\id EZR - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h एज्रा \toc1 एज्राको पुस्तक \toc2 एज्रा \toc3 एज्रा \mt1 एज्राको पुस्तक \c 1 \s1 कोरेसले निर्वासितहरूलाई फर्कन मदत गरेका \p \v 1 परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: \pmo \v 2 “परसीयाका राजा कोरेस यसो भन्छन्: \pm “ ‘याहवेह, स्वर्गका परमेश्‍वरले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ। याहवेहले यहूदाको यरूशलेममा उहाँका निम्ति मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नुभएको छ। \v 3 तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्‍वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्‍वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ। \v 4 अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्‍वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ ” \p \v 5 त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्‍वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए। \v 6 तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे। \p \v 7 त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए। \v 8 परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए। \b \lh \v 9 ती चीजहरूको तालिका यही थियो: \b \li1 सुनका थालहरू 30 वटा; \li1 चाँदीका थालहरू 1,000 वटा; \li1 चाँदीका कराहीहरू 29 वटा; \li1 \v 10 सुनका कचौराहरू 30 वटा; \li1 एकै किसिमका चाँदीका कचौराहरू 410 वटा; \li1 अन्य भाँडाकुँडाहरू 1,000 वटा। \b \lf \v 11 सबै गरेर सुन र चाँदीका जम्मा भाँडाहरू 5,400 थिए। \b \p बेबिलोनबाट यरूशलेम फर्कंदा शेश्बस्सरले निर्वासित यहूदीहरूसँगै ती सबै कुराहरू ल्याए। \c 2 \s1 निर्वासनबाट फर्किएर आएकाहरूको सूची \lh \v 1 बेबिलोनका राजा नबूकदनेसरले बेबिलोन कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के। (तिनीहरू \v 2 यरुबाबेल, येशूआ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसित यरूशलेम र यहूदामा आ-आफ्नै नगरमा फर्किएका थिए): \b \lh इस्राएलीहरूका पुरुषहरूको सूची: \li1 \v 3 परोशका सन्तानहरू 2,172 जना; \li1 \v 4 शपत्याहका सन्तानहरू 372 जना; \li1 \v 5 अराहका सन्तानहरू 775 जना; \li1 \v 6 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,812 जना; \li1 \v 7 एलामका सन्तान 1,254 जना; \li1 \v 8 जत्तूका सन्तान 945 जना; \li1 \v 9 जक्‍कैका सन्तान 760 जना; \li1 \v 10 बानीका सन्तान 642 जना; \li1 \v 11 बेबैका सन्तान 623 जना; \li1 \v 12 अज्गादका सन्तान 1,222 जना; \li1 \v 13 अदोनीकामका सन्तान जम्मा 666 जना; \li1 \v 14 बिग्वैका सन्तान 2,056 जना; \li1 \v 15 आदीनका सन्तान 454 जना; \li1 \v 16 आतेरका सन्तान (हिजकियाबाट) 98 जना; \li1 \v 17 बेजैका सन्तान 323 जना; \li1 \v 18 योराका सन्तान 112 जना; \li1 \v 19 हाशूमका सन्तान 223 जना; \li1 \v 20 गिब्बारका सन्तान 95 जना; \li1 \v 21 बेथलेहेमका मानिसहरू 123 जना; \li1 \v 22 नतोपाका मानिसहरू 56 जना; \li1 \v 23 अनातोतका मानिसहरू 128 जना; \li1 \v 24 अज्मावेतका मानिसहरू 42 जना; \li1 \v 25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना; \li1 \v 26 रामा र गेबाका मानिसहरू 621 जना; \li1 \v 27 मिकमाशका मानिसहरू 122 जना; \li1 \v 28 बेथेल र ऐका मानिसहरू 223 जना; \li1 \v 29 नेबोका मानिसहरू 52 जना; \li1 \v 30 मग्बीसका मानिसहरू 156 जना; \li1 \v 31 अर्को एलामका मानिसहरू 1,254 जना; \li1 \v 32 हारीमका मानिसहरू 320 जना; \li1 \v 33 लोद, हादीद र ओनोका मानिसहरू 725 जना; \li1 \v 34 यरीहोका मानिसहरू 345 जना; \li1 \v 35 सेनाहका मानिसहरू 3,630 जना। \b \lh \v 36 पुजारीहरू: \li1 यदायाहका सन्तानहरू \li1 (येशूआको परिवारबाट) 973 जना; \li1 \v 37 इम्मेरको परिवारबाट 1,052 जना; \li1 \v 38 पशहूरको परिवारबाट 1,247 जना; \li1 \v 39 हारीमको परिवारबाट 1,017 जना। \b \lh \v 40 लेवीहरू: \li1 येशूआका र कदमिएलका सन्तानहरू \li1 (होदवियाहको वंश) 74 जना। \b \lh \v 41 गायकहरू: \li1 आसापका सन्तानहरू 128 जना। \b \lh \v 42 मन्दिरका द्वारपालहरू: \li1 शल्‍लूम, आतेर, तल्मोन, \li1 अक्‍कूब, हतीता र शोबैका \li1 सन्तानहरू 139 जना। \b \lh \v 43 मन्दिरका सेवकहरूका सन्तानहरू: \li1 सीहा, हसूपा, तब्बाओत, \li1 \v 44 केरोस, सीआ, पादोन, \li1 \v 45 लेबाना, हागाबा, अक्‍कूब, \li1 \v 46 हागाब, शल्मै, हानान, \li1 \v 47 गिद्देल, गहर, रायाह, \li1 \v 48 रसीन, नकोदा, गज्जाम, \li1 \v 49 उज्जा, पसेह, बेसै, \li1 \v 50 अस्‍ना, मोनीम, नेपुसीम, \li1 \v 51 बक्बूक, हकूपा, हरहूर, \li1 \v 52 बस्लूत, महीदा, हर्शा, \li1 \v 53 बर्कोस, सीसरा, तेमह, \li1 \v 54 नसीह र हतीपा। \lh \v 55 सोलोमनका सेवकहरूका सन्तानहरू: \li1 सोतै, सोपेरेत, \li1 परुदाका सन्तानहरू, \li1 \v 56 याला, दर्कोन, गिद्देल, \li1 \v 57 शपत्याह, हत्तील, \li1 पोकेरेत-हसेबायीम र आमी \lf \v 58 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तान 392 जना। \b \lh \v 59 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्: \li1 \v 60 दलायाह, तोबिया र नकोदाका सन्तानहरू 652 जना। \b \lh \v 61 अनि पुजारीहरूमध्येबाट: \li1 होबायाह, हक्‍कोस र बर्जिल्‍लैका सन्तानहरू (जसले गिलादी बर्जिल्‍लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)। \lf \v 62 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए। \v 63 राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए। \b \lf \v 64 सम्पूर्ण जनसमूहको संख्या 42,360 जना थियो। \v 65 