\id AMO - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h आमोस \toc1 आमोसको भविष्यवाणी \toc2 आमोस \toc3 आमोस \mt1 आमोसको भविष्यवाणी \c 1 \p \v 1 आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए। \b \b \p \v 2 तिनले भने: \q1 “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, \q2 र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; \q1 गोठालाका खर्कहरू सुकेर जान्छन् \q2 र कर्मेलको टाकुरा ओइलाउँछ।” \s1 इस्राएलका छिमेकीहरूमाथि न्याय \p \v 3 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “दमस्कसका तीन वटा पापहरूका कारण, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि त्यसले फलामका दाँतहरू भएका \q2 डण्डाले गिलादलाई दाइँ गरेकी छे; \q1 \v 4 म हजाएलको घरमा आगो पठाउनेछु, \q2 जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ। \q1 \v 5 म दमस्कसका ढोकालाई फोरिदिनेछु; \q2 म अवेनको बेँसीमा बस्‍ने राजालाई नाश गर्नेछु; \q1 अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु। \q2 अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,” \q2 याहवेहले भन्‍नुहुन्छ। \p \v 6 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “गाजाका तीन वटा पापहरूका कारण, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; \q2 अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे; \q1 \v 7 म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, \q2 जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ। \q1 \v 8 म अश्दोदको राजा \q2 र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु। \q1 सबै पलिश्तीहरू नमरेसम्म, \q2 म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,” \q2 प्रभु याहवेह भन्‍नुहुन्छ। \p \v 9 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “टायरका तीन वटा पापहरूका कारण, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै \q2 एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे; \q1 \v 10 म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, \q2 जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।” \p \v 11 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “एदोमका तीन वटा पापहरूका कारण, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्‌यो, \q2 र देशका स्त्रीहरूलाई मार्‍यो; \q1 किनभने त्यसको रिस निरन्तर उठिरह्‍यो, \q2 र त्यसको रिसको ज्वाला दन्किरह्‍यो। \q1 \v 12 म तेमानमाथि आगो पठाउनेछु; \q2 त्यसले बोज्राका किल्‍लाहरूलाई भस्म पार्नेछ।” \p \v 13 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “अम्मोनका तीन वटा पापहरूका कारण, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति \q2 गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो। \q1 \v 14 म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, \q2 जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ; \q1 लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, \q2 र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ। \q1 \v 15 रब्बाका राजाका\f + \fr 1:15 \fr*\ft अथवा \ft*\fqa मोलेखका\fqa*\f* साथै तिनी र तिनका अधिकारीहरू \q2 सबै एकसाथ निर्वासनमा लगिनेछन्,” \q2 याहवेह भन्‍नुहुन्छ। \c 2 \p \v 1 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “मोआबका तीन वटा पापहरू, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि त्यसले एदोमको राजाका \q2 हड्डीहरू जलाएर खरानी पारिदियो; \q1 \v 2 म मोआबमाथि आगो पठाउनेछु, \q2 जसले किर्योतका किल्‍लाहरूलाई भस्म पार्नेछ। \q1 मोआबको पतन ठूलो होहल्‍लाका साथ \q2 युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ। \q1 \v 3 म त्यसको शासकलाई नाश गर्नेछु, \q2 र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,” \q2 याहवेह भन्‍नुहुन्छ। \p \v 4 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “यहूदाका तीन वटा पापहरू, \q2 अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्, \q2 र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्; \q1 किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्, \q2 जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए, \q1 \v 5 म यहूदामाथि आगो पठाउनेछु; \q2 त्यसले यरूशलेमका किल्‍लाहरू भस्म पार्नेछ।” \s1 इस्राएलमाथि न्याय \p \v 6 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “इस्राएलका तीन वटा पापहरूका कारण, \q2 अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। \q1 तिनीहरूले निर्दोषलाई चाँदीमा, \q2 र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्। \q1 \v 7 तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ \q2 गरिबका टाउकोमाथि कुल्चन्छन्; \q2 अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्। \q1 बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्; \q2 अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्। \q1 \v 8 तिनीहरू हरेक वेदीको छेउमा \q2 बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्। \q1 तिनीहरू आफ्ना देवताको मन्दिरमा \q2 जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्। \b \q1 \v 9 “मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ, \q2 तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो, \q2 र फलाँटको रूखजस्तै बलियो थियो। \q1 मैले ती रूखहरूमाथि रहेका फलहरू, \q2 र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ। \q1 \v 10 तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति \q2 मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ; \q2 अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्‍याएँ।” \b \q1 \v 11 मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू \q2 र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ। \q1 “हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 12 “तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ, \q2 र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ। \b \q1 \v 13 “त्यसैले अब म अन्‍नले लादिएको गाडाले किचेझैँ \q2 तिमीहरूलाई जमिनमा किचिदिनेछु। \q1 \v 14 वेगसित दगुर्ने पनि उम्कनेछैन; \q2 बलवान्‌हरूको बल पनि काम लाग्नेछैन, \q2 र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्। \q1 \v 15 धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन; \q2 र अति वेगसित दौडने सिपाही उम्कनेछैन; \q2 अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन। \q1 \v 16 बहादुर योद्धाहरू नै भए तापनि \q2 त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \c 3 \s1 इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको \p \v 1 हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा: \q1 \v 2 “पृथ्वीका सारा घरानाका बीचबाट \q2 मैले केवल तिमीहरूलाई मात्र चुनेको छु; \q1 यसकारण म तिमीहरूलाई तिमीहरूका \q2 सबै पापहरूको दण्ड दिनेछु।” \b \q1 \v 3 के एक-आपसमा सहमत नभएसम्म \q2 दुई जना सँगसँगै हिँड्छन् र? \q1 \v 4 के जङ्गलमा शिकार नै नभेटी \q2 सिंह गर्जन्छ र? \q1 के सिंहले केही फेला नपारीकन \q2 त्यो आफ्नो गुफाभित्र गर्जन्छ र? \q1 \v 5 के पासोमा चारो राखिएको छैन भने, \q2 चरो पासोमा पर्छ र? \q1 के पासोमा केही परेको छैन भने, \q2 त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र? \q1 \v 6 जब सहरमा तुरही फुकिन्छ, \q2 तब के मानिसहरू डरले काम्दैनन् र? \q1 जब सहरमा विपत्ति आउँछ, \q2 के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र? \b \q1 \v 7 निश्‍चय नै प्रभु याहवेहले \q2 आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई \q2 प्रकट नगरी केही पनि गर्नुहुन्‍न। \b \q1 \v 8 सिंह गर्जेको सुनेर, \q2 को भयभीत नहोला र? \q1 प्रभु याहवेहले बोल्नुभएको छ; \q2 अनि कसले अगमवाणी गर्दैन र? \b \q1 \v 9 अश्दोदका किल्‍लाहरू \q2 र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर: \q1 “सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ; \q2 त्यसभित्र भएको ठूलो अशान्ति \q2 र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।” \b \q1 \v 10 याहवेह घोषणा गर्नुहुन्छ, \q2 “कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन; \q1 तिनीहरूले खोसेका र लुटेका मालसामानहरू \q2 तिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।” \p \v 11 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: \q1 “शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ; \q2 त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ, \q2 र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।” \p \v 12 याहवेह यसो भन्‍नुहुन्छ: \q1 “जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका \q2 खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ, \q1 त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू, \q2 पलङको कुना र गद्दीमा बस्‍ने \q2 थोरै मानिसहरू मात्र बचाइनेछन्।” \p \v 13 प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ। \q1 \v 14 “जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु, \q2 म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु; \q1 वेदीका चारैतिरका सिङहरू काटिनेछन्, \q2 र ती भुइँमा खस्‍नेछन्। \q1 \v 15 म गर्मीका महल सँगसँगै हिउँदका \q2 महललाई पनि भत्काउनेछु; \q1 हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्, \q2 र दरबारहरू भत्काइनेछन्,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \c 4 \s1 इस्राएल परमेश्‍वरतिर फर्केको छैन \q1 \v 1 हे सामरिया पर्वतमाथि बस्‍ने बाशानका गाईहरू हो, यो वचन सुन! \q2 हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ; \q2 अनि आफ्ना पतिहरूलाई भन्दछौ, “हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!” \q1 \v 2 प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ: \q2 “अवश्य नै समय आउनेछ, \q1 जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ, \q2 र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ। \q1 \v 3 तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट \q2 सीधै बाहिर निस्कनेछौ। \q1 तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 4 “बेथेलमा जाओ र पाप गर; \q2 गिलगालमा जाओ र अझ बढी पाप गर। \q1 हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ! \q2 हरेक तीन वर्षमा\f + \fr 4:4 \fr*\ft अथवा \ft*\fqa दिनहरूमा\fqa*\f* तिमीहरूका दशांश भेटी पनि ल्याओ। \q1 \v 5 खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ, \q2 र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ; \q1 अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर; \q2 किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,” \q2 प्रभु याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 6 “मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ, \q2 र हरेक नगरमा रोटीको अभाव गरिदिएँ; \q1 तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 7 “फसलको समय अझै तीन महिना बाँकी रहँदै \q2 मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ। \q1 मैले एउटा सहरमा वर्षाको पानी पठाएँ, \q2 तर अर्को सहरमा रोकिदिएँ। \q1 एउटा खेतमा पानी पर्‍यो; \q2 तर अर्को खेतमाथि परेन, त्यो सुक्यो। \q1 \v 8 मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे, \q2 तर प्रशस्त पिउनलाई पानी पाएनन्, \q1 तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 9 “धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ; \q2 मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ। \q1 सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए, \q2 तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 10 “मैले इजिप्टमा पठाएझैँ \q2 तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ। \q1 मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ \q2 र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ। \q1 मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ, \q2 तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 11 “मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी \q2 तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु। \q1 तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ, \q2 तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \b \q1 \v 12 “यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु; \q2 किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले, \q2 तिमीहरू आफ्ना परमेश्‍वरलाई भेट्न तयार होओ।” \b \q1 \v 13 जसले पर्वतहरू बनाउनुहुन्छ, \q2 जसले बतासलाई सृजना गर्नुहुन्छ; \q2 अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ; \q1 उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ, \q2 र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ; \q2 उहाँको नाम याहवेह सेनाहरूका परमेश्‍वर हो। \c 5 \s1 विलाप र पश्‍चात्तापको निम्ति आह्वान \p \v 1 हे इस्राएलको घराना हो, मैले तिमीहरूका निम्ति गरेको विलापको गीत सुन: \q1 \v 2 “कन्ये इस्राएल फेरि \q2 कहिल्यै नउठ्ने गरी लडेकी छे; \q1 आफ्नै देशमा त्यागिएकी छे; \q2 त्यसलाई उठाउने कोही पनि छैन।” \p \v 3 प्रभु याहवेह इस्राएललाई यसो भन्‍नुहुन्छ: \q1 “तेरो सहरबाट एक हजार जना सेनाहरू निस्कन्छन्, \q2 तर केवल एक सय मात्र छोडिनेछन्; \q1 तेरो सहरबाट एक सय जना सेनाहरू निस्कन्छन्, \q2 तर केवल दश जना मात्र छोडिनेछन्।” \p \v 4 याहवेहले इस्राएलको घरानालाई यसो भन्‍नुहुन्छ: \q1 “मलाई खोज र तिमीहरू जीवित रहो; \q2 \v 5 बेथेललाई नखोज, \q1 गिलगालमा नजाओ \q2 र बेर्शेबातिर यात्रा नगर। \q1 किनकि गिलगाल निश्‍चय नै निर्वासनमा लगिनेछ; \q2 अनि बेथेल काम नलाग्ने हुनेछ।” \q1 \v 6 याहवेहलाई खोज र जीवित रहो, \q2 नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै दन्किएर आउनुहुनेछ; \q1 जुन आगोले तिनीहरूलाई भस्म पार्नेछ, \q2 र त्यसलाई निभाउन बेथेलमा कोही पनि हुनेछैन। \b \q1 \v 7 त्यहाँ न्यायलाई तितो बनाउने, \q2 र धार्मिकतालाई माटोमा मिलाउने दुवै हुनेछैनन्। \b \q1 \v 8 उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो, \q2 जसले मध्य रातलाई बिहानीमा र \q2 र मध्य दिनलाई रातमा परिवर्तन गर्नुहुन्छ; \q1 जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, \q2 र ती पानीहरूलाई जमिनमाथि खन्याउनुहुन्छ; \q2 उहाँको नाम याहवेह हो। \q1 \v 9 उहाँले बलिया किल्‍लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ, \q2 र बलिया गढ भएको सहरलाई तहसनहस पार्नुहुन्छ। \b \q1 \v 10 तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ, \q2 र सत्य बोल्नेलाई तुच्छ ठान्छौ। \b \q1 \v 11 तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ, \q2 र तिनीहरूका अन्‍नमा कर थोपर्छौ। \q1 यसकारण तिमीहरूले ढुङ्गाका महलहरू बनाएका छौ, \q2 तर तिमीहरू ती महलहरूमा बस्‍नेछैनौ; \q1 तिमीहरूले सुन्दर दाखबारी लगाएका छौ, \q2 तर तिमीहरूले त्यसको दाखरस पिउनेछैनौ। \q1 \v 12 किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्, \q2 र तिमीहरूका पापहरू निकै गम्भीर छन्। \b \q1 तिमीहरू जसले धर्मीहरूलाई सताउँछौ र घूस लिन्छौ; \q2 अनि गरिबलाई अदालतमा न्याय पाउनबाट रोक्छौ। \q1 \v 13 यसकारण यस्तो समयमा बुद्धिमान् मानिस पनि चुपचाप बस्‍नेछ; \q2 किनकि समय खराब छ। \b \q1 \v 14 भलाइको खोजी गर, दुष्‍टताको होइन, \q2 ताकि तिमीहरू बाँचिरहो। \q1 तब तिमीहरूले भन्‍ने गरेझैँ, \q2 याहवेह सेनाहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ। \q1 \v 15 दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर; \q2 अदालतमा न्यायलाई कायम राख। \q1 सायद याहवेह सेनाहरूका परमेश्‍वरले \q2 योसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ। \p \v 16 यसकारण याहवेह सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ: \q1 “सबै सडकहरूमा रुवाबासी \q2 र हरेक सार्वजनिक चोकहरूमा वेदनाका रोदनहरू हुनेछन्। \q1 खेती गर्ने किसानहरूलाई रुन \q2 र शोक गर्नेहरूलाई विलाप गर्न बोलाइनेछ। \q1 \v 17 त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ; \q2 किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” \q2 याहवेह भन्‍नुहुन्छ। \s1 याहवेहको दिन \q1 \v 18 धिक्‍कार तिमीहरूलाई, जसले \q2 याहवेहको दिनको तिर्सना गर्दछौ! \q1 तिमीहरू याहवेहको दिनको किन तिर्सना गर्दछौ? \q2 त्यो दिन उज्यालो होइन, तर अन्धकारको दिन हुनेछ। \q1 \v 19 कुनै मानिस सिंहबाट भागेर \q2 भालुलाई भेटे जस्तै, \q1 र घरभित्र पस्दा, \q2 र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दा \q2 त्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ। \q1 \v 20 हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ; \q2 अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार। \b \q1 \v 21 “म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु; \q2 मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो। \q1 \v 22 तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि, \q2 म ती बलिहरू ग्रहण गर्नेछैनँ। \q1 तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि \q2 म ती बलिहरूलाई वास्ता गर्नेछैनँ। \q1 \v 23 तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख! \q2 