\id DAN - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h दानिएल \toc1 दानिएलको पुस्तक \toc2 दानिएल \toc3 दानि \mt1 दानिएलको पुस्तक \c 1 \s1 बेबिलोनमा दानिएलको तालिम \p \v 1 यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र त्यसलाई घेरा हाले। \v 2 अनि प्रभुले यहूदाका राजा यहोयाकीमलाई परमेश्‍वरको भवनका केही भाँडाकुँडाहरूसहित तिनको हातमा सुम्पिदिनुभयो। तिनले ती सामानहरू बेबिलोनमा\f + \fr 1:2 \fr*\ft मूल भाषामा \ft*\fqa शिनारमा\fqa*\f* भएको आफ्नो देवताको मन्दिरमा लगे र ती भाँडाकुँडाहरू आफ्ना देवताकै भण्डारमा राखे। \p \v 3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट\f + \fr 1:3 \fr*\ft \+xt 2 राजा 20:19\+xt*\ft*\f* र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे— \v 4 जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्‍त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका\f + \fr 1:4 \fr*\ft मूल भाषामा \ft*\fqa कल्दीहरूका\fqa*\f* भाषा र साहित्य सिकाउनुपर्ने थियो। \v 5 राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्‍त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो। \p \v 6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए। \v 7 प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो। \p \v 8 तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे। \v 9 परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; \v 10 तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।” \p \v 11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, \v 12 “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। \v 13 त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।” \v 14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे। \p \v 15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए। \v 16 यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए। \p \v 17 ती चार जवान मानिसहरूलाई परमेश्‍वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए। \p \v 18 राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे। \v 19 राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए। \v 20 राजाले तिनीहरूलाई बुद्धि र समझको बारेमा जस्तोसुकै प्रश्न सोधे तापनि राजाले तिनीहरूलाई आफ्ना राज्यभरि भएका सबै जादुगर र तन्त्रमन्त्र गर्नेहरूभन्दा दश गुणा असल भेट्टाए। \p \v 21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे। \c 2 \s1 नबूकदनेसरको सपना \p \v 1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्। \v 2 यसकारण राजाले आफूले देखेको सपनाको अर्थ तिनलाई बताइदेऊन् भनी जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, विजुवाहरू र ज्योतिषीहरूलाई बोलाइपठाए। जब तिनीहरू भित्र आए, र राजाको सामु उभिए; \v 3 अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।” \p \v 4 तब ती ज्योतिषीहरूले राजालाई अरामी भाषामा भने, “राजा अमर रहून्! तपाईंका सेवकहरूलाई सपना भन्‍नुहोस्, र हामी त्यसको अर्थ खोलिदिनेछौँ।” \p \v 5 राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्‍चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्‍न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्। \v 6 तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!” \p \v 7 तिनीहरूले फेरि जवाफ दिएर भने, “राजाले आफ्नो सपना आफ्ना सेवकहरूलाई बताऊन्, तब हामी त्यसको अर्थ खोलिदिनेछौँ।” \p \v 8 तब राजाले भने, “म निश्‍चित छु, तिमीहरूले समय निकालेर टार्ने कोसिस गरिरहेका छौ; किनकि मैले यो दृढतापूर्वक निर्णय गरेको छु भनेर तिमीहरूले थाहा पाएका छौ। \v 9 यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्‍ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्‍नेछु।” \p \v 10 ती ज्योतिषीहरूले राजालाई जवाफ दिए, “राजाले भन्‍नुभएको कुरा गर्न सक्ने मानिस पृथ्वीमा एउटै पनि छैन! राजा जतिसुकै महान् र शक्तिशाली भए तापनि कुनै पनि जादुगर अथवा तन्त्रमन्त्र गर्ने अथवा ज्योतिषीलाई यस्तो कुरा कहिल्यै पनि सोधेका थिएनन्। \v 11 राजाले सोध्नुभएको कुरा अति गाह्रो छ। देवताहरूले बाहेक अरू कसैले पनि राजालाई यो कुरा प्रकट गर्न सक्दैन; अनि ती देवताहरू मानिसहरूको बीचमा बास बस्दैनन्।” \p \v 12 यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए। \v 13 यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए। \p \v 14 जब राजाका अङ्गरक्षक सेनापति अर्योक, बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्नका निम्ति गएका थिए, तब दानिएलले अर्योकसित अति बुद्धिमानीसाथ र विवेकशील कुरा गरे। \v 15 तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए। \v 16 त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्। \p \v 17 तब दानिएल आफ्नो घरमा फर्के; अनि त्यस बारेमा आफ्ना साथीहरू हनन्याह, मिशाएल र अजर्याहलाई बताए। \v 18 तिनले साथीहरूलाई त्यस रहस्यमय कुराको अर्थ खोल्न स्वर्गका परमेश्‍वरसित तिनीहरूले कृपाको निम्ति प्रार्थना गरून् भनी आग्रह गरे, ताकि तिनी र तिनका आफ्ना साथीहरू बेबिलोनका बुद्धिमान् मानिसहरूसित नमारिऊन्। \v 19 रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरलाई प्रशंसा गरे, \v 20 र भने: \q1 “परमेश्‍वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्; \q2 बुद्धि र शक्ति उहाँकै हुन्। \q1 \v 21 उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; \q2 उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ \q2 र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। \q1 उहाँले बुद्धिमान्‌हरूलाई बुद्धि दिनुहुन्छ, \q2 र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ। \q1 \v 22 उहाँले गहिरा र गुप्‍तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; \q2 उहाँले अन्धकारमा के छ भनी जान्‍नुहुन्छ; \q2 अनि उहाँसँग ज्योतिले बास गर्छ। \q1 \v 23 हे मेरा पितापुर्खाहरूका परमेश्‍वर, \q2 म तपाईंलाई धन्यवाद चढाउँछु र तपाईंको प्रशंसा गर्दछु: \q2 तपाईंले मलाई बुद्धि र शक्ति दिनुभएको छ, \q1 हामीले तपाईंसित मागेको कुरा मलाई प्रकट गरिदिनुभएको छ; \q2 अनि तपाईंले हामीलाई राजाको सपना जान्‍न दिनुभएको छ।” \s1 दानिएलले सपनाको अर्थ खोलिदिएका \p \v 24 त्यसपछि दानिएल अर्योककहाँ गए, जसलाई राजाले बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न भनी हुकुम दिएका थिए; अनि दानिएलले अर्योकलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस्, र म तिनका निम्ति सपनाको अर्थ खोलिदिनेछु।” \p \v 25 अर्योकले तुरुन्तै दानिएललाई राजाकहाँ लगेर भने, “मैले यहूदाबाट निर्वासित भएकाहरूका बीचमा एक जना मानिस भेट्टाएको छु, जसले सपनाको अर्थ राजालाई बताइदिनेछ।” \p \v 26 राजाले दानिएल (जसलाई बेलतसजर पनि भनिन्थ्यो) लाई सोधे, “के तिमीले मलाई मैले सपनामा देखेको कुरा र त्यसको अर्थ भन्‍न सक्छौ?” \p \v 27 दानिएलले जवाफ दिए, “कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने, जादुगर अथवा जोखना हेर्नेहरूले राजाले सोध्नुभएको रहस्यमय कुरा राजालाई बताउन सक्दैन; \v 28 तर स्वर्गमा परमेश्‍वर हुनुहुन्छ, जसले रहस्यमय कुराहरू प्रकट गर्नुहुन्छ। उहाँले राजा नबूकदनेसरलाई आउने दिनहरूमा के कस्तो हुनेछ भन्‍ने कुरा देखाउनुभएको छ। तपाईं आफ्नो ओछ्यानमा ढल्किरहनुहुँदा तपाईंको मनमा आएका तपाईंको सपना र दर्शन यिनै हुन्: \p \v 29 “हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो। \v 30 परमेश्‍वरले मसँग चाहिँ यस्तो रहस्यमय कुरा प्रकट गर्नुभएको छ, मसँग अरू जीवित मानिसहरूभन्दा बढ्ता बुद्धि भएर होइन, तर हे महाराजा, तपाईंले यसको अर्थ जान्‍नुहोस् र तपाईंको मनमा भएका कुराहरू बुझ्नुहोस् भनेर त्यो रहस्यमय कुरा मलाई प्रकट गरिएको छ। \p \v 31 “हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो। \v 32 त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका, \v 33 त्यसका गोडाहरू फलामका, त्यसका खुट्टाहरूका केही भाग फलामका र केही भाग माटाका थिए। \v 34 तपाईंले हेरिरहनुहुँदा एउटा चट्टानको ढुङ्गा काटिएर निस्क्यो, तर मानिसका हातले काटिएको थिएन। त्यो ढुङ्गा मूर्तिका फलाम र माटोका खुट्टामा बजारियो र तिनीहरूलाई टुक्रा-टुक्रा पारिदियो। \v 35 त्यसपछि एकै पटकमा त्यो फलाम, माटो, काँसा, चाँदी र सुन टुक्रा-टुक्रा भए र ग्रीष्म ऋतुमा अन्‍न झार्ने खलामा भएको भुसझैँ भइहाले। अनि तिनीहरूलाई बतासले नामनिशानै नरहने गरी उडाएर लग्यो। तर त्यस मूर्तिलाई प्रहार गर्ने त्यो ढुङ्गाचाहिँ एउटा विशाल पर्वत भयो, र सारा पृथ्वीलाई नै ढाकिदियो। \p \v 36 “सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ। \v 37 हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्‍वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ। \v 38 उहाँले तपाईंको हातमा सबै मानव-जाति, मैदानका सबै जीवित पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू राखिदिनुभएको छ। तिनीहरू जहाँ-जहाँ बसे तापनि उहाँले तपाईंलाई तिनीहरू सबैमाथि शासक बनाउनुभएको छ। तपाईंचाहिँ त्यो सुनको शिरजस्तै हुनुहुन्छ। \p \v 39 “तपाईंपछि तपाईंको राज्यभन्दा कमजोर एउटा राज्य खडा हुनेछ। त्यसपछि एउटा तेस्रो राज्य, काँसाको राज्यले सारा पृथ्वीमाथि शासन गर्नेछ। \v 40 अन्त्यमा एउटा चौथो राज्य खडा हुनेछ, त्यो फलामजस्तै बलियो हुनेछ—किनकि फलामले हरेक कुराहरूलाई टुक्रा-टुक्रा पार्छ—अनि फलामले हरेक चीजहरूलाई टुक्रा-टुक्रा पारेझैँ त्यसले अरू सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र छरपस्ट पारिदिनेछ। \v 41 तपाईंले खुट्टा र औँलाहरूका केही भाग माटो र केही भाग फलामले बनिएको देख्नुभएजस्तै त्यो विभाजित राज्य हुनेछ; तापनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै त्यस राज्यमा फलामको केही शक्ति रहनेछ। \v 42 ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ। \v 43 अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्। \p \v 44 “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, त्यो राज्य कहिल्यै पनि नाश हुनेछैन, न त त्यो अरू जातिहरूलाई दिइनेछ। त्यो राज्यले ती सबै राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरूको अन्त्य ल्याउनेछ, तर त्यो आफूचाहिँ सदासर्वदा रहिरहनेछ। \v 45 चट्टानको पहराबाट मानिसको हातले होइन, तर आफैँ काटिएको ढुङ्गाको दर्शनको अर्थ यही हो—त्यो चट्टानको टुक्रा, जसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई चकनाचुर पारिदियो। \p “महान् परमेश्‍वरले राजालाई भविष्यमा के हुनेछ भनी देखाइदिनुभएको छ। सपना साँचो हो र सपनाको अर्थ सत्य छ।” \p \v 46 त्यसपछि राजा नबूकदनेसर दानिएलको सामु घोप्टो परेर दण्डवत् गरे, र तिनलाई आदर गरे; अनि तिनलाई भेटी र धूप चढाउने आज्ञा दिए। \v 47 राजाले दानिएललाई भने, “निश्‍चय नै तिमीहरूका परमेश्‍वर देवताहरूका पनि परमेश्‍वर, राजाहरूका पनि प्रभु र रहस्यमय कुराहरू प्रकट गर्नुहुने हुनुहुन्छ; किनकि तिमीले यस रहस्यमय कुराहरूलाई प्रकट गर्न सक्यौ।” \p \v 48 त्यसपछि राजाले दानिएललाई उच्‍च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए। \v 49 त्यसबाहेक दानिएलको अनुरोधमा राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा प्रशासकहरू नियुक्त गरिदिए, तर दानिएल आफूचाहिँ राजकीय दरबारमा रहन थाले। \c 3 \s1 सुनको मूर्ति र आगोको भट्टी \p \v 1 राजा नबूकदनेसरले साठी क्यूबिट अग्लो र छ क्यूबिट चौडाइको\f + \fr 3:1 \fr*\ft लगभग 90 फिट लम्बाइ र 9 फिट चौडाइको\ft*\f* एउटा सुनको मूर्ति बनाए; अनि बेबिलोन प्रान्तको दूरा भन्‍ने मैदानमा त्यसलाई खडा गरे। \v 2 त्यसपछि तिनले प्रान्तका बडाहाकिम, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका अरू सबै अधिकारीहरूलाई आफूले खडा गरेको मूर्तिको अर्पण सभामा भेला हुनलाई बोलाए। \v 3 यसकारण प्रान्तका बडाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, सल्‍लाहकारहरू, कोषाध्यक्षहरू, न्यायधीशहरू, हाकिमहरू र प्रान्तका सबै अधिकारीहरू राजा नबूकदनेसरले खडा गरेको मूर्तिको अर्पण सभाका निम्ति जम्मा भए, र तिनीहरू त्यस मूर्तिको सामु खडा भए। \p \v 4 तब घोषणा गर्नेले उच्‍च सोरमा कराएर भन्यो, “हे मानिसहरू, जाति-जातिहरू र विभिन्‍न भाषा बोल्नेहरू, तपाईंहरूलाई यो आदेश भएको छ: \v 5 जुन समयमा तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, अन्य बाजा र सबै किसिमका सङ्गीत सुन्‍नुहुनेछ, तब राजा नबूकदनेसरले खडा गर्नुभएको सुनको मूर्तिको सामु घोप्टो परेर त्यसलाई दण्डवत् गर्नू। \v 6 त्यस मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।” \p \v 7 यसकारण तिनीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्‍नसाथ विभिन्‍न भाषा बोल्नेहरू, जाति-जातिका मानिसहरू घोप्टो परे, र तिनीहरूले राजा नबूकदनेसरले खडा गरेको मूर्तिलाई दण्डवत् गरे। \p \v 8 त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए। \v 9 तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्! \v 10 हे महाराजा, हजुरले यस्तो उर्दी दिनुभएको छ: नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्‍ने हरेक व्यक्तिले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ; \v 11 अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ। \v 12 तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।” \p \v 13 तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए; \v 14 अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो? \v 15 अब जुन समय तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्छौ, तब घोप्टो परेर मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै असल हुनेछ। तर यदि तिमीहरूले मूर्तिलाई दण्डवत् गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीभित्र फालिनेछौ। त्यस बेला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?” \p \v 16 शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्‍नु आवश्यक छैन। \v 17 यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्‍वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। \v 18 तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्‍ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।” \p \v 19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। \v 20 अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए। \v 21 तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए। \v 22 राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्‍यो। \v 23 अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए। \p \v 24 त्यसपछि राजा नबूकदनेसर आश्‍चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्‍लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?” \p तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।” \p \v 25 राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्‍का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्‍वरको पुत्रजस्तै देखिन्छ।” \p \v 26 त्यसपछि नबूकदनेसरले दन्किरहेको आगोको भट्टीको मुख नजिक गएर ठूलो सोरले बोलाए, “हे शद्रक, मेशक र अबेद्नगो, सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क! यहाँ बाहिर आओ!” \p तब शद्रक, मेशक र अबेद्नगो आगोबाट बाहिर निस्केर आए; \v 27 अनि प्रान्तका बडाहाकिमहरू, इलाकाका अधिकारीहरू, राज्यपालहरू र राजकीय सल्‍लाहकारहरू तिनीहरूका चारैतिर भेला भए। तिनीहरूले देखे, कि आगोले तिनीहरूका शरीरलाई हानि गरेको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो; तिनीहरूका कपडाहरू आगोले डढेको थिएन, न त तिनीहरूमा आगोको कुनै गन्ध नै थियो। \p \v 28 तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्‍वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए। \v 29 यसकारण म यो आदेश दिँदछु: शद्रक, मेशक र अबेद्नगोका परमेश्‍वरको विरुद्धमा कुनै पनि कुरा भन्‍ने कुनै पनि जाति अथवा भाषाका मानिसहरू जो भए तापनि टुक्रा-टुक्रा गरी काटिनेछन्; अनि तिनीहरूका घरहरू ढुङ्गाका थुप्रोमा परिणत गरिनेछन्; किनकि अरू कुनै देवताले यसरी बचाउन सक्दैन।” \p \v 30 त्यसपछि राजाले बेबिलोनको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका पद बढाइदिए। \c 4 \s1 नबूकदनेसरको रूखको सपना \pmo \v 1 राजा नबूकदनेसरबाट, \pmo जाति-जातिका मानिसहरू र सबै भाषा बोल्ने जातिहरू, सारा संसारमा बस्‍ने सबै मानिसहरू: \pmo तिमीहरूको उन्‍नति प्रशस्त होस्! \pm \v 2 सर्वोच्‍च परमेश्‍वरले मेरा निम्ति गर्नुभएका अलौकिक चिन्हहरू र देखाउनुभएको अद्‌भुत कार्यहरूका बारेमा तिमीहरूलाई बताउनु मेरो निम्ति आनन्दको कुरा हो। \qm1 \v 3 उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! \qm2 उहाँका अद्‌भुत कार्यहरू कति शक्तिशाली छन्! \qm1 उहाँको राज्य अनन्तको राज्य हो; \qm2 उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ। \pm \v 4 म नबूकदनेसर, आफ्नो महलमा आरामसाथ सन्तुष्‍टि र समृद्धिमा बसिरहेको थिएँ। \v 5 मैले एउटा सपना देखेँ, जसले मलाई भयभीत तुल्यायो। जब म आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ, तब मेरो मनमा आइरहेका आकृति र दर्शनहरूले मलाई त्रसित तुल्याइदिए। \v 6 यसकारण त्यस सपनाको अर्थ मलाई खोलिदेऊन् भनेर मैले बेबिलोनका सबै बुद्धिमान् मानिसहरू मेरो सामु ल्याइयोस् भनी हुकुम दिएँ। \v 7 जब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरू मकहाँ आए, तब मैले तिनीहरूलाई सपना बताएँ, तर तिनीहरू कसैले पनि मेरो सपनाको अर्थ बताउन सकेनन्। \v 8 त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।) \pm \v 9 मैले भनेँ, “हे बेलतसजर, सबै ज्ञानी मानिसहरूका प्रमुख, पवित्र देवताहरूको आत्मा तिमीमा छ, र कुनै पनि रहस्यमय कुरा तिम्रो निम्ति कठिन छैन भनी म जान्दछु। \v 10 म आफ्नो पलङमा ढल्किरहेको बेलामा मैले देखेका दर्शनहरू यही हुन्: मैले हेरेँ, र त्यहाँ मेरो सामु देशको मध्य भागमा एउटा रूख खडा थियो। त्यो रूख अत्यन्तै अग्लो थियो। \v 11 त्यो रूख ठूलो र बलियो भएर बढ्यो; अनि त्यसको टुप्पोले आकाश छोयो; त्यो रूख पृथ्वीका अन्तिम छेउबाट पनि देखिन्थ्यो। \v 12 रूखका पातहरू सुन्दर थिए, र त्यसका फलहरू प्रशस्त थिए; अनि त्यसमा सबैलाई पुग्ने प्रशस्त भोजन थियो। त्यसमुनि जङ्गली पशुहरूले आश्रय पाउँथे, र त्यसका हाँगाहरूमा आकाशका चराहरू बस्थे; त्यसबाट हरेक जीवित प्राणीहरूले खाना पाउँथे। \pm \v 13 “म आफ्नो पलङमा ढल्किरहेको बेला मैले मेरो दर्शनमा मेरो सामु एक पवित्र जन, अथवा एक स्वर्गदूतलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए। \v 14 तिनले चर्को सोरमा कराएर भने: ‘यस रूखलाई काटेर ढालिदे, र यसका हाँगाहरूलाई छाँटिदे; यसका पातहरू झारिदे र यसका फलहरू चारैतिर छरपस्ट पारिदे। यस रूखबाट पशुहरू र यसका हाँगाहरूबाट चराचुरुङ्गीहरू भागिजाऊन्। \v 15 तर यस रूखको ठुटा र जराहरूचाहिँ फलाम र काँसाले बाँधिएको अवस्थामा मैदानका झारहरूसितै रहिरहोस्। \pm “ ‘यसलाई आकाशका शीतले भिजाओस्, र यो पृथ्वीका बोटबिरुवाहरू र जनावरहरूका साथमा रहोस्। \v 16 यसको निम्ति सात काल\f + \fr 4:16 \fr*\ft अथवा \ft*\fqa वर्ष\fqa*\f* नबितेसम्म, यसको मन मानिसको मनबाट बदलिएर यसलाई पशुको मन दिइओस्। \pm \v 17 “ ‘यो निर्णय एक स्वर्गदूतद्वारा सूचित गरिएको हो, र पवित्र जनद्वारा यस फैसलाको बारेमा घोषणा गरिएको हो: यस उद्देश्यले कि जीवितहरूले यो जानून्, कि सर्वोच्‍चचाहिँ मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ। अनि आफूले चाहेको जसकसैलाई पनि ती दिन सक्नुहुन्छ, र तिनीहरूमाथि सबैभन्दा नम्र मानिसलाई राख्नुहुन्छ।’ \pm \v 18 “म, राजा नबूकदनेसरले यही सपना देखेको हुँ। अब, हे बेलतसजर, यसको अर्थ के हो, सो मलाई बताइदेऊ; किनकि मेरा राज्यका कुनै पनि बुद्धिमान् मानिसले मेरो निम्ति सपनाको अर्थ खोलिदिन सक्दैनन्। तर तिमीले चाहिँ अर्थ खोल्न सक्छौ; किनकि तिमीभित्र पवित्र देवताहरूको आत्मा छ।” \s3 दानिएलले सपनाको अर्थ बताएका \pm \v 19 तब दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेर साह्रै विचलित भए; अनि तिनको सोचले तिनलाई भयभीत तुल्यायो। यसकारण राजाले भने, “बेलतसजर, सपना र यसको अर्थले तिमीलाई विचलित नपारोस्।” \pm बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यदि यो सपना हजुरका शत्रुहरूका निम्ति र यसको अर्थ हजुरका विरोधीहरूका निम्ति भइदिए त हुनेथियो! \v 20 हजुरले देख्नुभएको रूख, जुन ठूलो र बलियो भएर बढ्यो, जसको टुप्पोले आकाशै छोइरहेको थियो र सारा पृथ्वीबाट देख्न सकिन्थ्यो; \v 21 जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो। \v 22 हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।” \pm \v 23 हे महाराजा, हजुरले एक पवित्र जन, एक स्वर्गदूतलाई स्वर्गबाट तल ओर्लिरहेका देख्नुभयो, जसले यसो भनिरहेका थिए, “रूखलाई काटेर ढालिदे, र त्यसलाई नाश गरिदे, तर रूखको ठुटालाईचाहिँ फलाम र काँसाले बाँधेर मैदानको घाँसमा छोडिदे; अनि त्यसका जराहरूचाहिँ जमिनमै रहून्। त्यसलाई आकाशको शीतले भिजाओस्; त्यसको निम्ति सात काल नबितेसम्म त्यो जङ्गली जनावरहरूका बीचमा जनावरहरूजस्तै भएर बास बसोस्।” \pm \v 24 हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो: \v 25 हजुर मानिसहरूका बीचबाट धपाइनुहुनेछ र जङ्गली जनावरहरूका साथमा बस्‍नुहुनेछ; हजुरले गाईबस्तुहरूझैँ घाँस खानुहुनेछ र आकाशको शीतद्वारा हजुर भिजाइनुहुनेछ। सर्वोच्‍च परमेश्‍वरले पृथ्वीमा भएका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफूले चाहेको जोसुकैलाई पनि ती राज्यहरू दिन सक्नुहुन्छ भनी हजुरले स्वीकार नगर्नुभएसम्म हजुरका निम्ति सात काल बित्नेछन्। \v 26 रूखको ठुटालाई त्यसका जराहरूसितै छोडिदिने आदेशको अर्थ यही हो, कि स्वर्गका परमेश्‍वरले शासन गर्नुहुन्छ भनी हजुरले स्वीकार गर्नुभएपछि हजुरको राज्य फेरि पुनर्स्थापित हुनेछ। \v 27 यसकारण हे महाराजा, कृपया मेरो सल्‍लाह मान्‍नुहोस्: जे ठिक र न्यायसङ्गत छ, त्यही गरेर हजुरले आफ्ना पापहरू त्यागिदिनुहोस्; अनि अत्याचारमा परेकाहरूप्रति दयालु भएर हजुरले आफ्नो दुष्‍टता त्यागिदिनुहोस्। हुन सक्छ त्यसपछि हजुरको समृद्धि रहिरहनेछ। \s3 सपना पूरा भएको \pm \v 28 राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए। \v 29 बाह्र महिनाको अन्त्यमा जब राजा बेबिलोनको राजकीय महलको कौसीमा हिँडिरहेका थिए, \v 30 तब तिनले भने, “हेर, के मैले राजकीय वासस्थानको रूपमा मेरो