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 200 गायक-गायिकाहरू पनि थिए। \v 66 तिनीहरूका 736 घोडा, 245 खच्‍चर, \v 67 435 ऊँट र 6,720 वटा गधा थिए। \b \p \v 68 जब तिनीहरू यरूशलेममा याहवेहको भवनमा आइपुगे, तब केही परिवारका अगुवाहरूले परमेश्‍वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नलाई स्वेच्छा-भेटीहरू दिए। \v 69 तिनीहरूले आफ्ना क्षमताअनुसार भवन पुनर्निर्माणको निम्ति 61,000 डारिक\f + \fr 2:69 \fr*\ft लगभग 500 किलो\ft*\f* सुन, 5,000 मीना\f + \fr 2:69 \fr*\ft लगभग 3 टन\ft*\f* चाँदी र 100 पुजारीका पोशाकहरू दिए। \p \v 70 पुजारीहरू, लेवीहरू, गायक-गायिकाहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू तिनीहरूका आ-आफ्नै सहरहरूमा, अन्य अरू केही मानिसहरूसँगै बसोबास गरे। अनि बाँकी इस्राएलीहरूचाहिँ आ-आफ्ना सहरहरूमा बसोबास गरे। \c 3 \s1 वेदीको पुनर्निर्माण \p \v 1 सातौँ महिना लाग्दा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। तब मानिसहरू एउटै मानिसझैँ भएर यरूशलेममा भेला भए। \v 2 तब परमेश्‍वरका जन मोशाको व्यवस्थामा लेखिएअनुसार होमबलि चढाउनलाई योसादाकका छोरा येशूआ र तिनका सह पुजारीहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका मित्रहरू मिलेर इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्न सुरु गरे। \v 3 वरिपरिका मानिसहरूको डर तिनीहरूमा भए तापनि तिनीहरूले पुरानो भवन भएकै जगमाथि वेदी बनाए। अनि याहवेहलाई बिहान र बेलुकी दुवै समय होमबलि चढाए। \v 4 त्यसपछि लेखिएको नियमअनुसार प्रत्येक दिन चढाउनुपर्ने होमबलिको संख्याअनुसार होमबलि चढाएर तिनीहरूले छाप्रोबासको चाड मनाए। \v 5 त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए। \v 6 सातौँ महिनाको पहिलो दिनदेखि नै तिनीहरूले याहवेहलाई होमबलि चढाउन थाले। तापनि याहवेहको मन्दिरको जग अझ बसालिएकै थिएन। \s1 मन्दिरको पुनर्निर्माण \p \v 7 त्यसपछि तिनीहरूले सिकर्मी र डकर्मीहरूलाई रकम दिए। तिनीहरूले परसीयाका राजा कोरेसको अनुमतिमा लेबनानबाट देवदारुका काठहरू समुद्रको बाटो भएर जोप्पासम्म ल्याउन सकून् भनी सीदोन र टायरका मानिसहरूलाई खानेकुरा, पिउने कुरा र जैतुनको तेल दिए। \p \v 8 दोस्रो वर्षको दोस्रो महिनामा तिनीहरू परमेश्‍वरको पुरानो भवन भएको ठाउँ यरूशलेममा आइपुगे। अनि शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूआ र उनीहरूका बाँकी दाजुभाइहरूले (पुजारीहरू, लेवीहरू र कैदबाट यरूशलेममा फर्कनेहरू सबै) काम सुरु गरे। तिनीहरूले बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई याहवेहको भवन निर्माणको कामको रेखदेख गर्नलाई नियुक्त गरे। \v 9 तब येशूआ, तिनका छोराहरू, तिनका दाजुभाइहरू, कदमिएल र तिनका छोराहरू (होदबियाका\f + \fr 3:9 \fr*\ft मूल भाषामा उनको अर्को नाम \ft*\fqa यहूदाह\fqa*\f* सन्तानहरू), हेनादादका छोराहरू र भाइहरू—सबै लेवीहरू एकसाथ मिलेर परमेश्‍वरको भवनमा काम गर्नेहरूको रेखदेख गरे। \p \v 10 जब डकर्मीहरूले याहवेहको मन्दिरको जग बसाले, तब पुजारीहरूले आफ्नो पोशाकको साथमा तुरहीहरू लिए; अनि लेवीहरू अर्थात् आसापका छोराहरूले चाहिँ खैँजडीहरू लिएर इस्राएलका राजा दावीदले बताएअनुसार याहवेहको प्रशंसा गर्न आ-आफ्ना स्थानहरू लिए। \v 11 तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे: \q1 “उहाँ भलो हुनुहुन्छ; \q2 इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” \m अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो। \v 12 तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए। \v 13 इस्राएलीहरूको हर्षको आवाज र रुवाइको आवाज कसैले पनि छुट्याउन सकेन। किनकि तिनीहरूले चर्को सोर निकालेका थिए। तिनीहरूको आवाज टाढा-टाढासम्म सुनिएको थियो। \c 4 \s1 पुनर्निर्माणको काममा विरोध \p \v 1 जब यहूदा र बेन्यामीनका शत्रुहरूले निर्वासनबाट फर्किआएका यहूदीहरूले याहवेह इस्राएलका परमेश्‍वरको भवन निर्माण गर्दैछन् भन्‍ने कुरा सुने, \v 2 तब तिनीहरू यरुबाबेल र परिवारका मुखियाहरूकहाँ आएर भने, “हामीलाई पनि निर्माणको काममा सहायता गर्न दिनुहोस्; किनकि हामी पनि तपाईंहरूजस्तै तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौँ। अनि हामीलाई यहाँ ल्याएका अश्शूरका राजा एसरहदोनको समयदेखि नै उहाँलाई हामीले बलिदान चढाइरहेका छौँ।” \p \v 3 तर यरुबाबेल, येशूआ र इस्राएलका घरानाका मुखियाहरूले जवाफ दिए, “हाम्रो परमेश्‍वरको मन्दिर बनाउनमा तिमीहरूको कुनै अधिकार छैन। परसीयाका राजा कोरेसले हामीलाई आज्ञा गरेअनुसार याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यो मन्दिर बनाउने काम हामी आफैँ पूरा गर्नेछौँ।” \p \v 4 त्यसपछि तिनीहरूका वरिपरिका शत्रुहरूले यहूदाका मानिसहरूलाई निराश बनाएर निर्माण गर्ने काममा डर पैदा गर्न थाले।\f + \fr 4:4 \fr*\ft अथवा \ft*\fqa मन्दिर निर्माण गर्ने काममा वाधा पुर्‍याए\fqa*\f* \v 5 परसीयाका राजा कोरेसको सारा शासनकाल र परसीयाका अर्को राजा दाराको शासनकालभरि नै ती मानिसहरूले तिनीहरूका योजनालाई असफल तुल्याउन सल्‍लाहकारहरूलाई घूस दिए। \s1 अहासूरस र अर्तसास्त अन्तर्गत पछिल्‍लो विरोध \p \v 6 अहासूरसको शासनकालको सुरुमा तिनीहरूले यहूदा र यरूशलेमका मानिसहरूका विरुद्धमा एउटा अभियोगपत्र लेखे। \p \v 7 अनि परसीयाका राजा अर्तसास्तको पालामा बिश्लाम, मित्रेदात, ताबेल र तिनका अरू मित्रहरूले अर्तसास्तलाई एउटा पत्र लेखे। त्यो पत्र अरामी लिपिमा र अरामी भाषामै लेखिएको थियो। \p \v 8 सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको विरुद्धमा राजा अर्तसास्तलाई यस प्रकारको एउटा पत्र लेखे: \pmo \v 9 सेनापति रेहूम, सचिव शिम्शै र तिनीहरूका सहयोगी मित्रहरू—त्रीपोलीस, फारस, उरुक र बेबिलोनी न्यायधीशहरू, हाकिमहरू, र शूशनका एलामीहरू, \v 10 साथै अरू मानिसहरू, जसलाई महान् र आदरणीय ओस्‍नप्परले\f + \fr 4:10 \fr*\ft अथवा \ft*\fqa अशूरबनिपाल\fqa*\f* देश निकाला गरेर सामरिया र यूफ्रेटिसपारि बसोबास गराएका थिए। \p \v 11 (तिनीहरूले उहाँलाई पठाएको पत्रको प्रतिलिपि यही थियो।) \pmo राजा अर्तसास्तको सेवामा, \pmo यूफ्रेटिस पारिका हजुरका सेवकहरूबाट: \pm \v 12 महाराजालाई यो कुरा थाहा होस्, ती यहूदीहरू, जो हजुरका राज्यबाट यहाँ हामीकहाँ आएर यरूशलेममा गएका छन्; अनि तिनीहरूले त्यो बागी र दुष्‍ट सहरलाई पुनर्निर्माण गर्दैछन्। तिनीहरूले पर्खालहरू पुनर्स्थापन गर्दैछन् र जगहरूका मर्मत गरिरहेका छन्। \pm \v 13 महाराजालाई अझ थाहा होस्, यदि यो सहर बनियो र यसका पर्खालहरू पुनर्स्थापित गरियो भने तिनीहरूले आयकर, सलामी र अन्य महशुलहरू तिर्नेछैनन्। अनि राजकीय आम्दानीमा हानि हुनेछ। \v 14 किनकि हामी महाराजाप्रति ऋणी भएका हुनाले, र राजाको अपमान हेर्न हाम्रा निम्ति उचित नभएको कारण हामीले यो खबर महाराजालाई जानकारी गराउन पठाइरहेका छौँ: \v 15 हजुरका पितापुर्खाहरूका इतिहासमा यो सहरको बारेमा खोजी गरियोस्। यरूशलेम एउटा बागी सहर हो। प्रान्तहरू र राजाहरूका निम्ति कष्‍टदायक र प्राचीन समयदेखि नै यो एउटा राजद्रोहीको ठाउँ हो भनी हजुरले ती इतिहासका पुस्तकहरूबाट थाहा पाउनुहुनेछ। त्यही कारणले गर्दा यो सहर नष्‍ट पारिएको थियो। \v 16 हामी महाराजालाई यो जानकारी गराउँछौँ; यो सहर निर्माण भएर यसका पर्खालहरू फेरि पुनर्निर्माण गरिए भने हजुरका निम्ति यूफ्रेटिसपारि केही अधिकार रहनेछैन। \p \v 17 राजाले यस्तो जवाफ पठाए: \pmo सेनापति रेहूम, सचिव शिम्शै, सामरिया र तिमीहरूका यूफ्रेटिस पारिका मित्रहरूलाई: \pmo अभिवादन! \pm \v 18 तिमीहरूले हामीलाई पठाएको पत्र मेरो उपस्थितिमा पढियो र अनुवाद गरियो। \v 19 मैले आदेश दिएअनुसार खोजी गरियो र यरुशलेमले राजाहरूका विरुद्धमा विद्रोह गरेको र राजद्रोहीको ठाउँ भएको एउटा लामो इतिहास पाइयो। \v 20 यरूशलेममा यूफ्रेटिस पारिका सम्पूर्ण इलाकाहरूमा शासन गर्ने शक्तिशाली राजाहरू रहेछन्; अनि उनीहरूलाई आयकर, सलामी र अन्य महशुलहरू तिरिएको रहेछ। \v 21 अब यी मानिसहरूका काम रोक्न एउटा आदेश जारी गर, र मैले हुकुम नदिएसम्म यो सहर फेरि पुनर्निर्माण नगरियोस्। \v 22 होसियार, यस बारेमा लापर्बाही नहोस्! राजकीय हितमा हानि पुर्‍याउने खतरा किन बढोस्? \p \v 23 यसरी राजा अर्तसास्तको पत्रको प्रतिलिपि रेहूम, सचिव शिम्शै र तिनीहरूका मित्रहरूलाई पढेर सुनाउने बित्तिकै तिनीहरू तुरुन्तै यरूशलेमका यहूदीहरूकहाँ गए; अनि तिनीहरूलाई जबरजस्ती काम रोक्न लगाए। \b \p \v 24 यसरी यरूशलेममा परमेश्‍वरको भवनको काम परसीयाका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म रोकियो। \c 5 \s1 दारालाई तत्तनैको पत्र \p \v 1 तब अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरिया अगमवक्ताले यरूशलेम र यहूदाका यहूदीहरूलाई तिनीहरूका इस्राएलका परमेश्‍वरको नाममा अगमवाणी गरे। \v 2 त्यसपछि शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूआले यरूशलेममा परमेश्‍वरको भवन फेरि बनाउन सुरु गरे। तब परमेश्‍वरका अगमवक्ताहरू तिनीहरूलाई सहायता गर्दै तिनीहरूसँगै रहे। \p \v 3 त्यस बेला यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ गएर सोधे, “कसले तिमीहरूलाई यो मन्दिर पुनर्निर्माण गर्ने र यस संरचनालाई पुनर्स्थापित गर्ने अधिकार दियो?” \v 4 तिनीहरूले यो पनि सोधे, “यो भवन बनाउने मानिसहरूका नामहरू के-के हुन्?” \v 5 तर यहूदीहरूका अगुवाहरूमाथि परमेश्‍वरको निगाह रहेकोले, दाराकहाँ यो खबर पुगेर त्यसको लिखित जवाफ नपाउन्जेल कसैले पनि तिनीहरूलाई रोकेन। \p \v 6 यूफ्रेटिस पारिका प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै, तिनीहरूका सहकर्मीहरू र यूफ्रेटिस पारिका अधिकारीहरूले दारा राजालाई पठाएको पत्रको प्रतिलिपि यही हो। \v 7 तिनीहरूले पठाएका प्रतिवेदन यस प्रकारको छ: \pmo राजा दाराको सेवामा: \pmo हार्दिक अभिवादन! \pm \v 8 राजालाई यो जानकारी होस्, कि हामी यहूदाको जिल्‍लामा बनिँदै गरेको महान् परमेश्‍वरको मन्दिरमा गयौँ। मानिसहरूले यसलाई ठूला-ठूला ढुङ्गाहरूले बनाउँदैछन् र पर्खालहरूमा काठका बीमहरू बसाल्दैछन्। सो काम तिनीहरूले मेहनतपूर्वक गरिरहेका छन्, र उनीहरूका निर्देशनमा काम तीब्र गतिमा प्रगति हुँदैछ। \pm \v 9 हामीले ती अगुवाहरूलाई सोध्यौँ, “कसले तिमीहरूलाई यो मन्दिर फेरि बनाउने र पर्खाललाई फेरि पुनर्निर्माण गर्ने, र यसलाई बनाइसिद्ध्याउने अधिकार दियो?” \v 10 तपाईंको जानकारीको निम्ति तिनीहरूका नामहरू लेख्न सकौँ भनेर हामीले तिनीहरूका अगुवाहरूका नामहरू पनि सोध्यौँ। \pm \v 11 तिनीहरूले हामीलाई यस्तो जवाफ दिए। \b \pm “हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौँ। अनि धेरै वर्षअगि इस्राएलको एक जना महान् राजाले बनाएका मन्दिरलाई हामी फेरि बनाउँदैछौँ। \v 12 किनकि हाम्रा पितापुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई क्रोधित तुल्याए। अनि उहाँले बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा उनीहरूलाई सुम्पिदिनुभयो, जसले यस मन्दिरलाई नष्‍ट पारे, र मानिसहरूलाई बेबिलोनमा कैदी बनाएर लगे।” \pm \v 13 तैपनि बेबिलोनका राजा कोरेसको पहिलो वर्षमा, कोरेस राजाले परमेश्‍वरको भवन फेरि बनाउनलाई एउटा उर्दी जारी गरे। \v 14 नबूकदनेसरले यरूशलेमका मन्दिरबाट बेबिलोनको मन्दिरमा ल्याएका परमेश्‍वरको भवनको सुन र चाँदीका भाँडाहरू पनि उनले बेबिलोनको मन्दिरबाट\f + \fr 5:14 \fr*\ft अथवा \ft*\fqa दरबारबाट\fqa*\f* निकाले। त्यसपछि कोरेस राजाले ती भाँडाहरू शेश्बस्सर नाम भएका एक जना मानिसलाई दिए, जसलाई राजाले राज्यपाल नियुक्त गरेका थिए। \v 15 अनि राजाले शेश्बस्सरलाई भने, “यी भाँडाहरू लिएर जाऊ र यरूशलेमको मन्दिरमा जम्मा गर। अनि परमेश्‍वरको भवन त्यसकै पुरानो ठाउँमा फेरि पुनर्निर्माण गरियोस्।” \pm \v 16 यसकारण तिनै शेश्बस्सर आएर यरूशलेममा परमेश्‍वरको भवनको जग बसाले। त्यस दिनदेखि अहिलेसम्म त्यसको निर्माणको काम भइरहेको छ, तर अझै सकिएको छैन। \b \pm \v 17 अब हजुरलाई इच्छा लाग्यो भने बेबिलोनको राजकीय भण्डारको इतिहासहरूमा वास्तवमा कोरेस राजाले यरूशलेममा परमेश्‍वरको भवन फेरि बनाउने उर्दी जारी गरेको गरेका थिए कि थिएनन् भनेर खोजेर हेर्न सकिन्छ। त्यसपछि राजाले यस बारेमा आफ्नो निर्णय हामीलाई पठाउनुहोस्। \c 6 \s1 राजा दाराको उर्दी \p \v 1 त्यसपछि राजा दाराले एउटा हुकुम जारी गरे। अनि तिनीहरूले बेबिलोनका राजभण्डारमा राखिएका अभिलेखहरूमा खोजी गरे। \v 2 मादी प्रान्तको एकबतानाको किल्‍लामा एउटा चर्मपत्र भेट्टाए। अनि त्यसमा यस्तो विवरण लेखिएको थियो: \pmo स्मारिका-पत्र: \pm \v 3 राजा कोरेसको पहिलो वर्षमा, यी राजाले यरूशलेममा परमेश्‍वरको मन्दिरको विषयमा एउटा उर्दी जारी गरे। \b \pm यहूदीहरूले पहिले बलिदान चढाउने गरेकै ठाउँमा बलिदानहरू चढाउने ठाउँको रूपमा मन्दिरको पुनर्निर्माण गरियोस्; अनि मन्दिरको जग बसालियोस्। यसको उचाइ साठी क्यूबिट\f + \fr 6:3 \fr*\ft लगभग 90 फिट\ft*\f* र चौडाइ साठी क्यूबिट होस्। \v 4 विशाल ढुङ्गाहरूका तीन लहरहरू होस्, र काठको एक लहर होस्। यसको खर्च राजकीय कोषबाट बेहोरियोस्। \v 5 नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडाहरू पनि यरूशलेमको मन्दिरमा तिनीहरूकै ठाउँहरूमा फर्काएर लगिनुपर्छ। ती सरसामानहरू परमेश्‍वरको भवनमा जम्मा गरिनुपर्छ। \b \pm \v 6 त्यसैले अब यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र त्यस प्रान्तमा रहेका तिनीहरूका सह कर्मचारीहरू, त्यस ठाउँदेखि अलग रहून्। \v 7 तिमीहरूले परमेश्‍वरको मन्दिरको काममा बाधा नगर। यहूदीहरूका राज्यपाल र यहूदी प्रधानहरूले परमेश्‍वरको भवन त्यसकै पुरानो स्थानमा पुनर्निर्माण गरून्। \pm \v 8 यसबाहेक परमेश्‍वरको भवन निर्माणमा लागेका यी यहूदीहरूका प्रधानहरूका लागि तिमीहरूले के गर्नुपर्छ भनी म यो आदेश दिँदछु: \pm यूफ्रेटिसपारिबाट राजकोषमा जम्मा भएको राजस्वबाट यी मानिसहरूको खर्च पूर्ण रूपले तिरिनुपर्छ; ताकि यो पुनर्निर्माण गर्ने काम नरोकियोस्। \v 9 तिनीहरूलाई चाहिएका जुनसुकै कुरा—साँढेहरू, भेडाहरू, थुमाहरू, स्वर्गको परमेश्‍वरलाई होमबलिका निम्ति चाहिने भेडाहरू, गहुँ, नुन, दाखमद्य र जैतुनको तेल जे जति कुराहरू यरूशलेममा पुजारीहरूले माग गर्छन्, तिनीहरूलाई प्रत्येक दिन नबिर्सिकन दिनुपर्छ; \v 10 ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरलाई खुशी पार्न बलिदानहरू चढाउन सकून्। अनि राजा र तिनका छोराहरूका भलाइका निम्ति प्रार्थना गरून्। \pm \v 11 अनि म यो पनि आदेश दिँदछु, यदि कसैले यस उर्दीलाई परिवर्तन गर्छ भने त्यसको घरबाट एउटा खाँबो उखेलेर त्यसलाई त्यही खाँबोमा टाँगियोस्। अनि यस अपराधको निम्ति त्यसको घर भताभुङ्ग पारेर ढुङ्गाहरूको थुप्रो बनाइयोस्। \v 12 यरूशलेमको मन्दिरलाई नष्‍ट गर्न, अथवा यस उर्दीलाई परिवर्तन गर्न कुनै राजा, अथवा कुनै पनि मान्छेले हात उठायो भने त्यही परमेश्‍वर जसले आफ्नो नामलाई त्यहाँ स्थापित गर्नुभएको छ, उहाँले तिनीहरूलाई नष्‍ट पारून्। \pm म दाराले यो आदेश दिएको छु। यो होसियारीपूर्वक पालन गरियोस्। \s1 मन्दिरको निर्माण कार्य समाप्‍ति र अर्पण \p \v 13 दारा राजाले आदेश दिएका हुनाले यूफ्रेटिस पारिका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका प्रान्तका मित्रहरूले साह्रै होसियारीसाथ यो काम गरे। \v 14 यसकारण यहूदीहरूका अगुवाहरूले अगमवक्ता हाग्गै र इद्दोका सन्तान जकरियाका अगमवाणीअनुसार निर्माणको काम निरन्तर प्रगति गर्दैगए। तिनीहरूले परमेश्‍वरको आदेशअनुसार र परसीयाका राजाहरू कोरेस, दारा र अर्तसास्तका आदेशअनुसार मन्दिर पुनर्निर्माणको काम समाप्‍त गरे। \v 15 दारा राजाको शासनकालको छैटौँ वर्षको अदार महिनाको तेईसौँ दिनमा, मन्दिरको काम पूरा भयो। \p \v 16 त्यसपछि इस्राएलका मानिसहरू, पुजारीहरू, लेवीहरू र निर्वासनबाट फर्कने यहूदीहरूले ठूलो रमाहटकासाथ परमेश्‍वरको भवन अर्पण गरे। \v 17 परमेश्‍वरको यस भवन अर्पणको निम्ति तिनीहरूले एक सय साँढे, दुई सय भेडा, चार सय थुमा र सारा इस्राएलको पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोका, इस्राएलका प्रत्येक बाह्र कुलको निम्ति एउटा-एउटा गरेर बलि चढाए। \v 18 अनि मोशाको पुस्तकमा लेखिएअनुसार तिनीहरूले यरूशलेममा परमेश्‍वरको सेवा गर्न भनेर पुजारीहरूलाई तिनीहरूकै दलमा र लेवीहरूलाई तिनीहरूकै झुण्डमा नियुक्त गरे। \s1 निस्तार चाड \p \v 19 निर्वासनबाट फर्कनेहरूले, बेबिलोनी पात्रोको पहिलो महिनाको चौधौँ दिनमा, निस्तार चाड मनाए। \v 20 पुजारीहरू र लेवीहरूले आफैँलाई शुद्ध पारेका थिए, र विधिपूर्वक सबै जना शुद्ध थिए। लेवीहरूले आफ्नै निम्ति र निर्वासनबाट फर्केका सबैका निम्ति, तिनीहरूका पुजारी दाजुभाइहरूका निम्ति निस्तार चाडको थुमा मारे। \v 21 यसकारण निर्वासनबाट फर्कने इस्राएलीहरूले, गैरयहूदी छिमेकीहरू, जसले इस्राएलका याहवेह परमेश्‍वरलाई खोज्नका निम्ति आफूलाई अशुद्ध रीतिथितिहरूबाट अलग राखेका थिए, तिनीहरूसँग नै मिलेर थुमा खाए। \v 22 सात दिनसम्म तिनीहरूले अखमिरी रोटीको चाड साह्रै आनन्दसाथ मनाए। किनकि याहवेहले अश्शूरका राजाको हृदयलाई परिवर्तन गरेर इस्राएलका परमेश्‍वरको भवनको काममा तिनीहरूलाई सहायता गर्ने बनाएर तिनीहरूलाई आनन्दले भरिदिनुभएको थियो। \c 7 \s1 एज्रा यरूशलेममा आएका \p \v 1 यी सबै घटनापछि परसीयाका राजा अर्तसास्तको शासनकालमा एज्रा बेबिलोनबाट आए। एज्रा सरायाहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो हिल्कियाहका छोरा थिए, \v 2 हिल्कियाह शल्‍लूमका छोरा थिए, जो सादोकका छोरा थिए, जो अहीतूबका छोरा थिए, \v 3 अहीतूब अमर्याहका छोरा थिए, जो अजर्याहका छोरा थिए, जो मरायोतका छोरा थिए, \v 4 मरायोत जरयाहका छोरा थिए, जो उज्जीका छोरा थिए, जो बुक्‍कीका छोरा थिए, \v 5 बुक्‍की अबीशूका छोरा थिए, जो पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार प्रधान पुजारी हारूनका छोरा थिए। \v 6 यी तिनै एज्रा हुन्, जो याहवेह इस्राएलका परमेश्‍वरले दिनुभएको मोशाको व्यवस्थामा एक निपुण शिक्षक थिए। तिनले मागेका हरेक कुरा राजाले दिएका थिए; किनकि याहवेह तिनका परमेश्‍वरको हात तिनीमाथि थियो। \v 7 राजा अर्तसास्तको सातौँ वर्षमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू र मन्दिरका सेवकहरू यरूशलेममा आए। \p \v 8 अर्तसास्त राजाको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरूशलेममा आइपुगे। \v 9 तिनले आफ्नो यात्रा पहिलो महिनाको पहिलो दिनमा बेबिलोनदेखि सुरु गरेका थिए। अनि तिनी पाँचौँ महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे; किनकि तिनका परमेश्‍वरको कृपालु हात तिनीमाथि थियो। \v 10 एज्राले आफूलाई इस्राएलमा याहवेहको व्यवस्था अध्ययन गर्न, पालन गर्न, व्यवस्थाका आज्ञाहरू र नियमहरू सिकाउनलाई अर्पण गरेका थिए। \s1 एज्रालाई राजा अर्तसास्तको पत्र \p \v 11 राजा अर्तसास्तले पुजारी एज्रालाई दिएको पत्रको प्रतिलिपि यही हो। ती एज्रा व्यवस्थाका शिक्षक थिए, जसले याहवेहले इस्राएललाई दिनुभएका आज्ञाहरू र आदेशहरूको विषयमा तिनले सिकेका थिए: \pmo \v 12 राजाहरूका राजा अर्तसास्तको तर्फबाट, \pmo स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक, पुजारी एज्रालाई: \pmo अभिवादन। \pm \v 13 अब म यो उर्दी जारी गर्दछु; मेरो राज्यमा भएका कुनै पनि इस्राएली, पुजारीहरू र लेवीहरूले तिमीसँग यरूशलेम जाने इच्छा गर्छन् भने तिनीहरू जान सक्छन्। \v 14 तिमीलाई तिम्रो जिम्मामा रहेको तिम्रा परमेश्‍वरको व्यवस्थाअनुसार यहूदा र यरूशलेमको विषयमा पत्ता लगाउन भनी राजा र उनका सात जना सल्‍लाहकारहरूद्वारा पठाइएका छौ। \v 15 यसबाहेक राजा र उनका सल्‍लाहकारहरूले यरूशलेममा वास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई राजीखुशीले दिएको सुन र चाँदी तिमीले लिएर जानू। \v 16 साथै बेबिलोनको प्रान्तबाट लैजान सक्ने सबै सुन र चाँदी, मानिसहरू र पुजारीले यरूशलेममा तिनीहरूका परमेश्‍वरको मन्दिरका निम्ति चढाएका स्वेच्छा-भेटीहरू तिमीले लिएर जान सक्छौ। \v 17 यस रकमले साँढेहरू, भेडाहरू, थुमाहरू यसकासाथै तिनीहरूका निम्ति अन्‍नबलिहरू, अर्घबलिहरू निश्‍चय नै किन्‍नू। अनि तिमीले यी वस्तुहरूलाई यरूशलेममा परमेश्‍वरको मन्दिरको वेदीमा बलि चढाउनू। \pm \v 18 बाँकी रहेका सुन र चाँदीले तिम्रो परमेश्‍वरको इच्छाअनुसार तिमी र तिम्रा यहूदी दाजुभाइहरू मिलेर जे असल लाग्छ, त्यही गर्न सक्छौ। \v 19 तिम्रा परमेश्‍वरको मन्दिरमा सेवाका निम्ति तिमीलाई जिम्मा दिइएका सबै भाँडाहरू यरूशलेमका परमेश्‍वरलाई सुम्पिदिनू। \v 20 अनि तिम्रा परमेश्‍वरको मन्दिरका निम्ति चाहिने कुनै पनि चीज खाँचो पर्‍यो भने त्यसको प्रबन्ध गर्ने जिम्मेवारी तिम्रो हो, त्यो तिमीले राजकीय कोषबाट लैजान सक्छौ। \pm \v 21 अब, म राजा अर्तसास्त, यूफ्रेटिस पारिका प्रान्तहरूका कोषाध्यक्षहरूलाई यो आदेश दिँदछु, स्वर्गका परमेश्‍वरको व्यवस्थाका शिक्षक र पुजारी एज्राले तिमीहरूसँग मागेका जुनसुकै कुरा पनि जुटाइदिनू। \v 22 एक सय टालेन्ट\f + \fr 7:22 \fr*\ft लगभग 3.4 मेट्रिक टन\ft*\f* चाँदी, एक सय कोर\f + \fr 7:22 \fr*\ft लगभग 16 मेट्रिक टन\ft*\f* गहुँ, एक सय बाथ\f + \fr 7:22 \fr*\ft लगभग 2,200 लिटर\ft*\f* दाखमद्य, एक सय बाथ जैतुनको तेल, र चाहिए जति नुन पनि दिनू। \v 23 स्वर्गका परमेश्‍वरले आज्ञा दिनुभएअनुसार सबै थोक इमानदारसाथ स्वर्गका परमेश्‍वरको मन्दिरका निम्ति गरियोस्, ताकि राजा र तिनका छोराहरूका राज्यमाथि उहाँको क्रोध आइनपरोस्। \v 24 यसबाहेक तिमीहरूले यो कुरा पनि याद राख: पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अथवा परमेश्‍वरको भवनका सेवकहरू र अरू कर्मचारीहरूबाट कर, सलामी अथवा अरू कुनै पनि महसुलहरू उठाउने अधिकार तिमीहरूलाई छैन। \pm \v 25 अनि हे एज्रा, तिमीले पाएको तिम्रा परमेश्‍वरको बुद्धिअनुसार, यूफ्रेटिस पारिका सबै मानिसहरू जसले तिम्रा परमेश्‍वरको व्यवस्थालाई जान्दछन्, तिनीहरूमाथि न्याय गर्न शासकहरू र न्यायकर्ताहरू नियुक्त गर्नू; अनि जसले व्यवस्थाहरू जान्दैनन् तिनीहरूलाई तिमीले सिकाउनू। \v 26 जसले तिम्रा परमेश्‍वरको व्यवस्था पालन गर्दैन र राजाको हुकुम मान्दैन, त्यसलाई मृत्युदण्ड वा देश निकाला वा त्यसको सम्पत्ति जफत गरियोस्, अथवा झ्यालखानाको सजाय दिइयोस्। \p \v 27 हाम्रा पितापुर्खाहरूका परमेश्‍वर, याहवेहलाई महिमा होस्, जसले यरूशलेममा याहवेहको भवनको सम्मान ल्याउने विचार राजाको हृदयमा हालिदिनुभयो। \v 28 अनि उहाँले राजा, उनका सल्‍लाहकारहरू र राजाका शक्तिशाली अधिकारीहरूका सामु, उहाँको अचुक कृपा ममाथि राखिदिनुभएको छ। याहवेह मेरा परमेश्‍वरको हात ममाथि भएको हुनाले मैले साहस गरेँ; अनि मसँग इस्राएलबाट यरूशलेममा जानलाई अगुवाहरू जम्मा गरेँ। \c 8 \s1 एज्रासँग फर्कने परिवारका अगुवाहरूको सूची \lh \v 1 राजा अर्तसास्तका शासनकालमा बेबिलोनबाट मसँग फर्केर आउने परिवारका अगुवाहरू र तिनीहरूसँगै दर्ता गरिएका मानिसहरू यिनै हुन्: \b \li1 \v 2 पीनहासका सन्तानहरू: गेर्शोम; \li1 ईतामारका सन्तानहरू: दानिएल; \li1 दावीदका सन्तानहरू: हत्तूश \v 3 शकन्याहका सन्तानहरू; \li1 परोशका सन्तानहरू: जकरिया र तिनीसित सूचीमा लेखिएका 150 पुरुषहरू; \li1 \v 4 पहत-मोआबका सन्तानहरू: जरयाहका छोरा एल्यहोएनै र तिनीसित 200 पुरुषहरू; \li1 \v 5 जत्तूका\f + \fr 8:5 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fq जत्तू \fq*\ft छैन।\ft*\f* सन्तानहरू: यहजीएलका छोरा शकन्याह र तिनीसित 300 पुरुषहरू; \li1 \v 6 आदीनका सन्तानहरू: जोनाथनका छोरा एबेद र तिनीसित 50 पुरुषहरू; \li1 \v 7 एलामका सन्तानहरू: अतल्याहका छोरा यशयाह र तिनीसित 70 पुरुषहरू; \li1 \v 8 शपत्याहका सन्तानहरू: मिखाएलका छोरा जबदियाह र तिनीसित 80 पुरुषहरू थिए; \li1 \v 9 योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू; \li1 \v 10 बानीका\f + \fr 8:10 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fq बानी \fq*\ft छैन।\ft*\f* सन्तानहरू: योसिप्याहका छोरा शलोमीत र तिनीसित एक सय 60 पुरुषहरू; \li1 \v 11 बेबैका सन्तानहरू: बेबैका छोरा जकरिया र तिनीसित 28 पुरुषहरू; \li1 \v 12 अज्गादका सन्तानहरू: हक्‍कातानको छोरा योहानान र तिनीसित 110 पुरुषहरू; \li1 \v 13 अदोनीकामका सन्तानहरू: अन्तिममा आएकाहरू, जसका नामहरू एलीपेलेत, यीएल र शमायाह; अनि तिनीहरूसित 60 पुरुषहरू; \li1 \v 14 बिग्वैका सन्तानहरू: ऊत्तै, जक्‍कूर र तिनीहरूसित 70 पुरुषहरू। \s1 यरूशलेममा फर्केका \p \v 15 मैले तिनीहरूलाई अहावातिर बग्ने नहरको किनारमा भेला गरेँ; अनि हामी त्यहाँ छाउनीमा तीन दिनसम्म बस्यौँ। जब मैले मानिसहरू र पुजारीहरूको बीचमा निरीक्षण गरेँ, तब मैले त्यहाँ कुनै लेवीहरू भेट्टाइनँ। \v 16 यसकारण मैले अगुवाहरू एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया र मशुल्‍लामलाई, साथै यहोयारीब र एल्नातान, जो विद्वान् थिए, तिनीहरूलाई बोलाइपठाएँ। \v 17 अनि मैले तिनीहरूलाई कासिप्याका अगुवा इद्दोकहाँ जान हुकुम गरेँ। मैले तिनीहरूलाई कासिप्याको मन्दिरमा सेवा गर्ने इद्दो र तिनका सहकर्मीहरूलाई के भन्‍नुपर्ने हो, सो भनी पठाए, ताकि तिनीहरूले परमेश्‍वरको भवनको निम्ति सेवकहरू ल्याउन सकून्। \v 18 हाम्रा परमेश्‍वरको कृपालु हात हामीमाथि रहेको हुनाले तिनीहरूले इस्राएलका छोरा लेवी, लेवीका छोरा महली, महलीका सन्तानबाट एक जना योग्य व्यक्ति शेरेबियाह, र शेरेबियाहका छोराहरू; अनि दाजुभाइहरू सबै गरेर 18 पुरुषहरू; \v 19 अनि हशब्याहसित, मरारीका सन्तानहरूबाट यशयाह, तिनका दाजुभाइहरू र भतिजाहरू सबै गरेर 20 पुरुषहरूलाई हामीकहाँ ल्याए। \v 20 दावीद र उनका अधिकारीहरूले नियुक्त गरेका लेवीहरूलाई सहयोग गर्ने 220 जना मन्दिरका सेवकहरूका झुण्डलाई पनि तिनीहरूले ल्याए। यिनीहरू सबैको नाम सूचीमा दर्ता गरिएको थियो। \p \v 21 त्यहाँ अहावा नहरको किनारमा मैले उपवासको घोषणा गरेँ, ताकि हामीले आफूलाई परमेश्‍वरको सामु नम्र तुल्याउन सकौँ; अनि हाम्रा छोराछोरीहरू र हाम्रा सबै सम्पत्ति सहित हामी परमेश्‍वरसँग सुरक्षित यात्राको प्रार्थना गर्न सकौँ। \v 22 हामीलाई बाटोमा शत्रुहरूदेखि रक्षा गर्न राजासँग सिपाहीहरू र घोडचढीहरू माग्न मलाई लाज लाग्यो; किनकि हामीले राजालाई भनेका थियौँ, “उहाँलाई खोज्ने हरेकमाथि हाम्रा परमेश्‍वरको अनुग्रही हात हुन्छ, तर उहाँलाई त्याग्नेहरूका विरुद्धमा उहाँको डरलाग्दो क्रोध पर्छ।” \v 23 यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्‍वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो। \p \v 24 त्यसपछि मैले मुख्य पुजारीहरूमध्ये बाह्र जना र तिनीहरूसित शेरेबियाह, हशब्याह र तिनीहरूका दश जना दाजुभाइहरूलाई अलग गरेँ। \v 25 अनि मैले परमेश्‍वरको भवनका निम्ति त्यहाँ उपस्थित भएका सारा इस्राएलीहरू, राजा र उनका सल्‍लाहकारहरू, साथै अधिकारीहरूले भेटीको रूपमा चढाएका सुन र चाँदीका भाँडाहरू तिनीहरूलाई तौलेर दिएँ। \v 26 मैले तिनीहरूलाई 650 टालेन्ट\f + \fr 8:26 \fr*\ft 24 टन\ft*\f* चाँदी, 100 टालेन्ट\f + \fr 8:26 \fr*\ft 3.4 मेट्रिक टन\ft*\f* चाँदीका भाँडाहरू, 100 टालेन्ट सुन, \v 27 1,000 डारिक\f + \fr 8:27 \fr*\ft 8.4 किलो\ft*\f* बराबरका सुनका 20 वटा कचौराहरू र सुनजस्तै मूल्यवान् दुई वटा चिल्‍ला तामाका भाँडाहरू पनि तौलेर दिएँ। \p \v 28 मैले तिनीहरूलाई भनेँ, “तिमीहरूका साथै यी भाँडाहरू पनि याहवेहका निम्ति समर्पण गरिएका छन्। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरको निम्ति सुन र चाँदीहरू स्वेच्छा-भेटी हुन्। \v 29 मुख्य पुजारीहरू र लेवीहरू, र इस्राएलका परिवारका अगुवाहरूका सामु यरूशलेममा याहवेहको भवनको कोठाहरूभित्र ती भाँडाहरू नतौलेसम्म तिमीहरूले होसियारीसाथ यसको रक्षा गर्नू।” \v 30 त्यसपछि यरूशलेममा परमेश्‍वरको भवनमा लैजानलाई जोखिएका सुन र चाँदी, पवित्र भाँडाहरू सबै पुजारीहरू र लेवीहरूले ग्रहण गरे। \p \v 31 पहिलो महिनाको बाह्रौँ दिनमा यरूशलेम जानलाई हामी अहावा नहरको किनारदेखि हिँड्यौँ। हाम्रा परमेश्‍वरको हात हामीमाथि थियो; अनि उहाँले हामीलाई बाटोमा शत्रुहरू र डाँकुहरूबाट बचाउनुभयो। \v 32 यसरी हामी यरूशलेममा आइपुग्यौँ र त्यहाँ हामीले तीन दिन विश्राम गर्‍यौँ। \p \v 33 चौथो दिनमा हाम्रा परमेश्‍वरको भवनमा उरियाहको छोरा मरेमोत पुजारीको हातमा सुन, चाँदी र पवित्र भाँडाहरू जोखेर सुम्पिदियौँ। मरेमोतसित पीनहासका छोरा पुजारी एलाजार, लेवीहरू येशूआका छोरा योजाबाद र बिन्‍नूईका छोरा नोअदिया