\id ACT - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h प्रेरित \toc1 प्रेरितहरूका काम \toc2 प्रेरित \toc3 प्रेरित \mt1 प्रेरितहरूका काम \c 1 \s1 येशू स्वर्गमा उठाइलगिनुभएको \p \v 1 प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु। \v 2 उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु। \v 3 आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो। \v 4 तिनीहरूसँगै भोजन गरिरहेको बेला एक पल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू। त्यो प्राप्‍त नभएसम्म यरूशलेमलाई नछोड्नू। \v 5 किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्‍तिस्मा पाउनेछौ।” \p \v 6 तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?” \p \v 7 उहाँले तिनीहरूलाई भन्‍नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन। \v 8 तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।” \p \v 9 उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो। \p \v 10 उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए। \v 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।” \s1 यहूदाको साटो मतियासको छनौट \p \v 12 त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथको बाटो\f + \fr 1:12 \fr*\ft करिब एक किलोमिटर\ft*\f* टाढा पर्दछ। \v 13 तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए। \b \li1 पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास, \li1 फिलिप र थोमा, \li1 बारथोलोमाइ र मत्ती, \li1 अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए। \b \p \v 14 येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे। \p \v 15 ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए, \v 16 र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। \v 17 किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।” \p \v 18 (आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए। \v 19 यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।) \p \v 20 पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, \q1 “ ‘त्यसको ठाउँ उजाड होस्; \q2 त्यहाँ बास गर्ने कोही नहोस्,’\f + \fr 1:20 \fr*\ft \+xt भजन 69:25\+xt*\ft*\f* \m र, \q1 “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’\f + \fr 1:20 \fr*\ft \+xt भजन 109:8\+xt*\ft*\f* \m \v 21 यसैकारण एक जना यस्तो व्यक्ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो। \v 22 त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।” \p \v 23 त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे। \v 24 अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्। \v 25 अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।” \v 26 त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्‍यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए। \c 2 \s1 पेन्तिकोस्टमा पवित्र आत्माको आगमन \p \v 1 जब पेन्तिकोस्टको\f + \fr 2:1 \fr*\ft निस्तार चाडपछि पचासौँ दिनमा मनाइने यहूदीहरूको चाड; यस पदमा भनिएको \ft*\fq पेन्तिकोस्टको दिन \fq*\ft चाहिँ येशू ख्रीष्‍टको मृत्युको ठिक पचासौँ दिनमा परेको थियो हेर्नुहोस् \+xt प्रस 34:22; लेवी 23:15‑23\+xt*\ft*\f* दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए। \v 2 अचानक त्यहाँ स्वर्गबाट ठूलो बतास हुरी चलेजस्तै एउटा ठूलो आवाज आयो, र तिनीहरू बसेको पूरै घरलाई त्यसले भरिदियो। \v 3 अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे। \v 4 तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले। \p \v 5 त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्‍वरको भय मान्‍ने यहूदीहरू यरूशलेममा बसेका थिए। \v 6 जब तिनीहरूले यो आवाज सुने, तब अति आश्‍चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। \v 7 अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र? \v 8 तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ? \v 9 हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,\f + \fr 2:9 \fr*\ft एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो।\ft*\f* \v 10 अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू \v 11 (यहूदी र यहूदी धर्म मान्‍नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्‍वरको अद्‌भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!” \v 12 तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?” \p \v 13 तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।” \s1 भीडलाई पत्रुसको सम्बोधन \p \v 14 तब पत्रुस एघार जनासँग उभिए। अनि उच्‍च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्‍नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्‍नुहोस्। \v 15 तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! \v 16 तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो: \q1 \v 17 “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ, \q2 म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। \q1 तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; \q2 तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, \q2 तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। \q1 \v 18 ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, \q2 स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। \q2 अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। \q1 \v 19 अनि माथि आकाशमा अद्‌भुत कार्यहरू देखाउनेछु, \q2 र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, \q2 रगत, आगो र धुवाँका मुस्लाहरू। \q1 \v 20 प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि \q2 सूर्य अन्धकारमा परिवर्तन हुनेछ, \q2 र चन्द्रमा रगतजस्तै रातो हुनेछ। \q1 \v 21 अनि प्रभुको नाम पुकार्ने \q2 हरेक मानिसले उद्धार पाउनेछ।’\f + \fr 2:21 \fr*\ft \+xt योएल 2:28‑32\+xt*\ft*\f* \p \v 22 “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्‍वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्‍नुभएकै कुरा हो। यी कामहरू परमेश्‍वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। \v 23 आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; \v 24 तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। \v 25 दावीदले उहाँको बारेमा भनेका थिए: \q1 “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। \q2 उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, \q2 म डगमगाउनेछैनँ। \q1 \v 26 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; \q2 मेरो शरीर पनि आशामा बाँच्नेछ; \q1 \v 27 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, \q2 न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। \q1 \v 28 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; \q2 आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’\f + \fr 2:28 \fr*\ft \+xt भजन 16:8‑11\+xt*\ft*\f* \p \v 29 “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। \v 30 तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो। \v 31 पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। \v 32 परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। \v 33 परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। \v 34 किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, \q1 “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: \q2 “मेरो दाहिने हातपट्टि बस \q1 \v 35 जबसम्म म तिम्रा शत्रुहरूलाई \q2 तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’\f + \fr 2:35 \fr*\ft \+xt भजन 110:1\+xt*\ft*\f* \p \v 36 “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।” \p \v 37 जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?” \p \v 38 पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ। \v 39 किनकि परमेश्‍वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्‍नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्छ।” \p \v 40 अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” \v 41 तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए। \s1 दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति \p \v 42 तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। \v 43 प्रेरितहरूद्वारा धेरै अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। \v 44 सबै विश्‍वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। \v 45 आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। \v 46 तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। \v 47 अनि परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्‍नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्‍वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो। \c 3 \s1 पत्रुसले एउटा लङ्गडोलाई निको पारेको \p \v 1 एक दिन पत्रुस र यूहन्‍ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए। \v 2 त्यहाँ जन्मैदेखिको एउटा लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर भनिने ढोकातिर लगिँदैथियो। त्यसलाई सधैँ नै त्यस ढोकामा त्यसरी नै लगेर राखिन्थ्यो, त्यहीँ बसेर त्यसले मन्दिर जाने मानिसहरूसँग भीख माग्ने गर्दथ्यो। \v 3 जब लङ्गडोले पत्रुस र यूहन्‍नालाई मन्दिरभित्र पस्‍न लागेको देख्यो, तब त्यसले तिनीहरूसँग पैसा माग्यो। \v 4 पत्रुस र यूहन्‍नाले त्यसलाई नियालेर हेरे, तब पत्रुसले भने, “हामीतिर हेर!” \v 5 त्यसपछि उनीहरूबाट केही पाउने आशा राख्दै त्यसले ध्यान दिएर उनीहरूलाई हेर्‍यो। \p \v 6 पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्‍टको नाममा तिमी हिँडिहाल।” \v 7 यति भनेर आफ्नो दाहिने हातले त्यस लङ्गडोलाई समातेर उनले उठाउन थाले। तब त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। \v 8 त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो। \v 9 जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे, \v 10 मन्दिरको सुन्दर भनिने मूलढोकामा बसेर सधैँ भीख माग्ने मानिस त्यही नै हो भनी तिनीहरूले चिने। तब त्यो लङ्गडो राम्रोसँग हिँड्न सकेको देखेर तिनीहरू आश्‍चर्यचकित भए, र अचम्म माने। \s1 भीडलाई पत्रुसको उपदेश \p \v 11 त्यो भीख माग्नेले पत्रुस र यूहन्‍नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्‍चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए। \v 12 यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्‍चर्यचकित मान्‍नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्‍चर्यका साथ हेर्दै हुनुहुन्छ? \v 13 अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर, हाम्रा पुर्खाका परमेश्‍वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो। \v 14 तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो। \v 15 तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ। \v 16 येशूको नाममा विश्‍वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्‍नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्‍वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ। \p \v 17 “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो। \v 18 तर परमेश्‍वरका ख्रीष्‍टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो। \v 19 त्यसैकारण पश्‍चात्ताप गर्नुहोस् र परमेश्‍वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्। \v 20 अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्‍टलाई पठाउनुहुनेछ। \v 21 आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ। \v 22 किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ। \v 23 उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’\f + \fr 3:23 \fr*\ft \+xt व्यव 18:15, 18, 19\+xt*\ft*\f* \p \v 24 “वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्। \v 25 तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’\f + \fr 3:25 \fr*\ft \+xt उत्प 22:18; 26:4\+xt*\ft*\f* \v 26 जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।” \c 4 \s1 महासभाको सामु पत्रुस र यूहन्‍ना \p \v 1 पत्रुस र यूहन्‍ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए। \v 2 तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्‍ने घोषणा गरिरहेका थिए। \v 3 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले। \v 4 तर उनीहरूको वचन सुन्‍नेहरूमध्ये धेरै जनाले त्यसमा विश्‍वास गरे। यसरी विश्‍वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो। \p \v 5 भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए। \v 6 प्रधान पुजारी हन्‍नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए। \v 7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?” \p \v 8 त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो! \v 9 हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने, \v 10 तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्‍टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ। \v 11 येशू ख्रीष्‍ट, \q1 “ ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, \q2 तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; \q2 तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’\f + \fr 4:11 \fr*\ft \+xt भजन 118:22\+xt*\ft*\f* \m \v 12 अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्‍त गर्न सक्छौँ।” \p \v 13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्‍चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए। \v 14 तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्‍न सकेनन्। \v 15 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्‍लाह गर्न थाले। \v 16 “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्‍ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ। \v 17 तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।” \p \v 18 त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए। \v 19 तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! \v 20 किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।” \p \v 21 यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए। \v 22 किनकि आश्‍चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो। \s1 विश्‍वासीहरूको प्रार्थना \p \v 23 उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। \v 24 तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो। \v 25 तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: \q1 “ ‘किन मानिसहरू क्रोधित हुन्छन्, \q2 र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? \q1 \v 26 प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा \q2 पृथ्वीका राजाहरू खडा हुन्छन्; \q1 र शासकहरू \q2 एकजुट भएर भेला भएका छन्।’