महान् शक्तिद्वारा मेरै ऐश्‍वर्य र कीर्तिका निम्ति मैले बनाएको महान् बेबिलोन यही होइन र?” \pm \v 31 यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु। \v 32 तँ मानिसहरूबाट धपाइनेछस्, र जङ्गली जनावरहरूसित बस्‍नेछस्; तैँले गाईबस्तुले झैँ घाँस खानेछस्। सर्वोच्‍च परमेश्‍वर नै पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफूले इच्छा लागेका जोसुकैलाई पनि ती राज्य दिन सक्नुहुन्छ भनेर तैँले स्वीकार नगरेसम्म सात काल बितिजानेछन्।” \pm \v 33 नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे। \b \pm \v 34 त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्‍वरलाई आदर र महिमा दिएँ। \qm1 उहाँको राज्य अनन्तको राज्य हो; \qm2 उहाँको राज्य पुस्तादेखि पुस्तौँसम्म रहिरहन्छ। \qm1 \v 35 पृथ्वीका सबै मानिसहरू \qm2 उहाँको सामु तुच्छ गनिन्छन्। \qm1 स्वर्गका स्वर्गदूतहरूसँग \qm2 र पृथ्वीका मानिसहरूसँग \qm2 उहाँले आफ्नो इच्छा लागेअनुसार गर्नुहुन्छ। \qm1 उहाँका हात कसैले पनि रोक्न सक्दैन, \qm2 न त कसैले उहाँलाई यसरी भन्‍न सक्छ, “तपाईंले के गर्नुभएको?” \pm \v 36 मेरो मन मस्तिष्क पहिलेझैँ स्वस्थ र ठिक भएकै बेला मेरो राज्यको गौरवका निम्ति मेरो सम्मान र महानता मकहाँ फर्काइए। मेरा राजकीय सल्‍लाहकारहरू र प्रमुख व्यक्तिहरूले मलाई खोजे; अनि फेरि मलाई मेरो सिंहासनमा बसाइयो र म पहिलेको भन्दा अझ बढी महान् भएँ। \v 37 अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्‍च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ। \c 5 \s1 भित्ताको लेखोट \p \v 1 एक रात राजा बेलसजरले आफ्ना एक हजार प्रमुख भारदारहरूका निम्ति एउटा ठूलो भोज लगाए, र तिनीहरूसित दाखमद्य पिए। \v 2 जब बेलसजरले आफ्नो दाखमद्य पिइरहेका थिए, तब तिनले आफ्ना पिता नबूकदनेसरले यरूशलेमको मन्दिरबाट लगेका सुन र चाँदीका कचौराहरू भित्र ल्याउने हुकुम गरे, ताकि राजा र तिनका प्रमुख भारदारहरू, तिनका पत्नीहरू र उपपत्नीहरूले ती कचौराहरूबाट पिउन सकून्। \v 3 यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए। \v 4 जब तिनीहरूले दाखमद्य पिए, तब तिनीहरूले सुन र चाँदीका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे। \p \v 5 त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे। \v 6 अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्‍किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए। \p \v 7 राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्‍याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जामा राखिनेछ।” \p \v 8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्‍न सकेनन्। \v 9 यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्‍क परे। \p \v 10 राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्! \v 11 हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्‍टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो। \v 12 उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्‍नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।” \p \v 13 यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्‍ने तिमी नै हौ? \v 14 मैले सुनेको छु, तिमीभित्र देवताहरूको आत्मा छ, र तिमीसित अन्तर्दृष्‍टि, समझशक्ति र असाधारण बुद्धि छ। \v 15 यो लेखोट पढ्न र मलाई त्यसको अर्थ बताइदिन मेरो सामु तन्त्रमन्त्र गर्ने र बुद्धिमान् मानिसहरू ल्याइए, तर तिनीहरूले यसको अर्थ बताउन सकेनन्। \v 16 अब मैले सुनेको छु; तिमीले अर्थ खोल्न सक्छौ र कठिन समस्याहरूको हल गर्न सक्छौ। यदि तिमीले यो लेखोट पढ्न सक्यौ र मलाई यसको अर्थ बताउन सक्यौ भने तिमीलाई बैजनी रङ्गको वस्त्र पहिराइनेछ, र तिम्रो गलामा सुनको हार लगाइदिइनेछ; अनि तिमीलाई यस राज्यको सर्वोच्‍च शासकको तेस्रो दर्जा दिइनेछ।” \p \v 17 तब दानिएलले राजालाई जवाफ दिए, “हजुरका उपहारहरू हजुरसँगै रहून्, र हजुरका पुरस्कारहरू अरू कसैलाई दिनुहोस्। तथापि, म राजाको निम्ति लेखोट पढ्नेछु, र तपाईंलाई लेखोटको अर्थ बताइदिनेछु। \p \v 18 “हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो। \v 19 परमेश्‍वरले तिनलाई दिनुभएको उच्‍च दर्जाको कारण सबै मानिसहरू, हरेक भाषा बोल्ने सबै जातिका मानिसहरू तिनीसित थरथर काम्थे र भयभीत हुन्थे। राजाले जसलाई मार्न चाहन्थे, उसलाई मार्थे; तिनले जीवित छोड्न चाहेकाहरूलाई जीवित छोडिदिन्थे; तिनले पदोन्‍नति गरिदिन चाहेकाहरूलाई पदोन्‍नति गरिदिन्थे; अनि तिनले पदच्युत गर्न चाहेकाहरूलाई पदच्युत गरिदिन्थे। \v 20 तर जब तिनको हृदय अभिमानी र घमण्डले कठोर भयो, तब तिनी आफ्ना राजकीय सिंहासनबाट पदच्युत गरिए, र तिनको गौरव हटाइयो। \v 21 तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्‍च परमेश्‍वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो। \p \v 22 “तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन। \v 23 त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्‍न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्‍वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्। \v 24 यसकारण उहाँले लेखोट लेख्नलाई हात पठाउनुभयो। \p \v 25 “खोपिएको लेखोट यही हो: \pc मेने, मेने, टेकेल, पर्सिन \p \v 26 “यी शब्दहरूको अर्थ यही हो: \p “\tl मेने\tl*\f + \fr 5:26 \fr*\ft अर्थात् \ft*\fqa गनिएको\fqa*\f*: परमेश्‍वरले हजुरको शासनका दिनहरू गन्ती गर्नुभएको छ, र त्यसको अन्त्य ल्याइसक्नुभएको छ। \p \v 27 “\tl तकेल\tl*\f + \fr 5:27 \fr*\ft अर्थात् \ft*\fqa जोखिएको\fqa*\f*: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ। \p \v 28 “\tl पर्सिन\tl*\f + \fr 5:28 \fr*\ft अर्थात् \ft*\fqa बाँडिएको\fqa*\f*: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।” \p \v 29 तब बेलसजरको आदेशअनुसार दानिएललाई बैजनी वस्त्र पहिर्‍याइयो; तिनको गलामा सुनको हार लगाइयो, र तिनलाई राज्यको तेस्रो सर्वोच्‍च शासक भनी घोषणा गरियो। \p \v 30 त्यही रात बेबिलोनीहरूका राजा बेलसजर मारिए; \v 31 अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए। \c 6 \s1 दानिएल सिंहको खोरमा \p \v 1 दारालाई सम्पूर्ण राज्यभरि शासन गर्नलाई एक सय बीस जना राज्यपालहरूलाई नियुक्त गर्न इच्छा लाग्यो। \v 2 ती राज्यपालहरूमाथि तीन जना प्रशासकहरू थिए, र तीमध्ये दानिएलचाहिँ एक जना थिए। राज्यपालहरूले आफ्ना कामको उत्तरदायित्व तिनीहरूलाई दिनुपर्थ्यो, ताकि राजाको काममा कुनै हानि उठाउन नपरोस्। \v 3 दानिएलले आफ्ना अद्वितीय गुणहरूद्वारा ती प्रशासकहरू र राज्यपालहरूमध्ये आफूलाई अरूभन्दा राम्रो योग्यता देखाएका हुनाले राजाले तिनलाई सम्पूर्ण राज्यमाथि शासक नियुक्त गर्ने विचार गरे। \v 4 यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्‍टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्‍वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्‍टता थियो, न त लापर्बाही थियो। \v 5 आखिरमा ती मानिसहरूले भने, “उनको परमेश्‍वरको विधि-विधानका कुराहरूमा बाहेक हामीले तिनको विरुद्धमा अभियोग लगाउने आधार कहिल्यै पनि भेट्टाउनेछैनौँ।” \p \v 6 यसकारण ती प्रशासकहरू र राज्यपालहरू एक समूह भई राजाकहाँ गएर भने: “महाराजा दारा, अमर रहून्! \v 7 राजकीय प्रशासकहरू, बडाहाकिमहरू, सहायक हाकिमहरू, सल्‍लाहकारहरू र राज्यपालहरू सबै यस विषयमा सहमत भएका छौँ, कि राजाले यो आदेश जारी गर्नलाई एउटा उर्दी निकालून्, जसअनुसार आउँदा तीस दिनहरूमा जजसले हे महाराजा, तपाईंबाहेक, अरू कुनै देवता अथवा कुनै पनि मानिसलाई प्रार्थना गर्छ भने त्यसलाई सिंहको खोरमा फालियोस्। \v 8 अब हे महाराजा, यो उर्दी जारी गरेर यसलाई लिखित रूपमा दिनुहोस्, ताकि यो बदली नहोस्—जस्तो मादी र परसीयनहरूको नियम छ, जुन रद्द हुन सक्दैन।” \v 9 यसकारण राजा दाराले लिखित रूपमा उर्दी निकाले। \p \v 10 अनि जब त्यो उर्दी प्रकाशित भएको कुरा दानिएलले थाहा पाए, तब तिनी आफ्ना घरभित्र गए; अनि माथिल्‍लो कोठामा पसे, जहाँ यरूशलेमतिर फर्किएका झ्यालहरू थिए। तिनले सधैँ गरेझैँ दिनमा तीन पल्ट घुँडा टेकी परमेश्‍वरलाई धन्यवाद दिँदै प्रार्थना गरे। \v 11 तब ती मानिसहरू समूह बाँधेर गए, र दानिएललाई प्रार्थना गरिरहेका र परमेश्‍वरसित सहायता मागिरहेका भेट्टाए। \v 12 यसकारण तिनीहरू राजाकहाँ गए, र तिनीसित तिनको राजकीय उर्दीको बारेमा कुरा गरे: “हे महाराजा, के तपाईंले आउँदा तीस दिनहरूमा तपाईंबाहेक अरू कुनै देवता, अथवा मानिसलाई प्रार्थना गर्ने जोसुकै पनि सिंहको खोरमा फ्याँकिनेछ भनेर एउटा उर्दी निकाल्नुभएको होइन र?” \p राजाले जवाफ दिए, “मादीहरू र परसीयनहरूको विधि-विधानअनुसार त्यो उर्दी पक्‍का छ—जुन कहिल्यै रद्द हुन सक्दैन।” \p \v 13 तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्छ।” \v 14 जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे। \p \v 15 तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।” \p \v 16 यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले नै तिमीलाई बचाऊन्।” \p \v 17 अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्। \v 18 त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्। \p \v 19 बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए। \v 20 जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्‍वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्‍वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” \p \v 21 दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्! \v 22 मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।” \p \v 23 राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्‍वरमाथि भरोसा राखेका थिए। \p \v 24 राजाको हुकुममा दानिएललाई झूटो आरोप लगाउने मानिसहरूलाई भित्र ल्याइए; अनि तिनीहरूका पत्नीहरू र छोराछोरीहरूसमेत तिनीहरू सिंहको खोरभित्र फ्याँकिए। तिनीहरू खोरको भुइँमा पुग्नुभन्दा अगि नै ती सिंहहरूले तिनीहरूलाई झम्टे, र तिनीहरूका सबै हड्डीहरू चकनाचुर पारिदिए। \p \v 25 तब राजा दाराले देशभरिका सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूलाई लेखे: \pmo “तिमीहरूको उन्‍नति प्रशस्त होस्! \pm \v 26 “म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्‍वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्। \qm1 “किनकि उहाँ नै जीवित परमेश्‍वर हुनुहुन्छ, \qm2 र उहाँ सदासर्वदै रहनुहुन्छ; \qm1 उहाँको राज्य नष्‍ट हुनेछैन, \qm2 उहाँको राज्य कहिल्यै समाप्‍त हुनेछैन। \qm1 \v 27 उहाँले छुटाउनुहुन्छ र बचाउनुहुन्छ; \qm2 उहाँले आकाशमा र पृथ्वीमा, \qm2 अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नुहुन्छ। \qm1 उहाँले दानिएललाई \qm2 सिंहहरूको शक्तिबाट छुटकारा दिनुभएको छ।” \p \v 28 यसकारण दाराको शासनकालमा र परसीयाका कोरेसको शासनकालमा दानिएलको उन्‍नति भयो। \c 7 \s1 दानिएलले देखेका चार पशुहरूको सपना \p \v 1 बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे। \p \v 2 दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए। \v 3 त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए। \p \v 4 “पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो। \p \v 5 “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’ \p \v 6 “त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो। \p \v 7 “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए। \p \v 8 “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो। \p \v 9 “मैले हेर्दाहेर्दै, \q1 “सिंहासनहरू ठिक ठाउँमा बसालिए; \q2 अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, \q1 उहाँका कपडा हिउँजस्तै सेता थिए; \q2 उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। \q1 उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; \q2 अनि त्यसका चक्‍काहरू जलिरहेका आगोजस्ता थिए। \q1 \v 10 उहाँको सामुबाट निस्केर आएको \q2 एउटा आगोको नदी बगिरहेको थियो। \q1 हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; \q2 दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। \q1 न्यायाधीश बस्‍नुभयो, \q2 र पुस्तकहरू खोलिए। \p \v 11 “त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्‍ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ। \v 12 (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।) \p \v 13 “राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो। \v 14 उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्‍ट हुनेछैन। \s1 सपनाको अर्थ \p \v 15 “म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो। \v 16 म त्यहाँ उभिरहनेहरूमध्ये एक जनाकहाँ नजिक गएँ, र तिनलाई यी सबै कुराहरूको अर्थ सोधेँ। \p “यसकारण तिनले यी सबै कुराहरूको अर्थ खोलिदिए र मलाई भने: \v 17 ‘ती चार विशाल जनावरहरू चार शासकहरू हुन्, जो पृथ्वीमा उदय हुनेछन्। \v 18 तर त्यो राज्य सर्वोच्‍च परमेश्‍वरका पवित्र सन्तहरूले पाउनेछन्, र त्यसलाई सदासर्वदाका निम्ति अधिकार गर्नेछन्—हो, सदासर्वदाका निम्ति।’ \p \v 19 “तब मैले त्यस चौथो पशुको साँचो अर्थ जान्‍न चाहेँ, जुन अरू पशुहरूभन्दा फरक र त्यसका फलामका दाँतहरू र काँसाका नङ्ग्रा भएको कारण अति भयानक थियो—त्यो पशु, जसले आफ्ना शिकारहरूलाई खान्थ्यो, र चकनाचुर पार्थ्यो; अनि बाँकी रहेका मासुहरूलाई आफ्ना खुट्टामुनि कुल्चीमिल्ची पार्थ्यो। \v 20 मैले त्यस जनावरको शिरमाथि भएका दश वटा सिङहरू र अर्को उम्रेको सानो सिङ, जसको अगि दश सिङहरूमध्ये तीन वटा सिङ ढलिगएका थिए; त्यसको बारेमा पनि जान्‍न चाहेँ—त्यो सिङ, जुनचाहिँ अरूभन्दा बढी प्रभावशाली देखिन्थ्यो र त्यसका आँखा मानिसहरूको जस्तै र अहङ्कारी कुराहरू बोल्ने मुख थियो। \v 21 अनि मैले हेर्दाहेर्दै त्यो सानो सिङले ती पवित्र मानिसहरूको विरुद्धमा लडाइँ गरिहेको थियो, र तिनीहरूलाई परास्त गरिरहेको थियो, \v 22 जबसम्म अति प्राचीन आएर सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूको पक्षमा न्याय घोषणा गर्नुभएन; अनि त्यो समय आयो, जब तिनीहरूले राज्य अधिकार गरे। \p \v 23 “उहाँले मलाई यो कुरा व्याख्या गरिदिनुभयो: ‘चौथो पशुचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। यो अरू सबै राज्यहरूभन्दा फरक हुनेछ; अनि यसले सारा पृथ्वीलाई खानेछ, र त्यसलाई कुल्चीमिल्ची पारेर धुलोपिठो बनाइदिनेछ। \v 24 ती दश वटा सिङहरू यस राज्यबाट आउने दश राजाहरू हुन्। त्यसपछि पहिलेको दश राजाभन्दा फरक अर्को एउटा राजा खडा हुनेछ; त्यसले तीन वटा राजाहरूलाई आफ्नो अधीनमा पार्नेछ। \v 25 त्यस सानो सिङले सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा बोल्नेछ, र त्यसले पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ; अनि तोकिएका समयहरू र व्यवस्थाहरू बदली गर्न कोसिस गर्नेछ। पवित्र मानिसहरू त्यसको हातमा एक समय, समयहरू र आधा समयको\f + \fr 7:25 \fr*\ft अथवा \ft*\fqa एक वर्ष, दुई वर्ष र छ महिना\fqa*\f* निम्ति सुम्पिइनेछन्। \p \v 26 “ ‘तर न्यायाधीश बस्‍नुहुनेछ; अनि त्यसको शक्ति खोसिनेछ र सदासर्वदाका निम्ति त्यसलाई सम्पूर्ण रूपमा सर्वनाश गरिनेछ। \v 27 तब सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूलाई स्वर्गमुनिका सबै राज्यहरूका सार्वभौम, शक्ति र महानता सुम्पिइनेछन्। उहाँको राज्य अनन्तको राज्य हुनेछ; अनि सबै शासकहरूले उहाँलाई दण्डवत् गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।’ \p \v 28 “यस दर्शनको अन्त्य यही हो। म, दानिएल आफ्ना विचारहरूद्वारा अति व्याकुल भएँ; अनि मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनमै राखेँ।” \c 8 \s1 दानिएलले दर्शनमा साँढभेडा र बोका देखेका \p \v 1 राजा बेलसजरको शासनकालको तेस्रो वर्षमा, म, दानिएलकहाँ पहिले देखा परेको दर्शनजस्तै अर्को दर्शन पनि देखा पर्‍यो। \v 2 मेरो दर्शनमा मैले आफैँलाई एलाम प्रान्तको राजधानी शूशनको किल्‍लामा देखेँ; मेरो दर्शनमा म ऊलै नहरको किनारमा थिएँ। \v 3 जब मैले मेरा आँखाहरू माथि उठाएँ, तब मेरो सामु नहरको किनारमा दुई वटा सिङ भएको साँढभेडा उभिरहेको थियो, र ती सिङहरू लामा-लामा थिए। एउटा सिङचाहिँ अर्कोभन्दा लामो थियो, तर त्यो पछि उम्रेको थियो। \v 4 मैले त्यस साँढभेडालाई पश्‍चिमतिर, उत्तरतिर र दक्षिणतिर सिङले हानिरहेको देखेँ। त्यसको विरुद्धमा कुनै पनि जनावर खडा रहन सकेन; अनि कसैले पनि त्यसको शक्तिबाट बचाउन सकेन। त्यसले आफूलाई इच्छा लागेअनुसार गर्‍यो, र त्यो महान् भयो। \p \v 5 जब मैले यस दर्शनको बारेमा विचार गरिरहेको थिएँ, तब अचानक एउटा बोका पश्‍चिमबाट आयो; त्यस बोकाको आँखाहरूको बीचमा एउटा विशेष सिङ थियो, र त्यो भुइँलाई नछोइकन पूरा पृथ्वी पार गर्दै आयो। \v 6 मैले दर्शनमा देखेको नहरको किनारमा उभिरहेको दुई सिङे साँढभेडातिर त्यो बोका आयो र प्रचण्ड क्रोधमा त्यसमाथि जाइलाग्यो। \v 7 अनि त्यो रिसले चुर भयो, र त्यस साँढभेडालाई आक्रमण गरेर त्यसका दुई वटा सिङहरू भाँचिदिएको मैले देखेँ। त्यस बोकाको विरुद्धमा त्यो साँढभेडा सामु उभिने शक्ति रहेन; त्यो बोकाले त्यस साँढभेडालाई भुइँमा पछार्‍यो, र त्यसलाई कुल्चीमिल्ची पार्‍यो; अनि त्यस साँढभेडालाई त्यो बोकाको शक्तिबाट कसैले पनि बचाउन सकेन। \v 8 त्यो बोका अत्यन्तै शक्तिशाली बन्यो, तर त्यसको शक्तिको चरमबिन्दुमा त्यसको ठूलो सिङ भाँचियो; अनि त्यो भाँचिएको सिङको सट्टामा आकाशका चारै दिशाका बतासतर्फ फर्केका चार विशेष सिङहरू उम्रेर आए। \p \v 9 ती चार सिङहरूमध्ये एउटाबाट अर्को सिङ निस्क्यो, जुन सिङ सुरुमा सानो थियो, तर त्यो शक्तिशाली हुँदै दक्षिण, पूर्व र सुन्दर देशतिर बढेर गयो। \v 10 त्यो सानो सिङ महान् भयो, र त्यो आकाशमण्डलसम्म पुग्यो; अनि त्यसले केही ताराहरू पृथ्वीमा झारिदियो, र तिनीहरूलाई कुल्चीमिल्ची पारिदियो। \v 11 त्यसले आफूलाई सेनाहरूका सेनापति याहवेह जतिकै महान् ठान्यो; त्यसले याहवेहको निम्ति चढाइने दैनिक बलिदान रोकिदियो; अनि उहाँको पवित्रस्थानलाई तल फ्याँकिदियो। \v 12 विद्रोहको कारण याहवेहका मानिसहरूको र दैनिक चढाइने बलि त्यस सिङलाई सुम्पियो। त्यस सिङले जे गरे तापनि त्यसको उन्‍नति भयो र सत्य व्यवस्थाचाहिँ भुइँमा फालियो। \p \v 13 त्यसपछि मैले एक जना पवित्र जन बोलिरहेका सुनेँ; अनि अर्को एक जना पवित्र जनले उनलाई यसो भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला—दैनिक बलिदान, उजाड पार्ने विद्रोह, पवित्रस्थान र याहवेहका मानिसहरूलाई खुट्टाले कुल्चीमिल्ची पार्ने सम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?” \p \v 14 उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।” \s1 दर्शनको व्याख्या \p \v 15 जब म, दानिएलले दर्शनको बारेमा सोचिरहेको थिएँ, र त्यसलाई बुझ्ने कोसिस गरिरहेको थिएँ, तब मेरो सामु मानिसजस्तै देखिने एक जना उभिए। \v 16 अनि मैले ऊलैबाट एक जना मानिसले बोलाइरहेको सुनेँ, “गाब्रिएल, यस मानिसलाई दर्शनको अर्थ बताइदेऊ।” \p \v 17 त्यसपछि जब तिनी म उभिरहेको ठाउँनिर आए, तब म भयभीत भएँ, र भुइँमा लम्पसार परेँ। तिनले मलाई भने, “हे मानिसको छोरा, यो कुरा बुझ, कि यस दर्शनले अन्त्यको समयलाई बताउँछ।” \p \v 18 जब तिनी मसित बोलिरहेका थिए, तब म मेरो अनुहार भुइँमा घोप्टिएको अवस्थामा घोर निद्रामा परेको थिएँ। तब तिनले मलाई छोए, र मलाई आफ्नो खुट्टामा उभिन लगाए। \p \v 19 तिनले भने: “हेर, म तिमीलाई क्रोधको अन्त्यको समयमा के हुनेछ भनी बताउनेछु; किनकि यो दर्शन अन्त्यको तोकिएको समयको विषयमा हो। \v 20 तिमीले देखेको दुई सिङे साँढभेडाले मादी र परसीया देशका राजाहरूको प्रतिनिधित्व गर्छ। \v 21 त्यो रौँले भरेको झुस्ले बोकाचाहिँ ग्रीस राजा हो; अनि आँखाहरूका बीचमा भएको ठूलो सिङचाहिँ पहिलो राजा हो। \v 22 त्यो भाँचिएको सिङको ठाउँमा अरू उम्रिएका चार वटा सिङहरूले उसको राज्यबाट आउने चार वटा राज्यहरूको प्रतिनिधित्व गर्छ, तर तिनीहरूसित त्यो भाँचिएको सिङको जस्तो शक्ति हुनेछैन। \p \v 23 “तिनीहरूको शासनकालको पछिल्‍ला समयहरूमा, जब विद्रोहीहरू पूर्ण रूपले दुष्‍ट हुनेछन्, तब एक कठोर अनुहार देखिने राजा, षड्यन्त्रको राजा खडा हुनेछ। \v 24 त्यो अति शक्तिशाली हुनेछ, तर आफ्नै सामर्थ्यद्वारा त होइन। त्यसले डरलाग्दो विध्वंस ल्याउनेछ, र आफूले गरेको जुनसुकै काममा पनि त्यो सफल हुनेछ। त्यसले पराक्रमी मानिसहरू र पवित्र मानिसहरूलाई नाश गर्नेछ। \v 25 त्यसले छललाई उन्‍नति हुन दिनेछ, र त्यसले मनमा आफूलाई अति उच्‍च ठान्‍नेछ। अनि तिनीहरूले सुरक्षित ठानेको बेला त्यसले धेरैलाई नाश गर्नेछ; अनि त्यो राजकुमारहरूका राजकुमारको विरुद्धमा खडा हुनेछ; तापनि त्यो नष्‍ट हुनेछ, तर कुनै मानिसको शक्तिद्वारा चाहिँ होइन। \p \v 26 “तिमीलाई दिइएको साँझहरू र बिहानहरूको दर्शन सत्य हो, तर यस दर्शनमा मोहर लाएर गुप्‍तमा राख; किनकि यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।” \p \v 27 म, दानिएल अति नै थाकेँ, र धेरै दिनसम्म बिरामी भएँ। त्यसपछि म निको भएर उठेँ, र राजाको काममा गएँ। म दर्शनद्वारा अति भयभीत भएँ; यो मेरो समझशक्तिभन्दा बाहिरको कुरा थियो। \c 9 \s1 दानिएलको प्रार्थना \p \v 1 अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी\f + \fr 9:1 \fr*\ft अथवा \ft*\fqa कल्दी\fqa*\f* राज्यको शासक तुल्याइएका थिए— \v 2 तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ। \v 3 यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ। \p \v 4 मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: \pm “हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ; \v 5 हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ। \v 6 हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। \pm \v 7 “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ। \v 8 हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। \v 9 प्रभु, हाम्रा परमेश्‍वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ। \v 10 हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ। \v 11 सारा इस्राएलका मानिसहरूले तपाईंको व्यवस्था उल्‍लङ्घन गरेका छन्, र तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गर्दै तर्किगएका छन्। \pm “यसकारण परमेश्‍वरको सेवक मोशाको व्यवस्थामा लेखिएका श्रापहरू र शपथद्वारा फैसला गरिएका न्यायहरू हामीमाथि खन्याइएका छन्; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। \v 12 तपाईंले हाम्रा र हाम्रा शासकहरूका विरुद्धमा बोलिएका वचनहरू हामीमाथि ठूलो विपत्ति ल्याएर पूरा गर्नुभएको छ। आकाशमुनि सारा संसारभरि कहिल्यै पनि नआएको