\id 1JN - Biblica® Open Nepali Contemporary Version \ide UTF-8 \h 1 यूहन्‍ना \toc1 यूहन्‍नाको पहिलो पत्र \toc2 1 यूहन्‍ना \toc3 1 यूह \mt1 यूहन्‍नाको पहिलो पत्र \c 1 \s1 जीवनको वचन \p \v 1 जो सुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले हाम्रै आँखाले देखेका छौँ, जसलाई हामीले हेरेका छौँ र हाम्रै हातले छोएका छौँ; अनि यही जीवनको वचनको विषयमा हामी घोषणा गर्दछौँ। \v 2 त्यो जीवन प्रकट हुनुभयो; हामीले उहाँलाई देखेका छौँ, र उहाँकै साक्षी दिन्छौँ; अनि तिमीहरूलाई हामी अनन्त जीवन घोषणा गर्दछौँ, जो पितासँग थियो र हामीकहाँ प्रकट हुनुभएको छ। \v 3 हामीले जे देखेका र सुनेका छौँ, त्यही हामी तिमीहरूलाई घोषणा गर्दछौँ, यस हेतुले कि तिमीहरूको पनि हामीसित सङ्गति होस्। अनि हाम्रो सङ्गति पितासँग र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ। \v 4 त्यसैले हामी यो कुरा हाम्रो आनन्द पूर्ण होस् भनेर लेख्दछौँ। \s1 ज्योतिमा जिउनु \p \v 5 यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। \v 6 यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ। \v 7 तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ, त्यसरी नै यदि हामी पनि ज्योतिमा हिँड्छौँ भने एक-अर्कासँग हाम्रो सङ्गति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। \p \v 8 यदि हामीमा पाप छैन भनी हामी दाबी गर्छौँ भने हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्यता हुँदैन। \v 9 यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौँ भने हाम्रा पापहरू क्षमा गरिदिन उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ; अनि हामीलाई सबै अधर्मबाट शुद्ध पार्नुहुन्छ। \v 10 यदि हामीले पाप गरेका छैनौँ भनी हामी दाबी गर्छौँ भने हामीले उहाँलाई झूटा तुल्याउँछौँ र उहाँको वचन हाम्रो जीवनमा रहँदैन। \c 2 \p \v 1 मेरा प्यारा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्‍यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक अधिवक्ता हुनुहुन्छ अर्थात् धर्मी जन, येशू ख्रीष्‍ट; \v 2 अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चितको बलि हुनुहुन्छ, र केवल हाम्रा पापका निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि हुनुहुन्छ। \s1 सङ्गी दाजुभाइ-दिदीबहिनीहरूका लागि प्रेम र घृणा \p \v 3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्‍यौँ भने त्यसैबाट हामीले उहाँलाई चिनेका छौँ भनी थाहा पाउँछौँ। \v 4 कसैले “म उहाँलाई चिन्छु” भन्छ, तर त्यसले उहाँको आज्ञापालन गर्दैन भने त्यो झूटो हो, र त्यसमा सत्यता छैन। \v 5 तर यदि कसैले उहाँको वचन पालन गर्छ भने परमेश्‍वरको प्रेम त्यसमा साँचो रूपले पूर्ण भएको हुन्छ। यसैबाट हामी उहाँमा छौँ भनी हामीलाई थाहा हुन्छ: \v 6 उहाँमा जिउँछु भनी दाबी गर्ने व्यक्ति येशूजस्तै जिउनुपर्छ। \p \v 7 हे प्यारा मित्रहरू हो, मैले तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन, तर त्यही पुरानो आज्ञा\f + \fr 2:7 \fr*\fq पुरानो आज्ञा \fq*\fqa एक-अर्कालाई प्रेम गर \fqa*\ft हेर्नुहोस् \+xt यूह 13:34\+xt*\ft*\f* लेखिरहेको छु, जो सुरुदेखि नै तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेको वचन हो। \v 8 तापनि म तिमीहरूलाई एउटा नयाँ आज्ञा लेखिरहेको छु; यसको सत्यता उहाँमा र तिमीहरूमा देखिन्छ; किनकि अन्धकार बितिरहेको छ, र साँचो ज्योति अगिदेखि नै चम्किरहेको छ। \p \v 9 कसैले आफू ज्योतिमा छु भनी दाबी गर्छ, तर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ भने त्यो अझै पनि अन्धकारमै छ। \v 10 जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छ, त्यो ज्योतिमा जिउँछ, र त्यसमा तिनीहरूलाई ठेस पुर्‍याउने कुनै कारण रहँदैन। \v 11 तर जसले आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो अन्धकारमा हुन्छ र अन्धकारमै जिउँछ; अनि त्यो कहाँ जाँदैछ, त्यसलाई थाहा हुँदैन; किनकि अन्धकारले त्यसलाई दृष्‍टिविहीन तुल्याएको हुन्छ। \s1 लेख्नुपर्ने कारणहरू \q1 \v 12 हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु; \q2 किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्। \q1 \v 13 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; \q2 किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। \q1 हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; \q2 किनकि तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ। \b \q1 \v 14 हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु; \q2 किनकि तिमीहरूले पितालाई चिनेका छौ। \q1 हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; \q2 किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। \q1 हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; \q2 किनकि तिमीहरू बलिया छौ, \q2 र परमेश्‍वरको वचन तिमीहरूमा रहन्छ, \q2 र तिमीहरूले त्यस दुष्‍टलाई जितेका छौ। \s1 संसारलाई प्रेम नगर \p \v 15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कसैले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। \v 16 किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो। \v 17 अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्‍वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ। \s1 ख्रीष्‍ट विरोधीहरूका विरुद्ध चेतावनी \p \v 18 हे प्यारा बालकहरू हो, यो नै आखिरी घडी हो; अनि ख्रीष्‍ट विरोधी आउनेछ भनी तिमीहरूले सुनेझैँ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्। यसबाट नै यो आखिरी घडी हो भनी हामी जान्दछौँ। \v 19 तिनीहरू हामीबाट निस्केर गए, तर तिनीहरू वास्तवमा हाम्रा थिएनन्; किनकि यदि तिनीहरू हाम्रा हुँदाहुन् त तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू गएकाले नै तिनीहरूमध्ये कोही पनि हाम्रा थिएनन् भन्‍ने कुरा प्रकट गर्दछ। \p \v 20 तर तिमीहरूको अभिषेक पवित्र जनद्वारा भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ।\f + \fr 2:20 \fr*\fq सत्य जान्दछौ \fq*\ft केही प्राचीन पा.लि.हरूमा \ft*\fqa सबै कुरा जान्दछौँ \fqa*\ft भनेर लेखिएको छ।\ft*\f* \v 21 तिमीहरूले सत्यलाई जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको हैन, तर तिमीहरूले यो जानेका हुनाले र सत्यबाट कुनै पनि झूट नआउने भएकोले मैले तिमीहरूलाई लेखेको हुँ। \v 22 झूट को हो? येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने मानिस नै झूटो हो। त्यस्तो मानिस नै ख्रीष्‍ट विरोधी हो, त्यसले पिता र पुत्रलाई इन्कार गर्दछ। \v 23 पुत्रलाई इन्कार गर्ने कुनै पनि मानिससँग पिता हुनुहुन्‍न; जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता पनि हुनुहुन्छ। \p \v 24 होसियार होओ, जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ, त्यो तिमीहरूमा रहिरहोस्। यदि त्यो कुरा तिमीहरूमा रहिरह्‍यो भने तिमीहरू पनि पुत्रमा र पिताको सङ्गतिमा रहिरहनेछौ। \v 25 अनि उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो—अनन्त जीवन। \p \v 26 तिमीहरूलाई बहकाउन कोसिस गर्नेहरूका विषयमा तिमीहरूलाई चेतावनी दिनलाई म यी कुराहरू लेखिरहेको छु। \v 27 तिमीहरूका विषयमा तिमीहरूले उहाँबाट जुन अभिषेक पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्यकता पर्दैन; तर त्यस अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ, र त्यो अभिषेक झूटा नभई सत्य भएको हुनाले त्यस अभिषेकले तिमीहरूलाई सिकाएबमोजिम ख्रीष्‍टको सङ्गतिमा रहिरहो। \s1 परमेश्‍वरका सन्तानहरू \p \v 28 अब हे प्यारा साना नानीहरू हो, उहाँमा रहिरहो; अनि जब प्रभु आउनुहुन्छ, तब हामी ढुक्‍क भएर उहाँको आगमनमा उहाँको अगि हामीले शर्माउन नपरोस्। \p \v 29 ख्रीष्‍ट धार्मिक हुनुहुन्छ भनी तिमीहरूले जान्यौ भने तिमीहरूले यो पनि जान्‍नेछौ, कि ठिक काम गर्ने हरेक मानिस परमेश्‍वरबाट जन्मिएको हो। \c 3 \p \v 1 हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन। \v 2 प्रिय मित्रहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ। \v 3 यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ। \p \v 4 पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो। \v 5 तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन। \v 6 उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई न देखेको हुन्छ, न त चिनेको नै हुन्छ। \p \v 7 हे प्यारा साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठिक काम गर्छ, त्यो धार्मिक हो; जस्तो उहाँ धार्मिक हुनुहुन्छ। \v 8 जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो। \v 9 परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बिउ\f + \fr 3:9 \fr*\fq बिउ \fq*\ft यसको अर्थ \ft*\fqa वचन \fqa*\ft हो।