\id 1SA - Biblica® Open Nepali Contemporary Version \usfm 3.0 \ide UTF-8 \h 1 शमूएल \toc1 शमूएलको पहिलो पुस्तक \toc2 1 शमूएल \toc3 1 शमू \mt1 शमूएलको पहिलो पुस्तक \c 1 \s1 शमूएलको जन्म \p \v 1 एफ्राइमको पहाडी मुलुक रामातैमका एक जना सूपी\f + \fr 1:1 \fr*\ft \+xt 1 इति 6:26‑27, 33‑35\+xt*\ft*\f* मानिस थिए; जसको नाम एल्काना थियो। तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र एफ्राएमी सूपका खनाति थिए। \v 2 तिनका दुई पत्नीहरू थिए; एउटीलाई हन्‍ना र अर्कीलाई पनिन्‍नाह भनिन्थ्यो। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाचाहिँ निःसन्तान थिइन्। \p \v 3 एल्काना वर्षैपिच्छे आफ्नो सहरबाट सेनाहरूका याहवेहकहाँ आराधना गर्न र बलिदान चढाउन शीलोमा उक्लेर जान्थे। त्यहाँ एलीका दुई छोराहरू होप्नी र पीनहास याहवेहका पुजारीहरू थिए। \v 4 जब एल्कानाको बलिदान चढाउने दिन आउँथ्यो, तब तिनले आफ्नी पत्नी पनिन्‍नाह र तिनका सबै छोराहरू र छोरीहरूलाई मासुको भाग दिन्थे। \v 5 तर हन्‍नालाई चाहिँ तिनले दोबर भाग दिन्थे; किनकि तिनले उनलाई धेरै माया गर्थे। तर याहवेहले हन्‍नाको कोख बन्द गरिदिनुभएको थियो। \v 6 अनि याहवेहले तिनको कोख बन्द गरिदिनुभएको कारण तिनकी सौताले तिनलाई रिस उठाउन उक्साइरहन्थिन्। \v 7 हरेक वर्ष यस्तो व्यवहार भइरहन्थ्यो। हन्‍ना जहिले पनि याहवेहको भवनमा जाँदा तिनकी सौताले तिनलाई रुवाएर खाना नखाने अवस्थासम्म पुर्‍याउँथिन्। \v 8 तिनका पति एल्कानाले तिनलाई यसो भन्थे, “हन्‍ना तिमी किन रोइरहन्छौ? तिमी किन खाँदिनौ? तिमी किन उदास हुन्छ्यौ? के म तिम्रा निम्ति दश छोराहरूभन्दा पनि बढी छैनँ र?” \p \v 9 एक दिन तिनीहरूले शीलोमा खानपिन गरिसकेपछि हन्‍ना उठिन्। अनि पुजारी एलीचाहिँ याहवेहको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमाथि बसिरहेका थिए। \v 10 हन्‍ना मनमा गहिरो पीडासहित व्याकुल भएर रुँदै याहवेहलाई प्रार्थना गर्दैथिइन्। \v 11 अनि तिनले यसो भन्दै भाकल गरिन्, “हे सेनाहरूका याहवेह, यदि तपाईंले आफ्नी सेविकाको वेदना देखेर मलाई सम्झनुभयो; र तपाईंकी सेविकालाई नबिर्सी एउटा छोरा दिनुभयो भने म त्यसलाई त्यसको जीवनभरि याहवेहकहाँ अर्पण गर्नेछु, र त्यसको शिरमा कहिल्यै छुरा लाग्नेछैन।” \p \v 12 तिनले याहवेहसँग प्रार्थना गरिरहेको बेला एलीले तिनको ओठ चलिरहेका देखे। \v 13 हन्‍नाले आफ्नो मनमा प्रार्थना गरिरहेकी थिइन्; अनि तिनका ओठहरूचाहिँ चलिरहेका थिए। तर तिनको आवाज भने सुनिँदैनथ्यो। यसकारण एलीले तिनलाई मातेकी हो भनी ठाने। \v 14 अनि तिनलाई भने, “तिमी कतिबेर सम्म मातिरहन्छ्यौ? मद्यपानबाट होशमा आऊ।” \p \v 15 तब हन्‍नाले जवाफ दिइन्, “त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु। \v 16 तपाईंकी सेविकालाई एउटी खराब स्त्री नठान्‍नुहोस्। मेरो गहिरो पीडा र सन्तापको कारण म प्रार्थना गरिरहेकी छु।” \p \v 17 तब एलीले तिनलाई जवाफ दिए, “शान्तिसित जाऊ, र इस्राएलका परमेश्‍वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।” \p \v 18 तिनले भनिन्, “तपाईंकी सेविकाले तपाईंको दृष्‍टिमा निगाह पाओस्।” त्यसपछि तिनी आफ्नो बाटो लागिन्, र केही खानेकुरा खाइन्। अनि तिनी फेरि उदास भइनन्। \p \v 19 भोलिपल्ट बिहानै तिनीहरू उठे, र तिनीहरूले याहवेहको सामु आराधना गरे। अनि आफ्नो घर रामामा गए। एल्कानाले आफ्नी पत्नी हन्‍नासित सहबास गरे। अनि याहवेहले तिनलाई सम्झनुभयो। \v 20 यसरी हन्‍ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल\f + \fr 1:20 \fr*\fq शमूएल \fq*\ft अथवा \ft*\fqa याहवेहले सुन्‍नुभएको\fqa*\f* राखिन् र भनिन्, “किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।” \s1 हन्‍नाले शमूएललाई अर्पण गरेकी \p \v 21 वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना सबै परिवारसँग माथि गए, \v 22 तर हन्‍नाचाहिँ गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “बालकले दूध खान छाडेपछि म त्यसलाई याहवेहको सामु लैजानेछु, र त्यो सधैँभरि\f + \fr 1:22 \fr*\fq सधैँभरि \fq*\ft केही प्राचीन पा.लि.हरूमा उनको जीवनभरिको लागि नाजिरी हुने भनिएको छ।\ft*\f* त्यहीँ रहनेछ।” \p \v 23 तिनको पति एल्कानाले भने, “तिमीलाई जस्तो असल लाग्छ त्यही गर। तिमीले उसलाई दूध नछुटाएसम्म यहीँ बस। केवल याहवेहले आफ्नो वचन पूरा गरून्।” यसकारण हन्‍नाले आफ्नो बालकलाई दूध नछुटाएसम्म घरमै बसेर त्यसलाई स्याहारिन्। \p \v 24 बालकले दूध छोडेपछि तिनले आफ्नो बालक र त्यसको साथसाथै एउटा तीन बर्से साँढे\f + \fr 1:24 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa तीन वटा साँढेहरू\fqa*\f* अनि एक एपा\f + \fr 1:24 \fr*\ft लगभग 16 किलो\ft*\f* पिठो र एक मसक दाखमद्य साथमा लिएर याहवेहको भवन शीलोमा ल्याइन्। \v 25 तिनीहरूले साँढेलाई बलि चढाए, र बालकलाई एलीकहाँ ल्याए। \v 26 तब हन्‍नाले एलीलाई भनिन्, “मेरा मालिक, तपाईं जीवित हुनुभएझैँ, म त्यही स्त्री हुँ, जो याहवेहकहाँ प्रार्थना गर्दै तपाईंको छेउमा उभिएकी थिएँ। \v 27 मैले यही बालकका निम्ति प्रार्थना गरेकी थिएँ। अनि याहवेहले मैले उहाँसित मागेको कुरा मलाई दिनुभयो। \v 28 यसकारण अब म यस बालकलाई याहवेहका निम्ति अर्पण गर्दैछु। किनकि यसको जीवनकालभरि यसलाई याहवेहको निम्ति अर्पण गरिएको हुनेछ।” अनि त्यहाँ तिनीहरूले याहवेहको आराधना गरे। \c 2 \s1 हन्‍नाको प्रार्थना \p \v 1 तब हन्‍नाले प्रार्थना गरेर यसो भनिन्: \q1 “मेरो हृदय याहवेहमा रमाउँदछ; \q2 याहवेहमा मेरो सिङ\f + \fr 2:1 \fr*\fq सिङ \fq*\ft यसले शक्ति भन्‍ने जनाउँछ। \+xt 10|link-href="1SA 2:10"\+xt*पदमा पनि\ft*\f* उच्‍च पारिएको छ। \q1 मेरो मुखले मेरा शत्रुहरूमाथि सेखी गर्दछ, \q2 किनकि म तपाईंको छुटकारामा हर्षित छु। \b \q1 \v 2 “याहवेहझैँ पवित्र अरू कोही छैन; \q2 तपाईंबाहेक अरू कोही छैन; \q2 हाम्रा परमेश्‍वरजस्तै चट्टान अरू कोही छैन। \b \q1 \v 3 “घमण्डले फुलेर धेरै बोल्न बन्द गर, \q2 अर्थात् तेरो मुखले त्यस्तो अहङ्कारको कुरा ननिकालोस्; \q1 किनकि याहवेह परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ, \q2 अनि उहाँले नै सबै कामको न्याय गर्नुहुन्छ। \b \q1 \v 4 “योद्धाहरूका धनुहरू भाँचिएका छन्, \q2 तर ठेस खाएर लड्नेहरूचाहिँ बलिया भएका छन्। \q1 \v 5 एक समयमा भरिपूर्ण भएकाहरू भोजनको निम्ति आफैँलाई बेच्दछन्; \q2 तर भोकभोकै डुल्नेहरू फेरि भोकाउने छैनन्। \q1 ती बाँझी स्त्रीले सात जना बच्‍चाहरू जन्माएकी छिन्; \q2 तर धेरै छोराहरू भएकी आमा दुःखी भएकी छिन्। \b \q1 \v 6 “याहवेहले मृत्यु ल्याउनुहुन्छ, र फेरि जीवित पार्नुहुन्छ; \q2 उहाँले नै चिहानसम्म झार्नुहुन्छ, र पुनर्जीवित पार्नुहुन्छ। \q1 \v 7 याहवेहले नै गरिबी र धनसम्पत्ति पठाउनुहुन्छ; \q2 उहाँले नम्र तुल्याउनुहुन्छ, र उहाँले नै उच्‍च पार्नुहुन्छ। \q1 \v 8 उहाँले गरिबहरूलाई धुलोबाट उठाउनुहुन्छ, \q2 अनि खाँचोमा परेकाहरूलाई खरानीको राशबाट उचाल्नुहुन्छ; \q1 उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाउनुहुन्छ, \q2 अनि तिनीहरूलाई आदरको सिंहासन दिनुहुन्छ। \b \q1 “किनकि पृथ्वीका जगहरू याहवेहकै हुन्; \q2 त्यही जगमाथि नै उहाँले पृथ्वीलाई बसाल्नुभएको छ। \q1 \v 9 उहाँले आफ्ना विश्‍वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, \q2 तर दुष्‍टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। \b \q1 “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन; \q2 \v 10 याहवेहको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, \q1 तिनीहरूका विरुद्धमा सर्वोच्‍च स्वर्गबाट गर्जनुहुनेछ; \q2 याहवेहले पृथ्वीको अन्त्यसम्म नै न्याय गर्नुहुनेछ। \b \q1 “उहाँले आफ्नो राजालाई सामर्थ्य दिनुहुनेछ, \q2 र आफ्नो अभिषिक्त जनको सिङ उच्‍च पार्नुहुनेछ।” \p \v 11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे। \s1 एलीका खराब छोराहरू \p \v 12 एलीका छोराहरू बदमास थिए। याहवेहप्रति तिनीहरूमा कुनै श्रद्धाभाव थिएन। \v 13 पुजारीहरूले गर्नुपर्ने प्रचलन यस्तो थियो, कि जब कसैले बलि चढाउँथे, तब मासु पाकिरहेको बेलामा पुजारीका सेवक हातमा तीन सुइरे काँटा लिएर आउँथे; \v 14 अनि त्यो काँटालाई भाँडामा अर्थात् कराहीमा डुबाउँथे। तब त्यस काँटाले उठाएर जे जति मासु निकाल्थ्यो, त्यो सबै पुजारीले आफ्ना निम्ति लिन्थे। शीलोमा बलिदान चढाउन आउने सबै इस्राएलीहरूलाई तिनीहरूले त्यसै गर्थे। \v 15 त्यतिमात्रै होइन, बोसो जलाइनुअगि नै पुजारीका सेवक आएर बलिदान चढाइरहेको मानिसलाई भन्थ्यो, “पुजारीले पोलेर खानको निम्ति केही मासु देऊ; किनकि तिनले तिमीहरूबाट पकाएको मासु होइन, तर काँचो मासु मात्र लिन्छन्।” \p \v 16 यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।” \p \v 17 ती जवान मानिसहरूको पाप याहवेहको दृष्‍टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए। \p \v 18 तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे। \v 19 प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्। \v 20 पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे। \v 21 अनि याहवेहले हन्‍नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए। \p \v 22 अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्‍ने कुरा सुने। \v 23 यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्‍ट कामहरूको बारेमा सुन्दैछु। \v 24 हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन। \v 25 यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्‍यो भने परमेश्‍वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्‍यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो। \p \v 26 अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए। \s1 एलीको घरानाको विरुद्धमा अगमवाणी \p \v 27 याहवेहका एक जना सेवक एलीकहाँ आएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘के मैले तिमीहरूका पितापुर्खाहरू इजिप्टमा फारोको अधीनमा भएको बेला म आफूलाई तिनीहरूकहाँ स्पष्‍ट रूपमा प्रकट गरिनँ र? \v 28 मैले तिमीहरूका पितापुर्खाहरूलाई मेरो पुजारी हुन र वेदीमा उक्लेर गई धूप बाल्न; अनि मेरो उपस्थितिमा एपोद पहिरिन इस्राएलका सबै कुलहरूबाट चुनेँ। मैले तिमीहरूका पितापुर्खाहरूको घरानालाई इस्राएलीहरूले चढाएका सबै अन्‍नबलिहरू पनि दिएँ। \v 29 तिमीहरू किन मैले मेरो वासस्थानको निम्ति तोकेका बलि र भेटीको अनादर गर्छौ? मेरा इस्राएली जनहरूले चढाएका हरेक भेटीका असल भागहरू खाएर आ-आफूलाई पुष्‍ट्याएर तैँले किन मलाई भन्दा बढी तेरा छोराहरूलाई आदर गर्छस्?’ ” \p \v 30 यसकारण याहवेह इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ: तेरो घराना र तेरा पितापुर्खाका घरानाले सधैँभरि मेरो सेवा गर्नेछौ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब याहवेह घोषणा गर्नुहुन्छ, “मबाट अब यस्तो हुनेछैन! मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु, तर मेरो अपमान गर्नेहरू अपमानित हुनेछन्।” \v 31 हेर्, समय आउँदैछ, म तेरो शक्ति र तेरा पुजारी घरानाको शक्ति घटाइदिनेछु; ताकि तेरा परिवारमा कोही पनि वृद्ध अवस्थामा पुग्नेछैन। \v 32 अनि तैँले मेरो बासस्थानमा पीडा देख्नेछस्। यद्यपि इस्राएलको भलाइ गरिए तापनि तेरो वंशको परिवारमा चाहिँ कहिल्यै कुनै पनि मानिस वृद्ध अवस्थामा पुग्नेछैन। \v 33 तेरो घरानाको प्रत्येक, जसलाई मैले मेरो वेदीमा सेवा गर्नबाट रोक्नेछैनँ; म त्यसलाई तेरो दृष्‍टि नष्‍ट गर्न र हृदय दुःखित पार्नलाई मात्र छोडिदिनेछु। अनि तेरा सबै सन्तानहरू जवानी अवस्थामा नै मर्नेछन्। \p \v 34 “ ‘अनि तेरा दुई छोराहरू होप्नी र पीनहासमाथि जे हुनेछ, त्यो तेरा निम्ति एउटा चिन्ह हुनेछ—तिनीहरू दुवै एकै दिनमा मर्नेछन्। \v 35 म आफ्ना निम्ति एक जना विश्‍वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदय र मनले चाहेअनुसार गर्नेछ, म त्यसको पुजारी घरानालाई स्थिर गर्नेछु; अनि त्यसले मेरो अभिषिक्त जनहरूको सामु सदासर्वदा सेवा गर्नेछ। \v 36 अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ” \c 3 \s1 याहवेहले शमूएललाई बोलाउनुभएको \p \v 1 बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो। \p \v 2 एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए। \v 3 परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए। \v 4 तब याहवेहले शमूएललाई बोलाउनुभयो। \p शमूएलले जवाफ दिए, “म यहाँ छु।” \v 5 अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” \p तर एलीले भने, “मैले तँलाई बोलाइनँ; जा गएर सुत्।” यसकारण तिनी गए, र ढल्के। \p \v 6 याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” \p एलीले भने, “मेरो छोरा, मैले तँलाई बोलाएको होइनँ; जा, गएर सुत्।” \p \v 7 तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन। \p \v 8 तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” \p तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए। \v 9 यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के। \p \v 10 याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” \p तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।” \p \v 11 याहवेहले शमूएललाई भन्‍नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्‍नेहरूका कान झन्झनाउनेछन्। \v 12 त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु। \v 13 किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्‍वरलाई निन्दा गर्दैछन्\f + \fr 3:13 \fr*\ft आफैँलाई श्रापित तुल्याए\ft*\f* भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन। \v 14 यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्‍चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ” \p \v 15 शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्‍न उनी डराए, \v 16 तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” \p शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।” \p \v 17 एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्‍नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्‍नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।” \v 18 यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।” \p \v 19 जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन। \v 20 अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने। \v 21 याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो। \c 4 \p \v 1 अनि शमूएलको वचन इस्राएलभरि नै आयो। \s1 पलिश्तीहरूले सन्दुक खोसेका \p अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले। \v 2 पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे। \v 3 जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।” \p \v 4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्‍वरको करारको सन्दुकसँग त्यहाँ थिए। \p \v 5 जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्‍लिने गरी ठूलो सोरले चिच्याए। \v 6 त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” \p जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए, \v 7 तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्‍टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन। \v 8 हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए। \v 9 हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।” \p \v 10 यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए। \v 11 परमेश्‍वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे। \s1 एलीको मृत्यु \p \v 12 त्यही दिन बेन्यामीन कुलको एक जना मानिस लडाइँको मैदानबाट दौडेर शीलोमा आयो, जसको लुगा च्यात्तिएको र शिरमा माटो लागेको थियो। \v 13 जब त्यो मानिस आइपुग्यो, तब त्यहाँ एलीचाहिँ परमेश्‍वरको सन्दुकको कारण विचलित भएर बाटोको छेउमा आफ्नो कुर्सीमाथि बसेर हेरिरहेका थिए। अनि त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो, सो सबै भन्यो, तब सारा सहरमा चीत्कार मच्‍चियो। \p \v 14 “यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो। \p \v 15 एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए। \v 16 अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।” \p एलीले सोधे, “मेरो छोरा त्यहाँ के भयो त?” \p \v 17 त्यो समाचार ल्याउने मानिसले भन्यो, “इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्‍यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्‍वरको करारको सन्दुक पनि खोसियो।” \p \v 18 जब त्यो मानिसले परमेश्‍वरको करारको सन्दुकको बारेमा बतायो, तब एली ढोकाको छेउमा आफ्नो कुर्सीबाट पछिल्तिर लडे, र तिनको घिच्रो भाँचियो र तिनी मरे। किनकि तिनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। तिनी चालीस वर्षसम्म इस्राएलका अगुवा\f + \fr 4:18 \fr*\ft परम्परागत रूपमा \ft*\fqa न्याय गरियो।