1 हे सियोन, जाग्, जाग्, \q2 तेरो बल धारण गर्। \q1 हे पवित्र सहर यरूशलेम, \q2 तेरो महिमाको पोशाक लगा; \q1 खतना नभएकाहरू र अशुद्धहरू \q2 तँभित्र फेरि पस्‍नेछैनन्। \q1 \v 2 हे यरूशलेम, तेरो धुलो टक्टक्या; \q2 उठ्, र सिंहासनमा बस्। \q1 हे सियोनकी कैदी छोरी \q2 तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्। \p \v 3 किनकि याहवेह यसो भन्‍नुहुन्छ: \q1 “तँ सित्तैँमा बेचिएकी थिइस्, \q2 र तँ रकमविना नै छुटाइनेछस्।” \p \v 4 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए; \q2 अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्‍यो। \p \v 5 “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। \q1 “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; \q2 अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 “अनि दिनभरि नै \q2 मेरो नामको निन्दा लगातार भइरहन्छ। \q1 \v 6 यसकारण मेरा मानिसहरूले मेरो नाम जान्‍नेछन्; \q2 यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी \q1 त्यस दिन तिनीहरूले जान्‍नेछन्। \q2 हो, त्यो म नै हुँ।” \b \q1 \v 7 सुसमाचार ल्याउनेहरू, \q2 शान्ति घोषणा गर्नेहरू, \q1 उद्धार घोषणा गर्नेहरू, \q2 सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!” \q2 सुसमाचार ल्याउनेहरूका पाउ \q1 पहाडहरूहुँदो कति सुन्दर! \q1 \v 8 सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; \q2 तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। \q1 जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, \q2 तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्। \q1 \v 9 हे यरूशलेमका भग्नावशेषहरू हो, \q2 आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; \q1 किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; \q2 उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ। \q1 \v 10 सबै जातिहरूले देख्ने गरी \q2 याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; \q1 पृथ्वीको पल्‍लो छेउका मानिसहरूले \q2 हाम्रा परमेश्‍वरको उद्धार देख्नेछन्। \b \q1 \v 11 गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! \q2 कुनै अशुद्ध थोक नछोओ! \q1 तिमीहरू जो याहवेहका पात्र बोक्छौ, \q2 त्यसबाट निस्केर आओ र शुद्ध होओ! \q1 \v 12 तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; \q2 अनि न त भागेर जानेछौ; \q1 किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, \q2 र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ। \s1 सेवकको कष्‍ट र गौरव \q1 \v 13 हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; \q2 ऊ उठाइनेछ र उच्‍च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ। \q1 \v 14 जसरी उसदेखि धेरै जना चकित थिए— \q2 उसको अनुहार चिन्‍नै नसकिने गरी \q2 र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो— \q1 \v 15 त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; \q2 उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। \q1 किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; \q2 तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्। \b \c 53 \q1 \v 1 कसले हाम्रो समाचारलाई विश्‍वास गरेको छ? \q2 र याहवेहको बाहुबल कसलाई प्रकट गरिएको छ? \q1 \v 2 ऊ उहाँको सामु कलिलो टुसाजस्तो, \q2 र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। \q1 ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; \q2 उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन। \q1 \v 3 मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, \q2 दुःखित मानिस, जो कष्‍टसित परिचित थियो। \q1 ऊ त्योजस्तो थियो, जसलाई देखेर \q2 मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; \q1 ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ। \b \q1 \v 4 निश्‍चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; \q2 अनि हाम्रा कष्‍टहरूलाई बोक्यो, \q1 तर हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, \q2 उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ। \q1 \v 5 तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। \q2 ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; \q1 हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्‍यो; \q2 अनि उसका चोटहरूले हामी निको भयौँ। \q1 \v 6 हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; \q2 हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। \q1 याहवेहले उसैमाथि \q2 हामी सबैका अपराधहरू राखिदिनुभएको छ। \b \q1 \v 7 उसलाई सताइयो र उसलाई कष्‍ट दिइयो, \q2 तर पनि उसले आफ्नो मुख खोलेन; \q1 उसलाई मारिन लगिएको थुमाझैँ लगियो; \q2 ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, \q2 उसले आफ्नो मुख खोलेन। \q1 \v 8 अत्याचार\f + \fr 53:8 \fr*\ft अथवा \ft*\fqa गिरफ्तारद्वारा\fqa*\f* र न्यायद्वारा भएर ऊ लगियो। \q2 अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ? \q1 किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो; \q2 र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो। \q1 \v 9 उसको चिहान दुष्‍टहरूसित बनाइयो, \q2 तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; \q1 किनकि उसले कुनै अत्याचार गरेको थिएन, \q2 न त उसको मुखमा कुनै छल नै थियो। \b \q1 \v 10 तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो; \q2 याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि \q1 उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्; \q2 अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ। \q1 \v 11 उसको प्राणको कष्‍टपछि \q2 उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्‍ट हुनेछ। \q1 आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; \q2 अनि उसले तिनीहरूका अधर्म बोक्नेछ। \q1 \v 12 यसकारण म उसलाई महान्‌हरूसित एउटा भाग दिनेछु; \q2 अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ; \q1 किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ; \q2 ऊ अधर्मीहरूसित गनियो। \q1 किनकि उसले चाहिँ धेरैको पाप बोक्यो, \q2 र अपराधीहरूका निम्ति बिन्ती गर्‍यो। \c 54 \s1 सियोनको भावी महिमा \q1 \v 1 “हे बाँझी स्त्री, गीत गा! \q2 तँ, जसले कहिल्यै बच्‍चा जन्माएकी छैनस्; \q1 आनन्दसाथ र चर्को सोरमा करा; \q2 तँ, जो प्रसव-वेदनामा कहिल्यै परेकी छैनस्; \q1 किनकि त्यागिएकी स्त्रीका सन्तानचाहिँ \q2 पति भएकी स्त्रीको भन्दा धेरै छन्,” \q2 याहवेह भन्‍नुहुन्छ। \q1 \v 2 “तेरो पालको ठाउँ बढा, \q2 आफ्नो पालको पर्दाहरू तन्का, \q2 बाँकी नराख्; \q1 तेरा डोरीहरू लामो पार्, \q2 तेरा किलाहरू बलियो पार्। \q1 \v 3 किनकि तँ दाहिने र देब्रेतिर फैलिनेछस्; \q2 तेरा सन्तानहरूले राष्ट्रहरूलाई अधिकार गर्नेछन्; \q2 अनि तिनीहरूका त्यागिएका सहरहरूमा बसोबास गर्नेछन्। \b \q1 \v 4 “नडरा, तँ शर्ममा पर्नेछैनस्। \q2 अपमानसित नडरा, तँ होच्याइनेछैनस्। \q1 तैँले आफ्नो जवानीको शर्म भुल्नेछस्; \q2 अनि तेरो विधवापनको निन्दा फेरि सम्झनेछैनस्। \q1 \v 5 किनकि तेरो सृष्‍टिकर्ता तेरो पति हुनुहुन्छ; \q2 उहाँको नाम सेनाहरूका याहवेह हो; \q1 इस्राएलका पवित्र परमेश्‍वर तेरा उद्धारकर्ता हुनुहुन्छ; \q2 उहाँ सारा