\id 2PE - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 पत्रुस \toc1 पत्रुसको दोस्रो पत्र \toc2 2 पत्रुस \toc3 2 पत्रु \mt1 पत्रुसको दोस्रो पत्र \c 1 \po \v 1 येशू ख्रीष्‍टको सेवक र प्रेरित सिमोन पत्रुसबाट, \po तिनीहरूलाई जसले हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकताद्वारा हाम्रोजस्तै बहुमूल्य विश्‍वास पाएका छन्: \po \v 2 परमेश्‍वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्! \s1 बोलावट र छनौटको निश्‍चयता \p \v 3 उहाँको ईश्‍वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ। \v 4 जसद्वारा उहाँले हामीलाई आफ्ना महान् र बहुमूल्य प्रतिज्ञाहरू दिनुभएको छ। यसरी ती प्रतिज्ञाहरूद्वारा तिमीहरू ईश्‍वरीय स्वभावमा सहभागी होओ, र दुष्‍ट इच्छाहरूले ल्याउने संसारको भ्रष्‍टतादेखि भाग्नसक्छौ। \p \v 5 यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण र सद्गुणमा ज्ञान, \v 6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, \v 7 भक्तिमा भातृ-स्‍नेह र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर। \v 8 किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनबाट बचाउनेछन्। \v 9 तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भुलेको हुन्छ। \p \v 10 यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; \v 11 अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ। \s1 पवित्र धर्मशास्त्रको अगमवाणी \p \v 12 यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैँ स्मरण गराउनेछु। \v 13 म यो शरीररूपी पालमा होउन्जेल तिमीहरूको सम्झनालाई ताजा गरिराख्न उचित ठान्दछु। \v 14 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्पष्‍ट पार्नुभएझैँ, म चाँडै नै यसलाई पन्छाउनेछु भनी जान्दछु। \v 15 अनि मेरो मृत्युपछि पनि तिमीहरूले यी कुराहरू सम्झिराख्न सक्ने तुल्याउनलाई म सकेसम्म प्रयास गर्नेछु। \p \v 16 हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौँ, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौँ। \v 17 किनकि उहाँले परमेश्‍वर पिताबाट इज्जत र महिमा प्राप्‍त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्‍ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”\f + \fr 1:17 \fr*\ft \+xt मत्ती 17:5; मर्कू 9:7; लूका 9:35\+xt*\ft*\f* \v 18 त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ। \p \v 19 अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्‍चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ। \v 20 मुख्य कुरा, तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रमा भएका अगमवाणीहरू अगमवक्ताहरूका आफ्नै व्याख्याबाट आएका होइनन्; \v 21 किनकि अगमवाणीको सुरु मानिसको इच्छाबाट भएको होइन, तर पवित्र आत्माले अगुवाइ गर्नुभएर मानिसहरूले परमेश्‍वरका तर्फबाट बोलेका हुन्। \c 2 \s1 झूटा शिक्षकहरूको विनाश \p \v 1 तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्‍तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्‍नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्। \v 2 धेरैले आ-आफ्ना भ्रष्‍ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्। \v 3 त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन। \p \v 4 किनकि परमेश्‍वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो। \v 5 यदि प्राचीन संसारलाई त उहाँले छोड्नुभएन, तर उहाँले अधर्मी मानिसहरूमाथि जलप्रलय ल्याउनुभयो; अनि धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई बचाउनुभयो। \v 6 उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्‍ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो। \v 7 अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्‍ट जीवनदेखि व्याकुल भएका थिए। \v 8 (किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।) \v 9 यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्‍नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ। \v 10 यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्। \p ती मानिसहरू साहसी र हठी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्। \v 11 स्वर्गदूतहरू, तिनीहरू बलिया र धेरै शक्तिशाली भए तापनि प्रभुको उपस्थितिमा स्वर्गीय प्राणीहरूको विरुद्ध निन्दापूर्वक दोष लगाउँदैनन्। \v 12 तर यी मानिसहरू आफूले नबुझेका कुराहरूको पनि निन्दा गर्दछन्। तिनीहरू विवेकहीन पशुसमान छन्; स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्; अनि तिनीहरू पनि पशुहरूझैँ नाश हुनेछन्। \p \v 13 तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्। \v 14 व्यभिचारपूर्ण आँखाले भरिएका तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरूले चञ्चल मन भएकाहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभ गर्नमा बानी परेकाहरू हुन्, श्रापित सन्तान हुन्! \v 15 तिनीहरू सीधा बाटो छोडी बओरको\f + \fr 2:15 \fr*\ft ग्रीकमा \ft*\fqa बेजेर\fqa*\f* छोरा बालामको बाटो पछ्याउनलाई तर्केर गएका छन्, जसले दुष्‍टताको ज्यालालाई रुचाए; \v 16 तर तिनको गलत कामको लागि त्यसले एउटा गधाबाट हप्की पायो; एउटा जनावर जसको बोली नै हुँदैन, जसले मानिसको सोरमा बोल्यो\f + \fr 2:16 \fr*\ft हेर्नुहोस् \+xt गन्ती 22:21‑35\+xt*\ft*\f* र अगमवक्ताको पागलपनलाई रोकिदियो। \p \v 17 यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ। \v 18 किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै अभिलाषाको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्। \v 19 झूटा शिक्षकहरूले तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्‍टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनमा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ। \v 20 यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर संसारको भ्रष्‍टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ। \v 21 तिनीहरूका लागि धार्मिकताको बाटो जानेर पनि तिनीहरूलाई दिइएका पवित्र आज्ञाहरूबाट पछि हट्नुभन्दा, बरु त्यस सम्बन्धमा ज्ञानै नहुनु उत्तम हुनेथियो। \v 22 उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,”\f + \fr 2:22 \fr*\ft \+xt हितो 26:11\+xt*\ft*\f* र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।” \c 3 \s1 प्रभुको दिन \p \v 1 हे प्रिय मित्रहरू हो, यो तिमीहरूलाई मेरो दोस्रो पत्र हो। मैले यी दुवै पत्रहरू तिमीहरूलाई फाइदाजनक विचारतर्फ उत्तेजित गराउन स्मरण पत्रको रूपमा लेखेको छु। \v 2 म तिमीहरूले बितेका समयमा पवित्र अगमवक्ताद्वारा बोलिएका शब्दहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताले दिनुभएको आज्ञा पुनः स्मरण गर भनी इच्छा गर्दछु। \p \v 3 सबैभन्दा पहिले तिमीहरूले बुझ्नुपर्दछ, कि अन्त्यका दिनहरूमा खिसी गर्नेहरू आउनेछन्; तिनीहरूले खिसी गर्नेछन्, र आफ्नै दुष्‍ट विचारहरूलाई पछ्याउनेछन्। \v 4 अनि तिनीहरूले भन्‍नेछन्, “उहाँले प्रतिज्ञा गरेअनुसार ‘आगमन’ खोइ त? हाम्रा पितापुर्खाहरू मरेको समयदेखि यता सृष्‍टिको सुरुबाट चलिआएका कुराहरू यथावत् नै चलिरहेका छन्।” \v 5 परमेश्‍वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्। \v 6 अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्। \v 7 त्यही वचनद्वारा वर्तमानका स्वर्ग र पृथ्वी न्यायको दिन र ईश्‍वरहीन मानिसहरूको विनाशका लागि जम्मा पारेर आगोको निम्ति जोगाएर राखिएका छन्। \p \v 8 मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्‍वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो। \v 9 केही मानिसले ढिलापनको विषयमा सोचेझैँ, प्रभु आफ्ना प्रतिज्ञा पूरा गर्न ढिलो गर्नुहुन्‍न। उहाँ हामीतर्फ धैर्यवान् हुनुहुन्छ, तर कोही पनि नाश भएको चाहनुहुन्‍न; तर प्रत्येकले पश्‍चात्ताप गरून् भन्‍ने चाहनुहुन्छ। \p \v 10 तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्‍त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्। \p \v 11 यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्‍वरीय जीवन बिताउनुपर्छ। \v 12 जब तिमीहरूले परमेश्‍वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्। \v 13 तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र एउटा पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो। \p \v 14 त्यसकारण प्रिय मित्रहरू हो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, तब दागरहित, दोषरहित भेट्टाइने तथा उहाँसँग शान्तिमा हुने सक्दो प्रयास गर। \v 15 अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्‍ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्‍वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्। \v 16 उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्। \p \v 17 त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्। \v 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। \b \b \p उहाँलाई अहिले अनि सदासर्वदा महिमा होस्! आमेन।