\fqa*\f* भएका थिए। \p \v 19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिईन्, र उनको सुत्केरी हुने समय नजिकै थियो। जब तिनले परमेश्‍वरको करारको सन्दुक खोसिएको अनि आफ्ना ससुरा र पतिको मृत्यु भएको खबर सुनिन्; तब तिनलाई बेथा लाग्यो, र तिनले बालक जन्माइन्। तर तिनलाई बेथाले साह्रै पार्‍यो। \v 20 जब तिनी मर्नै लागेकी थिईन्, तब तिनलाई सुँडेनीहरूले भने, “हताश नहोऊ; तिमीले एउटा छोरा जन्माएकी छौ।” तर तिनले न जवाफ दिइन्, न त त्यस कुरामा ध्यान नै दिइन्। \p \v 21 तिनले यसो भनेर बालकको नाम इकाबोद\f + \fr 4:21 \fr*\fq इकाबोद \fq*\ft जसको अर्थ \ft*\fqa महिमारहित\fqa*\f* राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्‍वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो। \v 22 तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्‍वरको सन्दुक खोसिएको छ।” \c 5 \s1 अश्दोद र एक्रोनमा सन्दुक \p \v 1 पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्‍याए। \v 2 तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे। \v 3 भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे। \v 4 अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो। \v 5 यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्‍ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्। \p \v 6 अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले\f + \fr 5:6 \fr*\ft अथवा \ft*\fqa पिलोको रोग। उनीहरूका इलाकामा हुलका हुल मुसाहरू निस्के, र उनीहरूका सहरभरि नै मृत्यु र विनाश छायो।\fqa*\f* सताउनुभयो। \v 7 जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।” \v 8 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?” \p तिनीहरूले जवाफ दिए, “इस्राएलको देवताको सन्दुकलाई गातमा पठाइदेओ।” यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई गातमा सारे। \p \v 9 तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो। \v 10 यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाइदिए। \p परमेश्‍वरको सन्दुक एक्रोनमा प्रवेश गरिरहेको बेला एक्रोनका मानिसहरू यसो भनेर रोए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्न इस्राएलको देवताको सन्दुक हामीकहाँ ल्याएका छन्।” \v 11 यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ बोलाएर भने, “इस्राएलको देवताको सन्दुक फर्काइदेओ; त्यसको आफ्नै ठाउँमा फर्काइदेओ, नत्रता यसले हामी र हाम्रा मानिसहरूलाई मार्नेछ।” मृत्युको कारण त्यस सहर आतङ्कले भरिएको थियो। परमेश्‍वरको बाहुलीको भार त्यसमाथि परेको थियो। \v 12 जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो। \c 6 \s1 सन्दुकलाई इस्राएलमा फर्काइएको \p \v 1 जब याहवेहको सन्दुक पलिश्तीहरूको इलाकामा सात महिनासम्म रह्‍यो, \v 2 तब पलिश्तीहरूले पुजारीहरू र जोखना हेर्नेहरूलाई बोलाएर भने, “याहवेहको सन्दुकलाई हामीले के गरौँ? हामीले यसलाई यसको आफ्नै ठाउँमा कसरी पठाउने हो, सो हामीलाई भन्‍नुहोस्!” \p \v 3 तिनीहरूले जवाफ दिए, “यदि तिमीहरूले इस्राएलको देवताको सन्दुक फर्कायौ भने यसलाई उपहारविना नपठाओ। उहाँकहाँ दोषबलि कुनै पनि हालतमा पठाइदिनू। तब तिमीहरू निको हुनेछौ, र उहाँको हात तिमीहरूबाट किन हटेको रहेनछ भनी तिमीहरूले जान्‍नेछौ।” \p \v 4 पलिश्तीहरूले सोधे, “हामी उहाँलाई कस्तो किसिमको दोषबलि पठाऔँ?” \p तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूका शासकहरूको संख्याअनुसार सुनबाट बनेका पाँच वटा गिर्खा र सुनबाट बनेका पाँच वटा मुसा पठाउनू; किनकि यही रूढीले तिमीहरू र तिमीहरूका शासकहरूलाई प्रहार गरेको थियो। \v 5 देशलाई नष्‍ट गरिरहेका गिर्खा र मुसाका प्रतिमाहरू बनाओ, र इस्राएलको देवतालाई महिमा दिनुहोस्। सायद उहाँले तिमीहरू र तिमीहरूका देवताहरू अनि तिमीहरूका देशबाट आफ्ना हात हटाउनुहुनेछ।” \v 6 तिमीहरू किन इजिप्टियनहरू र फारोले गरेझैँ आफ्नो हृदय कठोर पार्छौ? उहाँले तिनीहरूसित कठोर व्यवहार गर्नुहुँदा के तिनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो लागून् भनेर जान दिएनन् र? \p \v 7 अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख। \v 8 याहवेहको सन्दुकलाई लगेर गाडामा राख, र त्यसको छेउमा एउटा कन्तुरमा तिमीहरूले उहाँलाई दोषबलिको रूपमा पठाउन लागेका ती सुनका सामग्रीहरू राख। अनि गाडालाई आफ्नो बाटो लगाइदेओ। \v 9 तर गाडामाथि नजर लगाइराख। यदि त्यो बेथ-शेमेशतिर, त्यसको आफ्नै इलाकातिर गयो भने यो विपत्ति हामीमाथि याहवेहले नै ल्याउनुभएको हो। तर यदि त्यो त्यतातिर गएन भने हामीलाई उहाँको हातले प्रहार गर्नुभएको होइन; तर हामीमाथि त्यो घटना संयोगवश भएको हो भनी हामी जान्‍नेछौँ। \p \v 10 यसकारण तिनीहरूले त्यसै गरे। तिनीहरूले भनेजस्तै दुई वटा गाईहरू ल्याएर गाडामा नारे; अनि तिनीहरूका बाछा-बाछीहरूलाई चाहिँ गोठमा थुनेर राखे। \v 11 तिनीहरूले याहवेहको सन्दुकलाई गाडामाथि राखे। सुनका मुसाहरू र गिर्खाहरूका नमुनाहरू भएको बाकसलाई पनि त्यससँगै राखे। \v 12 तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए। \p \v 13 अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए। \v 14 त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए। \v 15 लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए। \v 16 पलिश्तीहरूका पाँच जना शासकहरूले यी सबै कुराहरू देखे, र त्यही दिन एक्रोनमा फर्किए। \p \v 17 पलिश्तीहरूले दोषबलिको रूपमा याहवेहलाई पठाएका सुनका गिर्खाहरू यिनै शासकहरूका निम्ति थिए; अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन यी हरेकका निम्ति एक-एक वटा थिए। \v 18 अनि सुनका मुसाहरूको संख्याचाहिँ ती पाँच जना शासकहरूका बलियो किल्‍ला भएका सहरहरू र त्यसका गाउँहरूको संख्याअनुसारका थिए। त्यो ठूलो चट्टान, जहाँ तिनीहरूले याहवेहको सन्दुक राखेका थिए, त्यो आजको दिनसम्मै बेथ-शेमेसको यहोशूको खेतमा साक्षीको रूपमा छँदैछ। \p \v 19 तर परमेश्‍वरले तिनीहरूमध्ये सत्तरी जनालाई प्रहार गरेर मार्नुभयो। किनकि बेथ-शेमेशका बासिन्दाहरूले याहवेहको सन्दुकभित्र हेरेका थिए। याहवेहले तिनीहरूलाई गम्भीर रूपमा प्रहार गर्नुभएको कारण ती मानिसहरूले विलाप गरे। \v 20 अनि बेथ-शेमेशका मानिसहरूले सोधे, “याहवेह, पवित्र परमेश्‍वरको सामु को उभिन सक्ला र? अब हामीले सन्दुक यहाँबाट कहाँ पठाउन सक्छौँ होला र?” \p \v 21 तब तिनीहरूले किर्यत-यारीमका मानिसहरूकहाँ सन्देश वाहकहरू पठाएर भने, “पलिश्तीहरूले याहवेहको करारको सन्दुक फर्काइदिएका छन्। तल आएर सन्दुकलाई तिमीहरूको ठाउँमा लैजाओ।” \c 7 \nb \v 1 यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे। \v 2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो। \s1 शमूएलले मिस्पामा पलिश्तीहरूलाई हराएका \p त्यसपछि इस्राएलका सारा मानिसहरू विलाप गर्दै याहवेहतर्फ फर्किए। \v 3 अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।” \v 4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे। \p \v 5 तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।” \v 6 जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे। \p \v 7 जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनीहरू डराए। \v 8 इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्‍वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।” \v 9 तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो। \p \v 10 शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए। \v 11 इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्‌दै गए। \p \v 12 तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर\f + \fr 7:12 \fr*\fq एबेन-एजेर \fq*\ft जसको अर्थ \ft*\fqa सहायताको ढुङ्गो\fqa*\f* राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।” \p \v 13 यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्‍यो। \v 14 पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो। \p \v 15 शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए। \v 16 हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे। \v 17 तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए। \c 8 \s1 इस्राएलले राजाको माग गरेको \p \v 1 जब शमूएल वृद्ध भए, तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे। \v 2 तिनको जेठा छोराको नाम योएल र माहिलो छोराको नाम अबीयाह थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे। \v 3 तर तिनका छोराहरू तिनको चालमा हिँडेनन्। तिनीहरू अनुचित तरिकाले पैसा कमाउनतिर लागे, र घूस लिएर न्यायलाई भ्रष्‍ट पार्न थाले। \p \v 4 यसकारण इस्राएलका सारा प्रधानहरू एकसाथ भेला भए, र रामामा शमूएलकहाँ आए। \v 5 तिनीहरूले तिनलाई भने, “तपाईं वृद्ध हुनुभएको छ, र तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। अब अरू राष्ट्रहरूजस्तै हामीलाई पनि न्याय गर्न एउटा राजा नियुक्त गरिदिनुहोस्।” \p \v 6 तर जब तिनीहरूले भने, “हामीलाई न्याय गर्नलाई एउटा राजा दिनुहोस्,” यस कुराले शमूएल अप्रसन्‍न भए। यसकारण तिनले याहवेहसँग प्रार्थना गरे। \v 7 अनि याहवेहले शमूएललाई भन्‍नुभयो, “ती मानिसहरूले तँलाई भनेका सबै कुराहरू सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूले मलाई नै तिनीहरूका राजाको रूपमा इन्कार गरेका हुन्।” \v 8 मैले तिनीहरूलाई इजिप्टबाट ल्याएको दिनदेखि आजको दिनसम्म जसरी तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूका सेवा गरेका छन्, तँसँग पनि तिनीहरूले त्यस्तै गरिरहेका छन्। \v 9 अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे। \p \v 10 यसकारण राजाको माग गर्ने ती मानिसहरूलाई याहवेहले भन्‍नुभएका सबै कुरा शमूएलले बताइदिए। \v 11 तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजाले तिमीहरूसँग यसो गर्नेछन्: तिनले तिमीहरूका छोराहरूलाई लानेछन्। अनि तिनीहरूलाई आफ्ना रथहरू हाँक्ने काममा लगाउनेछन्; र घोडचढीहरू बनाउनेछन्। अनि तिनीहरूलाई तिनका रथहरूका अगि-अगि दगुर्न लगाउनेछन्। \v 12 कतिलाई चाहिँ तिनले हजारौँ र कतिलाई चाहिँ पचासौँमाथि सेनापति बनाउनेछन्। कतिलाई चाहिँ तिनको जमिन खनजोत गर्ने र कटनी गर्ने काममा खटाउनेछन्। अनि अझ अरूहरूलाई चाहिँ लडाइँका निम्ति हतियारहरू र तिनका रथहरूका सामानहरू बनाउन लगाउनेछन्। \v 13 तिनले तिमीहरूका छोरीहरूलाई लगेर अत्तर बनाउने, भान्से र रोटी बनाउने काममा लगाउनेछन्। \v 14 तिनले तिमीहरूका खेतहरू र दाखबारीहरू अनि जैतुनबारीबाट सबैभन्दा असल फलहरू लिएर आफ्ना कर्मचारीहरूलाई दिनेछन्। \v 15 तिनले तिमीहरूका अन्‍न र दाखबारीको दशांश लिएर ती आफ्ना अधिकृतहरू र कर्मचारीहरूलाई दिनेछन्। \v 16 तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सबैभन्दा असल गाईबस्तु र गधाहरूलाई तिनले आफ्नै कामको निम्ति प्रयोग गर्नेछन्। \v 17 तिनले तिमीहरूका बगालको दशांश लिनेछन्। तिमीहरू आफैँ पनि तिनका दास बन्‍नेछौ। \v 18 जब त्यो दिन आउँछ, तब तिमीहरू आफैँले चुनेका राजाबाट छुटकारा पाउन तिमीहरूले पुकार्नेछौ; तर त्यस दिन याहवेहले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।” \p \v 19 तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे। तिनीहरूले भने, “जेसुकै होस्! हामी राजा चाहन्छौँ। \v 20 तब हामी अरू राष्ट्रहरूजस्तै हुनेछौँ। अनि हामीलाई न्याय गर्न र युद्धमा लड्नका लागि हाम्रा अगि-अगि जानलाई राजा हुनेछन्।” \p \v 21 जब शमूएलले ती मानिसहरूले भनेका सबै कुराहरू सुने, तब तिनले त्यस कुरालाई याहवेहको सामु दोहोर्‍याइदिए। \v 22 याहवेहले जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुरा मान्, र तिनीहरूका निम्ति एउटा राजा नियुक्त गर्।” \p तब शमूएलले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरू हरेक आ-आफ्ना घरमा फर्केर जाओ।” \c 9 \s1 शमूएलले शाऊललाई अभिषेक गरेका \p \v 1 बेन्यामीनको कुलका एक प्रभावशाली मानिस थिए, जसको नाम कीश थियो; जो अबीएलका छोरा थिए। अबीएल जरोरका छोरा थिए, जरोर बकोरतका छोरा थिए, बकोरत बेन्यामीन कुलका अपियाहका छोरा थिए। \v 2 कीशका शाऊल नाम भएका एक जना छोरा थिए, जो सुन्दर जवान मानिस थिए। उनको बराबरको व्यक्ति इस्राएलमा कहीँ पनि भेटिँदैन थियो। उनको कुमभन्दा अग्लो अरू कोही पनि थिएनन्। \p \v 3 एक दिन शाऊलका पिता कीशका गधाहरू हराए। अनि कीशले आफ्नो छोरा शाऊललाई भने, “एक जना सेवकलाई लिएर ती गधाहरूलाई खोज्न जा।” \v 4 यसकारण तिनी एफ्राइमको पहाडी मुलुकबाट शलीशाको वरिपरि भएर अगि गए, तर तिनीहरूले गधाहरू भेट्टाएनन्। तब तिनीहरू अगि बढे, र शालीमको इलाकातिर गए, तर त्यहाँ पनि ती गधाहरू थिएनन्। त्यसपछि तिनी बेन्यामीनको इलाका भएर गए, तर पनि गधाहरू भेट्टाउन सकेनन्। \p \v 5 जब तिनीहरू सूपको जिल्‍लामा पुगे, तब शाऊलले आफ्नो साथमा भएको सेवकलाई भने, “आइज, हामी घर फर्कौँ। नत्रता मेरा बुबाले गधाहरूको बारेमा फिक्री गर्न छाडेर हाम्रोचाहिँ चिन्ता गर्नुहुनेछ।” \p \v 6 तर त्यस सेवकले जवाफ दियो, “हेर्नुहोस्, यस सहरमा एक जना परमेश्‍वरका जन छन्; जो अति आदरणीय छन्, र तिनले भनेका हरेक कुरा सत्य हुन्छन्। अहिले हामी त्यहाँ जाऔँ। सायद तिनले हामी कुन बाटो जानुपर्ने हो, सो बताउन सक्लान् कि।” \p \v 7 शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्‍वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?” \p \v 8 त्यस सेवकले शाऊललाई जवाफ दियो, “मसँग लगभग तीन शेकेल\f + \fr 9:8 \fr*\ft लगभग 3 ग्राम\ft*\f* चाँदी छ। म परमेश्‍वरका जनलाई यो दिनेछु, ताकि हामी कुन बाटो जानुपर्ने हो, सो तिनले बताइदेलान्।” \v 9 (त्यस बेला इस्राएलमा यदि कोही मानिस परमेश्‍वरसँग केही सोध्न जान्थ्यो, तिनीहरूले यसो भन्‍ने गर्थे, “हामी दर्शीकहाँ जाऔँ,” किनकि आजभोलिका अगमवक्तालाई त्यस समयमा दर्शी भनिन्थ्यो।) \p \v 10 तब शाऊलले आफ्नो सेवकलाई भने, “ठिक छ, हामी जाऔँ।” यसकारण तिनीहरू परमेश्‍वरका जन भएको सहरमा गए। \p \v 11 तिनीहरू त्यस सहरको उकालो जाँदै गर्दा तिनीहरूले पानी भर्न आइरहेका केही जवान केटीहरूलाई भेटे, र तिनीहरूले उनीहरूलाई सोधे, “के दर्शी यहीँ हुनुहुन्छ होला?” \p \v 12 तिनीहरूले भने, “हजुर, उहाँ हुनुहुन्छ। उहाँ तपाईंहरूभन्दा अगि-अगि जाँदैहुनुहुन्छ। अब चाँडो गर्नुहोस्; किनकि यहाँका मानिसहरूले अल्गा देवस्थानमा बलिदान चढाएका कारण आज उहाँ हाम्रो सहरमा आउनुभएको छ।” \v 13 “तपाईंहरू सहरमा पस्‍नसाथ उहाँ त्यहाँ भोजन गर्न जानुभन्दा अगि नै तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ। उहाँ त्यस ठाउँमा नपुगेसम्म मानिसहरूले खाँदैनन्; किनकि उहाँले त्यस बलिदानलाई आशिष् दिनुपर्छ। त्यसपछि मात्र आमन्त्रित व्यक्तिहरूले खानेछन्। चाँडै उँभो लाग्नुहोस्; तपाईंहरूले अहिले नै उहाँलाई भेट्टाउनुहुनेछ।” \p \v 14 तब तिनीहरू त्यस सहरमा गए; अनि तिनीहरू त्यस सहरमा पस्दैगर्दा अल्गा देवस्थानमा जानलाई शमूएल तिनीहरूतिर आइरहेका थिए। \p \v 15 अब शाऊल आउनुभन्दा अगिल्‍लो दिन नै याहवेहले शमूएललाई यो कुरा प्रकट गरिसक्नुभएको थियो: \v 16 “म भोलि यही समयमा तँकहाँ बेन्यामीनको देशबाट एउटा मानिसलाई पठाउनेछु। त्यसलाई मेरो जाति इस्राएलीहरूको अगुवा अभिषेक गर्नू; त्यसले मेरो जातिलाई पलिश्तीहरूका हातबाट छुटाउनेछ। मैले मेरो जातिमाथि दृष्‍टि लगाएको छु; किनकि तिनीहरूको क्रन्दन मकहाँ आइपुगेको छ।” \p \v 17 जब शमूएलले शाऊललाई देखे, तब याहवेहले तिनलाई भन्‍नुभयो, “मैले तँसित जसको बारेमा कुरा गरेको थिएँ, त्यो मानिस यही हो। यसले नै मेरा मानिसहरूमाथि शासन गर्नेछ।” \p \v 18 शाऊलले शमूएललाई मूलढोकामा भेटेर सोधे, “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्!” \p \v 19 शमूएलले शाऊललाई जवाफ दिए, “दर्शी म नै हुँ। मेरो अगि-अगि त्यस अल्गा देवस्थानमा जाओ; किनकि आज तिमीहरूले मसित खानेछौ। अनि भोलि बिहानै तिमीलाई जान दिनेछु; र तिम्रो हृदयमा भएका सबै कुराहरू बताइदिनेछु। \v 20 अनि तिमीले तीन दिन अगि हराएका गधाहरूको बारेमा चिन्ता नगर; किनकि ती फेला परिसकेका छन्। अनि इस्राएलको आसा तिमी र तिम्रा पिताका सम्पूर्ण परिवारतिर नै फर्किएको छ।” \p \v 21 शाऊलले जवाफ दिए, “तर म इस्राएलका सबैभन्दा सानो कुल बेन्यामीनबाट हुँ। अनि मेरो वंश बेन्यामीन कुलका वंशहरूमा सबैभन्दा सानो छ। तपाईंले किन मलाई यस्तो कुरा भन्‍नुहुन्छ?” \p \v 22 तब शमूएलले शाऊल र तिनको सेवकलाई ठूलो कोठामा ल्याए। अनि तिनीहरूलाई आमन्त्रित तीस जना प्रमुख व्यक्तिहरूका बीचमा प्रमुख स्थानमा बसाए। \v 23 तब शमूएलले भान्सेलाई भने, “मैले तँलाई अलग्गै राख्नू भनेर दिएको मासुको टुक्रा लिएर आइज।” \p \v 24 यसकारण त्यस भान्सेले फिला र त्यससित जे थियो, त्यो ल्याएर शाऊलको सामु राखिदियो। शमूएलले भने, “तिम्रो निम्ति राखिएको कुरा यही हो। यसलाई खाऊ, किनकि ‘मैले पाहुनाहरू निम्त्याएको छु’ भनेर मैले भनेको समयदेखि यो तिम्रो निम्ति यस विशेष अवसरको निम्ति छुट्याइएको थियो।” अनि त्यस दिन शाऊलले शमूएलसँग भोजन खाए। \p \v 25 तिनीहरू त्यस अल्गा देवस्थानदेखि सहरमा आइपुगेपछि, शमूएलले आफ्नो घरको कौसीमा शाऊलसित बातचित गरे। \v 26 तिनीहरू झिसमिसे उज्यालोमा उठे; अनि शमूएलले शाऊललाई घरको कौसीमा बोलाएर भने, “तयार होउ, र अब म तिमीलाई बिदा गर्नेछु।” जब शाऊल तयार भए, तब शाऊल र शमूएल एकसाथ घरबाट बाहिर निस्के। \v 27 जब तिनीहरू सहरको पल्‍लो छेउमा पुगे, तब शमूएलले शाऊललाई भने, “त्यो सेवकलाई हाम्रो अगि जानलाई भन।” अनि त्यो सेवकले त्यसै गर्‍यो, “तर तिमीचाहिँ एकछिन यहीँ बस, ताकि म तिमीलाई परमेश्‍वरको सन्देश बताउन सकूँ।” \c 10 \p \v 1 तब शमूएलले एउटा ढुङ्ग्रोमा जैतुनको तेल लिएर त्यो तेल शाऊलको शिरमाथि खन्याइदिए, र तिनलाई चुम्बन गरेर भने, “याहवेहले तिमीलाई उहाँको उत्तराधिकारमाथि अगुवा अभिषेक गर्नुभएको छ। \v 2 जब तिमी आज मसँग बिदा भएर जान्छौ, तब तिमीले बेन्यामीन कुलको सिमानाभित्र सेल्साहमा भएको राहेलको चिहानको नजिकै दुई जना मानिसहरूलाई भेट्टाउनेछौ। तब तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘तपाईंले खोज्न निस्कनुभएका ती गधाहरू भेट्टाइएका छन्। तर तपाईंका बुबा तिनीहरूको विषयमा होइन, तपाईंको लागि चिन्तित हुनुभएको छ। उहाँले सोध्दै हुनुहुन्छ, “म आफ्नो छोराको निम्ति के गरूँ?” ’ \p \v 3 “तब तिमी त्यहाँबाट तबोरको ठूलो रूखमा नपुगेसम्म अगि बढिरहनू। त्यहाँ बेथेलमा परमेश्‍वरको आराधना गर्न गइरहेका तीन जना मानिसहरूले तिमीलाई भेट्नेछन्। एक जनाले बाख्राका तीन वटा कलिला पाठाहरू, र अर्कोले तीन वटा रोटीहरू, र अर्कोले चाहिँ एक मसक दाखमद्य बोकेका हुनेछन्। \v 4 तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू। \p \v 5 “त्यसपछि पलिश्तीहरूको चौकी भएको परमेश्‍वरको गेबामा तिमी जानू। जब सहर पुग्नेछौ, तब तिमीले सारङ्गी, खैँजडी, बाँसुरी र वीणा बजाउनेहरूका पछि अगमवाणी गर्दै अल्गा देवस्थानबाट आइरहेका अगमवक्ताहरूको एक दललाई भेट्टाउनेछौ। \v 6 अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ। \v 7 जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्‍वर तिमीसँग हुनुहुन्छ। \p \v 8 “अनि तिमीहरू मेरो अगि गिलगालमा ओर्लेर जाओ। म निश्‍चय नै होमबलि र मेलबलि चढाउन तिमीकहाँ आउनेछु, तर म तिमीकहाँ आएर तिमीले के गर्नुपर्छ भनी भन्‍न आउनुभन्दा अगि नै तिमीले मलाई सात दिनसम्म पर्खिबस्‍नू।” \s1 शाऊल राजा भएका \p \v 9 जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्‍वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए। \v 10 जब शाऊल र तिनको सेवक गेबामा आइपुगे, तब अगमवक्ताहरूको एक दलले तिनलाई भेटे। परमेश्‍वरको आत्मा शाऊलमाथि शक्तिशाली रूपमा आउनुभयो। अनि उनी पनि तिनीहरूसँगै अगमवाणी बोल्न थाले। \v 11 जब शाऊललाई पहिल्यैबाट चिन्‍नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?” \p \v 12 त्यहाँ बस्‍ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्‍ने उखान सुरु भयो। \v 13 शाऊलले अगमवाणी गर्न छोडेपछि तिनी अल्गा देवस्थानमा गए। \p \v 14 शाऊलका काकाले तिनी र तिनका सेवकलाई सोधे, “तिमीहरू कहाँ गएका थियौ?” \p तिनले भने, “हामी गधाहरू खोज्न गएका थियौँ। तर ती नभेट्टाएपछि हामी शमूएलकहाँ गयौँ।” \p \v 15 तब शाऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने सो मलाई भन।” \p \v 16 अनि शाऊलले जवाफ दिए, “तिनले गधा फेला परेका छन् भनेर हामीलाई आश्‍वासन दिलाए।” तर तिनले राजाको बारेमा शमूएलले भनेका कुरा काकालाई बताएनन्। \p \v 17 शमूएलले इस्राएलका मानिसहरूलाई मिस्पामा याहवेहकहाँ भेला हुनलाई बोलाए। \v 18 अनि तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ; ‘मैले इस्राएललाई इजिप्टबाट निकालेर ल्याएँ। अनि तिमीहरूलाई सताउने इजिप्टको शक्ति र सबै राज्यहरूबाट मैले छुटाएर ल्याएँ।’ \v 19 तर अहिले तिमीहरूले सबै विपत्ति र प्रकोपहरूबाट तिमीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिरस्कार गरेका छौ। अनि तिमीहरूले भनेका छौ, ‘अहँ, हुँदैन, हामीमाथि एउटा राजा नै नियुक्त गरिदिनुहोस्।’ यसकारण अब तिमीहरूले आफ्ना कुल र वंशअनुसार आफूलाई याहवेहको सामु उपस्थित गराओ।” \p \v 20 जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो। \v 21 तब तिनले बेन्यामीनको कुललाई वंश-वंश गरी अगि ल्याए, र मत्रीको वंश चुनियो। आखिरमा कीशका छोरा शाऊल चुनिए। तर जब तिनीहरूले तिनलाई खोजे, तब तिनलाई भेट्टाएनन्। \v 22 यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” \p अनि याहवेहले भन्‍नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।” \p \v 23 तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए। \v 24 अनि शमूएलले सबै मानिसहरूलाई भने, “के तिमीहरूले याहवेहले चुन्‍नुभएको मानिसलाई देख्यौ? सबै मानिसहरूको बीचमा तिनीजस्तै अरू कोही छैन।” \p मानिसहरूले कराएर भने, “हाम्रा राजा अमर रहून्!” \p \v 25 तब शमूएलले राजाका अधिकार र कर्तव्यहरूको विषयमा मानिसहरूलाई बताइदिए। तिनले ती एउटा चर्मपत्रमा लेखेर याहवेहको सामु राखिदिए। त्यसपछि शमूएलले मानिसहरूलाई तिनीहरूका आ-आफ्ना घरमा पठाइदिए। \p \v 26 शाऊल पनि आफ्नो घर गेबामा ती वीर मानिसहरूसँग गए, जसको हृदय परमेश्‍वरले छुनुभएको थियो। \v 27 तर केही खराब मानिसहरूले, “यो व्यक्तिले हामीलाई कसरी बचाउन सक्छ र?” भनेर शाऊललाई अनादर गरे। अनि तिनलाई केही उपहार पनि चढाएनन्। तर शाऊल मौन रहे। \c 11 \s1 शाऊलले याबेशको सहर छुटाएका \p \v 1 अम्मोनी नाहाशले\f + \fr 11:1 \fr*\ft अम्मोनीहरूका राजा नाहाशले गादी र रुबेनीहरूलाई धेरै सताए। तिनले ती सबैका दाहिने आँखा निकालिदिए, जसको कारण इस्राएलमा ठूलो आतङ्क छाएको थियो। अम्मोनीहरूबाट भागेर गिलादमा प्रवेश गरेका 7000 मानिसहरूबाहेक यर्दनभन्दा टाढाका सबै मानिसहरूको दाहिने आँखा निकालिएका थिए।\ft*\f* याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।” \p \v 2 तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।” \p \v 3 याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।” \p \v 4 जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए। \v 5 त्यसै बेला शाऊलचाहिँ आफ्नो खेतबाट आफ्ना गोरुहरूका पछि-पछि आइरहेका थिए, र तिनले सोधे, “सबै मानिसहरूलाई के भयो? यिनीहरू किन रोइरहेका छन्?” तब तिनीहरूले याबेशका मानिसहरूले भनेका कुरा तिनलाई दोहोर्‍याएर भनिदिए। \p \v 6 जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्‍वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए। \v 7 तिनले एक हल गोरु लिए, र तिनलाई टुक्रा-टुक्रा पारे, र दूतहरूसँग ती टुक्राहरू इस्राएलभरि पठाए, र यसरी घोषणा गरे, “शाऊल र शमूएलका पछि नलाग्ने हरेक मानिसहरूका गोरुहरूको दशा यस्तै हुनेछ।” तब याहवेहको आतङ्क मानिसहरूमा छायो; र तिनीहरू एक भएर निस्के। \v 8 जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए। \p \v 9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए। \v 10 याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।” \p \v 11 भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूलाई तीन दलमा छुट्ट्याए; रातको अन्तिम पहरमा तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे, र मध्यदिनसम्म नै तिनीहरूलाई मारे। बाँचेकाहरू यसरी तितरबितर भए कि, ती भाग्नेहरू दुई जना एकसाथ भेट हुनै सकेनन्। \s1 शाऊल राजा घोषित भएका \p \v 12 मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।” \p \v 13 तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।” \p \v 14 तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।” \v 15 यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए। \c 12 \s1 शमूएलको बिदाइ भाषण \p \v 1 तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु। \v 2 अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु। \v 3 म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई\f + \fr 12:3 \fr*\ft मूल भाषामा \ft*\fqa आँखा बन्द गर्नु\fqa*\f* मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।” \p \v 4 अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।” \p \v 5 तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” \p “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने। \p \v 6 तब शमूएलले मानिसहरूलाई भने, “याहवेह, जसले मोशा र हारूनलाई नियुक्त गर्नुभयो। अनि तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर बाहिर ल्याउनुभयो। \v 7 अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु। \p \v 8 “याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए। \p \v 9 “तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे। \v 10 तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्‍यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’ \v 11 अनि याहवेहले यरूब-बाल,\f + \fr 12:11 \fr*\ft जसलाई \ft*\fqa गिदोन \fqa*\ft पनि भनिन्छ\ft*\f* बाराक,\f + \fr 12:11 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa बेदान\fqa*\f* यिप्‍ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्‍यौ। \p \v 12 “तर जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरुद्धमा आइरहेका देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, ‘अहँ, हामीमाथि शासन गर्न हामीलाई राजा चाहिन्छ,’ यद्यपि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका राजा हुनुहुन्थ्यो। \v 13 अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ। \v 14 यदि तिमीहरूले याहवेहको डर मान्यौ, उहाँको सेवा गर्‍यौ, र आज्ञाकारी भयौ र उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भएनौ भने तिमीहरू सबैले तिमीहरूमाथि शासन गर्ने राजा र याहवेह तिमीहरूका परमेश्‍वरलाई पछ्यायौ भने असल हुनेछ! \v 15 तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ। \p \v 16 “त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर! \v 17 के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्‍टिमा कति ठूलो दुष्‍ट काम गरेका रहेछौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ।” \p \v 18 त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए। \p \v 19 तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।” \p \v 20 शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्‍ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर। \v 21 व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्। \v 22 आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्‍न हुनुहुन्छ। \v 23 मेरो विषयमा भन्‍नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु। \v 24 तर निश्‍चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्‍वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर। \v 25 तर यदि तिमीहरूले दुष्‍ट काम रहिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट हुनेछौ।” \c 13 \s1 शमूएलले शाऊललाई हप्काएका \p \v 1 शाऊल राजा हुँदा तीस\f + \fr 13:1 \fr*\ft केही प्राचीन पा.लि.हरूमा संख्या उल्‍लेख गरिएको छैन।\ft*\f* वर्षका थिए। तिनले इस्राएलमाथि बयालीस वर्षसम्म राज्य गरे।\f + \fr 13:1 \fr*\ft केही प्राचीन पा.लि.हरूमा संख्या उल्‍लेख गरिएको छैन। \+xt प्रेरित 13:21\+xt* हेर्नुहोस्\ft*\f* \p \v 2 शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए। \p \v 3 जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए। \v 4 यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो। \p \v 5 पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार\f + \fr 13:5 \fr*\ft केही प्राचीन पा.लि.हरूमा 30,000 भनिएको छ।\ft*\f* रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले। \v 6 जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्‍टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके। \v 7 कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। \p शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए। \v 8 शमूएलले निर्देशन दिएझैँ सात दिनसम्म शाऊलले पर्खे; तर शमूएल गिलगालमा आएनन्। अनि शाऊलका मानिसहरू तितरबितर हुन थाले। \v 9 यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए। \v 10 शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए। \p \v 11 तर शमूएलले सोधे, “तिमीले के गरेको?” \p शाऊलले जवाफ दिए, “मैले मानिसहरू तितरबितर भइरहेका देखेँ। अनि तपाईंले भन्‍नुभएको समयमा तपाईं पनि आउनुभएन। अनि पलिश्तीहरू पनि मिकमाशमा भेला भइरहेका थिए। \v 12 त्यसैले मलाई लाग्यो, ‘अब पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा ओर्लेर आउनेछन्, र मैलेचाहिँ याहवेहसँग बिन्ती गरेको पनि छैनँ।’ यसकारण होमबलि चढाउन म बाध्य भएँ।” \p \v 13 शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।” \v 14 तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ। \p \v 15 तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए। \s1 इस्राएलीहरू हतियारविहीन भएका \p \v 16 शाऊल र तिनका छोरा जोनाथन अनि तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गेबामा बसेका थिए। पलिश्तीहरूले चाहिँ मिकमाशमा छाउनी हालेर बसेका थिए। \v 17 पलिश्तीहरूका छाउनीबाट लुटपाट गर्नेहरूका तीन दल बाहिर निस्के। एउटा दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो; \v 18 अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो। \p \v 19 सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!” \v 20 यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो। \v 21 फाली र कोदालो धारिलो बनाउन दुई तिहाइ शेकेल\f + \fr 13:21 \fr*\ft अथवा \ft*\fqa 8 ग्राम\fqa*\f* तिर्नुपर्थ्यो। अनि अङ्कुसे र बन्चरो उध्याउन एक तिहाइ शेकेल\f + \fr 13:21 \fr*\ft अथवा \ft*\fqa 4 ग्राम\fqa*\f* तिर्नुपर्थ्यो। \p \v 22 यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो। \s1 जोनाथनले पलिश्तीहरूलाई आक्रमण गरेका \p \v 23 त्यस बेला पलिश्तीहरूको एउटा समूह मिकमाशको घाटीमा गयो। \c 14 \nb \v 1 एक दिन शाऊलका छोरा जोनाथनले आफ्नो हतियार बोक्ने जवान मानिसलाई भने, “आऊ, हामी पारिपट्टि पलिश्तीहरूको पहरे-चौकी भएको ठाउँमा जाऔँ।” तर यो कुरा तिनले आफ्ना पिता शाऊललाई भनेनन्। \p \v 2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए। \v 3 तीमध्ये एक एपोद लगाउने अहीयाह थिए। अहीयाह अहीतूबका छोरा थिए। अहीतूब इकाबोदका दाजु थिए। इकाबोद पीनहासका छोरा थिए। अनि पीनहासचाहिँ शीलोमा याहवेहका पुजारी एलीका छोरा थिए। जोनाथन गएको कुरा कसैलाई पनि थाहा थिएन। \p \v 4 पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो। \v 5 एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो। \p \v 6 तब जोनाथनले आफ्नो हतियार बोक्ने जवानलाई भने, “आऊ, हामी ती खतना नभएकाहरूका चौकीमा जाऔँ। सायद याहवेहले हाम्रो पक्षमा काम गर्नुहुनेछ। उहाँलाई कुनै पनि कुराले रोक्न सक्नेछैन। धेरै होस् वा थोरै होस्, याहवेहले युद्ध जित्न सक्नुहुन्छ।” \p \v 7 अनि जोनाथनको हतियार बोक्नेले भन्यो, “तपाईंलाई मनमा लागेको कुरा गर्नुहोस्; अगि बढ्नुहोस्, म तपाईंलाई तनमनले साथ दिनेछु।” \p \v 8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्। \v 9 यदि तिनीहरूले हामीलाई, ‘हामी तिमीहरूकहाँ नआएसम्म पर्खनू,’ भनेछन् भने हामी आफ्नो ठाउँमा बसिरहौँ र तिनीहरूकहाँ नजाऔँ। \v 10 तर यदि तिनीहरूले ‘हामीकहाँ उक्लेर आओ,’ भनेछन् भने हामी माथि जाऔँ; किनकि याहवेहले तिनीहरूलाई हाम्रा हातमा सुम्पिदिनुभएको छ भन्‍ने कुराको चिन्ह हाम्रा लागि यही हुनेछ।” \p \v 11 यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।” \v 12 तब पलिश्तीहरूका चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई कराएर भने, “हामीकहाँ आओ र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौँ।” \p यसकारण जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “मेरो पछि-पछि माथि आऊ; किनभने याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको छ।” \p \v 13 जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्‍यो। \v 14 तिनीहरूको पहिलो आक्रमणमा जोनाथन र तिनको हतियार बोक्नेले करिब आधा एकड\f + \fr 14:14 \fr*\ft लगभग साढे पाँच कट्ठा\ft*\f* क्षेत्रभित्र लगभग बीस जना मानिसहरूलाई मारे। \s1 इस्राएलद्वारा पलिश्तीहरू परास्त भएका \p \v 15 तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्‍लियो। अनि यो परमेश्‍वरद्वारा पठाइएको ठूलो आतङ्क थियो। \p \v 16 बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे। \v 17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्। \p \v 18 तब शाऊलले अहीयाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)\f + \fr 14:18 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa ऊरीम र तुम्मिमसहितको एपोद भनिएको छ।\fqa*\f* \v 19 शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।” \p \v 20 तब शाऊल र तिनका सबै मानिसहरू भेला भएर लडाइँमा गए। इस्राएलीहरूले पलिश्तीहरू ठूलो अलमलमा परेर एक-अर्कालाई नै आफ्नो तरवारले प्रहार गरिरहेका देखे। \v 21 ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए। \v 22 जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए। \v 23 यसरी याहवेहले त्यस दिन इस्राएलीहरूलाई बचाउनुभयो; अनि लडाइँ बेथ-आवेनको पारिसम्मै पुग्यो। \s1 जोनाथनले मह खाएका \p \v 24 अनि त्यस दिन इस्राएलीहरू साह्रै कष्‍टमा थिए; किनकि शाऊलले मानिसहरूलाई यसो भनेर शपथ खान लगाएर राखेका थिए, “साँझ पर्न अगि र मैले मेरा शत्रुहरूमाथि बदला नलिएसम्म जसले भोजन खान्छ, त्यो व्यक्तिलाई मेरो श्राप छ!” यसकारण कुनै पनि दलले भोजन चाखेनन्। \p \v 25 सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो। \v 26 जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो। \v 27 तर जोनाथनले चाहिँ तिनका पिताले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। यसकारण तिनले आफ्नो हातमा भएको लहुरोको टुप्पो महको चाकामा डुबाए। तिनले लहुरोमा मह लिएर खाए; र तिनको आँखामा चमक आयो।\f + \fr 14:27 \fr*\ft अथवा \ft*\fqa तिनको शरीरमा बल आयो\fqa*\f* \v 28 तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।” \p \v 29 जोनाथनले भने, “मेरा पिताले देशमा सङ्कट ल्याउनुभएको छ। हेर न, मैले यो मह अलिकति चाटेपछि कस्तो फूर्तिलो भएको छु। \v 30 यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?” \p \v 31 त्यस दिन, इस्राएलीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्म मारे। अनि इस्राएलीहरू साह्रै शिथिल भए। \v 32 इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए। \v 33 तब कसैले शाऊललाई भनिदियो, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै मासु खाएर याहवेहको विरुद्धमा पाप गरिरहेका छन्।” \p शाऊलले भने, “तिमीहरूले विश्‍वासघात गर्‍यौ। अब झट्टै यहाँ एउटा ठूलो ढुङ्गा गुडाएर ल्याओ।” \v 34 त्यसपछि शाऊलले भने, “मानिसहरूका बीचमा जाओ र तिनीहरूलाई भन, ‘तिमीहरू हरेकले आफ्ना गाईबस्तु र भेडाबाख्राहरू मकहाँ ल्याओ। अनि तिनीहरूलाई यहाँ मारेर खाओ। तर रगतसमेतको मासु खाएर याहवेहको विरुद्धमा पाप नगर।’ ” \p यसकारण हरेकले त्यस रात आफ्नो गोरु ल्याएर त्यहाँ मारे। \v 35 त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो। \p \v 36 शाऊलले भने, “हामी राति पलिश्तीहरूको पछि-पछि तल जाऔँ र तिनीहरूलाई बिहानसम्मै लुटौँ। अनि हामी तिनीहरू एउटैलाई पनि जीवित नछोडौँ!” \p मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ, त्यही गर्नुहोस्!” \p तर पुजारीले भने, “हामी पहिले परमेश्‍वरसँग सोधपुछ गरौँ।” \p \v 37 यसकारण शाऊलले परमेश्‍वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन। \p \v 38 यसकारण शाऊलले भने, “सेनाका अगुवा जति सबै यहाँ आओ; अनि आज कुनचाहिँ पाप भएको छ भनी हामी पत्ता लगाऔँ। \v 39 इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्‍चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्। \p \v 40 तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।” \p मानिसहरूले भने, “तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!” \p \v 41 तब शाऊलले याहवेह इस्राएलका परमेश्‍वरसँग यसो भनेर प्रार्थना गरे, “आज तपाईंले आफ्नो सेवकलाई किन जवाफ दिनुभएन? यदि यो दोष म अथवा मेरा छोरा जोनाथनमा छ भने त्यसमा ऊरीम परोस्। यदि यो दोष तपाईंको प्रजा इस्राएलमा छ भने त्यसलाई तुम्मीम परोस्।” अनि जोनाथन र शाऊलको नाममा चिट्ठा पर्‍यो, तर मानिसहरूचाहिँ निर्दोष साबित भए। \v 42 तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको नाममा चिट्ठा हाल।” अनि जोनाथनको भागमा पर्‍यो। \p \v 43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!” \p यसकारण जोनाथनले भने, “मैले मेरो लहुरोको टुप्पोले अलिकति मह चाखेको मात्र थिएँ। के अब म मर्नैपर्छ!” \p \v 44 शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।” \p \v 45 तर मानिसहरूले शाऊललाई भने, “के इस्राएलको निम्ति महान् छुटकारा ल्याउने जोनाथन मर्नैपर्छ? यस्तो कदापि हुनेछैन! निश्‍चित रूपमा जीवित याहवेहलाई साक्षी राखेर हामी भन्दछौँ, तिनको एउटै पनि केश भुइँमा खस्‍नेछैन। किनकि तिनले आजको यो काम परमेश्‍वरको सहायताले गरेका थिए।” यसरी मानिसहरूले जोनाथनलाई उद्धार गराए, र तिनलाई मृत्युदण्ड दिइएन। \p \v 46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए। \p \v 47 शाऊलले इस्राएलमाथि शासन गर्न थाले, तब तिनले आफ्ना चारैतिरका विरोधीहरू: अर्थात् मोआब, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू\f + \fr 14:47 \fr*\ft अथवा \ft*\fqa शासकहरू\fqa*\f* र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे। शाऊल जहाँ-जहाँ गए, विरोधीहरूलाई हराए। \v 48 तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए। \s1 शाऊलको परिवार \p \v 49 शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्की-शूअ थिए। तिनकी जेठी छोरीको नाम मेराब र कान्छी छोरीको नामचाहिँ मीकल थियो। \v 50 तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए। \v 51 शाऊलका बुबा कीश र अबनेरका बुबा नेर अबीएलका छोराहरू थिए। \p \v 52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्‍यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे। \c 15 \s1 याहवेहले शाऊललाई राजाको रूपमा इन्कार गर्नुभएको \p \v 1 शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन! \v 2 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू इजिप्टबाट आउँदा बाटोमा तिनीहरूलाई ढुकेर आक्रमण गर्ने अमालेकीहरूलाई म दण्ड दिनेछु। \v 3 अब गएर अमालेकीहरूलाई आक्रमण गर्, र तिनीहरूका सबै कुराहरूलाई सम्पूर्ण रूपमा नाश गर्। तिनीहरूलाई बाँकी नराख्। तिनीहरूका पुरुष, स्त्री, छोराछोरी र शिशुहरू, गाईबस्तु र भेडाबाख्रा, ऊँट र गधा सबैलाई नष्‍ट गर्।’ ” \p \v 4 यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए। \v 5 शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे। \v 6 तब तिनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोडेर भागिहाल, ताकि म तिमीहरूलाई तिनीहरूसँगै नाश नपारूँ; किनकि तिमीहरूले इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा तिनीहरूलाई दया देखाएका थियौ।” यसकारण केनीहरू अमालेकीहरूलाई छोडेर भागे। \p \v 7 तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे। \v 8 तिनले अमालेकीहरूका राजा अगागलाई चाहिँ जिउँदै पक्रे, र तिनका सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले नष्‍ट गरे। \v 9 तर शाऊल र तिनका सेनाहरूले अगागलाई, साथै त्यसका असल भेडाबाख्रा र गाईबस्तुहरू, बलिया साँढेहरू र थुमाहरू, र हरेक असल कुराहरूलाई चाहिँ जोगाए। इस्राएलीहरूले यिनीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नलाई राजी भएनन्। तर हरेक बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले पूर्ण रूपमा नष्‍ट गरे। \p \v 10 त्यसपछि याहवेहको वचन शमूएलकहाँ आयो: \v 11 “मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे। \p \v 12 शमूएल बिहानै उठेर शाऊललाई भेट्न गए, तर तिनलाई यसो भनियो, “शाऊल कर्मेलमा गएका छन्। त्यहाँ तिनले आफ्नो सम्मानका निम्ति एउटा स्मारक खडा गरे। अनि तिनी फर्केर गिलगालतिर झरेका छन्।” \p \v 13 जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।” \p \v 14 तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?” \p \v 15 शाऊलले भने, “सेनाहरूले अमालेकीहरूबाट ल्याएका हुन्। तिनीहरूले भेडाबाख्रा र गाईबस्तुहरूबाट असल-असलचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति बलि चढाउन जोगाइराखेका छन्। तर बाँकी सबैलाई हामीले पूर्ण रूपमा नष्‍ट गर्‍यौँ।” \p \v 16 तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्‍नुभयो, त्यो तिमीलाई बताउनेछु।” \p शाऊलले भने, “भन्‍नुहोस्!” \p \v 17 शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्‍टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो। \v 18 अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्‍नुभयो, ‘जाऊ, र यी दुष्‍ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’ \v 19 तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्‍टिमा किन दुष्‍ट काम गर्‍यौ?” \p \v 20 शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्‍ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ। \v 21 सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।” \p \v 22 तर शमूएलले जवाफ दिए: \q1 “के याहवेह होमबलि र बलिदानहरूमा भन्दा \q2 उहाँको वचन पालन गरेकोमा प्रसन्‍न हुनुहुन्‍न र? \q1 आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, \q2 अनि उहाँको वचन मान्‍नु थुमाको बोसोभन्दा उत्तम हो। \q1 \v 23 विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, \q2 र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्‍टता जस्तै हो। \q1 तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, \q2 यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।” \p \v 24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु। मैले याहवेहको आज्ञा र तपाईंका आदेशहरू उल्‍लङ्घन गरेको छु। म मानिसहरूसँग डराएँ। त्यसैले मैले तिनीहरूले गर्न मन लागेको कुरा गर्न दिएँ। \v 25 अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!” \p \v 26 तर शमूएलले तिनलाई भने, “म तिमीसँग फर्केर जानेछैनँ। तिमीले याहवेहको वचनलाई तिरस्कार गरेका छौ, र याहवेहले तिमीलाई इस्राएलको राजाको रूपमा इन्कार गर्नुभएको छ!” \p \v 27 शमूएल जब फर्केर जान लाग्दैथिए, तब शाऊलले तिनको लबेदाको किनार समाते, र त्यो च्यातियो। \v 28 शमूएलले तिनलाई भने, “याहवेहले तिमीबाट आज इस्राएलको राज्य च्यात्नुभएको छ, र त्यसलाई तिम्रो कुनै एउटा छिमेकीलाई, अर्थात् तिमीभन्दा असल व्यक्तिलाई दिनुभएको छ। \v 29 उहाँ, जो इस्राएलको महिमा हुनुहुन्छ; उहाँले झूट बोल्नुहुन्‍न, अर्थात् उहाँले आफ्नो मन बदल्नुहुन्‍न। किनकि उहाँ मानिस हुनुहुन्‍न, जसले आफ्नो मन बदल्छ।” \p \v 30 तब शाऊलले जवाफ दिए, “मैले पाप गरेको छु; तर पनि मलाई कृपा गरी मेरा मानिसहरूका प्रधानहरू र इस्राएलको सामु इज्जत राखिदिनुहोस्; र मसित फर्कनुहोस्, ताकि म याहवेह तपाईंका परमेश्‍वरलाई आराधना गर्न सकूँ।” \v 31 यसकारण शमूएल शाऊलसँग फर्केर गए। अनि शाऊलले याहवेहलाई आराधना गरे। \p \v 32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।” \p अगाग साङ्लाले बाँधिएर आए। अनि तिनले मनमा सोचेका थिए, “निश्‍चय नै मृत्युको तितोपना मबाट हटेर गएको छ।” \p \v 33 तर शमूएलले त्यसलाई भने, \q1 “तिम्रो तरवारले स्त्रीहरूलाई निःसन्तान बनाएझैँ, \q2 तिम्री आमा पनि स्त्रीहरूका बीचमा निःसन्तान हुनेछिन्।” \m अनि गिलगालमा याहवेहकै सामु शमूएलले अगागलाई मारे। \p \v 34 तब शमूएल रामातिर गए; तर शाऊलचाहिँ तिनको आफ्नै घर गेबामा गए। \v 35 शमूएलले शाऊलका निम्ति शोक गरे; अनि शमूएल बाँचुन्जेल तिनी शाऊललाई भेट्न फेरि कहिल्यै गएनन्। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा याहवेहलाई पछुतो भयो। \c 16 \s1 शमूएलले दावीदलाई अभिषेक गरेका \p \v 1 याहवेहले शमूएललाई भन्‍नुभयो, “तँ शाऊलका निम्ति कति दिनसम्म शोक गर्छस्? किनकि मैले त्यसलाई इस्राएलको राजाको रूपमा इन्कार गरिसकेको छु। अब तँसित भएको त्यो सिङमा तेल भरेर आफ्नो बाटो लाग्। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। मैले त्यसका छोराहरूमध्ये एक जनालाई राजा चुनिसकेको छु।” \p \v 2 तर शमूएलले भने, “म कसरी जान सक्छु? यदि शाऊलले यो कुरा सुन्यो भने उसले मलाई मार्नेछ।” \p याहवेहले भन्‍नुभयो, “आफूसँग एउटा कोरली लिएर जा, र यसो भन् ‘म याहवेहलाई बलि चढाउन आएको हुँ।’ \v 3 यिशैलाई बलिदानमा बोलाउनू, र तैँले के गर्नुपर्ने हो, सो म तँलाई बताउनेछु। तैँले मेरो निम्ति त्यस व्यक्तिलाई अभिषेक गर्नू, जसलाई मैले सङ्केत गर्नेछु।” \p \v 4 याहवेहले भन्‍नुभएझैँ शमूएलले गरे। जब तिनी बेथलेहेममा आइपुगे, त्यस सहरका प्रधानहरू तिनीसँग भेट गर्न डराए। तिनीहरूले तिनलाई सोधे, “के तपाईं शान्तिपूर्वक आउनुभयो?” \p \v 5 शमूएलले जवाफ दिए, “हजुर, म शान्तिसाथ आएँ; म याहवेहलाई बलि चढाउनलाई आएको हुँ। आफैँलाई शुद्ध पार, र बलिदानका निम्ति मसँग आऊ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध पारे; अनि तिनीहरूलाई बलिदानको लागि निम्तो दिए। \p \v 6 जब तिनीहरू आइपुगे, तब शमूएलले एलिआबलाई देखेर सोचे, “निश्‍चय नै याहवेहको अभिषिक्त जन याहवेहकै सामु उभिएको छ।” \p \v 7 तर याहवेहले शमूएललाई भन्‍नुभयो, “त्यो सुन्दर र अग्लो भए तापनि त्यसको विचार नगर्। किनकि मैले त्यसलाई इन्कार गरेको छु। याहवेहले मानिसलेझैँ हेर्नहुन्‍न। मानिसहरूले बाहिरी रूप हेर्दछन्; तर याहवेहले हृदयलाई हेर्नुहुन्छ।” \p \v 8 तब यिशैले अबीनादाबलाई बोलाएर शमूएलको सामु आउन लगाए। तर शमूएलले भने, “याहवेहले यिनलाई चुन्‍नुभएको छैन।” \v 9 तब यिशैले शम्मालाई हाजिर गराए, तर शमूएलले भने, “याहवेहले यिनलाई पनि चुन्‍नुभएको छैन।” \v 10 यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्‍नुभएको छैन।” \v 11 यसकारण तिनले यिशैलाई सोधे, “के तपाईंका छोराहरू यति मात्रै हुन्?” \p यिशैले जवाफ दिए, “अझै कान्छो पनि छ, तर त्यो त खेतमा भेडा चराउँदैछ।” \p शमूएलले भने, “त्यसलाई बोलाउन पठाउनुहोस्; त्यो नआएसम्म हामी खान बस्‍नेछैनौँ।” \p \v 12 यसकारण यिशैले त्यसलाई बोलाएर ल्याए। तिनी स्वस्थ, राता-राता गाला र चम्किला आँखा भएका आकर्षक युवक थिए। \p तब याहवेहले भन्‍नुभयो, “उठ् र त्यसलाई अभिषेक गर्; किनकि त्यो व्यक्ति यही हो।” \p \v 13 यसकारण शमूएलले सिङमा भएको तेल लिएर दावीदलाई तिनका दाजुहरूको उपस्थितिमा अभिषेक गरे; अनि त्यस दिनदेखि याहवेहको आत्मा दावीदमाथि शक्तिशाली रूपमा आउनुभयो। त्यसपछि शमूएल रामामा गए। \s1 दावीद शाऊलको सेवामा \p \v 14 अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो। \p \v 15 शाऊलका सेवकहरूले तिनलाई भने, “सुन्‍नुहोस्, परमेश्‍वरबाटको एउटा हानिकारक आत्माले तपाईंलाई सताउँदैछ। \v 16 हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्‍वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।” \p \v 17 यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।” \p \v 18 तब ती सेवकहरूमध्ये एक जनाले भने, “मैले बेथलेहेममा यिशैका एक जना छोरालाई देखेको छु, जो बजाउनमा पोख्त छन्। तिनी साहसी र वीर योद्धा पनि हुन्। बोल्नमा सिपालु र हेर्नमा सुन्दर पनि छन्। अनि याहवेह तिनीसँग हुनुहुन्छ।” \p \v 19 तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।” \v 20 यसकारण यिशैले रोटीहरू, एक मशक दाखमद्य र एउटा कलिलो पाठो एउटा गधामाथि लदाएर ती कुराहरू आफ्नो छोरो दावीदसँग शाऊलकहाँ पठाइदिए। \p \v 21 दावीद शाऊलकहाँ आए, र तिनको सेवामा नियुक्त भए। शाऊलले तिनलाई औधी प्रेम गर्थे; अनि दावीद तिनका हतियार बोक्नेहरूमध्ये एक जना भए। \v 22 तब शाऊलले यिशैकहाँ समाचार पठाएर भने, “दावीदलाई मेरो सेवामा रहन दिनुहोस्; किनकि म तिनीसँग असाध्यै प्रसन्‍न छु।” \p \v 23 जब-जब परमेश्‍वरबाटको हानिकारक आत्मा शाऊलमाथि आउँथ्यो, तब-तब दावीदले वीणा बजाउँथे। यसरी शाऊलले छुटकारा पाउँथे; र तिनले आराम महसुस गर्थे; अनि हानिकारक आत्माले तिनलाई छोड्दथ्यो। \c 17 \s1 दावीद र गोल्यत \p \v 1 अब पलिश्तीहरूले युद्धका निम्ति आफ्ना सेनाहरूलाई जम्मा गरे; र यहूदाको सोको सहरमा भेला भए। तिनीहरूले सोको र अजेकाको बीचमा एपेस-दम्मीममा छाउनी हाले। \v 2 शाऊल र इस्राएलीहरू भेला भएर एलाको बेँसीमा छाउनी हाले। अनि पलिश्तीहरूसँग युद्ध गर्न पङ्‌क्ति बाँधेर तैनाथ भए। \v 3 बेँसीलाई बीचमा पारेर पलिश्तीहरू एउटा डाँडामा र इस्राएलीहरू अर्को डाँडामा तैनाथ भए। \p \v 4 पलिश्तीहरूको छाउनीबाट गात सहरको एक जना गोल्यत नाम भएको वीर मानिस निस्केर आयो। त्यो छ क्यूबिट एक स्पान\f + \fr 17:4 \fr*\ft लगभग 9.5 फिट\ft*\f* अग्लो थियो। \v 5 त्यसले टाउकोमा काँसोको टोप लगाएको थियो, र पाँच हजार शेकेल\f + \fr 17:5 \fr*\ft लगभग 58 किलो\ft*\f* ओजन भएको काँसोको झिलम लगाएको थियो; \v 6 त्यसले पाउमा काँसोको कवच लगाएको थियो, र ढाडमा काँसोको बर्छा बोकेको थियो। \v 7 त्यसको भालाको बिँड कपडा बुन्‍ने तानको डण्डाजस्तै थियो। अनि भालाको टुप्पोचाहिँ छ सय शेकेल\f + \fr 17:7 \fr*\ft लगभग 6.9 किलो\ft*\f* ओजनको थियो। त्यसको ढाल बोक्ने त्यसको अगि-अगि गयो। \p \v 8 तब गोल्यत खडा भएर इस्राएलका सेनाहरूलाई कराएर भन्यो, “तिमीहरू लडाइँका निम्ति किन पङ्‌क्ति बाँधेर निस्कन्छौ? के म पलिश्ती होइनँ र? अनि तिमीहरूचाहिँ शाऊलका चाकरहरू होइनौ र? एक जना मानिस चुन; अनि त्यसलाई मसँग लड्नलाई पठाओ। \v 9 यदि त्यसले मसँग लडाइँ गरेर मलाई मार्न सक्यो भने हामी तिमीहरूका अधीनमा हुनेछौँ; तर यदि मैले जितेँ, र त्यसलाई मारेँ भने तिमीहरू हाम्रा अधीनमा हुनेछौ, र हाम्रो सेवा गर्नुपर्नेछ।” \v 10 तब त्यस पलिश्तीले भन्यो, “आजको दिन म इस्राएलको सेनालाई चुनौती दिन्छु! मलाई एउटा मानिस देओ, र हामी एक-अर्कासँग युद्ध गरौँ।” \v 11 त्यस पलिश्तीका कुराहरू सुनेर शाऊल र सारा इस्राएलीहरू हतोत्साहित भए, र साह्रै डराए। \p \v 12 अब दावीदचाहिँ यहूदाको बेथलेहेमका एप्राती यिशै नाम भएका मानिसका छोरा थिए। यिशैका आठ जना छोराहरू थिए, र शाऊलको समयमा यिशै अति वृद्ध भइसकेका थिए। \v 13 यिशैका तीन जना ठूला छोराहरू शाऊलसँग युद्धमा गएका थिए: जेठो एलिआब, माहिलो अबीनादाब र साहिँलो शम्मा। \v 14 दावीदचाहिँ कान्छा थिए। तीन जना ठूलाहरूचाहिँ शाऊलको पछि लागेका थिए। \v 15 तर दावीदचाहिँ शाऊलको छाउनीबाट बेथलेहेममा आफ्नो बुबाका भेडाहरू चराउन आउने-जाने गर्थे। \p \v 16 चालीस दिनसम्म त्यो पलिश्ती हरेक साँझ र बिहान अगि आएर चुनौती दिन्थ्यो। \p \v 17 अब यिशैले आफ्ना छोरा दावीदलाई भने, “यो एक एपा\f + \fr 17:17 \fr*\ft लगभग 16 किलो\ft*\f* भुटेको अन्‍न र यी दश वटा रोटीहरू तेरा दाजुहरूका निम्ति लिएर चाँडै तिनीहरूको छाउनीमा जा। \v 18 तिनीहरूका छाउनीका सेनापतिकहाँ यी दश वटा पनीर पनि लिएर जा। तेरा दाजुहरू कस्ता छन्, गएर हेर् र तिनीहरूबाट केही सान्त्वनाको खबर लिएर आइज। \v 19 तिनीहरू शाऊलसँग छन्, र इस्राएलका सबै मानिसहरू एलाको बेँसीमा पलिश्तीहरूसँग युद्ध गर्दैछन्।” \p \v 20 भोलिपल्ट बिहानै बगाललाई गोठालाहरूसँग सुम्पेर यिशैको आदेशअनुसार दावीद सामानहरू लादेर निस्के। सेनाहरू युद्धको ध्वनि बजाउँदै लडाइँको मैदानमा जाँदै गर्दा दावीद छाउनीमा पुगे। \v 21 इस्राएलीहरू र पलिश्तीहरू आमने-सामने खडा थिए। \v 22 दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे। \v 23 दावीद उनीहरूसँग कुरा गरिरहेका बेला गात सहरको वीर पलिश्ती गोल्यत छाउनीबाट बाहिर निस्केर जोरसँग धम्क्याउन थाल्यो; अनि त्यो दावीदले सुने। \v 24 जब इस्राएलीहरूले त्यस मानिसलाई देख्थे, तब तिनीहरू सबै भयभीत भएर भाग्थे। \p \v 25 इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए, “त्यो मानिस कसरी निस्केर आइरहेको छ देख्दैछौ? त्यो इस्राएलीहरूलाई धम्क्याउन छाउनीबाहिर निस्कन्छ। त्यसलाई मार्ने मानिसलाई राजाले धेरै सम्पत्ति दिनेछन्। त्यसलाई मार्नेलाई राजाले आफ्नो छोरी विवाह गरिदिनेछन्, र त्यसको परिवारले इस्राएलमा करबाट पनि छुट पाउनेछ।” \p \v 26 दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्‍वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?” \p \v 27 तिनीहरूले अगि जे भनिरहेका थिए, त्यही दोहोर्‍याएर भने, “त्यसलाई मार्ने मानिसका निम्ति यही व्यवहार गरिनेछ।” \p \v 28 जब तिनका जेठा दाजु, एलिआबले दावीदलाई मानिसहरूसँग कुरा गरिरहेका सुने, तब तिनी दावीदसँग रिसले आगो भएर सोधे, “तँ यहाँ किन आइस्? अनि तैँले ती थोरै भेडाहरू उजाडस्थानमा कोसँग छोडेर आइस्? मलाई थाहा छ, तँ कति घमण्डी छस्; र तेरो हृदय कति दुष्‍ट छ। तँ युद्ध हेर्नलाई मात्र यहाँ आएको होस्।” \p \v 29 दावीदले भने, “अहिले मैले के गरेको छु र? के मैले बोल्न पनि हुँदैन र?” \v 30 तब दावीदले अर्कोतिर फर्केर त्यही कुरा गरे, र ती मानिसहरूले तिनलाई पहिलेजस्तै जवाफ दिए। \v 31 दावीदले जे कुरा भनेका थिए, त्यो एक जनाले सुन्यो, र शाऊललाई भन्यो। अनि शाऊलले तिनलाई बोलाउन पठाए। \p \v 32 दावीदले शाऊललाई भने, “यस पलिश्तीको कारण कोही पनि हताश नहोस्। म तपाईंको सेवक गएर त्यससँग लड्नेछु।” \p \v 33 तब शाऊलले दावीदलाई जवाफ दिए, “तिमी यस पलिश्तीको विरुद्धमा गएर लडाइँ गर्न सक्दैनौ। तिमी त सानो ठिटो मात्र हौ; तर त्यो त आफ्नो युवाअवस्थादेखि नै लडाइँ गर्दैआएको लडाकु हो।” \p \v 34 तर दावीदले शाऊललाई भने, “तपाईंको सेवकले आफ्नो पिताका भेडाहरू चराउँदैआएको छु। जब कुनै सिंह अथवा भालु आएर बगालबाट भेडा लिएर जान्थ्यो, \v 35 तब म त्यसको पछि-पछि गएर त्यसलाई आक्रमण गर्थेँ, र त्यसको मुखबाट भेडालाई छुटाएर ल्याउँथे। जब त्यो जनावर मलाई आक्रमण गर्न झम्टन्थ्यो, तब मैले त्यसको घिच्रो समातेर हिर्काएर मारिदिन्थे। \v 36 तपाईंको यस सेवकले सिंह र भालु दुवैलाई मारेको छु। यस खतना नगरिएको पलिश्ती पनि तीमध्ये एउटाझैँ हुनेछ; किनकि त्यसले जीवित परमेश्‍वरका सेनाहरूलाई धम्की दिएको छ। \v 37 जुन परमेश्‍वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” \p तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।” \p \v 38 तब शाऊलले दावीदलाई आफ्नो युद्धको पोशाक पहिराइदिए। राजाले उनलाई झिलम लगाइदिए, र शिरमा काँसोको टोपी पनि लगाइदिए। \v 39 दावीदले त्यस युद्धको पोशाकमाथि आफ्नो तरवार भिरे, र यताउति हिँड्न चेष्‍टा गरे; किनकि तिनलाई ती सबै कुरा पहिरने बानी थिएन। \p तिनले शाऊललाई भने, “म यस पोशाकमा जान सक्दिनँ; किनकि मलाई यी लगाउने बानी छैन।” यसकारण तिनले ती सबै उतारिदिए। \v 40 तब दावीदले हातमा आफ्नो लहुरो लिए, र खोलाबाट पाँच वटा चिल्‍ला-चिल्‍ला ढुङ्गाहरू छाने। ती ढुङ्गाहरू आफ्नो गोठाले थैलीमा हाले। अनि तिनले हातमा आफ्नो घुयेँत्रो लिएर त्यस पलिश्तीतिर अगि बढे। \p \v 41 त्यसै बेला त्यो पलिश्ती आफ्नो हतियार बोक्नेलाई अगि लगाएर दावीदको नजिकतिर अगि बढ्यो। \v 42 त्यसले दावीदलाई नियालेर हेर्‍यो। अनि राता-राता गाला र हेर्नमा सुन्दर ठिटो देखेर तिनलाई अपमान गर्न लाग्यो। \v 43 त्यसले दावीदलाई भन्यो, “के म कुकुर हुँ, र मकहाँ लहुरो लिएर आउँछस्?” अनि त्यस पलिश्तीले दावीदलाई आफ्नो देवताहरूको नाममा सराप्न थाल्यो। \v 44 त्यसले भन्यो, “यहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जङ्गली जनावरहरूलाई खान दिनेछु।” \p \v 45 तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्‍वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्। \v 46 आजको दिन याहवेहले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। अनि म तँलाई लडाएर तेरो शिर काट्नेछु। आजको दिन म पलिश्ती सेनाहरूका लास आकाशका चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु। अनि सारा संसारले इस्राएलसँग परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा जान्‍नेछन्। \v 47 यहाँ भेला भएकाहरू सबैले थाहा पाउनेछन्, कि तरवार वा भालाद्वारा याहवेहले बचाउनुहुन्‍न। किनकि युद्ध याहवेहकै हो, र उहाँले तिमीहरू सबैलाई हाम्रा हातमा सुम्पिदिनुहुनेछ।” \p \v 48 जब त्यो पलिश्ती दावीदलाई आक्रमण गर्न भनी नजिक बढ्यो, तब दावीद पनि लडाइँको मैदानमा त्यो भएतिर दौडेर गए। \v 49 दावीदले आफ्नो हात थैलोमा हालेर एउटा ढुङ्गा निकाले। अनि तिनले घुयेँत्रो घुमाएर त्यस पलिश्तीको निधारमा प्रहार गरे। त्यो ढुङ्गा त्यसको निधारैमा गाडियो, र त्यो पलिश्ती भुइँमा घोप्टो परेर ढल्यो। \p \v 50 यसरी दावीदले एउटा घुयेँत्रो र एउटा ढुङ्गाले त्यस पलिश्तीमाथि विजयी भए; तरवारविना पनि तिनले त्यस पलिश्तीलाई घुँयेत्रोले हानेर ढाले, र मारे। \p \v 51 दावीद दौडेर गए, र त्यस पलिश्तीमाथि उभिए। तिनले त्यस पलिश्तीको तरवार म्यानबाट थुते, र त्यसलाई मारे। अनि त्यही तरवारले त्यसको टाउको काटे। \p जब पलिश्तीहरूले आफ्नो वीर मानिस मारिएको देखे, तब तिनीहरू फर्केर भागे। \v 52 अनि इस्राएल र यहूदाका मानिसहरू विजय ध्वनिकासाथ अगि बढे। अनि पलिश्तीहरूलाई गात बेँसीको प्रवेशद्वार र एक्रोन सहरको मूलढोकासम्म खेदे। तिनीहरूका लास शारैम सहरको बाटोबाट गात र एक्रोन सहरसम्म नै जताततै छरिए। \v 53 पलिश्तीहरूलाई खेदेर इस्राएलीहरू फर्कँदा, तिनीहरूले पलिश्तीहरूका छाउनी लुटे। \p \v 54 दावीदले त्यस पलिश्तीको टाउको लिए, र त्यसलाई यरूशलेममा ल्याए। दावीदले त्यस पलिश्तीका हतियारहरू आफ्नै छाउनीमा राखे। \p \v 55 दावीद त्यस पलिश्तीसँग लड्न जाँदै गर्दा शाऊलले सेनाको सेनापति अबनेरलाई भने, “अबनेर, त्यो जवान मानिस कसको छोरा हो?” \p अबनेरले जवाफ दिए, “हे राजा, तपाईंको जीवनको शपथ लिएर भन्दछु, साँच्‍चै मलाई थाहा छैन।” \p \v 56 तब राजाले भने, “यो जवान मानिस कसको छोरा हो, सो पत्तो लगाऊ।” \p \v 57 जब दावीद त्यस पलिश्तीलाई मारेर फर्के, तब अबनेरले दावीदलाई त्यस पलिश्तीको टाउको बोकिरहेकै अवस्थामा शाऊलको सामु पुर्‍याए। \p \v 58 शाऊलले तिनलाई सोधे, “हे जवान मानिस, तिमी कसको छोरा हौ?” \p दावीदले भने, “म तपाईंको सेवक बेथलेहेम निवासी यिशैको छोरा हुँ।” \c 18 \s1 शाऊललाई दावीदप्रतिको बढ्दो डर \p \v 1 जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे। \v 2 त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्। \v 3 जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे। \v 4 जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए। \p \v 5 शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्‍च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए। \p \v 6 दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए। \v 7 तिनीहरूले नाच्दै यसरी गीत गाए: \q1 “शाऊलले हजारौँ-हजारलाई मारे, \q2 तर दावीदले त लाखौँ-लाखलाई मारे।” \p \v 8 त्यो कुराले शाऊल ज्यादै रिसाए। त्यस गीतले तिनलाई साह्रै दुःखित तुल्यायो। तिनले सोचे, “तिनीहरूले दावीदलाई लाखौँको श्रेय दिए, तर मलाईचाहिँ हजारौँको मात्र श्रेय दिए। अब राज्यबाहेक उसले अरू के प्राप्‍त गर्नु बाँकी रह्‍यो र।” \v 9 अनि त्यस बेलादेखि उसो शाऊलले दावीदलाई डाहको दृष्‍टिले हेर्न थाले। \p \v 10 भोलिपल्ट परमेश्‍वरतर्फको एउटा हानिकारक आत्मा शक्तिशाली रूपमा शाऊलमाथि आयो। तिनी आफ्नो घरमा अगमवाणी बोलिरहेका थिए। दावीदले सधैँझैँ वीणा बजाइरहेका थिए। शाऊलको हातमा एउटा भाला थियो। \v 11 “दावीदलाई भित्तामा उनिने गरी प्रहार गर्नेछु,” भनी मनमनै तिनले सोचेर भाला हाने, तर दावीद दुई पटक तिनीबाट तर्के। \p \v 12 शाऊल दावीददेखि डराउन थाले; किनकि याहवेह तिनको साथमा हुनुहुन्थ्यो। तर शाऊललाई चाहिँ छोडिसक्नुभएको थियो। \v 13 यसकारण तिनले दावीदलाई आफूदेखि टाढा पठाइदिए। अनि तिनलाई एक हजार सेनाहरूमाथिका सेनापति बनाइदिए; अनि दावीदले सेनाहरूलाई युद्धहरूमा नेतृत्व गरे। \v 14 तिनले गरेको जुनसुकै काममा पनि तिनले ठूलो सफलता पाए। किनकि याहवेह तिनीसँग हुनुहुन्थ्यो। \v 15 जब शाऊलले तिनलाई सफलता पाएको देखे, तब उनी दावीदसँग अझ धेरै डराउन थाले। \v 16 तर सारा इस्राएल र यहूदाले चाहिँ दावीदलाई प्रेम गर्थे; किनकि उनीहरूलाई युद्धहरूमा तिनले नेतृत्व गर्दथे। \p \v 17 तब शाऊलले दावीदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म यसलाई तिमीसँग विवाह गरिदिनेछु। तिमीले केवल वीरतासाथ मेरो सेवा गर, र याहवेहको युद्ध गर।” किनकि शाऊलले मनमनै भने, “म यसको विरुद्धमा हात उठाउनेछैन। तर पलिश्तीहरूले नै त्यो काम गरून्!” \p \v 18 तर दावीदले शाऊललाई भने, “म को हुँ र? अनि मेरो परिवार अथवा मेरो वंश इस्राएलमा को हुन् र, म राजाका जुवाइँ हुन सक्छु?” \v 19 यसकारण जब शाऊलकी छोरी मेराबको दावीदसँग विवाह गर्ने बेला आयो, तब तिनलाई महोलाती अद्रीएलसँग विवाह गरिदिए। \p \v 20 अब शाऊलकी छोरी मीकलले चाहिँ दावीदलाई प्रेम गर्थिन्। अनि जब तिनीहरूले यो कुरा शाऊललाई बताए, तब तिनी खुशी भए। \v 21 तिनले यसरी सोचे, “म दावीदलाई मीकल दिनेछु, ताकि यो उसको निम्ति एउटा पासो बनोस्, र पलिश्तीहरूको हात त्यसको विरुद्धमा उठोस्।” यसकारण शाऊलले दावीदलाई भने, “अब तिमीलाई दोस्रोचोटि मेरो जुवाइँ हुने मौका मिलेको छ।” \p \v 22 तब शाऊलले आफ्ना सेवकहरूलाई हुकुम दिए: “दावीदलाई एकलै बोलाएर भन, ‘हेर्नुहोस्, राजा तपाईंसँग खुशी हुनुहुन्छ; अनि उहाँका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन्। अब तपाईं राजाको जुवाइँ बन्‍नुहोस्!’ ” \p \v 23 तब शाऊलका मानिसहरू गएर दावीदलाई ती कुराहरू भनिदिए। तर दावीदले भने, “के राजाको जुवाइँ हुनु चानचुने कुरा हो भनी तिमीहरू सम्झन्छौ? म त एउटा गरिब मानिस हुँ, र साधारण मानिस मात्र हुँ।” \p \v 24 जब शाऊलका सेवकहरूले तिनलाई दावीदले भनेका कुरा सुनाइदिए, \v 25 तब शाऊलले जवाफ दिए, “दावीदलाई यसो भन, ‘राजाले दुलहीको मूल्यको निम्ति शत्रुहरूलाई बदला लिन पलिश्तीहरूका एक सय खलडीबाहेक अरू केही चाहनुहुन्‍न।’ ” शाऊलको योजनाचाहिँ पलिश्तीहरूको हातबाट दावीद मारियोस् भन्‍ने थियो। \p \v 26 जब ती सेवकहरूले दावीदलाई यी कुरा सुनाए, तब तिनी राजाका जुवाइँ हुन राजी भए। यसकारण तोकिएको समय पूरा हुन अगि नै, \v 27 दावीद आफ्ना सेनाहरू लिएर निस्के; र दुई सय पलिश्तीहरूलाई मारे। अनि तिनीहरूका खलडीहरू ल्याए। दावीद राजाको जुवाइँ हुन सकून् भनेर तिनीहरूले ती सबै गन्ती गरे। त्यसपछि शाऊलले आफ्नी छोरी मीकललाई दावीदसँग विवाह गरिदिए। \p \v 28 जब राजा शाऊलले दावीदसँग याहवेह हुनुहुँदोरहेछ र मीकलले पनि तिनलाई प्रेम गर्छिन् भन्‍ने कुरा थाहा पाए, \v 29 तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे। \p \v 30 पलिश्ती सेनापतिहरू लडाइँ गर्न निस्किरहन्थे। अनि जति पल्ट तिनीहरूले हमला गर्थे, त्यति नै शाऊलका अरू अधिकृतहरूभन्दा दावीदले बढी सफलता पाउँथे। यसरी तिनको नाम अति प्रसिद्ध भयो। \c 19 \s1 शाऊलले दावीदलाई मार्न खोजेका \p \v 1 शाऊलले आफ्ना छोरा जोनाथन र सबै सेवकहरूलाई दावीदलाई हत्या गर्नू भनी भने। तर जोनाथनले दावीदलाई औधी मन पराउँथे। \v 2 अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्‍नुहोस्। \v 3 म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।” \p \v 4 जोनाथनले आफ्ना पिता शाऊलसँग दावीदको बारेमा राम्रो कुरा गरेर तिनलाई भने, “राजा, हजुरले आफ्ना सेवक दावीदलाई केही हानि नगर्नुहोस्। तिनले केही खराबी गरेका छैनन्। अनि तिनले जे गरेका छन्, त्यसबाट तपाईंलाई नै धेरै फाइदा भएको छ। \v 5 तिनले आफ्नो ज्यानसमेत जोखिममा पारेर त्यस पलिश्तीलाई मारे। याहवेहले सारा इस्राएलका निम्ति ठूलो विजय दिनुभयो। त्यो हजुरले पनि देख्नुभयो, र तपाईं प्रसन्‍न हुनुभयो। अनि तिनै दावीदलाई कुनै कारणविना मारेर तिनीजस्ता निर्दोष मानिसको हानि तपाईं किन गर्नुहुन्छ?” \p \v 6 शाऊलले जोनाथनको कुरा सुने। तब यस्तो शपथ खाए, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै दावीद मारिनेछैन।” \p \v 7 यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे। \p \v 8 एक पटक फेरि युद्ध मच्‍चियो। अनि दावीद पलिश्तीहरूसँग युद्ध गर्न गए। तिनले तिनीहरूमाथि ठूलो आक्रमण गरे। तिनीहरू तिनको सामुबाट भागे। \p \v 9 तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब त्यही बेला याहवेहबाटको एउटा हानिकारक आत्मा तिनीमाथि आयो। त्यस बेला दावीदचाहिँ वीणा बजाइरहेका थिए। \v 10 अनि शाऊलले त्यस भालाले भित्तैमा उनिने गरी तिनलाई प्रहार गर्न कोसिस गरे। तर दावीदले छले; अनि शाऊलको भाला भित्तामा गएर भासियो। त्यसै रात दावीद त्यहाँबाट सुरक्षासाथ भाग्न सफल भए। \p \v 11 शाऊलले भोलिपल्ट बिहान दावीदलाई मार्न भनी तिनको घरमा चियो गर्न मानिसहरू पठाए। तर तिनकी पत्नी मीकलले तिनलाई होशियार गराएर भनिन्, “यदि तपाईं आज राति नै आफ्नो प्राणको लागि भाग्नुभएन भने भोलि बिहान तपाईं मारिनुहुनेछ।” \v 12 यसकारण मीकलले दावीदलाई एउटा झ्यालबाट ओरालिदिइन्। तब तिनी भागे, र उम्कन सफल भए। \v 13 त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्। \p \v 14 जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।” \p \v 15 तब शाऊलले दावीदलाई हेर्न भनी ती मानिसहरूलाई फेरि पठाएर भने, “त्यसको पलङसितै त्यसलाई मकहाँ ल्याओ, र म त्यसलाई मार्नेछु!” \v 16 तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए। \p \v 17 तब शाऊलले मीकललाई भने, “किन तैँले मलाई यसरी छल गरिस्, र मेरो शत्रुलाई भाग्न दिइस्?” \p तब मीकलले भनिन्, “तिनले मलाई भने, ‘मलाई भाग्न देऊ। नत्रता म तिमीलाई मार्नेछु?’ ” \p \v 18 जब दावीद भागे, र तिनी उम्कन सफल भए, तब तिनी रामामा शमूएलकहाँ गए। अनि शाऊलले तिनलाई गरेका सबै कुराहरू शमूएललाई सुनाइदिए। तब तिनी र शमूएल नैयोतको गाउँमा गए, र त्यहीँ बस्‍न थाले। \v 19 “दावीद रामा सहरको नैयोत गाउँमा छन्,” भनेर शाऊलकहाँ खबर आइपुग्यो। \v 20 यसकारण तिनले दावीदलाई पक्रन मानिसहरू पठाए। तर जब तिनीहरूले शमूएलको नेतृत्वमा एक दल अगमवक्ताहरूले अगमवाणी गरिरहेका देखे, तब परमेश्‍वरको आत्मा शाऊलका मानिसहरूमाथि आउनुभयो। अनि तिनीहरूले पनि अगमवाणी बोल्न थाले। \v 21 शाऊललाई यो कुरा सुनाइयो। तब तिनले अझ धेरै मानिसहरू पठाए, र तिनीहरूले पनि अगमवाणी बोल्न थाले। शाऊलले तेस्रो पटक मानिसहरू पठाए। तब तिनीहरूले पनि अगमवाणी गरे। \v 22 आखिरमा तिनी आफैँ रामाको सहरतिर गए, र सेकूमा भएको ठूलो कुवामा आइपुगे। तिनले सोधे, “शमूएल र दावीद कहाँ छन्?” \p तिनीहरूले भने, “रामाको नैयोत गाउँमा छन्।” \p \v 23 यसकारण शाऊल रामाको नैयोतमा गए। तर परमेश्‍वरको आत्मा तिनीमाथि पनि आउनुभयो। अनि तिनी पनि नैयोत नआइपुगेसम्म अगमवाणी बोल्दै हिँडे। \v 24 तिनले आफ्नो पोशाक उतारे। अनि शमूएलको उपस्थितिमा पनि अगमवाणी गरे। तिनी त्यस दिनभरि र रातभरि नाङ्गै बसे। यसैकारण मानिसहरू भन्छन्, “के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन् र?” \c 20 \s1 दावीद र जोनाथन \p \v 1 तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?” \p \v 2 जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्‍न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!” \p \v 3 तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्‍चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।” \p \v 4 तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।” \p \v 5 यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु। \v 6 यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’ \v 7 यदि उहाँले, ‘ठिकै छ,’ भन्‍नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्‍चित हुनु। \v 8 तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?” \p \v 9 जोनाथनले भने, “यस्तो हुनै सक्दैन! मेरा पिताले तपाईंलाई हानि गर्ने कुराको सङ्केत मैले अलिकति पनि पाएको भए के म तपाईंलाई भन्‍नेथिइनँ र?” \p \v 10 तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?” \p \v 11 जोनाथनले भने, “आउनुहोस्, हामी खेतमा जाऔँ।” यसरी तिनीहरू एकसाथ खेतमा गए। \p \v 12 तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्‍वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्‍नँ र? \v 13 तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्‍चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्। \v 14 तर म बाँचुन्जेल मप्रति याहवेहलेझैँ अटुट दया देखाउनुहोस्, ताकि म मारिनु नपरोस्। \v 15 अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्‍ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।” \p \v 16 यसकारण जोनाथनले दावीदको घरानासँग करार बाँधेर भने, “याहवेहले दावीदका शत्रुहरूको लेखा लिऊन्।” \v 17 दावीदप्रतिको तिनको प्रेमको कारण जोनाथनले दावीदलाई आफ्नो प्रतिज्ञा दृढ गराए, किनकि जोनाथनले उनलाई आफूलाई झैँ प्रेम गर्थे। \p \v 18 तब जोनाथनले दावीदलाई भने, “भोलि औँसीको चाड हो। तपाईंको ठाउँ खाली देखेर सबैले सोध्नेछन्। \v 19 पर्सिको दिन साँझतिर यो समस्या सुरु हुँदा तपाईं लुक्ने ठाउँमा गएर एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्। \v 20 म त्यतातिर कुनै निशानामा हानेझैँ गरेर तीन वटा काँडहरू हान्‍नेछु। \v 21 तब म एउटा केटालाई पठाएर भन्‍नेछु, ‘ती काँडहरू खोज।’ यदि मैले त्यसलाई, ‘हेर्, काँडहरू तेरो यतापट्टि छ; तिनलाई यहाँ लिएर आइज’ भनेँ भने तपाईं आउनसक्नुहुनेछ। किनकि जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, तपाईं सुरक्षित रहनुहुनेछ; अनि तपाईंलाई कुनै खतरा हुनेछैन। \v 22 तर यदि मैले त्यस केटालाई, ‘हेर्, काँडहरू तेरो उतापट्टि छ’, भनेँ भने तपाईं भाग्नुहोला। किनकि याहवेहले नै तपाईंलाई टाढा पठाउनुभएको रहेछ। \v 23 अनि तपाईं र मैले गरेको कुराहरूको बारेमा चाहिँ याद राख्नुहोला। तपाईं र मेरो बीचमा सदासर्वदाका निम्ति याहवेह साक्षी हुनुहुन्छ।” \p \v 24 यसकारण दावीद गएर खेतमा लुके। अनि जब औँसीको चाड आयो, तब राजा भोजन गर्न बसे। \v 25 शाऊल जोनाथनको सामु सधैँको ठाउँमा भित्ताको छेउमा बसे। अनि अबनेर शाऊलको छेउमा बसे, तर दावीदको ठाउँ खाली थियो। \v 26 त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए। \v 27 तर भोलिपल्ट, अर्थात् महिनाको दोस्रो दिन दावीदको ठाउँ फेरि खाली नै थियो। तब शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैको छोरा किन भोजन गर्न आएन?” \p \v 28 जोनाथनले शाऊललाई जवाफ दिए, “दावीदले बेथलेहेम जानलाई मसँग ढिपी गरेर अनुमति मागेका थिए। \v 29 तिनले भने, ‘मलाई जान दिनुहोस्; किनकि हाम्रो परिवारले सहरमा बलिदान चढाइरहेका छन्। अनि मेरा दाजुले मलाई त्यहाँ उपस्थित हुनु भनेर हुकुम गर्नुभएको छ। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई आफ्ना दाजुहरूलाई भेट्न जान दिनुहोस्।’ यसैकारण तिनी राजाको भोजमा उपस्थित छैनन्।” \p \v 30 तब शाऊल जोनाथनसँग रिसले भड्किए, र तिनले उनलाई भने, “तँ दुष्‍ट र विद्रोही स्त्रीको छोरो! तैँले आफ्नै बेइज्जतका लागि र तँलाई जन्माउने आमाको बेइज्जतका लागि यिशैको छोराको पक्ष लिँदैछस् भन्‍ने कुरा के मलाई थाहा छैन र? \v 31 जबसम्म यिशैको छोरो यस पृथ्वीमा जीवित रहन्छ, न त तँ स्थापित हुनेछस्, न त तेरो राज्य स्थापित हुनेछ। अब कसैलाई पठाएर त्यसलाई मकहाँ झट्टै ल्याउन लगा; किनकि त्यो मर्नैपर्छ।” \p \v 32 जोनाथनले आफ्ना पितालाई सोधे, “दावीद किन मारिनुपर्छ? तिनले के गरेका छन् र?” \v 33 तर जोनाथनलाई मार्न भनी शाऊलले तिनीतिर भाला हाने। तब जोनाथनले आफ्ना पिताले दावीदलाई मार्ने नै विचार गरेका रहेछन् भनी थाहा पाए। \p \v 34 जोनाथन रिसले चुर हुँदै आफ्नो टेबुलबाट उठेर गइहाले; त्यस महिनाको दोस्रो दिन तिनले केही खाएनन्। किनकि दावीदप्रति आफ्ना पिताको शर्मलाग्दो व्यवहारको कारण तिनी साह्रै शोकाकुल भएका थिए। \p \v 35 भोलिपल्ट बिहानै जोनाथन दावीदलाई भेट्न भनी खेततिर गए। तिनीसँग एउटा सानो केटो थियो। \v 36 तब तिनले त्यस केटोलाई भने, “मैले हानेको काँड खोज्न दौडेर जा।” त्यो केटो दौडेर गएपछि तिनले त्यसको पछिल्तिर अर्को काँड हाने। \v 37 जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?” \v 38 तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो। \v 39 (त्यो केटोले यी सबै कुरा केही बुझेन; तर केवल जोनाथन र दावीदले बुझे।) \v 40 तब जोनाथनले आफ्ना हतियारहरू त्यस केटोलाई दिएर भने, “जा, यी लिएर सहरमा लैजा।” \p \v 41 त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीन पटक तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए। \p \v 42 जोनाथनले दावीदलाई भने, “शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ ” त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे। \c 21 \s1 दावीद नोबमा \p \v 1 दावीद नोबमा पुजारी अहीमेलेमकहाँ गए। तिनलाई भेटेर अहीमेलेक काँपे, र सोधे, “तपाईं किन यहाँ एकलै आउनुभयो? तपाईंसँग किन कोही पनि छैन?” \p \v 2 दावीदले पुजारी अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई कुनै विशेष कामले पठाउनुभएको छ, र मलाई भन्‍नुभएको छ, ‘तिम्रो काम र मेरो आदेशको बारेमा कसैलाई थाहा नहोस्।’ मेरा मानिसहरूको बारेमा चाहिँ मैले तिनीहरूलाई एउटा विशेष ठाउँमा मलाई भेट्न भनेको छु। \v 3 अब भन्‍नुहोस्, तपाईंसँग के छ? मलाई पाँच वटा रोटी, अर्थात् तपाईंसँग जे छ, त्यही दिनुहोस्।” \p \v 4 तर पुजारीले दावीदलाई भने, “मसँग कुनै साधारण रोटीहरू त छैनन्, केही पवित्र रोटीहरू मात्र छन्—तर यी खाने जवान मानिसहरूले आफूलाई स्त्रीसँगको सम्बन्धबाट अलग राखेको हुनुपर्छ।” \p \v 5 दावीदले भने, “निश्‍चिन्त हुनुहोस्, जब म बाहिर निस्कन्छु, तब सदाझैँ स्त्रीहरू हामीदेखि अलग नै हुन्छन्। मानिसहरू साधारण कामहरूमा त पवित्र हुन्छन् भने आज त झन् कति पवित्र छन्!” \v 6 यसकारण त्यहाँ अरू रोटी नभएको कारण पुजारीले तिनलाई ती पवित्र रोटीहरू दिए। किनकि त्यही दिन याहवेहको सामुबाट पुराना रोटी हटाइएका थिए, र ताजा रोटी चढाइएका थिए। \p \v 7 त्यस दिन त्यहाँ शाऊलको एक जना सेवक पनि थियो, जसलाई याहवेहको सामु रोकेर राखिएको थियो। त्यो शाऊलको मुख्य गोठालो एदोमी दोएग थियो। \p \v 8 दावीदले अहीमेलेकलाई सोधे, “के तपाईंसँग यहाँ कुनै तरवार अथवा भाला छ? राजाको काम जरुरी भएको कारणले गर्दा मैले आफ्नो तरवार, अर्थात् मेरा कुनै पनि हतियारहरू लिएर आउन पाइनँ।” \p \v 9 पुजारीले जवाफ दिए, “तपाईंले एलाको बेँसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार यहाँ छ। त्यस तरवारलाई कपडाले बेह्रेर एपोदको पछिल्तिर राखिएको छ। यदि तपाईं चाहनुहुन्छ भने यही लानुहोस्; किनकि यहाँ योबाहेक अरू तरवार छैन।” \p दावीदले भने, “योजस्तो तरवार अरू छँदैछैन; मलाई यही दिनुहोस्।” \s1 दावीद गातमा \p \v 10 त्यस दिन दावीद शाऊलदेखि भागे, र गात सहरका राजा आकीशकहाँ गए। \v 11 तर आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी त्यस देशका राजा दावीद होइनन् र? के यिनी तिनै व्यक्ति होइनन्, जसको बारेमा तिनीहरूले नाच्दै यसो भन्दै गाएका थिए?” \q1 शाऊलले हजारौँ-हजारलाई मारे, \q2 तर दावीदले लाखौँ-लाखलाई मारे। \p \v 12 दावीदले यी कुराहरू सुने। अनि तिनी गात सहरका राजा आकीशसँग साह्रै डराए। \v 13 यसकारण तिनले तिनीहरूका सामु बौलाहा भएको बहाना गरे। यसरी उनीहरूका साथमा हुँदा तिनले बहुला मानिसले जस्तै अभिनय गर्दै ढोका र मूलढोकाहरूमा कोर्दै र दाह्रीमा राल चुहाउँदै हिँडे। \p \v 14 तब आकीशले आफ्ना नोकरहरूलाई भने, “यस मानिसलाई हेर त! यो त बहुला पो रहेछ! यसलाई किन मकहाँ ल्यायौ? \v 15 के मसँग बहुलाहरूको खाँचो छ, र यसलाई मेरो सामु ल्याउँछौ? के यस्तो मानिस मेरो घरमा आउनैपर्छ?” \c 22 \s1 दावीद अदुल्‍लाम र मिस्पामा गएका \p \v 1 दावीद गातबाट भागे, र अदुल्‍लामको ओडारमा लुकेर बसे। जब दावीदका दाजुहरू र तिनका पिताका घरानाले यस बारेमा सुने, तब तिनीहरू तिनीकहाँ गए। \v 2 दुःख-कष्‍टमा परेका, ऋणमा परेका र असन्तुष्‍ट भएका मानिसहरू सबै दावीदको चारैतिर भेला भए। तिनीहरू लगभग चार सय जति थिए। दावीद तिनीहरूका अगुवा भए। \p \v 3 अनि दावीद त्यहाँबाट मोआबको मिस्पामा गए, र मोआबका राजालाई भने, “परमेश्‍वरले मेरा निम्ति के गर्नुहुनेछ भनी मैले नजानेसम्म तपाईंले मेरा बुबाआमालाई तपाईंकहाँ आएर बस्‍न दिनुहोस्।” \v 4 यसकारण दावीदले तिनीहरूलाई मोआबका राजासँग छोडी राखे; अनि दावीद आफ्नो ओडारको किल्‍लामा रहुन्जेल तिनीहरू मोआबमा नै बसे। \p \v 5 तर अगमवक्ता गादले दावीदलाई भने, “यस किल्‍लामा नबस्‍नुहोस्। यहूदाको देशमा जानुहोस्!” यसकारण दावीदले ओडार छोडेर हेरेतको जङ्गलमा गए। \s1 शाऊलले नोबका पुजारीहरूलाई मारेका \p \v 6 तब दावीद र तिनका मानिसहरू देखा परेको खबर शाऊलले सुने। शाऊलचाहिँ आफ्नो हातमा भाला लिएर गेबाको डाँडामा झ्याउको बोटको छहारीमा बसिरहेका थिए। तिनका अधिकृतहरू चारैतिर उभिएका थिए। \v 7 शाऊलले तिनीहरूलाई भने, “सुन, हे बेन्यामीनका मानिसहरू हो! के यिशैको छोराले तिमीहरू सबैलाई खेतहरू र दाखबारीहरू दिन्छ? के त्यसले तिमीहरूलाई हजार-हजारमाथि र सय-सयमाथिका फौजका सेनापति बनाउनेछ भनी तिमीहरू सोच्दछौ? \v 8 के यसैकारण तिमीहरूले मेरो विरुद्धमा षड्यन्त्र गरेका हौ? मेरो छोराले यिशैको छोरासँग बाचा बाँधेको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ। तिमीहरूमध्ये कसैले पनि मेरो वास्ता गर्दैनौ, अथवा मेरो छोराले आज गरेझैँ, मेरो सेवकलाई मलाई ढुकेर बस्‍न उक्साएको कुरा तिमीहरू कसैले पनि मलाई भनेनौ।” \p \v 9 तर शाऊलका अधिकृतहरूको छेउमा उभिरहेका एदोमी दोएगले भने, “मैले यिशैको छोरालाई नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको देखेँ। \v 10 अहीमेलेकले याहवेहसँग तिनका निम्ति सोधपुछ गरे; तब तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दावीदलाई दिए।” \p \v 11 तब शाऊल राजाले अहीतूबका छोरा पुजारी अहीमेलेक र नोबमा पुजारी भएर बसेका तिनका पिताका सबै परिवारलाई बोलाउन पठाए; अनि तिनीहरू सबै राजा शाऊलकहाँ आए। \v 12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” \p तिनले जवाफ दिए, “हजुर, मेरो मालिक।” \p \v 13 शाऊलले अहीमेलेकलाई भने, “तिमीले किन मेरो विरुद्धमा षड्यन्त्र रच्दछौ? तिमीले यिशैको छोरालाई खानेकुरा र तरवार पनि दियौ; अनि त्यसको पक्षमा परमेश्‍वरसँग सल्‍लाह लियौ। त्यसैले त्यो मेरो विरुद्धमा खडा भएको छ, आजसम्म पनि मलाई ढुकिबसेको छ।” \p \v 14 तब अहीमेलेकले राजालाई जवाफ दिए, “तपाईंका सेवकहरूमध्ये राजाका जुवाइँ दावीद, तपाईंका अङ्गरक्षकहरूका सेनापति र तपाईंको घरानामा अति आदरणीय व्यक्ति अरू को छन् र? \v 15 मैले तिनका निम्ति याहवेहसँग सल्‍लाह लिएको के यो पहिलो पटक थियो र? कदापि होइन! महाराजाले आफ्नो सेवकमाथि अथवा मेरो पिताको परिवारको कसैमाथि पनि दोष नदिनू होला; किनकि तपाईंको सेवकलाई यी सबै मामिलाको बारेमा केही पनि थाहा छैन।” \p \v 16 तर राजाले भने, “हे अहीमेलेक, तिमी र तिम्रा पिताका सारा परिवार अवश्य मारिनेछौ।” \p \v 17 तब राजाले आफ्नो छेउमा भएका अङ्गरक्षकहरूलाई भने, “फर्केर याहवेहका पुजारीहरूलाई मार! किनकि यिनीहरू पनि दावीदपट्टि लागेका छन्। त्यो भाग्दैथियो भन्‍ने कुरा यिनीहरूलाई थाहा थियो; तापनि यिनीहरूले मलाई थाहा दिएनन्।” \p तर राजाका अधिकृतहरूले याहवेहका पुजारीहरूमाथि हात उठाउन मानेनन्। \p \v 18 तब राजाले दोएगलाई हुकुम गरे, “तैँले यी पुजारीहरूलाई मार्।” यसकारण एदोमी दोएगले तिनीहरूलाई मारे। त्यस दिन दोएगले मलमलको एपोद लगाउने पचासी जना पुजारीहरूलाई मारे। \v 19 त्यसले पुजारीहरूको नगर नोबमा भएका मानिसहरू, स्त्रीहरू, बालबच्‍चाहरू र शिशुहरू, गाईबस्तु, गधाहरू र भेडाहरू सबैलाई पनि तरवारले मार्‍यो। \p \v 20 तर अहीतूबको नाति, अहीमेलेकको छोरो अबीयाथारचाहिँ उम्के, र दावीदलाई भेट्न गए। \v 21 अबीयाथारले दावीदलाई शाऊलले नोबका याहवेहका पुजारीहरूलाई मारेको कुरा बताइदिए। \v 22 तब दावीदले अबीयाथारलाई भने, “त्यस दिन, जब एदोमी दोएग त्यहाँ थियो, त्यसले शाऊललाई निश्‍चय भन्ला भन्‍ने मलाई थाहा थियो। तिम्रा पिताका सम्पूर्ण परिवारको मृत्युको जिम्मेवार म नै हुँ। \v 23 मसँग बस; तिमी नडराऊ। तिम्रो प्राण लिन चाहने मानिसले मेरो पनि प्राण लिन चाहन्छ। तिमी मसँग सुरक्षित रहनेछौ।” \c 23 \s1 दावीदले कीलाहको रक्षा गरेका \p \v 1 जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,” \v 2 तब दावीदले याहवेहसँग सल्‍लाह मागे, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ?” \p याहवेहले तिनलाई जवाफ दिनुभयो, “हुन्छ जा, गएर पलिश्तीहरूलाई आक्रमण गर्, र कीलाहलाई बचा।” \p \v 3 तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!” \p \v 4 दावीदले एक पटक फेरि याहवेहसँग सल्‍लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।” \v 5 यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्‍याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए। \v 6 (अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।) \s1 शाऊलले दावीदलाई खेदेका \p \v 7 दावीद कीलाहमा गएको कुरा शाऊललाई भनियो र तिनले भने, “परमेश्‍वरले त्यसलाई मेरो हातमा सुम्पिदिनुभएको छ। किनकि दावीदले मूलढोकाहरू र बारहरू भएको नगरभित्र प्रवेश गरेर आफूलाई कैदमा पारेको छ।” \v 8 अनि शाऊलले आफ्ना सेनाहरूलाई कीलाहमा दावीद र तिनका मानिसहरूलाई लडाइँको लागि घेराबन्दी गर्न बोलाए। \p \v 9 जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।” \v 10 दावीदले भने, “याहवेह इस्राएलका परमेश्‍वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्‍ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ। \v 11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।” \p याहवेहले भन्‍नुभयो, “अवश्य, शाऊल आउनेछ।” \p \v 12 फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?” \p याहवेहले भन्‍नुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।” \p \v 13 यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्। \p \v 14 दावीद उजाडस्थानका किल्‍लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्‍वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन। \p \v 15 जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए। \v 16 तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्‍वरमा सामर्थ्य पाउन उत्साह दिए। \v 17 जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।” \v 18 दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे। \p \v 19 जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्‍लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र? \v 20 अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।” \p \v 21 शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्। \v 22 जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्‍ने कुरा मैले सुनेको छु। \v 23 त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्‍का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।” \p \v 24 यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए। \v 25 शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए। \p \v 26 शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे, \v 27 तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।” \v 28 तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत\f + \fr 23:28 \fr*\fq हम्मालेकोत \fq*\ft अथवा \ft*\fqa विभाजनको चट्टान\fqa*\f* भने। \v 29 दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे। \c 24 \s1 दावीदले शाऊललाई जीवित छोडिदिएका \p \v 1 शाऊलले पलिश्तीहरूसँग लडाइँ गरेर फर्किएपछि तिनलाई भनियो, “दावीद एन-गदीको उजाडस्थानमा छन्।” \v 2 यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए। \p \v 3 तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्‍नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए। \v 4 ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्‍नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे। \p \v 5 तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो। \v 6 तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।” \v 7 यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे। \p \v 8 तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।” \v 9 तिनले शाऊललाई भने, “जब मानिसहरूले ‘दावीदले तपाईंको नोक्सानी गर्न निश्‍चय गरेको छ’ भनी भन्दा, तपाईंले किन तिनीहरूका कुरा सुन्‍नुहुन्छ? \v 10 यस ओडारमा कसरी याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभएको थियो, भनी तपाईंले आफ्नै आँखाले देख्नुभएको छ। मलाई कति जनाले तपाईंलाई मार्न दबाउ दिएका थिए; तर मैले मेरो मालिक तपाईंलाई छोडिदिएँ, र मैले भने, ‘म आफ्नो मालिकको विरुद्धमा हात उठाउनेछैनँ। किनकि उहाँ याहवेहका अभिषिक्त जन हुनुहुन्छ।’ \v 11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा तपाईंको लुगाको टुक्रा हेर्नुहोस्! मैले तपाईंको खास्टोको किनार काटेँ, तर तपाईंलाई चाहिँ मारिनँ। म तपाईंको हानि गर्ने, अथवा तपाईंको विरोधी होइन भनी बुझ्नुहोस्। मैले तपाईंको हानि गरेको छैनँ; तर तपाईंचाहिँ मेरो प्राण लिन मलाई खेद्नुहुन्छ। \v 12 याहवेहले तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्। तपाईंले मेरो हानि गर्नुभएकोमा याहवेहले बदला लिऊन्, तर मेरो हातले तपाईंलाई छुनेछैनँ। \v 13 पुरानो उखानअनुसार, ‘दुष्‍टहरूबाट दुष्‍ट कामहरू नै निस्कन्छन्,’ यसकारण मेरो हातले तपाईंलाई छुनेछैनँ। \p \v 14 “इस्राएलका राजा तपाईं कसको विरुद्धमा निस्केर आउनुभएको छ? तपाईंले कसलाई खेद्‌दैहुनुहुन्छ? के एउटा मरेको कुकुरलाई? के एउटा उपियाँलाई? \v 15 याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।” \p \v 16 दावीदले यति भनिसकेपछि शाऊलले दावीदलाई सोधे, “मेरा छोरा दावीद, के यो सोर तिम्रो हो?” अनि तिनी चर्को सोरमा रोए। \v 17 तब तिनले भने, “तिमी मभन्दा धर्मी रहेछौ। तिमीले मलाई भलो गर्‍यौ, तर मैले त तिमीलाई कुभलो गरेँ। \v 18 तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ। \v 19 के कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने उसले हानि नगरी त्यसलाई छोडिदिन्छ र? तिमीले मप्रति आज जुन किसिमको व्यवहार गरेका छौ, त्यसको निम्ति याहवेहले तिमीलाई यसको इनाम देऊन्। \v 20 तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ भनी म जान्दछु। \v 21 अब तिमीले मेरा सन्तानहरूलाई मार्नेछैनौ, र मेरा पिताको परिवारबाट मेरो नाम मेटिदिनेछैनौ भनी याहवेहको नाममा मसँग शपथ खाऊ।” \p \v 22 यसकारण दावीदले शाऊलसँग शपथ खाए। अनि शाऊल घर फर्के। तर दावीद र तिनका मानिसहरूचाहिँ आफ्नो किल्‍लातिर गए। \c 25 \s1 दावीद, नाबाल र अबीगेल \p \v 1 शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको\f + \fr 25:1 \fr*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa माओन \fqa*\ft पनि भनिएको छ।\ft*\f* मरुभूमिमा झरे। \p \v 2 माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए। \v 3 तिनको नाम नाबाल थियो, र तिनकी पत्नीको नाम अबीगेल थियो। तिनी बुद्धिमती र अति सुन्दरी स्त्री थिइन्; तर तिनको पति एक रुखो र नीच स्वभाव भएका मानिस थिए। तिनी कालेबका वंशका थिए। \p \v 4 दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्‍ने कुरा सुने। \v 5 यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर। \v 6 तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्! \p \v 7 “ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन। \v 8 तपाईंका आफ्नै सेवकहरूलाई सोध्नुहोस्, र तिनीहरूले पनि तपाईंलाई भन्‍नेछन्। यसकारण मेरा यी जवान मानिसहरूप्रति कृपालु भइदिनुहोस्। किनकि हामी उत्सवको समयमा आएका छौँ। दया गरेर तपाईंका सेवकहरू र तपाईंको छोरा दावीदका निम्ति जे सक्नुहुन्छ, त्यो दिनुहोस्।’ ” \p \v 9 दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए। \p \v 10 नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्। \v 11 मैले आफ्नो खानेकुरा, पानी र मेरा ऊन कत्रनेहरूका लागि जुटाएको मासु अनजान मानिसहरूलाई किन दिनु?” \p \v 12 तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए। \v 13 दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे। \p \v 14 सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो। \v 15 तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन। \v 16 हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए। \v 17 यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्‍ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।” \p \v 18 तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया\f + \fr 25:18 \fr*\ft लगभग 27 किलो\ft*\f* चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्‍लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्। \v 19 तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्। \p \v 20 तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्। \v 21 दावीदले मनमनै यसो भन्दै मात्र थिए, “मैले त्यस मानिसको सम्पत्ति उजाडस्थानमा हेरचाह गरिदिएँ। त्यसैले त्यसको केही थोक पनि हराएन। तर हामीले यस मानिसका निम्ति गरेको भलाइ व्यर्थै भयो। त्यसले मलाई भलाइको साटो खराबी गरेको छ। \v 22 यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्‍वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!” \p \v 23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्। \v 24 तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, “हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्‍नुहोस् र दोष मैमाथि नै परोस्।” \v 25 मेरो मालिकले त्यस दुष्‍ट मानिस नाबाललाई ध्यानै नदिनुहोस्। त्यो त त्यसको नामजस्तै छ। त्यसको नामको अर्थ नै मूर्ख हो; अनि त्यससँग मूर्खता छ। तर म तपाईंकी सेविकाले मेरा मालिकले पठाउनुभएका मानिसहरूलाई देखिनँ। \v 26 यसैले अब, याहवेह तपाईंका जीवित परमेश्‍वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्। \v 27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्। \p \v 28 कृपया हजुरकी सेविकाको अपराध क्षमा गर्नुहोस्। किनकि याहवेहले निश्‍चय नै मेरा मालिकका निम्ति वंश सदाको लागि दृढ गराउनुहुनेछ। किनभने हजुरले याहवेहको लडाइँ लड्दै हुनुहुन्छ। हजुर जीवित रहुन्जेल हजुरको कुनै खराबी नहोस्। \v 29 यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्‍वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ। \v 30 याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि, \v 31 मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्‍वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला। \p \v 32 तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो। \v 33 तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ। \v 34 साँच्‍चै इस्राएलका परमेश्‍वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।” \p \v 35 त्यसपछि दावीदले तिनको हातबाट आफ्ना निम्ति तिनले ल्याएका चीजहरू ग्रहण गरे; र तिनलाई भने, “शान्तिसित आफ्नो घर जाऊ! मैले तिम्रो कुरा सुनेको छु, र तिम्रो बिन्तीअनुसार गर्नेछु।” \p \v 36 जब अबीगेल नाबालकहाँ गइन्, तब तिनले कुनै राजाझैँ भएर भोज मनाइरहेका थिए। तिनी एकदमै रमाएर मात्तिएको र लट्ठ भएको अवस्थामा थिए। यसकारण तिनले बिहान नभएसम्म त्यसलाई केही पनि भनिनन्। \v 37 त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए। \v 38 लगभग दश दिनपछि याहवेहले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे। \p \v 39 जब नाबालको मृत्युको बारेमा दावीदले सुने, तब तिनले भने, “याहवेहको प्रशंसा होस्, जसले मप्रति अपमानजनक व्यवहार गर्ने नाबालको विरुद्धमा मेरो पक्षमा न्याय गर्नुभयो। याहवेहले आफ्नो सेवकलाई भूल गर्नदेखि रोक्नुभयो र नाबालको कुकर्मको सजाय त्यसकै टाउकोमाथि राखिदिनुभयो।” \p त्यसपछि दावीदले अबीगेललाई तिनकी पत्नी हुनलाई प्रस्ताव पठाए। \v 40 तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।” \p \v 41 तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।” \v 42 तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्। \v 43 दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए। \v 44 तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्‍लीममा बस्‍ने लेशका छोरा पल्तिएललाई\f + \fr 25:44 \fr*\ft अथवा \ft*\fqa पल्ती\fqa*\f* दिएका थिए। \c 26 \s1 दावीदले फेरि शाऊललाई छोडिदिएका \p \v 1 जीपका केही मानिसहरू गेबामा शाऊलकहाँ गएर भने, “दावीद यशीमोनको सामु भएको हकीलाहको डाँडामा लुकेर बसेका छन्।” \p \v 2 यसकारण शाऊल दावीदलाई खोज्न भनी इस्राएलका आफ्ना चुनिएका तीन हजार मानिसहरूलाई लिएर जीपको उजाडस्थानमा गए। \v 3 शाऊलले यशीमोनतिर फर्केको हकीलाहको डाँडा छेउमा आफ्नो छाउनी हाले; तर दावीदचाहिँ उजाडस्थानमै बसे। जब शाऊलले आफूलाई त्यहाँसम्म पछ्याएको दावीदले थाहा पाए, \v 4 तब तिनले जासुसहरू पठाए, र शाऊल साँच्‍चै आएका रहेछन् भन्‍ने पत्ता लगाए। \p \v 5 त्यसपछि दावीद निस्किए, र शाऊलले छाउनी हालेको ठाउँमा गए। तिनले शाऊल र नेरका छोरा, अर्थात् सेनाका सेनापति अबनेर सुतेको ठाउँ देखे। शाऊलचाहिँ छाउनीभित्र सुतिरहेका थिए। तिनको चारैतिर फौजले घेरेका थिए। \p \v 6 तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?” \p तब अबीशैले भने, “तपाईंसँग म जानेछु।” \p \v 7 यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए। \p \v 8 तब अबीशैले दावीदलाई भने, “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ। अब मलाई मेरो भालाले यिनलाई भुइँसम्मै रोपिने गरी प्रहार गर्न अनुमति दिनुहोस्। मैले यिनलाई दोस्रो पल्ट प्रहार गर्नु पर्नेछैनँ।” \p \v 9 तर दावीदले अबीशैलाई भने, “शाऊललाई नमार्नू! याहवेहको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिँ निर्दोष रहन सक्ला र?” \v 10 दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्‍ट हुनेछन्। \v 11 तर याहवेहको अभिषिक्त जनमाथि हात उठाउनदेखि मलाई याहवेहले रोकून्। तर तिनको सिरानीनिर भएको भाला र पानीको सुराहीचाहिँ लिऔँ र हामी जाऔँ।” \p \v 12 यसकारण दावीदले शाऊलको सिरानीनिर भएको भाला र पानीको सुराही लिएर तिनीहरू गए। यो कुरा कसैले पनि देखेनन्, न त यस बारेमा कसैलाई थाहा भयो, न कोही नै बिउँझे। तिनीहरू सबै जना सुतिरहेका थिए। किनकि याहवेहले तिनीहरूलाई मस्त निद्रामा पार्नुभएको थियो। \p \v 13 त्यसपछि दावीद अर्को डाँडापट्टि पार गरेर गए, र डाँडाको टुप्पामा टाढा उभिए। तिनीहरू एक-अर्कादेखि धेरै टाढा थिएनन्। \v 14 दावीदले सेना र नेरका छोरा अबनेरलाई हपारेर भने, “हे अबनेर, के तिमी मलाई जवाफ दिँदैनौ?” \p तब अबनेरले जवाफ दिए, “राजालाई बोलाउने तिमी को हौ?” \p \v 15 दावीदले भने, “अबनेर, के तिमी एक महान् पुरुष होइनौ र? अनि इस्राएलमा तिमीजस्तै अरू को छ र? तिमीले तिम्रा मालिक राजाको सुरक्षा किन गरेनौ? तिम्रा मालिक राजालाई मार्न कोही आएको थियो। \v 16 तिमीले जे गर्‍यौ, त्यो ठिक होइन। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चित रूपमा तिमी र तिम्रा मानिसहरू मारिनैपर्छ। किनकि तिमीहरूले आफ्ना मालिक, अर्थात् याहवेहको अभिषिक्त जनको रक्षा गरेनौ। तिम्रो वरिपरि हेर। राजाको सिरानीनिर भएको उहाँका भाला र पानीको सुराही कहाँ छ?” \p \v 17 तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?” \p दावीदले भने, “हे मेरा मालिक, मेरा राजा, यो मेरै सोर हो।” \v 18 तिनले फेरि भने, “मेरा मालिकले आफ्नो सेवकलाई किन खेद्‌दैहुनुहुन्छ? मैले के गरेको छु, र म कुन कुराको दोषी छु र? \v 19 अहिले मेरा मालिक राजाले आफ्नो सेवकको कुरा सुन्‍नुहोस्। यदि याहवेहले तपाईंलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको छ भने उहाँले भेटी ग्रहण गरून्। तर यदि योचाहिँ मानिसहरूले गरेको हो भने तिनीहरू याहवेहको सामु श्रापित होऊन्! आज मलाई तिनीहरूले याहवेहको उत्तराधिकारमा भएको मेरो घरबाट खेदेर यसो भनेका छन्, ‘जाऊ, अरू देवी-देवताहरूको सेवा गर।’ \v 20 अब मेरो रगत याहवेहको उपस्थितिबाट टाढा रहेको देशमा खस्‍न नदिनुहोस्। पहाडतिरका तित्रा चराको शिकार गर्न निस्केझैँ, इस्राएलका राजा एउटा उपियाँलाई खोज्न निस्किआउनुभएको छ।” \p \v 21 तब शाऊलले भने, “मैले पाप गरेको छु। हे मेरा छोरा दावीद, फर्केर आऊ! किनकि तिमीले मेरो जीवनलाई आज बहुमूल्य ठानेका छौ। अब उसो म फेरि तिमीलाई हानि गर्ने कोसिस गर्नेछैनँ। वास्तवमै मैले एउटा मूर्खले जस्तै काम गरेको छु; अनि अति ठूलो भूल गरेको छु।” \p \v 22 दावीदले जवाफ दिए, “राजाको भाला यहाँ छ। तपाईंको कुनै जवान मानिस आएर यो लैजाओस्। \v 23 याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्‍वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ। \v 24 आज मैले तपाईंको प्राणलाई बहुमूल्य ठानेझैँ याहवेहले मेरो प्राणलाई पनि बहुमूल्य ठानेर मलाई सबै विपत्तिबाट बचाऊन्।” \p \v 25 त्यसपछि शाऊलले दावीदलाई भने, “हे मेरा छोरा दावीद, तिमी धन्यका हौ। तिमीले महान् कामहरू गर्नेछौ, र निश्‍चय नै विजयी हुनेछौ।” \p यसकारण दावीद आफ्नो बाटो लागे, र शाऊलचाहिँ आफ्नो घर फर्के। \c 27 \s1 दावीद पलिश्तीहरूको बीचमा \p \v 1 तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्‍ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।” \p \v 2 यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए। \v 3 दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्। \v 4 जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए। \p \v 5 तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्‍नू?” \p \v 6 यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो। \v 7 दावीद पलिश्तीहरूको प्रान्तमा एक वर्ष चार महिना बसे। \p \v 8 त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।) \v 9 दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए। \p \v 10 जब आकीशले तिनलाई सोध्थे, “तिमीले आज कतातिर लुटपाट गर्‍यौ?” तब दावीदले जवाफ दिन्थे, “यहूदाको दक्षिणी इलाकामा” अर्थात् “यरहमेलीको दक्षिणमा” अथवा “केनीहरूको दक्षिणी इलाकामा गएको थिएँ भनी भन्दथे।” \v 11 तिनले गातमा ल्याउनलाई एउटै पनि पुरुष वा स्त्रीलाई जिउँदा छाडेनन्। किनकि तिनले, “तिनीहरूले हाम्रो बारेमा, ‘दावीदले हामीलाई यसो गर्‍यो’ भनेर सूचना देलान्” भन्‍ने सोच्थे। अनि तिनले पलिश्तीहरूका इलाकामा बसुन्जेल यस्तै गरिरहे। \v 12 आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्‍नेछन्।” \c 28 \p \v 1 ती दिनहरूमा पलिश्तीहरूले इस्राएलीहरूसँग लडाइँ गर्नका निम्ति आफ्ना सेनाहरू भेला गरे। तब आकीशले दावीदलाई भने, “तिमी र तिम्रा मानिसहरू मेरो सेनाको साथमा हुनुपर्छ भन्‍ने कुरा तिमीलाई थाहा होस्।” \p \v 2 दावीदले भने, “त्यसो भए तपाईंको सेवकले के-के गर्न सक्छ, सो तपाईं आफैँले देख्नुहुनेछ।” \p आकीशले जवाफ दिए, “अति उत्तम! म तिमीलाई जीवनभरिको लागि मेरो अङ्गरक्षक बनाउनेछु।” \s1 शाऊल र एन्दोरकी तन्त्रमन्त्र गर्ने स्त्री \p \v 3 अब शमूएल मरिसकेका थिए। सारा इस्राएलले तिनको निम्ति शोक गरेर तिनलाई तिनको आफ्नै सहर रामामा गाडेका थिए। शाऊलले तन्त्रमन्त्र गर्ने र भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिदिएका थिए। \p \v 4 पलिश्तीहरू भेला भएर तिनीहरूले शूनेममा छाउनी हाले, र शाऊलले चाहिँ सारा इस्राएलीहरूलाई भेला गरेर गिल्बो पर्वतमा छाउनी हाले। \v 5 जब शाऊलले पलिश्ती सेनालाई देखे, तब तिनी डराए; तिनको हृदय त्रासले भरियो। \v 6 तिनले याहवेहसँग सल्‍लाह लिए, तर याहवेहले तिनलाई जवाफ दिनुभएन, न त सपनाद्वारा, न ऊरीमद्वारा, न अगमवक्ताहरूद्वारा नै दिनुभयो। \v 7 तब शाऊलले आफ्ना सेवकहरूलाई भने, “मेरा निम्ति एक जना तन्त्रमन्त्र गर्ने स्त्री खोजिदेओ, ताकि म गएर उसबाट सल्‍लाह लिन सकूँ।” \p तिनीहरूले भने, “यस्तै तन्त्रमन्त्र गर्ने एउटी स्त्री एन्दोरमा छे।” \p \v 8 यसकारण शाऊलले अर्कै कपडा लगाएर आफ्नो भेष बदले। तिनी र दुई जना मानिसहरू राति त्यस स्त्रीकहाँ गए। तब शाऊलले भने, “मेरा निम्ति आत्मासँग सोधपुछ गरिदेऊ। मैले भनेको व्यक्ति, जसको नाम म तिमीलाई भन्छु, उसैका आत्मालाई मेरा निम्ति जगाइदेऊ।” \p \v 9 तर त्यस स्त्रीले जवाफ दिई, “शाऊलले के गरेका छन्, त्यो कुरा तपाईंलाई निश्‍चय नै थाहा छ होला। तिनले देशमा तन्त्रमन्त्र गर्नेहरूलाई हटाएका छन्। तपाईंले किन मेरो जीवनका निम्ति मृत्युको पासो थाप्नुहुन्छ?” \p \v 10 तब शाऊलले याहवेहको नाममा शपथ खाएर त्यसलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिमीले कुनै दण्ड पाउनेछैनौ।” \p \v 11 तब त्यस स्त्रीले सोधी, “तपाईंका निम्ति म कसलाई बोलाइदिऊँ?” \p तिनले भने, “शमूएललाई बोलाइदेऊ।” \p \v 12 जब त्यस स्त्रीले शमूएललाई देखी, तब चिच्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन छल्नुभयो? तपाईं नै पो शाऊल हुनुहुँदोरहेछ!” \p \v 13 तब राजाले त्यसलाई भने, “नडराऊ! तिमीले के देख्यौ?” \p त्यस स्त्रीले भनी, “म एउटा भूतजस्तो आकृतिलाई जमिनबाट निस्केर माथि आइरहेको देख्दैछु।” \p \v 14 तिनले सोधे, “त्यो केजस्तो देखिँदैछ?” \p त्यसले भनी, “खास्टो ओढेका एक जना वृद्ध मानिस माथि आउँदैछन्।” \p तब ती शमूएल रहेछन् भनी शाऊललाई थाहा भयो। तिनी आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर दण्डवत् गर्दै लम्पसार परे। \p \v 15 तब शमूएलले शाऊललाई भने, “तिमीले मलाई माथि बोलाएर किन मेरो शान्ति भङ्ग गर्‍यौ?” \p शाऊलले शमूएललाई भने, “म ठूलो सङ्कष्‍टमा छु। पलिश्तीहरूले मेरो विरुद्धमा लडाइँ गरिरहेका छन्। परमेश्‍वर मदेखि टाढा हुनुभएको छ। उहाँले मलाई अगमवक्ताद्वारा र सपनाद्वारा जवाफ दिन छोड्नुभएको छ। यसकारण मैले के गर्नुपर्छ, सो कुरा मलाई भनिदिनुहोस् भनी तपाईंलाई बोलाएको हुँ।” \p \v 16 तब शमूएलले भने, “याहवेहले तिमीलाई छोडिसक्नुभएको छ, र तिम्रो शत्रुसमान हुनुभएको छ; तब तिमी किन मलाई सोधपुछ गर्छौ? \v 17 याहवेहले मद्वारा जे भविष्यवाणी गर्नुभएको थियो, उहाँले त्यही गर्नुभएको छ। याहवेहले तिम्रो हातबाट राज्यलाई टुक्राएर त्यसलाई तिम्रो छिमेकी दावीदलाई दिइसक्नुभएको छ। \v 18 तिमीले याहवेहको आज्ञापालन गरेनौ, न त अमालेकीहरूको विरुद्धमा उहाँको भयङ्ककर क्रोध खन्यायौ। यसकारण आजको दिन यो कुरा याहवेहले तिमीसित गर्नुभएको हो। \v 19 याहवेहले तिमी र इस्राएल दुवैलाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि भोलि तिमी र तिम्रा छोराहरू यहाँ मसँग हुनेछौ। याहवेहले इस्राएलका सेनाहरूलाई पनि पलिश्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।” \p \v 20 यो सुन्‍नेबित्तिकै शाऊल डरले तुरुन्तै भुइँमा लम्पसार परे, र तिनी निर्बल भए; किनकि तिनले त्यस दिनभरि र रातभरि केही खानेकुरा खाएका थिएनन्। \p \v 21 त्यस स्त्रीले शाऊललाई जोरसँग काँपिरहेका देखेर यसो भनी, “हेर्नुहोस्, तपाईंकी सेविकाले तपाईंको आज्ञापालन गरेकी छे। मैले आफ्नो प्राण आफ्नो हत्केलामा राखेर तपाईंले मलाई जे गर्नु भन्‍नुभयो, त्यही गरेको छु। \v 22 अब तपाईंको सेविकाको कुरा सुन्‍नुहोस्, र मलाई तपाईंका सामु केही भोजन राख्न अनुमति दिनुहोस्। तपाईंले त्यसलाई खानुहोस् र आफ्नो यात्राका निम्ति बल प्राप्‍त गर्नुहोस्।” \p \v 23 तर शाऊलले अस्वीकार गरेर भने, “म खानेछैनँ।” \p तर तिनका मानिसहरूले ती स्त्रीसित मिलेर तिनलाई बिन्ती गरे। अनि तिनले तिनीहरूका कुरा सुनेर भुइँबाट उठेर पलङमाथि बसे। \p \v 24 त्यस स्त्रीको घरमा एउटा पोस्याएको बाछा थियो। त्यसले त्यसलाई तुरुन्तै मारी। त्यसले केही पिठो लिएर त्यो मुछी र त्यसबाट खमिर नहालेको रोटी पकाई। \v 25 त्यसपछि त्यसले त्यो शाऊल र तिनका मानिसहरूको सामु ल्याई। अनि तिनीहरूले खाए। त्यही रात तिनीहरू बिदा भए। \c 29 \s1 आकीशले दावीदलाई सिक्लगमा फर्काइदिएका \p \v 1 पलिश्तीहरूले आफ्ना सबै सेनाहरूलाई अपेकमा भेला गराए। अनि इस्राएलीहरूले चाहिँ यिजरेल सहरको पानीको मूल भएको ठाउँमा छाउनी हाले। \v 2 जब पलिश्ती शासकहरू आफ्ना सय र हजारका दलहरूसँग अगाडि बढ्दैथिए, तब दावीद र तिनका मानिसहरूचाहिँ आकीशसँग पछिल्तिरको पङ्‌क्तिमा हिँड्दैथिए। \v 3 पलिश्तीहरूका सेनापतिहरूले आकीशलाई सोधे, यी हिब्रूहरूले यहाँ के गर्दैछन्? \p आकीशले जवाफ दिए, “के यिनी दावीद होइनन् र? जो इस्राएलका राजा शाऊलका अधिकृत थिए। यिनी मसँग एक वर्षभन्दा बढी समयदेखि छन्; अनि यिनले शाऊललाई छोडेदेखि अहिलेसम्म मैले यिनमा कुनै दोष भेट्टाएको छैनँ।” \p \v 4 तर पलिश्ती सेनापतिहरू आकीशसँग रिसाएर भने, “यस मानिसलाई फर्काइदिनुहोस्, ताकि तपाईंले यसका निम्ति ठहराउनुभएको ठाउँमा फर्केर जाओस्। यो हामीसँग लडाइँमा नजाओस्, नत्रता लडाइँको समयमा यो हाम्रो विरुद्धमा जाला। किनकि यसले हाम्रा मानिसहरूका शिर आफ्नो मालिककहाँ लिएर जाला, र यसले आफ्नो मालिकको निगाह फेरि प्राप्‍त गर्ला। योभन्दा उत्तम उपाय तिनका निम्ति के हुन सक्ला र? \v 5 के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र? \q1 “शाऊलले हजारौँ-हजारलाई मारे, \q2 तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।” \p \v 6 यसकारण आकीशले दावीदलाई बोलाएर तिनलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, तपाईं मेरो भरोसायोग्य हुनुहुन्छ। अनि मेरा सेनासँग तपाईंले साथ दिनुभयो भने म सन्तुष्‍ट हुनेछु। तपाईं मकहाँ आउनुभएको दिनदेखि अहिलेसम्म मैले तपाईंमा कुनै दोष भेट्टाएको छैनँ। तर पलिश्ती शासकहरू तपाईंलाई लैजान सहमत छैनन्। \v 7 अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।” \p \v 8 दावीदले आकीशलाई सोधे, “तर मैले के गरेको छु र? म तपाईंकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईंले आफ्नो सेवकमा के दोष भेट्टाउनुभएको छ? मैले मेरा मालिक राजाका शत्रुहरूको विरुद्धमा लडाइँ गर्न किन जान नपाऊँ?” \p \v 9 तब आकीशले जवाफ दिए, “म जान्दछु, तपाईं मेरो दृष्‍टिमा परमेश्‍वरको दूतझैँ मनपर्दो हुनुहुन्छ। तरै पनि पलिश्ती सेनापतिहरूले भनेका छन्, ‘यो हामीसँग लडाइँमा जानेछैन।’ \v 10 अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।” \p \v 11 यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए। \c 30 \s1 दावीदले अमालेकीहरूलाई नाश गरेका \p \v 1 तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए। \v 2 स्त्रीहरू र त्यहाँ भएका सबैलाई अर्थात् जवान र वृद्धहरू सबैलाई कैदी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरूले तिनीहरूलाई लिएर गए। \p \v 3 जब दावीद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सिक्लगलाई आगोद्वारा नाश गरिएको र तिनीहरूका पत्नीहरू, आफ्ना छोराछोरीहरूलाई कैदी बनाएर लगिएको भेट्टाए। \v 4 यसकारण दावीद र तिनका मानिसहरू यति धेरै डाको छोडेर रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। \v 5 दावीदका दुई जना पत्नीहरू, अर्थात् यिजरेली अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि कैद गरेर लगिएको थियो। \v 6 दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्‍वरमा शक्ति पाए। \p \v 7 त्यसपछि दावीदले अहीमेलेकका छोरा पुजारी अबीयाथारलाई भने, “मलाई एपोद ल्याइदेऊ।” तब अबीयाथारले तिनलाई एपोद ल्याइदिए। \v 8 अनि दावीदले याहवेहसँग सोधपुछ गरे, “के म यो लुटपाट गर्ने दललाई खेदूँ? के म तिनीहरूलाई भेट्टाउन सकूँला?” \p उहाँले जवाफ दिनुभयो, “तिनीहरूलाई खेद्, निश्‍चय नै तैँले तिनीहरूलाई भेट्नेछस्, र छुटाउने काममा सफल हुनेछस्।” \p \v 9 दावीद र तिनीसँग भएका छ सय मानिसहरू बसोरको बेँसीमा पुगे। तर अरू कति जना भने त्यहीँ बसे। \v 10 किनभने दुई सय मानिसहरूचाहिँ बेँसी पार गर्न नसक्ने गरी साह्रै थाकेका थिए; तर दावीद र चार सय जनाले चाहिँ खेदिरहे। \p \v 11 तिनीहरूले खेतमा एक जना इजिप्टियनलाई भेट्टाए, र त्यसलाई दावीदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानलाई भोजन र पिउन पानी दिए। \v 12 तिनीहरूले नेभाराका झुप्पा र किसमिसका झुप्पा पनि दिए। त्यसले खायो र फूर्तिलो भयो; किनकि त्यसले तीन दिन र तीन रातसम्म केही खाएको थिएन र पानी पनि पिएको थिएन। \p \v 13 दावीदले त्यसलाई सोधे, “तँ को होस्? र कहाँबाट आएको होस्?” \p त्यसले भन्यो, “म एक जना इजिप्टियन, अमालेकीको एउटा दास हुँ। म तीन दिन अगि बिरामी हुँदा मेरो मालिकले मलाई छोडे। \v 14 हामीले करेतीहरूको दक्षिणी भाग, यहूदाको इलाका र कालेबको दक्षिणी भागलाई लुट्यौँ। अनि हामीले सिक्लगलाई आगो लगाइदियौँ।” \p \v 15 दावीदले त्यसलाई सोधे, “के तैँले मलाई त्यस लुटपाट गर्ने दलकहाँ लैजान सक्छस्?” \p त्यसले जवाफ दियो, “तपाईंले मलाई मार्नुहुन्‍न र मलाई मेरा मालिकको हातमा सुम्पिदिनुहुन्‍न भनी परमेश्‍वरको नाममा शपथ खानुहोस्, तब म तपाईंलाई तिनीहरूकहाँ लैजानेछु।” \p \v 16 त्यसले दावीदलाई लग्यो; अनि त्यहाँ तिनीहरूसँग पलिश्तीहरू र यहूदाको देशबाट लुटेका धेरै मालसामानहरू भएको हुनाले तिनीहरू गाउँमा छरिएर खाँदै-पिउँदै र हर्ष मनाउँदै थिए। \v 17 दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्। \v 18 दावीदले आफ्नी दुईवटी पत्नीहरू लगायत अमालेकीहरूले लगेका सबै कुरा फेरि फिर्ता ल्याए। \v 19 कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए। \v 20 तिनले सबै बगाल र बथानहरू ल्याए, र तिनका मानिसहरूले ती वस्तुहरूलाई अरू गाईबस्तुको अगि-अगि यसो भन्दै धपाउँदै लगे, “यो दावीदको लुटको माल हो।” \p \v 21 त्यसपछि दावीद ती दुई सय मानिसहरूकहाँ आए, जो तिनलाई पछ्याउन नसकेर अति थकित भई बसोरको बेँसीमा बसेका थिए। तिनीहरू दावीद र तिनीसँग भएका मानिसहरूलाई भेट्न निस्केर आए। जब दावीद र तिनका मानिसहरू आइपुगे, तब तिनले उनीहरूलाई अभिवादन गरे। \v 22 तर दावीदका पछि लाग्ने मानिसहरूमध्ये केही दुष्‍ट मानिसहरू र बदमासहरूले भने, “तिनीहरू हामीसँग नगएको कारण हामीले फिर्ता ल्याएका मालसामानहरू तिनीहरूसँग बाँड्नेछैनौँ। तर हरेक मानिसले आफ्नी पत्नी र बालबच्‍चाहरू भने लैजाऊन्।” \p \v 23 तब दावीदले जवाफ दिए, “त्यसो होइन मेरा भाइहरू हो, याहवेहले हामीलाई रक्षा गर्नुभयो। यी सबै कुरा हामीलाई दिनुभयो; अनि शत्रुहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो। अब उहाँले हामीलाई दिनुभएका कुराहरूसँग तिमीहरूले त्यसो गर्नुहुँदैन। \v 24 तिमीहरूले भनेको कुरा कसले मान्ला? मालसामानसँग बस्‍ने मानिसको हिस्सा पनि लडाइँमा जाने मानिसको बराबर हुनेछ। सबैले बराबर हिस्सा पाउनेछन्।” \v 25 दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए। \p \v 26 दावीद सिक्लगमा आएपछि तिनले लुटको मालसामानबाट केही यहूदाका धर्मगुरुहरू, तिनका साथीहरूलाई पठाइदिएर भने, “याहवेहका शत्रुहरूबाट लुटिएको थोकहरूबाट तपाईंहरूका निम्ति उपहारहरू यहाँ छन्।” \p \v 27 तिनले ती कुराहरू बेथेल, रामोत-नेगेव र यत्तीरमा भएकाहरूलाई; \v 28 अरोएर, सीपमोत र एश्तमोमा भएकाहरूलाई; \v 29 अनि राकालमा; यरहमेलीहरू र केनीहरूका सहरमा भएकाहरूलाई; \v 30 होर्मा, बोर-आशान, अत्ताकमा भएकाहरूका निम्ति, \v 31 र हेब्रोनमा भएकाहरूका निम्ति पठाए। ती सबै ठाउँहरूमा पनि पठाए, जहाँ दावीद र तिनका मानिसहरू आउजाउ गर्थे। \c 31 \s1 शाऊलको मृत्यु \p \v 1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए। \v 2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई खेदेर पक्रे; अनि तिनीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्की-शूअलाई मारे। \v 3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए। \p \v 4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” \p तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। \v 5 जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्‍यो। \v 6 यसरी शाऊल र तिनका तीन जना छोराहरू र हतियार बोक्ने त्यही दिन एकसाथ मरे। \p \v 7 जब त्यस बेँसीमा भएका र यर्दनपारि भएका इस्राएलीहरूले इस्राएलका सेना भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। तब पलिश्तीहरू आएर ती सहरहरूलाई कब्जा गरे। \p \v 8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए। \v 9 तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए। \v 10 तिनीहरूले शाऊलका हतियारहरू अश्तोरेतको मन्दिरमा राखे; अनि तिनको शरीरलाई बेथ-शानको भित्तामा बाँधिदिए। \p \v 11 जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने; \v 12 तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए। \v 13 त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे।