\id HAG - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h हाग्गै \toc1 हाग्गैको भविष्यवाणी \toc2 हाग्गै \toc3 हाग्गै \mt1 हाग्गैको भविष्यवाणी \c 1 \s1 याहवेहको भवन बनाउनको लागि आह्वान \p \v 1 दारा राजाको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यरुबाबेल, जो यहूदाका राज्यपाल थिए; अनि यहोसादाकका\f + \fr 1:1 \fr*\ft मूल भाषामा यहोसादाकको अर्को नाम \ft*\fqa योसादक।\fqa*\f* छोरा यहोशू, जो प्रधान पुजारी थिए; तिनीकहाँ याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: \p \v 2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “यी मानिसहरू भन्छन्, ‘याहवेहको भवन निर्माण गर्ने समय अझै आएको छैन।’ ” \p \v 3 तब याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: \v 4 “के यो भवन भग्नावशेष अवस्थामा रहेको बेला तिमीहरू आफूचाहिँ बुट्टेदार काठले सजिएको घरमा बस्‍ने समय हो र?” \p \v 5 यसकारण अब सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर। \v 6 तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।” \p \v 7 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर। \v 8 पर्वतहरूमा उक्लेर जाओ र काठ लिएर आओ; अनि मेरो भवन बनाओ, ताकि म त्यसमा प्रसन्‍न हुन सकूँ र मेरो महिमा होस्,” याहवेह भन्‍नुहुन्छ। \v 9 “तिमीहरूले धेरै आशा गरेका थियौ, तर हेर, त्यो थोरै हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले उडाइदिएँ। मैले किन त्यसो गरेँ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “किनकि मेरो भवनचाहिँ नष्‍ट भएको छ; अनि तिमीहरू हरेकचाहिँ आफ्नो घर बनाउनमा व्यस्त छौ। \v 10 यसर्थ तिमीहरूको कारणले गर्दा नै आकाशले शीत पार्न र पृथ्वीले आफ्नो अन्‍न उब्जाउन छोडेको छ। \v 11 मैले जमिनहरू, पर्वतहरू, अन्‍न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।” \b \p \v 12 तब शालतिएलका छोरो यरुबाबेल र यहोसादाकका छोरा यहोशू प्रधान पुजारी; अनि बाँकी रहेका मानिसहरूले याहवेह आफ्ना परमेश्‍वरको वचन र हाग्गै अगमवक्ताको कुरा पालन गरे; किनकि हाग्गैलाई याहवेह तिनीहरूका परमेश्‍वरले पठाउनुभएको थियो। अनि ती मानिसहरूले परमेश्‍वरको डर माने। \p \v 13 तब याहवेहका समाचारवाहक हाग्गैले याहवेहको यो सन्देश मानिसहरूलाई दिए: “म तिमीहरूका साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। \v 14 अनि यसरी याहवेहले शालतिएलको छोरा, यहूदाका राज्यपाल, यरुबाबेल र यहोसादाकको छोरा, यहोशू प्रधान पुजारी र बाँकी रहेका समस्त मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सेनाहरूका याहवेह तिनीहरूका परमेश्‍वरको भवन निर्माण गर्न थाले। \v 15 यो काम तिनीहरूले दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा सुरु गरे। \s1 प्रतिज्ञा गरिएको नयाँ भवनको महिमा \p दारा राजाको शासनकालको दोस्रो वर्ष, \c 2 \nb \v 1 सातौँ महिनाको एक्‍काइसौँ दिनमा, याहवेहको वचन अगमवक्ता हाग्गैद्वारा आयो: \v 2 “शालतिएलको छोरा, यहूदाका राज्यपाल यरुबाबेल, यहोसादाकको छोरा, प्रधान पुजारी, यहोशू र बाँकिरहेका मानिसहरूसँग कुरा गर्। तिनीहरूलाई सोध्, \v 3 ‘तिमीहरूमध्ये यहाँ को बाँकी रहेको छ, जसले यस भवनको पहिलेको महिमा देखेको थियो? अहिलेको भवन तिमीहरूलाई कस्तो लाग्यो? के तिमीहरूलाई यो केही पनि होइन जस्तो लाग्छ? \v 4 तर अहिले ए यरुबाबेल, साहस गर्,’ भनी याहवेह भन्‍नुहुन्छ। ‘ए यहोसादाकको छोरा, प्रधान पुजारी यहोशू साहस गर्। यस देशका सबै बाँकी रहेका मानिसहरू हो, साहसी होओ, र काम सुरु गर,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘किनकि म तिमीहरूको साथमा छु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 5 ‘तिमीहरू इजिप्टबाट निस्केर आउँदा मैले तिमीहरूसँग यही करार बाँधेको थिएँ। अनि मेरो आत्मा तिमीहरूका बीचमा छ। तिमीहरू भयभीत नहोओ।’ \p \v 6 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘केही बेरपछि फेरि एक पल्ट म आकाश र पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्‍लाउनेछु। \v 7 म सबै राष्ट्रहरूलाई हल्‍लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 8 ‘चाँदी मेरो हो, र सुन पनि मेरै हो,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। \v 9 ‘यो वर्तमान भवनको महिमा पहिलेको भवनको भन्दा अझ बढी हुनेछ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। ‘अनि म यस भवनमा शान्ति प्रदान गर्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।” \s1 अशुद्ध मानिसहरूका निम्ति आशिष् \p \v 10 दारा राजाको शासनकालको दोस्रो वर्षको नवौँ महिनाको चौबीसौँ दिनमा, याहवेहको यो वचन हाग्गै अगमवक्ताकहाँ आयो: \v 11 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: व्यवस्थाले के भन्छ सो पुजारीहरूलाई सोध्: \v 12 ‘यदि कसैले आफ्नो कपडाको किनारामा पवित्र मासु बोक्छ; अनि त्यस कपडाको किनारले रोटी, सुरुवा, दाखमद्य, जैतुन तेल वा अन्य कुनै पनि खानेकुरा छोयो भने के त्यो खानेकुरा पवित्र हुन्छ र?’ ” \p पुजारीहरूले जवाफ दिए, “हुँदैन!” \p \v 13 तब हाग्गैले सोधे, “यदि मृत शरीर छोएर अशुद्ध भएको मानिसले यस्तो कुनै एउटा चीजलाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” \p पुजारीले जवाफ दिए, “हजुर, त्यो अशुद्ध हुन्छ।” \p \v 14 तब हाग्गैले भने, “ ‘मेरो नजरमा यी मानिसहरू र यो राष्ट्रहरू पनि त्यस्तै हुन्,’ याहवेह भन्‍नुहुन्छ। ‘तिनीहरूले जे गर्छन्, र तिनीहरूले जे चढाउँछन्, सबै थोक अशुद्ध छन्। \p \v 15 “ ‘अब आजको दिनदेखि उसो यस कुरामा होसियारीसाथ विचार गर; याहवेहको मन्दिर बनाउँदा एक ढुङ्गामाथि अर्को ढुङ्गा राख्दा अगिको अवस्था कस्तो थियो, सो विचार गर। \v 16 त्यस समयमा जब कोही अन्‍नको थुप्रोमा बीस किलो अन्‍न लिन आउँथ्यो, तब दश किलो मात्र पाउँदथ्यो। जब कसैले दाखमद्यको कोलमा गएर पचास लिटर लिन चाहन्थ्यो भने केवल बीस लिटर मात्र पाउँदथ्यो। \v 17 मैले तिमीहरूका हातबाट गरेका काममाथि रोग, ढुसी र असिनाले प्रहार गरेँ, तर पनि तिमीहरू मतिर फर्केनौ,’ याहवेह घोषणा गर्नुहुन्छ। \v 18 ‘आजको दिन नवौँ महिनाको चौबीसौँ दिनदेखि यता, त्यस दिनको बारेमा होसियारीसाथ विचार गर, जुन दिन याहवेहको मन्दिरको जग बसालिएको थियो, ती होसियारीसाथ विचार गर: \v 19 के अझै पनि भकारीमा केही बिउ बाँकी रहेको छ? आजसम्म दाखको बोट, नेभाराको बोट, अनार र जैतुनका बोटले फल फलाएको छैन। \p “ ‘तर आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु।’ ” \s1 यरुबाबेल याहवेहको औँठी-छाप \p \v 20 नवौँ महिनाको चौबीसौँ दिनमा, दोस्रो पटक याहवेहको वचन हाग्गैकहाँ आयो: \v 21 “यहूदाका राज्यपाल यरुबाबेललाई भन्, म स्वर्ग र पृथ्वीलाई हल्‍लाउनेछु। \v 22 म राजगद्दीहरू पल्टाइदिनेछु, र विदेशी राज्यहरूका शक्ति चकनाचुर पारिदिनेछु। म रथ र सारथीहरू पल्टाइदिनेछु; अनि घोडा र तिनका सारथीहरू आफ्नै भाइका तरवारद्वारा मारिनेछन्। \p \v 23 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘मेरो सेवक, शालतिएलको छोरो, यरुबाबेल, म तँलाई लिनेछु’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘र तँलाई मेरो औँठी-छापजस्तै बनाउनेछु; किनकि मैले तँलाई रोजेको छु,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”