\id 1TI - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 1 तिमोथी \toc1 तिमोथीलाई पावलको पहिलो पत्र \toc2 1 तिमोथी \toc3 1 तिमो \mt1 तिमोथीलाई पावलको पहिलो पत्र \c 1 \po \v 1 हाम्रा उद्धारकर्ता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञाअनुसार ख्रीष्‍ट येशूको प्रेरित पावलबाट, \po \v 2 विश्‍वासमा मेरो साँचो छोरा तिमोथीलाई: \po परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति! \s1 व्यवस्थाका झूटा शिक्षकहरूका विरुद्धमा चेतावनी \p \v 3 म्यासिडोनिया जाँदा मैले तिमीलाई आग्रह गरेझैँ, तिमी एफिससमै बस; अनि ती मानिसहरू, जसले झूटा सिद्धान्तहरू सिकाइरहेका छन् अबदेखि नसिकाउनू भनी आज्ञा देऊ। \v 4 तिनीहरूले आफ्ना ध्यान दन्त्यकथाहरू र नटुङ्गिने वंशावलीहरूप्रति नदेऊन्। यस्ता कुराहरूले विश्‍वासद्वारा हुने परमेश्‍वरको कामभन्दा शङ्का-उपशङ्कालाई बढावा दिन्छ। \v 5 यस आज्ञाको लक्ष्य प्रेम हो, जुन शुद्ध हृदय, असल विवेक र निष्कपट विश्‍वासबाट आउँछ। \v 6 कति जना यी सबैबाट तर्किगएर अर्थविनाका कुराहरूतिर लागेका छन्। \v 7 तिनीहरू व्यवस्थाका शिक्षक हुन चाहन्छन्; तर तिनीहरू आफूले बोलेका विषयमा अथवा स्थापना गर्न खोजेका कुरा नै जान्दैनन्। \p \v 8 हामी जान्दछौँ, कसैले व्यवस्थालाई ठिकसित प्रयोग गर्छ भने यो असल छ। \v 9 हामी यो पनि जान्दछौँ, कि धर्मीहरूका निम्ति व्यवस्था बनिएको होइन, तर व्यवस्था उल्‍लङ्घन गर्नेहरू र विद्रोहीहरूका निम्ति, भक्तिहीन र पापीहरूका निम्ति, अपवित्र र नास्तिकहरूका निम्ति, आमाबुबा मार्नेहरूका निम्ति, हत्याराहरूका निम्ति, \v 10 अनैतिक सम्बन्ध र समलिङ्गीहरूका निम्ति, मानव-तस्करहरूका\f + \fr 1:10 \fr*\ft मूल भाषामा, \ft*\fqa दास-व्यापारी\fqa*\f* निम्ति, झूट बोल्नेहरू र झूटा शपथ खानेहरूका निम्ति, र सत्य विपरीत जुनसुकै कुराहरूका निम्ति हो। यस्तै मानिसहरूका निम्ति व्यवस्था दिइएको हो। \v 11 अनि मलाई सुम्पिएको सत्य सिद्धान्त परमधन्य परमेश्‍वरको महिमित सुसमाचारअनुसार छ। \s1 पावललाई परमेश्‍वरको अनुग्रह \p \v 12 म हाम्रा प्रभु ख्रीष्‍ट येशूलाई धन्यवाद चढाउँछु, जसले मलाई सक्षम् तुल्याउनुभयो। मलाई विश्‍वासयोग्य ठान्‍नुभयो र उहाँको सेवामा नियुक्त गर्नुभयो। \v 13 यद्यपि विगतमा म ईश्‍वरनिन्दक, खेदो गर्ने र हिंसा गर्ने व्यक्ति थिएँ। ममाथि कृपा गरियो; किनकि मैले ती अज्ञानता र अविश्‍वासमा गरेको थिएँ। \v 14 ख्रीष्‍ट येशूमा भएका विश्‍वास र प्रेमका साथ हाम्रा प्रभुको अनुग्रह ममाथि प्रशस्त गरी खन्याइयो। \p \v 15 यो भनाइ विश्‍वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्‍ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। ती पापीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ। \v 16 उहाँमाथि विश्‍वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्‍ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो। \v 17 अब अनन्तका राजा, अविनाशी, अदृश्य, एउटै परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा भइरहोस्! आमेन। \s1 तिमोथीलाई आज्ञा \p \v 18 हे मेरो छोरा तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु। तिम्रो विषयमा एक पल्ट बोलिएका ती अगमवाणीअनुसार चलेर असल युद्ध लड्न सक। \v 19 विश्‍वास र असल विवेक समातिराख। कतिले यी कुराहरू त्यागेर आफ्ना विश्‍वासको जहाज डुबाएका छन्। \v 20 तीमध्ये हुमेनियस र अलेक्जेन्डर हुन्, जसलाई ईश्‍वरनिन्दा नगर्न सिकून् भनेर