विपत्ति यरूशलेममाथि आयो। \v 13 मोशाको व्यवस्थामा लेखिएको जस्तै हामीमाथि सबै विपत्तिहरू आएका छन्, तापनि हामीले आफ्ना पापहरू त्यागेर तपाईंको सत्यतामा ध्यान दिएर हामीले याहवेह आफ्ना परमेश्‍वरको निगाह खोजेका छैनौँ। \v 14 यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्‍वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ। \pm \v 15 “अब, हे प्रभु, हाम्रा परमेश्‍वर, जसले आफ्ना मानिसहरूलाई सामर्थी हातद्वारा इजिप्टबाट बाहिर ल्याउनुभयो; अनि जसले आफ्नै निम्ति मानिसहरूका बीचमा एउटा असल नाम राख्नुभयो, जुन नाम आजको दिनसम्म नै याद गरिन्छ। हामीले पाप गरेका छौँ; हामीले भूल गरेका छौँ। \v 16 हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्। \pm \v 17 “अब, हे हाम्रा परमेश्‍वर, तपाईंको सेवकको प्रार्थना र अन्तर्बिन्ती सुन्‍नुहोस्। तपाईंको नामको खातिर, हे प्रभु, तपाईंको उजाड पवित्रस्थानलाई निगाहको दृष्‍टिले हेर्नुहोस्। \v 18 हे हाम्रा परमेश्‍वर, कान थाप्नुहोस् र सुन्‍नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ। \v 19 हे प्रभु, सुन्‍नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्‍नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्‍वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।” \s1 सत्तरी “सातहरू” \p \v 20 जब म बोलिरहेको थिएँ, र प्रार्थना गरिरहेको थिएँ, तब आफ्नो पाप र मेरो जाति इस्राएलको पाप स्वीकार गर्दै र उहाँको पवित्र पर्वतको निम्ति याहवेह, मेरा परमेश्‍वरकहाँ बिन्ती गर्दैथिएँ— \v 21 जब म प्रार्थना गरिरहेको थिएँ, तब मैले मेरो पहिलेको दर्शनमा देखेको मानिस गाब्रिएल साँझको बलिदानको समयमा हतार-हतार गरी मकहाँ आए। \v 22 तिनले मलाई व्याख्या गरेर भने, “हे दानिएल, अहिले म तिमीलाई अन्तर्दृष्‍टि र समझशक्ति दिनलाई तिमीकहाँ आएको हुँ। \v 23 तिमीले प्रार्थना सुरु गर्न थाल्ने बित्तिकै एउटा आज्ञा दिइयो, जुन आज्ञा म तिमीलाई भन्‍न आएको छु; किनकि तिमी धेरै सम्मानित छौ। यसकारण वचनमाथि विचार गर र दर्शनलाई बुझ: \p \v 24 “तिम्रा जाति र तिम्रो पवित्र सहरको अधर्म समाप्‍त गर्न, पापको अन्त्य गर्न, दुष्‍टताको निम्ति प्रायश्‍चित गर्न, अनन्तको धार्मिकता ल्याउन, दर्शन र अगमवाणीमा मोहोरछाप लगाएर बन्द गर्न र महा-पवित्रस्थानलाई अभिषेक गर्नलाई तिम्रा मानिसहरूका निम्ति सत्तरी ‘सातहरू’ आदेश गरिएका छन्। \p \v 25 “यो कुरा जान र बुझ: यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने उर्दी जारी गरिएको समयदेखि अभिषिक्त जन, शासक नआएसम्म सात वटा ‘सातहरू’ र बयसट्ठी वटा ‘सातहरू’ हुनेछन्। सडकहरू र गल्‍लीहरू समेत पुनर्निर्माण हुनेछन्, तर कष्‍टको समयमा यस्तो हुनेछ। \v 26 ती बयसट्ठी वटा ‘सातहरू’ पछि अभिषिक्त जन मारिनेछन्, र तिनको निम्ति केही पनि रहनेछैन। आउने मानिसहरूका शासकले सहर र पवित्रस्थानलाई नष्‍ट गर्नेछ। अन्तचाहिँ बाढीझैँ आउनेछ: बयसट्ठी सातहरूको आखिरसम्म र उजाड अवस्थाको आदेश नआएसम्म युद्ध चलिरहनेछ। \v 27 त्यसले एक ‘सात’\f + \fr 9:27 \fr*\ft अथवा \ft*\fqa एक हप्‍ता\fqa*\f* सम्मको निम्ति धेरैसँग एउटा करार पक्‍का गर्नेछ। त्यस ‘सात’ को बीच भागमा त्यसले बलिदान र भेटीको अन्त्य गरिदिनेछ। मन्दिरको एक भागमा त्यसले उजाड पार्ने घृणित कुरा खडा गर्नेछ, जबसम्म तोकिएको अन्त्यको समय त्यसमाथि खन्याइदैन।” \c 10 \s1 दानिएलले दर्शनमा देखेका मानिस \p \v 1 परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए। \p \v 2 त्यस बेला म, दानिएलले तीन हप्‍तासम्म शोक गरिरहेँ। \v 3 मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्‍ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ। \p \v 4 पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ; \v 5 मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए। \v 6 तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो। \p \v 7 म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके। \v 8 यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ। \v 9 तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ। \p \v 10 तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए। \v 11 तिनले मलाई भने, “हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्‍न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।” जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ। \p \v 12 तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्‍वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ। \v 13 तर परसीया देशको राजकुमारले मलाई एक्‍काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ। \v 14 अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।” \p \v 15 जब तिनले मलाई यसो भनिरहेका थिए, तब मैले आफ्नो अनुहार भुइँतिर निहुराएँ, र केही बोल्न सकिनँ। \v 16 तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, “हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु। \v 17 मेरो प्रभु, म तपाईंको सेवकले तपाईंसँग कसरी कुरा गर्न सक्छु? मेरो कुनै बल छँदैछैन; मलाई सास फेर्न पनि मुश्किल परेको छ।” \p \v 18 फेरि ती मानिसको जस्तो रूप देखिने व्यक्तिले मलाई छोए र मलाई बलियो पारे। \v 19 अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” \p जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।” \p \v 20 यसकारण तिनले भने, “के तिमी जान्दछौ, म तिमीकहाँ किन आएको हुँ? म चाँडै परसीयाको राजकुमारको विरुद्धमा लडाइँ गर्न फर्कनेछु; अनि जब म जान्छु, ग्रीसको शासक आउनेछ; \v 21 तर पहिले म तिमीलाई सत्यको पुस्तकमा के लेखिएको छ, सो भन्‍नेछु। (मलाई तिनीहरूका विरुद्धमा लड्नलाई तिम्रा राजकुमार मिखाएलबाहेक कसैले साथ दिँदैनन्। \c 11 \nb \v 1 अनि मचाहिँ मादीका राजा दाराको शासनकालको पहिलो वर्षमा, तिनलाई सहायता गर्न र तिनलाई रक्षा गर्न खडा भएँ।) \s1 दक्षिण र उत्तरका राजाहरू \p \v 2 “अब म तिमीलाई सत्य कुरा बताउँछु: परसीयामा अझ तीन जना राजाहरू खडा हुनेछन्; त्यसपछि चौथो राजा पनि खडा हुनेछन्, जोचाहिँ अरू सबै राजाहरूभन्दा धेरै धनी हुनेछन्। जब तिनले आफ्नो धनले शक्ति प्राप्‍त गर्नेछन्, तब तिनले हरेकलाई ग्रीसको विरुद्धमा सुर्‍याउनेछन्। \v 3 त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। \v 4 तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ। \p \v 5 “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ। \v 6 केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्‍नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति\f + \fr 11:6 \fr*\ft अथवा \ft*\fqa सन्तान\fqa*\f* धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ। \p \v 7 “तिनको स्थान लिन तिनकै वंशबाट एक जना मानिस उठ्नेछन्। अनि तिनले उत्तरका राजाको सेना दलहरूलाई आक्रमण गर्नेछन्, र उनको किल्‍लाभित्र पस्‍नेछन्; तिनले उनीहरूको विरुद्धमा लडाइँ गर्नेछन् र विजयी हुनेछन्। \v 8 तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्। \v 9 त्यसपछि उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्किनेछन्। \v 10 उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्‍लासम्म नै युद्ध गर्नेछन्। \p \v 11 “तब दक्षिणका राजा क्रोधित भएर युद्ध मोर्चामा निस्कनेछन्, र उत्तर सिरियाको राजाको विरुद्धमा युद्ध गर्नेछन्; अनि सिरियाको राजाले ठूलो सेना खडा गर्नेछन्, तर पनि ती ठूलो सेना पराजित हुनेछ। \v 12 जब सिरियाका सेनाहरू