\id HOS - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h होशे \toc1 होशेको भविष्यवाणी \toc2 होशे \toc3 होशे \mt1 होशेको भविष्यवाणी \c 1 \p \v 1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो: \b \s1 होशेकी पत्नी र छोराछोरीहरू \p \v 2 जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्‍वासघात गरेर व्यभिचारको दोषी भएको छ।” \v 3 यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई। \p \v 4 अनि याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसको नाम यिजरेल राख्; किनकि यिजरेलमा भएको नरसंहारको निम्ति म येहूको घरानालाई चाँडै दण्ड दिनेछु, र म इस्राएलको राज्यको अन्त्य गरिदिनेछु। \v 5 त्यस दिन म यिजरेलको बेँसीमा इस्राएलका सैन्य शक्तिलाई नाश पारिदिनेछु।” \p \v 6 गोमेर फेरि गर्भवती भई, र एउटी छोरी जन्माई। तब याहवेहले होशेलाई भन्‍नुभयो, “त्यसलाई लो-रूहामा\f + \fr 1:6 \fr*\fq लो-रूहामा \fq*\ft जसको अर्थ हो \ft*\fqa प्रेम नगरिएको\fqa*\f* नाम राख्; किनकि तिनीहरूलाई क्षमा गरेर म फेरि इस्राएललाई दया देखाउनेछैनँ। \v 7 तर यहूदालाई भने म प्रेम देखाउँनेछु; अनि म तिनीहरूलाई धनु, तरवार अथवा लडाइँ, घोडाहरू र घोडसवारहरूद्वारा होइन, तर याहवेह तिनीहरूका परमेश्‍वरद्वारा बचाउनेछु।” \p \v 8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि उसले अर्को छोरा जन्माई। \v 9 तब याहवेहले भन्‍नुभयो, “त्यसलाई लो-अम्मी\f + \fr 1:9 \fr*\fq लो-अम्मी \fq*\ft जसको अर्थ हो \ft*\fqa मेरो जाति होइन।\fqa*\f* नाम राख्; किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म पनि तिमीहरूका परमेश्‍वर होइनँ। \p \v 10 “तर पनि इस्राएलीहरू समुद्रको किनारका बालुवाझैँ हुनेछन्, जसलाई नाप्‍न सकिँदैन, न त गन्‍न नै सकिन्छ। जहाँ तिनीहरूलाई, ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको ठाउँमा, ‘जीवित परमेश्‍वरका सन्तान’ भनिनेछ। \v 11 यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू फेरि भेला हुनेछन्; तिनीहरूले एक जना अगुवा नियुक्त गर्नेछन् र निर्वासनबाट फर्किएर आउनेछन्; किनकि त्यो दिन यिजरेलको लागि महान् हुनेछ। \c 2 \p \v 1 “आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’\f + \fr 2:1 \fr*\ft अथवा \ft*\fqa मेरा मानिसहरू\fqa*\f* र दिदीबहिनीहरूलाई ‘रूहामा’\f + \fr 2:1 \fr*\ft अथवा \ft*\fqa मेरा प्रिय\fqa*\f* भन्। \s1 इस्राएलको दण्ड र पुनर्स्थापना \q1 \v 2 “आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; \q2 किनकि त्यो मेरी पत्नी होइनँ, \q2 र म पनि त्यसको पति होइनँ। \q1 त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप \q2 र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्। \q1 \v 3 नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, \q2 र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; \q1 म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; \q2 त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, \q2 र त्यसलाई तिर्खाले मार्नेछु। \q1 \v 4 म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; \q2 किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्। \q1 \v 5 तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे, \q2 र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। \q1 त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, \q2 जसले मलाई मेरो भोजन, पानी, \q2 ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’ \q1 \v 6 यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; \q2 त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु। \q1 \v 7 त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, \q2 तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; \q2 त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। \q1 तब त्यसले भन्‍नेछे, \q2 “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; \q2 किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।” \q1 \v 8 त्यसले बुझेकै छैन, \q2 त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; \q1 मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, \q2 तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी। \b \q1 \v 9 “यसकारण जब मेरो अन्‍न पाक्छ, \q2 र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। \q1 त्यसको नग्नता ढाक्नलाई तयार गरिएको \q2 मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु। \q1 \v 10 यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु \q2 त्यसलाई नाङ्गो पारिदिनेछु; \q2 कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन। \q1 \v 11 म त्यसका सबै उत्सवहरू: \q2 त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, \q2 त्यसका शब्बाथहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु। \q1 \v 12 म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, \q2 जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; \q1 म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, \q2 र जङ्गली जनावरहरूले ती खानेछन्। \q1 \v 13 बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले \q2 म त्यसलाई दण्ड दिनेछु; \q1 त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, \q2 र आफ्ना प्रेमीहरूको पछि लागी, \q2 तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 14 “यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु; \q2 म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु, \q2 र त्यससँग मायालु कुरा गर्नेछु। \q1 \v 15 त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु, \q2 र आकोरको\f + \fr 2:15 \fr*\ft जसको अर्थ हो, \ft*\fqa दुःख\fqa*\f* बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु। \q1 त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ, \q2 इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।” \b \q1 \v 16 याहवेह घोषणा गर्नुहुन्छ, \q2 “त्यस दिन तैँले मलाई ‘मेरो मालिक’; \q2 भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्। \q1 \v 17 म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु; \q2 तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन। \q1 \v 18 त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू, \q2 आकाशका चराचुरुङ्गीहरू \q2 र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु। \q1 म देशबाट धनु, तरवार \q2 र युद्ध हटाइदिनेछु, \q2 ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्। \q1 \v 19 म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; \q2 म तँलाई धार्मिकतामा र न्यायमा, \q2 प्रेममा र दयामा दुलही बनाउनेछु। \q1 \v 20 म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु; \q2 अनि तैँले याहवेहलाई चिन्‍नेछस्।” \b \q1 \v 21 याहवेह घोषणा गर्नुहुन्छ, \q2 “त्यस दिन म जवाफ दिनेछु, \q1 म आकाशलाई जवाफ दिनेछु, \q2 र आकाशले पृथ्वीलाई जवाफ दिनेछ; \q1 \v 22 अनि पृथ्वीले अन्‍नलाई; \q2 नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ, \q2 र तिनीहरूले यिजरेललाई\f + \fr 2:22 \fr*\ft जसको अर्थ हो, \ft*\fqa परमेश्‍वरको बिरुवा\fqa*\f* जवाफ दिनेछन्। \q1 \v 23 म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; \q2 मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। \q1 मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, \q2 त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु; \q2 अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ” \c 3 \s1 आफ्नी पत्नीसित होशेको पुनर्मिलन \p \v 1 याहवेहले मलाई भन्‍नुभयो, “गएर तेरी पत्नी गोमेरलाई फेरि प्रेमभाव देखा; त्यसलाई अर्को मानिसले प्रेम गरेको भए तापनि वा त्यो व्यभिचारिणी भए तापनि त्यसलाई प्रेम गर्। जसरी तिनीहरू अरू देवताहरूतिर फर्किए, र तिनीहरूलाई चढाएको किसमिसको खानेकुरा मन पराए, तर पनि याहवेहले इस्राएलीहरूलाई प्रेम गर्नुभयो, त्यसरी नै तैँले त्यसलाई प्रेम गर्।” \p \v 2 यसकारण मैले गोमेरलाई पन्ध्र शेकेल\f + \fr 3:2 \fr*\ft लगभग 170 ग्राम\ft*\f* चाँदी, एक र आधा होमेर\f + \fr 3:2 \fr*\ft लगभग 195 किलो\ft*\f* जौ दिएर किनेँ। \v 3 तब मैले त्यसलाई भनेँ, “तिमी मसँग धेरै दिनसम्म बस्‍नुपर्नेछ; तिमीले वेश्यावृत्ति नगर्नू, र अरू मानिसहरूसँग घनिष्‍ठ सम्बन्ध नराख्नू; तब म पनि तिमीसँग त्यस्तै व्यवहार गर्नेछु।” \p \v 4 किनकि इस्राएलीहरू धेरै दिनसम्म राजा वा शासक, बलिदान वा पवित्र ढुङ्गा, एपोद वा घर देवताविना रहनेछन्। \v 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन्; अनि याहवेह तिनीहरूका परमेश्‍वरलाई र दावीद तिनीहरूका राजालाई खोज्नेछन्। त्यसपछि तिनीहरूले याहवेहको भय मान्‍नेछन् र अन्त्यका दिनहरूमा उहाँबाट आशिष् पाउन आउनेछन्। \c 4 \s1 इस्राएलको विरुद्धमा आरोप \q1 \v 1 हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन, \q2 देशमा बस्‍नेहरूको विरुद्धमा \q2 याहवेहले दोष लगाउनुभएको छ: \q1 “यस देशमा विश्‍वासयोग्यता छैन, न त प्रेम नै छ; \q2 परमेश्‍वरलाई स्वीकार गर्ने कोही पनि छैन। \q1 \v 2 यहाँ श्राप, झूट र हत्या, \q2 चोरी र व्यभिचार मात्र छन्; \q1 तिनीहरूले सबै सीमाहरू नाघेका छन्; \q2 अनि रक्तपातमाथि रक्तपात गर्दछन्। \q1 \v 3 यसकारण देश उजाड भएको छ; \q2 अनि देशमा बस्‍ने सबै मानिसहरू नष्‍ट भएका छन्; \q1 जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू \q2 र समुद्रका माछाहरू समेत नष्‍ट भएका छन्। \b \q1 \v 4 “तर कुनै पनि मानिसले आरोप नलगाओस्, \q2 न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्; \q1 किनकि तिमीहरूका मानिसहरू \q2 पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्। \q1 \v 5 तिमीहरू दिनरात ठक्‍कर खान्छौ; \q2 अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्‍कर खान्छन्। \q1 यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु— \q2 \v 6 मेरा मानिसहरू ज्ञानको अभावले नष्‍ट भएका छन्। \b \q1 “तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण, \q2 म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु; \q1 किनभने तिमीहरूले आफ्ना परमेश्‍वरको आज्ञालाई वास्ता गरेका छैनौ; \q2 तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ। \q1 \v 7 जति धेरै पुजारीहरू भए, \q2 तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे; \q2 तिनीहरूले आफ्ना महिमित परमेश्‍वरलाई घृणित कुराहरूसँग साटे। \q1 \v 8 तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्, \q2 र तिनीहरूका दुष्‍टताको स्वाद लिन्छन्। \q1 \v 9 अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्। \q2 म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु, \q2 र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु। \b \q1 \v 10 “तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्; \q2 तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्‍त हुनेछैनन्; \q1 तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि \q2 तिनीहरूले \v 11 याहवेहलाई त्यागेका छन्; \q1 पुरानो दाखमद्य र नयाँ दाखमद्यले \q2 मेरा प्रजाको समझशक्ति नष्‍ट पारिदिन्छ। \q1 \v 12 मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्, \q2 र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्। \q1 वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ; \q2 तिनीहरू आफ्ना परमेश्‍वरप्रति अविश्‍वासयोग्य छन्। \q1 \v 13 तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्; \q2 अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्; \q1 तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल \q2 र तारपीनको रूखमुनि बलिदान चढाउँछन्। \q1 यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा \q2 र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्। \b \q1 \v 14 “जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, \q2 म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ; \q1 न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु; \q2 जसले व्यभिचार गर्छन्; \q1 किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्, \q2 र देवदासीहरूसँग बलिदान चढाउँछन्— \q2 समझशक्ति नभएका मानिसहरू नष्‍ट हुनेछन्! \b \q1 \v 15 “हे इस्राएल, तैँले व्यभिचार गरे तापनि \q2 यहूदाचाहिँ दोषी नठहरिओस्। \b \q1 “तिमीहरू गिलगालमा नजाओ; \q2 न त बेथ-आवेनमा\f + \fr 4:15 \fr*\ft जसको अर्थ हो, \ft*\fqa दुष्‍टताको घर\fqa*\f* उक्लेर जाओ। \q2 न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ! \q1 \v 16 इस्राएलका मानिसहरू हठी छन्; \q2 ढीट कोरलीझैँ छन्। \q1 तब कसरी याहवेहले तिनीहरूलाई चरनमा \q2 थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त? \q1 \v 17 एफ्राइम मूर्तिसँग जोडिएको छ; \q2 त्यसलाई आफ्नै चालमा छोडिदेओ! \q1 \v 18 तिनीहरूको मद्य सकिए तापनि \q2 तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्; \q2 तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्। \q1 \v 19 आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ; \q2 अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ। \c 5 \s1 इस्राएलको विरुद्धमा न्याय \q1 \v 1 “हे पुजारीहरू हो, यो कुरा सुन! \q2 हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! \q1 हे राजकीय घराना हो, ध्यानसित सुन! \q2 यो न्याय तिमीहरूको विरुद्धमा छ: \q1 तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ, \q2 र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ। \q1 \v 2 विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्; \q2 म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु। \q1 \v 3 म एफ्राइमको बारेमा सबै कुरा जान्दछु; \q2 इस्राएल मदेखि लुकेको छैनँ। \q1 एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्; \q2 इस्राएल भ्रष्‍ट भएको छ। \b \q1 \v 4 “तिनीहरूका कामहरूले तिनीहरूलाई \q2 आफ्ना परमेश्‍वरतर्फ फर्कन दिँदैन। \q1 तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ; \q2 तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्। \q1 \v 5 इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ; \q2 इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्‍कर खानेछन्; \q2 तिनीहरूसँग यहूदाले पनि ठक्‍कर खानेछ। \q1 \v 6 जब तिनीहरू याहवेहलाई खोज्न \q2 आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्, \q1 तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्; \q2 उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ। \q1 \v 7 तिनीहरू याहवेहप्रति विश्‍वासघाती भएका छन्; \q2 तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्। \q1 जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्, \q2 तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्। \b \q1 \v 8 “गेबामा तुरही फुक, \q2 रामामा बिगुल फुक। \q1 बेथ-आवेनमा युद्धको ध्वनि उठाओ; \q2 हे बेन्यामीन, अगुवाइ गर। \q1 \v 9 न्यायको दिनमा \q2 एफ्राइमलाई उजाड पारिनेछ। \q1 इस्राएलका कुलहरूका बीचमा \q2 यी कुराहरू निश्‍चित छन्, म घोषणा गर्दछु। \q1 \v 10 यहूदाका अगुवाहरू \q2 सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्। \q1 म तिनीहरूमाथि वर्षाको बाढीजस्तै \q2 मेरो क्रोध खन्याउनेछु। \q1 \v 11 एफ्राइम थिचोमिचोमा परेको छ, \q2 न्यायमा त्यो कुल्चीमिल्ची भएको छ; \q2 त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ। \q1 \v 12 म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु, \q2 र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु। \b \q1 \v 13 “जब एफ्राइमले आफ्नो रोग देख्यो \q2 र यहूदाले आफ्नो चोट देख्यो, \q1 तब एफ्राइम अश्शूरतिर फर्क्यो, \q2 र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो। \q1 तर त्यसले तँलाई निको पार्न सक्दैन; \q2 त्यसले तेरा घाउ निको पार्न सक्दैन। \q1 \v 14 किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै \q2 र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु। \q1 म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु; \q2 म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन। \q1 \v 15 जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्, \q2 र तिनीहरूले मेरो अनुहार खोज्दैनन्, \q2 तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु; \q1 अनि आफ्नो कष्‍टमा \q2 तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।” \c 6 \s1 पश्‍चात्ताप नगर्ने इस्राएल \q1 \v 1 “आओ, हामी याहवेहतिर फर्कौँ। \q1 उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, \q2 तर उहाँले हामीलाई निको पार्नुहुनेछ; \q1 उहाँले हामीलाई चोट पार्नुभएको छ, \q2 तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ। \q1 \v 2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; \q2 तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, \q2 र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ। \q1 \v 3 हामी याहवेहलाई स्वीकार गरौँ; \q2 हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। \q1 निश्‍चय नै सूर्य उदाएझैँ \q2 उहाँ देखा पर्नुहुनेछ; \q1 उहाँ हामीकहाँ हिउँदको झरीझैँ \q2 र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।” \b \q1 \v 4 “हे एफ्राइम, म तँलाई के गरूँ? \q2 हे यहूदा, म तँलाई के गरूँ? \q1 तेरो प्रेम बिहानको कुइरोझैँ \q2 र मिरमिरे बिहानको शीतजस्तै बिलाएर जान्छ। \q1 \v 5 यसकारण मैले तँलाई मेरा अगमवक्ताहरूसँग काटेर टुक्रा-टुक्रा पारेको छु; \q2 मैले तँलाई मेरो मुखका वचनहरूद्वारा मारेको छु; \q2 त्यसपछि मेरो न्याय सूर्यजस्तै अगाडि बढ्छ।\f + \fr 6:5 \fr*\ft हिब्रूमा यसको अर्थ अनिश्‍चित छ।\ft*\f* \q1 \v 6 किनकि म बलिदान होइन, तर दया चाहन्छु, \q2 र होमबलिहरूभन्दा परमेश्‍वरलाई चिनेको म चाहन्छु। \q1 \v 7 आदमले जस्तै\f + \fr 6:7 \fr*\fq आदमले जस्तै \fq*\ft अथवा \ft*\fqa मानव जातिले जस्तै\fqa*\f* तिनीहरूले मेरो करार भङ्ग गरेका छन्; \q2 तिनीहरूले त्यहाँ मप्रति विश्‍वासघात गरेका छन्। \q1 \v 8 गिलाद दुष्‍ट मानिसहरूको सहर हो, \q2 र त्यो सहर रगतका पाइलाहरूले भरिएको छ। \q1 \v 9 जसरी लुटेराहरूले मानिसलाई ढुकिबस्छन्, \q2 त्यसरी नै पुजारीहरूको समूहले ढुकिबस्छन्; \q1 आफ्ना दुष्‍ट योजनाहरू पूरा गर्न \q2 तिनीहरूले शेकेमको पवित्रस्थानतिर जाने मानिसहरूलाई बाटोमा हत्या गर्छन्। \q1 \v 10 मैले इस्राएलको घरानामा एउटा भयानक कुरा देखेको छु: \q2 त्यहाँ एफ्राइमलाई वेश्यावृत्तिको लागि दिइएको छ, \q2 इस्राएल अपवित्र पारिएको छ। \b \q1 \v 11 “मैले मेरा मानिसहरूको सुदिन पुनर्स्थापित गर्दा, \q2 हे यहूदा, तेरो निम्ति पनि \q2 कटनीको समय तोकिएको छ। \c 7 \q1 \v 1 “जब म इस्राएललाई निको पार्नेछु, \q2 एफ्राइमको पाप उदाङ्गो हुन्छ; \q2 र सामरियाका अपराधहरू प्रकट हुन्छन्। \q1 तिनीहरूले छलपूर्ण व्यवहार गर्छन्; \q2 चोरहरू घर फोरेर घरभित्र पस्छन्, \q2 डाँकुहरूले सडकहरूमा लुटपाट गर्छन्; \q1 \v 2 तर तिनीहरूले यो बुझ्दैनन्, \q2 म तिनीहरूका सबै दुष्‍ट कामहरूको स्मरण गर्छु। \q1 तिनीहरूका पापहरूले तिनीहरूलाई ढाकेका छन्; \q2 तिनीहरू सधैँ मेरो सामु छन्। \b \q1 \v 3 “तिनीहरूले राजालाई आफ्ना दुष्‍टताले \q2 र शासकहरूलाई झूटले खुशी तुल्याउँछन्। \q1 \v 4 तिनीहरू जलिरहेका भट्टीजस्तै \q2 सबै व्यभिचारीहरू छन्, \q1 जसको आगो पकाउनेले पिठो मुछेदेखि रोटी नपाकुन्जेल \q2 त्यसले दाउरा नचलाए तापनि सल्किरहन्छ। \q1 \v 5 हाम्रा राजाको चाडको दिनमा \q2 शासकहरू मद्य पिएर चुर हुन्छन्, \q2 र तिनले गिल्‍ला गर्नेहरूसँग पनि हात मिलाउँछन्। \q1 \v 6 तिनीहरूको हृदय भट्टीजस्तै छ; \q2 तिनीहरूले त्यसलाई षड्यन्त्रका साथ भेट्छन्। \q1 तिनीहरूको क्रोध रातभरि जलिरहन्छ; \q2 बिहान त्यो दन्किरहेको आगोजस्तै हुन्छ। \q1 \v 7 तिनीहरू सबै आगोको भट्टीजस्तै ताता छन्; \q2 तिनीहरूले आफ्ना शासकहरूलाई भस्म पार्छन्। \q1 तिनीहरूका सबै राजाहरू मारिन्छन्, \q2 तर तिनीहरू कसैले पनि मलाई पुकार्दैनन्। \b \q1 \v 8 “एफ्राइम अन्य राष्ट्रहरूसँग घुलमिल हुन्छ; \q2 एफ्राइम एकापट्टि मात्र पोलेको रोटीजस्तै हो। \q1 \v 9 विदेशीहरूले त्यसको शक्ति नाश पारेका छन्, \q2 तर पनि त्यसले त्यो जान्दैन। \q1 त्यसका केश फूलेका छन्, \q2 तर पनि त्यसले त्यो जान्दैन। \q1 \v 10 इस्राएलको अहङ्कारले उहाँको विरुद्धमा गवाही दिन्छ, \q2 तर यी सबै कुराहरू भए तापनि \q1 त्यो याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्कंदैन, \q2 न त उहाँको खोजी गर्छ। \b \q1 \v 11 “एफ्राइम ढुकुरजस्तो छ, \q2 सजिलै बहकाउन सकिने मूर्ख, \q1 त्यसले कहिले इजिप्टलाई पुकार्छ भने, \q2 कहिले त्यो अश्शूरतिर फर्कन्छ। \q1 \v 12 जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि मेरो जाल फिँजाउनेछु; \q2 म तिनीहरूलाई आकाशका पक्षीहरूलाई जस्तै तल झार्नेछु। \q1 जब तिनीहरू एक ठाउँमा सँगै भेला भएको सुन्छु, \q2 तब म तिनीहरूलाई पक्रनेछु। \q1 \v 13 धिक्‍कार तिनीहरूलाई! \q2 किनकि तिनीहरू मदेखि तर्किगएका छन्! \q1 तिनीहरू नष्‍ट होऊन्; \q2 किनकि तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्! \q1 म तिनीहरूलाई छुटकारा दिने उत्कट इच्छा राख्दछु, \q2 तर तिनीहरू मेरो विरुद्धमा झूट बोल्छन्। \q1 \v 14 तिनीहरू आफ्ना हृदयदेखि मलाई पुकार गर्दैनन्, \q2 तर तिनीहरू आफ्ना ओछ्यानमा विलाप गर्छन्। \q1 तिनीहरू अन्‍न र नयाँ दाखमद्यका \q2 निम्ति आफैँलाई घाइते पार्छन्, तिनीहरूका देवताहरूसँग पुकार गर्छन्, \q2 तर मदेखि भने तिनीहरू तर्किएर जान्छन्। \q1 \v 15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, \q2 तर तिनीहरू मेरो विरुद्धमा दुष्‍ट युक्ति रच्दछन्। \q1 \v 16 तिनीहरू सर्वोच्‍चकहाँ फर्कंदैनन्; \q2 तिनीहरू व्यर्थैको बाङ्गो धनुजस्तै छन्। \q1 तिनीहरूका अगुवाहरू तिनीहरूका अहङ्कारी \q2 कुराहरूको कारण तरवारद्वारा नष्‍ट हुनेछन्। \q1 यसको कारण तिनीहरू \q2 इजिप्ट देशमा हाँसोको पात्र बन्‍नेछन्। \c 8 \s1 इस्राएलले भुमरीको कटनी गरेको \q1 \v 1 “तुरहीलाई आफ्नो ओठमा राख! \q2 शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ, \q1 किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, \q2 र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्। \q1 \v 2 इस्राएलले मलाई पुकार गर्छ, \q2 ‘हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’ \q1 \v 3 तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारण \q2 शत्रुले त्यसलाई खेद्नेछ। \q1 \v 4 तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; \q2 तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। \q1 तिनीहरूले आफ्नै विनाशको निम्ति \q2 आफ्ना सुन र चाँदीबाट \q2 आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्। \q1 \v 5 हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ! \q2 तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ। \q1 कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्? \q2 \v 6 तिनीहरू इस्राएलका हुन्! \q1 यो बाछा एक जना कारिगरले बनाएको हो; \q2 त्यो परमेश्‍वर हुँदै होइन। \q1 तर सामरियाको त्यो बाछा \q2 टुक्रा-टुक्रा पारिनेछ। \b \q1 \v 7 “तिनीहरूले बतास छर्दछन्, \q2 र आँधीबेहरीको कटनी गर्दछन्। \q1 गहुँको डाँठमा बाला छैन; \q2 त्यसबाट पिठो पनि निस्कनेछैन। \q1 यदि त्यसले अन्‍न फलाए तापनि \q2 विदेशीहरूले त्यसलाई निलिदिनेछन्। \q1 \v 8 इस्राएल निलिएको छ; \q2 अब त्यो राष्ट्रहरूको बीचमा \q2 कसैले नचाहने वस्तुजस्तै भएको छ। \q1 \v 9 किनकि तिनीहरू एकलै डुलिहिँड्ने \q2 जङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्। \q2 एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ। \q1 \v 10 तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनि \q2 अब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु। \q1 शक्तिशाली राजाको थिचोमिचोमा \q2 परेर तिनीहरू नाश हुन थाल्नेछन्। \b \q1 \v 11 “एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनि \q2 ती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्। \q1 \v 12 मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु; \q2 तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने। \q1 \v 13 तिनीहरूले मलाई बलिदानहरू चढाउँछन्, \q2 र मासुचाहिँ तिनीहरूले खान्छन्; \q2 त्यसैले याहवेह तिनीहरूसँग प्रसन्‍न हुनुहुन्‍न। \q1 यसकारण उहाँले तिनीहरूको दुष्‍टता सम्झनुहुनेछ, \q2 र तिनीहरूका पापको दण्ड दिनुहुनेछ: \q2 तिनीहरू फेरि इजिप्टमा फर्किजानेछन्। \q1 \v 14 इस्राएलले आफ्ना सृष्‍टिकर्तालाई बिर्सिएको छ, \q2 र महलहरू बनाएको छ; \q2 यहूदाले धेरै सहरहरूलाई सुरक्षित पर्खालले घेरेको छ। \q1 तर म तिनीहरूका सहरहरूमा आगो पठाउनेछु, \q2 जसले तिनीहरूका गढहरूलाई भस्म पार्नेछ।” \c 9 \s1 इस्राएलको निम्ति दण्ड \q1 \v 1 हे इस्राएल, रमाइलो नगर्; \q2 अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। \q1 किनकि तँ आफ्ना परमेश्‍वरप्रति विश्‍वासघाती भएको छस्; \q2 तैँले हरेक खलामा वेश्यावृत्तिको \q2 ज्याला मन पराएको छस्। \q1 \v 2 खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्; \q2 तिनीहरूलाई नयाँ दाखरसको अभाव हुनेछ। \q1 \v 3 तिनीहरू याहवेहको देशमा बस्‍नेछैनन्; \q2 एफ्राइम फेरि इजिप्टतिर फर्कनेछ, \q2 र अश्शूरमा अशुद्ध भोजन खानेछ। \q1 \v 4 तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्, \q2 न त तिनीहरूका बलिदानहरूले उहाँलाई खुशी तुल्याउनेछ। \q1 यस्ता बलिदानहरू तिनीहरूका निम्ति विलाप गर्नेहरूको रोटीजस्ता हुनेछन्; \q2 ती रोटी खाने सबै अशुद्ध हुनेछन्। \q1 त्यो भोजन तिनीहरूकै भोकको निम्ति मात्र हुनेछ; \q2 त्यो याहवेहको मन्दिरमा आउनेछैन। \b \q1 \v 5 “तेरा निम्ति तोकिएका चाडहरूको दिनमा, \q2 याहवेहका चाडका दिनहरूमा, तैँले के गर्नेछस्? \q1 \v 6 यदि तिनीहरू विनाशबाट भागे तापनि \q2 इजिप्टले तिनीहरूलाई जम्मा गर्नेछ, \q2 र मेम्फिसका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। \q1 तिनीहरूका चाँदीका भण्डारहरूलाई सिस्‍नुघारीले छोप्नेछ, \q2 र तिनीहरूका पालहरूलाई काँडाघारीले ढाक्नेछ। \q1 \v 7 इस्राएलले यो कुरा थाहा गरोस्, \q2 दण्डका दिनहरू आइरहेका छन्; \q2 प्रतिशोधका दिनहरू ज्यादै नजिकै छन्। \q1 किनभने तेरा पापहरू अति धेरै छन्, \q2 तेरो शत्रुता धेरै भएको कारण \q1 तैँले अगमवक्तालाई मूर्ख र प्रेरणा पाएको \q2 मानिसलाई बौलाहासरह ठान्छस्। \q1 \v 8 अगमवक्ता मेरा परमेश्‍वरको साथसाथै \q2 एफ्राइमको पनि पहरेदार हो; \q1 तरै पनि त्यसका सबै बाटोहरूमा त्यसलाई पासो \q2 र त्यसका परमेश्‍वरको भवनमा शत्रुताले पर्खिरहेको हुन्छ। \q1 \v 9 तिनीहरू गेबाका दिनमा जस्तै, \q2 भ्रष्‍टाचारमा चुर्लुम्म डुबेका छन्। \q1 परमेश्‍वरले तिनीहरूको दुष्‍टता याद गर्नुहुनेछ, \q2 र उहाँले तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ। \b \q1 \v 10 “जब मैले इस्राएललाई भेट्टाएँ, \q2 त्यो त मरुभूमिमा अङ्‌गुर भेट्टाएझैँ थियो, \q1 जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, \q2 त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। \q1 तर जब तिनीहरू बाल-पिओरमा आए, \q2 तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, \q2 र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे। \q1 \v 11 एफ्राइमको महिमा चराझैँ उडेर जानेछ, \q2 अर्थात् तिनीहरूमा न त कसैको जन्म, न कोही गर्भावस्था, न त कसैको गर्भधारण हुनेछ। \q1 \v 12 यदि तिनीहरूले छोराछोरी जन्माए तापनि \q2 म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। \q1 तिनीहरूलाई धिक्‍कार! \q2 जब म तिनीहरूबाट टाढा जान्छु। \q1 \v 13 मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा \q2 रोपिएको देखेको छु। \q1 तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई \q2 वधशालामा मारिनका निम्ति ल्याउनेछ।” \b \q1 \v 14 हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, \q2 अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? \q1 तिनीहरूलाई तुहुने गर्भहरू, \q2 र सुकेका स्तनहरू दिनुहोस्। \b \q1 \v 15 “गिलगालमा तिनीहरूका सबै दुष्‍टताहरूको कारण \q2 मैले तिनीहरूलाई घृणा गरेँ। \q1 तिनीहरूका दुष्‍ट कामहरूको कारण \q2 म तिनीहरूलाई मेरो भवनदेखि निकालिदिनेछु। \q1 अब उसो म तिनीहरूलाई प्रेम गर्नेछैनँ; \q2 तिनीहरूका सबै अगुवाहरू विद्रोही छन्। \q1 \v 16 एफ्राइम काटिएर ढलेको छ, \q2 तिनीहरूका जरा ओइलाएका छन्; \q2 तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। \q1 यदि तिनीहरूले छोराछोरी जन्माए तापनि \q2 म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।” \b \q1 \v 17 मेरा परमेश्‍वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; \q2 किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; \q2 तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्। \b \c 10 \q1 \v 1 इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो; \q2 त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो। \q1 जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो, \q2 तब त्यसले धेरै वेदीहरू बनायो; \q1 जब त्यसको देशको समृद्धि भयो, \q2 तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्‍यो। \q1 \v 2 तिनीहरूको हृदय छली छ; \q2 अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ। \q1 याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ; \q2 अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्‍ट पार्नुहुनेछ। \b \q1 \v 3 तब तिनीहरूले भन्‍नेछन्, “हामीले याहवेहलाई \q2 आदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्। \q1 तर यदि हामीसित राजा भए तापनि \q2 तिनले हाम्रा निम्ति के गर्न सक्थे र?” \q1 \v 4 तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्, \q2 झूटो शपथ खान्छन् \q2 र सहमति जनाउँछन्; \q1 त्यसैले जोतिएको जमिनमा उम्रेका \q2 विषालु झारहरूझैँ अन्याय मौलाउँछ। \q1 \v 5 सामरियामा बसोबास गर्ने मानिसहरू \q2 बेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्। \q1 र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्; \q2 तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए; \q1 त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्; \q2 किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ। \q1 \v 6 त्यसलाई महान् राजाको निम्ति \q2 सौगातको रूपमा अश्शूर देशमा लगिनेछ। \q1 एफ्राइम अपमानित हुनेछ; \q2 इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ। \q1 \v 7 सामरियाको राजा नष्‍ट हुनेछ, \q2 त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ। \q1 \v 8 दुष्‍टताका अग्ला-अग्ला डाँडाहरू नष्‍ट पारिनेछन्; \q2 यो इस्राएलको पाप हो। \q1 काँडा र सिउँडीहरू बढ्नेछन्, \q2 र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्। \q1 त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!” \q2 र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!” \b \q1 \v 9 “हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ, \q2 र तिमीहरू त्यही पापमा छौ। \q1 के गेबामा भएका दुष्‍ट काम गर्ने मानिसहरू \q2 फेरि युद्धमा पर्दैनन् र? \q1 \v 10 म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु; \q2 तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाई \q2 तिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्। \q1 \v 11 एफ्राइम दाइँ गर्न रुचाउने \q2 तालिमद्वारा सधाइएकी कोरली हो; \q1 यसकारण म त्यसको सुन्दर काँधमाथि \q2 गह्रौँ जुवा हालिदिनेछु। \q1 म एफ्राइमलाई धपाउनेछु, \q2 यहूदाले चाहिँ जोत्नुपर्छ \q2 र याकोबले जमिन फुटाउनुपर्नेछ। \q1 \v 12 आफ्नो निम्ति धार्मिकताको बिउ छर! \q2 अचुक प्रेमको फसलको कटनी गर! \q1 र तिमीहरूका नजोतिएका जमिनलाई जोत; \q2 किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो; \q1 अनि उहाँ आउनुहुन्छ \q2 र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ। \q1 \v 13 तर तिमीहरूले दुष्‍टता रोपेका छौ, \q2 र तिमीहरूले पापको कटनी गरेका छौ; \q2 तिमीहरूले छलको फल खाएका छौ। \q1 अनि तिमीहरूले आफ्नै सामर्थ्य \q2 र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण \q1 \v 14 तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्; \q2 युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ \q1 तिमीहरूका सबै बलिया किल्‍लाहरू नष्‍ट हुनेछन्; \q2 जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगै \q2 भुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए। \q1 \v 15 हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ; \q2 किनकि तेरो दुष्‍टता धेरै छ। \q1 त्यो दिन आएपछि, \q2 इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ। \c 11 \s1 इस्राएलको निम्ति परमेश्‍वरको प्रेम \q1 \v 1 “इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ, \q2 मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ। \q1 \v 2 तर मैले इस्राएललाई जति धेरै बोलाएँ, \q2 तिनीहरू मदेखि उति नै धेरै टाढा गए। \q1 तिनीहरूले बाल-देवताहरूलाई बलिदान चढाए, \q2 र तिनीहरूले मूर्तिहरूलाई धूप बाले। \q1 \v 3 एफ्राइमलाई आफ्नो अँगालोमा राखेर, \q2 तिनीहरूलाई हिँड्न सिकाउने म नै हुँ; \q1 तर तिनीहरूले जानेनन्, \q2 कि मैले नै तिनीहरूलाई निको पारेको हुँ। \q1 \v 4 मैले तिनीहरूलाई मानवीय प्रेम \q2 र दयाको डोरीले बाँधेर डोर्‍याएँ; \q1 मैले तिनीहरूलाई एउटा सानो बालकलाई जस्तै \q2 मायाले उठाएर आफ्नो गालामा टसाएँ \q2 र तिनीहरूलाई खुवाउन म निहुरेँ। \b \q1 \v 5 “तिनीहरूले पश्‍चात्ताप गर्न अस्वीकार गरेको कारण \q2 के तिनीहरू इजिप्टमा फर्कनेछैनन् \q2 र अश्शूरले तिनीहरूमाथि शासन गर्नेछैन र? \q1 \v 6 तिनीहरूका सहरहरूमा तरवार घुम्‍नेछ; \q2 तिनीहरूका झूटा अगमवक्ताहरू मारिनेछन्, \q2 र तिनीहरूका योजनाहरूको अन्त्य गरिदिनेछन्। \q1 \v 7 मेरा मानिसहरूले मबाट तर्किएर जाने निश्‍चय गरेका छन्। \q2 तिनीहरूले मलाई सर्वोच्‍च परमेश्‍वर भनी पुकारे तापनि \q2 म कुनै पनि हालतमा तिनीहरूलाई उचाल्ने छैन। \b \q1 \v 8 “हे एफ्राइम, म तँलाई कसरी त्याग्न सक्छु? \q2 हे इस्राएल, म तँलाई कसरी शत्रुको हातमा सुम्पिदिन सक्छु? \q1 म तँलाई कसरी अदमा सहरलाई झैँ व्यवहार गर्न सक्छु? \q2 म तँलाई कसरी सबोयीम सहरझैँ बनाउन सक्छु? \q1 मेरो हृदय मभित्र बदलिएको छ; \q2 मेरो मनमा दया जागेको छ। \q1 \v 9 म मेरो भयानक क्रोध पोख्नेछैनँ; \q2 म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। \q1 किनकि म त परमेश्‍वर हुँ, मानिस होइनँ; \q2 तिमीहरूका बीचमा रहने पवित्र परमेश्‍वर हुँ। \q2 म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ। \q1 \v 10 तिनीहरूले याहवेहलाई पछ्याउनेछन्; \q2 उहाँ सिंहजस्तै गर्जनुहुनेछ। \q1 जब उहाँ गर्जनुहुन्छ, तब उहाँका छोराछोरीहरू \q2 काम्दै पश्‍चिमबाट आउनेछन्। \q1 \v 11 तिनीहरू इजिप्टबाट आउनेछन्, \q2 भँगेराहरूझैँ काँप्दै आउनेछन्, \q2 र अश्शूरबाट ढुकुरहरूझैँ फटफटाउँदै आउनेछन्। \q1 म तिनीहरूलाई तिनीहरूका घरहरूमा बसाल्नेछु,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \s1 इस्राएलको पाप \q1 \v 12 एफ्राइमले मलाई झूटले, \q2 र इस्राएलले मलाई छलले घेरेको छ। \q1 यहूदाले अझै परमेश्‍वरको विरुद्धमा, \q2 विश्‍वासयोग्य पवित्र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छ। \c 12 \q1 \v 1 एफ्राइमले बतासले आफ्नो पेट भर्छ; \q2 त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ; \q2 अनि झूट र हिंसा बढाउँछ। \q1 त्यसले अश्शूरसँग सन्धि गर्छ, \q2 र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ। \q1 \v 2 याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ; \q2 उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ, \q2 र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ। \q1 \v 3 उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो; \q2 मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो। \q1 \v 4 उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; \q2 ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो। \q1 उहाँले उसलाई बेथेलमा भेट्नुभयो, \q2 र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो, \q1 \v 5 अर्थात् याहवेह सेनाहरूका परमेश्‍वर हुनुहुन्छ, \q2 र याहवेह उहाँको नाम हो! \q1 \v 6 तर तँ आफ्ना परमेश्‍वरकहाँ फर्कनुपर्छ; \q2 प्रेम र न्याय कायम राख्, \q2 र सधैँ तेरा परमेश्‍वरको प्रतीक्षा गर्। \b \q1 \v 7 व्यापारीले छलको तराजु प्रयोग गर्छ, \q2 र त्यसले छल गर्न रुचाउँछ। \q1 \v 8 एफ्राइमले घमण्डसित भन्छ, \q2 “म अति धनी छु; म धनाढ्य भएको छु। \q1 मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले \q2 ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।” \b \q1 \v 9 “म याहवेह तेरा परमेश्‍वर हुँ, \q2 जसले तँलाई इजिप्टबाट ल्याएको हुँ; \q1 तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ \q2 म तँलाई फेरि पालहरूमा बस्‍न लगाउनेछु। \q1 \v 10 मैले अगमवक्ताहरूसँग कुरा गरेको छु, \q2 तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु; \q2 अनि तिनीहरूद्वारा दृष्‍टान्तहरू भनेको छु।” \b \q1 \v 11 के गिलाद दुष्‍ट हो? \q2 त्यहाँका मानिसहरू व्यर्थका छन्! \q1 के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्? \q2 तिनीहरूका वेदीहरू जोतिएका जमिनमा \q2 थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्। \q1 \v 12 याकोब अराम\f + \fr 12:12 \fr*\ft यो उत्तर-पश्‍चिमी मेसोपोटामिया हो।\ft*\f* देशमा भागेर गयो; \q2 इस्राएलले पत्नी पाउनलाई सेवा गर्‍यो, \q2 र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो। \q1 \v 13 याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन \q2 एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो; \q2 उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो। \q1 \v 14 तर एफ्राइमले परमेश्‍वरलाई साह्रै रिस उठाएको छ; \q2 त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ; \q2 अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ। \c 13 \s1 इस्राएलको विरुद्धमा याहवेहको रिस \q1 \v 1 जब एफ्राइम बोल्थ्यो, मानिसहरू काम्थे; \q2 त्यो इस्राएलमा उच्‍च पारियो। \q2 तर त्यो बाल-देवताको दोषी ठहरियो र मर्‍यो। \q1 \v 2 अहिले तिनीहरूले अझ बढी पाप गरिरहेका छन्; \q2 तिनीहरूले आफ्ना चाँदीबाट आफ्नै निम्ति मूर्तिहरू बनाउँछन्, \q1 अर्थात् निपुणतासाथ बनाइएका मूर्तिहरू, \q2 ती सबै मूर्तिहरू कारिगरहरूका काम हुन्। \q1 यी मानिसहरूको विषयमा यसो भनिएको छ, \q2 “तिनीहरूले मानवबलि चढाउँछन्! \q2 अनि बाछाको मूर्तिहरूलाई चुम्बन गर्छन्।” \q1 \v 3 यसकारण तिनीहरू बिहानको कुइरोझैँ, \q2 बिहान सबेरै बिलाउने तुसारोझैँ, \q2 खलाबाट उडिजाने भुसझैँ, \q2 चिम्नीबाट निस्केको धुवाँझैँ हुनेछन्। \b \q1 \v 4 “तर तिमीहरू इजिप्टबाट निस्केर आएको समयदेखि नै, \q2 म याहवेह तिमीहरूका परमेश्‍वर हुँ; \q1 अनि तिमीहरूले मबाहेक अरू कसैलाई पनि परमेश्‍वर भनी स्वीकार नगर्नू, \q2 मबाहेक अर्को कोही पनि मुक्तिदाता छँदैछैन। \q1 \v 5 मैले तिमीहरूलाई उजाडस्थानमा \q2 चर्को गर्मीको ठाउँमा हेरचाह गरेँ। \q1 \v 6 जब मैले तिनीहरूलाई खुवाएँ, तिनीहरू सन्तुष्‍ट भए; \q2 तर जब तिनीहरू सन्तुष्‍ट भए, त्यसपछि तिनीहरू झन् घमण्डी भए; \q2 अनि तिनीहरूले मलाई बिर्से। \q1 \v 7 यसकारण म तिनीहरूमाथि सिंहजस्तै झम्टिनेछु; \q2 म चितुवाझैँ तिनीहरूका बाटोमा ढुकिबस्‍नेछु। \q1 \v 8 आफ्नो बच्‍चा खोसिएकी भालुजस्तै, \q2 म तिनीहरूलाई आक्रमण गर्नेछु, र तिनीहरूलाई च्यातचुत पार्नेछु; \q1 बाघले जस्तै म तिनीहरूलाई निल्नेछु, \q2 जङ्गली जनावरले जस्तै तिनीहरूलाई फहराउनेछु। \b \q1 \v 9 “हे इस्राएल, तँ सर्वनाश भएको छस्; \q2 किनकि तँ मेरो विरुद्धमा, तेरो सहयोगीको विरुद्धमा छस्। \q1 \v 10 तिमीहरूको राजा कहाँ छ, जसले तिमीहरूलाई बचाउन सकोस्? \q2 तिमीहरूका सबै सहरहरूका शासकहरू कहाँ छन्? \q1 जसको बारेमा तिमीहरूले भन्थ्यौ, \q2 ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्।’ \q1 \v 11 यसकारण मैले मेरो रिसमा तिमीहरूलाई राजा दिएँ; \q2 अनि मेरो क्रोधमा मैले त्यसलाई टाढा पठाएँ। \q1 \v 12 एफ्राइमका दोषहरूलाई भण्डारण गरिएको छ; \q2 त्यसका पापहरूको हिसाब राखिएको छ। \q1 \v 13 स्त्रीको प्रसव वेदनाजस्तै त्यसमाथि दुःख आउनेछ, \q2 तर त्यो त बुद्धिविनाको बालक हो; \q1 जन्मने समय हुँदा पनि त्यसमा \q2 गर्भको मुखबाट बाहिर आउने समझ त्यसमा हुँदैन।” \b \q1 \v 14 म तिनीहरूलाई चिहानको शक्तिबाट मोल तिरेर छुटाउनेछु; \q2 म तिनीहरूलाई मृत्युबाट छुटकारा दिनेछु। \q1 हे मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? \q2 हे चिहान, तेरो विनाश कहाँ छ? \b \q1 “म अलिकति पनि दया देखाउनेछैनँ; \q2 \v 15 यदि त्यो आफ्ना दाजुभाइहरूको बीचमा फलदायी भए तापनि \q2 म त्यसप्रति दयालु बन्‍नेछैनँ। \q1 पूर्वीय बतास याहवेहबाट आउनेछ, \q2 र त्यसलाई उजाडस्थानबाट उडाएर लैजानेछ; \q1 त्यसको पानीको मूल बन्द हुनेछ, \q2 र त्यसको पानीको कुवा सुक्नेछ। \q1 त्यसको भण्डारबाट त्यसका सबै \q2 बहुमूल्य कुराहरू लुटिनेछन्। \q1 \v 16 सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ; \q2 किनकि तिनीहरूले आफ्ना परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका छन्। \q1 तिनीहरू तरवारद्वारा मारिनेछन्; \q2 तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्; \q2 तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।” \c 14 \s1 आशिष् ल्याउनका लागि पश्‍चात्ताप \q1 \v 1 हे इस्राएल, याहवेह आफ्ना परमेश्‍वरकहाँ फर्की। \q2 तेरा पापहरू नै तेरा पतनका कारण हुन्! \q1 \v 2 आफूसँग वचनहरू लिएर \q2 याहवेहतिर फर्क। \q1 उहाँलाई भन: \q2 “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, \q1 र हामीलाई अनुग्रहसाथ स्वीकार गर्नुहोस्, \q2 ताकि हामी हाम्रा ओठका भेटीहरू चढाउन सकौँ। \q1 \v 3 अश्शूर देशले हामीलाई बचाउन सक्दैन; \q2 हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। \q1 हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई \q2 ‘हाम्रा देवताहरू’ भन्‍ने छैनौँ; \q2 किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।” \b \q1 \v 4 “म तिनीहरूको पथभ्रष्‍टतालाई निको पार्नेछु, \q2 र तिनीहरूलाई स्वेच्छाले प्रेम गर्नेछु; \q2 किनकि मेरो रिस तिनीहरूबाट हटिसकेको छ। \q1 \v 5 म इस्राएलको निम्ति शीतजस्तो बन्‍नेछु; \q2 त्यो लिली फूलझैँ फुल्नेछ। \q1 लेबनानको देवदारुझैँ \q2 त्यसले आफ्ना जराहरू गहिराइसम्म फैलाउनेछ; \q2 \v 6 त्यसका कलिला मुनाहरू बढ्नेछन्। \q1 त्यसको शोभा जैतुनको रूखझैँ हुनेछ, \q2 र त्यसको बास्‍ना लेबनानको देवदारुझैँ हुनेछ। \q1 \v 7 मानिसहरू फेरि त्यसको छहारीमा बस्‍नेछन्; \q2 तिनीहरू अन्‍नझैँ लहलहाउने छन्; \q1 तिनीहरू दाखको बोटझैँ फक्रनेछन्; \q2 इस्राएलको प्रसिद्धि लेबनानको दाखमद्यजस्तै हुनेछ। \q1 \v 8 हे एफ्राइम, मूर्तिहरूसँग मेरो के काम? \q2 म त्यसलाई जवाफ दिनेछु र त्यसको हेरचाह गर्नेछु। \q1 म हरियो धूपी सल्‍लाको रूखझैँ छु; \q2 तेरो फल मबाट नै आउँछ।” \b \q1 \v 9 बुद्धिमान् को छ? तिनीहरूले यी कुराहरू थाहा गरून्। \q2 समझदार को छ? तिनीहरूले यी कुराहरू बुझ्न सकून्। \q1 याहवेहका मार्गहरू ठिक छन्; \q2 धर्मी जनहरू त्यसैमा हिँड्छन्, \q2 तर विद्रोहीहरूले भने त्यसैमा ठक्‍कर खान्छन्।