\f + \fr 4:26 \fr*\ft \+xt भजन 2:1, 2\+xt*\ft*\f* \m \v 27 तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए। \v 28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो। \v 29 अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्। \v 30 तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्‌भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।” \p \v 31 तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्‍लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्‍वरको वचन साहससाथ बोल्न थाले। \s1 दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना सम्पत्तिहरू बाँडेका \p \v 32 सबै विश्‍वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे। \v 33 प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्‍वरको प्रशस्त अनुग्रह थियो। \v 34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे। \v 35 अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो। \p \v 36 साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्‍ने गर्थे, \v 37 उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्‍त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए। \c 5 \s1 हननिया र सफीरा \p \v 1 यसै समयमा हननिया नामका एक जना मानिसले उनकी पत्नी सफीरासित मिलेर आफ्नो एक टुक्रा जग्गा बेचे। \v 2 आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्‍त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे। \p \v 3 त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ? \v 4 बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्‍त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्‍न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग झूट बोलेका छौ।” \p \v 5 यो कुरा सुन्‍नेबित्तिकै, हननिया भुइँमा पछारिए र मरे। यो घटना सुन्‍ने सबैको मनमा ठूलो डर पस्यो। \v 6 अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए। \p \v 7 करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन। \v 8 पत्रुसले तिनलाई सोधे, “मलाई भन, तिमीहरू दुवैले जग्गा बेचेर प्राप्‍त गरेको रकम त्यत्ति नै हो त?” \p “हो,” तिनले जवाफ दिइन्, “रकम त्यत्ति नै हो।” \p \v 9 पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।” \p \v 10 त्यही क्षण पत्रुसको पाउनिर तिनी पछारिएर मरिहालिन्; अनि ती जवानहरू भित्र आए, र तिनलाई मरिसकेकी भेट्टाए। ती जवानहरूले तिनको मृत शरीर लगेर तिनकै पतिको चिहान छेउमा गाडिदिए। \v 11 सारा मण्डलीमाथि र यी घटनाहरू सुन्‍ने सबैमाथि ठूलो डर उत्पन्‍न भयो। \s1 प्रेरितहरूद्वारा धेरैको रोग निको पारिएको \p \v 12 मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गरे। सबै विश्‍वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे। \v 13 तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्। \v 14 तर पनि परमेश्‍वरमा विश्‍वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्‍यो। \v 15 यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्। \v 16 अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए। \s1 प्रेरितहरूमाथि सतावट \p \v 17 प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो। \v 18 अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए। \v 19 तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले। \v 20 अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।” \p \v 21 तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। \p जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए। \v 22 तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने, \v 23 “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।” \v 24 मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे। \p \v 25 त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।” \v 26 यो कुरा सुन्‍नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्‍ने डर थियो। \p \v 27 प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो। \v 28 प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।” \p \v 29 पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञाको पालन गर्नैपर्छ! \v 30 हाम्रा पुर्खाहरूका परमेश्‍वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले क्रूसमा झुण्ड्याएर मार्नुभएको थियो। \v 31 इस्राएलले पश्‍चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्‍वरले आफ्नो दाहिने हातपट्टि उच्‍च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो। \v 32 हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।” \p \v 33 यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे। \v 34 तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्‍ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए। \v 35 त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्। \v 36 किनकि केही समयअगि थूदास भन्‍ने एक जना मानिस देखा पर्‍यो, जसले आफू कोही हुँ भन्‍ने दाबी गर्‍यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए। \v 37 त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्‍यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए। \v 38 त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्‍लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्। \v 39 तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्‍वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।” \p \v 40 तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्‍ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए। \p \v 41 येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए। \v 42 येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्। \c 6 \s1 सात जना सेवकहरू छानिएका \p \v 1 ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो। \v 2 त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्‍वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन। \v 3 दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ। \v 4 अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।” \p \v 5 यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने। \v 6 छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे। \p \v 7 यसरी परमेश्‍वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे। \s1 स्तिफनस पक्राउ परेका \p \v 8 परमेश्‍वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे। \v 9 तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले। \v 10 तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्। \p \v 11 त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्‍न लगाए, “परमेश्‍वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।” \p \v 12 त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए। \v 13 तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ। \v 14 ‘नासरतका येशूले यो स्थान नष्‍ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।” \p \v 15 महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे। \c 7 \s1 महासभामा स्तिफनसको भाषण \p \v 1 त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?” \p \v 2 यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्‍नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्‍वरले उनको सामु आएर भन्‍नुभयो, \v 3 ‘आफ्नो देश, आफ्नो कुटुम्बलाई छोडेर म जुन देश तँलाई देखाउँछु, त्यहीँ जा।’\f + \fr 7:3 \fr*\ft \+xt उत्प 12:1\+xt*\ft*\f* \p \v 4 “त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्‍न थाले। उनका पिताको मृत्युपछि परमेश्‍वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ। \v 5 परमेश्‍वरले उनलाई जायजेथा दिनुभएन। जमिनको एउटा सानो टुक्रासम्म पनि दिनुभएन। त्यस समयमा अब्राहामको कुनै सन्तान थिएन। तर पनि परमेश्‍वरले अब्राहामसँग उनी र उनको शेषपछि उनका सन्तानहरूले यो देशमा अधिकार जमाउनेछन् भनी प्रतिज्ञा गर्नुभयो। \v 6 परमेश्‍वरले उनीसँग यसरी भन्‍नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’ \v 7 परमेश्‍वरले भन्‍नुभयो, ‘तर म तिनीहरूले दास-दासी भई सेवा गरेको देशलाई दण्ड दिनेछु। अनि पछि तिनीहरू त्यस देशबाट निस्किआउनेछन् र यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’\f + \fr 7:7 \fr*\ft \+xt उत्प 15:13, 14\+xt*\ft*\f* \v 8 अब्राहामलाई उहाँले खतनाको करार दिनुभयो। त्यसपछि अब्राहाम इसहाकका पिता भए। जन्मेको आठौँ दिन उनले छोराको खतना गरे। इसहाकले याकोबलाई जन्माए र याकोब बाह्र कुलका पिता भए। \p \v 9 “योसेफलाई दाजुभाइहरूले डाह गरेर इजिप्टमा बेचिपठाए। तर परमेश्‍वर तिनको पक्षमा हुनुहुन्थ्यो। \v 10 अनि उनलाई सबै दुःखबाट छुटकारा दिलाउनुभयो। उहाँले योसेफलाई बुद्धि दिनुभयो; र इजिप्ट देशका राजा फारोको कृपा पाउने योग्यको तुल्याउनुभयो। त्यसैले योसेफलाई फारोले आफ्नो सम्पूर्ण दरबार र इजिप्टभरिकै हाकिम बनाए। \p \v 11 “त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्‍यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्‍ट भयो। हाम्रा पुर्खाहरूले अन्‍न व्यवस्था गर्न सकेनन्। \v 12 जब इजिप्टमा अन्‍न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। \v 13 तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए। \v 14 यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए। \v 15 अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो। \v 16 तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए। \p \v 17 “अब्राहामसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो। \v 18 तब इजिप्टमा योसेफलाई नचिनेका एक जना नयाँ राजाले शासन गर्न थाले।\f + \fr 7:18 \fr*\ft \+xt प्रस 1:8\+xt*\ft*\f* \v 19 राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्। \p \v 20 “त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो। \v 21 जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्। \v 22 मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए। \p \v 23 “जब मोशा चालीस वर्ष पुगे, तब तिनले आफ्ना इस्राएली मानिसहरूलाई भेट्ने निर्णय गरे। \v 24 यसैक्रममा उनीहरूमध्ये एउटालाई एक इजिप्टियनले दुर्व्यवहार गरिरहेको देखेर तिनी उसलाई बचाउन गए। अनि त्यस मानिसलाई हत्या गरेर दुर्व्यवहारमा परेको मानिसको बदला लिए। \v 25 तिनीहरूलाई त्यस कष्‍टबाट छुटकारा दिलाउन परमेश्‍वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्। \v 26 भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे। \p \v 27 “तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? \v 28 के तिमीले हिजो त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?’\f + \fr 7:28 \fr*\ft \+xt प्रस 2:14\+xt*\ft*\f* \v 29 यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे। \p \v 30 “चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे। \v 31 जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्‍चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्‍वरको यस्तो वचन सुने: \v 32 ‘म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर हुँ।’\f + \fr 7:32 \fr*\ft \+xt प्रस 3:6\+xt*\ft*\f* मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्। \p \v 33 “त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो। \v 34 इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्‍चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’\f + \fr 7:34 \fr*\ft \+xt प्रस 3:5, 7, 8, 10\+xt*\ft*\f* \p \v 35 “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्‍वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए। \v 36 इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए। \p \v 37 “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’\f + \fr 7:37 \fr*\ft \+xt व्यव 18:15\+xt*\ft*\f* \v 38 मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए। \p \v 39 “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे। \v 40 तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’\f + \fr 7:40 \fr*\ft \+xt प्रस 32:1\+xt*\ft*\f* \v 41 त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए। \v 42 तब परमेश्‍वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: \q1 “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म \q2 के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? \q1 \v 43 मोलेखको पाल र तिमीहरूको देवता \q2 रेफनको तारा र आफूले आराधना गर्न \q2 तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। \q1 त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’\f + \fr 7:43 \fr*\ft \+xt आमोस 5:25‑27\+xt*\ft*\f* \p \v 44 “उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्‍वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो। \v 45 त्यो पाल प्राप्‍त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्‍वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्‍यो। \v 46 दावीदले परमेश्‍वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्‍वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे। \v 47 तर यो वासस्थानचाहिँ सोलोमनले बनाए। \p \v 48 “तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर बास गर्नुहुन्‍न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्: \q1 \v 49 “ ‘स्वर्ग मेरो सिंहासन हो, \q2 र पृथ्वीचाहिँ मेरो पाउदान हो। \q1 मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? \q2 परमेश्‍वर भन्‍नुहुन्छ। \q2 वा मेरो विश्रामस्थल कहाँ हुनेछ? \q1 \v 50 के मेरै हातले यी सबै थोक बनाएको होइन र?’\f + \fr 7:50 \fr*\ft \+xt यशै 66:1, 2\+xt*\ft*\f* \p \v 51 “हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ। \v 52 के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्‍वासघात गर्नुभयो र मार्नुभयो। \v 53 स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्‍त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।” \s1 ढुङ्गा प्रहारद्वारा स्तिफनसको हत्या \p \v 54 जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले। \v 55 तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्‍वरको महिमा र येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे। \v 56 अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्‍वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।” \p \v 57 यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्‍च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे। \v 58 अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे। \p \v 59 जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!” \v 60 त्यसपछि तिनले घुँडा टेक्दै उच्‍च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो। \c 8 \p \v 1 अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो। \s1 मण्डली सताइएको र तितरबितर पारिएको \p त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए। \v 2 परमेश्‍वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए। \v 3 तर शाऊलले भने मण्डलीलाई नष्‍ट गरिरहेका थिए। तिनले घर-घरमा पसेर पुरुषहरू र महिलाहरूलाई घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्‍दथे। \s1 फिलिप सामरियामा \p \v 4 तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। \v 5 फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले। \v 6 जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। \v 7 धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। \v 8 यसरी त्यस सहरमा ठूलो आनन्द छायो। \s1 सिमोन जादुगर \p \v 9 त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। \v 10 साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। \v 11 तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो। \v 12 तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए। \v 13 सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो। \p \v 14 जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए। \v 15 जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे। \v 16 किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्‍तिस्मा मात्रै लिएका थिए। \v 17 त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे। \p \v 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो। \v 19 अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्!” \p \v 20 यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ! \v 21 यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन। \v 22 यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ। \v 23 किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।” \p \v 24 यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!” \p \v 25 जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्‍ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए। \s1 फिलिप र इथियोपियाली \p \v 26 त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।” \v 27 अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए, \v 28 र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। \v 29 फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।” \p \v 30 अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?” \p \v 31 “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे। \p \v 32 ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: \q1 “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, \q2 जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, \q2 त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन। \q1 \v 33 उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। \q2 उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? \q2 किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”\f + \fr 8:33 \fr*\ft \+xt यशै 53:7, 8\+xt*\ft*\f* \p \v 34 नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” \v 35 त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए। \p \v 36 तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?” \p \v 37 फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” \p तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।\f + \fr 8:37 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f*” \v 38 अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए। \v 39 जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे। \v 40 तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे। \c 9 \s1 शाऊलको हृदय परिवर्तन \p \v 1 तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए, \v 2 र दमस्कसमा भएका विश्‍वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे। \v 3 आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो। \v 4 उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?” \p \v 5 शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” \p उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। \v 6 अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।” \p \v 7 शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्‍न न बक्‍क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। \v 8 शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए। \v 9 तीन दिनसम्म तिनी दृष्‍टिविहीन भए, र केही खानपिन गरेनन्। \p \v 10 हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “हे हननिया!” \p तिनले जवाफ दिए, “हजुर, प्रभु!” \p \v 11 प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ। \v 12 उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।” \p \v 13 तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु, \v 14 र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।” \p \v 15 तर प्रभुले हननियालाई भन्‍नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। \v 16 मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।” \p \v 17 त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।” \v 18 तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्‍तिस्मा लिए। \v 19 अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए। \s1 शाऊल दमस्कस र यरूशलेममा \p शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए। \v 20 अनि तुरुन्तै तिनले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे। \v 21 तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?” \v 22 तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गरेर तिनीहरूलाई छक्‍क पारे। \p \v 23 धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे। \v 24 तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले। \v 25 तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले। \p \v 26 यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्‍वास गर्न सकेनन्। \v 27 तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए। \v 28 त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्‍दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले। \v 29 ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए। \v 30 यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए। \p \v 31 त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए। \s1 एनियास र डोरकास \p \v 32 पत्रुस विभिन्‍न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्‍ने पवित्र जनहरूलाई भेट्न गए। \v 33 तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। \v 34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो। \v 35 त्यसपछि लिड्डा र शारोनमा बस्‍ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के। \p \v 36 योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्। \v 37 त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्‍लो तलाको कोठामा राखियो। \v 38 लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।” \p \v 39 तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए। \p \v 40 त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्। \v 41 पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए। \v 42 यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्‍वास गरे। \v 43 त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे। \c 10 \s1 पत्रुसलाई कर्नेलियसको निम्तो \p \v 1 कैसरियास्थित इटालीया नामको पल्टनमा कर्नेलियस नामका एक जना सेनापति\f + \fr 10:1 \fr*\ft 100 जना सिपाहीका सेनापति\ft*\f* थिए। \v 2 तिनी परमेश्‍वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्‍वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे। \v 3 एक दिन अपरान्ह तीन बजेतिर उनले एउटा दर्शन देखे। परमेश्‍वरका एक जना स्वर्गदूत आएर उनलाई “कर्नेलियस!” भनेर बोलाए। \p \v 4 भयभीत हुँदै कर्नेलियसले स्वर्गदूतलाई एक टकले हेरे, र तिनले सोधे, “प्रभु, यो के हो?” \p स्वर्गदूतले जवाफ दिए, “कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिम्रो दानलाई सम्झनुभएको छ। \v 5 अब पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। \v 6 तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।” \p \v 7 जब आफूसँग कुरा गर्ने ती स्वर्गदूत बिदा भए, तब कर्नेलियसले आफ्ना दुई जना सेवकहरू र एक जना परमेश्‍वरको भक्त सिपाहीलाई बोलाए, जो उनको कर्मचारी पनि थियो। \v 8 आफूसँग घटेका सबै कुरा बताई तिनीहरूलाई उनले योप्पा सहर पठाए। \s1 पत्रुसको दर्शन \p \v 9 त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए। \v 10 उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए। \v 11 अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे। \v 12 यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। \v 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।” \p \v 14 तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।” \p \v 15 त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।” \p \v 16 अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। \p \v 17 त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे। \v 18 पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। \p \v 19 पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। \v 20 त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।” \p \v 21 तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?” \p \v 22 ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।” \v 23 त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। \s1 पत्रुस कर्नेलियसको घरमा \p अर्को दिन पत्रुसले तिनीहरूसँग आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए। \v 24 भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए। अनि तिनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए। \v 25 जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले तिनीसँग भेटे र श्रद्धाका साथ उनले तिनको खुट्टामा दण्डवत् गरे। \v 26 तर पत्रुसले उनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफैँ पनि त मानिस नै हुँ।” \p \v 27 उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएका तिनले पाए। \v 28 तिनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरा जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई मैले अपवित्र वा अशुद्ध भन्‍नुहुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ। \v 29 त्यसैले जब मलाई बोलाउनुभयो, तब कुनै प्रश्न नगरी म यहाँ तपाईंहरूकहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई कति कारणले बोलाउनुभएको हो?” \p \v 30 कर्नेलियसले जवाफ दिए: “तीन दिन अगि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एक जना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, \v 31 ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। \v 32 त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छालाको काम गर्नेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ \v 33 त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; अनि तपाईं दया गरेर आउनुभयो। अब प्रभुले तपाईंलाई हामीलाई भन्‍न भनेर दिनुभएको सन्देश सुन्‍न परमेश्‍वरको सामु प्रतीक्षा गरिरहेका छौँ।” \p \v 34 अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। \v 35 तर हरेक मानिसमा उहाँको भय मान्‍ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ। \v 36 हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ। \v 37 यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ। \v 38 पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्‍वरले नासरतका येशू ख्रीष्‍टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्‍वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ। \p \v 39 “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे। \v 40 तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो। \v 41 सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्‍वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्‍यौँ। \v 42 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्‍वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्‍ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। \v 43 उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।” \p \v 44 जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो। \v 45 गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू\f + \fr 10:45 \fr*\ft मूल भाषामा \ft*\fqa खतना भएका विश्‍वासीहरू\fqa*\f* अचम्मित भए। \v 46 किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। \p त्यसपछि पत्रुसले भने, \v 47 “हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” \v 48 त्यसकारण तिनले येशू ख्रीष्‍टको नाममा तिनीहरूलाई बप्‍तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे। \c 11 \s1 पत्रुसले आफ्ना कामहरूको वर्णन गरेका \p \v 1 गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भन्‍ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने। \v 2 त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्‍वासीहरूले उनको आलोचना गरे, \v 3 र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।” \p \v 4 तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने: \v 5 “म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्‍नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो। \v 6 जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। \v 7 त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’ \p \v 8 “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’ \p \v 9 “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’ \v 10 अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो। \p \v 11 “ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे। \v 12 मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्‍नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ। \v 13 तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। \v 14 तिनले तिम्रो निम्ति वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’ \p \v 15 “जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्‍नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो। \v 16 त्यसपछि प्रभुले जे भन्‍नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।’ \v 17 त्यसैले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्‍वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?” \p \v 18 यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।” \s1 एन्टिओखियाको मण्डली \p \v 19 स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे। \v 20 तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले। \v 21 प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्‍वास गरे, र प्रभुकहाँ फर्के। \p \v 22 यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए। \v 23 जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए। \v 24 किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए। \p \v 25 त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए। \v 26 शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्‍टियान भनिए। \p \v 27 यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे। \v 28 तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।) \v 29 चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्‍याउने अठोट गरे। \v 30 यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए। \c 12 \s1 झ्यालखानाबाट पत्रुस छुटेका \p \v 1 त्यो समयमा राजा हेरोदले मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे। \v 2 उनले यूहन्‍नाका भाइ याकोबलाई तरवारले मारेका थिए। \v 3 यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो। \v 4 उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले। अनि चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे। \p \v 5 यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्‍वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो। \p \v 6 हेरोदले उनको न्याय गर्ने अगिल्‍लो रातमा, पत्रुस दुई वटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए। \v 7 अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे। अनि त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए। \p \v 8 त्यसपछि ती स्वर्गदूतले उनलाई भने, “तिम्रो जुत्ता र लुगाहरू लगाऊ!” पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” दूतले उनलाई भने। \v 9 पत्रुसले झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए। ती स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्‍ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने। \v 10 तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर सहरतिर जाने फलामे मूलढोकामा आइपुगे। तिनीहरूका निम्ति यो मूलढोका आफैँ खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए। \p \v 11 त्यसपछि पत्रुस होशमा आए, तब तिनले भने, “अब मलाई पक्‍का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।” \p \v 12 यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने यूहन्‍नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए। \v 13 पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए। अनि रोदा नाम गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्। \v 14 जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्। \p \v 15 तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्‍चै नै हो भनेर दृढ भइरहिन्। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छन् भनी ठाने।” \p \v 16 तर पत्रुसले ढोका ढक्ढक्याइरहे। जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तब तिनीहरू आश्‍चर्यचकित भए। \v 17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे। अनि कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गरे। त्यसपछि तिनले भने, “यी कुराको बारेमा याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले। \p \v 18 पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी ठूलो खैलाबैला मच्‍चियो। \v 19 हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए। तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए। \s1 हेरोदको मृत्यु \p त्यसपछि हेरोद यहूदियाबाट कैसरिया गएर केही समय त्यहीँ बसे। \v 20 उनले टायर र सीदोनका मानिसहरूसित कलह मच्‍चाइराखेका थिए। ती दुई समूह एउटै भएर उनलाई भेट्न खोजिरहेका थिए। राजाको विश्‍वासी सेवक बलस्तसको मदतमा तिनीहरू मिलाप गर्न चाहन्थे। किनकि तिनीहरू भोजन आपूर्तिको निम्ति राजाको देशमा निर्भर थिए। \p \v 21 तब तोकिएको दिनमा राजकीय पोशाकमा हेरोद सिंहासनमा बसे र मानिसहरूलाई सम्बोधन गरे। \v 22 “यो त मानिसको नभएर ईश्‍वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए। \v 23 हेरोदले परमेश्‍वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे। \p \v 24 तर परमेश्‍वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो। \s1 बारनाबास र शाऊललाई पठाइएको \p \v 25 बारनाबास र शाऊलले आफ्नो काम समाप्‍त गरेपछि तिनीहरू यरूशलेमबाट फर्के, र तिनीहरूले साथमा मर्कूस भनिने यूहन्‍नालाई लिएर गए। \c 13 \nb \v 1 एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल। \v 2 तिनीहरू प्रभुको आराधना गरिरहेका बेला र उपवास बसिरहेका बेला पवित्र आत्माले “बारनाबास र शाऊललाई मैले तोकेको काम गर्नको निम्ति अलग गर” भन्‍नुभयो। \v 3 त्यसकारण तिनीहरूले उपवाससहित प्रार्थना गरे, र ती दुईमाथि आफ्नो हात राखेर तिनीहरूलाई पठाइदिए। \s1 साइप्रस टापुमा \p \v 4 बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे। \v 5 जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा\f + \fr 13:5 \fr*\ft यहूदीहरूको सभा बस्‍ने घर\ft*\f* परमेश्‍वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्‍ना तिनीहरूसँगै थिए। \p \v 6 तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे। \v 7 त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे। \v 8 तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्‍यो। अनि ती राज्यपाललाई तिनको विश्‍वासबाट फर्काउने प्रयत्न गर्‍यो। \v 9 त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने, \v 10 “ए शैतानको बच्‍चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्‍ट पार्न के तँ कहिल्यै छोड्दैनस्? \v 11 अब प्रभुको शक्ति तेरो विरुद्धमा छ। तँ आँखा नेदेख्ने हुनेछस् र आउँदो केही समयका निम्ति सूर्यको प्रकाश देख्न सक्नेछैनस्।” \p तुरुन्तै कुइरो र अन्धकारले उसलाई ढाक्यो। अनि कसैले आफ्नो हात समाई डोर्‍याइदेला कि भनी त्यो यताउति गर्न थाल्यो। \v 12 त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्‍वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए। \s1 पावल पिसिदियाको एन्टिओखिया सहरमा \p \v 13 पावल र तिनका सङ्गीहरू पाफोसबाट जहाज चढी पामफिलियाको पर्गा सहरमा पुगे। यूहन्‍नाचाहिँ त्यहीँबाट यरूशलेम फर्किए। \v 14 पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे। \v 15 त्यहाँ व्यवस्था र अगमवक्ताका पुस्तकहरू पढिसकेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनेर खबर पठाए, “दाजुभाइ-दिदीबहिनीहरू हो, मानिसहरूलाई प्रोत्साहित गर्ने अर्तीका वचन तपाईंहरूसँग छ भने कृपा गरी भन्‍नुहोस्।” \p \v 16 त्यो सुनेपछि पावल उभिएर सभालाई शान्त हुन हातले इशारा गर्दै भने: “हे इस्राएलीहरू र परमेश्‍वरको डर मान्‍ने गैरयहूदीहरू हो, मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्! \v 17 इस्राएली जातिका परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई चुन्‍नुभयो। इजिप्टमा बस्दा उहाँले तिनीहरूलाई उच्‍च बनाउनुभयो। महान् शक्तिका साथ तिनीहरूलाई उहाँले त्यस देशबाट बाहिर ल्याउनुभयो। \v 18 प्राय: चालीस वर्षसम्म उजाडस्थानमा तिनीहरूका व्यवहारलाई उहाँले सहनुभयो। \v 19 कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो। \v 20 प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। \p “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्‍वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो। \v 21 अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे। \v 22 तर शाऊललाई हटाएपछि दावीदलाई उहाँले तिनीहरूका राजा बनाउनुभयो। तिनको विषयमा साक्षी दिँदै परमेश्‍वरले भन्‍नुभयो: ‘यिशैको छोरा दावीदलाई मैले आफ्नो हृदयअनुसारको मानिस भेट्टाएको छु; जसबाट म जे काम गराउन चाहन्छु, त्यसले ती सबै गर्नेछ।’ \p \v 23 “यिनै मानिसका सन्तानबाट परमेश्‍वरले प्रतिज्ञा गर्नुभएबमोजिम इस्राएलको एक उद्धारकर्ता येशूलाई ल्याउनुभयो। \v 24 येशूको आगमनभन्दा अगाडि यूहन्‍नाले सबै इस्राएलीहरूमा पश्‍चात्ताप र बप्‍तिस्माको प्रचार गरे। \v 25 जब यूहन्‍ना आफ्नो काम पूरा गरिरहेका थिए, उनले भने, ‘मलाई तपाईंहरूले को भनी ठान्‍नुभएको छ? म त उहाँ होइन। तर उहाँ मपछि आउनुहुनेछ। उहाँका पाउका जुत्तासम्म पनि फुकाल्ने योग्यको म छैनँ।’ \p \v 26 “हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्‍वरको भय मान्‍ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ। \v 27 यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो। \v 28 यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे। \v 29 जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे। \v 30 तर परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो। \v 31 त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्। \p \v 32 “हाम्रा पुर्खाहरूसँग परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ, \v 33 तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्‍वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: \q1 “ ‘तिमी मेरा पुत्र हौ; \q2 आज म तिम्रो पिता भएको छु।’\f + \fr 13:33 \fr*\ft \+xt भजन 2:7\+xt*\ft*\f* \m \v 34 कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: \q1 “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’\f + \fr 13:34 \fr*\ft \+xt यशै 55:3\+xt*\ft*\f* \m \v 35 किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: \q1 “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’\f + \fr 13:35 \fr*\ft \+xt भजन 16:10\+xt*\ft*\f* \p \v 36 “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्‍वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो। \v 37 तर जसलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन। \p \v 38 “त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्‍ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ। \v 39 उहाँमा विश्‍वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन। \v 40 यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्: \q1 \v 41 “ ‘हे निन्दा गर्नेहरू हो, हेर, \q2 आश्‍चर्य मान र नष्‍ट भइजाओ; \q1 किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, \q2 जुन तिमीहरूलाई कसैले भने पनि \q2 तिमीहरू त्यसमा कहिल्यै विश्‍वास गर्नेछैनौ।’ ”\f + \fr 13:41 \fr*\ft \+xt हब 1:5\+xt*\ft*\f* \p \v 42 पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथ, अरू कुरा गर्नका निम्ति बोलाए। \v 43 सभा समाप्‍त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्‍ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्‍वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे। \p \v 44 प्रभुको वचन सुन्‍न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो। \v 45 जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे। \p \v 46 त्यसपछि पावल र बारनाबासले तिनीहरूलाई निर्भयतापूर्वक जवाफ दिए, “सबैभन्दा पहिला त तपाईंहरूलाई नै हामीले परमेश्‍वरको वचन भन्‍नुपर्थ्यो। तपाईंहरूले यसको तिरस्कार गरेर आफूलाई अनन्त जीवनको अयोग्य बनाउनुभएकोले अब हामी गैरयहूदीतिर फर्कँन्छौँ। \v 47 किनभने प्रभुले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ: \q1 “ ‘गैरयहूदीहरूका निम्ति मैले तिमीहरूलाई एउटा ज्योति बनाएको छु, \q2 ताकि संसारको अन्तिम छेउसम्म तिमीहरूले उद्धार पुर्‍याउन सक।’ ”\f + \fr 13:47 \fr*\ft \+xt यशै 49:6\+xt*\ft*\f* \p \v 48 यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्‍वास गरे। \p \v 49 प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो। \v 50 तर यहूदीहरूले प्रभुको भय मान्‍ने माथिल्‍ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए। \v 51 तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए। \v 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए। \c 14 \s1 आइकोनियमको सहरमा \p \v 1 आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्‍वास गरे। \v 2 तर विश्‍वास गर्न नमान्‍ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्‍वासीहरूका विरुद्ध जगाए। \v 3 त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो। \v 4 तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे। \v 5 आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए। \v 6 तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए; \v 7 र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे। \s1 लुस्त्रा र डर्बीमा \p \v 8 लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन। \v 9 त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्‍वास रहेछ भनी थाहा पाए। \v 10 त्यसैले तिनले उच्‍च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्‍क उठ्यो, र हिँड्न थाल्यो। \p \v 11 पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!” \v 12 तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस\f + \fr 14:12 \fr*\fq जिऊस \fq*\ft र \ft*\fq हर्मेस \fq*\ft ग्रीक देवताका नामहरू हुन्।\ft*\f* भन्‍न थाले; किनकि पावल नै मुख्य वक्ता थिए। \v 13 सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे। \p \v 14 तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने, \v 15 “मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्‍टि गर्नुहुने परमेश्‍वरकहाँ फर्कनुहोस् भन्‍न हामी तपाईंहरूसमक्ष आएका हौँ। \v 16 बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो। \v 17 तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्‍न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।” \v 18 यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो। \p \v 19 त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे। \v 20 तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए। \s1 सिरियाको एन्टिओखियामा फिर्ता \p \v 21 त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के। \v 22 ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्‍वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्‍वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।” \v 23 पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू\f + \fr 14:23 \fr*\ft प्रधानहरू \ft*\fqa मण्डलीका एल्डरहरू\fqa*\f* नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए। \v 24 त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए। \v 25 अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए। \p \v 26 अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्‍वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए। \v 27 त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्‍वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे। \v 28 त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे। \c 15 \s1 यरूशलेमको सभा \p \v 1 यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्‍वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।” \v 2 यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्‍वासीका साथ नियुक्त गरिए। \v 3 मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्‍वासीहरू प्रसन्‍न भए। \v 4 जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे। \p \v 5 त्यसपछि फरिसी दलका केही विश्‍वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।” \p \v 6 यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए। \v 7 ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो। \v 8 मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ। \v 9 हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्‍वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो। \v 10 त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ। \v 11 हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।” \p \v 12 जब बारनाबास र पावलले गैरयहूदीहरूका बीचमा परमेश्‍वरले उनीहरूद्वारा गर्नुभएका अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू सुनाए, तब सबै भीड चुपचाप भयो। \v 13 तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्‍नुहोस्। \v 14 सबैभन्दा पहिले परमेश्‍वरले कसरी गैरयहूदीहरूबाट आफ्ना निम्ति एउटा जातिको छनौट गर्नुभयो भन्‍ने कुराको वर्णन सिमोनले हामीलाई गरेका छन्। \v 15 अनि उनको यस भनाइसँग अगमवक्ताहरूको वचन मिल्छ; किनकि यस्तो लेखिएको छ: \q1 \v 16 “ ‘यसपछि म फर्कनेछु, \q2 र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। \q1 यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, \q2 र यसलाई फेरि स्थापित गर्नेछु। \q1 \v 17 बाँकी मानिसहरूले र मेरो नाम लिने \q2 गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, \q1 प्रभु भन्‍नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’\f + \fr 15:17 \fr*\ft \+xt आमोस 9:11, 12\+xt*\ft*\f* \q2 \v 18 जुन सृष्‍टिको अनन्तकालदेखि जानिएको छ। \p \v 19 “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन। \v 20 त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्। \v 21 किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र हरेक शब्बाथमा त्यसलाई सभाघरहरूमा पढिँदैछ।” \s1 गैरयहूदी विश्‍वासीहरूलाई लेखिएको पत्र \p \v 22 त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए। \v 23 उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: \pmo एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: \pmo हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्‍वासी दाजुभाइहरूबाट \pmo अभिवादन! \pm \v 24 हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका छौँ, \v 25 यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ। \v 26 यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्‍टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्। \v 27 यसैले हामी जे लेखिरहेका छौँ, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौँ। \v 28 यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौँ। \v 29 मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारेका पशुहरूको मासु र व्यभिचारबाट टाढा रहनुहोस्! यी सबै कुराबाट अलग रहनुभयो भने असल हुनेछ! \pmc बिदा। \p \v 30 त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए। \v 31 ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए। \v 32 यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्‍वासीहरूलाई प्रोत्साहित र स्थिर गराए। \v 33 तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्‍वासीहरूद्वारा शान्तिको आशिष्‌सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो। \v 34 तर सिलासले त्यहीँ बस्‍ने निर्णय गरे।\f + \fr 15:34 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \v 35 पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे। \s1 पावल र बारनाबासबीच मतभेद \p \v 36 केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्‍यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।” \v 37 मर्कूस भनिने यूहन्‍नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे। \v 38 तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्। \v 39 तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे। \v 40 पावलले सिलासलाई चुने, र विश्‍वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे। \v 41 उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए। \c 16 \s1 पावल र सिलाससँग तिमोथी मिसिएका \p \v 1 पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्‍वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए। \v 2 लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे। \v 3 पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्‍ने थाहा थियो। \v 4 तिनीहरू सहर-सहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए। \v 5 यसरी मण्डलीहरू विश्‍वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो। \s1 पावलले म्यासिडोनियाको मानिसको दर्शन पाएका \p \v 6 एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए। \v 7 जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन। \v 8 त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे। \v 9 रातको समयमा म्यासिडोनियाका एक जना मानिसले उभिएर पावललाई यसरी बिन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस्।” \v 10 पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ। \s1 फिलिप्पीमा लिडियाको परिवर्तन \p \v 11 त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौँ, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौँ। \v 12 त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख सहर फिलिप्पी आइपुग्यौँ, र त्यहाँ हामी कैयौँ दिनसम्म बस्यौँ। \p \v 13 शब्बाथमा सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ। \v 14 अनि हाम्रो कुरा सुन्‍ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्‍वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्‍वरले तिनको हृदय खोलिदिनुभयो। \v 15 जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्। \s1 पावल र सिलास झ्यालखानामा \p \v 16 एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौँ, तब हामीले एउटी कमारी केटीलाई भेट्यौँ, जससँग जोखना हेर्ने दुष्‍ट आत्मा थियो। जोखना हेरेर नै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी। \v 17 त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसो भन्दै कराई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूको उद्धारको बाटो बताइरहेका छन्।” \v 18 धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्‍क गरायो; यसैले फनक्‍क फर्केर तिनले त्यस दुष्‍ट आत्मालाई भने, “येशू ख्रीष्‍टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्‍ट आत्माले त्यसलाई छोडिदियो। \p \v 19 जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे। \v 20 अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्‍चाउँदै छन्। \v 21 यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।” \p \v 22 तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए। \v 23 तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए। \v 24 यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके। \p \v 25 मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। \v 26 अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए। \v 27 झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। \v 28 तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!” \p \v 29 तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे। \v 30 त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?” \p \v 31 तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्‍वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।” \v 32 त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए। \v 33 रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्‍तिस्मा लिए। \v 34 झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्‍वरमा विश्‍वास गरेका थिए। \p \v 35 उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!” \v 36 त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!” \p \v 37 तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदा-हुँदै पनि कुनै सुनुवाइविना तिनीहरूले हामीलाई खुल्‍लमखुल्‍ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफैँ यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।” \p \v 38 अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाइदिए। अनि उनीहरू त रोमी नागरिक रहेछन् भन्‍ने सुनेर तिनीहरू तर्सिए। \v 39 तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए। अनि झ्यालखानाबाट बाहिर निकालेर सहर छोडेर जान अनुरोध गरे। \v 40 पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्‍वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए। \c 17 \s1 पावल थेसलोनिकीमा \p \v 1 पावल र सिलास अम्फिपोलिस र अपोल्‍लोनियाको बाटोहुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो। \v 2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्‍तासम्म तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए। \v 3 ख्रीष्‍टले कष्‍ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्‍ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्‍ट हुनुहुन्छ।” \v 4 केही यहूदीहरू तिनको कुराले विश्‍वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्‍ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्‍ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए। \p \v 5 तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्‍चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे। \v 6 तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्‍वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्। \v 7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्‍ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।” \v 8 यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए। \v 9 त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए। \s1 बेरियाको सहरमा नयाँ समस्या \p \v 10 रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए। \v 11 थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे। \v 12 परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्‍वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे। \p \v 13 पावलले बेरियामा पनि परमेश्‍वरको वचनको प्रचार गरिरहेको भन्‍ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए। \v 14 अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे। \v 15 पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्‍याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्‍ने पावलको आज्ञा लिएर तिनीहरू फर्के। \s1 एथेन्स सहरमा पावल \p \v 16 जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए। \v 17 त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्‍वरको भय मान्‍ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे। \v 18 इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्‍न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए। \v 19 त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्‍न सक्छौँ? \v 20 तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्‍न चाहन्छौँ।” \v 21 त्यहाँ बस्‍ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्‍ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे। \p \v 22 अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ। \v 23 किनकि जब म यस सहरतिर घुम्‍दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ: \pc अज्ञात देवताका निम्ति। \m तपाईंहरूले अनजानमै जसको पूजा गरिरहनुभएको छ, म उहाँकै बारेमा तपाईंहरूलाई प्रचार गर्दछु। \p \v 24 “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्‍नुहुन्‍न। \v 25 यदि उहाँलाई कुनै कुराको खाँचो पर्‍यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्‍न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ। \v 26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्‍नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो। \v 27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्‍न। \v 28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’ \p \v 29 “त्यसैले हामी परमेश्‍वरका सन्तान भएको कारण ईश्‍वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन। \v 30 बितेका समयमा यस्ता अज्ञानतामा परमेश्‍वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्‍चात्ताप गर्नू भन्‍ने आज्ञा दिनुहुन्छ। \v 31 किनकि उहाँले एउटा दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।” \p \v 32 जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्‍ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्‍न चाहन्छौँ।” \v 33 अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए। \v 34 तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्‍वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्‍वास गरे। \c 18 \s1 कोरिन्थ सहरमा पावलको सेवकाइ \p \v 1 यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थमा गए। \v 2 त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए। \v 3 तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे। \v 4 पावलले हरेक शब्बाथमा सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे। \p \v 5 जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे। \v 6 तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।” \p \v 7 त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्ति गर्ने मानिस थिए। \v 8 सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गरे; त्यसै गरी पावललाई सुन्‍नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्‍वास गरे र तिनीहरूले बप्‍तिस्मा लिए। \p \v 9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; \v 10 किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।” \v 11 यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे। \p \v 12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए। \v 13 उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।” \p \v 14 जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ। \v 15 तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।” \v 16 तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए। \v 17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्। \s1 प्रिस्किला, अक्विला र अपोल्‍लोस \p \v 18 पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्‍वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि \v 19 तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे। \v 20 तिनीहरूले अझ केही समय बस्‍न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्। \v 21 तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्‍वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे। \v 22 जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए। \p \v 23 एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए। \p \v 24 अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्‍लोस नाम गरेका एक जना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्ता र पवित्रशास्त्रको धेरै ज्ञान भएका मानिस थिए। \v 25 तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्रै थाहा थियो। \v 26 तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्झाइदिए। \p \v 27 जब अपोल्‍लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे। \v 28 किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए। \c 19 \s1 एफिससमा पावल \p \v 1 अपोल्‍लोस कोरिन्थमा हुँदा, पावल भित्री इलाकाहरू हुँदै एफिसस पुगे। त्यहाँ तिनले केही चेलाहरूलाई भेट्टाए। \v 2 पावलले तिनीहरूलाई प्रश्न गरे, “तपाईंहरूले विश्‍वास गर्नुभएको बेला पवित्र आत्मा पाउनुभयो?” \p तिनीहरूले जवाफ दिए, “पवित्र आत्मा हुनुहुन्छ र भनेर हामीले त सुनेका पनि छैनौँ।” \p \v 3 तब पावलले प्रश्न गरे, “त्यसो भए तपाईंहरूले कस्तो बप्‍तिस्मा लिनुभयो?” \p तिनीहरूले उत्तर दिए, “यूहन्‍नाको बप्‍तिस्मा।” \p \v 4 तब पावलले भने, “यूहन्‍नाको बप्‍तिस्मा पश्‍चात्ताप मात्रको बप्‍तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्‍वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।” \v 5 जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरूले प्रभु येशूको नाममा बप्‍तिस्मा लिए। \v 6 जब पावलले तिनीहरूमाथि हात राखे, तब तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो। अनि तिनीहरू विभिन्‍न भाषाहरूमा बोले, र अगमवाणी गरे। \v 7 त्यहाँ प्रायः बाह्र जना पुरुषहरू थिए। \p \v 8 पावल त्यहाँका सभाघरहरूमा गए। अनि परमेश्‍वरको राज्यका कुराहरूमा तर्क गर्दै, र विश्‍वास गराउँदै तीन महिनासम्म साहससाथ बोले। \v 9 तर तीमध्ये कोही हठी भएर विश्‍वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्‍लमखुल्‍ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्‍नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले। \v 10 यो दुई वर्षसम्म चलिरह्‍यो। यसरी एशिया प्रान्तमा बस्‍ने दुवै यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने। \p \v 11 परमेश्‍वरले पावलद्वारा असाधारण र अचम्मका कामहरू गर्नुभयो; \v 12 यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्‍ट आत्माहरू तिनीहरूबाट निस्कन्थे। \p \v 13 घुमफिर गर्दै हिँड्ने केही यहूदी झारफूकेहरूले दुष्‍ट आत्मा लागेकाहरूबाट प्रभु येशूको नाममा ती दुष्‍ट आत्मा निकाल्न खोजे। तिनीहरूले यसो भन्थे, “पावलले प्रचार गरेको उनै येशूको नाममा म तँलाई बाहिर निस्कने आज्ञा दिन्छु।” \v 14 स्केवास नाम गरेका यहूदी मुख्य पुजारीका सात जना छोराहरूले त्यही गरिरहेका थिए। \v 15 एक दिन एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु र पावलको बारेमा पनि मलाई थाहा छ, तर तिमीहरूचाहिँ को हौ?” \v 16 त्यसपछि दुष्‍ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्‍यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे। \p \v 17 जब एफिससमा बस्‍ने यहूदीहरू र ग्रीकहरूले यो कुरा थाहा पाए, तब तिनीहरू सबै भयभीत भए। अनि प्रभु येशूको नामको ठूलो आदर गरियो। \v 18 विश्‍वास गर्ने धेरै जनाले खुल्‍लमखुल्‍ला तिनीहरूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे। \v 19 जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्‍का\f + \fr 19:19 \fr*\ft एक चाँदीको सिक्‍का बराबर एक दिनको ज्याला हुन्थ्यो।\ft*\f* थियो। \v 20 यसरी प्रभुको वचन शक्तिशाली हुँदै फैलँदैगयो। \p \v 21 यी सबै कुराहरू भइसकेपछि पावलले मनमनै म्यासिडोनिया र अखैया हुँदै यरूशलेम जाने निश्‍चय गरे। तिनले भने, “त्यहाँ गइसकेपछि म रोम पनि अवश्य जानैपर्छ।” \v 22 आफ्ना दुई जना सहयोगीहरू तिमोथी र इरास्तसलाई तिनले म्यासिडोनिया पठाए; आफूचाहिँ केही समयका लागि एशियामै बसे। \s1 एफिससमा हुलदङ्गा \p \v 23 त्यसै समयतिर यस मार्गको बारेमा ठूलो खैलाबैला मच्‍चियो। \v 24 डेमेत्रियस नामको चाँदीको काम गर्ने एक जना मानिस थियो, जसले आर्तेमिस देवीका मन्दिरहरूमा चाँदीका मूर्तिहरू बनाउँथ्यो। अनि यसले कारिगरहरूका लागि पनि प्रशस्त आम्दानी ल्याउँथ्यो। \v 25 ती सबै शिल्पकारका साथै त्यस्तै पेशामा लागेका अन्य मानिसहरूलाई त्यसले एक ठाउँमा बोलाएर भन्यो: “हे मानिसहरू हो, तपाईंहरूलाई थाहा छ, यो व्यापारबाट हामीलाई राम्रो आम्दानी हुन्छ। \v 26 अहिले तपाईंहरूले देख्नुभयो र सुन्‍नुभयो, कसरी पावल भन्‍ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्‍वरहरूचाहिँ ईश्‍वरहरू नै होइनन् भन्दै छ। \v 27 यसैकारण हाम्रो व्यापारले आफ्नो प्रतिष्‍ठा गुमाउने खतरा मात्र हाम्रो सामु छैन। तर महान् देवी आर्तेमिसको मन्दिर पनि अब अपहेलित हुने डर छ। अनि एशियाका सबै प्रान्तहरू र संसारभरि पुजिने देवीको ईश्‍वरीय गौरव नाश हुनेछ।” \p \v 28 जब तिनीहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र चिच्याएर भन्‍न थाले: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ!” \v 29 चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्‍चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे। \v 30 भीडमा गएर पावलले केही भन्‍न चाहे, तर चेलाहरूले तिनलाई त्यसो गर्न दिएनन्। \v 31 त्यस प्रान्तका पावलका केही अधिकृत मित्रहरूले पनि तिनलाई रङ्गशालातिर आउने साहस नगर्नुहोला भनी बिन्ती गरेर खबर पठाए। \p \v 32 त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन। \v 33 भीडमा यहूदीहरूले अलेक्जेन्डरलाई अगाडि सारे। अनि तिनीहरूले कराउँदै तिनलाई निर्देशन दिए। अलेक्जेन्डरले हातले शान्त रहन इशारा गर्दै मानिसहरूका सामु बचाउको निम्ति बोल्न खोजे। \v 34 तर तिनीहरूले उनी यहूदी हुन् भन्‍ने थाहा पाए, ती सबैले एकै सोरमा करिब दुई घण्टासम्म यसो भन्दै कराइरहे: “एफिसीहरूकी देवी आर्तेमिस महान् हुनुहुन्छ।” \p \v 35 अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र? \v 36 त्यसकारण यी कुराहरू अकाट्य भएकाले तपाईंहरू शान्त हुनुहोस्, र कुनै पनि उत्ताउलो काम नगर्नुहोस्। \v 37 तपाईंहरूले यी मानिसहरूलाई यहाँ घिसार्दै ल्याउनुभयो। तर यिनीहरूले न त मन्दिर लुटेका छन्, न त हाम्री आराध्य देवीको निन्दा नै गरेका छन्। \v 38 त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्। \v 39 यसबाहेक तपाईंहरू अरू केही कुरा ल्याउन चाहनुहुन्छ भने यसको छिनोफानो वैधानिक सभाबाटै हुनुपर्छ। \v 40 हालको परिस्थितिमा आज भएको घटनाको कारण हामीमाथि हुलदङ्गा गरेको आरोप लाग्ने खतरा छ; त्यस्तो भएमा हामी यसको स्पष्‍टीकरण दिन सक्नेछैनौँ, किनकि यसको कुनै कारण नै छैन।” \v 41 यति भनिसकेर तिनले त्यो सभालाई बिदा गरिदिए। \c 20 \s1 म्यासिडोनिया र ग्रीसमा पावल \p \v 1 जब सहरमा खैलाबैला शान्त भयो, तब पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। अनि तिनीहरूबाट बिदा भएर म्यासिडोनियातिर गए। \v 2 मानिसहरूलाई उत्साहका वचनहरू बोल्दै उनले त्यस क्षेत्रको यात्रा गरेर अन्त्यमा ग्रीसमा गए। \v 3 त्यहाँ तिनी तीन महिनासम्म बसे। तिनी जहाजबाट सिरियातिर जान लागेकै बेलामा यहूदीहरूले उनको विरुद्धमा षड्यन्त्र रचेको तिनले थाहा पाएर म्यासिडोनिया हुँदै फर्कने निर्णय गरे। \v 4 उनका साथमा बेरिया निवासी पुरसका छोरा सोपात्रोस, थेसलोनिकीबाट अरिस्तार्खस र सिकन्दस, डर्बीका गायस, र तिमोथी र एशियाका तुखिकस र त्रोफिमस गए। \v 5 ती मानिसहरू हामीभन्दा अगि गएर त्रोआसमा हामीलाई पर्खिबसे। \v 6 तर हामी अखमिरी रोटीको चाडका दिनहरूपछि फिलिप्पीबाट यात्रा गरी पाँच दिनपछि त्रोआस पुगेर तिनीहरूलाई भेट्यौँ र त्यहाँ हामी सात दिन बस्यौँ। \s1 त्रोआसमा युटिकस जीवित पारिएको \p \v 7 हप्‍ताको पहिलो दिन हामी रोटी भाँच्नलाई भेला भयौँ। ती सबैलाई पावलले प्रचार गरे। अनि भोलिपल्ट त्यो सहर छोड्ने तिनको विचार भएकोले आधा रातसम्म ती मानिसहरूसँग तिनले कुराकानी गरिरहे। \v 8 हामी भेला भएको माथिल्‍लो तलाको कोठामा धेरै बत्तीहरू थिए। \v 9 त्यस कोठाको झ्यालमा युटिकस नामको एक जना युवक बसिरहेको थियो। जब पावलले लामो समयसम्म वचन बोलिरहेका थिए, तब त्यो युवक गहिरो निद्रामा पर्‍यो; अनि त्यो तीन तलामाथिबाट तल भुइँमा खस्यो र मानिसहरू त्यसलाई उठाउन पुग्दा मरिसकेको अवस्थामा पाए। \v 10 तब पावल तल गए, र त्यस मानिसमाथि घोप्टो परेर अङ्कमाल हाल्दै भने, “तपाईंहरू नआत्तिनुहोस्, यिनी जीवितै छन्।” \v 11 त्यसपछि तिनी फेरि माथि उक्ले, र रोटी भाँचेर खाए। उज्यालो नहोउन्जेल बोल्दैरहे; अनि तिनी त्यहाँबाट बिदा भए। \v 12 ती मानिसहरूले त्यस केटालाई जीवित अवस्थामा नै घर लगे, र ठूलो सान्त्वना पाए। \s1 एफिससका प्रधानहरूलाई पावलको बिदाइ \p \v 13 जहाजमा चढेर हामी अस्सोसमा पहिल्यै पुग्यौँ, जहाँ हामी पावललाई जहाजमा चढाउन चाहन्थ्यौँ। तिनले त्यहाँसम्म पैदल यात्रा गरी आउने बन्दोबस्त पहिल्यै मिलाएका थिए। \v 14 जब अस्सोसमा उनीसँग भेट भयो, हामीले उनलाई जहाजमा चढायौँ र मितिलेनेमा गयौँ। \v 15 भोलिपल्ट जहाजको यात्रा गर्दै हामी खियसमा पुग्यौँ र अर्को दिन हामीले सामोसलाई पार गर्‍यौँ। अनि भोलिपल्ट मिलेटसमा पुग्यौँ। \v 16 एशिया प्रान्तमा समय बिताउनु नपरोस् भनेर पावलले एफिससबाट तर्किएर जाने निर्णय गरे। पावल हतारमा थिए; किनकि सम्भव भएसम्म पेन्टिकोस्ट पर्वको दिनमा उनी यरूशलेममा पुग्न चाहन्थे। \p \v 17 मिलेटसबाट पावलले मण्डलीका प्रधानहरूलाई झिकाउन एफिससमा मानिस पठाए। \v 18 तिनीहरू आइपुगेपछि उनले तिनीहरूलाई भने: “तपाईंहरूसित एशियामा बसेको पहिलो दिनदेखि समस्त समय म कसरी तपाईंहरूसँग रहेँ, त्यो कुरा तपाईंहरूलाई थाहै छ। \v 19 यहूदीहरूले मेरो विरुद्ध षड्यन्त्रहरू रचेर ठूलो सङ्कटमा पारे तापनि मैले पूर्ण विनम्रतासाथ आँसु बगाउँदै प्रभुको सेवा गरिरहेँ। \v 20 तपाईंहरूलाई थाहै छ, तपाईंहरूको भलाइको निम्ति प्रचार गर्न म कहिल्यै हिच्किचाइनँ। तर सार्वजनिक रूपमा र घर-घरमा गएर शिक्षा दिएँ। \v 21 यहूदीहरू र ग्रीकहरू पश्‍चात्तापमा परमेश्‍वरतिर फर्कनैपर्छ। अनि हाम्रा प्रभु येशूमा तिनीहरूले विश्‍वास राख्नैपर्छ भनेर मैले घोषणा गरेँ। \p \v 22 “अब मचाहिँ पवित्र आत्माको प्रेरणामा यरूशलेममा जाँदैछु; म जान्दिनँ ममाथि त्यहाँ के घट्ने हो। \v 23 तर मलाई यति थाहा छ, हरेक सहरमा मैले दुःख-कष्‍ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सतर्क गराउनुहुन्छ। \v 24 तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन। मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवकाइ हो, जुन प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ। \p \v 25 “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्‍वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन। \v 26 त्यसैकारण तपाईंहरूसमक्ष म आज गवाही दिन्छु; तपाईंहरू सबैको रगतदेखि म निर्दोष छु। \v 27 किनकि परमेश्‍वरको सबै इच्छा तपाईंहरूलाई बताउन मपछि हटिनँ। \v 28 आफ्नो र सम्पूर्ण बगालको लागि होसियारी हुनुहोस्। पवित्र आत्माले तपाईंहरूलाई बगालको हेरचाहको लागि चुन्‍नुभएको छ; परमेश्‍वरको मण्डलीको गोठालो हुनुहोस्, जसलाई उहाँको आफ्नै रगतले किन्‍नुभएको छ। \v 29 मलाई यो थाहा छ, मैले छोडेर गएपछि तपाईंहरूका बीचमा जङ्गली ब्वाँसाहरू पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्। \v 30 तपाईंहरू मध्येबाट नै सत्यलाई बङ्ग्याउने मानिसहरू उठ्नेछन् र चेलाहरूलाई फकाई तिनीहरूका पछि-पछि लगाउनेछन्। \v 31 त्यसकारण सावधान हुनुहोस्! सम्झनुहोस्; कसरी तीन वर्षसम्म रातदिन आफ्ना आँसु बगाउँदै तपाईंहरूलाई चेतावनी दिन म कहिल्यै थाकिनँ। \p \v 32 “अब म तपाईंहरूलाई परमेश्‍वर र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, तब यसले तपाईंहरूलाई बलियो तुल्याउनेछ र पवित्र पारिएका सबैका सामु तपाईंहरूलाई उत्तराधिकार दिन सक्दछ। \v 33 मैले कसैको सुन, चाँदी वा लुगाफाटाहरूमा लोभ गरिनँ। \v 34 तपाईंहरू आफैँ जान्‍नुहुन्छ, कि मेरा र मसँग हुनेहरूका आवश्यकताहरू मैले आफ्ना यिनै हातहरूद्वारा पूरा गरेको छु। \v 35 मैले गरेका हरेक कामबाट तपाईंहरूलाई मैले उदाहरण दिएको छु; अनि कसरी यस किसिमका कडा परिश्रमद्वारा हामीले कमजोरहरूलाई मदत गर्नैपर्दछ। प्रभु येशू आफैँले भन्‍नुभएका वचनहरूको सम्झना गरौँ: ‘लिनुभन्दा दिनुचाहिँ अझ धन्य हो।’ ” \p \v 36 यति कुरा भनिसकेपछि पावलले घुँडा टेके र सबैसँग प्रार्थना गरे। \v 37 उनलाई अँगालो हालेर चुम्बन गर्दै सबै जना धेरै रोए। \v 38 तिनीहरूले उनको मुहार फेरि देख्नेछैनन् भन्‍ने उनको भनाइले तिनीहरूका हृदय छिया-छिया भयो। त्यसपछि तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याउन गए। \c 21 \s1 यरूशलेमको यात्रा \p \v 1 तिनीहरूसँग बिदा भएपछि हामी सोझै कोसतिरको जहाज चढ्यौँ। अर्को दिन हामी रोडस गयौँ। अनि त्यहाँबाट पटारा पुग्यौँ। \v 2 त्यहाँ हामीले फोनिके जान लागेको एउटा जहाज भेट्यौँ, र त्यसैमा चढेर अगाडि बढ्यौँ। \v 3 साइप्रस टापु देखा परेपछि त्यसलाई दक्षिणतिर पारेर हामी सिरियातिर लाग्यौँ। हाम्रो जहाजबाट मालसामान उतार्नुपरेकोले हामी टायरमा उत्रियौँ। \v 4 त्यसपछि हामी त्यहाँ बस्‍ने चेलाहरूकहाँ गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। पवित्र आत्माद्वारा अगुवाइ पाएर तिनीहरूले पावललाई यरूशलेम नजान भनी बिन्ती गरे। \v 5 जब हाम्रो त्यहाँबाट बिदा हुने समय भयो, हामी आफ्नो बाटो लाग्यौँ; तब त्यहाँका सबै जना तिनीहरूका पत्नीहरू र सन्तानहरूसमेत हामीलाई सहरबाहिर पुर्‍याउन आए; र त्यहाँ समुद्रको किनारमा घुँडा टेकेर हामीहरूले प्रार्थना गर्‍यौँ। \v 6 एक-अर्कासँग बिदा भएपछि हामी जहाजमा चढ्न गयौँ र उनीहरू घर फर्के। \p \v 7 टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ। \v 8 अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ। \v 9 तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे। \p \v 10 हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए। \v 11 हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्‍नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ” \p \v 12 जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्‍यौँ। \v 13 पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।” \v 14 तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ। \p \v 15 त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ। \v 16 हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए। \s1 यरूशलेममा पावलको आगमन \p \v 17 जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे। \v 18 भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए। \v 19 पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्‍वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए। \p \v 20 तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्‍वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्। \v 21 तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्‍ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्‍ने शिक्षा दिनुभएको छ। \v 22 अब हामीले के गर्ने हो? निश्‍चय नै तपाईं आउनुभएको छ भन्‍ने कुरा तिनीहरूले सुन्‍नेछन्, \v 23 यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्। \v 24 यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्‍लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्। \v 25 जहाँसम्म गैरयहूदी विश्‍वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।” \p \v 26 अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्‍त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्‍ने जानकारी दिन उनी मन्दिरमा गए। \s1 पावल पक्राउ परेका \p \v 27 जब सात दिन बित्नै लागेका थिए, तब एशिया प्रान्तका केही यहूदीहरूले पावललाई मन्दिरभित्र देखे। त्यहाँ भेला भएको सम्पूर्ण भीडहरूलाई सुर्‍याउँदै तिनीहरूले उनलाई पक्रे। \v 28 अनि चिच्याउँदै भन्‍न लागे, “हे इस्राएलका मानिसहरू हो, हामीहरूलाई मदत गर्नुहोस्! यो त्यही मानिस हो, जसले सबैलाई सबै ठाउँमा हाम्रा मानिसहरू, हाम्रो व्यवस्था र यस ठाउँको विरुद्ध शिक्षा दिन्छ। यहाँसम्म कि यसले मन्दिरभित्र ग्रीकहरूलाई ल्याएको छ, र यो पवित्रस्थानलाई अपवित्र तुल्याएको छ।” \v 29 (यो घटनाभन्दा अगि तिनीहरूले पावलसँग एफिससका त्रोफिमसलाई सहरमा देखेका थिए। त्यसकारण पावलले तिनलाई मन्दिरभित्र ल्याएका होलान् भन्‍ने तिनीहरूको धारणा थियो।) \p \v 30 सारा सहरभरि हल्‍लाखल्‍ला मच्‍चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे। \v 31 जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्‍ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो। \v 32 तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे। \p \v 33 त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे। \v 34 भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्‍चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए। \v 35 जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्‍यो। \v 36 किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिद्ध्याइदेऊ!” भनेर चिच्याउँदै थियो! \s1 भीडलाई पावलको सम्बोधन \p \v 37 सिपाहीहरूले पावललाई ब्यारेकभित्र लगिनै लाग्दा उनले सेनापतिलाई सोधे, “के म तपाईंलाई केही कुरा भन्‍ने अनुमति पाउन सक्छु?” \p तिनले जवाफ दिए, “के तिमी ग्रीक भाषा बोल्न सक्छौ? \v 38 के तिमी इजिप्टियन होइनौ, जसले केही समयअगि विद्रोह सुरु गरेर चार हजार आतङ्ककारीहरूलाई पछि लगाउँदै मरुभूमितिर लिएर गएको थियो?” \p \v 39 पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।” \p \v 40 सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे: \c 22 \nb \v 1 “बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्।” \p \v 2 जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए। \p अनि पावलले भन्‍न थाले: \v 3 “म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्‍वरका निम्ति हुनुहुन्छ। \v 4 पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।” \v 5 यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्‍वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ। \p \v 6 “जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो। \v 7 म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’ \p \v 8 “ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ। \p “ ‘म नासरतको येशू हुँ, जसलाई तिमी सताइरहेका छौ’ भनी उहाँले जवाफ दिनुभयो। \v 9 मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। \p \v 10 “ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ। \p “प्रभुले भन्‍नुभयो, ‘अब तिमी उठ, र दमस्कसमा जाऊ। त्यहाँ तिमीलाई जे काम गर्न खटाइएको छ, ती सबै कामहरू त्यहीँ नै तिमीलाई बताइनेछ।’ \v 11 त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए। \p \v 12 “त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्‍ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए। \v 13 उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्‍त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ। \p \v 14 “त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्‍न तपाईंलाई छान्‍नुभएको छ। \v 15 तपाईंले जे देख्नु र सुन्‍नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ। \v 16 अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्‍त गर्नुहोस्।’ \p \v 17 “जब म यरूशलेम फर्केर आएँ र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, म ध्यानमग्न अवस्थामा पुगेँ \v 18 र मसँग दर्शनमा प्रभुले भन्‍नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’ \p \v 19 “मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्‍वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ। \v 20 र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’ \p \v 21 “अनि परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ” \s1 पावल एक रोमी नागरिक \p \v 22 यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्‍च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!” \p \v 23 जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले, \v 24 तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए। \v 25 जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?” \p \v 26 जब कप्‍तानले यो कुरा सुने, उनले उच्‍च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।” \p \v 27 सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” \p “हो, म रोमी नागरिक हुँ,” उनले जवाफ दिए। \p \v 28 अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।” \p “तर म त जन्मद्वारा नै रोमी नागरिक हुँ,” पावलले जवाफ दिए। \p \v 29 उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए। \s1 पावल महासभामा \p \v 30 वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए। \c 23 \p \v 1 तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।” \v 2 यो कुरा सुन्‍नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए। \v 3 अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्‍वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्‍नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्‍लङ्घन गर्दै हुनुहुन्छ।” \p \v 4 यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्‍वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?” \p \v 5 पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”\f + \fr 23:5 \fr*\ft \+xt प्रस 22:28\+xt*\ft*\f* \p \v 6 जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।” \v 7 जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो। \v 8 सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्। \p \v 9 त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?” \v 10 तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए। \p \v 11 भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।” \s1 पावललाई मार्ने षड्यन्त्र \p \v 12 भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्‍नपानी ग्रहण नगर्ने शपथ खाए। \v 13 यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो। \v 14 तिनीहरू मुख्य पुजारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्‍त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौँ। \v 15 त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।” \p \v 16 जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए। \p \v 17 अनि पावलले एक जना सेनापतिलाई बोलाएर भने, “यस युवकलाई लिएर उच्‍च सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्‍नुपर्ने केही कुरा छ।” \v 18 अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए। \p यसकारण उनले तिनलाई सेनापतिकहाँ लगेर भने, “कैदी पावलले मलाई बोलाएर यस युवकलाई हजुरकहाँ लिएर जानू भनेर पठाए; किनकि हजुरलाई भन्‍नैपर्ने केही कुरा योसँग छ।” \p \v 19 त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्‍न खोजेको कुरा के हो?” \p \v 20 युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्। \v 21 तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्‍नेछन्। पावललाई नमारेसम्म अन्‍नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।” \p \v 22 सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्‍नू।” \s1 पावल कैसरियामा \p \v 23 त्यसपछि सेनापतिले आफ्ना दुई जना कप्‍तानहरूलाई बोलाएर यस्तो आदेश दिए, “आजै राति नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख। \v 24 पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन सकौं।” \p \v 25 अनि यस किसिमको पत्र तिनले लेखे: \pmo \v 26 सम्माननीय राज्यपाल फेलिक्सलाई, \pmo क्लौडियस लुसियसको \pmo अभिवादन! \pm \v 27 यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्‍ने मैले थाहा पाएँ। \v 28 तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्‍न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ। \v 29 मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन। \v 30 जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु। \p \v 31 त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए। \v 32 भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के। \v 33 कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए। \v 34 पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्‍ने थाहा पाए, \v 35 र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए। \c 24 \s1 फेलिक्सका सामु मुद्दा \p \v 1 पाँच दिनपछि प्रधान पुजारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्‍लस नामको एक जना वकील लिएर कैसरिया पुगे; र त्यहाँ तिनीहरूले राज्यपालका सामु पावलका विरुद्ध आफ्नो मुद्दा पेश गरे। \v 2 जब पावल त्यहाँ बोलाइए, तर्तुल्‍लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ। \v 3 हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ। \v 4 तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु। \p \v 5 “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौँ। संसारभरिका यहूदीहरूमा हुलदङ्गा मच्‍चाइरहेको छ। यो नासरी पन्थको अगुवा पनि हो। \v 6 अनि यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्‍यो। त्यसैकारण हामीले यसलाई समातेका हौँ। हामीले त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौँ। \v 7 तर सेनापति लुसियस आएर जबरजस्ती यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो,\f + \fr 24:7 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \v 8 र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैँले त्यसलाई जाँचेर हामीले यसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्‍न सक्नुहुन्छ।” \p \v 9 त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए। \p \v 10 त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्दछु। \v 11 हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। \v 12 यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा सहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्। \v 13 मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्। \v 14 तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्‍वरलाई आराधना गर्दछु भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्‍वास राख्छु। \v 15 अनि यी मानिसहरूको जस्तै मेरो पनि परमेश्‍वरमा त्यही आशा छ, धर्मीहरू र दुष्‍ट दुवै मरेकाहरूको पुनरुत्थान हुन्छ। \v 16 यसकारण म सधैँ परमेश्‍वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु। \p \v 17 “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्‍याउन म यरूशलेममा आएको थिएँ। \v 18 यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न त कुनै उत्पात मच्‍चाउन म लागेको थिएँ। \v 19 तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो। \v 20 अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्। \v 21 यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरूको पुनरुत्थान हुन्छ भन्‍ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ” \p \v 22 त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।” \v 23 त्यसपछि तिनले एउटा सेनापतिलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता भने दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए। \p \v 24 केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्‍लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्‍ट येशूमा भएको विश्‍वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने। \v 25 जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्सले भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुन्छ, म तिमीलाई फेरि बोलाउनेछु।” \v 26 साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्‍ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे। \p \v 27 जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे। \c 25 \s1 पावल फेस्तसका सामु \p \v 1 त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए। \v 2 त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए। \v 3 तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए। \v 4 फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु। \v 5 तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।” \p \v 6 दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए। \v 7 जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए। अनि उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्। \p \v 8 त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्‍न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।” \p \v 9 यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?” \p \v 10 पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ। \v 11 यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।” \p \v 12 आफ्नो सभासँग सल्‍लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।” \s1 राजा अग्रिपासँग फेस्तसको सल्‍लाह \p \v 13 त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए। \v 14 तिनीहरू त्यहाँ धेरै दिन बस्‍ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ। \v 15 म यरूशलेममा गएका बेलामा मुख्य पुजारीहरू र यहूदीहरूका प्रधानहरूले उसको विरुद्धमा थुप्रै आरोपहरू लगाएर उसलाई दण्ड दिइयोस् भनी माग गरे। \p \v 16 “त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन। \v 17 जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्‍नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ। \v 18 जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्। \v 19 त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नामको एक जना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो। \v 20 यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ। \v 21 तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्‍ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।” \p \v 22 यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफैँ सुन्‍न चाहन्छु।” \p उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्‍नुहुनेछ।” \s1 राजा अग्रिपाको समक्ष पावल \p \v 23 भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्‍च अधिकृतहरू र सहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए। \v 24 त्यसपछि फेस्तसले भने: “राजा अग्रिपा र हाम्रा बीचमा उपस्थित हुनुभएका सबै भद्र जनहरू हो, तपाईंहरू यस मानिसलाई देखिरहनुभएको छ! यरूशलेममा साथै यहाँ कैसरियामा भएका सम्पूर्ण यहूदी समुदायकाले यो मानिस अब उप्रान्त बाँच्ने योग्य छैन भनी मेरो सामु जोडतोडका साथ उजुर गरेका छन्। \v 25 यसले ज्यान मारिन लायकको सजाय पाउनेजस्तो केही गरेको म पाउँदिनँ, तर यसले सम्राट सामु उजुर गरेको हुनाले मैले उसलाई रोम पठाउने निर्णय गरेँ। \v 26 तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरा मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु। \v 27 किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्‍लेख नगरी त्यसै रोम पठाउनु ठिक छैन।” \c 26 \p \v 1 त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” \p तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले: \v 2 “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु। \v 3 यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु। \p \v 4 “मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्। \v 5 तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्। \v 6 परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु। \v 7 यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्‍वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्। \v 8 मरेकाहरूलाई परमेश्‍वरले जीवित पार्नुहुन्छ भन्‍ने कुरामा किन तपाईंहरू कति पनि विश्‍वास गर्न सक्नुहुन्‍न? \p \v 9 “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ। \v 10 अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ। \v 11 तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्‍वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ। \p \v 12 “यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ। \v 13 हे राजा, अपरान्हको समयमा, म बाटोमा जाँदै गर्दा स्वर्गबाट आएको एउटा तेज मैले देखेँ। त्यो तेज सूर्यभन्दा बढी चहकिलो थियो, र यो मेरो र मसँग यात्रा गर्ने सङ्गीहरूको चारैतिर चम्किरहेको थियो। \v 14 हामी सबै भुइँमा पछारियौँ; तब हिब्रू भाषामा एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात्तीले हान्दा तिमीलाई नै कठिन हुन्छ।’ \p \v 15 “त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ \p “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। \v 16 अब तिमी उठ र आफ्ना पाउमा उभ। मेरा बारेमा तिमीले जे-जे देख्यौ, र म तिमीलाई जे-जे देखाउनेछु, ती सबैको साक्षी बन्‍ने र मेरो सेवकको रूपमा तिमीलाई नियुक्त गर्ने उद्देश्यले म तिम्रो सामु देखा परेको हुँ। \v 17 म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु, \v 18 ताकि तिनीहरूका आँखा खोलिऊन् र तिनीहरू अँध्यारोबाट उज्यालोमा र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्कून्। यसरी तिनीहरूले पापहरूबाट क्षमा पाऊन् र ममाथि विश्‍वास गरेका पवित्र जनहरूको बीचमा ठाउँ पाउन सकून्।’ \p \v 19 “त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। \v 20 सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्‍चात्ताप गर्नुपर्दछ, परमेश्‍वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्‍चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ। \v 21 त्यसकारण केही यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मार्ने प्रयास गरे। \v 22 तर परमेश्‍वरले आजका दिनसम्म मलाई सहायता गर्नुभएको छ; त्यसकारण आज म यहाँ उभिएको छु; र साना र ठूला सबैको सामु साक्षी दिँदैछु। अगमवक्ताहरू र मोशाले हुन आउने कुराहरूका बारेमा जे भनेका थिए, त्योभन्दा बढ्ता मैले कुनै कुरा पनि भनेको छैनँ। \v 23 अर्थात् ख्रीष्‍टले ठूलो कष्‍ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।” \p \v 24 यति सुन्‍नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।” \p \v 25 तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्। \v 26 राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्‍कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्‍वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्। \v 27 हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्‍वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्‍वास राख्नुहुन्छ।” \p \v 28 त्यसपछि अग्रिपाले पावललाई भने, “यति छोटो समयभित्र तिमी मलाई ख्रीष्‍टियान हुन राजी गराउन सक्छु भनी सोच्दैछौ?” \p \v 29 पावलले जवाफ दिए, “छोटो समय होस् वा लामो, म परमेश्‍वरसँग प्रार्थना गर्दछु, कि तपाईं मात्र होइन, तर मलाई बाँधिएका यी साङ्लाहरूबाहेक, आज मेरो कुरा सुनिरहनुभएका सबै जना मजस्तै हुनुहोस्।” \p \v 30 तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे। \v 31 तिनीहरू त्यस कोठाबाट बाहिर गएपछि, एक-अर्कासँग कुरा गर्दै भन्‍न थाले, “मृत्युको सजाय र जन्मकैद सजाय पाउने खालको कुनै काम यो मानिसले गरिरहेको छैन।” \p \v 32 अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।” \c 27 \s1 पावलको रोम यात्रा \p \v 1 जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्‍ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो। \v 2 एड्रामिटेनोसबाट एशियाका विभिन्‍न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्‍यौँ। अरिस्तार्खस नाम भएका थेसलोनिकीका एक जना म्यासिडोनी पनि हामीसँगै थिए। \p \v 3 भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्। \v 4 त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्‍यौँ र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौँ। \v 5 अनि हामी किलिकिया र पामफिलियापारि खुल्‍ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ। \v 6 त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए। \v 7 धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अगि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्‍यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, तब क्रेटको आड लिँदै हामी सालमोनेको पल्‍लोपट्टि हुँदै गयौँ। \v 8 बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ। \p \v 9 धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो। किनभने प्रायश्‍चितको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने, \v 10 “हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।” \v 11 तर सेनापतिले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्‍लाहमा काम गरे। \v 12 त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले फोनिक्स पुग्ने र त्यहीँ हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गरे। फोनिक्स क्रेटको बन्दरगाह थियो, जुन दक्षिण-पश्‍चिम र उत्तर-पश्‍चिम दुवैतिर फर्केको थियो। \s1 समुद्रमा आँधीबेहरी \p \v 13 दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्‍ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले। \v 14 तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो। \v 15 त्यस आँधीको चपेटामा जहाज पर्‍यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ। \v 16 कौडा भन्‍ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ। \v 17 मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्‍ने बलौटे धापमा भासिएला भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए। \v 18 भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्‍याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे। \v 19 तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए। \v 20 जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्‍यो, तब हामीले बाँचौँला भन्‍ने सबै आशा नै त्यागिदियौँ। \p \v 21 मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्‍लाहलाई तपाईंहरूले मान्‍नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो। \v 22 तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्‍ट हुनेछ। \v 23 किनकि म जुन परमेश्‍वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए, \v 24 अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्‍वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’ \v 25 त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्‍नुहोस्, किनकि परमेश्‍वरले मलाई जे भन्‍नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्‍वास छ। \v 26 तैपनि हामीचाहिँ कुनै टापुमा बजारिनै पर्छ।” \s1 पानी जहाजको नाश \p \v 27 चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए। \v 28 त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए। \v 29 हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे। \v 30 जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले। \v 31 त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्‍न।” \v 32 यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जान दिए। \p \v 33 झिसमिसे बिहानी हुनुभन्दा अगि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन। \v 34 अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।” \v 35 यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्‍वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले। \v 36 यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले। \v 37 हामी सबै मिलाएर त्यस जहाजमा दुई सय छयहत्तर जना थियौँ। \v 38 तिनीहरू सबैले यथेष्‍ट भोजन खाएपछि जहाजमा भएको गहुँ समुद्रमा फालेर त्यसलाई हलुको पारे। \p \v 39 जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्‍न सकेनन्; तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे। \v 40 तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जान दिए। \v 41 तर बालुवाको थुप्रोमा जहाज ठोक्‍किन पुग्यो र त्यसैमा भासियो। जहाजको अगिल्‍लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्‍लो भाग समुद्रका छालहरूका धक्‍काले टुक्रिन थाल्यो। \p \v 42 कैदीहरूमध्ये कुनै पनि कैदी पौडेर भाग्लान् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना बनाए। \v 43 तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्‍ने आदेश दिए। \v 44 अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्‍ने आदेश दिए। यसरी सबै जना सुरक्षित किनारमा पुगे। \c 28 \s1 पावल माल्टामा \p \v 1 सुरक्षितसाथ किनारमा पुगेपछि हामीले थाहा पायौँ, त्यो टापुको नाम माल्टा रहेछ। \v 2 टापुका बासिन्दाहरूले हामीप्रति अद्‌भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे। \v 3 जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो। \v 4 जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्‍न थाले, “यो मानिस पक्‍कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।” \v 5 तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन। \v 6 मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि तिनीहरूको सोच बदलियो र उनलाई देवता भन्‍न थाले। \p \v 7 त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापुका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे। \v 8 तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे। \v 9 यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए। \v 10 तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौँ, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए। \s1 रोममा पावलको आगमन \p \v 11 तीन महिनापछि यसै टापुमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौँ। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अगिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो। \v 12 सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौँ। \v 13 त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ। \v 14 त्यहाँ हामीले केही विश्‍वासीहरूलाई भेट्यौँ, तिनीहरूले हामीलाई एक हप्‍ता बस्‍ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौँ। \v 15 त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्‍वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए। \v 16 जब हामी रोम सहर प्रवेश गर्‍यौँ, तब एउटा सिपाहीको रेख-देखमा पावललाई अलग्गै बस्‍ने अनुमति मिल्यो। \s1 रोममा पावलको प्रचार \p \v 17 तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबै जना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ; तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ। \v 18 तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ। \v 19 तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ। \v 20 यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने म इस्राएलको आशाको कारण यस साङ्लोले बाँधिएको छु।” \p \v 21 तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौँ र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन। \v 22 तर पनि तपाईंका धारणाहरू हामी सुन्‍न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।” \p \v 23 तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्‍वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्न गरे। \v 24 उनले भनेका ती कुराहरूमा कतिले विश्‍वास गरे, र कतिले विश्‍वास गरेनन्। \v 25 तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्‍नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो: \q1 \v 26 “ ‘यी मानिसहरूकहाँ जा र भन्, \q1 “तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; \q2 तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।” \q1 \v 27 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; \q2 आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, \q2 र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; \q1 नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, \q2 आफ्ना कानले तिनीहरू सुन्‍नेथिए, \q2 आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, \q1 र म तिनीहरूलाई निको पार्नेथिएँ।’\f + \fr 28:27 \fr*\ft \+xt यशै 6:9, 10\+xt*\ft*\f* \p \v 28 “त्यसकारण तपाईंहरूलाई यो कुरा थाहा होस् भन्‍ने म चाहन्छु, कि परमेश्‍वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ; अनि तिनीहरूले यो स्वीकार गर्नेछन्।” \v 29 पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए।\f + \fr 28:29 \fr*\ft केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।\ft*\f* \p \v 30 दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे। \v 31 उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्‍वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिए।