\id 2JN - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 यूहन्‍ना \toc1 यूहन्‍नाको दोस्रो पत्र \toc2 2 यूहन्‍ना \toc3 2 यूह \mt1 यूहन्‍नाको दोस्रो पत्र \c 1 \po \v 1 मण्डलीका प्रधानबाट, \po परमेश्‍वरका जनहरूद्वारा चुनिएकी स्त्री र तिनका छोराछोरी, जसलाई म सत्यतामा\f + \fr 1:1 \fr*\fq सत्यतामा \fq*\fqa येशू ख्रीष्‍टमा\fqa*\f* प्रेम गर्छु, र मैले मात्र होइन, तर ती सबैले, जसले सत्यलाई चिनेका छन्। \v 2 सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ: \po \v 3 परमेश्‍वर पिता र येशू ख्रीष्‍टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्! \b \p \v 4 पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु। \v 5 हे प्रिय स्त्री, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म बिन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौँ। \v 6 हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो। \p \v 7 किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्‍ट विरोधी हो। \v 8 होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक। \v 9 हरेक जसले बाटो बिराएर अन्‍यत्र जाँदछ, त्यो ख्रीष्‍टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्‍वर हुनुहुन्‍न; ख्रीष्‍टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ। \v 10 यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर। \v 11 जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्‍ट कामहरूमा सहभागी बनेको हुन्छ। \b \b \p \v 12 मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्‍नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्। \b \p \v 13 परमेश्‍वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले\f + \fr 1:13 \fr*\fq बहिनीका छोराछोरीहरूले \fq*\ft अथवा \ft*\fqa मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू\fqa*\f* तिमीलाई अभिवादन पठाएका छन्।