पृथ्वीका परमेश्‍वर कहलाइनुहुन्छ। \q1 \v 6 तेरा परमेश्‍वर भन्‍नुहुन्छ, \q2 त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ \q1 र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ \q2 याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ। \q1 \v 7 केही समयको लागि मैले तँलाई त्यागेको थिएँ, \q2 तर ठूलो कृपासाथ म तँलाई फेरि फर्काइल्याउनेछु। \q1 \v 8 रिसको झोँकमा मैले आफ्नो अनुहार \q2 केही समयको निम्ति तँदेखि लुकाएँ; \q1 तर अनन्तको करूणासहित \q2 म तँमाथि कृपा देखाउनेछु” \q2 याहवेह तेरा उद्धारकर्ता भन्‍नुहुन्छ। \b \q1 \v 9 “यो मेरो निम्ति नोआको समयजस्तै हो; \q2 किनभने नोआका समयमा पानीजस्तै फेरि \q2 पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु। \q1 यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ; \q2 तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु। \q1 \v 10 पहाडहरू हल्‍लाइए \q2 र डाँडाहरू हटाइए तापनि \q1 तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन, \q2 न त शान्तिको मेरो करार हटाइनेछ” \q2 तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ। \b \q1 \v 11 “हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, \q2 म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु; \q2 तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु। \q1 \v 12 म तेरा सुरक्षा पर्खालहरू लालमणिले, \q2 तेरा मूलढोकाहरू जगमगाउने रत्नहरूले, \q2 र तेरा पर्खालहरू बहुमूल्य पत्थरहरूले बनाउनेछु। \q1 \v 13 तेरा सबै छोराहरू याहवेहद्वारा सिकाइनेछन्; \q2 अनि तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। \q1 \v 14 तँ धार्मिकतामा स्थापित गरिनेछस्: \q1 अत्याचार तँबाट टाढा रहनेछ; \q2 तँ कुनै कुरामा डराउनुपर्नेछैन। \q1 आतङ्क टाढा हटाइनेछ, \q2 र त्यो तेरो छेउ पर्नेछैन। \q1 \v 15 यदि कसैले तँमाथि आक्रमण गर्‍यो भने त्यो मेरो काम हुनेछैन; \q2 तँलाई जसले आक्रमण गरे तापनि त्यसले तेरो सामु आत्मसमर्पण गर्नेछ। \b \q1 \v 16 “हेर्, लोहारलाई सृष्‍टि गर्ने म नै हुँ, \q2 जसले कोइला फुकेर ज्वाला बनाउँछ, \q2 र काम गर्ने ठिक हतियार बनाउँछ। \q1 उत्पात गरेर नष्‍ट पार्नेलाई मैले नै सृष्‍टि गरेको हुँ; \q2 \v 17 तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन; \q2 अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्। \q1 याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो, \q2 र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \c 55 \s1 तिर्खाएकाहरूलाई निमन्त्रणा \q1 \v 1 “हे सबै तिर्खाएकाहरू हो, \q2 पानीनिर आओ; \q1 जससित धन छैन, तिमीहरू पनि आओ, \q2 र किनेर खाओ! \q1 आओ, विनाधन, विनामूल्य \q2 दाखमद्य र दूध किन! \q1 \v 2 जे कुरा रोटी होइन, त्यसका निम्ति तिमीहरू किन रकम खर्च गर्छौ; \q2 अनि जुन कुराले सन्तुष्‍ट पार्दैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? \q1 सुन, मेरो कुरा सुन, र जे असल छ, त्यो खाओ, \q2 ताकि तिमीहरूको प्राण उत्तम भोजनमा तृप्‍त हुन सकोस्। \q1 \v 3 कान थाप र मकहाँ आओ; \q2 मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक। \q1 म तिमीहरूसित अनन्तको करार बाँध्नेछु; \q2 दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम। \q1 \v 4 हेर, मैले त्यसलाई जातिहरूका बीच साक्षी बनाएको छु; \q2 मानिसहरूका शासक र सेनापति ठहराएको छु। \q1 \v 5 निश्‍चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ; \q2 अनि याहवेह इस्राएलका पवित्र परमेश्‍वरका कारण \q1 तिमीहरूलाई नचिनेका जातिहरू \q2 तिमीहरूतिर हतारसाथ आउनेछन्; \q2 किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।” \b \q1 \v 6 जबसम्म याहवेहलाई पाउन सक्छौ, तबसम्म उहाँलाई खोज! \q2 उहाँ नजिक हुनुहुँदा नै उहाँलाई पुकार! \q1 \v 7 दुष्‍टले आफ्नो चाल, \q2 र अधर्मीले आफ्नो विचार त्यागोस्। \q1 तिनीहरू याहवेहतिर फर्कून्, \q2 र उहाँले तिनीहरूमाथि कृपा देखाउनुहुनेछ; \q1 अनि हाम्रा परमेश्‍वरतर्फ फर्कून्; \q2 किनकि उहाँले सित्तैँमा क्षमा दिनुहुनेछ। \b \q1 \v 8 “किनकि मेरा विचार तिमीहरूका विचार होइनन्, \q2 न त मेरा मार्गहरू तिमीहरूका मार्गहरू हुन्” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 9 “जसरी आकाश पृथ्वीभन्दा उच्‍च छ, \q2 त्यसरी नै मेरा मार्गहरू तिमीहरूका मार्गहरूभन्दा उच्‍च छन्; \q2 अनि मेरा विचारहरू तिमीहरूका विचारहरूभन्दा उच्‍च छन्। \q1 \v 10 जसरी वर्षा र हिउँ \q2 आकाशबाट तल झर्छ, \q1 र पृथ्वीलाई नभिजाएसम्म \q2 र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, \q1 त्यसले छर्नेलाई बिउ \q2 र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन; \q1 \v 11 त्यसरी नै मेरो मुखबाट निस्केको वचन पनि त्यस्तै हुनेछ: \q2 त्यो मकहाँ व्यर्थै फर्कनेछैन, \q1 तर त्यसले मैले इच्छा गरेको काम सम्पन्‍न गर्छ; \q2 अनि मैले जुन उद्देश्यले त्यसलाई पठाएँ, त्यो प्राप्‍त गर्छ। \q1 \v 12 तिमीहरू आनन्दमा जानेछौ, \q2 र शान्तिमा डोर्‍याइनेछौ; \q1 पर्वतहरू र डाँडाहरूले तिमीहरूको सामु \q2 जोडसित गीत गाउनेछन्; \q1 अनि वनका रूखहरूले \q2 ताली बजाउनेछन्। \q1 \v 13 काँडाहरूको सट्टा सल्‍लाका रूखहरू उम्रनेछन्; \q2 अनि लुहुँडेकाँडाको सट्टामा मेहदी उम्रनेछ; \q1 त्यो कुरा याहवेहको ख्यातिको निम्ति \q2 अनन्तको चिन्हको रूपमा हुनेछ, \q2 जुन सदाको निम्ति रहनेछ।” \c 56 \s1 सबै राष्ट्रहरूलाई आशिष् \p \v 1 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “न्याय पालना गर, \q2 जे ठिक छ, त्यही गर; \q1 किनकि मेरो उद्धार नजिकै छ, \q2 र मेरो धार्मिकता चाँडै प्रकट गरिनेछ। \q1 \v 2 त्यो मानिस धन्यको हो, जसले यो गर्छ; \q2 त्यो मानिस, जसले यसलाई स्थिर राख्छ; \q1 जसले शब्बाथलाई अपवित्र नपारी पालन गर्छ, \q2 र आफ्नो हातलाई दुष्‍ट काम गर्नबाट रोकिराक्छ।” \b \q1 \v 3 याहवेहमा समर्पित भएको कुनै परदेशीले यसो नभनोस्, \q2 “याहवेहले मलाई निश्‍चय उहाँका मानिसहरूबाट अलग गर्नुहुनेछ।” \q1 कुनै नपुंसकले यस्तो नभनोस्, \q2 “म त एउटा सुकेको रूख मात्र हुँ!” \p \v 4 किनकि याहवेह यसो भन्‍नुहुन्छ: \q1 “मेरा शब्बाथहरू पालन गर्ने, \q2 मैले मन पराएका कुराहरू चुन्‍ने, \q2 र मेरो करारमा स्थिर बस्‍ने नपुंसकहरूका निम्ति— \q1 \v 5 तिनीहरूलाई मेरो मन्दिर र त्यसका पर्खालहरूभित्र \q2 छोराछोरीहरूभन्दा पनि अझ उत्तम स्मारक तुल्याउनेछु; \q2 र तिनीहरूलाई अझ असल नाम दिनेछु। \q1 म तिनीहरूलाई कहिल्यै नमेटिने \q2 अनन्तको नाम दिनेछु। \q1 \v 6 आफूलाई याहवेहमा समर्पित गरेका परदेशीहरू, \q2 जसले उहाँको सेवा गर्ने, \q1 याहवेहको नामलाई प्रेम गर्ने \q2 र उहाँलाई आराधना गर्ने; \q1 शब्बाथलाई अपवित्र नगरी पालन गर्ने, \q2 र मेरो करारमा स्थिर रहनेहरू— \q1 \v 7 तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। \q2 म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। \q1 तिनीहरूले मेरो वेदीमा चढाएका \q2 होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; \q1 किनकि मेरो घर सबै जातिहरूका लागि \q2 प्रार्थनाको घर हुनेछ।” \q1 \v 8 इस्राएलका निर्वासितहरूलाई बटुल्नुहुने \q2 प्रभु याहवेह घोषणा गर्नुहुन्छ: \q1 “भेला गरिएकाहरूबाहेक म अझ अरूलाई \q2 तिनीहरूमा भेला गर्नेछु।” \s1 दुष्‍टहरूको विरुद्ध परमेश्‍वरको अभियोग \q1 \v 9 हे मैदानका सबै पशुहरू हो, आओ! \q2 