\id EST - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h एस्तर \toc1 एस्तरको पुस्तक \toc2 एस्तर \toc3 एस्तर \mt1 एस्तरको पुस्तक \c 1 \s1 रानी वश्तीको पदच्युत \p \v 1 अहासूरस जसले भारतदेखि कूशसम्म\f + \fr 1:1 \fr*\fq कूश \fq*\ft नील नदीको माथिल्‍लो क्षेत्र\ft*\f* फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो: \v 2 त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे। \v 3 आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए। \p \v 4 त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे। \v 5 ती दिनहरू पूरा भएपछि राजाले शूशनको राजधानीमा भएका सानादेखि ठूला सबै मानिसहरूका निम्ति राजमहलको भित्रपट्टिको बगैँचामा सात दिनसम्म भोज लगाए। \v 6 त्यस बगैँचामा सिङ्गमरमरका स्तम्भहरूमा चाँदीका गोलचक्रहरूमा लगाइएका सेता मसिनो र बैजनी कपडाहरूमा गाँसिएका सेता र निलो सुती कपडाका पर्दाहरू झुन्ड्याइएका थिए। त्यहाँ रातो-स्फटिक शिला, सिङ्गमरमर, मोती र अन्य मूल्यवान् पत्थरहरूले सिँगारिएको भुइँमाथि सुन र चाँदीका बस्‍ने आसनहरू राखिएका थिए। \v 7 हरेक भिन्‍नाभिन्‍नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो। \v 8 राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्‍ने आदेश दिएका थिए। \p \v 9 तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्। \p \v 10 भोजको सातौँ दिनमा, जब राजा अहासूरस दाखमद्यको कारण प्रफुल्‍लित थिए, तब तिनले आफ्नो सेवा गर्ने सात जना नपुंसकहरू: महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कसलाई बोलाए। \v 11 अनि मानिसहरू र अधिकारीहरूलाई रानी वश्तीको सुन्दरता देखाउन भनी राजसी मुकुट पहिरेकी रानीलाई ल्याउने आदेश दिए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्। \v 12 तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए। \p \v 13 त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरू, जससँग यस्तो विषयमा राम्रो ज्ञान थियो, तिनीहरूसँग कुरा गरे। राजाले यस्ता नियम र कानुनको विषयमा पोख्त भएका ज्ञानी सल्‍लाहकारहरूको सल्‍लाह लिने चलन थियो। \v 14 अनि राजासित घनिष्‍ठ रहेका परसीया र मादीका सात जना मुख्य हाकिमहरू: कर्शना, शेथार, अदमाता, तर्शीश, मेरेस, मर्सेना र ममूकान, जोसँग राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो; अनि तिनीहरूले राज्य शासनमा विशेष स्थान पाएका थिए। \p \v 15 तिनले तिनीहरूसित सोधे, “कानुनअनुसार रानी वश्तीलाई के गरौँ? किनभने तिनले नपुंसकहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञापालन गरिनन्।” \p \v 16 तब राजा र हाकिमहरूको उपस्थितिमा ममूकानले जवाफ दिए, “रानी वश्तीले राजाको विरुद्ध मात्र होइन, तर राजा अहासूरसका सबै प्रान्तहरूका सबै भारदारहरू र मानिसहरूको अनादर गरेकी छिन्। \v 17 किनकि रानीको व्यवहारको बारेमा सबै स्त्रीहरूले जान्‍नेछन्, र तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठानेर यसो भन्‍नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई तिनको सामु उपस्थित हुन हुकुम गर्नुभएको थियो, तर तिनले अस्वीकार गरिन्।’ \v 18 आजको यही दिन रानीले गरेको व्यवहारको बारेमा सुन्‍ने परसीया र मादीका मुख्य घरानाका स्त्रीहरूले राजाका हाकिमहरूसित यस्तै प्रकारको व्यवहार गर्नेछन्। यसले गर्दा अनादर र अशिष्‍टताको कुनै अन्त्य हुनेछैन। \p \v 19 “यसकारण यदि राजालाई असल लाग्छ भने उहाँद्वारा एउटा राजकीय उर्दी निकालियोस्; अनि त्यसलाई परसीया र मादीहरूको ऐन-कानुनमा लेखियोस्, जसलाई कसैले पनि रद्द गर्न नसकून्; ताकि अब उसो राजा अहासूरसको उपस्थितिमा रानी वश्ती कहिल्यै देखा पर्न पाउनेछैनन्; अनि राजाले उनको राजकीय पद तिनीभन्दा असल अरू कसैलाई देऊन्। \v 20 अनि जब राजाको उर्दी उनको सारा राज्यभरि सुनाइन्छ, तब सानादेखि ठूलासम्मका सबै स्त्रीहरूले आफ्ना पतिहरूलाई आदर गर्नेछन्।” \p \v 21 तब राजा र तिनका भारदारहरूलाई यो सल्‍लाह मन पर्‍यो। यसकारण राजाले ममूकानले राखेको प्रस्तावअनुसार गरे। \v 22 राजाले हरेक मानिस आफ्नो घरको मालिक हुनुपर्छ भन्‍ने आदेश आफ्नो राज्यका सबै राजकीय प्रान्तहरूमा पठाए। अनि प्रत्येक प्रान्तमा तिनीहरूका आ-आफ्नै लिपिअनुसार र हरेक जातिका आ-आफ्नै भाषाअनुसार आज्ञा-पत्रहरू पठाए। \c 2 \s1 एस्तर रानी बनिएकी \p \v 1 त्यसपछि जब राजा अहासूरसको क्रोध शान्त भयो, तब उनलाई वश्तीको याद आयो; अनि तिनले गरेको कुरा र उनको विरोधमा निकालिएको उर्दीलाई उनले सम्झना गरे। \v 2 तब राजाका व्यक्तिगत सेवकहरूले यसो भनी प्रस्ताव गरे, “राजाका निम्ति सुन्दरी कन्याहरूको खोजी गरियोस्। \v 3 ती सबै सुन्दरी केटीहरूलाई शूशनको राजधानीमा भएको स्त्री-गृहमा ल्याइयोस् भनेर राजाले आफ्नो राज्यका प्रत्येक प्रान्तमा उच्‍च कर्मचारीहरू नियुक्त गरून्। ती कन्याहरूलाई स्त्री-गृहको जिम्मावाल रहेका राजाका नपुंसक हेगेको अधीनमा राखियोस्; अनि तिनीहरूलाई सुन्दर बनाउने सिङ्गार-पटारका सामग्रीहरू दिइयोस्। \v 4 अनि जुन स्त्रीले राजालाई रिझाउँछे, उही नै वश्तीको सट्टामा रानी होस्।” यो सल्‍लाह राजालाई असल लाग्यो, तब तिनले त्यस्तै गरे। \p \v 5 शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए; \v 6 उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए। \v 7 मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्। \p \v 8 त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो। \v 9 एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्‍त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए। \p \v 10 एस्तरले आफ्नो जातीय पृष्‍ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्‍लाह दिएका थिए। \v 11 एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे। \p \v 12 कुनै पनि युवती एक-एक गरी राजा अहासूरसकहाँ जाने पालो आउनअगि तिनीहरूको लागि तोकिएको सिङ्गार-पटारको बाह्र महिना पूरा गर्नुपर्थ्यो। छ महिनासम्म मूर्रको तेलले, छ महिनासम्म सिङ्गार मसला र अत्तरको तेलले मालिश गरिन्थ्यो। \v 13 यसरी ऊ राजाकहाँ जानुपर्थ्यो: युवतीहरूले स्त्री-गृहबाट आफूसँग राजाकहाँ लैजान चाहेका कुनै पनि चीज उसलाई लैजान दिइन्थ्यो। \v 14 बेलुकी ऊ राजाकहाँ जान्थी, र भोलिपल्ट बिहान उपपत्नीहरूका जिम्मावाल रहेका राजाका नपुंसक शाश्गजको रेख-देखमा रहन स्त्री-गृहको अर्को ठाउँमा जान्थी। राजा ऊसँग प्रसन्‍न भएर उसको नाम काढेर नबोलाएसम्म ऊ राजाकहाँ फेरि जान पाउँदिनथिई। \p \v 15 जब एस्तरको (जसलाई मोर्दकैले धर्म-पुत्री बनाएका थिए, तिनी मोर्दकैका काका अबीहेलकी छोरी थिइन्) राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्री-गृहको जिम्मामा रहेका राजाका नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही मागिनन्। यसरी एस्तरलाई देख्ने सबैको दृष्‍टिमा तिनले कृपा पाइन्। \v 16 तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो। \p \v 17 राजा अरू सबै स्त्रीहरूभन्दा एस्तरप्रति बढी आकर्षित भए; अनि तिनले अरू कन्याहरूले भन्दा बढी राजाको कृपा र निगाह पाइन्। यसकारण राजाले तिनको शिरमाथि राजसी मुकुट पहिराइदिए, र तिनलाई वश्तीको सट्टामा रानी तुल्याए। \v 18 त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना सबै भारदार र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। तिनले सबै प्रान्तभरि बिदाको घोषणा गरे; अनि राजाको उदारताअनुसार राजकीय उपहारहरू बाँडे। \s1 मोर्दकैले षड्यन्त्रको भण्डाफोर गरेका \p \v 19 कन्याहरू दोस्रो पटक भेला भएको बेला, मोर्दकैचाहिँ राजाको दरबारको मूलढोकामा उपस्थित थिए। \v 20 तर मोर्दकैले एस्तरलाई आफ्नो परिवार र जातियताको कुरा गुप्‍त राख्न भनेझैँ, तिनले त्यसै गरेकी थिइन्; किनकि मोर्दकैले उनलाई हुर्काउँदै गर्दा सिकाएका तिनका आदेशहरू पालन गर्दै आएकी थिइन्। \p \v 21 मोर्दकै राजाको मूलढोकामा बसिरहेको समयमा, ढोकाको रक्षा गर्ने राजाका दुई जना अधिकारीहरू, बिग्थाना र तेरेश रिसाएका थिए; अनि राजा अहासूरसलाई मार्ने षड्यन्त्र खोज्न थाले। \v 22 तर यो षड्यन्त्र मोर्दकैलाई थाहा भयो, तब त्यो कुरा रानी एस्तरलाई बताइदिए; अनि तिनले त्यसको श्रेय मोर्दकैलाई दिँदै त्यो कुरा राजालाई सुनाइदिइन्। \v 23 अनि जब त्यस कुराको जाँचबुझ भयो, तब त्यो सत्य ठहरियो। तब ती दुवै अधिकारीहरूलाई फाँसीको सजाय दिएर खाँबोमा झुण्ड्याइयो। यी सबै कुरा राजाकै उपस्थितिमा इतिहासका पुस्तकमा लेखियो। \c 3 \s1 यहूदीहरूको विरुद्धमा हामानको षड्यन्त्र \p \v 1 यी घटनाहरूपछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई अरू अधिकारीहरूभन्दा उच्‍च दर्जाको पद दिएर सम्मान गरे। \v 2 राजाको मूलढोकामा सबै राजकीय अधिकारीहरूले घुँडा टेकेर हामानलाई सम्मान दिन्थे; किनकि राजाले यसो गर्न आज्ञा दिएका थिए। तर मोर्दकैले न घुँडा टेक्थे, न त सम्मान नै दिन्थे। \p \v 3 तब राजाका मूलढोकामा नियुक्त राजकीय अधिकृतहरूले मोर्दकैलाई सोधे, “तपाईंले किन राजाको आज्ञा उल्‍लङ्घन गर्नुहुन्छ?” \v 4 तिनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे, तर तिनले त्यो पालन गर्न अस्वीकार गरे। यसकारण तिनीहरूले मोर्दकैको व्यवहार स्वीकार्य छ कि छैन भनी, यस विषयमा हामानलाई भनिदिए; किनकि तिनले आफूलाई यहूदी भनेका थिए। \p \v 5 जब मोर्दकैले घुँडा टेक्दैनन्, अथवा तिनलाई आदर गर्दैनन् भन्‍ने कुरा हामानले थाहा पाए, तब हामान रिसले चुर भए। \v 6 तर जब हामानलाई मोर्दकैका मानिसहरू को हुन् भनी थाहा भयो, तब तिनले मोर्दकै लगायत अहासूरसको समस्त राज्यभरिका तिनका सबै जाति, यहूदीहरूलाई नै नाश गर्ने उपाय खोज्न थाले। \p \v 7 राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा तिनीहरूले एउटा दिन र महिना छान्‍न भनी हामानको उपस्थितिमा एउटा \tl पूर\tl* (अर्थात् चिट्ठा) हाले। अनि चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्‍यो। \p \v 8 तब हामानले राजा अहासूरसलाई भने, “तपाईंको राज्यका समस्त प्रान्तहरूमा धेरै जाति-जातिको बीचमा फैलिएर बसेको एउटा विशेष जाति छ; तिनीहरू आफैँलाई अरू जातिबाट अलग राख्छन्। तिनीहरूका रीतिहरू अरू जातिहरूका भन्दा फरक छन्; तर तिनीहरूले राजाका आज्ञापालन गर्दैनन्। यसकारण तिनीहरूलाई सहानुभूति देखाउनु राजाको हितमा छैन। \v 9 यदि राजालाई असल लाग्यो भने तिनीहरूलाई नष्‍ट गर्ने एउटा आदेश जारी गरियोस्; अनि म यो काम गर्ने राजाका प्रशासकहरूका निम्ति राजकीय भण्डारमा दश हजार टालेन्ट\f + \fr 3:9 \fr*\ft लगभग 375 टन\ft*\f* चाँदी दिनेछु।” \p \v 10 यसकारण राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट निकालेर अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानलाई दिए। \v 11 राजाले हामानलाई भने, “त्यो रकम आफूसँग