\id 2CO - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 कोरिन्थी \toc1 कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र \toc2 2 कोरिन्थी \toc3 2 कोरि \mt1 कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र \c 1 \po \v 1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, \po कोरिन्थमा भएका परमेश्‍वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र जनहरूलाई: \po \v 2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। \s1 सान्त्वनाका परमेश्‍वर \p \v 3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। \v 4 उहाँले हाम्रा सबै सङ्कष्‍टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्‍टहरूमा परेकाहरूलाई हामीले परमेश्‍वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ। \v 5 किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। \v 6 यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्‍टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्‍न गराउँछ। \v 7 अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्‍टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ। \p \v 8 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको\f + \fr 1:8 \fr*\ft एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो।\ft*\f* प्रान्तमा भोगेका कष्‍टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्‍नौँ। हामीले सहन नसक्ने किसिमको कष्‍टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्‍चित थिएनौँ। \v 9 निश्‍चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा राखौँ भनेर नै हो। \v 10 उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। \v 11 तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्‍वरलाई धन्यवाद दिनेछन्। \s1 पावलको योजनामा हेरफेर \p \v 12 अब हाम्रो गर्व यही हो: हाम्रा विवेकले यो साक्षी दिन्छ, कि विशेष गरी तिमीहरूप्रति हाम्रो सम्बन्धमा परमेश्‍वरबाट आउने निष्कपटतामा हामीले यस संसारमा पवित्रता\f + \fr 1:12 \fr*\ft केही प्राचीन पा.लि.मा \ft*\fqa सत्यता\fqa*\f* र ईश्‍वरीय सत्यतामा व्यवहार गरेका छौँ। हामीले सांसारिक बुद्धिअनुसार होइन, तर परमेश्‍वरको अनुग्रहद्वारा यसो गरेका छौँ। \v 13 किनकि हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने केही लेख्दैनौँ। अनि म आशा गर्दछु, कि \v 14 जसरी तिमीहरूले हामीलाई केही मात्रामा बुझेका छौ, तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ, र तिमीहरूले हाम्रो बारेमा गर्व गर्नेछौ; अनि हामीले पनि प्रभु येशूको दिनमा तिमीहरूबारे गर्व गर्नेछौँ। \p \v 15 मलाई यस विषयमा निश्‍चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ। \v 16 म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ। \v 17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र? \p \v 18 तर निश्‍चय नै परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन। \v 19 म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्‍वरको पुत्र येशू ख्रीष्‍ट “हो” र “होइन” हुनुहुन्‍नथ्यो। तर उहाँमा सदा “हो” नै छ। \v 20 किनकि परमेश्‍वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्‍टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्‍वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। \v 21 अब परमेश्‍वरले नै हामी र तिमीहरूलाई ख्रीष्‍टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। \v 22 उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्‍ने पक्‍का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ। \p \v 23 तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्‍वरलाई मेरो साक्षीको रूपमा पुकार्छु। \v 24 हामी तिमीहरूको विश्‍वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्‍वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ। \c 2 \nb \v 1 यसकारण तिमीहरूलाई कष्‍ट नहोस् भनी दोस्रो पल्ट तिमीहरूकहाँ नआउने नै मैले निश्‍चय गरेँ। \v 2 किनकि यदि मैले तिमीहरूलाई दुःखित बनाएँ भने, अरू कसले चाहिँ मलाई खुशी बनाउने त? किनकि मलाई खुशी बनाउने त तिमीहरू नै हौ। \v 3 अनि जसरी मैले अगिल्‍लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ। \v 4 तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ। \s1 पापको क्षमा \p \v 5 म कडा शब्दसँग त भन्दिनँ, तर यदि कसैले दुःखित तुल्याएको छ भने त्यसले मलाई होइन, तर एक प्रकारले तिमीहरू सबैलाई दुःखित तुल्याएको छ। \v 6 यस्तो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय यथेष्‍ट छ। \v 7 अब यस्तो व्यक्ति झन् बढी शोकमा नडुबोस् भनेर तिमीहरूले उसलाई क्षमा दिएर सान्त्वना दिनुपर्छ। \v 8 यसकारण तिमीहरूले त्यस व्यक्तिप्रति तिमीहरूको प्रेम फेरि पक्‍का गर भनी म आग्रह गर्दछु। \v 9 मैले तिमीहरूलाई लेखेको कारणचाहिँ तिमीहरू जाँचमा स्थिर रहेर प्रत्येक कुरामा आज्ञाकारी छौ कि छैनौ भनेर थाहा पाउनका लागि हो। \v 10 तिमीहरूले कसैलाई क्षमा दियौ भने म पनि त्यसलाई क्षमा दिनेछु। यदि मैले केही कुरामा क्षमा दिएको छु भने त्यो मैले ख्रीष्‍टको उपस्थितिमा तिमीहरूकै निम्ति क्षमा दिएको छु; \v 11 शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ। \s1 नयाँ करारका सेवकहरू \p \v 12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआसमा गएँ, त्यहाँ प्रभुद्वारा मेरा लागि एउटा ढोका खोलिएको थियो। \v 13 मैले मेरा भाइ तीतसलाई त्यहाँ नभेट्टाउँदा मेरो मनमा शान्ति थिएन। यसकारण म तिनीहरूबाट बिदा भएर म्यासिडोनियातर्फ गएँ। \p \v 14 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्‍टको विजयको यात्रामा डोर्‍याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्‍ना चारैतिर फैलाउनुहुन्छ। \v 15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ। \v 16 नष्‍ट भइरहेकाहरूका निम्ति मृत्युको गन्ध ल्याउन र उद्धार पाइरहेकाहरूका निम्ति जीवनको सुगन्ध ल्याउन यस्ता कामहरूका लागि को योग्यको छ र? \v 17 किनकि हामी ती मानिसहरूजस्ता परमेश्‍वरको वचनलाई लाभका निम्ति व्यापार गर्ने होइनौँ। बरु परमेश्‍वरबाट पठाइएका मानिसहरूजस्ता हामी परमेश्‍वरको सामु ख्रीष्‍टमा छलरहित कुरा बोल्दछौँ। \c 3 \p \v 1 के हामी फेरि आफ्नै प्रशंसा गर्न थालेका छौँ? अथवा अरू मानिसहरूलाई झैँ हामीलाई पनि तिमीहरूलाई वा तिमीहरूबाट सिफारिस पत्रहरू लैजान आवश्यकता छ? \v 2 तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ; जुन हाम्रा हृदयहरूमा लेखिएको छ, र सबै मानिसहरूद्वारा चिनिन्छ र पढिन्छ। \v 3 तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ। \p \v 4 परमेश्‍वरमा ख्रीष्‍टद्वारा हाम्रो यस्तो भरोसा छ। \v 5 आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्‍वरबाट नै आउँछ। \v 6 उहाँले नै हामीलाई नयाँ करारका सेवकहरूको रूपमा योग्य बनाउनुभएको छ। लिखित नियमको रूपमा होइन, तर आत्माद्वारा; किनकि लिखित अक्षरले मार्छ, तर आत्माले जीवन दिनुहुन्छ। \s1 नयाँ करारको महिमा \p \v 7 तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने,\f + \fr 3:7 \fr*\ft \+xt प्रस 34:29‑30\+xt*\ft*\f* \v 8 के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र? \v 9 मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ! \v 10 तर एक पटक जे महिमामय थियो, त्यसको तुलना वर्तमान महिमाले गर्दा अब त्यो महिमापूर्ण रहेन। \v 11 किनकि यदि बितेर जाने महिमापूर्ण छ भने सधैँ रहिरहनेचाहिँ झन् बढ्ता महिमापूर्ण होला! \p \v 12 यसकारण हामीसित यस्तो आशा भएको हुनाले अत्यन्त साहसी भएका छौँ। \v 13 हामी मोशाजस्ता होइनौँ, जसले धमिलिँदै गएको महिमा इस्राएलीहरूले नदेखून् भनी आफ्नो अनुहारमा घुम्टो हाल्थे। \v 14 तर इस्राएलीहरूको मन मन्द बनाइएको थियो; किनकि आजको दिनसम्मै पुरानो करार पढ्दा त्यही घुम्टोले ढाकिरहेकै छ। यो हटाइएकै छैन; किनकि ख्रीष्‍टमा मात्र यो हटाइन्छ। \v 15 आज पनि यदि मोशाका पुस्तकहरू पढिन्छ भने तिनीहरूको हृदयलाई घुम्टोले ढाकेको हुन्छ। \v 16 तर जब कोही प्रभुतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ। \v 17 अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। \v 18 हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ। \c 4 \s1 माटोको भाँडामा आत्मिक धनसम्पत्ति \p \v 1 यसकारण परमेश्‍वरको कृपाद्वारा हामीले यो सेवा पाएको हुनाले हामी हरेस खाँदैनौँ। \v 2 बरु हामीले गुप्‍त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ। \v 3 यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्‍ट हुनेहरूकै लागि मात्र लागेको छ। \v 4 परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। \v 5 किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ। \v 6 तर “अन्धकारमा ज्योति चम्कोस्,”\f + \fr 4:6 \fr*\ft \+xt उत्प 1:3\+xt*\ft*\f* भनी आज्ञा गर्नुहुने परमेश्‍वरले ख्रीष्‍टको मुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ। \p \v 7 तर यो सबैभन्दा ठूलो शक्ति हामीबाट होइन, तर परमेश्‍वरबाट हो भनी देखाउन हामीसित यो धनसम्पत्ति माटोका भाँडामा छ। \v 8 हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ; \v 9 सताइएका छौँ, तर त्यागिएका छैनौँ; प्रहारद्वारा ढलेका छौँ, तर नष्‍ट भएका छैनौँ। \v 10 हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैँ आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौँ। \v 11 किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्‍टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ। \v 12 यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्‍त गर्न सक। \p \v 13 धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्‍वास गरेँ, यसैले म बोलेँ।”\f + \fr 4:13 \fr*\ft \+xt भजन 116:10\+xt*\ft*\f* त्यही विश्‍वासको आत्माद्वारा हामी पनि विश्‍वास गर्छौँ, यसैले बोल्छौँ। \v 14 किनकि हामी जान्दछौँ, जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ; अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ। \v 15 यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, यसैले कि प्रशस्त अनुग्रहले धेरैभन्दा धेरै मानिसहरूमा परमेश्‍वरको महिमाको लागि धन्यवादको वृद्धि हुँदै जाओस्। \p \v 16 यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्‍ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ। \v 17 किनकि हाम्रो हल्का र क्षणभरको कष्‍टले हाम्रा निम्ति अनन्तको महिमा प्राप्‍त हुनेछ, जुन यी सबै कष्‍टहरूको तुलनामा केही पनि होइन। \v 18 यसकारण हामी देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा आफ्ना आँखा केन्द्रित गर्दछौँ। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ। \c 5 \s1 नयाँ शरीरको प्रतीक्षा \p \v 1 अब हामी जान्दछौँ, कि हामी बस्‍ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्‍वरबाट बनाइएको हो। \v 2 अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ; \v 3 किनकि त्यसलाई धारण गर्‍यौँ भने हामी नाङ्गो देखिनेछैनौँ। \v 4 अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्। \v 5 अब परमेश्‍वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्‍वरको आत्मा दिनुभएको छ। \p \v 6 यसकारण हामी ढुक्‍क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ। \v 7 हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्‍वास राखेर जिउँछौँ। \v 8 हामी ढुक्‍क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ। \v 9 यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्‍न पार्ने लक्ष्य राखेका छौँ। \v 10 किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्‍टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ। \s1 मिलापको सेवा \p \v 11 तब परमेश्‍वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्‍वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला। \v 12 हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्‍टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ। \v 13 किनकि हामी बेहोशी छौँ भने परमेश्‍वरकै लागि बेहोशी छौँ; अनि यदि हामी होशमै छौँ भने त्यो तिमीहरूको फाइदाको लागि हो। \v 14 ख्रीष्‍टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्‍का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे। \v 15 उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ। \p \v 16 यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्‍टिकोणले हेर्दैनौँ। एक पल्ट हामीले ख्रीष्‍टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ। \v 17 यसकारण यदि कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्। \v 18 यी सबै परमेश्‍वरबाट भएको हो, जसले ख्रीष्‍टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो; \v 19 अर्थात् ख्रीष्‍टमा हुनुभईकन परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ। \v 20 परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्‍टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्‍टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्‍वरसित मिलाप गर। \v 21 हामी ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता बन्‍न पाऔँ भनी परमेश्‍वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो। \c 6 \p \v 1 परमेश्‍वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्‍वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ। \v 2 किनकि उहाँ भन्‍नुहुन्छ, \q1 “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; \q2 अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।”\f + \fr 6:2 \fr*\ft \+xt यशै 49:8\+xt*\ft*\f* \m म तिमीलाई भन्दछु, परमेश्‍वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो। \s1 पावलका सङ्कष्‍टहरू \p \v 3 हाम्रो सेवामाथि दोष नलागोस् भनी हामी कसैको बाटोमा ठेस लाग्ने कुरा राख्दैनौँ। \v 4 बरु परमेश्‍वरका सेवकहरूको रूपमा हामी आफूलाई प्रत्येक कुरामा समर्पण गर्दछौँ: धेरै सहनशीलतामा, दुःखहरूमा, कठिन अवस्थाहरूमा, सङ्कष्‍टहरूमा, \v 5 पिटाइहरूमा, कैदमा, हुलदङ्गाहरूमा; कठोर परिश्रममा, अनिदा रातहरूमा, भोकमा, \v 6 शुद्धतामा, समझमा, धीरजमा, दयामा, पवित्र आत्मामा, निष्कपट प्रेममा, \v 7 सत्य वचनमा, परमेश्‍वरको शक्तिमा; धार्मिकताका हतियार दाहिने र देब्रे हातमा लिएर; \v 8 आदरमा र अनादरमा, बदनाममा र सुनाममा, छली ठानिएका जस्ता, तैपनि सत्य; \v 9 नचिनिएका जस्ता, तर पनि चिनिएका; मर्दै गरेका जस्ता, तर पनि बाँचेका; पिटिएका जस्ता, तर पनि नमारिएका, \v 10 दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ। \p \v 11 हे कोरिन्थवासी हो, हामीले तिमीहरूलाई प्रष्‍टै भनिदिएका छौँ, र तिमीहरूलाई हाम्रो हृदय पूर्ण रूपले खोलिदिएका छौँ। \v 12 हामीले आफ्नो स्‍नेह तिमीहरूदेखि रोकिराखेका छैनौँ, तर तिमीहरूले चाहिँ आफ्नो स्‍नेह हामीबाट रोकिराखेका छौ। \v 13 म तिमीहरूलाई आफ्नै बालकहरूलाई जस्तै गरी भन्दछु; तिमीहरू पनि हामीले तिमीहरूलाई हृदय खोलेझैँ हाम्रो निम्ति आफ्ना हृदय पूर्ण रूपमा खोलिदेओ। \s1 विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ \p \v 14 ख्रीष्‍टमा विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्‍टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र? \v 15 ख्रीष्‍ट र शैतानको\f + \fr 6:15 \fr*\ft मूल भाषामा \ft*\fqa बिलिआल\fqa*\f* के मेल हुन्छ र? विश्‍वास गर्ने र नगर्नेहरूसित के समानता हुन्छ र? \v 16 परमेश्‍वरको मन्दिर र मूर्तिबीच के सम्बन्ध हुन्छ र? किनकि हामी जीवित परमेश्‍वरका मन्दिर हौँ। जसरी परमेश्‍वरले भन्‍नुभएको छ: \q1 “म तिनीहरूसँग बस्‍नेछु, \q2 र तिनीहरूसित हिँड्‍डुल गर्नेछु; \q1 अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, \q2 र तिनीहरू मेरा प्रजा हुनेछन्।”\f + \fr 6:16 \fr*\ft \+xt लेवी 26:12; यर्मिया 32:38; इज 37:27\+xt*\ft*\f* \m \v 17 यसकारण, \q1 “तिनीहरूका बीचबाट निस्किआओ; \q2 अनि अलग होओ, \q2 प्रभु भन्‍नुहुन्छ। \q1 अशुद्ध थोक नछोओ, \q2 र म तिमीहरूलाई ग्रहण गर्नेछु।”\f + \fr 6:17 \fr*\ft \+xt यशै 52:11; इज 20:34, 41\+xt*\ft*\f* \m \v 18 र \q1 “सर्वशक्तिमान् प्रभु भन्‍नुहुन्छ, \q2 म तिमीहरूका पिता हुनेछु; \q2 अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”\f + \fr 6:18 \fr*\ft \+xt 2 शमू 7:14; 7:8\+xt*\ft*\f* \c 7 \p \v 1 यसकारण प्रिय मित्रहरू हो, हामीहरूसित यी प्रतिज्ञाहरू भएका हुनाले परमेश्‍वरप्रति श्रद्धा राखेर पवित्रतालाई सिद्ध तुल्याउँदै शरीर र आत्मालाई अशुद्ध पार्ने प्रत्येक थोकदेखि आफूलाई शुद्ध राखौँ। \s1 पावलको आनन्द \p \v 2 तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले कसैको खराबी गरेका छैनौँ, कसैलाई भ्रष्‍ट पारेका छैनौँ, र कसैलाई पनि शोषण गरेका छैनौँ। \v 3 मैले तिमीहरूलाई दोष लगाउनलाई यो भनेको होइन; मैले पहिल्यै भनेको छु, हाम्रा हृदयमा तिमीहरूको यस्तो स्थान छ, हामी तिमीहरूसितै बाँच्न अथवा मर्न तयार पनि छौँ। \v 4 तिमीहरूमाथि मेरो ठूलो विश्‍वास छ, मलाई तिमीहरूमाथि गर्व छ। म धेरै उत्साहित भएको छु, र हाम्रा सबै सङ्कष्‍टहरूमा मेरो आनन्दको सीमा छैन। \p \v 5 किनकि जब हामी म्यासिडोनियामा आएका थियौँ, तब हाम्रो शरीरलाई विश्राम थिएन, तर बाहिर सङ्घर्ष र भित्र डरैडर भएको हुनाले चारैतिरबाट पीडित भएका थियौँ। \v 6 तर हताश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो; \v 7 अनि तिनी आएका हुनाले मात्र होइन, तर तिमीहरूले तिनलाई दिएका सान्त्वनाले पनि हामीलाई सान्त्वना मिल्यो। तिनले मप्रति तिमीहरूको चाहना र गहिरो चिन्ता र वास्ताबारे बताए, यसरी