\id 2CH - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 2 इतिहास \toc1 इतिहासको दोस्रो पुस्तक \toc2 2 इतिहास \toc3 2 इति \mt1 इतिहासको दोस्रो पुस्तक \c 1 \s1 सोलोमनले बुद्धि मागेका \p \v 1 दावीदका छोरा सोलोमनले आफ्नो राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे; किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो र तिनलाई अत्यन्तै शक्तिशाली बनाउनुभयो। \p \v 2 सोलोमनले सारा इस्राएलीहरूसित कुरा गरे; हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसित, न्यायकर्ताहरू र इस्राएलमा भएका सबै अगुवाहरूसित र परिवारहरूका मुखियाहरूसित। \v 3 सोलोमन र सारा समुदाय गिबोन डाँडामा गए; किनकि याहवेहका सेवक मोशाले उजाडस्थानमा बनाएका परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो। \v 4 दावीदले किर्यत-यारीमबाट परमेश्‍वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए। \v 5 तर हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएका काँसाको वेदीचाहिँ गिबोनमा याहवेहको समागम पालको सामु राखिएको थियो। त्यसकारण सोलोमन र त्यहाँ भेला भएकाहरू त्यहीँ गए। \v 6 सोलोमन भेट हुने पालमा याहवेहको सामु काँसाको वेदीमा उक्लेर गए। तिनले त्यसमाथि एक हजार होमबलि चढाए। \p \v 7 त्यही रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई सोध्नुभयो, “तँलाई जे इच्छा लाग्छ माग्, म तँलाई दिनेछु।” \p \v 8 सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दावीदलाई ठूलो दया देखाउनुभएको छ, र मलाई उहाँको सट्टामा राजा बनाउनुभएको छ। \v 9 अब हे याहवेह परमेश्‍वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ। \v 10 मलाई बुद्धि र ज्ञान दिनुहोस्, र म यस जातिलाई डोर्‍याउन सकूँ; किनकि तपाईंको यो महान् जातिमाथि शासन गर्ने योग्यता कोसित छ र?” \p \v 11 परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “यो तेरो हृदयको इच्छा भएकोले तैँले धन, सम्पत्ति र सम्मान अथवा न त तेरा शत्रुहरूको मृत्यु मागिस्, न त तैँले दीर्घायु मागिस्, तर मैले तँलाई राजा बनाएको, मेरा जातिमाथि शासन गर्नका निम्ति बुद्धि र ज्ञान मागिस्। \v 12 यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।” \p \v 13 तब सोलोमन गिबोनको उच्‍च स्थानबाट भेट हुने पालको सामुबाट यरूशलेममा गए, अनि तिनले इस्राएलमाथि शासन गरे। \p \v 14 सोलोमनले रथहरू र घोडाहरू जम्मा गरे। तिनीसित चौध सय रथ र बाह्र हजार घोडा\f + \fr 1:14 \fr*\ft अर्थात्, \ft*\fqa घोडचढीहरू\fqa*\f* थिए; जसलाई तिनले सहरहरूमा र आफूसित पनि यरूशलेममा राखे। \v 15 राजाले यरूशलेममा चाँदी र सुन ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए। \v 16 सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट\f + \fr 1:16 \fr*\ft सम्भवतः सिलिसिया\ft*\f* आयात गरिन्थ्यो; अनि राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे। \v 17 तिनीहरूले इजिप्टबाट एउटा रथ चाँदीका छ सय शेकेलमा,\f + \fr 1:17 \fr*\ft अर्थात्, लगभग 6.9 किलो\ft*\f* र एउटा घोडा एक सय पचास शेकेलमा\f + \fr 1:17 \fr*\ft अर्थात्, लगभग 1.7 किलो\ft*\f* किन्थे। तिनीहरूले ती हित्तीहरूका र अरामीहरूका सबै राजाहरूलाई निर्यात पनि गर्थे। \c 2 \s1 मन्दिर बनाउने तयारी \p \v 1 सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए। \v 2 सोलोमनले सत्तरी हजार भारी बोक्ने मानिसहरू, असी हजार पहाडमा ढुङ्गा काट्नेहरू र छत्तीस सय चाहिँ तिनीहरूमाथि नाइके खटाए। \p \v 3 सोलोमनले टायरका राजा हीरामकहाँ\f + \fr 2:3 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa हूराम \fqa*\ft \+xt 11|link-href="2CH 2:11"\+xt* र \+xt 12|link-href="2CH 2:12"\+xt* पनि\ft*\f* यो सन्देश पठाए: \pm “मेरा पिता दावीदका निम्ति बस्‍न एउटा महल बनाउन तपाईंले देवदारु पठाउनुहुँदा उहाँलाई गर्नुभएझैँ मलाई देवदारुका मुढाहरू पठाइदिनुहोस्। \v 4 अब म याहवेह मेरा परमेश्‍वरको नामका निम्ति एउटा मन्दिर बनाउन र पवित्र रोटी नियमित रूपले राख्न, प्रत्येक बिहान र बेलुकी, शब्बाथहरूमा र औँसीहरूमा याहवेह हाम्रा परमेश्‍वरका तोकिएका चाडहरूमा होमबलि चढाउन र उहाँको सामु सुगन्धित धूप बाल्नका निम्ति त्यसलाई अर्पण गर्न लागेको छु। यो इस्राएलको निम्ति सदालाई एउटा धार्मिक विधि हो। \pm \v 5 “मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्‍वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ। \v 6 तर उहाँको निम्ति कसले मन्दिर बनाउन सक्छ? किनकि आकाश र सबैभन्दा सर्वोच्‍च स्वर्गमा समेत उहाँ अटाउन सक्नुहुन्‍न। उहाँको सामु बलिदानहरू चढाउने ठाउँबाहेक उहाँको निम्ति मन्दिर बनाउने म को हुँ र? \pm \v 7 “यसकारण मलाई सुन, चाँदी, काँसा, फलाम, बैजनी, रातो र निलो धागोमा काम गर्ने एक दक्ष मानिस, मेरा पिता दावीदले प्रबन्ध गरिदिनुभएका मेरा दक्ष कारिगरहरूसित यहूदा र यरूशलेममा कुँद्ने काममा शिल्पकार मानिस पठाइदिनुहोस्। \pm \v 8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्दनका मुढाहरू पनि पठाइदिनुहोस्; किनकि तपाईंका मानिसहरू काठ काट्नमा दक्ष छन् भनी म जान्दछु। \v 9 मेरो निम्ति प्रशस्त काठ जुटाउन मेरा मानिसहरूले तपाईंका मानिसहरूसित काम गर्नेछन्; किनकि मैले निर्माण गर्ने मन्दिर विशाल र भव्य हुनेछ। \v 10 म तपाईंका कर्मीहरू, अर्थात् रूखका काम गर्ने र काठ काट्नेहरूलाई बीस हजार कोर्स\f + \fr 2:10 \fr*\ft अर्थात्, लगभग 3,200 मेट्रिक टन\ft*\f* गहुँको पिठो, बीस हजार कोर्स जौ, बीस हजार बाथ्स\f + \fr 2:10 \fr*\ft अर्थात्, लगभग 4,40,000 लिटर\ft*\f* दाखमद्य र बीस हजार बाथ्स जैतुनको तेल दिनेछु।” \p \v 11 तब टायरका राजा हीरामले सोलोमनलाई पत्रद्वारा यस्तो जवाफ दिए: \pm “याहवेहले आफ्ना जातिलाई प्रेम गर्नुभएको कारण उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभयो।” \p \v 12 पत्रमा हीरामले यस्तो पनि लेखे: \pm “स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्! उहाँले राजा दावीदलाई तीब्र बुद्धि र समझशक्तिले भरिएका एक बुद्धिमान् छोरा दिनुभयो। उहाँले नै याहवेहका निम्ति मन्दिर र आफ्नै निम्ति एउटा महल निर्माण गर्नुहुनेछ। \pm \v 13 “म तपाईंकहाँ एक अति दक्ष मानिस हूराम-अब्बीलाई पठाउँदैछु, \v 14 जसकी आमा दान वंशकी र बुबाचाहिँ टायरका हुन्। यिनी सुन, चाँदी, काँसा र फलाम, पत्थर र काठका काम, साथै बैजनी, रातो र निलो धागो र मलमलका कपडाका काममा पनि अनुभवी शिल्पकार हुन्। यिनी बुट्टाका काममा तालिम पाएका मानिस हुन् र यिनलाई दिइएको कुनै पनि नमुनाको काम गर्न सक्छन्। यिनी तपाईंका दक्ष कारिगरहरूका साथमा र मेरा मालिक तपाईंका पिता दावीदका कारिगरहरूका साथमा काम गर्नेछन्। \pm \v 15 “अब मेरा मालिकले आफूले प्रतिज्ञा गर्नुभएझैँ आफ्ना सेवकहरूलाई गहुँ र जौ, जैतुनको तेल र दाखमद्य पठाइदिनुहोस्। \v 16 हामी तपाईंलाई चाहिएका सबै मुढाहरू लेबनानबाट काट्नेछौँ र ती समुद्रबाट जोप्पामा पठाइदिनेछौँ। तपाईंले त्यहाँबाट ती यरूशलेममा लान सक्नुहुनेछ।” \p \v 17 सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्‍न हजार छ सय थिए। \v 18 तिनले तीमध्ये सत्तरी हजारलाई पहाडमा भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने काममा खटाए। ती मानिसहरूलाई हेरविचार गर्न तिनीहरूमाथि छत्तीस सयलाई नाइके खटाइदिए। \c 3 \s1 सोलोमनले मन्दिर निर्माण गरेका \p \v 1 तब सोलोमनले तिनका पिता दावीदकहाँ याहवेह देखा पर्नुभएको मोरीयाह पर्वतमाथि यरूशलेममा याहवेहको भवन निर्माण गर्न सुरु गरे। त्योचाहिँ यबूसी अरौनाको खलामा तिनका पिता दावीदले प्रबन्ध गरेको स्थानमा थियो। \v 2 तिनले आफ्नो शासनको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन कार्य सुरु गरे। \p \v 3 सोलोमनले परमेश्‍वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट\f + \fr 3:3 \fr*\ft अर्थात्, लगभग 90 फिट\ft*\f* लामो र बीस क्यूबिट\f + \fr 3:3 \fr*\ft अर्थात्, लगभग 30 फिट\ft*\f* चौडा थियो। \v 4 मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। \p तिनले भित्री भागलाई निखुर सुनले मोहोरे। \v 5 तिनले मुख्य सभाकक्षमा सल्‍लाका फलेकहरू लगाएर त्यसलाई निखुर सुनले मोहोरे; अनि खजूरका रूख र साङ्लाका बुट्टा बनाए। \v 6 तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो। \v 7 तिनले छानाका दलिन, ढोकाका चौखटहरू, भित्ताहरू र मन्दिरका ढोकाहरूलाई सुनले मोहोरे; अनि तिनले भित्ताहरूमा करूबहरू खोपे। \p \v 8 तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट\f + \fr 3:8 \fr*\ft अर्थात्, लगभग 21 मेट्रिक टन\ft*\f* निखुर सुनले मोहोरे। \v 9 सुनका किलाहरू पचास शेकेल\f + \fr 3:9 \fr*\ft अर्थात्, लगभग 575 ग्राम\ft*\f* तौलका थिए। तिनले माथिल्‍ला भागहरूलाई पनि सुनले मोहोरे। \p \v 10 तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे। \v 11 करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। पहिलो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो। त्यसले मन्दिरको भित्तालाई छोएको थियो; अनि यसको पाँचै क्यूबिट\f + \fr 3:11 \fr*\ft अर्थात्, लगभग 7.5 फिट\ft*\f* लामो अर्को पखेटाले अर्को करूबको पखेटा छोएको थियो। \v 12 त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो। \v 13 यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए। \p \v 14 तिनले निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाको पर्दा बनाएर त्यसमा बुट्टेदार करूबहरू बनाए। \p \v 15 मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट\f + \fr 3:15 \fr*\ft अर्थात्, लगभग 53 फिट\ft*\f* लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो। \v 16 तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए। \v 17 तिनले मन्दिरको सामु एउटा दक्षिणतिर र एउटा उत्तरतिर स्तम्भहरू खडा गरे। अनि तिनले दक्षिणतिरको नाम याकीन\f + \fr 3:17 \fr*\ft यसको सम्भावित अर्थ \ft*\fqa उहाँले स्थापित गर्नुहुन्छ \fqa*\ft हुन्छ\ft*\f* र उत्तरतिरको नाम बोअज\f + \fr 3:17 \fr*\ft जसको सम्भावित अर्थ \ft*\fqa उहाँमा सामर्थ्य छ \fqa*\ft हुन्छ\ft*\f* राखे। \c 4 \s1 मन्दिरको सजावट \p \v 1 तिनले बीस क्यूबिट लामो, बीस क्यूबिट चौडा र दश क्यूबिट\f + \fr 4:1 \fr*\ft क्रमश: लम्बाइ र चौडाइ 30⁄30 फिट र उचाइ 15 फिट\ft*\f* अग्लो एउटा काँसाको वेदी बनाए। \v 2 तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट\f + \fr 4:2 \fr*\ft अर्थात्, साढे 7 फिट\ft*\f* अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट\f + \fr 4:2 \fr*\ft अर्थात्, लगभग 45 फिट\ft*\f* थियो। \v 3 किनारको मुन्तिर एक क्यूबिटमा\f + \fr 4:3 \fr*\ft अर्थात्, लगभग 18 इन्च\ft*\f* दश वटा गरी चारैतिर गोरुहरूका आकृतिहरू थिए। ती गोरुहरू खड्कुँलोसितै दुई लहरहरूमा ढालिएका थिए। \p \v 4 त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। अनि तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो। \v 5 त्यसको मोटाइ एक बित्ता\f + \fr 4:5 \fr*\ft अर्थात्, लगभग 3 इन्च\ft*\f* थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा तीन हजार बाथ\f + \fr 4:5 \fr*\ft अर्थात्, लगभग 66,000 लिटर\ft*\f* अटाउँथ्यो। \p \v 6 तिनले धुनका निम्ति दश वटा धुने भाँडाहरू बनाए; अनि पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी राखे। यिनैमा तिनीहरूले होमबलिका सबै चीजहरू पखाल्थे; तर खड्कुँलोचाहिँ पुजारीहरूले नुहाउनलाई प्रयोग गर्थे। \p \v 7 तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। \p \v 8 तिनले दश वटा टेबुलहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे। तिनले एक सय वटा छर्कने कचौराहरू पनि बनाए। \p \v 9 तिनले पुजारीहरूको निम्ति चोक, ठूलो चोक र चोकको निम्ति ढोकाहरू बनाए; अनि ढोकाहरूलाई काँसाले मोहोरे। \v 10 तिनले खड्कुँलोलाई मन्दिरको दक्षिणपट्टि दक्षिण-पूर्व कुनामा राखे। \p \v 11 तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। \p यसरी हूरामले परमेश्‍वरको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले लिएका कामहरू गरेर सिद्ध्याए: \b \li1 \v 12 दुई स्तम्भहरू; \li1 र ती स्तम्भहरूका टुप्पामा बाटाजस्तै आकारका दुई वटा स्तम्भ-शिरहरू; \li1 स्तम्भहरूका टुप्पामाथि कचौरा आकारका दुई वटा स्तम्भ-शिरहरूलाई सिँगार्ने दुई वटा जालीहरू; \li1 \v 13 दुई जालीहरूका निम्ति चार सय दारिमहरू (खम्बाहरूका टुप्पामाथि भएका बाटा आकारका स्तम्भ-शिरलाई सिँगार्ने प्रत्येक जालीका निम्ति दुई लहर दारिमहरू); \li1 \v 14 गाडाहरूसहित तिनीहरूका बाटाहरू; \li1 \v 15 खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू; \li1 \v 16 भाँडाहरू, बेल्चाहरू, मासु उठाउने काँटाहरू र सम्बन्धित सबै सामानहरू। \b \p राजा सोलोमनलाई हूराम-अब्बीले याहवेहको मन्दिरका निम्ति बनाइदिएका सबै चीजहरू टल्काइएका काँसाका थिए। \v 17 राजाले तिनीहरूलाई सुक्‍कोत र सार्तानको बीचको यर्दन मैदानमा माटोको साँचोमा ढाल्न लाए। \v 18 सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो। \p \v 19 सोलोमनले परमेश्‍वरको मन्दिरमा भएका यी सबै सजावटका सामानहरू पनि बनाए: \b \li1 सुनको वेदी; \li1 उपस्थितिको रोटी राख्ने टेबुलहरू; \li1 \v 20 तोकिएअनुसार भित्री पवित्रस्थानको सामु बाल्नलाई बत्तीहरूसहित निखुर सुनका सामदानहरू; \li1 \v 21 सुनका फूलका कामहरू, बत्तीहरू र चिम्टाहरू (तिनीहरू ठोस सुनका थिए); \li1 \v 22 निखुर सुनका सलेदोका चिम्टाहरू, छर्कने कचौराहरू, भाँडाकुँडाहरू र धूपदानीहरू; अनि मन्दिरको सुनको ढोकाहरू: महा-पवित्रस्थानमा पस्‍ने भित्री ढोकाहरू र मुख्य सभा-कक्षका ढोकाहरू। \b \c 5 \p \v 1 जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए; अनि तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। तिनले ती परमेश्‍वरको मन्दिरका भण्डारहरूमा राखे। \s1 सन्दुक मन्दिरमा ल्याइएको \p \v 2 तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै मुखियाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई यरूशलेममा भेला हुन बोलाए। \v 3 इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए। \p \v 4 इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए। \v 5 तिनीहरूले सन्दुक, भेट हुने पाल र त्यसमा भएका सबै पवित्र सजावटहरू माथि ल्याए। लेवी पुजारीहरूले ती बोकेर माथि ल्याए। \v 6 सन्दुकको सामु उपस्थित भएका राजा सोलोमन अनि तिनका चारैतिर भेला भएका इस्राएलका सम्पूर्ण समुदायले यति धेरै भेडाहरू र पशुहरू बलिदान चढाइरहेका थिए, कि त्यसलाई दर्ता गर्न अथवा गन्‍न पनि सकिँदैनथ्यो। \p \v 7 त्यसपछि पुजारीहरूले याहवेहको करारको सन्दुकलाई त्यसकै ठाउँमा मन्दिरको भित्री पवित्रस्थानमा, अर्थात् महा-पवित्रस्थानमा ल्याए। अनि त्यसलाई करूबहरूका पखेटामुनि राखिदिए। \v 8 सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो। \v 9 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्। \v 10 त्यस सन्दुकभित्र दुई पाटीहरूबाहेक अरू केही थिएन, जसमा पाटीहरू मोशाले होरेबमा राखेका थिए, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएपछि याहवेहले तिनीहरूसित करार बाँध्नुभएको थियो। \p \v 11 त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए। \v 12 सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए। \v 13 तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: \q1 “उहाँ भलो हुनुहुन्छ; \q2 उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” \p तब याहवेहको मन्दिर बादलले भरियो; \v 14 अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्‍वरको मन्दिर याहवेहको महिमाले भरियो। \c 6 \p \v 1 तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ। \v 2 मैले तपाईंका निम्ति एउटा भव्य भवन निर्माण गरेको छु, तपाईं सदासर्वदा बास गर्नलाई तपाईंको निम्ति एक वासस्थान।” \p \v 3 इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए। \v 4 त्यसपछि तिनले भने: \pm “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्‍नुभयो, \v 5 ‘मैले मेरा मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएको दिनदेखि उसो आफ्नो नामको खातिर त्यहाँ एउटा मन्दिर बनाउनु भनेर मैले इस्राएलको कुनै कुलमा सहर चुनेको छैनँ, न त मैले आफ्नो जाति इस्राएलमाथि अगुवा हुन भनी कसैलाई चुनेको छु। \v 6 तर अब मेरो नाम त्यसमा रहोस् भनेर मैले यरूशलेमलाई चुनेको छु, र दावीदलाई मेरा प्रजा इस्राएलमाथि शासन गर्न मैले चुनेको छु।’ \pm \v 7 “मेरा पिता दावीदको हृदयमा याहवेह इस्राएलका परमेश्‍वरको नामको खातिर एउटा मन्दिर निर्माण गर्ने विचार थियो। \v 8 तर याहवेहले मेरा पिता दावीदलाई भन्‍नुभयो, ‘मेरो नामको खातिर तेरो हृदयमा एउटा मन्दिर बनाउने विचार राखेर तैँले आफ्नो हृदयमा असल गरिस्। \v 9 तापनि तैँले त्यो मन्दिर बनाउनेछैनस्, तर तेरो आफ्नै मासु र रगत, तेरो छोराले मेरो नामको खातिर मन्दिर बनाउनेछ।’ \pm \v 10 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु। \v 11 त्यहाँ मैले याहवेहले इस्राएलसँग बाँध्नुभएको करार भएको सन्दुक राखेको छु।” \s1 सोलोमनको अर्पणको प्रार्थना \p \v 12 तब सोलोमन इस्राएलका सारा समुदायको सामु याहवेहको वेदीको अगि उभिएर आफ्ना हात फैलाए। \v 13 सोलोमनले पाँच क्यूबिट लामो, पाँच क्यूबिट चौडा र तीन क्यूबिट\f + \fr 6:13 \fr*\ft अर्थात्, लम्बाइ, चौडाइ साढे 7 फिट र उचाइ साढे 4 फिट\ft*\f* अग्लो काँसाको मञ्च बनाएर त्यसलाई बाहिरी चोकको बीचमा राखेका थिए। तिनी त्यस मञ्चमाथि उभिए। त्यसपछि इस्राएलका सारा समुदायको सामु घुँडा टेके र स्वर्गतिर आफ्ना हातहरू फैलाए। \v 14 तिनले भने: \pm “हे याहवेह, इस्राएलका परमेश्‍वर, आफ्ना तनमनले तपाईंको मार्गमा लागिरहने आफ्ना सेवकहरूसँग आफ्नो प्रेमको करार बाँध्नुहुने तपाईंजस्तो अरू कुनै ईश्‍वर स्वर्ग र पृथ्वीमा छैन। \v 15 तपाईंले आफ्नो सेवक मेरा पिता दावीदसित आफ्नो मुखले गर्नुभएको प्रतिज्ञा आफ्ना हातले पूरा गर्नुभएको छ, जो आजको दिनसम्मै छँदैछ। \pm \v 16 “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘मेरा व्यवस्थाअनुसार तैँले गरेझैँ तेरा छोराहरू होसियारीसाथ मेरो सामु हिँडेर पालन गरे भने इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन।’ \v 17 अब, हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्‍नुभएको कुरा सत्य भएर आओस्। \pm \v 18 “तर के परमेश्‍वर साँच्‍चै मानिसहरूसित पृथ्वीमा बस्‍नुहुनेछ? आकाश त के, अति उच्‍च स्वर्गमा पनि तपाईं अटाउनुहुन्‍न। मैले बनाएको यस मन्दिरले त झन् के सक्ला र? \v 19 तरै पनि, हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्। \v 20 तपाईंले आफ्नो नाम राख्नेछु भनेर भन्‍नुभएको यस ठाउँमा तपाईंका आँखा दिनरात खुल्‍लै रहून्। यस ठाउँतिर फर्केर तपाईंको सेवकले चढाएको प्रार्थना सुन्‍नुहोस्। \v 21 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्। \pm \v 22 “कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्‍यो, र उसलाई शपथ खान लगाइयो; अनि उसले यस मन्दिरमा तपाईंको वेदीको सामु आएर शपथ खायो भने, \v 23 तब तपाईंले स्वर्गबाट सुनेर काम गर्नुहोस्। आफ्ना सेवकहरूको बीचमा न्याय गर्नुहोस्, र त्यस दोषीलाई अपराधी ठहर्‍याउँदै त्यसले गरेको काम त्यसकै शिरमाथि खन्याइदिनुहोस्। अनि निर्दोषलाई त्यसको निर्दोषता प्रमाणित गरिदिनुहोस्। \pm \v 24 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंको अगि प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने, \v 25 तब स्वर्गबाट सुन्‍नुहोस् र तपाईंले आफ्नो जाति इस्राएललाई क्षमा दिनुहोस्, र तिनीहरूलाई र तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा फर्काएर ल्याउनुहोस्। \pm \v 26 “तपाईंका जातिले पाप गरेको कारण आकाश बन्द भएर पानी परेन र तिनीहरूले यस ठाउँतिर फर्किएर प्रार्थना गर्दै तपाईंको नामलाई प्रशंसा चढाए अनि तपाईंले तिनीहरूलाई दण्ड दिनुभएको कारण तिनीहरू आफ्ना पापबाट फर्किए भने, \v 27 तब स्वर्गबाट सुन्‍नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्। \pm \v 28 “जब देशमा अनिकाल वा विपत्ति आउँछ, अथवा वनस्पति ओइलाउने वा ढुसी पर्ने रोग लाग्छ, अथवा सलह र फट्याङ्ग्राहरू आउँछन्, वा तिनीहरूका कुनै सहरमा शत्रुहरूले घेरा हाल्छन्, र जस्तोसुकै आपत् वा रोग किन आइनपरोस्, \v 29 तपाईंको जाति इस्राएलले आफ्ना हात यस मन्दिरतिर फैलाउँदै आफ्नो कष्‍टलाई थाहा पाएर प्रार्थना र विनय चढायो भने, \v 30 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस् र क्षमा गर्नुहोस् (किनकि तपाईंले मात्र मानिसहरूका हृदयलाई जान्‍नुहुन्छ)। यसकारण त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्। \v 31 यसरी तपाईंले हाम्रा पितापुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूले तपाईंको भय मानून्। \pm \v 32 “ती विदेशीहरू, जो तपाईंका प्रजा इस्राएलबाट होइनन्, तर तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुनेर टाढा देशबाट आएका छन् भने जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्, \v 33 तब आफ्नो वासस्थान स्वर्गबाट सुन्‍नुहोस। अनि त्यस परदेशीले जे माग्छ, त्यही गर्नुहोस्; ताकि यस पृथ्वीका सबै मानिसहरूले तपाईंको जाति इस्राएलले झैँ तपाईंको नाम जानून् र तपाईंको भय मानून्। अनि मैले बनाएको यस भवनमा तपाईंको नाम रहेछ भनी जानून्। \pm \v 34 “तपाईंका प्रजा आफ्ना शत्रुहरूको विरुद्धमा जाँदा तपाईंले तिनीहरूलाई जहाँ पठाउनुहुन्छ, तिनीहरूले तपाईंले चुन्‍नुभएको यो सहर, मैले तपाईंको नामको खातिर बनाएको यस मन्दिरतिर फर्केर तपाईंसित प्रार्थना गरेको बेला, \v 35 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्। \pm \v 36 “जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्—किनकि पाप नगर्ने कोही पनि छैन; र तिनीहरूसित रिसाउनुभएर तपाईंले तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएर उनीहरूले तिनीहरूलाई कैद गरेर टाढा र नजिक लगे भने, \v 37 तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएको देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने; \v 38 अनि तिनीहरू आफू कैद भएर लगिएको देशमा आफ्ना हृदय र प्राणले तपाईंतिर फर्कन्छन्; र तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशतिर फर्केर, तपाईंले चुन्‍नुभएको सहरतिर फर्केर, मैले तपाईंको खातिर बनाएको मन्दिरतिर फर्केर, तिनीहरूले प्रार्थना गरे भने, \v 39 तपाईंको वासस्थान स्वर्गबाट तिनीहरूका प्रार्थना र अर्जबिन्ती सुनिदिनुहोस् र तिनीहरूको पक्ष लिइदिनुहोस्। तपाईंको विरुद्धमा पाप गर्ने तपाईंको प्रजालाई क्षमा दिनुहोस्। \pm \v 40 “अब, हे मेरा परमेश्‍वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्। \qm1 \v 41 “अब उठ्नुहोस्, हे याहवेह परमेश्‍वर, तपाईं र तपाईंका शक्तिको सन्दुक, \qm2 आफ्नो विश्रामस्थलमा आउनुहोस्। \qm1 तपाईंका पुजारीहरू, हे याहवेह परमेश्‍वर, मुक्ति पहिरिएकाहरू होऊन्, \qm2 र तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको भलाइमा आनन्द गरून्। \qm1 \v 42 हे याहवेह परमेश्‍वर, तपाईंको अभिषिक्त जनलाई इन्कार नगर्नुहोस्। \qm2 तपाईंको सेवक दावीदलाई प्रतिज्ञा गरिएको अचुक प्रेमलाई सम्झनुहोस्।” \c 7 \s1 मन्दिरको समर्पण \p \v 1 सोलोमनले प्रार्थना गरिसकेपछि स्वर्गबाट आगो झर्‍यो; अनि त्यसले होमबलि र बलिदानहरूलाई भस्म पार्‍यो, तब त्यो मन्दिर याहवेहको महिमाले भरियो। \v 2 पुजारीहरू याहवेहको मन्दिरभित्र पस्‍न सकेनन्; किनकि याहवेहको महिमाले त्यो मन्दिर ढाकिएको थियो। \v 3 जब इस्राएलीहरूले आगो झरेको र त्यस मन्दिरमाथि याहवेहको महिमा आएको देखे, तब तिनीहरू भुइँमा घोप्टो परे; अनि दण्डवत् गरेर याहवेहलाई धन्यवाद दिँदै यसो भने, \q1 “उहाँ भलो हुनुहुन्छ; \q2 उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” \m \v 4 त्यसपछि राजा र सबै मानिसहरूले याहवेहको सामु बलिदानहरू चढाए। \v 5 राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्‍वरको मन्दिरलाई समर्पण गरे। \v 6 पुजारीहरूले, लेवीहरूले झैँ याहवेहको वाद्य-वादनसित आ-आफ्ना स्थानमा उभिए, जुन वाद्य-वादनहरू राजा दावीदले याहवेहको प्रशंसा गर्नलाई बनाएका थिए; अनि दावीदले धन्यवाद दिँदा, “उहाँको प्रेम सदासर्वदा रहिरहन्छ” भन्दै ती वाद्य-वादनलाई तिनले प्रयोग गरेका थिए। लेवीहरूका सामु नै पुजारीहरूले आफ्ना तुरही फुके, र सबै इस्राएलीहरू उभिरहे। \p \v 7 सोलोमनले याहवेहको मन्दिरको सामु भएको चोकको बीच भागलाई पवित्र गरे; अनि त्यहाँ होमबलि र मेलबलिहरूका बोसो चढाए; किनकि तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोको भाग अटाएनन्। \p \v 8 यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले। \v 9 आठौँ दिनमा तिनीहरूले एउटा सभा राखे; किनकि तिनीहरूले सात दिनसम्म वेदीको अर्पणको उत्सव मनाए र अरू सात दिनसम्म चाड मनाए। \v 10 सातौँ महिनाको तेईसौँ दिन तिनले मानिसहरूलाई बिदा दिए; अनि तिनीहरू याहवेहले दावीद, सोलोमन र उहाँको प्रजा इस्राएलका निम्ति गर्नुभएको असल कुराहरूका कारण आनन्दले पूर्ण र हृदयमा हर्षित भएका थिए। \s1 याहवेह सोलोमनकहाँ देखा पर्नुभएको \p \v 11 सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए। \v 12 तब राति याहवेह सोलोमनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो: \pm “मैले तेरो प्रार्थना सुनेँ, र मैले यस ठाउँलाई बलिदान चढाउने मन्दिरको रूपमा आफ्नै निम्ति चुनेँ। \pm \v 13 “मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा, \v 14 यदि मेरो नामद्वारा बोलाइएका मेरा मानिसहरूले आफूलाई विनम्र तुल्याएर प्रार्थना गर्दै मतिर फर्के भने, र आफ्ना दुष्‍ट चालहरूबाट फर्के भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु; अनि तिनीहरूका पाप क्षमा गरेर तिनीहरूको देशलाई निको पार्नेछु। \v 15 अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्‍ला र कान सतर्क रहनेछन्। \v 16 मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्। \pm \v 17 “तेरो विषयमा चाहिँ, यदि तँ आफ्ना पिता दावीदझैँ मेरो सामु हिँडिस्, र मैले दिएका सबै आज्ञापालन गरिस् भने, \v 18 तेरा पिता दावीदसित ‘इस्राएलमाथि शासन गर्न तँलाई कुनै मानिसको अभाव हुनेछैन’ भनेर मैले गरेको करारअनुसार म तेरो राजकीय सिंहासन स्थापित गर्नेछु। \pm \v 19 “तर यदि तँ\f + \fr 7:19 \fr*\ft मूल भाषामा यो बहुवचन हुन्छ।\ft*\f* त्यसबाट तर्किएर मैले तँलाई दिएका उर्दीहरू त्यागेर अरू देवताहरूको सेवा गरिस्, र तिनीहरूलाई पुज्न थालिस् भने, \v 20 मैले इस्राएललाई दिएको देशबाट तिनीहरूलाई उखेलिदिनेछु; र मैले आफ्नो नामका निम्ति पवित्र गरेको यस जातिहरूको बीचमा एउटा घृणा र गिल्‍लाको पात्र बनाइदिनेछु। \v 21 अहिले यो मन्दिर भव्य भए तापनि यसको छेउबाट भएर जाने सबैले भयभीत भएर यसो भन्‍नेछन्, ‘याहवेहले यस देश र यस मन्दिरलाई किन यस्तो गर्नुभएको होला?’ \v 22 तब मानिसहरूले यसो भनेर जवाफ दिनेछन्, ‘किनकि तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई तिनीहरूले त्यागेका छन्, र अरू देवी-देवताहरूलाई स्वीकार गरेर तिनीहरूलाई पुजिरहेका छन्। यसैकारण याहवेहले यी सबै विपत्तिहरू तिनीहरूमाथि ल्याउनुभयो।’ ” \c 8 \s1 सोलोमनका अन्य कार्यहरू \p \v 1 सोलोमनले याहवेहको मन्दिर र आफ्नै महल बनाएको बीस वर्षको अन्त्यमा, \v 2 हीरामले तिनलाई दिएका सहरहरू पुनर्निर्माण गरे, र त्यहीँ इस्राएलीहरूलाई बसोबास गराए। \v 3 त्यसपछि सोलोमन हमात-सोबामा गएर त्यसलाई कब्जा गरे। \v 4 तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे। \v 5 तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए। \v 6 साथै तिनले बालात, तिनका सबै भण्डारका सहरहरू, आफ्ना रथहरू र घोडाहरू राख्ने सबै नगरहरू पनि पुनर्निर्माण गरे। तिनले यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका प्रान्तहरूभरि आफूलाई जे-जे बनाउन इच्छा लाग्यो, ती सबै बनाए। \p \v 7 हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूबाट छोडिएका सबै मानिसहरूलाई (यी मानिसहरू इस्राएली थिएनन्); \v 8 अर्थात् देशमा रहेका तिनीहरूका सन्तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, सोलोमनले आफ्ना बेगारी काम गर्न राखे, जस्तो आजको दिनसम्म भइरहेको छ। \v 9 तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए। \v 10 तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू। \p \v 11 सोलोमनले फारोकी छोरीलाई दावीदको सहरबाट माथि तिनले उनका निम्ति बनाइदिएको महलमा ल्याए। किनकि तिनले भने, “याहवेहको सन्दुक प्रवेश गरेका ठाउँहरू पवित्र हुनाले मेरी पत्नी इस्राएलका राजा दावीदको महलमा बस्‍नुहुँदैन।” \p \v 12 दलानको सामु भएको सोलोमनले बनाएका याहवेहको वेदीमाथि तिनले याहवेहका निम्ति होमबलि चढाए। \v 13 मोशाको व्यवस्थाअनुसार शब्बाथहरू, औँसी र वर्षमा तीन पल्ट चढाउने चाडहरू, अर्थात् अखमिरी रोटीको चाड, साताहरूका चाड र छाप्रोबासको चाड हरेक दिन तोकिएअनुसार तिनले चढाउने गर्थे। \v 14 आफ्ना पिता दावीदको नियमअनुसार पुजारीहरूको दलहरूलाई तिनले आफ्ना काम गर्नका निम्ति, र दिन-दिनको नियमअनुसार प्रशंसाको नेतृत्व गर्न र पुजारीहरूलाई सघाउनका निम्ति लेवीहरूलाई नियुक्त गरे। तिनले विभिन्‍न मूलढोकाहरूका निम्ति द्वारपालहरूलाई पनि दल-दल गरी नियुक्त गरे; किनकि परमेश्‍वरको जन दावीदको आज्ञा यस्तै थियो। \v 15 राजकोषसम्बन्धी विषयमा पुजारीहरू अथवा लेवीहरूप्रति दिइएका राजाका आज्ञाहरूबाट उनीहरू यताउति हटेनन्। \p \v 16 याहवेहको भवनको जग बसालेको दिनदेखि त्यसलाई सिद्ध्याउन्जेल सोलोमनका सबै कामहरू भइरहेको थियो। यसरी याहवेहको भवन बनिसिद्धियो। \p \v 17 तब सोलोमनले लाल समुद्रको किनारमा भएको एस्योन-गेबेर र एलोतमा गए। \v 18 हीरामले तिनलाई आफ्नै अधिकृतहरू, समुद्रमा अनुभवी मानिसहरूद्वारा चलाइएका जहाजहरू पठाइदिए। यिनीहरू सोलोमनका मानिसहरूसित ओपीरमा गए। अनि चार सय पचास टालेन्ट\f + \fr 8:18 \fr*\ft अर्थात्, लगभग 17 मेट्रिक टन\ft*\f* सुन ल्याएर तिनीहरूले ती राजा सोलोमनलाई सुम्पिदिए। \c 9 \s1 शेबाकी रानी सोलोमनकहाँ भेट्न आएकी \p \v 1 जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्। \v 2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन। \v 3 जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल, \v 4 उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्‍ट वस्त्र, आफ्ना विशिष्‍ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्‍क परिन्। \p \v 5 तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। \v 6 तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्‍चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ। \v 7 तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्‍ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! \v 8 याहवेह तपाईंको परमेश्‍वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्‍वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्‍वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।” \p \v 9 तब तिनले राजालाई एक सय बीस टालेन्ट\f + \fr 9:9 \fr*\ft अर्थात्, लगभग 4 मेट्रिक टन\ft*\f* सुन, धेरै मसलाहरू र बहुमूल्य पत्थरहरू दिइन्। शेबाकी रानीले राजा सोलोमनलाई जुन मसलाहरू दिएकी थिइन्, त्यस्तो फेरि कहिल्यै आएन। \p \v 10 (हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए। \v 11 राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।) \p \v 12 राजा सोलोमनले शेबाकी रानीलाई तिनले इच्छा गरेका र मागेका सबै कुराहरू दिए। उनीकहाँ तिनले जे-जे ल्याएकी थिइन्, त्योभन्दा बढी उनले तिनलाई दिए। त्यसपछि तिनी आफ्ना लावालस्करसित आफ्नै देशमा फर्किन्। \s1 सोलोमनको गौरव \p \v 13 सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट\f + \fr 9:13 \fr*\ft अर्थात्, लगभग 23 मेट्रिक टन\ft*\f* थियो। \v 14 यस अतिरिक्त सामान निर्यात गर्ने व्यापारी र व्यवसायीहरूले पनि राजस्व ल्याउँथे। अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूले पनि राजाका निम्ति सुन र चाँदी ल्याउँथे। \p \v 15 राजा सोलोमनले पिटेको सुनका दुई सय वटा ठूला-ठूला ढालहरू बनाए। हरेक ढालमा छ सय शेकेल\f + \fr 9:15 \fr*\ft अर्थात्, लगभग 6.9 किलो\ft*\f* पिटिएको सुन लागेको थियो। \v 16 तिनले प्रत्येक ढालमा तीन सय शेकेल\f + \fr 9:16 \fr*\ft अर्थात्, लगभग 3.5 किलो\ft*\f* सुन लाग्ने गरी तीन सय वटा स-साना ढालहरू पनि पिटेका सुनले बनाए। राजाले ती ढालहरू लेबनानको वनमा भएको महलमा राखे। \p \v 17 त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे। \v 18 सिंहासनमा उक्लने छ वटा खुड्किलाहरू थिए। त्यसमा सुनको पाउदान जोडिएको थियो। आसनका दुवैतिर हात अडाउने बाहुहरू थिए। हरेकको छेउ-छेउमा एक-एक वटा सिंह उभिएका थिए। \v 19 ती छ वटा खुड्किलाहरूमा, प्रत्येक खुड्किलामा दुई-दुई गरी जम्मा बाह्र वटा सिंहहरू थिए। कुनै पनि राज्यमा योजस्तो कहिल्यै बनाइएको थिएन। \v 20 राजा सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए। लेबनानको वनको महलका सबै घरका सामानहरू निखुर सुनका थिए। कुनै पनि चीज चाँदीको बनाइएको थिएन; किनकि सोलोमनको समयमा चाँदी कम मूल्यको गनिन्थ्यो। \v 21 राजासित तर्शीशमा हीरामका मानिसहरूद्वारा चलाइने व्यापारी जहाजहरूको एक दल थियो। प्रत्येक तेस्रो वर्ष यो सुन, चाँदी, हस्तीदन्त, बाँदर र ढेढुहरू लिएर फर्कन्थ्यो। \p \v 22 यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए। \v 23 संसारका सबै राजाहरू परमेश्‍वरले सोलोमनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्‍नका निम्ति तिनको सामु जाने इच्छा गर्दथे। \v 24 वर्षैपिच्छे आउने हरेकले उपहारस्वरूप चाँदी र सुनका सामानहरू, वस्त्रहरू, हतियारहरू र मसलाहरू, घोडाहरू र खच्‍चरहरू ल्याउँथे। \p \v 25 आफ्ना घोडा र रथहरूका निम्ति सोलोमनका चार हजार तबेला थिए। तिनका बाह्र हजार घोडाहरू थिए। तीमध्ये कतिलाई तिनले रथहरू राख्ने सहरहरूमा र अरूलाईचाहिँ आफूसित यरूशलेममा राखे। \v 