\id 2SA - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 शमूएल \toc1 शमूएलको दोस्रो पुस्तक \toc2 2 शमूएल \toc3 2 शमू \mt1 शमूएलको दोस्रो पुस्तक \c 1 \s1 दावीदले शाऊलको मृत्युको समाचार पाएका \p \v 1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे। \v 2 तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्‍यो। \p \v 3 दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” \p त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।” \p \v 4 दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” \p त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।” \p \v 5 तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?” \p \v 6 त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए। \v 7 जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’ \p \v 8 “तिनले मलाई सोधे, ‘तँ को होस्?’ \p “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’ \p \v 9 “तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’ \p \v 10 “यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्‍ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।” \p \v 11 तब दावीद र तिनीसित भएका सबै मानिसहरूले तिनीसँगै तिनीहरूका लुगा च्याते। \v 12 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए। \p \v 13 दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” \p त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।” \p \v 14 तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?” \p \v 15 तब दावीदले आफ्ना एक जना मानिसलाई बोलाएर भने, “जाऊ, गएर त्यसलाई मारिदेऊ!” यसकारण त्यस मानिसले त्यसलाई तरवारले हान्यो र मर्‍यो। \v 16 किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’ ” \s1 शाऊल र जोनाथनको निम्ति दावीदको विलाप \p \v 17 दावीदले शाऊल र तिनका छोरा जोनाथनका निम्ति यसरी विलाप गरे, \v 18 अनि यहूदाका सबै मानिसहरूलाई यो विलापको गीत सिकाउने आदेश दिए (यो गीत याशारको पुस्तकमा लेखिएको छ): \q1 \v 19 हे इस्राएल, तेरो महिमा, तेरो उच्‍च स्थानमा ढालिएको छ। \q2 कसरी वीरहरू ढलेका छन्! \b \q1 \v 20 गातको सहरमा यो कुरा नभन्‍नू, \q2 न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू, \q1 नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, \q2 त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्। \b \q1 \v 21 “हे गिल्बोका डाँडाहरू हो, \q2 तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्, \q2 न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्; \q1 किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, \q2 शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।” \b \q1 \v 22 मारिएकाहरूको रगतबाट, \q2 वीर मानिसको शरीरबाट, \q1 जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। \q2 शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन। \q1 \v 23 “शाऊल र जोनाथन \q2 तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; \q2 अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। \q1 तिनीहरू गरुडभन्दा फूर्तिला थिए, \q2 तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए। \b \q1 \v 24 “हे इस्राएलका छोरीहरू हो, \q2 शाऊलका निम्ति रोओ, \q1 जसले तिमीहरूलाई रातो र मिहिन वस्त्र पहिर्‍याए, \q2 जसले तिमीहरूका वस्त्रहरूलाई सुनका गहनाले सिँगारिदिए।” \b \q1 \v 25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! \q2 जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्। \q1 \v 26 मेरा भाइ, जोनाथन म तिम्रा निम्ति शोक गर्छु; \q2 तिमी मेरा निम्ति अति प्रिय थियौ। \q1 मप्रति तिम्रो प्रेम अचम्मको थियो, \q2 स्त्रीहरूको प्रेमभन्दा पनि अझ उत्तम थियो। \b \q1 \v 27 “वीर मानिसहरू कसरी ढलेका छन्! \q2 लडाइँका हतियारहरू कसरी नष्‍ट भएका छन्!” \c 2 \s1 दावीद यहूदाका राजा अभिषेक भएका \p \v 1 समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?” \p याहवेहले भन्‍नुभयो, “माथि उक्लिजा।” \p दावीदले सोधे, “म माथि कुन सहरमा जाऊँ?” \p याहवेहले जवाफ दिनुभयो, “हेब्रोनमा जा।” \p \v 2 यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए। \v 3 दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे। \v 4 तब यहूदाका मानिसहरू हेब्रोनमा आए; अनि त्यहाँ तिनीहरूले दावीदलाई यहूदाको कुलमाथि राजा अभिषेक गरे। \p जब दावीदलाई शाऊललाई गाड्ने मानिसहरू याबेश-गिलादका रहेछन् भनी भनियो, \v 5 तब तिनले याबेश-गिलादका मानिसहरूकहाँ समाचार दिन दूतहरू पठाए, “तिमीहरूका मालिक शाऊललाई गाडेर तिमीहरूले उहाँप्रति दया देखाएको कारण याहवेहले तिमीहरूलाई आशिष् देऊन्। \v 6 याहवेहले तिमीहरूमाथि दया र विश्‍वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु। \v 7 अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।” \s1 दावीद र शाऊलका घरानाबीच युद्ध \p \v 8 यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए। \v 9 अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए। \p \v 10 शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्‍वासयोग्य भइरहे। \v 11 दावीदले हेब्रोनमा यहूदाको घरानामाथि साँढे सात वर्ष शासन गरे। \p \v 12 नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए। \v 13 सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे। \p \v 14 तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।” \p योआबले भने, “ठिक छ, तिनीहरूलाई त्यसै गर्न लगाओ।” \p \v 15 यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए। \v 16 तब हरेक मानिसले आफ्नो विपक्षीको टाउकोमा पक्रेर त्यस विरोधीको कोखामा छुरी रोपिदिए। अनि तिनीहरू चौबीसै जना एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्‍जुरीम\f + \fr 2:16 \fr*\fq हेल्कत-हज्‍जुरीम \fq*\ft जसको अर्थ \ft*\fqa छुराको खेत \fqa*\ft अथवा \ft*\fqa शत्रुताको खेत\fqa*\f* भनिन्छ। \p \v 17 त्यस दिनको लडाइँ अति भयानक थियो; अनि अबनेर र इस्राएलका मानिसहरू दावीदका मानिसहरूद्वारा परास्त भए। \p \v 18 सरूयाहका तीन छोराहरू: योआब, अबीशै र असाहेल थिए। असाहेलचाहिँ मैदानमा कुदिहिँड्ने हरिणजस्तै फूर्तिला थिए। \v 19 तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे। \v 20 अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?” \p तिनले जवाफ दिए, “हजुर, म नै हुँ।” \p \v 21 तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्। \p \v 22 फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?” \p \v 23 तर असाहेलले तिनलाई खेद्न छोडेनन्; यसकारण अबनेरले आफ्नो भाला असाहेलको पेटमा रोपिदिए। भाला तिनको पिठिउँबाट बाहिर निस्क्यो। तिनी त्यहीँ ढले, र ठहरै मरे। तब असाहेल लडेर मरेको ठाउँमा आइपुग्ने हरेक मानिस त्यहीँ रोकिए। \p \v 24 तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे। \v 25 तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए। \p \v 26 अबनेरले योआबलाई कराएर भने, “के हामी सधैँको लागि लडाइँ गरिरहने? के लडाइँको अन्त्य तितोपनामा मात्र हुनेछ भनी तिमीलाई थाहा छैन? तिमीले आफ्ना मानिसहरू, तिनीहरूका इस्राएली दाजुभाइहरूलाई खेद्न छोडिदिनू भनेर कहिले भन्‍ने?” \p \v 27 योआबले जवाफ दिए, “जीवित परमेश्‍वरलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले यो कुरा नभनेको भए यी मानिसहरूले बिहानसम्म नै खेदिरहने थिए।” \p \v 28 यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे। \p \v 29 त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे। \p \v 30 तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्‍नाइस जना मानिसहरू हराएका थिए। \v 31 तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए। \v 32 तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे। \c 3 \p \v 1 शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्‍यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो। \b \lh \v 2 हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: \b \li1 तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए; \li1 \v 3 माहिलो किलाब, कर्मेलको नाबालकी विधवा अबीगेलका छोरा थिए; \li1 साहिँलो गेशूरका राजा तल्मै अब्शालोमकी छोरी माकाको छोरा थिए; \li1 \v 4 काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; \li1 ठाहिँलो शपत्याह अबीतलका छोरा थिए; \li1 \v 5 अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। \b \lf दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए। \s1 अबनेर दावीदको पक्षमा गएका \p \v 6 शाऊलका घराना र दावीदका घरानाको बीचमा युद्ध भइरहेको बेला अबनेरले शाऊलको घरानामा आफ्नो स्थान बलियो पार्दैगए। \v 7 शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?” \p \v 8 ईश्बोशेतले भनेको कुराले अबनेर अति रिसाए। तिनले जवाफ दिए, “के म यहूदाको पक्षमा बस्‍ने कुकुर हुँ र? आजको यस दिनसम्म म तपाईंको पिता शाऊलप्रति अनि उहाँको परिवार र मित्रहरूप्रति इमानदार छु। मैले तपाईंलाई दावीदको हातमा सुम्पेको छैनँ। यद्यपि अहिले तपाईं एउटा स्त्रीको विषयमा मलाई दोष लगाउनुहुन्छ! \v 9 यदि मैले दावीदसँग परमेश्‍वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने, \v 10 याहवेहले अबनेरसित कठोर व्यवहार गरून्।” \v 11 ईश्बोशेतले अबनेरलाई अर्को शब्द भन्‍ने साहस नै गरेनन्; किनकि तिनी अबनेरसँग डराए। \p \v 12 त्यसपछि अबनेरले आफ्नो पक्षबाट दावीदसित यसरी भन्‍नू भनेर दूतहरू पठाए, “यो देश कसको हो? मसित सन्धि गर्नुहोस्, र म सारा इस्राएललाई तपाईंकहाँ ल्याउनलाई सहायता गर्नेछु।” \p \v 13 दावीदले भने, “ठिक छ, म तिमीसँग सन्धि गर्नेछु। तर म तिमीबाट एउटा कुरा माग गर्छु। तिमीले मलाई भेट्न आउँदा शाऊलकी छोरी मीकललाई नलिई आउन पाउनेछैनौ।” \v 14 तब दावीदले शाऊलका छोरा ईश्बोशेतकहाँ यो मागसहित दूतहरू पठाए, “मैले एक सय पलिश्तीहरूका खलडीहरूको दाम चुकाएर मगनी गरेको मेरी पत्नी मीकल मलाई सुम्पिदेऊ।” \p \v 15 यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए। \v 16 तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए। \p \v 17 अबनेरले इस्राएलका प्रधानहरूलाई भने, “केही समयदेखि तपाईंहरूले दावीदलाई राजा बनाउन चाहनुभएको थियो। \v 18 अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ” \p \v 19 अबनेरले बेन्यामीनीहरूसँग पनि व्यक्तिगत रूपमा बातचित गरे। त्यसपछि तिनी इस्राएल र बेन्यामीनका सम्पूर्ण घरानाले के गर्न चाहन्छन्, ती सम्पूर्ण कुराहरू बताउनलाई हेब्रोनमा दावीदकहाँ गए। \v 20 जब अबनेर आफूसँग भएका बीस जना मानिसहरू लिएर हेब्रोनमा दावीदकहाँ गए, तब दावीदले तिनी र तिनका मानिसहरूका निम्ति एउटा भोज तयार गरे। \v 21 अनि अबनेरले दावीदलाई भने, “मलाई जान दिनुहोस्, र गएर मेरा मालिक राजाको निम्ति सारा इस्राएललाई भेला गर्न सकूँ, ताकि तिनीहरूले हजुरसँग करार बाँधून्। अनि तपाईंले आफूले इच्छा गर्नुभएझैँ सबैमाथि शासन गर्न सक्नुहुनेछ।” यसकारण दावीदले अबनेरलाई पठाइदिए; अनि तिनी शान्तिसँग गए। \s1 योआबले अबनेरको हत्या गरेका \p \v 22 त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए। \v 23 जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो। \p \v 24 यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्! \v 25 तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।” \p \v 26 तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन। \v 27 जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्‍तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे। \p \v 28 पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ। \v 29 योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्‍ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!” \p \v 30 (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।) \p \v 31 तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे। \v 32 तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए। \p \v 33 राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: \q1 “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र? \q2 \v 34 तिम्रा हातहरू बाँधिएका थिएनन्, \q2 न त तिम्रा पाउहरूमा साङ्ला थिए, \q1 तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” \p अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए। \p \v 35 तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्‍वरले मप्रति कठोर व्यवहार गरून्!” \p \v 36 सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो। \v 37 यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे। \p \v 38 तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ? \v 39 आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्‍ट काम गर्नेलाई त्यसको दुष्‍ट कामअनुसार नै प्रतिफल देऊन्!” \c 4 \s1 ईश्बोशेतको हत्या \p \v 1 जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भएको खबर सुने, तब तिनको हिम्मत हरायो; अनि सारा इस्राएल भयभीत भए। \v 2 शाऊलका छोराका दुई जना छापामार गर्ने दलका अगुवाहरू थिए। एक जनाको नाम बानाह र अर्काको नाम रेकाब थियो। तिनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनकै एक भाग मानिन्थ्यो। \v 3 किनकि बेरोतका मानिसहरू गित्तैममा भागे र आजको दिनसम्मै तिनीहरू त्यहाँ प्रवासीझैँ बसोबास गर्दै आइरहेका छन्। \p \v 4 (शाऊलका छोरा जोनाथनका दुवै खुट्टा लङ्गडा भएको एउटा छोरा थियो। यिजरेलबाट शाऊल र जोनाथनको मृत्युको खबर आउँदा तिनी पाँच वर्षका थिए। तिनकी धाईआमाले तिनलाई लिएर भागिन्। तर तिनी हतार-हतार भाग्न लाग्दा लडिन्, र जोनाथनको छोरा अपाङ्ग भएका थिए। तिनको नाम मपीबोशेत थियो।) \p \v 5 अब बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह ईश्बोशेतका घरतिर लागे। तिनीहरू दिनको चर्को गर्मीमा त्यहाँ पुगे, जब ईश्बोशेत दिउँसोको विश्राम गरिरहेका थिए। \v 6 तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्‍क भागे। \p \v 7 ईश्बोशेत आफ्नो सुत्ने कोठामा पलङमा सुतिरहेको समयमा तिनीहरू तिनको घरभित्र पसेका थिए। तिनीहरूले तिनलाई छुरी रोपेर मारिसकेपछि तिनको शिर काटे, र त्यो आफूसँगै लिएर रातभरि अराबाको बाटो यात्रा गरिरहे। \v 8 तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दावीदकहाँ लगेर राजालाई भने, “तपाईंको प्राण लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको शिर यहाँ छ। आजको दिन याहवेहले शाऊल र तिनका छोराको विरुद्धमा मेरा मालिक राजाको बदला लिनुभएको छ।” \p \v 9 तब दावीदले बेरोती रिम्मोनका छोरा रेकाब र त्यसको भाइ बानाहलाई जवाफ दिए, “मलाई हरेक विपत्तिबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, \v 10 जब एउटा मानिसले मलाई भन्यो, ‘शाऊल मर्‍यो,’ अनि त्यसले आफूले असल समाचार ल्याएको भन्‍ने सोच्यो। तर त्यसलाई सिक्लगमा पक्रेर मैले मारिदिएँ। त्यसको समाचारको निम्ति मैले त्यसलाई त्यसरी नै प्रतिफल दिएँ! \v 11 अब झन् आफ्नै घरमा, आफ्नै पलङमा सुतिरहेका एक जना निर्दोष मानिसलाई दुष्‍ट मानिसहरूले मारेका छन् भने कति बढी दण्ड दिनुपर्ला। अब मैले तिमीहरूको हातबाट उसको रगतको बदला नलिने र पृथ्वीबाट तिमीहरूको नामनिशानै नमेटाइदिने र!” \p \v 12 यसकारण दावीदले आफ्ना मानिसहरूलाई आज्ञा दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले हात र खुट्टा काटिदिए। अनि तिनीहरूका शरीर हेब्रोनको तलाउको छेउमा झुण्ड्याए। तर तिनीहरूले ईश्बोशेतको शिरलाई लिएर त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे। \c 5 \s1 सारा इस्राएलमाथि दावीद राजा भएका \p \v 1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंको आफ्नै रगत र मासु हौँ। \v 2 विगतमा शाऊल हामीमाथि राजा हुँदा इस्राएललाई सैनिक लडाइँमा डोर्‍याउने तपाईं नै हुनुहुन्थ्यो। अनि याहवेहले तपाईंलाई भन्‍नुभएको थियो, ‘तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, र तँ तिनीहरूका शासक हुनेछस्।’ ” \p \v 3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे। \p \v 4 दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे। \v 5 तिनले हेब्रोनमा यहूदामाथि साँढे सात वर्षसम्म राज्य गरे, अनि यरूशलेममा सारा इस्राएल र यहूदामाथि तेत्तीस वर्ष राज्य गरे। \s1 यरूशलेममाथि दावीदको विजय \p \v 6 राजा दावीद र तिनका मानिसहरू यरूशलेममा बस्‍ने यबूसीहरूलाई आक्रमण गर्न यरूशलेमतिर लागे। यबूसीहरूले दावीदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्‍न। अन्धा र लङ्गडाहरूले नै तपाईंहरूलाई धपाउन सक्नेछन्।” तिनीहरूले सोचेका थिए, “दावीद यहाँ पस्‍न सक्नेछैनन्।” \v 7 तर पनि दावीदले सियोनको किल्‍ला, अर्थात् दावीदको सहर कब्जा गरे। \p \v 8 त्यस दिन दावीदले भने, “यबूसीहरूलाई जित्न चाहने जोसुकै पनि पानीको नाला भएर दावीदका शत्रुहरू ‘लङ्गडा र अन्धाहरूकहाँ’ पुग्नुपर्नेछ। त्यसैकारण तिनीहरू भन्दछन्, ‘अन्धा र लङ्गडा’ महलमा पस्‍न पाउनेछैनन्।” \p \v 9 त्यसपछि दावीदले त्यस गढीलाई आफ्नो बासस्थान बनाए। अनि त्यस सहरलाई दावीदको सहर नाम दिए। तिनले सहरको भित्री भागका कौशीका चारैतिरका इलाकालाई बनाए। \v 10 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो। \p \v 11 त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए। \v 12 तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो। \p \v 13 दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए। \v 14 यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन, \v 15 यिभार, एलीशूअ, नेपेग, याफिया, \v 16 एलीशामा, एल्यादा र एलीपेलेत। \s1 दावीदले पलिश्तीहरूलाई परास्त गरेका \p \v 17 जब दावीद इस्राएलमाथि राजा अभिषिक्त भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर दावीदले यो कुरा सुनेर तल गढीमा शरण लिन गए। \v 18 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे। \v 19 यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्‍लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” \p याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्पिदिनेछु।” \p \v 20 यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम\f + \fr 5:20 \fr*\ft अथवा \ft*\fqa प्रभु बाढीझैँ उर्लेर निस्कनुभयो।\fqa*\f* भनियो। \v 21 पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडे। अनि दावीद र तिनका मानिसहरूले ती लगे। \p \v 22 पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे। \v 23 यसकारण दावीदले याहवेहसँग सल्‍लाह लिए। अनि उहाँले भन्‍नुभयो, “यस पटक सीधै आक्रमण नगर्; तर लहरे पीपलका रूखहरूका सामु पछिल्तिरबाट तिनीहरूलाई आक्रमण गर्। \v 24 तैँले लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्‍नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू; किनकि त्यस बेला याहवेह पलिश्ती सेनाहरूलाई प्रहार गर्न तेरो अगि-अगि जानुहुनेछ।” \v 25 यसकारण याहवेहले भन्‍नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि\f + \fr 5:25 \fr*\ft अथवा \ft*\fqa गेबा\fqa*\f* गेजेरसम्मै आक्रमण गरेर मारे। \c 6 \s1 सन्दुक यरूशलेममा ल्याइएको \p \v 1 केही समयपछि दावीदले इस्राएलका सबै सक्षम जवान मानिसहरूलाई एकसाथ भेला गराए, जसको संख्या तीस हजार थियो। \v 2 तिनी र तिनीसँग भएका सबै मानिसहरू सन्दुकमा भएका करूबहरूको बीच सिंहासनमा विराजमान हुनुहुने सेनाहरूका याहवेहको नामद्वारा चिनिएको परमेश्‍वरको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाका\f + \fr 6:2 \fr*\ft अथवा, किरियथ-येरिम (हेर्नुहोस् \+xt 1 इति 13:6\+xt*)\ft*\f* लागि निस्के। \v 3 तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्‍याए। \v 4 तिनीहरूले परमेश्‍वरको सन्दुक भएको नयाँ गाडालाई डोर्‍याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए। \v 5 दावीद र इस्राएलका सारा मानिसहरू गीत,\f + \fr 6:5 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa बाजा\fqa*\f* वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए। \p \v 6 जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाएको कारण सन्दुक नलडोस् भनेर उज्जाहले लम्केर परमेश्‍वरको सन्दुकलाई समाते। \v 7 उज्जाहको लापर्बाही कामको कारण याहवेहको क्रोध तिनीमाथि दन्क्यो। यसकारण परमेश्‍वरले तिनलाई प्रहार गर्नुभयो। तिनी त्यहीँ परमेश्‍वरको सन्दुकको छेउमा मरे। \p \v 8 यसरी याहवेहको क्रोध उज्जाहमाथि आइपरेको कारण दावीद दुःखित भए। अनि आजको दिनसम्मै त्यस ठाउँलाई पेरेस-उज्जाह\f + \fr 6:8 \fr*\ft अथवा \ft*\fqa उज्जाहको विरुद्ध लड्नु।\fqa*\f* भनिन्छ। \p \v 9 त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?” \v 10 याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे। \v 11 याहवेहको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। याहवेहले ओबेद-एदोम र तिनका सम्पूर्ण परिवारलाई आशिष् दिनुभयो। \p \v 12 अब राजा दावीदलाई यसो भनियो, “याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्‍वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।” यसकारण दावीदले परमेश्‍वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए। \v 13 जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए। \v 14 दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे। \v 15 यसरी तिनी र सारा इस्राएलीहरूले कराउँदै र तुरही बजाउँदै याहवेहको सन्दुक लिएर आएका थिए। \p \v 16 जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्। \p \v 17 तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए। \v 18 तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए। \v 19 तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए। \p \v 20 जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!” \p \v 21 दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्‍नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्‍लास मनाउनेछु। \v 22 म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्‍टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।” \p \v 23 यसैकारण शाऊलकी छोरी मीकलको आफू मर्ने बेलासम्म छोराछोरी हुन सकेन। \c 7 \s1 दावीदलाई परमेश्‍वरको प्रतिज्ञा \p \v 1 जब राजा आफ्नो महलमा बस्‍न थाले, र याहवेहले तिनलाई आफ्ना चारैतिरका तिनका सबै शत्रुहरूबाट विश्राम दिनुभयो; \v 2 तब तिनले अगमवक्ता नातानलाई भने, “म यहाँ देवदारुको महलमा बस्दैछु, तर परमेश्‍वरको सन्दुकचाहिँ एउटा पालभित्र छ।” \p \v 3 नातानले राजालाई जवाफ दिए, “तपाईंको मनमा जे राम्रो लाग्छ, त्यो गर्न अगि बढ्नुहोस्; किनकि याहवेह तपाईंसँग हुनुहुन्छ।” \p \v 4 तर त्यस रात याहवेहको वचन नातानकहाँ यसो भनेर आयो: \pm \v 5 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, के तैँले नै मेरा निम्ति घर बनाउनेछस् र? \v 6 मैले इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ। म एक ठाउँदेखि अर्को ठाउँ जाँदा पालकै घरमा बस्दैआएको छु। \v 7 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरो प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका शासकहरूलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’ \pm \v 8 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ। \v 9 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ महान् बनाउनेछु। \v 10 अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए। \v 11 मैले मेरा प्रजा इस्राएलमाथि शासकहरू नियुक्त गरेदेखि नै यसो गर्दैआएको थिएँ। म तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट पनि विश्राम दिनेछु। \pm “ ‘याहवेहले तँलाई यो घोषणा गर्नुहुन्छ, याहवेह आफैँले तेरा निम्ति राजघराना स्थापित गर्नुहुनेछ: \v 12 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु। \v 13 त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु। \v 14 म त्यसको पिता हुनेछु, र त्योचाहिँ मेरो छोरा हुनेछ। यदि त्यसले भूल गर्‍यो भने म त्यसलाई मानिसहरूको लट्ठीले सजाय दिनेछु। अनि मानिसहरूद्वारा त्यसलाई कोर्राले ताडना दिनेछु। \v 15 तर मेरो प्रेम त्यसदेखि कहिल्यै हटाउनेछैनँ, जसरी शाऊलबाट आफ्नो प्रेम हटाएको थिएँ, जसलाई मैले तेरो सामुबाट हटाएँ। \v 16 तेरो वंश र तेरो राज्य मेरो सामु सदाका लागि रहिरहनेछ; तेरो सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ” \p \v 17 नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए। \s1 दावीदको प्रार्थना \p \v 18 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे; र तिनले भने: \pm “हे सर्वशक्तिमान् याहवेह, म को हुँ, र मेरो परिवार के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ? \v 19 अनि यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकको परिवारको भविष्यको बारेमा पनि बताइदिनुभयो—हे सर्वशक्तिमान् याहवेह, के तपाईं साधारण मानिससित सधैँ यस्तो व्यवहार गर्नुहुन्छ र? \pm \v 20 “दावीदले तपाईंलाई अरू बढी के भन्‍न सक्छ र? किनकि हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकलाई चिन्‍नुहुन्छ। \v 21 तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्‍न दिनुभएको छ। \pm \v 22 “हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्‍वर छैन। \v 23 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरू र तिनीहरूका देवी-देवताहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो। \v 24 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नो निजी प्रजाको रूपमा स्थापित गर्नुभएको छ। हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ। \pm \v 25 “यसकारण अब हे याहवेह परमेश्‍वर, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदैव कायम राख्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएझैँ गर्नुहोस्! \v 26 ताकि तपाईंको नाम सदा महान् होस्। तब मानिसहरूले भन्‍नेछन्, ‘सेनाहरूका याहवेह नै इस्राएलमाथि परमेश्‍वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।” \pm \v 27 हे सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई यो प्रकट गर्नुभएको छ, “म तेरा निम्ति एउटा घराना निर्माण गर्नेछु।” यसैकारण तपाईंको सेवकले यो प्रार्थना चढाउने साहस पाएको छ। \v 28 हे सर्वशक्तिमान् याहवेह, तपाईं परमेश्‍वर हुनुहुन्छ! तपाईंका वचनहरू भरोसायोग्य छन्। तपाईंले आफ्नो सेवकको निम्ति यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ। \v 29 “अब आफ्नो सेवकको घरानालाई आशिष् दिनुहोस्, र यो कुरा तपाईंको दृष्‍टिमा सदाका निम्ति कायम रहोस्। किनकि तपाईं सर्वशक्तिमान् याहवेह, बोल्नुभएको छ। तपाईंको आशिष्‌ले तपाईंको सेवकको घर सदा आशिषित रहनेछ!” \c 8 \s1 दावीदका विजयहरू \p \v 1 समय बित्दै गएपछि दावीदले पलिश्तीहरूलाई जिते, र तिनीहरूलाई अधीनमा लिए। अनि तिनले मेथेग-आमाहलाई पलिश्तीहरूको अधीनबाट लिए। \p \v 2 दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे। \p \v 3 यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए। \v 4 दावीदले तिनका एक हजार रथ, सात हजार घोडचढीहरू\f + \fr 8:4 \fr*\ft केही प्राचीन पा.लि.हरूमा 1,700 भनिएको छ।\ft*\f* र बीस हजार पैदल सेनाहरूलाई कैद गरे। तिनले एक सय घोडाबाहेक अरू सबै रथका घोडाहरूका खुट्टाका मूलनसा काटिदिए। \p \v 5 जब सोबाका राजा हददेजेरलाई सघाउन दमस्कसका अरामीहरू आए, तब दावीदले तिनीहरूका बाइस हजार मानिसहरूलाई मारे। \v 6 तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो। \p \v 7 दावीदले हददेजेरका अधिकारीहरूका सुनका ढालहरू लिए, र ती यरूशलेममा ल्याए। \v 8 हददेजेरका सहरहरू तेबह\f + \fr 8:8 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa बेतह\fqa*\f* र बेरोतैबाट दावीदले धेरै मात्रामा काँसा पनि ल्याए। \p \v 9 जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने, \v 10 तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई\f + \fr 8:10 \fr*\ft यसको अर्को नाम हो \ft*\fqa हदोराम\fqa*\f* पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए। \p \v 11 राजा दावीदले ती सामानहरू याहवेहकहाँ अर्पण गरे, जसरी तिनले अरू देशहरूबाट कब्जा गरेर ल्याएका चाँदी र सुनलाई अर्पण गर्ने गर्दथे। \v 12 ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे। \p \v 13 नुनको बेँसीमा अठार हजार एदोमीहरूलाई मारेर फर्केपछि दावीद प्रख्यात भए। \p \v 14 तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो। \s1 दावीदका अधिकारीहरू \p \v 15 दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे। \v 16 सरूयाहका छोरा योआब सेनाहरूका सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। \v 17 अहीतूबका छोरा सादोक र अबीयाथारका छोरा अहीमेलेक पुजारीहरू थिए; सरायाहचाहिँ सचिव थिए। \v 18 बनायाह यहोयादाका छोराचाहिँ करेतीहरू र पेलेथीहरूका प्रमुख थिए। दावीदका छोराहरू राजकीय सल्‍लाहकार\f + \fr 8:18 \fr*\ft मूल भाषामा, \ft*\fqa पुजारी\fqa*\f* थिए। \c 9 \s1 दावीद र मपीबोशेत \p \v 1 दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?” \p \v 2 शाऊलको घरानाका एक जना सीबा नामको नोकर थियो। तिनीहरूले त्यसलाई दावीदको सामु देखा पर्न बोलाए, तब राजाले त्यसलाई भने, “के तँ सीबा होस्?” \p त्यसले जवाफ दियो, “हजुर, तपाईंको सेवक, म उही हुँ।” \p \v 3 राजाले सोधे, “के शाऊलको घरानामा अझै कोही छोडिएको छ, जसलाई म परमेश्‍वरको दया देखाउन सकूँ?” \p सीबाले राजालाई जवाफ दियो, “जोनाथनका एक जना छोरा अझै जीवितै छन्; जसका दुवै खुट्टा लङ्गडा छन्।” \p \v 4 राजाले सोधे, “तिनी कहाँ छन्?” \p सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।” \p \v 5 यसकारण राजा दावीदले तिनलाई लो-देबारबाट अम्मीएलका छोरा माकीरको घरबाट ल्याउन पठाए। \p \v 6 जब शाऊलका नाति, जोनाथनका छोरा, मपीबोशेत दावीदकहाँ आए, तब तिनी दावीदको सामु भुइँमा घोप्टो परेर दण्डवत् गरे। \p दावीदले भने, “मपीबोशेत!” \p तिनले जवाफ दिए, “हजुर, तपाईंको सेवक हाजिर छ।” \p \v 7 दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्‍चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।” \p \v 8 मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?” \p \v 9 तब राजाले शाऊलको नोकर सीबालाई बोलाइपठाए र त्यसलाई भने, “मैले तेरा मालिक शाऊलका नातिलाई शाऊल र तिनका परिवारका सारा सम्पत्ति दिएको छु। \v 10 तँ, तेरा छोराहरू र तेरा सेवकहरूले तिनका निम्ति त्यस जमिनमा खेतीबाली लगाउनू, र अन्‍नबाली भित्र्याउनु, ताकि तेरा मालिकका नातिको भोजन उपलब्ध होस्। तेरा मालिकका नाति मपीबोशेतले चाहिँ मेरो टेबुलमा सधैँ खानेछन्।” (सीबाका पन्ध्र छोराहरू र बीस जना नोकरहरू थिए।) \p \v 11 तब सीबाले राजालाई भने, “मेरो मालिक राजाले सेवकलाई जे आज्ञा गर्नुहुन्छ, तपाईंको सेवकले त्यो सबै गर्नेछ।” यसरी मपीबोशेतले राजाकै छोराहरूले जस्तै दावीदको टेबुलमा खाए। \p \v 12 मपीबोशेतको मीका नाम भएको एउटा सानो छोरा थियो। सीबाका घरानाका सबै सदस्यहरू मपीबोशेतका सेवक थिए। \v 13 मपीबोशेतचाहिँ यरूशलेममा बस्थे; किनकि तिनी दुवै खुट्टाका लङ्गडा थिए। तिनले सधैँ राजाको टेबुलमा खाने गर्थे। \c 10 \s1 दावीदले अम्मोनीहरूलाई परास्त गरेका \p \v 1 केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए। \v 2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। \p जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा आए, \v 3 तब अम्मोनी अधिकारीहरूले तिनीहरूका मालिक हानूनलाई भने, “के दावीदले तपाईंकहाँ समवेदना प्रकट गर्नलाई मानिसहरू पठाएर तपाईंका पितालाई आदर दिइरहेका छन् भनी तपाईं ठान्‍नुहुन्छ? के दावीदले तिनीहरूलाई यस सहरको जानकारी लिएर यसलाई जित्नको लागि जासुसी गर्न पठाएका होइनन् र?” \v 4 यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए। \p \v 5 जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्‍नू, तब मात्र फर्केर आउनू।” \p \v 6 जब अम्मोनीहरूले दावीदका लागि तिनीहरू अप्रिय भएको कुरा महसुस गरे, तब तिनीहरूले बेथ-रहोब र सोबाहबाट बीस हजार अरामी पैदल-सेना भाडामा लिए। साथै एक हजार मानिसहरूसहित माकाका राजालाई लिए; अनि तोबबाट पनि बाह्र हजार मानिसहरू लिए। \p \v 7 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए। \v 8 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे। \p \v 9 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए। \v 10 तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए। \v 11 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु। \v 12 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।” \p \v 13 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे। \v 14 जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए। \p \v 15 जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए। \v 16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए। \p \v 17 जब दावीदलाई यो कुरा सुनाइयो, तब तिनले समस्त इस्राएलीहरूलाई भेला गराए, र यर्दन नदी तरेर हेलाममा गए। अरामीहरूले दावीदको सामना गर्नलाई युद्धको मोर्चा बाँधे, र तिनीसित युद्ध गरे। \v 18 तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे। \v 19 जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए। \p यसकारण अरामीहरू अम्मोनीहरूलाई फेरि सहायता गर्न डराए। \c 11 \s1 दावीद र बतशेबा \p \v 1 बसन्त ऋतुको समयमा जब शासकहरू युद्ध गर्नलाई जान्थे, तब दावीदले राजाका मानिसहरू र इस्राएलका सम्पूर्ण सेनाको साथमा योआबलाई पठाए। तिनीहरूले अम्मोनीहरूलाई नाश गरे, र रब्बा सहरलाई घेरे। तर दावीदचाहिँ यरूशलेममै बसे। \p \v 2 एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्। \v 3 दावीदले तिनको बारेमा बुझ्नलाई एउटा मानिसलाई पठाए। त्यस मानिसले भन्यो, “तिनी एलीआमकी छोरी, हित्ती उरियाहकी पत्नी बतशेबा हुन्।” \v 4 तब दावीदले तिनलाई ल्याउन दूतहरू पठाए। तिनी आइन् र दावीदले तिनीसँग सहवास गरे। (त्यस बेला तिनले आफ्नो रजस्वलापछि आफूलाई शुद्ध पारेकी थिइन्)। त्यसपछि तिनी घर फर्किन्। \v 5 तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्। \p \v 6 तब दावीदले योआबलाई यो खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले तिनलाई दावीदकहाँ पठाए। \v 7 जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे। \v 8 त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो। \v 9 तर उरियाहचाहिँ तिनका मालिकका नोकरहरूसित महलको मूलढोकामा सुते; तल आफ्नो घरमा गएनन्। \p \v 10 जब दावीदलाई उरियाह आफ्नो घर नगएको कुरा बताइयो, तब तिनले उरियाहलाई बोलाएर सोधे, “के तिमी युद्ध यात्राबाट आएको होइनौ? तिमी किन घर गएनौ?” \p \v 11 उरियाहले दावीदलाई भने, “सन्दुक र इस्राएल अनि यहूदाका सबै मानिसहरू पालमा बसिरहेका छन्। अनि मेरा मालिक योआब र मेरा स्वामीका मानिसहरू खुल्‍ला मैदानमा रहेका छन्। मचाहिँ कसरी आफ्नो घरमा खानपिन गरी आफ्नो पत्नीसित सुत्नलाई जाऊँ? राजालाई साक्षी राखेर म भन्दछु, म यस्तो काम गर्नेछैनँ!” \p \v 12 तब दावीदले तिनलाई भने, “आज एक दिन अझै यहाँ बस, र भोलि म तिमीलाई फिर्ता पठाउनेछु।” यसकारण उरियाह त्यस दिन र भोलिपल्टसम्म यरूशलेममा बसे। \v 13 दावीदको निम्तोमा तिनले तिनीसित खाए र पिए। दावीदले तिनलाई मताए। तर साँझमा उरियाह आफ्ना मालिकका नोकरहरूसित सुत्न भनी तिनकै ओछ्यानमा गए; तिनी घरमा गएनन्। \p \v 14 भोलिपल्ट बिहान दावीदले योआबलाई एउटा पत्र लेखे, र त्यो उरियाहको हातमा पठाए। \v 15 त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्‌क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।” \p \v 16 यसकारण योआबले सहरलाई घेरा हालेको बेला तिनले जानेअनुसार बलिया शत्रुहरू भएको ठाउँमा उरियाहलाई खटाए। \v 17 जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए। \p \v 18 योआबले दावीदलाई युद्धको बारेमा सम्पूर्ण विवरण पठाए। \v 19 तिनले दूतलाई यसरी निर्देशन दिए: “जब तैँले राजालाई युद्धको बारेमा यो खबर दिन्छस्, \v 20 तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्‍नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’ \v 21 यरूब-बेशेतको\f + \fr 11:21 \fr*\fqa यरूब-बाल \fqa*\ft जो गिदोन हुन्\ft*\f* छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एउटी स्त्रीले पर्खालबाट जाँतोको माथिल्‍लो भाग तिनीमाथि खसाइदिएको कारण तिनी तेबेसमा मरेका होइनन् र? तिमीहरू पर्खालको यति नजिक किन गयौ?” यदि उहाँले तँलाई यसरी सोध्नुभयो भने, तब उहाँलाई भन्‍नू, “हजुरको सेवक हित्ती उरियाह पनि मारिए।” \p \v 22 त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्‍न पठाएका थिए, ती हरेक कुरा बताइदियो। \v 23 त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्‍ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ। \v 24 तब धनुर्धारीहरूले पर्खालबाट तपाईंका सेवकहरूमाथि काँड हाने; अनि राजाका केही मानिसहरू मरे। तपाईंको सेवक हित्ती उरियाह पनि मारिए।” \p \v 25 दावीदले त्यस दूतलाई भने, “योआबलाई यसरी भन्‍नू: ‘यस कुराले तिमीलाई निराश नपारोस्; किनकि तरवारले एउटालाई नाश गरेजस्तै अर्कोलाई पनि नाश गर्छ। त्यस सहरको विरुद्धमा युद्ध जारी राखेर त्यसलाई नष्‍ट गरिदेओ।’ यो कुरा योआबलाई उत्साहित पार्नलाई भन्।” \p \v 26 जब उरियाहकी पत्नीले आफ्नो पति मरेको कुरा सुनिन्, तब तिनले आफ्नो पतिका निम्ति शोक गरिन्। \v 27 जब तिनको शोकको समय समाप्‍त भयो, तब दावीदले बतशेबालाई आफ्नो घरमा ल्याए। तिनी दावीदको पत्नी भइन्। अनि तिनले एउटा छोरा जन्माइन्। तर दावीदले गरेको यस कामले याहवेहलाई अप्रसन्‍न तुल्यायो। \c 12 \s1 नातानले दावीदलाई हप्काएका \p \v 1 याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए। \v 2 त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए। \v 3 तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो। \p \v 4 “एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्‍यो।” \p \v 5 तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ! \v 6 त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्‍यो, र त्यसले कुनै दया देखाएन।” \p \v 7 तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ। \v 8 मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ। \v 9 तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्‍टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्। \v 10 यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’ \p \v 11 “याहवेह यसो भन्‍नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ। \v 12 तैँले गुप्‍तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ” \p \v 13 त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” \p नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन। \v 14 तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्‍चय मर्नेछ।” \p \v 15 अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो। \v 16 दावीदले त्यस शिशुको निम्ति परमेश्‍वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर\f + \fr 12:16 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa शोक वस्त्र \fqa*\ft पाइँदैन।\ft*\f* भुइँमा लम्पसार परेर रात बिताए। \v 17 तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्। \p \v 18 सातौँ दिनमा त्यो शिशु मर्‍यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब शिशु मर्‍यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्‍चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।” \p \v 19 दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्‍यो भन्‍ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?” \p तिनीहरूले जवाफ दिए, “हजुर, तिनी मरे।” \p \v 20 तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए। \p \v 21 तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!” \p \v 22 तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’ \v 23 तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।” \p \v 24 त्यसपछि दावीदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए; अनि दावीद तिनीकहाँ गए, र तिनीसँग सुते। अनि तिनले एउटा छोरा जन्माइन्। तिनीहरूले त्यसको नाम सोलोमन राखे। याहवेहले त्यसलाई प्रेम गर्नुभयो। \v 25 याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह\f + \fr 12:25 \fr*\fq यददीयाह \fq*\ft जसको अर्थ \ft*\fqa याहवेहद्वारा प्रेम गरिएको\fqa*\f* राख्नू भनी वचन पठाउनुभयो। \p \v 26 यसैबीच योआबले अम्मोनीहरूको सहर रब्बाको विरुद्धमा युद्ध गरे। अनि राजकीय किल्‍ला कब्जा गरे। \v 27 तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु। \v 28 अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।” \p \v 29 यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। \v 30 दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो\f + \fr 12:30 \fr*\ft मूल भाषामा \ft*\fqa एक टालेन्ट\fqa*\f* सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए। \v 31 अनि त्यहाँ भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा चलाउने काम, गैँती र बन्चरो चलाउने काम गर्न लगाए। अनि इँटाभट्टीमा पनि इँटा बनाउने काममा लगाए। यसरी तिनले समस्त अम्मोनी सहरहरूमा त्यसै गरे। त्यसपछि दावीद र तिनका सम्पूर्ण फौज यरूशलेममा फर्के। \c 13 \s1 अमनोन र तामार \p \v 1 समय बित्दै गएपछि यस्तो भयो: दावीदका छोरा अमनोन तामारसँग प्रेममा फसे। तिनी दावीदका अर्का छोरा अब्शालोमकी सुन्दरी बहिनी थिइन्। \p \v 2 अमनोन आफ्नी बहिनी तामारको कारण यति साह्रो व्याकुल भए, कि उनी बिरामी नै भए; किनभने तामार कन्या थिइन्; अनि तिनलाई केही गर्न अमनोनलाई सम्भव थिएन। \p \v 3 तर अमनोनको योनादाब नामको एक जना साथी थिए, जो दावीदको भाइ शिमाहका छोरा थिए। योनादाब अत्यन्तै चतुर मानिस थिए। \v 4 उनले अमनोनलाई सोधे, “तिमी राजाको छोरा भएर पनि किन दिनदिनै दुब्लाउँदै गएका देखिन्छौ? किन मलाई केही भन्दैनौ?” \p अमनोनले तिनलाई भने, “म मेरो भाइ अब्शालोमकी बहिनी तामारको प्रेममा परेको छु।” \p \v 5 योनादाबले भने, “ओछ्यानमा जाऊ, र बिरामी भएको बहाना गर। जब तिम्रा पिता तिमीलाई हेर्न आउनेछन्, तब उहाँलाई यसो भन्‍नू, ‘मेरी बहिनी तामारले आएर मलाई केही खानेकुरा दिएको चाहन्छु। तिनले मेरो सामु भोजन तयार पारोस्; ताकि म तिनले बनाएको हेर्न सकूँ, र म तिनकै हातबाट त्यो खान पाऊँ।’ ” \p \v 6 यसकारण अमनोन बिरामी भएको बहाना गरेर सुते। जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “म मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी तयार गरेको चाहन्छु, ताकि म तिनकै हातबाट खान पाऊँ!” \p \v 7 दावीदले महलमा तामारकहाँ यसो भनेर खबर पठाए: “तिम्रा दाजु अमनोनको घरमा जाऊ, र उनका निम्ति केही भोजन तयार गरिदेऊ।” \v 8 यसकारण तामार आफ्नो दाजु अमनोनको घरमा गइन्, जहाँ उनी ढल्किरहेका थिए। तामारले केही पिठो लिइन्, र त्यसलाई मुछेर त्यसबाट उनकै सामु रोटी पकाइन्। \v 9 तब तिनले तावाबाट रोटी लिइन्, र अमनोनको सामु राखिदिइन्, तर उनले खान मानेनन्। \p उनले भने, “यहाँबाट सबैलाई बाहिर पठाइदेओ।” यसकारण सबै जनाले उनलाई छोडेर गए। \v 10 त्यसपछि अमनोनले तामारलाई भने, “यहाँ मेरो सुत्ने भित्री कोठामा रोटी ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ।” अनि तामारले आफूले बनाएका रोटी लिएर आफ्नो दाजु अमनोनकहाँ उनको सुत्ने कोठामा लगिदिइन्। \v 11 तर जब तामारले अमनोनले खाऊन् भनेर उनीकहाँ खानेकुरा लगिन्, तब उनले तिनलाई अँठ्याएर भने, “मेरी बहिनी, मेरो ओछ्यानमा आएर मसित सुत।” \p \v 12 तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्‍ट काम नगर्नुहोस्। \v 13 मेरो अवस्था कस्तो होला? मैले मेरो अपमानबाट कसरी छुटकारा पाउने? अनि तपाईंको अवस्था कस्तो होला? तपाईं इस्राएलमा दुष्‍ट र मूर्ख समान बन्‍नुहुनेछ। बिन्ती गर्छु, राजासँग कुरा गर्नुहोस्; उहाँले मलाई तपाईंसँग विवाह गर्न रोक्नुहुनेछैन।” \v 14 तर अमनोनले कुरा सुन्‍न चाहेनन्; अनि तामारभन्दा आफू बलियो भएको कारण तिनलाई बलात्कार गरे। \p \v 15 त्यसपछि अमनोनले तिनलाई अति घृणा गर्न थाले। वास्तवमा उनले तिनलाई प्रेम गरेको भन्दा बढी घृणा गर्न थाले। अमनोनले तिनलाई भने, “उठ्, र निस्केर गइहाल्!” \p \v 16 तब तामारले उनलाई भनिन्, “तपाईंले मलाई जे गरिसक्नुभएको छ, मलाई खेदेर पठाउनुचाहिँ त्योभन्दा ठूलो भूल हुनेछ।” \p तर अमनोनले तिनको कुरा सुन्‍न इन्कार गरे। \v 17 तब उनले आफ्नो निजी नोकरलाई बोलाएर भने, “यस स्त्रीलाई मेरो नजरबाट बाहिर निकालिदे, र ढोकामा आग्लो लगाइदे।” \v 18 यसरी उनको नोकरले तामारलाई बाहिर निकालेर ढोका थुनिदियो। तिनले बहुमूल्य बुट्टेदार पोशाक पहिरेकी थिइन्। किनकि राजाको कन्या छोरीहरूले त्यस्तै किसिमका पोशाक लगाउने गर्थे। \v 19 तब तामारले आफ्नो शिरमा खरानी हालिन्, र आफूले लगाएको बुट्टेदार पोशाक च्यातिन्। तिनले आफ्नो हात आफ्नो टाउकोमा राखेर जोडसित रुँदै गइन्। \p \v 20 तिनका दाजु अब्शालोमले तिनलाई भने, “के तेरा दाजु अमनोन तँसित थिए? मेरो बहिनी अहिले चुप लाग्; त्यो तेरै दाजु हुन्। यस कुरालाई हृदयमा नराख्।” तब तामार एउटी त्यागिएकी स्त्रीझैँ आफ्नो दाजु अब्शालोमको घरमा बसिन्। \p \v 21 जब दावीद राजाले यी सबै कुरा सुने, तब तिनी साह्रै रिसाए। \v 22 अब्शालोमले आफ्नो दाजु अमनोनलाई असल वा खराब केही पनि भनेनन्; तर तिनले अमनोनलाई घृणा गर्थे। किनकि उनले आफ्नो बहिनी तामारलाई बदनामी गराएका थिए। \s1 अब्शालोमले अमनोनलाई मारेका \p \v 23 दुई वर्षपछि अब्शालोमका भेडाका ऊन कत्रनेहरू एफ्राइमको सिमानाको नजिक बाल-हासोरमा भएको बेला तिनले सबै राजकुमारहरूलाई निम्तो पठाए। \v 24 अब्शालोमले राजाकहाँ गएर भने, “तपाईंको सेवकका भेडाका ऊन कत्रनेहरू आएका छन्। के राजा र हजुरका अधिकारीहरू मसँग सहभागी भइदिनुहुन्छ कि?” \p \v 25 राजाले जवाफ दिए, “होइन, मेरा छोरा, हामी सबै जाँदैनौँ। हामी तिम्रा निम्ति केवल भारको कारण मात्र बन्‍नेछौँ।” यद्यपि अब्शालोमले तिनलाई ढिपी गरे; तर पनि तिनी जान मानेनन्, तर तिनले आफ्नो आशिष्‌चाहिँ तिनलाई दिए। \p \v 26 तब अब्शालोमले भने, “यदि त्यसो होइन भने दया गरी मेरा दाजु अमनोनलाई हामीसित आउन दिनुहोस्।” \p राजाले तिनलाई सोधे, “त्यो किन तिमीसित जाने?” \v 27 तर अब्शालोमले तिनलाई बिन्ती गरे। यसकारण तिनले ऊसँग अमनोन र राजाका अरू छोराहरूलाई पठाइदिए। \p \v 28 अब्शालोमले आफ्ना मानिसहरूलाई यस्तो हुकुम दिए, “ध्यानसित सुन! जब अमनोन मदिराको पूरा नशामा हुनेछ, तब म तिमीहरूलाई भन्‍नेछु, ‘अमनोनलाई प्रहार गरेर ढालिदेओ,’ अनि त्यसलाई मारिदिनू। तिमीहरू नडराओ! के मैले नै तिमीहरूलाई यो हुकुम दिएको होइनँ र? बलवान् र साहसी बन।” \v 29 यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्‍चरहरूमा चढेर भागे। \p \v 30 तिनीहरू बाटैमा हुँदा, दावीदकहाँ यो खबर आयो: “अब्शालोमले राजाका सबै छोराहरूलाई मारे; तिनीहरूमध्ये एउटै पनि जीवित छोडिएका छैनन्।” \v 31 तब राजा उठे, र आफ्ना लुगा च्यातेर भुइँमा पस्रिए; अनि तिनका सबै नोकरहरूले पनि आ-आफ्ना लुगा च्यातेर तिनका छेउमा उभिरहे। \p \v 32 तर दावीदको दाजु शिमाहका छोरा योनादाबले भने, “मेरा मालिक तिनीहरूले सबै राजकुमारहरूलाई मारेका छन् भनी नसम्झनुहोस्; तर अमनोन मात्र मारिएका छन्। अमनोनले तिनकी बहिनी तामारलाई बलात्कार गरेको दिनदेखि उसो अब्शालोमको यो नियत थियो। \v 33 मेरा मालिक राजाका सबै छोराहरू मारिएका छन् भन्‍ने खबरप्रति राजाले वास्ता नगर्नुहोला। अमनोन मात्र मारिएका छन्।” \p \v 34 यसै बीचमा अब्शालोमचाहिँ भागिसकेका थिए। \p यसैबीच दावीदलाई पहरेदार दिइरहेको मानिसले मास्तिर हेर्‍यो; र आफ्नो पश्‍चिमतिर भएको बाटोमा धेरै मानिसहरूलाई डाँडाबाट ओह्रालो आइरहेका देख्यो। त्यो पहरेदार गयो र राजालाई भन्यो, “म होरोनैमदेखि डाँडाको छेउहुँदै मानिसहरू तलतिर आइरहेको देख्दैछु।” \p \v 35 योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।” \p \v 36 तिनले बोलिसक्नेबित्तिकै राजाका छोराहरू जोडसित रुँदै आइपुगे। राजा पनि तिनका सबै नोकरहरूसित धुरुधुरु रोए। \p \v 37 अब्शालोम भागेर गेशूरका राजा\f + \fr 13:37 \fr*\ft अब्शालोमको मावलीबाजे थिए।\ft*\f* अम्मीहूदका छोरा तल्मैकहाँ गए। तर दावीद राजाचाहिँ आफ्नो छोरा अमनोनका निम्ति दिनहुँ विलाप गर्दैरहे। \p \v 38 अब्शालोम भागेर गेशूरमा गए, र तिनी त्यहाँ तीन वर्षसम्म बसे। \v 39 अमनोनको मृत्युको बारेमा राजा दावीदले सान्त्वना पाएपछि तिनलाई अब्शालोमकहाँ भेट गर्न जाने इच्छा भयो। \c 14 \s1 अब्शालोम यरूशलेममा फर्केका \p \v 1 राजाको हृदयले अब्शालोमको इच्छा गरेको कुरा सरूयाहका छोरा योआबले थाहा पाए। \v 2 यसकारण योआबले एक जनालाई तकोमा पठाए। अनि त्यहाँबाट एउटी बुद्धिमती स्त्रीलाई ल्याए। योआबले तिनलाई भने, “आफूलाई शोकमा डुबेकी बहाना गर्नू, र शोकको वस्त्र लगाउनू। कुनै सुगन्धित तेल नलगाउनू। मरेका मानिसका निम्ति धेरै दिनसम्म शोक गरिरहेझैँ बहाना गर्नू। \v 3 त्यसपछि राजाकहाँ गएर यी कुराहरू उहाँलाई भन्‍नू।” यसरी योआबले भन्‍नुपर्ने कुराहरू तिनलाई सिकाइदिए। \p \v 4 जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!” \p \v 5 राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्‍यो?” \p तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्। \v 6 म हजुरकी सेविकाका दुई छोराहरू थिए। तिनीहरू खेतमा एक-आपसमा लडाइँ गरेछन्। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन; अनि एउटाले अर्कोलाई हिर्काएर मार्‍यो। \v 7 अब सम्पूर्ण वंश नै तपाईंको सेविकाको विरुद्धमा उठेर यसो भन्दैछन्, ‘आफ्नो भाइलाई मार्नेलाई हाम्रो हातमा सुम्पिदेऊ, र त्यसले आफ्नै भाइलाई मारेको कारण हामी पनि त्यसलाई मार्नेछौँ। यसो गर्नाले हामीले उत्तराधिकारलाई पनि नाश गरेको हुनेछ।’ तिनीहरूले मसँग बचेको एउटै आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्। यस संसारबाट मेरो पतिको सन्तानको नामनिशानै मेटिदिनेछन्।” \p \v 8 तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।” \p \v 9 तर तकोबाट आएकी त्यस स्त्रीले तिनलाई भनिन्, “मेरा मालिक महाराजा, यो दोष म र मेरो परिवारमाथि परोस्; तर राजा र राजाको सिंहासन दोषरहित रहून्!” \p \v 10 राजाले जवाफ दिए, “यदि कसैले तिमीसँग केही कुरा गर्छ भने त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि दुःख दिनेछैन।” \p \v 11 तिनले भनिन्, “त्यसो भए विरोधीहरूले अरू खराबी नगरून् भनेर राजाले जीवित याहवेह, उहाँको परमेश्‍वरलाई साक्षी राखेर भनिदेऊन्, र मेरो छोरा नष्‍ट हुनेछैन।” \p तब राजाले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिम्रा छोराको एउटा केशधरि भुइँमा खस्‍नेछैन।” \p \v 12 तब त्यस स्त्रीले भनी, “हजुरकी सेविकालाई मेरा मालिक महाराजासित अझै एउटा कुरा भन्‍न दिनुहोस्।” \p राजाले जवाफ दिए, “भन।” \p \v 13 त्यस स्त्रीले भनी, “त्यसो भए हजुरले किन परमेश्‍वरका मानिसहरूको विरुद्धमा यस्तो युक्ति रच्नुभयो? राजाले यसरी भन्‍नुहुँदा, के उहाँले आफैँलाई दोषी ठहराउनुभएन र? किनकि राजाले आफ्नो निर्वासित छोरालाई फर्काएर ल्याउनुभएकै छैन। \v 14 भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्‍वरले प्राण लिनुहुन्‍न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ। \p \v 15 “म मेरा मालिक महाराजालाई यो कुरा भन्‍न आएकी हुँ, किनकि मानिसहरूले मलाई डर देखाएका छन्। हजुरकी सेविकाले विचार गरी, ‘म राजासित कुरा गर्नेछु; सायद उहाँले आफ्नी सेविकाको अनुरोध सुन्‍नुहुन्छ होला। \v 16 सायद राजाले आफ्नी सेविकालाई त्यो मानिसको हातबाट छुटाउनुहुनेछ, जो म र मेरो छोरालाई परमेश्‍वरले दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन तल्‍लिन छ।’ \p \v 17 “अहिले हजुरकी सेविका भन्छे, ‘मेरा मालिक महाराजाको आदेशले मेरो उत्तराधिकार बचाऊन्; किनकि मेरो मालिक महाराजा असल र खराब छुट्याउन परमेश्‍वरका दूतझैँ हुनुहुन्छ। याहवेह हजुरका परमेश्‍वर हजुरसँग रहून्!’ ” \p \v 18 तब राजाले त्यस स्त्रीलाई भने, “मैले तिमीलाई जे सोध्न लागेको छु, त्यसको जवाफ मबाट नलुकाई भन।” \p त्यस स्त्रीले भनी, “कृपया, मेरा मालिक महाराजा भन्‍नुहोस्।” \p \v 19 राजाले सोधे, “के यी सबै कुराहरूमा योआबको सहभागिता छ?” \p त्यस स्त्रीले जवाफ दिई, “हे मेरा मालिक महाराजा, हजुरको जीवनको शपथ खाएर भन्दछु, मेरा मालिक महाराजा हजुरले भन्‍नुभएको कुराबाट कोही पनि दायाँ-बायाँ गर्न सक्दैन। हो, हजुरको सेवक योआबले नै मलाई यसो गर्ने हुकुम दिएका हुन्। अनि तिनले नै हजुरकी सेविकालाई यी कुराहरू सिकाइदिएका हुन्। \v 20 हजुरको सेवक योआबले वर्तमान स्थितिलाई बदली गर्नलाई नै यसो गरेका हुन्। मेरो मालिक परमेश्‍वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, र देशमा हुने हरेक कुरा उहाँलाई थाहा छ।” \p \v 21 तब राजाले योआबलाई भने, “ठिक छ, म यो गर्नेछु। जाऊ, र त्यस जवान मानिस अब्शालोमलाई लिएर आऊ।” \p \v 22 योआबले दावीदको सामु सम्मान स्वरूप भुइँमा घोप्टो परेर दण्डवत् गरे, र राजालाई परमेश्‍वरले आशिष् देऊन् भनेर प्रार्थना गरे। योआबले भने, “आज तपाईंको सेवकले तपाईंको दृष्‍टिमा निगाह पाएको थाहा पाएको छ; किनकि हे मेरा मालिक महाराजा, राजाले आफ्नो सेवकको बिन्ती मन्जुर गर्नुभएको छ।” \p \v 23 त्यसपछि योआब गेशूरमा गए, र अब्शालोमलाई यरूशलेममा लिएर आए। \v 24 तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्। \p \v 25 सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन। \v 26 जब तिनले आफ्नो शिरको केश काट्थे (तिनलाई केश अति गह्रौँ हुँदा वर्षमा एक पटक तिनले केश काट्ने गर्थे।) तब तिनले केश जोख्ने गर्थे। राजकीय तौलअनुसार केशको तौल दुई सय शेकेल\f + \fr 14:26 \fr*\ft लगभग 2.3 किलो\ft*\f* हुन्थ्यो। \p \v 27 अब्शालोमका तीन जना छोरा र एउटी छोरी जन्मिए; जसको नाम तामार थियो। अनि तिनी एउटी सुन्दरी स्त्री बनिन्। \p \v 28 अब्शालोम यरूशलेममा राजाको अनुहार नहेरी दुई वर्षसम्म बसे। \v 29 त्यसपछि अब्शालोमले राजाकहाँ खबर पठाउन भनी योआबलाई बोलाइपठाए। तर योआबले तिनीकहाँ आउन इन्कार गरे। यसकारण तिनले दोस्रो पटक पनि बोलाइपठाए। तर तिनले फेरि पनि आउन इन्कार गरे। \v 30 त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत मेरै खेतको नजिक छ; त्यहाँ तिनको जौ छ। जाओ, र त्यसमा आगो लगाइदेओ।” यसकारण अब्शालोमका नोकरहरूले योआबको त्यस खेतमा आगो लगाइदिए। \p \v 31 तब योआब अब्शालोमको घरमा गए, र तिनलाई भने, “तपाईंका नोकरहरूले मेरो खेतमा किन आगो लगाइदिए?” \p \v 32 अब्शालोमले योआबलाई भने, “मैले तिमीलाई राजाकहाँ यस्तो खबर दिनको निम्ति बोलाइपठाएँ, म किन गेशूरबाट आएँ त? म त्यहीँ रहनु असल हुनेथियो। त्यसैले अब म राजाको अनुहार हेर्न चाहन्छु। यदि म कुनै कुराको अपराधी छु भने उहाँले मलाई मारून्!” \p \v 33 यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए। \c 15 \s1 अब्शालोमको षड्यन्त्र \p \v 1 समय बित्दै गएपछि, अब्शालोमले आफ्ना निम्ति एउटा रथ, घोडाहरू र आफ्नो अगि-अगि दगुर्नलाई पचास जना अङ्गरक्षकहरू राखे। \v 2 तिनी बिहानै उठेर सहरको मूलढोकामा जाने बाटोनिर उभिन्थे। जब कोही व्यक्ति राजाको सामु न्यायको निम्ति आफ्नो मुद्दा लिएर आउँथे, अब्शालोमले त्यसलाई बोलाएर, “कुन सहरका हौ?” भनी सोध्ने गर्थे। मानिसहरूले जवाफ दिन्थे, “तपाईंको सेवक इस्राएलका कुलहरूमध्ये एउटाबाट आएको हुँ।” \v 3 तब अब्शालोमले भन्‍ने गर्थे, “हेर, तिम्रो मुद्दाहरू उचित र ठिक रहेछन्, तर तिम्रो कुरा सुनिदिनका निम्ति राजाको तर्फबाट प्रतिनिधि गर्ने कुनै मान्छे छैन।” \v 4 अब्शालोमले अझ थपेर यसो भन्‍ने गर्थे, “यदि यस देशको म न्यायकर्ता नियुक्त भएको भए, यस्तो मुद्दा-मामिला भएको हरेक मानिस मकहाँ आउनसक्ने थियो; अनि म तिनीहरूको न्याय गरिदिनेथिएँ।” \p \v 5 साथै, जब कोही पनि व्यक्ति तिनको अगि दण्डवत् गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात बढाएर समाउँथे र तिनलाई म्वाइँ खान्थे। \v 6 अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते। \p \v 7 चार वर्षपछि अब्शालोमले राजालाई भने, “मलाई हेब्रोनमा जान दिनुहोस् र मैले याहवेहसँग गरेको भाकल पूरा गर्न सकूँ। \v 8 तपाईंको सेवक अरामको गेशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ, ‘यदि याहवेहले मलाई यरूशलेममा फर्काएर लैजानुभयो भने म हेब्रोनमा याहवेहको आराधना गर्नेछु।’ ” \p \v 9 राजाले तिनलाई भने, “शान्तिसित जाऊ।” यसकारण तिनी हेब्रोनमा गए। \p \v 10 तब अब्शालोमले इस्राएलभरि मानिसहरूलाई यसो भन्‍नलाई गुप्‍तमा दूतहरू पठाए, “तुरहीहरूको आवाज सुन्‍नेबित्तिकै तिमीहरूले यसो भन्‍नू, ‘हेब्रोनका राजा अब्शालोम हुन्।’ ” \v 11 यरूशलेमबाट दुई सय मानिसहरू अब्शालोमको साथमा गएका थिए। तिनीहरू पाहुनाको रूपमा निम्त्याइएका थिए। यस विषयमा केही थाहा नपाएर तिनीहरू अनजानमै गएका थिए। \v 12 जब अब्शालोमले बलिदान चढाइरहेका थिए, तब तिनले दावीदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि आफ्नो सहर गिलोहबाट बोलाइपठाए। यसरी यो षड्यन्त्र शक्तिशाली भयो। अब्शालोमको पछि लाग्नेहरूको संख्या बढ्दैगयो। \s1 दावीद भागेका \p \v 13 एक जना सन्देशवाहक आएर दावीदलाई भने, “इस्राएलका मानिसहरूका हृदय अब्शालोमको पछि लागेको छ।” \p \v 14 तब दावीदले यरूशलेममा आफूसित भएका सबै अधिकृतहरूलाई भने, “आओ! हामी भागौँ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन सक्नेछैनौँ। हामी तुरुन्तै भागिहाल्नुपर्छ; नत्रता त्यसले चाँडै आएर हामीलाई भेट्टाउनेछ र हामीमाथि सर्वनाश ल्याउनेछ। अनि सहरलाई पनि तरवारले नष्‍ट पार्नेछ।” \p \v 15 राजाका अधिकृतहरूले तिनलाई जवाफ दिए, “हामी हजुरका सेवकहरू, हाम्रा मालिक महाराजाले जे गर्न इच्छा गर्नुहुन्छ, त्यही गर्न राजी छौँ।” \p \v 16 तब राजा त्यहाँबाट तिनलाई पछ्याउने सारा घरानासहित निस्के। तर तिनले महलको हेरचाह गर्नलाई दश जना उपपत्नीहरूलाई चाहिँ छाडिराखे। \v 17 यसरी राजा तिनलाई पछ्याउने सारा मानिसहरूसहित निस्के, र तिनीहरू सहरको सिमानामा पुगेर रोकिए। \v 18 अनि तिनका सबै मानिसहरू तिनलाई उछिनेर अगि गए, जसमा करेतीहरू र पेलेथीहरू पनि थिए। अनि तिनीसँगै जाने गातबाट छ सय गित्तीहरू, सबैले राजालाई उछिनेर अगि बढे। \p \v 19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमीहरू किन हामीसँग आउँछौ? फर्केर जाऊ र राजा अब्शालोमसितै बस। तिमी आफ्नो स्वदेशबाट निकालिएका विदेशी हौ। \v 20 तिमी हिजो मात्रै आयौ। अनि आज म तिमीलाई हामीसित किन भड्किन बाध्य गरूँ? जबकि म कहाँ गइरहेको छु मलाई थाहा छैन। फर्केर जाऊ, र आफ्ना देशवासीहरूलाई पनि साथमा लैजाऊ। याहवेहले तिमीहरूलाई आफ्नो अचुक प्रेम र विश्‍वासयोग्यता देखाऊन्।” \p \v 21 तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।” \p \v 22 तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे। \p \v 23 जब ती सबै मानिसहरू त्यस ठाउँ छोडेर जाँदैथिए, तब देशका सारा मानिसहरू धेरै जोडसँग रोए। राजा दावीदले किद्रोन बेँसी पार गरे। सबै मानिसहरू उजाडस्थानतिर अगि बढे। \p \v 24 सादोक पनि त्यहाँ थिए, र तिनीसित भएका सबै लेवीहरूले परमेश्‍वरको करारको सन्दुक बोकेका थिए। तिनीहरूले परमेश्‍वरको सन्दुक राखे। सारा मानिसहरू सहर छोडेर ननिस्केसम्म अबीयाथारले बलिदानहरू चढाए। \p \v 25 त्यसपछि राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा फर्काएर लैजाओ। यदि मैले याहवेहको दृष्‍टिमा निगाह पाएछु भने उहाँले मलाई फेरि फर्काइल्याएर सन्दुक र उहाँको वासस्थानलाई देख्ने मौका दिनुहुनेछ। \v 26 तर यदि उहाँले, ‘म तँसित खुशी छैन,’ भन्‍नुभयो भने म तयार छु; उहाँलाई जे उचित लाग्छ, त्यहीअनुसार मलाई गरून्।” \p \v 27 राजाले सादोक पुजारीलाई यो पनि भने, “के तिमी भविष्यवक्ता होइनौ? शान्तिसाथ सहरमा फर्किजाऊ। तिमी र तिम्रो छोरा अहीमास अनि एबियाथारको छोरा जोनाथनलाई पनि साथमा लिएर जाऊ। तिमी र अबीयाथारले आफ्ना दुई छोराहरूलाई लिएर फर्केर जाऊ। \v 28 तिमीबाट खबर नआएसम्म म उजाडस्थानको घाटीमा पर्खेर बस्‍नेछु।” \v 29 यसकारण सादोक र अबीयाथारले परमेश्‍वरको सन्दुकलाई यरूशलेममा फर्काए, र त्यहीँ नै बसे। \p \v 30 तर दावीदचाहिँ रुँदै-रुँदै जैतुन पर्वतको उकालो चढे। तिनको शिर ढाकिएका थिए, र तिनको खुट्टा खाली थिए। तिनको साथमा भएका सबै मानिसहरूले पनि आफ्ना शिरहरू ढाकेका थिए; अनि तिनीहरू पनि रुँदै-रुँदै उकालो चढिरहेका थिए। \v 31 तब दावीदलाई भनियो, “अब्शालोमसँगको षड्यन्त्रकारीहरूमध्ये अहीतोपेल पनि छ।” यसकारण दावीदले प्रार्थना गरे, “हे याहवेह, अहीतोपेलको सल्‍लाहलाई व्यर्थ तुल्याइदिनुहोस्।” \p \v 32 जब दावीद टाकुरामा आइपुगे, जहाँ मानिसहरूले परमेश्‍वरलाई आराधना गर्थे, तब अरकी हूशै राजालाई भेट्न आएका थिए। तिनको लुगा च्यातिएको र शिरमा धुलो लगाइएको थियो। \v 33 दावीदले तिनलाई भने, “यदि तिमी मसित गयौ भने तिमी मेरा निम्ति बोझ हुनेछौ। \v 34 तर यदि सहरमा फर्केर अब्शालोमलाई यसरी भन्यो भने, ‘हे राजा, म तपाईंको सेवक हुनेछु; म पहिले तपाईंको पिताको सेवक थिएँ, तर अब म तपाईंको सेवक हुनेछु’, तब तिमीले अहीतोपेलको सल्‍लाहलाई असफल तुल्याएर मलाई सहायता गर्न सक्नेछौ। \v 35 के तिमीसित सादोक र अबीयाथार पुजारीहरू हुनेछैनन् र? तिमीले राजाको महलमा सुनेका सबै कुराहरू पुजारीहरूलाई भन्‍नू। \v 36 सादोकका छोरा अहीमास र अबीयाथारका छोरा जोनाथन तिनीहरूका दुई छोराहरू त्यहाँ तिनीहरूसितै छन्। तिमीले सुनेका सबै कुरा तिनीहरूसँग मकहाँ पठाउनू।” \p \v 37 यसकारण अब्शालोम सहरमा पस्दैगर्दा हूशै दावीदका मित्र यरूशलेममा आइपुगे। \c 16 \s1 दावीद र सीबा \p \v 1 जब दावीद डाँडाको टाकुराबाट केही पर पुगे, तब त्यहाँ मपीबोशेतको सेवक सीबा तिनलाई भेट्न पर्खिरहेका थिए। तिनीसँग दुई सय रोटी, किसमिसका एक सय झुप्पा, नेभाराका एक सय डल्‍ला र एक मशक दाखमद्यको भारीले लादिएका गधाहरू थिए। \p \v 2 राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?” \p सीबाले जवाफ दिए, “यी गधाहरू राजाका घरानाको सवारीका निम्ति हुन्, रोटी र फलहरू मानिसहरूलाई खानका निम्ति हुन्, र दाखमद्यचाहिँ उजाडस्थानमा थाक्नेहरूलाई ताजा बनाउनका निम्ति हुन्।” \p \v 3 तब राजाले तिनलाई सोधे, “तिम्रा मालिकका नाति कहाँ छन्?” \p सीबाले तिनलाई भने, “तिनी यरूशलेममै छन्; किनकि तिनले सोचेका छन्, ‘आज इस्राएलका घरानाले मलाई मेरा बाजेको राज्य फर्काइदिनेछन्।’ ” \p \v 4 तब राजाले सीबालाई भने, “मपीबोशेतसँग भएका सबै थोक अब तिम्रै हुन्।” \p सीबाले भने, “म हजुरलाई दण्डवत् गर्दछु। हे मेरा मालिक महाराजा, मैले हजुरको दृष्‍टिमा निगाह पाऊँ।” \s1 शिमीले दावीदलाई सरापेका \p \v 5 जब दावीद राजा बहूरीममा आइपुगे, तब त्यहाँ शाऊलका घरानाकै एक जना मानिस निस्कियो। त्यो गेराको छोरो शिमी थियो। त्यो सराप्दै बाहिर निस्केर आयो। \v 6 दावीदका दायाँ-बायाँ सेना र विशेष अङ्गरक्षकहरू भए तापनि त्यसले दावीद र राजाका सबै अधिकृतहरूमाथि अन्धाधुन्ध ढुङ्गा हान्‍न थाल्यो। \v 7 तब शिमीले सराप्दै भन्यो, “ए बदमास, ए हत्यारा, तँ यहाँबाट निस्किहाल्! \v 8 तैँले शाऊलको घरानामा रगत बगाएर तिनको ठाउँमा राज्य गरेको कारण याहवेहले तँलाई बदला लिनुभएको छ। याहवेहले त्यो राज्य, तेरो छोरा अब्शालोमलाई दिनुभएको छ। तँ हत्यारा भएको कारण तेरो सर्वनाश आएको छ!” \p \v 9 तब सरूयाहका छोरा अबीशैले राजालाई भने, “यस मरेको कुकुरले मेरा मालिक महाराजालाई किन सराप्छ? मलाई त्यसको शिर काट्ने आज्ञा दिनुहोस्।” \p \v 10 तर राजाले भने, “हे सरूयाहका छोराहरू हो, यदि उसलाई याहवेहले, ‘दावीदलाई सरापोस्’ भनी भन्‍नुभएको कारण सराप्दै छ भने, ‘तैँले यस्तो किन गरेको’ भनेर कसले त्यसलाई सोध्न सक्छ र?” \p \v 11 तब दावीदले अबीशै र आफ्ना सबै अधिकृतहरूलाई भने, “मेरो छोरा, मेरो आफ्नै रगत र मासुले त मेरा प्राण लिन खोजिरहेछ भने अब यस बेन्यामीनीले त झन् बढी गर्नेछ! त्यसलाई छोडिदेऊ; त्यसले सरापोस्। किनकि याहवेहले त्यसलाई त्यसै गर्नू भनी भन्‍नुभएको छ। \v 12 सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।” \p \v 13 यसरी दावीदचाहिँ तिनका मानिसहरूसँग आफ्नो बाटो लागिरहे। अनि शिमीचाहिँ तिनीहरूको बाटोको पारिपट्टि डाँडाको बाटोतिरबाट तिनलाई सराप्दै, तिनीमाथि ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो। \v 14 राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा आइपुग्दा थाकिसकेका थिए। तिनीहरूले त्यहीँ थकाइ मारे। \s1 हूशै र अहीतोपेलको सल्‍लाह \p \v 15 यसै बीचमा अब्शालोम र इस्राएलका सबै मानिसहरू यरूशलेममा आइपुगे। अहीतोपेल पनि तिनीसँग थिए। \v 16 तब दावीदका मित्र अरकी हूशै अब्शालोमकहाँ गएर तिनलाई भने, “राजा अमर रहून्! राजा अमर रहून्!” \p \v 17 अब्शालोमले हूशैलाई भने, “के तपाईंले आफ्नो मित्रलाई देखाएको प्रेम यही हो? यदि तपाईं उहाँको मित्र हो भने उहाँसँग किन जानुभएन?” \p \v 18 हूशैले अब्शालोमलाई भने, “होइन; तर याहवेहले, यी मानिसहरूले अनि इस्राएलका सारा मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, अनि उहाँसँगै म रहनेछु। \v 19 फेरि मैले तपाईंबाहेक कसको सेवा गर्ने? के मैले छोराको सेवा नगर्ने? मैले तपाईंको पिताको सेवा गरेझैँ तपाईंको पनि सेवा गर्नेछु।” \p \v 20 तब अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई सल्‍लाह दिनुहोस्। अब हामी के गरौँ?” \p \v 21 तब अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “तपाईंका पिताले महलको हेरचाह गर्न भनी छोडिराख्नुभएका उहाँका उपपत्नीहरूसित सुत्नुहोस्। तब तपाईंले आफ्नो पितालाई अपमानित तुल्याएको कुरा सारा इस्राएलले सुन्‍नेछन्। अनि तपाईंसित भएका सबै मानिसहरूको विश्‍वास अझ बलियो हुनेछ।” \v 22 यसकारण तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए। तिनी सारा इस्राएलकै आँखा अगाडि आफ्ना पिताका उपपत्नीहरूसँग सुते। \p \v 23 ती दिनहरूमा अहीतोपेलले दिएका सल्‍लाहचाहिँ परमेश्‍वरलाई सोधेर लिइएको सल्‍लाहजस्तै मानिन्थ्यो। दावीद र अब्शालोम दुवैले अहीतोपेलका सारा सल्‍लाहलाई उच्‍च सम्मानका साथ कदर गर्थे। \c 17 \p \v 1 अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्। \v 2 तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु। \v 3 अनि सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु। तपाईंले खोज्नुभएको मानिसको मृत्यु हुनु नै सबै मानिसहरू तपाईंतिर फर्कनु हो। सबै मानिसहरूको कुनै हानि हुनेछैन।” \v 4 यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो। \p \v 5 तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।” \v 6 हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्‍लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्‍नुहोस्।” \p \v 7 हूशैले अब्शालोमलाई भने, “यस पटक अहीतोपेलले दिएका सल्‍लाह ठिक छैन। \v 8 तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्‍नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्‍चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन। \v 9 अहिले पनि उहाँ कुनै गुफा, वा अरू कुनै ठाउँमा लुकिरहनुभएको होला। यदि उहाँले तपाईंको सेनाहरूलाई पहिले आक्रमण गर्नुभयो भने यो कुरा सुन्‍ने हरेकले भन्‍नेछन्, ‘अब्शालोमका पछि लाग्ने सेनाहरू मारिएका छन्।’ ” \v 10 त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्‍नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्‍ने कुरा सारा इस्राएललाई थाहा छ। \p \v 11 “यसकारण म तपाईंलाई सल्‍लाह दिन्छु: दानदेखि बेर्शेबासम्म भएका समुद्रको किनारका बालुवासरह असंख्य इस्राएलीलाई तपाईंकहाँ भेला गराउनुहोस्। अनि तपाईंकै अगुवाइमा लडाइँमा जानुहोस्। \v 12 तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्। \v 13 यदि उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरको पर्खाललाई डोरी लगाएर एउटै ढुङ्गा पनि त्यसको जगमा नरहने गरी हामी घिस्याएर बेँसीमा पुर्‍याउनेछौँ।” \p \v 14 अब्शालोम र इस्राएलका सारा मानिसहरूले भने, “अहीतोपेलको भन्दा अरकी हूशैको सल्‍लाह असल छ।” किनकि अब्शालोममाथि विपत्ति ल्याउनका निम्ति याहवेहले नै अहीतोपेलको असल सल्‍लाहलाई विफल तुल्याउने संकल्प गर्नुभएको थियो। \p \v 15 हूशैले सादोक र अबीयाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका प्रधानहरूलाई यसो वा त्यसो गर्नु भन्‍ने सल्‍लाह दिए तर मैले यो गर्नु भनेर उनीहरूलाई सल्‍लाह दिएँ।” \v 16 अब तुरुन्तै खबर पठाएर दावीदलाई भन्‍नुहोला, “उजाडस्थानको जँघारमा रात नबिताउनू। तर अवश्य पार भएर गइहाल्नू, नत्रता राजा र उहाँसित भएका सबै मानिसहरूलाई नाश पारिनेछन्।” \p \v 17 जोनाथन र अहीमासचाहिँ एन-रोगेलमा बसेका थिए। एउटी सेविकाले गएर तिनीहरूलाई सूचना दिनुपर्थ्यो। अनि तिनीहरूले चाहिँ गएर दावीद राजालाई खबर गर्नुपर्थ्यो। किनकि तिनीहरूले सहरभित्र पस्दैगर्दा कसैले देख्ने जोखिम उठाउन चाहँदैनथिए। \v 18 तर एउटा जवान मानिसले तिनीहरूलाई देख्यो, र अब्शालोमलाई भनिदियो। यसैकरण ती दुवै जनाले तुरुन्तै त्यस ठाउँलाई छोडेर बहूरीममा एक जना मानिसको घरमा गए। तिनको आँगनमा एउटा इनार थियो। तिनीहरू त्यसैभित्र पसे। \v 19 तब त्यस मानिसकी पत्नीले इनारको खुल्‍ला मुख छोप्नका लागि एउटा ढकन ल्याई। त्यसमाथि अन्‍न फिँजाइदिई। यसको बारेमा कसैलाई केही थाहा भएन। \p \v 20 जब अब्शालोमका मानिसहरू त्यस स्त्रीका घरमा आए, तब तिनीहरूले सोधे, “अहीमास र जोनाथन कहाँ छन्?” \p त्यस स्त्रीले तिनीहरूलाई जवाफ दिई, “तिनीहरू त खोला तरेर पारि गइसके।” ती मानिसहरूले तिनीहरूलाई खोजे, तर एउटैलाई पनि भेट्टाएनन्। यसकारण तिनीहरू यरूशलेम फर्के। \p \v 21 जब ती मानिसहरू गइसके, तब ती दुई जना इनारबाट निस्किआए। अनि दावीद राजालाई खबर दिन गए। तिनीहरूले राजालाई भने, “तुरुन्तै उठ्नुहोस्, र नदी पार गरिहाल्नुहोस्। अहीतोपेलले तपाईंको विरुद्धमा सल्‍लाह दिएका छन्।” \v 22 यसकारण दावीद र तिनीसित भएका सबै मानिसहरू निस्केर यर्दन नदी पार गरे। उज्यालो हुँदा एक जना पनि नछुटी हरेकले यर्दन नदी पार गरिसकेका थिए। \p \v 23 जब अहीतोपेलले आफ्नो सल्‍लाहअनुसार काम नभएको देखे, तब तिनले आफ्नो गधामा काठी कसे। अनि आफ्नो सहरमा भएको आफ्नो घरतिर लागे। तिनले आफ्नो घरपरिवारलाई व्यवस्थित गरे अनि झुण्डिएर आत्महत्या गरे। यसरी तिनी मरे, र तिनको बुबाको चिहानमा गाडिए। \s1 अब्शालोमको मृत्यु \p \v 24 दावीद महनाइममा गए। अब्शालोमचाहिँ इस्राएलका सारा मानिसहरूसहित यर्दन नदी पार गरेर गए। \v 25 अब्शालोमले अमासालाई योआबको ठाउँमा सेनाहरूका सेनापति नियुक्त गरेका थिए। अमासाचाहिँ योआबकी आमा सरूयाहका दिदी र नाहाशकी छोरी अबीगेलसित विवाह गर्ने येतेर\f + \fr 17:25 \fr*\ft मूल भाषामा यसको अर्को रूप हो \ft*\fqa यित्रा\fqa*\f* नाम भएका इस्राएलीका\f + \fr 17:25 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa इश्माएली \fqa*\ft भनिएको छ।\ft*\f* छोरा थिए। \v 26 इस्राएलीहरू र अब्शालोमले गिलादको इलाकामा छाउनी हाले। \p \v 27 जब दावीद महनाइममा आए, तब अम्मोनीहरूको रब्बाका शोबी नाहाशका छोरा, लो-देबारमा बस्‍ने अम्मीएलका छोरा माकीर र रोगलीममा बस्‍ने गिलादी बर्जिल्‍लैले \v 28 ओढने-ओछ्याउने, बाटा र माटाका भाँडाकुँडाहरू ल्याइदिए। तिनीहरूले गहुँ, जौ, पिठो, चिउरा, सिमी, दाल, \v 29 मह, दही, भेडा र गाईको दूधबाट बनिएका पनीर पनि दावीद र तिनका मानिसहरूले खाऊन् भनी ल्याइदिए। किनकि तिनीहरूले भने, “यी मानिसहरू उजाडस्थानमा भोकाएका, थाकेका र तिर्खाएका छन्।” \c 18 \p \v 1 दावीदले आफूसित भएका मानिसहरूलाई भेला गरे। अनि तिनीहरूका हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे। \v 2 दावीदले आफ्ना सेनाहरूलाई एक तिहाइ योआबको नेतृत्वमा, एक तिहाइ योआबको भाइ, अर्थात् सरूयाहका छोरा अबीशैको नेतृत्वमा, एक तिहाइ गित्ती इत्तैको नेतृत्वमा पठाए। राजाले सेनाहरूलाई भने, “म आफैँ पनि तिमीहरूसँग लडाइँमा अवश्य जानेछु।” \p \v 3 तर मानिसहरूले भने, “हजुर बाहिर ननिस्कनुहोस्। यदि हामी भाग्न बाध्य भयौँ भने पनि तिनीहरूले हाम्रो बारेमा वास्ता गर्नेछैनन्। यदि हामीमध्ये आधाजति नै मर्‍यौँ भने पनि तिनीहरूले वास्ता गर्नेछैनन्। तर हजुर त हाम्रा दश हजार बराबरको हुनुहुन्छ। अहिले हजुरले सहरबाट हामीलाई सहयोग गर्नुभए असल हुनेछ।” \p \v 4 राजाले जवाफ दिए, “तिमीहरूलाई जे असल लाग्छ, म त्यही गर्नेछु।” \p यसकारण राजा मूलढोकाको छेउमै उभिए। अनि सबै मानिसहरूचाहिँ सय-सय र हजार-हजारका पङ्‌क्ति गरेर अगि बढे। \v 5 राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने। \p \v 6 दावीदका सेनाहरू इस्राएलीहरूसँग युद्ध गर्नलाई सहरबाट निक्ले। अनि मैदानतिर बढे, र एफ्राइमको जङ्गलमा युद्ध भयो। \v 7 त्यहाँ इस्राएलका सेनाहरू दावीदका सेनाहरूद्वारा परास्त भए। त्यस दिन यति ठूलो संहार भयो, कि बीस हजार मानिसहरू मारिए। \v 8 युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो। \p \v 9 युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्‍चरमा सवार थिए। जब तिनको खच्‍चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्‍चरचाहिँ अगि बढिरह्‍यो। \p \v 10 जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।” \p \v 11 योआबले त्यो कुरा भन्‍ने मानिसलाई भन्यो, “के! तैँले त्यसलाई देखिस्? तैँले त्यसलाई त्यहीँ नै प्रहार गरेर किन भुइँमा खसाइनस्? त्यसो गरेको भए म तँलाई चाँदीको दश शेकेल\f + \fr 18:11 \fr*\ft लगभग 115 ग्राम\ft*\f* र योद्धाको पेटी दिनेथिएँ।” \p \v 12 तर त्यस मानिसले जवाफ दियो, “मेरो हातमा चाँदीका एक हजार शेकेल\f + \fr 18:12 \fr*\ft लगभग 12 किलो\ft*\f* नै जोखेर दिनुभएको भए तापनि म राजाको छोराको विरुद्धमा हात उठाउने थिइनँ। हामीले सुन्‍ने गरी तपाईंलाई, अबीशै र इत्तैलाई, ‘मेरो खातिर त्यस जवान अब्शालोमलाई हानि नगर्नू’ भनी राजाले आज्ञा दिनुभएको थियो। \v 13 अनि यदि मैले मेरो प्राण जोखिममा हाली विश्‍वासघात गरेर तिनलाई मारेको भए राजाले तुरुन्तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्गै बस्‍नुहुनेथियो।” \p \v 14 योआबले भने, “म तँसँग कुरा गरेर समय खेर फाल्न सक्दिनँ।” यसकारण तिनले आफ्नो हातमा तीन वटा बर्छा लिए। अनि अब्शालोम फलाँटको रूखमा अझ जिउँदै झुण्डिरहेका बेला उनले ती तिनको मुटुमा रोपिदिए। \v 15 त्यसपछि योआबका दश जना हतियार बोक्नेहरूले अब्शालोमलाई घेरेर तिनीमाथि प्रहार गरे, र तिनलाई मारिदिए। \p \v 16 तब योआबले तुरही फुके; अनि सेनाहरूले इस्राएललाई खेद्न छोडिदिए। किनकि योआबले तिनीहरूलाई रोकेका थिए। \v 17 तिनीहरूले अब्शालोमको लासलाई लगेर जङ्गलको एउटा ठूलो खाडलमा फ्याँकिदिए। अनि तिनीमाथि ढुङ्गाका ठूलो थुप्रो लगाइदिए। यसै बीचमा सबै इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गए। \p \v 18 आफू जीवित हुँदा अब्शालोमले राजाको बेँसीमा आफ्नै निम्ति एउटा स्मारक खम्बा खडा गरेका थिए। तिनले सोचेका थिए, “मेरो नाम कायम राख्नलाई मेरो छोरा छैन।” तिनले त्यस स्मारकलाई आफ्नै नाम दिएका थिए; अनि आजको दिनसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ। \s1 दावीदको शोक \p \v 19 तब सादोकका छोरा अहीमासले भने, “याहवेहले राजालाई उहाँका शत्रुहरूका हातबाट छुटाउनुभएको छ भन्‍ने खबर दिन मलाई राजाकहाँ दौडेर जान अनुमति दिनुहोस्।” \p \v 20 योआबले तिनलाई भने, “यो खबर आजै लैजाने व्यक्ति तिमी होइनौ। तिमीले यो खबर लिएर अर्को दिन जान सक्छौ। तर तिमीले आजचाहिँ यसो नगर्नू; किनकि राजाका छोरा मारिएका छन्।” \p \v 21 तब योआबले एक जना कूशीलाई भने, “जा, तैँले देखेको कुरा राजालाई भनिदे।” तब त्यो कूशी योआबको अगि दण्डवत् गर्‍यो, र दगुर्दै गइहाल्यो। \p \v 22 सादोकका छोरा अहीमासले योआबलाई फेरि भने, “जेसुकै भए तापनि मलाई त्यस कूशीको पछि दगुरेर जान दिनुहोस्।” \p तर योआबले जवाफ दिए, “मेरो छोरा, तिमी किन जान चाहन्छौ? तिमीलाई पुरस्कार दिलाउने किसिमको कुनै खबर तिमीसँग छैन।” \p \v 23 तिनले भने, “जेसुकै होस्, म दौडेर जान चाहन्छु।” \p यसकारण योआबले भने, “जाऊ!” तब अहीमास मैदानको बाटोबाट दौडे, र त्यस कूशीलाई उछिनेर गए। \p \v 24 जब दावीद भित्री र बाहिरी मूलढोकाहरूका बीचमा बसिरहेका थिए, तब पहरेदार पर्खालको छेउमा भएको मूलढोकाको छानामा उक्लेर गयो। जब त्यसले हेर्‍यो, तब एउटा मानिस एकलै दौडेर आइरहेको देख्यो। \v 25 त्यस पहरेदारले राजालाई बोलायो, र यो खबर भनिदियो। \p राजाले भने, “यदि त्यो एकलै छ भने त्यससँग असल समाचार हुनुपर्छ।” त्यो मानिस झन्-झन् नजिक आइपुग्यो। \p \v 26 तब त्यस पहरेदारले अर्को मानिसलाई पनि दौडेर आएको देख्यो, र पहरेदारलाई बोलाएर भन्यो, “हेर, अर्को मानिस पनि दौडेर आउँदैछ!” \p राजाले भने, “त्यसले पनि असल समाचार ल्याउँदैछ।” \p \v 27 त्यस पहरेदारले भन्यो, “मलाई त त्यो पहिला दौडने मानिसचाहिँ सादोकका छोरा अहीमासजस्तो लाग्दैछ।” \p राजाले भने, “तिनी एक असल मानिस हुन्। तिनले असल समाचार ल्याएको हुनुपर्छ।” \p \v 28 तब अहीमास आएर राजालाई भने, “सबै ठिक छ!” तिनले राजाको सामु घोप्टो परी दण्डवत् गरेर भने, “याहवेह तपाईंको परमेश्‍वरलाई प्रशंसा होस्! उहाँले मेरा मालिक महाराजाको विरुद्धमा हात उठाउने मानिसहरूबाट छुटकारा दिनुभएको छ।” \p \v 29 राजाले सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” \p अहीमासले जवाफ दिए, “योआबले राजाका सेवक र म तपाईंको सेवकलाई पठाउनलाग्दा मैले ठूलो खैलाबैला देखेको थिएँ। तर त्यो के थियो, म जान्दिनँ।” \p \v 30 राजाले भने, “एकातिर उभ र यहीँ पर्ख।” तब तिनी एकतिर गएर उभिए। \p \v 31 तब ती कूशी आइपुग्यो र भन्यो, “मेरा मालिक महाराजा, असल समाचार सुन्‍नुहोस्! याहवेहले तपाईंका विरुद्धमा उठ्ने सबैको हातबाट आज तपाईंलाई छुटाएर तपाईंलाई न्याय दिनुभएको छ।” \p \v 32 राजाले कूशीलाई सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” \p त्यस कूशीले जवाफ दिए, “मेरा मालिक महाराजाका शत्रुहरू र तपाईंलाई हानि गर्नलाई तपाईंको विरुद्धमा खडा हुनेहरू सबै त्यस जवान मानिसजस्तै होऊन्।” \p \v 33 राजा शोकले अति व्याकुल भए। तिनी मूलढोकाको माथि भएको कोठामा गएर रोए। कोठामा हिँड्दै गर्दा तिनले भने, “हे मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा, अब्शालोम! तिम्रो सट्टामा म मरेको भए हुनेथियो—हे अब्शालोम, मेरो छोरा, मेरो छोरा!” \c 19 \p \v 1 योआबलाई यो बताइयो, “राजा अब्शालोमका निम्ति रुँदै विलाप गरिरहनुभएको छ।” \v 2 यसैले सारा सेनाका निम्ति त्यस दिनको विजय शोकमा परिणत भयो। किनकि त्यस दिन सेनाहरूले यस्तो भनेका सुने, “राजा आफ्नो छोराका निम्ति शोक गरिरहनुभएको छ।” \v 3 त्यस दिन सेनाहरू लडाइँबाट चोर भागेझैँ शर्मले चुपचाप भागेर सहरभित्र पसे। \v 4 राजाले आफ्नो अनुहार ढाकेर चर्को सोरले रुँदै भने, “हे मेरा छोरा अब्शालोम! हे अब्शालोम, मेरा छोरा, मेरा छोरा!” \p \v 5 तब योआबले राजाकहाँ घरभित्र गएर भने, “आज हजुरले आफ्नो प्राण हजुरका छोराछोरीहरूका प्राण अनि हजुरका पत्नीहरू र उपपत्नीहरूका प्राण बचाउने तपाईंका सबै सेनाहरूलाई लज्जित तुल्याउनुभएको छ। \v 6 जसले हजुरलाई घृणा गर्छन्, तिनीहरूलाई चाहिँ हजुर प्रेम गर्नुहुन्छ। अनि जसले हजुरलाई प्रेम गर्छन्, तिनीहरूलाई चाहिँ घृणा गर्नुहुन्छ। सेनापतिहरू र तिनीहरूका मानिसहरू हजुरका निम्ति केही होइन रहेछन् भनी आज हजुरले स्पष्‍ट देखाइदिनुभएको छ। मलाई यस्तो लाग्छ, यदि आज अब्शालोम बाँचेका भए, र हामी सबैचाहिँ लडाइँमा मरेका भए हजुरलाई खुशी लाग्नेथियो होला। \v 7 यसकारण अब बाहिर जानुहोस्, र आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। याहवेहलाई साक्षी राखेर भन्दछु, यदि तपाईं बाहिर जानुभएन भने आज राति एक जना मानिस पनि हजुरसँग हुनेछैन। योचाहिँ हजुरको बाल्यकालदेखि अहिलेसम्म हजुरमाथि आइपरेका सबै विपत्तिहरूभन्दा खराब विपत्ति हुनेछ।” \p \v 8 तब राजा उठे, र सहरको मूलढोकामा गएर बसे। जब मानिसहरूलाई सुनाइयो, “राजा सहरको मूलढोकामा बसिरहनुभएको छ,” तब तिनीहरू सबै तिनको सामु आए। \p त्यस बेलासम्म अब्शालोमलाई समर्थन गरेका इस्राएलीहरू आ-आफ्ना घरतिर भागेर गइसकेका थिए। \s1 दावीद यरूशलेममा फर्केका \p \v 9 इस्राएल कुलका मानिसहरू यसो भन्दै वाद-विवाद गरिरहेका थिए, “राजाले हामीलाई शत्रुहरूका हातबाट छुटाउनुभयो। उहाँले नै हामीलाई पलिश्तीहरूका हातबाट छुटाउनुभएको थियो। तर अहिले उहाँ अब्शालोमबाट बच्नको निम्ति देशबाट भाग्नुभएको छ। \v 10 अनि अब्शालोम, जसलाई हामीले हाम्रा राजा हुनलाई अभिषेक गरेका थियौँ, तिनी लडाइँमा मारिएका छन्। यसकारण अब तिमीहरू किन राजालाई फर्काएर ल्याउने बारेमा केही पनि बोल्दैनौ?” \p \v 11 तब राजा दावीदले पुजारी सादोक र अबीयाथारलाई यो सन्देश पठाए: “यहूदाका प्रधानहरूलाई सोध, ‘इस्राएलभरि जुन कुरा गरिँदैछ, त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यसकारण किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबैभन्दा पछि छौ? \v 12 तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’ \v 13 अनि अमासालाई भन्‍नू, ‘के तिमीहरू मेरै हाड र मासु होइनौ र? यदि तिमी योआबको ठाउँमा अब उसो जीवनभरि मेरा सेनाको सेनापति बनेनौ भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्।’ ” \p \v 14 तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।” \v 15 तब राजा यर्दन नदीसम्मै फर्केर गए। \p यहूदाका मानिसहरू राजालाई भेट्न र तिनलाई यर्दन नदी पार गराएर ल्याउन भनी गिलगालमा गएका थिए। \v 16 बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी यहूदाका मानिसहरूसँग राजा दावीदलाई भेट्न हतार-हतार गए। \v 17 तिनीसँग शाऊलका घरानाका सेवक सीबासहित एक हजार बेन्यामीनीहरू र तिनका पन्ध्र जना छोरा, र बीस जना नोकरसमेत तिनको साथमा थिए। तिनीहरू राजा भएको ठाउँमा यर्दनतिर हतार-हतार गए। \v 18 तिनीहरू राजाका घरानालाई नदी पार गराउन र तिनले इच्छा गरेको पूरा गर्नलाई भनी नदीको किनार तरेर पारिपट्टि गए। \p जब गेराका छोरा शिमीले यर्दन पार गरे, तब तिनी राजाको सामु घोप्टो परे। \v 19 तब तिनले राजालाई भने, “मेरा मालिक महाराजा, हजुरले यरूशलेम छोड्नुहुँदा हजुरको सेवकले गरेको दोष नसम्झून्! हजुरले त्यस कुरालाई आफ्नो हृदयमै नराखून्। \v 20 किनकि म जान्दछु, हजुरको सेवकले पाप गरेको छु। तर आज यहाँ योसेफको घरानाबाट मेरा मालिक हजुरलाई भेट्न आउने पहिलो व्यक्ति म नै हुँ।” \p \v 21 तब सरूयाहका छोरा अबीशैले भने, “के यसका लागि शिमी मारिनुपर्दैन र? यसले याहवेहको अभिषिक्त जनलाई सरापेको थियो।” \p \v 22 दावीदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, यस विषयमा तिमीहरू किन यस्तो चासो राख्छौ? आजको दिन किन तिमीहरू मेरा विरोधीहरू बन्छौ? के आजको दिन इस्राएलमा कसैलाई पनि मृत्युदण्ड दिनु उचित हुन्छ र? के आज म इस्राएलका राजा हुँ भनी म जान्दिनँ र?” \v 23 यसकारण राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ।” अनि राजाले तिनीसँग शपथ खाएर प्रतिज्ञा गरे। \p \v 24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए। \v 25 मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?” \p \v 26 तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो। \v 27 त्यसले मेरा मालिक महाराजाको नजरमा हजुरको सेवकलाई दोषी ठहराएको छ। मेरा महाराजा हजुर त परमेश्‍वरका स्वर्गदूतजस्तै हुनुहुन्छ। यसकारण हजुरलाई जे इच्छा लाग्छ, त्यही गर्नुहोस्। \v 28 मेरा बाजेका सबै सन्तानहरू मेरा मालिक महाराजाबाट मारिनबाहेक अरू केही कुराका निम्ति योग्यका छैनौँ। तर हजुरले आफ्ना सेवकलाई हजुरसँगै बसेर खाने ठाउँ दिनुभयो। यसकारण राजासँग अझ धेरै बिन्ती गर्ने मसँग के अधिकार छ र?” \p \v 29 राजाले तिनलाई भने, “तिमी किन अझ बोलिरहनु पर्‍यो र? म तिमी र सीबालाई खेतहरू भागबण्डा गर्ने आज्ञा दिन्छु।” \p \v 30 मपीबोशेतले राजालाई भने, “म यसैमा सन्तुष्‍ट छु। किनकि मेरा मालिक महाराजा सुरक्षितसाथ घर आइपुग्नुभएको छ। यसैले त्यसैलाई सबै कुरा लैजान दिनुहोस्।” \p \v 31 गिलादी बर्जिल्‍लै पनि राजासँग यर्दन नदी पार गर्न र उनलाई त्यहाँबाट आफ्नो बाटोमा पठाउन रोगलीमबाट तल आएका थिए। \v 32 बर्जिल्‍लै असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनाइममा बस्दा तिनले नै राजालाई खानेकुराहरू जुटाइदिएका थिए। किनकि तिनी धेरै धनी मानिस थिए। \v 33 राजाले बर्जिल्‍लैलाई भने, “मसँगै यर्दनपारि जाऊँ, र मसँगै यरूशलेममा बस्‍नुहोस्। म तपाईंका निम्ति खाने-बस्‍ने प्रबन्ध गरिदिनेछु।” \p \v 34 तर बर्जिल्‍लैले राजालाई जवाफ दिए, “म अरू कति वर्ष बाँचूला र म राजासँग यरूशलेममा जाऊँ? \v 35 अहिले म असी वर्ष पुगिसकेको छु। के म असल र खराब छुट्ट्याउन सक्छु र? के हजुरको सेवकले खाने र पिउने कुरामा रमाउन सक्छु र? के म अझै पुरुष र स्त्रीहरूले गाएको गीत सुन्‍न सक्छु र? हजुरको सेवक मेरो मालिक राजाका निम्ति किन थप भार बनूँ? \v 36 राजासँग यर्दन नदी तरेर हजुरको सेवक केही टाढासम्म जानेछ; तर राजाले मलाई यसरी सम्मान किन दिनुहुन्छ? \v 37 हजुरको सेवकलाई फर्कन दिनुहोस्। अनि म मेरी आमा र बुबाको चिहानको छेउमा मेरो आफ्नै सहरमा मर्न सकूँ। तर यहाँ हजुरको सेवक किमहाम, मेरा छोरा छ। यो मेरा मालिक महाराजासँग पारि तरेर जाओस्। हजुरलाई जे इच्छा लाग्छ, यसलाई त्यही गर्नुहोस्।” \p \v 38 राजाले भने, “त्यसो भए किमहाम मसँगै यर्दन नदीपारि जाओस्। अनि तपाईंलाई इच्छा लागेको कुरा म त्यसका निम्ति गरिदिनेछु। अनि मबाट तपाईंले जे इच्छा गर्नुहुन्छ, म त्यो तपाईंका निम्ति गर्नेछु।” \p \v 39 सबै मानिसहरूले यर्दन नदी पार गरिसकेपछि राजाले यर्दन पार गरे। राजाले बर्जिल्‍लैलाई म्वाइँ खाए, र बर्जिल्‍लैलाई आशिष् दिएर बिदा गरे। अनि बर्जिल्‍लै आफ्नो घरमा फर्के। \p \v 40 जब राजा यर्दन पार भएर गिलगालमा आए। किमहाम पनि तिनीसँगै थिए। यहूदाका सबै सेनाहरू र इस्राएलका आधा सेनाहरूले राजालाईसँगै लगेर गएका थिए। \p \v 41 तब इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने, “हाम्रा दाजुभाइहरू, अर्थात् यहूदाका मानिसहरूले राजालाई चोरेर किन लगे, र उहाँ र उहाँका सबै मानिसहरूसँग उहाँका घरानालाई यर्दन पार गराएर किन ल्याए?” \p \v 42 यहूदाका सबै मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए, “राजा हाम्रा नजिकका आफन्त हुनुभएको कारण हामीले यसो गरेका हौँ। तिमीहरू यो विषयमा किन रिसाउँछौ? के हामीले राजाको धनसम्पत्तिबाट केही खाएका छौँ? के हामीले आफ्ना निम्ति केही लगेका छौँ?” \p \v 43 तब इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्। यसैले दावीदमाथि हाम्रो दाबी तिमीहरूको भन्दा बढी छ। तब तिमीहरू किन हामीलाई तुच्छ व्यवहार गर्छौ? के हाम्रा राजालाई फर्काएर ल्याउने कुरा हामीले पहिले गरेका होइनौँ र?” \p तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् बलियो कुरा गरे। \c 20 \s1 शेबाले दावीदसँग विद्रोह गरेको \p \v 1 त्यहाँ शेबा नाम भएको एउटा बदमास मानिस थियो, जो बेन्यामीनी बिकरीको छोरा थियो। त्यसले तुरही फुक्यो, र जोडले कराएर भन्यो, \q1 “दावीदसँग हाम्रो केही भाग छैन, \q2 यिशैको छोरासँग हाम्रो कुनै अधिकार छैन! \q1 हे इस्राएल, तिमीहरू हरेक आ-आफ्नो छाउनीमा जाऊ!” \p \v 2 यसकारण इस्राएलका सारा मानिसहरूले बिकरीको छोरा शेबाको पछि लाग्नलाई दावीदलाई त्यागे। तर यहूदाका मानिसहरूचाहिँ यर्दनदेखि यरूशलेमसम्म आफ्ना राजासँगै रहिरहे। \p \v 3 जब दावीद यरूशलेममा आफ्नो राजमहलमा फर्के, तब राजाले राजमहलको हेरचाह गर्न छोडेका दश जना उपपत्नीहरूलाई लिएर एउटा घरमा नजरबन्दी गरेर राखे। तिनीहरूलाई चाहिने सबै कुरा प्रबन्ध गरिदिए, तर राजाले उनीहरूसँग यौन सम्बन्ध राखेनन्। तिनीहरूको मृत्युसम्म नै तिनीहरूलाई नजरबन्दीमा राखियो। तिनीहरूले विधवा समान जीवन बिताए। \p \v 4 तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिनभित्र मकहाँ बोलाएर ल्याउनू, र तिमी आफू पनि यहाँ उपस्थित होऊ!” \v 5 तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो। \p \v 6 दावीदले अबीशैलाई भने, “अब बिकरीको छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा पनि ठूलो हानि गर्नेछ। तिम्रा मालिकका मानिसहरूलाई लिएर त्यसलाई खेद। नत्रता त्यसले आफ्ना निम्ति सुरक्षित सहरहरू भेट्टाउला, र हामीबाट उम्केर जाला।” \v 7 यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के। \p \v 8 जब तिनीहरू गिबोनको ठूलो चट्टानमा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ सैनिक पोशाक लगाएका थिए। अनि त्यसमाथि कम्मरमा एउटा पटुका बाँधेर त्यसमा म्यानसमेत एउटा तरवार भिरिराखेका थिए। जब तिनी अगि बढे, तब तरवार म्यानबाट झर्‍यो। \p \v 9 योआबले अमासालाई भने, “हे मेरा भाइ, तिमी कुशलै त छौ नि?” तब योआबले अमासालाई म्वाइँ खान तिनको दाहिने हातले तिनको दाह्रीमा समाए। \v 10 अमासाले योआबको हातको तरवारतिर ध्यानै दिएनन्। अनि योआबले तिनको पेटमा तरवार रोपिदिए; र तिनको आन्द्राभुँडी बाहिर भुइँमा झारिदिए। फेरि तरवार प्रहार गर्नै नपरी अमासा मरे। त्यसपछि योआब र तिनको भाइ अबीशैले बिकरीको छोरा शेबालाई खेद्न थाले। \p \v 11 योआबका एक जना मानिसले अमासाको छेउमा उभिएर भने, “जसले योआबलाई मन पराउँछ, र जो दावीदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस्!” \v 12 अमासाचाहिँ बाटोको बीचमा रगतमा भिजेर लडिरहेका थिए। तब त्यस मानिसले सबै सेनाहरू त्यहाँ आएर अडिएका देखे। जब त्यो मानिसले अमासा भएको ठाउँमा जो जति पनि आएर अडिएको देख्यो, त्यसले अमासालाई घिस्याएर खेतमा लग्यो, र त्यसमाथि एउटा लुगा फ्याँकिदियो। \v 13 जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए। \p \v 14 शेबा इस्राएलका सबै वंशहरूका बीचबाट भएर हाबिल-बेथ-माकामा गए। तिनी बेकेरीहरूका\f + \fr 20:14 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa बरीहरू\fqa*\f* समस्त प्रान्त हुँदैगए। अनि बेकेरीहरू एकसाथ भेला भएर तिनको पछि लागे। \v 15 योआबसँग भएका सबै सेनाहरूले आएर शेबालाई हाबिल-बेथ-माकामा घेरा हाले। तिनीहरूले सहरसम्मै घेराबन्दी गरे, त्यस सहरका बाहिरी पर्खालहरूसम्मै खडा भए। जब तिनीहरूले पर्खाल भत्काउनलाई त्यसमाथि प्रहार गरिरहेका थिए, \v 16 तब एउटी बुद्धिमानी स्त्रीले सहरबाट कराएर बोलाइन्, “सुन्‍नुहोस्! सुन्‍नुहोस्! योआबलाई यहाँ पठाइदिनुहोस् र म तिनीसँग कुरा गर्न सकूँ।” \v 17 योआब स्त्रीको नजिकै गए, र तिनले सोधिन्, “तपाईं योआब हुनुहुन्छ?” \p तिनले जवाफ दिए, “हजुर, म उही हुँ।” \p तिनले भनिन्, “तपाईंको सेविकाले के भन्‍न चाहन्छिन्, त्यो सुन्‍नुहोस्।” \p योआबले भने, “हजुर, म सुन्दैछु।” \p \v 18 स्त्रीले भनिन्, “पहिलेका मानिसहरूले भन्‍ने गर्थे, ‘जवाफ पाउन हाबिल जानू,’ अनि समस्याको समाधान हुन्थ्यो। \v 19 हाम्रा सहर इस्राएलका सहरहरूमध्ये एक शान्तिप्रिय र राजभक्त सहर हो। तपाईंहरूले इस्राएलमा एउटा महत्वपूर्ण सहरलाई नष्‍ट गर्न लाग्नुभएको छ। तपाईंहरू किन याहवेहको सम्पत्ति विनाश गर्न चाहनुहुन्छ?” \p \v 20 योआबले जवाफ दिए, “मबाट यस्तो नहोस्! मबाट नष्‍ट गर्ने अर्थात् विनाश गर्ने काम नहोस्! \v 21 हाम्रो उद्देश्य त्यो होइन। एफ्राइमको पहाडी मुलुकका बिकरीको छोरा शेबा नाम भएका मानिसले राजाको विरुद्धमा, दावीदको विरुद्धमा आफ्नो हात उठाएको छ। त्यस एउटा मानिसलाई सुम्पिदेऊ, र म सहरबाट हटेर जानेछु।” \p त्यस स्त्रीले योआबलाई भनिन्, “त्यसको शिर पर्खालमाथिबाट तपाईंकहाँ फ्याँकिनेछ।” \p \v 22 तब त्यस स्त्री आफ्नो बुद्धिमानी सल्‍लाहका साथ सबै मानिसहरूकहाँ गइन्। अनि तिनीहरूले बिकरीको छोरा शेबाको शिर काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले तुरही फुके। अनि सबै मानिसहरू सहरबाट छरिएर आ-आफ्ना घरमा गए। योआब यरूशलेममा राजाकहाँ फर्केर गए। \s1 दावीदका अधिकारीहरू \li1 \v 23 योआब इस्राएलका सम्पूर्ण सेनाहरूमाथि सेनापति थिए; \li1 यहोयादाका छोरा बनायाह करेतीहरू र पेलेथीहरूमाथि सेनापति थिए; \li1 \v 24 अदोनीराम मजदुरहरूका नाइके थिए; \li1 अहीलूदको छोरा यहोशापात लेखापाल थिए; \li1 \v 25 शेभाचाहिँ सचिव थिए; \li1 सादोक र अबीयाथार पुजारी थिए; \li1 \v 26 अनि याईरी ईरा पनि दावीदका पुजारी थिए। \c 21 \s1 गिबोनीहरूले बदला लिएका \p \v 1 दावीदको शासनकालमा लगातार तीन वर्षसम्म अनिकाल पर्‍यो। यसकारण दावीदले याहवेहसित सोधखोज गरे। याहवेहले भन्‍नुभयो, “यो शाऊल र त्यसको रगतले मुछिएको घरानाको कारणले गर्दा हो। किनकि त्यसले गिबोनीहरूलाई मार्‍यो।” \p \v 2 राजाले गिबोनीहरूलाई बोलाए, र तिनीहरूसँग कुरा गरे। (गिबोनीहरूचाहिँ इस्राएलको वंशका थिएनन्, तर एमोरीहरूबाट बाँचेकाहरू थिए। इस्राएलीहरूले तिनीहरूलाई बचाइराख्ने शपथ खाएका थिए। तर शाऊलले चाहिँ इस्राएल र यहूदाप्रतिको आफ्नो जोशमा तिनीहरूको नामनिशानै मेटिदिने कोसिस गरेका थिए।) \v 3 दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्‍चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?” \p \v 4 गिबोनीहरूले जवाफ दिए, “शाऊल अथवा तिनको परिवारबाट सुन वा चाँदी माग्ने हाम्रो अधिकार छैन; न त हामीले इस्राएलमा कसैलाई मार्न सक्ने अधिकार नै छ।” \p दावीदले सोधे, “तिमीहरूका निम्ति मैले के गरिदिएको चाहन्छौ?” \p \v 5 तिनीहरूले राजालाई जवाफ दिए, “जसले हामीहरूलाई नष्‍ट पारे, र हाम्रो विरुद्धमा षड्यन्त्र गरेर हामीलाई मार्ने योजना गरेका थिए; त्यसरी नै हामीलाई पूरै नाश गर्न र इस्राएलको समस्त इलाकामा हाम्रा निम्ति कहीँ पनि ठाउँ नहोस् भन्‍ने चाहेका थिए, \v 6 त्यही षड्यन्त्रकारीका सन्तानहरूमध्ये सात जना पुरुष मारिनका लागि हामीलाई दिइयोस्। हामी याहवेहका चुनिएका शाऊलको गेबामा याहवेहका सामु तिनीहरूलाई झुण्डाएर मार्नेछौँ अनि तिनीहरूका शरीर प्रदर्शन गर्नेछौँ।” \p यसकारण राजाले भने, “म तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनेछु।” \p \v 7 राजा दावीदले आफ्नो र शाऊलका छोरा जोनाथनका बीचमा याहवेहको सामु भएको शपथको कारण शाऊलका छोरा जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे। \v 8 तर राजाले अय्याकी छोरी रिश्पाले शाऊलबाट जन्माएका दुई छोराहरू आरमोनी र मपीबोशेतको साथमा शाऊलका छोरी मेराबले\f + \fr 21:8 \fr*\ft शाऊलका जेठी छोरी, (\+xt 1 शमू 18:19\+xt*)\ft*\f* महोलाती बर्जिल्‍लैका छोरा अद्रीएलबाट जन्माएका पाँच जना छोराहरूलाई लिए। \v 9 अनि तिनीहरूलाई दावीदले गिबोनीहरूकहाँ सुम्पिदिए, जसले तिनीहरूलाई याहवेहसामु एउटा डाँडामा झुण्ड्याएर मारे। ती सातै जना एकैसाथ मरे। कटनीको पहिलो दिनमै तिनीहरू मारिए, अर्थात् जौको कटनी सुरु भएकै दिन तिनीहरू मारिए। \p \v 10 अय्याकी छोरी रिश्पाले भाङ्ग्रा लिएर त्यसलाई एउटा चट्टानमाथि आफ्ना निम्ति बिछ्याइन्। कटनीको सुरुवातको दिनदेखि मृत शरीरहरूमा आकाशबाट पानी नपरेसम्म तिनले दिउँसो आकाशका चराहरू र राति जङ्गली पशुहरूलाई ती मृत शरीरहरू छुन दिइनन्। \v 11 जब शाऊलकी उपपत्नी रिश्पा, अर्थात् अय्याकी छोरीले जे गरेकी थिइन्, त्यो कुरा दावीदलाई बताइयो, \v 12 तब तिनी गएर याबेश-गिलादका नगरबासीहरूबाट शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरू लिए। (तिनीहरूले बेथ-शानको चोकबाट ती चोरेर लगेका थिए, जहाँ पलिश्तीहरूले शाऊललाई गिल्बोमा मारेपछि तिनीहरूलाई झुण्ड्याएका थिए।) \v 13 दावीदले त्यहाँबाट शाऊल र जोनाथनका हड्डीहरू, र झुण्डाएर मारिएका सात जना मानिसहरूका हड्डीहरू भेला गरेर थुप्रो लगाए। \p \v 14 तिनीहरूले शाऊल र तिनका छोरा जोनाथनका हड्डीहरूलाई बेन्यामीनको सला भन्‍ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाडे, र राजाले आज्ञा दिएका सबै कुरा गरे। त्यसपछि याहवेहले देशको निम्ति गरिएका प्रार्थना सुन्‍नुभयो। \s1 पलिश्तीहरूको विरुद्धमा लडाइँ \p \v 15 फेरि एक पटक पलिश्तीहरू र इस्राएलीहरूको बीचमा लडाइँ भयो। दावीद आफ्ना सेनाहरूसँग पलिश्तीहरूको विरुद्धमा युद्ध गर्नलाई ओर्ले। युद्धमा दावीद थकित भए। \v 16 अनि इश्बी-बनोब, रफाका सन्तानहरूमध्येका एक, जसको भालाको ओजन तीन सय शेकेल\f + \fr 21:16 \fr*\ft लगभग 3.5 किलो\ft*\f* काँसोको थियो, र जसले एउटा नयाँ तरवार भिरेको थियो; त्यसले दावीदलाई मार्ने बिचार गर्‍यो। \v 17 तर सरूयाहका छोरा अबीशै दावीदलाई बचाउन आए, र त्यस पलिश्तीलाई प्रहार गरेर मारिदिए। तब दावीदका मानिसहरूले राजासँग शपथ खाएर भने, “अबदेखि तपाईं हामीसँग लडाइँमा जानुहुनेछैन, ताकि इस्राएलको बत्ती ननिभोस्।” \p \v 18 केही समयपछि गोबमा पलिश्तीहरूसँग फेरि लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले रफाका सन्तानमध्ये एक जना सफलाई मारे। \p \v 19 गोबमा पलिश्तीहरूसँग फेरि भएको लडाइँमा बेथलेहेमबासी यारे-ओरेगीमको छोरा एल्हानानले गित्ती गोल्यतका भाइलाई मारे जसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तो थियो। \p \v 20 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएका जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। \v 21 जब त्यसले इस्राएललाई खिसी गर्‍यो, तब दावीदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मारे। \p \v 22 गातमा भएका यी चार जना मानिसहरू रफाका सन्तानहरू थिए। तिनीहरू दावीद र तिनका सेनाहरूका हातबाट मारिए। \c 22 \s1 दावीदको प्रशंसाको गीत \p \v 1 जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो। \v 2 तिनले भने: \q1 याहवेह मेरो चट्टान, मेरो किल्‍ला र मेरो उद्धारकर्ता हुनुहुन्छ; \q2 \v 3 मेरा परमेश्‍वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। \q2 मेरो ढाल र मेरो उद्धारको सिङ\f + \fr 22:3 \fr*\ft यो शब्दले यहाँ बललाई सङ्केत गर्दछ।\ft*\f* हुनुहुन्छ। \q1 उहाँ मेरो गढ, मेरो शरणस्थान र मेरो उद्धारकर्ता हुनुहुन्छ। \q2 तपाईंले मलाई हिँस्रक मानिसहरूबाट बचाउनुहुन्छ। \b \q1 \v 4 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; \q2 र म मेरा शत्रुहरूबाट बचाइन्छु। \q1 \v 5 मृत्युका छालहरूले मलाई घेरे; \q2 विनाशको बाढीले मलाई भयभीत पारे। \q1 \v 6 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; \q2 मैले मृत्युको पासोको सामना गर्नुपर्‍यो। \b \q1 \v 7 मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ; \q2 मैले मेरा परमेश्‍वरलाई पुकारेँ। \q1 उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो; \q2 मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो। \q1 \v 8 पृथ्वी काम्यो, र हल्‍लियो; \q2 आकाशका\f + \fr 22:8 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa पहाड\fqa*\f* जगहरू हल्‍लिए; \q2 तिनीहरू कामे किनकि परमेश्‍वर रिसाउनुभएको थियो। \q1 \v 9 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; \q2 उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; \q2 त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के। \q1 \v 10 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; \q2 अँध्यारो बादल उहाँको पाउमुनि थियो। \q1 \v 11 करूबहरूमा सवार भएर उहाँ उड्नुभयो; \q2 बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो। \q1 \v 12 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो; \q2 हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने मण्डप तुल्याउनुभयो। \q1 \v 13 उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो, \q2 अनि चट्याङबाट आगोका झिल्काहरू निस्के। \q1 \v 14 याहवेह स्वर्गबाट गर्जनुभयो; \q2 सर्वोच्‍चको सोर गुञ्जायमान भयो। \q1 \v 15 उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो; \q2 उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो। \q1 \v 16 हे याहवेह, तपाईंको हप्काइमा \q2 र तपाईंका नाकका प्वालबाट निस्केका सासले \q1 समुद्रका तहहरू देखा परे, \q2 र पृथ्वीका जगहरू प्रकट भए। \b \q1 \v 17 उहाँले माथि उच्‍चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो; \q2 उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो। \q1 \v 18 उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, \q2 मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए। \q1 \v 19 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, \q2 तर याहवेह मेरा सहारा हुनुभयो। \q1 \v 20 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; \q2 उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो। \b \q1 \v 21 याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ; \q2 मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ। \q1 \v 22 किनकि म याहवेहको मार्गमा चलेको छु; \q2 मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ। \q1 \v 23 उहाँका सारा नियमहरू मेरा अगि छन्; \q2 उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ। \q1 \v 24 म उहाँको अगि निर्दोष रहेको छु; \q2 र मैले आफूलाई पापबाट जोगाइराखेको छु। \q1 \v 25 याहवेहले मेरो धार्मिकताअनुसार \q2 र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ। \b \q1 \v 26 विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, \q2 निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ; \q1 \v 27 शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ; \q2 तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ। \q1 \v 28 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ; \q2 तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। \q1 \v 29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; \q2 तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। \q1 \v 30 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; \q2 मेरा परमेश्‍वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। \b \q1 \v 31 परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: \q2 याहवेहको वचन दोषरहित छ; \q2 उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। \q1 \v 32 किनकि याहवेहबाहेक अर्को परमेश्‍वर को छ र? \q2 हाम्रा परमेश्‍वरबाहेक अर्को चट्टान को छ र? \q1 \v 33 उनै परमेश्‍वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ; \q2 र मेरा मार्गलाई सुरक्षित तुल्याउनुहुन्छ। \q1 \v 34 उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; \q2 उहाँले मलाई उच्‍च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ। \q1 \v 35 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; \q2 मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्। \q1 \v 36 तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ, \q2 तपाईंको सहायताले मलाई महान् बनाएको छ। \q1 \v 37 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ; \q2 ताकि मेरा गोडा नचिप्लून्। \b \q1 \v 38 मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ; \q2 तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। \q1 \v 39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; \q2 तिनीहरू मेरा पाउमुनि लडे। \q1 \v 40 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; \q2 तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। \q1 \v 41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, \q2 र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। \q1 \v 42 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन। \q2 तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। \q1 \v 43 मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ; \q2 अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ। \b \q1 \v 44 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; \q2 तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; \q1 मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्। \q2 \v 45 विदेशीहरू मेरा अगि झुक्दछन्; \q2 मेरो सोर सुन्‍नसाथ तिनीहरू मेरा आज्ञापालन गर्दछन्। \q1 \v 46 तिनीहरूको सारा साहस हराउँछन्; \q2 र तिनीहरूका किल्‍लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्। \b \q1 \v 47 याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! \q2 परमेश्‍वर, मेरा चट्टान, मेरा मुक्तिदाता उच्‍च होऊन्! \q1 \v 48 उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, \q2 जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, \q2 \v 49 जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। \q1 तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्‍च पार्नुभएको छ; \q2 हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ। \q1 \v 50 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; \q2 म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। \b \q1 \v 51 “उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; \q2 र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम, \q2 दावीद र तिनका वंशहरूलाई सदासर्वदा देखाउनुहुन्छ।” \c 23 \s1 दावीदका अन्तिम वचनहरू \p \v 1 दावीदका अन्तिम वचनहरू यिनै हुन्: \q1 “यिशैका छोरा दावीदका दिव्य वाणी, \q2 सर्वोच्‍चद्वारा उच्‍च पारिएका मानिसको वाणी, \q1 याकोबका परमेश्‍वरद्वारा अभिषेक गरिएका मानिस, \q2 इस्राएलका लोकप्रिय भजन-गायक: \b \q1 \v 2 “याहवेहको आत्मा मद्वारा बोल्नुभयो; \q2 उहाँको वचन मेरो मुखमा थियो। \q1 \v 3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, \q2 इस्राएलका चट्टानले मलाई भन्‍नुभयो: \q1 जसले धार्मिकतामा मानिसहरूमाथि शासन गर्छ, \q2 जसले परमेश्‍वरको श्रद्धामा मानिसहरूमाथि शासन गर्छ। \q1 \v 4 त्यो व्यक्ति बिहानको सूर्योदयको \q2 बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, \q1 पानी परेपछिको उज्यालोजस्तै, \q2 जसले जमिनबाट घाँस उमार्छ। \b \q1 \v 5 “यदि मेरो घरानाको परमेश्‍वरसँग सम्बन्ध ठिक नभएको भए \q2 निश्‍चय नै उहाँले मसँग हरेक कुरामा \q2 सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; \q1 निश्‍चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, \q2 र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन। \q1 \v 6 तर दुष्‍ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, \q2 जसलाई हातहरूले समात्न सकिँदैन। \q1 \v 7 जसले काँडालाई छुन्छ, \q2 त्यसले फलामको औजार अथवा भालाको चुच्‍चोलाई प्रयोग गर्छ; \q2 काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।” \s1 दावीदका वीर मानिसहरू \p \v 8 दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: \p तहकमोनी\f + \fr 23:8 \fr*\ft \+xt 1 इति 11:11\+xt* \ft*\fqa हकमोनी \fqa*\ft भनिएको छ।\ft*\f* योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए। \p \v 9 दोस्रोचाहिँ अहोही दोदोका छोरा एलाजार थिए, जो तीन जना वीर योद्धाहरूमध्ये एक जना थिए, जो पास-दम्मीममा\f + \fr 23:9 \fr*\ft हेर्नुहोस् \+xt 1 इति 11:13\+xt*;\ft*\f* लडाइँको निम्ति भेला भएका पलिश्तीहरूलाई चुनौती दिँदा दावीदसँग थिए। तब इस्राएलका अरू सेनाहरू पछि हटेका थिए। \v 10 तर एलाजार आफ्नै ठाउँमा खडा रहेर हात गलेर तरवारमै नटाँसिएसम्म तिनले पलिश्तीहरूसँग युद्ध गरिरहे। त्यस दिन याहवेहले ठूलो विजय दिनुभयो। तर बाँकी सेनाहरूचाहिँ मरेकाहरूलाई लुट्नको लागि मात्र एलाजारकहाँ फर्केर आए। \p \v 11 त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे। \v 12 तर शम्माचाहिँ त्यस खेतको बीचमा खडा भए। तिनले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले त्यस दिन ठूलो विजय दिनुभयो। \p \v 13 कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्‍लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए। \v 14 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए। \v 15 दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!” \v 16 यसकारण ती तीन जना वीरहरू पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए। \v 17 तिनले भने, “हे याहवेह, मबाट यस्तो काम नहोस्! के यो पानी आफ्ना जीवनलाई जोखिममा पार्ने मानिसहरूको रगत होइन र?” यसकारण दावीदले त्यो पानी पिएनन्। \p ती तीन वीर मानिसहरूका वीरताका कामहरू यस्ता थिए। \p \v 18 सरूयाहका छोरा योआबको भाइ अबीशैचाहिँ तीन\f + \fr 23:18 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa तीस\fqa*\f* जनाका अगुवा थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए। \v 19 के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए। \p \v 20 कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे। \v 21 तिनले एक जना डरलाग्दो ठूलो रूप भएको इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे। \v 22 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए। \v 23 तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे। \b \lh \v 24 ती तीस जनामा यी व्यक्तिहरू थिए: \b \li1 योआबका भाइ असाहेल, \li1 बेथलेहेमबासी दोदोका छोरा एल्हानान, \li1 \v 25 हरोदी शम्मा, \li1 हरोदी एलीका, \li1 \v 26 पल्ती हेलेस, \li1 तकोका इक्‍केशका छोरा ईरा, \li1 \v 27 अनातोतका अबीएजेर, \li1 हूशातीका सिब्बेकै,\f + \fr 23:27 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa मबुन्‍ने\fqa*\f* \li1 \v 28 अहोहीका सल्मोन, \li1 नतोपाती महरै, \li1 \v 29 नतोपातीबाट बानाहका छोरा हेलेद, \li1 बेन्यामीनको गेबाबाट रीबैका छोरा इत्तै, \li1 \v 30 पिरातोनीका बनायाह, \li1 गाशका खोल्साबाट हिद्दै,\f + \fr 23:30 \fr*\ft \+xt 1 इति 11:32\+xt* \ft*\fqa हुरै \fqa*\ft भनिएको छ।\ft*\f* \li1 \v 31 अर्बातीका अबी-अल्बोन, \li1 बहूरीमी अज्मावेत, \li1 \v 32 शाल्बोनी एल्याहबा, \li1 याशेनका छोराहरू, \li1 हरारीबाट \v 33 शम्माका छोरा जोनाथन, \li1 हरारीबाट शरारका छोरा अहीआम, \li1 \v 34 माकातीबाट आहसबैका छोरा एलीपेलेत, \li1 गीलोनीबाट अहीतोपेलका छोरा एलीआम, \li1 \v 35 कर्मेलबाट हेस्रो, \li1 अर्बीबाट पारै, \li1 \v 36 सोबाबाट नातानका छोरा यिगाल, \li1 हग्रीका छोरा, \li1 \v 37 अम्मोनीका सेलेक, \li1 बेरोतीका नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए, \li1 \v 38 यित्रीबाट ईरा, \li1 यित्रीबाट गारेब \li1 \v 39 र हित्ती उरियाह। \b \lf सबै जोडेर जम्मा सैँतीस जना थिए। \c 24 \s1 दावीदले लडाकु मानिसहरूका गन्ती लिएका \p \v 1 फेरि एक चोटि याहवेह इस्राएलीहरूसँग रिसाउनुभयो। अनि उहाँले दावीदलाई सुर्‍याउनुभयो, “जा, गएर इस्राएल र यहूदाको जनगणना गर्।” \p \v 2 यसकारण दावीदले योआब र तिनका अधीनमा भएका सेनाहरूका सेनापतिहरूलाई भने, “दानदेखि बेर्शेबासम्म इस्राएलका कुलहरूका बीचमा गएर लडाकु मानिसहरूको संख्या लिनू, ताकि सेनाहरू कति छन्, सो म जान्‍न सकूँ।” \p \v 3 तर योआबले राजालाई जवाफ दिए, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंका सेनाहरूलाई सय गुणा बढाइदेऊन्। अनि मेरा मालिक महाराजाका आँखाले ती सेनाहरूलाई देखून्। तर मेरा मालिक महाराजाले किन जनगणना गर्न चाहनुहुन्छ?” \p \v 4 तरै पनि राजाको कुराले योआब र सेनाका सेनापतिहरूका कुरालाई खारेज गर्‍यो। योआब त्यहाँबाट निस्केर गए। यसकारण इस्राएलका लडाकु मानिसहरूको संख्या लिन तिनीहरू राजाको उपस्थितिबाट बिदा भए। \p \v 5 तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे। \v 6 तिनीहरू गिलादमा र ताहतीम-होदशीको इलाकामा गए। अनि त्यहाँबाट दान-यान र सीदोन वरपरसम्म गए। \v 7 तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए। \p \v 8 तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए। \p \v 9 योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए। \p \v 10 आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।” \p \v 11 भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो: \v 12 “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ” \p \v 13 यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।” \p \v 14 दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।” \p \v 15 यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। \v 16 जब स्वर्गदूतले यरूशलेमलाई नष्‍ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए। \p \v 17 जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!” \s1 दावीदले वेदी बनाएका \p \v 18 त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!” \v 19 यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए। \v 20 जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे। \p \v 21 अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?” \p दावीदले जवाफ दिए, “तिम्रो खला किन्‍न आएको हुँ, ताकि मानिसहरूमाथि आएको महामारी थामिन सकोस् भनेर याहवेहका निम्ति एउटा वेदी बनाउन सकौँ।” \p \v 22 अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्। \v 23 हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंको बलिदान ग्रहण गरून्!” \p \v 24 तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्‍वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” \p यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी\f + \fr 24:24 \fr*\ft लगभग 575 ग्राम\ft*\f* दाम तिरेर त्यो किने। \v 25 दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्‍नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।