मेरो आनन्द अझै बढी भयो। \p \v 8 मैले मेरो पत्रद्वारा तिमीहरूलाई दुःखित पारेको भए तापनि म पछुतो मान्दिनँ। मलाई पछुतो भए तापनि मेरो पत्रले तिमीहरूलाई केही क्षण मात्र चोट पुर्‍याएको देख्छु, \v 9 तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्‍वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन। \v 10 ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ, जसले मुक्तितिर डोर्‍याउँछ र पछुतो हुँदैन, तर सांसारिक दुःखले त मृत्यु उत्पन्‍न गराउँछ। \v 11 हेर, यो ईश्‍वरीय दुःखले तिमीहरूमा के उत्पन्‍न गरायो! कस्तो तत्परता, आफूलाई स्वच्छ राख्ने कस्तो उत्सुकता, कस्तो आक्रोश, कस्तो सावधानी, कस्तो तिर्सना, कस्तो वास्ता, न्याय गरिएको हेर्ने कस्तो तत्परता! तिमीहरूले प्रत्येक विषयमा आफूलाई निर्दोष साबित गरायौ। \v 12 यसकारण मैले तिमीहरूलाई त्यो पत्र लेखेको भए तापनि तिमीहरूले खराबी वा अत्याचार गर्‍यौ भनेर लेखा लिने जस्तो गरी होइन, न त दोष लगाइएकोलाई झैँ, बरु हामीप्रति तिमीहरूको उत्साह कस्तो छ भनी परमेश्‍वरको सामु आफूले देख्न सक भनेर हो। \v 13 त्यसैकारण यी सबैबाट हामी उत्साहित बनेका छौँ। \p हाम्रा आफ्नै उत्साहबाहेक, विशेष गरी तीतस कति आनन्दित थिए, त्यो हेर्न पाउँदा हामी खुशी भएका छौँ; किनकि तिनका आत्मा तिमीहरू सबैद्वारा ताजा भएको थियो। \v 14 मैले तिनीसित तिमीहरूको विषयमा गर्व गरेको थिएँ, र तिमीहरूले मलाई लाजमा पारेनौ, तर हामीले तिमीहरूलाई भनेका सबै कुरा साँचो भएको हुँदा, हामीले तीतससित तिमीहरूबारे गर्व गरेको पनि साँचो साबित भएको छ। \v 15 तिमीहरू सबै आज्ञाकारी थियौ र तिमीहरूले तिनलाई डर र कम्पसाथ ग्रहण गर्‍यौ भनी जब तिनले सम्झन्छन्, तब तिमीहरूप्रति तिनको स्‍नेह अझ बढेर जान्छ। \v 16 म तिमीहरूमाथि पूर्ण रूपले भरोसा राख्न सक्छु भनेर खुशी छु। \c 8 \s1 प्रभुको जनका निम्ति भेटी सङ्कलन \p \v 1 अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ। \v 2 तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। \v 3 किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। \v 4 प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे। \v 5 अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे। \v 6 यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्‍यौँ। \v 7 अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ। \p \v 8 म तिमीहरूलाई आज्ञा दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु। \v 9 किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन। \p \v 10 अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ। \v 11 अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्। \v 12 किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ। \p \v 13 अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्‍ने हाम्रो इच्छा होइन; \v 14 वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ, \v 15 जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”\f + \fr 8:15 \fr*\ft \+xt प्रस 16:18\+xt*\ft*\f* \s1 तीतस कोरिन्थमा पठाइएका \p \v 16 परमेश्‍वरलाई धन्यवाद होस्, तिमीहरूप्रति मेरो जुन वास्ता थियो, त्यो उहाँले तीतसको हृदयमा हालिदिनुभयो। \v 17 किनकि तीतसले हाम्रो बिन्ती सुनेको मात्र होइन, तर तिनी आफैँ पनि खूबै उत्साहसाथ तिमीहरूकहाँ आइरहेका छन्। \v 18 अनि हामी तिनीसित त्यस भाइलाई पठाउँदैछौँ, जसलाई सबै मण्डलीहरूले उनको सुसमाचारप्रतिको सेवाको प्रशंसा गर्दछन्। \v 19 यति मात्र होइन, तर हामीले भेटी लिएर जाँदा उनी हामीसित जाऊन् भनी मण्डलीहरूले उनलाई नियुक्त गरेका छन् जुन हामीले प्रभुको सम्मान गर्न र हाम्रो सहायता दिने उत्सुकतालाई प्रकट गरेका छौँ। \v 20 यस उदारपूर्ण दानलाई हामी कसरी चलाउँछौँ, यसबारे हामी कुनै आलोचना सुन्‍न चाहँदैनौँ। \v 21 किनकि परमेश्‍वरको नजरमा मात्र होइन, तर मानिसहरूको नजरमा पनि आदरणीय काम गर्न हामीले कष्‍ट उठाइरहेका छौँ। \p \v 22 यसबाहेक हामी तिनीहरूसित हाम्रा अर्को भाइलाई पठाउँदैछौँ, जसले उनी जोशिला छन् भन्‍ने धेरै किसिमले हामीलाई प्रमाणित गरिसकेका छन्; अनि अझ बढी तिमीहरूप्रति उनको ठूलो भरोसा छ। \v 23 तीतसको विषयमा, तिमीहरूबीच तिनी मेरा साझेदार र सहकर्मी हुन्, हाम्रा भाइहरूको विषयमा, तिनीहरू मण्डलीहरूका प्रतिनिधिहरू र ख्रीष्‍टको निम्ति सम्मान हुन्। \v 24 यसकारण यी मानिसहरूलाई तिमीहरूको प्रेमको