\id HAB - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h हबकूक \toc1 हबकूकको भविष्यवाणी \toc2 हबकूक \toc3 हब \mt1 हबकूकको भविष्यवाणी \c 1 \p \v 1 हबकूक अगमवक्ताले पाएका भविष्यवाणी यही हो। \b \s1 हबकूकको दुखेसो \q1 \v 2 हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, \q2 तर तपाईंले सुन्‍नुहुन्‍न? \q1 “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, \q2 तर तपाईंले सुन्‍नुहुन्‍न? \q1 \v 3 किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? \q2 किन तपाईं अत्याचार सहनुहुन्छ? \q1 मेरो सामु हिंसा र विनाश भइरहेका छन्; \q2 झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्। \q1 \v 4 यसकारण कानुन-व्यवस्था मन्द भएको छ; \q2 अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। \q1 दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन्; \q2 यसकारण न्यायको दुरुपयोग हुन्छ। \s1 याहवेहको जवाफ \q1 \v 5 “राष्ट्रहरूलाई हेर्, विचार गर्, \q2 र आश्‍चर्यचकित हो; \q1 किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, \q2 जुन तिमीहरूलाई भनियो भने पनि \q2 तिमीहरूले विश्‍वास गर्नेछैनौ। \q1 \v 6 म बेबिलोनीहरूलाई खडा गर्दैछु, \q2 जो निर्दयी र उग्र स्वभावका छन्; \q1 तिनीहरू अर्काको घरबारहरू कब्जा गर्नलाई \q2 सारा पृथ्वीभरि नै बढेर जान्छन्। \q1 \v 7 तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्; \q2 तिनीहरू आफैँमा, आफ्ना निम्ति कानुन हुन्, \q2 र तिनीहरू आफ्नो मनोमानी गर्छन्। \q1 \v 8 तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्; \q2 तिनीहरू राति निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्। \q1 तिनीहरूका घोडचढी सेनाहरू एकोहोरो अगि बढ्छन्; \q2 तिनीहरूका घोडसवारहरू टाढाबाट आउँछन्। \q1 तिनीहरू शिकारलाई झम्टिन वेग हानेर उड्ने चीलझैँ आउँछन्; \q2 \v 9 तिनीहरू सबै हिंसा मच्‍चाउन तम्सिन्छन्। \q1 तिनीहरूको सैन्यदल मरुभूमिको हुरीझैँ अगि बढ्छ, \q2 र कैदीहरूलाई बालुवाझैँ एक ठाउँमा जम्मा गर्छन्। \q1 \v 10 तिनीहरूले राजाहरूको गिल्‍ला गर्छन्, \q2 र शासकहरूको खिल्‍ली उडाउँछन्। \q1 तिनीहरू बलियो किल्‍ला भएका सहरहरूलाई हाँसोमा उडाउँछन्; \q2 तिनीहरूले माटोको ढिस्को खडा गरेरै ती कब्जा गर्दछन्। \q1 \v 11 त्यसपछि तिनीहरू जोडसँग हावा बहेझैँ हुँइकिन्छन् र अगि बढिरहन्छन्; \q2 तर ती दोषी मानिसहरू हुन्; \q2 किनकि तिनीहरूको आफ्नो शक्ति भनेको नै तिनीहरूको देवता हो।” \s1 हबकूकको दोस्रो गुनासो \q1 \v 12 हे याहवेह, के तपाईं अनादिदेखि नै हुनुहुन्‍न र? \q2 हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईंको अन्त्य कहिल्यै हुँदैन। \q1 हे याहवेह, तपाईंले तिनीहरूलाई न्याय कायम राख्नलाई नियुक्त गर्नुभएको छ। \q2 हे मेरा चट्टान, तपाईंले तिनीहरूलाई दण्ड दिनका निम्ति नियुक्त गर्नुभएको छ। \q1 \v 13 तपाईंका दृष्‍टिहरू यति पवित्र छन्, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्नुहुन्‍न, \q2 र दुष्‍ट कार्यहरू पनि सहन सक्नुहुन्‍न। \q1 तब किन तपाईं विश्‍वासघातीहरूलाई सहनुहुन्छ? \q2 जब दुष्‍टहरूले आफूभन्दा धर्मीहरूलाई निल्दछन्, \q2 तब किन तपाईं चुप लागेर बस्‍नुहुन्छ? \q1 \v 14 तपाईंले मानिसहरूलाई समुद्रका माछा \q2 र शासकविनाका सामुद्रिक प्राणीहरूजस्ता बनाउनुभएको छ। \q1 \v 15 दुष्‍ट शत्रुले तिनीहरू सबैलाई बल्छीले उनेर बाहिर निकाल्छ, \q2 र त्यसले तिनीहरूलाई आफ्नो जालमा पक्रन्छ; \q1 त्यसले आफ्नो महाजालमा तिनीहरूलाई जम्मा गर्छ; \q2 यसरी त्यो रमाउँछ र आनन्द मनाउँछ। \q1 \v 16 त्यसकारण त्यसले आफ्नो जाललाई बलि चढाउँछ, \q2 र महाजालको निम्ति धूप बाल्छ; \q1 किनकि त्यसको जालको कमाइले त्यो चैन गर्दछ, \q2 र उत्तम-उत्तम भोजनको आनन्द लिँदछ। \q1 \v 17 के तपाईं त्यसलाई आफ्नो जाल रित्याउँदै \q2 निर्दयतापूर्वक राष्ट्रहरूलाई नष्‍ट गरिरहन दिनुहुन्छ? \b \c 2 \q1 \v 1 म आफ्नो पहारा दिने धरहरामा उभिरहनेछु, \q2 र म आफैँ पर्खालमा खडा रहनेछु; \q1 उहाँले मलाई के भन्‍नुहुन्छ, म हेर्नेछु; \q2 अनि मेरो गुनासोको बारेमा