\id 2KI - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 राजाहरू \toc1 राजाहरूको दोस्रो पुस्तक \toc2 2 राजाहरू \toc3 2 राजा \mt1 राजाहरूको दोस्रो पुस्तक \c 1 \s1 अहज्याहमाथि याहवेहको न्याय \p \v 1 आहाबको मृत्युपछि मोआबले इस्राएलको विरुद्धमा विद्रोह गर्‍यो। \v 2 एक दिन इस्राएलका नयाँ राजा अहज्याह सामरियामा आफ्नो महलको माथिल्‍लो कोठाको आँखीझ्यालबाट खसे, र तिनी घाइते भए। यसकारण तिनले दूतहरूलाई यसो भनेर पठाए, “एक्रोनको देवता बाल-जेबुबकहाँ जाओ। म आफ्नो चोटबाट निको हुन्छु कि हुदिनँ भनेर सोध।” \p \v 3 तर याहवेहको दूतले तिश्बी एलियालाई भने, “जा, सामरियाका राजाका दूतहरूलाई भेट्, र तिनीहरूलाई ‘के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तिमीहरू एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन जाँदैछौ?’ भनेर सोध्। \v 4 यसकारण याहवेहको सन्देश यो छ: ‘तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!’ ” तब एलिया गइहाले। \p \v 5 जब ती दूतहरू फर्किआए, तब राजाले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केर आयौ?” \p \v 6 तिनीहरूले जवाफ दिए, “एक जना मानिस हामीलाई भेट्न आए, र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर तिनलाई भन्‍नू, “याहवेह यसो भन्‍नुहुन्छ: के इस्राएलमा परमेश्‍वर हुनुहुन्‍न र तैँले एक्रोनको देवता बाल-जेबुबसित सल्‍लाह लिन भनी मानिसहरू पठाउँदैछस्? यसकारण तँ जुन पलङमा छस्, त्यसबाट तँ उत्रनेछैनस्। तँ निश्‍चय मर्नेछस्!” ’ ” \p \v 7 राजाले तिनीहरूलाई सोधे, “तिमीहरूलाई भेट्न आएर यी कुराहरू भन्‍ने मानिस कस्तो किसिमको थियो?” \p \v 8 तिनीहरूले जवाफ दिए, “तिनी रौँका वस्त्र पहिरेका र कम्मरमा छालाको पटुका कसेका मानिस थिए।” \p राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।” \p \v 9 तब तिनले एलियाकहाँ एक जना सेनापतिलाई तिनका पचास जना सेनाहरूसित पठाए। ती सेनापति डाँडाको टुप्पामा बसिरहेका एलियाकहाँ गएर भने, “हे परमेश्‍वरका जन, राजाले तपाईंलाई भन्‍नुभएको छ, ‘तल आउनुहोस्!’ ” \p \v 10 एलियाले सेनापतिलाई जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब स्वर्गबाट आगो बर्सेर त्यस सेनापति र तिनका सेनाहरूलाई भस्म पार्‍यो। \p \v 11 राजाले एलियाकहाँ अर्को सेनापतिलाई तिनका पचास जनाको सेनासित पठाए। ती सेनापतिले तिनलाई भने, “हे परमेश्‍वरका जन, राजाले भन्‍नुभएको छ, ‘झट्टै तल आउनुहोस्!’ ” \p \v 12 एलियाले जवाफ दिए, “यदि म परमेश्‍वरका जन हुँ भने स्वर्गबाट आगो बर्सेर तिमी र तिम्रा पचास जना सेनालाई भस्म पारोस्!” तब परमेश्‍वरको आगो स्वर्गबाट बर्सेर तिनी र तिनका पचास जना सेनालाई भस्म पार्‍यो। \p \v 13 यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्‍वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्! \v 14 हेर्नुहोस्, ती पहिलेका दुई सेनापति र तिनीहरूका सबै मानिसहरूमाथि स्वर्गबाट आगो बर्सियो र तिनीहरू भस्म भए। तर अब मेरो प्राण जोगाइदिनुहोस्!” \p \v 15 याहवेहका दूतले एलियालाई भने, “त्योसित तल जा; त्यसदेखि नडरा।” यसकारण एलिया उठे, र तिनीसित राजाकहाँ तल गए। \p \v 16 तिनले राजालाई भने, “याहवेह यसो भन्‍नुहुन्छ: के सल्‍लाह लिनलाई इस्राएलमा परमेश्‍वर हुनुहुन्‍नथ्यो र तैँले एक्रोनको देवता बाल-जेबुबकहाँ सल्‍लाह लिन भनी दूतहरू पठाइस्? तैँले यसो गरेकोले आफू सुतिरहेको पलङ कहिल्यै छोड्नेछैनस्। तँ निश्‍चय नै मर्नेछस्!” \v 17 यसकारण एलियाले बोलेका याहवेहको वचनअनुसार तिनको मृत्यु भयो। \p अहज्याहका कुनै छोरा नभएकोले तिनीपछि तिनका भाइ योराम\f + \fr 1:17 \fr*\fq योराम \fq*\ft मूल भाषामा अर्को नाम \ft*\fqa यहोराम \fqa*\ft हो।\ft*\f* राजा भए। यहूदाका राजा यहोशापातका छोरा यहोरामको शासनकालको दोस्रो वर्षमा यो भएको थियो। \v 18 अहज्याहको शासनका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छैनन् र? \c 2 \s1 एलिया स्वर्ग उठाइलगिएका \p \v 1 याहवेहले एलियालाई आँधीबेहरीमा उठाइलैजान अगि एलिया र एलीशा गिलगालबाट आइरहेका थिए। \v 2 एलियाले एलीशालाई भने, “यहीँ बस; याहवेहले मलाई बेथेलमा जाने आज्ञा गर्नुभएको छ।” \p तर एलीशाले भने, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू बेथेलमा झरे। \p \v 3 बेथेलमा भएका एक दल अगमवक्ताहरू एलीशाकहाँ आएर सोधे, “के याहवेहले तिम्रा मालिकलाई आज तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” \p एलीशाले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!” \p \v 4 तब एलियाले तिनलाई भने, “एलीशा, तिमी यहीँ बस; याहवेहले मलाई यरीहोमा जाने आज्ञा गर्नुभएको छ।” \p तर तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू यरीहोमा गए। \p \v 5 यरीहोमा भएका अगमवक्ताहरूको दल एलीशाकहाँ गएर तिनलाई सोधे, “के आज याहवेहले तिम्रा मालिकलाई तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” \p तिनले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!” \p \v 6 तब एलियाले तिनलाई भने, “यहीँ बस; याहवेहले मलाई यर्दनमा जाने आज्ञा गर्नुभएको छ।” \p तब तिनले जवाफ दिए, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण ती दुवै अगि बढे। \p \v 7 पचास जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए, र यर्दन नदीको किनारमा एलिया र एलीशा उभिएको ठाउँतिर हेर्दै केही दूरीमा उभिए। \v 8 एलियाले आफ्नो खास्टो निकालेर त्यसलाई बेह्रे, र पानीलाई त्यसले हिर्काए। तब पानी दाहिने र देब्रेतिर दुई भाग भयो। अनि ती दुई सुक्खा जमिनबाट हिँडेर पारि गए। \p \v 9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “मलाई भन, तिमीबाट लगिनुभन्दा अगि म तिम्रा निम्ति के गरिदिऊँ?” \p एलीशाले जवाफ दिए, “म तपाईंको आत्माको दोबर भाग प्राप्‍त गर्न सकूँ।” \p \v 10 एलियाले भने, “तिमीले त अप्ठ्यारो कुरा माग्यौ। तरै पनि यदि तिमीले मलाई तिमीबाट लगिएको देख्यौ भने तिम्रा इच्छा पूरा हुनेछ; नत्रता हुनेछैन।” \p \v 11 तिनीहरू एकसाथ कुरा गर्दै हिँडिरहेको बेला अचानक अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे, र ती दुईलाई अलग पारे। अनि एलिया भुमरीमा भई माथि स्वर्गतिर लगिए। \v 12 एलीशाले यो देखे, र कराएर भने, “हे मेरा पिता! हे मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” त्यसपछि एलीशाले तिनलाई फेरि कहिल्यै देखेनन्। तब तिनले आफ्नो वस्त्र समाते, र त्यसलाई दुई भाग गरेर च्याते। \p \v 13 तिनले एलियाबाट खसेको खास्टो उठाए; र फर्केर यर्दनको किनारमा उभिए। \v 14 तब तिनले एलियाबाट खसेको खास्टो उठाए, र पानीलाई हिर्काएर भने, “याहवेह एलियाका परमेश्‍वर अब कहाँ हुनुहुन्छ?” जब तिनले पानीलाई हिर्काए, तब त्यो दाहिने र देब्रेतिर छुट्टिएर दुई भाग भयो, र तिनी पारि गए। \p \v 15 त्यो दृष्य हेरिरहेका यरीहोका अगमवक्ताहरूका दलले भने, “एलियाको आत्मा एलिशामाथि आएछ।” अनि तिनीहरू एलीशालाई भेट्न गए, र तिनको सामु भुइँसम्म निहुरेर अभिवादन गरे। \v 16 तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका सेवकहरूसँग पचास जना बलिया मानिसहरू छन्। तिनीहरूलाई तपाईंका मालिकलाई खोज्न जान दिनुहोस्। सायद याहवेहको आत्माले तिनलाई उठाएर लैजानुभयो, र कुनै पहाड अथवा बेँसीमा राखिदिनुभएको छ कि।” \p एलीशाले भने, “होइन, तिनीहरूलाई नपठाओ।” \p \v 17 तर तिनीहरूले लज्जित होउन्जेल ढिपी गरिरहे। यसकारण तिनले भने, “तिनीहरूलाई पठाओ।” अनि तिनीहरूले पचास जना मानिसलाई पठाए, जसले तीन दिनसम्म खोजे; तर एलियालाई भेट्टाउन सकेनन्। \v 18 जब तिनीहरू एलीशाकहाँ फर्के, एलीशा यरीहोमै थिए, तब तिनले तिनीहरूलाई भने, “के मैले तिमीहरूलाई नजाओ भनेको थिइनँ र?” \s1 पानीलाई शुद्ध पारिएको \p \v 19 त्यस सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, हाम्रा मालिक, यो सहर राम्रो ठाउँमा बसालिएको छ, जुन तपाईंले पनि देख्नुभएको छ। तर पानी दूषित छ, र जमिन पनि रुखो छ।” \p \v 20 तिनले भने, “मकहाँ एउटा नयाँ कचौरा ल्याओ, र त्यसमा नुन हाल।” यसकारण तिनीहरूले त्यो तिनीकहाँ ल्याए। \p \v 21 तब तिनी पानीको मूलमा गए; र त्यसमा नुन हालेर यसो भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘मैले यस पानीलाई शुद्ध पारेको छु। यसले अब कहिल्यै मृत्यु ल्याउनेछैन, र जमिन रुखो बनाउनेछैन।’ ” \v 22 यसैकारण एलीशाले भनेका वचनअनुसार आजको दिनसम्म नै त्यो पानी स्वस्थ रहेको छ। \s1 एलीशालाई गिल्‍ला गरिएको \p \v 23 त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्‍ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!” \v 24 तब तिनले फनक्‍क फर्केर तिनीहरूतिर हेरे। अनि तिनले याहवेहको नाममा तिनीहरूलाई सरापे। तब जङ्गलबाट दुई वटा माउ भालु निस्के। अनि ती केटाहरूमध्ये बयालीस जना केटाहरूलाई चिथोरेर मारे। \v 25 अनि त्यहाँबाट तिनी कर्मेल पर्वतसम्म गए, र त्यहाँबाट तिनी सामरियामा फर्के। \c 3 \s1 मोआबको विद्रोह \p \v 1 यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योराम\f + \cat dup\cat*\fr 3:1 \fr*\fq योराम \fq*\ft मूल भाषामा अर्को नाम \ft*\fqa यहोराम \fqa*\ft हो।\ft*\f* सामरियामा इस्राएलका राजा भए। तिनले बाह्र वर्ष राज्य गरे। \v 2 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए। \v 3 तरै पनि नबातका छोरा यारोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, ती पापहरूमा तिनी लागिरहे। योराम ती पापबाट फर्केनन्। \p \v 4 यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो। \v 5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलका राजाको विरुद्धमा विद्रोह गरे। \v 6 यसकारण त्यस बेला राजा योराम सामरियाबाट निस्के, र तिनले सबै इस्राएललाई भेला गरे। \v 7 तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?” \p तिनले जवाफ दिए, “म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।” \p \v 8 तब तिनले सोधे, “हामीले कुन दिशाबाट आक्रमण गरौँ?” \p तिनले जवाफ दिए, “एदोमको उजाडस्थानबाट।” \p \v 9 यसकारण इस्राएलका राजासँग यहूदाका राजा र एदोमका राजा पनि सामेल भए। सात दिनको घुमौरो यात्रापछि फौजसित आफ्ना निम्ति र आफूसित भएका पशुहरूका निम्ति पनि पानी रहेन। \p \v 10 इस्राएलका राजाले भने, “यो के हो? के याहवेहले हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिनका निम्ति बोलाउनुभएको हो र?” \p \v 11 तर यहोशापातले सोधे, “के यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसद्वारा हामी याहवेहसित सल्‍लाह लिन सकौँ?” \p इस्राएलका राजाका एक जना अधिकृतले जवाफ दिए, “शापातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हात धुन पानी खनाइदिने गर्थे।\f + \fr 3:11 \fr*\ft तिनी एलियाका व्यक्तिगत सेवक थिए।\ft*\f*” \p \v 12 यहोशापातले भने, “याहवेहको वचन तिनीसित छ।” यसकारण इस्राएलका राजा र यहोशापात अनि एदोमका राजा तिनीकहाँ तल गए। \p \v 13 एलीशाले इस्राएलका राजालाई भने, “हाम्रो आपसमा के सम्बन्ध छ र? तपाईंका पिताका अगमवक्ताहरू र तपाईंकी माताका अगमवक्ताहरूकहाँ जानुहोस्।” \p इस्राएलका राजाले जवाफ दिए, “होइन, किनकि याहवेहले नै हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिन बोलाउनुभयो।” \p \v 14 एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ। \v 15 तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” \p जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो। \v 16 अनि तिनले भने, “याहवेह यसो भन्‍नुहुन्छ: म यस उपत्यकालाई पानीको खाडल नै खाडलले भरिदिनेछु। \v 17 किनकि याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्‍टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्। \v 18 यो त याहवेहको दृष्‍टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। \v 19 तिमीहरूले प्रत्येक सुरक्षित र मुख्य नगरलाई जित्नेछौ। तिमीहरूले प्रत्येक असल रूख काटेर ढाल्नेछौ। सबै पानीका मूलहरू बन्द गरिदिनेछौ। अनि प्रत्येक असल खेतलाई ढुङ्गाहरूले नष्‍ट पारिदिनेछौ।” \p \v 20 भोलिपल्ट बिहान, लगभग बलिदान चढाउने समयमा एदोमबाट पानी बगिरहेको थियो! अनि त्यो जमिन पानीले भरिएको थियो। \p \v 21 जब मोआबीहरूले तिनीहरूको विरुद्धमा लड्न राजाहरू आएका छन् भनी सुने, तब तिनीहरूले हतियार बोक्न सक्ने वृद्ध, जवान, सबै मानिसहरूलाई भेला पारे; र सिमानामा तैनाथ गराए। \v 22 जब तिनीहरू एकाबिहानै उठे, तब घाम पानीमाथि चम्किरहेको थियो। पारिपट्टि भएका मोआबीहरूले उनीहरूका छेउको त्यो पानी रगतजस्तै रातो देखे। \v 23 तिनीहरूले भने, “त्यो त रगत हो! ती राजाहरूले आपसमा लडाइँ गरेर एक-अर्कालाई मारे होलान्। अब हे मोआबी हो, लुट्नलाई जाओ!” \p \v 24 तर जब मोआबीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरू उठेर तिनीहरू नभागुन्जेल तिनीहरूसित लडाइँ गरिरहे। अनि इस्राएलीहरूले त्यस देशमाथि आक्रमण गरेर मोआबीहरूलाई मारे। \v 25 तिनीहरूले नगरहरू नष्‍ट गरिदिए; र प्रत्येक असल जमिन ढुङ्गाले भरिदिए। तिनीहरूले प्रत्येक पानीको मूललाई बन्द गरिदिए। अनि प्रत्येक असल रूखलाई काटेर ढालिदिए। कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसहित त्यसकै गाउँमा छोडिदिए। तर घुयेँत्रोधारी मानिसहरूले त्यसलाई पनि घेरेर आक्रमण गरे। \p \v 26 जब मोआबका राजाले आफूले युद्ध हार्दै गएको देखे, तब तिनले एदोमका राजा भएको ठाउँमा जसरी पनि पुग्नलाई आफूसित सात सय तरवारधारी मानिसहरू लगे; तर तिनीहरू असफल भए। \v 27 तब तिनले तिनीपछि राजा हुने आफ्ना जेठा छोरालाई लगेर त्यसलाई सहरको पर्खालमाथि बलिदानस्वरूप चढाए। इस्राएलको विरुद्धमा उठेको क्रोध प्रचण्ड थियो। इस्राएलीहरू त्यहाँबाट हटेर आफ्नै देशमा फर्के। \c 4 \s1 विधवाको तेल \p \v 1 एक दिन अगमवक्ताहरूको दलका एउटी मानिसकी पत्नीले एलीशालाई बिन्ती गरिन्, “तपाईंका सेवक मेरा पतिको मृत्यु भयो। उहाँले याहवेहको भय मान्‍नुहुन्थ्यो भनी तपाईं जान्‍नुहुन्छ। तर अब उहाँलाई ऋण दिने व्यक्ति मेरा दुई छोराहरूलाई आफ्ना दास बनाउन भनी आउँदैछन्।” \p \v 2 एलीशाले तिनलाई जवाफ दिए, “म तिमीलाई कसरी सहायता गर्न सक्छु? तिम्रो घरमा के छ? मलाई बताऊ!” \p तिनले भनिन्, “तपाईंकी सेविकासित अलिकति जैतुनको तेलबाहेक अरू केही पनि छैन।” \p \v 3 एलीशाले भने, “चारैतिर गएर तिम्रा छिमेकीहरूबाट आफ्ना निम्ति सक्दो रित्ता भाँडाहरू बटुल। \v 4 तब आफ्ना छोराहरूलाई भित्र राखेर ढोका थुन। अनि सबै भाँडाहरूमा तेल खन्याऊ, र भरिएका भाँडोलाई चाहिँ एकातिर राख।” \p \v 5 तब तिनी त्यहाँबाट गइन्, र आफ्ना छोराहरूसित भित्र पसेपछि ढोका थुनिन्। तिनीहरूले ती भाँडाहरू उनीकहाँ ल्याए, र तिनले तेल भर्न थालिन्। \v 6 सबै भाँडाहरू भरिएपछि तिनले एउटा छोरालाई भनिन्, “मलाई अर्को भाँडो देऊ।” \p तर त्यसले जवाफ दियो, “अब कुनै भाँडो पनि छैन।” तब तेल आउन बन्द भयो। \p \v 7 त्यसपछि ती विधवा गएर परमेश्‍वरका जनलाई यो कुरा बताइन्। अनि तिनले भने, “जाऊ, गएर त्यो तेल बेचेर आफ्नो ऋण तिर। उब्रेकोबाट तिमी र आफ्ना छोराहरूसित जीविका चलाउन सक्नेछौ।” \s1 शूनम्मीको छोरा पुनर्जीवित भएको \p \v 8 एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी सम्पन्‍न स्त्री बस्थिन्। उनले तिनलाई भोजनका निम्ति आग्रह गरिन्। यसैले तिनी जहिले त्यहाँबाट भएर जान्थे, तब तिनी खाना खान त्यहीँ जान्थे। \v 9 तिनले आफ्ना पतिलाई भनिन्, “हाम्रो यस बाटो भएर घरी-घरी आइरहने यी मानिस परमेश्‍वरका पवित्र जन हुन् भनी म जान्दछु। \v 10 हामी कौसीमा एउटा सानो कोठा बनाइदिऔँ। त्यहीँ तिनका निम्ति एउटा पलङ, एउटा टेबुल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔँ। जब तिनी हामीकहाँ आउँछन्, तब तिनी त्यहीँ बस्‍ने गरून्।” \p \v 11 एक दिन एलीशा आएर माथि आफ्नो कोठामा पसे, र त्यहीँ ढल्के। \v 12 तिनले आफ्नो सेवक गेहजीलाई भने, “त्यस शूनम्मी स्त्रीलाई बोलाएर ले।” यसकारण त्यसले उनलाई बोलायो र उनी तिनको सामु उभिइन्। \v 13 एलीशाले तिनलाई भने, “तिनलाई भन्, ‘तिमीले हाम्रा निम्ति यी सबै कष्‍ट उठाएकी छौ। अब तिम्रा निम्ति हामी के गरौँ? तिम्रो पक्षमा के हामी राजा वा सेनाका सेनापतिसित कुरा गरिदिऔँ?’ ” \p तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिहरूका बीचमा मेरो घर छ।” \p \v 14 एलीशाले सोधे, “तिनका निम्ति के गर्न सकिन्छ त?” \p गेहजीले भने, “वास्तवमा, तिनको कुनै छोरा छैन, र तिनका पति वृद्ध छन्।” \p \v 15 तब एलीशाले भने, “तिनलाई बोला।” यसकारण त्यसले तिनलाई बोलायो, र तिनी ढोकामा उभिइन्। \v 16 एलीशाले भने, “आउँदो वर्ष लगभग यही समयमा तिमीले आफ्नो काखमा एउटा छोरा खेलाइरहेकी हुनेछौ।” \p तिनले भनिन्, “हजुर, होइन, मेरा मालिक, हे परमेश्‍वरका जन, आफ्नी सेविकालाई भ्रममा नपार्नुहोस्!” \p \v 17 नभन्दै ती स्त्री गर्भवती भइन्; र अर्को वर्ष एलीशाले तिनलाई भनेझैँ त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्। \p \v 18 त्यो बालक कदमा हुर्कन थाल्यो। एक दिन ऊ आफ्ना बुबाकहाँ गयो। बुबाचाहिँ कटनी गर्नेहरूसित खेतमा थिए। \v 19 त्यसले आफ्नो बुबालाई भन्यो, “बुबा, मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” \p त्यसका बुबाले एउटा नोकरलाई भने, “यसलाई यसकी आमाकहाँ पुर्‍याइदे।” \v 20 त्यस नोकरले त्यसलाई उठाएर त्यसकी आमाकहाँ पुर्‍याइदियो। तब ऊ मध्यदिनसम्म नै आफ्नी आमाको काखमा सुतिरह्‍यो। त्यसपछि ऊ मर्‍यो। \v 21 तब ती स्त्री माथि गइन्, र उसलाई त्यस परमेश्‍वरका जनको पलङमा सुताइन्। अनि ढोका थुनिराखेर तिनी बाहिर निस्किन्। \p \v 22 तब तिनले आफ्ना पतिलाई बोलाएर भनिन्, “दया गरी मकहाँ एउटा सेवक र एउटा गधा पठाइदिनुहोस्। म चाँडो गरी परमेश्‍वरका जनकहाँ गएर फर्कनेछु।” \p \v 23 तिनले सोधे, “आज नै तिमी तिनीकहाँ किन जान्छ्यौ? आज न औँसी, न त शब्बाथ नै हो।” \p तिनले भनिन्, “सबै ठिकै छ।” \p \v 24 तब तिनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “मैले तँलाई रोक् नभनेसम्म गधा दौडाइराख्; ढिलो नगर्।” \v 25 यसकारण तिनले यात्रा सुरु गरिन् र कर्मेल पर्वतमा परमेश्‍वरका जनकहाँ आइपुगिन्। \p तिनलाई टाढामा आउँदैगरेको देखेर परमेश्‍वरका जनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्! त्यो शूनम्मी स्त्री यतैतिर आउँदैछिन्! \v 26 दौडेर जा, र तिनलाई सोध्, ‘के तिमी कुशल नै छौ? के तिम्रा पति कुशलै छन्? अनि तिम्रो बालक कुशलै त छ नि?’ ” \p तिनले भनिन्, “सबै ठिकठाक छ।” \p \v 27 पर्वतमा परमेश्‍वरका जनकहाँ पुगेर तिनले उनका पाउमा पक्रिन्। तर तिनलाई हटाउन भनी गेहजी आइपुग्यो तर परमेश्‍वरका जनले भने, “तिनलाई एकलै छोडिदेऊ! तिनी ठूलो कष्‍टमा छिन्। तर याहवेहले यो कुरा मबाट लुकाउनुभएको छ। कारण के हो, सो मलाई बताउनुभएको छैन।” \p \v 28 तिनले भनिन्, “मेरा मालिक, के मैले तपाईंसित छोरा मागेकी थिएँ र? के मैले तपाईंलाई ‘मलाई आशा नबढाइदिनुहोस्’ भनी भनेको थिइनँ र?” \p \v 29 एलीशाले गेहजीलाई भने, “आफ्नो खास्टो कम्मरमा कस्, र मेरो लहुरो आफ्नो हातमा लिएर दौडी जा। यदि तैँले कसैलाई भेटिस् भने त्यसलाई अभिवादन नगर्नू, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदिनू। गएर मेरो लहुरो त्यस केटाको अनुहारमा राखिदे।” \p \v 30 तर त्यस बालककी आमाले भनिन्, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण एलीशा उठेर त्यस स्त्रीको पछि लागे। \p \v 31 तब गेहजी अगि-अगि गयो र त्यो लहुरो त्यस बालकको अनुहारमाथि राखिदियो। तर त्यहाँ कुनै आवाज आएन; न त कुनै प्रतिक्रिया नै आयो। यसकारण गेहजी एलीशालाई भेट्न फर्केर गयो, र त्यसले तिनलाई भने, “त्यो केटो त बिउँझेन।” \p \v 32 एलीशा घरमा पुग्दा त्यो केटो आफ्नो पलङमा मरिसकेको अवस्थामा भेट्टाए। \v 33 यसकारण तिनी भित्र गए, र ढोका थुने; अनि याहवेहसित प्रार्थना गरे। \v 34 तब तिनी पलङमाथि चढे; अनि आफ्नो मुख, आफ्नो आँखा र आफ्नो हात उसको मुख, आँखा र हातमा राखेर त्यस केटामाथि पस्रिए। तिनी त्यस केटोमाथि लम्पसार पर्दा त्यस केटोको शरीर तातिन थाल्यो। \v 35 तब एलीशा उठे, र कोठामा यताउता हिँडे। अनि फेरि एक पल्ट फर्केर गई त्यस केटोमाथि त्यसरी नै पस्रिए। तब त्यस केटोले सात पल्ट हाच्छिउँ गर्‍यो; अनि त्यसले आफ्ना आँखाहरू खोल्यो। \p \v 36 तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” अनि त्यसले बोलायो। ती स्त्री आएपछि तिनले भने, “आफ्नो छोरालाई लैजाऊ।” \v 37 तब तिनी भित्र आइन्, र तिनको पाउमा परेर भुइँसम्मै निहुरिन्। तब तिनले आफ्नो छोरालाई लिएर बाहिर निस्किन्। \s1 भाँडामा मृत्यु \p \v 38 एक दिन एलीशा गिलगालमा फर्के। अनि त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूका दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो सेवकलाई भने, “एउटा ठूलो भाँडा बसाल् र यी मानिसहरूका निम्ति केही भोजन पका।” \p \v 39 तीमध्ये एक जनाचाहिँ सागपात बटुल्न खेततिर गए। अनि त्यसले एउटा जङ्गली लहरा भेट्टायो। त्यसले त्यसका केही फल पोल्टोभरि लिएर आयो। त्यो फर्किआएपछि त्यसलाई काटेर भोजनको भाँडामा हाल्यो। तर कसैलाई पनि त्यो के हो भनेर थाहा थिएन। \v 40 त्यो भोजन मानिसहरूका निम्ति पस्किइयो, तर तिनीहरूले खान थालेपछि तिनीहरूले चिच्याएर भने, “हे परमेश्‍वरका जन, भाँडामा त मृत्यु पो रहेछ!” अनि तिनीहरूले त्यो खान सकेनन्। \p \v 41 तब एलीशाले भने, “केही पिठो ल्याऊ।” तिनले त्यो पिठो भाँडामा हालेर भने, “अब मानिसहरूलाई यो खान देऊ।” यस पटक भने त्यस भाँडामा कुनै हानिकारक कुरा थिएन। \s1 एक सय जनालाई खुवाएका \p \v 42 बाल-शालीशाबाट एक जना मानिस अन्‍नको पहिलो फलबाट बनिएका बीस वटा जौका रोटीहरू र नयाँ अन्‍नका बालाहरू परमेश्‍वरको जनको निम्ति लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई ती खानेकुराहरू खान देऊ।” \p \v 43 तब तिनका सेवकले सोध्यो, “यो कुरा कसरी मैले एक सय जना मानिसहरूका अगि राखिदिऊँ?” \p तर एलीशाले भने, “मानिसहरूलाई यो खान दे। किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिनीहरूले खाएर पनि केही उब्रिएको हुनेछ।’ ” \v 44 तब त्यसले त्यो तिनीहरूका सामु राखिदियो। अनि तिनीहरूले खाए, र याहवेहको वचनअनुसार केही खानेकुरा उब्रियो। \c 5 \s1 नामानको कुष्‍ठरोग निको भएको \p \v 1 नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्‍टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्‍ठरोग लागेको थियो। \p \v 2 अरामी आक्रमणकारीहरूले इस्राएलमाथि आक्रमण गर्दा एक दलले एउटी जवान केटीलाई बन्दी बनाएर ल्याएका थिए। त्यसले नामानकी पत्नीको सेवा गर्थी। \v 3 त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्‍ठरोग निको पारिदिनुहुनेथियो!” \p \v 4 नामानले आफ्ना मालिककहाँ गएर उनलाई इस्राएली केटीले भनेका कुरा बताइदिए। \v 5 अरामका राजाले जवाफ दिए, “तिमी अवश्य जाऊ। म इस्राएलका राजालाई एउटा पत्र लेखिदिनेछु।” यसकारण आफूसित दश टालेन्ट\f + \fr 5:5 \fr*\ft लगभग 340 किलो\ft*\f* चाँदी, छ हजार शेकेल\f + \fr 5:5 \fr*\ft लगभग 69 किलो\ft*\f* सुन र दश जोर लुगा लिएर नामान गए। \v 6 तिनले इस्राएलका राजाकहाँ लगेका पत्रमा यसरी लेखिएको थियो: “तपाईंले मेरा सेवक नामानको कुष्‍ठरोग निको पारिदिनुहोला भनेर म यस पत्रसहित उसलाई तपाईंकहाँ पठाउँदैछु।” \p \v 7 इस्राएलका राजाले त्यो पत्र पढ्नसाथ आफ्ना वस्त्र च्यातेर भने, “के म परमेश्‍वर हुँ? के म मारेर फेरि जीवन दिन सक्छु? यस मानिसले कसैलाई उसको कुष्‍ठरोग निको हुनको लागि किन मकहाँ पठाउँछ? हेर, कसरी त्यसले मसित झगडाको निहुँ खोज्दैछ!” \p \v 8 जब परमेश्‍वरका जन एलीशाले इस्राएलका राजाले आफ्नो वस्त्र च्यातेका कुरा सुने, तब तिनले राजाकहाँ यस्तो खबर पठाए: “तपाईंले किन आफ्नो वस्त्र च्यात्नुभयो? त्यो मानिस मकहाँ आओस् र त्यसले इस्राएलमा एक जना अगमवक्ता छ भनी जान्‍नेछ।” \v 9 यसकारण नामान आफ्ना घोडाहरू र रथहरूसित गए, अनि एलीशाको घरको ढोकामा अडिए। \v 10 एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, “जानुहोस्, यर्दनमा सात पल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।” \p \v 11 तर नामान रिसाएर गए, र तिनले भने, “मैले त तिनी बाहिर निस्केर मकहाँ आएर खडा होलान्। अनि आफ्नो परमेश्‍वरको नाम पुकारेर त्यस ठाउँमा आफ्नो हात राखेर मलाई मेरो कुष्‍ठरोगबाट निको पार्लान् भनी सोचेको थिएँ। \v 12 के दमस्कसका अमाना र फारपर नदीहरू इस्राएलका कुनै नदीहरूभन्दा असल छैनन् र? के म तिनमा नै नुहाएर शुद्ध हुन सक्दिनँ र?” यसकारण तिनी रिसाएर फर्किहाले। \p \v 13 नामानका सेवकहरूले तिनीकहाँ गएर भने, “मेरा पिता, यदि अगमवक्ताले तपाईंलाई कुनै महान् काम गर्न लगाएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तिनले, ‘नदीमा डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्’ मात्र भनेका छन्, झन् तपाईंले किन नगर्ने त?” \v 14 यसकारण तिनी तल ओर्लेर परमेश्‍वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सात पल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो। \p \v 15 तब नामान र तिनका सबै सेवकहरू परमेश्‍वरका जनकहाँ फर्केर गए। अनि तिनी एलीशाको सामु उभिएर भने, “अब मलाई इस्राएलमा बाहेक सारा संसारभरि कतै पनि ईश्‍वर छैन भन्‍ने थाहा भयो। यसकारण अब आफ्नो सेवकबाट केही उपहार ग्रहण गर्नुहोस्!” \p \v 16 तर अगमवक्ताले जवाफ दिए, “मैले सेवा गरेको जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले बिन्ती गरिरहे; तर तिनले अस्वीकार गरे। \p \v 17 तब नामानले भने, “यदि तपाईंले लिनुहुन्‍न भने म तपाईंको सेवकलाई एक जोर खच्‍चरले बोक्न सक्ने माटो दिनुहोस्। किनकि तपाईंको सेवकले अब कहिल्यै पनि याहवेहबाहेक अरू कुनै देवी-देवतालाई होमबलि र बलिदानहरू चढाउनेछैनँ। \v 18 तर यो एउटा कुरामा चाहिँ याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्: जब मेरा मालिक रिम्मोनको मन्दिरमा आराधना गर्न मेरो हातमा भर परेर पस्‍नुहुन्छ, र उहाँले त्यहाँ दण्डवत् गर्दा म पनि निहुरन्छु, तब यसका निम्ति याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्।” \p \v 19 एलीशाले भने, “शान्तिसित जानुहोस्।” \p नामान केही टाढासम्म पुगेका थिए, \v 20 तब परमेश्‍वरका जन एलीशाका सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले अरामी नामानले ल्याएका कुराहरू ग्रहण नगरेर तिनलाई सजिलैसित छोडिदिए। जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनको पछि दौडेर जान्छु, र तिनीबाट केही उपहार लिन्छु।” \p \v 21 यसकारण गेहजी नामानको पछि-पछि हतारिँदै गयो। नामानले त्यसलाई आफूतिर दगुर्दै आएको देखेर तिनी गेहजीलाई भेट्न रथबाट ओर्ले। तब तिनले सोधे, “के सबै ठिकै छ?” \p \v 22 गेहजीले जवाफ दियो, “सबै ठिकै छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाडी मुलुकबाट अगमवक्ताहरूको दलका दुई जना जवानहरू भर्खरै मलाई भेट्न आएका छन्। कृपा गरी तिनीहरूलाई एक टालेन्ट\f + \fr 5:22 \fr*\ft लगभग 34 किलो\ft*\f* चाँदी र दुई जोर लुगा दिनुहोस्।’ ” \p \v 23 नामानले भने, “अवश्य, दुई टालेन्ट लैजाऊ।” तिनले गेहजीलाई ती ग्रहण गर्ने बिन्ती गरे। अनि त्यसपछि दुई वटा थैलामा दुई टालेन्ट चाँदी र दुई जोर लुगा बाँधिदिए। गेहजीले ती आफ्ना दुई जना सेवकहरूलाई दिए, र तिनीहरूले ती गेहजीको अगि-अगि बोकेर हिँडे। \v 24 डाँडामा आइपुगेपछि गेहजीले ती सामानहरू नोकरहरूबाट लिए। अनि आफ्नो घरमा लगे। तिनले ती मानिसहरूलाई पठाइदिए, र तिनीहरू गए। \p \v 25 तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामु खडा भयो। तब एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” \p गेहजीले जवाफ दियो, “तपाईंको सेवक कहीँ पनि गएको छैन।” \p \v 26 तर एलीशाले त्यसलाई भने, “त्यस मानिसले तँलाई भेट्न आफ्नो रथबाट ओर्लिँदा के मेरो आत्मा तँसित थिएन र? के रुपियाँपैसा वा लुगाहरू लिने, जैतुनका रूखहरू, दाखबारीहरू, बगाल र बथान अथवा कमारा-कमारीहरू ग्रहण गर्ने समय यो हो र? \v 27 अब नामानको कुष्‍ठरोग सधैँको लागि तँ र तेरा वंशमा रहिरहनेछ।” एलीशाले यसो भन्‍नेबित्तिकै गेहजी कुष्‍ठरोगी भयो, र ऊ हिउँझैँ सेता भयो; तब त्यो त्यहाँबाट निस्कियो। \c 6 \s1 बन्चरो पानीमाथि तैरेको \p \v 1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, हामीले तपाईंसित भेट गर्ने यो ठाउँ हाम्रा निम्ति अति साँघुरो भएको छ। \v 2 हामी यर्दनमा जाऔँ, जहाँ हामीले प्रशस्त काठ पाउन सक्छौँ। त्यहाँ भेट गर्नलाई हामी एउटा घर बनाऔँ।” \p एलीशाले भने, “जाओ।” \p \v 3 तीमध्ये एक जनाले भने, “के तपाईं आफ्ना सेवकहरूसित आउनुहुन्‍न र?” \p एलीशाले जवाफ दिए, “म आउनेछु।” \v 4 अनि तिनी उनीहरूसित गए। \p तिनीहरू यर्दनमा पुगेर रूखहरू ढाल्न थाले। \v 5 तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!” \p \v 6 परमेश्‍वरका ती जनले सोधे, “त्यो कहाँ खस्यो?” अनि तिनले त्यो ठाउँ देखाइदिए। तब एलीशाले एउटा लहुरो काटेर त्यसभित्र फालिदिए; र त्यो फलामको बन्चरो माथि-माथि तैरियो। \v 7 तब तिनले भने, “त्यसलाई उठाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर बन्चरोलाई लिए। \s1 एलीशाले अरामीहरूलाई पासोमा पारेका \p \v 8 त्यस बेला अरामका राजा र इस्राएलको बीचमा युद्ध चलिरहेको थियो। तब आफ्ना अधिकृतहरूसित सल्‍लाह गरेपछि अरामका राजाले भने, “म आफ्नो छाउनी फलानो ठाउँमा खडा गर्नेछु।” \p \v 9 परमेश्‍वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।” \v 10 यसकारण इस्राएलका राजाले परमेश्‍वरका जनले भनेको ठाउँलाई हेरविचार गरे। एलीशाले घरी-घरी राजालाई चेतावनी दिइरहन्थे। त्यसैले तिनी यस्ता ठाउँहरूमा सतर्क भइरहन्थे। \p \v 11 यस कुराले अरामका राजालाई रिस उठायो। तिनले आफ्ना अधिकृतहरूलाई बोलाएर तिनीहरूबाट यस्तो माग गरे, “हामीमध्ये को इस्राएलको राजाको पक्षमा छ भनी के तिमीहरू मलाई भन्दैनौ?” \p \v 12 एक जना अधिकृतले भने, “हे महाराजा, हामीमध्ये कोही पनि छैन। तर इस्राएलमा भएका अगमवक्ता एलीशाले तपाईंले आफ्नै पलङमा बोल्नुभएको कुरासमेत इस्राएलका राजालाई सुनाइदिन्छन्।” \p \v 13 राजाले आज्ञा दिए, “तिनी कहाँ छन्, गएर पत्तो लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” तब, “तिनी दोतानमा छन्” भन्‍ने खबर आयो। \v 14 तब तिनले त्यहाँ घोडाहरू, रथहरू र बलियो फौज पठाए। तिनीहरूले राति गएर त्यस सहरलाई घेरे। \p \v 15 भोलिपल्ट परमेश्‍वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?” \p \v 16 अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।” \p \v 17 तब एलीशाले प्रार्थना गरे, “हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।” तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्‍यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो। \p \v 18 जब शत्रु तिनी भएतिर ओर्ले, तब एलीशाले याहवेहसित प्रार्थना गरे, “यी मानिसहरूलाई दृष्‍टिविहीन तुल्याइदिनुहोस्।” यसकारण उहाँले तिनीहरूलाई एलीशाले प्रार्थना गरेझैँ दृष्‍टिविहीन तुल्याइदिनुभयो। \p \v 19 एलीशाले तिनीहरूलाई भने, “बाटो यो होइन, न त यो सहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजिरहेका मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याइदिए। \p \v 20 तिनीहरू सहरभित्र पसिसकेपछि एलीशाले भने, “हे याहवेह, यिनीहरूका आँखा खोलिदिनुहोस्, ताकि यिनीहरूले देखून्!” तब याहवेहले तिनीहरूका आँखा खोलिदिनुभयो। अनि जब तिनीहरूले हेरे, तब आफूहरू सामरियाको बीचमा पो रहेछौँ भनी तिनीहरूले देखे। \p \v 21 इस्राएलका राजाले तिनीहरूलाई देखेपछि एलीशालाई सोधे, “के म तिनीहरूलाई मारूँ? हे मेरा पिता, के म तिनीहरूलाई मारूँ?” \p \v 22 तब तिनले भने, “तिनीहरूलाई नमार्नुहोस्! के तपाईंले कैद गरेर ल्याउनुभएका मानिसहरूलाई तपाईं आफ्नै तरवार अथवा धनुले मार्नुहुन्छ? तिनीहरूले खानपिन गरून् भनी तिनीहरूको अगि भोजन र पानी राखिदिनुहोस्। अनि त्यसपछि तिनीहरू आफ्ना मालिककहाँ फर्केर जाऊन्।” \v 23 यसकारण तिनले तिनीहरूका निम्ति एउटा ठूलो भोज तयार गरे। अनि तिनीहरूले खानपिन गरिसकेपछि एलीशाले तिनीहरूलाई पठाइदिए। त्यसपछि अरामका दलले इस्राएलको भूमिमा आक्रमण गर्न छोडे। \s1 घेरा हालिएको सामरियामा अनिकाल \p \v 24 केही समयपछि अरामका राजा बेन-हददले आफ्नो फौज सङ्गठित गरे। अनि सामरियामा गएर त्यसलाई घेरा हाले। \v 25 त्यस सहरमा ठूलो अनिकाल पर्‍यो। अनिकाल यति लामो समयसम्म रह्‍यो, कि एउटा गधाको टाउकोको मूल्य असी शेकेल\f + \fr 6:25 \fr*\ft लगभग 920 ग्राम\ft*\f* चाँदी र एक कब\f + \fr 6:25 \fr*\ft लगभग 100 ग्राम\ft*\f* सिमीको\f + \fr 6:25 \fr*\ft मूल भाषामा \ft*\fqa परेवाको सुली\fqa*\f* पाँच शेकेल\f + \fr 6:25 \fr*\ft लगभग 58 ग्राम\ft*\f* मूल्य भयो। \p \v 26 जब इस्राएलका राजा सहरको पर्खालहुँदै गइरहेका थिए, तब त्यहाँ एउटी स्त्रीले तिनलाई कराएर भनिन्, “हे मेरा मालिक महाराजा, मलाई सहायता गर्नुहोस्!” \p \v 27 राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्‍न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्‍त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?” \v 28 तब तिनले सोधे, “तिमीलाई के भयो?” \p त्यसले जवाफ दिई, “यस स्त्रीले मलाई भनी, ‘तिम्रो छोरा ल्याऊ, र आज हामी यसलाई खाऔँ, र भोलि हामी मेरो छोरालाई खाऔँला।’ \v 29 यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।” \p \v 30 जब राजाले त्यस स्त्रीको कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। तिनी पर्खालमाथि भएर जाँदै गर्दा मानिसहरूले देखे; र तिनले भित्रपट्टि शरीरमा भाङ्ग्रा लगाएका देखे। \v 31 राजाले भने, “यदि शापातका छोरा एलीशाको शिर आज शरीरदेखि अलग भएन भने परमेश्‍वरले मप्रति अति कठोर व्यवहार गरून्!” \p \v 32 अब एलीशाचाहिँ आफ्नो घरमा बसिरहेका थिए; र तिनको साथमा प्रधानहरू थिए। राजाले आफ्नो दूत पठाए। तर त्यो आइपुग्नुभन्दा अगि एलीशाले प्रधानहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्न कसैलाई पठाइरहेको के तपाईंहरूले देख्नुहुन्‍न? हेर्नुहोस्, त्यो दूत आउँदा ढोका थुन्‍नुहोस्, र त्यसलाई ढोकामै ठेलेर रोकिराख्नुहोस्। के त्यसको पछि-पछि त्यसका मालिकका पाइलाको आवाज होइन र?” \v 33 तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। \p राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?” \c 7 \p \v 1 एलीशाले भने, “याहवेहको वचन सुन्‍नुहोस्! याहवेह यसो भन्‍नुहुन्छ: भोलि यही बेला सामरियाको मूलढोकामा एक सिया\f + \fr 7:1 \fr*\ft लगभग 5.5 किलो; \+xt 16|link-href="2KI 7:16"\+xt* र \+xt 18|link-href="2KI 7:18"\+xt* पदमा पनि\ft*\f* मसिनो पिठो एक शेकेलमा\f + \fr 7:1 \fr*\ft लगभग 12 ग्राम\ft*\f* र दुई सिया\f + \fr 7:1 \fr*\ft लगभग 11 किलो\ft*\f* जौ एक शेकेलमा बिक्री हुनेछ।” \p \v 2 जुन अधिकारीको पाखुरामा राजाले अडेस लिन्थे, तिनले परमेश्‍वरको जनलाई भने, “हेर्नुहोस्, यदि याहवेहले स्वर्गका झ्यालहरू नै खोलिदिनुभयो भने तापनि यो हुन सक्दैन।” \p एलीशाले जवाफ दिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नेछौ, तर त्यसबाट तिमीले केही पनि खान पाउनेछैनौ!” \s1 घेराबन्दी हटाइएको \p \v 3 सहरको मूलढोकामा चार जना कुष्‍ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्‍ने? \v 4 यदि हामीले ‘हामी सहरभित्र जाऔँ’ भन्यौँ भने त्यहाँ अनिकाल लागेको छ र हामी मर्नेछौँ। अनि हामी यहीँ बसिरह्‍यौँ भने तापनि हामी मर्नेछौँ। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर आत्मसमर्पण गरौँ। यदि तिनीहरूले हामीलाई जीवित छोडिदिए भने हामी बाँचौँला। यदि तिनीहरूले हामीलाई मारे भने जसरी पनि हामीले मर्नु नै छ।” \p \v 5 तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन। \v 6 किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्‍न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!” \v 7 यसकारण तिनीहरू साँझमा आफ्ना पालहरू, घोडाहरू र गधाहरू छोडेर भागे। तिनीहरूले छाउनीलाई जस्ताको त्यस्तै छोडेर ज्यान बचाउन भागे। \p \v 8 कुष्‍ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए। \p \v 9 तब तिनीहरूले एक-अर्कालाई भने, “हामीले यो ठिक काम गरिरहेका छैनौँ। आजको दिन शुभ समाचारको दिन हो। तर हामी यत्तिकै चुप लागिरहेका छौँ। यदि हामीले उज्यालो होउन्जेल पर्खिरह्‍यौँ भने हामीमाथि दण्ड आइपर्नेछ। यसकारण हामी झट्टै जाऔँ, र यस समाचारलाई राजमहलमा बताइदिऔँ।” \p \v 10 यसकारण तिनीहरू गए, र सहरका पहरेदारहरूलाई बोलाएर भने, “हामी अरामीहरूका छाउनीमा गयौँ र त्यहाँ कोही पनि थिएन। अनि कसैको आवाज पनि सुनिएन। तर बाँधिएका घोडाहरू, गधाहरू र त्यागिएका पालहरू मात्र थिए।” \v 11 पहरेदारहरूले कराएर यो खबर सुनाइदिए, र त्यो खबर राजमहलमा पुग्यो। \p \v 12 राजा राति नै उठे, र आफ्ना अधिकारीहरूलाई भने, “अरामीहरूले हामीसित के गरेका छन्, म तिमीहरूलाई बताउनेछु। हामी भोकै छौँ भनी तिनीहरूलाई थाहा छ। यसकारण, ‘तिनीहरू निश्‍चय नै बाहिर आउनेछन्। अनि हामी तिनीहरूलाई जिउँदै पक्रेर सहरभित्र पस्‍नेछौँ’ भन्ठानेर तिनीहरू छाउनी त्यागेर गाउँमा लुकिरहेका छन्।” \p \v 13 एक जना अधिकारीले भने, “केही मानिसहरूले सहरमा बाँकी रहेका पाँच वटा घोडाहरू लिएर जाऊन्। जसरी नि तिनीहरूको दशा यहाँ बाँकी रहेका सबै इस्राएलीहरूको जस्तै हुने नै छ—हो, तिनीहरू विनाशमा परेका इस्राएलीहरूजस्तै हुनेछन्। यसकारण के भएको रहेछ भनी पत्ता लगाउनलाई तिनीहरूलाई पठाऔँ।” \p \v 14 यसकारण तिनीहरूले घोडाहरूसहित दुई वटा रथहरू छाने। अनि राजाले तिनीहरूलाई अरामी फौजको पछि-पछि पठाइदिए। तिनले सारथीहरूलाई यस्तो आज्ञा दिए, “जाओ, के भएको रहेछ, सो पत्ता लगाओ।” \v 15 उनीहरू यर्दनसम्मै तिनीहरूलाई पछ्याए। अनि तिनीहरूले बाटोभरि अरामीहरूले हतारमा भाग्दा फ्याँकेका लुगाफाटा र सामग्रीहरू भेट्टाए। यसकारण ती दूतहरूले फर्केर गई राजालाई खबर दिए। \v 16 तब मानिसहरू गएर अरामीहरूका छाउनी लुटे। यसरी याहवेहले भन्‍नुभएझैँ एक सिया पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री भयो। \p \v 17 राजाले आफू जुन अधिकारीको पाखुरामा अडेस लाग्थे, तिनलाई त्यस मूलढोकाको निगरानीमा खटाए। अनि मूलढोकामा भागदौड हुँदा मानिसहरूले तिनलाई कुल्चीमिल्ची पारेर मारे। अनि राजा तिनको घरमा जाँदा परमेश्‍वरका जन एलिशाले पहिलेबाटै भनेझैँ तिनको मृत्यु भएको थियो। \v 18 परमेश्‍वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो। \p \v 19 त्यस अधिकारीले परमेश्‍वरको जनलाई यसो भनेका थिए, “हेर्नुहोस्, याहवेहले स्वर्गका झ्यालहरू खोलिदिनु भए तापनि के यो हुन सक्छ र?” परमेश्‍वरका जनले जवाफ दिएका थिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नुहुनेछ; तर तिमीले त्यसबाट केही खान पाउनुहुनेछैन!” \v 20 तिनीमाथि ठिक त्यही कुरा हुनगयो। किनकि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चिए, र तिनको मृत्यु भयो। \c 8 \s1 शूनम्मी स्त्रीले आफ्नो जमिन फिर्ता पाएकी \p \v 1 एलीशाले जुन स्त्रीको छोरालाई मृत्युबाट बचाएका थिए, ती स्त्रीलाई तिनले भनेका थिए, “तिमी आफ्नो परिवार लिएर केही समयको निम्ति जहाँ सक्छौ त्यहीँ गएर बस। किनकि याहवेहले सात वर्षसम्मका लागि देशमा अनिकाल घोषणा गर्नुभएको छ।” \v 2 ती स्त्रीले परमेश्‍वरका जनले भनेझैँ गरिन्। तिनी आफ्ना परिवारसित गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्षसम्म बसोबास गरिन्। \p \v 3 सात वर्ष बितेपछि तिनी पलिश्तीहरूको देशबाट फर्केर आइन्। अनि आफ्नो घर र जमिन फिर्ता माग्न राजाकहाँ बिन्ती गर्न गइन्। \v 4 त्यसै बेला राजा परमेश्‍वरका जनका सेवक गेहजीसित कुरा गरिरहेका थिए। तब राजाले भने, “एलीशाले गरेका सबै महान् कार्यहरूको विषयमा मलाई भन।” \v 5 जब गेहजीले एलीशाले मरेकोलाई कसरी जीवन दिए भनी राजालाई वर्णन गरिरहेका थिए, तब ती स्त्री, जसको छोरालाई एलीशाले मृत्युबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्। \p गेहजीले भन्यो, “हे मेरा मालिक महाराजा, यिनी नै ती स्त्री हुन्, र यिनको छोरा यही हो, जसलाई एलीशाले पुनर्जीवित पारेका थिए।” \v 6 राजाले त्यस स्त्रीलाई यसबारे सोधे, र तिनले राजालाई बताइदिइन्। \p तब राजाले तिनको मुद्दा एउटा अधिकृतलाई सुम्पिदिएर भने, “तिनका जे जति छन्, ती सबै फर्काइदिनू र तिनले आफ्नो देश छोडेर गएको समयदेखि आजसम्म जमिनबाट जति आम्दानी भयो, त्यो पनि तिनलाई फिर्ता गरिदिनू।” \s1 हजाएलले बेन-हददलाई मारेका \p \v 7 एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्‍वरका जन यहाँसम्म आउनुभएको छ,” \v 8 तब तिनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्‍वरका जनलाई भेट्न जाऊ। ‘के म यस बिरामीबाट निको हुन्छु कि?’ भनेर परमेश्‍वरसित सल्‍लाह लिन लगाऊ।” \p \v 9 हजाएल आफूसित दमस्कसका उत्तम पदार्थहरू उपहारस्वरूप चालीस वटा ऊँटहरूमा लदाएर एलीशालाई भेट्न गए। अनि तिनी भित्र गएर तिनको सामु उभिए, र भने, “तपाईंको छोरा अरामका राजा बेन-हददले मलाई ‘म यस बिरामीबाट निको हुन्छु कि हुँदिनँ?’ भनेर तपाईंलाई सोध्न पठाउनुभएको छ।” \p \v 10 एलीशाले जवाफ दिए, “गएर तिनलाई भन, ‘तपाईं निश्‍चय निको हुनुहुनेछ।’ तरै पनि याहवेहले मलाई पक्‍कै तिनको मृत्यु हुनेछ भनेर प्रकट गर्नुभएको छ।” \v 11 एलीशाले एक टक लगाएर हजाएललाई लज्जित होउन्जेल हेरिरहे। तब परमेश्‍वरका जन रुन लागे। \p \v 12 हजाएलले सोधे, “मेरा मालिक किन रुँदै हुनुहुन्छ?” \p एलीशाले जवाफ दिए, “किनकि तिमीले इस्राएलीहरूमाथि गर्ने हानि म जान्दछु। तिमीले तिनीहरूका पर्खाल लगाएका सहरहरूमा आगो लगाइदिनेछौ। तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ; तिनीहरूका साना छोराछोरीहरूलाई भुइँमा पछार्नेछौ र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिदिनेछौ।” \p \v 13 हजाएलले भने, “म तपाईंको सेवक एउटा कुकुरजस्तोले यस्तो ठूलो कार्य कसरी सम्पन्‍न गर्न सक्छु र?” \p एलीशाले जवाफ दिए, “याहवेहले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।” \p \v 14 तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्‍नुभयो।” \v 15 तर भोलिपल्ट तिनले एउटा बाक्लो लुगा लिएर त्यसलाई पानीमा चोपेर राजाको मुख छोपिदिए। यसरी राजाको मृत्यु भयो। त्यसपछि हजाएल राजा भए। \s1 यहूदाका राजा यहोराम \p \v 16 इस्राएलका राजा आहाबका छोरा योरामको शासनकालको पाँचौँ वर्षमा यहोशापातका छोरा यहोराम यहूदाका राजाको रूपमा आफ्नो शासन सुरु गरे। \v 17 राजा हुँदा तिनी बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे। \v 18 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 19 तरै पनि आफ्नो सेवक दावीदको खातिर याहवेहले यहूदालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले दावीद र तिनको सन्तानको निम्ति एउटा बत्ती सदासर्वदाका निम्ति कायम रहने प्रतिज्ञा गर्नुभएको थियो। \p \v 20 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे। \v 21 यसकारण यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरा हाले। तर यहोरामले राति नै उठेर तिनीहरूलाई आक्रमण गरे। तथापि तिनको फौजचाहिँ भागेर घर फर्किए। \v 22 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्‍यो। \p \v 23 यहोरामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र? \v 24 यहोराम आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अहज्याह राजा भए। \s1 यहूदाका राजा अहज्याह \p \v 25 इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहोरामका छोरा अहज्याह यहूदाका राजा भएर शासन सुरु गरे। \v 26 राजा हुँदा अहज्याह बाइस वर्षका थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो इस्राएलका राजा ओम्रीकी नातिनी थिइन्। \v 27 तिनी आहाबका घरानाका चालमा हिँडेर आहाबका घरानाले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; किनकि आहाबका घरानासित तिनको वैवाहिक नाता थियो। \p \v 28 अहज्याह आहाबका छोरा यहोरामसित, अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न रामोत-गिलादमा गए। अरामीहरूले योरामलाई घाइते बनाए। \v 29 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। \p तब यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए। \c 9 \s1 येहू इस्राएलका राजा अभिषेक गरिएका \p \v 1 अगमवक्ता एलीशाले अगमवक्ताहरूका दलबाट एक जना मानिसलाई बोलाउन पठाए, र तिनलाई भने, “कम्मर कस र आफूसित यो तेलको भाँडो लिएर रामोत-गिलादमा जाऊ। \v 2 त्यहाँ पुगेपछि तिमीले निम्शीका नाति यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, र तिनलाई तिनका मित्रहरूदेखि अलग गरेर एउटा भित्री कोठामा लैजाऊ। \v 3 तब यो भाँडो लिएर तिनको शिरमाथि तेल खन्याएर यो घोषणा गर, ‘याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्छु’ तब ढोका खोलेर ढिलो नगरी भाग!” \p \v 4 यसकारण ती जवान अगमवक्ता रामोत-गिलादमा गए। \v 5 त्यहाँ आइपुग्दा तिनले फौजका अधिकारीहरूलाई एकसाथ बसिरहेका भेटे। तिनले भने, “हे सेनापति, मसित तपाईंको निम्ति एउटा खबर छ।” \p येहूले सोधे, “हामीहरूमध्ये कसका निम्ति?” \p तिनले जवाफ दिए, “सेनापति ज्यू, तपाईंका निम्ति।” \p \v 6 येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु। \v 7 तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्‍ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु। \v 8 आहाबको सम्पूर्ण परिवार नष्‍ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्‍का, म नाश गर्नेछु। \v 9 म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु। \v 10 ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे। \p \v 11 जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?” \p येहूले जवाफ दिए, “ती मानिस कस्ता छन् र तिनले कस्तो कुरा गर्छन्, त्यो तिमीलाई थाहै छ।” \p \v 12 तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।” \p येहूले भने, “त्यसले मलाई यसै भन्यो: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु।’ ” \p \v 13 तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए। \s1 येहूले योराम र अहज्याहलाई मारेका \p \v 14 यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, \v 15 तर राजा योराम अरामका राजा हजाएलसितको लडाइँमा अरामीहरूले तिनलाई चोट पुर्‍याएका थिए। तर तिनी निको हुनलाई यिजरेलमा फर्किएका थिए।) अनि येहूले भने, “यदि तपाईंहरू मलाई राजा बनाउन चाहनुहुन्छ भने यिजरेलमा गएर यो खबर दिनलाई यस सहरबाट एक जनालाई पनि उम्केर जान नदिनुहोस्।” \v 16 तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए। \p \v 17 जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए। \p योरामले हुकुम दिए, “एक जना घोडचढी तयार गर। त्यसलाई तिनीहरूलाई भेट्न पठाएर सोध्न लगा, ‘के तपाईं शान्तिपूर्वक आउनुभएको हो?’ ” \p \v 18 त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?” \p येहूले जवाफ दिए, “तँलाई शान्तिसित के मतलब भयो र? मेरो पछि लाग्!” \p तब पहरेदारले यस्तो खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर तिनी फर्केको छैन।” \p \v 19 यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?” \p येहूले जवाफ दिए, “शान्तिसित तँलाई के मतलब? मेरो पछि लाग्!” \p \v 20 पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।” \p \v 21 योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे। \v 22 येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” \p येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?” \p \v 23 योराम फनक्‍क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!” \p \v 24 तब येहूले आफ्नो धनु निकाले र योरामलाई तिनका कुमको बीचमा हाने। काँडले तिनको मुटु नै छेडिदियो, र तिनी आफ्नो रथैमा ढले। \v 25 येहूले आफ्ना रथका सेनापति बिदकारलाई भने, “योरामलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमी र म तिनका पिता आहाबको पछि-पछि रथमा चढेर जाँदै गर्दा, याहवेहले यिनको विषयमा यो अगमवाणी गर्नुभएको कुरा सम्झ: \v 26 ‘याहवेह घोषणा गर्नुहुन्छ, हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र म निश्‍चय त्यस जमिनको टुक्रामा तँलाई तिर्न लगाउनेछु।’ त्यसकारण अब तिनलाई उठाऊ र याहवेहको वचनअनुसार तिनलाई त्यही जमिनमा फ्याँकिदेऊ।” \p \v 27 यहूदाका राजा अहज्याहले त्यो घटना देखेपछि तिनी बेथ-हागान जाने बाटोसम्म भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मारिदेओ!” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो चढ्दा तिनका रथमा घाइते पारे। तर तिनी भागेर मगिद्दोमा गए र त्यहीँ नै तिनको मृत्यु भयो। \v 28 तिनका नोकरहरूले तिनलाई रथमा राखेर यरूशलेममा लगे, र दावीदको सहरको छेउमा आफ्ना पुर्खाहरूसित तिनकै चिहानमा गाडे। \v 29 (आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।) \s1 ईजेबेल मारिएकी \p \v 30 तब येहू यिजरेल गए। यो सुनेर ईजेबेलले आफ्ना आँखामा गाजल लगाइन्, र केश मिलाएर झ्यालबाट तलतिर हेरिन्। \v 31 येहू मूलढोकाबाट पस्‍नेबित्तिकै तिनले सोधिन्, “आफ्ना मालिकको हत्यारा ए जिम्री, के तिमी शान्तिपूर्वक आएका हौ?” \p \v 32 तिनले झ्यालतिर माथि हेरे अनि, “मेरो पक्षमा को छ? को?” भनेर कराए। दुई-तीन जना नपुंसकहरूले तिनीतिर तल हेरे। \v 33 येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो। \p \v 34 येहू भित्र गएर खानपिन गरे। तिनले भने, “त्यस श्रापित स्त्रीलाई गाड्नू; किनकि त्यो त राजाकी छोरी थिई।” \v 35 तर तिनीहरूले उनको लास उठाउन जाँदा तिनका खप्पर, पाउहरू र हातहरूबाहेक केही पाएनन्। \v 36 तिनीहरूले फर्केर गई येहूलाई भने, र तिनले सम्झना गराए, “यो त याहवेहले आफ्ना सेवक तिश्बी एलियाद्वारा यिजरेलको जमिनको टुक्रामा कुकुरहरूले ईजेबेलको मासु खानेछन्; \v 37 ईजेबेलको शरीर यिजरेलको जमिनको टुक्रामा मलझैँ हुनेछ, र कसैले पनि ‘यो ईजेबेल हो’ भन्‍न सक्नेछैन।” भनेर भन्‍नुभएको उहाँको वचन पूरा भएको हो। \c 10 \s1 आहाबको परिवार मारिएको \p \v 1 सामरियामा आहाबका घरानाका सत्तरी जना छोराहरू थिए। यसकारण येहूले पत्रहरू लेखेर ती सामरियामा यिजरेलका अधिकृतहरू, प्रधानहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले यसो भने, \v 2 “तपाईंहरूसित राजाका छोराहरू, रथहरू, घोडाहरू, सुरक्षित सहर र हतियारहरू पनि भएकोले, \v 3 यो पत्र तपाईंहरूकहाँ पुग्नेबित्तिकै तपाईंहरूका मालिकका छोराहरूमध्ये सबैभन्दा उत्तम र सुयोग्य छोरालाई चुनेर त्यसलाई आफ्ना पिताको सिंहासनमा स्थापित गर्नुहोस्। त्यसपछि आफ्ना मालिकको घरानाका निम्ति लडाइँ गर्नुहोस्।” \p \v 4 तर तिनीहरू डराएर भने, “यदि दुई राजाहरू त तिनको अगि टिक्न सकेनन् भने हामी कसरी टिक्न सक्छौँ?” \p \v 5 यसकारण दरबारका प्रशासक, सहरका राज्यपाल, प्रधानहरू र अभिभावकहरूले येहूलाई यो खबर पठाए: “हामी तपाईंका सेवकहरू हौँ; र तपाईंले हामीलाई जे आज्ञा गर्नुहुन्छ, त्यो हामी गर्नेछौँ। हामी कसैलाई पनि राजा नियुक्त गर्नेछैनौँ। तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!” \p \v 6 तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पत्र लेखे, “यदि तपाईंहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो कुरा मान्‍नुहुन्छ भने भोलि यही बेला तपाईंहरूका मालिकका छोराहरूका शिर लिएर मकहाँ यिजरेलमा आउनुहोस्।” \p त्यस बेला सबै सत्तरी जना राजकुमारहरू तिनीहरूलाई रेखदेख गर्ने सहरका प्रतिष्‍ठित व्यक्तिहरूसित थिए। \v 7 त्यो पत्र आइपुग्दा ती मानिसहरूले ती राजकुमारहरूलाई लगे, र ती सत्तरी जना सबैलाई मारे। तिनीहरूले उनीहरूका शिर टोकरीहरूमा हाले, र यिजरेलमा येहूकहाँ पठाइदिए। \v 8 एक जना सन्देशवाहक येहूकहाँ आयो, र तिनलाई भन्यो, “तिनीहरूले ती राजकुमारहरूका शिर ल्याएका छन्।” \p तब येहूले हुकुम दिए, “ती शिरहरूलाई दुई थुप्रा लगाएर बिहानसम्म सहरको मूलढोकाका प्रवेशद्वारमा त्यत्तिकै राख्नू।” \p \v 9 भोलिपल्ट बिहान येहू बाहिर गए। तिनी सबै मानिसहरूका सामु उभिए, र भने, “तपाईंहरू निर्दोष हुनुहुन्छ। मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरेर तिनलाई मार्ने म नै हुँ, तर यिनीहरूलाई कसले मार्‍यो? \v 10 त्यसो भए अब याहवेहले आहाबको घरानाको विरुद्धमा बोल्नुभएको एउटै वचन पनि अपूरो हुनेछैन भनी जान्‍नुहोस्। याहवेहले आफ्नो सेवक एलियाद्वारा जे भन्‍नुभयो, त्यो गर्नुभयो।” \v 11 यसकारण येहूले यिजरेलमा आहाबको घरानामा भएका प्रत्येकलाई तिनका सबै प्रमुख मानिसहरू, तिनका घनिष्‍ठ मित्रहरू र पुजारीहरू, कोही पनि जीवित नरहने गरी सबैलाई मारे। \p \v 12 त्यसपछि येहू निस्के, र सामरियातिर गए—गोठालाहरू बस्‍ने बेथ-एकेदमा, \v 13 यहूदाका राजा अहज्याहका केही आफन्तहरूसित तिनको भेट भयो; अनि तिनीहरूलाई सोधे, “तिमीहरू को हौ?” \p तिनीहरूले भने, “हामी अहज्याहका आफन्तहरू हौँ, र हामी राजा र राजमाताका परिवारहरूलाई भेट्न आएका हौँ।” \p \v 14 तब तिनले हुकुम गरे, “यिनीहरूलाई जिउँदै पक्र!” यसकारण तिनीहरूले उनीहरूलाई जिउँदै पक्रे, र ती बयालीस जना मानिसहरूलाई बेथ-एकेदको कुवाको छेउमा मारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। \p \v 15 जब येहूले त्यो ठाउँ छोडे, तब तिनी रेकाबका छोरा योनादाबकहाँ आए, जो तिनलाई नै भेट्न आइरहेका थिए। येहूले तिनलाई अभिवादन गरेर भने, “म तपाईंप्रति असल भएझैँ, के तपाईं पनि मसँग असल हुनुहुन्छ?” \p यहोनादाबले जवाफ दिए, “हजुर, म छु।” \p येहूले भने, “त्यसो भए मलाई तपाईंको हात दिनुहोस्।” तिनले त्यसै गरे, र येहूले तिनलाई रथ चढ्नमा सहायता दिए। \v 16 येहूले भने, “मसित आएर याहवेहप्रति मेरो जोश हेर्नुहोस्!” तब तिनले उनलाई आफूसित रथमा सवार गराएर लगे। \p \v 17 येहू सामरियामा आएपछि तिनले त्यहाँ आहाबका परिवारमा छोडिएकाहरू सबैलाई मारे। तिनले तिनीहरूलाई एलियाद्वारा बोलिएका याहवेहको वचनअनुसार नाश गरे। \s1 बालका पुजारीहरू मारिएका \p \v 18 तब येहूले सबै मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “आहाबले जति बालको सेवा गरे; येहूले त्योभन्दा धेरै नै बढी गर्नेछ। \v 19 अब बालका सबै अगमवक्ताहरू, उसका सबै सेवकहरू र सबै पुजारीहरूलाई मकहाँ बोलाओ। एउटै पनि नछोडियोस्; किनकि मैले बालको निम्ति एउटा महान् बलिदान चढाउन लागेको छु। आउन छुटेको जोसुकै होस्, कोही पनि बाँच्नेछैन।” तर येहूले बालका सेवकहरूलाई नाश गर्न चाल चलिरहेका थिए। \p \v 20 येहूले भने, “बालको सम्मानमा एउटा सभा बोलाओ।” यसकारण तिनीहरूले त्यो घोषणा गरे। \v 21 तब तिनले इस्राएलभरि खबर पठाए, र बालका सबै सेवकहरू आए; एउटै पनि छुटेको थिएन। तिनीहरू बालको मन्दिरमा एक छेउदेखि अर्को छेउसम्म खचाखच हुने गरी भित्र पसे। \v 22 तब येहूले वस्त्र-भण्डारको रखवालालाई भने, “बालका सबै सेवकहरूका निम्ति वस्त्र ल्याऊ।” यसकारण त्यसले तिनीहरूका निम्ति वस्त्रहरू ल्याइदिए। \p \v 23 तब येहू र रेकाबका छोरा योनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यहाँ तिमीहरूसित याहवेहका सेवकहरू एउटै पनि छैनन् भनी निश्‍चय गर। यहाँ केवल बालका सेवकहरू मात्र होऊन्।” \v 24 यसकारण तिनीहरू बलिदानहरू र होमबलिहरू चढाउन भित्र गए। येहूले बाहिर असी जना मानिसहरूलाई खटाएर राखेका थिए, र यो चेतावनी दिएका थिए, “यदि मैले तिमीहरूका हातमा सुम्पेको एक जना मानिसलाई पनि उम्कन दियौ भने त्यसको प्राणको सट्टा तिमीहरूको प्राण हुनेछ।” \p \v 25 येहूले होमबलि चढाउनेबित्तिकै पहरेदारहरू र अधिकारीहरूलाई यसो भनेर हुकुम दिए, “भित्र पसेर तिनीहरूलाई मार; कोही पनि उम्कन नपाओस्।” यसकारण तिनीहरूले उनीहरूलाई तरवारले मारे। पहरेदारहरू र अधिकारीहरूले ती लासहरू बाहिर फ्याँकिदिए, र बालको मन्दिरको भित्री भागमा पसे। \v 26 तिनीहरूले बालको मन्दिरको चोखो ढुङ्गालाई बालको मन्दिरबाट बाहिर निकाले, र त्यसलाई जलाइदिए। \v 27 तिनीहरूले बालको चोखो ढुङ्गालाई भत्काइदिए, र त्यसको मन्दिरलाई तोडिदिए। आजको दिनसम्म नै मानिसहरूले त्यसलाई चर्पीको निम्ति प्रयोग गरेका छन्। \p \v 28 यसरी येहूले इस्राएलमा बालको पूजा नष्‍ट गरिदिए। \v 29 तरै पनि येहू नबातका छोरा यारोबामका पापबाट हटेनन्, जसले इस्राएललाई बेथेल र दानमा सुनका बाछाहरू पुज्न लगाएर पाप गर्न लगाएका थिए। \p \v 30 याहवेहले येहूलाई भन्‍नुभयो, “तैँले मेरो दृष्‍टिमा जे ठिक छ, त्यही गर्न लगाएर असल काम गरेको र आहाबका घरानाप्रति मेरो मनमा भएका कुरा गरेको कारण तेरो सन्तान चौथो पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछ।” \v 31 तरै पनि येहूले याहवेह इस्राएलका परमेश्‍वरको व्यवस्था सम्पूर्ण हृदयले पालन गर्नमा होसियार रहेनन्। तिनी यारोबामले इस्राएललाई गर्न लगाएका पापहरूबाट पछि हटेनन्। \p \v 32 ती दिनहरूमा याहवेहले इस्राएलको सिमाना घटाउन थाल्नुभएको थियो। हजाएलले इस्राएलीहरूका धेरै प्रान्तहरू, \v 33 यर्दनको पूर्वपट्टिका गिलादको सम्पूर्ण देशमा (जुन गाद, रूबेन र मनश्शेका प्रान्त थिए), अर्नोनको साँघुरो खोँचमा भएको अरोएरदेखि गिलाद हुँदै बाशानसम्मै जिते। \p \v 34 येहूको शासनका अरू घटनाहरू, र तिनले गरेका सबै कार्यहरू, र तिनका सबै उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र? \p \v 35 येहू आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यहोआहाज राजा भए। \v 36 येहूले सामरियामा इस्राएलमाथि अट्ठाइस वर्ष शासन गरे। \c 11 \s1 अतल्याह र योआश \p \v 1 जब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, तब उनी सम्पूर्ण राजकीय परिवारलाई नाश गर्न गइन्। \v 2 तर राजा यहोरामकी छोरी अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्‍क भगाएर लगिन्। उनले तिनलाई र तिनकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा राखिन्; यसरी तिनी मारिएनन्। \v 3 अतल्याहले छ वर्ष देशमा शासन गरिन। उनको शासनभरि योआश आफ्नो धाईसित याहवेहको भवनमा लुकेर बसे। \p \v 4 सातौँ वर्षमा यहोयादाले सय-सयका दलका सेनापतिहरू, करीहरू र राजकीय अङ्गरक्षकहरू बोलाइपठाए; अनि तिनीहरूलाई याहवेहको भवनमा ल्याए। तिनले उनीहरूसित करार बाँधे, र तिनीहरूलाई याहवेहको भवनमा शपथ खान लगाए। त्यसपछि तिनले उनीहरूलाई राजाका छोरा देखाइदिए। \v 5 तिनले उनीहरूलाई यसो भनेर हुकुम गरे, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू, जो शब्बाथमा काममा खटिएका छौ; तिमीहरूको एक तिहाइले राजकीय महलको रक्षा गर्नू: \v 6 एक तिहाइले सूर ढोकामा, र अर्को एक तिहाइले पालैपालो गरी याहवेको भवनको रक्षा गर्ने पहरेदारहरूको पछिल्तिरको ढोकामा। \v 7 अनि तिमीहरूका दुई दल, जो शब्बाथमा फुर्सद हुन्छौ; तिमीहरू सबैले राजाका निम्ति याहवेहको भवनको रक्षा गर्नू। \v 8 प्रत्येक मानिसले आ-आफ्ना हातमा हतियार राखेर राजाको चारैतिर खडा रहनू। तिमीहरूको नजिक आउने जोसुकै पनि मारिनुपर्छ। राजा जहाँ गए तापनि तिनको छेवैमा रहनू।” \p \v 9 पुजारी यहोयादाले हुकुम गरेझैँ सय-सय दलका कप्‍तानहरूले गरे। प्रत्येकले आ-आफ्ना मानिसलाई लिए; शब्बाथमा काममा खटिएका र काममा नखटिएकालाई लिए, र तिनीहरू पुजारी यहोयादाकहाँ आए। \v 10 तब तिनले ती सेनापतिहरूलाई याहवेहका भवनमा भएका राजा दावीदका भालाहरू र ढालहरू दिए। \v 11 ती पहरेदारहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिए। अनि तिनीहरू राजाको चारैतिर वेदी र भवनको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म बसे। \p \v 12 यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!” \p \v 13 अतल्याहले पहरेदारहरू र मानिसहरूले गरेका हल्‍ला सुनेपछि तिनी याहवेहको भवनमा मानिसहरूकहाँ गइन्। \v 14 तिनले हेरिन्, र राजालाई दस्तुरअनुसार स्तम्भको छेउमा उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाका छेउमा थिए; र देशका सबै मानिसहरू आनन्द मनाउँदै तुरही फुक्दै थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्। \p \v 15 यहोयादाले सय-सय दलमाथिका सेनापतिहरूलाई हुकुम गरे, “तिनलाई सबैको बीचमा बाहिर ल्याओ, र तिनको पछि लाग्ने हरेकलाई तरवारले मारिदेओ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई याहवेहको मन्दिरमा नमार्नू।” \v 16 यसकारण अतल्याह राजमहलको आँगनभित्र घोडाहरू पस्‍ने ठाउँमा पुगेको बेला तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनी मारिइन्। \p \v 17 तब यहोयादाले याहवेह, राजा र मानिसहरूका बीचमा तिनीहरू याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। तिनले राजा र मानिसहरूका बीचमा पनि करार बाँधे। \v 18 देशभरिका मानिसहरू बालको मन्दिरमा गए; अनि त्यसलाई भत्काइदिए। तिनीहरूले वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा बनाइदिए; र बालको पुजारी मत्तानलाई वेदीको सामु मारे। \p त्यसपछि पुजारी यहोयादाले याहवेहको मन्दिरमा पहरेदारहरू खटाइदिए। \v 19 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, करीहरू, अङ्गरक्षकहरू र देशका सबै मानिसहरूलाई लिए; र तिनीहरू मिलेर राजालाई याहवेहको भवनबाट तल ल्याए। अनि पहरेदारहरूका मूलढोकाबाट भएर राजमहलभित्र पसे। तब राजा आफ्नो राजकीय आसनमाथि बसे। \v 20 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। \p \v 21 शासन सुरु गर्दा येहोआश सात वर्षका थिए। \c 12 \s1 योआशले भवन मर्मत गरेका \p \v 1 येहूको सातौँ वर्षमा येहोआश राजा भए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्। \v 2 येहोआशले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि ती वर्षहरूमा पुजारी यहोयादाले तिनलाई सिकाए। \v 3 तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे। \p \v 4 येहोआशले पुजारीहरूलाई भने, “याहवेहको भवनमा पवित्र भेटीको हिसाबले ल्याइएका सबै रकम, गणनामा उठाइएको रकम, व्यक्तिगत भाकलबाट प्राप्‍त भएको रकम र स्वेच्छापूर्वक ल्याइएको रकम, सबै याहवेहको भवनमा जम्मा गर्नू। \v 5 प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।” \p \v 6 तर राजा येहोआशको तेइसौँ वर्षसम्ममा पनि पुजारीहरूले मन्दिरको मर्मत गरेका थिएनन्। \v 7 यसकारण राजा येहोआशले पुजारी यहोयादा र अरू पुजारीहरूलाई बोलाइपठाए। अनि तिनीहरूलाई सोधे, “तपाईंहरू किन क्षति भएको याहवेहको भवनको मर्मत गर्नुहुन्‍न? तपाईंहरूका कोषाध्यक्षहरूबाट अब रकम नलिनुहोस्, तर त्यसलाई भवनको मरमतका निम्ति प्रयोग गर्नुहोस्।” \v 8 तब पुजारीहरू मानिसहरूबाट अरू रकम नउठाउने र तिनीहरू आफूले मन्दिर मर्मत नगर्ने विषयमा सहमत भए। \p \v 9 पुजारी यहोयादाले एउटा बाकस लिए र त्यसको ढकनीमा प्वाल पारे। तिनले त्यसलाई याहवेहको भवनभित्र पस्‍ने ठाउँको दाहिनेपट्टि वेदीको छेउमा राखिदिए। प्रवेशद्वारको रक्षा गर्ने पुजारीहरूले याहवेहको भवनमा ल्याइएका सबै रकम त्यस बाकसमा हाले। \v 10 तिनीहरूले जहिले-जहिले त्यस बाकसमा धेरै रुपियाँपैसा भएको देख्थे, तब राजकीय सचिव र प्रधान पुजारी आएर याहवेहको भवनमा ल्याइएको रुपियाँपैसा गन्थे, र थैलाहरूमा हाल्थे। \v 11 त्यसको मूल्य थाहा गरेपछि तिनीहरूले त्यो रुपियाँपैसा भवनको मरमतको निम्ति नियुक्त गरिएका मानिसहरूलाई दिन्थे। त्यसबाट तिनीहरूले याहवेहको भवनमा काम गर्ने सिकर्मीहरूलाई, निर्माण गर्नेहरूलाई, \v 12 डकर्मीहरूलाई र ढुङ्गा काट्नेहरूलाई ज्याला दिन्थे। तिनीहरूले याहवेहको भवन मरमतका लागि काठहरू, काटिएका ढुङ्गाहरू किने र आवश्यक रकम भुक्तानी गरे। \p \v 13 तिनीहरूले चाँदीका कचौराहरू, सलेदोका चिम्टाहरू, छर्कने बाटाहरू र तुरहीहरू अथवा कुनै पनि सुनचाँदीका सामानहरू बनाउनलाई याहवेहको भवनमा ल्याइएका रुपियाँपैसाबाट खर्च गरेनन्। \v 14 त्योचाहिँ भवन मर्मत गर्न कामदारहरूलाई दिइयो। \v 15 कामदारहरूलाई ज्याला दिनेहरूबाट तिनीहरूले रुपियाँपैसाको हिसाब लिएनन्; किनकि तिनीहरूले पूर्ण इमानदारीसाथ काम गर्थे। \v 16 दोषबलि र पाप शुद्धीकरण बलिबाट आएको रुपियाँपैसा याहवेहको भवनमा ल्याइँदैनथ्यो। त्योचाहिँ पुजारीहरूको हुन्थ्यो। \p \v 17 त्यस बेला अरामका राजा हजाएलले गातलाई आक्रमण गरे अनि त्यसलाई कब्जा गरे। त्यसपछि यरूशलेमलाई आक्रमण गर्न तिनी फर्के। \v 18 तर यहूदाका राजा येहोआशले तिनका पुर्खा यहूदाका राजाहरू यहोशापात, यहोराम र अहज्याहले अर्पण गरेका सबै पवित्र चीजहरू, साथै तिनी आफूले अर्पण गरेका उपहारहरू, र याहवेहको भवन अनि राजमहलका भण्डारहरूमा पाइएका सबै सुन लिए। अनि ती अरामका राजाकहाँ पठाइदिए। त्यसपछि हजाएल यरूशलेमबाट हटिगए। \p \v 19 योआशको शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? \v 20 तिनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र तिनलाई सिल्‍लाको ओरालो बाटोमा भएको बेथ-मिल्‍लोमा मारे। \v 21 तिनलाई हत्या गर्ने अधिकृतहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अमस्याह राजा भए। \c 13 \s1 इस्राएलका राजा यहोआहाज \p \v 1 यहूदाका राजा अहज्याहका छोरा योआशको शासनकालको तेईस वर्षमा येहूका छोरा यहोआहाज सामरियामा इस्राएलका राजा भए; र तिनले सत्र वर्ष राज्य गरे। \v 2 नबातका छोरा यारोबामको मार्गमा हिँडेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। अनि इस्राएललाई पाप गर्न लगाए; तर तिनी ती पापबाट फर्केनन्। \v 3 यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई लामो समयसम्म अरामका राजा हजाएल र तिनका छोरा बेन-हददका अधीनमा राख्नुभयो। \p \v 4 तब यहोआहाजले याहवेहको निगाह खोजे। अनि उहाँले तिनको बिन्ती सुन्‍नुभयो; किनकि याहवेहले अरामका राजाले इस्राएललाई कति साह्रो सताइरहेका थिए, त्यो देख्नुभयो। \v 5 याहवेहले इस्राएलको निम्ति एक जना छुटकारा दिने व्यक्तिको प्रबन्ध गरिदिनुभयो, र तिनीहरू अरामको शक्तिबाट उम्के। यसकारण इस्राएलीहरू पहिलेझैँ आफ्नै घरहरूमा बस्‍न थाले। \v 6 तर तिनीहरू यारोबामका घरानाका पापहरूबाट फर्केनन्, जुन पापहरू तिनले इस्राएललाई गर्न लगाएका थिए। तिनीहरू त्यसैमा लागिरहे। सामरियामा अशेरा देवीको खाँबो\f + \fr 13:6 \fr*\ft अथवा अश्शेरा देवीका आकृतिहरू काठमा बनाइएका।\ft*\f* पनि खडा नै भइरह्‍यो। \p \v 7 यहोआहाजको फौजमा पचास घोडचढी, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक केही पनि छोडिएन। किनकि बाँकीलाई अरामका राजाले नाश गरिदिएका थिए र तिनीहरूलाई दाइँ गर्ने समयमा उठेको धुलोझैँ बनाइदिएका थिए। \p \v 8 यहोआहाजका शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 9 यहोआहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा येहोआश\f + \fr 13:9 \fr*\fq येहोआश \fq*\ft मूल भाषामा अर्को नाम \ft*\fqa योआश \fqa*\ft हो।\ft*\f* राजा भए। \s1 इस्राएलका राजा येहोआश \p \v 10 यहूदाका राजा योआशको सैतीसौँ वर्षमा यहोआहाजका छोरा येहोआश सामरियामा इस्राएलमाथि राजा भए; र तिनले सोह्र वर्ष राज्य गरे। \v 11 तिनले याहवेहको दृष्‍टिमा जे खराब थियो, त्यही दुष्‍टता गरे। तिनी नबातका छोरा यारोबामका कुनै पनि पापबाट हटेनन्, जुन पाप तिनले इस्राएललाई गर्न लगाएका थिए; त्यसैमा तिनी लागिरहे। \p \v 12 योआशको शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र यहूदाका राजा अमस्याहको विरुद्धमा तिनले गरेका युद्धहरू, साथै तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? \v 13 योआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र तिनीपछि तिनका छोरा यारोबाम सिंहासनमा बसे। योआश सामरियामा इस्राएलका राजाहरूसित गाडिए। \p \v 14 अब एलीशा एक रोगद्वारा पीडित थिए, जसको कारण तिनी पछि मरे। इस्राएलका राजा योआश तिनलाई हेर्न तल गए, र तिनको विषयमा विलाप गरे। “मेरा पिता! मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” भन्दै तिनी कराए। \p \v 15 एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे। \v 16 तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे। \p \v 17 तिनले भने, “पूर्वको झ्याल खोल्नुहोस्,” तिनले त्यो खोले। एलीशाले भने, “हान्‍नुहोस्,” तिनले हाने। एलीशाले घोषणा गरे, “याहवेहको विजयको काँड, अराममाथि विजयको काँड! तपाईंले अरामीहरूलाई अपेकमा सम्पूर्ण रूपले नाश पार्नुहुनेछ।” \p \v 18 तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्‍नुहोस्।” तिनले त्यसलाई तीन पल्ट हानेर रोकिए। \v 19 परमेश्‍वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पल्ट हान्‍नुपर्ने थियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीन पल्ट मात्र परास्त गर्नुहुनेछ।” \p \v 20 त्यसपछि एलीशा मरे, र गाडिए। \p मोआबी लुटपाट गर्नेहरूले चाहिँ प्रत्येक वसन्त ऋतुमा देशमा प्रवेश गर्नेगर्थे। \v 21 एक पल्ट इस्राएलीहरूले एक जना मानिसलाई गाडिरहेको बेला अचानक तिनीहरूले लुटपाट गर्नेहरूको एउटा दललाई देखे। यसैले तिनीहरूले त्यस लासलाई एलीशाको चिहानमा त्यसै फ्याँकिदिए। त्यस मानिसको शरीरले एलीशाका हाडहरू छोएपछि त्यो मानिस जीवित भएर खुट्टामा उभियो। \p \v 22 यहोआहाजको शासनकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई सताए। \v 23 तर अब्राहाम, इसहाक र याकोबसित भएको याहवेहको करारको कारण उहाँ तिनीहरूप्रति अनुग्रही हुनुभयो। अनि उहाँको दया रह्‍यो र उहाँले तिनीहरूप्रति वास्ता देखाउनुभयो। आजको दिनसम्मै उहाँले तिनीहरूलाई नाश गर्न र आफ्नो उपस्थितिबाट निकाल्न इच्छा गर्नुभएको छैन। \p \v 24 अरामका राजा हजाएल मरे। तिनीपछि तिनका छोरा बेन-हदद राजा भए। \v 25 तब यहोआहाजका छोरा योआशले हजाएलका छोरा बेन-हददबाट आफ्ना पिता यहोआहाजबाट तिनले लगेका सहरहरू फेरि आफ्नो अधीनमा ल्याए। येहोआशले तीन पल्ट तिनलाई जिते। यसरी तिनले इस्राएलका सहरहरू फेरि प्राप्‍त गरे। \c 14 \s1 यहूदाका राजा अमस्याह \p \v 1 इस्राएलका राजा योआहाजका छोरा येहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले शासन गर्न थाले। \v 2 तिनी पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्। \v 3 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे; तर तिनले आफ्ना पुर्खा दावीदले जस्तै गरेनन्। तिनले प्रत्येक कुरामा आफ्ना पिता योआशको अनुसरण गरे। \v 4 तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहे र धूप बालिरहे। \p \v 5 सम्पूर्ण रूपले आफ्नो मुट्ठीमा राज्य आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए। \v 6 तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू। हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले ती हत्याराहरूका सन्तानलाई मारेनन्।\f + \fr 14:6 \fr*\ft \+xt व्यव 24:16\+xt*\ft*\f* \p \v 7 उनैले नुनको बेँसीमा दश हजार एदोमीहरूलाई मारेका थिए। लडाइँमा सेलालाई कब्जा गरेका थिए; र त्यसलाई योक्तेल नाम दिएका थिए, जुन आजसम्म नै छँदैछ। \p \v 8 तब अमस्याहले इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा येहोआशकहाँ दूतहरूद्वारा यसो भनेर युद्धको चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।” \p \v 9 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो। \v 10 तिमीले साँच्‍चै एदोमलाई जित्यौ र अब तिमी अहङ्कारी भएका छौ। आफ्नो विजयमा घरमै बसेर आनन्द मनाऊ! किन समस्या खडा गरेर आफ्नै र यहूदाको पनि पतन खोज्छौ?” \p \v 11 तरै पनि अमस्याहले सुनेनन्। यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे। \v 12 यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए। \v 13 इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआश यरूशलेममा गएर यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट\f + \fr 14:13 \fr*\ft लगभग 600 फिट\ft*\f* लामो भाग तोडिदिए। \v 14 तिनले याहवेहको मन्दिरमा र राजमहलको भण्डारहरूमा भेट्टाइएका सबै सुन, चाँदी र अरू सबै चीजहरू लगे। तिनी कैदीहरू र ती सबै सामानहरू लिएर सामरियामा फर्के। \p \v 15 येहोआशका शासनकालका अरू घटनाहरू, तिनका सबै काम र तिनका उपलब्धीहरू अनि यहूदाका राजा अमस्याहको विरुद्धमा लडेको युद्धको विषयमा, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 16 येहोआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र इस्राएलका राजाहरूसित सामरियामा गाडिए। तिनीपछि तिनका छोरा यारोबाम राजा भए। \p \v 17 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे। \v 18 अमस्याहको शासनका अरू घटनाहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? \p \v 19 यरूशलेमका मानिसहरूले अमस्याहको विरुद्धमा षड्यन्त्र गरे; र तिनी भागेर लाकीशमा गए। तर तिनीहरूले तिनको पछि लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे। \v 20 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यरूशलेममा आफ्ना पुर्खाहरूसित दावीदको सहरमा गाडियो। \p \v 21 त्यसपछि यहूदाका सबै मानिसहरूले सोह्र वर्ष उमेरका अजर्याहलाई\f + \fr 14:21 \fr*\fqa उज्जियाह \fqa*\ft पनि भनिन्छ।\ft*\f* लिएर तिनलाई आफ्ना पिता अमस्याहको स्थानमा राजा बनाए। \v 22 तिनी उही थिए, जसले अमस्याह आफ्ना पुर्खाहरूसित विश्राममा पसिसकेपछि एलातलाई पुनर्निर्माण गरेर यहूदालाई फिर्ता दिए। \s1 यारोबाम द्वितीय इस्राएलका राजा भएका \p \v 23 यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबाम सामरियामा राजा भए। तिनले एकचालीस वर्ष राज्य गरे। \v 24 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, र नबातका छोरा यारोबामका कुनै पनि पापबाट पछि हटेनन्, जुन तिनले इस्राएललाई गर्न लगाएका थिए। \v 25 तिनले नै अमित्तैका छोरा, गात-हेपेरबाटका याहवेहको सेवक अगमवक्ता योनाद्वारा याहवेह इस्राएलका परमेश्‍वर बोल्नुभएको वचनअनुसार लेबो-हमातदेखि मृत सागरसम्म\f + \fr 14:25 \fr*\ft मूल भाषामा \ft*\fqa अराबाको समुद्रसम्म।\fqa*\f* यरूशलेमको सिमानाहरू फिर्ता गराएका थिए। \p \v 26 याहवेहले इस्राएलका कमारा होस् कि फुक्‍का, प्रत्येकले कष्‍ट भोगिरहेको देख्नुभएको थियो। तिनीहरूलाई सहायता दिने कोही थिएन। \v 27 इस्राएलको नाम स्वर्गमुनिबाट मेटिदिनेछु भनी याहवेहले नभन्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई योआशका छोरा यारोबामद्वारा बचाउनुभयो। \p \v 28 यारोबामको शासनका अरू घटनाहरू, तिनले गरेका सबै काम, र तिनका सैन्य उपलब्धीहरू र कसरी तिनले यहूदाको हातमा परेको दमस्कस र हमात दुवैलाई इस्राएलको हातमा परेका विषयहरूचाहिँ, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 29 यारोबाम आफ्ना पुर्खा इस्राएलका राजाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा जकरिया राजा भए। \c 15 \s1 यहूदाका राजा अजर्याह \p \v 1 इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले शासन गर्न थाले। \v 2 राजा हुँदा तिनी सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो; जो यरूशलेमकी थिइन्। \v 3 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \v 4 तरै पनि तिनले अल्गा देवस्थानहरू हटाएनन्; र मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे। \p \v 5 याहवेहले राजालाई कुष्‍ठरोगले प्रहार गर्नुभयो। तब तिनी नमरेसम्म एउटा अलग्गै घरमा बसे। राजाका छोरा योताम महलको जिम्मामा बसे। तिनले देशवासीहरूमाथि शासन गरे। \p \v 6 अजर्याहका शासनकालका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा चाहिँ के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 7 अजर्याह आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र तिनीहरूको छेउमा दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा योताम राजा भए। \s1 इस्राएलका राजा जकरिया \p \v 8 यहूदाका राजा अजर्याहका अठतीसौँ वर्षमा यारोबामका छोरा जकरिया सामरियामा इस्राएलका राजा भए। तिनले छ महिना राज्य गरे। \v 9 तिनले आफ्ना पुर्खाहरूले झैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। \p \v 10 याबेशका छोरा शल्‍लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे। तिनले मानिसहरूकै सामु आक्रमण गरेर उनलाई मारे, र तिनीपछि राजा भए। \v 11 जकरियाका शासनका अरू घटनाहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। \v 12 यसरी, “तेरा सन्तानहरूहरू चौथो पुस्तामा इस्राएलको सिंहासनमा बस्‍नेछन्” भन्‍ने येहूलाई भनिएको याहवेहको वचन पूरा भयो। \s1 इस्राएलका राजा शल्‍लूम \p \v 13 यहूदाका राजा उज्जियाहको उनन्चालीसौँ वर्षमा याबेशका छोरा शल्‍लूम राजा भए। तिनले सामरियामा एक महिना राज्य गरे। \v 14 तब गादीका छोरा मनहेम तिर्साबाट सामरियामा गए। तिनले याबेशका छोरा शल्‍लूमलाई सामरियामा आक्रमण गरेर मारे, र तिनीपछि राजा भए। \p \v 15 शल्‍लूमको शासनका अरू घटनाहरू र तिनले गरेका षड्यन्त्रहरू इस्राएलका राजाहरूको इतिहासका पुस्तकमा लेखिएका छन्। \p \v 16 त्यस बेला मनहेमले तिर्साबाट सुरु गरेर तिप्सालाई आक्रमण गरे। सहर र त्यसका चारैतिरका प्रत्येकलाई पनि तिनीहरूले आफ्ना मूलढोकाहरू खोलिदिन नमानेकाले आक्रमण गरे। तिनले तिसालाई लुटे। अनि सबै गर्भवती स्त्रीहरूका पेट चिरिदिए। \s1 इस्राएलका राजा मनहेम \p \v 17 यहूदाका राजा अजर्याहका उनन्चालीसौँ वर्षमा गादीका छोरा मनहेम इस्राएलका राजा भए। तिनले सामरियामा दश वर्ष राज्य गरे। \v 18 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। आफ्नो सम्पूर्ण शासनकालमा तिनी नबातका छोरा यारोबामका पापहरूबाट पछि हटेनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। \p \v 19 तब अश्शूरका राजा पूलले देशमाथि आक्रमण गरे। अनि मनहेमले तिनको आश्रय पाउन र आफ्नै राज्यमा आफूलाई स्थिर गराउन भनी तिनलाई एक हजार टालेन्ट\f + \fr 15:19 \fr*\ft लगभग 34 मेट्रिक टन\ft*\f* चाँदी दिए। \v 20 मनहेमले यो रकम इस्राएलबाट जबरजस्ती उठाए। अश्शूरका राजालाई दिनलाई प्रत्येक धनी व्यक्तिले पचास शेकेल\f + \fr 15:20 \fr*\ft लगभग 575 ग्राम\ft*\f* चाँदी दिनुपर्थ्यो। यसकारण अश्शूरका राजा पछि हटे, र त्यस देशलाई छोडिदिए। \p \v 21 मनहेमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 22 मनहेम आफ्ना पुर्खाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा पकहीया राजा भए। \s1 इस्राएलका राजा पकहीया \p \v 23 यहूदाका राजा अजर्याहका पचासौँ वर्षमा मनहेमका छोरा पकहीया सामरियामा इस्राएलका राजा भए; र तिनले दुई वर्ष राज्य गरे। \v 24 पकहीयाले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। तिनी नबातका छोरा यारोबामका पापहरूबाट हटेनन्, जसलाई गरेर तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। \v 25 तिनका मुख्य अधिकृतहरूमध्ये एक जना रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र गरे। आफूसित गिलादका पचास जना मानिसहरू लिएर तिनले सामरियामा भएको राजमहलको गढीमा पकहीया अनि अर्गोब र अरिहलाई मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए। \p \v 26 पकहीयाको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। \s1 इस्राएलका राजा पेकह \p \v 27 यहूदाका राजा अजर्याहका बाउन्‍नौँ वर्षमा रमल्याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए। तिनले बीस वर्ष राज्य गरे। \v 28 तिनले याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे। इस्राएललाई गर्न लगाएका नबातका छोरा यारोबामका पापहरूबाट तिनी फर्केनन्, जसले गर्दा तिनले इस्राएललाई पाप गर्न लगाएका थिए। \p \v 29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए। अनि इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश र हासोरलाई लिए। तिनले गिलाद, गालील अनि नप्‍तालीका सम्पूर्ण भूमि लिए। मानिसहरूलाई बन्दी बनाएर अश्शूर लगे। \v 30 तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे। तिनले उनीमाथि आक्रमण गरेर उनलाई मारे। त्यसपछि उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए। \p \v 31 पेकहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषयमा के ती इस्राएलका राजाहरूको पुस्तकहरूमा लेखिएका छैनन् र? \s1 यहूदाका राजा योताम \p \v 32 रमल्याहका छोरा इस्राएलका राजा पेकहको दोस्रो वर्षमा यहूदाका राजा उज्जियाहका छोरा योतामले शासन गर्न सुरु गरे। \v 33 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। \v 34 तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \v 35 तरै पनि अल्गा देवस्थानहरू हटाइएनन्। मानिसहरूले त्यहाँ बलिदानहरू चढाइरहन्थे र धूपहरू बालिरहन्थे। योतामले याहवेहको मन्दिरको माथिल्‍लो मूलढोका पुनर्निर्माण गरे। \p \v 36 योतामको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 37 (ती दिनहरूमा याहवेहले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन थाल्नुभयो)। \v 38 योताम आफ्ना पुर्खाहरूसित सुते र आफ्ना पिताको सहर दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाजले राज्य गरे। \c 16 \s1 यहूदाका राजा आहाज \p \v 1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले शासन गर्न सुरु गरे। \v 2 राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे ठिक थियो, त्यो गरेनन्। \v 3 तिनी इस्राएलका राजाहरूका चालमा हिँडे। अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालअनुसार चलेर आफ्नै छोरालाई समेत आगोमा बलिदान गरे। \v 4 तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले। \p \v 5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा यरूशलेमको विरुद्धमा गए; र आहाजलाई घेरे। तर तिनीहरूले उनलाई वशमा पार्न सकेनन्। \v 6 त्यस बेला अरामका राजा रसीनले यहूदाका मानिसहरूलाई धपाएर अरामको निम्ति एलात फेरि जितेर लिए। तब एदोमीहरू एलातमा सरेर गए, र आजको दिनसम्म त्यहीँ बसेका छन्। \p \v 7 आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर दूतहरू पठाए, “म तपाईंको सेवक र छोराजस्तै हुँ। कृपया आएर मलाई आक्रमण गर्ने अराम र इस्राएलका राजाहरूका हातबाट बचाउनुहोस्!” \v 8 तब आहाजले याहवेहको मन्दिरमा र राजमहलको भण्डारमा भएका चाँदी र सुन लिए, र ती सबै उपहारको रूपमा अश्शूरका राजाकहाँ पठाइदिए। \v 9 अश्शूरका राजाले तिनका कुरा माने; र दमस्कसमाथि आक्रमण गरे। अनि त्यसलाई कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई निकालेर कीरमा लगे, र रसीनलाई मारे। \p \v 10 तब राजा आहाज अश्शूरका राजा तिग्लत-पिलेसेरसित भेट गर्न दमस्कसमा गए। तिनले दमस्कसमा एउटा वेदी देखे। अनि पुजारी उरियाहकहाँ त्यस वेदीको नक्सा, त्यसको निर्माणको सम्पूर्ण योजनाको विवरणसितै पठाए। \v 11 यसकारण पुजारी उरियाहले राजा आहाजले दमस्कसबाट पठाएका योजनाअनुसार एउटा वेदी बनाए। राजा आहाज फर्कनुअगि नै त्यसलाई सिद्ध्याए। \v 12 दमस्कसबाट फर्किआउँदा राजाले त्यो वेदी देखेपछि तिनी त्यहाँ गए। अनि त्यसमाथि भेटीहरू चढाए। \v 13 तिनले त्यसमा होमबलि र अन्‍नबलि चढाए। अनि आफ्नो अर्घबलि खन्याएर वेदीमा आफ्ना मेलबलिहरूको रगत छर्के। \v 14 याहवेहको सामु खडा रहेको काँसोको वेदी मन्दिरको सामुबाट नयाँ वेदी र याहवेहको भवनको बीचबाट तिनले ल्याए। अनि त्यसलाई नयाँ वेदीको उत्तरपट्टि राखे। \p \v 15 त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई यो हुकुम दिए: “नयाँ ठूलो वेदीमा बिहानको होमबलि र साँझको अन्‍नबलि, राजाको होमबलि र उहाँको अन्‍नबलि, सारा देशवासीहरूका होमबलि अनि तिनीहरूका अन्‍नबलि, अर्घबलि चढाउनू। वेदीमाथि होमबलि र बलिदानहरूका रगत छर्कनू। तर काँसोको वेदीचाहिँ अगुवाइ खोज्नलाई म प्रयोग गर्नेछु।” \v 16 पुजारी उरियाहले राजा आहाजले भनेझैँ गरे। \p \v 17 राजा आहाजले ठेलागाडाका खाँबाहरूबाट छेउका तखताहरू निकाले, र बाटाहरूलाई हटाइदिए। तिनले खड्कुँलोलाई थामिराख्ने काँसोका साँढेहरूलाई हटाए, र ढुङ्गाको आधारमा राखे। \v 18 तिनले मन्दिरमा बनिएको शब्बाथमा प्रयोग गरिने मण्डप, र याहवेहको भवनको बाहिरको राजकीय मार्ग तिनले अश्शूरको राजाको कारणले हटाइदिए। \p \v 19 आहाजको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 20 आहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते; अनि तिनीहरूसित दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा हिजकिया राजा भए। \c 17 \s1 इस्राएलका अन्तिम राजा होशिया \p \v 1 यहूदाका राजा आहाजका बाह्रौँ वर्षमा एलाहका छोरा होशिया सामरियामा इस्राएलमाथि राजा भए, र तिनले नौ वर्ष राज्य गरे। \v 2 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तर तिनीभन्दा अगाडिका इस्राएलका राजाहरूले गरेजस्तै चाहिँ होइन। \p \v 3 अश्शूरका राजा शलमनेशेर आएर होशियालाई आक्रमण गरे। होशिया शलमनेशेरका अधीनमा रहेका थिए र तिनलाई कर तिर्ने गरेका थिए। \v 4 तर अश्शूरका राजाले तिनले इजिप्टका राजा सोकहाँ दूतहरू पठाएको र उनलाई हरेक वर्ष कर तिर्न छाडेको कारण, होशिया विश्‍वासघाती भएको थाहा पाए। यसकारण शलमनेशेरले तिनलाई पक्रे, र झ्यालखानामा हालिदिए। \v 5 अश्शूरका राजाले सम्पूर्ण देशमाथि आक्रमण गरे। सामरियालाई तीन वर्षसम्म घेरेर राखे। \v 6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे। अनि इस्राएलीहरूलाई त्यहाँबाट कैदी बनाएर अश्शूरमा लगे। तिनले तिनीहरूलाई हलहमा, हाबोर नदीको छेउमा, गोजानमा र मादीहरूका सहरहरूमा बसोबास गराए। \s1 इस्राएलीहरू पापको कारण निर्वासित भएका \p \v 7 इस्राएलीहरूले तिनीहरूलाई इजिप्टका राजा फारोको शक्तिबाट निकालेर ल्याउनुहुने याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेको परिणाम स्वरूप यी सबै हुन आए। तिनीहरूले अरू देवी-देवताहरूलाई पुजे। \v 8 तिनीहरूले याहवेहले तिनीहरूका सामु धपाइदिनुभएका जातिहरूका रीतिहरू साथै इस्राएलका राजाहरूले परिचय गराएका रीतिहरू पालन गरे। \v 9 इस्राएलीहरूले याहवेह तिनीहरूका परमेश्‍वरको विरुद्धमा गुप्‍तमा बेठीक कामहरू गरे। तिनीहरूले पहरेदार बस्‍ने धरहराबाट पर्खाल लगाइएको सहरसम्म आफ्ना निम्ति आफ्ना सबै सहरहरूमा अल्गा देवस्थानहरू बनाए। \v 10 तिनीहरूले प्रत्येक अग्लो डाँडा र प्रत्येक झ्याम्म परेका रूखमुनि चोखा ढुङ्गाहरू र अशेरा देवीका खम्बाहरू बनाए। \v 11 तिनीहरूले प्रत्येक अल्गा देवस्थानमा याहवेहले तिनीहरूको सामु धपाइदिनुभएका जातिहरूले गरेझैँ धूप बाले। तिनीहरूले दुष्‍ट काम गरेर याहवेहलाई रिस उठाए। \v 12 याहवेहले तिनीहरूलाई “मूर्तिपूजा नगर्नू”\f + \fr 17:12 \fr*\ft \+xt प्रस 20:4, 5\+xt*\ft*\f* भन्‍नुभए तापनि तिनीहरूले त्यो गरे। \v 13 याहवेहले इस्राएल र यहूदालाई आफ्ना सबै अगमवक्ताहरू र दर्शीहरूद्वारा यसो भनेर चेतावनी दिनुभयो: “तिमीहरू आफ्ना कुमार्गबाट फर्क। मैले तिमीहरूका पितापुर्खाहरूलाई सुम्पेका सम्पूर्ण व्यवस्थाअनुसार मेरा आज्ञाहरू र उर्दीहरू पालन गर्नू, जसलाई मैले आफ्ना सेवक र अगमवक्ताहरूद्वारा तिमीहरूकहाँ पुर्‍याएको छु।” \p \v 14 तर तिनीहरूले यसलाई अवहेलना गरे, र याहवेह तिनीहरूका परमेश्‍वरमाथि भरोसा नराख्ने तिनीहरूका पितापुर्खाहरूझैँ हठी भए। \v 15 उहाँले तिनीहरूलाई दिनुभएका उर्दी र करारलाई तिरस्कार गरे। तिनीहरू बेकामका मूर्तिहरूका पछि लागे, र आफैँ पनि बेकामका भए। याहवेहले तिनीहरूलाई आज्ञा दिनुभयो, “तिनीहरूले गरेझैँ नगर्नू”, तापनि तिनीहरूले आफ्ना चारैतिरका जातिहरूको अनुसरण गरे। \p \v 16 तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरका सबै आज्ञाहरू त्यागे। आफ्नो लागि दुई वटा धातुका मूर्तिहरू, एउटा बाछाको रूपमा र अर्को अशेराको खाँबो बनाए। तिनीहरू आकाशका सारा तारामण्डलको अगि निहुरे। अनि तिनीहरूले बाललाई पुजे। \v 17 तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाए। तिनीहरूले जोखना हेरे, तन्त्रमन्त्र गरे, र तिनीहरूले आफूलाई याहवेहको दृष्‍टिमा दुष्‍टता गर्नलाई बेचिदिए र उहाँलाई रिस उठाए। \p \v 18 यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो, र तिनीहरूलाई आफ्नो उपस्थितिबाट हटाइदिनुभयो। केवल यहूदाको कुल बाँकी रह्‍यो। \v 19 यहूदाले पनि याहवेह आफ्ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्। तिनीहरूले इस्राएलले परिचित गराएका रीतिहरू पछ्याए। \v 20 यसकारण याहवेहले इस्राएलका सबै मानिसहरूलाई त्यागिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नफालेसम्म तिनीहरूलाई दुःख दिनुभयो, र लुटेराहरूका हातमा सुम्पिदिनुभयो। \p \v 21 उहाँले इस्राएललाई दावीदको घरानाबाट अलग गर्नुभयो। अनि तिनीहरूले नबातका छोरा यारोबामलाई आफ्ना राजा बनाए। यारोबामले इस्राएललाई याहवेहको पछि नलाग्नलाई उक्साए र तिनीहरूलाई ठूलो पाप गर्न लगाए। \v 22 इस्राएलीहरू यारोबामका सबै पापहरूमा लागिरहे, तर तीबाट फर्केनन्। \v 23 तब याहवेहले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो; जस्तो कि उहाँले आफ्ना सबै सेवक र अगमवक्ताहरूद्वारा चेतावनी दिनुभएको थियो। यसकारण इस्राएलका सन्तान आफ्नो देशबाट निकालिए। अनि अश्शूरमा कैदमा लगिए, र तिनीहरू आजको दिनसम्म त्यहीँ छन्। \s1 सामरिया फेरि आबाद भएको \p \v 24 अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याए। अनि तिनीहरूलाई इस्राएलीहरूको सट्टामा सामरियाका सहरहरूमा बसोबास गराए। तिनीहरूले सामरिया अधिकारमा लिए, र त्यसका सहरहरूमा बसे। \v 25 तिनीहरू सुरुमा त्यहाँ बस्दा तिनीहरूले याहवेहलाई पुजेनन्; यसकारण उहाँले तिनीहरूकहाँ सिंहहरू पठाउनुभयो, र केही मानिसहरूलाई सिंहहरूले मारिदिए। \v 26 अश्शूरका राजालाई यो खबर दिइयो: “तपाईंले ल्याएर सामरियाका सहरहरूमा बसोबास गर्न लगाउनुभएका मानिसहरूले त्यस ठाउँका देवताले के चाहन्छ, त्यो जान्दैनन्। उहाँले तिनीहरूका बीचमा सिंहहरू पठाउनुभएको छ, जसले तिनीहरूलाई मारिरहेका छन्। किनकि उहाँले के चाहनुहुन्छ, ती मानिसहरूले जान्दैनन्।” \p \v 27 तब अश्शूरका राजाले यो हुकुम दिए: “तिमीहरूले सामरियाबाट कैद गरेर लगेका एक जना पुजारीलाई फर्काएर त्यहाँ लैजाओ। त्यसले त्यस ठाउँका देवताले के चाहन्छन्, त्यो सिकाओस्।” \v 28 यसकारण त्यहाँबाट निकालिएका एक जना पुजारी बेथेलमा बस्‍न आए। अनि तिनीहरूलाई कसरी याहवेहको आराधना गर्ने, त्यो कुरा सिकाए। \p \v 29 तरै पनि प्रत्येक जातीय दलले आफू बसेका धेरै सहरहरूमा आ-आफ्नै देवता बनाए। सामरियाका मानिसहरूले अग्ला ठाउँहरूमा बनाएका पुज्ने देवस्थानहरू खडा गर्‍यो। \v 30 बेबिलोनका मानिसहरूले सुक्‍कोत-बनोत, कूतका मानिसहरूले नेर्गल र हमातका मानिसहरूले अशीमा बनाए। \v 31 अव्वीहरूले नेभज र तर्ताक बनाए। सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीहरूलाई आगोमा बलिदान चढाउँथे। \v 32 तिनीहरूले याहवेहको आराधना गरे; तर अल्गा देवस्थानहरूका लागि पुजारी काम गर्नलाई आफ्नै जातिबाट मानिसहरू नियुक्त गरे। \v 33 तिनीहरूले याहवेहको आराधना गरे। तर तिनीहरूले आफूलाई ल्याइएका देशहरूका रीतिअनुसार आफ्नै देवताहरूको पनि सेवा गरे। \p \v 34 आजको दिनसम्म नै तिनीहरू आफ्नै रीतिअनुसार चल्छन्। तिनीहरूले न त याहवेहको आराधना गर्छन्; न त इस्राएल नाम दिनुभएको याकोबका सन्तानलाई उहाँले दिनुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरूमा नै पालना गर्छन्। \v 35 याहवेहले इस्राएलीहरूसित करार बाँध्नुहुँदा उहाँले तिनीहरूलाई यसो भनेर आज्ञा दिनुभएको थियो: “तिमीहरूले अरू कुनै देवताहरूलाई नपुज्नू; तिनीहरू सामु ननिहुरनू, तिनीहरूको सेवा नगर्नू, न त तिनीहरूकहाँ बलिदान नै चढाउनू। \v 36 तर तिमीहरूले झुक्नुपर्ने याहवेह उहाँ हुनुहुन्छ, जसले तिमीहरूलाई इजिप्टबाट आफ्नो महान् शक्ति र पसारिएका बाहुलीद्वारा निकालेर ल्याउनुभयो। उहाँकै अगि तिमीहरू निहुरनू; उहाँलाई नै बलिदान चढाउनू। \v 37 उहाँले तिमीहरूका निम्ति लेख्नुभएका उर्दीहरू, नियमहरू, व्यवस्थाहरू र आज्ञाहरू होसियारीसाथ पालन गर्नू। अरू देवताहरू नपुज्नू। \v 38 मैले तिमीहरूसित बाँधेको करार नभुल्नू र अरू देवताहरू नपुज्नू। \v 39 बरु याहवेह तिमीहरूका परमेश्‍वरको आराधना गर्नु। उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूका हातबाट छुटाउनुहुनेछ।” \p \v 40 तापनि तिनीहरूले सुन्‍न चाहेनन्। तर तिनीहरू आफ्नै पहिलेका रीतिहरूमा चलिरहे। \v 41 यी मानिसहरूले याहवेहलाई आराधना गरे तापनि तिनीहरूले आफ्नै मूर्तिहरूका सेवा गरिरहे। आजको दिनसम्म नै तिनीहरूका छोराछोरी र नातिनातिनाहरू आफ्ना पितापुर्खाहरूले गरेझैँ गर्दै आइरहेका छन्। \c 18 \s1 यहूदाका राजा हिजकियाह \p \v 1 एलाहका छोरा इस्राएलका राजा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले शासन गर्न थाले। \v 2 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्। \v 3 आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \v 4 तिनले अल्गा देवस्थानहरू हटाइदिए; चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेराका खम्बाहरू ढालिदिए। तिनले मोशाले बनाएका काँसोको सर्पलाई टुक्रा-टुक्रा पारिदिए। किनकि त्यस बेलासम्म इस्राएलीहरूले त्यसका निम्ति धूप बाल्दै आएका थिए। (त्यसलाई नहूश्तान भनिन्थ्यो।) \p \v 5 हिजकियाले याहवेह इस्राएलका परमेश्‍वरमाथि भरोसा राखे। यहूदाका राजाहरूमा तिनका अगि अथवा पछि तिनीजस्ता अरू कोही थिएनन्। \v 6 तिनी याहवेहसँग उपवास बस्थे, र उहाँलाई पछ्याउन छाडेनन्। तिनले याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे। \v 7 याहवेह तिनीसित हुनुभयो। तिनले लिएका जुनसुकै काममा पनि तिनी सफल भए। तिनले अश्शूरको राजाको विरुद्ध विद्रोह गरे, र तिनको सेवा गरेनन्। \v 8 तिनले पहरेदार बस्‍ने धरहरादेखि सुरक्षित सहरसम्म पर्खालले घेरे। तिनले पलिश्तीहरूलाई गाजा र त्यसका प्रान्तसम्मै परास्त गरे। \p \v 9 राजा हिजकियाको चौथो वर्षमा, अर्थात् एलाहका छोरा इस्राएलका राजा होशियाको सातौँ वर्षमा अश्शूरका राजा शलमनेशेरले सामरियाको विरुद्ध आक्रमण गरे, र त्यसलाई घेरे। \v 10 तीन वर्षको अन्तमा अश्शूरहरूले त्यसलाई लिए। यसरी सामरिया हिजकियाहको छैटौँ वर्षमा अर्थात् इस्राएलका होशिया राजाको नवौँ वर्षमा कब्जा गरियो। \v 11 अश्शूरका राजाले इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। अनि तिनीहरूलाई हाबोर नदीको छेउमा गोजानको हलह र मादीहरूका सहरहरूमा बसोबास गराए। \v 12 तिनीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञा मानेनन्। तर उहाँको करार अर्थात् याहवेहको सेवक मोशाले दिएका सबै आज्ञाहरू भङ्ग गरेकाले, यो हुन आएको थियो। तिनीहरूले न त आज्ञाहरूमा ध्यान दिए, न त ती पालन नै गरे। \p \v 13 राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे। \v 14 यसकारण यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा यस्तो खबर पठाए: “मैले भूल गरेँ। आफ्नो सेना हटाउनुहोस्। तपाईंले जे माग्नुहुन्छ, त्यो म तपाईंलाई तिर्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियालाई तीन सय टालेन्ट\f + \fr 18:14 \fr*\ft लगभग 10 मेट्रिक टन\ft*\f* चाँदी र तीस टालेन्ट\f + \fr 18:14 \fr*\ft लगभग 1 मेट्रिक टन\ft*\f* सुन दण्ड तोकिदिए। \v 15 यसकारण हिजकियाले तिनलाई याहवेहको मन्दिर र राजमहलका भण्डारहरूमा भएका सबै चाँदी दिए। \p \v 16 त्यस बेला यहूदाका राजा हिजकियाले याहवेहको मन्दिरका ढोकाहरू र ढोकाका खाँबाहरूमा आफूले मोहोरेका सुनहरू निकाले। अनि ती अश्शूरका राजालाई दिए। \s1 सनहेरीबले यरूशलेमलाई धम्काएका \p \v 17 अश्शूरका राजाले आफ्ना प्रधान सेनापति, आफ्ना प्रमुख अधिकृत र आफ्ना मैदानका सेनापतिलाई\f + \fr 18:17 \fr*\ft मूल भाषामा \ft*\fqa रब शाकेह\fqa*\f* हिजकियाकहाँ यरूशलेममा पठाए। तिनीहरू यरूशलेमसम्म आएर धोबीको खेत जाने मूल बाटोमा भएको माथिल्‍लो पोखरीको कुलोमा अडिए। \v 18 तिनीहरूले राजालाई बोलाइपठाए। तब महलका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, सचिव शेब्ना र आसापका छोरा लेखापाल योआ तिनीहरूकहाँ गए। \p \v 19 मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्‍नू: \pm “ ‘महान् राजा, अश्शूरका राजा, यसो भन्‍नुहुन्छ: तपाईंले आफ्नो भरोसा कुन आधारमाथि राख्नुभएको छ? \v 20 तपाईं भन्‍नुहुन्छ तपाईंसित लडाइँको रणनीति र सैन्य-बल छ। तपाईं खोक्रो कुरा गर्नुहुन्छ। तपाईं कसमाथि भरोसा गरेर मेरो विरुद्धमा बागी हुनुभएको छ? \v 21 अब हेर्नुहोस्, तपाईं इजिप्टमाथि भर पर्नुभएको छ। त्यो एउटा दुर्बल निगालो मात्र हो, जसले मानिसको हात मात्र घोच्छ, र त्यसमाथि अडेस लाग्नेलाई चोट मात्र लाग्छ! इजिप्टका राजा फारोमाथि भर पर्ने जोसुकैको निम्ति पनि यस्तै हुन्छ। \v 22 तपाईंले मलाई “हामी याहवेह हाम्रा परमेश्‍वरमाथि भरोसा राख्छौँ,” भन्‍नुहुन्छ भने के त्यो त्यही देवता होइन, जसका अल्गा देवस्थानहरू र वेदीहरू हिजकियाले हटाएर यहूदा र यरूशलेमलाई भनेका थिए, “तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ”? \pm \v 23 “ ‘यसकारण अब मेरा मालिक अश्शूरका राजासित लेनदेन गर्नुहोस्। म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु। तपाईंले तीमाथि सवार गर्नेहरू जुटाउन सक्नुहुन्छ भने! \v 24 तपाईं रथहरू र घोडचढीहरूका निम्ति इजिप्टमाथि भर परिरहनुभएको छ भने किन मेरा मालिकका अधिकृतहरूमध्ये सबैभन्दा सानोलाई अस्वीकार गर्नुहुन्छ? \v 25 अझ अर्को कुरा, याहवेहबाट कुनै वचन नपाई के म यस ठाउँलाई आक्रमण गरेर नाश गर्न आएको हुँ र? याहवेह आफूले मलाई यस देशको विरुद्धमा गएर यसलाई नाश गर भन्‍नुभएको छ।’ ” \p \v 26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।” \p \v 27 तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्‍नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्‍ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?” \p \v 28 तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन! \v 29 राजा यसो भन्‍नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नदेऊ। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्। \v 30 हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्‍चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’ \p \v 31 “हिजकियाको कुरा नसुन्‍नू। अश्शूरका राजा भन्‍नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ, र आफ्नै इनारबाट पिउनेछौ। \v 32 जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्‍न र दाखबारी, जैतुनका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो देशमा म आएर लानेछैनँ, तबसम्म मृत्युको सट्टा जीवन चून! \p “हिजकियाको कुरा नसुन्‍नू; किनकि तिनले ‘याहवेहले छुटाउनुहुन्छ’ भनेर तिमीहरूलाई भ्रममा पारिरहेका छन्। \v 33 के कुनै जातिको देवताले आफ्नो देशलाई अश्शूरका राजाको हातबाट कहिल्यै छुटाउन सकेको छ? \v 34 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके? \v 35 यी देशका देवताहरूमध्ये कसले आफ्नो देशलाई मबाट बचाउन सकेका छन्? त्यसो भए, याहवेहले कसरी यरूशलेमलाई मेरो हातबाट छुटाउन सक्नेछन्?” \p \v 36 तर मानिसहरू चुप रहे, र जवाफमा केही भनेनन्; किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए। \p \v 37 तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा, लेखापाल योआ, आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए। \c 19 \s1 यरूशलेमको छुटकारा बारे भविष्यवाणी \p \v 1 जब हिजकिया राजाले यो कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते र भाङ्ग्रा लगाएर याहवेहको मन्दिरभित्र गए। \v 2 तिनले राजमहलका प्रशासक एल्याकीम, सचिव शेब्ना र प्रमुख पुजारीहरूलाई भाङ्ग्रा लगाएर आमोजका छोरा यशैया अगमवक्ताकहाँ पठाए। \v 3 तिनीहरूले तिनलाई भने, “हिजकिया यसो भन्‍नुहुन्छ: आजको दिन छोराछोरी जन्मनै लाग्दा आमालाई जन्माउन बल नभएकोझैँ कष्‍ट, निन्दा र तिरस्कारको दिन भएको छ। \v 4 सायद याहवेह तपाईंका परमेश्‍वरले मैदानका सेनापतिले भनेका सबै कुरा सुन्‍नुभएको छ होला, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई ठट्टा गर्न पठाएका छन्। याहवेह तपाईंका परमेश्‍वरले सुन्‍नुभएका कुराहरूका निम्ति तिनलाई हपार्नुहुनेछ। यसकारण बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्।” \p \v 5 जब राजा हिजकियाका अधिकृतहरू यशैयाकहाँ आए, \v 6 तब यशैयाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकलाई भन, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले सुनेका ती शब्दहरूका कारण नडरा, जसद्वारा अश्शूरको राजाका अधीनमा रहेका मानिसहरूले मेरो निन्दा गरेका छन्। \v 7 सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ” \p \v 8 त्यस मैदानका सेनापतिले अश्शूरका राजा लाकीशबाट गएका कुरा सुने। तब तिनी फर्केर गए, र राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए। \p \v 9 अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। यसकारण तिनले फेरि यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए: \v 10 “यहूदाका राजा हिजकियालाई यसो भन्‍नू, तिमीले भर पर्ने देवताले ‘यरूशलेम अश्शूरका राजाको हातमा दिइनेछैन’ भनेर तिमीलाई उनले छल गर्न नपाऊन्। \v 11 अश्शूरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र कसरी सम्पूर्ण रूपले नाश गरेका छन् भनी तिमीले निश्‍चय नै सुनेका छौ, तब के तिमी छुटाइने छौ त? \v 12 के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए? \v 13 हमातका राजा, अर्पादका राजा, लाइर, सपर्बेम, हेना र इव्वाका राजाहरू कहाँ छन्?” \s1 हिजकियाको प्रार्थना \p \v 14 हिजकियाले ती दूतहरूबाट पत्र पाए, र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिर गए र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए। \v 15 तब हिजकियाले याहवेहसित प्रार्थना गरे: “हे याहवेह, इस्राएलका परमेश्‍वर, करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुने तपाईं मात्र संसारका सबै राज्यहरूमाथि परमेश्‍वर हुनुहुन्छ। तपाईंले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। \v 16 हे याहवेह, आफ्नो कान थापेर सुन्‍नुहोस्। हे याहवेह, आफ्ना आँखा खोलेर हेर्नुहोस्; सनहेरीबले जीवित परमेश्‍वरको अपमान गर्न पठाएका कुराहरू सुन्‍नुहोस्। \p \v 17 “हे याहवेह, यो कुरा साँचो हो, अश्शूरका राजाहरूले यी जाति-जातिहरूका देशहरूलाई उजाड पारेका छन्। \v 18 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्‍ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्‍वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए। \v 19 अब हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ भनी जानून्।” \s1 यशैयाले सनहेरीबको पतनको अगमवाणी गरेका \p \v 20 तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले अश्शूरका राजा सनहेरीबको विषयमा तेरो प्रार्थना सुनेँ। \v 21 त्यसको विरुद्धमा याहवेहले यसो भनेर बोल्नुभएको छ: \q1 “ ‘सियोनकी कन्ये छोरीले \q2 तँलाई तुच्छ ठान्छे र खिसी गर्छे। \q1 यरूशलेमकी छोरीले \q2 तँ भाग्दा आफ्नो शिर हल्‍लाउँछे। \q1 \v 22 तैँले कसको ठट्टा र निन्दा गरेको छस्? \q2 कसका विरुद्धमा तैँले आफ्ना आवाज उठाएको छस् \q1 र घमण्डमा आफ्ना आँखा उठाएको छस्? \q2 इस्राएलका पवित्र परमेश्‍वरको विरुद्धमा! \q1 \v 23 आफ्ना दूतहरूद्वारा \q2 तैँले प्रभुको निन्दा गरेको छस्। \q1 अनि तैँले भनेको छस्, \q2 “म आफ्ना धेरै रथहरूसित, \q1 पहाडहरूका शिखरहरूमा उक्लेको छु, \q2 अँ, लेबनानको सर्वोच्‍च शिखरहरूमा। \q1 मैले त्यसका सबैभन्दा अग्ला देवदारुका रूखहरू, \q2 त्यसका सर्वोत्तम सल्‍लाका रूखहरू काटेर ढालेको छु। \q1 म त्यसका अति दुर्गम ठाउँहरूमा पुगेको छु, \q2 त्यसका सर्वोत्तम वनहरूमा। \q1 \v 24 मैले परदेशमा इनारहरू खनेको छु, \q2 र त्यहाँ पानी पिएको छु। \q1 मेरा खुट्टाका पैतालाले \q2 मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।” \b \q1 \v 25 “ ‘के तैँले सुनेको छैनस्? \q2 धेरै पहिले नै मैले यो नियुक्त गरेको थिएँ। \q1 प्राचीन कालमा नै मैले यो योजना बनाएको थिएँ; \q2 अब मैले यसलाई हुन दिएँ, \q1 र तैँले सुरक्षित सहरहरूलाई \q2 ढुङ्गाका थुप्रोमा परिणत गरेको छस्। \q1 \v 26 त्यसका मानिसहरू शक्तिहीन भई, \q2 निराश भएर शर्ममा परेका छन्। \q1 तिनीहरू बढ्नु अगि नै \q2 घामले डढेका खेतका अन्‍नहरूजस्तै, \q1 कलिला टुसाझैँ, \q2 छतमा उम्रिरहेका घाँसझैँ छन्। \b \q1 \v 27 “ ‘तर तँ कहाँ बस्छस्, \q2 अनि तँ कहिले आउँछस् र जान्छस्, \q2 अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु। \q1 \v 28 तँ मेरो विरुद्धमा रिसाएकोले \q2 र तेरो क्रोध मेरो कानसम्म आइपुगेको कारणले, \q1 म आफ्नो अङ्कुसे तेरो नाकमा \q2 र आफ्नो लगाम तेरो मुखमा लगाउनेछु; \q1 अनि म तँलाई तँ आएकै बाटो भएर \q2 तँलाई फर्केर जान लाउनेछु।’ \p \v 29 “हे हिजकिया, तेरा निम्ति यो चिन्ह हुनेछ: \q1 “यो वर्ष तैँले आफैँ उम्रेको कुरा खानेछस्, \q2 र दोस्रो वर्ष, त्यसैबाट उम्रेको कुरा खानेछस्। \q1 तर तेस्रो वर्षमा छर, र कटनी गर, \q2 दाखबारी लगा र त्यसको फल खा। \q1 \v 30 एक पल्ट फेरि यहूदाका घरानाका बाँकी रहेकाले \q2 जमिनमा जरा हाल्नेछन्, र जमिनमाथि फल फलाउनेछन्। \q1 \v 31 किनकि यरूशलेमबाट एउटा बाँचेको भाग \q2 र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। \m “सेनाहरूका याहवेहको जोशले यो सम्पन्‍न गर्नेछ। \b \p \v 32 “यसकारण अश्शूरको राजाको विषयमा याहवेह यसो भन्‍नुहुन्छ: \q1 “ ‘त्यसले यस सहरमा प्रवेश गर्नेछैन, \q2 न त यहाँ एउटा काँड नै हान्‍नेछ। \q1 त्यो यसको सामु ढालसित आउनेछैन, \q2 न त यसलाई घेराबन्दी लगाउनेछ। \q1 \v 33 त्यो त आफू आएकै बाटो भएर फर्कनेछ; \q2 त्यसले यस सहरमा प्रवेश गर्नेछैन, \q2 याहवेह घोषणा गर्नुहुन्छ। \q1 \v 34 म यस सहरलाई रक्षा गरेर बचाउनेछु, \q2 मेरो खातिर र मेरो सेवक दावीदको खातिर।’ ” \p \v 35 त्यस रात याहवेहका दूतले बाहिर गएर अश्शूरहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। भोलिपल्ट बिहानै मानिसहरू उठ्दा सबै मरेका लासहरू मात्र देखे! \v 36 यसकारण अश्शूरका राजा सनहेरीब छाउनी भत्काएर हटिगए। तिनी निनवेमा फर्केर त्यहीँ बसे। \p \v 37 एक दिन तिनी आफ्ना देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेको बेला तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे; र तिनीहरू अरारातको देशमा भागे। तिनका छोरा एसरहदोन तिनीपछि राजा भए। \c 20 \s1 हिजकिया बिमारी भएका \p \v 1 ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे। आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्, किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।” \p \v 2 हिजकियाले आफ्नो अनुहार भित्तातिर फर्काएर याहवेहलाई प्रार्थना गरे, \v 3 “हे याहवेह, म तपाईंको सामु कसरी विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्‍टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” तब हिजकिया धुरुधुरु रोए। \p \v 4 यशैयाले बीचको चोक छोड्नअगि नै तिनीकहाँ याहवेहको वचन आयो, \v 5 “फर्किएर मेरा मानिसहरूका अगुवा हिजकियालाई भन्, ‘याहवेह, तेरा पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु र तेरो आँसु देखेको छु; म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ याहवेहको मन्दिरमा उक्लेर जानेछस्। \v 6 म तेरो जीवनमा पन्ध्र वर्ष थपिदिनेछु। म तँलाई र यस सहरलाई अश्शूरका राजाको हातबाट छुटाउनेछु। म यस सहरलाई आफ्नै खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गर्नेछु।’ ” \p \v 7 तब यशैयाले भने, “नेभाराको लेप बनाउनुहोस्।” तब तिनीहरूले त्यसै गरे, र त्यसलाई राजाको पिलोमा लगाए र तिनी निको भए। \p \v 8 हिजकियाले यशैयालाई सोधेका थिए, “मलाई याहवेहले निको पार्नुहुनेछ र म अबको तेस्रो दिन याहवेहको मन्दिरमा उक्लेर जान सक्नेछु भन्‍ने चिन्ह के होला?” \p \v 9 यशैयाले जवाफ दिए, “याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको चिन्ह तपाईंलाई यो हुनेछ: छाया दश कदम अगि बढोस्, वा दश कदम पछि सरोस्?” \p \v 10 हिजकियाहले भने, “छाया दश कदम अगि बढ्नु त साधारण कुरा हो। बरु यो दश कदम पछाडि सरोस्।” \p \v 11 तब यशैया अगमवक्ताले याहवेहलाई पुकारे। याहवेहले छायालाई दश कदम पछि जान लाउनुभयो, तब त्यो आहाजको खुड्किलोमा तल झर्‍यो। \s1 बेबिलोनबाट राजदूतहरू \p \v 12 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए। किनकि तिनले हिजकिया बिरामी छन् भनी सुनेका थिए। \v 13 हिजकियाले ती दूतहरूलाई स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। तिनको महलमा वा सम्पूर्ण राज्यमा भएका सबै थोक हिजकियाले तिनीहरूलाई देखाए। \p \v 14 तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” \p हिजकियाले जवाफ दिए, “एउटा टाढा देश बेबिलोनबाट आएका हुन्।” \p \v 15 तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?” \p हिजकियाले भने, “तिनीहरूले मेरो महलमा भएको प्रत्येक कुरा देखे। मेरो भण्डारमा भएको सबै थोक मैले तिनीहरूलाई देखाएँ।” \p \v 16 तब यशैयाले हिजकियालाई भने, “याहवेहको वचन सुन्‍नुहोस्: \v 17 त्यो समय निश्‍चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्‍नुहुन्छ। \v 18 तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।” \p \v 19 हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा हुनेछैन र?” \p \v 20 हिजकियाको शासनका अरू घटनाहरू, तिनका उपलब्धीहरू, र तिनले पोखरी र सुरुङ बनाएर सहरभित्र पानी ल्याएका विषयहरू, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 21 हिजकिया आफ्ना पुर्खाहरूसित सुते। तिनीपछि तिनका छोरा मनश्शे राजा भए। \c 21 \s1 यहूदाका राजा मनश्शे \p \v 1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो। \v 2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 3 आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे। \v 4 तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए। \v 5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए। \v 6 तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा धेरै दुष्‍टता गरेर उहाँलाई रिस उठाए। \p \v 7 तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु। \v 8 यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।” \v 9 तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे। \p \v 10 याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्‍नुभयो, \v 11 “यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्‍टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्‍याएको छ। \v 12 यसकारण याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्‍ने हरेकका कान झन्झनाउनेछन्। \v 13 म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्‍ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु। \v 14 आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्। \v 15 तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्‍टिमा जे दुष्‍टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।” \p \v 16 यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \p \v 17 मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? \v 18 मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए। \s1 यहूदाका राजा आमोन \p \v 19 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्‍लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्। \v 20 तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 21 तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए। \v 22 तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्। \p \v 23 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे। \v 24 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए। \p \v 25 आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? \v 26 तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए। \c 22 \s1 व्यवस्थाको पुस्तक भेट्टाइएको \p \v 1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यदीदा थियो, जो अदायाहकी छोरी थिइन्। तिनी बोस्कतकी थिइन्। \v 2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा पूर्ण रूपमा हिँडे। \p \v 3 आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्‍लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने, \v 4 “प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू। \v 5 मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू— \v 6 अर्थात् सिकर्मीहरू, निर्माण गर्नेहरू र डकर्मीहरूलाई। मन्दिर मर्मत गर्नलाई तिनीहरूलाई काठ र काटिएका ढुङ्गाहरू पनि किन्‍न लगाऊनू। \v 7 तर तिनीहरूलाई दिइएको रकमको हिसाब तिनीहरूले नलिऊन्; किनकि तिनीहरू इमानदार छन्।” \p \v 8 प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक मन्दिरमा भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढे। \v 9 तब सचिव शापान राजाकहाँ गए, र तिनले उहाँलाई यसको खबर दिए, “तपाईंका अधिकृतहरूले याहवेहको मन्दिरमा भएको रकम बुझाएर त्यसलाई मन्दिरका कर्मचारीहरू र रेखदेख गर्नेहरूको जिम्मामा दिए।” \v 10 त्यसपछि सचिव शापानले राजालाई बताए, “प्रधान पुजारी हिल्कियाहले यो पुस्तक मलाई दिएका छन्।” \p \v 11 राजाले व्यवस्थाका पुस्तकका वचनहरू सुनेपछि तिनले आफ्ना वस्त्र च्याते। \v 12 तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए: \v 13 “जाओ र मेरा निम्ति, मानिसहरूका निम्ति र सारा यहूदाका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रो विरुद्धमा याहवेहको ठूलो क्रोध दन्केको छ। किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। तिनीहरूले त्यसमा हाम्रो