\ft*\f* त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो। \v 10 परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन। \s1 एक-अर्कामा प्रेम \p \v 11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। \v 12 कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्‍यो। त्यसले आफ्नो भाइको किन हत्या गर्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए। \v 13 त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। \v 14 हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। \v 15 हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ। \p \v 16 प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ। \v 17 यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? \v 18 प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ। \p \v 19 त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ। \v 20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ। \v 21 प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ; \v 22 अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौँ। \v 23 अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ। \v 24 जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ। \c 4 \s1 झूटा अगमवक्ता \p \v 1 प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। \v 2 परमेश्‍वरको आत्मालाई तिमीहरू यसरी चिन्‍न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्‍वरबाटको हो। \v 3 तर हरेक आत्मा, जसले येशूलाई स्वीकार गर्दैन, त्यो परमेश्‍वरबाटको होइन। अनि यही नै ख्रीष्‍ट विरोधीको आत्मा हो, जो आउँछ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले नै पनि त्यो यस संसारमा आइसकेको छ। \p \v 4 हे प्यारा साना नानीहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र झूटा अगमवक्ताहरूलाई जितेका छौ; किनकि जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। \v 5 तिनीहरू संसारका हुन्, त्यसैले संसारकै दृष्‍टिकोणद्वारा बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। \v 6 हामी परमेश्‍वरका हौँ, र जसले परमेश्‍वरलाई जान्दछ; उसले हाम्रा कुरा सुन्छ; तर जो परमेश्‍वरको होइन, त्यसले हाम्रा कुरा सुन्दैन। यसैबाट नै हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौँ। \s1 परमेश्‍वरको प्रेम र हाम्रो प्रेम \p \v 7 प्रिय मित्रहरू हो, हामी एक-अर्कालाई प्रेम गरौँ; किनकि प्रेम परमेश्‍वरबाट आउँछ। हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो, र त्यसले परमेश्‍वरलाई जान्दछ। \v 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिनेको हुँदैन; किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ। \v 9 परमेश्‍वरले हाम्रा बीचमा उहाँको प्रेम यसरी प्रकट गर्नुभयो। पुत्रद्वारा हामी जिउन सकौँ भनेर उहाँले आफ्ना अद्वितीय पुत्र येशू ख्रीष्‍टलाई यस संसारमा पठाउनुभयो। \v 10 प्रेम यही नै हो, हामीले परमेश्‍वरलाई प्रेम गरेनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र आफ्ना पुत्रलाई हाम्रो पापको लागि प्रायश्‍चितको बलि बनाएर पठाउनुभयो। \v 11 प्रिय मित्रहरू हो, परमेश्‍वरले हामीलाई यस्तो प्रेम गर्नुभएको हुनाले हामीले पनि एक-अर्कालाई प्रेम गर्नुपर्छ। \v 12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर हामीले एक-अर्कालाई प्रेम गर्‍यौँ भने परमेश्‍वर हामीमा जिउनुहुन्छ र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ। \p \v 13 हामी उहाँमा जिउँछौँ, र उहाँ हामीमा जिउनुहुन्छ भनी हामी जान्दछौँ; किनकि उहाँले हामीलाई आफ्नो पवित्र आत्मा दिनुभएको छ। \v 14 अनि हामीले देखेका छौँ र साक्षी दिन्छौँ; पिताले संसारका मुक्तिदाता हुनाका निम्ति आफ्ना पुत्रलाई पठाउनुभएको छ। \v 15 कुनै पनि व्यक्तिले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ भने परमेश्‍वर त्यसमा जिउनुहुन्छ र त्यो परमेश्‍वरमा। \v 16 अनि यसरी नै हामीप्रति परमेश्‍वरको प्रेम हामी जान्दछौँ र त्यसैमा भर पर्दछौँ। \p परमेश्‍वर प्रेम हुनुहुन्छ, जो प्रेममा जिउँछ, त्यो परमेश्‍वरमा जिउँछ, र परमेश्‍वर त्यसमा जिउनुहुन्छ। \v 17 यसरी न्यायको दिनमा हामीमा निर्भयता होस् भनेर प्रेम हाम्रो बीचमा सिद्ध भएको छ; किनकि येशू जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै जिउँछौँ। \v 18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ; किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। जो डराउँछ, त्यो प्रेममा सिद्ध भएको हुँदैन। \p \v 19 हामी उहाँलाई प्रेम गर्छौँ; किनकि पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। \v 20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ, तापनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई चाहिँ घृणा गर्छ भने त्यो झूटो हो; किनकि जसले आफूले देखेका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दैन, त्यसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन। \v 21 अनि उहाँले हामीलाई यो आज्ञा दिनुभएको छ, जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्नैपर्छ। \c 5 \s1 परमेश्‍वरका पुत्रमाथि विश्‍वास \p \v 1 हरेक व्यक्ति जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो। बुबालाई प्रेम गर्ने हरेकले परमेश्‍वरबाट जन्मेकोलाई पनि प्रेम गर्छ। \v 2 हामीले परमेश्‍वरका सन्तानलाई प्रेम गर्छौँ भन्‍ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्‍वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर। \v 3 परमेश्‍वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्; \v 4 किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्‍वाससमेत संसारलाई जितेको छ। \v 5 संसारमाथि विजय प्राप्‍त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्दछ। \p \v 6 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्‍ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। \v 7 किनकि साक्षी दिनेहरू तीन छन्— \v 8 पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्। \v 9 हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्‍वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्‍वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। \v 10 हरेक व्यक्ति जसले परमेश्‍वरका पुत्रमाथि विश्‍वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्‍वरमा विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्‍वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्‍वास गरेको हुँदैन। \v 11 अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। \v 12 जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन छैन। \s1 निष्कर्ष \p \v 13 तिमीहरू परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु। \v 14 परमेश्‍वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्‍नुहुन्छ। \v 15 अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्‍नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ, त्यो हामीले पाएका छौँ भनी हामी जान्दछौँ। \p \v 16 यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्‍याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्‍याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्‍याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ। \v 17 सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्‍याउँदैन। \p \v 18 जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौँ; परमेश्‍वरका पुत्रले उसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन। \v 19 हामी परमेश्‍वरका सन्तान हौँ, र सारा संसार दुष्‍टको नियन्त्रणमा परेको छ भन्‍ने कुरा हामी जान्दछौँ। \v 20 हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौँ भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ। \b \b \p \v 21 प्यारा नानीहरू हो, तिम्रो हृदयमा परमेश्‍वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो\f + \fr 5:21 \fr*\ft मूल भाषामा \ft*\fq नानीहरू हो, \fq*\fqa मूर्तिबाट अलग रहो।\fqa*\f*।