26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे। \v 27 राजाले यरूशलेममा चाँदीलाई ढुङ्गा जतिकै साधारण अनि देवदारुलाई चाहिँ पहाडका फेदीहरूका अञ्जीर जतिकै प्रशस्त बनाए। \v 28 सोलोमनका घोडाहरू इजिप्टबाट र अरू देशहरूबाट आयात गरिन्थे। \s1 सोलोमनको मृत्यु \p \v 29 सोलोमनको शासनकालका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, नातान अगमवक्ताको इतिहास, शीलोनी अहीयाहको अगमवाणी र नबातका छोरा यारोबामको विषयमा दर्शी इद्दोका दर्शनको पुस्तकमा वर्णन गरिएका छैनन् र? \v 30 सोलोमनले सारा इस्राएलमाथि यरूशलेममा चालीस वर्ष राज्य गरे। \v 31 त्यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र आफ्ना पिता दावीदको सहरका चिहानमा गाडिए। तिनीपछि तिनका छोरा रहबाम राजा भए। \c 10 \s1 इस्राएल रहबामको विरुद्धमा खडा भएको \p \v 1 सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए। \v 2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए। \v 3 यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने: \v 4 “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।” \p \v 5 रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय दिनुहोस् र फेरि आउनुहोस्।” यसकारण मानिसहरू गइहाले। \p \v 6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?” \p \v 7 तिनीहरूले जवाफ दिए, “यदि तपाईं यी मानिसहरूप्रति दयालु हुनुभयो र तिनीहरूलाई खुशी पार्न मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन्।” \p \v 8 तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए। \v 9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?” \p \v 10 तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ। \v 11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’ \p \v 12 “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए। \v 13 राजाले तिनीहरूलाई कठोरतासाथ जवाफ दिए। तिनले प्रधानहरूको सल्‍लाह इन्कार गरे। \v 14 तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।” \v 15 यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेह परमेश्‍वरले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो। \p \v 16 जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए: \q1 “दावीदमा हाम्रो के हिस्सा छ, \q2 यिशैका छोरामा के भाग छ? \q1 हे इस्राएल, आफ्ना पालहरूमा जाओ! \q2 हे दावीद, तिमी आफ्नै घर सम्हाल!” \m यसरी सारा इस्राएलीहरू आ-आफ्ना घरतिर गए। \v 17 तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे। \p \v 18 राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई\f + \fr 10:18 \fr*\fqa हदोराम \fqa*\ft पनि भनिन्छ।\ft*\f* पठाए; तर इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए। \v 19 यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ। \c 11 \p \v 1 जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले। \p \v 2 तर परमेश्‍वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो: \v 3 “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्, \v 4 ‘याहवेह यसो भन्‍नुहुन्छ: आफ्ना दाजुभाइहरूसित लडाइँ गर्न नजाओ। तिमीहरू हरेक आफ्ना घरमा जाओ; किनकि यो कामचाहिँ मबाट भएको हो।’ ” यसकारण तिनीहरूले याहवेहका कुरा सुनेर यारोबामको विरुद्धमा अगि बढ्नबाट पछि फर्के। \s1 रहबामले यहूदालाई सुरक्षित बनाएका \p \v 5 रहबामले यरूशलेममा बसेर यहूदाको सुरक्षाका निम्ति सहरहरू निर्माण गरे: \v 6 बेथलेहेम, एताम, तको, \v 7 बेथ-सूर, सोको, अदुल्‍लाम, \v 8 गात, मारेशा, जीप, \v 9 अदोराइम, लाकीश, अजेका, \v 10 सोरा, अय्यालोन र हेब्रोन, जो यहूदा र बेन्यामीनमा भएका सुरक्षित सहरहरू थिए। \v 11 तिनले तिनीहरूका प्रतिरक्षा बलियो पारे; अनि त्यहाँ खानेकुरा, जैतुनको तेल र दाखमद्यसहित सेनापतिहरू राखिदिए। \v 12 तिनले सबै सहरहरूमा ढालहरू र भालाहरू राखेर तिनलाई बलियो पारे। यसरी तिनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा लिए। \p \v 13 तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्‍लाहरूबाट तिनीकहाँ हाजिर भए। \v 14 लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए। \v 15 तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए। \v 16 आफ्ना हृदय याहवेह इस्राएलका परमेश्‍वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे। \v 17 तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए। \s1 रहबामको परिवार \p \v 18 रहबामले दावीदकी नातिनी, यरीमोतकी छोरी महलतलाई विवाह गरे। यरीमोतकी आमाको नाम अबीहेल थियो। तिनी यिशैका छोरा एलिआबकी छोरी थिइन्। \v 19 महलतबाट जन्मेका रहबामका छोराहरूका नाम यी हुन्: येऊश, शमर्याह र साहम। \v 20 तब तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे, जसले तिनका निम्ति अबीयाह, अत्तै, जीजा र शलोमीतलाई जन्माइन्। \v 21 रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूमध्ये अब्शालोमकी छोरी माकालाई सबैभन्दा बढी प्रेम गर्थे। तिनका जम्मा अठार पत्नीहरू, साठी उपपत्नीहरू, अट्ठाइस छोराहरू र साठी छोरीहरू थिए। \p \v 22 रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे। \v 23 तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्‍लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए। \c 12 \s1 शीशकले यरूशलेममाथि आक्रमण गरेका \p \v 1 राजा रहबामको राज्य शक्तिशाली र स्थिर भयो, तब तिनले र तिनीसित भएका सारा इस्राएलले\f + \fr 12:1 \fr*\ft अर्थात्, \ft*\fqa यहूदा\fqa*\f* याहवेहको व्यवस्था त्यागे। \v 2 तिनीहरू याहवेहप्रति अविश्‍वासी भएको कारण इजिप्टका राजा शीशकले राजा रहबामको पाँचौँ वर्षमा यरूशलेममाथि आक्रमण गर्दा, \v 3 बाह्र सय रथ, साठी हजार घोडचढीहरू र तिनीसित इजिप्टबाट आएका लिबियाली, सुक्‍किया र कूशीहरूका असंख्य दलहरू थिए। \v 4 तिनले यहूदाका सुरक्षित सहरहरू कब्जा गरेर यरूशलेमसम्मै आए। \p \v 5 तब अगमवक्ता शमायाह रहबाम र यहूदाका अगुवाहरूकहाँ आए, जो शिशकको डरले यरूशलेममा भेला भएका थिए, र तिनले उनीहरूलाई भने, “याहवेहले यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले मलाई त्याग्यौ; यसैकारण अब मैले तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु।’ ” \p \v 6 इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।” \p \v 7 तिनीहरूले आफूलाई विनम्र तुल्याएका याहवेहले देखिपछि शमायाहकहाँ याहवेहको यो वचन आयो: “तिनीहरूले आफूलाई विनम्र तुल्याएको कारण म तिनीहरूलाई नाश गर्नेछैनँ, तर चाँडै छुटकारा दिनेछु। मेरो क्रोध शीशकद्वारा यरूशलेममाथि खनाइनेछैन। \v 8 तरै पनि तिनीहरूले मेरो सेवा गर्न र अरू देशका राजाहरूको सेवा गर्नुमा के भिन्‍नता छ, त्यो सिकून् भनेर तिनीहरू त्यसका अधीनमा रहनेछन्।” \p \v 9 इजिप्टका राजा शीशकले यरूशलेममाथि आक्रमण गरेपछि याहवेहको भवनका भण्डारका सबै चीजहरू र राजमहलका भण्डारका सामानहरू तिनले लगेर गए। सोलोमनले बनाएका सुनका ढालहरूसहित हरेक कुराहरू तिनले लगे। \v 10 यसकारण राजा रहबामले तिनीहरूका सट्टामा काँसाका ढालहरू बनाए, र ती राजमहलको प्रवेशद्वारका काममा खटिएका पहरेदारहरूका सेनापतिहरूको जिम्मामा दिए। \v 11 राजा जहिले-जहिले याहवेहको मन्दिरमा जान्थे, ती पहरेदारहरू ढालहरू बोकेर तिनीसित जान्थे। त्यसपछि तिनीहरूले ती पहरेदारहरूको कोठामा फर्काइदिन्थे। \p \v 12 रहबामले आफूलाई विनम्र तुल्याएकाले याहवेहको क्रोध तिनीबाट हट्यो र तिनी सम्पूर्ण रूपले नाश भएनन्। अवश्य पनि यहूदामा केही असल कुरा थिए। \p \v 13 राजा रहबामले आफूलाई यरूशलेममा दृढतापूर्वक स्थापित गरेर राज्य गरिरहे। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्‍नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्। \v 14 रहबामले आफ्नो हृदयमा याहवेहलाई नखोजेको कारण दुष्‍टता गरे। \p \v 15 रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्‍यो। \v 16 रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए। \c 13 \s1 यहूदाका राजा अबीयाह \p \v 1 यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए। \v 2 तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाम माका थियो, जो गेबाको ऊरीएलकी छोरी थिइन्। \p अबीयाहह र यारोबामको बीचमा लडाइँ भयो। \v 3 अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने। \p \v 4 अबीयाहले एफ्राइमको पहाडी मुलुकमा भएको समारैम डाँडामा उभिएर भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन! \v 5 याहवेह इस्राएलका परमेश्‍वरले इस्राएल राज्य नुनको करारद्वारा दावीदलाई र तिनका सन्तानलाई सदासर्वदाका निम्ति दिनुभएको छ भनी के तिमीहरूले थाहा पाउनुपर्ने होइन र? \v 6 तरै पनि दावीदका छोरा सोलोमनका अधिकृत नबातका छोरा यारोबामले आफ्ना मालिकको विरुद्धमा विद्रोह गरे। \v 7 केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए। \p \v 8 “अब तिमीहरू दावीदका सन्तानको हातमा रहेको याहवेहको राज्यको विरुद्ध खडा हुने योजना गर्दछौ। अब तिमीहरूसित एउटा विशाल फौज र तिमीहरूका निम्ति देवताहरू हुनलाई यारोबामले बनाएका सुनका बाछाहरू छन्। \v 9 तर के तिमीहरूले याहवेहका पुजारीहरू, हारूनका छोराहरू र लेवीहरूलाई निकालेर अरू देशका मानिसहरूले गरेझैँ आफ्नै पुजारीहरू बनाएका छैनौ र? एउटा बाछा र सात वटा भेडा लिएर आफूलाई पवित्र तुल्याउन आउने जोसुकै पनि त्यसको पुजारी भइहाल्छ, जो ईश्‍वर हुँदै होइन। \p \v 10 “हाम्रो विषयमा चाहिँ याहवेह नै हाम्रा परमेश्‍वर हुनुहुन्छ र हामीले उहाँलाई त्यागेका छैनौँ। याहवेहको सेवा गर्ने पुजारीहरू हारूनका छोराहरू हुन्, र लेवीहरूले तिनीहरूलाई सघाउँछन्। \v 11 हरेक बिहान र साँझ तिनीहरूले याहवेहकहाँ होमबलि र सुगन्धित धूप चढाउँछन्। तिनीहरूले विधिपूर्वक शुद्ध गरिएको टेबुलमा रोटी मिलाएर राख्छन्, र हरेक साँझ सुनको सामदानमा बत्ती बाल्छन्। यसरी हामी साँच्‍चै याहवेहका नियमहरू पालन गर्छौँ। तर तिमीहरूले उहाँलाई त्यागेका छौ। \v 12 परमेश्‍वर हामीसित हुनुहुन्छ; उहाँ नै हाम्रा अगुवा हुनुहुन्छ। उहाँका पुजारीहरूले आफ्ना तुरहीहरूले तिमीहरूको विरुद्धमा युद्ध-ध्वनि निकाल्नेछन्। हे इस्राएलका मानिसहरू हो, याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा लडाइँ नगर; किनकि तिमीहरू सफल हुनेछेनौँ।” \p \v 13 त्यही बेला यारोबामले आफ्ना केही दललाई सुटुक्‍क पठाएका थिए, र तिनी यहूदाको सामु हुँदा ढुक्नेहरूचाहिँ तिनीहरूका पछि थिए। \v 14 यहूदाका मानिसहरूले फर्केर हेर्दा आफूलाई अगि र पछिबाट आक्रमण गरिरहेका देखे। तब तिनीहरूले याहवेहको पुकार गरे। पुजारीले आफ्ना तुरहीहरू फुके। \v 15 यहूदाका मानिसहरूले युद्ध घोषणाका आवाज निकाले। अनि यो आवाज गुञ्जिएपछि परमेश्‍वरले यारोबाम र सम्पूर्ण इस्राएललाई अबीयाह र यहूदाको सामु परास्त गर्नुभयो। \v 16 इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्‍वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो। \v 17 अबीयाह र उनका मानिसहरूले तिनीहरूलाई धेरै नोक्सानी पुर्‍याए, र इस्राएलका पाँच लाख योग्य मानिसहरू मारिए। \v 18 इस्राएलका मानिसहरू त्यस दिन पराजित भए, र यहूदाका मानिसहरू विजयी भए; किनकि तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरमाथि भरोसा राखे। \p \v 19 अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए। \v 20 अबीयाहको शासनकालभरि यारोबामले आफ्नो शक्ति प्राप्‍त गरेनन्। याहवेहले तिनीमाथि प्रहार गर्नुभयो र तिनी मरे। \p \v 21 तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए। \p \v 22 अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्। \c 14 \p \v 1 अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए। तिनको समयमा दश वर्षसम्म देश शान्त रह्‍यो। \s1 यहूदाका राजा आसा \p \v 2 आसाले याहवेह तिनका परमेश्‍वरको दृष्‍टिमा जे असल र ठिक थियो, त्यही गरे। \v 3 तिनले विदेशी वेदीहरू र अग्ला देवस्थानहरू हटाइदिए; अनि चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए, र अशेराका खम्बाहरू\f + \fr 14:3 \fr*\ft अर्थात्, काठमा बनाइएका अशेरा देवीका आकृतिहरू।\ft*\f* काटेर ढालिदिए। \v 4 तिनले यहूदालाई याहवेह तिनीहरूका पुर्खाका परमेश्‍वरलाई खोजी गर्ने, उहाँका व्यवस्था र आज्ञाहरू पालन गर्ने आज्ञा दिए। \v 5 तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्‍यो। \v 6 देशमा शान्ति भएको कारण तिनले यहूदामा किल्‍ला भएका सहरहरू सुरक्षित पारे। ती दिनहरूमा कसैले पनि तिनीसित युद्ध गरेन; किनकि याहवेहले तिनलाई शत्रुहरूबाट विश्राम दिनुभयो। \p \v 7 तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्‍वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्‍त गरे। \p \v 8 आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए। \p \v 9 कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे। \v 10 आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे। \p \v 11 तब आसाले याहवेह तिनका परमेश्‍वरलाई पुकारेर भने, “शक्तिशालीको विरुद्धमा दुर्बललाई सहायता दिनुहुने हे याहवेह, तपाईंझैँ अरू कोही छैन। हे याहवेह, हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि नै भरोसा गर्छौँ। तपाईंकै नाममा हामी यस विशाल फौजको विरुद्धमा आएका छौँ। हे याहवेह, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ; मानिसहरूलाई तपाईंमाथि प्रबल हुन नदिनुहोस्।” \p \v 12 याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे। \v 13 आसा र तिनको फौजले तिनीहरूलाई गरारसम्म खेदे। कूशीहरू यति धेरै मारिए, कि युद्धको निम्ति तिनीहरू एउटै पनि जीवित रहेनन्। याहवेह र तिनका फौजहरूको सामु तिनीहरू चकनाचुर भए। यहूदाका मानिसहरूले ठूलो मात्रामा लुटका मालहरू लिएर गए। \v 14 तिनीहरूले गरारका चारैतिरका सहरहरूलाई नाश गरे; किनकि याहवेहको आतङ्क तिनीहरूमाथि छाएको थियो। त्यहाँ धेरै मालसामानहरू भएकाले तिनीहरूले ती सबै गाउँहरू लुटे। \v 15 तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के। \c 15 \s1 आसाको सुधार \p \v 1 परमेश्‍वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो। \v 2 तिनी आसालाई भेट्न निस्के, र तिनलाई भने, “हे आसा, सारा यहूदा र बेन्यामीन, मेरो कुरा सुन। जबसम्म तिमीहरू याहवेहको साथमा रहन्छौ, तबसम्म उहाँ तिमीहरूसित रहनुहुन्छ। यदि तिमीहरूले उहाँलाई खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। तर यदि तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ। \v 3 धेरै दिनसम्म इस्राएल सत्य परमेश्‍वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। \v 4 तर जब तिनीहरू आफ्नो सङ्कष्‍टमा याहवेह, इस्राएलका परमेश्‍वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो। \v 5 ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए। \v 6 परमेश्‍वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो। \v 7 तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।” \p \v 8 आसाले यी कुरा र अगमवक्ता ओदेदका छोरा अजर्याहका भविष्यवाणी सुनेपछि साहस पाए। तिनले सम्पूर्ण यहूदा र बेन्यामीनबाट, साथै तिनले एफ्राइमको पहाडी मुलुकबाट कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाइदिए। तिनले याहवेहको मन्दिरको दलानको अगिल्तिर भएको वेदी मर्मत गरे। \p \v 9 त्यसपछि तिनले सबै यहूदा र बेन्यामीन, एफ्राइमका मानिसहरू, साथै तिनीहरूसित बसोबास गर्ने मनश्शे र शिमियोनका मानिसहरूलाई भेला गरे। किनकि याहवेह तिनका परमेश्‍वर तिनीसित हुनुहुन्छ भनी तिनीहरूले देखेर इस्राएलबाट ठूलो संख्यामा तिनीहरू उनीकहाँ आएका थिए। \p \v 10 तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए। \v 11 त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए। \v 12 तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोजी गर्न भनी करार बाँधे। \v 13 याहवेह, इस्राएलका परमेश्‍वरलाई खोजी नगर्ने सबै ठूला र साना, पुरुष र स्त्रीलाई मारिने निर्णय भयो। \v 14 तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए। \v 15 तिनीहरूले सम्पूर्ण हृदयले शपथ खाएका हुनाले त्यस शपथको विषयमा सारा यहूदा रमाए। तिनीहरूले परमेश्‍वरलाई पूर्ण हृदयसाथ खोजी गरेका थिए; अनि तिनीहरूले उहाँलाई भेट्टाए। यसकारण याहवेहले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। \p \v 16 राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए। \v 17 तिनले इस्राएलबाट अल्गा देवस्थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो जीवनभरि नै याहवेहप्रति सम्पूर्ण रूपले अर्पित थियो। \v 18 तिनले परमेश्‍वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए। \p \v 19 आसाको शासनकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन। \c 16 \s1 आसाका अन्तिम वर्षहरू \p \v 1 आसाको शासनकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। तिनले कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्‍न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए। \p \v 2 तब आसाले याहवेहको मन्दिरका भण्डारहरूमा भएका र तिनका आफ्नै महलमा भएका चाँदी र सुन निकालेर दमस्कसमा अरामका राजा बेन-हददकहाँ पठाए। \v 3 तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।” \p \v 4 तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्डार सहरहरू जिते। \v 5 यो सुनेर बाशाले रामालाई निर्माण गर्न छोडिदिए, र आफ्नो काम बन्द गरिदिए। \v 6 राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे। \p \v 7 त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए, र तिनले उनलाई भने: “तपाईंले याहवेह, तपाईंका परमेश्‍वरमाथि होइन; तर अरामका राजामाथि भरोसा गर्नुभएको कारण आरामका राजाका सेना तपाईंको हातबाट उम्क्यो। \v 8 के कूशी\f + \fr 16:8 \fr*\ft अर्थात्, नील नदीको माथिल्‍लो क्षेत्रको भू-भाग\ft*\f* र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो। \v 9 किनकि जसको हृदय उहाँप्रति पूर्ण रूपमा समर्पित छ, तिनीहरूलाई बलियो पार्नको लागि याहवेहको दृष्‍टि पृथ्वीभरि रहिरहेको हुन्छ। तपाईंले मूर्ख काम गर्नुभयो; यसैले अब उसो तपाईंले युद्ध गरिरहनुपर्नेछ।” \p \v 10 यसकारण आसा दर्शीसित यतिसम्म रिसाए, कि तिनले उनलाई झ्यालखानामा हालिदिए। त्यस बेला तिनले केही मानिसहरूमाथि धेरै अत्याचार पनि गरे। \p \v 11 आसाको शासनकालका सुरुदेखि अन्तिमसम्मका घटनाहरू यहूदा र इस्राएलका राजाहरूका पुस्तकहरूमा लेखिएका छन्। \v 12 तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्‍यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे। \v 13 तब आफ्नो शासनकालको एकचालीसौँ वर्षमा आसा मरे, र आफ्ना पुर्खाहरूसित सुते। \v 14 मानिसहरूले तिनलाई चिहानमा गाडे, जो तिनले दावीदको सहरमा आफ्नो निम्ति बनाएका थिए। तिनीहरूले सबै किसिमका मसला र मिसाएका सुगन्धित मसलामाथि तिनलाई राखे; अनि तिनीहरूले तिनको सम्मानमा मृत्युको शोक प्रकट गर्दै एउटा ठूलो आगो बाले। \c 17 \s1 यहूदाका राजा यहोशापात \p \v 1 आसापछि तिनका छोरा यहोशापात राजा भए। तिनले आफूलाई इस्राएलको विरुद्धमा बलियो बनाए। \v 2 तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सैन्य दलहरू राखे; अनि यहूदामा र तिनका पिता आसाले कब्जा गरेका एफ्राइमका सहरहरूमा सैन्य छाउनीहरू राखे। \p \v 3 याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्। \v 4 तर आफ्ना पिताका परमेश्‍वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे। \v 5 याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो। \v 6 तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए। \p \v 7 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए। \v 8 तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए। \v 9 तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए। \p \v 10 यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्। \v 11 केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए। \p \v 12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्‍लाहरू र भण्डार गर्ने सहरहरू बनाए \v 13 यहूदाका सहरहरूमा धेरै खाद्यान्‍न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे। \v 14 परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: \b \li1 यहूदाबाट दलका सेनापतिहरू एक हजार: \li2 सेनापति अदनाह, जससित तीन लाख लडाकु मानिसहरू थिए; \li2 \v 15 त्यसपछि येहोहानान र तिनको साथमा दुई लाख असी हजार मानिसहरूका सेनापति थिए। \li2 \v 16 त्यसपछि जिक्रीका छोरा अमसिया, जसले याहवेहका सेवाको निम्ति आफूलाई स्वेच्छापूर्वक दिएका थिए; अनि तिनको साथमा दुई लाख लडाकु मानिसहरू थिए। \li1 \v 17 बेन्यामीनबाट: \li2 एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए। \li2 \v 18 त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए। \b \m \v 19 राजाको सेवा गर्ने मानिसहरू यिनीहरू नै थिए। यी मानिसहरू यहूदाभरिका सुरक्षित सहरहरूभित्र राखिएकाहरू बाहेकका थिए। \c 18 \s1 आहाबको विरुद्धमा मीकायाको अगमवाणी \p \v 1 यहोशापात धेरै धनी र सम्मानित भए। तिनले आहाबसित विवाहद्वारा सम्बन्ध जोडे। \v 2 केही वर्षपछि तिनी आहाबलाई सामरियामा भेट्न गए। आहाबले तिनी र तिनीसित भएका मानिसहरूको निम्ति धेरै भेडाहरू र गोरुहरू मारे; अनि तिनलाई रामोत-गिलादमाथि आक्रमण गर्न बहकाए। \v 3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई सोधे, “के तपाईं रामोत-गिलादको विरुद्धमा आक्रमण गर्न मसित जानुहुन्छ?” \p यहोशापातले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। हामी तपाईंलाई युद्धमा साथ दिनेछौँ।” \v 4 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्‍लाह माग्नुहोस्।” \p \v 5 यसकारण इस्राएलका राजाले चार सय अगमवक्ताहरूलाई एकसाथ भेला गराए, र तिनीहरूलाई सोधे, “हामी रामोत-गिलादको विरुद्धमा युद्धमा जाऔँ कि नजाऔँ?” \p तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमेश्‍वरले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” \p \v 6 तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?” \p \v 7 इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्‍लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्‍लाको छोरा मीकाया हो।” \p यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्‍नुहुँदैन।” \p \v 8 यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।” \p \v 9 आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए। \v 10 केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्‍नेछौँ।’ ” \p \v 11 अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्। किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” \p \v 12 मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।” \p \v 13 तर मीकायाले भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनलाई मेरा परमेश्‍वरले भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।” \p \v 14 तिनी आइपुगेपछि राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा लडाइँ गर्न जाऔँ, कि नजाऔँ?” \p तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्; किनकि तिनीहरू तपाईंको हातमा दिइनेछन्।” \p \v 15 राजाले तिनलाई भने, “याहवेहको नाममा मलाई सत्यबाहेक केही नभन्‍नू भनी म तिमीलाई कति पल्ट शपथ खान लाऊँ?” \p \v 16 तब मीकायाले जवाफ दिए, “मैले इस्राएललाई गोठाला नभएका भेडाहरूझैँ पहाडतिर छरिएको देखेँ, र याहवेहले भन्‍नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। प्रत्येक शान्तिसँग आ-आफ्नो घर फर्केर जाऊन्।’ ” \p \v 17 इस्राएलका राजाले यहोशापातलाई भने, “यसले मेरो विषयमा कुभलोबाहेक कहिले पनि असल अगमवाणी गर्दैन भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?” \p \v 18 मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्‍नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए। \v 19 तब याहवेहले भन्‍नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ \p “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने। \v 20 आखिरमा एउटा आत्माले अगि सरेर याहवेहको सामु उभिएर भन्यो, ‘म तिनलाई बहकाउनेछु।’ \p “याहवेहले सोध्नुभयो, ‘के गरेर बहकाउँछस्?’ \p \v 21 “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ \p “याहवेहले भन्‍नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’ \p \v 22 “यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।” \p \v 23 तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?” \p \v 24 मीकायाले जवाफ दिए, “त्यो त तिमी भित्री कोठामा लुक्न गएको दिन थाहा पाउनेछौ।” \p \v 25 तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई लिएर सहरका शासक अमोन र राजाको छोरा योआशकहाँ पठाइदिनू। \v 26 अनि भन्‍नू, ‘राजा यसो भन्‍नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ” \p \v 27 मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!” \s1 आहाब रामोत-गिलादमा मारिएका \p \v 28 यसकारण इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा गए। \v 29 इस्राएलका राजाले यहोशापातलाई भने, “म लडाईँमा भेष बदलेर प्रवेश गर्नेछु; तर तपाईंले चाहिँ आफ्नो राजकीय पोशाक पहिरनुहोस्।” यसकारण इस्राएलका राजाले आफ्नो भेष बदली गरेर लडाइँ गर्न हिँडे। \p \v 30 अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।” \v 31 रथका सेनापतिहरूले यहोशापातलाई देखेर, “यिनी नै इस्राएलका राजा हुन्” भनी सोचे। यसकारण तिनलाई आक्रमण गर्न भनी तिनीहरू फर्के, तर यहोशापात कराए; अनि याहवेहले तिनलाई सहायता गर्नुभयो। परमेश्‍वरले उनीहरूलाई तिनीदेखि टाढा लैजानुभयो। \v 32 ती रथका सेनापतिहरूले तिनी इस्राएलका राजा होइनन् भनी देखेपछि उनीहरूले तिनलाई खेद्न छोडिदिए। \p \v 33 तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड हानिपठाउँदा त्यसले इस्राएलका राजाको कवचको जोर्नीमा लाग्यो। राजाले रथ हाँक्नेलाई भने, “रथ फर्काएर मलाई लडाइँदेखि बाहिर लैजा। मलाई चोट लागेको छ।” \v 34 लडाइँ दिनभरि नै मच्‍चिरह्‍यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे। \c 19 \p \v 1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के। \v 2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्‍टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ। \v 3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।” \s1 यहोशापातले न्यायकर्ताहरू नियुक्त गरेका \p \v 4 यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरतिर फर्काए। \v 5 तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे। \v 6 तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ। \v 7 अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्‍वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्‍न।” \p \v 8 यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे। \v 9 तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू। \v 10 सबै मुद्दा, जो सहरमा बस्‍ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ। \p \v 11 “याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।” \c 20 \s1 यहोशापातले मोआब र अम्मोनलाई परास्त गरेका \p \v 1 त्यसपछि मोआबीहरू र अम्मोनीहरू केही मिद्यानीहरूसित मिलेर यहोशापातसित लडाइँ गर्न आए। \p \v 2 मानिसहरू आएर यहोशापातलाई भने, “एउटा विशाल फौज तपाईंको विरुद्धमा एदोमबाट मृत सागरको अर्को किनारबाट हासेसोन-तामार (अर्थात् एन-गदी) मा आइसकेका छन्।” \v 3 यहोशापातले डराएर याहवेहसित सल्‍लाह लिने सङ्कल्प गरे। तिनले सारा यहूदामा उपवास बस्‍नलाई घोषणा गरे। \v 4 यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्‍लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए। \p \v 5 तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, \v 6 र भने: \pm “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के स्वर्गमा हुनुहुने परमेश्‍वर तपाईं नै हुनुहुन्‍न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन। \v 7 हे हाम्रा परमेश्‍वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र? \v 8 तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्, \v 9 ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’ \pm \v 10 “तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले। \v 11 तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्। \v 12 हे हाम्रा परमेश्‍वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्‍न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।” \p \v 13 यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए। \p \v 14 तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए। \p \v 15 तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो। \v 16 भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। \v 17 तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ” \p \v 18 यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे। \v 19 तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। \p \v 20 बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्‍वरमाथि विश्‍वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, तब तिमीहरू सफल हुनेछौ।” \v 21 मानिसहरूसित सल्‍लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए: \q1 “याहवेहलाई धन्यवाद देओ; \q2 किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” \p \v 22 तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए। \v 23 अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे। \p \v 24 जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन। \v 25 यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो। \v 26 चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ। \p \v 27 तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो। \v 28 तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए। \p \v 29 सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्‍वरको डर तिनीहरूमा छायो। \v 30 यहोशापातको राज्य शान्तिमा रह्‍यो; किनकि तिनका परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो। \s1 यहोशापातको शासनको अन्त्य \p \v 31 यसरी यहोशापातले यहूदामाथि राज्य गरे। यहूदाका राजा हुँदा तिनी पैँतीस वर्षका थिए। तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अजूबा थियो, र उनी शिल्हीकी छोरी थिइन्। \v 32 तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \v 33 तर पनि देवस्थानहरू हटाइएनन्; किनभने अझ पनि मानिसहरूले आफ्ना हृदय तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति लगाएका थिएनन्। \p \v 34 यहोशापातको राज्यकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासको पुस्तकमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। \p \v 35 पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्‍ट थिए। \v 36 व्यापार गर्नलाई जहाजहरू बनाउनका निम्ति तिनले अहज्याहसित सम्बन्ध राखे। यी जहाजहरू एस्योन-गेबेरमा बनाइए। \v 37 तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी गरेर भने, “तपाईंले अहज्याहसित मित्रता बाँधेका हुनाले याहवेहले तपाईंले बनाउनुभएका कुराहरू नाश पारिदिनुहुनेछ।” ती जहाजहरू भत्किए, र व्यापार गर्नको\f + \fr 20:37 \fr*\ft मूल भाषामा \ft*\fqa तर्शीश\fqa*\f* लागि जान सकेनन्। \c 21 \p \v 1 त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए। \v 2 यहोरामका भाइहरू, जो यहोशापातका अरू छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याहु, मिखाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। \v 3 तिनीहरूका पिताले तिनीहरूलाई चाँदी, सुन र बहुमूल्य चीजहरूका उपहारहरू र यहूदामा सुरक्षित सहरहरू दिएका थिए। तर राज्यचाहिँ यहोरामलाई दिएका थिए; किनकि तिनी उनका जेठा छोरा थिए। \s1 यहूदाका राजा यहोराम \p \v 4 जसै यहोरामले आफ्ना पिताको राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे, तिनले आफ्ना सबै भाइहरूलाई इस्राएलका केही अधिकारीहरूसितै तरवारले मारे। \v 5 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे। \v 6 तिनी आहाबका घरानाले गरेझैँ इस्राएलका राजाहरूका चालहरूमा हिँडे; किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 7 तरै पनि याहवेहले दावीदसित बाँध्नुभएको करारको कारण याहवेहले दावीदको घरानालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले सदाको निम्ति तिनी र तिनका घरानाका निम्ति प्रकाश दिने एउटा बत्ती दिनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो। \p \v 8 यहोरामको समयमा एदोमले यहूदाको विरुद्ध विद्रोह गर्‍यो, र एदोमीहरूले आफ्नै राजा खडा गरे। \v 9 यसकारण यहोराम आफ्ना अधिकृतहरू र आफ्ना रथहरू लिएर त्यहाँ गए। एदोमीहरूले तिनलाई र तिनका रथका सेनापतिहरूलाई घेरे। तर तिनी उठेर त्यस घेराबाट राति नै छिरेर गए। \v 10 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। \p यहोरामले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका हुनाले त्यही बेला लिब्ना सहर पनि परमेश्‍वरदेखि बागी भयो। \v 11 तिनले यहूदाका डाँडाहरूमा अग्ला देवस्थानहरू पनि बनाए, अनि यरूशलेमका मानिसहरूलाई वेश्यावृत्ति गर्न लगाएर भ्रष्‍ट पारे। \p \v 12 यहोरामले एलिया अगमवक्ताबाट एउटा पत्र पाए, जसमा यसरी लेखिएको थियो: \pm “याहवेह, तपाईंका पुर्खा दावीदका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तँ तेरा पिता यहूदाका राजा यहोशापात अथवा आसाका मार्गहरूमा हिँडेको छैनस्। \v 13 तर इस्राएलका घरानाका राजाहरूका चालहरूमा हिँडेको छस्; अनि आहाबका घरानाले गरेझैँ तैँले यहूदा र यरूशलेमका मानिसहरूलाई वेश्यावृत्तितिर डोर्‍याइस्। तैँले आफ्नै भाइहरू, तेरा पिताका घरानाका सदस्यहरू, तँभन्दा असल मानिसहरूको हत्या गरिस्। \v 14 यसकारण अब याहवेहले तेरा मानिसहरू, तेरा छोराहरू, तेरा पत्नीहरू र तँसित भएका सबै कुरामाथि ठूला-ठूला विपत्तिले नाश गर्न लाग्नुभएको छ। \v 15 तँ आफैँचाहिँ निको नहुने पेटको रोगले ग्रस्त हुनेछस्; यतिसम्म कि त्यस रोगको कारण तेरो आन्द्राभुँडी बाहिर निस्कनेछन्।’ ” \p \v 16 याहवेहले यहोरामको विरुद्धमा पलिश्तीहरू र कूशीहरूको छेउमा बस्‍ने अरबीहरूलाई भड्काउनुभयो। \v 17 तिनीहरूले यहूदामाथि आक्रमण गरेर त्यसलाई जिते; अनि राजाको महलमा पाइने सबै चीजहरू, तिनका छोराहरू र रानीहरूलाई समेत लिएर गए। कान्छा छोरा अहोआहाजबाहेक अरू कुनै पनि छोरा बाँकी रहेन। \p \v 18 यी सबै घटनापछि याहवेहले यहोरामलाई आन्द्राहरूमा निको हुन नसक्ने रोगले ग्रस्त पार्नुभयो। \v 19 केही समय बितेपछि दोस्रो वर्षको अन्त्यमा त्यस रोगको कारण तिनको आन्द्राहरू बाहिर निस्केर आयो, र त्यही रोगले पीडित भएर तिनी मरे। तिनका मानिसहरूले तिनको सम्मानमा आगोसमेत जलाएनन्, जसरी तिनका पुर्खाहरूलाई आगो बालेर सम्मान दिएका थिए। \p \v 20 राजा हुँदा यहोराम बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। तिनको मृत्युमा कसैले शोक मनाएनन्। तिनी दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा होइन। \c 22 \s1 यहूदाका राजा अहज्याह \p \v 1 अरबीहरूसित छाउनीमा लुटपाट गर्न आउनेहरूले यहोरामका सबै ठूला छोराहरूलाई मारिदिएका थिए। यसकारण यरूशलेमका मानिसहरूले तिनका कान्छा छोरा अहज्याहलाई तिनको ठाउँमा राजा तुल्याए। यसरी यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्य गर्न थाले। \p \v 2 राजा हुँदा अहज्याह बाइस वर्षका\f + \fr 22:2 \fr*\ft मूल भाषामा \ft*\fqa बयालीस वर्ष \fqa*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa चौबीस वर्ष\fqa*\f* थिए। तिनले यरूशलेममा एक वर्ष राज्य गरे। तिनकी आमाको नाम अतल्याह थियो, जो ओम्रीकी नातिनी थिइन्। \p \v 3 तिनी पनि आहाबका घरानाकै चालहरूमा हिँडे; किनकि तिनकी आमाले तिनलाई दुष्‍ट काम गर्न उत्साह दिइन्। \v 4 तिनले आहाबको घरानाले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। किनकि तिनका पिताको मृत्युपछि तिनीहरू तिनका खराब कामहरूमा सल्‍लाहकार भए। \v 5 तिनी रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा योरामसित गए; अनि तिनीहरूका सल्‍लाहअनुसार हिँडे। अरामीहरूले योरामलाई घाइते बनाए। \v 6 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। \p तब यहोरामका छोरा यहूदाका राजा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए। \p \v 7 योरामलाई भेट्न तिनी गएको कारण परमेश्‍वरले अहज्याहमाथि पतन ल्याउनुभयो। अहज्याह आइपुगेपछि तिनी योरामसित निम्शीका छोरा येहूलाई भेट्न बाहिर गए, जसलाई आहाबको घरानालाई नाश गर्न भनी याहवेहले नियुक्त गर्नुभएको थियो। \v 8 येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए। \v 9 त्यसपछि तिनी अहज्याहलाई खोज्न निस्के। तिनका मानिसहरूले तिनी सामरियामा लुकिरहेको बेला पक्रे। तिनी येहूकहाँ लगिए र तिनी मारिए। तिनीहरूले तिनलाई गाडेर भने, “तिनी याहवेहलाई सम्पूर्ण हृदयले खोज्ने यहोशापातका छोरा थिए।” यसरी त्यस राज्यलाई स्थिर राख्नलाई सामर्थ्य भएको कुनै व्यक्ति अहज्याहको घरानामा थिएन। \s1 अतल्याह र योआश \p \v 10 अहज्याहकी आमा अतल्याहले आफ्नो छोरा मरेको देखिन्, यसकारण तिनी यहूदाका सम्पूर्ण राज परिवारलाई नाश गर्न गइन्। \v 11 तर राजा यहोरामकी छोरी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका अरू राजकुमारहरूबाट चोरेर लगिन्। तिनी र तिनकी धाईलाई एउटा सुत्ने कोठामा राखिन्। राजा यहोरामकी छोरी र पुजारी यहोयादाकी पत्नी यहोशेबाचाहिँ अहज्याहकी दिदी भएकी हुनाले उनले बालकलाई अतल्याहबाट लुकाइन् र तिनले त्यसलाई मार्न सकिनन्। \v 12 अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्‍वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। \c 23 \p \v 1 सातौँ वर्षमा पुजारी यहोयादाले आफ्नो सामर्थ्य देखाए। तिनले सय-सय दलका सेनापतिहरूसित करार बाँधे: यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापात थिए। \v 2 तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए। \v 3 तब सारा समुदायले राजासित परमेश्‍वरको मन्दिरमा करार बाँधे। \p यहोयादाले तिनीहरूलाई भने, “याहवेहले दावीदको सन्तानको सम्बन्धमा प्रतिज्ञा गर्नुभएझैँ राजाका छोराले शासन गर्नेछन्। \v 4 अब तपाईंहरूले गर्नुपर्ने यही हो: तपाईंहरू शब्बाथमा काममा खटिएका एक तिहाइ पुजारीहरू र लेवीहरू ढोकाको सुरक्षामा रहनुपर्छ। \v 5 एक तिहाइले राजमहलको सुरक्षामा र एक तिहाइले जगको मूलढोकाको सुरक्षामा रहनुपर्छ; अनि अरू सबै मानिसहरूचाहिँ याहवेहको मन्दिरका चोकहरूमा रहनुपर्छ। \v 6 याहवेहको मन्दिरमा सेवाको कामका निम्ति खटिएका पुजारीहरू र लेवीहरूबाहेक अरू कोही पस्‍न पाउनेछैनन्, तिनीहरू मात्र पस्‍न पाउनेछन्, जो पवित्र पारिएका छन्। तर अरू सबै मानिसहरूले चाहिँ याहवेहले तिनीहरूलाई सुम्पनुभएको काम गर्नुपर्छ। \v 7 लेवीहरू प्रत्येकले आ-आफ्ना हातमा हतियार लिएर राजाको छेउछाउमा पहरा दिएको हुनुपर्छ। मन्दिरमा पस्‍ने जोसुकै पनि मारिनुपर्छ। राजा जहीँ गए तापनि तिनका छेउमै रहनू।” \p \v 8 लेवीहरू र यहूदाका सारा मानिसहरूले पुजारी यहोयादाले आज्ञा दिएझैँ गरे। हरेकले उसको आफ्नै मानिसलाई लिए—शब्बाथमा काममा खटिएकाहरू र काम सकेर फुर्सद पाएकाहरूलाई लिए, किनकि पुजारी यहोयादाले कुनै दललाई पनि बिदा दिएका थिएनन्। \v 9 तब तिनले सय-सयको दलमाथिका सेनापतिहरूलाई परमेश्‍वरको भवनमा रहेका दावीदका भालाहरू, ठूला र साना ढालहरू दिए। \v 10 तिनले राजाका चारैतिर, वेदी र मन्दिरको छेउमा मन्दिरको दक्षिण भागदेखि उत्तर भागसम्म सबै मानिसहरूलाई हातमा हतियार लिएर राखिदिए। \p \v 11 यहोयादा र तिनका छोराहरूले राजाका छोरालाई ल्याएर तिनलाई मुकुट लगाइदिए। तिनीहरूले तिनलाई करारको एक प्रति दिए, र तिनलाई राजा भनी घोषित गरे। तिनीहरूले उनलाई अभिषेक गरे, र तिनीहरू यसो भन्दै कराए, “राजा अमर रहून्!” \p \v 12 जब अतल्याहले मानिसहरू भागदौड गरिरहेका र राजालाई जयजयकार गरिरहेको हल्‍ला सुनिन्, तब तिनी याहवेहको भवनमा तिनीहरूकहाँ गइन्। \v 13 तिनले हेरिन्, र राजालाई प्रवेशद्वारमा आफ्नो खम्बानिर उभिरहेका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए। अनि सारा देशवासीहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए; यसकासाथै गायकहरूले बाजा-गाजासित प्रशंसाको अगुवाइ गरिरहेका थिए। तब अतल्याहले आफ्नो वस्त्रहरू च्यातेर “राजविद्रोह! राजविद्रोह!” भन्दै कराइन्। \p \v 14 पुजारी यहोयादाले दलहरूका जिम्मामा रहेका सय-सयका दलका सेनापतिहरूलाई यसो भनेर पठाए: “आतल्याहलाई दलहरूको बीचमा ल्याओ र तिनलाई पछ्याउने जतिलाई तरवारले मारिदेओ।” किनकि पुजारीले “तिनलाई याहवेहको मन्दिरमा नमार्नू” भनेका थिए। \v 15 यसकारण तिनी घोडा ढोकाको प्रवेशद्वारमा महलको मैदानमा पुग्दा तिनीहरूले तिनलाई पक्रे, र त्यहाँ तिनलाई मारे। \p \v 16 त्यसपछि यहोयादाले आफू, सबै मानिसहरू र राजा याहवेहका मानिसहरू हुनेछन् भनी करार बाँधे। \v 17 सबै मानिसहरू बालको मन्दिरमा गए, र तिनीहरूले त्यसलाई भत्काइदिए। तिनीहरूले वेदी र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारिदिए; अनि बालको पुजारी मत्तानलाई वेदीहरूको सामु मारे। \p \v 18 त्यसपछि यहोयादाले याहवेहको भवनको हेरविचार गर्ने जिम्मा पुजारीहरूका हातमा दिए, जो लेवीहरू थिए। आफ्नो समयदेखि नै स्तुतिगान गर्दै र आनन्द मनाउँदै मोशाको व्यवस्थाअनुसार होमबलि चढाउन र याहवेहको भवनमा काम गर्न दावीदले तिनीहरूलाई खटाइदिएका थिए। \v 19 कुनै अशुद्ध व्यक्ति मन्दिरभित्र पस्‍न नपाओस् भनेर तिनले याहवेहको भवनको मूलढोकाहरूमा द्वारपालहरू पनि राखे। \p \v 20 तिनले आफूसित सय-सयमाथिका सेनापतिहरू, भारदारहरू, प्रजाहरूका प्रशासकहरू र सारा देशवासीहरूलाई लगे। राजालाई पनि याहवेहको भवनबाट पनि ल्याए। तिनीहरू माथिल्‍लो मूलढोकाहरूबाट महलमा पसे; अनि राजालाई राजकीय सिंहासनमाथि बसाए। \v 21 अनि देशका सबै मानिसहरूले हर्ष मनाए। सहरचाहिँ शान्त थियो; किनकि अतल्याह तरवारले मारिएकी थिइन्। \c 24 \s1 योआशले मन्दिर मर्मत गरेका \p \v 1 राजा हुँदा योआश सात वर्षका थिए। तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। तिनकी आमाको नाम सिब्या थियो; जो बेर्शेबाकी थिइन्। \v 2 योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \v 3 यहोयादाले तिनका निम्ति दुई पत्नीहरू चुने, जसबाट तिनका छोराछोरीहरू भए। \p \v 4 केही समयपछि योआशले याहवेहको मन्दिर मर्मत गर्ने निश्‍चय गरे। \v 5 तिनले पुजारीहरू र लेवीहरूलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “यहूदाका सहरहरूमा गएर सारा इस्राएलीहरूबाट वर्षेनी परमेश्‍वरको मन्दिर मर्मत गर्ने रकम बटुल्नुहोस्। यो काम छिट्टै गरिहाल्नू।” तर लेवीहरूले झट्टै काम गरेनन्। \p \v 6 यसकारण राजाले मुख्य पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “याहवेहको सेवक मोशा र इस्राएलको समुदायले साक्षी पाटीको पालको निम्ति तोकिएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी किन लेवीहरूलाई कर लाउनुभएन?” \p \v 7 त्यस बेला त्यस दुष्‍ट स्त्री अतल्याहका छोराहरू परमेश्‍वरको भवनभित्र जबरजस्ती पसे; अनि त्यसका पवित्र चीजहरू पनि बालहरूको निम्ति प्रयोग गरेका थिए। \p \v 8 राजाको आदेशमा एउटा बाकस बनाइयो, र त्यसलाई याहवेहको भवनको मूलढोकामा बाहिर राखियो। \v 9 त्यसपछि यहूदा र यरूशलेममा याहवेका निम्ति कर ल्याउनुपर्छ भनी घोषणा गरियो, जुन कर परमेश्‍वरका जन मोशाले इस्राएलमाथि उजाडस्थानमा लगाएका थिए। \v 10 सबै अधिकृतहरू र मानिसहरूले आ-आफ्ना भेटी बाकस नभरुन्जेल खुशीसाथ त्यसमा हालिरहे। \v 11 लेवीहरूले जहिले पनि त्यो बाकस राजाका अधिकृतहरूकहाँ ल्याउँथे, र तिनीहरूले त्यहाँ धेरै रकम भएको देख्थे। राजकीय सचिव र मुख्य पुजारीका अधिकृत आएर त्यो बाकस खाली गरेर त्यसलाई त्यसकै ठाउँमा राखिदिन्थे। तिनीहरूले नियमित रूपले त्यसो गरे, र ठूलो रकम जम्मा गरे। \v 12 राजा र यहोयादाले त्यो रकम याहवेहको भवनको निम्ति काम गर्ने मानिसहरूलाई दिए। तिनीहरूले याहवेहको भवन पुनर्निर्माण गर्नको लागि डकर्मीहरू, सिकर्मीहरू, र मन्दिर मर्मत गर्नको लागि फलाम र काँसाका काम गर्नेहरूलाई पनि ज्यालामा लिए। \p \v 13 काम जिम्मा लिएका मानिसहरू उद्यमी थिए, र तिनीहरूको अधीनमा काम अगि बढ्यो। तिनीहरूले परमेश्‍वरको भवन त्यसको पहिलेको नमुनाअनुसार पुनर्निर्माण गरे, र थप बलियो बनाए \v 14 तिनीहरूले सिद्ध्याएपछि बाँकी रहेको रकम राजा र यहोयादाकहाँ ल्याए। अनि त्यसबाट याहवेहको भवनका सामग्रीहरू, सेवाका निम्ति र होमबलिका निम्ति सामग्रीहरू, सुन र चाँदीका थाल, कचौरा र अरू चीजहरू बनाइए। यहोयादा बाँचुन्जेल याहवेहको भवनमा होमबलि चढाउने काम भइरह्‍यो। \p \v 15 जब यहोयादा वृद्ध भए, तब तिनी एक सय तीस वर्षको उमेरमा मरे। \v 16 तिनले परमेश्‍वर र उहाँको भवनका निम्ति इस्राएलमा असल काम गरेकाले तिनी राजाहरूसित दावीदको सहरमा गाडिए। \s1 योआशको दुष्‍टता \p \v 17 यहोयादाको मृत्युपछि यहूदाका अधिकृतहरू आए, र राजालाई दण्डवत् गरे। तब तिनले उनीहरूका कुरा सुने। \v 18 तिनीहरूले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको भवनलाई त्यागे; अनि अशेरा देवीका खम्बाहरू र मूर्तिहरूलाई पुजे। तिनीहरूका दोषको कारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आयो। \v 19 याहवेहले मानिसहरूलाई आफूकहाँ फर्काएर ल्याउनलाई अगमवक्ताहरू पठाउनुभयो; अनि तिनीहरूले उनीहरूका विरुद्धमा साक्षी दिए, तर उनीहरूले सुनेनन्। \p \v 20 तब याहवेहको आत्मा पुजारी यहोयादाका छोरा जकरियाकहाँ आउनुभयो। मनिसहरूको सामु खडा भएर तिनले भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू याहवेहका आज्ञाहरू किन उल्‍लङ्घन गर्छौ? तिमीहरूको उन्‍नति हुनेछैन। तिमीहरूले याहवेहलाई त्यागेका छौ, यसकारण उहाँले पनि तिमीहरूलाई ल्याग्नुभएको छ।’ ” \p \v 21 तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र गरे, र राजाको आज्ञाअनुसार तिनीहरूले उनलाई याहवेहको मन्दिरको आँगनमा ढुङ्गाले हानेर मारे। \v 22 राजा योआशले जकरियाका पिता यहोयादाले तिनीप्रति देखाएको दया सम्झेनन्, तर तिनका छोरालाई मारे। अनि मर्ने बेला तिनले यसो भने, “याहवेहले यो देखून्, तपाईंसित त्यही अनुसारको लेखा लिऊन्।” \p \v 23 त्यस वर्षको अन्त्यमा अरामको फौज योआशको विरुद्धमा आए। तिनीहरूले यहूदा र यरूशलेममाथि आक्रमण गरे। मानिसहरूका सबै अगुवाहरूलाई मारिदिए। तिनीहरूले लुटका सबै मालहरू तिनीहरूका राजाकहाँ दमस्कसमा पठाइदिए। \v 24 अरामी फौजमा थोरै मानिसहरू थिए; तापनि याहवेहले तिनीहरूका हातमा एउटा धेरै ठूलो फौजलाई सुम्पिदिनुभयो। यहूदाले याहवेह आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेको कारण योआशमाथि न्याय पर्न गयो। \v 25 अरामीहरू हटेर जाँदा तिनीहरूले योआशलाई घाइते अवस्थामा छोडे। तिनका अधिकृतहरूले पुजारी यहोयादाका छोरा जकरियाको हत्याको कारण तिनको विरुद्धमा षड्यन्त्र गरे, तब तिनलाई आफ्ना पलङमै मारे। यसरी तिनी मरे, र दावीदको सहरमा गाडिए, तर राजाहरूका चिहानहरूमा गाडिएनन्। \p \v 26 तिनको विरुद्धमा षड्यन्त्र गर्नेहरू यिनै थिएः अम्मोनी स्त्री शिम्मतका छोरा जाबाद र मोआबी स्त्री शिम्रितका छोरा यहोजाबाद। \v 27 तिनका छोराहरूको विवरण र तिनको विषयमा भएका धेरै अगमवाणीहरू र परमेश्‍वरको भवनको पुनर्निर्माणको विषयमा राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा अमस्याह राजा भए। \c 25 \s1 यहूदाका राजा अमस्याह \p \v 1 अमस्याह पच्‍चीस वर्षको उमेरमा राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यहोअदीन थियो; र तिनी यरूशलेमकी थिइन्। \v 2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो त्यही गरे, तर सम्पूर्ण हृदयले होइन। \v 3 सम्पूर्ण रूपमा राज्य आफ्नो अधीनमा आएपछि तिनले आफ्ना पिताको हत्या गर्ने ती अधिकृतहरूलाई मृत्युदण्ड दिए। \v 4 तापनि “छोराछोरीहरूका पापको कारण आमाबुबाहरू र आमाबुबाहरूका पापको कारण छोराछोरीहरूलाई नमार्नू, हरेक मानिस आफ्नै पापको कारण मर्नैपर्छ” भनेर याहवेहले आज्ञा दिनुभएको मोशाको व्यवस्थामा लेखिएअनुसार तिनले उनीहरूका सन्तानलाई मारेनन्। \p \v 5 अमस्याहले यहूदाका मानिसहरूलाई एकसाथ बोलाए, र तिनीहरूलाई आफ्ना परिवारहरू बमोजिम सबै यहूदा र बेन्यामीनको निम्ति हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूको जिम्मामा लगाइदिए। त्यसपछि तिनले बीस वर्ष र त्यसभन्दा माथिकाहरूलाई बटुले; अनि लडाइँका निम्ति तयार पारे, जसको संख्या तीन लाख थियो। यी मानिसहरू भाला र ढाल चलाउनमा कुशल थिए। \v 6 तिनले इस्राएलबाट चाँदीका एक सय टालेन्टमा\f + \fr 25:6 \fr*\ft अर्थात्, योचाहिँ लगभग 3.4 मेट्रिक टन थियो; \+xt 9|link-href="2CH 25:9"\+xt* पदमा पनि\ft*\f* एक लाख लडाकु मानिसहरू भाडामा लिए। \p \v 7 तर एक जना परमेश्‍वरका जनले तिनीकहाँ आएर भने, “हे महाराजा, इस्राएलबाटको यो दल तपाईंको साथमा नजाओस्; किनकि याहवेह इस्राएलसँग हुनुहुन्‍न, न त एफ्राइमका कुनै मानिससित नै हुनुहुन्छ। \v 8 यदि तपाईंले गएर साहसपूर्वक युद्ध लड्नुभयो भने पनि परमेश्‍वरले तपाईंलाई शत्रुको अगि परास्त गर्नुहुनेछ; किनकि सहायता गर्ने र हराउने शक्ति परमेश्‍वरसितै छ।” \p \v 9 अमस्याहले परमेश्‍वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” \p परमेश्‍वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।” \p \v 10 यसकारण अमस्याहले आफूकहाँ एफ्राइमबाट आएका दलहरूलाई बिदा दिएर घर पठाइदिए। तिनीहरू यहूदासित रिसले आगो भए; र रिसले चुर हुँदै घरतिर लागे। \p \v 11 तब अमस्याहले साहस गरेर आफ्नो फौजलाई नुनको बेँसीमा लगे; अनि त्यहाँ तिनले सेइरका दश हजार मानिसहरूलाई मारे। \v 12 यहूदाको फौजले पनि दश हजार मानिसहरूलाई जीवितै पक्रे; अनि तिनीहरूलाई एउटा अग्लो चट्टानमा लगेर त्यहाँबाट तल फ्याँकिदिए, तब तिनीहरू सबै टुक्रै-टुक्रा भए। \p \v 13 त्यसै बेला अमस्याहले लडाइँमा भाग लिन नदिएर फर्काइदिएका दलहरूले सामरियादेखि बेथ-होरोनसम्मै यहूदाका सहरहरूमा आक्रमण गरे। तिनीहरूले तीन हजार मानिसहरूलाई मारे, र धेरै मात्रामा लुटका मालहरू लिएर गए। \p \v 14 एदोमीहरूलाई परास्त गरेर फर्कँदा अमस्याहले सेइरका मानिहरूका देवताहरू ल्याए। तिनले ती मूर्तिहरूलाई आफ्नै ईश्‍वरझैँ राखे। तिनीहरूको सामु निहुरे, र तिनीहरूकहाँ होमबलिहरू चढाए। \v 15 तब याहवेहको क्रोध अमस्याहको विरुद्धमा दन्क्यो; अनि उहाँले एक जना अगमवक्ता तिनीकहाँ पठाउनुभयो; जसले तिनलाई भने, “तपाईंले यी मानिसहरूका देवताहरूसित किन सल्‍लाह लिनुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईंको हातबाट बचाउन सकेनन्?” \p \v 16 तिनी बोल्दाबोल्दै राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाको सल्‍लाहकार नियुक्त गरेका छौँ? चुप लाग! तिमी किन मारिन चाहन्छौ?” \p यसकारण ती अगमवक्ता चुप लागे, र यसो भने, “म जान्दछु, तपाईंले यसो गर्नुभएको छ; र मेरो सल्‍लाह सुन्‍नुभएन। यसकारण परमेश्‍वरले तपाईंलाई नाश गर्ने निश्‍चय गर्नुभएको छ।” \p \v 17 यहूदाका राजा अमस्याहले आफ्ना सल्‍लाहकारहरूसित सल्‍लाह लिए; अनि इस्राएलका राजा येहूका नाति यहोआहाजका छोरा योआशकहाँ यसो भनेर चुनौती पठाए, “आऊ, मसँग आमने-सामने लडाइँ गर।” \p \v 18 तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्याहलाई जवाफ दिए, “लेबनानमा भएको एउटा लुहुँडे काँडाले लेबनानको देवदारुलाई यसो भनेर खबर पठायो, ‘तपाईंकी छोरी मेरो छोरासित विवाह गर्न दिनुहोस्।’ तब लेबनानमा भएको एउटा जङ्गली पशु आएर त्यस लुहुँडे काँडालाई खुट्टाले कुल्चिदियो। \v 19 हेर, मैले एदोमलाई परास्त गरेँ भनी तिमी भन्छौ; अब तिमी घमण्डी र अहङ्कारी भएका छौ। तर अब घरमै बसिरहनू! किन विपत्ति खोज्छौ? आफ्नै पतन र यहूदाको समेत किन पतन गर्न चाहन्छौ?” \p \v 20 तर अमस्याहले सुन्‍न चाहेनन्; किनभने तिनीहरूले एदोमका देवताहरू खोजी गरेका थिए। यसकारण परमेश्‍वर तिनीहरूलाई यहोआशको हातमा पारिदिनलाई काम गर्नुभएको थियो। \v 21 यसकारण इस्राएलका राजा येहोआशले आक्रमण गरे। तिनी र यहूदाका राजा अमस्याहले यहूदाको बेथ-शेमेशमा एका-अर्काको सामना गरे। \v 22 यहूदा इस्राएलद्वारा पराजित भयो र प्रत्येक मानिस आ-आफ्नो घरतिर भागेर गए। \v 23 इस्राएलका राजा येहोआशले अहज्याहका नाति योआशका छोरा यहूदाका राजा अमस्याहलाई बेथ-शेमेशमा पक्रे। तब येहोआशले तिनलाई यरूशलेममा ल्याए र यरूशलेमको पर्खाललाई एफ्राइमको मूलढोकादेखि कुनाको मूलढोकासम्म चार सय क्यूबिट\f + \fr 25:23 \fr*\ft अर्थात्, लगभग 600 फिट\ft*\f* लामो भाग तोडिदिए। \v 24 तिनले सबै सुन, चाँदी र ओबेद-एदोमको जिम्मामा रहेका परमेश्‍वरको भवनका सबै सामग्रीहरू, महलका खजाना र कैदीहरू लिए, अनि तिनी सामरियामा फर्के। \p \v 25 यहूदाका राजा योआशका छोरा अमस्याह इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि पन्ध्र वर्ष बाँचे। \v 26 अमस्याहको शासनका अरू घटनाहरू, सुरुदेखि अन्त्यसम्म, के ती यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छैनन् र? \v 27 अमस्याहले याहवेहलाई पछ्याउन छोडेको समयदेखि तिनीहरूले यरूशलेममा तिनको विरुद्धमा षड्यन्त्र रचे; अनि तिनी लाकीशमा भागेर गए, तर तिनीहरूले लाकीशमा मानिसहरू पठाएर तिनलाई त्यहीँ मारे। \v 28 तिनलाई घोडामाथि बोकाएर ल्याइयो, र यहूदामा सहरमा आफ्ना पुर्खाहरूसित गाडियो। \c 26 \s1 यहूदाका राजा उज्जियाह \p \v 1 तब यहूदाका सारा मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए; अनि तिनलाई तिनका पिता अमस्याहको सट्टामा राजा तुल्याए। \v 2 अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि एलोतलाई पुनर्निर्माण गरेर त्यसलाई फेरि यहूदामा मिलाउने तिनी नै थिए। \p \v 3 उज्जियाह राजा हुँदा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमकी थिइन्। \v 4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \v 5 आफूलाई परमेश्‍वरको भय राख्न सिकाउने जकरियाको समयमा अमस्याहले परमेश्‍वरको खोजी गरुन्जेल उहाँले तिनलाई सफलता दिनुभयो। \p \v 6 तिनी पलिश्तीहरूको विरुद्धमा युद्ध गर्न गए; अनि गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए। त्यसपछि तिनले पलिश्तीहरूको बीचमा अश्दोद र छेउछाउका सहरहरू पुनर्निर्माण गरे। \v 7 परमेश्‍वरले तिनलाई पलिश्तीहरू र गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो। \v 8 अम्मोनीहरूले उज्जियाहलाई सलामी तिरे। तिनको ख्याति इजिप्टको सीमासम्म फैलियो; किनकि तिनी अति सामर्थी भएका थिए। \p \v 9 उज्जियाहले यरूशलेममा कुने मूलढोकामा, बेँसी मूलढोका र पर्खालको कुनामा धरहराहरू बनाए, र तिनले सहरलाई सुरक्षित पारे। \v 10 तिनीसित तराई र मैदानमा धेरै गाईबस्तु भएकाले तिनले उजाडस्थानमा पनि धरहराहरू बनाए, र धेरै कुवाहरू खने। तिनी कृषिमा रुचि राख्दथे। यसैले तिनीसित तराईका खेत र पहाडका दाखबारीहरूमा काम गर्ने मानिसहरू थिए। \p \v 11 उज्जियाहसित दल-दल गरी बाहिर जान तयार रहेका असल तालिम प्राप्‍त फौज थिए, जसलाई संख्याअनुसार सचिव यीएल र अधिकृत मासेयाहले एक जना राजकीय अधिकृत हनन्याहको अधीनमा भेला गर्थे। \v 12 ती लडाकु मानिसहरूमाथि रहेका परिवारका मुखियाहरूको जम्मा संख्या दुई हजार छ सय थियो। \v 13 तिनीहरूको अधीनमा युद्धको निम्ति तालिम पाएका र राजाका शत्रुहरूको विरुद्धमा तिनलाई सघाउने 3,07,500 मानिसहरू थिए। \v 14 उज्जियाहले आफ्नो सम्पूर्ण फौजका निम्ति ढालहरू, भालाहरू, टोपहरू, झिलमहरू, धनुहरू र घुयेँत्रोका ढुङ्गाहरू प्रबन्ध गरिदिएका थिए। \v 15 यरूशलेममा तिनले धरहराहरू र कुनाको सुरक्षामा प्रयोग गर्नका लागि आविष्कार गरिएका उपकरणहरू बनाएका थिए, ताकि सिपाहीहरूले तीरहरू हान्‍न र पर्खालहरूबाट ठूला-ठूला ढुङ्गाहरू हान्‍न सकून्। तिनको ख्याति चारैतिर टाढा-टाढासम्म फैलियो, किनकि तिनी शक्तिशाली नभएसम्म तिनले धेरै सहयोग पाइरहे। \p \v 16 तर उज्जियाह सामर्थी भएपछि, तिनको अहङ्कारले तिनलाई पतन गरायो। तिनी याहवेह आफ्ना परमेश्‍वरप्रति अविश्‍वासी भए; अनि धूप-वेदीमा आफैँ धूप बाल्न तिनी परमेश्‍वरको भवनभित्र पसे। \v 17 पुजारी अजर्याहले याहवेहका असी जना साहसी पुजारीहरूसित तिनलाई मन्दिरभित्रसम्म पछ्याए। \v 18 तिनीहरूले तिनको विरोध गरेर भने, “हे राजा उज्जियाह, याहवेहका निम्ति धूप बाल्न तपाईंको काम होइन। यो काम धूप बाल्ने काममा पवित्र तुल्याइएका हारूनका सन्तान पुजारीहरूका निम्ति हो। तपाईंले विश्‍वासघात गर्नुभएको छ। यसकारण मन्दिरबाट बाहिर गइहाल्नुहोस्, र तपाईंले याहवेह परमेश्‍वरबाट सम्मान पाउनुहुनेछैन।” \p \v 19 तर उज्जियाह राजा रिसाए; किनकि धूप बाल्नलाई भनी हातमा धूपदानी लिएका थिए। तिनी याहवेहको मन्दिरमा धूप वेदीको सामु पुजारीहरूसित रिसाउँदै गरेको बेला तिनको निधारमा कुष्‍ठरोग देखा पर्‍यो। \v 20 मुख्य पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेरे, तब तिनको निधारमा कुष्‍ठरोग लागेको देखे; अनि तिनीहरूले तिनलाई हतार-हतार बाहिर निकालिदिए। याहवेहले तिनीमाथि विपत्ति पठाउनुभयो। त्यसकारण तिनी आफैँ पनि हतार गरेर निस्कन चाहन्थे। \p \v 21 राजा उज्जियाह आफू नमरेसम्म कुष्‍ठरोगले ग्रसित भइरहे। तिनी कुष्‍ठरोगले ग्रसित भएर एउटा अलग्गै घरमा बस्‍न थाले। तिनलाई याहवेहको मन्दिरमा पनि प्रवेश निषेध गरियो। तिनका छोरा योतामलाई महलको जिम्मा सुम्पियो र तिनले देशवासीहरूमाथि शासन गर्न थाले। \p \v 22 उज्जियाहको शासनकालका अरू घटनाहरूको विवरण, सुरुदेखि अन्त्यसम्म, आमोजका छोरा अगमवक्ता यशैयाले लेखेका छन्। \v 23 उज्जियाह आफ्ना पुर्खाहरूसित सुते; अनि राजाहरू गाडिने ठाउँको चिहान नजिक गाडिए, किनकि मानिसहरूले “तिनी कुष्‍ठरोगी हुन्” भन्थे। तिनीपछि तिनका छोरा योताम राजा भए। \c 27 \s1 यहूदाका राजा योताम \p \v 1 योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। \v 2 तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे। \v 3 योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे। \v 4 तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए। \p \v 5 योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट\f + \fr 27:5 \fr*\ft अर्थात्, लगभग 3.4 मेट्रिक टन\ft*\f* चाँदी, दश हजार कोर\f + \fr 27:5 \fr*\ft अर्थात्, लगभग 1,600 मेट्रिक टन\ft*\f* गहुँ र दश हजार कोर\f + \fr 27:5 \fr*\ft अर्थात्, लगभग 1,350 मेट्रिक टन\ft*\f* जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए। \p \v 6 याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए। \p \v 7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। \v 8 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। \v 9 योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए। \c 28 \s1 यहूदाका राजा आहाज \p \v 1 राजा हुँदा आहाज बीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दावीदले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यो गरेनन्। \v 2 तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँडे, र बाल-देवताहरूका निम्ति ढलौटे मूर्तिहरू पनि बनाए। \v 3 तिनले बेन-हिन्‍नोमको बेँसीमा बलिदानहरू चढाए; अनि याहवेहले इस्राएलीहरूका सामु धपाइदिनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा चलेर आफ्ना सन्तानलाई आगोमा बलिदान चढाए। \v 4 तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले। \p \v 5 यसकारण याहवेह तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो। अरामीहरूले तिनलाई परास्त गरे, र तिनका धेरै मानिसहरूलाई कैदी बनाएर दमस्कस ल्याए। \p तिनलाई इस्राएलका राजाको हातमा दिइयो, जसले तिनलाई पूर्ण रूपले पराजित गरे। \v 6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए। \v 7 एक जना एफ्राइम शूरवीर जिक्रीले राजाका छोरा मासेयाहलाई, महलका अधिपति अज्रीकाम र राजापछि दोस्रो हुने मानिस एल्कानालाई मारे। \v 8 इस्राएलीहरूले आफ्नै सङ्गी-जाति, जो यहूदाबाट थिए; दुई लाख स्त्रीहरू, छोराहरू र छोरीहरूलाई कैद गरेर लगे। तिनीहरूले धेरै मात्रामा लुटका मालहरू लिएर सामरियामा लगे। \p \v 9 तर त्यहाँ ओदेद नाम गरेका याहवेहका एक जना अगमवक्ता थिए। फौज सामरियामा फर्केर आउँदा उनी तिनीहरूलाई भेट्न गए। उनले तिनीहरूलाई भने, “याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहूदासित रिसाउनुभएको हुनाले उहाँले तिनीहरूलाई तिमीहरूका हातमा दिनुभयो। तर तिमीहरूले आफ्ना रिसमा तिनीहरूलाई मारेको कुरा स्वर्गसम्म पुगेको छ। \v 10 अब तिमीहरूले यहूदा र यरूशलेमका पुरुषहरू र स्त्रीहरूलाई आफ्ना दास-दासी बनाउने इच्छा गरेका छौ। तर के तिमीहरू पनि याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पापका दोषी छैनौ र? \v 11 अब मेरा कुरा सुन! तिमीहरूले कैद गरेर ल्याएका आफ्नै जातिलाई फर्काइदेऊ; किनभने याहवेहको भयानक क्रोध तिमीहरूमाथि रहेको छ।” \p \v 12 तब एफ्राइमका केही अगुवाहरू, यहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्याह, शल्‍लूमका छोरा यहिज्कयाह र हद्लैका छोरा अमासाले लडाइँबाट आएकाहरूसित तर्कवितर्क गरे। \v 13 तिनीहरूले भने, “तिमीहरूले यी कैदीहरूलाई यहाँ नल्याओ; नत्रता हामी याहवेहको सामु दोषी हुनेछौँ। के तिमीहरू हाम्रा पाप र दोष थप्न चाहन्छौ? किनकि हाम्रा अपराध ठूलो छ र उहाँको भयानक क्रोध इस्राएलमाथि रहेको छ।” \p \v 14 यसकारण ती सिपाहीहरूले कैदीहरू र लुटका माललाई अधिकृतहरू र सारा समुदायको उपस्थितिमा छोडिदिए। \v 15 नाम अनुसारका पद भएका मानिसहरूले कैदीहरूलाई लिए, र त्यस लुटका मालबाट तिनीहरूले नाङ्गाहरूलाई लुगा लगाइदिए। तिनीहरूले उनीहरूलाई लुगा, जुत्ता, भोजन, पानी र निको पार्ने मलम प्रबन्ध गरिदिए। कमजोर जतिलाई तिनीहरूले गधाहरूमाथि चढाए। यसरी तिनीहरूले आफ्नै जातिहरूलाई यरीहो, अर्थात् खजूरको सहरमा लिएर गए, र तिनीहरू सामरियामा फर्के। \p \v 16 त्यस बेला राजा आहाजले अश्शूरका राजाकहाँ सहायताका निम्ति बिन्ती गरे। \v 17 एदोमीहरूले फेरि यहूदामाथि आक्रमण गरेर कैदीहरूलाई लगेका थिए। \v 18 किनभने पलिश्तीहरूले पहाडहरूमा भएका सहरहरू र यहूदाको दक्षिणतिर\f + \fr 28:18 \fr*\fq दक्षिणतिर \fq*\ft अर्थात्, \ft*\fqa नेगेव\fqa*\f* लुटपाट गरेका थिए। तिनीहरूले बेथ-शेमेश, अय्यालोन, गदेरोत, सोको, तिम्ना, गिम्जो र तिनीहरूका चारैतिरका गाउँहरूसमेत कब्जा गरे। \v 19 इस्राएलका राजा आहाजको कारणले नै याहवेहले यहूदालाई विनम्र तुल्याउनुभएको थियो; किनभने यहूदामा तिनले दुष्‍टता बढाएर तिनी याहवेहप्रति साह्रै नै विश्‍वासघाती भएका थिए। \v 20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए, तर तिनले उनलाई सहायताको साटो दुःख दिए। \v 21 आहाजले याहवेहको मन्दिरबाट, राजमहलबाट र राजकुमारहरूबाट केही चीजहरू लिएर ती अश्शूरका राजालाई चढाएका थिए; तर त्यसबाट तिनलाई केही सहायता मिलेन। \p \v 22 विपत्तिको समयमा राजा आहाज याहवेहप्रति अझ बढी अविश्‍वासी भए। \v 23 तिनले आफूलाई परास्त गर्ने दमस्कसका देवताहरूकहाँ बलिदानहरू चढाए; किनकि तिनले सोचेका थिए, “अरामका राजाहरूका देवताहरूले तिनीहरूलाई सघाएको कारण मैले तिनीहरूकहाँ बलिदान चढाएँ भने तिनीहरूले मलाई पनि सघाउने छन्।” तर ती तिनको र सारा इस्राएलको पतनको कारण बने। \p \v 24 आहाजले परमेश्‍वरको मन्दिरबाट सजाउने सामानहरू जम्मा गरे र ती सामानहरूलाई टुक्रा-टुक्रा पारिदिए। तिनले याहवेहको मन्दिरका ढोकाहरू थुनिदिए, र यरूशलेमको सहरको प्रत्येक बाटोको कुनामा वेदीहरू खडा गरे। \v 25 यहूदाका प्रत्येक सहरमा तिनले अरू देवताहरूलाई बलिदानहरू चढाउने ठाउँहरू निर्माण गरे, र याहवेह तिनका पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्याए। \p \v 26 तिनको शासनकालका अरू घटनाहरू र तिनका सबै चालहरू, सुरुदेखि अन्त्यसम्म, यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्। \v 27 आहाज आफ्ना पुर्खाहरूसित सुते, र यरूशलेमको सहरमा गाडिए, तर तिनी इस्राएलका राजाहरूका चिहानहरूमा राखिएनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए। \c 29 \s1 हिजकियाले मन्दिर शुद्ध पारेका \p \v 1 राजा हुँदा हिजकिया पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। तिनकी आमाको नाम अबीयाह थियो। तिनी जकरियाकी छोरी थिइन्। \v 2 आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। \p \v 3 आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे। \v 4 तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए, \v 5 र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ। \v 6 हाम्रा पुर्खाहरू विश्‍वासयोग्य थिएनन्; तिनीहरूले याहवेह हाम्रा परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे र उहाँलाई त्यागे। तिनीहरूले आफ्ना अनुहार याहवेहको वासस्थानदेखि अर्कैतिर फर्काए, र तिनीहरूले आफ्ना पिठिउँ उहाँतिर फर्काए। \v 7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्‍वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्। \v 8 यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ। \v 9 यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्। \v 10 उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्ने इच्छा गर्छु। \v 11 मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्‍नुभएको छ।” \b \lh \v 12 तब यी लेवीहरू काम गर्न निस्के: \b \li1 कहातीहरूबाट: \li2 अमासैका छोरा महत र अजर्याहका छोरा योएल; \li1 मरारीहरूबाट: \li2 अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह; \li1 गेर्शोनीहरूबाट: \li2 जिम्माहका छोरा योआ र योआका छोरा अदन; \li1 \v 13 एलीशापानका सन्तानहरूबाट: \li2 शिम्री र यीएल; \li1 आसापका सन्तानहरूबाट: \li2 जकरिया र मत्तन्याह; \li1 \v 14 हेमानका सन्तानहरूबाट: \li2 यहीएल र शिमी; \li1 यदूतूनका सन्तानहरूबाट: \li2 शमायाह र उज्जीएल। \b \p \v 15 तिनीहरूले आफ्ना लेवी दाजुभाइहरूलाई भेला गरेर आफूलाई पवित्र गरे; अनि याहवेहको आज्ञाअनुसार राजाले हुकुम गरेझैँ तिनीहरू याहवेहको मन्दिर शुद्ध गर्न भित्र पसे। \v 16 पुजारीहरू पवित्रस्थानलाई शुद्ध गर्न त्यसभित्र पसे। तिनीहरूले याहवेहको भवनभित्र भेट्टाएका हरेक अशुद्ध कुरा याहवेहको मन्दिरबाट बाहिर आँगनमा ल्याए। लेवीहरूले त्यसलाई बोकेर किद्रोनको खोल्सामा लगे। \v 17 पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे, र आठौँ दिनमा तिनीहरू दलानसम्म पुगे। अनि अझै आठ दिनसम्म तिनीहरूले याहवेहको मन्दिर पवित्र गरे; अनि पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्यो काम सिद्ध्याए। \p \v 18 तब तिनीहरू राजा हिजकियाकहाँ गएर खबर दिए: “हामीले याहवेहको सम्पूर्ण मन्दिर होमबलिको वेदी र त्यसका सबै भाँडाकुँडाहरू, पवित्र रोटी राख्ने टेबुल र त्यसका सामग्रीहरू शुद्ध गरेका छौँ। \v 19 राजा हुँदा आहाजले आफ्नो अविश्‍वासमा हटाएका सबै सामग्रीहरू हामीले तयार गरेर शुद्ध पारेका छौँ। ती अब याहवेहको वेदीको सामु छन्।” \p \v 20 भोलिपल्ट बिहानै राजा हिजकियाले सहरका अधिकृतहरूलाई एकसाथ भेला गरे, र याहवेहको मन्दिरमा उक्लेर गए। \v 21 तिनीहरूले राज्यको निम्ति, पवित्रस्थानको निम्ति र यहूदाको निम्ति पाप शुद्धीकरण बलिस्वरूप सात वटा साँढे, सात वटा भेडा, सात वटा भेडाका थुमा र सात वटा बोका ल्याए। राजाले हारूनका सन्तान पुजारीहरूलाई ती याहवेहको वेदीमा चढाउने हुकुम गरे। \v 22 यसकारण तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले रगत लिएर त्यो वेदीमाथि छर्किदिए; अर्को दिन तिनीहरूले भेडा मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। त्यसपछि तिनीहरूले थुमाहरू मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। \v 23 पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे। \v 24 त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्‍चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए। \p \v 25 तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो। \v 26 यसकारण लेवीहरू दावीदका बाजाहरू र पुजारीहरू आफ्ना तुरहीसित उभिए। \p \v 27 हिजकियाहले वेदीमाथि होमबलि चढाउने हुकुम दिए। भेटी चढाउने