हार्छन्, तब दक्षिणका राजा घमण्डले फुलिनेछन्; अनि हजारौँ-हजारलाई मार्नेछन्, तापनि तिनी धेरै दिनसम्म विजयी रहनेछैनन्। \v 13 किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्। \p \v 14 “ती दिनहरूमा धेरै मानिसहरू दक्षिणका राजाको विरुद्धमा खडा हुनेछन्। अनि यो दर्शन पूरा हुनलाई तिम्रो आफ्नै जातिबाट हिंसात्मक मानिसहरू निस्कनेछन् र विद्रोह गर्नेछन्, तर सफल हुनेछैनन्। \v 15 तब उत्तरका राजा आउनेछन्, र घेराबन्दी गर्ने मोर्चाहरू निर्माण गर्नेछन्; अनि एउटा सुरक्षित सहरलाई कब्जा गर्नेछन्। दक्षिणका सेनाहरूले प्रतिरोध गर्न सक्नेछैनन्; तिनीहरूका उत्तम लडाकु सेनाहरूमा पनि खडा हुनसक्ने शक्ति रहनेछैन। \v 16 आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्‍ट गर्ने शक्ति उनीसँग हुनेछ। \v 17 सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्‍ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन। \v 18 तब सिरियाका राजाले आफ्नो ध्यान समुद्रको किनारतिर लगाउनेछन्, र तिनीहरूमध्ये धेरै मानिसहरूलाई कब्जा गर्नेछन्; तर एक जना सेनापतिले उनको अहङ्कारको अन्त्य गरिदिनेछन् र उनको अहङ्कार त्यसतर्फ नै फर्काइदिनेछन्। \v 19 त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्‍लातिर फर्कनेछन्; तर उनी ठक्‍कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्। \p \v 20 “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्। \p \v 21 “अनि तिनको ठाउँमा शासन गर्नलाई एक जना हेला गरिएका व्यक्ति उत्तराधिकारी हुनेछन्, जसलाई राजकीय सम्मान वा मान्यता दिइएको थिएन। त्यस राज्यका मानिसहरूले सुरक्षित अनुभव गरिरहेको बेला तिनले राज्यमाथि आक्रमण गर्नेछन्; अनि तिनले त्यस राज्यलाई षड्यन्त्रद्वारा घेरा हाल्नेछन् र राज्यसत्ता लिनेछन्। \v 22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्। \v 23 तिनीसँग सम्झौता भएपछि उत्तरका राजाले छलपूर्वक काम गर्नेछन्; अनि थोरै मानिसहरूसित मात्र भए तापनि तिनी शक्तिशाली हुनेछन्। \v 24 जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्‍लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्। \p \v 25 “उत्तर सिरियाका राजा एक विशाल सेनासँग दक्षिण इजिप्टको राजाको विरुद्धमा आफ्नो शक्ति र साहसमा सुरिनेछन्। अनि दक्षिणको राजाले एक विशाल र अति शक्तिशाली सेना लिएर युद्ध गर्नेछन्, तर इजिप्टको विरुद्धमा षड्यन्त्र रचिएको कारण तिनी खडा रहन सक्दैनन्। \v 26 इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्। \v 27 अनि यी दुवै राजाहरूका हृदय दुष्‍टतातिर ढल्केका हुनेछन्; तब एउटै टेबुलमा बस्‍नेछन् र एक-आपसमा झूट बोल्नेछन्, तर तिनीहरूका झूटो योजना सफल हुनेछैनन्; किनकि तिनीहरूका निम्ति तोकिएको समयमा तिनीहरूको अन्त्य पक्‍कै आउनेछ। \v 28 उत्तरको राजा धेरै सम्पत्ति लिएर आफ्नै देशमा फर्कनेछन्, तर तिनको हृदय पवित्र करारको विरुद्धमा हुनेछ। तिनले यरूशलेमको विरुद्धमा इच्छा लागेअनुसार गर्नेछन्, त्यसपछि आफ्नै देशमा फर्किजानेछन्। \p \v 29 “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ। \v 30 पश्‍चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्। \p \v 31 “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्‍लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्। \v 32 तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्‍ट पार्नेछन्, तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्। \p \v 33 “मानिसहरूको बीचमा रहेका बुद्धिमान्‌हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्। \v 34 जब तिनीहरू लड्नेछन्, तब तिनीहरूले थोरै मात्र सहायता पाउनेछन्; अनि झूटा मानिसहरू तिनीहरूसित मिल्नेछन्। \v 35 बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्‍कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ। \s1 आफूलाई उच्‍च पार्ने राजा \p \v 36 “राजाले आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। तिनले आफूलाई सबै देवताभन्दा उच्‍च पारेर आफूलाई महान् बनाउनेछन्; अनि देवताहरूका परमेश्‍वरको विरुद्धमा कहिल्यै नसुनिएका कुराहरू भन्‍नेछन्। क्रोधको समय पूर्ण रूपले पूरा नभएसम्म तिनी सफल हुनेछन्; किनकि जुन कुरा निर्धारण गरिएको छ, त्यो हुनैपर्छ। \v 37 तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्‍नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्‍च तुल्याउनेछन्। \v 38 तिनीहरूका सट्टामा तिनले किल्‍ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्। \v 39 तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्‍ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्। \p \v 40 “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्। \v 41 तिनले सुन्दर देशलाई पनि आक्रमण गर्नेछन्। धेरै देशहरू पतन हुनेछन्, तर एदोम, मोआब र अम्मोनका अगुवाहरू त्यसका हातबाट बचाइनेछन्। \v 42 तिनले आफ्नो शक्ति धेरै देशहरूका विरुद्धमा फैलाउनेछन्; इजिप्ट पनि उम्कन पाउनेछैन। \v 43 तिनले इजिप्टका सुन, चाँदी र सबै बहुमूल्य धन सम्पत्तिका भण्डारहरूमाथि अधिकार जमाउनेछन्; अनि लिबिया र कूशीहरू तिनको अधीनमा हुनेछन्। \v 44 तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्‍ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्। \v 45 तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन। \c 12 \s1 अन्त्यको समय \p \v 1 “त्यस बेला तिम्रा जातिलाई रक्षा गर्ने प्रधान स्वर्गदूत मिखाएल खडा हुनेछन्। तब यस्तो सङ्कष्‍टको समय आउनेछ, कि जातिहरू सुरु भएदेखि त्यस बेलासम्म कहिल्यै आएको थिएन। तर त्यस बेला यस पुस्तकमा नाम लेखिएका तिम्रा सबै मानिस बचाइनेछन्। \v 2 पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति। \v 3 जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्‍याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्। \v 4 तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।” \b \p \v 5 त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए। \v 6 तीमध्ये एक जनाले सुतीको लुगा लगाएर नदीको पानीमाथि उभिरहेका त्यस मानिसलाई भने, “यी अचम्मका दर्शनका कुराहरूको अन्त कहिले हुनेछ?” \p \v 7 सुतीको लुगा लगाएका मानिस, जो नदीका पानीहरूमाथि उभिएका थिए, तिनले आफ्नो दाहिने हात र देब्रे हात स्वर्गतिर उठाए; अनि तिनले सदा जीवित रहनुहुनेको नाममा शपथ खाँदै यसो भनिरहेका मैले सुनेँ, “यो एक समय, दुई समयहरू, र आधा समयको निम्ति हुनेछ। जब पवित्र जातिको शक्ति पूर्ण रूपमा अन्त्य हुनेछ, तब यी सबै कुराहरू पूरा हुनेछन्।” \p \v 8 म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?” \p \v 9 तिनले जवाफ दिए, “दानिएल, तिमी आफ्नो बाटो लाग; किनकि यी वचनहरू अन्तिम समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरिएका छन्। \v 10 धेरै जना शुद्ध पारिनेछन्, निष्खोट बनाइनेछन् र स्वच्छ हुनेछन्, तर दुष्‍टहरूले चाहिँ दुष्‍ट काम नै गर्नेछन्। दुष्‍टहरूमध्ये कसैले पनि बुझ्नेछैनन्, तर बुद्धिमान्‌हरूले चाहिँ बुझ्नेछन्। \p \v 11 “दैनिक बलिदान हटाइएको र उजाड पार्ने घृणित वस्तुहरू स्थापित गरिएको समयदेखि 1,290 दिनहरू हुनेछन्। \v 12 धन्य हुन् तिनीहरू, जसले प्रतीक्षा गर्छन् र 1,335 दिनको अन्त्यसम्म विश्‍वासयोग्य रहन्छन्। \p \v 13 “तर तिमीचाहिँ आफ्नो अन्तिम समयसम्म दृढ भइरह। तिमीले विश्राम गर्नेछौ, र त्यसपछिका दिनहरूको अन्त्यमा तिमी आफ्नो तोकिएको उत्तराधिकार प्राप्‍त गर्न मृत अवस्थाबाट बौरी उठ्नेछौ।”