प्रमाण र तिमीहरूलाई हामीले गर्व गर्ने कारण देखाइदेओ, ताकि मण्डलीहरूले यो देख्न सकून्। \c 9 \p \v 1 प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ। \v 2 किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु। \v 3 तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु। \v 4 किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ। \v 5 यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्‍न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्। \s1 उदारतासाथ छर्नु \p \v 6 यो याद राख: थोरै छर्नेले थोरै कटनी गर्नेछ, तर प्रशस्ततासाथ छर्नेले प्रशस्ततासाथ कटनी गर्नेछ। \v 7 प्रत्येक मानिसले आफ्नो हृदयमा प्रतिज्ञा गरेअनुसार देओस्, चित्त दुःखाउँदै होइन, अथवा करकापमा परेर होइन; किनकि खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ। \v 8 परमेश्‍वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुन्छ, ताकि तिमीहरूसित सधैँ हरेक थोक प्रशस्त होस्; अनि प्रत्येक असल कामका निम्ति तिमीहरू भरपूर होओ। \v 9 जसरी धर्मशास्त्रमा लेखिएको छ: \q1 “तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्; \q2 तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ।”\f + \fr 9:9 \fr*\ft \+xt भजन 112:9\+xt*\ft*\f* \m \v 10 अब जसले बिउ छर्नेलाई बिउ दिनुहुन्छ, र खानलाई रोटी पनि दिनुहुन्छ, उहाँले नै तिमीहरूलाई बिउको भण्डार दिएर त्यसको वृद्धि गराउनुहुनेछ, र तिमीहरूका धार्मिकताको फसल बढाइदिनुहुनेछ। \v 11 हर समय उदार हुन सक भनेर तिमीहरू प्रत्येक कुरामा धनी तुल्याइनेछौ, र हामीद्वारा तिमीहरूको उदारताले परमेश्‍वरलाई चढाउन धन्यवाद उत्पन्‍न गराउनेछ। \p \v 12 तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ। \v 13 तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्‍वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्‍टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ। \v 14 परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्‍नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्। \v 15 उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्‍वरलाई धन्यवाद होस्! \c 10 \s1 पावलको सेवकाइ \p \v 1 म पावल, ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु। \v 2 म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्‍ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्। \v 3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ। \v 4 हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्ति हुन्छ। \v 5 हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ। \v 6 जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ। \p \v 7 तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने विश्‍वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्‍टका हौँ। \v 8 प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्‍नतिका निम्ति दिनुभएको हो। \v 9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्‍नँ। \v 10 किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।” \v 11 यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ। \p \v 12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्। \v 13 हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ। \v 14 यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौँ। \v 15 हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्‍वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ। \v 16 ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ। \v 17 तर “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”\f + \fr 10:17 \fr*\ft \+xt यर्मिया 9:24\+xt*\ft*\f* \v 18 किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ। \c 11 \s1 पावल र झूटा प्रेरितहरू \p \v 1 मेरो मूर्खतालाई तिमीहरूले सहिदिए कति असल हुनेथियो! हो, कृपया सहिदेओ। \v 2 म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ। \v 3 तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्‍टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्‍ने मलाई डर लाग्छ। \v 4 किनकि यदि कोही आएर तिमीहरूलाई हामीले प्रचार गरेको येशूबाहेक अर्को येशूको प्रचार गर्छ, अथवा तिमीहरूले पाएका परमेश्‍वरको आत्माबाहेक अर्को आत्मा तिमीहरूले ग्रहण गर्‍यौ, अथवा तिमीहरूले ग्रहण गरेको भन्दा अर्कै सुसमाचार ग्रहण गर्‍यौ भने तिमीहरूले सजिलै उसको कुरा स्वीकार गर्दारहेछौ। \p \v 5 तर ती “महा प्रेरितहरू” भन्दा म कमको छु भनेर मान्दिनँ। \v 6 म तालिम प्राप्‍त वक्ताजस्तो नहुँला, तर मसित ज्ञान छ। यो हामीले तिमीहरूलाई हरेक प्रकारले स्पष्‍ट गरिसकेका छौँ। \v 7 तिमीहरूलाई उच्‍च पारूँ भनेर परमेश्‍वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएर के मैले गल्ती गरेँ? \v 8 तिमीहरूको सेवा गरूँ भनेर मैले अरू मण्डलीबाट आर्थिक सहायता लिएर एक प्रकारले तिनीहरूलाई लुटेँ। \v 9 अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु। \v 10 ममा ख्रीष्‍टको सत्यता भएझैँ अखैया प्रान्तमा कसैले पनि मेरो गर्वलाई रोक्न सक्दैन। \v 11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो त? म प्रेम गर्छु भनी परमेश्‍वर जान्‍नुहुन्छ! \p \v 12 तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु। \v 13 किनकि यी मानिसहरूचाहिँ ख्रीष्‍टका प्रेरितको भेषमा आउने झूटा प्रेरितहरू, छलका काम गर्नेहरू हुन्। \v 14 तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ। \v 15 त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने यो कुनै अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूका कामहरूअनुसार हुनेछ। \s1 आफ्नो सङ्कष्‍टहरूमा पावलको गर्व \p \v 16 म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ। \v 17 यस प्रकारको गर्व प्रभुको इच्छाअनुसार हुँदैन, तर म एउटा मूर्खले झैँ बोलिरहेको छु। \v 18 किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु। \v 19 तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ! \v 20 वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ। \v 21 म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। \p म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु। \v 22 के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ! \v 23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु। \v 24 पाँच पल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। \v 25 तीन पल्ट म लहुरोले पिटिएको छु; एक पल्ट ढुङ्गाले हानिएको छु, तीन पल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु। \v 26 म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु। \v 27 मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरै पल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र थोरै कपडामा पनि बसेको छु। \v 28 यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु। \v 29 को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र? \p \v 30 यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। \v 31 सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्‍वर पिताले जान्‍नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ। \v 32 दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए। \v 33 तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ। \c 12 \s1 पावलको दर्शन र तिनको काँडा \p \v 1 गर्व गर्नु मेरा निम्ति केही फाइदा नभए तापनि मैले प्रभुबाट पाएको दर्शन र प्रकाशहरूको कुरा गरिरहनेछु। \v 2 ख्रीष्‍टमा विश्‍वास गर्ने एक जना मानिसलाई म चिन्छु, जो चौध वर्षअगि तेस्रो स्वर्गमा उठाइ लगिए। शरीरमै लगियो कि शरीरविना नै, त्यो त म जान्दिनँ; तर परमेश्‍वर नै जान्‍नुहुन्छ। \v 3 अनि म त्यस मानिसलाई चिन्छु। शरीरमा कि शरीरविना, त्यो म जान्दिनँ; तर परमेश्‍वर जान्‍नुहुन्छ। \v 4 तिनी स्वर्गलोकमा उठाइएर लगिए। तिनले वर्णन गर्न नसकिने कुराहरू सुने, जुन कुराको उच्‍चारण गर्ने कसैलाई पनि अनुमति छैन। \v 5 म त्यस्ता मानिसको बारेमा गर्व गर्नेछु, तर म आफ्नो कमजोरीबाहेक अरू कुरामा गर्व गर्दिनँ। \v 6 यदि मैले गर्व गर्न खोजेँ भने पनि म मूर्ख हुँदिनँ; किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढी मलाई नठानोस् भनी म गर्व गर्नदेखि रोकिन्छु। \v 7 यी प्रशस्त प्रकाशहरूको कारण घमण्डले फुलिनबाट अलग राख्न र दुःख दिनलाई मेरो शरीरमा एउटा काँडा अर्थात् शैतानको एउटा दूत दिइएको थियो। \v 8 यो मबाट हटोस् भनी मैले प्रभुसित तीन पल्ट बिन्ती गरेँ। \v 9 तर उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तेरो लागि प्रशस्त छ; किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।” यसकारण