विषयमा लेखिए अनुसारका काम गरेका छैनन्।” \p \v 14 पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्‍लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्। \p \v 15 तिनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, \v 16 ‘याहवेह यसो भन्‍नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु। \v 17 तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’ \v 18 याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: \v 19 तेरो हृदय संवेदनशील भयो, र तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका मानिसहरूका विरुद्धमा बोलेको वचन सुनेर तैँले याहवेहको सामु आफूलाई नम्र तुल्याईस्। अनि आफ्ना वस्त्रहरू च्यातेर मेरो उपस्थितिमा रोइस्। यसैले मैले तेरो कुरा सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ। \v 20 यसकारण म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” \p तब तिनको यही जवाफ तिनीहरूले राजाकहाँ लगे। \c 23 \s1 योशियाहले करार पुनर्स्थापना गरेका \p \v 1 तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए। \v 2 तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र अगमवक्ताहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्‍ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे। \v 3 राजा खम्बाको छेउमा उभिए, र याहवेहको पछि-पछि हिँड्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि याहवेहको उपस्थितिमा करारलाई पूरा गर्ने वाचा गरे। यसरी यस पुस्तकमा लेखिएका करारका कुराहरू पक्‍का गरे। तब सबै मानिसहरूले आफूलाई करारमा प्रतिज्ञावद्ध गराए। \p \v 4 राजाले प्रधान पुजारी हिल्कियाह, तिनको दर्जामुनिका पुजारीहरू र पहरेदारहरूलाई याहवेहको मन्दिरबाट बाल, अशेरा र सारा तारामण्डलका निम्ति बनाइएका सबै चीजहरू हटाउने आदेश दिए। तिनले ती यरूशलेमको बाहिर किद्रोन खोल्साका खेतहरूमा जलाइदिए; र तिनको खरानी बेथेलमा लगे। \v 5 तिनले यहूदाका सहरहरूका अल्गा देवस्थानहरू र यरूशलेमका चारैतिरका धूप बाल्नलाई यहूदाका राजाहरूले नियुक्त गरेका मूर्तिपूजक पुजारीहरूलाई निकालिदिए—तिनीहरूलाई, जसले बाल, घाम र चन्द्रमा, नक्षत्र र सारा तारामण्डलका निम्ति धूप बाल्दथे। \v 6 तिनले अशेराको खाँबोलाई याहवेहको मन्दिरबाट निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्सामा लगेर जलाइदिए, र त्यसलाई कुटेर धुलोपिठो बनाए। अनि त्यसको धुलो साधारण मानिसहरूका चिहानमाथि छरिदिए। \v 7 याहवेहको मन्दिरमा आएका देवस्थानका देवदासहरूका घरहरू तिनले भत्काइदिए, जहाँ स्त्रीहरूले अशेराको निम्ति लुगा बुन्‍ने गर्थे। \p \v 8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीहरूलाई ल्याए; र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बालेका अग्ला देवस्थानहरूलाई अपवित्र तुल्याइदिए। तिनले सहरमा राज्यपाल यहोशूको ढोकाको मूर्ति पुज्ने देवस्थानहरू भत्काइदिए, जुन सहरको मूलढोकाको देब्रेपट्टि थियो। \v 9 ती अल्गा देवस्थानहरूका पुजारीहरूले यरूशलेममा याहवेहको वेदीमा सेवा नगरे तापनि तिनीहरूले आफ्ना सङ्गी पुजारीहरूसित अखमिरी रोटी खाए। \p \v 10 तिनले बेन-हिन्‍नोमको खोल्सामा भएको तोपेतलाई अपवित्र तुल्याइदिए; ताकि कसैले पनि त्यसलाई मोलेखका निम्ति आगोमा आफ्ना छोरा अथवा छोरीलाई बलिदान चढाउनु नपरोस्। \v 11 तिनले याहवेहको मन्दिरको प्रवेशद्वारबाट यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोडाहरूलाई हटाइदिए। ती नातान-मेलेक नाम भएको एक जना अधिकृतको कोठा नजिक राखिएका थिए। तब योशियाहले सूर्यलाई अर्पण गरिएका रथहरू जलाइदिए। \p \v 12 तिनले यहूदाका राजाहरूले आहाजका माथिल्‍लो कोठाको छेउको छानामा बनाएका वेदीहरू र मनश्शेले याहवेहको मन्दिरका दुई वटा चोकहरूमा बनाएका वेदीहरू तानेर खसाइदिए। तिनले ती त्यहाँबाट हटाइदिएर ती टुक्रा-टुक्रा पारेर कुच्याइदिए; अनि ती टुक्राहरू किद्रोनको खोल्सामा फ्याँकिदिए। \v 13 राजाले यरूशलेमको पूर्वपट्टि दुष्‍टताको डाँडामा भएका अल्गा देवस्थानहरू, अर्थात् इस्राएलका राजा सोलोमनले सीदोनीहरूका घृणित देवी अश्तोरेतको निम्ति मोआबका घिनलाग्दो देवता मोलेख र अम्मोनका निम्ति बनाएका अग्ला ठाउँहरूलाई अपवित्र तुल्याइदिए। \v 14 योशियाहले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए। अशेराका खम्बाहरू काटेर ढालिदिए। अनि त्यस ठाउँलाई मानिसहरूका हाडहरूले ढाकिदिए। \p \v 15 यहाँसम्म कि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामले बेथेलमा बनाएको अल्गा देवस्थान, त्यो वेदी र अल्गा देवस्थानलाई समेत तिनले भत्काइदिए। तिनले त्यो अल्गा देवस्थानलाई जलाएर धुलोपिठो पारिदिए; अनि अशेराको खाँबोलाई पनि जलाइदिए। \v 16 त्यसपछि योशियाहले चारैतिर हेरे। अनि डाँडाको ठाउँमा चिहानहरू देखेपछि तिनले त्यहाँबाट हाडहरू निकाल्न र यी कुराहरूलाई पहिलेबाट नै भनिदिने परमेश्‍वरका जनद्वारा घोषित भएको याहवेहको वचनअनुसार त्यसलाई अपवित्र पार्नलाई वेदीमा जलाइदिए। \p \v 17 राजाले सोधे, “मैले देखेको त्यो स्मारक के हो?” \p त्यस सहरका मानिसहरूले भने, “यो परमेश्‍वरका त्यस जनको चिहानको निशानी हो, जसले यहूदाबाट आएर बेथेलको वेदीको विरुद्धमा तपाईंले यसलाई गर्नुभएकै कुरा उच्‍चारण गरेका थिए।” \p \v 18 तिनले भने, “यसलाई यसै छोडिदेऊ। तिनका हाडहरूलाई कसैले नहटाऊन्।” यसकारण तिनीहरूले तिनका हाडहरू र सामरियाबाट आएका अगमवक्ताका हाडहरू त्यसै छोडिदिए। \p \v 19 सामरियाका सहरहरूमा भएका अग्ला देवस्थानहरू, जो याहवेहलाई रिस उठाउनलाई इस्राएलका राजाहरूले बनाएका थिए, अल्गा ठाउँका ती सबै देवस्थानहरू पनि योशियाहले हटाए; र बेथेलमा तिनले जस्तो गरेका थिए, त्यसरी नै अपवित्र तुल्याइदिए। \v 20 योशियाहले ती अग्ला देवस्थानहरूका सबै पुजारीहरूलाई वेदीमाथि मारिदिए। अनि तिनीहरूमाथि मानिसहरूका हाडहरू जलाइदिए। त्यसपछि तिनी यरूशलेममा फर्के। \p \v 21 राजाले सबै मानिसहरूलाई यो हुकुम दिए: “करारको पुस्तकमा लेखिएअनुसार याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति निस्तार चाड मनाओ।” \v 22 न त इस्राएललाई डोर्‍याउने न्यायकर्ताहरूका समयमा अथवा इस्राएलका राजाहरू र यहूदाका राजाहरूका समयमा नै यस्तो निस्तार चाड मनाइएको थियो। \v 23 तर योशियाह राजाको अठारौँ वर्षमा यो निस्तार चाड याहवेहका निम्ति यरूशलेममा मनाइयो। \p \v 24 त्यसबाहेक योशियाहले यरूशलेममा देखिने भूतप्रेत खेलाउनेहरू, जोखना हेर्नेहरू, घर-देवताहरू, मूर्तिहरू र अरू घिनलाग्दा कुराहरू निकालिदिए। यो तिनले पुजारीले याहवेहको मन्दिरमा भेट्टाएको पुस्तकमा लेखिएको व्यवस्थाको नियमअनुसार गरेका थिए। \v 25 आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर याहवेहतिर त्यसरी फर्कने तिनीअगि वा तिनीपछिका तिनीजस्तो अरू कुनै राजा भएनन्। \p \v 26 तरै पनि याहवेह आफ्नो भयानक रिसबाट फर्कनुभएन। किनभने मनश्शेले उहाँलाई रिस उठाउन गरेका सबै कामहरूको कारण यहूदाप्रति उहाँको रिस दन्किएको थियो। \v 27 यसकारण याहवेहले भन्‍नुभयो, “मैले इस्राएललाई हटाएझैँ यहूदालाई पनि म आफ्नो उपस्थितिबाट हटाउनेछु। अनि आफूले चुनेको सहर यरूशलेम र यो मन्दिर, जसको विषयमा मैले यसो भनेँ, ‘मेरो नाम त्यहाँ हुनेछ’ म त्याग्नेछु।” \p \v 28 योशियाहको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूको विषय, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? \p \v 29 योशियाह राजा भएको बेला इजिप्टका राजा फारो नेको अश्शूरका राजालाई सहायता दिन यूफ्रेटिस नदीमा गए। राजा योशियाह तिनीसित युद्ध गर्न गए। तर नेकोले तिनको सामना गरे; र मगिद्दोमा तिनलाई मारे। \v 30 योशियाहका सेवकहरूले तिनको शरीरलाई मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनलाई तिनको आफ्नै चिहानमा गाडे। तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई राज्याभिषेक गरेर तिनलाई आफ्ना पिताको ठाउँमा राजा बनाए। \s1 यहूदाका राजा यहोआहाज \p \v 31 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्। \v 32 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 33 फारो नेकोले तिनले यरूशलेममा शासन नगरून् भनी तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधे। अनि यहूदामाथि एक सय टालेन्ट\f + \fr 23:33 \fr*\ft लगभग 3.4 मेट्रिक टन\ft*\f* चाँदी र एक टालेन्ट\f + \fr 23:33 \fr*\ft लगभग 34 किलो\ft*\f* सुनको कर लगाइदिए। \v 34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए। अनि तिनको नाम एल्याकीमबाट यहोयाकीम राखिदिए। \v 35 यहोयाकीमले फारो नेकोलाई तिनको माग अनुसारको चाँदी र सुन तिरे। यसो गर्नका निम्ति तिनले देशमाथि कर लगाए। तिनीहरूको सम्पत्तिको मूल्याङ्कनअनुसार देशवासीहरूबाट चाँदी र सुन लिए। \s1 यहूदाका राजा यहोयाकीम \p \v 36 राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम जबुदा थियो, जो पदायाहकी छोरी थिइन्। तिनी रूमाकी थिइन्। \v 37 तिनले आफ्ना पुर्खाहरूले गरेझैँ याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे। \c 24 \p \v 1 यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। \v 2 याहवेहले तिनको विरुद्धमा बेबिलोनी,\f + \fr 24:2 \fr*\ft अथवा \ft*\fqa कल्दीहरू\fqa*\f* अरामी, मोआबी र अम्मोनीहरूलाई आफ्ना सेवक अगमवक्ताहरूद्वारा घोषणा गरिएको याहवेहको वचनअनुसार यहूदालाई नाश गर्न पठाउनुभयो। \v 3 मनश्शेका पापहरू र तिनले जे जति गरेका थिए, त्यसको कारण आफ्नो उपस्थितिबाट हटाउनलाई निश्‍चय नै याहवेहको आज्ञाअनुसार यी कुराहरू यहूदामाथि घटे। \v 4 साथै ती पापहरूमा निर्दोष मानिसहरूको रगत पनि बगाइएको थियो। किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरिदिएका थिए, र याहवेहले क्षमा दिने इच्छा गर्नुभएन। \p \v 5 यहोयाकीमको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरूका विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? \v 6 यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनका छोरा यहोयाकीन तिनीपछि राजा भए। \p \v 7 इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए। \s1 यहूदाका राजा यहोयाकीन \p \v 8 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्। \v 9 तिनले आफ्ना पिताले गरेझैँ याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो, त्यही गरे। \p \v 10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले। \v 11 तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए। \v 12 यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। \p बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे। \v 13 याहवेहले घोषणा गर्नुभएझैँ नबूकदनेसरले याहवेहको मन्दिर र महलबाट सबै खजाना हटाए। इस्राएलका राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति बनाएका सुनका सामानहरू सबै लिएर गए। \v 14 तिनले सम्पूर्ण यरूशलेमलाई, सबै अधिकृतहरू र योद्धाहरू, सबै दक्ष कारिगरहरू र सिकर्मीहरू गरी जम्मा दश हजार जनालाई देशबाट कैद गरेर लगे। देशका अति गरिब मानिसहरू मात्र छोडिए। \p \v 15 नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे। \v 16 बेबिलोनका राजाले बलिया र युद्ध गर्न सक्ने सात हजार लडाकु मानिसहरूको दल र एक हजार दक्ष कामदार र शिल्पकारहरूलाई पनि बेबिलोनमा कैद गरेर लगे। \v 17 तिनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा तुल्याए, र तिनको नाम बदलेर सिदकियाह राखिदिए। \s1 यहूदाका राजा सिदकियाह \p \v 18 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्। \v 19 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे। \v 20 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। \s1 यरूशलेमको पतन \p तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे। \c 25 \p \v 1 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए। \v 2 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो। \p \v 3 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन। \v 4 तब सहरको पर्खाल भत्काइयो; अनि यरूशलेमका सम्पूर्ण सेनाहरू भागेर गए। बेबिलोनीहरूले सहरलाई घेरेर राखेको भए तापनि तिनीहरूले राजाको बगैँचाको छेउका दुई पर्खालको बीचमा भएको मूलढोकाबाट भएर राति नै सहरलाई छोडेर भागेर गए। तिनीहरू अराबातिर\f + \fr 25:4 \fr*\ft अथवा \ft*\fqa यर्दनको उपत्यका\fqa*\f* भागे। \v 5 तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए, \v 6 र तिनी पक्राउ परे। \p तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ तिनीमाथि दण्डको घोषणा गरियो। \v 7 तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनीहरूले तिनका आँखा निकालिदिए। अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे। \p \v 8 बेबिलोनका राजा नबूकदनेसरको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा राजकीय अङ्गरक्षकहरूका सेनापति, बेबिलोनका राजाका एक जना अधिकृत, नबूजरदान यरूशलेममा आए। \v 9 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए। \v 10 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका पर्खालहरू भत्काइदिए। \v 11 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले सहरमा बाँकी मानिसहरू, बेबिलोनका राजाकहाँ जान चाहनेहरू, र अरू बाँकी रहेका जनसंख्या सहित सबैलाई कैद गरेर निर्वासनमा लगे। \v 12 तर सेनापतिले देशका कतिपय अति गरिबहरूलाई दाखबारी र खेतहरूमा काम गर्नलाई छोडिदिए। \p \v 13 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे। \v 14 तिनीहरूले भाँडाहरू, बेल्चाहरू, सलेदोका चिम्टाहरू, कचौराहरू र मन्दिरको सेवामा प्रयोग गरिने काँसाका सबै सरसामानहरू लगे। \v 15 राजकीय अङ्गरक्षकहरूका सेनापतिले निखुर सुन अथवा चाँदीले बनाइएका धूपदानी र छर्कने बाटाहरू लगे। \p \v 16 सोलोमनले याहवेहको भवनका निम्ति बनाएका दुई स्तम्भहरू, खड्कुँलो र ठेलागाडीहरूका काँसा जोखेर जोख्न नसकिने थिए। \v 17 प्रत्येक स्तम्भ सत्ताइस क्यूबिट\f + \fr 25:17 \fr*\ft लगभग 27 फिट\ft*\f* अग्लो थियो। स्तम्भको टुप्पामा भएको काँसाको शिर साँढे चार क्यूबिट\f + \fr 25:17 \fr*\ft लगभग साढे 4 फिट\ft*\f* अग्लो थियो; अनि त्यसमाथि काँसाका जाली र दारिमले चारैतिरबाट सिङ्गारिएको थियो। \p \v 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे। \v 19 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र पाँच जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने जिम्मामा रहेका प्रधान सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना मानिसहरूलाई पनि लगे। \v 20 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए। \v 21 त्यहाँ हमात देशको रिब्लामा राजाले तिनीहरूलाई मारे। \p यसरी यहूदा आफ्नो देशबाट कैदमा लगियो। \p \v 22 यसकारण बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा छोडेका मानिसहरूमाथि राज्यपाल नियुक्त गरे। \v 23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेका सुने, तब नतन्याहको छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह, माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। \v 24 गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्‍वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।” \p \v 25 तरै पनि सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राजकीय खानदानका थिए, दश जना मानिसहरूसित आएर यहूदाका मानिसहरू, गदल्याह र तिनीसित मिस्पामा भएका बेबिलोनीहरूलाई मारे। \v 26 यसकारण बेबिलोनीहरूको डरले गर्दा सानादेखि लिएर ठूलासम्म, सेनाका अधिकृतहरूसमेत, सबै इजिप्टमा भागे। \s1 यहोयाकीनको छुटकारा \p \v 27 यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदकले बेबिलोनका राजा भएको वर्षमा, यहोयाकीनलाई बाह्रौँ महिनाको सत्ताइसौँ दिनमा कैदबाट मुक्त गरिदिए। \v 28 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाका सम्मानको आसन दिए। \v 29 यसकारण यहोयाकीनले आफ्ना कैदका वस्त्रहरू उतारे, र आफ्नो जीवनकालभरि नै राजाका टेबुलमा खाए। \v 30 तिनी बाँचुन्जेल राजाले तिनलाई नियमित भत्ता दिए।