राख, र ती मानिसहरूसित तिमीलाई जे इच्छा लाग्छ, त्यही गर।” \p \v 12 तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। हामानको आदेशमा तिनीहरूले विभिन्‍न प्रान्तहरूमा राजाका हाकिमहरू, अधिकृतहरू र विभिन्‍न जातिहरूका अधिकारीहरूलाई हरेक प्रान्तको लिपिअनुसार र हरेक जातिको भाषाअनुसार सबै आदेशहरू लेखियो। यो राजा अहासूरसकै नाममा लेखिएको थियो; अनि तिनको आफ्नै औँठीको छाप लगाइएको थियो। \v 13 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा राजाका सबै प्रान्तहरूमा सन्देशवाहकद्वारा उर्दी पत्रहरू पठाइयो। ती पत्रहरूमा एकै दिनमा सारा यहूदीहरू, जवान र वृद्ध, स्त्री र केटाकेटीहरूलाई नाश गर्नू, मार्नू र नामनिशानै मेटिदिनु; अनि तिनीहरूका धनसम्पत्तिहरू लुट्नू भन्‍ने हुकुम गरिएको थियो। \v 14 त्यो उर्दीको एउटा प्रतिलिपि प्रत्येक प्रान्तमा हरेक जातिका मानिसहरूमा कानुनझैँ पठाइयो, ताकि त्यस दिनका निम्ति तिनीहरू तयार होऊन्। \p \v 15 त्यो उर्दी लिएर तुरुन्तै ती सन्देश वाहकहरू निस्के; अनि त्यसलाई राजधानी शूशनमा जारी गरियो। राजा र हामानचाहिँ मद्य पिउन बसे, तर शूशनको सहरमा हलचल मच्‍चियो। \c 4 \s1 मोर्दकैले एस्तरसित मदतका लागि बिन्ती गरेका \p \v 1 जब यी सबै कुरा मोर्दकैले थाहा पाए, तब तिनले आफ्ना लुगाहरू च्याते; अनि भाङ्ग्रा र खरानी लगाएर चर्को सोरमा विलाप गर्दै रुँदै सहरमा गए। \v 2 तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्‍न अनुमति पाउँदैनथ्यो। \v 3 राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे। \p \v 4 जब एस्तरका सहेलीहरू र तिनका नपुंसकहरूले तिनलाई मोर्दकैको बारेमा बताइदिए; तब तिनी अति विचलित भइन्। मोर्दकैले भाङ्ग्राको सट्टा लुगा लगाऊन् भनेर रानीले लुगाहरू पठाइदिइन्; तर उनले त्यो स्वीकार गरेनन्। \v 5 तब एस्तरले आफ्नो रेखदेख गर्ने राजाको नपुंसक हताकलाई बोलाउन पठाइन्; अनि मोर्दकैलाई किन र के कारणले दुःखी बनायो, सो पत्ता लगाउन भनी आज्ञा दिइन्। \p \v 6 यसकारण हताक राजाको मूलढोकाको अगाडि सहरको खुला चोकमा मोर्दकैकहाँ गए। \v 7 अनि मोर्दकैले आफूमाथि के आइलागेको थियो र हामानले सारा यहूदीहरूको सर्वनाशको निम्ति राजकोषमा कति रकम जम्मा गरिदिनेछु भनी प्रतिज्ञा गरेको छ, त्यो सबै कुरा हताकलाई बताइदिए। \v 8 अनि तिनले शूशनमा यहूदीहरूलाई मार्न भनी जारी गरिएको लिखित उर्दीको प्रतिलिपि पनि एस्तरलाई देखाउन र त्यो बुझाइदिन हताकलाई दिए। मोर्दकैले तिनलाई राजाको उपस्थितिमा गएर दयाको याचना गर्न र आफ्ना मानिसहरूका पक्षमा बिन्ती गर्नलाई निर्देशन दिए। \p \v 9 तब हताक फर्केर गयो, र मोर्दकैले भनेका सबै कुरा एस्तरलाई बताइदियो। \v 10 तब एस्तरले मोर्दकैलाई यसो भन्‍नू भनेर हताकलाई आदेश दिइन्; \v 11 “राजाले नबोलाएसम्म राजाको भित्री चोकमा जाने कुनै पनि पुरुष अथवा स्त्रीका निम्ति राजाको एउटै कानुन छ भन्‍ने कुरा राजाका सबै अधिकारी र राजकीय प्रान्तका सबै मानिसहरूलाई थाहा छ: राजाले त्यस मानिसतिर आफ्नो सुनको राजदण्ड पसारे भने मात्र त्यो व्यक्ति जीवित रहन्छ। तर राजाले मलाई आफूकहाँ नबोलाउनू भएको तीस दिन भइसकेको छ।” \p \v 12 जब एस्तरका यी कुराहरू मोर्दकैलाई सुनाइयो, \v 13 तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच। \v 14 किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्‍यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्‍ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?” \p \v 15 त्यसपछि एस्तरले मोर्दकैकहाँ यो जवाफ पठाइन्: \v 16 “गएर शूशनमा भएका सारा यहूदीहरूलाई एकसाथ भेला गर्नुहोस्; अनि तपाईंहरू तीन दिनसम्म रातदिन केही नखाई र नपिई मेरा निम्ति उपवास बस्‍नुहोस्। तपाईंहरूले गरेझैँ म र मेरा सहेलीहरूले पनि उपवास बस्‍नेछौँ। त्यसपछि नियमको विरुद्धै भए तापनि म राजाकहाँ जानेछु। यदि म नाश भएँ भने पनि होस्।” \p \v 17 यसकारण मोर्दकै गइहाले, र एस्तरले निर्देशन दिएझैँ गरे। \c 5 \s1 राजालाई एस्तरको बिन्ती \p \v 1 तेस्रो दिन एस्तरले आफ्नो राजकीय वस्त्र पहिरिन्, र राजमहलको भित्री चोकमा राज कक्षको सामु उभिइन्। राजाचाहिँ कक्षको राजकीय सिंहासनमा प्रवेशद्वारतिर फर्केर बसेका थिए। \v 2 जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पा छोइन्। \p \v 3 तब राजाले सोधे, “रानी एस्तर, तिम्रो बिन्ती के हो? तिमी के चाहन्छौँ? तिमीले आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिइनेछ।” \p \v 4 एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।” \p \v 5 राजाले भने, “हामानलाई झट्टै बोलाओ, र एस्तरले भनेझैँ हामी भोजमा जान सकौँ।” \p यसरी राजा र हामान एस्तरले तयार पारेको भोजमा गए। \v 6 तिनीहरूले दाखमद्य पिउँदै गरेको बेला राजाले एस्तरलाई फेरि सोधे, “तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। अनि तिम्रो अनुरोध के छ? आधा राज्य नै भए तापनि त्यो दिइनेछ।” \p \v 7 एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो: \v 8 यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।” \s1 मोर्दकैको विरुद्ध हामानको रिस \p \v 9 त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए। तर जब तिनले राजाको मूलढोकामा मोर्दकै तिनको अगि न खडा भएको, न त तिनको उपस्थितिमा डराएको देखे, तब तिनी मोर्दकैसित रिसले चुर भए। \v 10 तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए। \p तब तिनले आफ्ना मित्रहरू र आफ्नी पत्नी जेरेशलाई बोलाए। \v 11 अनि हामानले तिनीहरूलाई आफ्नो सम्पत्ति, आफ्ना धेरै छोराहरू, र राजाले कसरी तिनलाई धेरै सम्मान दिएका कुराहरू, अनि तिनले आफूलाई अरू प्रमुख व्यक्तिहरू र अधिकारीहरूभन्दा उच्‍च पदमा नियुक्त गरेको बारेमा धाक लगाए। \v 12 हामानले भने, “अनि यति मात्र होइन, रानी एस्तरले दिएको भोजमा राजासित बस्‍न पाउने व्यक्ति म मात्र हुँ।” अनि भोलि पनि रानीले राजासित मलाई निम्तो दिएकी छिन्। \v 13 तर पनि जबसम्म त्यो यहूदी मोर्दकैलाई राजाको मूलढोकामा देख्छु, यी सबै कुराहरूले मलाई सन्तुष्‍टि दिन सक्दैन। \p \v 14 तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई सल्‍लाह दिए, “पचास क्यूबिट\f + \fr 5:14 \fr*\ft लगभग 75 फिट\ft*\f* अग्लो एउटा फाँसीको काठ बनाउन लगाउनुहोस्; अनि त्यसैमा बिहान मोर्दकैलाई झुण्ड्याउन राजासँग बिन्ती गर्नुहोस्। त्यसपछि राजासित भोजमा गएर रमाइलो गर्नुहोस्।” यो सल्‍लाहले हामानलाई खुशी तुल्यायो; अनि तिनले फाँसी दिने काठ तयार गर्न लगाए। \c 6 \s1 मोर्दकै सम्मानित भएका \p \v 1 त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे। \v 2 अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो। \p \v 3 अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?” \p तब तिनका सेवकहरूले जवाफ दिए, “तिनका निम्ति केही पनि गरिएको छैन।” \p \v 4 अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए। \p \v 5 यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।” \p राजाले आदेश दिए, “तिनलाई भित्र ल्याऊ।” \p \v 6 जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?” \p हामानले मनमनै सोचे, “राजा मबाहेक अरू कसलाई सम्मान दिन इच्छुक हुनुभएको होला र?” \v 7 यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ, \v 8 उहाँले लगाउनुभएको राजकीय वस्त्र ल्याइयोस्, उहाँ सवार हुनुहुने घोडा र शिरमा लगाइएको मुकुट ल्याइयोस्। \v 9 त्यसपछि त्यो वस्त्र र त्यो घोडा राजाका मुख्य राजकुमारहरूमध्ये एक जनाको जिम्मामा दिइयोस्। तिनीहरूले राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई त्यो वस्त्र पहिर्‍याइदेऊन्; अनि तिनलाई त्यस घोडामाथि सवार गराएर सहरका सडकहरूमा डोर्‍याऊन्, र तिनको अगि-अगि यसो भनेर घोषणा गर्दै जाऊन् ‘राजाले सम्मान दिन चाहेका मानिसलाई यसै गरिन्छ।’ ” \p \v 10 तब राजाले हामानलाई आज्ञा दिए, “झट्टै गएर वस्त्र र घोडा ल्याऊ, र तिमीले सल्‍लाह दिएअनुसार राजाको मूलढोकामा बसिरहेका यहूदी मोर्दकैको निम्ति त्यसै गर। तिमीले सिफारिस गरेका कुनै पनि कुरा नछोड्नू।” \p \v 11 यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्‍याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्‍याए। \p \v 12 त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए। \v 13 अनि आफ्नी पत्नी जेरेश र आफ्ना सबै साथीहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। \p तिनका सल्‍लाहकारहरू र तिनकी पत्नी जेरेशले तिनलाई भने, “मोर्दकै, जसको सामु तपाईंको पतन सुरु भएको छ, तिनी जन्मजात यहूदी भएका कारण तपाईं तिनको विरुद्ध खडा रहन सक्नुहुन्‍न। तपाईंको विनाश निश्‍चित छ!” \v 14 तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले। \c 7 \s1 हामानलाई फाँसी दिइएको \p \v 1 तब राजा र हामान रानी एस्तरको भोजमा गए; \v 2 अनि दोस्रो दिन, तिनीहरूले दाखमद्य पिउँदै राजाले फेरि सोधे, “रानी एस्तर, अब भन, तिम्रो बिन्ती के हो? मलाई भन, त्यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? राज्यको आधा भाग मागे तापनि त्यो दिइनेछ।” \p \v 3 तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्‍त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्‍ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो। \v 4 किनकि म र मेरा जातिहरू सर्वनाश गरिन, हत्या गरिन र मृत्युको लागि बेचिएका छौँ। यदि हामी दास-दासीझैँ बेचिएका मात्र भए, म चुप लाग्नेथिएँ; किनभने यस्तो सानो कुराको लागि महाराजालाई दुःख दिनु उचित हुनेथिएन।” \p \v 5 तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?” \p \v 6 एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्‍ट हामान हो!” \p यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए। \v 7 तब राजा रिसले चुर भएर उठे, र आफ्नो दाखमद्य त्यहीँ छोडेर राजमहलको बगैँचामा गए। तर हामानचाहिँ राजाले तिनको निम्ति दण्डको निर्णय गरिसकेका छन् भनी सोचेर एस्तर रानीसित आफ्नो प्राणको भीख माग्न भनी भित्रै बसे। \p \v 8 राजा राजमहलको बगैँचाबाट भोज गर्ने हलमा फर्केर आए; हामानचाहिँ एस्तर रानीले आराम गर्ने पलङको छेउमा निहुरिरहेका थिए। \p तब राजा यसरी चिच्याए, “के यस मानिसले यहाँ मेरै सामु रानीलाई दुर्व्यवहार गर्ने आँट गरेको हो?” \p राजाको मुखबाट यो कुरा निस्कनसाथ, तिनीहरूले हामानको मुख छोपिदिए। \v 9 तब राजाका सेवक नपुंसकहरू मध्येका एक जना हर्बोनाले भन्यो, “राजालाई सहायता गर्न बोल्ने मोर्दकैका निम्ति हामानले तयार पारेको पचास क्यूबिट\f + \cat dup\cat*\fr 7:9 \fr*\ft लगभग 75 फिट\ft*\f* अग्लो फाँसी दिने काठ त्यसको घरकै छेउमा खडा छ।” \p राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याइदेओ!” \v 10 यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो। \c 8 \s1 यहूदीहरूको पक्षमा राजाको आदेश \p \v 1 त्यही दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानको सम्पूर्ण सम्पत्ति रानी एस्तरलाई दिए। अनि मोर्दकै राजाको अगि हाजिर भए; किनकि कसरी तिनी उनको आफन्त पर्छन् भनेर एस्तरले राजालाई बताइदिएकी थिइन्। \v 2 राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्। \p \v 3 एस्तर फेरि रुँदै राजाको पाउमा परेर बिन्ती गरिन्। अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षड्यन्त्र हटाइदिनुहोस् भनी राजासित अनुरोध गरिन्। \v 4 तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्। \p \v 5 एस्तरले भनिन्, “यदि राजालाई असल लाग्यो भने, र हजुरले ममाथि निगाह राख्नुहुन्छ, साथै यसो गर्नु उचित हो भन्‍ने लाग्यो भने, र हजुर मसित प्रसन्‍न हुनुहुन्छ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नाश गर्ने षड्यन्त्र गरेर लेखेर पठाइएका पत्रहरूलाई रद्द गर्ने आदेश लेखियोस्। \v 6 किनकि मेरा मानिसहरूमाथि विपत्ति आइपरेको म कसरी सहन सक्छु? म आफ्नो परिवारमा विनाश आइलागेको कसरी सहन सक्छु र?” \p \v 7 राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ। \v 8 अब राजाको नाममा यहूदीहरूको पक्षमा अर्को एउटा आदेश तिमीहरूलाई इच्छा लागेअनुसार लेख, र त्यसमा राजाको औँठी-छापको मोहर लगाइदेओ। किनकि राजाको नाममा लेखिएको र तिनको औँठी-छाप लगाएको कुनै पनि लिखित पत्र खारेज गर्न सकिँदैन।” \p \v 9 तुरुन्तै सीवान भनिने तेस्रो महिनाको तेईसौँ दिन राजाका सचिवहरूलाई बोलाइयो। तिनीहरूले भारतदेखि कूश देशसम्मका 127 प्रान्तका बडाहाकिमहरू, अधिकृतहरू र शासकहरूलाई मोर्दकैले दिएका उर्दीहरू लेखे। ती उर्दीहरू प्रत्येक प्रान्तको आफ्नै लिपिमा र हरेक जातिको आफ्नै भाषामा, र यहूदीहरूका लागि पनि तिनीहरूका आ-आफ्नै लिपि र भाषामा लेखिएका थिए। \v 10 मोर्दकैले राजा अहासूरसको नाममा उर्दीहरू लेखाए, र ती उर्दीहरूलाई राजाको औँठी-छापको मोहर लगाए। अनि ती उर्दीहरूलाई राजाको कामका लागि उच्‍च कोटीका फूर्तिला घोडाहरूमाथि सवार गर्ने सन्देशवाहकहरूद्वारा पठाइदिए। \p \v 11 राजाको यस उर्दीले प्रत्येक सहरमा भएका यहूदीहरू भेला भएर, आफ्नो सुरक्षा गर्ने अधिकार दिएको थियो। तिनीहरू आफ्ना स्त्री र छोराछोरीहरूलाई आक्रमण गर्न आउने कुनै पनि जाति वा प्रान्तका हतियारधारी दलहरूलाई नाश गर्ने, मार्ने, विनाश गर्ने र तिनीहरूका शत्रुहरूका सम्पत्ति लुट्ने अनुमति दिएको थियो। \v 12 राजा अहासूरसका सबै प्रान्तहरूमा यहूदीहरूका निम्ति यसो गर्न तोकिएको दिन, अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन थियो। \v 13 त्यस उर्दीको एउटा प्रतिलिपिलाई प्रत्येक प्रान्तमा कानुनी रूपमा निकालिने र प्रत्येक जातिका मानिसहरूलाई थाहा गराउनुपर्ने थियो, ताकि त्यस दिन यहूदीहरू तिनीहरूका शत्रुहरूमाथि बदला लिन तयार रहन सकून्। \p \v 14 राजाको आज्ञाअनुसार सन्देश वाहकहरू हतार-हतार राजकीय घोडाहरूमाथि सवार भएर तेजसित बाहिर गए। अनि त्यो उर्दी राजधानी शूशनभरि जारी गरियो। \s1 यहूदीहरूको विजय \p \v 15 मोर्दकै राजाको उपस्थितिबाट निलो र सेतो राजकीय पोशाक, शिरमा सुनको मुकुट र मलमलको बैजनी लबेदा पहिरेर निस्के। अनि समस्त शूशन सहरमा खुशी र आनन्दको उत्सव मनाइयो। \v 16 किनकि यहूदीहरूका निम्ति त्यो एउटा खुशीयाली, आनन्द, हर्ष र सम्मानको दिन थियो। \v 17 प्रत्येक प्रान्त र प्रत्येक सहरमा जहाँ-जहाँ राजाको उर्दी पुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूको बीचमा आनन्द