मैले शैतानको हातमा सुम्पेको छु। \c 2 \s1 आराधनाको विषयमा शिक्षा \p \v 1 यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले बिन्तीहरू, प्रार्थनाहरू, अन्तर्बिन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। \v 2 हामीले भक्ति, सम्मान शान्तिपूर्ण र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र उच्‍च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। \v 3 यो असल हो र हाम्रा मुक्तिदाता परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ। \v 4 उहाँ सबै मानिसहरूले उद्धार पाऊन् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ। \v 5 किनकि परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ, मानव ख्रीष्‍ट येशू, \v 6 जसले सबैका छुटकाराको मोलको निम्ति आफैँलाई सुम्पिदिनुभयो, जुन कुराको साक्षी ठिक समयमा दिइयो। \v 7 अनि यही उद्देश्यले म एउटा प्रचारक र प्रेरित नियुक्त भएँ। म सत्य बोल्दछु र झूट बोल्दिनँ; गैरयहूदीहरूलाई विश्‍वास र सत्यताको शिक्षा दिनको निम्ति नियुक्त गरिएको छु। \p \v 8 यसकारण सबै ठाउँमा विनाक्रोध र विनाविवाद प्रार्थनामा पुरुषहरूले पवित्र हातहरू उठाऊन् भन्‍ने म चाहन्छु। \v 9 त्यसै गरी म चाहन्छु, स्त्रीहरूले भद्रता र शिष्‍टतासाथ सुहाउँदो वस्त्र पहिरून्; केशको बढी सिँगार गरेर, सुन, मोती र महङ्गा वस्त्रहरू पहिरेर होइन। \v 10 तर असल कामद्वारा सुसज्जित होऊन्, जुन परमेश्‍वरमा भक्ति राखेको भनी दाबी गर्ने स्त्रीहरूलाई सुहाउँछ। \p \v 11 स्त्रीले पूर्ण अधीनमा बसेर चुपचापसित सिकोस्। \v 12 स्त्रीले पुरुषलाई सिकाउने वा अधिकार गर्ने अनुमति म दिन्‍नँ; तर ऊ चुपचाप नै रहोस्। \v 13 किनकि पहिला आदम बनाइएका थिए, त्यसपछि हव्वा। \v 14 आदम छलिएका होइनन्, तर स्त्री पो बहकाउमा परेर आज्ञा भङ्ग गरेकी हुन्। \v 15 यदि विश्‍वास, प्रेम र भद्रतापूर्ण पवित्रतामा लागिरहिन् भने स्त्रीहरू बालक जन्मद्वारा बचाइनेछन्। \c 3 \s1 अध्यक्षहरू र सेवकहरू \p \v 1 यो वचन विश्‍वासयोग्य छ: यदि कसैले अध्यक्ष\f + \fr 3:1 \fr*\ft यो शब्दलाई \ft*\fqa बिशप \fqa*\ft भनेर पनि अनुवाद गरिएको छ।\ft*\f* हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ। \v 2 अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ। \v 3 मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ। \v 4 तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ। \v 5 यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्‍वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र? \v 6 तिनी भर्खर विश्‍वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्। \v 7 तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्। \p \v 8 यसै गरी सेवकहरू\f + \fr 3:8 \fr*\ft यसलाई \ft*\fqa डिकन \fqa*\ft भनेर पनि अनुवाद गरिएको छ, र यो शब्दले यहाँ मण्डलीका अध्यक्ष वा प्रधानहरूसित विभिन्‍न रूपमा सेवा दिने विश्‍वासीहरूलाई जनाउँछ; त्यसरी नै पद 12; र \+xt रोमी 16:1\+xt* र \+xt फिलि 1:1\+xt*\ft*\f* पनि आदर पाउन योग्यका, दुईजिब्रे नहुने, मद्यपान नगर्ने, र अनुचित लाभ नखोज्ने हुनुपर्छ। \v 9 तिनीहरूले विश्‍वासका गहिरा सत्यहरूलाई शुद्ध विवेकसित कायम राख्नैपर्छ। \v 10 पहिले तिनीहरूका जाँच हुनुपर्छ; यदि तिनीहरूका विरुद्धमा केही दोष पाइएन भने तिनीहरूले सेवक भएर सेवा गरून्। \p \v 11 त्यसै गरी तिनीहरूका पत्नीहरू\f + \fr 3:11 \fr*\ft अथवा \ft*\fqa सेविकाहरू।