मैले उहाँलाई कस्तो जवाफ दिनुपर्ने हो, \q2 सो म पर्खिरहनेछु। \s1 याहवेहको जवाफ \p \v 2 त्यसपछि याहवेहले जवाफ दिनुभयो: \q1 “यो दर्शन लेख्, \q2 र स्पष्‍टसँग पाटीमा लेख्, \q2 ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्। \q1 \v 3 किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; \q2 यसले अन्त्यको समयको बारेमा बताउँछ, \q2 र यो दर्शन झूटो ठहरिनेछैन। \q1 त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; \q2 त्यो निश्‍चय नै पूरा हुनेछ, \q2 र ढिलो हुनेछैन। \b \b \q1 \v 4 “हेर्, शत्रु घमण्डले फुलेको छ; \q2 त्यसका हृदयका इच्छाहरू सही छैनन्। \q2 तर धर्मी जनचाहिँ आफ्नो विश्‍वासद्वारा नै जिउनेछ। \q1 \v 5 वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ; \q2 त्यो अहङ्कारी छ, र त्यो कहिल्यै शान्तिसँग बस्दैन। \q1 किनकि त्यो चिहानजस्तै लोभी छ, \q2 मृत्युजस्तै त्यो कहिल्यै पनि तृप्‍त हुँदैन। \q1 त्यसले सबै राष्ट्रहरूलाई आफूकहाँ बटुल्छ, \q2 र सबै मानिसहरूलाई कैद गर्छ। \p \v 6 “के अब सबैले त्यसलाई गिल्‍ला र अवहेलना गर्दै, यसो भनेर खिसी गर्दैनन् र? \q1 “ ‘धिक्‍कार छ, तिनीहरूलाई, जसले \q2 चोरीको माल थुपारेर र अर्काको धन जबरजस्ती खोसेर धनी हुन्छन्! \q2 कहिलेसम्म यस्तो चल्छ र?’ \q1 \v 7 के तँबाट ऋण लिनेहरू एक्‍कासि उठ्नेछैनन् र? \q2 के तिनीहरू उठेर तँलाई थरथर काँप्ने बनाउने छैनन् र? \q2 तब तँ तिनीहरूको शिकार बन्‍नेछस्। \q1 \v 8 किनकि तैँले धेरै राष्ट्रहरूलाई लुटेको छस्, \q2 तर अब बाँकी रहेका मानिसहरूले तँलाई लुट्नेछन्। \q1 किनकि तैँले धेरै मानिसका रगत बगाएको छस्; \q2 तैँले देश र सहरहरू र त्यहाँ भएका सबै प्राणीहरूलाई सर्वनाश गरेको छस्। \b \q1 \v 9 “धिक्‍कार त्यसलाई, जसले अधर्मको काम गरेको धनद्वारा आफ्नो संसार बनाउँछ, \q2 जसले विनाशको खतराबाट बच्नलाई \q2 आफ्नो गुँड उचाइमा बनाउँछ! \q1 \v 10 तैँले धेरै जातिहरूको सर्वनाश गर्नलाई षड्यन्त्र रचिस्! \q2 आफ्नो घरपरिवारलाई शर्ममा पारिस् र आफ्नो प्राणचाहिँ गुमाइस्। \q1 \v 11 पर्खालका ढुङ्गाहरूले चर्को सोरमा चिच्याउनेछन्; \q2 अनि काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्। \b \q1 \v 12 “धिक्‍कार त्यसलाई, जसले हत्या गरेर सहरको निर्माण गर्दछ, \q2 र अन्यायद्वारा नगरको निर्माण गर्दछ! \q1 \v 13 के सेनाहरूका याहवेहले यो निश्‍चय गरिसक्नुभएको होइन? \q2 कि मानिसहरूका मेहनत आगोमा दाउराजस्तै भस्म हुनलाई मात्र हो। \q2 त्यसैले राष्ट्रहरूले व्यर्थमा परिश्रम गरेर आफूलाई थकित तुल्याउँछन्? \q1 \v 14 किनकि समुद्र पानीले भरिएझैँ, \q2 याहवेहको महिमाको ज्ञानले पृथ्वी भरिनेछ। \b \q1 \v 15 “धिक्‍कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूलाई \q2 आफ्ना छालाका मशकबाट मातिन्जेल मद्य पिउन दिन्छ, \q2 ताकि त्यसले तिनीहरूको नाङ्गो शरीर नियाल्न सकोस्! \q1 \v 16 तँ महिमाको सट्टामा शर्मले ढाकिनेछस्। \q2 अब तेरो पालो आएको छ! दाखमद्य पी, र तेरो नग्नता उदाङ्गो होस्! \q1 याहवेहको दाहिने हातबाट दण्डको कचौरा तँतिर आउँदैछ; \q2 अनि तेरो महिमालाई अपमानले ढाक्नेछ। \q1 \v 17 तैँले लेबनानमा गरेको हिंसाले तँलाई व्याकुल पार्नेछ; \q2 अनि तैँले गरेको पशुप्राणीको विनाशले तँलाई भयभीत तुल्याउनेछ। \q1 किनकि तैँले मानिसको रगत बगाएको छस्; \q2 तैँले देश र सहरहरू र त्यहाँ भएका सबैलाई नाश पारेको छस्। \b \q1 \v 18 “शिल्पकारले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? \q2 अथवा त्यो प्रतिमा, जसले झूटो कुरा सिकाउँछ? \q1 किनकि त्यसले आफ्नै हातको काममा भरोसा राख्छ; \q2 किनकि त्यसले बनाएको मूर्ति बोल्न पनि सक्दैन। \q1 \v 19 धिक्‍कार त्यसलाई, जसले काठलाई, ‘जाग्!’ भन्छ, \q2 अथवा निर्जीव ढुङ्गालाई, ‘उठ्!’ भन्छ। \q1 के त्यसले तिमीहरूलाई मार्गनिर्देशन गर्न सक्छ? \q2 त्यो सुन र चाँदीले मोहोरिएको छ; \q2 तर त्यसमा जीवनको सास नै छैन।” \b \q1 \v 20 तर याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; \q2 सारा पृथ्वी उहाँको सामु चुपचाप रहोस्! \c 3 \s1 हबकूकको प्रार्थना \d \v 1 शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना। \q1 \v 2 हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु; \q2 हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु! \q1 हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्; \q2 हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्। \q2 तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्! \b \q1 \v 3 परमेश्‍वर तेमानबाट आउनुभयो, \q2 पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। \qs सेला\qs* \q1 उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; \q2 अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो। \q1 \v 4 उहाँको गौरव सूर्योदय जस्तै थियो; \q2 उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, \q2 जहाँ उहाँको शक्ति लुकेको थियो। \q1 \v 5 उहाँको अगाडि महामारी फैलिँदै गयो; \q2 उहाँको पछि-पछि रूढी लाग्यो। \q1 \v 6 उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो; \q2 उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। \q1 प्राचीन पर्वतहरू चकनाचुर भए; \q2 अनि पुराना पहाडहरू ध्वस्त भए। \q2 तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्। \q1 \v 7 मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ; \q2 मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ। \b \q1 \v 8 हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? \q2 के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? \q1 जब तपाईं आफ्ना घोडा \q2 र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, \q2 तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो? \q1 \v 9 तपाईंले आफ्नो धनु निकाल्नुभयो, \q2 र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। \qs सेला\qs* \q1 तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो; \q2 \v 10 तपाईंलाई देखेर पर्वतहरू थर्किए। \q1 प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए; \q2 गहिरो समुद्र गर्ज्यो \q2 र त्यसका छालहरू माथिसम्म उठे। \b \q1 \v 11 वेगले उडेका तपाईंका वाणहरू चम्कँदा, \q2 तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा, \q2 आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए। \q1 \v 12 क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो, \q2 र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो। \q1 \v 13 तपाईं आफ्नो जातिलाई छुटकारा दिन \q2 र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो। \q1 तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर \q2 त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो। \q1 \v 14 जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए, \q2 र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए, \q1 तब तपाईंले त्यसको आफ्नै भालाले \q2 त्यसको टाउको छेडिदिनुभयो। \q1 \v 15 तपाईंले महासागरलाई मन्थन गर्दै, \q2 आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो। \b \q1 \v 16 मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो; \q2 त्यो आवाज सुनेर मेरा ओठहरू कामे; \q1 मेरा हाडहरू भित्रभित्रै मक्‍किए, \q2 र मेरा खुट्टाहरू थरथर कामे। \q1 तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु, \q2 जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ। \q1 \v 17 चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्, \q2 र अङ्‌गुरको बोटमा फल नफलोस्; \q1 चाहे जैतुनको रूखले फल नफलाओस्, \q2 र खेतबारीले अन्‍नबाली नउब्जाओस्, \q1 चाहे खोरमा भेडाबाख्रा \q2 र गोठहरूमा गाईबस्तु नरहून्। \q1 \v 18 तापनि म याहवेहमा रमाउनेछु। \q2 मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु। \b \q1 \v 19 प्रभु याहवेह मेरो बल हुनुहुन्छ; \q2 उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ; \q2 उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ। \d सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।