ख्रीष्‍टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु। \v 10 यसकारण ख्रीष्‍टको निम्ति म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा र कष्‍टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु। \s1 कोरिन्थवासीहरूप्रति पावलको चिन्ता \p \v 11 मैले आफूलाई मूर्ख बनाएँ; तर तिमीहरूले नै मलाई यस्तो हुन बाध्य गरायौ। मैले तिमीहरूबाट प्रशंसा पाउनुपर्नेथियो; किनकि म केही नभए तापनि म अरू “मुख्य प्रेरितहरू” भन्दा कमको छैनँ। \v 12 मैले अथक प्रयत्नसाथ तिमीहरूका बीचमा अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू र अचम्मका कामद्वारा साँचो प्रेरित भएको प्रमाण प्रकट गरेको छु। \v 13 तर म तिमीहरूका निम्ति बोझ भइनँ भन्‍ने कुराबाहेक, कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम थियौ? यस भूलका लागि मलाई क्षमा देओ! \p \v 14 अब म तेस्रो पल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्‍नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्‍चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्‍चाहरूका निम्ति सञ्चय गर्नुपर्छ। \v 15 यसकारण मसित जे छन्, ती म तिमीहरूका निम्ति खुशीसित खर्च गर्नेछु; अनि म आफैँ पनि तिमीहरूका निम्ति खर्चिनेछु। यदि मैले तिमीहरूलाई धेरै प्रेम गरेँ भने के तिमीहरूले चाहिँ मलाई थोरै प्रेम गर्नेछौ? \v 16 जे भए तापनि म तिमीहरूको बोझ भइनँ; तर पनि मैले चलाकी गरेर तिमीहरूलाई धूर्ततापूर्वक फसाएँ भनी भन्लान्! \v 17 के मैले पठाएका कुनै मानिसद्वारा मैले तिमीहरूलाई शोषण गरेँ? \v 18 मैले तीतसलाई तिमीहरूकहाँ जानलाई आग्रह गरेँ, र मैले हाम्रा भाइलाई तिनीसित पठाएँ। तीतसले तिमीहरूलाई शोषण गरेनन्, के त्यसो गरे त? के हामीले त्यही आत्मामा काम गरेर त्यही बाटो पहिल्याएनौँ र? \p \v 19 हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौँ भनी के सधैँ तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्‍टमा भएकाहरूझैँ, हामीले परमेश्‍वरकै दृष्‍टिमा बोलिरहेका छौँ। अनि हे प्रिय मित्रहरू हो, हामी जे गर्छौँ, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो। \v 20 किनकि म आउँदा मैले चाहेजस्तो तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई जस्तो भएको चाहन्छौ, त्यस्तो नभेट्टाऔला भन्‍ने मलाई डर लागेको छ। सायद मतभिन्‍नता, ईर्ष्या, क्रोध, स्वार्थी महत्त्वाकांक्षा, निन्दा, कुरा काट्ने, अहङ्कार र अस्तव्यस्त पनि होला भन्‍ने मलाई डर लागेको छ। \v 21 म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूको सामु होच्याउनु होला भन्‍ने मलाई डर लागेको छ। अनि म ती धेरै जनासित दुःखी हुनेछु, जसले पहिल्यै पाप गरेर पनि तिनीहरू संलग्न रहेका अशुद्धताबाट, यौन सम्बन्धी पापबाट र भ्रष्‍ट आचरणबाट पश्‍चात्ताप गरेका छैनन्। \c 13 \s1 अन्तिम चेतावनीहरू \p \v 1 तिमीहरूसित अब यो मेरो तेस्रो पल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्‍टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”\f + \fr 13:1 \fr*\ft \+xt व्यव 19:15\+xt*\ft*\f* \v 2 म तिमीहरूसित दोस्रो पल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्‍याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ। \v 3 ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। \v 4 निश्‍चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्‍वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्‍वरको शक्तिमा उहाँसित जिउँछौँ। \p \v 5 विश्‍वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्‍ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्‍वासको जाँचमा असफल भयौ। \v 6 अनि म विश्‍वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्‍नेछौ। \v 7 अब हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो। \v 8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ। \v 9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्‍ने हो। \v 10 त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो। \b \s1 अन्तिम अभिवादनहरू \p \v 11 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ। \b \p \v 12 ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। \p \v 13 यहाँ भएका सबै परमेश्‍वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। \b \p \v 14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।