\id ECC - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h उपदेशक \toc1 उपदेशकको पुस्तक \toc2 उपदेशक \toc3 उप \mt1 उपदेशकको पुस्तक \c 1 \s1 सबै थोक अर्थहीन छन् \p \v 1 दावीदका पुत्र, यरूशलेमका राजा, उपदेशकका\f + \fr 1:1 \fr*\ft अथवा \ft*\fqa सभाको अध्यक्ष\fqa*\ft ; \+xt 2|link-href="ECC 1:2"\+xt* र \+xt 12|link-href="ECC 1:12"\+xt* पदमा पनि\ft*\f* वचनहरू: \q1 \v 2 “अर्थहीन नै अर्थहीन!” \q2 उपदेशकले भन्दछन्, \q1 “पूर्ण रूपमा अर्थहीन! \q2 सबै थोक अर्थहीन हुन्।” \b \q1 \v 3 मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई \q2 के नै लाभ हुन्छ र? \q1 \v 4 पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; \q2 तर पृथ्वी सदासर्वदा रहिरहन्छ। \q1 \v 5 सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; \q2 अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ। \q1 \v 6 बतास दक्षिणतिर बहन्छ, \q2 र फेरि उत्तरतिर फर्कन्छ; \q1 त्यो फन्को मार्दै, \q2 फेरि फन्को मार्दै फर्केर आउँछ। \q1 \v 7 सबै नदीनालाहरू बगेर समुद्रमै जान्छन्, \q2 र पनि समुद्र कहिल्यै भरिँदैन; \q1 जुन स्थानबाट ती नदीनालाहरू आउँछन्, \q2 ती फेरि त्यतैतिर फर्केर जान्छन्। \q1 \v 8 सबै थोक विरक्तलाग्दा छन्, \q2 कसैले ती वर्णन गर्न सक्दैन। \q1 देखेर आँखा कहिल्यै सन्तुष्‍ट हुँदैन; \q2 न त सुनेर कान तृप्‍त हुन्छ। \q1 \v 9 जे भएको थियो, त्यही फेरि हुनेछ; \q2 जे गरिएको थियो, फेरि त्यही गरिनेछ; \q2 सूर्यमुनि कुनै कुरा नयाँ छैन। \q1 \v 10 के कुनै कुरो यस्तो छ, जसबारे कसैले भन्‍न सक्छ, \q2 “हेर! योचाहिँ नयाँ कुरा हो?” \q1 त्यो धेरै पहिलेदेखि नै यहाँ थियो, \q2 हाम्रो समयभन्दा पनि धेरै पहिलेदेखि। \q1 \v 11 विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, \q2 र आउनेवालाहरूलाई पनि \q1 कसैले सम्झनेछैन; \q2 त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्। \s1 बुद्धि पनि अर्थहीन हो \p \v 12 म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ। \v 13 आकाशमुनि जे जति गरिन्छन्, ती सबै बुद्धिद्वारा अध्ययन र अनुसन्धान गर्न भनेर मैले मेरो मनलाई लगाएँ। परमेश्‍वरले मानिस जातिलाई कति कठिन बोझ दिनुभएको छ, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। \v 14 सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो। \q1 \v 15 जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; \q2 अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन। \p \v 16 मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्‍त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।” \v 17 तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ। \q1 \v 18 किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; \q2 र धेरै ज्ञानले त्यससँगै धेरै कष्‍ट पनि बढाउँछ। \c 2 \s1 सुख-विलास अर्थहीन हुन् \p \v 1 मैले मनमनमै भनेँ, “आइज, म तँलाई असल के रहेछ भनी थाहा गर्न सुख-विलासद्वारा जाँच गर्नेछु।” तर त्यो पनि अर्थहीन रहेछ भनी प्रमाणित भयो। \v 2 मैले भनेँ, “हाँसो पागलपन हो; अनि सुख-विलासले के लाभ हुन्छ र?” \v 3 आफूलाई मनोरञ्जन गर्न मैले मद्यपान गरेँ, र मूर्खतालाई अँगालेँ—मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्‍याउँदैथियो। आफ्नो छोटो जीवनमा मानिसले स्वर्गमुनि के असल काम गर्नुपर्ने रहेछ भनी म जान्‍न चाहन्थेँ। \p \v 4 मैले ठूला-ठूला कामहरू सुरु गरेँ। मैले आफ्ना निम्ति घरहरू बनाएँ; र दाखबारी लगाएँ। \v 5 मैले बगैँचाहरू र उद्यानहरू बनाएँ, र त्यहाँ सबै किसिमका फलफूलका रूखहरू रोपेँ। \v 6 बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ। \v 7 मैले दास-दासीहरू किनेँ; अनि मेरा घरमा जन्मेका अन्य दासहरू पनि मसित थिए। यरूशलेममा मभन्दा अगिका सबै मानिसहरूका भन्दा पनि धेरै गाईबस्तु र भेडाबाख्राहरू मसँग थिए। \v 8 मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्‍न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ। \v 9 म यरूशलेममा मेरो अगिका सबैभन्दा धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रहिरह्‍यो। \q1 \v 10 मेरा आँखाहरूले चाहेका कुनै पनि अभिलाषा प्राप्‍त गर्न \q2 मैले आफैँलाई इन्कार गरिनँ; \q2 मेरो हृदयलाई मोजमस्ती गर्न मैले कुनै पनि कसर बाँकी राखिनँ। \q1 मेरा सबै मेहनतमा मेरो हृदय प्रसन्‍न थियो; \q2 अनि मेरो सारा परिश्रमको फल यही थियो। \q1 \v 11 जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू \q2 र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; \q1 ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; \q2 सूर्यमुनि केही कुरो फाइदाको रहेनछ। \s1 बुद्धि र मूर्खता अर्थहीन हुन् \q1 \v 12 तब बुद्धि के रहेछ भनी जाँच्न मेरो सोचलाई लगाएँ; \q2 अनि यसै गरी पागलपन र मूर्खता पनि, \q1 जे जति गरिसकेका छन्; \q2 त्योभन्दा बढी राजाका उत्तराधिकारीले के गर्न सक्लान् र? \q1 \v 13 मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, \q2 जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ! \q1 \v 14 बुद्धिमान्‌को आँखा उसको शिरमा हुन्छ, \q2 तर मूर्खचाहिँ अँध्यारोमा हिँड्‍डुल गर्छ; \q1 तर मैले यो थाहा गरेँ कि, \q2 यी दुवैको अन्त्य एउटै हुँदोरहेछ। \p \v 15 तब मैले आफ्नो मनमनै विचार गरेँ, \q1 “मूर्खमाथि जे आइपर्छ, त्यस्तै ममाथि पनि हुन्छ। \q2 तब म बुद्धिमान् भएर मलाई के लाभ भयो र?” \q1 तब मैले आफ्नो मनमनै यसो भनेँ, \q2 “यो पनि अर्थहीन रहेछ!” \q1 \v 16 किनकि मूर्खको जस्तै, बुद्धिमान्‌को पनि सधैँभरि सम्झना गरिनेछैन; \q2 ती दिनहरू आइसकेका छन्, ती दुवै बिर्सिएका हुनेछन्; \q1 मूर्खजस्तै बुद्धिमान् मानिस पनि मर्नैपर्छ! \s1 परिश्रम अर्थहीन छ \p \v 17 यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो। \v 18 सूर्यमुनि मैले गरेका हरेक कामलाई मैले घृणा गर्न थालेँ; किनकि हरेक कामको फल मेरो उत्तराधिकारीको निम्ति मैले छोड्नैपर्छ। \v 19 अनि कसले जान्दछ, त्यो मूर्ख हुनेछ कि बुद्धिमान्? तापनि सूर्यमुनि मैले गरेको मेरो परिश्रमको हरेक फलमाथि त्यसले नै अधिकार जमाउने रहेछ, जसमा मैले सिप र प्रयत्न लगाएको थिएँ। यो पनि अर्थहीन रहेछ। \v 20 यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ। \v 21 किनकि मानिसले आफ्ना बुद्धि, ज्ञान र सिप लगाएर काम गर्छ, र ती सबै अरू कोही, जसले यसको निम्ति मेहनत नै गरेको हुँदैन; उसैको निम्ति छोडेर जानुपर्दो रहेछ। यो पनि एक अर्थहीन र ठूलो दुर्भाग्य हो। \v 22 सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र? \v 23 जीवनभरि त्यसको मेहनत दुःख र कष्‍ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो। \p \v 24 मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्‍ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्‍वरका हातबाट प्राप्‍त हुँदछ; \v 25 किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र? \v 26 जुन मानिसले परमेश्‍वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्‍त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो। \c 3 \s1 प्रत्येक कुराका निम्ति एउटा निर्धारित समय हुन्छ \q1 \v 1 हरेक कुराका लागि समय छ; \q2 र आकाशमुनि प्रत्येक गतिविधिको निम्ति एउटा समय छ: \b \q2 \v 2 जन्मने एउटा समय र मर्ने एउटा समय; \q2 रोप्ने एउटा समय र उखेल्ने एउटा समय। \q2 \v 3 मार्ने एउटा समय र निको पार्ने एउटा समय; \q2 भत्काउने एउटा समय र निर्माण गर्ने एउटा समय। \q2 \v 4 रुने एउटा समय र हाँस्‍ने एउटा समय; \q2 शोक गर्ने एउटा समय र नाच्ने एउटा समय। \q2 \v 5 ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; \q2 अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय। \q2 \v 6 खोज्ने एउटा समय र छोडिदिने एउटा समय; \q2 राख्ने एउटा समय र फाल्ने एउटा समय। \q2 \v 7 च्यात्ने एउटा समय र टाल्ने एउटा समय; \q2 चुप बस्‍ने एउटा समय र बोल्ने एउटा समय। \q2 \v 8 प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; \q2 युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय। \p \v 9 काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र? \v 10 मानव जातिहरूमाथि परमेश्‍वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। \v 11 सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्‍वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्। \v 12 म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन। \v 13 आफ्ना सारा परिश्रममा खुशी रहनु, खानु र पिउनु नै मानिसलाई परमेश्‍वरको दान हो। \v 14 म जान्दछु, परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो सदासर्वदा रहिरहन्छ; त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँको भय मानून् भनेर परमेश्‍वरले यसो गर्नुहुन्छ। \q1 \v 15 जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो; \q2 र जे हुनेछ, त्यो पनि अगिबाटै भइसकेको थियो; \q2 परमेश्‍वरले बितेका कुराहरू ल्याउनुहुन्छ।\f + \fr 3:15 \fr*\ft अथवा \ft*\fqa परमेश्‍वरले बितेका कुराहरू ल्याउनुहुनेछ।\fqa*\f* \p \v 16 त्यसबाहेक मैले सूर्यमुनि अरू यस्ता कुरा देखेँ: \q1 न्यायको ठाउँमा दुष्‍टता; \q2 धार्मिकताको ठाउँमा दुष्‍टता। \p \v 17 मैले आफ्नो मनमनै भनेँ, \q1 “परमेश्‍वरले धर्मी र अधर्मी \q2 दुवैलाई न्यायमा ल्याउनुहुनेछ; \q1 किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; \q2 र हरेक कामको न्यायको उचित समय हुनेछ।” \p \v 18 मैले मनमै यो पनि विचार गरेँ, “मानिसलाई चाहिँ परमेश्‍वरले जाँच गर्नुहुन्छ, ताकि तिनीहरू जनावरजस्तै छन् भनी बुझ्न सकून्! \v 19 मानिसको अन्त्य पनि जनावरको जस्तै हुन्छ; दुवैको एउटै अन्त्य हुन्छ, जसरी एउटा मर्छ, अर्को पनि त्यसरी नै मर्छ। दुवैको सास\f + \fr 3:19 \fr*\ft अथवा \ft*\fqa आत्मा\fqa*\f* एउटै हो; मानिसलाई जनावरको भन्दा बढी केही लाभ छैन। सबै कुरा अर्थहीन हुन्। \v 20 सबै एकै ठाउँमा जान्छन्; सबै धुलोबाट आउँछन्, र धुलोमै फर्किजान्छन्। \v 21 मानिसको आत्मा उँभोतिर, र पशुको आत्माचाहिँ उँधो पृथ्वीतिर जान्छ भनेर कसले जान्दछ र?” \p \v 22 यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र? \c 4 \s1 अत्याचार, परिश्रम, मित्रहीनता \p \v 1 फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: \q1 मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; \q2 र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; \q1 अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, \q2 र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन। \q1 \v 2 अनि मैले यो घोषणा गरेँ, \q2 मृतकहरू, जो मरिसकेका थिए; \q1 तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा \q2 धेरै आनन्दित छन्। \q1 \v 3 तर ती दुवैभन्दा \q2 अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; \q1 जसले सूर्यमुनि भइरहेको \q2 दुष्‍ट काम देखेकै छैन। \p \v 4 अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो। \q1 \v 5 मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, \q2 र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।\f + \fr 4:5 \fr*\ft मूल भाषामा \ft*\fqa आफ्नै मासु खानु\fqa*\f* \q1 \v 6 दुई हातको परिश्रमले कमाएको \q2 र बतासलाई खेदेको दुई मुट्ठीभन्दा \q2 शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो। \p \v 7 फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ: \q1 \v 8 त्यहाँ नितान्त एउटा एकलो मानिस थियो; \q2 उसको न छोरो, न त दाजुभाइ थिए। \q1 उसको परिश्रमको अन्त्य थिएन; \q2 तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्‍ट थिएनन्। \q1 उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु? \q2 र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?” \q1 यो पनि अर्थहीन छ, \q2 एक दुःखदायी कुरा हो। \b \q1 \v 9 एक जनाभन्दा दुई जना असल हुन्, \q2 किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्: \q1 \v 10 यदि कुनै एउटा लड्यो भने, \q2 अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; \q1 तर लड्दा उठाउने कोही नहुँदा \q2 कस्तो दुःखको कुरा हुन्छ! \q1 \v 11 फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; \q2 तर एकलो त कसरी न्यानो हुन सक्छ र? \q1 \v 12 एकलो मानिसलाई कसैले जित्ला; \q2 तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। \q1 अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन। \s1 उन्‍नति अर्थहीन छ \p \v 13 एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्‍लाह लिने भन्‍ने कुरा पनि जान्दैन। \v 14 त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्‍न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ। \v 15 तर मैले सूर्यमुनि बास गर्ने र हिँड्‍डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ। \v 16 तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र। \c 5 \s1 परमेश्‍वरप्रति गरिएको प्रतिज्ञालाई पूरा गर्नु \p \v 1 परमेश्‍वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्‍नलाई नजिक जाऊ। \q1 \v 2 परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर, \q2 र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; \q2 अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। \q1 किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, \q2 अनि तिमीचाहिँ पृथ्वीमा छौ; \q2 यसकारण तिम्रा शब्दहरू थोरै होऊन्! \q1 \v 3 जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; \q2 त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्। \p \v 4 जब परमेश्‍वरलाई प्रतिज्ञा गर्दछौ, त्यो पूरा गर्नमा ढिलो नगर। उहाँ मूर्खसित खुशी हुनुहुन्‍न; आफ्नो प्रतिज्ञा पूरा गर। \v 5 प्रतिज्ञा गरेर त्यो पूरा नगर्नुभन्दा प्रतिज्ञा गर्दै नगर्नु असल हो। \v 6 तिम्रो बोलीले पापमा नडोर्‍याओस्। अनि मन्दिरका दूतलाई, “मेरो प्रतिज्ञामा भूल भएछ,” भनेर विरोध नगर। तिम्रा वचनले किन परमेश्‍वरलाई रिस उठाउँछौ, र आफ्नै हातका काम नष्‍ट गर्न लगाउँछौ? \v 7 धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान। \s1 धनसम्पत्ति अर्थहीन छन् \p \v 8 यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ। \v 9 जमिनबाट उब्जेका अन्‍न सबैले खान्छन्; राजा आफूले पनि जमिनबाट लाभ प्राप्‍त गर्दछन्। \q1 \v 10 जसले रुपैयाँपैसालाई प्रेम गर्छ, त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। \q2 जसले धनसम्पत्तिलाई प्रेम गर्छ, त्यो आफ्नो आम्दानीमा कहिल्यै सन्तुष्‍ट हुँदैन; \q2 यो पनि अर्थहीन छ। \b \q1 \v 11 जब धनसम्पत्ति बढ्छ, \q2 तब खाने मुखहरू पनि धेरै बढ्छन्। \q1 अनि ती आँखाले हेर्नुबाहेक \q2 मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र? \b \q1 \v 12 परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; \q2 चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, \q1 तर धनीको प्रचुर धनले गर्दा \q2 त्यसलाई निद्रै लाग्दैन। \p \v 13 मैले सूर्यमुनि एउटा गम्भीर खराबी देखेको छु: \q1 मानिसले थुपारेको धनले त्यसैलाई क्षति गरेको, \q2 \v 14 अथवा दुर्भाग्यवश त्यो धनसम्पत्ति गुमाएको; \q1 त्यसका सन्तान भए तापनि \q2 त्यसको उत्तराधिकारको निम्ति केही बाँकी नरहेको। \q1 \v 15 आफ्नी आमाको गर्भबाट मानिस नाङ्गै आउँछ, \q2 र जस्तो आयो, त्यस्तै फर्किजान्छ। \q1 आफ्नो परिश्रमको कमाइबाट \q2 केही पनि हातमा लिएर जान सक्दैन। \p \v 16 यो पनि एक गम्भीर खराबी हो: \q1 मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; \q2 तब त्यसलाई के लाभ भयो र, \q2 के त्यसको परिश्रम हावामा नै खेर गएन र? \q1 \v 17 त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, \q2 ठूलो नैराश्य, कष्‍ट र रिस-रागमा जान्छ। \p \v 18 तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो। \v 19 त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो। \v 20 आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ। \c 6 \p \v 1 मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ। \v 2 परमेश्‍वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्‍न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो। \p \v 3 कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्‍चा नै असल हो। \v 4 त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ। \v 5 त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ— \v 6 यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो समृद्धिको सुख भोग गर्न असफल हुन्छ भने आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र? \q1 \v 7 मानिसले जति परिश्रम गर्दछ, त्यो पेट भर्नको निम्ति मात्र हो, \q2 तर पनि त्यसको खाने इच्छा कहिल्यै मेटिँदैन। \q1 \v 8 एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र? \q1 गरिबले यो जानेर के फाइदा छ, \q2 कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने? \q1 \v 9 आँखासामु जे छ, त्यसमा सन्तुष्‍ट हुनु \q2 धेरै कुराको चाहना गर्नुभन्दा असल हो; \q1 यो पनि अर्थहीन छ, \q2 बतासलाई खेदेको जस्तो मात्र हो। \b \q1 \v 10 जे छँदैछ, त्यसलाई नाम दिइसकिएको छ, \q2 र मानवता के हो, त्यो जानिएकै छ। \q1 आफूभन्दा बलियोसँग \q2 कसैले पनि विरोध गर्न सक्दैन। \q1 \v 11 जति धेरै कुरा, \q2 त्यति नै कम अर्थ हुन्छ। \q2 त्यसले मानिसलाई के फाइदा हुन्छ र? \p \v 12 किनकि छायाजस्तै बितेर जाने मानिसको जीवनको यो छोटो र अर्थहीन दिनहरूमा, त्यसको लागि कुन कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरेपछि सूर्यमुनि के हुनेछ, त्यसलाई कसले बताउन सक्छ र? \c 7 \s1 बुद्धि \q1 \v 1 असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, \q2 अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो। \q1 \v 2 भोजको घरमा जानुभन्दा \q2 शोक परेको घरमा जानु उत्तम हो; \q1 किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; \q2 जीवित मानिसले यो कुरा हृदयमा राखोस्। \q1 \v 3 शोक गर्नु हाँसोभन्दा उत्तम हो; \q2 किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ। \q1 \v 4 बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, \q2 तर मूर्खको हृदय भोजको घरमा हुन्छ। \q1 \v 5 मूर्खको गीत सुन्‍नुभन्दा \q2 बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो। \q1 \v 6 मूर्खको हाँसो, \q2 भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो। \q2 यो पनि अर्थहीन छ। \b \q1 \v 7 बलपूर्वक प्राप्‍त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, \q2 अनि घूसले हृदयलाई भ्रष्‍ट पार्दछ। \b \q1 \v 8 कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; \q2 र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो। \q1 \v 9 झट्टै रिस नदेखाऊ; \q2 किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ। \b \q1 \v 10 “बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन। \q2 किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन। \b \q1 \v 11 बुद्धि, पैतृक सम्पत्तिजस्तै असल चीज हो, \q2 र सूर्य देख्नेहरूलाई\f + \fr 7:11 \fr*\ft अथवा \ft*\fqa जीवितहरू\fqa*\f* फाइदा हुँदछ। \q1 \v 12 जसरी धन एउटा आश्रय हो, \q2 त्यसरी नै बुद्धि पनि एक आश्रय हो; \q1 तर ज्ञानको फाइदा यही होः \q2 बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ। \p \v 13 परमेश्‍वरले के गर्नुभयो, ती विचार गर: \q1 उहाँले बाङ्गो बनाउनुभएको कुरालाई \q2 कसले सीधा पार्न सक्छ? \q1 \v 14 जब समय असल हुँदछ, खुशी होऊ; \q2 तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: \q1 ती दुवै समय \q2 परमेश्‍वरले नै बनाउनुभएको हो। \q1 यसकारण मानिसले आफ्नो भविष्यको बारेमा \q2 केही पत्ता लगाउन सक्दैन। \p \v 15 मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: \q1 धर्मी आफ्नो धार्मिकतामा नष्‍ट भएको, \q2 र दुष्‍ट आफ्नो दुष्‍टतामा धेरै दिनसम्म बाँचेको। \q1 \v 16 धेरै धर्मी नहोऊ, \q2 र धेरै बुद्धिमानी नहोऊ— \q2 किन आफैँलाई नाश गर्छौ? \q1 \v 17 धेरै दुष्‍ट नहोऊ, \q2 र मूर्ख नहोऊ— \q2 आफ्नो समयभन्दा अगि नै किन मर्छौ? \q1 \v 18 एउटा कुरोलाई समाउनु, \q2 र अर्को कुरालाई नगुमाउनु असल हो। \q2 जसले परमेश्‍वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ। \b \q1 \v 19 बुद्धिले बुद्धिमान् मानिसलाई \q2 सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ। \b \q1 \v 20 वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, \q2 जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन। \b \q1 \v 21 मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; \q2 नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्‍नेछौ; \q1 \v 22 किनकि तिमीलाई आफ्नो हृदयमा थाहा छ, \q2 धेरैचोटि तिमी आफैँले अरूलाई सरापेका छौ। \p \v 23 मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ, \q1 “मैले बुद्धिमान् हुने निश्‍चय गरेको छु”— \q2 तर यो मबाट टाढै रह्‍यो; \q1 \v 24 जे जति छ, त्यो मानवीय समझभन्दा धेरै टाढा छ— \q2 कसले त्यो पत्ता लगाउन सक्छ र? \q1 \v 25 यसैकारण मैले बुद्धिलाई बुझ्न, खोज्न र जाँच गर्न, \q2 र हरेक वस्तुको कारण बुझ्नमा आफ्नो मन लगाएँ; \q1 अनि दुष्‍टताको मूर्खता \q2 र मूर्खताको पागलपन बुझ्न चाहेँ। \b \q1 \v 26 मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितो \q2 त्यो स्त्री हो, जो एक पासोजस्तै हो; \q1 जसको हृदय एउटा धराप \q2 र जसका हात साङ्लो हो। \q1 परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने व्यक्ति यस्तो स्त्रीबाट उम्कनेछ, \q2 तर पापीलाई त्यसले जालमा पार्नेछे। \p \v 27 उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु: \q1 “हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै, \q2 \v 28 जब मैले खोजिरहेको थिएँ, \q2 तर भेट्टाएको थिइनँ, \q1 एक हजार मानिसबीच एउटा धर्मी पुरुष भेट्टाएँ; \q2 तर सम्पूर्ण स्त्रीहरू बीचमा त एउटै पनि धर्मी स्त्री भेट्टाइनँ। \q1 \v 29 मैले यो मात्र थाहा पाएँ: \q2 परमेश्‍वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; \q2 तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।” \b \c 8 \q1 \v 1 बुद्धिमान् मानिसजस्तो को छ र? \q2 यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ? \q1 मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ, \q2 र त्यसको कठोर रूप बदलिन्छ। \s1 राजाको आज्ञापालन \p \v 2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ। \v 3 राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्। \v 4 राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?” \q1 \v 5 जसले उहाँका आज्ञापालन गर्दछ, त्यसलाई केही हानि हुँदैन; \q2 अनि बुद्धिमान् हृदयले उचित समय र उचित प्रक्रियालाई जान्‍नेछ। \q1 \v 6 यद्यपि मानिसमाथि धेरै दुःख-कष्‍ट आए तापनि \q2 सबै थोकको उचित समय र उचित प्रक्रिया हुन्छ। \b \q1 \v 7 भविष्यको बारेमा कसैले नजानेको हुनाले; \q2 हुन आउने घटनाको बारेमा कसले उसलाई भन्‍न सक्छ र? \q1 \v 8 जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन; \q2 त्यसरी नै मृत्युको दिनमाथि\f + \fr 8:8 \fr*\ft अथवा \ft*\fqa मानिसको आत्मा\fqa*\f* पनि कसैको शक्ति हुँदैन। \q1 जसरी युद्धको समयमा कसैले छुट्टी पाउँदैन; \q2 त्यसरी नै दुष्‍टताले दुष्‍टलाई छोड्दैन। \p \v 9 सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ। \v 10 मैले दुष्‍ट मानिसहरू आदरपूर्वक गाडिएका पनि देखेँ—जो पवित्रस्थानबाट आउने-जाने गर्दथे, र तिनले खराबी गरेकै सहरमा प्रशंसा पाउँदथे; यो पनि अर्थहीन हो। \p \v 11 जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ। \v 12 यद्यपि एक दुष्‍टले एक सय अपराध गरेर पनि धेरै दिनसम्म बाँचिरहला; तापनि म यो जान्दछु, परमेश्‍वरको भय मान्‍ने र उहाँप्रति श्रद्धा गर्ने मानिसलाई असल नै हुनेछ। \v 13 तर दुष्‍टले परमेश्‍वरको डर नमान्‍ने भएकोले त्यसलाई असल हुनेछैन; र त्यसको आयु बेलुकीको लामो छायाजस्तो हुनेछैन। \p \v 14 यसबाहेक पृथ्वीमा हुने अर्को अर्थहीन कुरा छ: अधर्मीले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ, र धर्मीले पाउनुपर्ने पुरस्कार अधर्मीले पाउँदछ; मैले भनेँ, यो पनि अर्थहीन छ। \v 15 यसैले म जीवनमा आनन्द गर्ने सल्‍लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्‍वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ। \p \v 16 जब मैले आफ्नो बुद्धि जान्‍नमा र पृथ्वीमाथि दिनरात नसुती गरिने मानिसहरूका परिश्रम हेर्नमा मन लगाएँ, \v 17 तब मैले परमेश्‍वरका सारा कार्यहरूलाई देखेँ। सूर्यमुनि के-के हुन्छन्, ती कसैले बुझ्न सक्दैन; तिनको खोजी गर्न जति नै प्रयास गरे तापनि मानिसले तिनको अर्थ पत्ता लगाउन सक्दैन। कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गरे तापनि त्यसले वास्तवमा त्यो बुझेकै हुँदैन। \c 9 \s1 सबैको एउटै गन्तव्य हुन्छ \p \v 1 यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्‍वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन। \v 2 सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब,\f + \fr 9:2 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो शब्द पाइँदैन।\ft*\f* औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। \q1 जस्तो असल मानिसमाथि जे आइपर्छ, \q2 त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; \q1 शपथ खानेहरूमाथि जस्तो हुन्छ; \q2 त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ। \p \v 3 सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्‍टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्। \v 4 जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो! \q1 \v 5 किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; \q2 तर मरेकाहरूले केही जान्दैनन्; \q1 न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; \q2 र तिनीहरूका नामको सम्झना पनि हराउँछ। \q1 \v 6 तिनीहरूका प्रेम, घृणा \q2 र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; \q1 सूर्यमुनि जे गरिन्छ त्यसमा, \q2 फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन। \p \v 7 आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ। \v 8 सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ। \v 9 आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्‍वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो। \v 10 तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ। \p \v 11 मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: \q1 न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, \q2 अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, \q1 न बुद्धिमान्‌ले भोजन पाउँछ; \q2 न त प्रतिभाशालीले धनसम्पत्ति; \q2 वा ज्ञानी पुरुषले कृपादृष्‍टि नै पाउँछ; \q1 तर ती सबै जनाले समय र मौका पाउँदछन्। \p \v 12 यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; \q1 माछा निर्दयी जालमा परेझैँ, \q2 अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, \q1 मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; \q2 ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्। \s1 मूर्खताभन्दा बुद्धि उत्तम \p \v 13 मैले सूर्यमुनि अर्को बुद्धिको उदाहरण पाएँ, जसले ममाथि ठूलो प्रभाव पार्‍यो: \v 14 थोरै जनसंख्या भएको एउटा सानो सहर थियो; अनि एउटा शक्तिशाली राजाले त्यसलाई आक्रमण गर्न आए। तिनले चारैपट्टिबाट त्यसलाई घेरे, र त्यसका विरुद्धमा चारैतिर घेराबन्दी पर्खाल बनाए। \v 15 अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्। \v 16 त्यसैले मैले भनेँ, “बुद्धि बलभन्दा असल हो।” तर गरिबको बुद्धिको अवहेलना हुन्छ, त्यसपछि त्यसका कुरामा कसैले ध्यान दिँदैनन्। \q1 \v 17 मूर्ख राजाको उच्‍च सोरभन्दा \q2 बुद्धिमान्‌का शान्त वचनमा धेरै ध्यान दिनुपर्छ। \q1 \v 18 युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; \q2 तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ। \b \c 10 \q1 \v 1 जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, \q2 त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्‍ट पार्दछ। \q1 \v 2 बुद्धिमान्‌को हृदय सही मार्गमा लाग्दछ, \q2 तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ।\f + \fr 10:2 \fr*\ft मूल भाषामा \ft*\fq सही मार्ग \fq*\fqa दाहिने \fqa*\fq गलत मार्ग \fq*\fqa देब्रे\fqa*\f* \q1 \v 3 बाटोमा हिँड्दै गर्दा पनि मूर्खलाई \q2 समझको अभाव हुन्छ; \q2 र सबैलाई त्यसले आफ्नो मूर्खता देखाउँदछ। \q1 \v 4 तिम्रो शासक तिमीसित रिसाए तापनि \q2 आफ्नो पद नछोड; \q2 शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ। \b \q1 \v 5 सूर्यमुनि मैले एउटा खराबी देखेको छु, \q2 यस्तो त्रुटी एउटा शासकबाट हुन्छ: \q1 \v 6 मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ; \q2 तर धनी निम्न दर्जामा राखिन्छ। \q1 \v 7 मैले कमाराहरूलाई घोडाहरूमाथि सवार भएका, \q2 तर भारदारहरूचाहिँ कमाराहरूझैँ पैदल हिँडिरहेका देखेको छु। \b \q1 \v 8 जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; \q2 जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्‍न सक्छ। \q1 \v 9 ढुङ्गाको खानी खन्‍ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; \q2 काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ। \b \q1 \v 10 यदि बन्चरो बोधो छ, \q2 र त्यसको धार उध्याइएको छैन भने, \q1 ज्यादै बल प्रयोग गर्नुपर्छ, \q2 तर सिपले सफलता ल्याउँछ। \b \q1 \v 11 यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने, \q2 सपेरालाई केही लाभ हुँदैन। \b \q1 \v 12 बुद्धिमान्‌का बोलीहरू अनुग्रही हुन्छन्, \q2 तर मूर्खहरू चाहिँ आफ्नै ओठहरूद्वारा नाश हुन्छन्। \q1 \v 13 त्यसले सुरुमा नै मूर्ख कुरा गर्छ; \q2 अन्त्यमा त्यसको कुरा दुष्‍ट पागलपना मात्र हुन्छ; \q2 \v 14 अनि मूर्खले धेरै बोल्छ। \b \q1 त्यसले के-कसो भन्‍ने हो, सो कसैले जान्दैन; \q2 त्यसपछि के हुने हो, सो कसले त्यसलाई भन्‍न सक्छ र? \b \q1 \v 15 मूर्खको कामले उसैलाई थकाउँछ; \q2 त्यसले सहर जाने बाटोसमेत चिन्दैन। \b \q1 \v 16 धिक्‍कार छ, त्यो देशलाई, जसको राजा कमारा हो,\f + \fr 10:16 \fr*\ft अथवा \ft*\fqa बालक हो\fqa*\f* \q2 र जसका राजकुमारहरू बिहानै भोज गर्न बस्छन्। \q1 \v 17 त्यो देश धन्यको हो, जसका राजा कुलीन वंशका हुन्, \q2 र जसका राजकुमारहरू उचित समयमा ठिक भोजन गर्छन्, \q2 तिनीहरू शक्ति लाभ गर्नलाई भोजन गर्छन्, मतवाला हुनलाई होइन। \b \q1 \v 18 अल्छे मानिसको घरको धुरी भत्कन्छ; \q2 र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ। \b \q1 \v 19 भोज खुशीयालीको लागि तयार गरिन्छ; \q2 दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; \q2 र पैसाले यी सबै थोक दिन्छ। \b \q1 \v 20 राजालाई आफ्ना मनमा समेत निन्दा नगर; \q2 अथवा आफ्ना सुत्ने कोठामा धनी मानिसलाई नसराप! \q1 किनकि आकाशका पक्षीले समेत तिमीले गरेका कुरा लगिदेला, \q2 र त्यो उड्ने पक्षीले तिमीले भनेका कुरा सुनाइदेला। \c 11 \s1 धेरै उद्यममा लगानी गर्नु \q1 \v 1 आफ्नो अन्‍न समुद्रपारि पठाऊ; \q2 धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ। \q1 \v 2 सात, आठ भागमा लगानी गर; \q2 किनकि पृथ्वीमाथि के कस्ता विपत्ति आइपर्ला, त्यो तिमी जान्दैनौ। \b \q1 \v 3 यदि बादलहरू पानीले भरिएका छन् भने मात्र \q2 तिनीहरूले पृथ्वीमा पानी बर्साउँछन्। \q1 रूख चाहे दक्षिणपट्टि वा उत्तरपट्टि ढलोस्, \q2 त्यो ढलेकै ठाउँमा लडिरहन्छ। \q1 \v 4 जसले बतासको गतिलाई विचार गरिबस्छ, त्यसले कहिल्यै बिउ छर्नेछैन; \q2 अनि जसले बादलहरू हेरिबस्छ, त्यस मानिसले कटनी गर्नेछैन। \b \q1 \v 5 जसरी बतासको बाटो तिमी जान्दैनौ, \q2 अथवा आमाको गर्भमा बच्‍चा कसरी बन्दछ बुझ्दैनौ; \q1 त्यसरी नै तिमीले सबै थोक बनाउनुहुने \q2 परमेश्‍वरका कामहरू बुझ्न सक्दैनौ। \b \q1 \v 6 बिहानै तिमीले आफ्नो बिउ छर, \q2 साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; \q1 किनकि कुनचाहिँ सप्रन्छ, \q2 यो कि त्यो; \q2 वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ। \s1 युवाअवस्थामा आफ्ना सृष्‍टिकर्ताको सम्झना \q1 \v 7 ज्योति मनमोहक हुन्छ, \q2 सूर्यलाई देख्दा आँखाहरू प्रसन्‍न हुन्छन्। \q1 \v 8 मानिस जतिसुकै वर्ष बाँचोस्, \q2 त्यो ती सबैमा आनन्दित होस्। \q1 तर अन्धकारका समयहरू पनि \q2 धेरै हुन्छन् भनी स्मरण गरोस्। \q2 जे कुरा हुन आउँछ, सबै अर्थहीन छ। \b \q1 \v 9 हे जवान मानिस, आफ्नो युवावस्थामा छँदै खुशी होऊ; \q2 जवान रहुन्जेल तिम्रो हृदयले तिमीलाई आनन्द देओस्। \q1 आफ्ना हृदयले चाहेको \q2 र आँखाहरूले देखेका बाटोलाई पछ्याऊ! \q1 तर याद राख: यी सबै कुराहरूका लागि \q2 परमेश्‍वरले तिमीलाई लेखा लिनुहुनेछ। \q1 \v 10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, \q2 र शरीरका कष्‍टहरूलाई पनि फ्याँकिदेऊ; \q2 किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्। \b \c 12 \q1 \v 1 आफ्नो युवाअवस्थामा नै \q2 आफ्नो सृष्‍टिकर्तालाई सम्झ! \q1 दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, \q2 “यस समयमा मेरो मन लाग्दैन” \q2 भन्‍ने वर्षहरू आउनुभन्दा अगि नै— \q1 \v 2 सूर्य र प्रकाश, \q2 चन्द्रमा र ताराहरू अँध्यारो हुन अगि, \q2 वर्षापछि बादल फर्कनुभन्दा अगि नै, \q1 \v 3 जब घरको हेरचाह गर्नेहरू काम्दछन्, \q2 र बलिया मानिसहरू कुप्रो पर्छन्, \q1 जाँतोका दाँतहरू झरेर कम भएका कारण जाँतो पिँध्नेहरूले काम बन्द गर्दछन्, \q2 र झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्; \q1 \v 4 जब गल्‍लीतिर जाने ढोकाहरू बन्द हुन्छन्, \q2 र जाँतोको आवाज कम हुँदैजान्छ, \q1 जब चराको चिरबिर आवाजमा मानिसहरू उठ्छन्, \q2 तर तिनीहरूका सबै गीत मधुरो हुन्छन्; \q1 \v 5 जब मानिसहरू अग्लो ठाउँसित \q2 र बाटाका खतरासित डराउँछन्, \q1 जब हाडे-बदामका बोटमा सेतै फूल फुल्दछन्, \q2 र फट्याङ्ग्राले आफैँलाई घिसारेर हिँड्दछ, \q2 अनि मनको चाहना अब उसो जाग्दैन; \q1 किनकि मानिस आफ्ना अनन्तको घरमा जान्छन्, \q2 अनि शोक गर्ने मलामीहरू गल्‍लीमा यताउता लाग्नेछन्। \b \q1 \v 6 आफ्नो सृष्‍टिकर्तालाई सम्झ—चाँदीका तार चुँडिनुअगि, \q2 र सुनको कचौरा फुट्नुअगि, \q1 पँधेरामा गाग्रो फुट्नुअगि \q2 र इनारमा चक्‍का भाँचिनुअगि, \q1 \v 7 धुलो माटैमा फर्केर जानुअगि, \q2 र आत्मा परमेश्‍वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो। \b \q1 \v 8 “अर्थहीन! अर्थहीन!” उपदेशक भन्दछन्। \q2 “सबै अर्थहीन छन्!” \s1 उपदेशकको निष्कर्ष \p \v 9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे। \v 10 तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए। \p \v 11 बुद्धिमान्‌का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्‍त भएका हुन्। \v 12 हे मेरा छोराछोरीहरू हो, यीबाहेक अरू कुरामा पनि होसियार होओ! \p किनकि धेरै पुस्तकहरूको लेखाइको अन्त्य छैन; अनि धेरै अध्ययनले शरीरलाई थकाउँछ। \q1 \v 13 अब जति पनि सुनियो: \q2 सबै कुराको निष्कर्ष यही हो: \q1 परमेश्‍वरको भय मान र उहाँका आज्ञापालन गर; \q2 किनकि समस्त मानव-जातिको कर्तव्य यही हो। \q1 \v 14 किनकि परमेश्‍वरले हामीले गरेका हरेक कामको न्याय गर्नुहुनेछ, \q2 प्रत्येक गुप्‍त कुरासमेत, \q2 चाहे त्यो असल होस् वा खराब।