\id EZK - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h इजकिएल \toc1 इजकिएलको भविष्यवाणी \toc2 इजकिएल \toc3 इज \mt1 इजकिएलको भविष्यवाणी \c 1 \s1 जीवित प्राणीहरू र याहवेहको महिमा \p \v 1 तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा, जब म कबार नदीको छेउमा निर्वासन गरेर लगिएका यहूदी कैदीहरूसँग थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्‍वरको दर्शन देखेँ। \p \v 2 त्यस महिनाको पाँचौँ दिन, राजा यहोयाकीन बेबिलोनको निर्वासनमा लगिएको पाँचौँ वर्ष थियो। \v 3 बेबिलोनीहरूको\f + \fr 1:3 \fr*\ft अथवा \ft*\fqa कल्दीहरूको\fqa*\f* देशमा कबार नदीको किनारमा याहवेहको वचन बूजीका छोरा पुजारी इजकिएलकहाँ आयो। त्यहाँ याहवेहको हात तिनीमाथि थियो। \p \v 4 जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो। \v 5 अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो; \v 6 तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए। \v 7 तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे। \v 8 ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए। \v 9 अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे। \p \v 10 ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो। \v 11 तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए। \v 12 ती हरेक जीवित प्राणी चारै दिशापट्टि सीधा अगाडि बढ्थे। आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै जान्थे; तिनीहरू यताउता नफर्की अगाडि बढ्थे। \v 13 ती चार जीवित प्राणीहरूका रूप आगोका बल्दैगरेको कोइलाजस्तो अथवा राँकोजस्तो देखिन्थ्यो। ती प्राणीहरूका बीचमा बलिरहेको आगो यताउता जान्थ्यो; त्यो चहकिलो थियो र त्यसबाट बिजुली निस्कन्थ्यो। \v 14 ती जीवित प्राणीहरू बिजुलीको चमकजस्तै यताउता वेगसित दौडन्थे। \p \v 15 जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथिएँ, ती चार वटा अनुहार भएका जीवित प्राणीहरूको छेउमा जमिनमाथि एक-एक वटा चक्‍का थियो। \v 16 ती चारै वटा चक्‍काहरूका आकार र बनावट यस्तो थियो: तिनीहरू चम्किलो पुष्परागजस्तै थिए; अनि ती चारै एकसमान देखिन्थे। ती चक्‍काहरूको बनावटचाहिँ एउटा चक्‍काको बीचमा अर्को चक्‍का वारपार भएजस्तो थियो। \v 17 ती चक्‍काहरू जीवित प्राणीहरू फर्केका चार दिशाहरूमध्ये कुनै पनि दिशातर्फ जान सक्थे; जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अर्को दिशातिर यताउता नफर्की अगाडि बढ्थे। \v 18 ती चक्‍काहरूका घेरा अग्ला र डरलाग्दा थिए; अनि चारै वटा घेराहरूका वरिपरि आँखै-आँखाहरूले घेरिएका थिए। \p \v 19 जब ती जीवित प्राणीहरू अगाडि बढ्थे, तब तिनीहरूका छेउमा भएका चक्‍काहरू पनि अगाडि बढ्थे; अनि ती जीवित प्राणीहरू जमिनबाट उठ्दा ती चक्‍काहरू पनि माथि उठ्थे। \v 20 आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्‍काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थियो। \v 21 जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्‍काहरू पनि अगाडि बढ्थे; जब ती प्राणीहरू खडा हुन्थे, तब ती चक्‍काहरू पनि खडा हुन्थे; अनि जब ती प्राणीहरू जमिनबाट माथि उढ्थे, तब ती चक्‍काहरू तिनीहरूसितै उढ्थे; किनकि ती जीवित प्राणीहरूको आत्मा ती चक्‍काहरूमा थिए। \p \v 22 ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो। \v 23 त्यस अन्तरमुनि तिनीहरूका पखेटाहरू एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सीधै फैलिएका थिए। हरेकसँग तिनीहरूका शरीरलाई छोप्ने दुई वटा पखेटाहरू पनि थिए। \v 24 जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो, सेनाको होहल्‍लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे। \p \v 25 जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो। \v 26 तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो। \v 27 मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि त्यसको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो। \v 28 पानी परेको दिन बादलमा इन्द्रेणी देखिएजस्तै तिनका वरिपरि चम्किलो ज्योति थियो। \p याहवेहको महिमाको प्रतिरूपको रूप यसरी देखा पर्‍यो। जब मैले त्यो देखेँ, म घोप्टो परेर भुइँमा लडेँ; अनि मैले कोही बोलिरहेको सोर सुनेँ। \c 2 \s1 इजकिएलको बोलावट \p \v 1 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा,\f + \fr 2:1 \fr*\ft हिब्रू वाक्यांश बेन आदमको अर्थ \ft*\fqa मानिस \fqa*\ft हुन्छ। \ft*\fq मानिसको छोरा \fq*\ft वाक्यांशलाई यहाँ र इजकिएलभरि नै प्रयोग गरिएको कारणचाहिँ नयाँ करारको “मानिसको पुत्र” सँग यसको सम्भावित सम्बन्ध हो।\ft*\f* आफ्नो खुट्टामा उभी, म तँसित कुरा गर्नेछु।” \v 2 जब परमेश्‍वर मसँग बोल्नुभयो, तब उहाँको आत्मा मभित्र आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो; अनि उहाँले मसँग कुरा गर्नुभएको मैले सुनेँ। \p \v 3 उहाँले भन्‍नुभयो: “हे मानिसको छोरा, म तँलाई इस्राएलीहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जो मेरो विरुद्धमा विद्रोही भएका छन्। तिनीहरू र तिनीहरूका पुर्खाहरूले आजको दिनसम्म नै मेरो विरुद्धमा विद्रोह गर्दैआएका छन्। \v 4 म तँलाई ती मानिसहरूकहाँ पठाउँदैछु, जो कठोर र हठी छन्। तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ \v 5 अनि तिनीहरूले चाहे सुनून् चाहे नसुनून्—किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्—तर पनि तिनीहरूका बीचमा एक जना अगमवक्ता छ भनेर तिनीहरूले थाहा पाउनेछन्। \v 6 अनि तँ हे मानिसको छोरा, तिनीहरू अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा वरिपरि सिउँडी काँडा र अरू काँडाहरू भए तापनि र तँ बिच्छीहरूको बीचमा बसे तापनि नडरा। तिनीहरू विद्रोही भए तापनि तिनीहरूका कुराहरूदेखि नडरा अथवा तीबाट त्रसित नहो। \v 7 तिनीहरूले चाहे सुनून् वा नसुनून्, तैँले मेरा वचनहरू भन्‍नू; किनकि तिनीहरू विद्रोही छन्। \v 8 तर हे मानिसको छोरा, म तँलाई के भन्दैछु, त्यो तैँले सुन्। ती विद्रोही मानिसहरूजस्तै तँ विद्रोही नहो; आफ्नो मुख खोल्, र मैले तँलाई दिएको कुरा खा।” \p \v 9 तब मैले हेरेँ, र एउटा हात मतिर पसारिएको मैले देखेँ। हातमा एउटा मुट्ठो\f + \fr 2:9 \fr*\ft अर्थ \ft*\fqa किताब\fqa*\f* थियो, \v 10 जुन मुट्ठो उहाँले मेरो अगाडि खोल्नुभयो। त्यसका दुवैतिर विलाप, शोक र दुःखका कुरा लेखिएका थिए। \c 3 \p \v 1 अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तेरो अगाडि जे कुरा छ, त्यो खा! यो मुट्ठो खा; त्यसपछि गएर इस्राएलका घरानाहरूलाई भन्।” \v 2 यसकारण मैले आफ्नो मुख खोलेँ र उहाँले मलाई त्यो मुट्ठो खान दिनुभयो। \p \v 3 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, मैले तँलाई दिएको यो मुट्ठो खा, र यसले आफ्नो पेट भर्।” यसकारण मैले मुट्ठो खाएँ, र त्यो मेरो मुखमा महझैँ गुलियो भयो। \p \v 4 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, अब इस्राएलको घरानाकहाँ जा, र तिनीहरूलाई मेरा वचनहरू भन्। \v 5 तँ विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा बोल्ने जातिहरूकहाँ पठाइँदैछैनस्, तर इस्राएलका मानिसहरूकहाँ पठाइँदैछस्— \v 6 विदेशी भाषा बोल्ने र अप्ठ्यारो भाषा भएका धेरै जातिहरूकहाँ होइन, जसका कुरा तँ बुझ्न सक्दैनस्। यदि मैले तँलाई तिनीहरूकहाँ पठाएको भए निश्‍चय नै तिनीहरूले तेरो कुरा सुन्‍नेथिए। \v 7 तर इस्राएलका मानिसहरूले तेरो कुरा सुन्‍न चाहँदैनन्; किनभने तिनीहरूले मेरो कुरा सुन्‍न इच्छा गर्दैनन्; किनकि इस्राएलीहरू कठोर र जिद्दी भएका छन्। \v 8 तर म तँलाई तिनीहरूजस्तै नझुक्ने र कठोर बनाउनेछु। \v 9 म तेरो निधारलाई चकमके ढुङ्गाभन्दा कडा बनाइदिनेछु। यद्यपि तिनीहरू विद्रोही घराना भए तापनि तिनीहरूसँग नडरा अथवा तिनीहरूदेखि त्रसित नहो।” \p \v 10 फेरि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तैँले ध्यानसित सुन्, र मैले तँलाई भनेका मेरा सबै वचन तेरो हृदयमा राख्। \v 11 निर्वासनमा लगिएका तेरा देशवासीहरूकहाँ गएर तिनीहरूसँग कुरा गर्। ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिनीहरूले सुनून् वा नसुनून्, तिनीहरूलाई भन्।’ ” \p \v 12 तब आत्माले मलाई माथि उचाल्नुभयो; अनि जब याहवेहको महिमा आफ्नो स्थानबाट उठ्यो, तब मैले मेरो पछाडि एउटा ठूलो गडगडाहटको आवाज सुनेँ। \v 13 त्यो आवाज ती जीवित प्राणीहरूका पखेटाहरू एक-अर्कालाई छुँदा निस्केको आवाज र तिनीहरूका छेउका चक्‍काहरू घुमेको आवाज, भुइँचालो गएको जस्तै ठूलो गडगडाहटको आवाज थियो। \v 14 त्यसपछि आत्माले मलाई उठाएर माथितिर टाढा लैजानुभयो, तब मेरो मनमा तितो लाग्यो र रिस उठ्यो; अनि याहवेहको बलियो हात ममाथि थियो। \v 15 म कबार नदीको छेउमा भएको तेल-अबीबमा बस्‍ने निर्वासनमा लगिएकाहरूकहाँ गएँ। अनि त्यहाँ तिनीहरू बसोबास गरेको ठाउँमा तिनीहरूको बीचमा म सात दिनसम्म अति दुःखी भएर रहेँ। \s1 इजकिएललाई पहरेदारीको जिम्मेवारी \p \v 16 तेल-अबीबमा बसेको सात दिनको अन्त्यमा याहवेहको वचन मकहाँ आयो: \v 17 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे। \v 18 जब म एक जना दुष्‍टलाई भन्छु, ‘तँ निश्‍चय नै मर्नेछस्,’ अनि तैँले त्यसको प्राण बचाउनलाई चेतावनी दिइनस् र त्यसका दुष्‍ट चालहरूबाट फर्कनलाई बताइनस् भने, त्यो दुष्‍ट मानिस आफ्नो पापको निम्ति मर्नेछ; तर म त्यसको मृत्युको निम्ति तँलाई जिम्मेवार ठहराउनेछु। \v 19 तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई चेतावनी दिइस् र त्यो आफ्नो दुष्‍टता अथवा आफ्नो खराब चालबाट फर्केन भने त्यो आफ्नो पापमा नै मर्नेछ; तर तैँलेचाहिँ आफ्नो प्राण बचाउनेछस्। \p \v 20 “तर जब धर्मी मानिसले आफ्नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र मैले त्यसको अगि ठेस लाग्ने ढुङ्गो राखिदिएँ भने त्यो मर्नेछ। तैँले त्यसलाई चेतावनी नदिएको हुनाले त्यो आफ्नै पापको कारण मर्नेछ। त्यसले गरेका धार्मिक कामहरूको सम्झना हुनेछैन; अनि म तँलाई त्यसको रगतको जिम्मेवार ठहराउनेछु। \v 21 तर यदि तैँले धर्मी मानिसलाई पाप नगर्नू भनेर चेतावनी दिइस् र त्यसले पाप गरेन भने त्यो निश्‍चय नै बाँच्नेछ; किनकि त्यसले चेतावनी ग्रहण गर्‍यो, र तैँले आफ्नो प्राणलाई बचाउनेछस्।” \p \v 22 तब त्यहाँ याहवेहको हात ममाथि थियो र उहाँले मलाई भन्‍नुभयो, “उठ् र मैदानमा जा; अनि त्यहाँ म तँसँग कुरा गर्नेछु।” \v 23 यसकारण म उठेर मैदानमा गएँ; अनि कबार नदीको किनारमा मैले देखेको जस्तै याहवेहको महिमा त्यहाँ प्रकट भएको थियो; अनि म भुइँमा घोप्टो परेर निहुरिएँ। \p \v 24 तब ममा आत्मा आउनुभयो र मलाई आफ्नो खुट्टामा उभ्याउनुभयो। उहाँले मसँग कुरा गर्नुभयो र मलाई भन्‍नुभयो: “तेरो घरमा जा, गएर आफ्नो घरभित्र ढोका बन्द गरेर बस्। \v 25 अनि हे मानिसको छोरा, तिनीहरूले तँलाई डोरीले बाँध्नेछन्, र तँ बाँधिनेछस्; अनि तँ मानिसहरूको बीचमा बाहिर निस्केर जान पाउनेछैनस्। \v 26 म तेरो जिब्रोलाई तालुमा टाँसिदिनेछु; अनि तँ बोल्न नसक्ने हुनेछस्, र तैँले तिनीहरूलाई हप्काउन सक्नेछैनस्; किनकि तिनीहरू विद्रोही घरानाका हुन्। \v 27 तर जब म तँसित बोल्छु, म तेरो मुख खोलिदिनेछु र तैँले तिनीहरूलाई भन्‍नू: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ।’ जसले सुन्‍न चाहन्छ, ध्यानसित सुनोस्, र सुन्‍न नचाहनेले नसुनोस्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्।” \c 4 \s1 यरूशलेमको घेराबन्दीको चिन्ह \p \v 1 “अब हे मानिसको छोरा, एउटा माटोको इँटा लिएर त्यसलाई आफ्नो अगाडि राख् र त्यसमा यरूशलेम सहरको चित्र कोर्। \v 2 त्यसपछि त्यसको चारैतिर घेराबन्दी हाल्: त्यसको विरुद्धमा घेरा-मचान बना, र त्यसको विरुद्धमा सैनिक मोर्चा लगा; अनि त्यसको विरुद्धमा छाउनी हाल्। अनि त्यसको चारैतिर पर्खाल भत्काउने ठूला-ठूला मुढाहरू राख्। \v 3 त्यसपछि एउटा फलामको थाल लिएर त्यसलाई तेरो र सहरको बीचमा एउटा फलामको पर्खालझैँ खडा गर्, र तेरो अनुहार त्यस सहरपट्टि फर्का। त्यो घेराबन्दीमा रहनेछ र तैँले त्यसलाई घेराबन्दीमा पार्। योचाहिँ इस्राएलका मानिसहरूका निम्ति एउटा चिन्ह हुनेछ।” \p \v 4 तब तँ आफ्नो देब्रेपट्टि पल्टेर सुत्, र इस्राएलका मानिसहरूका पापको दोष आफूमाथि\f + \fr 4:4 \fr*\ft अथवा \ft*\fqa आफूतिर\fqa*\f* बोक। जति दिनसम्म तँ कोल्टे परेर सुत्छस्, त्यति दिन नै तैँले तिनीहरूका पाप आफूमाथि बोक्नुपर्छ। \v 5 मैले तँलाई तिनीहरूका पापका वर्षका संख्याकै बराबर एक वर्षको एक दिन गरेर दिनहरू तोकिदिएको छु। यसकारण तैँले तीन सय नब्बे दिनसम्म इस्राएलको घरानाको पापको दण्ड भोग्नुपर्नेछ। \p \v 6 तैँले त्यसो गरिसकेपछि दाहिनेपट्टि फेरि तँ कोल्टे परेर सुत्, र यहूदाका मानिसहरूका पाप आफूमाथि बोक्। मैले तँलाई एक वर्षको एक दिन गरेर चालीस दिन तोकिदिएको छु। \v 7 तेरो आफ्नो अनुहार यरूशलेमको घेराबन्दीतिर फर्काएर राख्, र खाली हातसित यरूशलेमको विरुद्धमा अगमवाणी गर्। \v 8 म तँलाई डोरीले बाँधिदिनेछु, र तैँले आफ्नो घेराबन्दीका दिनहरू पूरा नगरेसम्म तँ एकापट्टिबाट अर्कोपट्टि फर्कन सक्नेछैनस्। \p \v 9 गहुँ, जौ, सिमी, दाल, कोदो र कठिया जम्मा गर्; ती एउटा भाँडामा हालेर राख्, र त्यो आफ्नै लागि रोटी बनाउने काममा प्रयोग गर्। तँ तीन सय नब्बे दिनसम्म कोल्टे परेर सुतेको समयमा तैँले त्यो खानू। \v 10 तैँले प्रत्येक दिन खानका लागि बीस शेकेल\f + \fr 4:10 \fr*\ft लगभग 230 ग्राम\ft*\f* पिठो जोखेर तोकिएको समयहरूमा भोजन खानू। \v 11 तैँले एक हिनको\f + \fr 4:11 \fr*\ft लगभग 0.6 लिटर\ft*\f* छैटौँ भाग पानी पनि नापेर तोकिएको समयहरूमा पिउनू। \v 12 तैँले भोजनलाई जौको फुलौरा खाएझैँ खानू; तैँले रोटीलाई मानिसहरूले देख्ने गरी मानिसबाट निस्केको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाएर खानू। \v 13 याहवेहले भन्‍नुभयो, “यसरी नै इस्राएलका मानिसहरूले मैले तिनीहरूलाई धपाइदिने अरू जातिहरूको बीचमा अशुद्ध भोजन खानेछन्।” \p \v 14 तब मैले भनेँ, “हे प्रभु याहवेह, यस्तो नहोस्! मैले आफूलाई कहिल्यै अशुद्ध तुल्याएको छैनँ। मेरो युवावस्थादेखि अहिलेसम्म कहिल्यै पनि मरेको अथवा जङ्गली पशुहरूले फहराएको कुनै पनि कुरो मैले खाएको छैनँ। मेरो मुखमा कहिल्यै पनि कुनै अशुद्ध मासु परेको छैनँ।” \p \v 15 उहाँले भन्‍नुभयो, “ठिक छ, म तँलाई मानिसको दिसाको सट्टा गाईको गोबर प्रयोग गरेर आफ्नो निम्ति रोटी पकाउन दिनेछु।” \p \v 16 त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरूशलेममा भोजनको अभाव गराउनेछु। मानिसहरूले तौल अनुसारको भोजन चिन्तित हुँदै खानेछन्, र तौल अनुसारको पानी डराउँदै पिउनेछन्; \v 17 किनकि भोजन र पानीको अभाव हुनेछ। तिनीहरू एक-अर्कालाई हेर्दै तर्सनेछन् र आफ्नै पापको कारण नाश हुनेछन्।” \c 5 \s1 परमेश्‍वरको न्यायको धारिलो तरवार \p \v 1 “अब हे मानिसको छोरा, एउटा धारिलो तरवार लिएर आफ्नो कपाल र दाह्री खौरनलाई हजामको छुराझैँ प्रयोग गर्। त्यसपछि एउटा तराजु लिएर तेरो कपाललाई जोखेर भाग-भाग गर्। \v 2 जब तेरो घेराबन्दीको समय समाप्‍त हुन्छ, तेरो कपालको एक तिहाइ भागलाई सहरभित्र आगोमा जलाइदे। त्यसको एक तिहाइ भागलाई लिएर सहरको बाहिर तरवारले काटेर चौरतिर टुक्रा-टुक्रा पार्दै हिँड्। अनि बाँकी एक तिहाइ भाग हावामा छरपस्ट पारिदे। किनकि म तिनीहरूलाई नाङ्गो तरवारले खेद्नेछु। \v 3 तर तेरो कपालबाट केही कपाल लिएर आफ्नो वस्त्रको किनारमा बाँधिराख्। \v 4 फेरि वस्त्रमा बाँधिएका ती कपालमध्ये केही लिएर आगोमा फ्याँकिदे र त्यसलाई जलाइदे। तीबाट आगो निस्केर इस्राएलको सम्पूर्ण घरानामा फैलिनेछ।” \p \v 5 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यो यरूशलेम हो, जसलाई मैले चारैतिर देशहरूको बीचमा जातिहरूको केन्द्रमा बसालेको छु। \v 6 तर आफ्नो दुष्‍टतामा त्यसले मेरा व्यवस्था र उर्दीहरूमा आफ्ना चारैतिरका जातिहरू र देशहरूभन्दा बढी विद्रोह गरेकी छे। मेरा व्यवस्थाहरू इन्कार गरेकी छे, र उर्दीहरू पालन गरेकी छैन। \p \v 7 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा बढी विद्रोही भएका हुनाले मेरा उर्दीहरू र मेरा व्यवस्थाहरू तिमीहरूले पालन गरेका छैनौ। तिमीहरू आफ्ना चारैतिरका जातिहरूका स्तरसम्म पनि पुगेका छैनौ। \p \v 8 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे यरूशलेम, म स्वयम् तेरो विरुद्धमा छु; अनि म आफैँले ती जातिहरूका आँखाको सामु तँलाई दण्ड दिनेछु। \v 9 तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु। \v 10 यसकारण तेरो बीचमा बुबाहरूले आफ्ना छोराछोरीहरू खानेछन्; अनि छोराछोरीहरूले आफ्ना बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु, र तेरा बाँचेकाहरू सबैलाई हावामा छरपस्ट पारिदिनेछु। \v 11 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले आफ्ना सबै घृणित मूर्तिहरू र घिनलाग्दा कामहरूद्वारा मेरो पवित्रस्थानलाई अशुद्ध पारिदिएको कारण म आफैँले मेरो निगाह हटाउनेछु; म तँलाई दयाको दृष्‍टिले हेर्नेछैनँ, न त तँलाई बचाउनेछु। \v 12 तेरो एक तिहाइ भाग मानिसहरू रूढीले मर्नेछन् अथवा यरूशलेमभित्र अनिकालले नष्‍ट हुनेछन्; एक तिहाइ भाग पर्खालबाहिर तरवारद्वारा मर्नेछन्; अनि एक तिहाइ भागलाई चाहिँ म हावामा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई नाङ्गो तरवार लिएर खेद्नेछु। \p \v 13 यसरी मेरो रिस थामिनेछ, र तिनीहरूको विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ, र मेरो बदला पूरा हुनेछ। अनि जब मैले आफ्नो क्रोध तिनीहरूमाथि पोख्नेछु, तब तिनीहरूले म याहवेहले आफ्नो जोशमा बोलेको हुँ भनी जान्‍नेछन्। \p \v 14 “तेरा चारैतिरका जातिहरूको बीचमा, तेरो छेउबाट भएर जाने सबैको दृष्‍टिमा म तँलाई एउटा उजाड भग्नावशेष र निन्दाको पात्र बनाइदिनेछु। \v 15 जब म तँलाई रिस, क्रोध र हप्काइसहित दण्ड दिनेछु, तब तँ तेरा वरपरका जातिहरूका लागि निन्दा, गिल्‍ला, चेतावनी र त्रासको पात्र हुनेछस्। म याहवेहले नै यो भनेको हुँ। \v 16 जब मैले तँलाई अनिकालको समयमा मेरा घातक र विनाशकारी काँडहरूले प्रहार गर्नेछु, तब म तँलाई नष्‍ट गर्नलाई प्रहार गर्नेछु। म तँमाथि झन् बढीभन्दा बढी अनिकाल ल्याउनेछु, र तेरो भोजनको आपूर्ति बन्द गरिदिनेछु। \v 17 म तेरो विरुद्धमा अनिकाल र जङ्गली पशुहरू पठाउनेछु; अनि तिनीहरूले तँलाई निःसन्तान तुल्याउनेछन्। रूढी र रक्तपात तेरो बीचमा भइरहनेछन्। म तेरो विरुद्धमा तरवार ल्याउनेछु। म याहवेहले नै यो भनेको हुँ।” \c 6 \s1 इस्राएलको पर्वतहरूको विरुद्धमा भविष्यवाणी \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, तेरो अनुहार इस्राएलका पर्वतहरूतिर फर्का; तिनीहरूका विरुद्धमा अगमवाणी गर्, \v 3 र भन्: ‘हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको वचन सुन। पहाडहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका विरुद्धमा तरवार ल्याउन लागेको छु, र तिमीहरूका देवस्थानहरू म नाश गरिदिनेछु। \v 4 तिमीहरूका वेदीहरू भत्काइनेछन् र तिमीहरूका धूप-वेदीहरू चकनाचुर पारिनेछन्; अनि म तिमीहरूका मानिसहरूलाई तिमीहरूकै मूर्तिहरूका सामु मार्नेछु। \v 5 म इस्राएलीहरूका लासहरू तिनीहरूका मूर्तिहरूकै सामु राखिदिनेछु; अनि म तिमीहरूका हड्डीहरू तिमीहरूका वेदीहरूका चारैतिर छरपस्ट पारिदिनेछु। \v 6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका सहरहरू उजाड पारिनेछन् र देवस्थानहरू भत्काइनेछन्, र तिमीहरूका वेदीहरू उजाड र क्षत-विक्षत हुनेछन्। तिमीहरूका मूर्तिहरू चकनाचुर हुनेछन् र ध्वस्त पारिनेछन्, तिमीहरूका धूप-वेदीहरू भत्काइनेछन्; अनि तिमीहरूले बनाएका सबै चीजहरू नष्‍ट हुनेछन्। \v 7 तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \p \v 8 “ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ। \v 9 त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्‍टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्। \v 10 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ। \p \v 11 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्‍टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्‍ट हुनेछन्। \v 12 टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु। \v 13 जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \v 14 अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \c 7 \s1 अन्त्य आइपुगेको छ \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, प्रभु याहवेह इस्राएल देशलाई यसो भन्‍नुहुन्छ: \q1 “ ‘अन्त्य! देशका चारै कुनामाथि \q2 अन्त्य आइपुगेको छ! \q1 \v 3 अब अन्त्य तँमाथि छ, \q2 र म आफ्नो रिस तेरो विरुद्धमा ल्याउनेछु। \q1 म तेरा चालअनुसार तेरो न्याय गर्नेछु; \q2 अनि तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। \q1 \v 4 म तँलाई दयाको नजरले हेर्नेछैनँ; \q2 म तँलाई छोड्नेछैनँ। \q1 म निश्‍चय नै तेरा चाल र तेरा बीचमा भएका \q2 घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। \m “ ‘तब तैँले जान्‍नेछस्, कि म नै याहवेह हुँ।’ \b \p \v 5 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘विपत्ति! कहिल्यै नसुनिएको विपत्ति! \q2 हेर्, यो विपत्ति आउँदैछ! \q1 \v 6 अन्त्य आएको छ! \q2 अन्त्य आएको छ! \q1 यो तेरो विरुद्धमा आफैँ सुरिइएको छ। \q2 हेर्, त्यो आउँदैछ! \q1 \v 7 यो देशमा बसोबास गर्नेहरू, \q2 तिमीहरूमाथि सर्वनाश आएको छ। \q1 समय आएको छ! दिन नजिकै छ! \q2 पर्वतहरूमा आनन्द होइन, तर त्रास छ। \q1 \v 8 मैले मेरो क्रोध तँमाथि खन्याउन लागेको छु, \q2 र तेरो विरुद्धमा मेरो रिस पोखाउन आँटेको छु। \q1 म तेरा चालअनुसार तेरो न्याय गर्नेछु, \q2 र तेरा सबै घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। \q1 \v 9 म तँलाई दयाको नजरले हेर्नेछैनँ; \q2 म तँलाई छोड्नेछैनँ। \q1 म तेरा चालअनुसार र तेरा बीचमा भएका \q2 घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। \b \m “ ‘तब तैँले जान्‍नेछस्, कि तँलाई प्रहार गर्ने याहवेह म नै हुँ। \q1 \v 10 “ ‘हेर्, त्यो दिन! \q2 हेर्, त्यो आएको छ! \q1 सर्वनाश निस्केर आएको छ; \q2 लट्ठीमा टुसा पलाएको छ, \q2 अहङ्कार फक्रेको छ! \q1 \v 11 दुष्‍टलाई दण्ड दिनलाई, \q2 लट्ठी बनेको छ; \q1 कुनै पनि मानिस छोडिनेछैन; \q2 त्यस भीडका कोही पनि रहनेछैन। \q1 तिनीहरूका धनसम्पत्ति, \q2 कुनै पनि बहुमूल्य कुरा, केही पनि छोडिनेछैन। \q1 \v 12 त्यो समय आइपुगेको छ! \q2 त्यो दिन आइपुगेको छ! \q1 किन्‍नेले हर्ष नमनाओस्, \q2 न त बेच्नेले शोक गरोस्; \q2 किनभने मेरो क्रोध सारा भीडमाथि परेको छ। \q1 \v 13 बेच्ने र किन्‍ने दुवै बाँचुन्जेल— \q2 बेच्नेले बेचेको जमिन \q2 फेरि पाउन सक्दैन। \q1 किनकि सम्पूर्ण भीडहरूका निम्ति \q2 न्यायको दर्शन बदलिनेछैन। \q1 तिनीहरूका पापको कारण तिनीहरूमध्ये \q2 एउटैले पनि आफ्नो जीवन जोगाइराख्न सक्दैनन्। \b \q1 \v 14 “ ‘तिनीहरूले तुरही फुकेका छन्; \q2 तिनीहरूले सबै कुरा तयार गरेर राखेका छन्, \q1 तर कोही पनि लडाइँमा जानेछैनन्; \q2 किनकि मेरो क्रोध सम्पूर्ण भीडमाथि नै परेको छ। \q1 \v 15 बाहिर तरवार छ; \q2 भित्र रूढी र अनिकाल छन्। \q1 गाउँमा भएकाहरू \q2 तरवारद्वारा मर्नेछन्; \q1 सहरभित्र हुनेहरू \q2 रूढी र अनिकालले मर्नेछन्। \q1 \v 16 बाँचेका र उम्केकाहरू \q2 पहाडहरूतिर भाग्नेछन्। \q1 बेँसीका ढुकुरहरूझैँ, \q2 तिनीहरू सबैले \q2 आ-आफ्ना पापका निम्ति विलाप गर्दै रहनेछन्। \q1 \v 17 हरेकका हात डरले शिथिल हुनेछन्; \q2 हरेकका खुट्टा पिसाबले भिज्नेछन्! \q1 \v 18 तिनीहरूले भाङ्ग्रा लगाउनेछन्, \q2 र तिनीहरूले त्रासको लुगा पहिरनेछन्। \q1 तिनीहरू सबैका अनुहार शर्मले ढाकिनेछन्; \q2 अनि तिनीहरू सबैका कपाल खौराइनेछन्। \b \q1 \v 19 “ ‘तिनीहरूले आफ्ना चाँदी सडकहरूमा फ्याँकिदिनेछन्, \q2 र तिनीहरूका सुन अशुद्ध कुरो हुनेछ। \q1 याहवेहको क्रोधको दिनमा \q2 तिनीहरूका सुनचाँदीले \q2 तिनीहरूलाई बचाउन सक्नेछैन। \q1 सुनचाँदीले तिनीहरूका भोक मेटाउनेछैन \q2 अथवा तिनीहरूको पेट भर्नेछैन; \q2 किनकि सुनचाँदी नै तिनीहरूका पापको निम्ति ठक्‍करको कारण बनेको थियो। \q1 \v 20 तिनीहरूले आफ्ना सुन्दर गहनामा घमण्ड गरे, \q2 र त्यसलाई तिनीहरूका घृणित मूर्तिहरू बनाउन प्रयोग गरे। \q1 तिनीहरूले अशुद्ध आकृतिहरू बनाउनमा प्रयोग गरे; \q2 यसकारण म ती कुराहरूलाई तिनीहरूका निम्ति अशुद्ध बनाइदिनेछु। \q1 \v 21 म तिनीहरूका धनसम्पत्ति विदेशीहरूलाई लुटको सामानझैँ दिनेछु, \q2 पृथ्वीका सबैभन्दा दुष्‍टका हातमा दिनेछु, \q2 उनीहरूले ती धनसम्पत्तिलाई अपवित्र पार्नेछन्। \q1 \v 22 म आफ्नो अनुहार मानिसहरूदेखि फर्काउनेछु, \q2 र डाँकुहरूले मेरो बहुमूल्य ठाउँलाई अशुद्ध पारिदिनेछन्। \q1 डाँकुहरू यरूशलेमको भवनभित्र पस्‍नेछन्, \q2 र त्यसलाई अशुद्ध पारिदिनेछन्। \b \q1 \v 23 “ ‘साङ्लाहरू तयार गर्! \q2 किनकि देश रक्तपातले भरिएको छ, \q2 र सहर हिंसाले भरिएको छ। \q1 \v 24 जातिहरूमध्ये सबैभन्दा दुष्‍ट मानिसहरूलाई \q2 म इस्राएलीहरूका घरहरू कब्जा गर्नलाई ल्याउनेछु। \q1 म तिनीहरूका बलिया योद्धाहरूका घमण्डको अन्त्य गरिदिनेछु; \q2 अनि तिनीहरूका पवित्र ठाउँहरू अशुद्ध पारिनेछन्। \q1 \v 25 जब तिनीहरू त्रसित हुनेछन्, \q2 तब तिनीहरूले व्यर्थमा शान्ति खोज्नेछन्, \q2 तर सुरक्षित ठाउँ कहीँ पनि पाउनेछैनन्। \q1 \v 26 विपत्तिमाथि विपत्ति आउनेछ; \q2 अनि हल्‍लामाथि हल्‍ला आउनेछ। \q1 तिनीहरू अगमवक्ताबाट दर्शनको खोज गर्नेछन्; \q2 तर पुजारीबाट शिक्षा लोप भइजानेछन्, \q2 र प्रधानहरूका परामर्शको पनि अन्त्य हुनेछ। \q1 \v 27 राजाले शोक गर्नेछन्, \q2 राजकुमारलाई निराशाले ढाक्नेछ, \q2 र देशका मानिसहरूका हातहरू त्रासले थरथर काम्नेछन्। \q1 म तिनीहरूका चालअनुसार तिनीहरूसित व्यवहार गर्नेछु, \q2 र म तिनीहरूकै स्तरअनुसार तिनीहरूको न्याय गर्नेछु। \b \m “ ‘तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।’ ” \c 8 \s1 मन्दिरमा मूर्तिपूजा \p \v 1 यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगिएको छैटौँ वर्षको छैटौँ महिनाको पाँचौँ दिनमा, जब म आफ्नो घरमा बसिरहेको थिएँ, र मेरो सामु यहूदाका प्रधानहरू बसिरहेका थिए, तब त्यहाँ प्रभु याहवेहको हात ममाथि आयो। \v 2 अनि मैले हेरेँ, र मानिसको जस्तै एउटा आकृति देखेँ। उहाँको कम्मरजस्तो देखा पर्ने भागदेखि मुन्तिर आगोजस्तै थियो, र कम्मरदेखि मास्तिरको रूपचाहिँ टल्काइएको धातुको झलकजस्तो थियो। \v 3 अनि उहाँले हातजस्तै देखिने आकार पसारेर मेरो टाउकोको केशको मुठा समातेर मलाई जुरुक्‍क उठाउनुभयो। त्यसपछि आत्माले मलाई पृथ्वी र आकाशको बीचमा उचालेर परमेश्‍वरको दर्शनमा उहाँले मलाई यरूशलेममा भित्र चोकको उत्तरतिर फर्केको मूलढोकाको मुखमा लैजानुभयो, जहाँ डाह उत्पन्‍न गराउने मूर्ति खडा थियो। \v 4 अनि मैले मैदानमा देखेको दर्शनमा जस्तै त्यहाँ मेरो सामु इस्राएलका परमेश्‍वरको महिमा थियो। \p \v 5 तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, उत्तरतिर हेर्।” अनि मैले हेरेँ, र वेदीको उत्तरपट्टिको प्रवेशद्वारमा मैले त्यो डाहको मूर्ति देखेँ। \p \v 6 अनि उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, तिनीहरूले के गरिरहेका छन्, के तैँले ती कुराहरू देख्दैछस्? अर्थात्, इस्राएलका घरानाले यहाँ गरिरहेका ती अति घृणित कुराहरू, जसले मलाई आफ्नो पवित्रस्थानबाट टाढा लैजाओस्? तर तैँले यी कुराहरूभन्दा अझै घृणित कुराहरू देख्नेछस्।” \p \v 7 तब उहाँले मलाई चोकको प्रवेशद्वारमा ल्याउनुभयो। मैले हेरेँ, त्यहाँ भित्तामा एउटा प्वाल देखेँ। \v 8 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, अब भित्ता फोर्।” यसकारण मैले भित्ता फोरेँ, र त्यहाँ एउटा ढोका देखेँ। \p \v 9 अनि उहाँले मलाई भन्‍नुभयो, “भित्र जा, र तिनीहरूले यहाँ गरिरहेका दुष्‍ट र घृणित कुराहरू हेर्।” \v 10 यसकारण म भित्र पसेँ र हेरेँ। त्यहाँ सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलका सबै मूर्तिहरूको चित्र भित्ताभरि खोपिएको थियो। \v 11 ती चित्रहरूका सामु इस्राएलका सत्तरी जना प्रधानहरू उभिरहेका थिए। अनि शापानका छोरा याजन्याह तिनीहरूका बीचमा उभिरहेका थिए। हरेकको हातमा एक-एक वटा धुपौरा थिए, र धूपको सुगन्धित धुवाँको बादलमाथि उठिरहेको थियो। \p \v 12 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूले तिनीहरूका आफ्ना देवस्थानमा रहेर गुप्‍त रूपमा अन्धकारमा के गरिरहेका छन्, के तैँले देखेको छस्? तिनीहरू भन्छन्, याहवेहले हामीलाई देख्नुहुन्‍न; याहवेहले देशलाई त्यागिदिनुभएको छ।” \v 13 उहाँले फेरि भन्‍नुभयो, “तिनीहरूले यीभन्दा अझ धेरै घृणित कामहरू गरेको तैँले देख्नेछस्।” \p \v 14 तब उहाँले मलाई याहवेहको भवनको उत्तरी मूलढोकाको प्रवेशद्वारमा ल्याउनुभयो, र मैले त्यहाँ स्त्रीहरू बसेर तम्मूज देवताको लागि विलाप गरिरहेका देखेँ। \v 15 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्? तैँले यीभन्दा अझ धेरै घृणित कुराहरू देख्नेछस्।” \p \v 16 तब उहाँले मलाई याहवेहको भवनको भित्री चोकमा ल्याउनुभयो। त्यहाँ दलान र वेदीको बीचमा मन्दिरको प्रवेशद्वारमा करिब पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ मन्दिरतिर र तिनीहरूका अनुहारहरू पूर्वतिर फर्काएर तिनीहरूले सूर्यलाई दण्डवत् गरिरहेका थिए। \p \v 17 उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, के तैँले यो देखिस्? के यहूदाका मानिसहरूका निम्ति तिनीहरूले यहाँ गरिरहेका घृणित कुराहरू सानो कुरा हो? के तिनीहरूले देशलाई पनि हिंसाले भर्नैपर्छ र मेरो रिस निरन्तर उठाइरहनुपर्छ? हेर्, तिनीहरूले आफ्ना नाकमा रूखको हाँगा राखेका छन्! \v 18 यसकारण म मेरो क्रोधमा तिनीहरूसित व्यवहार गर्नेछु। म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ वा तिनीहरूलाई छोड्नेछैनँ। तिनीहरूले मेरो कानमा चिच्याए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ।” \c 9 \s1 मूर्तिपूजकहरूको न्याय \p \v 1 तब मैले परमेश्‍वरले चर्को सोरले बोलाइरहनुभएको सुनेँ, “सहरमा न्याय गर्न नियुक्त भएकाहरूलाई उनीहरूका हातमा हतियारसहित यहाँ नजिक ल्याओ।” \v 2 तब मैले छ जना मानिसहरूलाई माथिल्‍लो मूलढोका उत्तर दिशातिर फर्केकाबाट हरेकले आफ्ना हातमा घातक हतियार बोकेर आइरहेका देखेँ। तिनीहरूसित सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको एक जना मानिस थिए। तिनीहरू मन्दिरको भित्री भागमा आए, र काँसाको वेदीको छेउमा उभिए। \p \v 3 तब इस्राएलका परमेश्‍वरको महिमा भएको ठाउँ करूबहरूदेखि माथि उठ्यो र मन्दिरको सँघारमा पुग्यो। त्यसपछि याहवेहले सुती कपडा लगाउने र कम्मरमा लेख्ने सामग्रीको थैलो बोकेका मानिसलाई आफ्नो नजिक बोलाउनुभयो, \v 4 र तिनलाई भन्‍नुभयो, “यरूशलेम सहरको चारैतिर जा, र त्यसमा गरिएका घिनलाग्दा कामहरूका निम्ति दुःखी हुने र विलाप गर्ने सबैको निधारमा एउटा चिन्ह लगाइदे।” \p \v 5 मैले सुनिरहेको बेला उहाँले छ जना मानिसहरूलाई भन्‍नुभयो, “सुती कपडा लगाउने त्यस मानिसको पछि-पछि सहरमा जाओ, र निधारमा चिन्ह नभएका मानिसहरूलाई कुनै दयामाया नदेखाई मार्नू। \v 6 वृद्धहरू, युवक-युवतीहरू, स्त्रीहरू र बालबालिकाहरूलाई मार्नू। तर निधारमा त्यो चिन्ह हुने कसैलाई पनि नछोओ। मेरै पवित्रस्थानबाट नै सुरु गर।” यसकारण तिनीहरूले मन्दिरको सामु भएका वृद्धहरूबाट नै सुरु गरे। \p \v 7 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ, मन्दिरलाई अशुद्ध पार, र चोकहरूलाई मरेका लासहरूले भरिदेओ!” यसकारण ती छ जना मानिसहरू निस्केर गए, र सहरका चारैतिर मानिसहरूलाई मार्न थाले। \v 8 तिनीहरूले मानिसहरूलाई मारिरहँदा म एकलै छोडिएको थिएँ, तब मैले जमिनमा घोप्टो परी रुँदै भनेँ, “हे, प्रभु याहवेह! तपाईंको क्रोध यरूशलेममाथि पोखाउनुहुँदा के तपाईं इस्राएलका बाँकी रहेका सबै मानिसहरूलाई नाश गर्नुहुनेछ?” \p \v 9 उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका मानिसहरूका पाप अत्यन्तै धेरै छन्; देश रक्तपातले र सहर अन्यायले भरिएको छ। तिनीहरू भन्छन्, ‘याहवेहले देशलाई त्याग्नुभएको छ; याहवेहले देख्नुहुन्‍न।’ \v 10 यसकारण म तिनीहरूलाई दयाको नजरले हेर्नेछैनँ, अथवा तिनीहरूलाई छोड्नेछैनँ; तर म तिनीहरूले गरेका कामको बदला तिनीहरूकै शिरमाथि खन्याइदिनेछु।” \p \v 11 तब त्यो सुती कपडा लगाएको र कम्मरमा मसीदानी भिरेको मानिस फर्किआएर यसो भने, “तपाईंले मलाई आज्ञा गर्नुभएझैँ मैले गरेको छु।” \c 10 \s1 मन्दिरबाट परमेश्‍वरको महिमा हटेको \p \v 1 तब मैले हेर्दा करूबहरूका शिरमाथिका अन्तरको माथि नीलमणिको सिंहासनजस्तै देखेँ। \v 2 याहवेहले सुती कपडा लगाएको त्यस मानिसलाई भन्‍नुभयो, “करूबहरूका मुन्तिर रहेका चक्‍काहरूको बीचमा जा। करूबहरूका बीचमा भएको जल्दैगरेका भुङ्ग्राहरूले आफ्ना हातहरू भर्, र तिनलाई सहरमाथि छरिदे!” तब मैले हेर्दाहेर्दै तिनी सहरभित्र गइहाले। \p \v 3 त्यो मानिस भित्र पसेको बेला ती करूबहरू मन्दिरको दक्षिण भागमा उभिरहेका थिए; अनि भित्री चोकलाई चाहिँ बादलले ढाकेको थियो। \v 4 तब याहवेहको महिमा करूबहरूको माथिबाट उठेर मन्दिरको सँघारमा गयो। बादलले मन्दिरलाई ढाकिदियो, र चोकचाहिँ याहवेहको महिमाको चमकले भरियो। \v 5 करूबहरूका पखेटाहरूको आवाज बाहिरको टाढा चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्‍वर बोल्नुहुँदा निस्कने आवाजजस्तै थियो। \p \v 6 जब याहवेहले सुती कपडा लगाउने त्यो मानिसलाई आज्ञा दिनुभयो, “करूबहरूका बीचमा चक्‍काहरूबाट आगो ले,” त्यो मानिस भित्र गयो, र एउटा चक्‍काको छेउमा उभियो। \v 7 तब ती करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा भएको आगोमा आफ्नो हात पसारे। तिनले बीचबाट केही आगोको भुङ्ग्रो लिएर सुती कपडा लगाउने मानिसको हातमा राखिदिए, र त्यसले त्यो कोइला लियो र बाहिर गइहाल्यो। \v 8 (करूबहरूका पखेटामुनि मानवका हातहरूजस्ता देखिन्थे।) \p \v 9 तब मैले हेरेँ, हरेक करूबको छेउमा एउटा-एउटा चक्‍का गरी चार वटा चक्‍काहरू देखेँ; ती चक्‍काहरू चहकिलो गोमेद मणिझैँ चम्कन्थे। \v 10 तिनीहरूका रूपको विषयमा ती चारै वटा एकै किसिमका देखिन्थे—प्रत्येक चक्‍काभित्र अर्को चक्‍का छिरेको जस्तै। \v 11 ती चक्‍काहरू अगि बढ्दा चारै वटा दिशातिर जान सक्थे; किनभने ती करूबहरूका शिर जतातिर फर्किएको हुन्थ्यो, ती चक्‍काहरू पनि यताउता नफर्की त्यतैतिर अगि बढ्थे। \v 12 जीवित प्राणीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, तिनीहरूका हातहरू, पखेटाहरू र तिनीहरूका चार वटा चक्‍काहरू सम्पूर्ण आँखै-आँखाहरूले भरिएका थिए। \v 13 मैले ती चक्‍काहरूलाई यसो भनिएको सुनेँ, “हुरुरुरु घुम्ने चक्‍काहरू।” \v 14 ती करूबहरू प्रत्येकका चार वटा अनुहारहरू थिए: पहिलो अनुहार करूबको थियो, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार चीलको थियो। \p \v 15 तब ती करूबहरू मास्तिर उठे। ती करूबहरू मैले कबार नदीको किनारमा देखेकै जीवित प्राणीहरू थिए। \v 16 जब करूबहरू हिँड्थे, तिनीहरूका छेउका चक्‍काहरू पनि हिँड्थे; अनि जब करूबहरूले भुइँबाट उँभो उचालिनलाई आफ्ना पखेटा फैलाउँथे, तब ती चक्‍काहरू पनि तिनीहरूका छेउबाट हट्दैनथे। \v 17 जब ती करूबहरू खडा हुन्थे, तब तिनीहरू पनि खडा हुन्थे; अनि करूबहरू उठ्थे, तब ती चक्‍काहरू पनि तिनीहरूसित नै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्‍काहरूमा थिए। \p \v 18 तब याहवेहको महिमा मन्दिरको सँघारको मास्तिरबाट हट्यो र करूबहरूमाथि गएर अडियो। \v 19 मैले हेर्दाहेर्दै ती करूबहरूले आफ्ना पखेटा फैलाए र जमिनबाट माथि उठाए; अनि तिनीहरू जाँदा चक्‍काहरू पनि तिनीहरूसितै माथि गए। तिनीहरू याहवेहको भवनको पूर्वतिरको मूलढोकाको प्रवेशद्वारमा अडिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूमाथि थियो। \p \v 20 मैले कबार नदीको किनारमा इस्राएलका परमेश्‍वरको मुन्तिर देखेका जीवित प्राणीहरू यिनै थिए, र तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ। \v 21 हरेकका चार वटा अनुहार र चार वटा पखेटा थिए; अनि तिनीहरूका पखेटामुनि मानिसका हातहरूजस्ता देखिन्थे। \v 22 मैले कबार नदीको किनारमा देखेका प्राणीहरूको जस्तै तिनीहरूका अनुहारहरू थिए। तिनीहरू प्रत्येक सीधा अगिल्तिर बढ्थे। \c 11 \s1 इस्राएलका अगुवाहरूमाथि दण्ड \p \v 1 तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ। \v 2 याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, यी ती मानिसहरू हुन्, जसले सहरमा दुष्‍टता रच्दछन् र दुष्‍ट सल्‍लाह दिन्छन्। \v 3 तिनीहरू भन्छन्, ‘के हाम्रा घरहरू हालसालै पुनर्निर्माण भएका होइनन् र? यो सहर एउटा कराहीजस्तै हो, र हामीचाहिँ यसमा राखिएको मासु हौँ।’ \v 4 यसकारण तिनीहरूको विरुद्धमा अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गर्।” \p \v 5 तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु। \v 6 तिमीहरूले यस सहरभित्र धेरै मानिसहरू मारेका छौ, र सहरका सडकहरू मानिसहरूका लासहरूले भरिदिएका छौ। \p \v 7 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले सहरमा फ्याँकिदिएका लासहरू मासु हो, र यो सहरचाहिँ कराही हो; तर म तिमीहरूलाई यहाँबाट धपाइदिनेछु। \v 8 तिमीहरू तरवारसँग डराउँछौ, तर म तिमीहरूको विरुद्धमा तरवार नै ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 9 म तिमीहरूलाई यस सहरबाट बाहिर धपाइदिनेछु; अनि तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूमाथि दण्ड ल्याउनेछु। \v 10 तिमीहरू तरवारले मारिनेछौ, र इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ। \v 11 यो सहर तिमीहरूका निम्ति कराही बन्‍नेछैन, न त तिमीहरू यसभित्र मासु नै बन्‍नेछौ; म इस्राएलका सिमानाहरूमा तिमीहरूको न्याय गर्नेछु। \v 12 अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।” \p \v 13 जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?” \s1 इस्राएललाई फर्काउने प्रतिज्ञा \p \v 14 याहवेहको वचन मकहाँ आयो: \v 15 “हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’ \p \v 16 “यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’ \p \v 17 “यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु। \p \v 18 “तिनीहरू इस्राएलमा फर्कनेछन् र यस देशका सबै घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरू हटाइदिनेछन्। \v 19 म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु। \v 20 त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्‍नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु। \v 21 तर जसका हृदय तिनीहरूका घृणित आकृतिहरू र घिनलाग्दा मूर्तिहरूको पछि लाग्छ, म तिनीहरूले गरेका कामहरूको दण्ड तिनीहरूकै शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \p \v 22 तब करूबहरूले तिनीहरूका छेउमा भएका चक्‍काहरूसहित आफ्ना पखेटा फैलाए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्तिर थियो। \v 23 याहवेहको महिमा सहरभित्रबाट माथि गयो र त्यस सहरको पूर्वतिरको पर्वतमाथि गएर अडियो। \v 24 फेरि आत्माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्माद्वारा दिनुभएको दर्शनमा बेबिलोनमा निर्वासित भएकाहरूको बीचमा मलाई ल्याउनुभयो। \p तब मैले देखेको दर्शन मबाट माथि गइहाल्यो; \v 25 याहवेहले मलाई देखाउनुभएको सबै कुरा मैले कैदमा लगिएका मानिसहरूलाई भनिदिएँ। \c 12 \s1 निर्वासनको चिन्ह \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखाहरू त छन्, तर देख्दैनन्; तिनीहरूका कानहरू त छन्, तर सुन्दैनन्; किनकि तिनीहरू विद्रोही मानिसहरू हुन्। \p \v 3 “यसकारण हे मानिसको छोरा, निर्वासनको निम्ति आफ्ना सरसामानहरू दिउँसो तयार पार्! मानिसहरूले हेरिरहेकै बेला बाहिर निस्की, र तँ जहाँ छस्, त्यहीँबाट अर्को ठाउँमा जा। यद्यपि तिनीहरू विद्रोही मानिसहरू हुन, तर पनि सायद तिनीहरूले केही बुझ्नेछन्। \v 4 निर्वासनको निम्ति पोको पारेका तेरा सरसामानहरू तिनीहरूका आँखाकै सामु दिउँसै बाहिर झिक्। अनि तिनीहरूले हेरिरहेकै बेला तँ बेलुका कैदमा परेर जानेहरूजस्तो निस्केर जानू। \v 5 तिनीहरूले हेरिरहेकै बेला भित्ता फोरेर तेरा सरसामानहरू त्यहाँबाट बाहिर निकाल्। \v 6 तिनीहरूले हेरिरहेकै बेला ती सरसामानहरू तेरो काँधमा राख्, र साँझपख बोकेर लैजा। तैँले आफ्नो अनुहार छोप्, ताकि तैँले भूमि नदेखोस्; किनकि मैले तँलाई इस्राएलीहरूका निम्ति एउटा चिन्ह बनाएको छु।” \p \v 7 यसकारण मलाई आज्ञा दिइएअनुसार मैले गरेँ। दिउँसो मैले निर्वासनको निम्ति पोको पारेको आफ्ना सरसामानहरू निकालेँ। त्यसपछि बेलुकी मैले आफ्ना हातले भित्ता फोरेँ। मैले आफ्ना सामानहरू तिनीहरूले हेरिरहेकै बेला आफ्ना काँधमा बोकेर साँझपखमा निकालेँ। \p \v 8 बिहान याहवेहको वचन मकहाँ आयो: \v 9 “हे मानिसको छोरा, के इस्राएलका ती विद्रोही मानिसहरूले, ‘के गरेको?’ ” भनेर तँलाई सोधेनन् र? \p \v 10 “ती सोध्नेहरूलाई भन्, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यो अगमवाणी यरूशलेमका राजकुमार र त्यहाँ भएका सबै इस्राएलीहरूसँग सम्बन्धित छ। \v 11 तिनीहरूलाई भन्, ‘म तिमीहरूका निम्ति एउटा चिन्ह हुँ।’ \p “जस्तो मैले गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ। तिनीहरू देशबाट कैदीहरूजस्तै निर्वासनमा जानेछन्। \p \v 12 “तिनीहरूमध्ये राजकुमारले साँझमा आफ्ना सामानहरू आफ्नो काँधमा बोकेर निस्कनेछ, र छिर्नलाई भित्तामा प्वाल बनाउनेछ। उसले आफ्नो अनुहार छोप्नेछ, ताकि जमिन नदेखोस्। \v 13 म त्यसको निम्ति मेरो जाल फिँजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ; म त्यसलाई कल्दीहरूको देश, बेबिलोनमा ल्याउनेछु; अनि त्यसको मृत्यु त्यहीँ हुनेछ; तर त्यसले त्यो देश देख्नेछैन। \v 14 म त्यसका चारैतिर हुनेहरूलाई हावामा तितरबितर पार्नेछु—त्यसका कर्मचारीहरू र त्यसका सबै सेनाहरूलाई—तिनीहरूलाई म नाङ्गो तरवारले खेद्नेछु। \p \v 15 “जब म तिनीहरूलाई जातिहरूको बीचमा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई देश विदेशतिर तितरबितर पारिदिनेछु, तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्। \v 16 तर तिनीहरूमध्ये थोरैलाई म तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि आफू गएको ठाउँमा आफ्ना सबै घिनलाग्दा कामहरू तिनीहरूले स्वीकार गरून्। तब म नै याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्।” \p \v 17 याहवेहको वचन मकहाँ आयो: \v 18 “हे मानिसको छोरा, तैँले आफ्नो भोजन काम्दै खानू, र डरले थरथराउँदै पानी पिऊनू। \v 19 देशका मानिसहरूलाई भन्: यरूशलेममा र इस्राएलमा बसोबास गर्ने मानिसहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूले तिनीहरूका भोजन चिन्तासहित खानेछन् र तिनीहरूका पानी निराशामा पिउनेछन्; किनकि त्यहाँ बसोबास गर्नेहरू सबै मानिसहरूको हिंसाको कारण तिनीहरूको देशमा भएका सबै कुराहरू उजाड पारिनेछन्। \v 20 आबाद भएका सहरहरू नष्‍ट पारिनेछन् र देश उजाड हुनेछ। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।” \s1 ढिलो हुनेछैन \p \v 21 याहवेहको वचन मकहाँ आयो: \v 22 “हे मानिसको छोरा, इस्राएलको देशमा तिमीहरूको यो उखान के हो: ‘दिनहरू बितेर जान्छन्, तर दर्शनहरू पूरा हुँदैनन्’? \v 23 तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म यस उखानको अन्त्य गरिदिनेछु, र तिनीहरूले अब उसो इस्राएलमा यो उखान भन्‍नेछैनन्।’ तिनीहरूलाई भन्, ‘ती दिनहरू नजिकै छन्, र सबै दर्शन पूरा हुनेछन्। \v 24 किनकि तब इस्राएलका मानिसहरूका बीचमा झूटा दर्शनहरू र बढाइचढाइपूर्ण जोखनाहरू हुनेछैनन्। \v 25 किनकि म याहवेहले नै बोल्नेछु। म जे भन्छु, त्यो पूरा हुनेछ, र मेरो वचन ढिलो नभई पूरा हुनेछ। किनकि हे विद्रोही मानिसहरू हो, तिमीहरूकै दिनहरूमा मैले जे भनेको छु, त्यो पूरा गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \p \v 26 याहवेहको वचन मकहाँ आयो: \v 27 “हे मानिसको छोरा, इस्राएलीहरूले भनिरहेका छन्, ‘त्यसले देखेको दर्शन धेरै वर्षपछि मात्र पूरा हुनेछ, र धेरै समयपछिको विषयमा त्यसले अगमवाणी गर्छ।’ \p \v 28 “यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो कुनै पनि वचन अब ढिलो हुनेछैन; मैले जे भनेको छु, त्यो पूरा हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \c 13 \s1 झूटा अगमवक्ताहरूलाई दण्ड \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, अहिले अगमवाणी गरिरहेका इस्राएलका अगमवक्ताहरूको विरुद्धमा अगमवाणी गर्। आफ्नै कल्पनाबाट अगमवाणी गर्नेहरूलाई भन्: ‘याहवेहको वचन सुन!’ \v 3 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार ती मूर्ख\f + \fr 13:3 \fr*\ft अथवा \ft*\fqa दुष्‍ट\fqa*\f* अगमवक्ताहरूलाई, जसले आफ्नै आत्माका कुराहरू गर्छन् र केही पनि देखेका छैनन्!” \v 4 हे इस्राएल, तिमीहरूका अगमवक्ताहरू भत्केका ठाउँहरूमा बस्‍ने स्यालहरूजस्ता छन्। \v 5 तिमीहरू इस्राएलका मानिसहरूका भत्केका पर्खाल मर्मत गर्न धाँदोहरूमा गएनौ, न त याहवेहको दिनको लडाइँमा खडा रहन सकियोस् भनी बार बनायौ। \v 6 तिनीहरूका दर्शनहरू झूटा र तिनीहरूका जोखनाहरू छल हुन्। यद्यपि याहवेहले तिनीहरूलाई पठाउनुभएकै होइन, तर पनि तिनीहरू भन्छन्, “याहवेह घोषणा गर्नुहुन्छ;” अनि तिनीहरूका वचन उहाँले पूरा गर्नुभएको होस् भनी तिनीहरू आशा गर्दछन्। \v 7 मैले नबोले तापनि “याहवेह घोषणा गर्नुहुन्छ,” भनेर तिमीहरूले भन्दछौ, तब के तिमीहरूले झूटो दर्शन देखेका र झूटो जोखना उच्‍चारण गरेका होइनौ र? \p \v 8 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूका झूटा वचनहरू र झूटा दर्शनहरूको कारण म तिमीहरूको विरुद्धमा छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 9 मेरो हात झूटो दर्शन देख्ने र झूटो जोखना बताउने अगमवक्ताहरूको विरुद्धमा हुनेछ। तिनीहरू मेरा मानिसहरूको सभामा सहभागी हुनेछैनन्, न त इस्राएलको घरानाको नामावलीमा लेखिनेछन्, न त तिनीहरू इस्राएल देशमा प्रवेश गर्नेछन्। तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछौ। \p \v 10 “ ‘किनकि तिनीहरूले मेरा मानिसहरूलाई शान्ति नै नहुँदासमेत, “तिमीहरूलाई शान्ति हुनेछ” भनेर बहकाएका छन्; अनि तिनीहरूले एउटा अति कमजोर पर्खाल बनाउँछन्, र त्यसलाई सेतो चून पोतेर छोप्छन्; \v 11 यसकारण त्यो सेतो चून पोत्नेहरूलाई त्यो पर्खाल ढल्न लागेको छ भनी भनिदे; पानीको बाढी आउनेछ र म प्रचण्ड रूपले असिना पठाइदिनेछु; अनि प्रचण्ड आँधी चल्नेछ। \v 12 जब त्यो पर्खाल ढल्नेछ, तब के मानिसहरूले तिमीहरूलाई यसो भनेर सोध्नेछैनन्, ‘तिमीहरूले पर्खालमा पोतेको सेतो चून कहाँ छ?” \p \v 13 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो क्रोधमा म प्रचण्ड बतास छोडिदिनेछु; अनि मेरो रिसमा असिना र विनाशकारी पानी बाढीझैँ पर्खालमाथि खस्‍नेछन्। \v 14 म तिमीहरूले सेतो चूनले पोतेको पर्खाललाई भताभुङ्ग पारिदिनेछु; अनि त्यसलाई जमिनमै मिलाइदिनेछु, ताकि त्यसको जगसमेत देखा परोस्। जब त्यो सहर ढल्नेछ, र तिमीहरू त्यसैमा नष्‍ट हुनेछौ; अनि म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ। \v 15 यसरी म आफ्नो क्रोध त्यस पर्खालको विरुद्धमा र पर्खालमा त्यो चूनले पोत्नेहरूका विरुद्धमा पोखाउनेछु। म तिमीहरूलाई भन्‍नेछु, “त्यो पर्खाल अब छैन, र त्यसलाई सेतो चूनले पोत्नेहरू पनि छैनन्; \v 16 इस्राएलका ती अगमवक्ताहरू, जसले यरूशलेमको निम्ति अगमवाणी गरे, र त्यस सहरको निम्ति शान्तिको दर्शन देखे; तर त्यहाँ शान्ति नै थिएन, प्रभु याहवेह भन्‍नुहुन्छ।” ’ \p \v 17 “अब हे मानिसको छोरा, तेरो अनुहार तिनीहरूका आफ्नै कल्पनाको आधारमा अगमवाणी गर्ने तेरा मानिसहरूका छोरीहरूतिर तिनीहरूको विरुद्धमा फर्का, र तिनीहरूको विरुद्धमा अगमवाणी गर्; \v 18 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार ती स्त्रीहरूलाई, जसले तिनीहरू सबैका नाडीहरूमा जादुका बुटी बाँधिदिन्छन्; अनि मानिसहरूलाई पासोमा पार्न तिनीहरूका शिरमा लगाउने विभिन्‍न प्रकारका लामा-लामा घुम्टाहरू बनाउँछन्। के तिमीहरू मेरा मानिसहरूको जीवनलाई पासोमा पारेर आफ्ना जीवनलाई जोगाइराख्छौ?” \v 19 तिमीहरूले एक मुट्ठी जौ र रोटीका टुक्राहरूको निम्ति मलाई मेरा मानिसहरूका बीचमा अनादर गरेका छौ। झूटो सुन्‍न मन पराउने मेरा मानिसहरूलाई झूटो बोलेर तिमीहरूले ती मर्नुनपर्ने मानिसहरूलाई मारेका छौ, र मर्नुपर्नेहरूलाई चाहिँ जीवित छोडेका छौ। \p \v 20 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूका जादुका बुटीहरूको विरुद्धमा छु, जसको कारण तिमीहरूले मानिसहरूलाई चराहरूलाई झैँ पासोमा पार्छौ, र म ती बुटीहरू तिमीहरूका नाडीबाट चुँडाइदिनेछु; तिमीहरूले चराहरूलाई झैँ पासोमा पारेका मानिसहरूलाई म छुटकारा दिनेछु। \v 21 म तिमीहरूका घुम्टाहरू च्यातिदिनेछु, र मेरा मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु; अनि तिनीहरू फेरि कहिल्यै पनि तिमीहरूको शक्तिको शिकार हुनेछैनन्। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ। \v 22 किनकि मैले तिनीहरूमाथि शोक नल्याए तापनि तिमीहरूले धर्मी मानिसहरूलाई निराश पारिदिएका छौ; किनकि तिमीहरूले दुष्‍टहरूलाई आफ्ना दुष्‍ट चालहरूबाट नफर्कोस् भनेर उत्साह दिन्छौ र तिनीहरूका प्राण बचाउँछौ। \v 23 यसकारण अब फेरि तिमीहरूले कहिल्यै पनि झूटो दर्शन देख्नेछैनौ, न त जोखना हेर्नेछौ। म आफ्ना मानिसहरूलाई तिमीहरूका हातबाट छुटाउनेछु। तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ।’ ” \c 14 \s1 मूर्तिपूजकहरूलाई दण्ड \p \v 1 इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे। \v 2 तब याहवेहको वचन मकहाँ आयो: \v 3 “हे मानिसको छोरा, यी मानिसहरूले आफ्ना हृदयमा मूर्तिहरू खडा गरेका छन्, र तिनीहरूले अधर्मका ठक्‍कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। तिनीहरूले मलाई केही सोधखोज गर्न आउँदा के मैले अनुमति दिनुपर्छ र? \v 4 यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु। \v 5 इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’ \p \v 6 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पश्‍चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ! \p \v 7 “ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु। \v 8 म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्‍लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \p \v 9 “ ‘अनि यदि अगमवक्तालाई लोभ्याएर अगमवाणी गर्न लगाइएको छ भने म याहवेहले नै त्यस अगमवक्तालाई लोभ्याएको हुँ; अनि म आफ्नो हात त्यसको विरुद्धमा पसार्नेछु र त्यसलाई मेरा प्रजा इस्राएलको बीचबाट नाश गरिदिनेछु। \v 10 तिनीहरूले आफ्ना दोष बोक्नेछन्—अगमवक्ता र सल्‍लाह लिन आउने दुवै बराबर दोषी ठहरिनेछन्। \v 11 तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिएर जानेछैनन्, न त तिनीहरूले आफैँलाई आफ्ना पापहरूद्वारा फेरि कहिल्यै अशुद्ध पार्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ” \s1 यरूशलेमको न्याय अपरिहार्य \p \v 12 याहवेहको यो वचन मकहाँ आयो: \v 13 “हे मानिसको छोरा, यदि कुनै देशले अविश्‍वासी भएर मेरो विरुद्धमा पाप गर्छ भने त्यसको विरुद्धमा म आफ्नो हात पसारेर त्यसको खानेकुराको भण्डार बन्द गरिदिनेछु। म त्यसमाथि अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई मार्नेछु। \v 14 यी तीन जना मानिसहरू—नोआ, दानिएल\f + \fr 14:14 \fr*\ft अथवा \ft*\fqa दानेल \fqa*\ft प्राचीन साहित्यका प्रसिद्ध व्यक्ति\ft*\f* र इयोब त्यहाँ भए तापनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउन सक्नेथिए, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 15 “अथवा यदि मैले त्यस देशमा जङ्गली पशुहरू हिँड्न लगाएँ भने, र तिनीहरूलाई सन्तानविहीन पारिदिएँ; अनि त्यो देश उजाड बनाइदिएँ भने ती जङ्गली पशुहरूको कारण त्यो ठाउँबाट कोही पनि नहिँडून्; \v 16 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ, यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले आफ्नै छोराछोरीहरूसमेत बचाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए, तर देशचाहिँ उजाड नै हुनेथियो। \p \v 17 “अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ भने, र ‘यो तरवार देशभरि नै चलोस्,’ भनेर त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने, \v 18 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले पनि आफ्नै छोराछोरीहरू छुटाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए। \p \v 19 “अथवा यदि मैले त्यस देशमा रूढी पठाएँ, र रक्तपातद्वारा आफ्नो क्रोध त्यसमाथि खन्याएँ, र देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने, \v 20 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि त्यस देशमा नोआ, दानिएल र इयोब नै भए तापनि तिनीहरूले न त छोरा, न त छोरीलाई बचाउन सक्नेथिए। तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउनेथिए। \p \v 21 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले यरूशलेमको विरुद्धमा मेरा चार वटा डरलाग्दा दण्डहरू—तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मार्नलाई पठाउँदा झन् कति खराब होला! \v 22 तापनि त्यहाँ केही छोडिनेछन्—छोराहरू र छोरीहरू, जो त्यस देशबाट निकालिनेछन्। तिनीहरू तिमीहरूकहाँ आउनेछन्; अनि जब तिमीहरूले तिनीहरूका चाल र कामहरू देख्नेछौ, तब मैले यरूशलेममाथि ल्याएका सर्वनाशहरूको बारेमा तिमीहरूले सान्त्वना पाउनेछौ—मैले त्यस सहरमाथि ल्याएको हरेक विपत्तिको निम्ति सान्त्वना पाउनेछौ। \v 23 तिनीहरूका चाल र तिनीहरूका कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ; किनकि तिमीहरूले जान्‍नेछौ, कि मैले त्यस देशमा विनाकारण केही गरेको थिइनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \c 15 \s1 यरूशलेम काम नलाग्ने दाखको बोट \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, दाखको बोटको दाउरा जङ्गलमा भएका रूखहरूका हाँगाभन्दा कसरी असल हुन्छ? \v 3 के कुनै उपयोगी चीज बनाउनका निम्ति दाखको बोटबाट कहिल्यै काठ निकालिन्छ र? के मानिसहरूले दाखको बोटबाट केही झुण्ड्याउनका निम्ति किला बनाउँछन् र? \v 4 अनि त्यसलाई दाउराको रूपमा आगोभित्र फ्याँकेपछि त्यसका दुवैतिर टुप्पो र फेद आगोले जलेर बीचको भागसमेत कोइला बन्छ भने के त्यो कुनै कामको निम्ति उपयोगी हुन्छ? \v 5 यदि त्यो सिङ्गो हुँदा कुनै पनि कामको निम्ति उपयोगी हुँदैन भने, जब त्यसलाई आगोले जलाएर कोइला बनिएपछि त्यो कुनै उपयोगी कुरा बनिनलाई झन् कति कम उपयोगी हुन्छ होला? \p \v 6 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जङ्गलका रूखहरूको बीचमा मैले दाखको हाँगालाई आगोको निम्ति दाउरा हुनलाई दिएको छु, त्यसरी नै म यरूशलेममा बसोबास गर्ने मानिसहरूसँग पनि त्यसै गर्नेछु। \v 7 म मेरो अनुहार तिनीहरूको विरुद्धमा फर्काउनेछु। तिनीहरू आगोबाट बाहिर निस्केर आए तापनि आगोले तिनीहरूलाई भस्म गर्नेछ। अनि जब मैले मेरो मुख तिनीहरूको विरुद्धमा फर्काउँछु, तब म नै याहवेह हुँ भनी तिमीहरूले जान्‍नेछौ। \v 8 तिनीहरू अविश्‍वासयोग्य भएको कारण म देशलाई उजाड पारिदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \c 16 \s1 यरूशलेम एक व्यभिचारिणी पत्नीजस्तै \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, यरूशलेमलाई त्यसका घिनलाग्दा कामहरू औँल्याइदे, \v 3 र भन्, ‘प्रभु याहवेह यरूशलेमलाई यसो भन्‍नुहुन्छ: तेरो पुर्खा र तेरो जन्म कनानीहरूको देशमा भएको थियो; तेरो बुबा एक एमोरी थियो र तेरी आमा एक हित्तीनी थिई। \v 4 तँ जन्मेको दिन तेरो नाल काटिएको थिएन, न त तँलाई सफा गर्नलाई पानीले पखालियो; न त तँलाई नुनले मलियो अथवा लुगाले बेह्रियो। \v 5 तँलाई कसैले दयाको दृष्‍टिले हेरेन, न त तेरो निम्ति कसैले केही गरिदियो वा दया नै देखायो। बरु तँ खुला मैदानमा फ्याँकिएको थिइस्; किनकि तँ जन्मेकै दिन घृणित भएको थिइस्। \p \v 6 “ ‘जब म तेरो छेउबाट भएर गएँ, र तँलाई आफ्नो रगतमा लतपतिएको देखेँ; अनि तँ आफ्नो रगतमा लतपतिरहेकै अवस्थामा मैले तँलाई भने, “जीवित हो।” \v 7 मैले तँलाई खेतको बोटबिरुवाजस्तै बढ्न दिएँ। तँ बढिस्, हुर्किस् र युवावस्थामा प्रवेश गरिस्। तेरा स्तनहरू बढे र तेरो केश लामो भयो, तर पनि तँ पूरै नाङ्गै थिइस्। \p \v 8 “ ‘त्यसपछि म छेउबाट भएर जाँदा, जब मैले तँलाई हेरेँ, र तँलाई देखेँ; तँ प्रेम गर्ने उमेरको भएको थिइस्। मैले मेरो लुगाको एउटा किनार तँमाथि फैलाइदिएँ र तेरो नग्नता ढाकिदिएँ। अनि मैले तँसँग शपथ खाएँ, र तँलाई करारमा बाँधेँ; तब तँ मेरी भइस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 9 “ ‘मैले तँलाई पानीले नुहाइदिएँ, र तेरो रगत सफा गरिदिएँ; अनि तँलाई मलम लगाइदिएँ। \v 10 मैले तँलाई बुट्टेदार वस्त्र लगाइदिएँ, र तँलाई अति राम्रो छालाको जुत्ता लगाइदिएँ। मैले तँलाई मलमल कपडा पहिर्‍याइदिएँ, र तँलाई बहुमूल्य वस्त्रले ढाकिदिएँ। \v 11 मैले तँलाई गरगहनाले आभूषित गराएँ: मैले तेरा हातमा चुरा र तेरो घाँटीमा हार पहिर्‍याइदिएँ। \v 12 मैले तेरो नाकमा नत्थ, तेरा कानहरूमा मुन्‍द्रा र तेरो शिरमा सुन्दर मुकुट लगाइदिएँ। \v 13 यसरी तँ सुन र चाँदीले सिँगारिइस्; तेरा वस्त्रहरू मिहिन सुती, बहुमूल्य र बुट्टेदार कपडाका थिए र तेरो भोजन एकदमै राम्रो मसिनो पिठो, मह र जैतुन तेल थियो। तँ असाध्यै सुन्दरी थिइस् र रानी हुन लायकको भइस्। \v 14 तेरो सुन्दरताको कारण जाति-जातिहरूको बीचमा तेरो ख्याति फैलियो; किनकि मैले तँलाई दिएको गौरवले तेरो सुन्दरतालाई पूर्ण बनाइदिएको थियो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 15 “ ‘तर तैँले आफ्नो सुन्दरतामा भरोसा राखिस्, र आफ्नो ख्यातिलाई वेश्यावृत्तिको रूपमा प्रयोग गरिस्। तैँले आफ्नो कामुकतालाई तेरो छेउबाट भएर जाने जोसुकैमाथि मनपरी सुम्पिस् र तेरो सुन्दरता त्यस मानिसको भयो। \v 16 तैँले आफ्ना केही वस्त्रहरू लिएर देवस्थानहरू सिँगारिस्, जहाँ तैँले वेश्याकर्म गरिस्। तँ ती सिँगारिएका डाँडाहरूमा त्यसकहाँ गइस् र त्यसले तेरो सुन्दरता लुट्यो। \v 17 मैले तँलाई दिएका अति सुन्दर गहना, मेरो सुनचाँदीले बनिएको गरगहना तैँले लिइस्, र आफ्नै निम्ति पुरुषका मूर्तिहरू बनाएर तिनीहरूसितै वेश्यावृत्ति गर्न थालिस्। \v 18 अनि तैँले ती मूर्तिहरूलाई ढाक्नलाई तेरा बुट्टेदार कपडाहरू लगिस्, र तैँले ती मूर्तिहरूको अगि मेरो जैतुनको तेल र धूप चढाइस्। \v 19 अनि मैले तँलाई प्रबन्ध गरिदिएका भोजनहरू—मैले तँलाई खान भनेर जुटाइदिएको मसिनो पिठो, जैतुनको तेल र मह—तैँले ती मूर्तिहरूको अगाडि सुगन्धित धूपको रूपमा चढाइस्। प्रभु याहवेह भन्‍नुहुन्छ, त्यस्तै नै भएको थियो। \p \v 20 “ ‘तैँले मेरा निम्ति जन्माएका छोराछोरीहरू लिएर मूर्तिहरूका निम्ति भोजनको रूपमा बलिदान गरिस्। के यो तेरो वेश्यावृत्ति पर्याप्‍त थिएन? \v 21 तैँले मेरा छोराछोरीहरूलाई मारेर मूर्तिहरूलाई बलि चढाइस्। \v 22 तेरा सबै घिनलाग्दा कामहरूमा र तेरा वेश्यावृत्तिमा तैँले आफ्नो युवावस्थाका दिनहरू सम्झिनस्; जब तँ नाङ्गो र वस्त्रविहीन थिइस्, आफ्नो रगतमा तँ लतपतिएकी थिइस्। \p \v 23 “ ‘धिक्‍कार! तँलाई धिक्‍कार, प्रभु याहवेह भन्‍नुहुन्छ। तेरा अरू सबै दुष्‍टताहरूबाहेक \v 24 तैँले आफ्नै निम्ति पूजा गर्ने एउटा उच्‍च स्थान बनाइस् र हरेक सार्वजनिक चोकमा उच्‍च देवस्थान बनाइस्। \v 25 हरेक सडकको कुनामा तैँले देवस्थान बनाइस् र त्यहाँबाट भएर जाने हरेकलाई आफ्नो पाउ फैलाएर वेश्यावृत्तिको निम्ति तेरो शरीर सुम्पिइस्, र आफ्नो सुन्दरतालाई अपमानित गरिस्। \v 26 तैँले आफ्ना कामुक छिमेकी इजिप्टियनहरूसँग पनि वेश्यावृत्ति गरिस्, र आफ्नो बढ्दो वेश्यावृत्तिले मलाई रिस उठाइस्। \v 27 यसकारण हेर्, मैले मेरो हात तेरो विरुद्धमा पसारेको छु, र मैले तेरो देशको सिमाना सानो बनाइदिएको छु; मैले तँलाई तेरा शत्रुहरू, अर्थात् पलिश्तीहरूका छोरीहरूका लोभको शिकार बनाइदिएको छु, जो तेरो अनैतिकताको चाल देखेर लज्जित भएका थिए। \v 28 तैँले अश्शूरहरूसित पनि वेश्यावृत्ति गरिस्; किनकि तेरो तिर्खा मेटिँदैनथ्यो, तर पनि तँ तृप्‍त भइनस्। \v 29 तब तैँले व्यापारी देश बेबिलोनसँग पनि तेरो वेश्यावृत्ति बढाएर लगिस्, तर यसले पनि तँ तृप्‍त भइनस्। \p \v 30 “ ‘यसैले तेरो विरुद्धमा म रिसको आगोले भरिएँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ: जब तैँले यी सबै कामहरू गरिस्, तैँले एक निर्लज्ज वेश्याको जस्तै व्यवहार गरिस्! \v 31 जब तैँले हरेक सडकको कुनामा उच्‍च स्थान र हरेक सार्वजनिक चोकमा देवस्थान बनाइस्, तँ साधारण वेश्याजस्तो पनि थिइनस्; किनकि तैँले ज्याला लिइनस्। \p \v 32 “ ‘तँ व्यभिचारिणी पत्नी होस्! तैँले आफ्नै पतिलाई भन्दा बाहिरका बिरानो मानिसहरूलाई मन पराउँछेस्! \v 33 सबै वेश्याहरूले ज्याला लिन्छन्, तर तैँले त आफ्ना सबै प्रेमीहरूलाई उपहार दिन्छेस्, र चारैतिरबाट तँसँग वेश्यावृत्ति गर्न आऊन् भनेर घूस पनि दिन्छेस्। \v 34 यसकारण तेरो वेश्यावृत्तिमा तँ अरूहरूभन्दा फरक छेस्; तँसँग वेश्यावृत्ति गर्नलाई तेरो पछि कोही पनि दगुर्दैनन्। तँ साँच्‍चै उल्टो छेस्; किनकि तँसँग वेश्यावृत्ति गर्नलाई अरूलाई ज्याला दिन्छेस्, तर कसैले तँलाई ज्याला दिँदैन। \p \v 35 “ ‘यसकारण हे वेश्या, याहवेहको वचन सुन्! \v 36 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले आफ्ना प्रेमीहरूसितको वेश्यावृत्तिमा आफ्नो धनसम्पत्ति खन्याएकी र आफ्नो नग्नता देखाएकी कारणले र तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण, र तैँले आफ्ना छोराछोरीहरूका रगत ती मूर्तिहरूलाई चढाएको कारण, \v 37 म तेरा सबै प्रेमीहरू भेला गराउनेछु, जससँग तैँले आनन्द लिइस्, जसलाई तैँले प्रेम गरिस् र तैँले घृणा गरिस्। म तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा जम्मा गर्नेछु; तिनीहरूले तेरो नग्नता देखून् भनेर तिनीहरूको सामु तेरो नग्नता उघारिदिनेछु। \v 38 म तँलाई ती स्त्रीहरूलाई झैँ दण्ड दिनेछु, जसले व्यभिचार गर्छन् र जसले रक्तपात गर्छन्; म तँमाथि मेरो क्रोध र डाहपूर्ण रिसको रगतको बदला खन्याउनेछु। \v 39 तब म तँलाई तेरा प्रेमीहरूकहाँ सुम्पिदिनेछु, र तिनीहरूले तेरा अग्ला स्थानहरू भत्काइदिनेछन्; अनि तेरा देवस्थानहरू नाश गरिदिनेछन्। तिनीहरूले तेरा वस्त्रहरू उतारिदिनेछन्, र तेरा सुन्दर गरगहनाहरू लगेर तँलाई नाङ्गै छोडिदिनेछन्। \v 40 तिनीहरूले तेरो विरुद्धमा एउटा भीडलाई ल्याउनेछन्, जसले तँलाई ढुङ्गाले हान्‍नेछन् र आफ्ना तरवारहरूले तँलाई टुक्रा-टुक्रा पारिदिनेछन्। \v 41 तिनीहरूले तेरा घरहरू जलाइदिनेछन् र धेरै स्त्रीहरूले देख्ने गरी तँलाई दण्ड दिनेछन्। म तेरो वेश्यावृत्तिलाई रोकिदिनेछु, र अब तैँले तेरा प्रेमीहरूलाई फेरि ज्याला दिनेछैनस्। \v 42 त्यसपछि तेरो विरुद्धमा मेरो क्रोध शान्त हुनेछ, र मेरो डाहको रिस तँबाट हट्नेछ; अनि म शान्त हुनेछु र अब फेरि क्रोधित हुनेछैनँ। \p \v 43 “ ‘तैँले तेरा जवानीका दिनहरू सम्झना गरिनस्, तर यी सबै कुराहरूले मलाई रिस उठाएको कारण तैँले जे गरेकी छेस्, त्यो निश्‍चय नै तेरो शिरमाथि खन्याइदिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। के तैँले आफ्ना अरू सबै घिनलाग्दा कामहरूमाथि कामुकता थपेकी छैनस्? \p \v 44 “ ‘उखान भन्‍ने हरेकले तेरो विषयमा यही उखान भन्‍नेछ: “जस्ती आमा, त्यस्ती नै छोरी।” \v 45 तँ तेरी आमाजस्तै छेस्, जसले आफ्नो पति र आफ्ना छोराछोरीहरूलाई घृणा गर्थी; अनि तँ साँच्‍चै आफ्ना दिदीबहिनीहरू जस्ती छेस्; जसले आफ्ना पतिहरू र छोराछोरीहरूलाई घृणा गर्थे। तेरी आमा एउटी हित्ती स्त्री थिई र तेरो बुबा एक एमोरी थियो। \v 46 तेरी ठूली दिदी सामरिया थिई, जो आफ्ना छोरीहरूसित तेरो उत्तरपट्टि बस्थी; अनि तेरी सानी बहिनी सदोम थिई, जो आफ्ना छोरीहरूसित तेरो दक्षिणपट्टि बस्थी। \v 47 तँ तिनीहरूका मार्गहरूमा मात्र हिँडिनस्, र तिनीहरूका घिनलाग्दा कामहरू मात्र सिकिनस्, तर तेरा सबै मार्गहरूमा तँ चाँडै नै तिनीहरूभन्दा बढी खराब भइस्। \v 48 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तेरी बहिनी सदोम र त्यसका छोरीहरूले तैँले र तेरा छोरीहरूले गरेजस्तो कहिल्यै गरेका थिएनन्। \p \v 49 “ ‘अब तेरी बहिनी सदोमको पाप यस्तो थियो: त्यो र त्यसका छोरीहरू अहङ्कारी थिए; अनि पेटभरि खान्थे र लापर्बाही जिउँथे। तिनीहरूले गरिब र खाँचोमा परेकाहरूलाई वास्ता गर्दैनथिए। \v 50 तिनीहरू अहङ्कारी थिए, र तिनीहरूले मेरो सामु घिनलाग्दा कामहरू गरेका थिए। यसकारण मैले तिनीहरूलाई नष्‍ट गरिदिएँ, त्यो तैँले देखेकी छेस्। \v 51 सामरियाले तैँले गरेका पापहरूको आधाजति पनि गरेन। तैँले तिनीहरूले भन्दा बढी घृणित कामहरू गरिस्, र तैँले गरेका यी सबै घिनलाग्दा कामहरूद्वारा तेरा आफ्ना दिदीबहिनीहरूलाई धर्मी देखिने बनाइस्। \v 52 अब तैँले आफ्नो अपमान भोग्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई धर्मी ठहराउने काम गरिस्। तेरा पापहरू तिनीहरूका भन्दा बढी घिनलाग्दा भएका कारण तिनीहरू तँभन्दा बढी धर्मी देखिन्छन्। यसकारण लाज मान्, र आफ्नो अपमान बोक्; किनकि तैँले आफ्ना दिदीबहिनीहरूलाई बढी धर्मी देखिने तुल्याइस्। \p \v 53 “ ‘तापनि म सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरूको सुख-शान्ति फर्काइदिनेछु; अनि तिनीहरूसित तेरो सुदिन समेत फर्काइदिनेछु, \v 54 ताकि तैँले तेरो अपमान सहन सकोस् र तिनीहरूलाई सान्त्वना दिँदा तैँले गरेका सबै कामहरूका निम्ति लज्जित हुन सकोस्। \v 55 अनि तेरा दिदीबहिनीहरू, सदोम र त्यसका छोरीहरू, सामरिया र त्यसका छोरीहरू आफ्नो पहिलेकै अवस्थामा फर्कनेछन्; तब तँ र तेरा छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछौ। \v 56 आफ्नो घमण्डको दिनमा तेरो दुष्‍टता प्रकट गरिनुभन्दा पहिले, \v 57 तैँले आफ्नी बहिनी सदोमको नामसम्म लिएकी थिइनस्। यसैले अब एदोमका छोरीहरू र त्यसका सबै छिमेकीहरू र पलिश्तीहरूका छोरीहरूद्वारा तेरा चारैतिर भएकाहरू सबैले तँलाई घृणा गर्छन्। \v 58 तैँले तेरा सबै कामुकता र तेरा सबै घृणित कामहरूको प्रतिफल भोग्नेछेस्, याहवेह घोषणा गर्नुहुन्छ। \p \v 59 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई तैँले गरेको दुष्‍टताको योग्यको दण्ड दिनेछु; किनकि तैँले मेरो करार तोडेर मेरो शपथ तुच्छ ठानेकी छेस्। \v 60 तापनि मैले तेरो युवावस्थामा तँसँग बाँधेको करार सम्झनेछु, र म तँसित एउटा अनन्तको करार स्थापित गर्नेछु। \v 61 त्यसपछि तैँले तेरा आफ्ना दिदीबहिनीहरू, तँभन्दा ठूली दिदी र तँभन्दा सानी बहिनीहरूलाई स्वीकार गर्नेछेस्; अनि तैँले आफ्ना चालहरू विचार गर्नेछेस्, र तँ लज्जित हुनेछस्। अनि म तिनीहरूलाई तेरा छोरीहरूको रूपमा तँलाई दिनेछु, तर तँसँगको मेरो करारको कारणले होइन। \v 62 तब म तँसित मेरो करार स्थापित गर्नेछु, र म नै याहवेह हुँ भनी तैँले जान्‍नेछेस्। \v 63 जब तैँले गरेका सबै घृणित कामहरूका निम्ति म क्षमा गर्नेछु, तब तैँले आफ्नो पाप सम्झनेछेस्, र तँ लज्जित हुनेछेस्; अनि आफ्नो अपमानको कारण तैँले आफ्नो मुख कहिल्यै खोल्नेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \c 17 \s1 दुई वटा चील र एउटा दाखको बोटको दृष्‍टान्त \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, एउटा उखान बनाएर इस्राएलीहरूलाई दृष्‍टान्तको रूपमा भन्। \v 3 तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शक्तिशाली र लामा-लामा पखेटा र सुन्दर प्वाँखहरू भएको एउटा ठूलो चील लेबनानमा आयो। त्यसले देवदारुको रूखको टुप्पालाई चुँडायो; \v 4 अनि सबैभन्दा माथिको टुप्पाको टुसालाई चुँडाएर त्यसलाई व्यापारीहरूको एउटा देशमा लग्यो, र त्यस देवदारुलाई व्यापारीहरूको एउटा सहरमा रोपिदियो। \p \v 5 “ ‘चिलले त्यस देशका केही बिउहरू लिएर मलिलो माटोमा रोपिदियो। चिलले त्यो प्रशस्त पानी भएको ठाउँमा बैँसको रूखझैँ रोप्यो; \v 6 अनि त्यसमा पालुवा पलायो र एउटा होचो कद भएको, फैलिरहने दाखको बोट बन्यो। दाखका हाँगाहरू चिलतिर बढेर आयो, तर दाखका जराहरू जमिनमुनि नै रहे। अनि यो दाखको बोट बन्यो र त्यसका हाँगाहरू उम्रन थाले र त्यसबाट धेरै पातसहितका हाँगाहरू निस्के। \p \v 7 “ ‘तर त्यहाँ शक्तिशाली पखेटा र धेरै प्वाँखहरू भएको अर्को ठूलो चील पनि थियो। अब त्यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्ना जराहरू त्यस अर्को चिलतिर बढायो र पानीको निम्ति आफ्ना हाँगाहरू त्यस चिलतिर फैलायो। \v 8 त्यसले हाँगाहरू उमारोस् र फल फलाएर एउटा सुन्दर दाखको बोट बनोस् भनेर त्यसलाई असल माटोमा र प्रशस्त पानीको छेउमा रोपिएको थियो।’ \p \v 9 “तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के त्यो नयाँ दाखको बोट सप्रला र? के त्यो ओइलिएर जाओस् भनी उखेलिँदैन र? वा त्यसका फलहरू रित्तो पारिँदैनन् र? त्यसका सबै नयाँ मुनाहरू ओइलाएर जानेछन्। त्यसलाई जरैसित उखेल्नलाई बलियो हात वा धेरै मानिसहरूको खाँचो पर्नेछैन। \v 10 यदि त्यो अर्को ठाउँमा रोपियो भने के त्यो सप्रला र? पूर्वीय बतासले त्यसलाई प्रहार गरेपछि के त्यो पूर्ण रूपले ओइलाउने छैन र—त्यो जहाँ रोपियो र बढ्यो, के त्यहीँ ओइलिनेछैन र?’ ” \p \v 11 तब याहवेहको वचन मकहाँ आयो: \v 12 “यी विद्रोही मानिसहरूलाई भन्, ‘यस कुराहरूको अर्थ के हो, के तिमीहरू जान्दैनौ?’ तिनीहरूलाई भन्: ‘बेबिलोनको राजा नबूकदनेसर यरूशलेममा गयो; अनि त्यहाँका राजा र राजकीय व्यक्तिहरूलाई कैद गरी तिनीहरूलाई आफूसँग बेबिलोनमा ल्यायो। \v 13 त्यसपछि राजाले राजकीय परिवारका एक सदस्यलाई लियो, र शपथ खुवाएर त्यससित एउटा सन्धि गर्‍यो। नबूकदनेसर राजाले देशका केही मुख्य मानिसहरूलाई पनि कैद गरेर लग्यो, \v 14 ताकि यहूदा राज्य कमजोर होस्, फेरि उठ्न नसकोस्, तर त्यसले गरेको सन्धि कायम राखेर मात्र बाँचोस्। \v 15 तर यहूदाका राजा सिदकियाहले इजिप्टबाट घोडाहरू र ठूलो सेनाहरू ल्याउन भनी आफ्ना दूतहरू पठाएर नबूकदनेसरको विरुद्धमा विद्रोह गर्‍यो। के त्यो सफल हुनेछ? के यस्ता कामहरू गर्ने मानिस बच्न सक्छ र? के त्यसले सन्धि तोडेर पनि त्यो बच्न सक्ला र? \p \v 16 “ ‘म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यो राजाको देशमा, जसले त्यसलाई सिंहासनमा राख्यो, जसको शपथलाई त्यसले तुच्छ ठान्यो र जसको सन्धि त्यसले तोड्यो। \v 17 जब घेराबन्दीहरू खडा गरिन्छ र घेरा हाल्नलाई पर्खालहरू बनाइन्छ, तब फारोको शक्तिशाली सेना र ठूलो सेनाको दलले लडाइँमा त्यसलाई कुनै सहयोग गर्न सक्नेछैन। \v 18 सिदकियाहले करार भङ्ग गरेर शपथलाई तुच्छ ठान्यो। त्यसले आफ्नो हात दिएर शपथ खाए तापनि यी सबै कुराहरू गरेको कारण त्यो उम्कनेछैन। \p \v 19 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, त्यसले मेरो शपथ तुच्छ ठानेको र मेरो करार तोडेको कारण म त्यसलाई दण्ड दिनेछु। \v 20 म त्यसको विरुद्धमा मेरो जाल फिजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ। म त्यसलाई बेबिलोनमा ल्याउनेछु, र त्यहाँ त्यसमाथि न्याय गर्नेछु; किनकि त्यो मप्रति अविश्‍वासयोग्य भयो। \v 21 त्यसका सबै छानिएका दलहरू तरवारद्वारा ढल्नेछन्; अनि बाँचेका सेनाहरू बतासमा छरपस्ट पारिनेछन्। तब म याहवेहले नै बोलेको हुँ भनी तिमीहरूले जान्‍नेछौ। \p \v 22 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले देवदारुको टुप्पाबाट एउटा टुसा लिनेछु र त्यसलाई रोप्नेछु; म त्यसका सबैभन्दा टुप्पाको टुसाबाट एउटा सानो कलिलो हाँगा चुँडाएर त्यसलाई एउटा अग्लो र ठूलो पर्वतमा रोप्नेछु। \v 23 म त्यस हाँगालाई इस्राएलको पहाडको टुप्पोमा रोप्नेछु; त्यसका हाँगाहरू पलाउनेछन् र फल फलाउनेछन्; अनि एउटा सुन्दर देवदारुको बोट हुनेछ। त्यहाँ हरेक किसिमका चराहरूले गुँड बनाउनेछन्; त्यसका हाँगाहरूका छायामा ती चराहरूले आफ्ना गुँड लगाउनेछन्। \v 24 म याहवेहले नै अग्ला रूखहरूलाई होच्याउनेछु, र होचा रूखहरूलाई अग्लो बनाउनेछु भनी जङ्गलका सबै रूखहरूले जान्‍नेछन्। हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो बनाउने याहवेह म नै हुँ। \p “ ‘म याहवेहले नै बोलेको हुँ, र त्यो म गर्ने नै छु।’ ” \c 18 \s1 पाप गर्ने मानिस मर्नेछ \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो? \q1 “ ‘अमिलो अङ्‌गुर खाने बुबाआमा, \q2 र दाँत कुँडिने छोराछोरी’! \p \v 3 “म जीवित भएझैँ, प्रभु याहवेह भन्‍नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्‍नेछैनौ। \v 4 किनकि हेर, हरेक जीवित प्राणी मेरै हो, बुबाआमा र छोराछोरी—ती दुवै मेरै हुन्। जसले पाप गर्छ, त्यही मर्नेछ। \q1 \v 5 “उदाहरणको लागि एक जना न्यायसङ्गत \q2 र ठिक काम गर्ने धर्मी मानिस छ। \q1 \v 6 त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन, \q2 अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। \q1 त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन, \q2 अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन। \q1 \v 7 त्यसले कसैलाई पनि अत्याचार गर्दैन, \q2 तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ। \q1 त्यसले लुटपाट गर्दैन, \q2 तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ, \q2 र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ। \q1 \v 8 त्यसले मानिसहरूलाई व्याजमा ऋण दिँदैन, \q2 अथवा तिनीहरूबाट फाइदा लिँदैन। \q1 त्यसले आफ्ना हातहरू खराबी गर्नबाट रोक्छ, \q2 र त्यसले मानिसहरूको दुई समूहको बीचमा ठिक न्याय गर्छ। \q1 \v 9 त्यसले मेरा उर्दीहरू पालन गर्छ, \q2 र मेरा व्यवस्थाहरू विश्‍वासयोग्यतासाथ मान्छ। \q1 त्यो मानिसचाहिँ धर्मी हो; \q2 त्यो निश्‍चय नै जीवित रहनेछ, \q2 प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 10 “मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ, \v 11 (यद्यपि त्यसका बुबाले चाहिँ यी खराब कामहरूमध्ये एउटै पनि गरेनन्): \q1 “त्यसले पर्वतका देवस्थानहरूमा खान्छ। \q1 त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ। \q1 \v 12 त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ, \q1 त्यसले लुटपाट गर्छ। \q1 त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन, \q1 त्यसले मूर्तिहरूतिर हेर्छ। \q1 त्यसले घिनलाग्दा कामहरू गर्छ। \q1 \v 13 त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ। \m के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्‍चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ। \p \v 14 “अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन: \q1 \v 15 “त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन, \q2 अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन। \q1 त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन। \q1 \v 16 त्यसले कसैलाई पनि अत्याचार गर्दैन, \q2 अथवा ऋणको निम्ति बन्धक लिँदैन। \q1 त्यसले लुटपाट गर्दैन, \q2 तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ, \q2 र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ। \q1 \v 17 त्यसले गरिबहरूलाई गलत व्यवहार गर्नबाट आफ्ना हात रोक्छ \q2 र रकमको ब्याज लिँदैन अथवा फाइदा लिँदैन। \q1 त्यसले मेरा आज्ञाहरू पालन गर्छ र मेरा उर्दीहरू मान्छ। \m त्यो आफ्नो बुबाको पापको कारण मर्नेछैन; त्यो निश्‍चय नै जीवित रहनेछ। \v 18 तर त्यसको बुबा आफ्नै पापको कारण मर्नेछ; किनकि त्यसले जबरजस्तीसँग खराब गरेको छ, र आफ्ना दाजुभाइलाई लुटेको छ; अनि आफ्ना मानिसहरूका बीचमा जुन कुरा खराब थियो, त्यही गरेको छ। \p \v 19 “तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्‍यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्‍चय नै जीवित रहनेछ। \v 20 जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्‍टहरूले तिनीहरूको दुष्‍टताको परिणाम पाउनेछन्। \p \v 21 “तर यदि कुनै दुष्‍ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्‍चय नै जीवित रहनेछ, त्यो मर्नेछैन। \v 22 त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ। \v 23 के म दुष्‍टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्‍ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र? \p \v 24 “तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्‍ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्‍वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ। \p \v 25 “तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र? \v 26 यदि कुनै धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्याग्छ, र पाप गर्छ भने त्यसको निम्ति त्यो मर्नेछ; त्यसले गरेको पापको कारण त्यो मर्नेछ। \v 27 तर यदि एक जना दुष्‍ट मानिस आफूले गरेको दुष्‍टताबाट फर्कन्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ। \v 28 त्यसले आफूले गरेका सबै अपराधहरू विचार गरेर तीबाट फर्केको कारण, त्यो व्यक्ति निश्‍चय नै जीवित रहनेछ; त्यो व्यक्ति मर्नेछैन। \v 29 तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र? \p \v 30 “यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्‍चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन। \v 31 तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ? \v 32 किनकि कसैको पनि मृत्युमा म प्रसन्‍न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्‍चात्ताप गर, र जीवित रहो! \c 19 \s1 इस्राएलका राजकुमारहरूका निम्ति विलाप \p \v 1 “इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना, \v 2 र भन्: \q1 “सिंहहरूमध्ये तेरी आमा \q2 कस्ती सिंहिनी थिई! \q1 जवान सिंहहरूको बीचमा बसेर \q2 त्यसले आफ्ना डमरुहरूलाई हुर्काई। \q1 \v 3 त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई; \q2 अनि त्यो एउटा बलियो सिंह भयो। \q1 त्यसले शिकारलाई फहराउन जान्यो, \q2 र त्यसले मानिसहरूलाई खान थाल्यो। \q1 \v 4 जाति-जातिहरूले त्यसको बारेमा सुने, \q2 र त्यो तिनीहरूको खाडलको पासोमा पर्‍यो। \q1 तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर \q2 इजिप्ट देशमा लगे। \b \q1 \v 5 “ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको, \q2 आफ्नो अपेक्षा टुटेको देखी; \q1 तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई \q2 र त्यसलाई एउटा बलियो सिंह बनाई। \q1 \v 6 त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्‍डुल गर्न थाल्यो; \q2 किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो। \q1 त्यसले शिकारलाई फहराउन जान्यो, \q2 र त्यो मानिस खाने भयो। \q1 \v 7 त्यसले तिनीहरूका बलियो किल्‍लाहरू भत्काइदियो, \q2 र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो। \q1 देश र त्यसमा भएका सबै जना \q2 त्यसको गर्जनद्वारा त्रसित भए। \q1 \v 8 तब त्यसको चारैतिर भएका \q2 जाति-जातिहरू त्यसको विरुद्धमा आए। \q1 तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए, \q2 र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो। \q1 \v 9 तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले \q2 र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए। \q1 तिनीहरूले त्यसलाई थुनेर राखे। \q2 त्यसैले त्यसको गर्जन इस्राएलका \q2 पर्वतहरूमा फेरि सुनिएन। \b \q1 \v 10 “ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको \q2 दाखको बोटजस्तै तेरी आमा थिई; \q1 प्रशस्त पानी भएको कारण \q2 त्यो फलदायक र हाँगाहरूले भरिएको थियो। \q1 \v 11 त्यसका हाँगाहरू बलिया थिए, \q2 र शासकको राजदण्डको निम्ति योग्यका थिए। \q1 बाक्ला पातहरूमाथि \q2 त्यो अग्लो बोट भएर बढ्यो; \q1 अनि त्यसका हाँगाहरू धेरै थिए, \q2 र त्यो उचाइमा अग्लो देखिन्थ्यो। \q1 \v 12 तर क्रोधमा त्यो उखेलियो, \q2 र जमिनमा त्यो फ्याँकियो। \q1 अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो, \q2 र त्यसका फलहरू सबै झारिदियो; \q1 त्यसका बलिया हाँगाहरू सुकिहाले, \q2 र आगोले ती भस्म पार्‍यो। \q1 \v 13 अब त त्यो सुक्खा र पानी नभएको ठाउँ, \q2 मरुभूमिमा रोपिएको छ। \q1 \v 14 त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो \q2 र त्यसका फलहरूलाई भस्म पारिदियो। \q1 शासकको राजदण्डको निम्ति योग्य, \q2 कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’ \m यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।” \c 20 \s1 विद्रोही इस्राएल \p \v 1 सातौँ वर्षको पाँचौँ महिनाको दसौँ दिनमा, इस्राएलका केही प्रधानहरू याहवेहकहाँ सल्‍लाह लिन आए, र तिनीहरू मेरो सामु बसे। \p \v 2 तब याहवेहको वचन मकहाँ आयो: \v 3 “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू मसँग सल्‍लाह लिन आएका हौ? म जीवित भएझैँ, तिमीहरूलाई मसँग सल्‍लाह लिन दिनेछैन, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ \p \v 4 “के तँ तिनीहरूको न्याय गर्छस्? हे मानिसको छोरा, के तँ तिनीहरूको न्याय गर्छस्? त्यसो भए तिनीहरूलाई तिनीहरूका पितापुर्खाहरूका घिनलाग्दा कामहरूबारे प्रस्ट बताइदे, \v 5 र तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन मैले इस्राएललाई चुनेँ, र मैले आफ्नो हात उचालेर याकोबका सन्तानहरूसँग शपथ खाएँ; अनि आफूलाई इजिप्टमा प्रकट गर्दै मैले आफ्नो हात उचालेर तिनीहरूलाई भनेँ, “म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।” \v 6 त्यस दिन मैले तिनीहरूलाई इजिप्टबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा, अर्थात् दूध र मह बग्ने देशमा तिनीहरूलाई ल्याउनेछु भनी शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूमध्ये सुन्दर थियो। \v 7 मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आँखा लगाएका ती घृणित मूर्तिहरू त्यागिदेओ, र इजिप्टका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।” \p \v 8 “ ‘तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरा कुरा सुनेनन्; तिनीहरूले आफ्ना आँखा गाडेका ती घृणित मूर्तिहरूलाई त्यागेनन्, न त तिनीहरूले इजिप्टका मूर्तिहरूलाई नै त्यागे। यसैकारण मैले भनेँ, म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु, र इजिप्टमा तिनीहरूको विरुद्ध मेरो रिस खन्याउनेछु। \v 9 तर मेरो नामको खातिर मैले तिनीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ। तिनीहरू जुन जातिहरूको बीचमा बसोबास गरेका थिए, र जसको आँखाको अगाडि मैले आफूलाई इस्राएलीहरूकहाँ प्रकट गरेको थिएँ, तिनीहरूकै अगाडि मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ। \v 10 यसकारण मैले तिनीहरूलाई इजिप्टबाट निकालेर उजाडस्थानमा ल्याएँ। \v 11 मैले तिनीहरूलाई मेरा उर्दीहरू दिएँ, र तिनीहरूलाई मेरा व्यवस्थाहरू सिकाएँ, ताकि ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहोस्। \v 12 मेरो र तिनीहरूको बीचमा एउटा चिन्हको रूपमा मैले तिनीहरूलाई मेरा शब्बाथहरू पनि दिएँ, ताकि म याहवेहले नै ती शब्बाथहरूलाई पवित्र बनाएको हुँ भनी तिनीहरूले जानून्। \p \v 13 “ ‘तापनि इस्राएलका मानिसहरूले उजाडस्थानमा मेरो विरुद्धमा विद्रोह गरे। तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे; यद्यपि ती नियमहरू पालन गर्ने मानिस तीद्वारा नै जीवित रहनेछ; अनि तिनीहरूले मेरा शब्बाथहरूलाई पूर्ण रूपमा अपवित्र तुल्याए। यसकारण मैले भनेँ, म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र तिनीहरूलाई उजाडस्थानमा नष्‍ट गर्नेछु। \v 14 तर मेरो नामको खातिर जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ। \v 15 मैले तिनीहरूलाई उजाडस्थानमा हात उचालेर तिनीहरूसँग शपथ पनि खाएँ, कि म तिनीहरूलाई मैले दिएको देशमा ल्याउनेछैनँ—दूध र मह बग्ने देश, सबै देशहरूमध्ये सबैभन्दा सुन्दर देश; \v 16 किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई त्यागिदिए, र मेरा उर्दीहरू पालन गरेनन्; अनि मेरा शब्बाथहरू अपवित्र पारे। किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूप्रति समर्पित थिए। \v 17 तापनि मैले तिनीहरूलाई दयाको दृष्‍टिले हेरेँ, र तिनीहरूलाई नाश गरिनँ, अथवा तिनीहरूलाई उजाडस्थानमा सर्वनाश गरिनँ। \v 18 मैले उजाडस्थानमा तिनीहरूका छोराछोरीहरूलाई भनेँ, “तिमीहरूका आमाबुबाहरूका आदेशहरूअनुसार नहिँड, अथवा तिनीहरूका नियमहरू पालन नगर, न त तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अपवित्र पार। \v 19 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरा उर्दीहरू पालन गर र तिनलाई होसियारीसाथ पछ्याओ। \v 20 मेरा शब्बाथहरू पवित्र राख; तब ती शब्बाथहरू हाम्रो बीचमा एउटा चिन्ह होऊन्। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।” \p \v 21 “ ‘तर तिनीहरूका सन्तानले पनि मेरो विरुद्धमा विद्रोह गरे: तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्; तिनीहरूले मेरा व्यवस्थाहरू होसियारीसाथ पालन गरेनन्, जसका विषयमा मैले भनेको थिएँ, “ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहनेछ,” र तिनीहरूले मेरा शब्बाथहरूलाई अपवित्र पारे। यसकारण मैले भनेँ: म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र उजाडस्थानमा म मेरो रिस तिनीहरूको विरुद्धमा पोखाउनेछु। \v 22 तर मैले मेरो हातलाई रोकेँ, र मेरो नामको खातिर, जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएको थिएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ। \v 23 साथै मैले उजाडस्थानमा हात उठाएर तिनीहरूलाई जातिहरूको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देशभरि छरपस्ट पारिदिनेछु भनी शपथ पनि खाएँ; \v 24 किनकि तिनीहरूले मेरा नियमहरू पालन गरेका थिएनन्, तर मेरा उर्दीहरूलाई त्यागेका थिए, र मेरा शब्बाथहरू अपवित्र तुल्याइएका थिए; अनि तिनीहरूका आँखा तिनीहरूका आमाबुबाहरूका मूर्तिहरूमा गाडेका थिए। \v 25 यसकारण मैले तिनीहरूलाई अरू धार्मिक विधिहरू दिएँ, जुन तिनीहरूका निम्ति असल थिएनन् र यस्ता नियमहरू जसद्वारा तिनीहरू जीवित रहन सक्दैनथे; \v 26 मैले तिनीहरूलाई तिनीहरूका उपहारहरूद्वारा हरेक जेठा छोराहरूलाई बलिदानहरूद्वारा अशुद्ध हुन दिएँ, ताकि तिनीहरू आतङ्कले भरिऊन्; यसरी तिनीहरूले म नै याहवेह हुँ भनी जानून्।’ \p \v 27 “यसकारण हे मानिसको छोरा, इस्राएलका मानिसहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यसमा पनि तिमीहरूका पितापुर्खाहरू विश्‍वासघाती भएर मलाई त्यागेर मेरो निन्दा गरे: \v 28 जब मैले तिनीहरूलाई दिन्छु भनी शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ; जब तिनीहरूले कुनै पनि अग्लो स्थान, अथवा कुनै पनि झ्याम्म परेको रूख देख्थे, तब त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए, र तिनीहरूले मूर्तिहरूलाई भेटीहरू चढाए; अनि तिनीहरूका सुगन्धित धूप चढाए। यसरी तिनीहरूले आफ्ना अर्घबलिहरू चढाएर मलाई रिस उठाए। \v 29 तब मैले तिनीहरूलाई भनेँ: तिमीहरू जाने गरेका ती अग्लो स्थान के हो र?’ (यसलाई आजको दिनसम्मै बामा\f + \fr 20:29 \fr*\fq बामा \fq*\ft जसको अर्थ \ft*\fqa अग्लो ठाउँ\fqa*\f* भनिन्छ)। \s1 विद्रोही इस्राएलको पुनर्स्थापना \p \v 30 “यसकारण इस्राएलीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू पनि आफ्ना पितापुर्खाहरूले जस्तै आफूलाई अपवित्र पार्छौ? र तिनीहरूका घिनलाग्दा आकृतिहरूसँग व्यभिचार गर्छौ? \v 31 जब तिमीहरूले तिमीहरूका उपहारहरू अर्पण गर्छौ, आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाउँछौ, तब तिमीहरूले आजको दिनसम्मै तिमीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पारिरहेका छौ। हे इस्राएलीहरू हो, के तिमीहरूले मसँग सोधपुछ गर्न पाऔला र? म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनेछैनँ। \p \v 32 “ ‘तिमीहरू भन्छौ, “हामी ती अरू देशहरूजस्तै, संसारका ती अरू जातिहरूजस्तै हुन चाहन्छौँ, जसले काठ र ढुङ्गालाई पूजा गर्दछन्।” तर तिमीहरूका मनमा भएका कुरा कहिल्यै पूरा हुनेछैन। \v 33 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूमाथि शक्तिशाली हात र फैलिएको पाखुराद्वारा र पोखिएको क्रोधसँग शासन गर्नेछु। \v 34 म तिमीहरूलाई भेला गर्नेछु, जुन देशहरूमा तिमीहरू छरपस्ट भएका छौ। म तिमीहरूलाई शक्तिशाली हात र फैलिएको पाखुरा र पोखिएको क्रोधसँग जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु। \v 35 म तिमीहरूलाई जातिहरूको मरुभूमिमा ल्याउनेछु, र त्यहाँ म तिमीहरूलाई आमने-सामने न्याय गर्नेछु। \v 36 जसरी मैले इजिप्टको मरुभूमिमा तिमीहरूका पितापुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै म तिमीहरूको न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 37 तिमीहरू मेरो लहुरोमुनिबाट भएर छिर्दा म तिमीहरूलाई हेर्नेछु, र म तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु। \v 38 म तिमीहरूलाई मलाई विरोध गर्नेहरू र मेरो विरुद्धमा विद्रोह गर्नेहरूबाट शुद्ध गर्नेछु। यद्यपि म तिनीहरू बसिरहेका देशबाट तिनीहरूलाई निकालेर ल्याउनेछु, तर पनि तिनीहरू इस्राएलमा प्रवेश गर्न पाउनेछैनन्। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \p \v 39 “ ‘तिमीहरूको बारेमा हे इस्राएलका मानिसहरू हो, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जाओ र हरेकले आफ्ना मूर्तिहरूको सेवा गर! तर पछिबाट तिमीहरूले निश्‍चय नै मेरा कुरा सुन्‍नेछौ, र मेरो पवित्र नामलाई तिमीहरूका उपहारहरू र मूर्तिहरूद्वारा कहिल्यै पनि अपवित्र तुल्याउनेछैनौ। \v 40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको अग्लो पर्वतमा, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यहाँ त्यस देशमा इस्राएलका सारा मानिसहरूले मेरो सेवा गर्नेछन्, र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यहाँ म तिमीहरूका अति उत्तम उपहारहरूका\f + \fr 20:40 \fr*\ft अथवा \ft*\fqa तिमीहरूका पहिलो फलका उपहारहरू\fqa*\f* साथै तिमीहरूका सबै पवित्र बलिदानहरू ग्रहण गर्नेछु। \v 41 जब म तिमीहरूलाई जातिहरूबाट निकालेर तिमीहरू छरपस्ट भएका देशहरूबाट भेला गर्नेछु, तब म तिमीहरूलाई सुगन्धित धूपझैँ ग्रहण गर्नेछु; अनि जातिहरूको दृष्‍टिमा म तिमीहरूका बीचमा पवित्र प्रमाणित हुनेछु। \v 42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \v 43 त्यहाँ तिमीहरूले आफ्ना चालचलन र तिमीहरूले आफूलाई अशुद्ध बनाएका सबै कामहरू सम्झनेछौ; अनि तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्ति तिमीहरूले आफैँलाई घृणा गर्नेछौ। \v 44 हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूसँग तिमीहरूका दुष्‍ट चालहरू र तिमीहरूका भ्रष्‍ट कामहरूअनुसार होइन, तर जब म मेरो नामको खातिर व्यवहार गर्छु, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \s1 दक्षिणको विरुद्धमा अगमवाणी \p \v 45 अनि याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो: \v 46 “हे मानिसको छोरा, तेरो अनुहार दक्षिणतिर फर्का; दक्षिणको विरुद्धमा प्रचार गर्, र दक्षिण देशको जङ्गलको विरुद्धमा अगमवाणी गर्। \v 47 दक्षिणको जङ्गललाई भन्: ‘याहवेहको वचन सुन्। प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर्, मैले तँलाई आगो लगाउन आँटेको छु; अनि यसले तेरा सबै हरिया रूखहरू र सबै सुक्खा रूखहरू भस्म पार्नेछ। त्यो दन्केको आगोको ज्वाला कसैले निभाउन सक्नेछैन र दक्षिणबाट उत्तरसम्मका सबैका अनुहार आगोको ज्वालाद्वारा पोल्नेछ। \v 48 हरेक मानिसले म याहवेहले नै यो आगो सल्काएको हुँ भनी जान्‍नेछन्; यो आगो निभ्नेछैन।’ ” \p \v 49 तब मैले भनेँ, “हे, प्रभु याहवेह! तिनीहरूले मेरो बारेमा भन्दैछन्, ‘त्यसले दृष्‍टान्तहरू मात्र त बोलेको होइन र?’ ” \c 21 \s1 बेबिलोन, परमेश्‍वरको न्यायको तरवारको रूपमा \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्; \v 3 अनि त्यसलाई भन्: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा छु। म म्यानबाट मेरो तरवार थुत्नेछु, र तेरा धर्मी र दुष्‍ट दुवैलाई नाश गर्नेछु। \v 4 मैले धर्मी र दुष्‍ट दुवैलाई नाश गर्न लागेको कारण, मेरो तरवार म्यानबाट बाहिरै रहेर दक्षिणदेखि उत्तरसम्म सबैको विरुद्धमा हुनेछ। \v 5 तब सबै मानिसहरूले म याहवेहले नै मेरो तरवार म्यानबाट बाहिर निकालेको छु भनी जान्‍नेछन्; यो फेरि म्यानमा फर्केर आउनेछैन।’ \p \v 6 “यसकारण हे मानिसको छोरा, सुस्केरा हाल्! तिनीहरूकै आँखाको सामु व्याकुल र अति दुःखी भएर सुस्केरा हाल्। \v 7 अनि जब तिनीहरूले तँलाई सोध्छन्, ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ तब तिनीहरूलाई यसरी भन्, ‘आइरहेको खबरको कारणले सबैको हृदय डरले हताश हुनेछ, र हरेक हात कमजोर हुनेछ; हरेक आत्मा मूर्च्छा पर्नेछ र हरेक घुँडा अति कमजोर हुनेछन्।\f + \fr 21:7 \fr*\ft डरले पिसाब गर्नेछन्।\ft*\f*’ हेर, यो कुरा आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \p \v 8 याहवेहको वचन मकहाँ आयो: \v 9 “हे मानिसको छोरा, अगमवाणी गरेर भन्, ‘प्रभु यसो भन्‍नुहुन्छ: \q1 “ ‘एउटा तरवार, एउटा तरवार, \q2 उध्याइएको छ, र टल्काइएको छ, \q1 \v 10 अर्थात् काटमारका निम्ति उध्याइएको छ! \q2 बिजुलीझैँ चम्कनलाई टल्काइएको छ! \p “ ‘के हामी मेरो राजकीय छोराको राजदण्डमा खुशी होऔँ? तरवारले यस्तो दण्डलाई तुच्छ ठान्छ। \q1 \v 11 “ ‘तरवार टल्काउनलाई \q2 र हातले पक्रिनलाई नियुक्त गरिएको छ। \q1 तरवार उध्याइएको छ र टल्काइएको छ, \q2 काटमार गर्नेको हातमा तयार पारिएको छ। \q1 \v 12 हे मानिसको छोरा, चर्कोगरी करा र विलाप गर्; \q2 किनकि यो मेरा प्रजाको विरुद्धमा छ; \q2 यो इस्राएलका सबै राजकुमारहरूको विरुद्धमा छ। \q1 तिनीहरू मेरा प्रजाहरूसँगै तरवारमा फ्याँकिएका छन्। \q2 यसकारण तँ विलाप गर। \p \v 13 “ ‘जाँच निश्‍चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले घृणा गर्छ, त्यो रहेन भने? प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ \q1 \v 14 “यसकारण हे मानिसको छोरा, अगमवाणी गर्! \q2 अनि दुवै हात ठटाएर ताली बजा। \q1 तरवारले दुई पल्ट प्रहार गरोस्, \q2 अझ तीन पल्टसम्म नै प्रहार गरोस्। \q1 यो काटमारको तरवार हो— \q2 तिनीहरूको चारैतिरबाट घेरा हालेर आइरहेको \q2 काटमारको एउटा ठूलो तरवार हो। \q1 \v 15 तिमीहरूका हृदय डरले हताश होऊन्, \q2 र ढल्नेहरू धेरै जना होऊन्; \q1 मैले तिनीहरूका सबै मूलढोकाहरूमा \q2 काटमारको निम्ति तरवार नियुक्त गरेको छु। \q1 हेर्, बिजुलीजस्तै चम्कन तरवारलाई टल्काइएको छ! \q2 यसलाई काटमारको निम्ति समातिन्छ। \q1 \v 16 ए धारिलो तरवार, दायाँतिर काट्; \q2 त्यसपछि बायाँतिर काट्, \q2 जतातिर तेरो धार जान्छ, उतैतिर काट्। \q1 \v 17 म पनि मेरो दुवै हातले ताली बजाउनेछु; \q2 अनि मेरो क्रोध शान्त हुनेछ, \q1 म याहवेहले नै भनेको हुँ।” \p \v 18 याहवेहको वचन मकहाँ आयो: \v 19 “हे मानिसको छोरा, बेबिलोनको राजाको तरवारले लिनुपर्ने दुई वटा बाटोहरूमा चिन्ह लगा, र दुवै चिन्हहरू एउटै देशबाट सुरु भएका होऊन्। एउटा चिन्ह लगाउने खम्बा बना, जहाँबाट बाटो छुट्टिएर सहरतिर जान्छ। \v 20 अम्मोनीहरूको रब्बाको विरुद्धमा आउने तरवारको निम्ति एउटा बाटोमा चिन्ह लगा, र अर्कोमा यहूदा र सुरक्षित यरूशलेमको विरुद्धमा चिन्ह लगा। \v 21 किनकि बेबिलोनको राजा जोखना हेर्नलाई दोबाटोमा र बाटोको दोभानमा रोकिनेछ: त्यसले काँडको चिट्ठा हाल्नेछ; राजाले आफ्ना मूर्तिहरूसित सल्‍लाह लिनेछ। त्यसले बलिदान चढाएको पशुको कलेजो जाँच गर्नेछ। \v 22 त्यसको दायाँ हाततर्फ यरूशलेम आउनेछ, जहाँ त्यसले पर्खाल भत्काउने रूखका ठूला-ठूला मुढाहरू राख्नुपर्छ; काटमार गर्ने आदेश दिनुपर्छ र युद्ध-ध्वनिको आवाज सुनाउनुपर्छ। मूलढोकाहरूको विरुद्धमा भत्काउने रूखका मुढाहरू राख्नुपर्छ र घेरा-मचान खडा गर्नुपर्छ। \v 23 यरूशलेमका मानिसहरूका निम्ति यो झूटो जोखनाजस्तो लाग्नेछ; किनकि तिनीहरूले राजासित मित्रताको शपथ खाएर सन्धि गरेका थिए; तर नबूकदनेसरले तिनीहरूलाई तिनीहरूका दोष देखाएर तिनीहरूलाई कैद गरेर लैजानेछ। \p \v 24 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका खुल्‍ला विद्रोहद्वारा तिमीहरूका पापको स्मरण गराएका छौ, जसमा तिमीहरूले गरेका सबै कामहरूबाट तिमीहरूका सबै पापहरू प्रकट भएका छन्। तिमीहरूले यसो गरेको कारण, अथवा तिमीहरूको पापको कारण तिमीहरूका विरोधी शत्रुहरूद्वारा तिमीहरू कैदमा लगिनेछौ। \p \v 25 “ ‘हे इस्राएलको अपवित्र र दुष्‍ट राजकुमार, जसको दिन आइपुगेको छ, जसको दण्डको दिन आखिरी विन्दुमा पुगेको छ। \v 26 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तेरो फेटा निकाल् र मुकुट उतारिदे। अब यो एकनास रहनेछैन: नम्रहरू उच्‍च पारिनेछन् र उच्‍चमा हुनेहरू होच्याइनेछन्। \v 27 भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’ \p \v 28 “अनि हे मानिसको छोरा, तँ अगमवाणी गरेर भन्, ‘अम्मोनीहरू र तिनीहरूका अपमानको बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘एउटा तरवार, एउटा तरवार, \q2 काटमारको निम्ति निकालिएको छ; \q1 भस्म गर्नलाई र बिजुलीजस्तै \q2 चम्कन टल्काइएको छ! \q1 \v 29 तेरो बारेमा भएको झूटो दर्शन भए तापनि \q2 र तेरो बारेमा झूटो जोखना भए तापनि \q1 यो मारिनुपर्ने दुष्‍टहरूका \q2 घिच्रोमा राखिनेछ, \q1 जसको दिन आइपुगेको छ, \q2 जसको दण्डको समय आखिरी विन्दुमा पुगेको छ। \b \q1 \v 30 “ ‘तरवारलाई त्यसको म्यानमा राख्। \q2 तँ सृष्‍टि भएकै ठाउँमा, \q1 तेरो पितापुर्खाहरूको देशमा, \q2 म तेरो न्याय गर्नेछु। \q1 \v 31 म मेरो क्रोध तँमाथि खन्याउनेछु, \q2 र मेरो रिसको आगो तेरो विरुद्धमा पोखाउनेछु; \q1 म तँलाई नाश गर्न सिपालु मानिसहरू, \q2 क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु। \q1 \v 32 तँ आगोका निम्ति दाउरा हुनेछस्; \q2 तेरो रगत तेरो देशमा बगाइनेछ; \q2 तेरो सम्झना फेरि कहिल्यै गरिनेछैन; \q1 किनकि म याहवेहले नै बोलेको छु।’ ” \c 22 \s1 यरूशलेमको पापको न्याय \p \v 1 याहवेहको वचन मकहाँ आयो: \b \p \v 2 “हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्, \v 3 र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्, \v 4 तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्‍लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु। \v 5 हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्‍ला गर्नेछन्। \p \v 6 “ ‘हेर्, सहरमा भएका इस्राएलका हरेक राजकुमारले कसरी आफ्नो शक्ति रक्तपात गर्नलाई प्रयोग गर्छन्। \v 7 तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्। \v 8 तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथहरूलाई अपवित्र पारेको छस्। \v 9 तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्। \v 10 तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्। \v 11 तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो काम गर्छ, र अर्को मानिसले आफ्नो बुहारीलाई शर्मलाग्दो तरिकाले अशुद्ध पार्छ; अनि अर्को मानिसले आफ्नी बहिनी र आफ्नै बुबाकी छोरीसँग यौन सम्पर्क राखेर अशुद्ध पार्छ। \v 12 तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्‍नुहुन्छ। \p \v 13 “ ‘तैँले अन्यायपूर्वक फाइदा लिएको कारण र तैँले आफ्नो बीचमा रक्तपात गरेको कारण म निश्‍चय नै रिसमा मेरो दुवै हात ठटाउनेछु। \v 14 जब म तेरो न्याय गर्छु, के तेरो साहस स्थिर रहला? अथवा तेरा हातहरू दह्रिला रहलान्? म याहवेहले नै भनेको हुँ, र म यो गर्ने नै छु। \v 15 म तँलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र तँलाई भिन्‍न-भिन्‍न देशभरि छरपस्ट पारिदिनेछु; अनि म तेरो अशुद्धताको अन्त्य गरिदिनेछु। \v 16 जब तँ जाति-जातिहरूको दृष्‍टिमा अशुद्ध पारिन्छस्, तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ” \p \v 17 तब याहवेहको वचन मकहाँ आयो: \v 18 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू मेरा निम्ति फोहोर भएका छन्; तिनीहरू सबै आगोको भट्टीभित्र छोडिएका तामा, टिन, फलाम र सीसाका खार हुन्। तिनीहरू चाँदीका काम नलाग्ने फोहोर मात्र हुन्। \v 19 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरू सबै काम नलाग्ने फोहोर भएका कारण म तिमीहरूलाई यरूशलेममा भेला गर्नेछु। \v 20 जसरी मानिसहरूले चाँदी, तामा, फलाम, सिसा र टिन भट्टीभित्र दन्केको ज्वालाले पगाल्नलाई बटुल्छन्; त्यसरी नै म तिमीहरूलाई मेरो रिस र मेरो क्रोधमा भेला गर्नेछु, र तिमीहरूलाई सहरभित्र हालेर पगाल्नेछु। \v 21 म तिमीहरूलाई भेला गराउनेछु, र मेरो अग्निमय क्रोध तिमीहरूमाथि फुकिदिनेछु; अनि तिमीहरू त्यसभित्र पग्लिनेछौ। \v 22 जसरी चाँदी आगोको भट्टीभित्र पग्लिन्छ, त्यसरी नै तिमीहरू त्यसभित्र पग्लिनेछौ; अनि तिमीहरूले म याहवेहले नै मेरो क्रोध तिमीहरूमाथि खन्याएको हुँ भनी जान्‍नेछौ।’ ” \p \v 23 याहवेहको वचन फेरि मकहाँ आयो: \v 24 “हे मानिसको छोरा, त्यो देशलाई भन्, ‘तँ एउटा यस्तो देश होस्, जो मेरो क्रोधको दिनमा सफा हुनेछैन, अथवा झरी पर्नेछैन।’ \v 25 त्यसमा भएका अगमवक्ताहरूले\f + \fr 22:25 \fr*\ft अथवा \ft*\fqa राजकुमारहरूले\fqa*\f* गर्जने सिंहले आफ्नो शिकार च्यातेझैँ एउटा षड्यन्त्र रच्दछन्; तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धनसम्पत्ति र बहुमूल्य चीजहरू लुट्छन् र सहरभित्र धेरैलाई विधवा बनाउँछन्। \v 26 त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन्, र मेरो पवित्र चीजहरूलाई अपवित्र पार्छन्; तिनीहरूले पवित्र र साधारण थोकहरू पनि छुट्याउँदैनन्; तिनीहरूले शुद्ध र अशुद्धमा केही भिन्‍नता छैन भनी सिकाउँछन्; अनि तिनीहरू शब्बाथहरू पालन गर्नलाई तिनीहरूका आँखा चिम्‍लन्छन्; यसैले म इस्राएलीहरूको बीचमा अपवित्र पारिएको छु। \v 27 सहरभित्र भएका अधिकारीहरू आफ्ना शिकारलाई फहराउने ब्वाँसाहरूजस्ता छन्; तिनीहरूले रक्तपात गर्छन् र अन्यायपूर्वक फाइदा उठाउनका निम्ति मानिसहरूलाई मार्छन्। \v 28 सहरका अगमवक्ताहरूले झूटा दर्शनहरू र झूटा जोखनाहरूद्वारा तिनीहरूका दुष्‍ट कामहरूमाथि सेतो चूना पोतिदिन्छन्। याहवेह तिनीहरूसित नबोल्नू भए तापनि ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ’ भनी तिनीहरू भन्छन्। \v 29 देशका मानिसहरूले जबरजस्ती खोसेर लुट्ने काम गर्छन्; तिनीहरूले गरिब र खाँचोमा परेकाहरूमाथि अत्याचार गर्छन्; अनि विदेशीहरूसित दुर्व्यवहार गर्छन् र तिनीहरूलाई न्याय दिन इन्कार गर्छन्। \p \v 30 “मैले तिनीहरूको बीचमा यस्तो एउटा मानिस खोजेँ, जसले पर्खाल बनाउँछ र देशको पक्षमा मेरो अगि धाँदोमा त्यो उभिनेछ, ताकि मैले त्यसलाई नाश नगरूँ, तर मैले एउटै पनि व्यक्तिलाई भेट्टाइनँ। \v 31 यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।” \c 23 \s1 दुई व्यभिचारिणी दिदीबहिनीहरू \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, दुई स्त्रीहरू थिए, जो एउटै आमाका छोरीहरू थिए। \v 3 तिनीहरू इजिप्टमा वेश्या भए। तिनीहरूको युवावस्थादेखि नै वेश्यावृत्तिमा लागे। त्यस देशमा तिनीहरूका स्तन माडिए र तिनीहरूका कुमारी अवस्थाका स्तन मुसारिए। \v 4 जेठीको नाम ओहोला राखिएको थियो, र त्यसकी बहिनीको नाम ओहोलीबा थियो। तिनीहरू मेरा थिए र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोला सामरिया र ओहोलीबा यरूशलेम हो। \p \v 5 “ओहोला मेरी पत्नी भए तापनि वेश्यावृत्तिको काम गरी; अनि त्यो आफ्ना प्रेमीहरूको कामुकतामा वेश्यावृत्ति गरिरही—अश्शूरका वीर योद्धाहरूको मोहमा परी। \v 6 निलो रङ्गका वस्त्र पहिरेका राज्यपालहरू, सेनापतिहरू, सबै सुन्दर-सुन्दर जवान केटाहरू र घोडामा सवारहरू थिए। \v 7 त्यसले आफूलाई अश्शूरका सबै विशिष्‍ट छानिएका सेनाहरूकहाँ वेश्याको रूपमा दिई र आफू मोहित भएका सबै मानिसहरूका सबै मूर्तिहरूसित आफूलाई अशुद्ध पारी। \v 8 न त त्यसले इजिप्टबाट सुरु गरेकी वेश्यावृत्तिलाई छोडी। त्यसको युवावस्थामा मानिसहरू त्यससँग सुते; तिनीहरूले त्यसको कुमारी स्तन माडेका थिए र तिनीहरूका कामुकता त्यसमाथि पोखाएका थिए। \p \v 9 “यसकारण मैले त्यसलाई त्यसका प्रेमीहरू, अर्थात् अश्शूरहरूकहाँ सुम्पिदिएँ, जसप्रति त्यो कामुकताले मोहित भएकी थिई। \v 10 तिनीहरूले ओहोलालाई पूर्ण रूपमा नाङ्गो पारिदिए, र त्यसका छोराछोरीहरूलाई कब्जा गरे; अनि त्यसलाई चाहिँ तरवारले मारे। त्यो स्त्रीहरूको बीचमा गिल्‍लाको पात्र भई, र त्यसलाई दण्ड दिइयो। \p \v 11 “त्यसकी बहिनी ओहोलीबाले त्यो कुरा देखी, तब आफ्नो कामुकता र वेश्यावृत्तिमा त्यो आफ्नी दिदी सामरियाभन्दा अझ भ्रष्‍ट भई। \v 12 त्यो पनि अश्शूरहरूको मोहमा परी, जो पूरा सैनिक पोशाक लगाएका योद्धाहरू, अश्शूरका राज्यपालहरू, सेनापतिहरू, घोडसवारहरू र सबै आकर्षक जवान मानिसहरू थिए। \v 13 तब मैले देखेँ, त्यसले पनि आफूलाई अपवित्र पारी; ती दुवै दिदीबहिनी एउटै चालमा हिँडे। \p \v 14 “तर ओहोलीबाले झन्-झन् आफ्नो वेश्यावृत्तिको कामलाई बढाई। त्यसले भित्तामा अङ्कित गरिएका मानिसहरू, रातो रङ्गमा बेबिलोनीहरूका\f + \fr 23:14 \fr*\ft अथवा \ft*\fqa कल्दीहरू\fqa*\f* चित्र रङ्गिएका देखी, \v 15 जसका कम्मरका वरिपरि पेटी बाँधिएका र तिनीहरूका शिरमा बाँधिएका फेटाहरू, जो सबै बेबिलोनी रथका अधिकारीहरूजस्ता देखिन्थे; ती कल्दी देशवासीहरू थिए। \v 16 ओहोलीबाले तिनीहरूलाई देख्नेबित्तिकै त्यो तिनीहरूको मोहमा परी र त्यसले कल्दीमा तिनीहरूकहाँ दूतहरू पठाई। \v 17 तब बेबिलोनीहरू त्यसकहाँ आए, र तिनीहरू प्रेमको ओछ्यानमा सहवासको लागि आए; अनि तिनीहरूका कामुकतामा तिनीहरूले त्यसलाई अशुद्ध पारे। अनि तिनीहरूद्वारा अशुद्ध पारिएपछि त्यसको मन तिनीहरूबाट टाढियो। \v 18 जब त्यसले खुल्‍लमखुल्‍ला वेश्याकर्म गरी र आफ्नो नग्न शरीर देखाई, तब म घृणाले त्यसदेखि अलग भएँ, जसरी म त्यसकी दिदीबाट अलग भएको थिएँ। \v 19 तर त्यसले आफ्नो युवावस्थाका दिनहरू सम्झना गरेर, जुन दिनहरूमा त्यसले इजिप्टमा वेश्याको काम गरेकी थिई, त्यसले आफ्ना वेश्याकर्महरू झन्-झन् बढाई। \v 20 त्यहाँ त्यो आफ्ना प्रेमीहरूप्रति मोहित भई, जसको लिङ्ग गधाहरूको लिङ्गजस्तो र जसको वीर्य घोडाहरूको वीर्यजस्तो थियो। \v 21 यसरी तैँले तेरो युवावस्थाको कामुकताको तिर्सना गरिस्, जब इजिप्टमा तेरा स्तनहरू माडिएका र तेरा कलिला स्तनहरू मुसारिएका थिए। \p \v 22 “यसकारण हे ओहोलीबा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा सुर्‍याउनेछु; तेरा प्रेमीहरू जसबाट तँ घृणाले अलग भइस्; म तिनीहरूलाई तेरो विरुद्धमा चारैतिरबाट ल्याउनेछु; \v 23 अनि बेबिलोनीहरू र सबै कल्दीहरू, पेकोदका मानिसहरू, शोअ र कोअका मानिसहरू, तिनीहरूसित भएका सबै अश्शूरीहरू, आकर्षक जवान मानिसहरू, राज्यपालहरू र सेनापतिहरू, रथका अधिकारीहरू र उच्‍च पदाधिकारीहरू, सबै घोडसवार गर्नेहरू सबैलाई ल्याउनेछु। \v 24 तिनीहरू तेरो विरुद्धमा हतियारहरू, रथहरू, गाडाहरू र मानिसहरूको भीड लिएर आउनेछन्; तिनीहरू ठूला र साना ढालहरू र टोप लगाएर तेरो चारैतिर तेरो विरुद्धमा तिनीहरूका स्थान लिएर खडा हुनेछन्। म तँलाई दण्डको निम्ति तिनीहरूका हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँलाई तिनीहरूकै नापअनुसारको दण्ड दिनेछन्। \v 25 म मेरो डाहको रिस तेरो विरुद्धमा ल्याउनेछु; अनि तिनीहरूले तँसँग रिसको आगोमा व्यवहार गर्नेछन्। तिनीहरूले तेरा नाक र कान काटिदिनेछन्; अनि तेरा बाँकी छोडिएकाहरू तरवारद्वारा मर्नेछन्। तिनीहरूले तेरा छोराछोरीहरूलाई कब्जा गरेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्। \v 26 तिनीहरूले तेरा वस्त्रहरू खोलेर नाङ्गै पार्नेछन् र तेरा सुन्दर-सुन्दर गहनाहरू लैजानेछन्। \v 27 यसरी म तैँले इजिप्टमा सुरु गरेको तेरो कामुकता र वेश्यावृत्ति रोक्नेछु। तैँले यी कुराहरूका चाहना गर्नेछैनस्, अथवा इजिप्टलाई कहिल्यै याद गर्नेछैनस्। \p \v 28 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई तिनीहरूकहाँ सुम्पन लागेको छु, जसलाई तँ घृणा गर्छेस्, जससँग तँ घृणामा अलग भएकी थिइस्। \v 29 तिनीहरूले तँसित घृणाको व्यवहार गर्नेछन् र तैँले जुन कुराको निम्ति मेहनत गरेकी थिइस्, त्यो सबै कुरा तिनीहरूले लैजानेछन्। तिनीहरूले तँलाई नाङ्गै छोड्नेछन्; अनि तेरो वेश्यावृत्तिको नाङ्गोपना प्रकट हुनेछ। तेरो कामुकता र वेश्यावृत्तिको कारणले गर्दा, \v 30 यो तँमाथि ल्याइएका हुन्; किनकि तैँले जाति-जातिहरूका निम्ति उत्कट इच्छा गरिस् र आफूलाई तिनीहरूका मूर्तिहरूसित अपवित्र पारिस्। \v 31 तँ आफ्नी दिदी ओहोलाको बाटोमा हिडेकी छस्; यसैकारण म त्यसको दण्डको कचौरा तेरो हातमा दिनेछु। \p \v 32 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “तैँले तेरो दिदीको दण्डको कचौरा पिउनेछेस्, \q2 ठूलो र गहिरो दण्डको कचौरा; \q1 यसले गिल्‍ला र अपमान ल्याउनेछ; \q2 किनकि कचौरामा धेरै मात्रामा अटाउँछ। \q1 \v 33 तँ दण्डको कचौराले मात्तिनेछेस् र दुःख-कष्‍टले भरिनेछेस्, \q2 तेरी दिदी सामरियाको दण्डको कचौरा, \q2 डरलाग्दो सर्वनाश र उजाड अवस्थाको कचौरा हो। \q1 \v 34 तैँले कचौराबाट रित्तो नभएसम्म पिउनेछेस्, \q2 र तैँले त्यो कचौरालाई टुक्रा-टुक्रा पार्नेछेस्; \q2 अनि आफ्ना स्तनहरू लुछ्नेछेस्। \m मैले भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \b \p \v 35 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तैँले मलाई बिर्सेको कारण र मलाई आफ्नो पीठ फर्काएको कारण, तैँले आफ्नो कामुकता र वेश्यावृत्तिको प्रतिफल भोग्नैपर्छ।” \p \v 36 याहवेहले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, के तैँले ओहोला र ओहोलीबाको न्याय गर्नेछस्? त्यसकारण तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरू बताइदे; \v 37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूको हातमा रगत छ। तिनीहरूले आफ्ना मूर्तिहरूसँग व्यभिचार गरेका छन्; तिनीहरूले मेरा निम्ति जन्माएका आफ्ना सन्तानलाई समेत ती मूर्तिहरूको भोजनको रूपमा बलिदान गरेका छन्। \v 38 तिनीहरूले मसँग यस्तो पनि गरेका छन्: तिनीहरूले त्यही दिन मेरो पवित्रस्थानलाई अशुद्ध पारेका छन् र मेरो शब्बाथहरूलाई अपवित्र पारेका छन्। \v 39 तिनीहरूले आफ्ना सन्तानलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलिदान गरे; त्यही दिनमा मेरो पवित्रस्थानभित्र पसेर तिनीहरूले त्यसलाई अशुद्ध पारेका छन्। तिनीहरूले मेरो भवनभित्र यसो गरेका छन्। \p \v 40 “तिनीहरूले टाढाबाट आएका मानिसहरूका निम्ति दूतहरूसमेत पठाए, र तिनीहरू आइपुगेपछि तैँले तिनीहरूका निम्ति नुहाइधुवाइ गरिस्; आफ्ना आँखामा गाजल लगाइस् र गरगहना लगाएर आफूलाई सिँगारिस्। \v 41 तँ एउटा टेबुलको सामु राखिएको सुन्दर सोफामा बसिस्, जुन टेबुलमाथि तैँले मेरो धूप र जैतुनको तेल राखिस्। \p \v 42 “त्यस टेबुलको चारैतिर मोजमस्ती गर्ने मानिसहरूको भीड थियो; मतवाला मानिसहरूसित अरू धेरै साधारण मानिसहरू पनि मरुभूमिबाट ल्याइएका थिए; अनि तिनीहरूले त्यस स्त्रीको र त्यसकी बहिनीका पाखुरामा बालाहरू र तिनीहरूका शिरमा सुन्दर-सुन्दर मुकुटहरू लगाइदिए। \v 43 तब मैले व्यभिचारद्वारा गलिसकेकी एउटी स्त्रीको बारेमा यसो भनेँ, ‘अब तिनीहरूले त्यसलाई वेश्याको रूपमा प्रयोग गरून्; किनकि त्यो वेश्या नै हो।’ \v 44 अनि तिनीहरू त्यससित सुते। जसरी मानिसहरू वेश्याहरूसँग सुत्छन्, त्यसरी नै तिनीहरू ती कामुक स्त्रीहरू, ओहोला र ओहोलीबासित सुते। \v 45 तर धर्मी न्यायकर्ताहरूले तिनीहरूलाई व्यभिचारी र रक्तपात गर्ने स्त्रीहरूले पाउने दण्ड दिनेछन्; किनकि तिनीहरू व्यभिचारिणी स्त्रीहरू हुन् र रगत तिनीहरूका हातमा छ। \p \v 46 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिनीहरूको विरुद्धमा एउटा भीड ल्याओ; अनि तिनीहरूलाई लुट र आतङ्कको निम्ति सुम्पिदेओ। \v 47 भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूका तरवारले तिनीहरूलाई काटेर ढालिदिनेछन्; सेनाहरूले ओहोला र ओहोलीबाहरूका सन्तानलाई मार्नेछन्; अनि तिनीहरूका घरहरू जलाइदिनेछन्। \p \v 48 “यसरी म देशमा भएको कामुकताको अन्त्य गरिदिनेछु, र तेरो कामुकताको अनुकरण नगर्नू भन्‍ने चेतावनी सबै स्त्रीहरूले पाऊन्। \v 49 तैँले आफ्नो कामुकताको दण्ड पाउनेछेस्, र तेरो मूर्तिपूजाका पापको परिणाम भोग्नेछेस्। तब तैँले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछस्।” \c 24 \s1 यरूशलेम पकाउने भाँडोको रूपमा \p \v 1 नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा, याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, यस दिनलाई लेखिराख्, आजकै दिनलाई लेखिराख्; किनकि बेबिलोनको राजाले आजकै दिन यरूशलेमलाई घेरा हालेको छ। \v 3 यी विद्रोही मनिसहरूलाई एउटा उखान बताइदिएर तिनीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘आगोमाथि पकाउने भाँडो राख्; भाँडो राख्, \q2 र त्यसमा पानी खन्या। \q1 \v 4 भाँडोभित्र मासुका टुक्राहरू हाल्, \q2 सबै असल टुक्राहरू—साँप्रो र कुम। \q1 भाँडालाई असल हड्डीहरूले भरिदे; \q2 \v 5 बगालबाट सबैभन्दा असल पशु छानेर ली। \q1 हड्डीहरूका निम्ति भाँडोमुनि दाउराको थुप्रो लगा; \q2 मासुका टुक्राहरूलाई उमाल \q2 र त्यसमा हड्डीहरू पका। \b \m \v 6 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘रक्तपातको यस सहरलाई धिक्‍कार, \q2 खिया लागिसकेको त्यो भाँडो, \q2 जसको थिग्रो त्यसबाट निस्कँदैन! \q1 भाँडाबाट जस्तो आउँछ, \q2 त्यस्तै मासुका टुक्रा-टुक्रा गरेर निकाल्। \b \q1 \v 7 “ ‘किनकि त्यसले बगाएको रगत त्यसकै बीचमा छ: \q2 त्यसले त्यो रगतलाई नाङ्गो चट्टानमाथि खन्याई; \q1 तर त्यसले त्यो रगतलाई चाहिँ भुइँमा पोख्न दिइन, \q2 जहाँ धुलोले त्यसलाई छोप्न सक्नेथियो। \q1 \v 8 क्रोधलाई सुर्‍याउन र बदला लिन \q2 मैले त्यसको रगत नाङ्गो चट्टानमाथि राखिदिएँ, \q2 ताकि त्यो नछोपिओस्। \b \m \v 9 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘धिक्‍कार यस रक्तपातको सहरलाई! \q2 म पनि दाउराको थुप्रो लगाउनेछु। \q1 \v 10 यसकारण दाउराको थुप्रो लगा, \q2 र आगो बाल्। \q1 मासु राम्रोसँग पका, \q2 र मसलाहरू राम्ररी मिसा; \q2 अनि हड्डीहरू डढून्। \q1 \v 11 तब रित्तो भाँडालाई नतात्तिएसम्म \q2 र त्यसको तामा तात्तिएर रातो नहोउन्जेल कोइलामाथि राख्, \q1 ताकि यसका अशुद्ध कुराहरू पग्लिजाऊन्, \q2 र त्यसका थिग्राहरू जलिजाऊन्। \q1 \v 12 यसले सबै प्रयासहरूलाई निराश तुल्याइदिएको छ; \q2 यसका बाक्लो थिग्राहरू \q2 आगोले पनि हटाउन सकिँदैन। \p \v 13 “ ‘अहिले तेरो अशुद्ध कुराहरू तेरो कामुकता हो। मैले तँलाई शुद्ध गर्ने कोसिस गरेँ, तर तँ आफ्नो अशुद्धताबाट शुद्ध हुनेछैनस्; तेरो विरुद्धमा मेरो क्रोध शान्त नभएसम्म तँ फेरि शुद्ध हुनेछैनस्। \b \p \v 14 “ ‘म याहवेहले नै भनेको हुँ। मेरा निम्ति काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ; म दया देखाउनेछैनँ, न त म पछुताउनेछु। तेरो चाल र कामहरूअनुसार तेरो न्याय हुनेछ, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ” \s1 इजकिएलकी पत्नीको मृत्यु \p \v 15 याहवेहको वचन मकहाँ आयो: \v 16 “हे मानिसको छोरा, एकै प्रहारमा म तेरो आँखाको खुशीलाई लैजान लागेको छु। तापनि विलाप नगर्, नरो, र तेरा आँखाबाट आँसु नबगा। \v 17 चुपचाप सुस्केरा हाल्; मृतकको निम्ति शोक नगर्। तेरो फेटा बाँधिराख् र तेरा खुट्टामा जुत्ता लगाइराख्; तेरो दाह्री वा जुङ्गालाई नछोप्, न त रीतिअनुसार शोक गर्नेहरूको भोजन खा।” \p \v 18 यसरी मैले बिहान मानिसहरूसँग भनेँ, र बेलुका मेरी पत्नीको मृत्यु भयो। भोलिपल्ट मलाई आज्ञा गरिएअनुसार मैले गरेँ। \p \v 19 तब मानिसहरूले मलाई भने, “यी कुराहरूको हामीसित के सम्बन्ध छ र, के तिमी हामीलाई भन्दैनौ?” \p \v 20 यसकारण मैले तिनीहरूलाई भनेँ, “याहवेहको वचन मकहाँ आयो: \v 21 इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म मेरो पवित्रस्थान—जुन किल्‍लामा तिमीहरू घमण्ड गर्छौ, तिमीहरूका आँखाका खुशी, तिमीहरूले धेरै प्रेम गर्ने स्थानलाई अपवित्र पार्न लागेको छु। तिमीहरूले छोडेका छोराछोरीहरू तरवारद्वारा मारिनेछन्। \v 22 तब तिमीहरूले मैले गरेझैँ गर्नेछौ। तिमीहरूले आफ्ना दाह्री वा जुङ्गालाई छोप्नेछैनौ, न त रीतिअनुसार शोक गर्नेहरूका भोजन खानेछौ। \v 23 तिमीहरूले तिमीहरूका फेटा आफ्ना शिरमाथि नै राख्नेछौ, र तिमीहरूका जुत्ता खुट्टामा लगाएकै हुनेछौ। तिमीहरूले शोक गर्नेछैनौ अथवा रुनेछनौ, तर आफ्ना पापको कारण तिमीहरू सुक्दै जानेछौ र आफैँभित्र सुस्केरा हाल्नेछौ। \v 24 इजकिएल तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ; त्यसले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यो कुरा हुन्छ, तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछौ।’ \p \v 25 “अनि हे मानिसको छोरा, मैले तिनीहरूको किल्‍ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको खुशी, तिनीहरूको हृदयले चाहना गर्ने स्थान र तिनीहरूका छोराछोरीहरू पनि लगेको दिन; \v 26 त्यस दिन एक जना भागेर बाँचेको व्यक्ति तँकहाँ समाचार दिन आउनेछ। \v 27 त्यस बेला तेरो मुख खोलिनेछ; तँ त्यससित बोल्नेछस्, र फेरि कहिल्यै चुपचाप रहनेछैनस्। यसरी तिनीहरूका निम्ति तँ एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” \c 25 \s1 अम्मोनको विरुद्धमा अगमवाणी \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, आफ्नो अनुहार अम्मोनीहरूको विरुद्धमा फर्का र तिनीहरूको विरुद्धमा अगमवाणी गर्। \v 3 तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ, \v 4 यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्। \v 5 म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \v 6 किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूको हृदयमा भएको इर्ष्याको कारण इस्राएल देशको विरुद्धमा आनन्द मनाउँदै तिमीहरूले ताली बजाउँदै खुट्टा बजारेका छौ। \v 7 यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’ ” \s1 मोआबको विरुद्धमा अगमवाणी \p \v 8 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि मोआब र सेइरले यसो भने, “हेर, यहूदा अरू जातिहरूजस्तै भएको छ;” \v 9 यसकारण म त्यसका सिमानाका सहरहरू—बेथ-यशीमोत, बाल-मोनर र किर्यातैम, जुन सहरहरू देशका गौरव हुन्, ती सहरहरूका सिमानाहरूदेखि नै सुरु गरेर मोआबका सिमानाका भिरालो भागहरूलाई म खुल्‍ला पारिदिनेछु। \v 10 अनि म मोआबलाई अम्मोनीहरूसहित पूर्वका मानिसहरूलाई अधिकारको रूपमा दिनेछु, ताकि जातिहरूको बीचमा अम्मोनीहरूको नामनिशानै रहनेछैन; \v 11 अनि म मोआबमाथि दण्ड ल्याउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \s1 एदोमको विरुद्धमा अगमवाणी \p \v 12 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘एदोमले यहूदाको विरुद्धमा बदला लिएको कारण एदोम अझ धेरै दोषी ठहरियो। \v 13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्। \v 14 म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ” \s1 पलिश्तीहरूको विरुद्धमा अगमवाणी \p \v 15 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे। \v 16 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु। \v 17 म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \c 26 \s1 टायरको विरुद्धमा अगमवाणी \p \v 1 बाह्रौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा, याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, टायरले यरूशलेमको विषयमा यसो भनेको कारण, ‘अहा! जाति-जातिहरूका मूलढोकाहरू भत्केका छन्, र त्यसका ढोकाहरू मेरो निम्ति खुल्‍ला भएका छन्; अहिले त्यो ध्वस्त भएकाले मेरो उन्‍नति हुनेछ।’ \v 3 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे टायर, म तेरो विरुद्धमा छु; समुद्रले छालहरू उर्लाएझैँ म तेरो विरुद्धमा धेरै जातिहरूलाई उठाएर ल्याउनेछु। \v 4 तिनीहरूले टायरका पर्खालहरू नष्‍ट गर्नेछन्, र त्यसका धरहराहरू ढालिदिनेछन्; म त्यसका धुलो खुर्केर त्यसलाई एउटा नाङ्गो चट्टान बनाइदिनेछु। \v 5 समुद्रको बीचमा माछा पक्रन जाल फिँजाउने एउटा ठाउँ हुनेछ; किनकि मैले भनेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। त्यो जाति-जातिहरूका निम्ति लुटको माल हुनेछ; \v 6 अनि त्यसको मुख्य भूमिमा भएका बस्तीहरू तरवारद्वारा ध्वस्त पारिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \p \v 7 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म टायरको विरुद्धमा उत्तर दिशाबाट राजाहरूका राजा, बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, घोडसवारहरू र ठूलो सेनाको साथ ल्याउनेछु। \v 8 राजाले मुख्य भूमिमा तेरा बस्तीहरूलाई तरवारले ध्वस्त पार्नेछ; त्यसले तेरो विरुद्धमा घेरा-मचान खडा गर्नेछ, र तँलाई आक्रमण गर्नलाई तेरो विरुद्ध पर्खालमा माटोको ढिस्को खडा गर्नेछ। \v 9 राजाले तेरा पर्खाल भत्काउनलाई रूखका ठूला-ठूला मुढाहरूले प्रहार गर्न लगाउनेछ, र तिनीहरूका हतियारहरूले तेरा धरहराहरू ढालिदिनेछ। \v 10 त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनीहरूका धुलोले तँलाई छोपिदिनेछ। पर्खाल भत्किएको सहरभित्र मानिसहरू पसेझैँ त्यो तेरा मूलढोकाहरूमा प्रवेश गर्दा लडाइँका घोडाहरू, गाडाहरू र रथहरूको आवाजले गर्दा तेरा पर्खालहरू हल्‍लिनेछन्। \v 11 त्यसका घोडाहरूका खुरहरूले तेरा सबै सडकहरू कुल्चनेछन्; त्यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खम्बाहरू भुइँमा ढल्नेछन्। \v 12 तिनीहरूले तेरा धनसम्पत्ति लुट्नेछन् र तेरो व्यापारका मालहरू खोसेर लैजानेछन्; तिनीहरूले तेरा पर्खालहरू भत्काइदिनेछन् र तेरा सुन्दर घरहरू भत्काउनेछन्; अनि तेरा ढुङ्गाहरू, काठहरू र रोडाहरू समुद्रमा फालिदिनेछन्। \v 13 म तेरो कोलाहलपूर्ण गीतहरूको अन्त्य गरिदिनेछु, र तेरा वीणाहरूको सङ्गीत फेरि कहिल्यै सुनिनेछैन। \v 14 म तँलाई एउटा नाङ्गो चट्टान तुल्याइदिनेछु, र तँ माछा पक्रने जालहरू फैलाउने एउटा ठाउँ हुनेछस्। तँ कहिल्यै निर्माण हुनेछैनस्; किनकि म याहवेहले नै भनेको हुँ, प्रभु याहवेह भन्‍नुहुन्छ। \p \v 15 “प्रभु याहवेह टायरलाई यसो भन्‍नुहुन्छ: टायरमा घाइतेहरूले सुस्केरा हाल्दा र काटमार हुँदा के तेरो पतनको आवाजमा समुद्र किनारका देशहरू काम्दैनन् र? \v 16 तब समुद्र किनारका सबै राजकुमारहरू आ-आफ्ना सिंहासनबाट तल ओर्लनेछन्, र तिनीहरूले आ-आफ्ना लबेदाहरू एकातिर छोड्नेछन् र आफ्ना बुट्टेदार वस्त्रहरू फुकाल्नेछन्। तँलाई देखेर त्रासले तिनीहरू थरथर काम्दै भुइँमा बस्‍नेछन्। \v 17 तब तिनीहरूले तेरो बारेमा एउटा विलाप गीत गाउनेछन् र तँलाई भन्‍नेछन्: \q1 “ ‘हे प्रसिद्ध सहर, समुद्रका मानिसहरूले भरिएकी सहर, \q2 तँ कसरी सर्वनाश भइस्! \q1 समुद्रमा तँ एक शक्ति थिइस्, \q2 तँ र तेरा नागरिकहरू; \q1 तैँले त्यहाँ बस्‍नेहरू सबैमाथि \q2 तेरो आतङ्क फैलाइस्। \q1 \v 18 अब तेरो पतनको दिनमा समुद्र \q2 किनारमा भएका देशहरू काम्छन्; \q1 तेरो पतन हुँदा समुद्रका \q2 टापुहरू भयभीत भएका छन्।’ \p \v 19 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब मैले तँलाई एउटा उजाड सहर, कहिल्यै मानिस नबसेको सहरजस्तै बनाएको छु, र जब म गहिरो समुद्र उर्लाएर तँमाथि ल्याउँछु, र त्यसको विशाल पानीले तँलाई छोप्छु, \v 20 तब म तँलाई तल खाडलमा जानेहरूसित ती पहिले मरेका मानिसहरूकहाँ तल ल्याउनेछु। म तँलाई प्राचीन कालका भग्नावशेषहरूमा जस्तै, तल खाडलमा जानेहरूसँगै पृथ्वीको तल्‍लो भागमा बस्‍न लगाउनेछु; अनि तँ त्यहाँबाट फर्कनेछैनस्, जीवितहरूको देशमा तेरो ठाउँ लिनेछैनस्। \v 21 म तँलाई डरलाग्दो अन्त्यमा ल्याउनेछु र फेरि तेरो अस्तित्व हुनेछैन। तँ खोजिनेछस्, तर फेरि कहिल्यै भेट्टाइनेछैनस्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \c 27 \s1 टायरको निम्ति विलाप \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, टायरको विषयमा एउटा विलाप गीत गा; \v 3 समुद्रको प्रवेशद्वारमा रहेको, धेरै किनारहरूमा रहेका टायरका व्यापारी मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘हे टायर, तँ भन्छस्, \q2 “म सुन्दरतामा सिद्ध छु।” \q1 \v 4 तेरा सिमानाहरू समुद्रको बीचमा फैलिएको थियो; \q2 तेरा निर्माणकर्ताहरूले तेरो सुन्दरतालाई सिद्ध पारिदिए। \q1 \v 5 तिनीहरूले तेरा काठका फल्याकहरू \q2 सेनीरका\f + \fr 27:5 \fr*\ft हेर्मोन पर्वत\ft*\f* सल्‍लाका रूखहरूबाट बनाए; \q1 तेरा निम्ति मस्तुल\f + \fr 27:5 \fr*\ft जुन जहाज वा डुङ्गामा समात्नको लागि राखिएको ठाडो पोल हो।\ft*\f* बनाउनलाई \q2 लेबनानबाट देवदारु ल्याए। \q1 \v 6 तिनीहरूले तेरा पतवारहरू \q2 बाशानका फलाँटका रुखहरूबाट बनाए; \q1 तिनीहरूले तेरो जहाजको तला साइप्रसका किनारका सिसौका \q2 काठहरूले बनाए, र त्यसलाई हस्तीदन्तले सिँगारे। \q1 \v 7 तेरो जहाजको पाल इजिप्टको मिहिन बुट्टेदार सुतीको कपडाबाट बनिएको थियो, \q2 र त्यसले तेरो झण्डाको काम पनि गर्थ्यो; \q1 तेरो चँदुवा निलो र बैजनी कपडाको \q2 साइप्रसको एलीशाह सहरका किनारबाट ल्याइएको थियो। \q1 \v 8 सीदोन र अर्वदका मानिसहरू तेरा नाविक थिए; \q2 हे टायर, तेरा निपुण मानिसहरू जहाजमै चढेर बसेका चालकहरू थिए। \q1 \v 9 जहाजमा टालटुल गर्ने कामको निम्ति \q2 गबालका अनुभवी र सिपालु कारिगरहरू जहाजमै थिए। \q1 समुद्रका सबै जहाजहरू र तिनीहरूका नाविकहरू \q2 तेरा मालसामानहरू व्यापार गर्न तँकहाँ आउँथे। \b \q1 \v 10 “ ‘परसीयाका मानिसहरू, लूद र पूतका मानिसहरू \q2 तेरो सेनामा सेवा गर्ने सिपाहीहरू थिए। \q1 तिनीहरूले आफ्ना ढाल र टोपहरू \q2 तेरा पर्खालहरूमा झुण्ड्याएर तेरो गौरव बढाए। \q1 \v 11 अर्वद र हेलेकका मानिसहरू \q2 तेरा पर्खालका चारैतिर पहरेदार थिए; \q1 गमादका मानिसहरू \q2 तेरा धरहराहरूमा थिए। \q1 तिनीहरूले आफ्ना ढालहरू तेरा पर्खालका चारैतिर झुण्ड्याउँथे; \q2 तेरो सुन्दरता पूर्ण बनाउँथे। \p \v 12 “ ‘तेरा मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण तर्शीशले तँसँग व्यापार गर्थ्यो; तिनीहरूले तेरा व्यापारका सरसमानहरूसँग चाँदी, फलाम, टिन र सिसा साटासाट गरे। \p \v 13 “ ‘ग्रीस, तूबल र मेशेकले तँसित व्यापार गर्थे; तिनीहरूले तेरा मालसामानहरूसित कमाराहरू र काँसाका सामग्रीहरूसँग साटासाट गर्थे। \p \v 14 “ ‘बेथ-तोगर्माका मानिसहरूले रथका घोडाहरू, लडाइँका घोडाहरू र खच्‍चरहरू तेरा व्यापारका मालसामानहरूसित साटासाट गर्थे। \p \v 15 “ ‘रोडसका\f + \fr 27:15 \fr*\ft मूल भाषामा \ft*\fqa ददान\fqa*\f* मानिसहरूले तँसित व्यापार गरे; अनि समुद्र किनारका धेरै देशहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँलाई हस्तीदन्त र आब्नुस काठ दामको रूपमा तिरे। \p \v 16 “ ‘तेरा धेरै उत्पादित कुराहरूको कारण अरामले तँसित व्यापार गर्‍यो; तिनीहरूले नीलमणि, बैजनी वस्त्र, बुट्टेदार चीजहरू, मलमल सुती कपडा, मुगा र लालमणि तेरा व्यापारका मालसामानहरूसित साटासाट गरे। \p \v 17 “ ‘यहूदा र इस्राएलले तँसित व्यापार गरे; तिनीहरूले तेरा मालसामानहरूसित मिन्‍नीतका गहुँ र नेभारा,\f + \fr 27:17 \fr*\ft मूल भाषामा यसको अर्थ अनिश्‍चित छ।\ft*\f* मह, जैतुन तेल र सुगन्धित लेप साटासाट गरे। \p \v 18 “ ‘तेरा धेरै उत्पादित कुराहरू र मालसामानहरूको धेरै धनसम्पत्ति भएको कारण दमस्कसले तँसित व्यापार गर्‍यो। तिनीहरूले हेल्बोनबाट ल्याएको मद्य र जहरबाट ल्याएको सेतो ऊन दिए। \v 19 दानवंशीहरू र उजालका ग्रीकहरूले तँसित व्यापार गरे: तिनीहरूले तेरा सामानहरूसित फलाम, तेजपात र बोझो साटे। \p \v 20 “ ‘ददानले तँसित जिनको व्यापार गर्‍यो। \p \v 21 “ ‘अरब र केदारका सबै राजकुमारहरू तेरा ग्राहकहरू थिए; तिनीहरूले तँसित थुमाहरू, साँढे भेडाहरू र बाख्राहरूको व्यापार गरे। \p \v 22 “ ‘शेबा र रामाहका व्यापारीहरूले तँसित व्यापार गरे; तिनीहरूले सबैभन्दा उत्तम किसिमका मसलाहरू, बहुमूल्य पत्थरहरू र सुनहरू तेरा मालसामानहरूसित साटासाट गरे। \p \v 23 “ ‘हारान, कन्‍ने, अदन र शेबाका व्यापारीहरू, अश्शूर र किल्मदले तँसित व्यापार गरे। \v 24 तिनीहरूले तेरा बजारमा सुन्दर वस्त्रहरू, निलो धागोले बनाएका लुगा, बुट्टेदार कपडाहरू र बटारिएका र कसिएका डोरीहरूसँग बनिएका रङ्गी-बिरङ्गी गलैँचाहरूको व्यापार गरे। \q1 \v 25 “ ‘तर्शीशका जहाजहरूले \q2 तेरा सामानहरू बोकेर व्यापार गर्छन्। \q1 तँ समुद्रको बीचमा यात्रा गर्दा \q2 तेरो जहाज मालसामानले भरिएको हुन्छ। \q1 \v 26 तेरा नाविकहरूले तँलाई \q2 बीच समुद्रमा लैजान्छन्, \q1 तर पूर्वीय बतासले तँलाई समुद्रको \q2 बीचमा टुक्रा-टुक्रा पारिदिनेछ। \q1 \v 27 तेरो धनसम्पत्ति, व्यापारका मालसामानहरू, \q2 तेरा नाविकहरू, चालकहरू र टालटुल गर्ने मानिसहरू, \q1 तेरा व्यापारीहरू र तेरा सबै सिपाहीहरू; \q2 अनि तेरो सर्वनाशको दिन \q1 जहाजमा भएका सबै जना \q2 समुद्रको बीचमा डुबिजानेछन्। \q1 \v 28 तेरा नाविकहरूले चीत्कार गर्दा \q2 समुद्र किनारका ठाउँहरू काम्नेछन्। \q1 \v 29 पतवार खियाउनेहरू सबैले \q2 तिनीहरूका जहाजहरू त्यागिदिनेछन्; \q1 सबै नाविकहरू र चालकहरू \q2 समुद्रको किनारमा उभिनेछन्। \q1 \v 30 तिनीहरूले आफ्ना सोर उचाल्नेछन्, \q2 र तेरा निम्ति धुरुधुरु रुनेछन्; \q1 तिनीहरूले आफ्ना शिरमाथि धुलो छर्नेछन् \q2 र खरानीमा लडीबुडी गर्नेछन्। \q1 \v 31 तिनीहरूले तेरो कारण आफ्ना शिर खौरनेछन् \q2 र भाङ्ग्रा लगाउनेछन्। \q1 तेरा निम्ति तिनीहरू आत्मामा विचलित भएर \q2 शोकमा परी धुरुधुरु रुनेछन्। \q1 \v 32 तिनीहरूले तेरो निम्ति विलाप गरिरहँदा, \q2 तिनीहरूले तेरो बारेमा यसो भन्दै एउटा विलाप गीत गाउनेछन्: \q1 “समुद्रले घेरिएको टायरलाई जस्तै \q2 कसैलाई कहिल्यै चुप गराइएको छ?” \q1 \v 33 तेरो व्यापारिक मालसामानहरू समुद्रपार भएर जाँदा, \q2 तैँले धेरै जातिहरूलाई सन्तुष्‍ट पारिस्; \q1 तेरो ठूलो धनसम्पत्ति र तेरा मालसामानहरूले \q2 पृथ्वीका राजाहरूलाई तैँले धनी तुल्याइस्। \q1 \v 34 अहिले तँ पानीको गहिराइमा \q2 समुद्रद्वारा चकनाचुर पारिएको छस्; \q1 तेरा मालसामानहरू र तेरा सबै साथीहरू \q2 तँसितै तल समुद्रको गहिराइमा नष्‍ट भएका छन्। \q1 \v 35 समुद्रको किनारमा बस्‍नेहरू सबै \q2 तँलाई देखेर भयभीत भएका छन्; \q1 तिनीहरूका राजाहरू त्रासले थरथर काम्छन्, \q2 र तिनीहरूका अनुहारहरूमा डर छाएको छ। \q1 \v 36 जाति-जातिहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्; \q2 तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्; \q2 अनि तँ अब सदाको निम्ति नष्‍ट हुनेछस्।’ ” \c 28 \s1 टायरको राजाको विरुद्धमा अगमवाणी \p \v 1 याहवेहको वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, टायरको शासकलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘आफ्नो हृदयको घमण्डमा \q2 तैँले भन्छस्, “म एक ईश्‍वर हुँ; \q1 म समुद्रको बीचमा \q2 एक ईश्‍वरको सिंहासनमा बस्छु।” \q1 तर तँ एउटा साधारण मानिस मात्र होस्, ईश्‍वर होइनस्; \q2 यद्यपि तैँले आफूलाई ईश्‍वर जत्तिकै बुद्धिमान् सम्झन्छस्। \q1 \v 3 के तँ दानिएलभन्दा\f + \fr 28:3 \fr*\ft अथवा \ft*\fqa दानेल \fqa*\ft प्राचीन साहित्यका प्रसिद्ध व्यक्ति\ft*\f* बुद्धिमान् छस्? \q2 के तँबाट कुनै पनि रहस्य लुकेको छैन? \q1 \v 4 तेरो बुद्धि र समझशक्तिद्वारा \q2 तैँले आफ्नै निम्ति धनसम्पत्ति कमाएको छस्, \q1 र तेरो भण्डारमा आफ्नो निम्ति \q2 सुन र चाँदी थुपारेको छस्। \q1 \v 5 तेरो व्यापारको धेरै सिपहरूद्वारा \q2 तैँले आफ्नो धनसम्पत्ति बढाएको छस्; \q1 अनि तेरो धनसम्पत्तिको कारण \q2 तेरो हृदय घमण्डले फुलेको छ। \p \v 6 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘किनकि तैँले आफूलाई ईश्‍वर जत्तिकै \q2 बुद्धिमान् सम्झन्छस्; \q1 \v 7 यसैकारण म जातिहरूमध्ये \q2 सबैभन्दा निष्‍ठुर विदेशीहरूलाई तेरो विरुद्धमा ल्याउनेछु; \q1 तिनीहरूले तेरो सुन्दरता र बुद्धिको विरुद्धमा आफ्नो तरवार निकाल्नेछन्, \q2 र तेरो चम्किलो गौरवलाई छेड्नेछन्। \q1 \v 8 तिनीहरूले तँलाई तल खाडलमा ल्याउनेछन्; \q2 अनि समुद्रको बीचमा तेरो मरण \q2 एक हिंसक मृत्यु हुनेछ। \q1 \v 9 त्यस बेला तँलाई मार्नेहरूको उपस्थितिमा, \q2 “म ईश्‍वर हुँ” भनी के तैँले भन्‍नेछस्? \q1 तँलाई मार्नेहरूको हातमा तँ ईश्‍वर होइनस्, \q2 तर एउटा मरणशील मानिस मात्र हुनेछस्। \q1 \v 10 तँ परदेशीहरूको हातमा \q2 एउटा खतना नभएको मानिसजस्तै मर्नेछस्। \m किनकि मैले नै यो भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \b \p \v 11 याहवेहको यो वचन मकहाँ आयो: \v 12 “हे मानिसको छोरा, टायरका राजाको बारेमा एउटा विलाप गीत गा, र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘तँ पूर्णताको नमुना, \q2 बुद्धिले भरिपूर्ण र सुन्दरतामा सिद्ध थिइस्। \q1 \v 13 तँ परमेश्‍वरको बगैँचा \q2 अदनमा थिइस्; \q1 सबै प्रकारका बहुमूल्य पत्थरले तँ आभूषित थिइस्: \q2 माणिक, पुष्पराज, हीरा, \q2 फिरोजा, गोमेद र स्फटिक, \q2 नीलमणि, हरितमणि र बहुमूल्य पत्थरले सजिएको थिइस्। \q1 तेरा गरगहनाहरू सुनले बनिएका थिए; \q2 तँ सृष्‍टि गरिएको दिनमा नै ती चीजहरू तयार गरिएका थिए। \q1 \v 14 अभिभावक करूबको रूपमा तँ अभिषेक गरिएको थिइस्; \q2 किनकि मैले तँलाई नियुक्त गरेको थिएँ; \q1 तँ परमेश्‍वरको पवित्र पर्वतमा थिइस्; \q2 तँ आगोजस्तै चम्किलो पत्थरहरूको बीचमा हिँड्थिस्। \q1 \v 15 तँ सृष्‍टि गरिएको दिनदेखि \q2 तँमा दुष्‍टता नपाउन्जेलसम्म \q2 तँ आफ्ना चालहरूमा निर्दोष थिइस्। \q1 \v 16 तेरो चौतर्फी फैलिएको व्यापारद्वारा \q2 तँ अत्याचारले भरिइस्; \q2 अनि तैँले पाप गरिस्। \q1 यसकारण मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमानित गरेर धपाइदिएँ; \q2 अनि हे अभिभावक करूब, मैले तँलाई \q2 ती आगोजस्तै चम्किलो पत्थरहरूको बीचबाट निकालिदिएँ। \q1 \v 17 तेरो सुन्दरताको कारण \q2 तेरो हृदय घमण्डी भयो; \q1 अनि आफ्नो गौरवको कारण \q2 तैँले आफ्नो बुद्धिलाई भ्रष्‍ट पारिस्। \q1 यसकारण मैले तँलाई पृथ्वीमा फ्याँकिदिएँ; \q2 मैले तँलाई राजाहरूको सामु एक तमाशा बनाइदिएँ। \q1 \v 18 तेरा धेरै पापहरू र बेइमान व्यापारद्वारा \q2 तैँले आफ्ना पवित्रस्थानहरू अपवित्र बनाएको छस्। \q1 यसकारण मैले टायरको बीचबाट आगो निस्कन दिएँ, \q2 र त्यस आगोले तँलाई भस्म पारिदियो; \q1 मैले तँलाई भुइँमा खरानी तुल्याएँ, \q2 ती सबै मानिसहरूको आँखाको अगाडि, जसले तँलाई हेरिरहेका थिए। \q1 \v 19 तँलाई चिन्‍ने सबै राष्ट्रहरू \q2 तँलाई देखेर भयभीत भए; \q1 तँ डरलाग्दो अन्त्यमा आइपुगेको छस्, \q2 र तेरो अस्तित्व अब रहनेछैन।’ ” \s1 सीदोनको विरुद्धमा अगमवाणी \p \v 20 याहवेहको यो वचन मकहाँ आयो: \v 21 “हे मानिसको छोरा, तेरो अनुहार सीदोनको विरुद्धमा फर्का, \v 22 र भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘हे सीदोन, म तेरो विरुद्धमा छु, \q2 र तेरो बीचमा म आफ्नो महिमा प्रकट गर्नेछु। \q1 जब म तँलाई दण्ड दिन्छु, \q2 र तेरै सामु आफूलाई पवित्र प्रमाणित गर्छु, \q2 तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्। \q1 \v 23 म तँमाथि महामारी पठाउनेछु, \q2 र तेरा सडकहरूमा रगत बग्न दिनेछु। \q1 तेरो विरुद्धमा चारैतिर भएको तरवारले \q2 तेरै बीचमा मरिएकाहरू ढल्नेछन्। \q1 तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्। \p \v 24 “ ‘अब उप्रान्त इस्राएलका मानिसहरूसँग तिनीहरूलाई घृणा गर्ने छिमेकीहरू हुनेछैनन्, जो सिउँडी काँडा र तीखा काँडाहरू हुन्। तब म नै प्रभु याहवेह हुँ भनी तिनीहरूले जान्‍नेछन्। \p \v 25 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब म इस्राएलका मानिसहरूलाई तिनीहरू तितरबितर भएका राष्ट्रहरूबाट भेला गर्छु, म जाति-जातिहरूका दृष्‍टिमा तिनीहरूद्वारा पवित्र प्रमाणित हुनेछु। तब तिनीहरू तिनीहरूका आफ्नै देशमा बस्‍नेछन्, जुन देश मैले आफ्नो सेवक याकोबलाई दिएको थिएँ। \v 26 त्यहाँ तिनीहरू सुरक्षित बस्‍नेछन्, घरहरू बनाउनेछन् र दाखबारीहरू लगाउनेछन्; जब म इस्राएलीहरूलाई बदनाम गर्ने तिनीहरूका ती सबै छिमेकीहरूलाई दण्ड दिनेछु, तब म नै याहवेह तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्।’ ” \c 29 \s1 इजिप्टको विरुद्धमा अगमवाणी \s2 फारोमाथि न्याय \p \v 1 दसौँ वर्षको दसौँ महिनाको बाह्रौँ दिनमा, याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, तेरो अनुहार इजिप्टको राजा फारोको विरुद्धमा फर्काएर त्यसको विरुद्धमा र समस्त इजिप्टको विरुद्धमा अगमवाणी गर्। \v 3 राजासित कुरा गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘हे इजिप्टको राजा फारो, म तेरो विरुद्धमा छु, \q2 तँ एक विशाल जन्तु होस्, जो आफ्ना खोलाहरूका बीचमा ढल्किरहन्छ। \q1 तँ भन्छस्, “नील नदी मेरो हो; \q2 मैले त्यसलाई आफ्नो निम्ति बनाएको हुँ।” \q1 \v 4 तर म तेरो चिउँडोमा बल्छी लगाउनेछु, \q2 र तेरा खोलाहरूका माछाहरू तेरा कत्लाहरूमा टाँसिनेछन्। \q1 तेरा कत्लाहरूमा अल्झिएका सबै माछाहरूसितै \q2 म तँलाई तेरा खोलाहरूबाट तानेर बाहिर निकाल्नेछु। \q1 \v 5 म तँलाई र तेरा नदीका \q2 सबै माछाहरूलाई मरुभूमिमा छोडिदिनेछु। \q1 तिमीहरू खुला मैदानमा पतन हुनेछौ; \q2 न त बटुलिनेछौ, न त उठाइनेछौ। \q1 म तँलाई पृथ्वीका खुला मैदानका पशुहरू \q2 र आकाशका चराहरूकहाँ भोजनको रूपमा दिनेछु। \m \v 6 तब इजिप्टमा बस्‍ने सबैले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \b \p “ ‘तँ इस्राएलका मानिसहरूका निम्ति एउटा निगालोको लहुरोझैँ भएको छस्। \v 7 जब तिनीहरूले तँलाई आफ्ना हातले समाते, तब तँ भाँचिगइस् र तैँले तिनीहरूका काँधहरू चिरिदिइस्; अनि जब तिनीहरू तँमाथि अडेसिँदा तँ भाँचिगइस्, र तिनीहरूका सारा कम्मर मर्काइदिइस्। \p \v 8 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा एउटा तरवार ल्याउनेछु; अनि तेरा मानिसहरू र तिनीहरूका पशुहरू दुवै मारिदिनेछु। \v 9 इजिप्ट एउटा उजाड मरुभूमि हुनेछ। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \p “ ‘किनकि तैँले भनिस्, “नील नदी मेरो हो; मैले यसलाई बनाएँ;” \v 10 यसकारण म तँ र तेरा नील नदीहरूको विरुद्धमा छु; अनि म इजिप्टलाई मिग्दोलदेखि आश्‍वानसम्म, कूशको\f + \fr 29:10 \fr*\ft हामको सन्तान वा नील नदीको माथिल्‍लो भाग\ft*\f* सिमानासम्मै सर्वनाश र उजाड मरुभूमि बनाइदिनेछु। \v 11 त्यस इजिप्टबाट भएर कुनै पनि मानिस अथवा पशुको खुट्टा जानेछैन; त्यहाँ चालीस वर्षसम्म कोही पनि बसोबास गर्नेछैन। \v 12 म इजिप्ट देशलाई नष्‍ट भएका देशहरूको बीचमा उजाड पारिदिनेछु; अनि त्यसका सहरहरू सर्वनाश भएका सहरहरूको बीचमा चालीस वर्षसम्म उजाड भएर रहनेछन्। अनि म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशहरूमा छरपस्ट पारिदिनेछु। \p \v 13 “ ‘तापनि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: चालीस वर्ष बितिसकेपछि म इजिप्टवासीहरूलाई तिनीहरू छरपस्ट पारिएका राष्ट्रहरूबाट भेला गर्नेछु। \v 14 म तिनीहरूलाई कैदबाट फर्काएर माथिल्‍लो इजिप्टमा\f + \fr 29:14 \fr*\ft मूल भाषामा \ft*\fqa पथ्रोस \fqa*\ft जसको अर्थ \ft*\fqa दक्षिण \fqa*\ft हुन्छ।\ft*\f* ल्याउनेछु, जुन तिनीहरूका पितापुर्खाहरूको देश हो। त्यहाँ तिनीहरू एक दुर्बल राज्य हुनेछन्। \v 15 इजिप्ट सबै राज्यहरूमा सबैभन्दा महत्वहीन राज्य हुनेछ, र त्यसले आफूलाई अरू जातिहरूभन्दा माथि कहिल्यै उठाउन सक्नेछैन। म त्यसलाई यति कमजोर वा थोरै बनाउनेछु, कि त्यसले कहिल्यै अरू जातिहरूमाथि शासन गर्न पाउनेछैन। \v 16 इस्राएलका मानिसहरूका निम्ति इजिप्ट कहिल्यै पनि भरोसाको स्रोत हुनेछैन, तर सहायताको निम्ति त्यहाँ फर्कँदा इस्राएलको पापको सम्झना हुनेछ। तब तिनीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \s2 नबूकदनेसरको प्रतिफल \p \v 17 सत्ताइसौँ वर्षको पहिलो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो: \v 18 “हे मानिसको छोरा, बेबिलोनका राजा नबूकदनेसरले आफ्नो सेनालाई टायरको विरुद्धमा गरिएको कठोर सैनिक अभियानमा लगे; जसमा तिनीहरू सबैको शिर खुइलियो र गह्रौँ भारी बोक्नाले सबैको काँध पिल्सियो। तापनि त्यसले र त्यसको सेनाले टायरको विरुद्धमा चलाएको अभियानबाट कुनै पनि प्रतिफल पाउन सकेनन्। \v 19 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टलाई बेबिलोनको राजा नबूकदनेसरलाई दिँदैछु; अनि उसले त्यसको धनसम्पत्ति लैजानेछ। त्यसले आफ्नो सेनाको ज्यालाको रूपमा देशलाई सखाप पारेर लुटपाट गर्नेछ। \v 20 मैले नबूकदनेसर र त्यसका सेनाहरूलाई मेरा निम्ति गरेको कडा परिश्रमको कारण प्रतिफलको रूपमा इजिप्ट दिएको छु, प्रभु याहवेह भन्‍नुहुन्छ। \p \v 21 “त्यस दिन म इस्राएलीहरूका निम्ति एउटा सिङ उम्रन लगाउनेछु, र म तिनीहरूका बीचमा तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” \c 30 \s2 इजिप्टको निम्ति विलाप \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘विलाप गरेर भन्, \q2 “हाय त्यो दिन!” \q1 \v 3 किनकि त्यो दिन नजिकै छ; \q2 याहवेहको दिन नजिकै छ! \q1 बादलहरूको दिन, \q2 जाति-जातिहरूका निम्ति विनाशको दिन। \q1 \v 4 इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ; \q2 अनि कूशमाथि वेदना आउनेछ। \q1 जब इजिप्टमा मारिएकाहरूले जमिन ढाक्छन्, \q2 तब त्यसका धनसम्पत्ति लगिनेछ, \q2 र त्यसका जगहरू पूर्ण रूपमा भत्काइनेछ। \m \v 5 कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्। \p \v 6 “ ‘याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘इजिप्टका सहयोगी राष्ट्रहरू ढल्नेछन्, \q2 र त्यसको शक्तिको घमण्ड असफल हुनेछ। \q1 मिग्दोलदेखि आश्‍वानसम्म\f + \fr 30:6 \fr*\ft मूल भाषामा \ft*\fqa सेइन\fqa*\f* \q2 तिनीहरू इजिप्ट सहरभित्र तरवारले ढल्नेछन्, \q2 प्रभु याहवेह भन्‍नुहुन्छ। \q1 \v 7 तिनीहरू उजाड \q2 देशहरूका बीचमा उजाड हुनेछन्; \q1 अनि तिनीहरूका सहरहरू \q2 ध्वस्त भएका सहरहरूका बीचमा रहिरहनेछन्। \q1 \v 8 जब मैले इजिप्टमा आगो लगाएर \q2 त्यसका सबै सहयोगीहरू नष्‍ट हुनेछन्, \q2 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \p \v 9 “ ‘त्यस दिन सुरक्षित भई ढुक्‍क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्‍चय आउनेछ। \b \p \v 10 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘म बेबिलोनको राजा नबूकदनेसरको हातबाट \q2 इजिप्टको सेना दलको अन्त्य गरिदिनेछु। \q1 \v 11 त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्‍ठुर छन्, \q2 देशलाई नाश गर्नको निम्ति भित्र ल्याइनेछ। \q1 तिनीहरूले इजिप्टको विरुद्धमा आफ्ना तरवारहरू निकाल्नेछन्, \q2 र मारिएकाहरूले देशलाई ढाकिदिनेछन्। \q1 \v 12 म नील नदीको पानीलाई सुकाइदिनेछु, \q2 र देशलाई दुष्‍ट मानिसहरूकहाँ बेचिदिनेछु; \q1 विदेशीहरूका हातद्वारा म देशलाई \q2 र त्यसमा भएका सबै कुरालाई उजाड पारिदिनेछु। \m म याहवेहले नै भनेको हुँ। \b \p \v 13 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘म मूर्तिहरूलाई नाश गर्नेछु, \q2 र मेम्फिसमा भएका आकृतिहरूलाई नष्‍ट गरिदिनेछु। \q1 इजिप्टमा अब फेरि कुनै राजकुमार रहनेछैन; \q2 अनि म इजिप्टभरि डर फैलाइदिनेछु। \q1 \v 14 म माथिल्‍लो इजिप्टलाई उजाड पार्नेछु, \q2 सोअनमा आगो लगाउनेछु, \q2 र थेबेस सहरलाई दण्ड दिनेछु। \q1 \v 15 इजिप्टको किल्‍ला पेलुसियममा \q2 म मेरो क्रोध पोखाउनेछु; \q2 अनि थेबेस सहरका सेना दलहरूलाई नष्‍ट पार्नेछु। \q1 \v 16 म इजिप्टमा आगो लगाउनेछु; \q2 पेलुसियम वेदनाले छटपटिनेछ। \q1 थेबेस सहरलाई आँधीले लैजानेछ; \q2 मेम्फिस लगातार कष्‍टमा रहनेछ। \q1 \v 17 हेलिओपोलिस र बुबास्तीसका\f + \fr 30:17 \fr*\ft मूल भाषामा \ft*\fqa ओन र पी-बेसेथ पी-बेसेतका\fqa*\f* \q2 जवान मानिसहरू तरवारले ढल्नेछन्; \q2 अनि सहरहरू आफैँ कैदमा जानेछन्। \q1 \v 18 जब तहपनेसको दिन अँध्यारो हुनेछ, \q2 तब म इजिप्टको जुवा भाँचिदिन्छु; \q2 त्यहाँ त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ। \q1 इजिप्ट बादलले छोपिनेछ; \q2 अनि त्यसका गाउँहरू कैदमा जानेछन्। \q1 \v 19 यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु; \q2 अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \s2 फारोका हातहरू भाँचिएका \p \v 20 एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो: \v 21 “हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्। \v 22 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्‍न लगाउनेछु। \v 23 म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु। \v 24 म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ। \v 25 म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्‍क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ। \v 26 म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” \c 31 \s2 फारो ढालिएको एउटा देवदारु रूखजस्तै \p \v 1 एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, इजिप्टको राजा फारो र त्यसका सेनाका दलहरूलाई भन्: \q1 “ ‘वैभवमा तेरो तुलना कोसित गर्न सकिन्छ? \q1 \v 3 अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको \q2 जङ्गलमा सुन्दर र छाया दिने हाँगाहरू भएको देवदारुको रूख थियो। \q1 अनि त्यो अति अग्लो बढेर गयो; \q2 त्यसका बाक्ला पातहरूभन्दा माथि बादलमा त्यसको टुप्पो थियो। \q1 \v 4 त्यसलाई पानीले पालनपोषण गर्‍यो; \q2 गहिरा झरनाहरूले त्यसलाई अग्लो पारे; \q1 त्यसका नदीहरू \q2 त्यसको जराको चारैतिर बगे; \q1 अनि खेतका सबै रूखहरूकहाँ \q2 तिनीहरूका कुलोहरू पठाए। \q1 \v 5 यसरी त्यो खेतका \q2 सबै रूखहरूभन्दा अग्लो भयो; \q1 त्यसका हाँगाहरू धेरै भए, \q2 र त्यसका हाँगाहरू \q2 प्रशस्त पानी भएको कारण फैलिए। \q1 \v 6 आकाशका सबै पक्षीहरूले \q2 त्यसका हाँगाहरूमा गुँड बनाए; \q1 त्यसका हाँगाहरूमुनि जङ्गलका \q2 सबै पशुहरूले जन्म दिए; \q1 सबै महान् जाति-जातिहरू \q2 त्यसका हाँगाहरूका छायामा बस्थे। \q1 \v 7 त्यसका फैलिएका हाँगाहरूसित \q2 त्यो सुन्दरतामा शोभायमान थियो; \q1 किनकि त्यसका जराहरू \q2 प्रशस्त पानी भएकोतिर तल गएका थिए। \q1 \v 8 परमेश्‍वरको बगैँचामा भएका देवदारुहरूसित \q2 त्यसको तुलना गर्न सकिँदैनथ्यो, \q1 न त सल्‍लाका रूखहरूले \q2 त्यसका हाँगाहरूको तुलना गर्न सकिन्थ्यो, \q1 न त धूपीका रूखहरूले \q2 त्यसका हाँगाहरूसित तुलना गर्न सकिन्थ्यो; \q1 परमेश्‍वरको बगैँचामा भएको कुनै पनि रूखहरू \q2 त्यसको सुन्दरतासित तुलना गर्न सकिँदैनथ्यो। \q1 \v 9 प्रशस्त हाँगाहरूसित \q2 मैले त्यसलाई सुन्दर बनाएँ; \q1 परमेश्‍वरको बगैँचामा भएका \q2 अदनका सबै रूखहरूले त्यसलाई डाह गर्थे। \p \v 10 “ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले, \v 11 त्यसको दुष्‍टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ; \v 12 अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए। \v 13 आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे। \v 14 यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्। \p \v 15 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए। \v 16 जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए। \v 17 तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए। \p \v 18 “ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्। \p “ ‘यो फारो र त्यसका सबै सेना दलहरूको बारेमा हो, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \c 32 \s2 फारोको निम्ति विलाप \p \v 1 बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो, \v 2 “हे मानिसको छोरा, इजिप्टका राजा फारोको बारेमा विलाप गरेर त्यसलाई भन्: \q1 “ ‘तँ जाति-जातिहरूका बीचमा एउटा सिंहझैँ छस्; \q2 तँ समुद्रको विशाल भयावह प्राणीजस्तै छस्; \q1 अनि तँ आफ्ना समुद्रहरूमाथि तेजसँग हलचल गर्छस्; \q2 खोलाहरूलाई आफ्ना खुट्टाहरूले यताउता घोल्छस्, \q2 र नदीहरूलाई धमिलो पार्छस्। \p \v 3 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘मानिसहरूको ठूलो भीडसँग \q2 म आफ्नो जाल तँमाथि फ्याँक्नेछु; \q2 अनि तिनीहरूले तँलाई मेरो जालमा तान्‍नेछन्। \q1 \v 4 म तँलाई जमिनमा पछार्नेछु, \q2 र तँलाई खुल्‍ला मैदानमा हुत्त्याउनेछु। \q1 म आकाशका सबै चराहरूलाई तेरो मृत शरीरमाथि बस्‍न दिनेछु, \q2 र पृथ्वीका सबै जङ्गली जनावरहरूलाई तेरो मासु लुछ्न लगाउनेछु। \q1 \v 5 म तेरो मासु पहाडहरूमाथि फिँजाइदिनेछु, \q2 र तेरा बेँसीहरूलाई तेरा बाँकी सिनोले भरिदिनेछु। \q1 \v 6 म तेरो बगिरहेको रगतले \q2 देशका पहाडहरूसम्म जमिन भिजाइदिनेछु; \q2 अनि खोल्साहरू तेरो मासुले भरिनेछन्। \q1 \v 7 जब म तेरो अन्त्य गर्नेछु, तब म आकाशलाई ढाकिदिनेछु; \q2 अनि त्यसका ताराहरूलाई अँध्यारो बनाइदिनेछु; \q1 म घामलाई बादलले ढाकिदिनेछु; \q2 अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन। \q1 \v 8 आकाशमा सबै चम्कने ज्योतिहरूलाई \q2 म तँमाथि अँध्यारो बनाउनेछु; \q2 म तेरो देशमा अन्धकार ल्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 9 जब म जातिहरूका बीचमा तैँले नजानेका देशहरूमा \q2 तेरो विनाश ल्याउनेछु, \q2 र धेरै जातिहरूका हृदय व्याकुल पार्नेछु। \q1 \v 10 जब म जातिहरूको विरुद्धमा तिनीहरूको सामु आफ्नो तरवार चलाउँछु, \q2 तब तँलाई देख्ने धेरै जातिहरूलाई म भयभीत तुल्याउनेछु; \q2 अनि तेरो कारण तिनीहरूका राजाहरू डरले थरथर काम्नेछन्। \q1 तेरो पतनको दिनमा \q2 तिनीहरू सबै आ-आफ्नो जीवनका निम्ति \q2 हरेक क्षण काम्नेछन्। \p \v 11 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘बेबिलोनको राजाको तरवार \q2 तेरो विरुद्धमा आउनेछ। \q1 \v 12 म तेरो सेना दलहरूलाई \q2 शक्तिशाली मानिसहरूका तरवारद्वारा परास्त गर्नेछु— \q2 जातिहरूमा सबैभन्दा निर्दयीहरूको तरवारद्वारा परास्त गर्नेछु। \q1 तिनीहरूले इजिप्टको घमण्डलाई चकनाचुर पार्नेछन्; \q2 अनि त्यसका सबै सेना दलहरू सर्वनाश हुनेछन्। \q1 \v 13 म त्यसका सबै गाईबस्तुहरूलाई \q2 प्रशस्त पानी भएका ठाउँका छेउबाट सर्वनाश गर्नेछु, \q1 अब उसो त्यस पानीलाई मानिसको खुट्टाले हल्‍लाउनेछैन, \q2 अथवा गाईबस्तुका खुरले खल्बलाएर धमिलो बनाउनेछैन। \q1 \v 14 तब म त्यसका पानीहरूलाई सङ्लो पार्नेछु, \q2 र त्यसका खोलाहरूलाई तेलजस्तै बग्ने बनाउनेछु, \q2 प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 15 जब म इजिप्टलाई उजाड पारेर \q2 त्यस देशलाई सबै कुराहरूबाट रित्तो बनाउँछु, \q1 जब म त्यहाँ बस्‍नेहरू सबैलाई प्रहार गर्छु, \q2 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ \p \v 16 “यो विलापको गीत तिनीहरूले त्यसका निम्ति गाउनेछन्। जातिहरूका स्त्रीहरूले यसलाई गाउनेछन्; किनकि इजिप्ट र त्यसका सबै सेना दलहरूका निम्ति तिनीहरूले त्यो गाउनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \s2 इजिप्टको वंश मृत-लोकमा \p \v 17 बाह्रौँ वर्षको पहिलो महिनाको पन्ध्रौँ दिनमा, याहवेहको वचन मकहाँ आयो: \v 18 “हे मानिसको छोरा, इजिप्टका सेना दलहरूका निम्ति विलाप गरेर त्यसलाई र शक्तिशाली राष्ट्रहरूका छोरीहरूलाई चिहानमा जानेहरूसँगै पृथ्वीको तलतिर पठाइदे। \v 19 तिनीहरूलाई भन्, ‘के तिमीहरूले अरूभन्दा बढी निगाह पाएका छौ र? तल जाओ र खतना नभएकाहरूका बीचमा सुतिरहो।’ \v 20 तिनीहरू तरवारले मारिएकाहरूका बीचमा ढल्नेछन्। तरवार निकालिएको छ; त्यो आफ्ना सबै सेना दलहरूसँगै घिसारिओस्। \v 21 मृत-लोकका शक्तिशाली अगुवाहरूले इजिप्ट र त्यसका मित्रहरूको बारेमा भन्‍नेछन्, ‘तिनीहरू तल आएका छन् र तिनीहरू तरवारले मारिएकाहरू र खतना नभएकाहरूसित सुतिरहेका छन्।’ \p \v 22 “अश्शूर त्यसका आफ्ना सबै सेनासँग त्यहीँ छ; ती सबै मारिएकाहरूका चिहानहरूले घेरिएका छन्; सबै तरवारद्वारा ढालिएका छन्। \v 23 तिनीहरूका चिहान पृथ्वीको गहिराइमा छ, र त्यसको सेना चिहानको चारैतिर लडिरहेका छन्। जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै मारिएका छन्, र तरवारले ढालिएका छन्। \p \v 24 “त्यहाँ एलाम छ, र त्यसको चिहानको वरिपरि त्यसका सबै सेना दलहरूले घेरेका छन्। ती सबै मारिएकाहरू तरवारद्वारा ढालिएका हुन्, जो जीवितहरूको देशमा आतङ्क फैलाउनेहरू सबै खतना नगरी तल पृथ्वीमा गएका छन्, जो जीवितहरूका देशमा आतङ्क फैलाउनेहरू थिए; तिनीहरू मृत-लोकमा जानेहरूसँगै शर्ममा परेका छन्। \v 25 त्यसका निम्ति मारिएकाहरूसित एउटा ओछ्यान बनाइदिएका छन्; त्यसका सेनाहरूका चिहान त्यसकै वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू र तरवारद्वारा मारिएकाहरू हुन्। जीवितहरूको देशमा तिनीहरूका आतङ्क फैलिएको कारण तिनीहरूले मृत-लोकमा जानेहरूसँग तिनीहरूका शर्म भोग्छन्; तिनीहरू मारिएकाहरूसँग गाडिएका छन्। \p \v 26 “मेशेक र तूबल त्यहाँ छन्, र तिनीहरूका सबै सेना दलहरू तिनीहरूका चिहानको वरिपरि छन्। तिनीहरू सबै खतना नभएकाहरू हुन्, र तरवारद्वारा मारिएकाहरू हुन्; किनकि तिनीहरूले जीवितहरूको देशमा आफ्नो आतङ्क फैलाएका थिए। \v 27 तर तिनीहरू अरू खतना नभएका सेनाहरूसित सुतिरहनेछैनन्, जो आफ्ना लडाइँका हतियारहरूसितै मृत-लोकमा गए। तिनीहरूका तरवारहरू तिनीहरूका शिरमुनि राखिएका छन्, र तिनीहरूका ढाल तिनीहरूका हड्डीहरूसँग रहिरहेको छ। यद्यपि यी योद्धाहरूले पनि जीवितहरूका देशलाई आतङ्कित तुल्याएका थिए। \p \v 28 “हे फारो, तँ पनि नष्‍ट हुनेछस् र तरवारद्वारा मारिएकाहरू र खतना नभएकाहरूका बीचमा रहिरहनेछस्। \p \v 29 “एदोम, त्यसका राजाहरू र सबै राजकुमारहरू त्यहाँ छन्; तिनीहरू शक्तिशाली भए तापनि तिनीहरू तरवारद्वारा मारिएकाहरूसितै राखिएका छन्। तिनीहरू मृत-लोकमा जाने खतना नभएकाहरूसितै रहिरहेका छन्। \p \v 30 “उत्तर दिशाका सबै राजकुमारहरू र सबै सीदोनीहरू त्यहाँ छन्; तिनीहरूका सेनाका शक्तिद्वारा आतङ्क फैलाएका भए तापनि तिनीहरू मारिगएकाहरूसँग भएको कारण अपमानित भएका छन्। तिनीहरू तरवारले मारिएका र खतना नभएकाहरूसँग रहिरहेका छन्; अनि मृत-लोकमा जानेहरूसित शर्ममा परेका छन्। \p \v 31 “फारो, त्यो र त्यसका सेनाले तिनीहरूलाई देख्नेछन्, र त्यसका सबै सेना दलहरूले तरवारद्वारा मारिएकाहरूका निम्ति त्यसलाई सान्त्वना दिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 32 यद्यपि मैले त्यसलाई जीवितहरूका देशमा आतङ्क फैलाउन दिएको थिएँ, तापनि फारो र त्यसका सबै सेना दलहरू तरवारद्वारा मारिएकाहरू र ती खतना नभएकाहरूका बीचमा रहिरहनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \c 33 \s1 इजकिएललाई पहरेदारको रूपमा बोलावट \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, आफ्ना मानिसहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब म कुनै देशको विरुद्धमा तरवार ल्याउँछु, र त्यस देशका मानिसहरूले तिनीहरूमध्ये एक जनालाई छानेर आफ्ना पहरेदार बनाउँछन्; \v 3 अनि पहरेदारले देशको विरुद्धमा तरवार आइरहेको देखेर मानिसहरूलाई चेतावनी दिन तुरही फुक्छ, \v 4 तब कसैले तुरहीको आवाज सुनेर पनि चेतावनीमा ध्यान दिँदैन, र तरवार आएर त्यसको ज्यान लिन्छ भने त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। \v 5 त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो। \v 6 तर यदि पहरेदारले तरवार आएको देखेर तुरही फुक्दैन, र मानिसहरूले चेतावनी पाउँदैनन्; अनि त्यो तरवार आएर तिनीहरूमध्ये एक जनाको प्राण लियो भने त्यो मानिसचाहिँ आफ्नो अधर्मको कारण लगिनेछ; तर म त्यसको रगतको दोषको जिम्मेवार त्यस पहरेदारलाई ठहराउनेछु।’ \p \v 7 “हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे। \v 8 जब म दुष्‍ट मानिसलाई, ‘हे दुष्‍ट मानिस, तँ निश्‍चय मर्नेछस्,’ भन्छु र तैँले त्यसलाई आफ्ना मार्गहरूबाट फर्काउनलाई भनिनस् भने त्यो दुष्‍ट मानिस आफ्नो पापको कारण मर्नेछ, र म तँलाई त्यसको रगतको दोषको जिम्मेवार ठहराउनेछु। \v 9 तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई आफ्ना कुमार्गबाट फर्काउनलाई चेतावनी त दिइस् र त्यसले त्यसो गरेन भने त्योचाहिँ आफ्नै पापको निम्ति मर्नेछ, तर तैँले आफूलाई बचाउनेछस्। \p \v 10 “हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई भन्, ‘तिमीहरू यसो भन्छौ: “हाम्रा अपराधहरू र पापहरूले हामीलाई थिचेका छन्; अनि तिनको कारण हामी आफ्नो सामर्थ्यमा हराउँदै जान्छौँ भने हामी कसरी बाँच्छौँ?” ’ \v 11 तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म दुष्‍टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्‍ने चाहन्छु। फर्क! आफ्ना दुष्‍ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’ \p \v 12 “यसकारण हे मानिसको छोरा, आफ्ना मानिसहरूलाई भन्, ‘यदि कुनै धर्मी मानिसले आज्ञा उल्‍लङ्घन गर्‍यो भने त्यसको अगाडिको धार्मिकताले त्यसलाई बचाउन सक्नेछैन। यदि कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्कन्छ भने त्यसको अगाडिको दुष्‍टताले त्यसको पतन हुनेछैन। यदि धर्मी मानिसले पाप गर्छ भने त्यसको पहिलेको धार्मिकताको कारण त्यो बाँच्न सक्नेछैन।’ \v 13 यदि मैले कुनै धर्मी मानिसलाई, ‘तँ निश्‍चय बाँच्नेछस्’ भनी भन्छु भने, तर त्यसपछि पनि त्यसले आफ्नो धार्मिकतामाथि भरोसा गरेर दुष्‍ट काम गर्छ भने त्यसले गरेका कुनै पनि धार्मिक कामको सम्झना हुनेछैन; तर त्यसले गरेको दुष्‍ट कामको कारण त्यो मर्नेछ। \v 14 अनि यदि मैले कुनै एक दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय मर्नेछस्’ भनी भन्छु भने, तर त्यो आफ्नो पापबाट फर्क्यो, र जे न्यायसङ्गत र ठिक छ, त्यही गर्‍यो भने, \v 15 अर्थात् यदि त्यसले ऋणको निम्ति लिएको धितो फर्काइदियो भने, र आफूले चोरेको कुरो फर्कादियो भने जीवन दिने आदेशहरू पालन गर्‍यो, र कुनै पनि दुष्‍ट काम गरेन भने—त्यो मानिस जीवित रहनेछ; त्यो मानिस मर्नेछैनँ। \v 16 त्यसले गरेको कुनै पनि पाप त्यसको विरुद्धमा सम्झना हुनेछैन। त्यसले जे न्यायसङ्गत र ठिक छ, त्यही गरेको छ; त्यो निश्‍चय नै जीवित रहनेछ। \p \v 17 “तापनि तेरा मानिसहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर तिनीहरूको आफ्नै मार्गचाहिँ न्यायसङ्गत छैन। \v 18 यदि कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट हट्छ र दुष्‍ट काम गर्छ भने त्यो त्यस दुष्‍ट कामको निम्ति मर्नेछ। \v 19 अनि यदि कुनै दुष्‍ट मानिसले आफ्नो दुष्‍टताबाट फर्केर जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसो गरेको कारण त्यो मानिस जीवित रहनेछ। \v 20 तापनि हे इस्राएलका मानिसहरू हो, तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर म तिमीहरू हरेकलाई तिमीहरूका आफ्नै चालअनुसार न्याय गर्नेछु।” \s1 यरूशलेमको पतनको व्याख्या \p \v 21 हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा, यरूशलेमबाट बाँचेर भागेको एक जना मानिस मकहाँ आयो र त्यसले भन्यो, “सहरको पतन भएको छ!” \v 22 अब त्यो मानिस आउनुभन्दा अगिको साँझमा याहवेहको हात ममाथि थियो; अनि त्यो मानिस बिहान मकहाँ आइपुग्न अगि उहाँले मेरो मुख खोलिदिनुभयो। यसरी मेरो मुख खोलियो, र म फेरि चुप रहिनँ। \p \v 23 तब याहवेहको यो वचन मकहाँ आयो: \v 24 “हे मानिसको छोरा, इस्राएलका ती भग्नावशेषहरूमा बस्‍ने मानिसहरूले यसो भन्छन्, ‘अब्राहाम एक जना मात्र थिए, तापनि तिनले यो देश अधिकार गरे। तर हामी धेरै छौँ; निश्‍चय नै यो देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको छ।’ \v 25 यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब तिमीहरू रगतसहितको मासु खान्छौ; तिमीहरू आफ्ना मूर्तिहरूतिर हेर्छौ र रगत बगाउँछौ भने, के तिमीहरूले त्यो देश अधिकार गर्छौ र? \v 26 तिमीहरू आफ्नो तरवारमाथि भरोसा राख्छौ, र तिमीहरू घिनलाग्दा कामहरू गर्छौ; अनि तिमीहरू हरेकले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दछौ; तिमीहरूले कसरी यो देश अधिकार गर्छौ र?’ \p \v 27 “तिनीहरूलाई यो भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, भग्नावशेषमा छोडिएकाहरू तरवारले ढल्नेछन्। खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूलाई खान दिनेछु; अनि सुरक्षित किल्‍लाहरूमा र गुफाहरूमा बस्‍नेहरू रूढीले मर्नेछन्। \v 28 म देशलाई उजाड पारिदिनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ; अनि इस्राएलका पर्वतहरू उजाड हुनेछन्, र कोही पनि यस क्षेत्रबाट यात्रा गर्नेछैन। \v 29 जब तिनीहरूले गरेका सबै घिनलाग्दा कामहरूको कारण म देशलाई उजाड पारिदिन्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ \p \v 30 “तेरो बारेमा हे मानिसको छोरा, तेरा मानिसहरूले पर्खालमा र घरका ढोकाहरूमा एक-अर्कासँग मिलेर तेरो बारेमा यसरी कुरा गरिरहेका छन्, ‘आओ, याहवेहबाट आएको सन्देश सुनौँ।’ \v 31 मेरा मानिसहरू सदाझैँ तँकहाँ आउनेछन्, र तेरा वचनहरू सुन्‍न तेरो सामु बस्‍नेछन्, तर तिनीहरूले ती व्यवहारमा उतार्दैनन्। तिनीहरूका मुखले प्रेमको कुरा त गर्छन्, तर तिनीहरूका हृदय अन्यायपूर्ण फाइदाका लागि लोभ गर्छन्। \v 32 निश्‍चय नै तैँले तिनीहरूका निम्ति मिठो सोरले प्रेमको गीत गाउँछस् र राम्रो गरी बाजा बजाउँछस्; किनकि तिनीहरूले तेरा कुरा सुन्छन्, तर त्यसअनुसार व्यवहार गर्दैनन्। \p \v 33 “जब यी सबै कुरा पूरा हुनेछन्—अनि निश्‍चय पूरा हुनेछन्—तब तिनीहरूका बीचमा एक जना अगमवक्ता आएको थियो भनी तिनीहरूले जान्‍नेछन्।” \c 34 \s1 याहवेह इस्राएलका गोठाला \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र? \v 3 तिमीहरू दही खान्छौ, ऊनीको वस्त्र लगाउँछौ र मोटा-मोटा पशुहरू मार्छौ, तर आफ्ना बगालको हेरचाह गर्दैनौ। \v 4 तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ। \v 5 यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने। \v 6 मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्। \p \v 7 “ ‘यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन: \v 8 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे। \v 9 यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन: \v 10 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्। \p \v 11 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले मेरा भेडाहरूको खोजी गर्नेछु र तिनीहरूलाई हेरचाह गर्नेछु। \v 12 जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु। \v 13 म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु। \v 14 म तिनीहरूलाई असल खर्कहरूमा चराउनेछु; अनि इस्राएलका अग्ला पर्वतहरू तिनीहरूका निम्ति खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा ढल्कनेछन्, र तिनीहरूले इस्राएलका पर्वतहरूमा असल हरियो खर्कमा चर्नेछन्। \v 15 म आफैँ मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई विश्राम गर्न दिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 16 म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्‍ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु। \p \v 17 “ ‘हे मेरा बगाल हो, तिमीहरूका बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म भेडा-भेडाको बीचमा, र साँढभेडा र बाख्राको बीचमा न्याय गर्नेछु। \v 18 के असल खर्कमा चरेर तिमीहरूलाई पुगेन? के तिमीहरूले अरू बाँकी रहेका घाँसहरूलाई पनि आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्ने? के स्वच्छ पानी पिएर तिमीहरूलाई पर्याप्‍त भएन? के तिमीहरूले बाँकी रहेको पानीलाई समेत धमिलो पार्ने? \v 19 के मेरा बगालले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको घाँस खानुपर्ने र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्ने? \p \v 20 “ ‘यसकारण प्रभु याहवेह तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, म आफैँले मोटो भेडा र दुब्लो भेडाहरूको बीचमा न्याय गर्नेछु। \v 21 किनकि तिमीहरूले दुब्ला भेडाहरूलाई आफ्ना काँधले घचेट्यौ र तिनीहरू नभागेसम्म आफ्ना सिङले हान्यौ, \v 22 म मेरो बगाललाई बचाउनेछु, र अब उसो तिनीहरू लुटिनेछैनन्। म भेडा-भेडाको बीचमा न्याय गर्नेछु। \v 23 म तिनीहरूमाथि एउटा असल गोठालो, मेरो सेवक दावीदलाई नियुक्त गर्नेछु; अनि त्यसले तिनीहरूलाई हेरचाह गर्नेछ, र त्योचाहिँ तिनीहरूको गोठाला हुनेछ। \v 24 म याहवेह त्यसको परमेश्‍वर हुनेछु, अनि मेरो सेवक दावीद तिनीहरूका बीचमा राजा हुनेछ; म याहवेहले भनेको हुँ। \p \v 25 “ ‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली पशुहरूबाट मुक्त गरिदिनेछु, ताकि तिनीहरू मरुभूमिमा बसोबास गरून् र जङ्गलहरूमा सुरक्षितसाथ सुतून्। \v 26 म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्‌को झरी हुनेछ। \v 27 खेतका रूखहरूले आफ्ना फल दिनेछन्, र जमिनले आफ्नो अन्‍न उत्पन्‍न गर्नेछ; मानिसहरू आफ्नो देशमा सुरक्षित हुनेछन्। जब म तिनीहरूका जुवाका बारहरू भाँचिदिनेछु, र तिनीहरूलाई दासत्वमा लैजानेहरूका हातबाट छुटकारा दिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \v 28 तिनीहरू फेरि जातिहरूद्वारा लुटिनेछैनन्, न त जङ्गली पशुहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू सुरक्षित बस्‍नेछन् र कसैले पनि तिनीहरूलाई डर देखाउनेछैन। \v 29 म तिनीहरूलाई अन्‍न फलाउनको निम्ति एउटा देश प्रदान गर्नेछु, र तिनीहरू फेरि पनि देशमा अनिकालको शिकार हुनुपर्नेछैन, न त जातिहरूको गिल्‍ला सहनुपर्नेछ। \v 30 तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 31 तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्‍वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \c 35 \s1 एदोमको विरुद्धमा अगमवाणी \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, आफ्नो अनुहार सेइर पर्वततिर फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्, \v 3 र त्यसलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सेइर पर्वत, म तेरो विरुद्धमा आफ्नो हात पसार्नेछु, र तँलाई उजाड पारिदिनेछु। \v 4 म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड हुनेछस्। तब म नै याहवेह हुँ भनी तैँले जान्‍नेछस्। \p \v 5 “ ‘किनकि तैँले पुरानो शत्रुतालाई कायम राखिस्, र इस्राएलीहरूको विपत्तिको समयमा, अर्थात् तिनीहरूको दण्डको चरम विन्दुमा पुगेको समयमा, तिनीहरूलाई तरवारद्वारा मारिनलाई सुम्पिदिइस्; \v 6 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्दछु, म तँलाई रक्तपातको निम्ति दिनेछु, र त्यसले तँलाई खेद्नेछ। तैँले रक्तपातलाई घृणा नगरेको कारण रक्तपातले तँलाई खेद्नेछ। \v 7 म सेइर पर्वतलाई उजाड मरुभूमि पारिदिनेछु; अनि त्यसबाट भएर आउने र जाने सबैलाई नाश गर्नेछु। \v 8 म तेरा पर्वतहरूलाई मारिएकाहरूले भरिदिनेछु; तरवारले मारिएकाहरू तेरा डाँडाहरू, तेरा बेँसीहरू र तेरा सबै खोल्साहरूमा ढल्नेछन्। \v 9 म तँलाई सदाको निम्ति उजाड पारिदिनेछु; तेरा सहरहरूमा कोही पनि बसोबास गर्नेछैनन्। तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्। \p \v 10 “ ‘म याहवेह त्यहाँ हुँदा-हुँदै पनि तैँले भनेको छस्, “यी दुई जातिहरू र देशहरू हाम्रा हुनेछन्; अनि हामी यी देशहरू अधिकार गर्नेछौँ,” \v 11 यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले तिनीहरूप्रति आफ्नो घृणामा देखाएको रिस र डाहबमोजिम म तँसित व्यवहार गर्नेछु; अनि तेरो न्याय गर्दा म आफूलाई तिनीहरूको बीचमा चिनाउनेछु। \v 12 तब तैँले जान्‍नेछस्, कि म याहवेहले इस्राएलका पर्वतहरूको विरुद्धमा तैँले भनेका सबै घृणित कुराहरू सुनेको छु। तैँले भनिस्, “तिनीहरू उजाड पारिएका छन्, र हाम्रा भोजन हुनका निम्ति तिनीहरू सुम्पिएका छन्।” \v 13 तैँले मेरो विरुद्धमा घमण्ड गरेको छस्, र मेरो विरुद्धमा जथाभाबी बोलेको छस्, र मैले त्यो सुनेको छु। \v 14 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब सारा पृथ्वी रमाउँछ, तब म तँलाई उजाड बनाउनेछु। \v 15 किनकि इस्राएलको उत्तराधिकार उजाड हुँदा तँ रमाइस्, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु। हे सेइर पर्वत, तँ र सम्पूर्ण एदोम उजाड हुनेछस्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \c 36 \s1 इस्राएलका पर्वतहरूका निम्ति आशाको अगमवाणी \p \v 1 “हे मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गरेर भन्, ‘हे इस्राएलका पर्वतहरू हो, याहवेहको यो वचन सुन्। \v 2 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शत्रुहरूले तँलाई भनेका छन्, “अहो! प्राचीन समयका अग्ला ठाउँहरू हाम्रा भएका छन्।” ’ \v 3 यसकारण अगमवाणी गरेर भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: किनकि तिनीहरूले तिमीहरूलाई चारैतिरबाट नष्‍ट गरेर लखेटे; यसरी तिमीहरू बाँकी रहेका जातिहरूका अधिकारमा पर्‍यौ र मानिसहरूका डाह र गिल्‍लाको पात्र भयौ। \v 4 यसकारण हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको यो वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ, तिमीहरूका चारैतिरका बाँकी रहेका देशहरूद्वारा डाह र गिल्‍ला गरिएका, लुटिएका, त्यागिएका सहरहरूलाई, पर्वतहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई र उजाड भग्नावशेषहरूलाई; \v 5 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो बल्दो जोशमा बाँकी रहेका जातिहरूको विरुद्धमा र एदोमको विरुद्धमा मैले बोलेको छु; किनकि तिनीहरूका आफ्ना हृदयमा उल्‍लास र डाह लिएर तिनीहरूले मेरो देशलाई आफ्नो बनाए, ताकि तिनीहरूले त्यसका खर्कहरू लुट्न सकून्।’ \v 6 यसकारण इस्राएल देशको बारेमा अगमवाणी गरेर पर्वतहरू, डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म आफ्नो डाही क्रोधमा बोल्छु; किनकि तिमीहरूले जातिहरूको गिल्‍ला सहेका छौ। \v 7 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म हात उठाएर शपथ खान्छु, निश्‍चय तिमीहरूका चारैतिरका जातिहरूले पनि गिल्‍ला सहनेछन्। \p \v 8 “ ‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्। \v 9 तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ; \v 10 अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। \v 11 म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \v 12 म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ। \p \v 13 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: किनकि केही मानिसहरूले तिमीहरूलाई भन्छन्, “तिमीहरूले मानिसहरूलाई निल्छौ र आफ्ना जातिका मानिसहरूलाई तिनीहरूका सन्तानदेखि वञ्चित राख्छौ।” \v 14 यसकारण तिमीहरूले फेरि कहिल्यै पनि मानिसहरूलाई खानेछैनौ, र आफ्नो जातिलाई निःसन्तान बनाउनेछैनौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 15 म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्‍ला सुन्‍न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ” \s1 इस्राएलको पुनर्स्थापना सुनिश्‍चित \p \v 16 याहवेहको वचन फेरि मकहाँ आयो: \v 17 “हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्‍टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो। \v 18 यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे। \v 19 मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ। \v 20 अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्‍यो।’ \v 21 मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे। \p \v 22 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ। \v 23 म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 24 “ ‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। \v 25 तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु। \v 26 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु। \v 27 अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु। \v 28 तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु। \v 29 म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्‍नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ। \v 30 म रूखहरूका फलहरू र खेतका अन्‍नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्। \v 31 तब तिमीहरूले आफ्ना दुष्‍ट चालहरू र दुष्‍ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ। \v 32 मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक भन्‍ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ! \p \v 33 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्। \v 34 बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्‍न उमार्नलाई खनजोत गरिनेछ। \v 35 तिनीहरूले भन्‍नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।” \v 36 तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’ \p \v 37 “प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्‍नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु; \v 38 तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” \c 37 \s1 सुकेका हड्डीहरूको बेँसी \p \v 1 याहवेहको हात ममाथि थियो; अनि उहाँले मलाई याहवेहको आत्माद्वारा बाहिर ल्याउनुभयो। मलाई एउटा बेँसीको बीचमा राख्नुभयो, जुन बेँसी हड्डी नै हड्डीले भरिएको थियो। \v 2 उहाँले मलाई ती हड्डीहरूको बीचबाट अगि र पछि डोर्‍याउनुभयो; अनि मैले बेँसीको जमिनमा धेरै हड्डीहरू देखेँ; ती हड्डीहरू असाध्यै सुकेका थिए। \v 3 उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” \p मैले भनेँ, “हे प्रभु याहवेह, त्यो त हजुरले मात्र जान्‍नुहुन्छ।” \p \v 4 तब उहाँले मलाई भन्‍नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! \v 5 यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूभित्र सास\f + \fr 37:5 \fr*\ft मूल भाषामा यसको अर्थ \ft*\fqa हावा \fqa*\ft अथवा \ft*\fqa आत्मा \fqa*\ft हुन्छ।\ft*\f* फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ। \v 6 म तिमीहरूमा नसाहरू लगाइदिनेछु; अनि तिमीहरूमा मासु भरिदिनेछु, र तिमीहरूलाई छालाले ढाकिदिनेछु; म तिमीहरूभित्र सास हालिदिनेछु, तब तिमीहरू जीवित हुनेछौ। अनि ती जीवित भएका मानिसहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ ” \p \v 7 उहाँले आज्ञा दिनुभएझैँ मैले अगमवाणी गरेँ। जब मैले अगमवाणी गरिरहेको थिएँ, तब कर्‍याक-कुरुक गरिएको एउटा आवाज सुनेँ। अनि ती हड्डीहरू एक-अर्कोसित नजिक-नजिक आए; अनि ती एक-अर्कासित जोडिन लागे। \v 8 मैले हेर्दाहेर्दै ती हड्डीहरूमा नसाहरू र मासु देखा परे; अनि तीमाथि छालाले ढाकिए, तर ती शरीरहरूमा सासचाहिँ थिएन। \p \v 9 तब उहाँले मलाई भन्‍नुभयो, “सासलाई अगमवाणी गर्; हे मानिसको छोरा, अगमवाणी गरेर सासलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सास, चारै दिशाबाट आइज, र यी मारिएका मानिसहरूमा सास फुकिदे, ताकि यिनीहरू जीवित होऊन्।’ ” \v 10 यसकारण उहाँले मलाई आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरेँ; अनि ती शरीरहरूभित्र सास पस्यो; तिनीहरू जीवित भए, र तिनीहरू आफ्ना खुट्टाहरूमा उभिए—एउटा विशाल सेनाको दल भए। \p \v 11 तब उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यी हड्डीहरू इस्राएलका मानिसहरू हुन्। तिनीहरू भन्छन्, ‘हेर, हाम्रा हड्डीहरू सुकिसकेका छन्, र हाम्रा सबै आशाहरू हराइसकेका छन्; हामी अलग भएका छौँ।’ \v 12 यसकारण अगमवाणी गरेर तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे मेरा मानिसहरू हो, मैले तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु। म तिमीहरूलाई इस्राएल देशमै फेरि ल्याउनेछु। \v 13 जब म तिमीहरूका चिहानहरू खोल्नेछु, र तिमीहरूलाई ती चिहानहरूबाट बाहिर निकाल्नेछु, तब हे मेरा मानिसहरू हो, तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ। \v 14 म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ; अनि म तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा बसोबास गराउनेछु, तब तिमीहरूले म याहवेहले नै भनेको हुँ भनी जान्‍नेछौ; अनि मैले नै यो गरेको हुँ, याहवेह घोषणा गर्नुहुन्छ।’ ” \s1 एउटा जाति एउटा राजाको अधीनमा \p \v 15 याहवेहको यो वचन मकहाँ आयो: \v 16 “हे मानिसको छोरा, काठको एउटा लट्ठी लिएर त्यसमा लेख्, ‘यहूदा र त्यससित मिलेका अरू इस्राएलीहरू।’ त्यसपछि अर्को काठको लट्ठी लिएर त्यसमा लेख्, ‘योसेफ (एफ्राइमको लट्ठी) र त्यससित मिलेका इस्राएलका अरू सबै मानिसहरू।’ \v 17 ती दुवै लठ्ठीहरूलाई एउटै लट्ठी हुनलाई जोडिदे, ताकि तेरो हातमा तिनीहरू एउटै होऊन्। \p \v 18 “अनि जब तेरो देशका मानिसहरूले तँलाई सोध्छन्, ‘के तिमीले हामीलाई भन्दैनौ, यसको अर्थ के हो?’ \v 19 तब तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म योसेफको लट्ठी—एफ्राइमको हातमा भएको लट्ठी—अनि त्यससित मिलेका इस्राएलका कुलहरूको लट्ठी लिनेछु, र त्यस लठ्ठीलाई यहूदाको लठ्ठीसित जोडिदिनेछु। म तिनीहरूलाई काठको एउटै लट्ठी बनाइदिनेछु, र तिनीहरू मेरो हातमा एउटै हुनेछन्।’ \v 20 तैँले लेखेका लठ्ठीहरू तिनीहरूका आँखाको सामु समातिराख्; \v 21 अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म इस्राएलीहरूलाई तिनीहरू निर्वासनमा गएका जातिहरूबाट फर्काएर ल्याउनेछु। म तिनीहरूलाई चारैतिरबाट भेला गर्नेछु, र तिनीहरूका आफ्नै देशमा तिनीहरूलाई फर्काएर ल्याउनेछु। \v 22 म तिनीहरूलाई इस्राएल देशका पर्वतहरूमा एउटै राष्ट्र बनाउनेछु। तिनीहरू सबैमाथि एउटै राजा हुनेछ; अनि तिनीहरू फेरि कहिल्यै दुई राज्यहरू हुनेछैनन्, अथवा दुई राज्यहरूमा विभाजित हुनेछैनन्। \v 23 अब उसो तिनीहरूले फेरि कहिल्यै आफ्ना मूर्तिहरू वा घृणित आकृतिहरूले अथवा तिनीहरूका कुनै पनि अपराधहरूले फेरि कहिल्यै पनि आफूलाई अशुद्ध पार्नेछैनन्; किनकि म तिनीहरूका पापपूर्ण कार्यदेखि तिनीहरूलाई बचाउनेछु, र म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु। \p \v 24 “ ‘मेरो सेवक दावीद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरू सबैका एउटै गोठाला हुनेछ। तिनीहरूले मेरा आज्ञाहरू पालन गर्नेछन् र मेरा उर्दीहरू होसियारीसाथ मान्‍नेछन्। \v 25 मैले मेरो सेवक याकोबलाई दिएको देशमा तिनीहरू बस्‍नेछन्, जुन देशमा तिमीहरूका पितापुर्खाहरू बस्थे। तिनीहरू, तिनीहरूका छोराछोरीहरू र तिनीहरूका नाति-पनातिका सन्तानहरू सदाको निम्ति त्यहाँ बस्‍नेछन्; अनि मेरो सेवक दावीद सदाका निम्ति तिनीहरूको राजकुमार हुनेछ। \v 26 म तिनीहरूसँग शान्तिको करार बाँध्नेछु; त्यो अनन्तको करार हुनेछ। म तिनीहरूलाई स्थापित गर्नेछु, र तिनीहरूका संख्या बढाइदिनेछु; अनि म मेरो पवित्रस्थान तिनीहरूको बीचमा सदाको निम्ति राख्नेछु। \v 27 मेरो वासस्थान तिनीहरूसँग हुनेछ; म तिनीहरूका परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्। \v 28 जब मेरो पवित्रस्थान सदाका निम्ति तिनीहरूको बीचमा स्थापना हुनेछ, तब जाति-जातिहरूले म याहवेहले नै इस्राएललाई पवित्र बनाउँछु भनी जान्‍नेछन्।’ ” \c 38 \s1 याहवेहको राष्ट्रहरूमाथिको विजय \p \v 1 याहवेहको यो वचन मकहाँ आयो: \v 2 “हे मानिसको छोरा, मागोग देशको गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमारतिर तेरो अनुहार फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्, \v 3 र भन्: ‘प्रभु याहवेह भन्‍नुहुन्छ: हे गोग, रोश, मेशेक र तूबलको प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु। \v 4 म तँलाई पछिल्तिर फर्काएर तेरो बङ्गारामा अङ्कुसे लगाउनेछु, र तेरा सम्पूर्ण सेनाहरूसँग तँलाई बाहिर निकालेर ल्याउनेछु—तेरा घोडाहरू, सारा हातहतियारहरूले सुसज्जित तेरा घोडचढी सेनाहरू र ठूला-साना ढालहरू भिरेका तरवार चलाउन सक्ने ठूलो सेनाहरूसँग बाहिर ल्याउनेछु। \v 5 परसीया, कूश\f + \fr 38:5 \fr*\ft नील नदीको माथिल्‍लो क्षेत्र\ft*\f* र पूत तिनीहरूसँग हुनेछन्; तिनीहरू सबैसँग आफ्ना ढालहरू र टोपहरू हुनेछन्; \v 6 साथै गोमेर त्यसका सबै सेना दलहरूसँग र सुदूर उत्तरको बेथ-तोगर्मा त्यसका सबै सेना दलहरूसँग—अनि तँसँग भएका धेरै जातिहरू पनि हुनेछन्। \p \v 7 “ ‘तयार हो; तँ र तेरो चारैतिर भेला भएका सबै सेना दलहरू, तयार हो, र तँ तिनीहरूलाई अगुवाइ गर्। \v 8 धेरै दिनपछि तिमीहरूलाई हतियार भिर्नलाई बोलाइनेछ। आउँदा वर्षहरूमा तिमीहरूले युद्धबाट ध्वस्त भएर पुनर्निर्मित भएको एउटा देशमाथि आक्रमण गर्नेछौ, जसका मानिसहरू धेरै जाति-जातिहरूबाट इस्राएलका पर्वतहरूमा भेला गरिएका थिए, जुन धेरै लामो समयसम्म उजाड रहेको थियो। तिनीहरू जाति-जातिहरूबाट बाहिर ल्याइएका थिए; अनि अहिले तिनीहरू सबै सुरक्षित बसोबास गर्दछन्। \v 9 तँ र तेरा सबै सेनाका दलहरू, र तँसँग भएका धेरै जातिहरू आँधीझैँ अगि बढ्नेछन्; तँचाहिँ देशलाई ढाक्ने बादलजस्तै हुनेछस्। \p \v 10 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन तेरो मनमा विचार उत्पन्‍न हुनेछ, र तैँले एउटा दुष्‍ट युक्ति रच्नेछस्। \v 11 तैँले भन्‍नेछस्, “म एउटा पर्खाल नभएको बस्तीहरू भएको देशमाथि आक्रमण गर्नेछु; म एउटा शान्त र सुरक्षितसाथ बस्‍ने मानिसहरूमाथि आक्रमण गर्नेछु—तिनीहरू सबै पर्खालहरूविना, मूलढोकाहरू र बारहरूविना बसिरहेका छन्। \v 12 म लुटपाट गरेर सखाप पार्नेछु; अनि भर्खर पुनर्बास भएको भग्नावशेष सहर, जाति-जातिहरूबाट भेला भएका पशुहरू र मालसामानहरूले धनी भएको देशमा बस्‍ने मानिसहरूको विरुद्धमा मेरो हात फर्काउनेछु।” \v 13 शेबा र ददान, तर्शीशका व्यापारीहरू र त्यसका सबै गाउँहरूले तँलाई भन्‍नेछन्, “के तँ लुट्न आएको होस्? सुनचाँदी लैजान, गाईबस्तु र मालसामानहरू लैजान; अनि धेरै लुटका सामान जम्मा गर्नका निम्ति के तैँले तेरा सेना दलहरूलाई भेला गरेको होस्?” ’ \p \v 14 “यसकारण हे मानिसको छोरा, अगमवाणी गरेर गोगलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यस दिन जब मेरा इस्राएलका मानिसहरू सुरक्षितसाथ बसिरहेका हुन्छन्, के तँ त्यसमा ध्यान दिनेछैनस्? \v 15 तँ र तँसित भएका धेरै जातिहरूसँग सबै जना घोडाहरूमा चढेर ठूलो दल शक्तिशाली सेनासँग तेरा आफ्ना ठाउँ सुदूर उत्तरबाट आउनेछस्। \v 16 तँ मेरो प्रजा इस्राएलको विरुद्धमा देश नै ढाक्ने बादलझैँ अगि बढ्नेछस्। आउँदा दिनहरूमा हे गोग, म तँलाई मेरो देशको विरुद्धमा ल्याउनेछु, ताकि जब म तिनीहरूका आँखाको सामु पवित्र प्रमाणित हुनेछु, तब जाति-जातिहरूले मलाई चिनून्। \p \v 17 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: तँ त्यही व्यक्ति होस्, जसको बारेमा मैले अगिका दिनहरूमा मेरा सेवकहरू, इस्राएलका अगमवक्ताहरूद्वारा बोलेको थिएँ। त्यस बेला तिनीहरूले वर्षौंसम्म मेरो अगमवाणी गरे, कि म तँलाई तिनीहरूको विरुद्धमा ल्याउनेछु। \v 18 त्यस दिन यस्तो हुनेछ: जब गोगले इस्राएल देशमाथि आक्रमण गर्नेछ, तब मेरो रिसको आगो दन्किनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 19 म मेरो जोश र प्रचण्ड क्रोधमा घोषणा गर्दछु, कि इस्राएल देशमा त्यस बेला एउटा ठूलो भूकम्प जानेछ। \v 20 समुद्रका माछा, आकाशका चराहरू, वनका पशुहरू, जमिनमा हिँड्‍डुल गर्ने हरेक प्रकारका पशुप्राणीहरू, र पृथ्वीको सतहमा भएका सबै मानिसहरू मेरो उपस्थितिमा काम्नेछन्। पहाडहरू पल्टाइनेछन्, भिरालो ठाउँहरू भत्किनेछन् र हरेक पर्खाल जमिनमा ढल्नेछ। \v 21 म मेरा सबै पर्वतहरूमा गोगको विरुद्ध तरवार पठाउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हरेक मानिसको तरवार उसको दाजुभाइको विरुद्धमा हुनेछ। \v 22 म त्यसको विरुद्धमा रूढी र रक्तपातद्वारा न्याय गर्नेछु; म त्यसमाथि, त्यसका सेना दलहरूमाथि र त्यससँग भएका धेरै जातिहरूमाथि जल्दैगरेको गन्धकसहित मुसलधारे वर्षा र असिना बर्साउनेछु। \v 23 यसरी म मेरो महानता र मेरो पवित्रता देखाउनेछु; अनि धेरै जातिहरूको दृष्‍टिमा म आफूलाई चिनाउनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’ \c 39 \p \v 1 “हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु। \v 2 म तँलाई फनक्‍क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु। \v 3 तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु। \v 4 इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु। \v 5 तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 6 म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्। \p \v 7 “ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्‍वर हुँ भनी जान्‍नेछन्। \v 8 यो आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो। \p \v 9 “ ‘तब इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्। \v 10 तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्‍नेहरूलाई तिनीहरूले खोस्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 11 “ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ। \p \v 12 “ ‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्। \v 13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 14 देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्। \p “ ‘सात महिना बितेपछि तिनीहरूले आफ्नो विस्तृत खोजी सुरु गर्नेछन्। \v 15 जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्‍नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्। \v 16 त्यहाँ सहरको नजिक हमोनाह\f + \fr 39:16 \fr*\fq हमोनाह \fq*\ft यसको अर्थ \ft*\fqa सेनाको दल\fqa*\f* नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’ \p \v 17 “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ। \v 18 तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए। \v 19 मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्‍क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ। \v 20 मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 21 “म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्। \v 22 त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्। \v 23 इस्राएलका मानिसहरू मप्रति अविश्‍वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्‍नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए। \v 24 मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ। \p \v 25 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु। \v 26 जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्‍नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्‍वासनियता बिर्सनेछन्। \v 27 जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्‍टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु। \v 28 तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु। \v 29 म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \c 40 \s1 मन्दिरको क्षेत्र पुनर्स्थापित \p \v 1 हाम्रो निर्वासनको पच्‍चीसौँ वर्षको सुरुमा, महिनाको दसौँ दिनमा, सहर पतन भएको चौधौँ वर्षमा, त्यसै दिन याहवेहको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो। \v 2 परमेश्‍वरको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो र मलाई एउटा अति उच्‍च पर्वतमाथि राख्नुभयो, जसको दक्षिण भागतिर सहरजस्तै देखिने भवनहरू थिए। \v 3 उहाँले मलाई त्यहाँ लैजानुभयो र मैले एक जना मानिसलाई देखेँ, जसको रूप काँसाजस्तै थियो; तिनको एउटा हातमा मिहिन सुतीको डोरी र एउटा नाप्‍ने टाँगो थियो; अनि तिनी मूलढोकामा उभिरहेका थिए। \v 4 ती मानिसले मलाई भने, “हे मानिसको छोरा, मैले तँलाई देखाउन लागेको हरेक कुरालाई आँखाले हेर्, र कानले सुन्। अनि त्यसमा ध्यान लगा; किनकि यही कुरा देखाउनका निम्ति तँ यहाँ ल्याइएको होस्। तैँले देखेको हरेक कुरा इस्राएलका मानिसहरूलाई बताइदे।” \s2 बाहिरी चोक जाने पूर्वी मूलढोका \p \v 5 मैले मन्दिरको क्षेत्रको बाहिर वरिपरि पूर्ण रूपले पर्खालले घेरिराखेको देखेँ। ती मानिसको हातमा भएको नाप्‍ने टाँगोको लम्बाइ छ क्यूबिट\f + \fr 40:5 \fr*\ft लगभग 11 फिट र 21 इन्च र यो नै 40–48 सम्म मापनको आधारभूत इकाई हो। \+xt 12|link-href="EZK 40:12"\+xt* पदमा पनि\ft*\f* थियो, जसमध्ये हरेक एक क्यूबिट र चार औँला बढी नापको थियो। तिनले पर्खाल नापे; त्यो एक क्यूबिट मोटो र एक क्यूबिट अग्लो थियो। \p \v 6 तब तिनी पूर्वको मूलढोकामा गए। तिनी सिँढी उक्लेर तिनले मूलढोकाको सँघार नापे, जसको गहिराइ एक टाँगो थियो। \v 7 पहरेदारहरूका निम्ति कोठाहरू एक टाँगो लम्बाइ र एक टाँगो चौडाइ थिए; अनि कोठाहरूका बीचमा बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट\f + \fr 40:7 \fr*\ft लगभग 8 3⁄4 फिट\ft*\f* मोटो थिए। अनि मन्दिरतिर फर्केको दलानको छेउको मूलढोकाको सँघार एक टाँगो गहिरो थियो। \p \v 8 तब तिनले मूलढोकाको दलान नापे; \v 9 त्यस मूलढोकाको दलान आठ क्यूबिट\f + \fr 40:9 \fr*\ft लगभग 14 फिट\ft*\f* गहिरो थियो। अनि मूलढोकाका दलानका ढोकाका सँघारहरू दुई क्यूबिट\f + \fr 40:9 \fr*\ft लगभग 3 1⁄2 फिट\ft*\f* मोटा थिए। मूलढोकाको दलान मन्दिरतिर फर्केको थियो। \p \v 10 पूर्वीय मूलढोकाको भित्र प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; ती तीन-तीन वटा कोठा एकै नापका थिए; अनि कोठाका वरिपरिका प्रत्येक भित्ताहरूको हरेक छेउ एकै नापका थिए। \v 11 तब तिनले मूलढोकाको प्रवेशद्वारको चौडाइ नापे; त्यो दश क्यूबिट चौडा थियो र त्यसको लम्बाइ तेह्र क्यूबिट\f + \fr 40:11 \fr*\ft लगभग 18 फिट चौडा 23 फिट\ft*\f* थियो। \v 12 प्रत्येक कोठाको अगाडि एक क्यूबिट अग्लो पर्खाल थियो; अनि कोठाहरू छ क्यूबिट लम्बाइ र छ क्यूबिट चौडाइको वर्गाकार थियो। \v 13 त्यसपछि तिनले एउटा कोठाको पछाडिको पर्खालको टुप्पोबाट त्यसको विपरीत भएको पर्खालको टुप्पोसम्मको मूलढोकाको नाप लिए; एउटा ढोकाबाट अर्को ढोकासम्मको दूरी पच्‍चीस क्यूबिट\f + \fr 40:13 \fr*\ft लगभग 44 फिट; \+xt 21|link-href="EZK 40:21"\+xt*, \+xt 25|link-href="EZK 40:25"\+xt*, \+xt 29|link-href="EZK 40:29"\+xt*, \+xt 30|link-href="EZK 40:30"\+xt*, \+xt 33|link-href="EZK 40:33"\+xt* र \+xt 36|link-href="EZK 40:36"\+xt* पदमा पनि\ft*\f* थियो। \v 14 तिनले मूलढोकाको भित्रपट्टिका सबै वरिपरिका पर्खालहरू नापे—त्यो साठी क्यूबिट\f + \fr 40:14 \fr*\ft लगभग 105 फिट\ft*\f* थियो। यो नाप चोकतिर फर्केको दलानसम्म थियो। \v 15 मूलढोकाको प्रवेशद्वारदेखि भित्री दलानको पल्‍लो छेउसम्मको दूरी पचास क्यूबिट\f + \fr 40:15 \fr*\ft लगभग 88 फिट\ft*\f* थियो। \v 16 प्रवेशद्वार भित्रको कोठामा र मूलढोकाको भित्रपट्टि चारैतिरका भित्ताहरूमाथि साँघुरा झ्यालहरू थिए; अनि दलानहरू पनि त्यस्तै थिए, र ती सबै झ्यालहरू भित्रपट्टि फर्केका थिए। बाहिरतिर देखिने भित्ताका भागहरूमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए। \s2 बाहिरी चोक \p \v 17 तब तिनले मलाई बाहिरी चोकमा ल्याए। त्यहाँ मैले केही कोठाहरू र चोकका चारैतिर ढुङ्गाले छापेर बनाइएको पिँडी देखेँ; ती ढुङ्गा छापेर बनिएको पिँडीमा तीस वटा कोठाहरू थिए। \v 18 ढुङ्गा छापिएका बाटो मूलढोकाका किनारहरूसम्म नै थिए; अनि ती लम्बाइ र चौडाइमा बराबर थिए, त्यो तल्‍लो आँगन थियो। \v 19 त्यसपछि तिनले तल्‍लो मूलढोकाको भित्री भागदेखि भित्री चोकको बाहिरी भागसम्मको दूरी नापे; त्यो पूर्वतिर र उत्तरतिर एक सय क्यूबिट\f + \fr 40:19 \fr*\ft लगभग 175 फिट; \+xt 23|link-href="EZK 40:23"\+xt*, \+xt 27|link-href="EZK 40:27"\+xt* र \+xt 47|link-href="EZK 40:47"\+xt*\ft*\f* नाप थियो। \s2 उत्तरको मूलढोका \p \v 20 तब तिनले बाहिरी चोकतिर जाने उत्तरतिर फर्केको मूलढोकाको लम्बाइ र चौडाइ नापे। \v 21 यसका कोठाहरू—प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; अनि त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पहिलो मूलढोकाका जति नै थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। \v 22 त्यसका झ्यालहरू, त्यसको दलान र त्यसका सिँगार्ने खजूरका रूखहरूका नापहरू पूर्वतिर फर्केको मूलढोकाका जति नै थिए। पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए र विपरीत दिशामा दलान थियो। \v 23 पूर्व मूलढोकामा भएजस्तै उत्तरी ढोकातिर फर्केका भित्री चोकमा जाने ढोका थियो। तिनले एउटा ढोकादेखि विपरीततिरका ढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो। \s2 दक्षिणको मूलढोका \p \v 24 त्यसपछि तिनले मलाई दक्षिण भागतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूलढोका देखेँ। तिनले त्यस ढोकाको सँघार र दलान नापे; अनि तिनीहरूका नापहरू पूर्वीय र उत्तरी मूलढोकाको नापजस्तै थिए। \v 25 दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। \v 26 पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए, र त्यसको विपरीतपट्टि दलान थियो; बाहिरतिर देखिने भित्ताका हरेक भागमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए। \v 27 भित्री चोकमा पनि दक्षिणतिर फर्केको एउटा मूलढोका थियो; अनि तिनले यस दक्षिणी मूलढोकाबाट दक्षिणतिरको बाहिरी मूलढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो। \s2 भित्री चोकमा पुर्‍याउने ढोकाहरू \p \v 28 त्यसपछि तिनले मलाई दक्षिणी मूलढोका हुँदै भित्री चोकमा ल्याए; अनि तिनले दक्षिणी ढोकालाई नापे; त्यसको नाप अरू ढोकाहरूको जस्तै थियो। \v 29 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। \v 30 (भित्री चोकको चारैतिरका मूलढोकाहरूका दलानहरू पच्‍चीस क्यूबिट लम्बाइ र पाँच क्यूबिट चौडाइ थियो)। \v 31 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारहरूलाई खजूरका रूखहरूका बुट्टाले दुवैतिर सिँगारेका थिए; अनि मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए। \p \v 32 त्यसपछि तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे; ती प्रवेशद्वारका नाप अरू प्रवेशद्वारको जस्तै एकै नापको थियो। \v 33 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। \v 34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए। \p \v 35 त्यसपछि तिनले मलाई उत्तरी मूलढोकामा ल्याए र त्यसलाई नापे। त्यसका नापहरू अरूका जस्तै थिए; \v 36 अनि त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पनि त्यस्तै थिए, र त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो। \v 37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए। \s2 बलिदानहरू तयार गरिने कोठाहरू \p \v 38 प्रत्येक भित्री मूलढोकामा भएको दलानको छेउमा ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलिका पशुहरूलाई धुने गरिन्थ्यो। \v 39 मूलढोकाको दलानमा दुवैतिर दुई-दुई वटा टेबुलहरू थिए, जुन टेबुलमा होमबलिहरू, पापबलिहरू र दोषबलिहरूका पशुहरू काट्ने गरिन्थ्यो। \v 40 प्रवेशद्वारका दलानको भित्ताको छेउमा उत्तरीय मूलढोकातिर जाने प्रवेशद्वारको नजिकै दुई वटा टेबुलहरू थिए; अनि खुड्किलाहरूको अर्कोपट्टि दुई वटा टेबुलहरू थिए। \v 41 यसरी मूलढोकाको एकातिर चार वटा टेबुलहरू थिए र अर्कोतिर चार वटा गरी जम्मा आठ वटा टेबुलहरू थिए; जसमाथि बलिदानका पशुहरू काट्ने गरिन्थ्यो। \v 42 त्यहाँ होमबलिहरूका निम्ति कुँदेका ढुङ्गाका चार वटा टेबुलहरू पनि थिए। ती हरेक टेबुलहरू डेढ क्यूबिट लम्बाइ, डेढ क्यूबिट चौडाइ र एक क्यूबिट अग्ला थिए। त्यहाँ होमबलिहरू र अरू बलिदान गर्दा चलाउने हातहतियारहरू राखिन्थे। \v 43 अनि चारैतिर भित्तामा एक हात चोडा\f + \fr 40:43 \fr*\ft लगभग 3 1⁄2 इन्च\ft*\f* भएको दुई चुच्‍चे अङ्कुसेहरू झुण्डाइएका थिए। ती टेबुलहरू बलि चढाइएका मासुहरूका निम्ति थिए। \s2 पुजारीहरूका निम्ति कोठाहरू \p \v 44 भित्री मूलढोकाको बाहिरपट्टि भित्री चोकभित्रै दुई वटा कोठाहरू थिए; अनि एउटा कोठा दक्षिणतिर फर्केको उत्तरी मूलढोकाको छेउमा थियो, र अर्को कोठा दक्षिणी मूलढोकाको छेउमा उत्तरतिर फर्केको थियो। \v 45 तिनले मलाई भने, “दक्षिणतिर फर्केको कोठा पुजारीहरूका निम्ति हो, जसले मन्दिरको जिम्मेवारी वहन गर्दथे। \v 46 उत्तरतिर फर्केको कोठा ती पुजारीहरूका निम्ति हो, जसले वेदीको जिम्मेवारी वहन गर्दथे। यिनीहरू सादोकका छोराहरू हुन्, र ती लेवीहरू हुन्, जसले मात्र याहवेहको सेवा गर्नलाई उहाँको छेउमा जान पाउनेछन्।” \p \v 47 त्यसपछि तिनले चोकको नाप लिए; त्यो एउटा वर्गाकार थियो—एक सय क्यूबिट लम्बाइ र एक सय क्यूबिट चौडाइ। अनि वेदीचाहिँ मन्दिरको अगाडिपट्टि थियो। \s1 नयाँ मन्दिर \p \v 48 तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका ढोकाको सँघार नापे; ती दुवैतिर पाँच क्यूबिट चौडा थिए। प्रवेशद्वारको चौडाइ चौध क्यूबिट\f + \fr 40:48 \fr*\ft लगभग 25 फिट\ft*\f* थियो र कोठाका बाहिर देखिने दुवैपट्टिका भित्ताहरू तीन क्यूबिट चौडा थिए। \v 49 त्यसको दलान बीस क्यूबिट चौडा\f + \fr 40:49 \fr*\ft लगभग 35 फिट\ft*\f* र अगाडिको भागदेखि पछाडिको भागसम्म बाह्र क्यूबिट\f + \fr 40:49 \fr*\ft लगभग 21 फिट\ft*\f* थियो। दलानसम्म जानलाई दश खुड्किलाहरू थिए; अनि ढोकाको सँघारका दुवैतिर मन्दिरको अगाडिपट्टि खम्बाहरू थिए। \c 41 \p \v 1 त्यसपछि ती मानिसले मलाई मुख्य सभा कोठामा ल्याए, र सँघारहरूका नाप लिए; ढोकाको सँघारका चौडाइ सबैपट्टि छ क्यूबिट\f + \fr 41:1 \fr*\ft लगभग 11 फिट\ft*\f* थियो। \v 2 प्रवेशद्वार दश क्यूबिट चौडा\f + \cat dup\cat*\fr 41:2 \fr*\ft लगभग 18 फिट\ft*\f* थियो र त्यसका सबैतिरका बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट चौडा\f + \fr 41:2 \fr*\ft लगभग 18 फिट; \+xt 9|link-href="EZK 41:9"\+xt*, \+xt 11|link-href="EZK 41:11"\+xt* र \+xt 12|link-href="EZK 41:12"\+xt*\ft*\f* थिए। तिनले मुख्य सभा कोठा पनि नापे; त्यो चालीस क्यूबिट लामो र बीस क्यूबिट\f + \fr 41:2 \fr*\ft लगभग 70 फिट लामो र 35 फिट चौडा\ft*\f* चौडा थियो। \p \v 3 त्यसपछि तिनी पवित्रस्थानभित्र पसे, र त्यस पवित्रस्थानको प्रवेशद्वारको प्रत्येक ढोकाको सँघारहरूलाई नापे; प्रत्येक सँघार दुई क्यूबिट चौडा\f + \fr 41:3 \fr*\ft लगभग 3 1⁄2 फिट; \+xt 22|link-href="EZK 41:22"\+xt*\ft*\f* थियो। प्रवेशद्वार छ क्यूबिट चौडा थियो, र त्यसको सबैतिरका बाहिर देखिने भित्ताहरू सात क्यूबिट\f + \fr 41:3 \fr*\ft लगभग 12 फिट\ft*\f* चौडा थिए। \v 4 अनि तिनले भित्री पवित्रस्थानको लम्बाइ नापे; त्यो बीस क्यूबिट थियो र बाहिरी पवित्रस्थानको वारपारको चौडाइ बीस क्यूबिट थियो। तिनले मलाई भने, “यो महा-पवित्रस्थान हो।” \p \v 5 त्यसपछि तिनले मन्दिरको भित्ता नापे; त्यो छ क्यूबिट बाक्लो थियो; अनि मन्दिरको चारैपट्टि भएका छेउको हरेक कोठा चार क्यूबिट चौडा\f + \fr 41:5 \fr*\ft लगभग 7 फिट\ft*\f* थिए। \v 6 छेउका कोठाहरू तीन तलाका थिए, र एक तलामाथि अर्को तला गरी हरेक तलामा जम्मा तीस वटा कोठाहरू थिए। छेउका कोठाहरूलाई टेवा दिनको लागि मन्दिरको भित्ताका चारैतिर पालीहरू थिए, ताकि ती टेवाहरू मन्दिरको भित्ताभित्र घुसार्न नपरोस्। \v 7 मन्दिरका चारैपट्टिका छेउका कोठाहरूको चौडाइ प्रत्येक माथिल्‍लो तहमा बढ्दै गएका थिए। मन्दिरको चारैतिरका बनावटहरू माथितिर फराकिलो किसिमले बनाइएका थिए, ताकि एउटा तलाबाट माथिको दोस्रो तलामा चढ्दा कोठाहरू चौडाइ हुन्। भुइँतलाबाट बीचको तला हुँदै सबैभन्दा माथिल्‍लो तलासम्म जानलाई खुड्किलाहरू थिए। \p \v 8 मैले मन्दिरको चारैतिर अग्लो उठाइएको पेटी देखेँ, जसले छेउका कोठाहरूका निम्ति जगको काम गरिरहेको थियो। यो टाँगोकै नापको थियो, अर्थात् छ क्यूबिट लम्बाइ थियो। \v 9 छेउका कोठाहरूको बाहिरी भित्ता पाँच क्यूबिट बाक्लो थियो। मन्दिरका छेउका कोठाहरू, \v 10 र पुजारीहरूका कोठाहरूको बीचमा मन्दिरको चारैपट्टि बीस क्यूबिट चौडाइ थियो। \v 11 त्यहाँ खुला ठाउँको छेउबाट कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, जुन एउटा उत्तरमा र अर्को दक्षिणमा थिए; अनि खुला ठाउँलाई जोड्ने जग चारैतिर पाँच क्यूबिट थियो। \p \v 12 पश्‍चिमपट्टि मन्दिरको आँगनतिर फर्केको भवन सत्तरी क्यूबिट चौडाइ\f + \fr 41:12 \fr*\ft लगभग 123 फिट\ft*\f* थियो। भवनको चारैतिरका भित्ता पाँच क्यूबिट बाक्ला थिए, र त्यसको लम्बाइ नब्बे क्यूबिट\f + \fr 41:12 \fr*\ft लगभग 158 फिट\ft*\f* थियो। \p \v 13 त्यसपछि तिनले मन्दिरलाई नापे, त्यसको लम्बाइ एक सय क्यूबिट\f + \fr 41:13 \fr*\ft लगभग 175 फिट\ft*\f* थियो; अनि मन्दिरको चोक र त्यसका पर्खालसहितको भवन पनि एक सय क्यूबिट लामो थियो। \v 14 मन्दिरको पूर्वपट्टिको आँगन र मन्दिरको अगाडिको भागसहितको चौडाइ एक सय क्यूबिट थियो। \p \v 15 त्यसपछि तिनले मन्दिरको पश्‍चिमपट्टि आँगनतिर फर्केको मन्दिरको लम्बाइ सहित त्यसको बार्दलीको दुवैपट्टि नापे; त्यो एक सय क्यूबिट थियो। \p मुख्य सभा कोठा, भित्री पवित्रस्थान र चोकतिर फर्केको दलान, \v 16 साथै ढोकाका सँघारहरू, साँघुरा झ्यालहरू र तीन वटै तलाका चारैतिरका दलानहरू—ढोकाको सँघारसाथै सबै कुरा काठले मोहोरिएका थिए। भुइँ, झ्यालसम्म भएका भित्ता र झ्यालहरू काठले मोहोरिएका थिए। \v 17 भित्री पवित्रस्थानमा जाने प्रवेशद्वार बाहिरको माथिल्‍लो खाली ठाउँमा पवित्रस्थानको भित्री र बाहिरी चारैपट्टिका सबै भित्ताहरूका ठिक बीच भागमा, \v 18 करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। खजूरका रूखहरू र करूबहरू एकपछि अर्को गरी खोपिएका थिए। हरेक करूबका दुई वटा अनुहारहरू थिए: \v 19 एकापट्टि खजूरको रूखतिर फर्केको एउटा मानिसको अनुहारजस्तै र अर्कोपट्टि खजूरको रूखतिर फर्केको सिंहको अनुहारजस्तै थियो। ती बुट्टाहरू मन्दिरभरि चारैतिर खोपिएका थिए। \v 20 भुइँदेखि प्रवेशद्वारको माथिको क्षेत्रसम्म मुख्य सभा कोठाको भित्तामा करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। \p \v 21 मुख्य सभा कोठामा एउटा आयताकार ढोकाको चौकस थियो, र महा-पवित्रस्थानमा भएको चौकस पनि त्यस्तै थियो। \v 22 त्यहाँ तीन क्यूबिट अग्लो, दुई क्यूबिट\f + \fr 41:22 \fr*\ft लगभग 3 1⁄2 फिट\ft*\f* नापको काठको एउटा वेदी थियो; त्यसका कुनाहरू, त्यसको आधार र छेउहरू काठका थिए। ती मानिसले मलाई भने, “याहवेहको सामु राखिने टेबुल यही हो।” \v 23 मुख्य सभा कोठा र महा-पवित्रस्थान दुवैका दुई वटा ढोकाहरू थिए। \v 24 प्रत्येक ढोकाको दुई-दुई खापा थिए। प्रत्येक ढोकामा कब्जा लगाइएका दुई वटा खापाहरू थिए। \v 25 अनि मुख्य सभा कोठाका ढोकाहरूमा खोपिएका करूब र खजूरका रूखहरूका बुट्टाहरू भित्तामाझैँ खोपिएका थिए, र दलानको अगाडि काठको छत थियो। \v 26 दलानका छेउका भित्ताहरूमा दुवैतिर खजूरका रूखहरूका बुट्टा खोपिएका साँघुरा झ्यालहरू थिए। मन्दिरका छेउका कोठाहरूमा पनि छानाहरू थिए। \c 42 \s1 पुजारीहरूका निम्ति कोठाहरू \p \v 1 त्यसपछि ती मानिसले मलाई उत्तरपट्टि बाहिरी चोकमा पुर्‍याए; अनि मन्दिरको चोकको विपरीत भएका र उत्तरपट्टिको बाहिरी भित्ताको विपरीत भएका कोठाहरूमा ल्याए। \v 2 उत्तरपट्टि फर्केको ढोका भएको भवन एक सय क्यूबिट लामो र पचास क्यूबिट\f + \fr 42:2 \fr*\ft लगभग 175 फिट लामो र 88 फिट चौडा\ft*\f* चौडा थियो। \v 3 भित्री चोकदेखि बीस क्यूबिट\f + \fr 42:3 \fr*\ft लगभग 35 फिट\ft*\f* टाढाको खण्डमा र बाहिरी चोकको ढुङ्गा छापिएको पिँडीको विपरीत रहेको भाग दुवैमा एक-अर्कापट्टि फर्केका बार्दलीहरू तीन तहमा थिए। \v 4 कोठाहरूको सामु दश क्यूबिट\f + \cat dup\cat*\fr 42:4 \fr*\ft लगभग 18 फिट\ft*\f* चौडाइ र एक सय क्यूबिट\f + \fr 42:4 \fr*\ft लगभग 175 फिट\ft*\f* लम्बाइ भएको एउटा भित्री बाटो थियो। तिनका कोठाहरूका ढोकाहरू उत्तरपट्टि फर्केका थिए। \v 5 माथिल्‍ला कोठाहरू साँघुरा थिए; किनकि भवनको बीचको तलामा बार्दलीहरूले तल्‍लो तलाको कोठाहरूले भन्दा बढी ठाउँ ओगटेका थिए। \v 6 माथिल्‍ला तलाका कोठाहरूका चोकहरूमा भएझैँ खम्बाहरू थिएनन्; यसकारण तिनीहरू भुइँको तला र बीचका तलाका कोठाहरूभन्दा साना थिए। \v 7 कोठाहरू र बाहिरी चोकको बराबरको एउटा बाहिरी भित्ता थियो; त्यो कोठाहरूका सामुको भाग पचास क्यूबिटसम्म फैलिएको थियो। \v 8 बाहिरी चोकको छेउका कोठाहरूको लहर पचास क्यूबिट लामो थियो, र पवित्रस्थानको छेउको लहरचाहिँ एक सय क्यूबिट लामो थियो। \v 9 तल्‍ला कोठाहरूमा बाहिरी चोकदेखि भित्र प्रवेश गर्ने पूर्वपट्टि प्रवेशद्वार थियो। \p \v 10 मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको\f + \fr 42:10 \fr*\ft मूल भाषामा \ft*\fqa पूर्वपट्टि\fqa*\f* भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए। \v 11 तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै, \v 12 दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्‍ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्‍न सकिन्थ्यो। \p \v 13 तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्‍नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ। \v 14 जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।” \p \v 15 जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे: \v 16 तिनले नाप्‍ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट\f + \fr 42:16 \fr*\ft लगभग 250 फिट; \+xt 17|link-href="EZK 42:17"\+xt*, \+xt 18|link-href="EZK 42:18"\+xt* र \+xt 19|link-href="EZK 42:19"\+xt* पदमा पनि\ft*\f* थियो। \v 17 तिनले उत्तरको भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। \v 18 तिनले दक्षिण भाग नापे; त्यो नाप्‍ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। \v 19 तब तिनी पश्‍चिम भागपट्टि फर्केर त्यो नापे; नाप्‍ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो। \v 20 यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो। \c 43 \s1 परमेश्‍वरको महिमा मन्दिरमा फर्किआएको \p \v 1 त्यसपछि ती मानिसले मलाई पूर्वतिर फर्केको मूलढोकामा ल्याए; \v 2 अनि मैले इस्राएलका परमेश्‍वरको महिमा पूर्व दिशाबाट आइरहेको देखेँ। उहाँको सोरचाहिँ बेगसित बहने पानीको गर्जनजस्तै थियो; अनि पृथ्वी उहाँको महिमाले चम्किरहेको थियो। \v 3 मैले देखेको दर्शन सहरलाई नाश गर्न आउनुहुँदा देखेको दर्शनजस्तै थियो, जुन मैले कबार नदीमा देखेको ती दर्शनहरूजस्ता थिए; अनि म भुइँमा घोप्टो परेर लडेँ। \v 4 याहवेहको महिमा पूर्वपट्टि फर्केको मूलढोकाबाट मन्दिरभित्र पस्यो। \v 5 तब आत्माले मलाई माथि उठाउनुभयो, र मलाई भित्री चोकमा ल्याउनुभयो; अनि याहवेहको महिमाले त्यस मन्दिरलाई भरिदियो। \p \v 6 जब ती मानिस मेरो छेउमा उभिरहेका थिए, तब मन्दिरभित्रबाट मसँग कोही बोलिरहेको मैले सुनेँ। \v 7 उहाँले भन्‍नुभयो: “हे मानिसको छोरा, यो मेरो सिंहासनको ठाउँ हो र मेरा पैतालाका निम्ति पाउदान हो। म सदासर्वदा इस्राएलीहरूको बीचमा यसै ठाउँमा बस्‍नेछु। इस्राएलका मानिसहरूले फेरि कहिल्यै मेरो पवित्र नाम अपवित्र गर्नेछैनन्, न तिनीहरूले, न त तिनीहरूका राजाहरूले—आफ्ना वेश्यावृत्तिद्वारा र तिनीहरूका आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानद्वारा मेरो पवित्र नामलाई फेरि कहिल्यै अपवित्र पार्नेछैनन्। \v 8 जब तिनीहरूले आफ्ना सँघार मेरो सँघारको छेवैमा र आफ्ना ढोकाका चौकसहरू मेरा चौकसहरूका छेवैमा तिनीहरूको र मेरो बीचमा एउटा पर्खाल मात्र राखेर बनाए, तब तिनीहरूले मेरो पवित्र नामलाई आफ्ना घिनलाग्दा कामहरूद्वारा अपवित्र पारे। यसकारण मैले मेरो रिसमा तिनीहरूलाई सर्वनाश गरेँ। \v 9 अब तिनीहरूले मबाट तिनीहरूका वेश्यावृत्ति दूर गरून्, र आफ्ना राजाहरूका मृत्युको समयमा तिनीहरूका दाह संस्कारको बलिदानलाई मबाट हटाइदिऊन्, तब म तिनीहरूसित सदासर्वदा रहनेछु। \p \v 10 “हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई मन्दिरको वर्णन गरिदे, र तिनीहरू आफ्ना पापहरूका निम्ति लज्जित होऊन्। तिनीहरूले मन्दिरको सिद्धतालाई राम्ररी विचार गरून्; \v 11 अनि यदि तिनीहरू आफूले गरेका सबै कामहरूप्रति लज्जित भए भने तिनीहरूलाई मन्दिरको नमुना—त्यसको लागि रूपरेखा, त्यसका बाहिर निस्कने ढोका र प्रवेशद्वारहरू—त्यसका सम्पूर्ण ढाँचा र त्यसका सबै नियम र विधिहरू बताइदे। यी कुराहरू तिनीहरूका सामु लेख्, ताकि तिनीहरूले मन्दिरका ढाँचालाई इमानदार भएर त्यसका सबै नियम विधिहरू पालन गरून्। \p \v 12 “मन्दिरको नियम यही हो: पर्वतको टुप्पोमा भएका चारैतिरका इलाका महा-पवित्र हुनेछन्। मन्दिरको नियम यही हो। \s1 ठूलो वेदीको पुनर्स्थापना \p \v 13 “मन्दिरका नापहरू लामो हातको नापअनुसार क्यूबिट लम्बाइ यस्तै हुन्: अर्थात् एक क्यूबिट र चार औँला; त्यसको आधार एक क्यूबिट\f + \fr 43:13 \fr*\ft लगभग 21 इन्च; \+xt 14|link-href="EZK 43:14"\+xt* र \+xt 17|link-href="EZK 43:17"\+xt*\ft*\f* गहिरो र एक क्यूबिट चौडा होऊन्, जसको किनारको चारैतिर एघार स्पान\f + \fr 43:13 \fr*\ft लगभग 11 इन्च\ft*\f* घेरा होस्। अनि वेदीको उचाइ यस्तो होस्: \v 14 जमिनको जगदेखि तल्‍लो किनारसम्म त्यो दुई क्यूबिट\f + \fr 43:14 \fr*\ft लगभग 105 से.मि. अग्लो र 53 से.मि. चौडा\ft*\f* अग्लो र दुई क्यूबिट चौडा होस्। वेदीको वरिपरि सबैभन्दा तलको किनारदेखि माथिल्‍लो किनारसम्म त्यो चार क्यूबिट अग्लो र एक क्यूबिट\f + \fr 43:14 \fr*\ft लगभग 7 फिट अग्लो 53 से.मि. चौडा\ft*\f* चौडा होस्। \v 15 त्यसभन्दा माथि वेदीको अगेना वर्गाकार आकारको जहाँ बलिहरू जलाइन्छ, त्यो चार क्यूबिट अग्लो होस्, र अगेनाबाट चार वटा सिङहरू मास्तिर निस्केका होऊन्। \v 16 वेदीको अगेना वर्गाकार, बाह्र क्यूबिट लामो\f + \fr 43:16 \fr*\ft लगभग 21 फिट\ft*\f* र बाह्र क्यूबिट चौडा होस्। \v 17 माथिल्‍लो किनार पनि वर्गाकार होस्, चौध क्यूबिट\f + \fr 43:17 \fr*\ft लगभग 25 फिट\ft*\f* लामो र चौध क्यूबिट चौडा होस्। वेदीका चारैतिर आधा क्यूबिटको घेरा र एक क्यूबिटको\f + \cat dup\cat*\fr 43:17 \fr*\ft लगभग 11 इन्च\ft*\f* जग होस्। वेदीको खुड्किलाहरू पूर्वतिर फर्केको होस्।” \p \v 18 त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: वेदी बनिएपछि त्यसमाथि होमबलि चढाउने र रगत छर्कने नियमहरू यी नै हुन्: \v 19 तैँले पाप शुद्धीकरण बलिको रूपमा एउटा बाछा सादोकको परिवारका लेवी पुजारीहरूलाई दिनू, जो मेरो सामु सेवा गर्नलाई नजिक आउँछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 20 तैँले त्यसको केही रगत लिएर त्यसलाई वेदीका चार वटा सिङहरूमा र माथिल्‍लो किनारका चारै कुनामा र वरिपरिका घेरामा लगाउनू; अनि यसरी वेदीलाई शुद्ध गरेर त्यसका निम्ति प्रायश्‍चित गर्नू। \v 21 तैँले पाप शुद्धीकरण बलिको निम्ति बाछा लिएर त्यसलाई पवित्रस्थानको बाहिर मन्दिरको इलाकामा तोकिएका ठाउँमा जलाइदिनू। \p \v 22 “दोस्रो दिन तैँले एउटा निष्खोट बोका पाप शुद्धीकरण बलिको रूपमा चढाउनू; अनि वेदीलाई बाछोले पहिलो दिनमा शुद्ध पारेझैँ शुद्ध पारून्। \v 23 तैँले त्यसलाई शुद्ध गरिसकेपछि, तैँले बगालबाट एउटा निष्खोट बाछो र एउटा निष्खोट भेडा चढाउनू। \v 24 तैँले ती याहवेहको सामु चढाउनू र पुजारीहरूले ती चढाइएको मासुमा नुन छर्कून् र तिनीहरूलाई होमबलिको रूपमा याहवेहलाई बलि चढाऊन्। \p \v 25 “तैँले सात दिनसम्म पाप शुद्धीकरण बलिको निम्ति हरेक दिन एउटा बोका जुटाउनू; तैँले बगालबाट एउटा निष्खोट बाछा र एउटा निष्खोट साँढभेडा जुटाउनू। \v 26 तिनीहरूले सात दिनसम्म वेदीको निम्ति प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून्; यसरी तिनीहरूले त्यसलाई अर्पण गर्नेछन्। \v 27 यी सात दिनहरूको अन्त्यमा, आठौँ दिनदेखि उसो पुजारीहरूले तेरा होमबलिहरू र मेलबलिहरू वेदीमा चढाउनुपर्छ। तब म इस्राएलका मानिसहरूलाई ग्रहण गर्नेछु; प्रभु याहवेह घोषणा गर्नुहुन्छ।” \c 44 \s1 पुजारी पदको पुनर्स्थापन \p \v 1 त्यसपछि ती मानिसले मलाई बाहिरी पवित्रस्थानको पूर्वपट्टि फर्केको बाहिरी मूलढोकामा ल्याए; त्यो मूलढोका बन्द थियो। \v 2 याहवेहले मलाई भन्‍नुभयो, “यो मूलढोका बन्द रहनेछ। यो कहिल्यै खोलिनेछैन; यसबाट भित्र कोही पनि प्रवेश गर्न पाउनेछैन। यसकारण यो बन्द नै रहनेछ; किनभने याहवेह, इस्राएलका परमेश्‍वर यसबाट भएर भित्र प्रवेश गर्नुभएको छ। \v 3 राजकुमार आफैँ मात्र याहवेहको उपस्थितिमा खानलाई मूलढोकाभित्र पस्‍न सक्छन्। ऊ मूलढोकाको दलानको बाटो भएर प्रवेश गर्नुपर्छ, र त्यही बाटो भएर बाहिर निस्कनुपर्छ।” \p \v 4 तब ती मानिसले मलाई उत्तरी मूलढोकाबाट मन्दिरको अगाडि ल्याए; अनि मैले हेरेँ, र याहवेहको महिमाले मन्दिर भरिएको देखेँ, र म भुइँमा घोप्टो परेँ। \p \v 5 तब याहवेहले मलाई भन्‍नुभयो, “हे मानिसको छोरा, होसियारीसाथ हेर्, ध्यानपूर्वक सुन् र याहवेहको मन्दिरका नियमहरू र निर्देशनहरू सम्बन्धी मैले तँलाई भनेका सबै कुरामा ध्यान दे। मन्दिरको प्रवेशद्वार र पवित्रस्थानका बाहिर निस्कने ढोकाहरूमा ध्यान दिएर हेर्। \v 6 बागी इस्राएललाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका घिनलाग्दा कामहरू अति भयो! \v 7 तिमीहरूका अरू सबै घिनलाग्दा कामहरूबाहेक, तिमीहरूले हृदय र शरीरमा खतना नभएका विदेशीहरूलाई मेरो पवित्रस्थानभित्र ल्याएका छौ। तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा मेरो मन्दिरलाई अपवित्र तुल्याएका छौ; अनि तिमीहरूले मेरो करार भङ्ग गरेका छौ। \v 8 मेरा पवित्र थोकहरूको बारेमा आफ्ना कर्तव्य पूरा गर्नुको सट्टा, तिमीहरूले मेरो पवित्रस्थानको जिम्मा अरूलाई दिएका छौ। \v 9 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हृदय र शरीरमा खतना नभएको कुनै पनि विदेशी मेरो पवित्रस्थानमा पस्‍नुहुँदैन। इस्राएलीहरूका बीचमा बस्‍ने विदेशीहरूले पनि पस्‍न पाउनेछैन। \p \v 10 “ ‘जब इस्राएलले आफ्नो बाटो बिराएको थिए, तब ती लेवीहरू जो मबाट टाढा गए; तिनीहरू मूर्तिहरूका पछि लागेर मबाट तर्किएका थिए, अब ती लेवीहरूले आफ्ना पापको फल भोग्नैपर्छ। \v 11 तिनीहरूले मेरो पवित्रस्थानमा सेवा गर्न सक्छन्, र मन्दिरका मूलढोकाहरूका जिम्मा लिएर यसमा सेवा गर्न सक्छन्। तिनीहरूले मानिसहरूका निम्ति होमबलि र बलिदानहरूका पशुहरू मार्न सक्छन्; अनि मानिसहरूका सामु उभिएर तिनीहरूको सेवा गर्न सक्छन्। \v 12 तर तिनीहरूले तिनीहरूका मूर्तिहरूको उपस्थितिमा तिनीहरूको सामु सेवा गरे; अनि इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसैकारण तिनीहरूले आफ्ना पापको फल भोग्नैपर्छ भनेर मैले हात उठाएर शपथ खाएको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 13 तिनीहरू पुजारीको रूपमा मेरो सेवा गर्न नजिक आउन पाउनेछैनन्, न त तिनीहरू मेरा कुनै पनि पवित्र चीजहरू अथवा मेरा महा-पवित्र भेटीहरूका छेउमा आउन पाउनेछन्। तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूको शर्म भोग्नुपर्नेछ। \v 14 तापनि म तिनीहरूलाई मन्दिरको सेवा र त्यहाँ गरिनुपर्ने सबै कामको जिम्मेवारीको निम्ति नियुक्त गर्नेछु। \p \v 15 “ ‘तर लेवी पुजारीहरू, जो सादोकका सन्तानहरू हुन्; इस्राएलीहरू मबाट बरालिएर टाढा गए तापनि तिनीहरूले मेरो पवित्रस्थानको सुरक्षा गरे। यसैले अब तिनीहरूचाहिँ सेवा गर्नलाई मेरो सामु पवित्रस्थानको नजिक आउनेछन्; मेरो सामु बोसो र रगतको बलिदानहरू चढाउनका निम्ति तिनीहरू खडा हुनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 16 तिनीहरू मात्र मेरो पवित्रस्थानभित्र प्रवेश गर्नेछन्; अनि तिनीहरू नै मेरो सेवा गर्न टेबुलको नजिक आउनेछन्, र मेरो सेवाको निम्ति गर्नुपर्ने सबै विधिहरू पूरा गर्नेछन्। \p \v 17 “ ‘तिनीहरू भित्री चोकको ढोकामा प्रवेश गर्दा तिनीहरूले सुतीका कपडा लगाउनुपर्नेछ; तिनीहरूले भित्री चोकका मूलढोकाहरूमा अथवा मन्दिरभित्र सेवा गर्दा कुनै पनि ऊनीको कपडा लगाउनुहुँदैन। \v 18 तिनीहरूले आफ्ना शिरमा सुती फेटा र तिनीहरूका कम्मरमा सुतीको भित्री कपडा लगाउनुपर्छ। तिनीहरूले पसिना आउने किसिमको कुनै पनि कपडा लगाउनुहुँदैन। \v 19 अनि जब तिनीहरू मानिसहरू भएको बाहिरी चोकमा निस्कन्छन्, तब तिनीहरूले सेवा गर्दा लगाउने कपडा तिनीहरूले फुकाल्नुपर्छ, र ती पवित्र कोठाहरूमा छोडिराख्नुपर्छ; अनि अन्य कपडा लगाउनुपर्छ, ताकि तिनीहरूले आफ्ना पवित्र वस्त्रद्वारा मानिसहरूलाई पवित्र नपारून्। \p \v 20 “ ‘तिनीहरूले तिनीहरूका केश नखौरून्, अथवा तिनीहरूका केश बढेर लामो हुन नदिऊन्, तर तिनीहरूले आफ्ना शिरका केशलाई छोटो राख्नुपर्छ। \v 21 पुजारी भित्री चोकभित्र पस्दा कुनै पनि दाखमद्य पिउनुहुँदैन। \v 22 तिनीहरूले विधवा अथवा सम्बन्ध-विच्छेद भएका स्त्रीहरूलाई विवाह गर्नुहुँदैन; तिनीहरूले इस्राएली वंशका कन्याहरू, अथवा पुजारीहरूका विधवाहरूसँग मात्र विवाह गर्न सक्छन्। \v 23 तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र सामान्य कुराको भिन्‍नता सिकाउनुपर्छ; अनि शुद्ध र अशुद्धको भिन्‍नता छुट्टाउन देखाउनुपर्छ। \p \v 24 “ ‘कुनै पनि विवादमा पुजारीले न्यायकर्ताको सेवा गर्नुपर्छ र तिनीहरूले मेरा धार्मिक नियमअनुसार फैसला गर्नुपर्छ। तिनीहरूले मेरा सबै तोकिएका चाडहरूका निम्ति मेरा व्यवस्थाहरू र उर्दीहरू पालन गर्नुपर्छ; अनि तिनीहरूले मेरा शब्बाथलाई पवित्र राख्नुपर्छ। \p \v 25 “ ‘मरेको मानिसको नजिक गएर पुजारीहरूले आफूलाई अपवित्र पार्नुहुँदैन; तरै पनि यदि त्यो मरेको व्यक्ति त्यसको बुबा वा आमा, छोरा वा छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनी रहेछ भने तिनीहरूले आफूलाई अशुद्ध पार्न सक्छन्। \v 26 त्यो शुद्ध भएपछि त्यसले सात दिनसम्म पर्खनुपर्छ। \v 27 त्यो पवित्रस्थानमा सेवा गर्नलाई पवित्रस्थानको भित्री चोकमा गएको दिन त्यसले आफ्नो निम्ति एउटा पाप शुद्धीकरण बलि चढाउनुपर्छ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \p \v 28 “ ‘पुजारीहरूका पैतृक सम्पत्ति म नै हुँ। तिमीहरूले तिनीहरूलाई इस्राएलमा कुनै पनि सम्पत्ति नदिनू; तिनीहरूका सम्पत्तिको भाग म नै हुनेछु। \v 29 तिनीहरूले अन्‍नबलि, पाप शुद्धीकरण बलि र दोषबलि खानेछन्; अनि इस्राएलमा याहवेहलाई चढाइएको जेसुकै चीजहरू पनि तिनीहरूका हुनेछन्। \v 30 सबै पहिलो फलहरूको उत्तम भाग र विशेष भेटीहरूका उत्तम भाग पुजारीहरूकै हुनेछ। तिमीहरूको पहिलो पिठोको भाग पुजारीहरूलाई दिनू, ताकि तिमीहरूको घरानामा आशिष् रहिरहून्। \v 31 पुजारीहरूले आफैँ मरेको अथवा जङ्गली पशुहरूले मारेका, कुनै पनि चरा वा पशुको मासु खानुहुँदैन। \c 45 \s1 इस्राएल पूर्ण रूपमा पुनर्स्थापित \p \v 1 “ ‘तिमीहरूले उत्तराधिकारका रूपमा देशलाई विभाजन गर्दा जमिनको एक भाग पवित्र जिल्‍ला याहवेहका निम्ति भेटीको रूपमा चढाउनू। त्यो सम्पूर्ण इलाका पच्‍चीस हजार क्यूबिट\f + \fr 45:1 \fr*\ft लगभग 13 कि.मि. \+xt 3|link-href="EZK 45:3"\+xt*, \+xt 5|link-href="EZK 45:5"\+xt* र \+xt 6|link-href="EZK 45:6"\+xt*\ft*\f* लम्बाइ र बीस हजार क्यूबिट\f + \fr 45:1 \fr*\ft लगभग 11 कि.मि.\ft*\f* चौडाइको पवित्र इलाका हुनेछ। \v 2 पवित्र इलाकामा पाँच सय क्यूबिट\f + \fr 45:2 \fr*\ft लगभग 875 फिट\ft*\f* वर्गकारको खण्ड पवित्रस्थानको निम्ति हुनेछ, जसको चारैतिर पचास क्यूबिटको\f + \fr 45:2 \fr*\ft लगभग 88 फिट\ft*\f* खुला ठाउँ रहनेछ। \v 3 त्यस पवित्र जिल्‍लामा एउटा पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट\f + \fr 45:3 \fr*\ft लगभग 5.3 कि.मि. \+xt 5\+xt*\ft*\f* चौडाइ भएको भाग नापेर छुट्ट्याउनू। यसमा पवित्रस्थान र महा-पवित्रस्थान हुनेछ। \v 4 त्यो देशको पवित्र इलाका पुजारीहरू अर्थात् पवित्रस्थानमा सेवा गर्नेहरूका निम्ति हुनेछ, जो याहवेहको सेवा गर्नका निम्ति याहवेहको नजिक आउँछन्। यो पुजारीहरूका घरहरूका निम्ति र पवित्रस्थानका निम्ति एउटा पवित्र ठाउँ हुनेछ। \v 5 पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ भएको एउटा इलाका लेवीहरूका निम्ति हुनेछ, जुन इलाका मन्दिरमा सेवा गर्ने लेवीहरू बसोबास गर्ने सहरको निम्ति तिनीहरूको अधिकारको रूपमा हुनेछ। \p \v 6 “ ‘तिमीहरूले सहरलाई यरूशलेमको सम्पत्तिको रूपमा पवित्र भागसित जोडिएको पाँच हजार क्यूबिट\f + \fr 45:6 \fr*\ft लगभग 2.7 कि.मि.\ft*\f* चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको अर्को इलाका दिनू; त्यो इलाका इस्राएलको सम्पूर्ण घरानाको निम्ति हुनेछ। \p \v 7 “ ‘इस्राएलका राजकुमारले पवित्र जिल्‍ला र सहरको सम्पत्तिले बनिएको इलाकाको चारैतिर घेरिएको छेउको सिमानामा जमिन पाउनेछ। त्यो पश्‍चिम भागबाट पश्‍चिमतिर र पूर्व भागबाट पूर्वतिर फैलिएर जानेछ; अनि यो सम्पत्तिको भाग कुनै पनि कुलको जग्गाको भागको बराबर लम्बाइ हुनेछ, र पूर्वी सिमानाबाट पश्‍चिमी सिमानासम्म फैलिएर जानेछ। \v 8 यो जग्गा इस्राएलमा तिनको अधिकारमा हुनेछ। अनि मेरा राजकुमारले अब उसो फेरि मेरा प्रजा इस्राएलीहरूलाई अत्याचार गर्नेछैन; तर इस्राएलका घरानालाई तिनीहरूका कुलअनुसार देश अधिकार गर्न दिनेछ। \p \v 9 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका राजकुमारहरू हो, तिमीहरूले अति नै गरेका छौ! तिमीहरूले आफ्ना हिंसा र अत्याचार त्यागिदेओ; अनि जे न्यायसङ्गत र धार्मिक छन्, त्यो काम गर। मेरा मानिसहरूलाई तिनीहरूका आफ्नो अधिकारको ठाउँबाट निकालिदिने काम बन्द गर, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 10 तिमीहरूले ठिक तराजु, ठिक एपा\f + \fr 45:10 \fr*\ft एपा \ft*\ft सुक्खा चीजको नाप, जसको तौल लगभग 22 किलो हुन्थ्यो।\ft*\f* र ठिक बाथ\f + \fr 45:10 \fr*\ft बाथ \ft*\ft लगभग 22 लिटर क्षमता भएको सुक्खा मापन थियो।\ft*\f* प्रयोग गर्नुपर्छ। \v 11 तिमीहरूका एपा र बाथ एकै नापका होऊन्। ती दुईको नाप होमरको दशांशको भागअनुसार बराबर गर्नुपर्नेछ; दुवैका निम्ति होमर नै मापनको स्तर राखियोस्। \v 12 एक शेकेलमा\f + \fr 45:12 \fr*\ft शेकेल भनेको लगभग 12 ग्राम\ft*\f* बीस गेरा होस्। बीस शेकेलमा पच्‍चीस शेकेल र त्यसमा पन्ध्र शेकेल जोड्दा एक मीना\f + \fr 45:12 \fr*\ft भन्‍नाले 60 सेकेल; लगभग 690 ग्राम\ft*\f* हुनेछ। \p \v 13 “ ‘यो तिमीहरूले चढाउनुपर्ने विशेष भेटीको भाग हो: गहुँको प्रत्येक होमरबाट एपाको छैटौँ भाग\f + \fr 45:13 \fr*\ft लगभग 2.7 किलो\ft*\f* र जौको प्रत्येक होमरबाट एपाको छैटौँ भाग दिनू। \v 14 लिटरबाट नापिएको जैतुन तेलको तोकिएको भाग प्रत्येक कोरबाट बाथको दसौँ भाग (जसमा दश बाथ अथवा एक होमर हुन्छ; किनकि दश बाथ बराबर एक होमर हुन्छ)। \v 15 साथै तिमीहरूले इस्राएलका प्रशस्त पानी भएको प्रत्येक हरियो खर्कका दुई सयको बगालबाट एउटा भेडा पनि लैजानुपर्छ। यी मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई अन्‍नबलि, होमबलि र मेलबलिको निम्ति प्रयोग गरिनेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \v 16 देशका सबै मानिसहरूले इस्राएलका राजकुमारको उपयोगको निम्ति यस विशेष भेटीको भाग दिनुपर्छ। \v 17 चाडपर्वहरूमा, नयाँ औँसीहरूमा र शब्बाथहरूमा होमबलिहरू, अन्‍नबलिहरू; अनि अर्घबलिहरूको प्रबन्ध गर्ने कर्तव्य त्यस शासकको हुनेछ—इस्राएली घरानाका सबै तोकिएका चाडहरूमा जुटाउनुपर्नेछ। शासकले इस्राएलीहरूका घरानाको निम्ति पापको प्रायश्‍चित गर्नका निम्ति पाप शुद्धीकरण बलि, अन्‍नबलि, होमबलि र मेलबलि जुटाउनेछन्। \p \v 18 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बाछा लिएर पवित्रस्थानलाई शुद्ध पार्नू। \v 19 पुजारीले पाप शुद्धीकरण बलिबाट केही रगत लिएर त्यसलाई मन्दिरको ढोकाका चौकसहरूमा, वेदीको माथिल्‍लो किनारका चार कुनाहरूमा र भित्री चोकका मूलढोकाका चौकसहरूमा लगाओस्। \v 20 अनजानमा अथवा अज्ञानतामा पाप गर्ने जसकसैको लागि तिमीहरूले त्यस महिनाको सातौँ दिनमा त्यसै गर्नुपर्छ; यसरी तिमीहरूले मन्दिरका निम्ति प्रायश्‍चित गर्नू। \p \v 21 “ ‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूका निम्ति निस्तार चाड हुनेछ, जुन चाड सात दिनसम्म रहनेछ। त्यस समयमा तिमीहरूले विनाखमिरको रोटी खानुपर्छ। \v 22 त्यस दिन शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको रूपमा एउटा साँढे चढाउनुपर्छ। \v 23 सात दिनको चाडमा शासकले प्रत्येक दिन याहवेहलाई होमबलिको रूपमा सात वटा निष्खोट साँढेहरू, सात वटा साँढभेडाहरू र पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका प्रबन्ध गर्नुपर्छ। \v 24 शासकले अन्‍नबलिको रूपमा प्रत्येक साँढेका निम्ति एक एपा\f + \fr 45:24 \fr*\ft लगभग 22 किलो\ft*\f* अन्‍नबलि जुटाउनुपर्छ; अनि प्रत्येक साँढभेडाको निम्ति एक एपा र प्रत्येक एपाको निम्ति एक हिन\f + \fr 45:24 \fr*\ft लगभग 3.8 लिटर\ft*\f* जैतुन तेल पनि प्रबन्ध गर्नुपर्छ। \p \v 25 “ ‘त्यस चाडको सातौँ दिन, जुन सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु हुन्छ, शासकले पाप शुद्धीकरण बलि, होमबलि, अन्‍नबलि र जैतुन तेलको निम्ति समान प्रबन्ध गर्नुपर्छ। \c 46 \p \v 1 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: भित्री चोकमा भएको पूर्वपट्टि फर्केको मूलढोका छ दिनसम्म बन्द रहोस्, तर शब्बाथ र औँसीको दिनमा त्यो खोलियोस्। \v 2 राजकुमार बाहिरबाट मूलढोकाको दलानभएर भित्र पसोस्, र मूलढोकाको छेउमा उभिओस्। पुजारीहरूले राजकुमारका होमबलि र मेलबलि चढाऊन्। अनि राजकुमारले मूलढोकाको सँघारमा निहुरेर आराधना गरेर बाहिर निस्केर जाओस्, तर मूलढोका साँझसम्म बन्द नगरियोस्। \v 3 शब्बाथ र औँसीको चाडमा देशका मानिसहरूले त्यस मूलढोकामा जाने प्रवेशद्वारमा याहवेहको उपस्थितिमा दण्डवत् गरून्। \v 4 शब्बाथमा राजकुमारले याहवेहलाई चढाउनुपर्ने होमबलि छ वटा थुमाहरू र एउटा साँढभेडा जुटाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट हुनुपर्छ। \v 5 साँढभेडासित दिनुपर्ने अन्‍नबलि एक एपा\f + \fr 46:5 \fr*\ft लगभग 16 किलो\ft*\f* र थुमासित दिनुपर्ने अन्‍नबलि उसलाई इच्छा लागेबमोजिम हुनुपर्छ। त्यससित प्रत्येक एपाको निम्ति एक हिन\f + \fr 46:5 \fr*\ft लगभग 3.4 लिटर\ft*\f* जैतुन तेल हुनुपर्छ। \v 6 नयाँ औँसीको दिन राजकुमारले एउटा बाछा, छ वटा थुमाहरू र एउटा साँढभेडा चढाउनुपर्छ; अनि सबै पशुहरू निष्खोट होऊन्। \v 7 राजकुमारले अन्‍नबलिको रूपमा बाछासित एक एपा, साँढभेडासित एक एपा, र थुमासित उसलाई इच्छा लागेबमोजिम र प्रत्येक एपाको निम्ति एक हिन जैतुनको तेल प्रबन्ध गरोस्। \v 8 अनि जब राजकुमार भित्र पस्दछ, तब त्यस मूलढोकाको दलानबाट भएर ऊ भित्र पसोस्; अनि त्यही बाटो भएर ऊ बाहिर निस्कोस्! \p \v 9 “ ‘जब देशका मानिसहरू तोकिएका चाडहरूका निम्ति याहवेहको सामु आउँछन्, तब दण्डवत् गर्नका निम्ति जो मानिस पनि उत्तरको मूलढोकाबाट भित्र भएर पस्छ, त्यो मानिस दक्षिणको मूलढोका भएर बाहिर निस्कोस्; अनि जो मानिस दक्षिणको मूलढोकाबाट भित्र पस्छ, त्यो मानिसचाहिँ उत्तरको मूलढोकाबाट बाहिर निस्कोस्। जुन मूलढोकाबाट भएर त्यो मानिस भित्र पसेको छ, त्यस मूलढोकाबाट बाहिर ननिस्कोस्, तर विपरीत मूलढोकाबाट भएर त्यो बाहिर निस्कोस्। \v 10 अनि जब इस्राएलीहरू भित्र जान्छन्, राजकुमार तिनीहरूसँगै भित्र जाओस्, र जब तिनीहरू बाहिर जान्छन्, राजकुमार पनि तिनीहरूसँगै बाहिर जाओस्। \v 11 चाडहरू र तोकिएका समयमा अन्‍नबलि एउटा बाछासहित एक एपा, एउटा साँढभेडासहित एक एपा, र थुमाहरूसहित आफूलाई इच्छा लागेअनुसारको कुराहरू र प्रत्येक एपाको निम्ति एक हिन जैतुन तेल होस्। \p \v 12 “ ‘जब राजकुमारले याहवेहलाई कुनै स्वेच्छा-भेटी प्रदान गर्छ, तब चाहे त्यो होमबलि होस् वा मेलबलि होस्; उसका लागि पूर्वपट्टि फर्केको मूलढोका खोलियोस्। उसले शब्बाथमा आफ्नो होमबलि अथवा मेलबलि चढाएझैँ चढाउनुपर्छ। तब ऊ बाहिर निस्केर गइसकेपछि मूलढोका बन्द गरियोस्। \p \v 13 “ ‘प्रत्येक दिन तिमीहरूले याहवेहलाई होमबलिको रूपमा एक बर्से निष्खोट थुमा चढाउनू; हरेक बिहान तिमीहरूले त्यो चढाउनू। \v 14 तिमीहरूले त्यससित हरेक बिहान अन्‍नबलिको एक एपाको छैटौँ भाग जति पिठो भिजाउनलाई एक तिहाइ हिन\f + \fr 46:14 \fr*\ft लगभग 1.3 लिटर\ft*\f* जैतुन तेलको प्रबन्ध गर्नुपर्छ। यो अन्‍नबलि याहवेहलाई चढाइने सदाकालको निम्ति विधि हो। \v 15 यसरी नियमित होमबलिको निम्ति थुमा, अन्‍नबलि र जैतुन तेल हरेक बिहान जुटाइयोस्। \p \v 16 “ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यदि राजकुमारले आफ्नो उत्तराधिकारबाट आफ्ना छोराहरूमध्ये एक जनालाई कुनै उपहार दिन्छ भने त्यो पनि उसका सन्तानहरूको हुनेछ; त्यो तिनीहरूको उत्तराधिकारद्वारा तिनीहरूकै सम्पत्ति हुनुपर्छ। \v 17 तर यदि उसले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकहरूमध्ये एक जनालाई कुनै भेटी वा उपहार दिन्छ भने त्यस सेवकले यसलाई स्वतन्त्रताको वर्षसम्म राख्न सक्छ। त्यसपछि त्यो उपहार राजकुमारकहाँ नै फिर्ता हुनेछ। उसको उत्तराधिकार उसकै छोराहरूका निम्ति मात्र हुनेछ; त्यो तिनीहरूका निम्ति नै हो। \v 18 राजकुमारले मानिसहरूको कुनै पनि उत्तराधिकार लिनुहुँदैन, नत्रता उसले मानिसहरूलाई तिनीहरूका सम्पत्तिबाट निकालेर थिचोमिचोमा पार्नेछ। राजकुमारले आफ्ना छोराहरूलाई तिनीहरूका उत्तराधिकार आफ्नै सम्पत्तिबाट दिनुपर्छ। यसरी मेरो कुनै पनि मानिसहरू तिनीहरूको सम्पत्तिबाट अलग गरिनेछैन।’ ” \p \v 19 त्यसपछि ती मानिसले मलाई मूलढोकाको छेउको प्रवेशद्वारबाट उत्तरपट्टि फर्केका पवित्र कोठाहरूमा ल्याए, जुन कोठा पुजारीहरूका निम्ति थिए; अनि मलाई पश्‍चिमी किनारमा भएको एउटा ठाउँ देखाए। \v 20 तिनले मलाई भने, “यो त्यही ठाउँ हो, जहाँ पुजारीहरूले दोषबलि, पाप शुद्धीकरण बलि पोल्नुपर्छ, र अन्‍नबलि पकाउनुपर्छ, ताकि तिनीहरूले यी पवित्र थोकहरू बाहिरी चोकमा नलैजाऊन् र मानिसहरूलाई पवित्र नपारून्।” \p \v 21 त्यसपछि तिनले मलाई पवित्र चीज पकाउने ठाउँबाट बाहिरी चोकमा ल्याए, र मन्दिरका बाहिरी पर्खालका भित्रपट्टिको चारै कुनाहरूमा मलाई लगे; अनि मैले प्रत्येक कुनामा अर्को स-साना चोकहरू देखेँ। \v 22 बाहिरी चोकका चार कुनाहरूमा चालीस क्यूबिट लम्बाइ र तीस क्यूबिट\f + \fr 46:22 \fr*\ft लगभग 70 फिट लामो र 53 फिट चौडा\ft*\f* चौडाइका घेरिएका चोकहरू थिए; चोकको प्रत्येक चार कुनामा भएको स-सानो चोक एउटै आकारका थिए। \v 23 बाहिरी चोकमा भएका प्रत्येक चारै वटा कुनाको भित्रपट्टि चारैतिर ढुङ्गाले पर्खाल लगाएको किनार थियो; पर्खालको किनारसँग जोडिएको खाना पकाउने चुल्हाहरू निर्माण गरिएका थिए। \v 24 तिनले मलाई भने, “यी भान्सा कोठाहरू हुन्, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूले चढाएका बलिदानहरू पकाउनेछन्।” \c 47 \s1 मन्दिरबाट निस्केको नदी \p \v 1 ती मानिसले मलाई मन्दिरको प्रवेशद्वारमा फेरि फर्काएर ल्याए; अनि मैले मन्दिरको सँघारको मुन्तिरबाट पानी पूर्वपट्टि निस्किरहेको देखेँ (किनकि मन्दिर पूर्वपट्टि नै फर्केको थियो)। त्यो पानी मन्दिरको दक्षिण भागको मुन्तिरबाट बगेर वेदीको दक्षिणबाट तल निस्किरहेको थियो। \v 2 त्यसपछि तिनले मलाई उत्तरको मूलढोकाबाट बाहिर ल्याए, र मलाई पूर्वपट्टि फर्केको बाहिरी मूलढोकाको बाहिर ल्याए; अनि पानीचाहिँ दक्षिणपट्टिबाट बगिरहेको थियो। \p \v 3 अनि जब ती मानिस आफ्नो हातमा नाप्‍ने डोरी लिएर पूर्वपट्टि गए, तब तिनले एक हजार क्यूबिट\f + \fr 47:3 \fr*\ft लगभग 1700 फिट\ft*\f* नापे, र मलाई गोलीगाँठासम्मको पानीबाट भएर लगे। \v 4 तिनले अर्को एक हजार क्यूबिट नापे र मलाई घुँडासम्मको पानीबाट भएर लगे। तिनले अर्को एक हजार क्यूबिट नापे, र मलाई कम्मरसम्मको पानीबाट भएर लगे। \v 5 तिनले अर्को एक हजार क्यूबिट नापे, तर अब त्यो एउटा नदी भयो, जुन मैले पार गर्नै नसक्ने रहेछ; किनकि पानी बढेको थियो र पौडी खेल्न सकिने गहिरो थियो—त्यो एउटा यस्तो नदी थियो, जसलाई कसैले पार गर्न सकिँदैनथ्यो। \v 6 तिनले मलाई सोधे, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्?” \p त्यसपछि तिनले मलाई फर्काएर फेरि त्यस नदीको किनारमा लगे। \v 7 जब म त्यहाँ आइपुगेँ, तब मैले नदीका दुवै किनारमा धेरै रूखहरू देखेँ। \v 8 तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर\f + \fr 47:8 \fr*\ft अथवा \ft*\fqa यर्दन बेँसीतिर \fqa*\f* जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ। \v 9 जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्। \v 10 जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्। \v 11 तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्। \v 12 नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।” \s1 देशका सिमानाहरू \p \v 13 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “यी ती सिमानाहरू हुन्, जसअनुसार तिमीहरूले इस्राएलका बाह्र कुलको बीचमा उत्तराधिकारको रूपमा योसेफको निम्ति दुई भाग\f + \fr 47:13 \fr*\ft योसेफलाई दुई कुलमा गनिएको छ।\ft*\f* सहित देशलाई विभाजन गर्नेछौ। \v 14 तिमीहरूले आफ्नो बीचमा बराबर गरी भागबण्डा गर्नुपर्नेछ। मैले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी मेरा हात उठाएर शपथ खाएको कारण यो देश तिमीहरूका उत्तराधिकार हुनेछ।” \b \lh \v 15 यो देशको सिमाना यस्तो हुनेछ: \b \li1 “उत्तर दिशामा भूमध्य सागरबाट हेत्लोनको सडकहुँदै यो लेबो-हमात भएर सदादसम्म जानेछ; \v 16 बेरोताह र सिब्रैममा (जुनचाहिँ दमस्कसको उत्तरमा र हमातको दक्षिण सिमानाको बीचमा पर्छ) हौरनको सिमानामा भएको हासेर-हात्तीकोनसम्म जान्छ। \v 17 यसरी उत्तरी सिमाना भूमध्य सागरदेखि दमस्कसको उत्तरी सिमानामा हसर-एनोनसम्म पुग्नेछ, त्यसको उत्तरमा हमातको सिमानासम्म फैलिनेछ। योचाहिँ उत्तरी सीमा हुनेछ। \li1 \v 18 पूर्वपट्टिको सिमाना हौरन र दमस्कसको माझहुँदै यर्दन नदीको किनारै-किनार गिलाद र इस्राएल देशको बीच पूर्वी मृत सागर र दक्षिणपट्टि तामारसम्म नै जानेछ। योचाहिँ पूर्वी सिमाना हुनेछ। \li1 \v 19 दक्षिणपट्टिको सिमाना, यो तामारबाट मेरीबा कादेशका पानीसम्म पुग्नेछ; त्यहाँबाट इजिप्टको बेँसीको किनारै-किनार भएर भूमध्य सागरसम्म जान्छ। योचाहिँ दक्षिणी सिमाना हुनेछ। \li1 \v 20 पश्‍चिमपट्टिको सिमानाचाहिँ लेबो हमातको विपरीत किनारासम्म भूमध्य सागर नै सिमाना हुनेछ। योचाहिँ पश्‍चिमी सिमाना हुनेछ। \b \p \v 21 “तिमीहरूले यो देशलाई इस्राएलका कुलअनुसार आफ्ना बीचमा विभाजन गर्नू। \v 22 तिमीहरूले यस देशलाई तिमीहरूका निम्ति र तिमीहरूका बीचमा बसोबास गर्ने र सन्तान भएका विदेशीहरूका निम्ति उत्तराधिकारको रूपमा चिट्ठा हालेर भागबण्डा गर्नू। तिमीहरूले तिनीहरूलाई स्वदेशमै जन्मेका स्वदेशी इस्राएलीहरूजस्तै व्यवहार गर्नू; तिमीहरूसितै तिनीहरूले पनि चिट्ठा हालेर इस्राएलका कुलहरूको बीचमा उत्तराधिकार पाउनुपर्छ। \v 23 जुनसुकै कुलमा ती विदेशीहरू बसोबास गरे तापनि त्यहाँ तिमीहरूले तिनीहरूलाई तिनीहरूको उत्तराधिकार दिनू,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \c 48 \s1 देशको विभाजन \lh \v 1 “नामअनुसार सूचित गरिएका कुलहरू यिनै हुन्: \b \li1 “उत्तरी सिमानाबाट दानले एक भाग पाउनेछ; त्यो हेत्लोनको बाटोहुँदै लेबो-हमातसम्म जानेछ; हसर-एनान र हमात पछिको उत्तरी दमस्कसको सिमाना पूर्व भागदेखि पश्‍चिम भागसम्म फैलिएको दानको सिमाना हुनेछ। \li1 \v 2 आशेरको एक भाग हुनेछ; त्यसको सिमाना दानको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 3 नप्‍तालीको एक भाग हुनेछ; त्यसको सिमाना आशेरको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 4 मनश्शेको एक भाग हुनेछ; त्यसको सिमाना नप्‍तालीको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 5 एफ्राइमको एक भाग हुनेछ; त्यसको सिमाना मनश्शेको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 6 रूबेनको एक भाग हुनेछ; त्यसको सिमाना एफ्राइमको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 7 यहूदाको एक भाग हुनेछ; त्यसको सिमाना रूबेनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \b \p \v 8 “यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट\f + \fr 48:8 \fr*\ft लगभग 13 कि.मि. \+xt 9|link-href="EZK 48:9"\+xt*, \+xt 10|link-href="EZK 48:10"\+xt*, \+xt 13|link-href="EZK 48:13"\+xt*, \+xt 15|link-href="EZK 48:15"\+xt*, \+xt 20|link-href="EZK 48:20"\+xt* र \+xt 21|link-href="EZK 48:21"\+xt*\ft*\f* चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ। \p \v 9 “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट\f + \fr 48:9 \fr*\ft लगभग 5.3 कि.मि. \+xt 10|link-href="EZK 48:10"\+xt*, \+xt 13|link-href="EZK 48:13"\+xt* र \+xt 18|link-href="EZK 48:18"\+xt*\ft*\f* चौडाइ हुनेछ। \v 10 यो भाग पुजारीहरूका निम्ति पवित्र भाग हुनेछ। त्यो उत्तरपट्टि पच्‍चीस हजार क्यूबिट लम्बाइ, पश्‍चिमपट्टि दश हजार क्यूबिट चौडाइ, पूर्वपट्टि दश हजार क्यूबिट चौडाइ र दक्षिणपट्टि पच्‍चीस हजार क्यूबिट लम्बाइ हुनेछ। त्यसको बीच भागमा याहवेहको पवित्रस्थान हुनेछ। \v 11 यो भाग सादोकवंशीहरूबाट पवित्र पारिएका पुजारीहरूका निम्ति हुनेछ, जो मेरो सेवा गर्नमा इमानदारी थिए; अनि तिनीहरूचाहिँ इस्राएलीहरू बरालिएर गएको बेलामा अरू लेवीहरू बरालिएर गएझैँ बरालिएनन्। \v 12 देशको पवित्र भागबाट यो भाग तिनीहरूका निम्ति एक विशेष उपहार हुनेछ; एक महा-पवित्र भाग, जुन लेवीहरूको इलाकाको दक्षिणी सिमानामा जोडिएको एक विशेष भाग हुनेछ। \p \v 13 “पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्‍चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्‍चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ। \v 14 तिनीहरूले त्यस पवित्र जग्गाको कुनै पनि भाग बेच्न अथवा साट्न पाउनेछैनन्। त्यो देशको सबैभन्दा उत्तम भाग हो, र त्यो अरूको हातमा जानुहुँदैन; किनकि त्यो भाग याहवेहको निम्ति पवित्र छ। \p \v 15 “बाँकी रहेको पाँच हजार क्यूबिट\f + \fr 48:15 \fr*\ft लगभग 2.7 कि.मि.\ft*\f* चौडाइ र पच्‍चीस हजार क्यूबिट लम्बाइको इलाका सहरको साधारण प्रयोगको निम्ति, घरहरू र खर्कको निम्ति हुनेछ। अनि सहर त्यसको बीच भागमा हुनेछ। \v 16 अनि त्यसका नापहरू यस्ता हुनेछन्: उत्तर भाग चार हजार पाँच सय क्यूबिट,\f + \fr 48:16 \fr*\ft लगभग 2.4 कि.मि. \+xt 30|link-href="EZK 48:30"\+xt*, \+xt 32|link-href="EZK 48:32"\+xt*, \+xt 33|link-href="EZK 48:33"\+xt* र \+xt 34|link-href="EZK 48:34"\+xt*\ft*\f* दक्षिण भाग चार हजार पाँच सय क्यूबिट, पूर्व भाग चार हजार पाँच सय क्यूबिट र पश्‍चिम भाग चार हजार पाँच सय क्यूबिट। \v 17 सहरको निम्ति खर्क उत्तरमा दुई सय पचास क्यूबिट,\f + \fr 48:17 \fr*\ft लगभग 135 मिटर\ft*\f* दक्षिणमा दुई सय पचास क्यूबिट, पूर्वमा दुई सय पचास क्यूबिट र पश्‍चिममा दुई सय पचास क्यूबिट हुनेछ। \v 18 बाँकी रहेको भाग, पवित्र भागको दक्षिणी सिमाना र त्यसको लम्बाइपट्टि जाने पूर्व भागमा दश हजार क्यूबिट र त्यसको पश्‍चिम भागमा दश हजार क्यूबिट हुनेछ। त्यस भागको उत्पादनबाट सहरका काम गर्ने मजदुरहरूका निम्ति भोजनको आपूर्ति हुनेछ। \v 19 त्यस भागमा खेती गर्न आउने श्रमिकहरू सहरका इस्राएलका सबै कुलहरूबाट हुनेछन्। \v 20 त्यो सम्पूर्ण खेतीको भाग एक वर्गाकार हुनेछ, जसको चारैपट्टि पच्‍चीस हजार क्यूबिट हुनेछ। सहरको सम्पत्तिसँगै एक विशेष उपहारको रूपमा तिमीहरूले पवित्र भाग छुट्याएर राख्नेछौ। \p \v 21 “पवित्र भाग र सहरको सम्पत्ति मिलेर बनिएको इलाकाका दुवै छेउमा बाँकी रहेको भागचाहिँ राजाको हुनेछ। यो पच्‍चीस हजार क्यूबिट पवित्र भागदेखि पूर्वतिर गएर पूर्व सिमानासम्म, र पश्‍चिमतिर पच्‍चीस हजार क्यूबिटदेखि पश्‍चिम सिमानासम्म जान्छ। कुलको भागहरूको लम्बाइतिर जाने यी दुवै भागहरू राजकुमारको हुनेछ; अनि मन्दिरको पवित्रस्थानको बीचमा तिनीहरूको पवित्र भाग हुनेछ। \v 22 यसरी लेवीहरूको सम्पत्ति र सहरको सम्पत्ति राजकुमारको इलाकाको बीचमा पर्नेछ। राजकुमारको इलाका यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बीचमा हुनेछ। \b \lh \v 23 “बाँकी कुलहरूका निम्ति यस प्रकार हुनेछ: \b \li1 “बेन्यामीनको एक भाग हुनेछ; त्यसको भाग विशेष भागको सिमानाको पूर्वी भागदेखि पश्‍चिमी भागसम्म फैलिनेछ। \li1 \v 24 शिमियोनको एक भाग हुनेछ; त्यसको भाग बेन्यामीनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 25 इस्साखारको एक भाग हुनेछ; त्यसको सिमाना शिमियोनको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 26 जबूलूनको एउटा भाग हुनेछ; त्यसको सिमाना इस्साखारको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 27 गादको एउटा भाग हुनेछ; त्यसको सिमाना जबूलूनको इलाकाको पूर्व भागदेखि पश्‍चिम भागसम्म हुनेछ। \li1 \v 28 गादको दक्षिण सिमाना तामारदेखि मेरीबा कादेशको पानीसम्म दक्षिणतिर जानेछ; त्यसपछि इजिप्टको बेँसीहुँदै भूमध्य सागरसम्म हुनेछ। \b \lf \v 29 “यो त्यो भूमि हो, जुन तिमीहरूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा अंशबण्डा गर्नेछौ; अनि तिनीहरूका भागहरू यिनै हुनेछन्,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \s1 नयाँ सहरका मूलढोकाहरू \lh \v 30 “सहरबाट बाहिर निस्कने मूलढोकाहरू यिनै हुन्: \b \li1 “उत्तरको भागबाट सुरु भएर, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, \v 31 सहरका मूलढोकाहरूका नाम इस्राएलका कुलहरूको नामअनुसार राखिनेछन्। उत्तर भागमा भएका तीन वटा मूलढोकाहरू, रूबेनको मूलढोका, यहूदाको मूलढोका र लेवीको मूलढोका हुनेछन्। \li1 \v 32 पूर्वको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, र सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: योसेफको मूलढोका, बेन्यामीनको मूलढोका र दानको मूलढोका। \li1 \v 33 दक्षिणपट्टिको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट नापको हुनेछ; सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: शिमियोनको मूलढोका, इस्साखारको मूलढोका र जबूलूनको मूलढोका। \li1 \v 34 पश्‍चिमपट्टिको भागमा, चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरको तीन वटा मूलढोकाहरू हुनेछन्; गादको मूलढोका, आशेरको मूलढोका र नप्‍तालीको मूलढोका। \b \lf \v 35 “सहरको चारैतिरको घेरा अठार हजार क्यूबिट\f + \fr 48:35 \fr*\ft लगभग 9.5 कि.मि.\ft*\f* हुनेछ। \b \p “अनि त्यस समयदेखि उसो त्यस सहरको नाम यो हुनेछ: ‘याहवेह शम्मा।’ ”\f + \fr 48:35 \fr*\ft मूल भाषामा \ft*\fqa याहवेह त्यहाँ हुनुहुन्छ।\fqa*\f*