\fqa*\f* पनि आदर पाउन योग्यका, अरूका कुरा नकाट्ने, तर संयमी र हरेक कुरामा विश्‍वासयोग्य हुनुपर्छ। \p \v 12 सेवक एउटै पत्नीका पति; आफ्ना बालबच्‍चाहरू र परिवारको उचित रेखदेख गर्न सक्ने हुनुपर्छ। \v 13 जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएका तिनीहरूका विश्‍वासमा महान् निश्‍चयता पाउनेछन्। \s1 पावलका शिक्षाको उद्देश्य \p \v 14 म तिमीकहाँ चाँडै आउने आशा राख्दै यी उपदेशहरू तिमीलाई लेखिरहेछु। \v 15 यदि म आउन ढिलो भएँ भने तापनि परमेश्‍वरको परिवार, जुन सत्यको जग र खाँबो अर्थात् जिउँदो परमेश्‍वरको मण्डली हो; त्यसमा मानिसहरूले कसरी चल्नुपर्छ भनी तिमीले जान्‍न सक। \v 16 विनाशङ्का यो भन्‍न सकिन्छ, भक्तिको रहस्य महान् छ: \q1 उहाँ मानिसको शरीरमा भएर देखा पर्नुभयो, \q2 पवित्र आत्मामा धर्मी ठहरिनुभयो, \q1 स्वर्गदूतहरूद्वारा देखिनुभयो, \q2 सबै मानिसहरूका बीचमा उहाँको प्रचार भयो, \q1 र संसारमा उहाँलाई विश्‍वास गरियो, \q2 महिमामा माथि लगिनुभयो। \c 4 \p \v 1 पवित्र आत्माले प्रष्‍ट गरी भन्‍नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्‍वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका\f + \fr 4:1 \fr*\ft बाइबल धर्मशास्त्रमा \ft*\fqa भूतप्रेत \fqa*\ft भन्‍नाले कुनै देवलाई भनिएको होइन, तर केही पतित स्वर्गदूतलाई जनाउँदछ। हेर्नुहोस् \+xt यशै 14:12‑15\+xt*\ft*\f* शिक्षाको पछि लाग्नेछन्। \v 2 यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ। \v 3 तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्‍ने आदेश दिन्छन्। जुन भोजन विश्‍वास गर्नेहरू र सत्यता जान्‍नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्‍वरले सृष्‍टि गर्नुभयो। \v 4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन। \v 5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ। \p \v 6 यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्‍वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्‍ट येशूका असल सेवक हुनेछौ। \v 7 भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ। \v 8 किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्‍वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ। \v 9 यो भनाइ विश्‍वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ। \v 10 हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्‍वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ। \p \v 11 यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ। \v 12 तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्‍टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्‍वासमा र शुद्धतामा विश्‍वासीहरूको लागि उदाहरण बन। \v 13 म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ। \v 14 मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्‍त भएको वरदानको अवहेलना नगर। \p \v 15 यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्। \v 16 आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ। \c 5 \s1 विधवाहरू, प्रधानहरू र सेवकहरूबारे सल्‍लाह \p \v 1 वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बुबाझैँ ठानी राम्ररी सम्झाऊ। आफूभन्दा सानाहरूलाई भाइहरूलाईझैँ व्यवहार गर। \v 2 वृद्ध स्त्रीहरूलाई आमाझैँ, र युवतीहरूलाई सम्पूर्ण पवित्रतामा बहिनीहरूलाईझैँ व्यवहार गर। \p \v 3 जुन विधवाहरू साँच्‍चै खाँचोमा छन्, तिनीहरूलाई उचित हेरचाह गर। \v 4 तर यदि कुनै विधवाका छोराछोरी वा नातिनातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्ना परिवारप्रति धार्मिक कर्तव्य पालन गर्न सिकून्; अनि आफ्ना आमाबुबा र बाजे-बज्यैप्रति उपकारको ऋण चुकाऊन्। किनकि यो परमेश्‍वरको दृष्‍टिमा मनपर्दो छ। \v 5 साँच्‍चै खाँचोमा परेकी विधवा, जो एकलै छिन्, तिनी परमेश्‍वरमा आफ्नो आशा राख्तछिन्, र परमेश्‍वरसित सहायता माग्दै दिनरात प्रार्थनामा लागिरहन्छिन्। \v 6 तर सुख-विलासमा मस्त रहने विधवा जिउँदै मरेतुल्य हो। \v 7 मानिसहरूलाई यी आज्ञाहरू देऊ, तिनीहरू दोषरहित होऊन्। \v 8 यदि कसैले आफन्तहरूको, खासगरी आफ्नै परिवारको खाँचो पूरा गर्दैन भने त्यसले विश्‍वासलाई इन्कार गरेको छ, र त्यो विश्‍वास नगर्नेभन्दा पनि खराब हुन्छ। \p \v 9 कुनै विधवाको उमेर साठी वर्ष माथि छैन, र आफ्नो पतिप्रति इमानदार छैनन् भने तिनको नाम विधवाहरूका सूचीमा नराख। \v 10 तर असल कामहरूका लागि प्रसिद्ध भएकी, छोराछोरीहरूलाई ठिकसित हुर्काउने, पाहुनासत्कार गर्ने, प्रभुका सेवकहरूका\f + \fr 5:10 \fr*\ft मूल भाषामा \ft*\fqa सन्तहरूका\fqa*\f* पाउ धुने, विपत्तिमा परेकाहरूलाई सहायता दिने, र आफूलाई सबै किसिमका असल कामहरूमा संलग्न राख्नेको नाम मात्र राख। \p \v 11 तर तरुणी विधवाहरूका नामचाहिँ यस्तो सूचीमा नराख; किनकि जब तिनीहरूका कामुक इच्छाहरूले ख्रीष्‍टप्रतिको तिनीहरूका समर्पणतालाई जित्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्नेछन्। \v 12 यसरी तिनीहरूले आफ्ना पहिलेका प्रतिज्ञा भङ्ग गरेर आफूमाथि न्याय ल्याउँछन्। \v 13 यसबाहेक तिनीहरू अरूको घर-घरमा घुमिहिँड्दै अल्छे हुन सिक्छन्। अल्छे हुने मात्र होइन, तर कुरौटे, अरूको काममा हात हाल्ने र बोल्न नहुने कुराहरू बोल्नेहरू हुन्छन्। \v 14 यसकारण म तरुणी विधवाहरूलाई विवाह गर्ने, बालबच्‍चा जन्माउने, आफ्ना घर सम्हाल्ने, र विरोधीलाई आफ्नो बदनामको मौका नदिने होऊन् भन्‍ने सल्‍लाह दिन्छु। \v 15 किनकि कतिपय तर्किगएर शैतानलाई पछ्याउन थालिसकेका छन्। \p \v 16 यदि कुनै विश्‍वासी स्त्रीसँग आश्रित भएका विधवाहरू छन् भने मण्डलीमाथि भार नपरोस् भनेर तिनीहरूलाई तिनले निरन्तर सहायता दिनुपर्छ, ताकि मण्डलीले साँच्‍चै खाँचोमा परेका विधवाहरूलाई सहायता पुर्‍याउन सकोस्। \p \v 17 मण्डलीको असल रेखदेख गर्ने प्रधानहरूलाई आदरको पारिश्रमिक दिइनुपर्छ,\f + \fr 5:17 \fr*\ft मूल भाषामा, \ft*\fqa दोबर ज्याला \fqa*\ft अथवा \ft*\fqa दोबर आदरका योग्य\fqa*\f* खासगरी तिनीहरू, जो प्रचार गर्ने र शिक्षा दिने काम गर्दछन्। \v 18 किनकि पवित्र धर्मशास्त्रले भन्छ, “अन्‍नबाली दाइँ गर्दा गोरुको मुखमा मोहोलो नलगाउनू,”\f + \fr 5:18 \fr*\ft \+xt व्यव 25:4\+xt*\ft*\f* र “खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।”\f + \fr 5:18 \fr*\ft \+xt लूका 10:7\+xt*\ft*\f* \v 19 दुई वा तीन साक्षीहरू नभएसम्म मण्डली प्रधानका विरुद्धमा लगाइएका अभियोग ग्रहण नगर्नू। \v 20 तर पाप गर्ने मण्डलीका प्रधानहरूलाई सबैका सामु हप्काऊ, ताकि अरूहरूले पनि चेतावनी पाउन सकून्। \v 21 परमेश्‍वर, ख्रीष्‍ट येशू र चुनिएका स्वर्गदूतहरूलाई साक्षी राखेर म तिमीलाई कडा आज्ञा दिन्छु: तिमीले यी नियमहरू विनापक्षपात पालन गर, र पूर्वाग्रही भएर केही पनि नगर। \p \v 22 कुनै व्यक्तिलाई मण्डलीमा प्रधान नियुक्त\f + \fr 5:22 \fr*\ft मूल भाषामा \ft*\fqa हात राख्ने काममा\fqa*\f* गर्न हतार नगर। अरूको पापमा सहभागी नहोऊ। आफूलाई शुद्ध राख। \p \v 23 तिम्रो पेटका लागि र घरी-घरी भइरहने बिमारीहरूले गर्दा अलि-अलि दाखमद्य पिउने गर। \p \v 24 कति मानिसहरूका पापहरू तिनीहरूका सामु राखिएका न्यायमा पुग्ने गरी प्रत्यक्ष हुन्छन्; अरूहरूका पापहरू पछि मात्र देखिन्छन्। \v 25 यसरी नै असल कामहरू प्रत्यक्ष हुन्छन्; अनि गुप्‍तमा गरिएका असल कामहरू प्रत्यक्ष हुँदैनन्, र सधैँका लागि लुक्न सक्दैनन्। \c 6 \p \v 1 दासत्वको जुवामुनि हुनेहरू, सबैले आ-आफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानून्; ताकि परमेश्‍वरको नाम र शिक्षाको बदनामी नहोस्। \v 2 जसका मालिकहरू विश्‍वासी छन्; तिनीहरूले ती मालिकहरू विश्‍वासमा सङ्गी विश्‍वासीहरू हुन् भनेर अनादर नगरून्; बरु तिनीहरूका सेवाबाट लाभ उठाउने विश्‍वासी नै हुन्। अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूको भलो चिताउँछन् भनेर तिनीहरूको सेवा अझ राम्रोसँग गरून्। \s1 झूटा शिक्षा र रुपियाँपैसाको प्रेम \p यी कुराहरू तिमीले सिकाउनू र आग्रह गर्नू। \v 3 यदि कसैले हाम्रोभन्दा भिन्‍नै शिक्षा सिकाउँछ, र हाम्रा प्रभु येशू ख्रीष्‍टका उचित वचन र भक्तिअनुसारका शिक्षासित सहमत हुँदैन भने, \v 4 ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्; तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, र यस्ता शब्दहरूका बारेमा झगडा गर्छन्; जसले डाह, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्‍न गराउँछन्; \v 5 अनि बुद्धि भ्रष्‍ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्; अनि भक्तिचाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्। \p \v 6 तर सन्तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो। \v 7 किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ। \v 8 तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्‍ट रहन सक्नुपर्छ। \v 9 जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। \v 10 किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्‍वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्। \s1 तिमोथीलाई पावलको आदेश \p \v 11 तर हे परमेश्‍वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग। \v 12 विश्‍वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ। \v 13 प्रत्येकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्तियस पिलातसको सामु असल विश्‍वासको गवाही दिनुहुने ख्रीष्‍ट येशूको दृष्‍टिमा, म तिमीलाई यो आदेश दिन्छु: \v 14 प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख, \v 15 जसलाई परमेश्‍वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्‍वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ। \v 16 उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन। \p \v 17 वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्‍चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्‍वरमा लगाऊन् भनी आज्ञा देऊ। \v 18 तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ। \v 19 यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्‍चै नै आउने युगको साँचो जीवन हो। \p \v 20 हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस। \v 21 यस्ता कुराहरूलाई स्वीकार गरेर कति जना त आफ्नो मूल विश्‍वासबाट तर्किगएका छन्। \b \b \p तिमीहरू सबैसँग अनुग्रह रहोस्!