पनि थिए। \v 34 हरेक कुरा गनिएको र जोखेर हिसाब गरिएको थियो; अनि त्यसै बेला सबै थोकको तौलको सूची बनाइयो। \p \v 35 त्यसपछि निर्वासनबाट फर्कने सारा निर्बासितहरूले इस्राएलका परमेश्‍वरको निम्ति होमबलिहरू चढाए: बाह्र वटा साँढेहरू, छयानब्बे भेडाहरू, सतहत्तर थुमाहरू होमबलिको निम्ति बलि चढाए। अनि यसबाहेक पापबलिको निम्ति बाह्र वटा बोकाहरू बलि चढाए। यी सबै याहवेहका निम्ति होमबलि थियो। \v 36 तिनीहरूले राजकीय शासकहरू र यूफ्रेटिस पारिका राज्यपालहरूलाई राजाका आदेशहरू पनि दिए। त्यसपछि तिनीहरूले मानिसहरू र परमेश्‍वरको भवनलाई सहायता गरे। \c 9 \s1 अन्तर-विवाहको विषयमा एज्राको प्रार्थना \p \v 1 यी कुराहरू गरिसकेपछि अगुवाहरू मकहाँ आएर भने, “इस्राएलका मानिसहरूका साथै, पुजारीहरू र लेवीहरूले यहाँका स्थानीयवासीहरू अर्थात् कनानी, हित्ती, परिज्जी, यबूसी, अम्मोनी, मोआबी, इजिप्टियन र एमोरीहरूका घृणित व्यवहारहरूबाट आफैँलाई अलग राखेका छैनन्। \v 2 तिनीहरूले कनानीहरूका छोरीहरूलाई आफू र आफ्ना छोराहरूका निम्ति पत्नीको रूपमा लगेका छन्। तिनीहरूले वरिपरिका मानिसहरूसँग घुलमिल गरेर पवित्र जातिलाई अशुद्ध पारेका छन्। यसरी अगुवाहरू र अधिकारीहरूले विश्‍वासघातको बाटोमा अगुवाइ गरेका छन्।” \p \v 3 जब मैले यो कुरा सुनेँ, तब मैले आफ्नो पोशाक र खास्टो च्यातेँ, शिरको र दाह्रीको केश उखेलेँ; अनि स्तब्ध भएर बसेँ। \v 4 त्यसपछि निर्वासनमा गएकाहरूको पापको कारण इस्राएलका परमेश्‍वरको वचनदेखि डराउनेहरू सबै मेरो वरिपरि भेला भए। अनि म बेलुकीको बलिदानको समयसम्म स्तब्ध भएर बसिरहेँ। \p \v 5 त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्‍वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै \v 6 प्रार्थना गरेँ: \pm “हे मेरा परमेश्‍वर, तपाईंतिर मेरो अनुहार देखाउन म अति नै लज्जित र अपमानित भएको छु; किनकि हाम्रा पापहरू हाम्रो शिरभन्दा माथि छन् र हाम्रा दोषहरू आकाशसम्मै पुगेका छन्। \v 7 हाम्रा पितापुर्खाहरूका दिनदेखि आजसम्म, हाम्रा दोषहरू अत्यन्तै धेरै भएका छन्। हाम्रा पापहरूले गर्दा हामी र हाम्रा राजाहरू र हाम्रा पुजारीहरूले विदेशी राजाहरूका तरवारबाट आजसम्मै मृत्यु, लुटपाट, कैद र अपमान खेप्नुपरेको छ, आज पनि हाम्रो हालत त्यस्तै छ। \pm \v 8 “तर अब थोरै समयका लागि याहवेह हाम्रा परमेश्‍वर हामीप्रति कृपालु हुनुभएर हामीमध्ये केहीलाई अवशेषको रूपमा बचाउनुभएको छ; अनि उहाँको पवित्रस्थानमा हामीलाई एउटा स्थिर ठाउँ\f + \fr 9:8 \fr*\ft अथवा \ft*\fqa खुट्टा टेक्ने ठाउँ\fqa*\f* दिनुभएको छ। यसरी हाम्रा परमेश्‍वरले हाम्रा आँखाहरूमा ज्योति र हाम्रा दासत्वबाट केही विश्राम दिनुभएको छ। \v 9 हामीहरू दासहरू भए तापनि हाम्रा परमेश्‍वरले हामीलाई दासत्वमा त्याग्नुभएको छैन। परसीयाका राजाको सामु उहाँले हामीलाई अचुक कृपा देखाउनुभएको छ: हाम्रा परमेश्‍वरको भवन फेरि बनाउन र भत्केका भागलाई पुनर्निर्माण गर्नलाई उहाँले हामीलाई नयाँ जीवन दिनुभएको छ। अनि उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनुभएको छ। \pm \v 10 “तर अब हे हाम्रा परमेश्‍वर, यो भएपछि हामीले के भन्‍न सक्छौँ र? किनकि हामीले आज्ञाहरू तोडेका छौँ, \v 11 जुन तपाईंले आफ्नो सेवक अगमवक्ताहरूद्वारा अधिकार गर्न दिनुभयो; अनि त्यस बेला तपाईंले भन्‍नुभयो: ‘जुन देशमा तिमीहरू प्रवेश गर्न लागेका छौ, त्यो देश त्यहाँका मानिसहरूको अशुद्धताले दूषित पारिएको छ। तिनीहरूका घृणित व्यवहारहरूले र तिनीहरूका अशुद्धताले देशको एक कुनादेखि अर्को कुनासम्म भरिएको छ। \v 12 यसकारण तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूसित विवाहको निम्ति नदिनू। अनि तिमीहरूले पनि उनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति नल्याउनू। तिनीहरूसित मित्रताको नाता कहिल्यै नजोड्नु, ताकि तिमीहरू बलिया हुन सक र त्यस देशको असल थोकहरूमा अधिकार गर्न सक। तिमीहरूका सन्तानहरूका निम्ति सदासर्वदाका लागि पैतृक सम्पत्तिको रूपमा राख्न सक।’ \pm \v 13 “हामीलाई जे भएको छ, त्यो हाम्रै दुष्‍ट कामहरू र हाम्रै ठूलो दोषको परिणाम हो। तथापि हाम्रा परमेश्‍वर, तपाईंले हाम्रा पापहरूभन्दा कम नै सजाय दिनुभएको छ; यसरी हामीलाई अझै बाँकी राख्नुभएको छ। \v 14 के हामी फेरि तपाईंका आज्ञाहरूलाई तोडेर घृणित व्यवहार गर्ने र घृणित काम गर्ने मानिसहरूसित अन्तर-विवाह गर्ने? अनि के तपाईं हामीलाई एउटै पनि बाँकी नराखी नाश पार्न, अथवा एउटै पनि जीवित नछोडेसम्म तपाईंलाई रिस उठ्दैन थियो र? \v 15 हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ! आजको दिनसम्म हामी अवशेषको रूपमा छोडिएका छौँ। यहाँ हामी हाम्रा दोषहरूसहित तपाईंको उपस्थितिमा छौँ। यद्यपि पापको कारणले हामीमध्ये कोही पनि तपाईंको उपस्थितिमा उभिन योग्यको छैनौँ।” \c 10 \s1 मानिसहरूले आफ्ना पाप स्वीकार गरेका \p \v 1 जब एज्रा परमेश्‍वरको भवन अगिल्तिर भुइँमा लम्पसार परेर रुँदै पाप स्वीकार गर्दै प्रार्थना गर्दैथिए, तब इस्राएलीहरूको एउटा विशाल भीड—पुरुषहरू, स्त्रीहरू र केटाकेटीहरू, तिनको वरिपरि भेला भए। तिनीहरू सबै धुरुधुरु रोए। \v 2 त्यसपछि एलामको घरानाबाट यहीएलको छोरा शकन्याहले एज्रालाई भने, “हामीले हाम्रा वरिपरिका मानिसहरूबाट विदेशी स्त्रीहरूलाई विवाह गरेर हाम्रा परमेश्‍वरप्रति विश्‍वासघात गरेका छौँ। तर यस्तो पाप गरेको भए तापनि इस्राएलको निम्ति अझै आशा छ। \v 3 अब हाम्रा परमेश्‍वरको आज्ञाको डर मान्‍नेहरू र मेरा प्रभुको सल्‍लाहबमोजिम यी सबै कनानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई यहाँबाट टाढा पठाउन हामी हाम्रा परमेश्‍वरको अगि एउटा वाचा बाँधौँ। अनि योचाहिँ व्यवस्थाबमोजिम