काम सुरु भएपछि याहवेहका निम्ति इस्राएलका राजा दावीदका तुरहीहरू र बाजाहरूबाट स्तुति गाउने काम पनि सुरु भयो। \v 28 सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्‍त नभएसम्म यस्तो भइरह्‍यो। \p \v 29 भेटीहरू चढाइसकिएपछि राजा र तिनीसित भएका सबै जनाले घुँडा टेकेर आराधना गरे। \v 30 राजा हिजकिया र तिनका अधिकृतहरूले लेवीहरूलाई दावीदका र दर्शी आसापका शब्दहरूमा याहवेहको प्रशंसा गर्ने हुकुम गरे। यसकारण तिनीहरूले खुशीसाथ प्रशंसाका गीत गाए; र आफ्ना शिरहरू निहुराएर आराधना गरे। \p \v 31 तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए। \p \v 32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए। \v 33 बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए। \v 34 तरै पनि ती होमबलिका सबै छालाहरू निकाल्नको निम्ति पुजारीहरू अति कम थिए; यसकारण त्यो काम समाप्‍त नभएसम्म र अरू पुजारीहरूलाई पवित्र नपारेसम्म तिनीहरूकै आफन्त लेवीहरूले तिनीहरूलाई सघाए। किनकि आफूलाई पवित्र पार्ने काममा पुजारीहरूभन्दा लेवीहरू बढी होसियारी थिए। \v 35 त्यहाँ होमबलि पर्याप्‍त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। \p यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो। \v 36 परमेश्‍वरले आफ्ना जातिको निम्ति गर्नुभएको कामको निम्ति हिजकिया र सबै मानिसहरूले आनन्द मनाए; किनकि यो यति चाँडो गरिएको थियो। \c 30 \s1 हिजकियाले निस्तार चाड मनाएका \p \v 1 हिजकियाले सारा इस्राएल र यहूदामा खबर पठाए; अनि एफ्राइम र मनश्शेलाई पनि पत्रहरू लेखे। तिनीहरूलाई याहवेह इस्राएलका परमेश्‍वरका निम्ति यरूशलेममा याहवेहको मन्दिरमा निस्तार चाड मनाउन आऊन् भनी निम्तो पठाए। \v 2 राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे। \v 3 पर्याप्‍त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्। \v 4 यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो। \v 5 तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्‍चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन। \p \v 6 राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो: \pm “इस्राएलका मानिस हो, अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर याहवेहकहाँ फर्केर आओ। तिमीहरू छोडिएकाहरू र अश्शूरका राजाहरूका हातबाट उम्केकाहरूकहाँ उहाँ पनि फर्किआऊन्। \v 7 तिमीहरूका पुर्खा र सङ्गी इस्राएलीहरूझैँ नहोओ, जो याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासघाती थिए; तिमीहरूले देखेकै छौ, उहाँले तिनीहरूलाई आतङ्कको पात्र बनाउनुभयो। \v 8 तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्‍वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्। \v 9 यदि तिमीहरू याहवेहतिर फर्कियौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका बालबच्‍चाहरूले तिनीहरूलाई पक्रनेहरूबाट दया पाउनेछन्, र तिनीहरू यस देशमा फर्केर आउनेछन्; किनकि याहवेह तिमीहरूका परमेश्‍वर अनुग्रही र दयालु हुनुहुन्छ। तिमीहरू उहाँकहाँ फर्कियौ भने उहाँले तिमीहरूदेखि आफ्नो अनुहार फर्काउनुहुनेछैन।” \p \v 10 ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे। \v 11 तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। \v 12 यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्‍वरका हात मानिसहरूमाथि थियो। \p \v 13 दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो। \v 14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए। \p \v 15 तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए। \v 16 तब तिनीहरूले परमेश्‍वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के। \v 17 त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्‍यो। \v 18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्, \v 19 जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।” \v 20 याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो। \p \v 21 यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए। \p \v 22 हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे। \p \v 23 त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए। \v 24 यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए। \v 25 पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्‍ने परदेशीहरू पनि सामेल थिए। \v 26 इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो। \v 27 पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्‍वरले तिनीहरूको कुरा सुन्‍नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो। \c 31 \p \v 1 जब उत्सव सकियो, तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका नगरहरूमा गएर चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए; अनि अशेरा देवीका खम्बाहरू ढालिदिए। तिनीहरूले समस्त यहूदा र बेन्यामीन, एफ्राइम र मनश्शेका अग्ला देवस्थान र वेदीहरू भत्काइदिए। यी सबै गरिसकेपछि प्रत्येक इस्राएली आ-आफ्नो नगर र पैतृक भूमिमा फर्के। \s1 आराधनाको लागि भेटी \p \v 2 हिजकियाहले पुजारीहरू र लेवीहरूका प्रत्येकलाई तिनीहरूका पुजारी र लेवीहरूका कर्तव्यअनुसार होमबलि र मेलबलिहरू चढाउन, धन्यवाद चढाउन; अनि सेवा गर्नलाई याहवेहको वासस्थानका मूलढोकाहरूमा प्रशंसा-स्तुतिहरू गाउने काममा दल-दल गरेर खटाइदिए। \v 3 राजाले आफ्नै सम्पत्तिबाट याहवेहको व्यवस्थामा लेखिएअनुसार बिहान र बेलुकाका होमबलिहरू र शब्बाथहरू, औँसीहरू र तोकिएका चाडहरूका निम्ति भेटी दिए। \v 4 पुजारीहरू र लेवीहरूले आफूलाई याहवेहको व्यवस्थाका निम्ति अर्पण गर्न सकून् भनेर राजाले यरूशलेममा बस्‍ने मानिसहरूलाई पुजारीहरू र लेवीहरूको भाग दिनू भनेर हुकुम गरे। \v 5 त्यो हुकुम हुनेबित्तिकै इस्राएलीहरूले उदार चित्तले आफ्ना अन्‍न, नयाँ दाखमद्य, जैतुनको तेल, मह र खेतले उब्जाएका सबै कुराको पहिलो फल दिए। तिनीहरूले हरेक कुराको प्रशस्त मात्रामा दशांश ल्याए। \v 6 यहूदाका नगरहरूमा बस्‍ने इस्राएल र यहूदाका मानिसहरूले पनि आफ्ना बथान र बगालका दशांश र याहवेह तिनीहरूका परमेश्‍वरकहाँ अर्पण गरिएका पवित्र चीजहरूको दशांश ल्याए; अनि तिनीहरूले ती कुराहरूको थाक-थाक लगाए। \v 7 तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए। \v 8 जब हिजकिया र तिनका सबै अधिकृतहरू आएर ती थाकहरू देखे, तब तिनीहरूले याहवेहको प्रशंसा गरे, र आफ्ना प्रजा इस्राएललाई आशीर्वाद दिए। \p \v 9 हिजकियाले ती थुप्राहरूको विषयमा पुजारीहरू र लेवीहरूलाई सोधे, \v 10 र सादोकको परिवारबाटका मुख्य पुजारी अजर्याहले जवाफ दिए, “मानिसहरूले आफ्ना भेटीहरू याहवेहको मन्दिरमा ल्याउन थालेदेखि हामीसित खानलाई प्रशस्त छन् र प्रशस्त उब्रन्छन्। किनकि याहवेहले उहाँका मानिसहरूलाई आशिष् दिनुभएको छ, र धेरै मात्रामा उब्रेका पनि छन्।” \p \v 11 हिजकियाले याहवेहको मन्दिरमा भण्डार-कक्षहरू तयार गर्ने हुकुम दिए; अनि तिनीहरूद्वारा ती तयार गरिए। \v 12 तब तिनीहरूले विश्‍वासयोग्यतासाथ भेटीहरू, दशांशहरू र अर्पण गरिएका उपहारहरू ल्याए। यी कुराहरूका अधिकृत लेवी कनन्याह थिए। अनि उपअधिकृत पदमा चाहिँ तिनका भाइ शिमी थिए। \v 13 राजा हिजकिया र परमेश्‍वरको मन्दिरको जिम्मामा रहेका अधिकृत अजर्याहद्वारा नियुक्त गरिएका यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह, कनन्याह र तिनका भाइ शिमीका अधीनमा रेखदेख गर्नेहरू थिए। \p \v 14 लेवी यिम्नाका छोरा कोरे पूर्वपट्टि मूलढोकाका द्वारपाल थिए; अनि तिनीचाहिँ परमेश्‍वरका स्वेच्छा-भेटीहरू, याहवेहका भेटीहरू र पवित्र गराइएका चीजहरू बाँड्ने काममा अधिपति थिए। \v 15 अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले तिनीहरूका सङ्गी पुजारीहरूका सहरहरूमा तिनीहरूका दल-दलअनुसार, तिनीहरूका बुढापाका र जवानहरूलाई विश्‍वासयोग्य रूपले बाँड्नलाई लेवी कोरेलाई सहायता गरे। \p \v 16 यसबाहेक तिनीहरूले वंशावलीमा नाम दर्ता भएका तीन वर्ष उमेर पुगेका र त्योभन्दा माथिकालाई आफ्ना जिम्मेवारी र दलहरूअनुसार तिनीहरूका विभिन्‍न कामहरूका जिम्मेवारी दिनहुँ निभाउनका लागि याहवेहको मन्दिरभित्र प्रवेश गर्नेहरूलाई पनि बाँडिदिए। \v 17 तिनीहरूले आफ्ना परिवारहरूका वंशावलीमा नाम दर्ता गराइदिएका र बीस वर्षभन्दा माथिका लेवीहरूलाई तिनीहरूका जिम्मेवारी र दलअनुसारका पुजारीहरूलाई बाँडिदिन्थे। \v 18 तिनीहरूले सबै बालबच्‍चा, पत्नी र यी वंशावलीहरूमा सूचित भएका सम्पूर्ण समाजका छोराछोरीहरूलाई पनि सामेल गराए। किनकि तिनीहरू आफूलाई पवित्र पार्नमा विश्‍वासयोग्य थिए। \p \v 19 सहरहरूका चारैतिर भएका खेतीका जमिनहरूमा बस्‍ने अथवा कुनै सहरमा बस्‍ने हारूनका वंशका पुजारीहरू, हारूनका सन्तानहरूका निम्ति चाहिँ तिनीहरूका बीचमा भएका हरेक पुरुष र लेवीका वंशावलीहरूमा दर्ता भएअनुसार सबैका भागहरू बाँडिदिन नामद्वारा तोकिएका मानिसहरू खटाइएका थिए। \p \v 20 हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे। \v 21 परमेश्‍वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्‍वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्‍नति भयो। \c 32 \s1 यरूशलेमलाई सनहेरीबको धम्की \p \v 1 हिजकियाले पूर्ण विश्‍वासयोग्यतामा सबै काम गरिसकेपछि अश्शूरका राजा सनहेरीब आए र यहूदामाथि आक्रमण गरे। तिनले सुरक्षित सहरहरूलाई आफ्ना निम्ति जित्ने विचारले ती सहरहरू घेरे। \v 2 सनहेरीबले यरूशलेमसित युद्ध गर्ने विचार राखेका छन् भनी हिजकियाले सुने। \v 3 तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्‍लाह लिए; अनि तिनीहरूले उनलाई सघाए। \v 4 मानिसहरूको एउटा ठूलो दल भेला भयो; अनि तिनीहरूले देशबाट भएर जाने सबै पानीका मुहानहरू थुनिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले आएर किन प्रशस्त पानी भेट्टाऊन्?” \v 5 तब तिनले कठोर परिश्रमसाथ पर्खालका भत्किएका भागहरू मर्मत गरे; अनि तीमाथि धरहराहरू निर्माण गरे। तिनले त्यस पर्खालबाहिर अर्को पर्खाल बनाए, र दावीदको सहरका छानाहरूलाई बलियो पारे। तिनले धेरै मात्रामा भाला र ढालहरू पनि बनाए। \p \v 6 तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ। \v 7 अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ। \v 8 तिनीसित शारीरिक हतियारहरू मात्र छन्, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा युद्धहरू लडिदिनुहुने याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ।” यसरी यहूदाका राजा हिजकियाले भनेका कुराबाट मानिसहरूले आत्मबल पाए। \p \v 9 त्यसपछि जब अश्शूरका राजा सनहेरीब र तिनका सबै दलहरूले लाकीशलाई घेरा हलिरहेका थिए, तब तिनले आफ्ना अधिकृतहरूलाई यहूदाका राजा हिजकिया र त्यहाँ भएका सम्पूर्ण यहूदावासीहरूका निम्ति यो सन्देशको साथ यरूशलेममा पठाए: \pm \v 10 “अश्शूरका राजा सनहेरीब यसो भन्छन्: तिमीहरूले कुन कुरामाथि भरोसा राखेर आफू यरूशलेमभित्र घेरा हालेर बसेका छौ? \v 11 जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्‍वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्। \v 12 के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र? \pm \v 13 “मैले र मेरा पुर्खाहरूले अरू देशका मानिसहरूलाई जे गरेका छौँ, के तिमीहरू जान्दैनौ? के ती जातिहरूका देवताहरूले मेरो हातबाट तिनीहरूको देशलाई कहिल्यै बचाउन सकेका थिए? \v 14 मेरा पुर्खाहरूले नाश गरेका जातिहरूका सबै देवताहरूमध्ये कसले आफ्ना मनिसहरूलाई मबाट बचाउन सक्यो र? त्यसो भए कसरी तिमीहरूका ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्लान्? \v 15 अब हिजकियालाई तिमीहरूलाई धोका दिएर छल्न नदेऊ। तिनीमाथि विश्‍वास नगर; किनकि कुनै पनि जाति र राज्यका देवताले आफ्नो जातिलाई मेरो हातबाट अथवा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन। तिमीहरूलाई झन् के बचाउन सक्लान् र!” \p \v 16 सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्‍वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले। \v 17 राजाले याहवेह इस्राएलका परमेश्‍वरलाई अपमान गर्दै यसो भन्दै उहाँको विरोध गरेर पत्र लेखे: “अरू देशहरूका मानिसहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउन नसकेझैँ हिजकियाका ईश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट छुटाउनेछैन।” \v 18 तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे। \v 19 यरूशलेमका परमेश्‍वरको विषयमा तिनीहरूले संसारका अरू जातिहरूका देवताहरूको विषयमाझैँ मानिसहरूका हातका काम मात्र हो भनी भने। \p \v 20 राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे। \v 21 तब याहवेहले एउटा स्वर्गदूत पठाउनुभयो र तिनले अश्शूरका राजाका छाउनीमा भएका लडाकु मानिसहरू, अगुवाहरू र अधिकृतहरूको नामनिशानै मेटिदिए। यसरी तिनी अपमानित भएर आफ्नै देशमा फर्के। तिनी आफ्नै देवताको मन्दिरमा गएपछि तिनका आफ्नै छोराहरूमध्ये केहीले तिनलाई तरवारले छिनाइदिए। \p \v 22 यसरी याहवेहले हिजकिया र यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब र अरू सबैका हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट रक्षा गर्नुभयो। \v 23 धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले। \s1 हिजकियाको अहङ्कार, सफलता र मृत्यु \p \v 24 ती दिनहरूमा हिजकिया बिरामी भएर मर्न लागे। तिनले याहवेहसित प्रार्थना गरे, र उहाँले तिनलाई जवाफ दिएर एउटा चिन्ह दिनुभयो। \v 25 तर हिजकियाहको हृदय अहङ्कारी थियो; तिनले आफूमाथि देखाइएको दयाप्रति कुनै प्रतिक्रिया देखाएनन्। यसकारण याहवेहको क्रोध तिनी, यहूदा र यरूशलेममाथि रह्‍यो। \v 26 तब हिजकियाले आफ्नो हृदयको अहङ्कारको निम्ति पश्‍चात्ताप गरे, जसरी यरूशलेमका मानिसहरूले गरेका थिए। यसकारण याहवेहको क्रोध हिजकियाको शासनकालमा तिनीहरूमाथि आएन। \p \v 27 हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए। \v 28 तिनले अन्‍नको कटनी, नयाँ दाखमद्य र जैतुन तेल सुरक्षित राख्ने गोदामहरू बनाए। तब तिनले विभिन्‍न किसिमका जन्तुहरूका निम्ति तबेलाहरू र आफ्ना बगालका निम्ति गोठहरू पनि बनाए। \v 29 तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्‍त गरे; किनकि परमेश्‍वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो। \p \v 30 गीहोनको पानीको मूलको माथिल्‍लो निकासलाई थुनेर त्यस पानीलाई कुलोद्वारा दावीदको सहरको पश्‍चिम भागतिर लैजाने हिजकिया नै थिए। आफूले गरेका हरेक काममा उनी सफल हुन्थे। \v 31 तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्‍वरले तिनका मनमा रहेका सबै कुरा जान्‍नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो। \p \v 32 हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्। \v 33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते; अनि दावीदका सन्तानहरूका चिहानहरू भएको डाँडामा गाडिए। तिनको मृत्यु हुँदा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई सम्मान दिए। तिनीपछि तिनका छोरा मनश्शे राजा भए। \c 33 \s1 यहूदाका राजा मनश्शे \p \v 1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। \v 2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 3 आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए, र अशेरा देवीका खम्बाहरू बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे; र तिनीहरूलाई पुजे। \v 4 तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए। \v 5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए। \v 6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्‍नोमको बेँसीमा आगोमा बलिदान गरे। तिनले जोखना हेर्न र तन्त्रमन्त्र, टुनामुना गर्न लगाए; अनि जादुगरी माध्यमहरू र भूतप्रेतहरूसित सल्‍लाह लिए। तिनले याहवेहको दृष्‍टिमा अति दुष्‍टता गरे; अनि उहाँलाई रिस उठाए। \p \v 7 तिनले आफूले खोपेका आकृतिलाई लिएर त्यसलाई परमेश्‍वरको मन्दिरमा राखिदिए, जसको विषयमा परमेश्‍वरले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु। \v 8 मोशाद्वारा दिइएका व्यवस्थाहरू, उर्दीहरू र नियमहरूका विषयमा मैले तिनीहरूलाई दिएका आज्ञाहरू होसियारीसाथ पालन गरे भने म इस्राएलीहरूलाई मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट फेरि धपाउनेछैनँ।” \v 9 तर मनश्शेले यहूदा र यरूशलेमका मानिसहरूलाई बहकाए, र तिनीहरूले याहवेहले इस्राएलीहरूका सामु नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी दुष्‍टता गरे। \p \v 10 याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्। \v 11 यसकारण याहवेहले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो, जसले मनश्शेलाई कैदी बनाए। तिनीहरूले तिनको नाकमा अङ्कुसे लगाइदिए, र तिनलाई काँसाका साङ्लाहरूले बाँधे; अनि तिनलाई बेबिलोनमा लगे। \v 12 आफ्नो विपत्तिमा याहवेह तिनका परमेश्‍वरको निगाह खोजे, र आफैँलाई तिनका पुर्खाहरूका परमेश्‍वरको सामु विनम्र तुल्याए। \v 13 जब तिनले उहाँलाई प्रार्थना गरे, तब याहवेह तिनको बिन्तीले खुशी हुनुभयो र तिनको विनय सुन्‍नुभयो; अनि तिनलाई यरूशलेम र आफ्नो राज्यमा ल्याउनुभयो। तब मनश्शेले याहवेह नै परमेश्‍वर हुनुहुन्छ भनी थाहा पाए। \p \v 14 त्यसपछि तिनले बेँसीमा गीहोनको पश्‍चिमतिरको दावीदको सहरको बाहिरी पर्खाललाई माछाको मूलढोकाको मुखसम्मै ओपेल डाँडालाई फेरो लगाएर पुनर्निर्माण गरे; तिनले त्यसलाई अझ अग्लो बनाए। तिनले यहूदाका सबै सुरक्षित सहरहरूमा सेनापतिहरू राखिदिए। \p \v 15 तिनी परदेशी देवताहरूदेखि अलग भए; अनि तिनले याहवेहको मन्दिरबाट आकृतिहरू हटाइदिए। साथसाथै तिनले मन्दिरको डाँडा र यरूशलेममा तिनले बनाएका वेदीहरू हटाए, र ती सहरबाहिर फ्याँकिदिए। \v 16 त्यसपछि तिनले याहवेहको वेदीलाई पुनर्स्थापित गरे; अनि त्यसमाथि मेलबलि र धन्यवाद बलि चढाए, अनि यहूदालाई याहवेह इस्राएलका परमेश्‍वरको सेवा गर्नू भने। \v 17 तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्‍वरका लागि मात्र चढाउँथे। \p \v 18 मनश्शेको शासनकालका अरू घटनाहरू, तिनका परमेश्‍वरलाई तिनले चढाएको प्रार्थना र याहवेह इस्राएलका परमेश्‍वरको नाममा तिनलाई दर्शीहरूले भनेका कुराहरू इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्। \v 19 तिनको प्रार्थना र तिनको विनयद्वारा कसरी परमेश्‍वर खुशी हुनुभयो, तिनले आफूलाई विनम्र बनाउन अगि तिनका पापहरू, अविश्‍वासयोग्यता र तिनले देवस्थानहरू बनाएर त्यसमा अशेराका खम्बाहरू र मूर्तिहरू राखेका घटनाहरू, यी सबै कुराहरू दर्शीहरूका पुस्तकमा लेखिएका छन्। \v 20 मनश्शे आफ्ना पिताहरूसित सुते; अनि तिनकै ठाउँमा गाडिए, र तिनीपछि तिनका छोरा आमोन राजा भए। \s1 यहूदाका राजा अमोन \p \v 21 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। \v 22 तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए। \v 23 तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए। \p \v 24 आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे। \v 25 तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए। \c 34 \s1 योशियाहका सुधारहरू \p \v 1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। \v 2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे। \p \v 3 तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्‍वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले। \v 4 तिनको निर्देशनमा बाल देवताका वेदीहरू भत्काइए। तिनले तीमाथि भएका धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारेर आकृतिहरूलाई धुलोपिठो बनाइदिए। तिनले ती कुराहरूलाई धुलोपिठो बनाएर तिनीहरूकहाँ बलिदान चढाउनेहरूका चिहानहरूमाथि छरिदिए। \v 5 तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे। \v 6 मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्‍तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए। \v 7 तिनले ती मूर्तिहरूलाई टुक्रा-टुक्रा पारेर धुलोपिठो पारिदिए; अनि इस्राएलभरि भएका सबै धूप-वेदीहरूलाई टुक्रा-टुक्रा पारिदिए। तब तिनी यरूशलेममा फर्के। \p \v 8 योशियाहको शासनकालको अठारौँ वर्षमा तिनले देश र यरूशलेमलाई शुद्ध गर्न भनी असल्याहका छोरा शापान, सहरका प्रशासक मासेयाह र योआहाजका छोरा लेखापाल योआलाई याहवेह तिनका परमेश्‍वरको मन्दिर मर्मत गर्न भनी पठाए। \p \v 9 तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए, र द्वारपाल लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै भागबाट, साथै यहूदाका र बेन्यामीनका मानिसहरूबाट र यरूशलेमका मानिसहरूबाट उठाएर परमेश्‍वरको मन्दिरमा ल्याइएको रकम तिनलाई सुम्पिदिए। \v 10 तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए। \v 11 तिनीहरूले यहूदाका राजाहरूले भत्किन दिएका भवनहरूका दलिन र थाम्ने काठको निम्ति काटेका ढुङ्गाहरू र काठहरू किन्‍न सिकर्मी र डकर्मीहरूलाई पनि रकम दिए। \p \v 12 ती मानिसहरूले विश्‍वासयोग्यतामा काम गरे। तिनीहरूलाई निर्देशन दिनलाई तिनीहरूमाथि मरारीका सन्तान लेवी यहत र ओबदिया थिए, जो कहातका सन्तान जकरिया र मशुल्‍लाम थिए। वाद्य-यन्त्रमा दक्ष लेवीहरू थिए, \v 13 जसलाई मजदुरहरूको जिम्मा दिइएको थियो र तिनीहरूले सबै कर्मचारीहरूको काम रेखदेख गर्थे। लेवीहरूमध्ये केही सचिव, शास्त्री र द्वारपालहरू थिए। \s1 व्यवस्थाको पुस्तक भेट्टाइएको \p \v 14 जब तिनीहरूले याहवेहको मन्दिरमा सङ्कलन गरिएको रकम बाहिर ल्याए, तब पुजारी हिल्कियाहले मोशाद्वारा दिइएको याहवेहको व्यवस्थाको पुस्तक भेट्टाए। \v 15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले याहवेहको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए। \p \v 16 तब शापानले त्यो पुस्तक राजाकहाँ लगे, र तिनलाई खबर दिए: “तपाईंका कर्मचारीहरूले तिनीहरूलाई जिम्मा दिएअनुसार सबै काम गरिरहेका छन्। \v 17 तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्। \v 18 त्यसपछि पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” सचिव शापानले त्यसलाई राजाको उपस्थितिमा पढे। \p \v 19 व्यवस्थाका कुराहरू सुनेपछि राजाले आफ्नो वस्त्र च्याते। \v 20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असाहायाहलाई हुकुम दिए: \v 21 “जाओ र मेरा निम्ति, इस्राएल र यहूदाका बाँकी रहेकाहरूका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रा पुर्खाहरूले याहवेहको वचन पालन नगरेका र तिनीहरूले यस पुस्तकमा लेखिएअनुसार नगरेका हुनाले हामीमाथि याहवेहको ठूलो क्रोध खनिएको छ।” \p \v 22 हिल्कियाह र राजाले तिनीसित पठाएकाहरू अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए, जो वस्त्रहरूको रेखदेख गर्ने हसराका\f + \fr 34:22 \fr*\fqa हरहस \fqa*\ft पनि भनिएको छ।\ft*\f* नाति तोखतका\f + \fr 34:22 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa तिक्भा।\fqa*\f* छोरा शल्‍लूमकी पत्नी थिइन्। उनी यरूशलेमको नयाँ भागमा बस्थिन्। \p \v 23 उनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, \v 24 याहवेह यसो भन्‍नुहुन्छ: ‘म यस ठाउँ र यसमा भएका मानिसहरूमा विपत्ति, अर्थात् यहूदाको राजाको सामु यस पुस्तकबाट पढिएका श्रापहरू ल्याउनेछु। \v 25 तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूका निम्ति धूप बालेका छन्। तिनीहरूका हातले बनाएका सबै कुराहरूले मलाई रिस उठाएका छन्। यसकारण यस ठाउँमा मेरो क्रोध खन्याइनेछ, र त्यो शान्त हुनेछैन।’ \v 26 याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: \v 27 तेरो हृदयले मेरा कुरा सुनेको हुनाले, यस ठाउँ र यसका मानिसहरूको विरुद्धमा मैले भनेको सुनेर तैँले आफूलाई परमेश्‍वरको सामु विनम्र तुल्याइस्; यसकारण तैँले मेरो सामु आफूलाई विनम्र तुल्याएर आफ्नो वस्त्र च्यातेर मेरो सामु रोइस्। अब मैले तेरो पुकार सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ। \v 28 अब म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा र यहाँ बस्‍नेहरूमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” \p यसकारण तिनीहरूले उनको जवाफ राजाकहाँ लगे। \p \v 29 तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए। \v 30 तिनी, यहूदाका र यरूशलेमका सबै बासिन्दाहरू, साथै पुजारीहरू र लेवीहरू, र सानादेखि लिएर ठूला सबै मानिसहरू याहवेहको मन्दिरसम्म गए। तिनले सबैले सुन्‍ने गरी याहवेहको मन्दिरमा भेट्टाइएको करारको पुस्तकबाट सबै कुराहरू पढे। \v 31 राजा आफ्नो खम्बाको छेउमा उभिए, र याहवेहको पछि लाग्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि र त्यस पुस्तकमा लेखिएका करारका वचनहरू पालन गर्न भनी याहवेहको सामु एउटा करार बाँधे। \p \v 32 तब तिनले यरूशलेम र बेन्यामीनमा भएका हरेकलाई करारका वचनमाथि प्रतिज्ञा गराए; यरूशलेमका मानिसहरूले परमेश्‍वर, अर्थात् तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार गरे। \p \v 33 योशियाहले सबै घृणित मूर्तिहरूलाई इस्राएलका सबै प्रान्तहरूबाट हटाए, र तिनले इस्राएलमा उपस्थित रहेका सबैलाई याहवेह तिनीहरूका परमेश्‍वरको सेवा गर्न लगाए। तिनी बाँचुन्जेल तिनीहरूले कहिल्यै पनि याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको पछि लाग्न छोडेनन्। \c 35 \s1 योशियाहले निस्तार चाड मनाएका \p \v 1 योशियाहले याहवेहका निम्ति यरूशलेममा निस्तार चाड मनाए। पहिलो महिनाको चौधौँ दिन निस्तार चाडको थुमा मारे। \v 2 तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए। \v 3 तिनले सारा इस्राएललाई सिकाउने र याहवेहकहाँ पवित्र पारिएका लेवीहरूलाई भने: “पवित्र सन्दुकलाई इस्राएलका राजा दावीदका छोरा सोलोमनले बनाएको मन्दिरमा राख्नू। यसलाई तिमीहरूका काँधमा राखेर यताउता नलैजानू। अब याहवेह तिमीहरूका परमेश्‍वर र इस्राएलका मानिसहरूको सेवा गर्नू। \v 4 इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू। \p \v 5 “तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू। \v 6 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।” \p \v 7 योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए। \p \v 8 तिनका अधिकृतहरूले पनि मानिसहरू, पुजारीहरू र लेवीहरूलाई स्वेच्छापूर्वक उपहार दिए। परमेश्‍वरको भवनका प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई छब्बीस सय वटा निस्तारका थुमा र तीन सय पशुहरू दिए। \v 9 केनन्याह र तिनका भाइहरू शमायाह र नथनिएल साथै लेवीहरूका अगुवाहरू हशब्याह, यीएल र योजाबादले लेवीहरूका निम्ति पाँच हजार निस्तार थुमा र पाँच सय पशुहरू प्रबन्ध गरिदिए। \p \v 10 यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए। \v 11 निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे। \v 12 मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे। \v 13 तिनीहरूले निस्तारका पशुहरूलाई विधिअनुसार आगोमा पोले; र पवित्र भेटीहरूलाई भाँडाहरू, कराहीहरू, ताप्केहरूमा उमाले र सबै मानिसहरूलाई छिटो-छिटो गरी दिए। \v 14 त्यसपछि तिनीहरूले आफ्नै निम्ति र पुजारीहरूका निम्ति तयारी गरे; किनकि हारूनका सन्तान पुजारीहरू रात परेसम्म होमबलि र बोसोको भाग चढाइरहेका थिए। यसरी लेवीहरूले आफ्नै निम्ति र हारूनवंशी पुजारीहरूका निम्ति तयारी गरे। \p \v 15 सङ्गीतकारहरू, आसापका सन्तान, दावीद, आसाप, हेमान र राजाका दर्शी यदूतूनले तोकिदिएका ठाउँहरूमा थिए। प्रत्येक मूलढोकाका द्वारपालहरूले आफ्नो ठाउँ छोड्नु आवश्यकता परेन; किनकि तिनीहरूका निम्ति तिनीहरूका सङ्गी-लेवीहरूले नै तयार गरिदिएका थिए। \p \v 16 यसकारण राजा योशियाहले हुकुम दिएझैँ निस्तार चाड मनाउनको लागि र याहवेहको वेदीमा होमबलि चढाउनलाई याहवेहको सम्पूर्ण सेवा सम्पन्‍न गरियो। \v 17 उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। \v 18 अगमवक्ता शमूएलको समयदेखि उसो इस्राएलमा यस्तो किसिमको निस्तार चाड मनाइएको थिएन। योशियाहले पुजारी, लेवी र यरूशलेमका मानिसहरूसित निस्तार चाड मनाएझैँ सबै यहूदा र इस्राएलका कुनै राजाले पनि कहिल्यै मनाएका थिएनन्। \v 19 योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो। \s1 योशियाहको मृत्यु \p \v 20 यी सबै कुराहरूपछि जब योशियाहले मन्दिरको व्यवस्था मिलाइसके, तब इजिप्टका राजा फारो नेको यूफ्रेटिसमा भएको कर्कमीशमा उक्लेर आए। योशियाह तिनीसित युद्ध गर्न त्यहाँ गए। \v 21 तर नेकोले तिनीकहाँ दूतहरू पठाएर भने, “हे यहूदाका राजा, तपाईं र मेरो के सरोकार छ र? अहिले मैले आक्रमण गरिरहेको तपाईंसँग होइन, तर मसँग शत्रुतामा रहेको घरानासँग मात्र हो। मलाई चाँडो जानू भन्‍ने परमेश्‍वरको आज्ञा छ। यसकारण मेरो पक्षमा हुनुहुने परमेश्‍वरको विरोध गर्न छोड्नुहोस्, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।” \p \v 22 तरै पनि योशियाहले तिनको कुरा सुनेनन्; तर तिनीसित लडाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे। तिनले परमेश्‍वरको आज्ञामा फारो नेकोले भनेको कुरा सुनेनन्, तर तिनीसित लडाइँ गर्नलाई मगिद्दोको मैदानमा गए। \p \v 23 धनुर्धारीहरूले राजा योशियाहलाई काँडले हाने; तब तिनले आफ्ना अधिकृतहरूलाई भने, “मलाई लैजाऊ; मलाई गहिरो चोट लागेको छ।” \v 24 यसकारण उनीहरूले तिनलाई आफ्नो रथबाट निकालेर तिनको अर्को रथमा चढाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र आफ्ना पुर्खाहरूका चिहानहरूमा गाडिए। यसरी सारा यहूदा र यरूशलेमले तिनका निम्ति शोक गरे। \p \v 25 यर्मियाले योशियाहका निम्ति विलापका गीतहरू रचे। आजको दिनसम्म नै पुरुष र स्त्री गायक-गायिकाहरूले तिनको स्मृतिमा विलापका गीत गाउँछन्। इस्राएलमा यो एउटा विधि नै भयो र यी विलापको पुस्तकमा लेखिएका छन्। \p \v 26 योशियाहको शासनकालका अरू घटनाहरू र याहवेहको व्यवस्थामा लेखिएअनुसार तिनका भक्तिका कामहरू, \v 27 सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। \c 36 \nb \v 1 तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको ठाउँमा तिनलाई यरूशलेममा राजा बनाए। \s1 यहूदाका राजा यहोआहाज \p \v 2 राजा हुँदा यहोआहाज तेईस वर्षका थिए। तिनले यरूशलेममा तीन महिना राज्य गरे। \v 3 इजिप्टका राजाले यरूशलेममा यहोआहाजलाई पदच्युत गरे; अनि यहूदामाथि एक सय टालेन्ट\f + \fr 36:3 \fr*\ft अर्थात्, लगभग 3.4 मेट्रिक टन\ft*\f* चाँदी र एक टालेन्ट\f + \fr 36:3 \fr*\ft अर्थात्, लगभग 34 किलो\ft*\f* सुनको कर लगाइदिए। \v 4 इजिप्टका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा बनाए। एल्याकीमको नाम बदली गरेर यहोयाकीम राखे। तर फारो नेकोले एल्याकीमका दाजु यहोआहाजलाई लिएर इजिप्टमा गए। \s1 यहूदाका राजा यहोयाकीम \p \v 5 राजा हुँदा यहोयाकीम पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे। \v 6 बेबिलोनका राजा नबूकदनेसरले तिनीमाथि आक्रमण गरे; अनि तिनलाई बेबिलोनमा लैजानलाई काँसाका साङ्लाहरूले बाँधे। \v 7 नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा\f + \fr 36:7 \fr*\ft अथवा \ft*\fqa दरबार\fqa*\f* राखे। \p \v 8 यहोयाकीमको शासनकालका अरू घटनाहरू, तिनले गरेका घिनलाग्दा कुराहरू र तिनका विरुद्धमा पाइने सबै कुराहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए। \s1 यहूदाका राजा यहोयाकीन \p \v 9 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना दश दिन शासन गरे। तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। \v 10 बसन्त ऋतुमा राजा नबूकदनेसरले तिनलाई लिन पठाए, र तिनलाई याहवेहको मन्दिरका बहुमूल्य चीजहरूको साथमा बेबिलोनमा ल्याए। अनि यहोयाकीनका काका सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए। \s1 यहूदाका राजा सिदकियाह \p \v 11 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। \v 12 तिनले याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा दुष्‍टता गरे, र याहवेहको वचन बोल्ने अगमवक्ता यर्मियाको अगि आफूलाई विनम्र तुल्याएनन्। \v 13 तिनी आफूलाई परमेश्‍वरको नाममा शपथ खुवाउने राजा नबूकदनेसरको विरुद्धमा बागी भए। तिनी अटेरी भए, र आफ्नो हृदय कठोर बनाएर याहवेह इस्राएलका परमेश्‍वरतिर फर्केनन्। \v 14 यसबाहेक पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू झन्-झन् अविश्‍वासी भए। सबै जातिहरूका घिनलाग्दा रीतिहरूका पछि लागेर याहवेहले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अशुद्ध पारे। \s1 यरूशलेमको पतन \p \v 15 आफ्नो जाति र आफ्नो वासस्थानप्रति टिठाउनुभएको कारण याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरी-घरी वचन पठाउनुभयो। \v 16 तर तिनीहरूले उहाँका दूतहरूलाई हाँसो-ठट्टा गरे, उहाँका वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई गिल्‍ला गरे। यसकारण याहवेहको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो र त्यो शान्त हुनै सकेन। \v 17 उहाँले तिनीहरूका विरुद्धमा बेबिलोनका राजालाई ल्याउनुभयो, जसले तिनीहरूका जवान मानिसहरूलाई पवित्रस्थानको भवनभित्र तरवारले मारिदिए। के जवान पुरुष वा स्त्री वा वृद्ध मानिस र बुढापाका, कसैलाई पनि बाँकी राखेनन्। याहवेहले तिनीहरू सबैलाई नबूकदनेसरकहाँ सुम्पिदिनुभयो। \v 18 तिनले परमेश्‍वरको मन्दिरबाट साना-ठूला दुवै गरी सबै सामग्रीहरू, याहवेहको मन्दिरका खजाना साथै राजा र तिनका अधिकृतहरूका खजाना बेबिलोनमा लगे। \v 19 तिनीहरूले परमेश्‍वरको मन्दिर जलादिए, र यरूशलेमका पर्खालहरू भत्काइदिए। तिनीहरूले सबै महल र त्यहाँ भएका हरेक मूल्यवान् चीज जलाइदिए। \p \v 20 तरवारबाट बाँचेकाहरूलाई तिनले कैदी बनाएर बेबिलोनमा लगे। अनि परसीयाको राज्य शक्तिमा नआएसम्म तिनीहरू त्यहाँका राजा र तिनका छोराहरूका चाकरहरू भएर रहे। \v 21 यर्मियाद्वारा बोलिएको याहवेहको वचन पूरा हुन सत्तरी वर्ष पूरा नभएसम्म यसको उजाडको सबै अवस्थामा रहुन्जेल देशले आफ्ना शब्बाथ विश्रामहरू मनाइरह्‍यो। \p \v 22 परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: \pmo \v 23 “परसीयाका राजा कोरेस यसो भन्छन्: \pm “ ‘याहवेह स्वर्गका परमेश्‍वरले मलाई संसारका सबै राज्यहरू दिनुभएको छ। अनि उहाँले मलाई उहाँका निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउन नियुक्त गर्नुभएको छ। तिमीहरूमध्ये उहाँका हरेक मानिससित याहवेह उसका परमेश्‍वर रहून्, र त्यसलाई यरूशलेममा जान दिइयोस्।’ ”