म तिमीहरूका वीणाको सङ्गीत सुन्‍नेछैनँ। \q1 \v 24 तर न्याय एउटा नदीझैँ बगोस्, \q2 र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ! \b \q1 \v 25 “हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म \q2 मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? \q1 \v 26 तर तिमीहरूले आफ्ना राज-देव सक्‍कूत, \q2 र तिमीहरूको तारा-देव कीयूनका\f + \fr 5:26 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa मोलेखको थान वा तारा-देव राफान वा तिनीहरूका मूर्तिहरू\fqa*\f* \q2 देवस्थानलाई उचालेका छौ, \q2 जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ। \q1 \v 27 यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,” \q2 याहवेह भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्‍वर हो। \c 6 \s1 आत्मसन्तुष्‍ट भएकाहरूलाई धिक्‍कार \q1 \v 1 धिक्‍कार तिमीहरूलाई, जो सियोनमा निर्धक्‍कसाथ बसेका छौ; \q2 अनि धिक्‍कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; \q1 धिक्‍कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, \q2 जसकहाँ इस्राएलका मानिसहरू आउँछन्! \q1 \v 2 कल्नेह सहरमा जाओ र त्यसलाई हेर; \q2 त्यहाँबाट हमात सहरमा जाओ; \q2 अनि तल पलिश्तीको गातमा जाओ। \q1 के तिमीहरूका दुई राज्यहरूभन्दा ती असल छन् र? \q2 के तिनीहरूको देश तिमीहरूको भन्दा ठूलो छ र? \q1 \v 3 तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ, \q2 र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ। \q1 \v 4 तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ, \q2 र सोफाहरूमा ढल्कन्छौ। \q1 तिमीहरू असल भेडाहरू \q2 र मोटा बाछाहरू खान्छौ। \q1 \v 5 तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ, \q2 र सङ्गीतका बाजाहरूमा तत्कालै धुन रच्दछौ। \q1 \v 6 तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ, \q2 र उत्तम सुगन्धित तेलहरू प्रयोग गर्छौ, \q2 तर योसेफको विनाशमाथि शोक गर्दैनौ। \q1 \v 7 यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ; \q2 तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ। \s1 याहवेहले इस्राएलको घमण्डलाई घृणा गर्नुहुन्छ \p \v 8 प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ: \q1 “म याकोबको घमण्डलाई घृणा गर्छु, \q2 र त्यसका किल्‍लाहरूलाई घृणा गर्छु; \q1 म यस सहर र यसमा भएका सबैलाई \q2 शत्रुको हातमा सुम्पिदिनेछु।” \p \v 9 यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्। \v 10 यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्‍नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।” \q1 \v 11 किनकि याहवेहले आज्ञा दिनुभएको छ; \q2 अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर \q2 र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ। \b \q1 \v 12 के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र? \q2 के कसैले समुद्रमा गोरुहरूले जोत्छ र? \q1 तर तिमीहरूले त न्यायलाई विषमा \q2 र धार्मिकताका फलचाहिँ तितोमा परिणत गरिदिएका छौ, \q1 \v 13 अर्थात् तिमीहरू लो-देबार\f + \fr 6:13 \fr*\ft जसको अर्थ हो \ft*\fqa व्यर्थ\fqa*\f* सहरलाई जितेकोमा आनन्द मनाउँछौ, \q2 र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम\f + \fr 6:13 \fr*\fq कार्नैम \fq*\ft जसको अर्थ हो \ft*\fqa सिङ\fqa*\ft ; \ft*\fqa शक्तिको प्रतिक।\fqa*\f* सहरलाई कब्जा गरेका होइनौँ र?” \b \q1 \v 14 किनकि याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, \q2 “हे इस्राएल, म एउटा देशलाई तिमीहरूका विरुद्धमा उचाल्नेछु; \q1 त्यसले लेबो-हमातदेखि अराबाको बेँसीसम्मै \q2 तिमीहरूमाथि अत्याचार गर्नेछ।” \c 7 \s1 सलह, आगो र नाप्‍ने टाँगो \p \v 1 प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्‍लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो। \v 2 जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!” \p \v 3 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। \p याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।” \p \v 4 प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो। \v 5 त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।” \p \v 6 यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। \p प्रभु याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।” \b \p \v 7 उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्‍ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्‍ने साहुल लिएर खडा हुनुभएको थियो। \v 8 अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” \p मैले जवाफ दिए, “एउटा नाप्‍ने साहुल देख्दैछु।” \p त्यसपछि प्रभुले भन्‍नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।” \q1 \v 9 “इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्; \q2 र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्; \q2 म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।” \s1 आमोस र अमस्याह \p \v 10 त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन। \v 11 किनकि आमोसले यसो भनिरहेका छन्: \q1 “यारोबाम तरवारद्वारा मारिनेछ; \q2 र इस्राएल निश्‍चय नै तिनीहरूका \q2 स्वदेशबाट टाढा निर्वासनमा जानेछ।” \p \v 12 त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर। \v 13 अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।” \p \v 14 आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ। \v 15 तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्‍नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’ \v 16 यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ, \q1 “ ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, \q2 र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’ \p \v 17 “यसकारण याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे, \q2 र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्। \q1 तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ; \q2 अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्। \q1 अनि इस्राएलचाहिँ निश्‍चय नै \q2 आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’ ” \c 8 \s1 पाकेका फलको डालो \p \v 1 प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो। \v 2 उहाँले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” \p मैले जवाफ दिए, “पाकेको फलको एउटा डालो।” \p त्यसपछि याहवेहले मलाई भन्‍नुभयो, “मेरा मानिस इस्राएलीहरूको समय पूरा भएको छ; म तिनीहरूलाई अब उसो छोड्नेछैनँ।” \p \v 3 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्‍नाटा हुनेछ!” \q1 \v 4 खाँचोमा परेकाहरूलाई कुल्चनेहरू, \q2 हे देशका गरिबहरूलाई त्याग्नेहरू हो, यो कुरा सुन। \p \v 5 तिमीहरू यसो भन्छौ, \q1 “औँसीको दिन कहिले बित्छ \q2 र हामी अन्‍न बेच्न सक्छौँ; \q1 अनि शब्बाथ कहिले समाप्‍त हुन्छ \q2 र हामी गहुँ बेच्न सक्छौँ?” \q1 अर्थात् नापतौलमा ठगेर, \q2 मूल्य बढाएर \q2 र छली ढक तराजु चलाएर ठग्न सक्छौँ; \q1 \v 6 गरिबलाई चाँदीले, \q2 र खाँचोमा परेकालाई एक जोडी जुत्तामा किनेर \q2 कसिङ्गर सरहको गहुँ बेच्न सक्छौँ। \p \v 7 याहवेह आफैँले याकोबको घमण्डको शपथ खानुभएको छ: “म तिनीहरूले गरेका हरेक कुराहरूलाई बिर्सनेछैनँ। \q1 \v 8 “के यसको निम्ति देश काम्दैन र? \q2 अनि त्यहाँ बस्‍ने सबैले विलाप गर्दैनन् र? \q1 सारा देश नील नदीझैँ उठ्नेछ; \q2 इजिप्टको नदीझैँ \q2 यो उर्लनेछ र घट्नेछ।” \p \v 9 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन, \q1 “म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु, \q2 र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु। \q1 \v 10 म तिमीहरूका धार्मिक चाडहरूलाई रुवाबासीमा \q2 र तिमीहरूका सबै गीतहरू विलापमा परिवर्तन गरिदिनेछु। \q1 म तिमीहरू सबैलाई भाङ्ग्राको कपडा पहिरन लगाउनेछु, \q2 र तिमीहरूका कपाल खौरन लगाउनेछु। \q1 म त्यस समयलाई एउटै छोराको निम्ति शोक गरेझैँ बनाइदिनेछु, \q2 र त्यस दिनको अन्त्य सारै तितो हुनेछ।” \b \q1 \v 11 प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, \q2 जब म देशमा अनिकाल पठाउनेछु; \q1 तब अन्‍न अथवा पानीको तिर्खाको अनिकाल होइन, \q2 तर याहवेहको वचन सुन्‍ने तिर्सनाको अनिकाल हुनेछ। \q1 \v 12 याहवेहको वचनको खोजी गर्दै मानिसहरू, \q2 एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्; \q1 अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्, \q2 तर तिनीहरूले भेट्टाउनेछैनन्।” \p \v 13 त्यस दिन, \q1 “सुन्दरी युवतीहरू र बलिया युवाहरू \q2 तिर्खाले मूर्च्छा पर्नेछन्। \q1 \v 14 सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्, \q2 ‘तिम्रो देवता दानको जीवनको शपथ,’ \q2 ‘बेर्शेबाको देवताको जीवनको शपथ,’ \q2 तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।” \c 9 \s1 इस्राएल ध्वस्त पारिनेछ \p \v 1 मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्‍नुभयो: \q1 “खम्बाका टुप्पाहरूमा हिर्का, \q2 ताकि सँघारहरू हल्‍लिऊन्। \q1 सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्; \q2 बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु। \q1 एकै जना पनि भाग्न पाउनेछैन; \q2 एउटै पनि उम्कन पाउनेछैन। \q1 \v 2 तिनीहरू पातालको गहिराइसम्म गए तापनि \q2 मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ। \q1 तिनीहरू माथि स्वर्गमा उक्ले तापनि \q2 म तिनीहरूलाई तल झार्नेछु। \q1 \v 3 तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि \q2 त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु। \q1 तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पीँधमा लुके तापनि \q2 त्यहाँ म तिनीहरूलाई डस्‍न सर्पहरूलाई आज्ञा दिनेछु। \q1 \v 4 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि \q2 त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु। \b \q1 “म मेरो नजर तिनीहरूमाथि राख्नेछु, \q2 भलाइको निम्ति होइन, तर खराबीको निम्ति।” \b \q1 \v 5 प्रभु, सेनाहरूका याहवेह, \q1 उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ; \q2 अनि त्यहाँ बस्‍नेहरू सबै विलाप गर्छन्; \q1 सारा देश नील नदीझैँ माथि उठ्नेछ, \q2 त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ; \q1 \v 6 उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ, \q2 र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ; \q1 उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, \q2 र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ, \q2 उहाँको नाम याहवेह हो। \b \q1 \v 7 “के तिमी इस्राएलीहरू मेरा निम्ति \q2 कूशका सन्तानजस्ता छैनौ र?” \q2 याहवेहले घोषणा गर्नुहुन्छ। \q1 “के मैले इस्राएललाई इजिप्टबाट, \q2 पलिश्तीहरूलाई कप्‍तोरबाट, \q2 र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन? \b \q1 \v 8 “निश्‍चय नै प्रभु याहवेहको दृष्‍टि \q2 यो दुष्‍ट राज्यमाथि छ। \q1 म यसलाई पृथ्वीको \q2 सतहबाट ध्वस्त गर्नेछु। \q1 तापनि म याकोबको घरानालाई \q2 सम्पूर्ण रूपले नाश गर्नेछैनँ,” \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 9 “किनकि म आज्ञा दिनेछु, \q2 र इस्राएलको घरानालाई \q2 सबै राष्ट्रहरूका बीचमा यसरी हल्‍लाउनेछु, \q1 जसरी चाल्नीमा अन्‍नलाई चालिन्छ; \q2 तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्‍नेछैन। \q1 \v 10 मेरा मानिसहरूका बीचमा भएका \q2 सबै पापीहरू तरवारले मारिनेछन्; \q1 तिनीहरू सबै जना, जसले यसो भन्छन्, \q2 ‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’ \s1 इस्राएलको पुनर्स्थापन \p \v 11 “त्यस दिन, \q1 “म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु, \q2 अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु; \q2 अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु, \q2 अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु, \q1 \v 12 ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई \q2 र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,” \q2 याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ। \p \v 13 याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्, \q1 “जब जोत्नेले कटनी गर्नेलाई उछिन्‍नेछ, \q2 र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्‍नेछ। \q1 नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्, \q2 र सबै डाँडाहरूबाट ती बग्नेछन्। \q2 \v 14 म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु। \b \q1 “तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्, \q2 र ती सहरहरूमा बसोबास गर्नेछन्। \q1 तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्; \q2 तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्। \q1 \v 15 म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु, \q2 मैले तिनीहरूलाई दिएको \q2 देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,” \m याहवेह तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ।