\id 2TI - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 तिमोथी \toc1 तिमोथीलाई पावलको दोस्रो पत्र \toc2 2 तिमोथी \toc3 2 तिमो \mt1 तिमोथीलाई पावलको दोस्रो पत्र \c 1 \po \v 1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावलबाट, \po \v 2 मेरो प्यारो छोरा तिमोथीलाई: \po परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति! \s1 विश्‍वासयोग्य हुनु \p \v 3 जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्‍वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु। \v 4 तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ। \v 5 मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु। \s1 सुसमाचार र पावलप्रति इमानदार हुन आग्रह \p \v 6 यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्‍वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु। \v 7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ। \v 8 यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्‍टमा परमेश्‍वरको शक्तिद्वारा मसँग सहभागी होऊ। \v 9 उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो। \v 10 तर अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको प्रकटद्वारा यो प्रकाशमा ल्याइएको छ। उहाँले मृत्युलाई नाश पार्नुभयो, र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनुभयो। \v 11 अनि यही सुसमाचारको लागि म एक प्रचारक, प्रेरित र शिक्षकको रूपमा नियुक्त गरिएको छु। \v 12 यसकारण मैले यी कष्‍टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्‍वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्‍चित छु। \p \v 13 तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्‍ट येशूमा विश्‍वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख। \v 14 हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख। \s1 इमानदारीको उदाहरण \p \v 15 तिमीलाई थाहै छ, कि एशिया प्रान्तमा\f + \fr 1:15 \fr*\fqa एशियाको प्रान्त \fqa*\ft वा \ft*\fqa राज्य \fqa*\ft प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो।\ft*\f* हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोगेनस पनि हुन्। \p \v 16 प्रभुले ओनेसिफरसका परिवारमाथि कृपा देखाऊन्; किनकि तिनले मलाई घरी-घरी हौसला दिन्थे, र तिनी मेरो बन्धनको शर्म मान्दैनथे। \v 17 तर जब तिनी रोममा आए, मलाई नभेट्टाउन्जेल परिश्रमसाथ मेरो खोजी गरे। \v 18 त्यस दिन प्रभुले आफ्नो कृपा तिनलाई प्रदान गरून्! तिनले मलाई एफिससमा गरेका सहायताहरू तिमीलाई राम्ररी थाहै छ। \c 2 \s1 ख्रीष्‍ट येशूको असल सिपाही \p \v 1 यसकारण तिमी, मेरो छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। \v 2 मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्। \v 3 ख्रीष्‍ट येशूका असल सिपाहीझैँ मसँग कष्‍ट भोग। \v 4 सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ। \v 5 यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन। \v 6 परिश्रम गर्ने किसानले नै पहिला अन्‍नको हिस्सा पाउनुपर्छ। \v 7 मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ। \p \v 8 मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो। \v 9 यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्‍ट भोगिरहेछु; तर परमेश्‍वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन। \v 10 यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु। \p \v 11 यो भनाइ विश्‍वासयोग्य छ: \q1 यदि हामी उहाँसित मर्‍यौँ भने, \q2 हामी उहाँसित जिउने पनि छौँ; \q1 \v 12 यदि हामीले सह्‍यौँ भने, \q2 हामी उहाँसित राज्य पनि गर्नेछौँ। \q1 यदि हामीले उहाँलाई त्याग्यौँ भने, \q2 उहाँले पनि हामीलाई त्याग्नुहुनेछ; \q1 \v 13 यदि हामी विश्‍वासरहित छौँ भने तापनि \q2 उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ; \q2 किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्‍न। \s1 परमेश्‍वरबाट नियुक्त कामदार \p \v 14 परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ। \v 15 आफूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ। \v 16 भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्। \v 17 तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्, \v 18 जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्। \v 19 तैपनि परमेश्‍वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्‍नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्‍टताबाट अलग हुनैपर्छ।” \p \v 20 एउटा सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ। \v 21 यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्‍नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ। \p \v 22 यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग। \v 23 मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्‍न गराउँछन्। \v 24 प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ। \v 25 आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्; \v 26 अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ। \c 3 \p \v 1 तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्। \v 2 मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र, \v 3 प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने, \v 4 विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने, \v 5 भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू। \p \v 6 यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्‍क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्‍ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्। \v 7 यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्। \v 8 जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्‍ट भएको हुन्छ, र विश्‍वासमा साँचो हुँदैनन्। \v 9 तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्। \s1 तिमोथीलाई पावलको आदेश \p \v 10 तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्‍वास, धीरज, प्रेम, सहनशीलता, \v 11 सतावटहरू, कष्‍टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो। \v 12 वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ। \v 13 तर दुष्‍ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्। \v 14 तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्‍वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्। \v 15 तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा पाइने मुक्तिमा डोर्‍याउने ज्ञान दिन सक्षम् छ। \v 16 सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट\f + \fr 3:16 \fr*\fq सास-फुकाइ \fq*\ft जसले \ft*\fqa परमेश्‍वरको आत्माद्वारा प्रेरणा भएको \fqa*\ft भन्‍ने अर्थ दिन्छ।\ft*\f* हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ। \v 17 जसद्वारा परमेश्‍वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्। \c 4 \p \v 1 परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु: \v 2 वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ। \v 3 किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्। \v 4 तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काएर दन्त्यकथाहरूतिर लगाउनेछन्। \v 5 तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्‍ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर। \p \v 6 किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ। \v 7 मैले उत्तम लडाइँ लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु, र मैले विश्‍वासलाई जोगाइराखेको छु। \v 8 अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ। \s1 व्यक्तिगत कुराहरू \p \v 9 मकहाँ चाँडै आउने भरमग्दूर प्रयत्न गर; \v 10 किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्। \v 11 अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्। \v 12 मैले तुखिकसलाई एफिससमा पठाएँ। \v 13 तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ। \p \v 14 तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्‍याएको छ। त्यसले गरेको कामको बदला परमेश्‍वरले नै लिनुहुनेछ। \v 15 त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस। \p \v 16 जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्। \v 17 तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो। \v 18 प्रभुले मलाई हरेक दुष्‍ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन। \b \s1 अन्तिम अभिवादन \p \v 19 प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ। \b \p \v 20 इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ। \v 21 हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। \b \p युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्। \b \p \v 22 प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!