हे वनका सबै पशुहरू हो, खानलाई आओ! \q1 \v 10 इस्राएलका पहरेदारहरू अन्धा छन्; \q2 तिनीहरू सबैमा ज्ञानको अभाव छ; \q1 तिनीहरू सबै भुक्न नसक्ने \q2 लाटा कुकुरहरूजस्ता छन्; \q1 जो पल्टिरहने र सपना देख्नेहरू हुन्, \q2 र तिनीहरू सुत्न मात्र रुचाउँछन्। \q1 \v 11 तिनीहरू असाध्यै भोकाएका कुकुरहरू हुन्; \q2 तिनीहरू कहिल्यै अघाउँदैनन्। \q1 तिनीहरू समझ नै नभएका गोठालाहरू हुन्; \q2 सबै आफ्नै बाटो लाग्ने \q2 र आफ्नै लाभ खोज्नेहरू हुन्। \q1 \v 12 प्रत्येक यसो भनेर कराउँछन्, “आओ, मलाई मद्य देओ! \q2 हामी लट्ठ हुने गरी मद्यपान गरौँ! \q1 अनि भोलि आजको दिनजस्तै हुनेछ, \q2 झन् राम्रो हुनेछ।” \b \b \c 57 \q1 \v 1 धर्मी जनहरू नाश हुन्छन्, \q2 र यस कुराको कसैले आफ्नो हृदयमा विचार गर्दैन; \q1 भक्तहरू उठाइलगिन्छन्, \q2 र धर्मीहरूलाई दुष्‍टताबाट \q1 बचाइनका निम्ति लगिँदैछन् भनेर \q2 कसैले बुझ्दैनन्। \q1 \v 2 धर्मको मार्गमा हिँड्नेहरू \q2 शान्तिमा प्रवेश गर्छन्; \q2 तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्। \b \q1 \v 3 “तर हे टुनामुना गर्ने स्त्रीका सन्तान, \q2 व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ! \q1 \v 4 तिमीहरू कसलाई गिल्‍ला गर्दछौ? \q2 कसका विरुद्धमा मुख खोल्छौ र जिब्रो निकाल्छौ? \q2 के तिमीहरू बागी वा झूटाहरूका सन्तान होइनौ? \q1 \v 5 तिमीहरू फलाँटका रूखहरूको बीचमा \q2 हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ; \q1 तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा \q2 र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ। \q1 \v 6 खोल्साका चिल्‍ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्; \q2 तिनीहरू नै तिमीहरू भाग हुन्। \q1 हो, तिनीहरूलाई तिमीहरूले अर्घबलि र अन्‍नबलि चढाएका छौ। \q2 यस्ता कुराहरू जान्दाजान्दै पनि के म खुशी होऊँ? \q1 \v 7 तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; \q2 तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ। \q1 \v 8 तिमीहरूका ढोका र चौकसहरूको पछिल्तिर \q2 तिमीहरूले आफ्नो देवताहरूका चिन्हहरू राख्यौ। \q1 मलाई त्यागेर तिमीहरूले आफ्नो ओछ्यान उघार्‍यौ! \q2 त्यसमा चढेर तिमीहरूले त्यसलाई उदाङ्गो पार्‍यौ; \q1 तिमीहरूले जसका ओछ्यान मन परायौ, तिनीहरूसित सम्बन्ध गाँस्यौ, \q2 र तिमीहरूले तिनीहरूको नग्नता हेर्‍यौ। \q1 \v 9 तिमीहरू मोलोखकहाँ\f + \fr 57:9 \fr*\ft अथवा \ft*\fqa राजाकहाँ\fqa*\f* जैतुनको तेल लिएर गयौ; \q2 अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। \q1 तिमीहरूले आफ्नो राजदूतहरू\f + \fr 57:9 \fr*\ft अथवा \ft*\fqa मूर्तिहरू\fqa*\f* टाढा पठायौ, \q2 र तिमीहरू पातालसम्मै ओर्लेर गयौ! \q1 \v 10 तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ, \q2 तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ। \q1 तिमीहरूले नयाँ सामर्थ्य पायौ, \q2 यसैकारण तिमीहरू मूर्च्छा परेनौ। \b \q1 \v 11 “कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ, \q2 कि तिमीहरू मप्रति झूटो भयौ; \q1 अनि न त मलाई सम्झना गर्‍यौ, \q2 न त आफ्ना हृदयमा यस विषयमा विचार गर्‍यौ? \q1 के धेरै बेरसम्म म चुप रहेँ भनेर नै \q2 तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त? \q1 \v 12 म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु, \q2 तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन। \q1 \v 13 तिमीहरूले सहायताको निम्ति पुकार्दा \q2 तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्! \q1 हावाले तिनीहरू सबैलाई उडाइलानेछ; \q2 एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ। \q1 तर मलाई शरणस्थान बनाउने मानिसले \q2 देशमाथि अधिकार गर्नेछ, \q2 र मेरो पवित्र पर्वतलाई प्राप्‍त गर्नेछ।” \s1 पश्‍चात्तापी हुनेलाई सान्त्वना \p \v 14 तब यसो भनिनेछ: \q1 “बनाओ, बनाओ, बाटो तयार गर! \q2 मेरा प्रजाको निम्ति बाटोदेखि बाधाहरू हटाओ।” \q1 \v 15 किनकि उच्‍च र सर्वश्रेष्‍ठ परमेश्‍वर भन्‍नुहुन्छ: \q2 जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः \q1 “म उच्‍च र पवित्र ठाउँमा बस्छु, \q2 तर नम्रहरूको आत्मा \q1 र पश्‍चात्तापीहरूको हृदयलाई जागृत पार्न, \q2 आत्मामा नम्र र पश्‍चात्तापी भएकाहरूसित पनि बस्दछु। \q1 \v 16 म सदाको निम्ति दोष दिइरहनेछैनँ, \q2 न त सधैँ रिसाउनेछु; \q1 किनकि त्यसो गर्दा मानिसको आत्मा, \q2 मैले सृष्‍टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ। \q1 \v 17 मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो; \q2 मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ; \q2 तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्‍यो। \q1 \v 18 मैले त्यसका चालहरू देखेको छु, \q2 तर म त्यसलाई निको पार्नेछु; \q1 म त्यसलाई डोर्‍याउनेछु, \q2 र त्यसको चैन त्यसकहाँ फर्काइल्याउनेछु; \q2 \v 19 म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्‍टि गरिदिनेछु।” \q1 याहवेह भन्‍नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति! \q2 अनि म तिनीहरूलाई निको पार्नेछु।” \q1 \v 20 तर दुष्‍टहरू अस्थिर समुद्रझैँ हुन्, \q2 जसले विश्राम लिन सक्दैन, \q2 जसका छालहरूले हिलो र माटो फ्याँक्छन्। \q1 \v 21 मेरा परमेश्‍वर भन्‍नुहुन्छ, “दुष्‍टहरूलाई शान्ति हुँदैन।” \c 58 \s1 साँचो उपवास \q1 \v 1 “उच्‍च सोरले करा, चुप लागेर नबस्। \q2 तुरहीको जस्तै तेरो सोर उचाल्। \q1 मेरो प्रजालाई तिनीहरूका विद्रोह \q2 र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे। \q1 \v 2 किनकि तिनीहरूले मलाई दिनहुँ खोज्छन्; \q2 तिनीहरू जे ठिक छ, त्यही गर्ने \q1 र आफ्ना परमेश्‍वरको आज्ञा नत्याग्ने, \q2 तर मेरा मार्ग जान्‍न इच्छा गर्ने जातिजस्तै देखिन्छन्। \q1 तिनीहरू मसँग उचित निर्णयहरू सोध्छन्, \q2 र परमेश्‍वर तिनीहरूका नजिक आऊन् भनी इच्छा राख्छन्। \q1 \v 3 तिनीहरू भन्छन्, ‘हामीहरूले उपवास बस्यौँ, \q2 तपाईंले किन त्यो देख्नुहुन्‍न? \q1 हामीले आफूलाई नम्र तुल्यायौँ, \q2 तपाईंले किन ध्यान दिनुहुन्‍न?’ \b \q1 “तर तिमीहरू उपवास बस्दा आफूखुशी गर्छौ, \q2 र तिमीहरूका सबै कामदारहरूलाई शोषण गर्छौ। \q1 \v 4 तिमीहरूका उपवास वाद-विवाद, \q2 झगडा र हात हालाहालमा टुङ्गिन्छ। \q1 यस प्रकारको उपवास बस्दा \q2 तिमीहरूको प्रार्थना ग्रहणयोग्य हुँदैन। \q1 \v 5 के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने \q2 किसिमको उपवास मैले चाहेको हो र? \q1 के यो आफ्नो शिर निगालोझैँ निहुराएर \q2 भाङ्ग्रा र खरानीमा बस्‍ने मात्र हो? \q1 के यसैलाई तिमीहरू उपवास भन्छौ, \q2 के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ? \b \q1 \v 6 “मैले चाहेको उपवास: \q1 अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, \q2 शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु \q1 र प्रत्येक जुवा भाँचिदिनु होइन र? \q1 \v 7 के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, \q2 घरबार नभएका गरिबलाई आश्रय दिनु, \q1 नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, \q2 र आफ्ना खाँचोमा परेका \q2 नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र? \q1 \v 8 जब तिमीहरू यी सबै गर्न थाल्छौ, \q2 तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, \q1 तिमीहरू चाँडै निको हुनेछौ; \q2 धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, \q2 र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ। \q1 \v 9 जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; \q2 तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्‍नुहुनेछ। \b \q1 “यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ, \q2 एक-अर्कालाई दोष लगाउने काम र दुष्‍ट कुरा त्यागिदियौ भने, \q1 \v 10 यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, \q2 र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, \q1 तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; \q2 अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ। \q1 \v 11 याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; \q2 उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्‍त पार्नुहुनेछ; \q2 अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। \q1 तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, \q2 र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ। \q1 \v 12 तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्; \q2 अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्; \q1 तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू, \q2 सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ। \b \q1 \v 13 “यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ उल्‍लङ्घन गर्नबाट, \q2 र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, \q1 तिमीहरूले शबाथलाई प्रसन्‍नता, \q2 र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, \q1 र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, \q2 अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्‍यौ भने, \q1 \v 14 तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, \q2 र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; \q2 तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” \q1 म याहवेहको मुखले बोलेको हुँ। \c 59 \s1 पाप, पश्‍चात्ताप र छुटकारा \q1 \v 1 हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, \q2 न त उहाँको कान सुन्‍न नसक्ने गरी बहिरो भएको छ। \q1 \v 2 तर तिमीहरूका अपराधहरूले \q2 तिमीहरूलाई आफ्ना परमेश्‍वरबाट अलग गरेका छन्; \q1 तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ, \q2 त्यसैकारण उहाँले सुन्‍नुहुन्‍न। \q1 \v 3 किनकि तिमीहरूका हातहरू रगतले \q2 र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्। \q1 तिमीहरूका ओठहरूले झूट बोलेका छन्, \q2 र तिमीहरूका जिब्राले दुष्‍ट कुराहरू बोल्दछन्। \q1 \v 4 कसैले पनि न्यायको माग गर्दैन; \q2 कसैले पनि मुद्दा न्यायपूर्वक लड्दैन। \q1 तिनीहरू व्यर्थका तर्कहरूमाथि भर पर्छन् र झूट बोल्छन्; \q2 तिनीहरूले समस्या गर्भधारण गर्छन् र दुष्‍टता जन्माउँछन्। \q1 \v 5 तिनीहरू विषालु सर्पका अण्डा ओथ्राउँछन्, \q2 र माकुराको जाल बुन्छन्। \q1 तिनीहरूका अण्डा खाने जोसुकै पनि मर्छ, \q2 र अण्डा फुटायो भने विषालु सर्पको बच्‍चा निस्कन्छ। \q1 \v 6 तिनीहरूका जालले कपडा बनाउन सकिँदैन; \q2 तिनीहरूले बनाएका थोकले मानिसहरूले आफूलाई ढाक्न सक्दैनन्। \q1 तिनीहरूका काम दुष्‍टतापूर्ण छन्, \q2 र तिनीहरूका हातमा हिंसाका कामहरू छन्। \q1 \v 7 तिनीहरूका खुट्टा पाप गर्न दौडिन्छन्; \q2 तिनीहरू निर्दोष रगत बगाउन हतारिन्छन्। \q1 तिनीहरूका विचार दुष्‍ट विचार हुन्; \q2 तिनीहरूका मार्ग बरबादी र विनाशले भरिएका छन्। \q1 \v 8 तिनीहरू शान्तिको मार्ग जान्दैनन्; \q2 तिनीहरूका मार्गमा न्याय छैन। \q1 तिनीहरूले आफ्ना मार्ग बाङ्गो बनाएका छन्; \q2 त्यसमा हिँड्ने कसैले पनि शान्ति पाउनेछैन। \b \q1 \v 9 यसकारण न्याय हामीबाट टाढा छ, \q2 र धार्मिकता हामीकहाँ आइपुग्दैन। \q1 हामी ज्योतिको आशा गर्छौँ, तर अन्धकार छ; \q2 हामी उज्यालोको बाटो हेर्छौँ, तर घोर अन्धकारमा हिँड्छौँ। \q1 \v 10 अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ, \q2 आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ। \q1 मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्‍कर खान्छौँ; \q2 बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ। \q1 \v 11 हामी भालुजस्तै कराउँछौँ; \q2 हामी ढुकुरजस्तै विलाप गर्छौँ, \q1 हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; \q2 हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ। \b \q1 \v 12 किनकि हाम्रा अपराधहरू तपाईंको दृष्‍टिमा धेरै छन्, \q2 र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। \q1 हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, \q2 र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ: \q1 \v 13 हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ; \q2 हाम्रा पिठिउँ परमेश्‍वरतिर फर्काएका छौँ; \q1 विद्रोह र अत्याचार गरेका छौँ, \q2 र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्‍चारण गरेका छौँ। \q1 \v 14 यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ, \q2 र धार्मिकता टाढा भएको छ; \q1 सत्यताले चाहिँ बाटोमा ठक्‍कर खाएको छ, \q2 र इमानदारीताले प्रवेश गर्न सक्दैन। \q1 \v 15 सत्यता कहीँ पनि पाइँदैन, \q2 र दुष्‍टतादेखि अलग बस्‍ने जोसुकै पनि शिकार हुन्छन्। \b \q1 याहवेहले देख्नुभयो, र न्याय हुँदै नभएकोले \q2 उहाँलाई दुःख लाग्यो। \q1 \v 16 उहाँले कोही पनि नभएको देख्नुभयो; \q2 मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्‍नुभयो; \q1 यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो, \q2 र उहाँकै धार्मिकताले सम्हाल्नुभयो। \q1 \v 17 उहाँले आफ्नो धार्मिकताको छाती-पाता \q2 र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो; \q1 उहाँले बदलाको वस्त्र लगाउनुभयो \q2 र जोशलाई पोशाकझैँ पहिरनुभयो। \q1 \v 18 तिनीहरूले गरेअनुसार \q2 उहाँले बदला लिनुहुनेछ; \q1 उहाँका शत्रुहरूमाथि क्रोध \q2 र बैरीहरूलाई प्रतिशोध दिनुहुनेछ; \q2 उहाँले टापुहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुनेछ। \q1 \v 19 पश्‍चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्‍नेछन्, \q2 र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्। \q1 किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको \q2 उर्लंदो भेलजस्तै आउनुहुनेछ। \b \q1 \v 20 “आफ्ना पापको पश्‍चात्ताप गरी फर्कने \q2 याकोबका सन्तानहरूका निम्ति मुक्तिदाता सियोन पर्वतमा आउनुहुनेछ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \p \v 21 याहवेह भन्‍नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ,” याहवेह भन्‍नुहुन्छ। \c 60 \s1 सियोनको महिमा \q1 \v 1 “प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, \q2 र याहवेहको महिमा तँमाथि उदाएको छ। \q1 \v 2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, \q2 र मानिसहरूमाथि बाक्लो अन्धकार छ, \q1 तर याहवेह तँमाथि उदाउनुहुनेछ; \q2 अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ। \q1 \v 3 जातिहरू तेरो प्रकाशमा आउनेछन्, \q2 र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्। \b \q1 \v 4 “तेरा आँखा उठाएर चारैतिर हेर्: \q2 सबै भेला भएर तँकहाँ आउँछन्; \q1 तेरा छोराहरू टाढाबाट आउनेछन्, \q2 र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्। \q1 \v 5 तब तैँले हेर्नेछस् र चम्कनेछस्; \q2 तेरो हृदय उल्‍लासित हुनेछ र आनन्दले फुल्नेछ; \q1 समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; \q2 जातिहरूका धन तँकहाँ आउनेछ। \q1 \v 6 ऊँटहरूका बथान, मिद्यान र एपाका \q2 साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। \q1 शेबाबाट सबै मानिसहरू \q2 याहवेहको प्रशंसाको घोषणा गर्दै \q2 सुन र धूप बोकेर आउनेछन्। \q1 \v 7 केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्; \q2 नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्; \q1 मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्, \q2 र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु। \b \q1 \v 8 “बादलझैँ उड्ने, \q2 र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्? \q1 \v 9 निश्‍चय नै टापुहरूले मलाई हेर्नेछन्; \q2 टाढाबाट तेरा बालबच्‍चाहरूलाई ल्याउँछन्, \q1 तिनीहरूका सुन र चाँदी लिएका \q2 तर्शीशका जहाजहरू अगि-अगि छन्; \q1 ती सबै याहवेह तेरा परमेश्‍वर, \q2 इस्राएलका पवित्र परमेश्‍वरलाई सम्मान दिनका निम्ति हो; \q2 किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ। \b \b \q1 \v 10 “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, \q2 र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। \q1 मैले रिसमा तँलाई प्रहार गरे तापनि \q2 मेरो निगाहमा म तँलाई दया देखाउनेछु। \q1 \v 11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; \q2 ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, \q1 ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, \q2 अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्‍न सकून्। \q1 \v 12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; \q2 त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ। \b \q1 \v 13 “लेबनानको गौरव तँकहाँ आउनेछ, \q2 सल्‍ला, धूपी र सिसौका रूखहरूसमेत, \q1 मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; \q2 अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु। \q1 \v 14 तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्; \q2 तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्, \q1 र तँलाई याहवेहको सहर, \q2 इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्। \b \q1 \v 15 “तँ त्यागिएकी र घृणित भएकी, \q2 तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि \q1 म तँलाई अनन्तको निम्ति महान् \q2 र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु। \q1 \v 16 तैँले जातिहरूको दूध पिउनेछस्, \q2 र राजकीय स्तन चुस्‍नेछस्। \q1 तब तैँले जान्‍नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, \q2 तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्‍वर हुँ। \q1 \v 17 म तँलाई काँसाको सट्टामा सुन \q2 र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। \q1 म तँलाई काठको सट्टामा काँसा \q2 र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। \q1 म शान्तिलाई तेरा राज्यपाल \q2 र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु। \q1 \v 18 तेरो देशमा फेरि हिंसा सुनिनेछैन, \q2 न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, \q1 तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस् \q2 र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्। \q1 \v 19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन, \q2 न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ; \q1 किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ; \q2 अनि तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ। \q1 \v 20 तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, \q2 र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; \q1 याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; \q2 अनि तेरा दुःखका दिनहरू समाप्‍त हुनेछन्। \q1 \v 21 तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्; \q2 अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्। \q1 मेरो महानता देखाउनको निम्ति, \q2 मैले रोपेका बिरुवाहरू, \q2 मेरा हातका कामहरू तिनीहरू नै हुन्। \q1 \v 22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ; \q2 अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। \q1 म नै याहवेह हुँ; \q2 म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।” \c 61 \s1 याहवेहको निगाहको वर्ष \q1 \v 1 प्रभु याहवेहको आत्मा ममाथि छ; \q2 किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति \q2 याहवेहले मलाई अभिषेक गर्नुभएको छ। \q1 उहाँले मलाई टुटेका हृदयहरूलाई जोड्न, \q2 कैदमा परेकाहरूलाई स्वतन्त्रताको घोषणा गर्न, \q2 र बन्धनमा परेकाहरूलाई\f + \fr 61:1 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa अन्धाहरूलाई\fqa*\f* अन्धकारबाट मुक्त गर्न, \q1 \v 2 याहवेहको निगाहको वर्ष \q2 र हाम्रा परमेश्‍वरको बदलाको घोषणा गर्न, \q1 शोक गर्नेहरूलाई सान्त्वना दिन, \q2 \v 3 र सियोन पर्वतमा शोकाकुल हुनेहरूलाई प्रबन्ध गरिदिन, \q1 तिनीहरूलाई खरानीको सट्टा \q2 सुन्दरताको मुकुट प्रदान गर्न, \q1 विलापको सट्टा \q2 आनन्दको तेल दिन, \q1 निराशाको आत्माको सट्टा \q2 प्रशंसाको पोशाक पहिराइदिन पठाउनुभएको छ। \q1 उहाँको गौरव प्रदर्शन गर्न \q2 तिनीहरूलाई याहवेहले रोप्नुभएको \q2 धार्मिकताका फलाँटहरू भनिनेछन्। \b \q1 \v 4 तिनीहरूले प्राचीन भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछन्; \q2 अनि धेरै पहिले भत्काइएका ठाउँहरूलाई पुनर्स्थापित गर्नेछन्; \q1 पुस्तौँसम्म भत्काएर उजाड र ध्वस्त पारिएका सहरहरूलाई \q2 तिनीहरूले मर्मत गरेर फेरि बसाल्नेछन्। \q1 \v 5 परदेशीहरूले तिमीहरूका बगालहरूलाई चराउनेछन्; \q2 विदेशीहरूले तिमीहरूका खेतहरू र दाखबारीमा काम गर्नेछन्। \q1 \v 6 तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; \q2 तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरूको नाम दिइनेछ। \q1 तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; \q2 अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ। \b \q1 \v 7 तिमीहरूका शर्मको सट्टामा \q2 तिमीहरूले दोबर भाग पाउनेछौ; \q1 अनि तिमीहरूले अपमानको सट्टामा \q2 तिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ; \q1 यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ, \q2 र सदाको निम्ति आनन्दित हुनेछौ। \b \q1 \v 8 “किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु; \q2 डकैती र अधर्मलाई घृणा गर्छु। \q1 म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु, \q2 र तिनीहरूसँग सदाको करार बाँध्नेछु। \q1 \v 9 तिनीहरूका सन्तानहरू जातिहरूका बीचमा \q2 र तिनीहरूका बालबच्‍चाहरू मानिसहरूका बीचमा चिनिनेछन्। \q1 तिनीहरूलाई देख्ने सबैले जान्‍नेछन्, \q2 कि तिनीहरू याहवेहले आशिष् दिनुभएको जाति हुन्।” \b \q1 \v 10 म याहवेहमा अत्यन्त आनन्दित हुन्छु; \q2 मेरो प्राणले मेरा परमेश्‍वरमा आनन्द गर्छ। \q1 किनकि दुलहाले आफ्नो शिरलाई पुजारीले सिँगारेझैँ, \q2 र दुलहीले आफूलाई गहनाहरूले सिँगारेझैँ, \q1 उहाँले मलाई मुक्तिको पोशाक लगाइदिनुभएको छ, \q2 र धार्मिकताको पोशाकले मलाई सजाउनुभएको छ। \q1 \v 11 जसरी माटोले टुसालाई उम्रन दिन्छ, \q2 र बगैँचाले बिउलाई बढ्न दिन्छ, \q1 त्यसरी नै प्रभु याहवेहले \q2 धार्मिकता र प्रशंसालाई सबै जातिहरूका बीच बढाउनुहुनेछ। \c 62 \s1 सियोनको नयाँ नाम \q1 \v 1 यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म, \q2 त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म, \q1 म सियोनको खातिर चुप रहनेछैनँ; \q2 म यरूशलेमको खातिर मौन रहनेछैनँ। \q1 \v 2 जाति-जातिहरूले तेरो धार्मिकता, \q2 सबै राजाहरूले तेरो गौरव देख्नेछन्; \q1 याहवेहले आफ्नै मुखले दिनुहुने \q2 नयाँ नामद्वारा तँ बोलाइनेछस्। \q1 \v 3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, \q2 र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्। \q1 \v 4 अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्, \q2 न त तेरो देशलाई उजाड भन्‍नेछन्। \q1 तर तँलाई हेप्सीबा,\f + \fr 62:4 \fr*\fq हेप्सीबा \fq*\ft जसको अर्थ \ft*\fqa उसमा मेरो खुशी छ।\fqa*\f* \q2 र तेरो देशलाई ब्युलाह\f + \fr 62:4 \fr*\fq ब्युलाह \fq*\ft जसको अर्थ \ft*\fqa विवाहित\fqa*\f* भनिनेछ; \q1 किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ, \q2 र तेरो देशलाई विवाह गरिनेछ। \q1 \v 5 जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, \q2 त्यसरी नै तेरा निर्माणकर्ताले\f + \fr 62:5 \fr*\ft अथवा \ft*\fqa छोराहरू\fqa*\f* तँलाई विवाह गर्नुहुनेछ; \q1 जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, \q2 त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ। \b \q1 \v 6 हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; \q2 तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्। \q1 हे याहवेहलाई पुकार्नेहरू हो, \q2 आफूलाई विश्राम नदेओ; \q1 \v 7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म \q2 र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ। \b \q1 \v 8 याहवेहले आफ्नो दाहिने हात \q2 र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ: \q1 “म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई \q2 भोजनको निम्ति दिनेछैनँ; \q1 अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्, \q2 त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्। \q1 \v 9 तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्, \q2 र याहवेहको प्रशंसा गर्नेछन्; \q1 अनि जसले अङ्‌गुर बटुल्नेछन्, \q2 तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।” \b \q1 \v 10 जाओ, मूलढोकाहरूबाट भएर जाओ! \q2 मानिसहरूका निम्ति बाटो तयार पार। \q1 बनाओ, राजमार्ग बनाओ! \q2 ढुङ्गाहरू हटाओ। \q1 जाति-जातिहरूका निम्ति झण्डा खडा गर। \b \q1 \v 11 याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म \q2 घोषणा गर्नुभएको छ: \q1 “सियोनकी छोरीलाई भन, \q2 ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! \q1 हेर्, उहाँको पुरस्कार उहाँसित छ, \q2 र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ” \q1 \v 12 तिनीहरू पवित्र जाति, \q2 याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; \q1 तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर, \q2 नत्यागिएको सहर भनिनेछ। \c 63 \s1 परमेश्‍वरको बदला र छुटकाराको दिन \q1 \v 1 एदोमको बोज्राबाट को आइरहेको छ? \q2 जसले आफ्नो वस्त्रमा रातो रङ्ग लगाएको छ? \q1 तेजस्वी पोशाक पहिरेर \q2 आफ्नो शक्तिको महानतामा को आइरहेको छ? \b \q1 “विजयको घोषणा गर्दै, \q2 बचाउने सामर्थी म नै हुँ।” \b \q1 \v 2 किन तपाईंको पोशाक \q2 दाखको कोल पेल्नेहरूको जस्तै रातो छ? \b \q1 \v 3 “म एकलैले दाखको कोल पेलेको छु; \q2 मसित जातिहरूबाट कोही पनि थिएन। \q1 मैले आफ्नो रिसमा तिनीहरूलाई कुल्चेँ \q2 र आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ; \q1 तिनीहरूको रगतका छिटा मेरा वस्त्रहरूमा परेका छन्, \q2 र मेरा वस्त्रभरि दाग लागेका छन्। \q1 \v 4 किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, \q2 र मेरो उद्धारको वर्ष आएको छ। \q1 \v 5 अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन; \q2 सहयोग गर्ने कोही पनि नदेखेर म छक्‍क परेँ; \q1 यसैले मेरो आफ्नै बाहुबलले उद्धार गरेँ, \q2 र मेरो आफ्नो क्रोधले मलाई सम्हाल्यो। \q1 \v 6 मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ; \q2 मेरो क्रोधमा मैले तिनीहरूलाई मत्ताएँ, \q2 र तिनीहरूका रगत भुइँमा पोखाइदिएँ।” \s1 प्रशंसा र प्रार्थना \q1 \v 7 म याहवेहको दयाको बारेमा बताउनेछु, \q2 उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, \q2 जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— \q1 हो, उहाँको दया र महान् कृपाअनुसार \q2 उहाँले इस्राएलको घरानाको निम्ति \q2 धेरै असल कार्यहरू गर्नुभएको छ। \q1 \v 8 उहाँले भन्‍नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, \q2 र ती मेरा छोराहरू, जो मप्रति विश्‍वासयोग्य रहनेछन्”; \q2 अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। \q1 \v 9 तिनीहरूका सबै दुःखहरूमा उहाँ आफैँ पनि दुःखित हुनुभयो; \q2 अनि उहाँको उपस्थितिका स्वर्गदूतले\f + \fr 63:9 \fr*\ft अथवा \ft*\fqa उहाँ आफैँले\fqa*\f* तिनीहरूका दुःखबाट तिनीहरूलाई बचाए। \q1 उहाँले आफ्नो प्रेम र कृपामा तिनीहरूलाई उद्धार गर्नुभयो; \q2 उहाँले तिनीहरूलाई उठाउनुभयो \q2 र ती विगतका सबै दिनहरूमा तिनीहरूलाई बोक्नुभयो। \q1 \v 10 यद्यपि तिनीहरू विद्रोही भए, \q2 र उहाँको पवित्र आत्मालाई दुःखित तुल्याए। \q1 यसकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, \q2 र उहाँ आफैँ तिनीहरूको विरुद्ध लडाइँ गर्नुभयो। \b \q1 \v 11 तब उहाँका मानिसहरूले विगतका दिनहरूलाई सम्झे, \q2 मोशा र तिनका मानिसहरूका दिनहरू— \q1 उहाँ कहाँ हुनुहुन्छ, जसले तिनीहरूलाई समुद्र बीचबाट \q2 आफ्ना बगालको गोठालासितै ल्याउनुभयो? \q1 उहाँ कहाँ हुनुहुन्छ, \q2 जसले आफ्ना पवित्र आत्मालाई तिनीहरूबीच राखिदिनुभयो, \q1 \v 12 जसले आफ्नो शक्तिको बलवान् हातलाई \q2 मोशाको दाहिने हातमा रहनलाई पठाउनुभयो, \q1 जसले आफ्नै नाम सदाको निम्ति प्रसिद्ध हुनलाई \q2 तिनीहरूको सामु पानीलाई दुई भागमा विभाजन गरिदिनुभयो। \q1 \v 13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्‍याउनुभयो? \q1 उजाड देशमा भएका घोडाझैँ \q2 तिनीहरूलाई ठेस लागेन; \q1 \v 14 तल मैदानमा जाने गाईबस्तुलाईझैँ \q2 याहवेहको आत्माद्वारा तिनीहरूलाई विश्राम दिइयो। \q1 तपाईंले आफ्नो नाम महिमित राख्न \q2 आफ्ना प्रजालाई यसरी डोर्‍याउनुभयो। \b \q1 \v 15 स्वर्गबाट तल हेर्नुहोस्, \q2 तपाईंको उच्‍च, पवित्र र महिमित सिंहासनबाट दृष्‍टि गर्नुहोस्। \q1 तपाईंको जोश र तपाईंको सामर्थ्य कहाँ छन्? \q2 तपाईंको करुणा र दया हामीबाट रोकिएका छन्। \q1 \v 16 अब्राहामले हामीलाई नचिने तापनि \q2 अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि \q2 तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; \q1 तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ, \q2 प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो। \q1 \v 17 हे याहवेह, तपाईंले हामीलाई किन आफ्ना मार्गबाट बरालिन दिनुहुन्छ? \q2 तपाईंको मार्गबाट भड्किहिँड्नका लागि किन हाम्रा हृदयलाई कठोर बनाउनुहुन्छ? \q1 तपाईंका सेवकहरूको खातिर \q2 तपाईंका उत्तराधिकारका खातिर फर्कनुहोस्। \q1 \v 18 तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे, \q2 तर अहिले हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्। \q1 \v 19 हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; \q2 तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; \q2 अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्। \b \b \c 64 \q1 \v 1 अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, \q2 पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए! \q1 \v 2 आगोले झारपात जलाएझैँ \q2 र पानी उमालेझैँ, \q1 तपाईंको नाम तपाईंका शत्रुहरूलाई प्रकट गर्न, \q2 र जातिहरू तपाईंको उपस्थितिमा थरथर काँप्नलाई तपाईं ओर्लेर आउनुहोस्! \q1 \v 3 किनकि जब तपाईंले हामीले नचिताएका अद्‌भुत कुराहरू गर्नुभयो, \q2 तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे। \q1 \v 4 प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्‍वरको बारेमा कसैले सुनेका छैनन्; \q2 कुनै कानले सुनेको छैन, \q1 कुनै आँखाले देखेको छैन; \q2 तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ। \q1 \v 5 जसले खुशीसाथ ठिक काम गर्छन्, \q2 जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्; \q2 तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ। \q1 तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्‍यौँ, \q2 तब तपाईं हामीसित रिसाउनुभयो। \q2 अब हामी कसरी बचाइन सक्छौँ? \q1 \v 6 हामी सबै अशुद्ध थोकझैँ भएका छौँ, \q2 र हाम्रा सबै धार्मिक कामहरू फोहोर झुत्राझैँ छन्; \q1 हामी सबै पातझैँ ओइलाइहाल्छौँ, \q2 र हाम्रा पापहरूले हामीलाई हावाझैँ उडाइलैजान्छन्। \q1 \v 7 कसैले पनि तपाईंको नाम पुकार्दैनन्, \q2 न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; \q1 किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, \q2 र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ। \b \q1 \v 8 तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। \q2 हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; \q2 हामी सबै तपाईंकै हातका काम हौँ। \q1 \v 9 हे याहवेह, हामीसित ज्यादै क्रोधित नहुनुहोस्; \q2 हाम्रा पापहरू सधैँभरि नसम्झनुहोस्। \q1 बिन्ती छ, हामीतिर हेर्नुहोस्; \q2 किनकि हामी सबै तपाईंका प्रजा हौँ। \q1 \v 10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्; \q2 सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ। \q1 \v 11 हाम्रा पवित्र र महिमित मन्दिर, \q2 जहाँ हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेका थिए, \q1 त्यो ठाउँ आगोले जलाइएको छ; \q2 अनि हाम्रा बहुमूल्य थोकहरू सबै सर्वनाश भएका छन्। \q1 \v 12 यी सबै कुरा भएर पनि, हे याहवेह, के तपाईं आफूलाई रोकिराख्नुहुन्छ? \q2 के तपाईं चुपचाप रहनुहुन्छ र हामीलाई धेरै कष्‍ट दिनुहुन्छ? \c 65 \s1 न्याय र उद्धार \q1 \v 1 याहवेहले भन्‍नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; \q2 मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। \q1 मेरो नाम पुकार नगर्ने जातिलाई, \q2 मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’ \q1 \v 2 दिनभरि मैले यस्तो अटेरी जातितिर \q2 आफ्ना हात पसारेँ, \q1 जो आफ्नै कल्पनाको पछि लागेर \q2 कुबाटोमा हिँड्छन्; \q1 \v 3 यस्तो जाति, जसले मेरो सामु \q2 मलाई निरन्तर रिस उठाउँछन्, \q1 जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, \q2 र इँटाका वेदीहरूमा धूप बाल्छन्; \q1 \v 4 जो चिहानहरूका बीचमा बस्दछन्, \q2 र गुप्‍त ठाउँमा रात बिताउँछन्; \q1 जसले सुँगुरको मासु खान्छन्, \q2 र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्; \q1 \v 5 जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज; \q2 किनकि म तेरो निम्ति अति पवित्र छु!’ \q1 यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्, \q2 जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ। \b \q1 \v 6 “हेर, मेरो सामु यस्तो लेखिएको छ: \q2 म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; \q2 निश्‍चय नै म तिनीहरूकै काखमा साटो लिनेछु— \q1 \v 7 तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” \q2 याहवेह भन्‍नुहुन्छ। \q1 “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, \q2 र डाँडाहरूमा मेरो निन्दा गरे। \q1 म तिनीहरूका पहिलेका कामहरूको बदला \q2 तिनीहरूकै काखमा हालिदिनेछु।” \p \v 8 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “अङ्‌गुरको झुप्पामा अझ रसिलो अङ्‌गुर छँदै \q2 मानिसहरूले भने, ‘त्यसलाई नष्‍ट नगर; \q2 किनकि त्यसमा अझ दाखरस असल छ,’ \q1 यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु; \q2 म तिनीहरू सबैलाई नाश गर्नेछैनँ। \q1 \v 9 म याकोबका सन्तानहरूलाई ल्याउनेछु, \q2 र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; \q1 मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, \q2 र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन्। \q1 \v 10 मलाई खोज्ने मानिसहरूका निम्ति, \q2 शारोनको मैदान बगालहरूको लागि खर्क \q2 र आकोरको बेँसी विश्रामस्थल हुनेछ। \b \q1 \v 11 “तर याहवेहलाई त्याग्नेहरूका निम्ति, \q2 जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, \q1 जसले गाद\f + \fr 65:11 \fr*\ft अथवा \ft*\fqa भाग्य\fqa*\f* देवताको निम्ति टेबुल तयार गर्छन्, \q2 र मेनी\f + \fr 65:11 \fr*\ft अथवा \ft*\fqa भावी\fqa*\f* देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्; \q1 \v 12 म तिमीहरूलाई तरवारको निम्ति दिनेछु, \q2 र तिमीहरू सबै काटिनलाई घुँडा टेक्नेछौ; \q1 किनकि मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ; \q2 मैले बोलाएँ, तर तिमीहरूले सुनेनौ। \q1 तिमीहरूले मेरो नजरमा दुष्‍ट काम गर्‍यौ \q2 र मलाई मन नपर्ने कुराहरू रोज्यौ।” \p \v 13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “मेरा सेवकहरूले खानेछन्, \q2 तर तिमीहरूचाहिँ भोकै रहनेछौ; \q1 मेरा सेवकहरूले पिउनेछन्, \q2 तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; \q1 मेरा सेवकहरू रमाउनेछन्, \q2 तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ। \q1 \v 14 मेरा सेवकहरूले \q2 आफ्ना हृदयको आनन्दमा गाउनेछन्; \q1 तर तिमीहरू हृदयको वेदनामा \q2 कराएर रुनेछौ, \q2 र हृदयको वेदनामा विलाप गर्नेछौ। \q1 \v 15 तिमीहरूले आफ्नो नाम \q2 मेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ; \q1 प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ, \q2 तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ। \q1 \v 16 जब देशमा कसैले आशिष्‌को माग गर्छ, \q2 त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ; \q1 जसले देशमा शपथ खान्छ; \q2 त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ। \q1 किनकि बितेका दुःखहरू भुलिनेछन्, \q2 र मेरा आँखाबाट लुकाइनेछन्। \s1 नयाँ आकाश र नयाँ पृथ्वी \q1 \v 17 “हेर, म नयाँ आकाश \q2 र नयाँ पृथ्वी सृष्‍टि गर्नेछु। \q1 बितेका कुराहरू स्मरण गरिनेछैनन्, \q2 न त तिनीहरू मनमा नै आउनेछन्। \q1 \v 18 तर म जे सृष्‍टि गर्नेछु, \q2 त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; \q1 किनकि म यरूशलेमलाई हर्षोल्‍लास \q2 र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु। \q1 \v 19 म यरूशलेमसँग खुशी हुनेछु, \q2 र मेरा प्रजामा हर्षित हुनेछु; \q1 यरूशलेममा रोएको र कराएको सोर \q2 फेरि कहिल्यै सुनिनेछैन। \b \q1 \v 20 “थोरै दिनसम्म बाँच्ने बालक, \q2 वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस \q2 त्यहाँ कहिल्यै हुनेछैन; \q1 सय वर्ष बाँच्ने मानिस \q2 जवान मानिनेछ; \q1 र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ \q2 श्रापित मानिनेछ। \q1 \v 21 तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्‍नेछन्; \q2 तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्। \q1 \v 22 तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्‍नेछैनन्, \q2 वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्। \q1 किनकि रूखको आयु जति लामो हुन्छ, \q2 त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ; \q1 मेरा चुनिएका प्रजाले आफ्ना हातका काम \q2 लामो समयसम्म उपभोग गर्नेछन्। \q1 \v 23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, \q2 न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; \q1 किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत \q2 याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्। \q1 \v 24 तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; \q2 तिनीहरूले बोल्दाबोल्दै म सुन्‍नेछु। \q1 \v 25 ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, \q2 सिंहले गोरुले झैँ पराल खानेछ; \q2 अनि सर्पको आहारा धुलो हुनेछ। \q1 तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा \q2 न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” \q2 याहवेह भन्‍नुहुन्छ। \c 66 \s1 न्याय र आशा \p \v 1 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “स्वर्ग मेरो सिंहासन हो, \q2 र पृथ्वीचाहिँ मेरो पाउदान हो। \q1 मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ? \q2 मेरो विश्रामस्थल कहाँ हुनेछ? \q1 \v 2 के मेरै हातले यी सबै थोक बनाएको होइन, \q2 र यसरी अस्तित्वमा आए?” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 “त्यो मानिस, जसलाई म निगाह गर्छु: \q2 जो नम्र र आत्मामा दीन छ; \q2 अनि जो मेरो वचनमा आज्ञाकारी छ। \q1 \v 3 तर जसले बहर बलिदान चढाउँछ, \q2 त्यो त कुनै मानिस हत्या गर्नेजस्तै हो, \q1 र जसले थुमा चढाउँछ; \q2 त्यो कुकुरको घिच्रो भाँच्नेजस्तै हो; \q1 जसले अन्‍नबलि चढाउँछ, \q2 त्यो सुँगुरको रगत चढाउनेजस्तै हो; \q1 अनि जसले धूप चढाउँछ, \q2 त्यो मूर्तिपूजा गर्ने व्यक्तिजस्तै हो। \q1 तिनीहरूले आफ्नै मार्ग रोजेका छन्, \q2 र तिनीहरू आफ्ना घृणित कामहरूमा खुशी हुन्छन्; \q1 \v 4 यसकारण म पनि तिनीहरूका निम्ति कठोर व्यवहार रोज्नेछु; \q2 अनि तिनीहरूले डर मानेका कुरा नै तिनीहरूमाथि ल्याउनेछु। \q1 किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन, \q2 जब म बोलेँ, कसैले सुनेन। \q1 तिनीहरूले मेरो नजरमा दुष्‍ट काम गरे, \q2 र मलाई मन नपर्ने कुरा रोजे।” \b \q1 \v 5 हे याहवेहको वचनमा आज्ञाकारी हुनेहरू हो, \q2 याहवेहको वचन सुन: \q1 “तिमीहरूका दाजुभाइहरू, जसले तिमीहरूलाई घृणा गर्छन्; \q2 अनि मेरो नामको कारण तिमीहरूलाई बहिष्कार गर्छन्, \q1 र तिनीहरूले यसो भनेका छन्, ‘याहवेहको महिमा होस्, \q2 ताकि हामी तिमीहरूको आनन्द देख्न पाऔँ!’ \q2 तर तिनीहरू शर्ममा पर्नेछन्। \q1 \v 6 सहरबाट निस्केको होहल्‍ला सुन, \q2 मन्दिरबाट निस्केको आवाज सुन! \q1 यो आफ्ना शत्रुहरूलाई सुहाउँदो \q2 बदला लिनुहुने याहवेहको आवाज हो। \b \q1 \v 7 “प्रसव वेदना सुरु हुनुभन्दा पहिले नै \q2 त्यसले जन्माउँछे; \q1 त्यसलाई व्यथा लाग्नुभन्दा पहिले नै \q2 त्यसले एउटा छोरा जन्माउँछे। \q1 \v 8 के कसैले यस्तो कुरा कहिल्यै सुनेको छ? \q2 के कसैले यस्तो कुराहरू कहिल्यै देखेको छ? \q1 के कुनै राष्ट्रलाई एकै दिनमा उत्पन्‍न गराउन सकिन्छ, \q2 अथवा कुनै जाति एकै क्षणमा उत्पन्‍न हुन सक्छ? \q1 तर सियोनलाई व्यथा लाग्नसाथ \q2 त्यसले आफ्ना सन्तान जन्माउँछे। \q1 \v 9 के मैले प्रसव वेदनासम्म ल्याएर \q2 पनि जन्मन दिन्‍नँ र?” \q2 याहवेह भन्‍नुहुन्छ। \q1 “के म जन्माउन लाउनेले, \q2 गर्भलाई थुन्छु र?” \q2 तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ। \q1 \v 10 “यरूशलेमलाई मन पराउनेहरू सबै \q2 त्यससित रमाओ र त्यसको निम्ति खुशी होओ; \q1 त्यसको निम्ति शोक गर्नेहरू सबै \q2 त्यससित ज्यादै हर्षित होओ। \q1 \v 11 किनकि तिमीहरूले त्यसको सान्त्वनाको \q2 स्तनपान गर्नेछौ र तृप्‍त हुनेछौ; \q1 तिमीहरूले बेसरी पिउनेछौ \q2 र त्यसको दूधको प्रशस्ततामा आनन्दित हुनेछौ।” \p \v 12 किनकि याहवेह यसो भन्‍नुहुन्छ: \q1 “म नदीझैँ शान्ति र जातिहरूका धन \q2 उर्लंदो भेलझैँ त्यसतर्फ फैलाउनेछु; \q1 तिमीहरूले दूध पिउनेछौ र हातमा बोकिनेछौ; \q2 अनि त्यसको घुँडामा उफ्रनेछौ। \q1 \v 13 एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ, \q2 म तिमीहरूलाई सान्त्वना दिनेछु; \q2 अनि तिमीहरूले यरूशलेममा नै सान्त्वना पाउनेछौ।” \b \q1 \v 14 जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्, \q2 र तिमीहरू घाँसझैँ मौलाउनेछौ; \q1 याहवेहको मदतको हात उहाँका सेवकहरूमाथि पसारिनेछ, \q2 तर उहाँको क्रोध उहाँका शत्रुहरूमाथि देखाइनेछ। \q1 \v 15 हेर, याहवेह आगोको साथमा आउँदैहुनुहुन्छ, \q2 र उहाँका रथहरू आँधीबेहरीझैँ छन्; \q1 उहाँले आफ्नो रिस प्रकोपसित \q2 र उहाँको हप्की आगोको ज्वालासित ल्याउनुहुनेछ। \q1 \v 16 किनकि याहवेहले सबै मानिसहरूमाथि आफ्नो न्याय \q2 आगो र तरवारले गर्नुहुनेछ; \q2 याहवेहद्वारा मारिने मानिसहरू धेरै हुनेछन्। \p \v 17 याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरू जसले सुँगुर, मुसाको मासु र अरू अशुद्ध चीजहरू खानेहरूका बीचमा भएकालाई पछ्याएर बगैँचासम्म जानलाई आफूलाई पवित्र र शुद्ध पार्छन्—तिनीहरूले पछ्याउनेसँगै तिनीहरूको अन्त्य एकैसाथ हुनेछ। \p \v 18 “किनकि म तिनीहरूका योजनाहरू र कामहरूको कारण सबै भाषा र जातिहरूलाई एकसाथ भेला गराउन आउन लागेको छु; अनि तिनीहरूले आएर मेरो महिमा देख्नेछन्। \p \v 19 “म तिमीहरूको बीचमा एउटा चिन्ह राख्नेछु; अनि बाँचेकाहरूलाई म जातिहरूकहाँ पठाउनेछु—तर्शीश, लिबिया, लूदीहरू, जो धनुर्धारी हुन्; तूबल र ग्रीसमा मेरो कीर्तिको बारेमा नसुनेका र मेरो महिमा नदेखेका टाढाका टापुहरूमा पठाउनेछु। तिनीहरूले जातिहरूका बीचमा मेरो महिमा घोषणा गर्नेछन्। \v 20 तब तिनीहरूले सबै देशहरूबाट तिमीहरूका दाजुभाइहरूलाई घोडा, रथ, खच्‍चर, ऊँट र गाडाहरूमा सवार गराई यरूशलेममा याहवेहको निम्ति भेटीको रूपमा मेरो पवित्र पर्वतमा ल्याउनेछन्,” याहवेह भन्‍नुहुन्छ। “इस्राएलीहरूले याहवेहको भवनमा विधिपूर्वक शुद्ध पारिएका भाँडाहरूमा आफ्ना अन्‍नबलि जसरी ल्याउँछन्, त्यसरी नै तिनीहरूले इस्राएलीहरूलाई ल्याउनेछन्। \v 21 तब म तिनीहरूमध्ये केहीलाई पुजारी र केहीलाई लेवी हुनलाई पनि छान्‍नेछु,” याहवेह भन्‍नुहुन्छ। \b \p \v 22 “जसरी मैले बनाएको नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहिरहनेछ, त्यसरी नै तिमीहरूका नाम र सन्तान पनि रहिरहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। \v 23 “एउटा औँसीदेखि अर्को औँसीसम्म र एउटा शब्बाथदेखि अर्को शब्बाथसम्म सबै जातिहरू आएर मेरो सामु झुक्नेछन्,” याहवेह भन्‍नुहुन्छ। \v 24 “तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।”