\id 2TH - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 थेसलोनिकी \toc1 थेसलोनिकीका मण्डलीलाई पावलको दोस्रो पत्र \toc2 2 थेसलोनिकी \toc3 2 थेस \mt1 थेसलोनिकीका मण्डलीलाई पावलको दोस्रो पत्र \c 1 \po \v 1 पावल, सिलास\f + \fr 1:1 \fr*\fq सिलास \fq*\ft मूल भाषामा \ft*\fqa सिलभानस \fqa*\ft भनिन्छ।\ft*\f* र तिमोथीबाट, \po हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई: \po \v 2 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति! \s1 धन्यवाद ज्ञापन र प्रार्थना \p \v 3 हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनैपर्छ। \v 4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ। \p \v 5 यो सबै परमेश्‍वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ। \v 6 परमेश्‍वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ। \v 7 अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ। \v 8 उहाँले परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई सजाय दिनुहुनेछ। \v 9 तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्। \v 10 यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्‍वास गर्‍यो। \p \v 11 यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्‍वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्। \v 12 हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्। \c 2 \s1 अधर्मी मानिस \p \v 1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ। \v 2 प्रभुको दिन आइसकेको छ भन्‍नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्‍वास नगर। \v 3 तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्‍वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन। \v 4 त्यसले ईश्‍वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्‍च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्‍वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्‍वरको मन्दिरमा स्थापना गर्नेछ। \p \v 5 म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र? \v 6 अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्। \v 7 किनकि अधर्मको शक्ति गुप्‍त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ। \v 8 अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्‍ट पार्नुहुनेछ। \v 9 त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ। \v 10 अनि नष्‍ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्‍टतासहित आउनेछ। तिनीहरू नष्‍ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्। \v 11 यसकारण त्यस झूटमा तिनीहरूले विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ \v 12 र सत्यतामा विश्‍वास नगर्ने, तर दुष्‍टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्। \s1 स्थिर भइरहनु \p \v 13 तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्‍वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्‍नुभयो\f + \fr 2:13 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa किनभने सुरुबाट परमेश्‍वरले तिमीहरूलाई चुन्‍नुभयो।\fqa*\f*। \v 14 उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमामा सहभागी हुन सक। \p \v 15 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू। \p \v 16 हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले, र हाम्रा परमेश्‍वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो; \v 17 उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्। \c 3 \s1 प्रार्थनाको लागि बिन्ती \p \v 1 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्। \v 2 सबै जनासँग विश्‍वास हुँदैन; त्यसकारण हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ। \v 3 तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ। \v 4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्‍चित छौँ। \v 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतामा डोर्‍याऊन्। \s1 अल्छेपनको विरुद्धमा चेतावनी \p \v 6 हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्‍टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्‍वासी अल्छे छ र बाधा पुर्‍याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्‍वासीबाट अलग बस। \v 7 किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ, \v 8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौँ। \v 9 हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ। \v 10 किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।” \p \v 11 तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्‍याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्। \v 12 यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्‍टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्। \v 13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक। \p \v 14 यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्। \v 15 तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्‍वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ। \b \s1 अन्तिम अभिवादन \p \v 16 अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्। \b \p \v 17 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु। \b \p \v 18 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्!