र हर्षको साथमा भोज र उत्सव मनाइयो। अनि अरू जातिका मानिसहरूमा यहूदीहरूको डर पसेको कारण धेरै मानिसहरू यहूदी भए। \c 9 \p \v 1 अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए। \v 2 यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्। \v 3 अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए। \v 4 राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए। \p \v 5 यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे। \v 6 राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे। \v 7 तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता, \v 8 पोराता, अदलिया, अरीदाता, \v 9 पर्मशता, अरीशै, अरीदै र बैजातालाई पनि मारे, \v 10 जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्। \p \v 11 राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो। \v 12 राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।” \p \v 13 तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।” \p \v 14 यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए। \v 15 शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्। \p \v 16 त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्। \v 17 यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए। \p \v 18 शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए। \p \v 19 यसैकारण टाढा-टाढाका सहरहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्। \s1 पूरीम उत्सवको स्थापना \p \v 20 मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई \v 21 वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए। \v 22 यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्‍न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे। \p \v 23 यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए। \v 24 किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति \tl पूर\tl* (अर्थात् चिट्ठा) हालेका थिए। \v 25 तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्‍यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे। \v 26 (यसकारण यी दिनहरूलाई \tl पूर\tl* शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा \v 27 यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए। \v 28 यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्‍न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्‍ट हुन दिनुहुन्छ। \p \v 29 यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्‍टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्। \v 30 अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए। \v 31 पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्‍ने बारेमा लेखिएको थियो। \v 32 एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्‍का गर्‍यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो। \c 10 \s1 मोर्दकैको महानता \p \v 1 राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए। \v 2 अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्‍नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्। \v 3 यहूदी मोर्दकै, राजा अहासूरसपछि दोस्रो दर्जामा थिए। यहूदीहरूका बीचमा सर्वश्रेष्‍ठ र आफ्ना सबै यहूदीहरूद्वारा सम्मानित थिए; किनकि तिनले आफ्ना मानिसहरूका भलाइको काम गरेका थिए, र सारा यहूदीहरूको भलाइका निम्ति बोलेका थिए।