गरियोस्। \v 4 अब उठ्नुहोस्; यो काम तपाईंको हातमा छ। हामी तपाईंलाई साथ दिनेछौँ; साहस गरेर काम गर्नुहोस्।” \p \v 5 यसकारण एज्रा उभिएर मुख्य पुजारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई सुझाव पाएअनुसार गर्नू भनेर शपथ खान लगाए। अनि तिनीहरूले शपथ खाए। \v 6 त्यसपछि एज्रा परमेश्‍वरको भवनको उपस्थितिबाट निस्केर एल्यासीबको छोरो येहोहानानको कोठातिर गए। त्यहाँ बस्दा तिनले खाना खाएनन्, न त पानी नै पिए। किनकि तिनले अझै पनि निर्वासनबाट फर्कने मानिसहरूका विश्‍वासघातको कारण शोक गरिरहेका थिए। \p \v 7 त्यसपछि निर्वासनबाट फर्कनेहरू सबै यरूशलेममा भेला हुन भनेर यहूदा र यरूशलेमभरि घोषणा जारी गरियो। \v 8 तीन दिनभित्र यदि कोही आएन भने अधिकारीहरू र प्रधानहरूका निर्णयअनुसार त्यसको सबै धनसम्पत्ति कब्जा गरिनेछ। अनि त्यसले आफैँलाई निर्वासनबाट फर्कनेहरूका सभाबाट अलग गर्नेछ। \b \p \v 9 तीन दिनभित्र यहूदा र बेन्यामीनका सारा मानिसहरू यरूशलेममा भेला भए। यो भेला नवौँ महिनाको बीसौँ दिनमा, परमेश्‍वरको भवनको अगिल्तिर आँगनमा भएको थियो। सारा मानिसहरू यो घटना र झरीको कारणले औधी दुःखित भएका थिए। \v 10 तब पुजारी एज्रा उभिएर तिनीहरूलाई भने, “तिमीहरू अविश्‍वासी भएका छौ; विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरूले इस्राएलको दोषलाई अझ बढाएका छौ। \v 11 अब तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर याहवेहको सामु आफ्ना पापहरू स्वीकार गर, र उहाँको इच्छाअनुसार गर। तिमीहरूका वरिपरिका मानिसहरू र तिमीहरूका विदेशी पत्नीहरूबाट आफूलाई अलग गर।” \p \v 12 सभामा भेला भएका सारा मानिसहरूले चर्को आवाजमा जवाफ दिए: “तपाईं ठिक हुनुहुन्छ! तपाईंले भन्‍नुभएअनुसार हामीले गर्नैपर्छ। \v 13 तर यहाँ असंख्य मानिसहरू छन्, र यो समय धेरै पानी पर्ने समय भएको हुनाले हामी बाहिर उभिरहन सक्दैनौँ। अनि यो विषय एक दुई दिनभित्रमा सिद्ध्याउन सकिँदैन; किनकि हामीले यस विषयमा घोर पाप गरेका छौँ। \v 14 हाम्रा अधिकारीहरूले सम्पूर्ण सभाको निम्ति काम गरून्। त्यसपछि हाम्रा परमेश्‍वरको भयङ्कर क्रोध हामीबाट नहटुन्जेल हाम्रो सहरमा भएका हरेक जसले विदेशी स्त्री विवाह गरेका छन्, ती त्यसै सहरका प्रधानहरू र न्यायकर्ताहरूसित तोकिएको समयमा आऊन्।” \v 15 असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा यहजयाहले मात्र यस विषयको विरोध गरे। तर मशुल्‍लाम र लेवी शब्बतैले यो कुरालाई समर्थन गरे। \p \v 16 यसकारण निर्वासनबाट फर्कनेहरूले सङ्कल्प गरेअनुसार नै गरे। पुजारी एज्राले परिवारहरूका अगुवाहरूलाई छाने। प्रत्येक परिवारको समूहबाट एक-एक पुरुष गरेर छाने; अनि तिनीहरूका नामद्वारा तिनीहरूलाई नियुक्त गरियो। दसौँ महिनाको पहिलो दिनमा तिनीहरू ती मुद्दाहरू जाँच्नलाई बसे। \v 17 अनि पहिलो महिनाको पहिलो दिनमा जजसले विदेशी स्त्रीहरू विवाह गरेका थिए, ती सबै मानिसहरूका विषयमा खोज अनुसन्धान गरेर सिद्ध्याए। \s1 अन्तर-विवाह गर्ने दोषीहरू \lh \v 18 पुजारीहरूका सन्तानहरूबाट निम्न मानिसहरूले विदेशी स्त्रीसँग विवाह गरेका थिए: \li1 योसादाकको छोरो येशूआका सन्तानहरू र तिनका दाजुभाइहरूबाट: मासेयाह, एलीएजर, यारीब र गदल्याह। \v 19 (तिनीहरू सबैले आ-आफ्ना पत्नीहरूलाई त्याग्न आफ्ना हातहरू बढाएर प्रतिज्ञा गरे। अनि आफ्ना पापका निम्ति हरेकले बथानबाट दोषबलिको रूपमा एउटा भेडा ल्याए।) \li1 \v 20 इम्मेरका सन्तानहरूबाट: हनानी र जबदियाह। \li1 \v 21 हारीमका सन्तानहरूबाट: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह। \li1 \v 22 पशहूरका सन्तानहरूबाट: एल्योएनै, मासेयाह, इश्माएल, नथनिएल, योजाबाद र एलासा। \b \lh \v 23 लेवीहरूबाट: \li1 योजाबाद, शिमी, केलायाह (जो कलीता हुन्), पतहयाह, यहूदा र एलीएजर। \li1 \v 24 सङ्गीतकारहरूबाट: एल्यासीब। \li1 द्वारपालहरूबाट: शल्‍लूम, तेलेम र ऊरी। \b \lh \v 25 अनि अरू इस्राएलीहरूमा: \li1 परोशका सन्तानहरूबाट: रम्याह, यिज्जीयाह, मल्कियाह, मिय्यामीन, एलाजार, मल्कियाह र बनायाह। \li1 \v 26 एलामका सन्तानहरूबाट: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया। \li1 \v 27 जत्तूका सन्तानहरूबाट: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा। \li1 \v 28 बेबैका सन्तानबाट: येहोहानान, हनन्याह, जब्बै र अत्लै। \li1 \v 29 बानीका सन्तानहरूबाट: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमो। \li1 \v 30 पहत-मोआबका सन्तानहरूबाट: अदना, कलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्‍नूई र मनश्शे। \li1 \v 31 हारीमका सन्तानहरूबाट: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमियोन, \v 32 बेन्यामीन, मल्‍लूक र शमर्याह। \li1 \v 33 हाशूमका सन्तानहरूबाट: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी। \li1 \v 34 बानीका सन्तानहरूबाट: मादै, अम्राम, ऊएल, \v 35 बनायाह, बेदयाह, कलूही, \v 36 भन्याह, मरेमोत, एल्यासीब, \v 37 मत्तन्याह, मत्तनै र यासू। \li1 \v 38 बिन्‍नूईका\f + \fr 10:38 \fr*\ft अथवा \ft*\fqa यासू \fqa*\fqa बानि र बिन्‍नूई,\fqa*\f* सन्तानहरूबाट: \li2 शिमी, \v 39 शेलेम्याह, नातान, अदायाह, \v 40 मक्नादबै, शाशै, शारै, \v 41 अज्रेल, शेलेम्याह, शमर्याह, \v 42 शल्‍लूम, अमर्याह र योसेफ। \li1 \v 43 नेबोको सन्तानहरूबाट: यीएल, मत्तीत्याह, जाबाद, जबीना, यद्दै, योएल र बनायाह। \b \lf \v 44 यी सबै मानिसहरूले विदेशी स्त्रीहरूसँग विवाह गरेका थिए; अनि केही पत्नीहरूबाट सन्तान पनि जन्मिएका थिए।\f + \fr 10:44 \fr*\ft अथवा \ft*\fqa तिनीहरूले पत्नीहरूलाई र तिनीहरूका पत्नीबाट जन्मिएका छोराछोरीहरूलाई समेत त्यागिदिए।\fqa*\f*