\id 1TH - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 1 थेसलोनिकी \toc1 थेसलोनिकीका मण्डलीलाई पावलको पहिलो पत्र \toc2 1 थेसलोनिकी \toc3 1 थेस \mt1 थेसलोनिकीका मण्डलीलाई पावलको पहिलो पत्र \c 1 \po \v 1 पावल, सिलास र तिमोथीबाट, \po परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई: \po अनुग्रह र शान्ति! \s1 थेसलोनिकीहरूका विश्‍वासको लागि धन्यवाद ज्ञापन \p \v 2 हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्‍वरलाई धन्यवाद चढाउँछौँ; \v 3 हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासद्वारा उत्पन्‍न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्‍टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ। \p \v 4 दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्‍नुभएको हो भनी हामी जान्दछौँ। \v 5 किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्‍चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ। \v 6 तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्‍टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्‍यौ। \v 7 यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्‍वासीहरूका लागि नमुना बनेका छौ। \v 8 तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्‍नु आवश्यक छैन। \v 9 किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्‍यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्‍वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्। \v 10 अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ। \c 2 \s1 थेसलोनिकीमा पावलको सेवा \p \v 1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ। \v 2 तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्‍ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्‍वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्‍यौँ। \v 3 किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ। \v 4 तर परमेश्‍वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्‍न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्‍वरलाई प्रसन्‍न पार्न कोसिस गर्दछौँ। \v 5 तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्‍वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ। \v 6 न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्‍यौँ। त्यसो त हामी ख्रीष्‍टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ। \p \v 7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ। \v 8 यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्‍यौँ; यसैले तिमीहरूसँग परमेश्‍वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ। \v 9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौँ, यो कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ। \v 10 तिमीहरू र परमेश्‍वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्‍वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो। \v 11 किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्‍यौँ; \v 12 ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्‍वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। \p \v 13 अनि यस कुराको निम्ति पनि हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्‍वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्‍वरकै वचनको रूपमा स्वीकार गर्‍यौ; जुनचाहिँ वास्तवमा नै परमेश्‍वरको वचन हो, र यस वचनले तिमी विश्‍वास गर्नेहरूमा काम पनि गरिरहेको छ। \v 14 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्‍ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्‍ट भोगेका थिए। \v 15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्। \v 16 गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्‍वरको क्रोध तिनीहरूमाथि आइपरेको छ। \s1 थेसलोनिकीहरूलाई फेरि भेट्ने पावलको उत्कट इच्छा \p \v 17 तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्‍यौँ। \v 18 हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्‍यो। \v 19 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र? \v 20 निश्‍चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ। \c 3 \p \v 1 यसकारण जब हामी सहन नसक्ने भयौँ, तब एथेन्समै बस्‍ने निर्णय गर्‍यौँ। \v 2 हामीले तिमोथीलाई पठायौँ, जो हाम्रा भाइ र परमेश्‍वरको सेवामा ख्रीष्‍टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्‍वास बलियो बनाउन र उत्साह दिनलाई पठायौँ, \v 3 ताकि यी कष्‍टहरूद्वारा तिमीहरू कोही पनि नडगमगाओस्। तिमीहरूलाई राम्रोसँग थाहा नै छ, यसैको निम्ति हामी खटाइएका हौँ। \v 4 वास्तवमा तिमीहरूसँग हुँदा हामी खेदोमा पर्नेछौँ भनेर हामीले तिमीहरूलाई भनेका थियौँ। अनि हामीले जे भनेका थियौँ, त्यही नै भयो भन्‍ने कुरा तिमीहरूलाई राम्ररी थाहा छ। \v 5 यसकारण तिमीहरूको बारेमा जानकारी नपाउँदा मैले सहन सकिनँ; तिमीहरूलाई परीक्षा गर्नेले कुनै रूपले परीक्षामा नपारोस् र हाम्रा परिश्रमहरू व्यर्थै नहोस् भन्‍ने डरले तिमीहरूको विश्‍वासको वास्तविक अवस्था बुझ्नलाई मैले तिमोथीलाई पठाएको थिएँ। \s1 तिमोथीको उत्साहजनक खबर \p \v 6 तर तिमोथी तिमीहरूलाई भेटेर भर्खरै हामीकहाँ आइपुगेका छन्। तिमीहरूको विश्‍वास र प्रेमको विषयमा असल खबर ल्याएका छन्। तिमीहरूले सधैँ हाम्रो मिठो सम्झना गर्दछौ र जसरी हामीले तिमीहरूसँग भेट्ने उत्कट इच्छा राखेका छौँ; त्यसरी नै तिमीहरूले पनि हामीसँग भेट्ने उत्कट इच्छा राखेका छौ भन्‍ने खबर तिनले दिएका छन्। \v 7 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ। \v 8 तिमीहरू प्रभुमा स्थिर रहेका खबरले हामीलाई जीवन दिँदछ। \v 9 तिमीहरूका कारण हाम्रा प्रभुको उपस्थितिमा हाम्रा सबै आनन्दहरूको सट्टामा तिमीहरूको निम्ति हामी परमेश्‍वरलाई कसरी पर्याप्‍त रूपमा धन्यवाद चढाउन सक्छौँ र? \v 10 हामीले तिमीहरूलाई फेरि भेट्न सकौँ र तिमीहरूका विश्‍वासमा कमी भएको कुरा पूरा गर्न सकौँ भनेर हामीले उत्सुकताका साथ रातदिन प्रार्थना गरिरहेका छौँ। \p \v 11 हाम्रा परमेश्‍वर र पिता स्वयम् तथा हाम्रा प्रभु येशूले हामीलाई तिमीहरूकहाँ आउने बाटो खोलिदेऊन्। \v 12 जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्। \v 13 हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्‍वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्। \c 4 \s1 परमेश्‍वरलाई प्रसन्‍न पार्ने जीवन \p \v 1 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन तिमीहरूले कसरी जिउनुपर्छ भनी हामीले निर्देशन दियौँ; जसअनुसार तिमीहरू जिइरहेका पनि छौ। अब अझ बढी त्यस्तै गर्ने गर भनी हाम्रा प्रभु येशूमा हामी तिमीहरूलाई आग्रह गर्दछौँ। \v 2 किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौँ, सो तिमीहरू जान्दछौ। \p \v 3-4 परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरू पवित्र होओ; हरेक जन पवित्र र आदरणीय भएर आफ्नो शरीरलाई\f + \fr 4:3‑4 \fr*\ft अथवा \ft*\fqa आफ्नै पत्नीसँग बस्‍न सिक।\fqa*\f* नियन्त्रणमा राख्न सिक। तिमीहरू अनैतिक यौन सम्बन्धबाट अलग बस। \v 5 तिमीहरू परमेश्‍वरलाई नचिन्‍नेहरूजस्ता कामुकताको कामवासनामा नबस। \v 6 यस विषयमा कसैले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खराबी नगरोस्, न त कुनै फाइदा उठाओस्। यस्ता पाप गर्ने सबैलाई हामीले पहिल्यै तिमीहरूलाई भनेझैँ र चेतावनी दिएझैँ, प्रभुले सजाय दिनुहुनेछ। \v 7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि होइन, तर पवित्र जीवन जिउनको लागि बोलाउनुभएको हो। \v 8 यसकारण जसले यो निर्देशनलाई इन्कार गर्छ, त्यसले मानिसलाई होइन, तर तिमीहरूलाई पवित्र आत्मा दिनुहुने परमेश्‍वरलाई नै इन्कार गर्छ। \p \v 9 अब दाजुभाइ-दिदीबहिनीहरूको प्रेमको विषयमा हामीले तिमीहरूलाई लेख्नु खाँचो छैन; किनकि एक-आपसमा प्रेम गर्नुपर्छ भनी तिमीहरू आफैँले परमेश्‍वरबाट सिकेका छौ। \v 10 वास्तवमै तिमीहरू म्यासिडोनियाभरि भएका परमेश्‍वरका जनहरूलाई प्रेम गर्दछौ; तापनि दाजुभाइ-दिदीबहिनीहरू हो, त्यो प्रेममा अझ बढ्दै जाओ भनी हामी तिमीहरूलाई आग्रह गर्दर्छौँ। \v 11 तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर, \v 12 ताकि तिमीहरूको दैनिक जीवनको कारण तिमीहरूले बाहिरका मानिसहरूबाट आदर पाउन सक, र तिमीहरू कसैमाथि आफ्ना आवश्यकताका लागि निर्भर हुन नपरोस्। \s1 पुनरुत्थानको आशा \p \v 13 हे दाजुभाइ-दिदीबहिनीहरू हो, मरिसकेका\f + \fr 4:13 \fr*\ft मूल भाषामा \ft*\fqa सुतेकाहरू\fqa*\f* विश्‍वासीहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी चाहँदैनौँ; किनकि अरू आशा नभएकाहरूले गरेझैँ तिमीहरूले शोक नगर। \v 14 किनकि हामी विश्‍वास गर्दछौँ, कि येशू मर्नुभयो र फेरि जीवित हुनुभयो। त्यसरी नै परमेश्‍वरले उहाँमा मरेकाहरूलाई पनि येशूद्वारा जीवित पार्नुहुनेछ। \v 15 प्रभुको वचनअनुसार हामी तिमीहरूलाई भन्दछौँ, कि हामी जो अझ जीवित छौँ, र प्रभुको आगमनसम्म बाँचिरहन्छौँ; हामीले ती मरेकाहरूलाई कुनै रीतिले पनि उछिन्‍नेछैनौँ। \v 16 किनकि प्रभु स्वयम् आज्ञारूपी आवाज, प्रधान स्वर्गदूत र परमेश्‍वरको तुरहीको सोरसँगै स्वर्गबाट तल ओर्लिआउनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन्। \v 17 त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ। \v 18 यसकारण एक-अर्कालाई यी वचनहरूले उत्साह देओ। \c 5 \s1 प्रभुको दिन \p \v 1 अब दाजुभाइ-दिदीबहिनीहरू हो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन। \v 2 किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्‍ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ। \v 3 जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैँ, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्। \p \v 4 तर हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू अन्धकारमा छैनौ कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्। \v 5 तिमीहरू ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौँ। \v 6 यसकारण हामी अरूजस्ता नहौँ, जो सुतेका छन्, तर सचेत र आत्मसंयमी बनौँ। \v 7 किनकि सुत्नेहरू रातमा सुत्छन्, र मद्य पिउनेहरू पनि रातमा नै मात्छन्। \v 8 तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्‍वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। \v 9 किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई नियुक्त गर्नुभएको हो। \v 10 उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ। \v 11 यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ। \s1 अन्तिम निर्देशनहरू \p \v 12 अब दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। \v 13 अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर देओ। एक-आपससँग मेलमिलापमा बस। \v 14 दाजुभाइ-दिदीबहिनीहरू हो, हामी तिमीहरूलाई आग्रह गर्दछौँ, अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ; अनि कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ। \v 15 यस विषयमा ध्यान देओ, कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैँ भलाइ गर्ने प्रयास गर। \p \v 16 सधैँ आनन्दित रहो। \v 17 निरन्तर प्रार्थना गरिरहो। \v 18 हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको लागि परमेश्‍वरको इच्छा यही हो। \p \v 19 पवित्र आत्मालाई ननिभाओ। \v 20 अगमवाणीलाई तुच्छ नठान। \v 21 हरेक कुरालाई जाँच गर; जे कुरा असल छ, त्यसलाई पक्रिराख। \v 22 हरेक किसिमका दुष्‍टतालाई इन्कार गर। \p \v 23 तिमीहरूलाई शान्तिका परमेश्‍वर आफैँले सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क रहून्। \v 24 तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ। \b \b \p \v 25 दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा निम्ति प्रार्थना गरिदेओ। \b \p \v 26 परमेश्‍वरका सबै जनहरूलाई ख्रीष्‍टिय प्रेमसाथ\f + \fr 5:26 \fr*\ft मूल भाषामा \ft*\fqa पवित्र चुम्बनसाथ\fqa*\f* अभिवादन गर। \b \p \v 27 यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाममा म तिमीहरूलाई आग्रह गर्दछु। \b \p \v 28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्!